म ती दिनहरु सम्झिन्छु, जुन दिनहरुमा म कम्प्युटर मार्फत मॆरो देशको खबर हेर्न पनि डराउँदथे । त्यतिवेला हाम्रा अखवारहरु मृत्यु छाप्दथे, रेडियोहरु मृत्यु सुनाउँथे, र टेलिभिजनहरु मृत्यु देखाउँथॆ । माओवादी जनयुद्व चरम उत्कर्षमा पुगेको त्यो समय हत्या िहंसा नभएको दिन नै हुदैन थियो । दुवै पक्ष अर्कातिर बढि क्षति पुराउन अनि मार्न मर्न तयार थिए । जति जति द्वन्द बढ्दै थियो त्यति त्यति शान्ति प्रतिको जनचाहना बढ्दै थियो । देशभित्र र वाहिर वसेका नेपाली जनतालाई लाग्यो अब शान्ति हुनैपर्दछ । शान्तिप्रतिको चाहना लडाई लड्दै गरेका माओवादी भित्र पनि थियो र संसदवादीहरु भित्र पनि थियो । हाम्रो शान्तिप्रतिको त्यहि चाहनाले १२ वुँदे समझदारीलाई सार्थक तुल्यायो । लेखिए होलान् दिल्लीका अट्टालिकाहरुमा ती सहमतीका डाफ्टहरु, रचिए होलान रोल्पादेखि लखनउसम्मका यात्राहरुमा तर संसदवादी दल र माओवादीहरुलाई एकै ठाँउमा ल्याएर शान्तिको मार्ग खोल्ने काम तपाई हामी जनताको चाहनाले नै गर्दा भएको हो । यी दलका नेताहरु त जनदवाव थेग्नको लागि निकास दिन मात्रै तयार भएका हुन्।
अर्को प्रसंग पनि सुनाइहालौं, संविधानसभाको मिति तोकिदै सर्दै र फेरि सर्दै थियो । मान्छेहरुलाई लागेको थियो माओवादीले संविधानसभा चाहदैन त्यो त उनीहरुको ‘ट्याक्टीकल मुभ’ थियो । यी संसदवादी दलहरु पनि राजाले घोक्राएकोले मात्रै संविधान सभाको एजेण्डामा समर्थन जनाएका हुन् वास्तवमा दुवै पक्ष संविधान सभाको चुनाव चाहदैनन् । तर जनताहरु विच संविधान सभाको चाहना यति धेरै थियो कि ढिलो चाँडो त्यो नभइ नहुने भइसकेको थियो । संविधानसभाको चुनाव गराउन नचाहनेहरु विस्तारै नािगंदै जान थालिसकेका थिए । आखिर त्यहि जनचाहना र दवावले नै सविधानसभाको चुनाव संभव भयो । हेर्नुस त एकपटक, संविधान सभाका बिरुद्व वोल्नेहरुलाई कसरी धुलो चटाए जनताले चुनावमा ।
यतिखेर पनि संविधान बन्ने नबन्ने अलमल नै छ । नेताहरुलाई संविधान भन्दा सरकारमा प्यारो भएको छ । संविधान वनोस् नवनोस् तर हाम्रो सरकार ढल्नु हुँदैैन भन्ने एकथरि वा हाम्रो सरकार बन्नै पर्छ भन्ने अर्काथरि । तोकिएका समयमा हुनुपर्ने कामहरु नभएर मिति सरिरहेका छन् ढिलाई भइरहेका छन् । तर आशंका र असहमतिहरु कै विचमा पनि संविधान सभाले धेरै प्राविधिक कामहरु पनि गरिसकेको छ । आशंका व्याप्त छ, समयमा नै वन्ला नवान्ला कस्तो वन्ला ? तर नेपाली जनताको चाहना हिजोको दिनमा जसरी शान्ति छाओस् भन्ने थियो । जसरी संविधान सभाको चुनाव होस् भन्ने थियो । त्यसरी नै नयाँ संविधान बनोस् भन्ने छ । छ दशकको यो प्रतिक्षा कुनैपनि हालतमा खेर जान नदिने सोचमा छन् जनता । मलाई लाग्छ, हाम्रो त्यहि चाहना, त्यहि इच्छाशक्तिले हामीलाई नयाँ संविधान दिनेछ । फेरि दल र यसका नेताहरु खिचिँदै, तानिदै नयाँ संविधान बनाउन बाध्य हुनेछन् । यसमा पनि ‘नेपाली टाइम’ अर्थात केहि ढिलाइ होला तर नयाँ संविधान बन्नेछ ।
२०४६ सालको प्रजातन्त्रले दिएको खुलापनले नेपालीहरुले धेरै कुरा सिके । माओवादी जनयुद्वले मानिसहरुमा अधिकारप्रति सचेत हुन र लड्न सिकायो । सबैको जगमा भयो जनताको सशक्तिकरण । त्यसैले हो पचासौं लाख मानिसहरु सडकमा उतारेको । पार्टीहरुमा हिजोका भ्रष्टचारी कहलिएकाहरुको थोर वहुत चलेपनि जनतासामु तिनिहरु जान नसक्ने भएका छन् । संविधानको चुनावमा कसरी वडे वडे भनिएका मानिसहरुले धुलो चाटे । जनसशक्तिकरणको त्यो नै गतिलो प्रमाण हो । जनतालाई धोका दिनेहरुलाई जनताले मौका पाउनसाथ वदला लिएका छन् । अहिलेको युगमा नेता वा पार्टीहरुले जनतालाई पछि पछि लाउने मात्रै गर्दैन जनताले अगाडि बढेर नेताहरुलाई अघि बढ्न वाध्य पनि पार्दछ । भारतको अहिलेको आर्थिक विकास त्यसको गतिलो उदाहरण हो अर्थात जनसशक्तिकरणको । युवाहरु नयाँ उद्यमीहरुले वाध्य पारेका हुन् नितिनिमार्ता हरुलाई अगाडि बढ्न त्यहाँ पनि । त्यस्तै हो, अहिलेसम्म प्राप्त नेपालको राजनैतिक उपलब्धी पनि । नत्र इतिहासदेखि संवैधानिक राजतन्त्रको नाभिमा हुर्किएको काँग्रेस किन गणतन्त्रमा ल्याप्चे ठोक्थ्यो ? वा साम्यवादी समाजको रुमानी सपना वोकेको माओवादी पुँजीवादी संविधानसभामा किन मान्थ्यो ?
पोखरामा अस्ति भर्खरै तुल टाँगिएको छ –संविधान जारी हुने ‘काउण्ट डाउन’को तुल अब त्यस्तै तुलहरु अन्यत्र देखा पर्दै जानेछ । हाम्रा चाहनाहरु अझै घनिभुत हुनेछ, हुनै पर्दछ । काठमाडौंमा नेवारहरुले गणराज्य घोषणा गरे । माओवादीले देशका सबै भागमा त्यसै गरे । यस्तो प्रचारात्मक काम अझै हुन आवश्यक छ । यसलाई हिजोको दिनमा क्याम्पस, नगर. गाँउमा भएको नमुना संविधानसभाको चुनाव जस्तै ठान्दा हुन्छ, मात्र प्रचारात्मक । जसरी हिजो यस्ता प्रचारात्मक अभियानले चुनाव हुन दवाव सिर्जना गरेको थियो त्यसरी नै संघियतामा जान जनदवाव सिर्जना गरिरहेको छ ।
त्यतिले मात्रै पुग्दैन अब प्रत्येक दलका नेतासँग जहाँ भेट्यो त्यहि सोध्नै पर्छ नयाँ सविधान दिने कि नदिने ? लेख्न जान्नेहरुले लेख्ने, बोल्न जान्नेले बोल्ने, जे जानेको छ त्यहि गर्दै हाम्रो जनचाहनालाई मुखरित गर्ने पर्दछ । यसको लागि हामीले विभिन्न माध्यम अपनाएर जनदवावको सिर्जना गर्न सक्यौं भने हिजोका दिनमा जस्तै नेता भनिएकाहरु हाम्रो एजेण्डामा फेरि लत्रिएर आउनेछन्, देशले र संविधान पाउनेछ । प्रचण्ड, गिरीजा, माधव, उपेन्द्र सवैलाई नेपाल मै राजनिति गर्नछ । सरकार चलाउन विदेशी सहयोग पाइएला तर भोट पाउन जनताको मन जित्न आवश्यक छ । यसपाली धोका दिएभने संविधानसभाको चुनावमा जसरी नै छाँटिनेछन् । अहिले जस्तो अब ‘हरुवा’हरुको लागि उठ्ने ठाँउ पनि वाँकी नहोला । यसको अर्थ उनीहरु मरिचमान र लोकेन्द्रवहादुरको हालतमा पुग्नु हो । उनीहरुको स्वार्थको कारण भएपनि र हाम्रो नयाँ संविधान जनचाहना कारण संविधान बन्छ र बन्ने पर्दछ । त्यसकारण आउनुहोस् हामीले आफ्नो आफ्नो ठाँउबाट सकेको जनदवाव सिर्जना गरौं । त्यसैको बलमा लेखिनेछ नयाँ संविधान ।
No related posts.








लेखक जी बरु यसो नेताहरुको इमेल ठेगाना पनि राख्नु भए बिदेसमा रहेकाहरु सबैले इमेल बाट पनि अलिक दबाउ दिन सकिन्थियो कि ?
मन परे हरियो, नपरे रातो
5
2
अहिलेको गठबन्धन सरकारले बनाउने नेपालको नया संबिधानको नमुना/
सिमा: मिचिन बाकि रहेको जति/
राजनतिक अबधारणा: एक मधेश छोडेर बाकि मा उपयुक्त राज्य हरु बनिन सक्ने/
कानुनि ब्यबस्था: एक मधेश मा बाहेक केन्द्रको सरकारले बनाएको कानुन अनुशार ब्यबस्था हुने/
नेपालको नागरीक अबधारणा: आजको मिति सम्म नेपाली नागरिकता लियिसकेका/
क) अपबाद १
भारत बात आएकाहरु बा अब आउने हरु नेपाली नागरिक सरह नै हुनेछ र
उनीहरु ले चाहेमा नेपालको नागरिकता लिन पनि सक्ने छ तर नागरिकता लिन
बाकि रहेको भनि उनीहरुको नेपाली नागरिकले पाउने हक अधिकार बात बन्चित
नहुने/
ख) अपबाद २:
एक मधेश अबधारणा मा समाहित हुने बाहेक यक मधेशमा अरु नेपालीको
नागरिक अधिकार एक मधेश को राज्य कानुन अनुशार हुने/
रास्त्रिये स्रोत को परिचालन:
१) एक मधेश छोडेर अरु राज्यहरुले नेपालको केन्द्र सरकारले तोकेको नीति अनुशार
२) एक मधेशको सबै प्रकारको राज्य स्रोत परिचालन गर्न एक मधेश राज्य सरकारले
निर्णय अनुशार गर्न पाउने/
विदेश नीति: केन्द्रको सरकारले एक मधेशको विदेश नीति सिट नबाझ्ने गरि कुनै पनि रास्ट्र सिट सम्बन्ध राख्न पाउने बा एक मधेश राज्यले केन्द्रको विदेश नीति भन्दा फरक नीति अपनाउन सक्ने/
रास्त्र्ये भाषा: एक मधेशमा बाहेक अरु राज्यहरुमा हालको नेपाली भाषानै रास्त्रिये भाषा रहने छ/
राज्य भाषा: एक मधेशमा हिन्दी भाषा अनिबार्य प्रयोग भाषा हुने छ भने अरु राज्यमा
रास्त्रिये भाषा अतिरिक्त राज्यले उपयुक्त ठानेको अरु जातिय भाषा पनि
पयोग गर्न सक्ने/
अपबाद १ : देसको कुनै अरु राज्यमा एक मधेश बाशिले हिन्दी भाषा प्रयोग गर्न
सकिने र एक मधेश बाशी सिट राज्यले पनि हिन्दी भाषानै प्रयोग गरिनु
पर्ने/
अपबाद २ : एक मधेशमा हिन्दी भाषा लाई नेपाली भाषा मानेर हिन्दी भाषानै राज्य
भाषाको रुपमा सरह राज्य भाषा एक मधेशमा बाहेक अरु राज्यमा
नेपाली भाषा रास्त्रिये प्रयोग गरिने छ/
केन्द्रको आधिकार: एक मधेश मा बाहेक केन्द्रले रास्त्रिये नीति जारि गर्न सकिने/
राज्यको अधिकार: सबै राज्यले रास्त्रिये संबिधान र रास्त्रिये कानुन सिट नबाझ्ने नीति अनुशार कार्य गर्न गराउने छ/
अपबाद:
एक मधेशको आफ्नै राज्य संबिधान हुने छ/ सो संबिधान मा संसोधन गर्ने अधिकार एक मधेश राज्यकै हुनेछ र यक मधेश राज्यको संबिधान को कुनै करा रास्त्रिये संबिधान सिट फरक भएमा एक मधेशमा एक मधेश को संबिधानअनुशार नै पालना गर्ने गराउने छ/
सेना को अबधारणा: नेपालको रास्त्रिये सेना केन्द्र को अधिन मा रहने छ/ राज्यले चाहेमा केन्द्रको अनुमतिले रास्त्रिये सेना परिचालन गर्न सक्ने छ/
अपबाद:
एक मधेश राज्यको आफ्नै सेना रहने छ र त्यो राज्य कै अन्तर्गत रहने छ/ रास्त्रिये सेना एक मधेश राज्यमा एक मधेश राज्यको अनुमतिमा मात्र परिचालन गरिने छ/
गिरिजा माकुने र फोरमको हालको गठबन्धनले नै संबिधान बनाए यस्तै संबिधान बनाउने छ/
मन परे हरियो, नपरे रातो
6
2
संबिधान त् बन्नु पर्छ र सके सम्म छिटो बन्नु पर्छ तर अब बनिने संबिधान रास्ट्र बादीले रास्त्रिये अखण्डताको निमित नागरिक प्रतिनिधिको बहुमत बात बन्नु पर्छ/ न कि दिल्लीका गुलामको भिडले/ संबिधान को कुनै पनि बुंदा पार्टीको व्हिपले प्रभावित हुनु हुन्न र कसैको कुनै सम्झौताले पनि प्रभावित हुनु हुन्न/ संबिधान को मुद्दामा पार्टीको समानुपातिक कोटाबाट आएकाले मात्र सलाह दिउन तर भोट दिन लगाउनु हुन्न किन भने तिनीहरु नागरिक को प्रतिनिधि होयिन/ निर्णय गर्नु पुर्ब आबश्यक परेमा नागरिक मत पनि लिउं र संबिधान को बुंदामा भएको प्रक्रिया हरु जनताले जान्न पाउनु पर्छ/
नभए कस्तो संबिधान बनिने छ अहिलेको विकृत अनुहार भएकाले देखाई रहेको छ/ अहिलेको संबिधानमा नेपाली चुके भने सुधार्न अर्को कुनै अबशर पाउंदैन/ अहिलेको संबिधान ले यात सनौलो बिहानी ल्याउने छ बा औंसीको अँध्यारो रात/
मन परे हरियो, नपरे रातो
5
2
धेरै नै राम्रो लेख. धन्यवाद उत्तम जी . हामीले हाम्रो बर्कत ले भ्याये सम्म नेता हरु लाई दबाब दिनु पर्छ. नत्र संबिधान बन्न गारो छ.
मन परे हरियो, नपरे रातो
3
3
अब पनि हामी पार्टी र ब्यक्ति बिशेसको को पछाडी अन्धो भक्त भएर हिडीरहयौ भने यिनीहरुले हामीलाई गलत ढंगमा प्रयोग गरीनै रहनेछन! आफ्नो स्वार्थ पुरा गरीनै रहनेछन ! यी नेताहरुले देश र जनता लाई चुसी नै रहनेछन, चुसिनै रहनेछन ! अब हामी नेपाली जनतामा जनचेतनाको धेरै बृधि भई सकेको छ! अब हामी तिनीहरुको झटारो होइनौ ! अब हामी जनता एकभएर तिनीहरुलाई नया संबिधान को लागि जनझटारो हान्नु अति आवश्यक भै सकेको छ ! नकी जनताको झटारो बाट तिनीहरु कतै भाग्न नपावोस!
मन परे हरियो, नपरे रातो
2
1
संविधानलाई कागजको खोष्टो मान्नेहरूले विगतमा उत्कृष्ट भनिएको संविधानलाई समेत ‘धोती’ लगाएर देशलाई अर्द्धउपनिवेश र जनतालाई ‘प्रजा’ नै बनाइरहे । तैपनि नयाँ संविधान बनाउनु जति महत्वपूर्ण छ; त्यो भन्दा बढी कस्तो बनाउने भन्ने कुरा महत्वपूर्ण छ । जनवादी र राष्ट्रवादी संविधान बनाउने कुरामा कसैको दुइमत नहोला । तर सामन्तवादका मतियार र विदेशी आत्मसमर्पणवादीहरूको पुन: चलखेल बढेको वर्तमान अवस्थामा पुरानै संविधानलाई नयाँ खोल लगाउने उनीहरूको चाहना रहेको कुरा बुझ्न गाह्रो पर्दैन । हरुवाहरूको जमातलाई ‘सरकार’को बिल्ला भिराइनु, विदेशी हस्तक्षेप तथा अतिक्रमणलाई नकार्नु र तिनीहरूबाटै संघीयता र राजतन्त्रबारे जनमत संग्रह हुनुपर्दछ भन्ने अभिव्यक्तिले यस्तै अवस्थाको चित्रण गर्छ । त्यसैले यस्तो अवस्था र अवशेषहरूलाई परिवर्तन नगरी जनवादी र राष्ट्रवादी संविधानको परिकल्पनाले साकाररूप लिन गाह्रै पर्नेछ । यसका लागि एकचोटी फेरि गतिलै जनदबाबको टड्कारो खाँचो छ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
19
Uttam ji, very good article, पुष्प जी,
लेख्दै जानोस नबुझ्ने ले बिस्तारै बुझ्दै जानेछ !
मन परे हरियो, नपरे रातो
3
4
कसले भन्यो जनता येथास्थितिमा संबिधान लेखियोस भन्छन भनेर? माओबादीहरुले उमारेको जातिबादी बिष ब्रिक्षेलाइ जरै सहित उखेलेर नफ्याके सम्म संबिधान लेख्नुको कुनै औचित्त्य छैन बरु देशको लागि सहिद हुन किन नपरोस /
मन परे हरियो, नपरे रातो
8
9
हो लामाज्यु तपाइको कुरा मलाइ चित्त बुझ्यो | यो जातिवादी बिस नाझारिकाना जस्तो संबिधान भए पनि केहि हुने वाला छैन.. .
मन परे हरियो, नपरे रातो
4
2
सरकारले संबिधानसभाको चुनाव अघि विभिन्न आन्दोलनकारी दल र समुहसंग गरेका लिखित सम्झौतालाई पुर्णरुपमा पालना गर्दै समयसीमाभित्र संविधान लेखेर जनतालाई जिम्मा लगाउनु पर्छ |सरकार बनाउनु र गिराउनको लागि नेपालि जनताले ६०१ सभासद्लाई कुर्सीमा पठाएका होइनन् जनताले चाहेको त उत्कृष्ट संविधान र नयाँ नेपाल हो |यसको लागि सम्पूर्ण दल र नेताहरु इमान्दार र जिम्मेवार भएर लाग्नुपर्छ |
मन परे हरियो, नपरे रातो
5
4
जन शक्ति सबै भन्दा ठुलो शक्ति हो /जनता लागेपछि संबिधान बन्छ/बन्छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
11
तुलसी जी
बन्न त् बन्छ तर बनाउनेत जनता आफै होयिन/ कसैले जनताको निमित बनाउँदैछ र तिनीहरु कस्ता छ यहि मूल कुराहो सोच्नु पर्ने?
फेरी संबिधान बनाउन दवाव दिनेहरु जनताको भेषमा अहिले मावोबादिले गर्दै गरेको आन्दोलनको राजनीति माथि राजनीति गर्ने भिड त् होयिन यो पनि सोच्नु पर्ने देखिन्छ/
भारत् भन्दै छ यहि सरकार टिक्नु पर्छ र यिनीहरुले नै संबिधान बनाउनु पर्छ/ अब भारतले यो कुरा किन भन्दैछ? यो सरकार गिरिजाको अघोसित मन्त्रि परिषद हो/ माकुने कस्तो भनि रहनु पर्दैन/
अब यो सरकार मधिसे फोरुमको समर्थनमा टिकिरहेको छ र मधिसे फोरम के चाहि रहेछ सबैले बुझेको छ/ मधिसे फोरम त् भन्दै छ संबिधान उनीहरु सिट भएको सम्झौता अनुशार्नै बन्नु पर्छ नभए त्यो नमान्ने भनेर/ अब यो सरकार मधिसे फोरम सिट सम्झौताले बाँधिएको छ र उनीहरुको माग मान्न तयार पनि छ/
अब प्रस्न उठ्छ के जनता मधिसे फोरम सिट भएको सम्झौता अनुशार बनेको संबिधान चाहन्छ? शायदै कोहि चाहन्छ होला/ तापनि अहिले भन्दै छ संबिधान बनुन भनेर जान दवाव भए भनेर/ कतै जनताको नाममा फोरुमको बा भारतको दवाव त् होयिन?
मन परे हरियो, नपरे रातो
8
1
माकुने ले संबिधान एकै रातमा पनि बन्न सक्छ भनेर न्यु योर्कका नेपालीहरुको सामुन्ने चेन फेडेरेसन हलमा फुकेर गएको छ,एक रातमा बन्ने संबिधान कस्तो खालको हुन्छ र एक रातमा बनेको संबिधान ले देश र नागरिकलाई धान्न सकिन्छकी सकिंदैन यहाँहरु आफैले सोंच्नुस !
मन परे हरियो, नपरे रातो
5
1
समय सीमा भित्र संबिधान बनाउनको लागि सबै छेत्र बाट जनदबाब सिर्जना गरिनु नितान्त आबस्यक छ/
मन परे हरियो, नपरे रातो
6
11
समयमा संबिधान बने देश सप्रन्छा र समयमा संबिधान बन्न सकेन भने देश बिग्रन्छ भन्ने कुरा को चेतना सबैलाई हुनु जरुरि छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
13
हामी सबै नेपालीहरु एकजुट भएर जनदबाब सिर्जना गर्नु पर्छ | जे गरेर भएपनि हामी नेपाली र हाम्रो नेपालको पहिचानलाई अरुको अगाडी गुम्न दिनु हुन्न | नत्र यी नेताहरुले बुझे हुन्छ कि हामी नेपालीहरु आफ्नो स्वाभिमान र अधिकारको रक्षाको लागि जुनसुकै हद पार गर्न हरपल तयार छौँ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
11
हो, तपाइले भने झैँ हामी जनताहरु जहाँ छौ तेहीबाट खबरदारी गर्नु आजको टड्कारो आबस्यकता हो. नेपालमा राना साशनको अन्त्य र छिमेकी मुलुकहरुमा स्वतन्त्रता समय संग सगैं भएनी जनताले खबरदारी गर्न नपाउदा र नसक्दा हामी यति बिघ्नै पछाडी परेको हो. उस्तै देस मानबिय विकास सुचंकामा १३२, भारत १३४,पाकिस्थान १४१ स्थानमा पर्छन भने नेपाल १४४ स्थानमा पर्छ. अहिले हामीले तातेनौ भने हाम्रा छोराछोरीले वा नया पुस्ताले माफ गर्ने छैनन.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
14
त्यहिँ हो आज फेरी हामी सामु एउटा यक्ष प्रश्न छ कि अग्रगमन र परिवर्तन को लागि अर्को आन्दोलन गर्ने कि?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
20
धन्यबाद उत्तमजी उत्तम लेखको लागि “,संबिधान लेखन को लागि जनदबाब सिर्जना गरौ|” ,सिर्जना गरौ ,सिर्जना गरौ |
नया संबिधान र तेस्को पूर्ण कार्यन्वयन नै नेपाली समाजको अग्रगामी विकासको मूल
ढोका हुनेछ जस्तो लाग्छ |धन्यबाद|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
12
हामी सबै जनताहरु यो पार्टी ऊ पार्टी नभनी सबै एक भएर नया संबिधानको लागि जन दबाद दिन एक पटक फेरी सडकमा यी नेताहरुको विरुद्ध आउनु पर्ने बेला भएको छ. यीनीहरुले जनतालाई प्रयोग मात्रै गर्छन. अब हामी सबै जनताहरु सचेत हुनु पर्ने बेला भयको छ !!!!!!!! सबैलाई चेतना भया !!!!!!!!!!!!!!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
10
संजयजी , उत्तम बाबु श्रेष्ठजी को लेख जस्तै अभिमतहरुले मूल मुद्दा हरु लाइ पन्छाउछन र नियोजित propaganda हरुलाई साच्चै को मुद्दा पो हुन् कि त भनेर जनमानस मा भ्रम फैलाउन सफल हुन्छन, अनि डाका (बबन सिंह) र माओबादीका हत्यारा हरु समेत चुनिन्छन र अर्को हुइया सुरु हुन्छ कि ति हत्या हरु त माओबादी ले गरेकै थिएनन्, जे जति भएका थिए, जनता ले चुनाब बाट अनुमोदन गरिदिए. अब जता मल्खु औतई ढल्कु हुने उत्तम बाबुजी हरुलाई के चाहियो?
संबिधानसभाको चुनाब भएको छ, संबिधान अत्यन्त राम्रो बनोस सबै लाइ मेरो पनि आग्रह छ
तर, संबिधान सबै मुद्दा हरुको समाधान होइन | अझ यो माओबादी ले लगाएको जातीय विद्वेषको, आतंकको र नेपाल को बिखन्डन को आगोको समाधान त झन् हुदै होइन. जतिबेला माओबादी ले मान्छे मर्ने आन्दोलन गर्यो त्यतिबेला बहुदलीय प्रजातन्त्र आइ सकेको थियो, उनीहरुका प्रतिनिधिहरु संसद मा थिए र उनीहरुलाई संगठन गर्न कसै ले रोकेको थिएन. एदी त्यो उनीहरु को भ्रस्त्रचार को बिद्रोह थियो भने, उनीहरुले एउटा भ्रस्त्र भनिएर कहलिएको मानिसको रौ सम्म पनि हल्लायेनन, बरु गाउका गैर माओबादी नेतृत्वलाई आतंकित बनाएर राजनैतिक पार्टीहरुलाई बिस्थापित गरे, जातियताका बिद्वेस फैलाएर र अयाथार्थबदी सपना बाडेर संगठन विस्तार गरे, र गरिब निमुखा उत्पीडित साथसाथै जता मल्खु उता ढल्कु किसिम का मानिस लाइ आकर्सन गरे. फलत उनीहरुले चुनाब मा सफलता प्राप्त गरे. यसरि माओबादीको मुद्दाको आधार नै सर्वस्व बलिदान को आवरण मा बेइमानी र धुर्ताता हो, भने यसलाई जस्तो सुकै संविधानले पनि कसरि सम्बोधन गर्नु र? हेर्नोस त त्यहिँ माओबादीले सुरु गरेको त्यहिँ बेइमानी, धुर्ताता र आतंक को आड मा अरु चार दर्जन हत्यारा समूह हरु र जातिवादी समुहहरु हास्यास्पद मुद्दा लिएर निस्की सके, कति निस्किदै छन्,| त्यसैले येसरी देस मा आगो लाग्दै गरेको बेला, संबिधान बनाउने भन्दा पनि, सम्पूर्ण माओबादी, सेना र प्रहरीका गैरन्यायिक हत्याराहरुको, लुटेरा हरुको र सार्बजनिक सम्पतिको विध्वंसक हरुको पहिचान गरेर कारबाही गर्न दिएको जनदबाब सफल भयो भने आधि मुद्दा हरु आफै समाधान हुन्छन, र राम्रो संबिधान बन्छ , अनि बाकी मुद्दाहरु बिस्तारै समाधान हुन्छन. नत्र संबिधान मा जे लेखे पनि के हुने हो र कसले कसका लागि वा बिरुद्द जनदबाब सिर्जना गर्नु ? उत्तमजी को रहर पुरा गर्नका को लागि?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
10