मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मोज गर्नुस् माधव कमरेड मोज !

    चिठ्ठा परेर पाएको प्रधानमन्त्री पद। अनि कहाँ यत्तिकै खेर फाल्ने त। सत्ताको नेतृत्व पाएको बेला मोज नगरे कहिले गर्ने? फेरि उनले मात्र गरेका हुन् र, परम्परै यस्तै हो। परम्पराअनुसार चल्नै पर्‍यो। त्यसैले त हाम्रा माधव कमरेडले आफू प्रधानमन्त्री भएका बेला आफ्ना परिवारको ‘उद्धार’ गर्न थालेका छन्।

    अस्ति भर्खरै त हो, उनले आफ्ना माहिला भाइ विनोद उपाध्याय नेपाललाई हङकङको महावाणिज्यदूत नियुक्त गरेको, त्यो पनि प्रक्रिया मिचेर। व्यापार हेर्ने अनुभवी प्रशासनका सहसचिवलाई पठाउने परम्परा थियो महावाणिज्यदूतमा। सत्ताको साँचो आफ्नो हातमा रहेको बेला कहाँ त्यस्ता नियम र प्रक्रिया। उल्ट्याइदिए उनले। अनि मेकानिकल इञ्जिनियरलाई बनाइदिए महावाणिज्यदूत। पत्रिकामा खबर आयो, केही दिन हल्ला भो, शान्त भो। अनि फेरि जुर्मुराए माधव कमरेड। माहिला भाइलाई मात्र मोज गर्न दिने, कान्छालाई पनि त केही गर्नुपर्‍यो नि। उनी सौतिनी आमाका छोरा त हैनन्।


    त्यसैले उनले कान्छा भाइ सरोजकुमार उपाध्यायलाई महिनाको ३७ हजार तलब पाउने ठाउँमा राजनीतिक नियुक्ति गरी जागिर लगाइदिए। कन्सलट्यान्सीमा काम गर्दै आएका इञ्जीनियर सरोजलाई उनले राखिदिए आफ्नै मातहतको उच्चस्तरीय निरीक्षण तथा अनुगमन समितिमा।

    मन्त्रिपरिषद्को बैठकमा मन्त्री, मुख्यसचिव र सचिवले त्यस्तो अनुगमन गर्न बाहिरबाट मान्छे ल्याउन नहुने भन्दै विरोध गरे पनि वास्ता गरेनन् प्रधानमन्त्रीले र आफ्नै जिद्दी गरी समिति गठन गरिदिए।

    ल दुवै भाइलाई जागिर लाइदियो। अब दिदीलाई पनि केही गर्नु पर्‍यो नि। उनका छोरा छन् अर्थात् हाम्रा माधव कमरेडका भान्जा नितेश पौडेल। उनलाई चाहिँ माधव नेपालले स्वकीय सचिवालयमा नियुक्त गरेका छन्। पौडेलले कति तलब सुविधा पाउँछन् थाहा छ ? उपसचिव सरहको।

    यस्ता निर्णय मन्त्रिपरिषद्ले गर्दा सरकारका प्रवक्ता चाहिँ कुरा ढाँट्न खोज्दा रैछन्। ढाँट्या कुरा काटे मिल्दैन भने किन नजान्या होलान् यिनले ? एक न एक दिन त पर्दाफास भइहाल्छ नि। प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले नियुक्तिको निर्णय सार्वजनिक गर्दा सरोजकुमार उपाध्यायको थर नभनेर लुकाएका थिए। उनले प्रधानमन्त्रीका माहिला भाइ विनोद उपाध्याय नेपाल महावाणिज्यदूत नियुक्त हुँदा पनि थर ढाँटेर पाण्डे भनी सार्वजनिक गरेका थिए। तर पत्रकारहरुले थाहा पाइछाडे क्यार।

    थाहा पाए नि के नै लछार्छन् र, लौ मोज गर्नुस् माधव कमरेड मोज गर्नुस्। अहिले नि मोज नगरे कैले गर्ने ? कि कसो ?

    No related posts.

    75 comments to मोज गर्नुस् माधव कमरेड मोज !

    • Kiranti

      माकुनेले र केपी ओलीले गर्दा एयामाले भबिस्य राप्रपा जस्तै हुने सम्भावना देखिन्छ अब प्रचण्ड पनि नेपालको सद्दाम नै हु म भन्छ गिरिजा मेरा भारत महान है भन्छ अब देस कंहा बाट बन्ला त ?कसैको हिम्मत छैन भारत संग प्रतिबाद गर्ने आधा नेपाल मिची सक्यो कसको ताकत बोल्ने बिचार हामी सोझा निमुखा जनता मर्या मर्या पिल्सिएर रात दिन देस भित्र को नेता बाट बाहिरको मिचाहा बाट | नेपालको गद्दार नेता हरुलाई आराम दिएर नया युवा नेता हरु आए केहि होला कि ? हुनत गतिलो नेता नै कंहा छ र नेपालमा? उधारो सापटी राजनीति गर्नेवाला मात्र हुन् सबै |जे होला हेर्दै जाउला प्रिय मित्र हरु हो कि कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Nirmal

      नेपालीहरु स्वतन्त्र हुन नसक्नु को कारण यहि नै हो. भएका जागिर हरु नेता हरुले आफ्नै मान्छे हालेर काबिलियत भएका हरु पछाडी परि रहेका छन् अनि देश कसरि अगाडी बढ्ने होला . स्वतन्त्र जागिर, स्वाभिमानी जागिर, आफ्नै मेहिनेतले आरजे को जागिर को समय नेपाल बाट हराई सक्यो.

      चाकडी, राज नैतिक नेता हरु को पछी लागि रहनु पर्ने कारण हरुले सारा नेपालीहरु दास बनी रहेका छन् . नेपाली ले नै नेपाली लाइ दास बनाई रहेका छन् .

      सम्रीद्ध नेपाल, बीर नेपाली, स्वतन्त्र नेपाल , पौरखी नेपाल… हा हा हा………….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • surya

      माकुनेलाई मात्र किन आरोप ! सर्बहाराको सरकार भनेको माओवादी सरकारको पालामापनि हिसिला यामीले आफ्ना भएभरका दिदि-बैनी ,नातागोता सबैलाई सुविधाका पदमा नियुक्ति गरेकी हुन् नि! एउटा मन्त्रीले त तेसो गरे भने मौका पाको बेलामा प्रधानमन्त्रीले किन छाड्ने !?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Anisha

      एस्तो पारा ले कसरि नेपाल…..[मा. कु. ने. हैन नि ]को बिकाश हुने होला ……
      हे स्वस्थानी माता येस्ता नेता को कुबुधि लै सुबुद्धि मा परिणत गरिदेउ …..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Amisha mainali

      बधाई छ नेपाल जी …निकै मोज गर्नुवो नेपाली जनता को पैसा मा….आफुलाई मोज गरेर पुगेन आब त् आफन्त लै पनि ……एस्तो नाताबाद संस्कृति गरिमामय पद मा बस्ने प्रधान मन्त्रि जु लै त अनुदरण गर्नु हुन्छ वने अरु नेपाली जनता ले किन बेरोजगार नहुनु नि …..
      तेसै हैन रहेछ यो उखान ….”आफ्ना मान्छे छैनन् कसले दिने र जागिर”

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • madan bajracharya

      हेर्नुस मेरो प्रधान मन्त्रि कालमा देसमा यो गरे त्यो गरे भनि डिंग मार्ने को पोल पो खुले छ भाईलाई गलत बाटो बात जागिर ख्वाएर/ देसमा साँच्चै राम्रो गरेको भए माकुनेले उसको योग्य भाईलाई तेसरी जागिर ख्वाउनु नपर्ने थियो नि/ अब देसमा प्रधान मन्त्रीको भाई त् सोर्स लगाएर जागिर खाउनु पर्ने स्थियी छ भने माकुने जस्ताको राजमा जनताले के पाउँछ र? तैपनि माकुने का गिरिजाको भक्त हरुको आँखा खुल्दियन/ तिनीहरुको पार्टीको रास्ट्र्बादी नेताहरु बोल्न सक्दैन/ यसै बात बुझिन्छ कि देसमा आज सम्म यिनीहरुले प्रजातन्त्र फस्ताउनै दिएको छैन/

      भतुवा सुद-कमाराहरु/ अरु के भनि गालि गर्ने खै/

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • arjun

      हाहा हेहे मत पागल भय साला यौटा जागिर पनि मिल्दैन सोर्स फोर्स नभयर होला मत पागल भय के गरौ माकुने लाइ भने घरमा सबको जागिर लगाउदै छ

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Nabaraj Rai

      सालोक्य जी बढो मजाको लेख लेखेर हाम्रा जल्दा बल्दा प्रधानमन्त्री माधब जी को सबै पर्दा फास गरिदिनु भय छ…. तपैले भने जस्तै मौका मा चौका नहाने कहिले हान्ने त होइन माधब जी…? जय माधब अरु सबैको गर्नुस बध!!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • खबर दार नाइके नेता हरलाई

      नेताजीलाई मेरो आग्रहउहिले उहिले भारतीय सेनामा भर्ती गरेजस्तै समानुपातिकको नाममा सांसदहरूलाई भर्ती गरी संसद्भवनलाई नै खुलामञ्च बनायौ !! ऐतिहासिक संविधानसभाको निर्वाचन गरी अन्ततः जनताबाट तिरस्कारहरू नै मन्त्री र प्रधानमन्त्री भयौ धन्य छ नेताहरू !! नेपाल र नेपालीलाई अनि सिङ्गै विश्वलाई एउटा अदभुत चमत्कार देखायौ आफूले भनेजस्तो भए सिङ्गै पृथ्वी जितेजस्तो गछर्ाै आफूले भनेजस्तो नभए सर्वस्व लुटिएजस्तो गछर्ाै न देशको चिन्ता न जनताको चिन्ता धन्य छ बिन्दास नेताहरू !! कहिले नयाँ दुलहा-दुलही जस्तै चाटाचाट गछर्ाै कहिले सौता-सौता र जार-जार जस्तै काटाकाट गछौ सीमापारिका राक्षसहरूले नेपाल चेलीहरू बलात्कार गर्दा मुख नखोल्ने ए ! साधु नेता हो नेपाली भूमि मिच्दा हल्ला मात्र हो भनेर जनता ढाँट्न खोज्ने ए ! सुजाताहरू हो अब त अति भएन र ? गरिमामय संविधानसभालाई तिमीहरूको रंगमञ्च नबनाई देऊ यो नाङ्गो नाच नाच्न पनि छाडिदेऊ //बिन्ती छ नेताजी तिमीहरूजस्तो नेता राजनीतिबाट टाढिदेऊ !!
      शेर बहादुर कार्की रामेछाप र्पानी नेपाल ////
      हाल कुबैत

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Prakash

      माकुने पुराण :- मै खाउँ,मै लाउँ, सुख सयल वा मोज मै गरुँ ! जनताको के वास्ता, मरून सब गरिबहरु !

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Sanjeev Maharjan

      चोर , डाका, फटाहा, गुन्डा, डन , घुश्या, कुकुर, गधा, जति सब्दले उपनाम दिएपनि लाज पचाउने माकुने लाई मेरो बिनम्र सुझाब छिटो प्रधानमन्त्री पद त्याग गर्नु र पापको प्रयास्चित गर्नुस, मर्ने बेला सान्ति मिल्ने छ.
      आम निर्बाचन मा जितेर देखौनुस अनि प्रधानमन्त्री पद हात हाल्नुस, लुछर,
      हारेको नेता पनि मन्त्रि बन्ने ६०१ सभा सद , धिक्कार छ,

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Jay bahadur

      अरु सब त चित्त बुज्यो तर दौरा सुरवाल बादी हुनी त गर्भ कै कुरा होनी/ संसारमा एउटा राष्ट्रिय पोशाक त हुन्छ/ त्यो धोति पाइजामा होस् या दौरा सुरुवाल/ नेपाल को सदियौ देखिको दौरा सुरुवाल नेपालको प्रगति मा कहाँ बाधा बन्यो? कि यो दौरा सुरुवाल लाइ फाटेर धोति मात्र नै लाउन मन भए हाम्रो भन्नु केहि छैन होइन भने अरु सबैको पोशाक को कदर गर्दै दौरा को सम्मान गर्न सिकौ/ संकीर्णता बाट माथि उठौ/ धोति पाइजामा छेमेकी देश को राष्ट्रिय पहिरन हो/ तेस्को नि सम्मान हुनु पर्छ/ हामी मध्ये कतिले त्यो लागौछौ तेस्लाई सम्मान गर्न पर्छ/ तर अरु पोशाकको सम्मान गर्ने नाउ मा हाम्रो दौरा फाटेर फ्याक्न कदबी दिने छैनौ/

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • bhojpure kiranti

      माकुने ले जिन्दगीभर गरेको संघर्स,त्याग, र बलिदान, के एहीक्षण को लागि हो ?
      बधाई छ माकुने जी

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • प्रधान मन्त्रि माधव प्रसाद नेपाल यति सारो फरियाबाद,दौरा-सुरुवाल बाद,र नाताबाद को चग्गुल मा फसी हाल्ने मानिस त् होईनन तर मिडिया हरु पनि नेपाल का केहि धुपौरे पत्रकार हरु को आछेप हो यो/हामि लाई लेनु-दीनु केहि छैन तर साचो खबर मेडिया मा आओस बस/

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 11

    • tulsi

      सरकार नाता पाता र आशेपाशेहरुको निजि सम्पत्ति जस्तो हुनु भएन/सम्पूर्ण नेपाली जनताले मुलुकमा सरकार भएको जस्तो अनुभूति गर्न पाउनुपर्यो/

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • dinesh

      please post their family relatives picture so all the public will know as well

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Tamu Tamang

      माधव नेपाल र गिरिजाले कहिले अरु जनजातीहरु पनि यो देशको नागरिक छन् भन्ने कहिले सोच्या होला?
      खालि आफ्नो परिवार र नाताहरुलाई देशको लुटमा सलग्न गराएर देशलाइ भावनात्मक रुपमा विभाजन गर्न सम्म गरे| खोइ कता गए चित्र बहादुर यसबेला? यस्तो स्थितीमा कुनै पनि हालतमा संघीय व्यवस्था अन्तर्गत जातीय आधारमा
      गणराज्य नभए भोलि देशलाई माधव नेपाल र गिरिजा र प्रचन्डले सुर्य बहादुर, ज्ञानेन्द्र, लोकेन्द्र बहादुर, किर्तिनिधी, तुलसी गिरि, देउबा आदिले टुकराउदै आएको हाम्रो प्यारो देशलाई अझ खत्तम पार्ने छन्| कति लुट्न सक्या होला देशलाई?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

    • suresh

      यो माकुने को दोष हैन, यो दोष हो नेपाल को पर्चलन को, कति बेला ठुलो पोस्ट मा पुगम्ला अनि सबै नातेदार लै जागिर लागैदिम्ला भनेर कुरेर बस्छन नेपालका नेता हरु तेसैले देश को विकास नभाको हो,….राजनीति नै ठुलो पद मा पुगेर नातेदार लै जागिर लगाईदिनलाई अनि आफ्नो पेट भर्न गरछन् नेताहरुले,…specially nepalese politicians हरु

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 8

    • raj

      यो बोको ले देश र जनता को लागि एउटा मात्र राम्रो काम गरेको भए नि ठिकै छ मह काट्नेले हात चाट्छ भन्नु हुनेथियो, मह काट्ने त कुरै छोडिदिउ जनता को रगत आफुले मात्र हो र सालको परिवार ले पनि पिउन थाले, जनता को रगत हो धरै दिन पच्दैन, हेर्दै जानुस साथीहरु हो यो छेरेरै मर्छ, मात्र दिन गन्न सुरु गर्नुस|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    • हरुवाहरुको नै दिन छ. मोज गर मोज गर, कुन दिन जनता जाग्छन अनि तिमि सबै नेताहरु फेरी सडकमा औनचस. देश डुबिसक्यो नकचराहरुलाइ लाज छैन.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • Ashok Magar

      गर माकुने मोज गर ! २०१२ मा पृथिबी धोस्त हुन्छ भन्छन / के के गर्नु छ गरि हाल परेको म बेहरुंला .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

    • sanjaya

      माकुने को पनि के कुरा गर्नु र?

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • बीर

      मोज गर माकुने, मौका यहि हो | अब फेरी कहिले पो पाउलास र अर्को मौका ? मौका पाएको बेलामा राम्रो काम गरेर नाम राख्न सक्ने कुरा आएन क्यारे त्यसैले सके सम्म सोर तर याद गर असत्तको कमाइले पिर्छ त्यसैले मोज त गर तर तलाई मात्रै होइन तेरो साखा सन्तानलाई सम्म पिर्ला अलिक विचार पनि गर |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 4

    • Rampat

      मोज गर माकुने जातै ले दिएको दहि चिउरे को शाशन गर्ने मौकमा किन छोडने गर गर मोज मौका हो तप्पर तुयीना हरु अर्को मौअका आएमा नाती natieena हरु पनि छन् नि त.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • गगने

      मर्ने बेलामा कमिलाको प्वाख औछा र उड्न थाल्छ भन्थे त्येई होला!
      अब पहिले भनेपनि अन्तिम भनेपनि यहि एक पटक त्यो पनि जनताले बिस्वास गरेको र आनो बिद्द्वाता,हिम्मत,गच्छे,क्षमता,दक्षता ले होइन कागताली र अपुताली परेर (गिरिजालाई छोरीलाई राजनीतिमा अघिसारेर नेपालि कान्ग्रेसको सर्बेसर्बा बनाउने दाउ स्वोरुप मात्र गिरिजाले प्रधान मन्त्रि माकुने लाइ दियको हो) बल बल प्रम बन्न पायको बेलामा मौकाको च्याखेत भै भारदार लाइ पनि पारिदिन पर्योनी!
      हामिले यस्तो प्र म-माकुने,उप प्रम-गच्छेदार,सुजाता,अनि मन्त्रीहरु बिध्या,रबिन्द्र,करिमा आदि आदि ख्याक र लाखेहरु बाट के पो आशा गर्नु छ र हो!
      केहि छैन शिवाय एउटा बिद्दत्त र देशभक्त को बैचारिक नेत्रित्वो को प्रतीक्षा, एक दिन त समयले ल्याउलानी!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 7

    • cRIS

      बाहुनवादको उग्रचण्डी रुप हो यो| यसरी नै त देशलाई यो स्तिथिमा ल्याई पुर्याएका छन् यो बादले| यसको सही ढंगले निर्क्योल नगरी मुलुक अघि बढ्ने छैन| काग-काग भन्दै कराएर हुनेवाला केहि छैन, गर्न-पर्यो-गर्न…छ कोहि माइकालाल??!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 12

    • om

      अरु ले त गर्दै आएका नै थिए, तर यो मधवेले पनि छाडेन, येस्ता कम्निस्ट बाट जनताले के आश गर्नु? एउटा लै निउक्ति गरेर त चेत खुल्छा कि भनेको त सबै लुगा खोलेर नांगै नाच्न पो थाल्यो, हैन ति दुइटाई भाइलाई ल्याउनु के जरुरि थियो ? सालेले कमिसन बटुल्न खटेको होलानी आफ्ना परिवारका मान्छे लै विभिन्न ठाममा, एमाले भित्र अरु पनि त मान्छे थिए नि तेस्तो अनुगमन समितिमा राख्न, तर तेही सरोजे लै नै किन ल्याउनु,कुरा स्पस्ट छदै छ नि , छोटै समयमा नै दरै कुम्लो कस्न लागेछ, येस्ता नेताहरु देख्दा मन रोएर नै आउछ, नेपाल आमाको छाती माथि कतिदिन परेड खेल्छौ नागा हो? कम्निस्ट को नामको कलङ्क त जस्ता पाखण्डी को अन्त चाडै हुनेछ|
      जय मातृभूमि !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • anjan

      यस्तो प्रधानमन्त्री लाई त देश बाट निकला गरिदिनुपर्छ.जनता हरु उफ़रेनी केही लाचारमौलो लाउने वाला छैन! यो माकुने सरकारको जनता नचाउने खेल हो खा खा माकुने देश खा!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 6

    • deewakar

      लाज नभएको यो माकुने चोर फटाहालाइ कत्ति बित्ति बैंस चढेको I

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 7

    • pradeep

      ब्रम्हलूट

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

    • शरद

      अब घण्टा गर्ने त जनताले?………………..बेकारमा पुर्पुरो तताउने समाचार लेख्ने यार |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 6

      • pradeep

        तेही त हाम्ले के भुत्रो गर्ने ?? टाउको तात्न थाल्यो यार यो mysansar.com को खबरहरुले ,कहिले कहिँ एस्सो नभाको नभाको राम्रो कुरा पनि लेख्नुस होउ

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 8

    • Raj

      Who cares?

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

      • madan bajracharya

        राज जी
        कुल्ला गरेर पिच्च गरिने प्राणीहरुको बारेमा कति चासो राख्ने मलाई पनि वाक्क लागि सक्यो/

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • ram prashad

      नियम मिचेर प्रधानमन्त्री भा छु ,नातेदारलाई पनि नियम मिचेर नै नियुक्ति दिन्छु,धेरै करायो भने भारतीय राजदुतावास मा सिकायत गरिदिम्ला अनि देख्छु तिमीहरु नेपाली ले,मेरो भारत महान, माकुने को ड़ायलग

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 10

    • पुष्प

      त्यत्रो जनयुद्धमा सँगै होमिएका छोरालाई कम्प्यूटर अपरेटरमा नियुक्त गर्दा प्रचण्डको खेदो खन्ने, डेढ लाखको पलङको कुरा गरेर नथाक्ने, औपचारिक कार्यक्रममा आफ्नो परिवारलाई लैजाँदा जिब्रो टोक्नेहरूले माकुने ६०० सदस्यीय कोप सम्मेलनमा जाँदा, भाइभारदारहरूलाई दूतदेखि सचिव बनाउँदा, आफ्ना मन्त्रीहरूले ३-४ वटा सरकारी गाडी र त्यसका लागि चाहिने ड्राइभर, तेल र मर्मत खर्च लिँदा किन चुप ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 36

      • हिमाली

        पुष्प जी

        यो ब्लगमा अधिकांश प्रतिक्रियाहरु माकुने बिरुद्द लेखिएको छन् तर यहाले कसरी देख्नु भएन छ तपाइलाई दृष्टि दोष भयो कि ? यदि यस ब्लगका शंकर पोख्रेलबाट नै प्रतिक्रियाको (निन्दा) अपेक्षा गर्नु भएको हो भने चाही मेरो भन्नु केहि छैन, शंकर पोखरेलहरू त बोल्नेवाला नै छैनन् आशा नै नगर्दा बेश /

        जय नेपाल
        हिमाली

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 4

      • raaz

        माधब नेपाल र गिरिजाका गल्तिहरु तिम्रा प्रचंदेले नुहाउने गंगाजल नै भैदियो है पुष्प! धिक्कार छ तिमीलाई !

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 20

        • पुष्प

          राजजी सही भन्नुभो । माकुने, गिरीजा, माइला आदिहरूले गल्ती नगरेका भए आज माओवादीनामक दल अस्तित्वमै हुनेथिएन ।

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 11

          • HIMALEE

            “कुकुरले टोक्यो भने कुकुरलाई पनि टोक्ने ” सस्कृति हाबी भएकोमा खेद प्रकट गर्दछु /

            मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

            • Ashok Magar

              हिमाली जी कुरा अलि खुलेन किन कि कुकुरले कुकुरलाई नै टोकेको हो वा कुकुर ले मान्छे लाई ? यहाँ कुरा कुकुर कुकुर को हो जस्तो लाग्यो /

              मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

      • प्रेम अर्याल

        पुष्प जी माकुनेले जे गरि राखेको छ त्यो गल्ति हो र आफ्नो लोक प्रियता घटाई राखे को छ, उसका भ्रमण टोलीको कुरालाई लिएर बिरोध भएकै छ नि, कस्तो बिरोध हो त गर्नु पर्ने? तर तपाइले भने जस्तै ”त्यत्रो जनयुद्धमा सँगै होमिएका छोरालाई कम्प्यूटर अपरेटरमा नियुक्त गर्दा प्रचण्डको खेदो खन्ने, डेढ लाखको पलङको कुरा गरेर नथाक्ने” के जनयुद्ध गर्यो भन्दै मा सातामा पुग्ना साथ् नाताबादी हुन र सर्बहारा बर्गको नेता भन्न रुचाउने नेताले १५० हजारको पलंग मा सुत्ने, प्रचण्ड ले छोरालाई मात्र हैन छोरि बहिनि नाता गोता सबै बालुवाटारमा भरिएका थिए, जुन कुरामा माओबादीलाई समर्थन गर्नु हुन्छ त्यहिँ कुरा भोलि पल्ट फेर्दा पनि तपाइँ तुरुन्त फेरिहल्नु हुन्छ, self-steem & commitment को कमीले एस्तो हुन्छ, माओबादीले जे गर्दा पनि तपाईलाई राम्रै लाग्ने, के हो लक्ष? माओबादीको यहि हो अग्रगमन परिबर्तन, आन्दोलन र बन्दुक बाहेक नजान्ने संग के को खाका देशका लागि, देश एक आपसमा नमिली बन्दैन भन्ने कुरा बुज्नु जरुरि छ माओबादीले

        अर्काको मैलो देखाएर आफ्नो मैलो धुलिदैन पुष्प जी

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 14

        • पुष्प

          प्रेमजी,

          स्मरणीय छ कि प्रचण्डका छोरा र स्वास्नी पनि जनयुद्धमा सँगै लागेका व्यक्ति हुन् । त्यसैले माओवादीमा यिनीहरूको पारिवरिक हैसियतमात्र होइन राजनीतिक हैसियत पनि छ । बाबुराम र हिसिला यमीलगायत माओवादीमा थुप्रै परिवारहरू सँगसँगै जनयुद्धमा होमिएका हुन् । ती सबैको माओवादीमा राजनीतिक हैसियत कोहीभन्दा कम छैन । त्यसैले प्रचण्डले छोरालाई नियुक्त गर्नु भनेको बाबुरामले हिसिला यमीलाई मन्त्री बनाएको कुराजस्तै हो ।

          पारिवारिक नाताले बालुवाटारमा आउनु-जानुलाई बालुवाटार भरियो भन्न खोज्नुभएको त पक्कै पनि होइन होला । हैनभने नियम र योग्यताविपरीत प्रचण्डले परिवारका अरु क-कसलाई के-केमा नियुक्ति दिए, बरु त्यसबारे जानकारी पाउँ ।

          देशको प्रधानमन्त्री डेढ लाखको पलङमा सुत्न पाउनुपर्छ वा पर्दैन भन्ने विवादको विषय हो । तर यसैकारण माओवादीको बारम्बार खेदो खन्नु बुद्धिमानी पक्कै पनि होइन । अझ त्यो पलङ त गिरीजाले पो मगाएको र प्रचण्डलाई ‘अपुताली’मात्र परेको हो भन्ने सुन्नमा आएको पनि हो ।

          “जुन कुरामा माओबादीलाई समर्थन गर्नु हुन्छ त्यहिँ कुरा भोलि पल्ट फेर्दा पनि तपाइँ तुरुन्त फेरिहल्नु हुन्छ ।” खै के भन्नुभएको हो बुझिएन ।

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 24

          • प्रेम अर्याल

            पुष्पजी “जुन कुरामा माओबादीलाई समर्थन गर्नु हुन्छ त्यहिँ कुरा भोलि पल्ट फेर्दा पनि तपाइँ तुरुन्त फेरिहल्नु हुन्छ ।” खै के भन्नुभएको हो बुझिएन ।तपाइँ जत्तिको मान्छेलाई एसको व्याख्या गर्ने जरुरि त लाग्दैन मलाइ तर गर्छु, माओबादीले हिन्दी भाषा सम्बन्धि बिपक्षमा उभिदा पनि ठिक भोलि पल्ट त्यसको समर्थन गर्दा पनि ठिक, याद गर्नुस अघिल्लो ब्लोग्का कमेंट्स हिन्दी भाषा सम्बन्धि बिधेक्मा माओबादी बिपक्षमा उभिदा यहि माइ संसारमा कति सम्रथान पाएको थियो, हिजो माओबादीले १४ गणराज्या घोसना गर्दा पनि ठिक आज १३ बनाएर नाम फेर्दा पनि ठिक त्यस्तै धेरै छन् तपाइँ आफै याद गर्नु र आफ्नो बिचार संग दाज्नु

            पलग को कुरा रह्यो येस्मा त माओबादी हमेशा आफ्नो बिरोध भएपछि अर्काको टाउकोमा थुपार्ने नियतनै हो या मैले भनेकै छैन भन्ने चलन छ, यदि गिरिजाले मगाएकै भए पनि सर्बहारा को नेता भनौं रुचाउने प्रचण्ड ले त्यसको बहिस्कार गरेर जनसमर्थन पाउन सक्थे, यदि गिरिजाले मगाउन चाहन्थे भने २०४८ पछि अधिकतम समय गिरिजानै बालुवा टार बसे यसरि एका एक गिरिजाको नाम लिनुमा तपाइकै सब्दामा कुनै आधार छैन.

            नाताबाद र कृपाबादमा गिरिजा पछि प्रचंद्कै नाम आउछ

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 9

            • कृतिक

              प्रेम जी तपाइलाई किन चाहियो प्रचण्डको लागि जनमत ? प्रचन्डलाई गालि नगरेर खाएको पनि नपच्ने तपैहरु जस्ता गिद्धले बडो प्रचण्ड प्रेमी भएको जस्तो नाटक गर्नुभयो त “… … यदि गिरिजाले मगाएकै भए पनि सर्बहारा को नेता भनौं रुचाउने प्रचण्ड ले त्यसको बहिस्कार गरेर जनसमर्थन पाउन सक्थे,… ” कत्रो चिन्ता रहेछ है तपाईलाई प्रचण्डको जनसमर्थन गुम्ला भन्ने ? यस्तो भनेको अलि सुहाउदैन तपाइहरुलाई |
              सुजाताले सिंगापुर मा गरेको खर्च, माकुने ले भाइलाई हुदै नभएको पोस्ट सिर्जना गरेर दिएको नियुक्ति, डेनमार्कमा लगेको जन्ती मन्त्रीमंडल, धमलाको केस फिर्ता, भिम रावलले किन्न लगाएको १ करोड को गाडी, भारतीय सिमा अतिक्रमण आदि सामाचार आए भने कमेन्ट गर्ने ल्याकत राख्न नसकेर दुलो भित्र लुक्ने तपाईहरुलाइ प्रचण्डको भिडेओ टेप र पलंग नै सबै भन्दा ठुलो भएको छ है ? अनि कहिले काही यतीले पुगेन भने द्वन्दको बेलाको कुरो झिकेर यति मान्छे मार्यो उति मार्यो आदि | यी कुराहरु धेरै बासि भैसके पाठकहरुलाई बोर हुन्छ , अब अलि समसामयिक समाचारको बारेमा कमेन्ट गर्ने गरौ न यदि हुती छ भने |

              मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 10

              • प्रेम अर्याल

                कृतिक जी बिचमा प्वाक बोल्न भन्दा पहिले अलिकता सोच्नु होला, प्रचण्डको लोकप्रियता घट्नु या बढ्नुमा मलाइ केहि लिनु दिनु छैन, त्यो खाटको कुरा आएकाले त्यो कुरा सर्भाहराको नेता भानाउदाको लागि मात्रै जोडेको हु

                अब रह्यो धमले काण्ड सुजाताले गरेको भास्त्रचार माकुने मन्त्रीमंडल र कोप टोलि गिरिजाले गरेको गल्ति, तपाइको सब्दमा म वाट कस्तो बिरोध हुनुपर्ने हो त? तिनीहरुले राम्रो गरिराखेका छन् भनेर कसले कहा भन्यो? बरु तपैहरुजस्ता ले दोंदा कालमै हवल्दार र पियनलाई नमारेर गिरिजा माकुने लै किन छोडेको, अब बिरोध को मतलब सुजातालाई नांगै टुडिखेल घुमाउ पर्यो या गिरिजाको घरमा बम पड्काउनु पर्यो, यदि त्यसो हो भने माफ गर्नु होला म त्यो सस्कार र आइडोलोजी भन्दा को बाहिर परे,

                जे बोले पनि राम्रै लाग्ने गरे पनि हुने भोलि पल्टै त्यो फेरे पनि राम्रै हुने , खै त तपाइको तर्क
                धन्यबाद

                मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

              • कृतिकजी,
                म पनि तपाईको कमेन्ट प्रति केही असंतुस्ट ब्यक्त गर्न गईरहेको छु तर नसम्झनु होला पूर्ण रूपले माओबादीको समर्थक भनी| हालको अवस्था र पूर्व नेता पार्टीहरुका नराम्रा ब्यबहार,क्रिया कलापबाट हार खाएको हुनाले म लगाएत सोसित पिडीत स्वदेश प्रेमी नेपाली नागरिकहरुले माओबादी पार्टीलाई समर्थन गर्दै गईरहेका छन र दिन प्रति दिन यस पार्टीको समर्थकहरु देश र अन्तराष्ट्रीय स्तरमा बढ्दै गईरहेका छन अन्य पार्टी नेताहरु भन्दा, किनकी माओबादीको जन्म पनि यी परजिबी नेता,पार्टीहरु(कांग्रेस, एमाले र पन्चे) कै गल्तीको कारणले गर्दा नै भएको हो | यसमा कुनै दुई मत छैन | अनि नेपाली जनताहरूले परिभोगी सकेका छन | अबका दिनहरुमा, कुन नेता,पार्टीहरु के कस्ता खालका हुन सम्पूर्ण कुराहरु आउने दिनहरुमा नेपालीहरुले अझ राम्ररी बुझ्दै जाने छन जस्तो सुकै सडयन्त्रहरु गरिएता पनि | यी सब समय र आम नेपालीहरुको माग र चहाना हुन यसलाई कुनै सक्तिहरु द्वारा छल कपड वा सडयन्त्र गरि दबाउन सकिने छैन | यदि यस्तो सडयन्त्र भएमा, सम्पूर्ण नेपालीहरु एक भई पूर्ण रूपले निस्क्रिय पर्नु पर्छ निस्वार्थ भई |
                कृतिकजीले प्रचण्डको भण्डाफोर भिडियोको विसयमा लेख्नु भएको बिषयमा केही कुराहरु लेख्दै छु | सर्ब प्रथम, एउटा प्रश्न पनि गर्न माग्छु ल! मित्रहरु तपाईहरु यदि घरको मुली हुनुहुन्छ भने, भोलीको दिनहरू के कसो गर्ने भनी केही योजनाहरु बनाउनु हुन्छ या हुदैन? अवस्य पनि, योजना सबैले बनाउद छ | किनकी, गल्ली/बाटोमा हिड्ने एउटा हुस्या कुकुरले त योजना बनाएको हुन्छ भने | यस्तै प्रकारले माओबादीले पनि आफ्नो इराधा पुरा गर्न बिभिन्न सडयन्त्रकारी योजनाहरू तय गरेको हुन सक्छ | यबम रितिले सम्पूर्ण पार्टी कांग्रेस,एमाले आदि नेताहरूले पनि यस्तै सडयन्त्रकारी योजनाहरू अवस्य पनि तय गरिरहेका हुन्छन् तर सुईकार मात्र नगरेका हुन | त्यस कारणले गर्दा कांग्रेस,एमाले आदि पार्टीहरुको माओबादीको जस्तो सडयन्त्र छैन भनी भन्नु ती ब्यक्तिहरु माहा पदमुर्ख अर्थात एउटा तार फुस्केका ब्यक्तिहरु हुनु पर्दछ |

                मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • krishna ( maryland, USA)

      जन निस्कासित महामहिम प्र. म. मा. कु. ने. को महिमा बुझिनसक्नु छ / हुनत गिरिजा बुढाले झत्ते आइमाई सुजाता लाइ उप प्र. म. बनाएको मुलुकमा ज जल्ले ज जल्लाई जे जे बनाए नि हुन्छ / आन्दोलनका बेला जनता का शरीरमा उम्लने रगत यिनेर्कै निम्ति त र छ नि ! जनता आफ्ना निम्ति त होइन र छ / जनता ले हराई दिए भनेर होला राम्रै बदला लिने भए / कहिले सम्म हो फट्यांग्राहरुको फुर्ति ? हैन झाडा पखाला आउदैन यस्तो अपाच्य भोजन हसुर्दा नि यिनेर्लाई ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 3

    • roshan

      प्रधानमन्त्रीले २, ४ जना आफ्ना परिवारलाइ जागिर लगाउन नपाउनु? जाबो एउटा संसदले त कति हो कति जागिर लगाई दिन्छन…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 9

    • Anal

      होइन का हो छोरा अनि छोरि को पालो चै नाऔनी.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

    • sudhir

      हैन अरु सबैले मोज गर्न हुने हाम्रा डल्ले माकुने ले गर्न किन नहुने? ज्यान मारा प्रचंडे ले पनि त ज्वाईं को नाम मा थुप्रै सम्पति लुकायको छ नि त्यसको हिसाब गरेको खोइ? माओबादी ले गरेको भ्रस्टाचार र हत्या को हिसाब किताब खोज्दैनन् बिचार डल्ले माकुने ले भाई लाई जागिर ख्वौदा के को टाउको दुखाइ हो कुन्नि ?? काम कुरो एका तिर कुम्लो बोकी थिमी तिर भनेको यहि त होला नि हा हा हा

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 31 Thumb down 50

      • krishna ( maryland, USA)

        सुधिर जी एउटा चोरले चोर्दै गर्दा त्यसलाई लखेट्ने कि पोहोर चोर्ने लाइ ? कुरो मिलेन / नेगेटिव मार्किंग गर्छु नरिसाउनुस है ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 18

      • Limbu Laxmi

        यस्तो कुरालाइ प्रश्रय नै दिनु हुन्न के, चाहे त्यो प्रचण्ड ले गरोस वा चाहे त्यो माकुने ले गरोस! मेरो बाबुले नै गरे नि नराम्रो काम त नराम्रो नै हो नि, कि कसो???

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 2

    • Ram

      एदी माकुने राम्रो भयको भय त चुनाब जितेर आउने थियो ! असतो मान्छे लाई प्रधानमन्त्रि भाको छ… हरे शिव ! नेपाली राजनीति ….. माकुने ले जहिले पनि मलाई चिन र इंडिया को समर्थन छ भन्छ तर जनताको समर्थन छ भन्न सक्दैन …. माकुने लाई लाज भने छैन …. उ कति कम्जोर छ बन्ने कुरा त उसका मन्त्रि हरु ले मजा ले देख औचन …. करिमा बेगम लाई केहि गर्न सकेन.. सुजात को नाच हेर्छ..विद्या देवी को त के कुरा गरि छ र ….अनि आफ्ना भाई हरु लाई नियम मिची काम दिन्छ…. सेना ले पनि तेस्को कुरा सुन्दैन … उल्टो माकुने ले सेना को कुरा सुन्नु पर्छ…. तोरण को बढुवा गर्ने पर्यो.. र अर्को मेजर लाई कोर्ट मा लगेन .. अस्त चोर काँग्रेस र uml चोर हरु ले क गर्न सक्ने छन् र यो देश मा…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 8

    • द्रोण

      चुप लाग जनता !!!! मैले गल्ति गरेको छैन परम्परा अनुसार नै गरेको हो !!!! माकुने

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 5

    • shridhar neupane

      ल ल कति दिन्हो माकुने जी मोज अनि गराउने गर्नुस किनकि तिम्रा दिन अब धेरै दिन पक्कै टिक्नेवाला छैन !! सक्छौ भने माकुने जी अब एमालेको धेरै बेइज्जत नगरेको राम्रो किनकि तिमिजस्ताले एमालेको छबी नै धमिल्येदेकछौ !!!!!!!!!!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 9

    • Avas Chintak

      दिक्कै लागि सक्यो यस्तो समाचार पढ्न

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 5

    • sudarshan

      के गरुन त् अरु काम भए पो गरुन ! कुर्सि जोगाऊ र मोज गर ! यो बाहेक अर्थोक गर्छु भन्दा गर्न दिने पनि त् होइनन नि , तेसै ले केहि न केहि त् गर्ने पर्यो

      यसै बिरोध उसै बिरोध माकुने लाई कुनै फरक पर्ने वाला छैन !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 4

    • ardniban

      चपा डल्ले चपा ! चपा धोति चपा !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 11

    • ardniban

      सक्ने ले नै हो गर्ने मोज ! ल बधाई छ नेपाली जनता लाई ,जनता कै चाहना एस्तो भयो के गर्ने ! तर एकदिन एस्तो प्रचलन को अन्त्य हुन्छ हुन्छ ! मैले अनुभब नगरेनी नातिको नाती ले त गर्लाकी! नेपालको स्वच्छ प्रसासन ……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 9

    • हिमाल लुइँटेल

      हेर्दै जानु पर्छ नेपालमा यस्ता त कति देखिन्छ देखिन्छ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 8

      • madan bajracharya

        हिमालजी
        अरु जेसुकै गरुन तर मरिसकेको महाकाली सन्धि पुन जीवित गर्न दिनु हुन् तेस्लाई/ महाकाली सन्धि फेरी भयो भने कालापानी कहिले मुक्त गर्न सकिन्न/ महाकाली सन्धि को बारेमा भारतले नेपाललाई ठग्न खोज्दा उ पनि चुकेको छ दि पी आर समयमा नबनाएर/ अब भारत आफै महाकाली सन्धिको बारेमा कुरा थाल्न सक्दैन माधव नेपाल मार्फत कुरा उठाउन लगाउने छ/ हामि मिलेर महाकाली सन्धि को बिरोध गरूँ/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

    • देवदुत पुडासैनी

      नछोड भैरे नछोड, चपा भैरे चपा… येही हो मौका !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 194 Thumb down 12

      • Bisu (Massachusetts)

        मौकामा चौका हान्यो साथीले !!!!! खोइ कसैले केहि गर्न सक्दा रहेनछ ! नेपालको कानुन भगवानले जानुन , जनताले जानुन भन्न मिलेन क्यारे !!!!!!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 107 Thumb down 6

      • ardniban

        गिरिजाले कुजतालाई उपप्रधान मन्त्रि जस्तो पद दिन हुने माकुने ले नहुने? यो कुरा अलि हजम भएन कमसेकम पढेलेखेको त रहेछ कुजता जस्तो कुहिना लागेको फर्शी त छैनहोला

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 124 Thumb down 14

        • हिमाली

          पढे लेखेको त छन् नि तर त्यो समितिमा १ जना (मेरो जानकारीमा) इन्जिनिएर त भ्रस्ताचारको अभियोगमा सरकारी सेवाबाट बर्खास्त व्यक्ति पनि परेछन कुन चाहि हो ? पत्ता लगाउने जिम्मा यहाँहरुको /
          जय नेपाल
          हिमाली

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 2

          • madan bajracharya

            हिमालजी
            नालीमा फोहर खोज्ने काम पो दिनु भएछ/

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 4

            • ardniban

              सहि कुरा गर्नु भयो/ नाली मा फोहोर खोज्नु पर्ने भयो अब

              मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

            • Ashok Magar

              नाली को फोहोर मा किरा खोजनी काम पो त !

              मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

        • sabin

          सुजातालाई उपप्रधानमन्त्री बनाउन हुने भनेर कसले भन्या छ र ?

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

          • ardniban

            तेही त किन सकिएन उसलाई ! हो अरुले नि तेही बाटो अपनाए. येस्मा नेता होइन हाम्रो दोष छ अझ भानु भने नागरिक समाज भनिने एउटा भेडा को बथान को हो ! किन नागरिक समाज ले एक रत्ति आवाज उठौदैना ?

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

      • madan bajracharya

        गिरिजाले तालिम दिएको सुदले गोठमा पालेको गोरुले अरु गर्न नै के सक्छन र? अस्ति जाजरकोटमा महामारी फैलियो जावो जिबन जल बन्दोबस्त गरेन / सुदुर पस्चिमान्चाल्मा भोकमरि भयो एक छाक ढेदो बा यक कतौरा खोले पनि ख्वाएँन/ उसको काम त् उही गिरिजा पाल्ने सुजाता घुमाउने ऋषि अंगाल्दै अमेरिका घुम्ने हो/ देसको सिमा मिचोस, तराईमा नेपाली जातिलाई बस्ने नसक्ने बनाओस तेस्लाई के वास्ता/ उसको टन टन त् मात्र उसले गराएको महाकाली सम्झौता पुन जीवित गराई भारतलाई बुझाउन मात्रै हो/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 6

        • ardniban

          मौका पायो भने अञ्चल हैन नेपाल नै दिन्छ गिरिजा ले हेर्नुस न / येस्ता लै नोबेल पुरस्कार! धिक्कार छ !

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 3

      • madan bajracharya

        लुत्नुस कमरेड माकुने लुत्नुस कुर्सीमा तपाईंको धेरै आयु बाकि छैन/ सरम मान्नु पर्दैन केको सरम तपाईं लाई/ तपाईको गुरु गिरिजा पनि तेस्तात हुन् नि/ जनताले के भन्न सक्छ तपाईं लाई केहि भने बांकी हाल्नु हुन्छ नि माकुने तपाई ‘के तिमीहरुले नियुक्ति गरेको हो र ? भनेर/ तेसैले लुत्नुस, श्रीमतीलाई पनि कतै लगाउनुसं १०/ २० लाख महिनाको तलब दिएर/

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

      • anzana

        हाम्रो देशको कानुन ठुल-ठुला पदमा पुगेर अपराध गर्ने अपराधि नेताहरुले जानुन् |

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker