ब्रिजेश मैनाली
—हजूर कहां जान लाग्नुभएको? —म नयां नेपालको यात्रामा जाउं भनेर अनि हजूर नी? —म पनि त्यतैतिर उड्ने तरखरमा। —ए हाम्रो गन्तब्य त एउटै परेछ। दुई यात्रुहरु विमानस्थलमा एक आपसमा कुरा गर्दैथिए। दूबैको अनुहारमा उत्साह र उमंग देखिन्थ्यो साथै नयां गन्तब्यप्रतिको कौतुहलता पनि स्पष्ट झल्किरहेको थियो।
करिब ३ करोड यात्रु बोकेको संविधानसभा नामक विमान उडान भर्न तयार थियो। यात्रुहरु आफ्नो स्थान सुनिश्चित गर्न विमानभित्र कसरत गर्दैथिए। केही क्षणपछि ककपिटबाट चालकदलका मुख्य सदस्यद्वारा उद्घोष हुन्छ : “नमस्कार यात्रु महानुभावहरु, हामी अवको केही समयमै पुरानो नेपालबाट नयां नेपालतर्फको उडान भर्दैछौं। हाम्रो यात्रा अवधि करीव २ वर्षको हुनेछ। चालकदलमा सहचालकहरु सहित हामी मुख्य ३ चालक छौं र साथै यात्रा अवधि भर तपाईंहरुको सेवामा हाम्रा ६०१ सदस्यहरु हाजिर रहनेछन्।”
विमानभित्रका यात्रुुहरु सबैमा हौसला र उमंग छ अनि सुन्दर सपना र परिकल्पना छ। नयां नेपाल कस्तो होला? यस्तो होला, उस्तो होला, नयां नेपालमा आफू र आफ्ना सन्ततिहरुको भविष्यका बारेमा स्वभाविक कौतुहलता सबैमा देखिन्छ। निर्धारित उडानतालिकाभन्दा केही ढिला विमान उड्न तयार हुन्छ। परिचारिकाद्वारा विमान उड्नुअघि सबै यात्रुहरुलाई संयमित भै आ आफ्नै स्थानमा बसेर यात्रामा सहयोग गर्न अनुरोध गरिन्छ। शुरुमै विमान ढिलोगरी उड्न लागेको र आकस्मिक सुरक्षाप्रवन्धको बारेमा कुनैपनि सूचना तथा पूर्व ज्ञान नदिइएकोमा एक यात्रुले आफ्नो असन्तुष्टि व्यक्त गर्दै अर्कौ यात्रुसंग भन्छन् — हैन, विमान उड्न लाग्यो, तर उड्नुअघि संकटकालिन अवस्था आइपरेमा अपनाउनु पर्ने
सुरक्षासंबन्धि जानकारी दिनुपर्ने हैन र? अर्को यात्रु उसलाइ सम्झाउंदै भन्छ — “तपाईं त पुरानै चिन्तन बोकेको मान्छे हुुुनहुंदोरहेछ। यति नयां विमान छ अनि चालकदलका सदस्यहरु कोही चीन, कोही अमेरिका तथा भारतबाट तालिमप्राप्त छन्। यति कुशल र सक्षम चालकहरु भएपछि यात्रामा कुनै बाधा आउने त प्रश्नै उठ्दैन, धन्दै नमान्नुस। उहांहरुको उडान क्षमतामा प्रश्न उठाउनुनै प्रतिगामी सोच हो।” छेउछाउका अन्य यात्रुहरु पनि यो कुरामा मौन समर्थन जनाउंछन्।
विमान उड्छ र सबै हौंसिदै ताली बजाउंछन्। एक दिन नयां विहानीको झुल्कोमा नयां नेपालमा पुगिने सोचका साथ सब उत्साहित देखिन्छन्। उडेको केही समयमै विमानमा उद्घोष हुन्छ— “नयां बाटोबाट नयां गन्तब्यतर्फ अग्रसर भएकोले केही अवरोधको सामना गर्न परेको कारण विमान केही अस्थिर भएको र यसलाइ सामान्य रुपमा लिनको लागी यात्रुहरुलाइ अनुरोध गरिन्छ।”
यात्रा अघि बढ्दै जान्छ। यात्रुहरुबीच पनि आ आफ्नो सुविधा तथा हक र अधिकारको बारेमा आवाज उठ्दै जान्छ। बेलाबेलामा विमानभित्रका यात्रुहरुबीच उठेको विवाद मिलाउन चालकदलका सदस्यहरुलाइ हम्मे हम्मे परेको देखिन्छ। त्यतिकैमा ककपिटबाट अनायास् मुख्य चालक परिवर्तन भएको जानकारी गराइन्छ। एउटा ठोस लक्ष्य लिइ नयां गन्तब्यतर्फ अग्रसर उडानमा यात्रा को केही समयमै नेतृत्व परिवर्तनको कुराले यात्रुहरु अचम्भित हुन्छन्। लामो तथा कठीन दूरीको यात्रामा नेतृत्व परिवर्तन हुनुलाइ स्वभाविक रुपमा व्याख्या गरिन्छ।
यात्रुहरुबीच उठेको विवाद चर्कदै जान्छ। एकथरीे उद्घोषित भाषाप्रति आपत्ति जनाउंदै भाषाविवाद शुरु गर्छन् मानौं उद्घोषित भाषा उनीहरुको जन्म जन्मान्तरको शत्रु हो। कोही विमानभित्रको विशेष स्थानमा बस्न पाउनुपर्ने मागसहित आरक्षणको कुरा गर्छन। सबै आ आफ्नै डम्फु बजाउन ब्यस्त देखिन्छन्। यात्राको छोटो समयमै वातावरण असहज र अन्यौलपूर्ण बन्दै गएको आभाष हुन्छ। एकथरी यात्रुहरु आफ्ना सहयात्रुहरुलाइ सम्झाउंदै भन्छन् — विमान अन्यौलको वादलमा उडीरहेको अवस्था छ, यस्तो अवस्थामा एक आपसमा नानाथरी विवाद गरी थप अन्यौल सिर्जना गर्नुभन्दा सबैले आ आफ्नो स्थानमा बसेर समझदारीकासाथ विमानभित्रको ब्यवस्थापनको लागी चालकदललाइ सहयोग गर्नुपर्छ। अर्काथरी यात्रुहरु रिसाउंदै जिवनमा एकपटक चढिने विमानमा आफ्नो अधिकार र सुविधा खोजिनु जायज भएको जिकिर गर्छन् र उनीहरुको भावना नबुझिनुलाइ प्रतिगामी चिन्तनको संज्ञा दिन्छन्। अधिकार खोज्नेहरुबीचपनि एक आपसमै विवाद देखिन्छ। उनीहरु एउटै स्थान आ आफ्नो हुनुपर्ने दाबी गरीरहेका देखिन्छन्। विमान झन्झन् दिशाहीन बन्दै जान्छ। चालकदलका सदस्यहरु पनि यात्रुहरुबीच समन्वयकर्ताको भूमिका निर्वाह गर्नुको साटो एक आपसमा दोषारोपण गर्दै घम्साघम्सी र हात हालाहालको स्थितिमा उत्रिंदा वातावरण झन् अशान्त, जटिल एवं चिन्तायुक्त देखिन्छ। अन्यौलको बादलभित्र हराइरहेको विमान कहां पुग्यो कसैलाई पत्तो छैन। बेला बेलामा विमान ठिक समयमै गन्तब्यमा पुग्नेे कुरामा चालकदलद्वारा विश्वास दिलाइएता पनि अधिकांश यात्रुहरु झन्झन् हताश, भयभित एवं आतंकित बन्दै गएका देखिन्छन्। विमानले सन्तुलन गुमाउंदै गएको भान हुन्छ। ककपिटभित्रका मुख्य चालकदलबीच उडान दिशामै गम्भिर मतभेद रहेको कुरा सार्वजनिक हुन्छ। यसले थप अन्यौल सिर्जना गर्छ। यात्रुहरुमा निराशा छाउंछ।
ठूलो जिम्मेवारीका साथ यति धेरै यात्रुहरुको भविष्य बोकेर उडेको विमानको मुख्य चालकदलका सदस्यहरुबीच उडानको बीच बाटमै तीब्र मतभेद हंुदा विमानले गन्तव्यमा पुर्याउने भन्दापनि कतै दुर्घटनाको शिकार हुने त हैन भन्ने त्राश छाउन थालेको देखिन्छ। तोकिएको अवधिमा अवतरण नभए के हुन्छ? कसैलाइ थाहा छैन। आपत्कालीन अवतरणको ज्ञान कसैलाइ छैन, लाग्छ विमानमा त्यसको कुनै प्रावधाननै छैन। उडानपूर्व सबै चालकदलले बुझेको गन्तव्य नयां नेपालको एउटै थियो, शायद त्यसैले उडानमार्ग र दिशा पहिले नै पहिल्याउनुपर्ने हेक्का कसैलाइ भएन। तर उडान भरिसकेपछि कोही उत्तरको इशारामा त कोही दक्षिणको इशारामा दिशा लिन खोज्दा विमान अनियन्त्रित भएको आभाष हुन्छ। चालकदलमा आपसी समझदारी एवं आत्मविश्वास तथा कौशलताकासाथ उडान भर्ने भन्दापनि बाहिरी संकेतकै भरमा मात्र विमान उडाउने होडबाजी देखिन्छ।
भित्र अनियन्त्रित यात्रुहरुको भीड छ, अनगिन्ति सपना बांडिएकाहरुको असिमित माग छ, गन्तव्य पुग्नु कहिले हो अहिले नै आफूखुशी भागबण्डाको बण्डापत्र तयार छ। कहीं चित्कार छ, कहीं ललकार छ, कहीं त्राश छ त कहीं अनियन्त्रित भीडमा चेपीएकाहरुको पूकार छ। यहांनेर शुरुमा उडानसंवन्धि नियम तथा सुरक्षानितिको बारेमा एक यात्रुले उठाएको प्रश्न सान्दर्भिक बन्दै गएको छ। तर अब उडानको यो मोडमा तीनै चालकदलमा भर पर्नुबाहेक अरु कुनै विकल्प छैन। त्यसैले यात्रुुुुहरुबीच आपसी सद्भाव र भाइचारा कायम रहोस्। सबैले सबैको सहअस्तित्व स्विकार्ने आचरणको विकास होस्। चालकदलले समयमै आफ्नो गहन जिम्मेवारी बोध गरेर एक आपसमा समन्वय गर्दै करोडौंको भविष्य बोकेर हिंडेको विमानलाइ सही ढंगले सही गन्तब्यमा अवतरण गराउन सकून्। गन्तब्यमा पुुग्नुु पहिले नै विमान बीचैमा दुर्घटनाग्रस्त भएको समाचार सुन्न नपरोस् र आपतकालीन अवतरण गराउने निहुंमा पराइ भूमिमा अवतरण नहोस्। ईश्वरले समयमै सबैलाई सद्बुद्धि प्रदान गरुन्।
No related posts.








Thankyou for this splendid presentation of real picture of today´s Nepal. I were really into the excitement, thrills and the fear while reading this article. This is an awesome presentation and hope to get chance to read such good quality articles again in the near future.
मन परे हरियो, नपरे रातो
2
0
Thanx a lot for such a nice article. Umesh jee, its better to distribute a copy of this article to all the 601 members (including pilots, crews and passengers), if its possible. This article has thrown lights on the real situation we are passing through. I really got goose bumps while reading this article. I am looking forward to reading such articles in future as well.
मन परे हरियो, नपरे रातो
1
0
धन्यबात आशाद्दै राम्रो लेख समय सान्दर्भिक छ शुरु गर्न बितिकै मैनाली जी को लेख मा आखा गयो सारै मार्मिक लाग्यो फेरी अर्को राम्रो लेख पढन पाइयोस
मन परे हरियो, नपरे रातो
1
0
धेरै राम्रो प्रस्तुति . पुरा लेख पदुन्जेल आफु गन्तब्यहीन असुरक्षित र अयोग्य चालकहरुद्वारा चलायिएको बिमान भित्र भएको महसुस गरे. यो यात्राको अन्त्य कुनै अप्रिय घटनाबाट नहोस्. यहि छ मेरो भगवान संग कामना
मन परे हरियो, नपरे रातो
1
0
धेरी राम्रो छ.
बस्ताब मई चासो को बीसय हो यो बीमन कता भन्दा पनी कसरी अवतरण गर्ला त????? कोही यात्रु यसरी नै बीमान यनोल मा आकाश मा नै होस् भन्ने चाहान्छ भन्ने कोही यसलाई अर्की तीर लगेर अवतरण गराउनु चहंछा.
मन परे हरियो, नपरे रातो
1
0
देशको तितो येथार्थलाई मिठो कथामा प्रस्तुत गर्नुभएको धेरै राम्रो लाग्यो. प्राथना गरौ कुबुद्ह्हिले भरिएको नेताहरुमा समयमै चेतना आओस र हामी जनताहरु नया नेपालमा आत्मसंतुस्तिका साथ सिर ठाडो पारि गौरव महसुस गर्न पाउन. Wish you good luck and hoping to read your article in future too.
मन परे हरियो, नपरे रातो
1
0
देश को परिकल्पना लेखियको यात्रा बर्णन धेरै राम्रो लग्यो
मन परे हरियो, नपरे रातो
1
0
बृजेश जी,
सारै राम्रो प्रस्तुति tatha अहिलेको नेपालको अवस्था झल्काउनु भएको मा धन्यवाद. चालक दल का सदस्य र यात्रु हरुचाही सजिलै बुजियो तर तपाइंले भन्नु भएको बिमान परिचालिका चाही को हुन् नि बुज्न गारो भयो ? कि Deputy प्रधान मन्त्रि र डिफेन्स मिनिस्टर हुन्?
Dhital
मन परे हरियो, नपरे रातो
1
0
अब बिमान मा चाही जापानिज चालक राख्नुपर्छ
मन परे हरियो, नपरे रातो
1
0
ज्यादै राम्रो लेख लाग्यो / आजै मात्र हाम्रो प्लेनक क्याप्टेनहरुले अब देखि मिलेर अगाडी बढ्न मुख्य क्याप्टेन पनि छानेका छन् / अब चाही राम्ररी नै प्लेन अवतरण हुन्छा होला / तर तपाईं हामी सबै यात्रुहरु मिलेर प्लेन अवतरण नभय सम्म खवरदारी गरि राख्र्नु आवश्यक पर्छ /
मन परे हरियो, नपरे रातो
0
0
बिज्रेश मैनाली जी सायद नेता हरु ले तपाई को लेख पढेजस्तो छ त्यसैले संयंत्र बन्यो यो भयको तपाई को लेख पढेर हो तपाई लाई धेरै धेरै धन्यवाद
मन परे हरियो, नपरे रातो
1
0
राम्रो लाग्यो…………….
मन परे हरियो, नपरे रातो
1
0
Dear Brijesh-ji,
Thanks for your article एंड nice presentation.
विथ regards,
Jagadish
मन परे हरियो, नपरे रातो
1
0
स्वोछा र creative पत्रकारिताको नमुना पढ्न धेरै पछि पाईयो . येस्तई खाले लेख हरु पढ्न पयियोस.
मन परे हरियो, नपरे रातो
0
0
मैनालीजी
अति शुन्दर कल्पना सहितको वर्तमान अवस्था!
मन परे हरियो, नपरे रातो
1
0
राम्रो लेख , तर अयोग्य चालक लाई पनि योग्य लेख्नु भएको सुधार्न अनुरोध .
“जय देश, जय नरेश”
मन परे हरियो, नपरे रातो
2
3
लेख एकदम राम्रो छ तर चालक को योग्यता जस्तो र जहाँ बाट तालिम पाएता पनि जहाज लाई जथाभावी चलाऊनाले र दुवै चालक र यात्रु आ-आफ्नो स्वार्थ मा लागेकाले एकता अनि बुझाई नाभाएकोले नै त्यो जहाज आजसम्म कता हो कता भै रहेको हो !
लोभ = धेरै लोभी हुनाले
दोष = एक अर्कामा क्रोध हुनाले
मोह = Having believe without good knowledge.
If try to make it low….all problems will be over!!
मन परे हरियो, नपरे रातो
1
1
ति पाइलट हरुलाई मैले राम्रो संग चिनेको छु | तिनीहरु को गुरु त भारतिया हरु हुन् | तिनीहरु ले राकेश सुद, मनमोहन सिंह, इन्दिरा गान्धी , दीपक कपूर जस्ता कु प्राध्यापकहरु बाट प्रमाण पत्र लिएका हुन् | तिनीहरु को कन्ट्रोल रूम देल्ही मा छ र यी पाइलट हरु उनी हरु को इशारा मा ति ३ करोड यात्रु हरुलाई बेकुब बनाउदै छन् नया नेपालमा अवतरण गर्छौ भनेर | तिनीहरु ले नया नेपाल को टिकट बेचेर देल्ही लैजादै छन् | तेसैले गल्ति भैसक्यो अब विकल्प छैन | कि पाइलट हरु लै सावधान गराएर नया नेपाल तर्फा बिमान फर्कौना लगाउनु पर्छ हैन भने महँगो टिकट मा देल्ही झार्नुपर्छ | बेलै मा सोचौ है यात्रु हरु हो , नत्र पछुतौनुपर्ला नि |
मन परे हरियो, नपरे रातो
3
0
पुराना नेतालाई लिएर नया नेपालतिर उडेको बिमान कहिले नया नेपालमा अवतरण नहुने हो कि?
मन परे हरियो, नपरे रातो
0
0
लेख काल्पनिक भएपनि वास्तविकतामा आधारित छ/
मन परे हरियो, नपरे रातो
1
0
नेपालमा त पाइलट हुने तरिका बेग्लै छ | जति मान्छे बढी मार्यो उही बढी क्रान्तिकारी र सक्षम नेता ठहरिन्छ | पाइलट हुन पढ्न पनि नपर्ने | जेल नेल खाए पुग्ने | नया सोच केहि भाको भए पनि हुने तर दिल्ली दाहिना भाको हुने पर्ने | भोलिको त बारेमा होइन आफु पाइलट कहिले सम्म रहिन्छ भन्नेहरु भेडा बाख्रा गोरु गधा सबै नया नेपालमा नेता हुन पाइन्छ | यस्तै भेडाका बच्चा हरु मिलेर ६०१ पुगेको छ | ति भेडाका अदृश्य नायक सुद हुनहुन्छ र यो ऐरलाइनको नाम चाही दिल्ली हुनुपर्छ क्यारे !
मन परे हरियो, नपरे रातो
2
0
बिजेस जी, सारै राम्रो लेख लेख्नुभएकोमा तपाइलाई धेरै धेरै धन्यबाद !!!
तपाइले भने जस्तै चालक मै भर परेको छ हामी करोडौ को भविश्व !!!
मन परे हरियो, नपरे रातो
1
0
मित्र, नेपालिको मनमा उत्साह हुनुपर्यो नी “नयाँ नेपाल” हुन। यस्ता मोरा तोरीलाहुरे नेता भएपछि भएका जनशक्ति पनि बिदेश लाग्छन्, नेपालमा चाही सधै लाटा गांडा..
मन परे हरियो, नपरे रातो
0
0
It’s Great article. I liked it and I hope त्यो विमान अलिक ढिलो भए पनि आफनो गंतब्यमा पुग्ने छ। करोड़ौ यात्रु बोकेको त्यो विमानको सुरक्षाको लागि I pray to lord Pashupatinath.
मन परे हरियो, नपरे रातो
0
0
पुरानो चालक पनित तेही जहाजमा छनी, बरु नयानेपाल तिर गयर दुर्घटना निम्तने सम्भाबना बढेपछी पुरानै अनुभबी चालक लाई ककापित मा बसालेर जहाजलाई विदेश मा अवतरण वा दुर्घटना हुन बाट जोगाउने होकी, बरु पुरानै नेपाल मा अवतरण गरौँ /
मन परे हरियो, नपरे रातो
2
1
मैनाली जी धन्यवाद अतिराम्रो लेखकालागी…….
मन परे हरियो, नपरे रातो
2
0
प्लेन भित्र ओसामा बिन्लादीन का साथी पनि छन् ! बुद्धका अनुयाई पनि छन् ! दुइ करोड नेपाली पनि छन् अनि ” र ” का एजेन्ट पनि छन् ! प्लेन अपहरण हुने लक्षण देखाउदै छन् तर ६०१ जना को यो समूह किन लाचार छ चालक दल का ति ३ जना पाइलोट सबै देल्ही र बिहार मा ट्रेनिंग लिएका बृध संग ? प्लेन बानेस्वोर भवन मा अवतरण होस् यही कामना पशुपतिनाथ संग ! जय सम्भो कोइलास पति हर हर महादेव !!!!!!
मन परे हरियो, नपरे रातो
8
0
धेरै सान्दर्भिक अनि मार्मिक छ यो व्यंग्य | देशका अहंकारवादी,फुलबुट्टे भाषणवादी,पराधिनतावादी राजनीनिक ठेकेदारहरुको बेलैमा घैटोमा घाम लागोस र अन्धाधुन्द तिनीहरुको पछि लागेर तिनीहरुलाई बिगार्ने हामी जनताहरुपनि सतर्क होऔ |
मन परे हरियो, नपरे रातो
5
0
मैनाली जी को समसामयिक सरल प्रस्तुति दोहोर्याएर पढ्न मन लाग्यो / आशा गरौँ बिमानको नयाँ नेपाल मा सफल अवतरण हुनेछ / ककपिटमा बस्ने हरुले यस्तो ऐतिहासिक उडानलाइ सामान्य खेल रुपान्तरित गर्दै घोप्टे भीर तिर अवतरित गराउन पनि सक्छन / यात्रु हरु बढी सचेत भएर दिशा निर्देश गर्नु पर्ने हुन सक्छ / सबैलाई हेक्का रहोस हामी आवधिक पिकनिक को मोजमस्ती मा हिडेका मानिसहरुको हूल हैनौ /
मन परे हरियो, नपरे रातो
3
0
पुरानो चालक पनित तेही जहाजमा छनी, बरु नयानेपाल तिर गयर दुर्घटना निम्तने सम्भाबना बढेपछी पुरानै अनुभबी चालक लाई ककापित मा बसालेर जहाजलाई विदेश मा अवतरण वा दुर्घटना हुन बाट जोगाउने होकी, बरु पुरानै नेपाल मा अवतरण गरौँ /
मन परे हरियो, नपरे रातो
0
0
लेख साह्रै मार्मिक लाग्यो धन्यवाद मैनालीजी!!! हाम्रो दुर्भाग्य यस्ता चालकले हाँकेका छन् हामी र हाम्रा सन्ततिहरुको भबिश्यरुपी जहाज……
मन परे हरियो, नपरे रातो
5
0
धेरै पछि येस्तो राम्रो रचना पढ्न पायेकोमा खुशी लग्यो| धन्यबाद छ तपाइलाई |
मन परे हरियो, नपरे रातो
7
3
के गर्नु बुद्धिविवेक र इन्द्रीयहरू नै नहुने टट्टुहरू स्वयम्लाई त अरुले चलाउनुपर्छ भने यिनीहरूले ‘विमान’ कसरी चलाऊन् ? ‘विमान’ पनि यिनीहरूलाई चलाउनेले नै चलाउने भइहाले । ‘विमान’ कहाँ अवतरण गर्ने भन्ने पनि तिनीहरूकै इच्छाको कुरा भो । त्यसैले यो ‘विमान’लाई अवतरण गर्न आफ्नै सीप, बुद्धि-विवेक प्रयोग गर्नसक्नेहरू नै अगाडि आउनुपर्छ ।
मन परे हरियो, नपरे रातो
6
2
बिमान चालकहरुलाई राम्रो सल्ला सुझाब हो लेखकलाई धन्यवात दिशाबोध लेखनु भएको छ | धन्यबाद मैनाली जी |
मन परे हरियो, नपरे रातो
5
1
६०१ चालक दलका सदस्यमध्ये कसैले delhi मा ( बिदेशी प्रभु कहा ) अवतरण गरौँ होइन भने Twin Tower मा लगेर ठोक्काउ भन्दैछन . मुर्ख हरुलाई आफू पनि मर्छु भन्ने बिर्सेर अरुलाई प्लेन भित्र त मारेरै छोड्छु भन्छन त बा
मन परे हरियो, नपरे रातो
3
3
मलाई त यो नयाँ नेपाल भन्ने शब्द नै दिक्क लाग्न थाल्यो . कुनै ए बि सी कम्पनी ले कर छल्नको लागि एउटा कुनामा NEW …. कम्पनी भनी लेखिएको जस्तै के नेपाल ले पनि यस्तै गर्न लागेको हो र ?
मन परे हरियो, नपरे रातो
4
2
धेरै राम्रो लेख रचना र संरचना छ | लेखकलाई साधुबाद छ |
मन परे हरियो, नपरे रातो
5
0
धन्यबाद ब्रिजेश मैनाली जी ! हाम्रा ठुला ठुला योग्य नेताहरुले पढे हुन्थो |
मन परे हरियो, नपरे रातो
4
0
अति सान्दर्भिक र राष्ट्रभावनाले अोतप्रेत लेख । यस्तै भावना हाम्रा नेताहरूमा भैदिएको भए हामी नेपाली गैोरवान्वित हुनु पर्थ्यो, तर अफसोच हाम्रा नेताहरूले सम्भवतः विमानलाइ दिल्लीमा अवतरण गराउँछन् जस्तो छ ।
मन परे हरियो, नपरे रातो
4
1
धेरै राम्रो लाग्यो| नेताहरुमा यसले सद्बुध्धि आवस |
मन परे हरियो, नपरे रातो
6
1
वास्तबमै नेपालको कथा यहि हो. हामी यात्रुहरु पनि सजग हुन जरुरी छ. चालकहरुलाई
दिशानिर्देश गर्न हामी आफै कस्सिनु पर्छ .
मन परे हरियो, नपरे रातो
6
1
nice article…
मन परे हरियो, नपरे रातो
3
3
Do cockpit pilots have any devices to hear backsides passengers cry?
मन परे हरियो, नपरे रातो
7
4
nope man ! infact there are no air hostage indeed.there are 3 captain and othere co pilot but no single air hostage,air hostage has vital role in communication between cockpit and board.think without air hostage how cockpit can hear!
मन परे हरियो, नपरे रातो
3
1
नेपालमा विकास, सम्बृधि,शान्ति अनि चेतना ल्याउनको लागि सबै नेपालीहरु एक जुट हुनु पर्छ| कुनै पनि भेदभाव बिना हामी सबै नेपाली हौ भन्ने भावनाले ओतप्रोत हुँदै एकजुट हुन पर्ने हुन्छ! अनि मात्र नेपालले सुरक्षित अवतरण पाउदछ| जनता एक जुट भएर दबाब दिएमा नेताहरु पनि सबिधान बनाउन बाध्य हुनु पर्ने हुन्छ | तेसैले हामी एक हौ !”नया नेपाल तर्फको उडान” लेखको मार्फत लेखक ले नेपालीहरुलाई सचेत बनाउन खोज्नु भएको मा धन्यबाद!
मन परे हरियो, नपरे रातो
5
3
Excellent analogy…
मन परे हरियो, नपरे रातो
3
0
राम्रो लेख |
मन परे हरियो, नपरे रातो
5
0
Who wrote this Article ? it´s really nice ! and I am also much satisfy with this article that it is a best and respectable article that to whom those peoples were running or being run the political way of Naya Nepal to make tha New Nepal. Tiniharulai futera hoina jutera aagadi badna ko lagi hamro sadhubad 6. Tesma hatemalo garna hami tayar 6au, Tara selfishness vane chai sabaile hataunu par6a hai ? kuro afu paila banni vanda ni, rastra pahila banauna tira lagda sabai ko lagi voli opportunities naaaulan vanna chahi ma sakdina hai ? First, Nation bannai par6a, contribute hamile garnai par6a, Indian Kala Sarpaharu bata hami attention hunupar6a har time.
We must have to be patient ! and to contribute to make our New Nepal that it is not to bee… with crashed, but not with each other that politically jealously, to be together always. We must have to abandon the perpetual our selfishness ness, We must have to be lead ahead from our positive thinking way.
मन परे हरियो, नपरे रातो
7
4
मलाई यो लेख धेरै नै मन पर्यो
मन परे हरियो, नपरे रातो
5
0
कुरो त ठिकै लेख्नु भएको हो, तर राजेश्वोर देवकोटा(?)को “बैकुण्ठ एक्सप्रेस” पढेका पाठकहरुले चाहि theme र शब्दहरु त्यहिँ कृतिबाट लिनुभएछ भनेर गुनासो गर्लान है !
मध्य र अन्तिम तिर आएर तपाइको मौलिकता झल्किन्छ, मैले चाहि स्वाद लिएर पढे.
मन परे हरियो, नपरे रातो
11
5
लेख राम्रो छ, नेपालको बर्तमान आवस्था लाइ उतारिएको छ| धन्यबाद मैनाली जी |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
7
लेख त सारै नै राम्रो छ. तर इनी चालक दल झगडा गरेर पराइ भूमिमा अवतरण गरौलन जस्तो छ. हामी यात्रु हरु ले बेला मै विचार गर्नु पर्ला है!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
1
मैनाली जी
लामो उडान भर्ने यात्रुहरु सबैको सोच तपाइ कै जस्तो छ!तर हामीले यात्रा गर्नका लागि छानेका चालक दलका सबैले भारतको बिहारबाट पाइलटको परिक्षा उतिर्ण गरेका छन्,त्यसैले दुर्घटना हुने धेरै सम्भावना छ!आफ्नो बचाव को तयारी गर्नु होला/ आतंककारीहरुको समूह पनि विमान भित्र भएकोले अपहरण हुने सम्भावना पनि छ,प्रतिकारको तयारी पनि गर्दै गरौ है सबैले /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
1
अतिनै समय सापेक्ष लेख, आशा गरोउ बिमान सहि समय मा नेपालमै अवतरण होस् सकुसल,
मन परे हरियो, नपरे रातो
1
0
धेरै राम्रो लेख नेपालको परिस्थिति ठ्याकै मिल्दोजुल्दो छ धेरै धेरै धन्यबाध /
मन परे हरियो, नपरे रातो
10
3
त्यो बिमान लाई अमेरिका मा लेराएर अवतरण गराउन परो, साथी हो .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
25
भारतको भुमि नाघयेर ल्याउन लान नमिल्ने गरि केहि कप्तान्हारू लाई तार पठाएको छ रे … दक्षिण तिर बाट |
मन परे हरियो, नपरे रातो
1
0
रोचक प्रस्तुति
मन परे हरियो, नपरे रातो
11
0
मैनाली ज्यु ,धेरै राम्रो लाग्यो एकदम सान्धर्भिक लेख्नु भएकोमा धेरै धेरै धन्यबाद
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
1
तेस्ता कुलंघार हरु चढेको बिमान घोप्टे भिर बाट लडाई दिंदा हुन्छ !!!
जनता को पसिना लाई बिहे को भोज जसरि खाएर तुष छाड्दै हिड्ने नेता को जनता हुनु भन्दा त् हिटलर जस्तो शासक आओस ,सलाम हानेको पनि तेती बेला सुहाउने छ !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
7
साथि गाडी होर घोप्टे भिर बाट लडाउन ? ठोक्कौनु पो पर्छ !
मन परे हरियो, नपरे रातो
1
0
लेख ज्यादै नै उत्कृस्ट छ | समय सामयिक छ लेखक बाट एस्तै लेख को आसा राख्दछु | नया नेपालका बिमान चालकहरु लाई समय मा नै सम्पूर्ण यात्रु रुपी नेपाली हरु लाई सान्त सुन्दर नेपाल मा सफल अवतरण गराउन छन् भन्ने कामना गर्दछु |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
0
राम्रो कल्पना , Lets hope for the Best, Lets be Positive , Lets think Positive.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
3
यहाँ पाईलट को कुरा गरियो तर अनुभब र योग्यता को कदर भयको छैन जस्तो लाग्यो कुनै पाईलट उमेर ले नेटो काटेका तर सोर्स फोर्स को आधारमा जागिर नछाद्ने लाछी दोश्रो परिक्षा मै पासा नगराय मास्टर नै मार्ने धम्की ले लाइसेन पायका तेश्रो परिक्षा मा फेल भयका तर चिन् जान को आधार मा पाईलट हुने मौका पायका यहाँ योग्य पाईलट नै छैनन अनुमान मा यात्रा गर्दै छन आकाश भैरब लाई कालो बोका दियर ।।हेरौ कहाँ सम्मन पुगिन्छ फेरी पेलेन मै खराबी उत्पन्न भयको छ तर कसैलाई बताइयको छैन कुनै पाईलट बेजिङ उत्तर कोरिया तिर अबतरण गराउन खोज्दै छन कोही सिधै अमेरिका त कोही दिल्ली अबतरण गर्न ..
कुहिरो मा हरायको काग जस्तै उडान भय को पेलेन कहाबस्छ दैब भरोसा ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
3
राम्रो हवाई अनुसन्धान रहेछ यो लेखा मा राजनीतिक उद्धयन! भारत बाट तालिम र थोत्रा बिमान लिएर चलाउने हरु जमिन मा दबिन लागिसके अब पालो अरुको नि हो तर बिमान मा कप्तान एक मात्र हुनु पर्छ तर यो विमानमा ३ कप्तान अरु ६/७ उप कप्तान छन् एदी कप्तान नै ३ वटा छन् भने कसको कुरा सुन्ने ककपिट मा बसेका अन्य चालक ले ? कहिँ देख्नु भएको छ एउटा खेलमा २/३ कप्तान ? कहिँ सुन्नु भएको छ एउटा जहाज मा २/३ कप्तान ? हो यो जहाज नि ऐर फ्रान्स ४७७ जस्तै हुन बेर लाग्दैन ,आकास बाट झर्यो कता गयो केहि पत्ता छैन? गजब छ ब्यङ्ग ,जय होस् जनताको जय होस् नेपाल को
मन परे हरियो, नपरे रातो
10
1
मलाई त नेपाल बरु चीन जस्तो कट्टर होस् तर आफ्नो सान मान मा अरुको हस्तछेप गरेको हेर्न नसकोस जस्तो लाग्छ चीन क जनता पनि पिडित छ यो सर बिस्व लै थाहा छ तर पनि देश हेर्नुस कस्तो छ ! अरुले ले त परे जावोस अमेरिका ले पनि कु दृस्टी गर्न सकेको छैन .येस्तई देसको कल्पना छ मेरो त
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
6