कृष्ण ढुंगाना/स्याटेलाइट

तीन घन्टा पैदल हिँडेर डोकोसहित पुस्तक लिन आएका विद्यार्थीले दुरबिन डाँडा (म्याग्दी)मा स्वागत गर्दा हामी छक्क पर्यौँ। ओहो! युनिफर्म लगाएका विद्यार्थीले डोको बोक्ने !
‘यहाँ बाटो छैन, यातायातको लागि दुईटा खच्चर पनि ल्याएका छौँ’- बागवीरले त्यहाँको यथार्थ प्रष्ट्याए। ३१ डिसेम्बरको त्यो साँझ पूर्णिमाको चन्द्रमा अन्नपूर्ण हिमालको चुचुरो छेउबाट माथि सर्दै गर्दा हामी शिख उच्च माविको पुस्तकालयका लागि पुस्तक लिएर उकालो लाग्दै थियौँ। आफ्नो शैलीमा नयाँ वर्ष मनाउन शिख देउराली पुगेकोमा हामी त्यसै दंग थियौँ।
विद्यालयमा पुस्तकालय स्थापना हुन लागेकोमा विद्यालय सञ्चालक समितिका अध्यक्ष बागवीरको मुहार प्रसन्न देखिन्थ्यो। साथमा रहेका विद्यार्थी र प्राचार्य जगदीश आचार्यले आफ्नो खुशीलाई रोक्न सकेनन्। ‘यसरी पुस्तक आउलान् भन्ने सोचेकै थिएनौँ’, जगदीशले भने, ‘संसारमा असल मान्छेहरु सकिएका रहेनछन्।’
१८ वर्ष बेलायती सेनामा बिताएर शिख गाउँ (म्याग्दी)को विद्यालय सम्हाल्न आइपुगेका बागवीरको सपना पुस्तकालय खोल्ने थियो। अरुका लागि मंगल कार्य कसरी गर्न सकिन्छ भनेर सोचिरहँदा उनी सम्पर्कमा आएका थिए। यी शब्दहरु लेखिरहँदा उनको विद्यालयको एउटा कोठामा १६ सय बढी पुस्तक भण्डारण भइसकेका छन्। र, एकजना कर्मचारीलाई पुस्तकालय व्यवस्थापनको तालिम दिने तयारी भइरहेको छ।
पुस्तक दिने सबै धन्यावादका पात्र हुनुहुन्छ। हामीले माइसंसारमार्फत् आह्वान गरेर वा व्यक्तिगत रुपमा जोसँग माग्यौँ कसैले खाली हात फर्काएनन्। मागेभन्दा बढी नै पायौँ। आफ्ना बच्चाले पढिरहेका बालकथा प्रदान गर्नेदेखि ‘स्टडी रुम’को निजी पुस्तकालय बन्दै गरेर पुस्तक दिनेहरुसम्म भए। कतिसम्म भने रत्न पुस्तक भण्डारमा किनेका ६ कार्टुन पुस्तक लाजिम्पाटसम्म ढुवानी गर्दा ट्याक्सी चालकले समेत भाडा छुट गरिदिए। त्यो पनि त्यस्तो बेला जतिबेला पेट्रोल पाउन घण्टौँ लाइनमा कुर्न बाध्य थिए उनीहरु। अष्ट्रेलियाबासी नेपालीले प्रमोद र सुनिलमार्फत् करिब ४१ हजार रुपैयाँका पाठ्यपुस्तक सहयोग गर्दा पुस्तकालयमा केही पाठ्यपुस्तकसमेत जम्मा हुन सके।
पुस्तकले भरिएका ठूल्ठूला कार्टुन टाटा मोबाइलमा लोड गर्नु-अनलोड गर्नु, बसमा चढाउनु-उतार्नु, फेरि जीपमा हाल्ने-उतार्ने गर्दै विद्यार्थीका डोकोसम्म पुर्याउँदाको स्थिति सहज भएन। एकजना दातासँग ढुवानी खर्चको कुरा हुँदा उनले त्यसलाई नकारे। हामी आफ्नो कामबाट पछि हट्ने कुरै थिएन। १ जनवरी २०१० को बिहान विद्यालय प्राङ्गणमा भेला भएका विद्यार्थीमा देखिएको पढ्ने तिर्खाले अघिल्लो दिनको हैरानी र थकान दुवै मेटाइदियो। ‘तपाइँहरुको दुःखको कदर गर्नेछौं, हामी पढ्नेछौं’ कक्षा ११ का किरण पुनले हामीलाई हौस्याए।
हामीलाई पुस्तक दिएर सघाउनेहरु
जगदीश घिमिरे (लेखक)
नारायण वाग्ले (लेखक तथा सम्पादक नागरिक दैनिक)
रवीन्द्र मिश्र (बीबीसी नेपाली सेवा)
जुजुभाइ डंगोल तथा काठमाडौ सार्वजनिक पुस्तकालय
कर्ण शाक्य (लेखक/उद्यमी)
प्रमोद-सुनिल (अष्ट्रेलीयाबासी नेपालीका प्रतिनिधि)
कुवेर चालिसे (द हिमालयन टाइम्स)
लुना (बेल्जियम)
सीएम योगी (विश्व हिन्दू विद्यापीठ)
पवन घतानी
अमृत बानियाँ (कलंकी)
भोला लम्साल (हेल्पिङ्ग ह्याण्डस सामुदायिक हस्पिटल, फलेबास- पर्वत)
पूर्ण मगर (वर्ल्ड नेइवर्स संस्था, बालुवाटार)
छवि पाण्डे (कुपण्डोल)
संगीता पाण्डे (भैरहवा)
निर्मल भुसाल (बुटवल)
महेश पाण्डे (एडभेञ्चर काठमाडौ प्रा. लि., लैनचौर)
[केही व्यक्तिले पुस्तक दिनुभयो तर नाम प्रकाशित गर्न मान्नु भएन। उहाँहरुप्रति हामी कृतज्ञ छौँ। साथमा ती सबलाई धन्यवाद, जसले यो कामको सफलताको कामना गर्नुभयो]

No related posts.















देस विकास हुने भनेकै नै यस्तै राम्रो कामले हो नकी सडक मा टायर बालेर नकी हडताल बिकसिल देस मा त महिले अहिले सम्म न टायर बलेको देखेको छु न देस बन्द गरेको देखेको छु न त हड्ताल नै गरेको देखेको छु बरु देखेको छु ति देसका मानिस हरु आ आफ्नो काम मा बेस्त छन्
मन परे हरियो, नपरे रातो
0
1
My happiness knew no bound………
Really we are also trying to collect some books here bt i don’t know how far we can collect….we will never be able to forget the times we have spent there…the relationships that we formed there wil be the ones we will cherish forever………………….
मन परे हरियो, नपरे रातो
0
0
कस्तो राम्रो कुरा….मन नै छुने. . . त्यो जुली नानी को समाचार अनि यो, हैन यो mysansar blog को संचालक लाई पो प्रधानमन्त्री बनाउन पर्ला जस्तो छ हो…..
मन परे हरियो, नपरे रातो
0
0
हे हाम्रा शहरिया नानिहरुहो! यी बिद्धार्थी हरुलाई हेर ज्ञानको खोजि कसरि गर्नु पर्छा भनेर….!!!
मन परे हरियो, नपरे रातो
1
0
Dear Mr. Satellite
I hearty salute you for your too appreciable social service. The work you have done so is much inspiring. I think there must be persons like you in every house, i am sure if it happens , the nation builds itself. You have actually in my personal opinion, hit the government’s education ministry.
Please go ahead.
I am ballav, we have met indirectly at Mr. C.M yogi’s asharam.
Ballav Timalsina
मन परे हरियो, नपरे रातो
1
0
राम्रो काम हो यो जसले त्यो बिकट ठाउमा किताब पुरायो सेटलाइट जी तपाइलाई धन्येबादछ
मन परे हरियो, नपरे रातो
0
0
thanks for all helping hands.
मन परे हरियो, नपरे रातो
0
0
धन्य छौ भाइ बहिनीहरु आफ्नो भविष्यको लागि कठोर र उदाहरणीय काम गर्नु भएकोमा |अलिकति भएपनि हाम्रा खन्चुवा नेताहरुको दिमागमा गुदी भरिदिनु भएको छ |कालापत्थरको बैठकको नाटक गरेर २० मिनेटमा एक करोड झ्वाम्म पार्छन,कोपेन्हेगनको नाटक गरेर आफ्ना नातागोता नातिनातिना सहित विदेश शयर गर्छन, चीन भ्रमणको नाटकमा २५जना हिरो,बाँकी सहभागी स्वंसेवक भनेर मन्चन गर्छन |आफ्नो देश र जनताको बारेमा कुनै चिन्ता छैन | यस्ता नेताहरुलाई आउँदो चुनावमा स्वागतको लागि तपाइहरुले आफ्नो पुस्तक ढुवानी गर्दा खिइएको जुत्ता, चप्पल पनि सुरक्षित राख्नुहोला है |
मन परे हरियो, नपरे रातो
3
0
हामीले पनि येस क्षेत्र मा कामम गर्ने प्रयास गरेका हौ सफल भएनौ आज यो न्युज देख्दा खुसि लग्यो सबै लै बधाई छ ….
मन परे हरियो, नपरे रातो
0
0
म उहाहरुको मेहनेत कदर गर्दछु र सबैलाई धेरै धन्यवाद दिन चाहन्छु !
मन परे हरियो, नपरे रातो
3
0
good job…….we all appreaciate this work…….
मन परे हरियो, नपरे रातो
2
0
साँचो हो ! देशमा भ्रस्ट र बेइमानहरुको बोलबाला भएपनि असल मानिसहरु पनि छन्! ज्योति सानो भएपनि उज्यालो टाढा सम्म पुग्छ ! बधाई छ सबै लाई !
मन परे हरियो, नपरे रातो
1
0
पुस्तक प्रदान गरेर या अरु कुनै पनि सहयोग गर्नु हुने सबै महानुभाबरुलाई मेरो पनि हृदय देखी धन्यवाद!
मन परे हरियो, नपरे रातो
1
0
यो पवित्र काम को जति प्रसंसा गरे पनि थोरै होला . यसमा जसजसले सहयोग गर्नु भयो वहाहरु लै सदर प्रणाम हामी पनि अर्को महिना नेपाल आउने भएका छौ हाम्रो घरमा पनि झन्डै १००/१५०/जति किताब हरु छन् कतं मा कसलाई सम्पर्क गर्न सकिन्छा हामीलाई पनि भनि दिनु है फोन न भा हुन्छा
नमस्कार
मन परे हरियो, नपरे रातो
0
0
अनामिकाजी धन्यवाद:
पुस्तकहरुको आवस्यकता निकै छ । मलाई satelite@wlink.com.np मा ईमेल पठाउन सक्नुहुनेछ र म पुस्तक पिक अप गर्ने ब्यवस्था गर्नेछु ।
स्याटेलाइट
मन परे हरियो, नपरे रातो
1
0
लिब्ररी सहयोग को लागि रीड्स नेपाल
काठमाडौँ सरद बाबु श्रेष्ठ
लगायत संघ सस्था मा पनि एक पटक सम्पर्क गरेमा बेस्ट हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
i am really greatful …no words to exoress……
itahara-2,morang
titung1@gmail.com
मन परे हरियो, नपरे रातो
0
0
..हीर्दय बाट नै धेरै धेरै धन्यवाद छ बाकवीर जी र वहा का सम्पूर्ण टीम हरु लाइ जसले वहा को यो सराहनीय काम मा साथ् दिनु भयो |
.एस्तै एस्तै सराहनीय काम गर्ने मान्छे हाम्रो देश मा फेरी फेरी देख्नन र सुन्न हामी सबै नेपालीले सौभाग्य पाई रहउ |
मन परे हरियो, नपरे रातो
1
0
म एकदिन त्यो बिधालय मा पडाउना जाने छु !
मेरो बेलायत को पदाई सके पछि त्स बिधालय मा वोलुन्टर को रुप मा काम गर्न मन लागेको छ !
मन परे हरियो, नपरे रातो
3
0
Really good Job. and we wish you all the best for your further project too. keep going on …. good luck.
मन परे हरियो, नपरे रातो
0
0
धन्यबाद सम्पूर्ण मेहेनती बिदार्थी भाई बैनीलाई जो राम्रो कामको लागि परिश्रम गर्नु भयकोमा बिदार्थी भाई बैनीको सहयोग शिख गाऊबासी, शिख उच्च मा.बि को सम्पूर्ण सरहरू अनि सम्पूर्ण समाजसेबी मानुभाप हरुले गर्दा नै यो सम्भव भयको हो बागबिर सरले जो पहल गर्नु भयो मेरो सलाम छ शिख स्कुल आज उच्च माबी हुन पनि बाकबिर सरले गर्दा नै भयको हो आशा छ राम्रो प्रगति हुदै जाहोस भविष्यमा यहि स्कुल बाट जेहेन्दार कर्मठ युवा हरुको जन्म हुने छ पुस्तकालय बाट राम्रो ज्ञान हासिल गरेर.
मन परे हरियो, नपरे रातो
1
0
डोको को पुस्तक लगेर लाइब्रेरी बनाउन एती धेरै मेहेनत गरे को मा साथीहरुलाई धेरै धेरै धन्यवाद. तपाईहरुको यो मेहेनत र एउटा नेपाल को दुर्गम गाउको बिद्द्यार्थी को चाहना पुरा गरिदिने अठोट लाई सलाम!!! येस्ता खालका कामहरुले बस्ताब मै नया संदेश र जागर प्रदान गर्दछ. नेपाल जस्तो गरिब muलुक मा येस्ता खालका कामहरुले धेरै राम्रो भूमिका खेलेको हुन्छ. तपैहरु को यो उदाहरण ले बिदेस बाट डलर ल्याई नेपाल को दुर्गम ठाउमा विकास र उन्नति गर्छु भनि काठमाडौँ को विलासितामा मोज्गर्ने सरकार र केहि आइ न जी यो लाई राम्रो थप्पड बनेको छ. अगाडी बड्नुस हाम्रो साथ tapaiहरुलाई छ. अल्लारे युवा संघ जिन्दाबाद
मन परे हरियो, नपरे रातो
0
1
So happy I am today, actually with the effort of My Sansar Team on its way to inform people and motivate them for the cause of human being. I would like to give information about Nepalese Youths in Reading, United Kingdom have launched a programme “a penny for Nepal” with a view to providing support in education and health for the poor children of Nepal.
Altogether 14 Nepalese youths living in Reading have established the “child-focussed development organisation with no religious.The charity has been registered in the UK and they have launched the website (www.apenny4nepal.co.uk).Please to the Mysansar team can u help us how we can help on this project. Please Email us.
Thanks
Bal Krishna Dahal
Reading(UK)
Thank you MySansar team for your precious information!!
मन परे हरियो, नपरे रातो
2
0
MT SGT Guruji (Tiger)
I am so proud of your hard work and dedication in to this project and we all your Sipahiharu wish you all the for your future project and we are planning to visit your college when we are in Nepal next time.
मन परे हरियो, नपरे रातो
2
0
यहाँ माइ संसार टीम,स्याट्लाइट तथा बाघबिर जीको को यो मेहनत र काम लाई कदर र हार्दिक ध्न्यबाद ट्क्र्याउदै गर्दै हामी सम्पुर्ण युबा एकसाथ हात मिलाउदै साथ दियो भने असम्भब केही छैन बुढो गोरुहरुले गाई ओगट्ने मात्रै हुन एस्ता बुढो नेताहरुको पिछा छोडेर हामी अल्लारेहरु गाउको केही समाज्सेबीहरु केही गर्न तम्सिन्छन भने हामी उनीहरुको साथ दिन तयार छौ नेपाली अल्लारेयुबासङघ जिन्दाबाद …………
मन परे हरियो, नपरे रातो
3
1
हे हाम्रा देसका नेताहो…..केहि त सिक अब |
मन परे हरियो, नपरे रातो
1
0
शतहस्त समाहर सहस्रहस्त सं किर–अथर्व वेद(३।२४।५)
सैकडौं हातले जम्मा गर;हजारौं हातले बाँढ।
यो भन्दा ठूलो पूण्य अरु के हुन सक्छ?
मन परे हरियो, नपरे रातो
1
0
म कृतज्ञ छु सबै दानबीरहरू प्रति।
मेरो पनि कोशिस थियो यो अबशरमा भाग लिने तर सकिएन। आगामीदिनहरूमा म पनि यस्ता समाज सेवाको लागि केहि सहयोग गर्न प्रण गर्छु।
मन परे हरियो, नपरे रातो
0
0
हाम्रै देशमा
सरकारी ढुकुटीबाट पुस्तक छपाएर,
सरकारी खर्चबाट ढुवानी गर्नु लगाउदा पनि
समयमा किताब पुराउनु नसक्ने नालायकहरु छन् र तिनीहरु नै ” शिक्षा सामग्री केन्द्र” को पदाधिकारी रे, शिक्षा सचिब, मन्त्रि रे होइन त्येस्ता पदरुले सम्बोधन गर्दा तिमीहरुलाई
लाज लाग्दैन?
हिनता बोध हुदैन?
व्यंग्य गरेको जस्तो महशुस हुदैन?
यदि अलिकति पनि महसुश हुन्छ भने केहि सिक बाघबीर हरुबाट, स्याटेलाइटहरुबाट अनि गुरु मान यी कलिला बिद्ध्यार्थिहरु बाट /
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
6
0
धेरै खुसि लाग्यो,
कुनेइ पनि आउदो युवा जवान हरुले पाटीलाई त्यागेर यो उदारण सिके अबस्य
नेपालमा विकास हुन्छ
मन परे हरियो, नपरे रातो
1
0
अति सुन्दर…बिचारहरु यसरीनै संग्लिन्दै जावस|
मन परे हरियो, नपरे रातो
1
0
अतिनै सर्हानिय काम, जति प्रम्सषा गरेपनि कमै हुन्छ, सलाम छ येस्ता देश भक्ता हरु प्रति
मन परे हरियो, नपरे रातो
1
0
बाघ्बीर पुन जस्ता समाजसेवी व्यक्तिबाट नेपाल र नेपालि समाजले धेरै कुरा सिक्नु पर्ने छ/बाघ बीर नेपालि समाजसेवीका लागि प्रेरणाका स्रोत हुन्/
मन परे हरियो, नपरे रातो
1
0
राम्रो काम, यदि हामि सबै मिल्यौ भने सायद हामीले आफ्नो गाउँ मा धेरै गर सक्छौ.
बघबिर जी लै सफलता को शुवाकमाना ……….
मन परे हरियो, नपरे रातो
6
0
म एकदम खुसि छु . मेरो गृहजिल्लामा पुस्तकालय बनाउन योगदान गर्ने सबैमा मेरो धेरै धेरै धन्यबाद
मन परे हरियो, नपरे रातो
4
0
अन्तर आत्मा देखि मुरी मुरी धन्यवाद …………………..
मन परे हरियो, नपरे रातो
5
0
बाघ जस्तो बीर मात्र होइन दधिची जस्तो मन पनि भएका रहेछन बाघबीर पुन/
मन परे हरियो, नपरे रातो
2
0
हामीसबैले यस्तै काम गर्दै जानुपर्छ ,अनि मात्र देश अगाडी बढ्नसक्छ,धन्यवाद बागबिर जी लाई,सारै राम्रो समाचार पदन पाइयो
धन्यवाद मेरो संसार . कम लाई सधै राम्रो समाचार सुन्न पाइयोस धन्यवाद ……….
मन परे हरियो, नपरे रातो
1
0
यो त धेरै राम्रो काम हो नेपालमा काम भन्दा
कुरा धेरै हुन्छा तर यहाँ कुरा भन्दा काम भयो बागबिर् जी लाई नमस्कार
सबैले यस्तो काम गर्न सिकौ
मन परे हरियो, नपरे रातो
2
0
सोलुट छ महान बाग्बिर जिको मेहेनत लाई .
मन परे हरियो, नपरे रातो
1
0
पुस्कर जी नमस्कार!!
यो कुरा अनि यो लेख धेरै राम्रो छ/ अनि हामीले केहि मात्र गरेउ भने हाम्रो देश को लागि धेरै हुनेछ….तेसैले किन नगर्ने…हामीले धेरै कुरा हरु देखियेउ …कुरा बुझेउ …एदी हामीले येस्ता बाघ बिर जस्ता महान पुरुए ले गरेका कुरा गरेउ भने …पक्का हो हाम्रा देश चलाउने बाघ बिर क लागि नि एउटा राम्रो उदाहरण बन्ने छ……उदाहरण क लागि kathmndu गनाउने छैन…कुरा बुझ्नु भयो होला…मैले नि सानो गाउ बाट एस एल सी पास गरेको हो…मैले के पढे त्यो मलाई थाहा छ.. ..तर आज अमेरिका आएर पनि पढेर यो स्थिति मा आई पुगियो ..आखिर कहाँ बाट होता…अनि कसरि बिर्सन सकिन्छ आफ्नो देश, स्कूल ..साथी भाइ ….
बाघ बिर लै मेरो सलाम छ !
मन परे हरियो, नपरे रातो
1
0
नेपालमा मै हुँ भन्ने शिक्षितले गर्न नखोजेको र गर्न नचाहेको काम लाहुरे बाघबीरले गरेर देखाईदिएको छ | गरिबी निवारण र शैक्षिक जागरणका ठुला ठुला कुरा गरेर योजना आयोगका भित्ता भित्तामा मिथ्यान्कहरुको धर्सा कोरेर बस्ने बाठाहरुलाई लाहुरे बाघबिरले गजबको पाठ पढाएको छ | स्कुले नानीहरुले डोकोमा किताब बोकेको दृश्य प्रधानमन्त्री र योजना आयोगको बैठकमा राख्ने कि ? चप्पल लगाएर सिंहदरवार छिरेका नेताहरुले चप्पल नभूलोस |
मन परे हरियो, नपरे रातो
9
3
सलाम छ ती असल सोचहरुलाई , प्रणाम छ ती कर्मसील हातहरुलाई …….. ज्ञानको दीयो हरेक घर-घर र गाउँ-गाउँमा फैलिंदै जावोस…….
जय नेपाल
मन परे हरियो, नपरे रातो
1
0
काम गर्नेलाई जाहिताही नगर्नेलाई कहिँ न कहिँ भनेको त्यसै हैन रहेछा
मन परे हरियो, नपरे रातो
3
0
सारै राम्रो खबर पदन पाइयो
मन परे हरियो, नपरे रातो
0
0
वा वा !!!! यस्तो पो हो त जागर !!! मानिस ठुलो कर्मले हुन्छ बोलिले हुदैन !!!! समानानिय बागबिर जीलाई मेरो हृदय देखि नमस्कार !!!
मन परे हरियो, नपरे रातो
3
0
ओहो! कस्तो मीठो खबर!!
खबर पनि यति मीठो हुने रहेछ
मैले आफ्नो विद्यार्थी जीवन सम्झेँ
मैले मात्र के सबैले सम्झे होलान्
सधैंको नकारात्मक समाचार, गफ र लेख
विचार अनि भाषण सुन्दा-सुन्दा वाक्क भएको बेला
एउटा पृथक खबरले नयाँ जोस दियो
यो कुराजस्ले सोचे
योजना बनाए
सहयोग गरे
साथ दिए
आँट दिए
डोको नाम्लो दिए
बोके
अनि गन्तब्य पु-याए
ती सबै पुजनीय छन्
सबैलाई कोटी-कोटी नमन।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
अत्ति नै राम्रो काम म धेरै खुसि छु मलाई थाहा भएन नत्र म नि हेल्प गर्निथी पत्ची गर्छु है
मन परे हरियो, नपरे रातो
3
1
य बिष्णु प्रसाद जी , हाम्रा सपनाहरु सप्पै अम्रिका लागे तपाई संगै , अब तपाई उतै अम्रिकामा घर किन्ने होला ? , अनि व्यापार किन्ने होला ? , तपैका पसिना को मोल उतै लाग्ला , तपाई संगै तल्ला घरे साइला अरब पश्या छ , सुन्तली मलाया गइ , यसरि एक एक गर्दै सबै आफ्नु भबिष्य उज्ज्वल बनाउन परदेश लाग्या छन् , अब सप्पै आफ्नु भबिष्य उज्ज्वल भयपछी , बुड़ेश कालमा यता फिर्ने रे क्या ,
बाघ बिर काका को कार्यको म सम्मान गर्दछु ,
मन परे हरियो, नपरे रातो
10
0
Appreciated… Guys thats the spirit… Don’t wait for someone to come and do it.If u do so u will be just waiting and waiting forever…JUST because of the shitty political games in our nation… good luck guys keep doing this at all the times..
मन परे हरियो, नपरे रातो
3
1
बाघ्बिर ले आखिर गरेरै छाडे |
मन परे हरियो, नपरे रातो
3
0
Email is a2b2c21@hotmail.com
New York looking friends from Tehrathum and friends who want to help build another big successful library books
मन परे हरियो, नपरे रातो
1
0
बागबिर दाइ लै मेरो धेरै धेरै प्रणाम र सहयोगी साथीहरुलाई मेरो नमस्कार !
मन परे हरियो, नपरे रातो
4
0
यो शुभकार्यमा संलग्न सम्पूर्ण मित्रहरु तथा डोको बोक्ने विद्यार्थी हरुलाई मुरी मुरी धन्यवाद /
मन परे हरियो, नपरे रातो
7
0
कोइ न कोइ पक्कै हुनुहुन्छा होला तेह्रथुम को पनि एस ब्लग मा पढ्ने साथी हरु | हात मा हात मिलाएर सिंह बाहिनी मा यो उदाहरण लिएर अगडी बडुम न | म सक्दो सहयोग गर्नेछु, डा . तारा निरौला मैले चिनेको हुन्ह्न्छा वहा लाई पनि हातेमालो गर्न बोलाउने छु | व्यापक रुप मा लागौं | इमेल गर्नु होस् ल |
मन परे हरियो, नपरे रातो
4
1
आज म खुसीले गदगद छु, मलाई ५३-५४ सालतिरको याद आयो त्यतिबेला म कक्षा ९ म पढ्दै थिए बाँकेको राप्तिपरी पर्ने बैजापुर गा.बि.स. को श्री सरस्वति माध्यमिक बिद्यालय जुन भर्खरै मात्र माध्यमिक बिद्यालय हुदै थियो र भवन बनाउन इट्टा नेपालगंज बाट लिएर जाने क्रममा इट्टा बोक्ने ट्रक नदि पारी आउन मानेन र अनि हामी कक्षा ६ देखि माथिका सबै बिधार्थी नदि सम्म आइ हात हातमा इट्टा बोकेर भवन बनाएका थिएउ, अहिले +२ पनि संचालन हुदै छ भन्ने सुनेको छु, त्यसैले लाग्छ राम्रो काम गर्ने हरु अझै पनि छन र छौ र ति किताब हरुमा भएका ज्ञानबर्द्धक कुराहरु चम्किलो सुर्यको किरणसरि त्यस बिकट गाउमा फैलनेछन, सबैलाई शुभ-कामना !
मन परे हरियो, नपरे रातो
11
0
very nice.. wish u all the best of luck
मन परे हरियो, नपरे रातो
3
0
मैले नेपालबाट अमेरिका आउदा लेखक खगेन्द्र संग्रौलाबाट अनुबाद गरिएको पुस्तक Leaving Microsoft to Change the World (John Woods), माइक्रोसफ्ट देखि बाहुन डाँडा सम्म ल्याएको थिए. त्यो पढे पछी मलाई कस्तो लग्यो भने यदि कोहि बिदेशी मान्छे ले आफ्नो जीवन को ठुलो समय हाम्रो सानो देशका अशिक्चित बिद्यार्थी को लागि त्याग गर्न सक्छ भने हामी आफै नेपाली मिलेर किन आफ्नै देशलाई शिक्सचित बनाउन सक्दैनौ? आज म यो mysansar को तर्फाबाट सबै नेपाली दाजु भाईलै हाम्रो देशको लागि केहि गरौ भन्न चाहन्छु..हामी सबै मिलेर गरयौ भने अवस्य पनि हुन्छ..हामी एउटा सानो online group बनाउ अनि सब्बै ले आ आफ्नो विचार हरु राखौ..मलाई पुरा विश्वास छ कि केहि न केहि त अवस्य पनि हुनेछ..email me at santoshkaimail@gmail.com
मन परे हरियो, नपरे रातो
8
1
पुस्तकले केहि गर्ने भन्दा पनि चेतना को बिकाश कसरी गर्न सकिन्छ भन्ने हो त्यसैले पुस्तक्लाया हुँदा खेरी को अवस्था र नहुँदा को अबस्थ अबस्य नै भिन्न हुन्छ होला, आशा गरौ / यसमा मेरो पनि हार्दिक बधाई छ / माथिको कमेन्ट मा भने जस्तै उपन्यास पढेर जाँचको समयलाई खेर फालेको मैले पनि गरेको छु / त्यसैले उमेर अनुसारको कस्तो पुस्तक राख्ने हो विचार गर्नु पर्ने देखिन्छ /
मन परे हरियो, नपरे रातो
5
0
एस काममा लग्नु हुने सबै लै हिर्दय देखिने धन्यवाद
.
मन परे हरियो, नपरे रातो
6
0
हरेक जिल्ला जिल्ला गाऊ गाऊ मा बाघबीर जस्ता शिक्षा प्रेमीहरु छन् यो कुरा सत्य छ , तर शिक्षालाइ ब्यापक बनाउने र शिक्षित जनशक्ति कसरी उत्पादन गर्ने थाहा छैन. आदरणीय बाघबीर laai mero derai derai dhanyabad.
मन परे हरियो, नपरे रातो
7
0
So happy I am today, actually with the effort of My Sansar Team on its way to inform people and motivate them for the cause of human being. Particularly, the information related to the great project being carried out by Mahabir Pun is graving a deep feeling of national sentiment and social services. Thank you MySansar team for your precious information!!
)
मन परे हरियो, नपरे रातो
4
0
म उहा हरु को मेहनत लै कदर गर्छु /
मन परे हरियो, नपरे रातो
6
0
समाज सेवा को लागी लागीपर्ने यस्ता व्यक्ति को सम्मान गर्नु पर्छ.
मन परे हरियो, नपरे रातो
2
0
यी बाघ बिर को यो एउटा सपना रहेछ…के त अब हाम्रो समग्र नेपाली को सपना खोइत? कहाँ गए मुलुक चलाउने बाघ बिर हरु? के उनि हरुले बाघ बिर ले गरे को एउटा उदाहरण बाट केहि सिक्लन त? कहाँ गए प्रचण्ड जो नया नेपाल हो सबै वन्दा ठुलो महिससुर को रुपमा आफुलाई रुपान्तरित गर्न चाहन्चन? अरु नेता हरु कहाँ गए? एस्तो कुरा हरु बाट केहिता सिक्नु पर्चा हाम्रा नेता ले..
धेरै राम्रो समाचार लेख्नु भएको मा लेखक लै धेरै धेरै धन्येबाद….अनि बाघबीर लै धेरै धेरै बधाई छ तपाइले आफ्नो सपना पुरा गर्नु वयेको मा…
मा पनि हजुर लै सहयोग गर्न तयार छु…पुस्तक डोनेशन गर्न तयार छु…
कृपया ए-मैल गर्नुहोला bishnu_up123@yahoo.com
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
0
वास्तब मा बाघ बिर नाम मात्र का बिर होइनन काम का पनि बिर रहेछन उनका धेरै अनुसरनीय काम ले यो पुस्टि गरिसकेको छ. / प्रचण्ड त सत्ता मोह र सत्ता कब्जा को नाम मा मस्त र ब्यस्त छन् . उनले पनि बाघ बिर को जस्तै काम के गर्लान र? बरु तपाई हामीले नै बाघ बिर हरु लै साथ दिंदै जानी हो भने एकदिन नेपालले मुख फेर्ला कि भन्ने आशा छ. नया सोच र नया चिन्तन ले समय मा ठाउं पाएन भने हामी सबै को जीवन आन्धकार हुने छ / पबित्र काम को प्रसङ्ग मा प्रचण्ड जस्ता धमिलो छबि भएका मान्छे को नाम नाजोड़ने कि?
मन परे हरियो, नपरे रातो
15
2
डोको बोकी बोकी भए पनि आफ्नो बिद्यालय मा पुस्तकालय बनाउने भाइ बहिनीहरुलाई धेरै धेरै बधाई
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
0
मेरो हदय देखि नै सलाम छ यहाँहरु सबैलाई । अहिले अलि चाँजो पाँजो नमिलेर हो, मेरो पनि यस्तै इच्छा छ । एकदिन आउने छ – म पनि यो पुनित कार्यमा सहभागि हने छु ।
मन परे हरियो, नपरे रातो
1
0
हालसालै पढेको थ्री कप्स ऑफ टि भन्ने किताब को याद आयो… वास्तबमै किताब दान भनेको ब्यबहारिक रूपमा हेर्ने हो भने महादान हो. ज जसले किताब दिएर सहयोग गर्नुभयो वहाँ हरु साँच्ची धन्यबाद को पात्र हुनुहुन्छ. सहरी क्षेत्र मा विभिन्न संचार का मध्यमले बिस्तारै किताब मोह बिस्थापित हुँदै छ भने ग्रामिण भेग मा किताब देख्ने मुश्किल.. बाग्बिर गुरुबा को इच्छा त पुरा भयो. अझै कति वटा बिद्यालय हरु होलान जहाँ रूम टु रिड को आँखा पनि पुगेको छैन, संचालकहरु संग इच्छा हुँदा हुँदै पनि उपाय छैन र बिद्यार्थी हरु पुस्तकालयको सपना मात्रै देख्दछन.
ग्रेग मोर्तेंसों भन्ने पर्वतारोहीले कंचनजंघा चढ्न नसकेको पिडा दुर्गम पाकिस्तानी गाउँहरुमा पुस्तकालय खोलिदिएर बिर्सने कोशिश गरेछन . जोन वूद भन्ने अमेरिकी ले हुदा खादाको मैक्रोसोफ्त्को भब्य जागिर छोडेर नेपाल, कम्बोडिया, इंडिया लगायतका मुलुकहरुका दुर्गम जिल्ला रूम टु रिड नामले बिद्यालय र पुस्तकालय खोलेर जीवन को संतुस्ती खोजेछन .
यी व्यक्तिहरुको आफ्नो संतुस्ती को खोजि ले कति धेरै जीवन लाई असर गरेको छ हैन … यस्तो पो होस् त आफ्नो संतुस्ती को खोजि…हाम्रो त आफ्नै मुलुक हो नि . एकजना ले दसैँ वटा मात्र दिए पनि त कति दुर्गम जिल्ला हरुमा पुस्तकालय बन्थ्यो होला है.. यो शुरुवात लाइ साथ् दिने सबैलाइ धेरै धेरै धन्यबाद. म चाही नेपाल आउन साथ यो अभियान म सहभागी हुने पक्का छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1
पहिले पहिले म गाउमा हुदा मेरो स्कुलमा पनि पुस्तकालय खोलेको थियो. आज भन्दा १६ वर्ष अगाडीको कुरो है. त्यो पुस्तकालयमा उपन्यासहरु चाइ धेरै पाइन्थ्यो. त्यो पुस्तकालयको उपन्यास पढेर कति पोइलो भागे, कतिले भगाए, कति दिवाना भए कतिले ३ वर्ष सम्म जाच फेल गरे. उपन्यास मै खाने उपन्यास मै बच्ने भए धेरै जसो केटा केटिहरु. पछी गएर अभिभाबकहरुले आफैले त्यो पुस्तकालय बन्द गराए.
मेरो भन्नु को तात्पर्य के भने, बागबिरे दाइले पुस्तकालय चाइ खोले, तर पुस्तक चै सोच बिचार गरेर उमेर अनुसारको बिद्यार्थीहरुलाई हानि नपुर्याउने खालको राख्नु होला भन्ने सल्लाह दिन्छु, फेरी पछी गाउका अभिभाबकहरुले नै बन्द गर्न नपरोस.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
15
धन्यबाद मन्जरी जी मेरो नि हजुरको जस्त्यी प्लान छ सायद २०१२ सम्म पुरा गर्ने लछ्य मेरो छ .र बाग्बिर जी लाई मेरो मिठो सम्झना यो काम आफुले सक्ने ठाउँ बाट सबैले गर्यौ यहि उत्तम हुनेछ
बेल्जियम
संतोष
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
6
सकारात्मक र बिकासमुखी लेखको निम्ती स्याटेलाइट जि, “टाइ लगाएकाले हलो जोत्न हुन्न भन्ने मानसिकता तोड्न सफल विद्यार्थी” र पुस्तक दिएर सहयोग गर्ने सबैलाई बधाई छ । यो पल्टको अवसर मैले चुकाए, अर्को पटक प्रयास गर्नेछु ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
4
बाघबीरले त्यो बिकट ठाउमा पुस्तकालय खोलेर ठुलो कम गरेका छन्, तेस ठाममा ज्ञानको ज्योति छर्न जुन उदाहरनिय काम गरेका छन्, तेस्ले पक्कै पनि धेरैलाई नया पाठ सिकाउने छ, उनको तेस महान कार्यलाई मेरो सलाम छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
3
येसरी नै यी किताब हरु हुम्ला, जुम्ला, मुगु जस्ता बिकट भेग मा पनि पुरयौना पाए कस्तो मज्जा हुदो हो !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
2
“के हो ठुलो संसारमा?
पसिना, बिबेक ”
देवकोटाका यी हरफहरु याद आयो….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
7
मन मिलेर गरौ भने के हुँदैन र? मेरो त यो समाचार ले आँखा रसायो। मेरो देश नेपाल एक दिन सफल राष्ट्र हुनेछ छिट्टै नै भन्ने कुरा को प्रमाण हो यो। मलाई त यो पछुतो छ कि यो शुभ कार्य मा मैले सहयोग गर्न पाइन। तर जस्ले सहयोग गरे, वहाँ हरु लाई मेरो अन्तरआत्मा देखी साधुबाद छ।
तेज प्रसाद अधिकारी
बुटवल
मन परे हरियो, नपरे रातो
1
0
प्रश्नोत्तर
लक्ष्मीप्रसाद देवकोटा
‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’
‘सच्चा कमाइ गरिखानु भनेर जान ।’
‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?
‘आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।’
‘पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?’
‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।’
‘देखिन्छ ईश कुन मन्दिरमा पसेर ?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।’
‘यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?’
‘फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।’
‘कर्तव्य के छ जनको, यति छन् विरोध ?’
‘नक्षत्र हेर नभमा, दिलसाथ सोध !’
‘के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु ?’ ‘उडि छुनु चन्द्र एक ।
मन परे हरियो, नपरे रातो
6
1
बधाई छ !! अति नै राम्रो काम!! उदाहरनिय काम गर्नु भएको छ!! हामि सबैले पाठ सिक्नु पर्छा!!! पुस्तकालयले कति फाइदा हुन्छा भन्ने कुरा मैले बिदेशमा आएर सिखे….मा पनि कोशिश गर्ने छु एउटा पुस्तकालय मेरो गाउँमा बनाउन…सके सम्म छिटै..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
62
9
म उहाहरुको मेहनेत कदर गर्दछु र सबैलाई धेरै धन्यवाद दिन चाहन्छु !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
123
2
माइसंसार बाद प्रतिबाद गर्ने को मात्र थलो रहेनछ एसले चाहे केहि विकास निर्माण मा पनि महत्वपुर्ण कार्य गर्न सक्दो रहेछ / यो ज्वलन्त उधाहरण हो ग्रेअट जब
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
119
2
राजनीतिक बिषयहरुमा छलफल त बाद बिबाद भन्दा येस्तई येस्तई राम्रा कार्यको लागि हात् जुटाउने थलो बनोस माइसंसार
जय नेपाल
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
1
डोको बोकी बोकी पुस्तकालय बनाउने बिध्यार्थी अनि डोकोमा पुस्तक भर्न आफ्नो व्यक्तिगत समयको पर्वाह नगरी सघाउने स्याटेलाइट जी उदाहरनिय हुनुहुन्छ!
देश बनाउने जिम्मा लिएका राजनैतिक दलका नेताहरु !यिनीहरु बाट केहि शिक्षा लेउ !!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
0
कति राम्रो काम, धरै धन्यवाद साथीहरुलाई| कास हाम्रो देश मा यस्तै विचार भएका जवान नेताहरु भैदिएको भए………………………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
52
2
कति राम्रो काम, धेरै धन्यवाद साथीहरुलाई| कास हाम्रो देश मा यस्तै विचार भएका जवान नेताहरु भैदिएको भए………………………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
5
पुस्तक ज्ञानको एउटा राम्रो स्रोतहो/ साथीहरु पुस्तकको छनौटमा ध्यान दिनु होला|
मेरो छनौटको पुस्तकहरु निम्न लिखित छन्:-
१) नेपाली : क) मैले देखेको नेपाल {डा.हर्क ब. गुरुङ
ख) सोच -कर्ण शाक्य
ग) माइक्रो-सोफट देखि बाहुन डाडा सम्म जोन उड
घ) बसाई -लिला ब.क्षेत्री
न्ग़)आ त्मावृतान्त -बि.पी.कोइराला
च) बाबु, आमा र छोरा -बि.पी.कोइराला
छ)नेपालको इतिहासमा अदेखा सचाई -गोपाल गुरुङ
ज)नया घर -किरण
झ) पल्पसा क्याफे -नारायण वाग्ले
y) मन -…………………………..
ट) नेपाल एकीकरणमा गरुंगको भूमिका -जगमान गुरुङ
ठ)नेपाली सरल महाभारत-
ड) हाउ टू आर्ग्यु एंड विन एभ्रीटाइम -गेर्री स्पेन्स
ढ) मुना मदन -लक्ष्मी प्र.देवकोटा
यस्ता थप्रै कृतिहरु तथा विभिन्न व्यक्तित्वहरु को जीवनी लोक कथाहरु , सामान्य ज्ञान का पुस्तकहरु अनि फ्याकटोपेडिया, इन्सैक्लोपेडिया हरु वाचानालायामा वा पुस्तकालयमा रखिदिनुस धन्यबाद बघ्बिर,स्याटलाइट अनि माइसंसार अनि सम्पूर्ण माइसंसारमा चाहार्ने पाठक बृन्दहरुमा ……………………..|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
7
माई संसारका साथीहरु
बाघ बहादुरले देस र जनताको सेवा गरेको मा प्रसंसा गरेको र उहाँबाट सबैले प्रेरणा पाउन भनि प्रतिक्रिया लेखिएकोमा पनि रातोमा टिक लगाउने भिड रहेछ/ मलाई लाग्छ माई सन्सार बात पनि पहाडे भगाउने जमात ले नागरिकता पाए जस्तो छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
6
हेर्नुस यहाँ कमेन्ट कस्तो छ हेरिन्न जस्तो लाग्छ,सिर्फ नाम हेर्यो अनि डंगकिडंग ठोक्यो ! बिचार क गर्नु बुद्धिको भाडो मा गोबर भएपछि !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
9
“जस्तो बाघ , त्येस्तै डमरु”
सारै नै राम्रो उदाहरण /
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
8
0
बिसुजी
यक व्यक्ति यसरि लागि रहेछ तर सरकारको छाला हेर्नुस त् केहि मदत गर्नु जरुरि ठानेंन / साएद समाजमा जुन बर्गको चेतना बिकाश गर्न खोजेको हो तेस्मा अहिलेको नेताहरुलाई चित बुझेंन जस्तो छ/
मन परे हरियो, नपरे रातो
0
0