मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    होटल रिन्युको भोजलाई ‘माम्या’को नाटक


    प्रधानमन्त्री माधवकुमार नेपाल कार्यकारी प्रमुख हुन्। उनी भ्रमणमा रहँदा सरकारी परम्परा अनुसारको स्थानमा बसोबास गर्नुपर्ने हो। तर यसपालीको चितवन भ्रमणमा उनी बसन्त मिश्रको निजी होटल टेम्पल टाइगर्समा बसे। के चितवन भ्रमण उनको निजी भ्रमण हो? छुट्टी बिताउन आएका हुन्? होइन रे। उनी त चितवन राष्ट्रिय निकुञ्जभित्र घातक रुपमा फैलिएको माम्या (माइकेनिया म्याक्रान्था) नामको झार उखेल्ने कार्यक्रमका लागि आएका हुन्। अनि के चितवन राष्ट्रिय निकुञ्जसँग प्रधानमन्त्रीलाई आतिथ्य प्रदान गर्ने स्रोत साधन थिएन त? नत्र किन बसे निजी होटलमा? कहाँ त्यसो हुनु, कुरोको चुरो अर्कै छ क्या।

    प्रधानमन्त्रीको चितवन भ्रमण माइकेनिया म्याक्रान्थाका विषयमा ध्यानाकर्षण भन्दा पनि होटल नवीकरणको खुशियालीमा आयोजित भोजमा सहभागी हुनु थियो। निकुञ्जको निमन्त्रणमा आएका प्रधानमन्त्री र मन्त्रीगण किन निजी होटलमा बसे र बसन्त मिश्रको सौजन्यको खाना खाए ?

    बसन्त मिश्र चितवन राष्ट्रिय निकुञ्जका सात होटल बन्द हुँदा सात होटलको प्रतिनिधिका रुपमा संचार माध्ययमा छाइरहन्थे। उनी दरवार निकट पनि हुन् भन्ने निकुञ्जका कर्मचारी पनि बताउँछन्।

    राति टेम्पल टाइगरमै बसेका एक कर्मचारीले संचारकर्मीसँग भन्दै थिए‘दिल्लीले नचाउने कठपुतली भन्थे, वनमन्त्रीले नै घुमाउने रैछन्। यस्तैपारा हो भने यिनले मुलुक कुन भड्खालोमा हाल्छन्।’

    उखेलेर सकिने कुरा हो माईकेनिया म्याक्रेन्था?
    जनचेतना अभिवृद्धि कार्यक्रमका रुपमा प्रधानमन्त्री माधवकुमार नेपालले माइकेनिया म्याक्रेन्था लहरे झार उखेल्ने कार्यमा सहभागी भए। तर विज्ञहरुका अनुसार सो झार उखेलेर सकिने मासिने हुँदै होइन।


    उखेलेर नसकिने कुरा किन उखेल्न आएका त प्रधानमन्त्री? प्रधानमन्त्रिले झार उन्मुलनका लागि सबैलाई एकजुट हुन आह्वान गरे। हातेमालो गर्न आह्वान गरे। तर खै थाहा थियो या थिएन चितवन राष्ट्रिय निकुञ्जको संरक्षणका लागि जननिर्वाचित गठित मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिले कार्यक्रम बहिस्कार गरेको थियो। मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिको सहभागिता बिना निकुञ्जको झार उखेल्न सम्भव छ? मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिले आफूहरुलाई प्रधानमन्त्रीको सहभागितामा हुने कार्यक्रमको कुनै औपचारिक जानकारी नभएकाले बहिस्कार गरेको जनाएको छ।

    नवीकरण गरेरै छाडियो
    चितवन राष्ट्रिय निकुञ्जभित्र सात होटल नविकरणको विवादमा लामो समय बन्द भए। निकुञ्जभित्र होटल संचालन गर्नु जैविक विविधताका दृष्टीले उपयुक्त नहुने सबै अध्ययन प्रतिवेदनले देखाएपनि सन् २०११ का लागि घोषणा गरिएको पर्यटन वर्षको बहानाले होटल संचालन गर्न दिनुपर्ने निष्कर्षमा सरकार पुग्यो। तर सरकारले कर तिर्नुपर्ने तथा प्रकृया पुरा गर्नुपर्ने कुरा अगाडि सारेको थियो। कतिपय प्रकृया नाघेरै भएपनि वन मन्त्रीको निर्देशनमा राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका महानिर्र्देशक गोपाल उपाध्यायले होटलको नवीकरण गरेको समाचार केही दिनअघि आएको थियो।

    होटल बन्द भएदेखि नै वनमन्त्री दिपक बोहरा होटल खुलाउन खुलेरै लागेका थिए तर तलदेखि माथिसम्म विरोध भएपछि होटल नवीकरण रोकिएको थियो। सरकारले समिति बनायो र संसदका दुई समितिले पनि आफ्नै ढंगले छानबिन गरे। कुरा उही आयो निकुञ्जभित्र होटल संचालन गर्न दिनु जैविक विविधता संरक्षणका हिसाबले राम्रो हुँदैन तर सन २०११ को पर्यटन वर्षलाई ध्यान दिनै पर्छ। यसले वनमन्त्रीको प्रयासलाई सहयोग गर्‍यो र अन्ततः होटल नवीकरण हुने नै भयो।

    वन मन्त्रालयका कर्मचारीको सरुवा बढुवामा ठूलो रकमको खेल हुने वन मन्त्रालय अर्न्तगतकै जिम्मेवार कर्मचारी खुलेआम भन्न सक्छन्। उनीहरु यो होटल नवीकरण काण्डमा पनि ठूलै रकमको कारोवार भएको दाबी गर्दछन्।‘रकम यत्तिनै भन्न सकिन्न तर पाँच सात करोडभन्दा कम कारोवार भए जस्तो लाग्दैन‘ एक कर्मचारीले भने।

    No related posts.

    105 comments to होटल रिन्युको भोजलाई ‘माम्या’को नाटक

    • phali,uk london

      माधव कुमार नेपाल को राजनीति डामाडोल भएको छ
      .२ ठाउँ बाट हरेको निर्लज्ज व्यक्ति ले पनि कहिँ देश बनाउन सक्ला र .देशको गति उरालो लागेको हरिणको छल जस्तो देकिंचा .बाँकि खबर माकुने ले छोडे पछि .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipak

      झाद उखेलन???? त्यो पनि सुयुत बुट लगायर???…यो खाली सस्तो पोब्लिसिटी मात्र हो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Nabaraj Rai

      माकुने लाई अहिलेको हालत ले धेरै प्रेसर छ त्यसैले उ चितवनमा दिमाग ठण्डा गर्न गएको हो / दिमाग नभए पछी के गर्ने……लाज नभएको नेता अरुले उभ्याई दिनुपर्ने /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • माकुने लाचार छन्, उसको कुर्सिको बसाई देश अनि जनतालाई केहि गरौ, केहि उपलव्दी दै काम गरु भने होइन | कुर्सि त उसको पहिले देखिको सोख हो, हामी जनताले पनि त माकुने बाट केहि आशा गरेका छैनौ नि |

      उसको काम नौटंकी गर्दै, देश विदेश घुम्दै हाम्रो पैसा सत्यनास गर्दै बस्ने त हो नि | उ त एउटा Entertainment Channel को पत्र मात्र हो !! निर्देसकको आदेशमा , बोल्ने, चल्ने अनि नाच्ने !!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Hillman

      कुर्सीको आयु धेरै न भएको ले अरु के काम गर्ने त?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Mr.Pant

      साथी हो नया समाचार!!!!!!!!!!!!!!!!!!!!!
      चितवन को निकुन्ज मा एउटा दुर्लव जन्तु फेला परको कुरा आजको बिग्येप्ति मा प्रधानबेकामी मन्त्रि को कार्यालय ले जनायेको छ, जसलाई केहि नेपाली सेना ले सुरक्छा दिएको जनाइयको छ, निकुन्जका पधाधिकारी हरु को बैठक बाट तेस्को नामकरण गर्ने उक्त बिग्येप्ति मा उल्लेख गरियको छ, सम्भावना चाही ह. माकुने हुनेभन्ने कुरा बाहिर आयको छ, तेस्लाई हेर्न धरै देशी बिदेशी पर्यटक हरु आउने सम्भावना भयको छ किन कि त्यो जन्तु बिस्व मा नै अनौठो तरिकाले उत्पति भयको भन्ने जनेयाको छ , किन कि आजसम्म एस्तो कतै पनि नभयको कुरा प्रस्ठ छ .
      भने छिमेकी जिल्ला हरु बाट जुत्ता को माला लियर सम्मान गर्न थुप्रै जनता आयको कुरा पनि जनैयाको छ .
      धन्न्यबाद
      पन्त
      जापान बाट

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • pramod

      ” माकुने नाटक मण्डली “

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • p gurung

      यस्तो कुराहरु सुन्दा सुन्दा blood pressure हाइ भएर पर्किन मात्र बाँकि छ अब ,
      रमाइलो कुराहरु केहि छैन ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • krishna kandel

      बेकार छ ! यस्ता नालायक प्रधानमन्त्री को कार्य देख्दा …….

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • 이 재임스 홍 ,박사 (Dr.Lee James Hong)

      प्रतिपक्ष र सत्तापक्ष दुबैतिरका मानिसहरुको आधार स्रोत भनेको नेपाली समाज हो|यिनीहरु किन जनपक्षीय कामहरु गर्नभन्दा देखावटी विग्यापनामूलक काम गर्न चाहन्छन भन्ने प्रश्नको जवाफ पनि विद्यमान नेपाली समाजको आर्थिक,दार्शनिक र सामाजिक मनोदशाको विश्लेषण बिना त्यसै पाइने छैन|
      आर्थिक दृष्टिमा नेपालको विषम उत्पादन सम्बन्ध,दार्शनिकरुपमा भाग्यवादी चिन्तनको युगदेखि युग सम्मको राईदाई(र बिगत एक दशकदेखि उग्र साम्यवादको खोलमा आएको चरम उपभोक्तावादी चिन्तन) र सामाजिकरुपमा टुटफूट तर्फ उन्मूख पारिवारिक ढांचा नै त्यसको निम्ति जिम्मेवार छ |त्यसकारण तीसौ बर्ष अध्येयन गरेर प्राध्यापक भै पाउने थोरै तलब भन्दा विदेशमा अर्काको गाली बेइज्जति सहंदै मजदूरी गरेर त्यो भन्दा धेरै कमाउने मानिसलाई महान मान्ने मानसिक दरिद्रता नै यस्ता माधब नेपाल ,प्रचण्ड, शेर बहादुर देउबा र गिरिजा प्रवृतिका हास्यकलाकारहरु जन्माउनमा जिम्मेवार छ |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Sankalp

      तरुनी संग नाचेर जात्रा देखाउने बिपक्छी नेता भन्दा यहि माकुने को झार उखेल्ने काम ठिक छ. देशका प्रमुख दलका अधक्ष्य भएर नि दुइ ठाउबाट चुनाव किन हारे ? अरुले जस्तो साम दाम दण्ड भेद अपनौना तिर नलागेको हुनाले होला. आफ्ना कार्यकर्ता लाई मुड्की देखौना लगाएर जनता तर्साएको भए चुनाव जितिहाल्थे कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 13

    • T N Sharma

      हाम्रो घर पछाडी ट्वाइलेट छेउमा पनि टन्नै झार छ. माकुने लाई बोलाउनु पर्ला जस्तो छ. नेपालको पी एम बेरोजगार छ. Job दिन पर्ला जस्तो छ.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • prabhat

      हरेक कुरा लाई नकारात्मक रुप मा ब्याख्या गर्न सकिन्छ/ अब हामी सबै मा सकारात्मक सोच को बिकास को खाचो देखिन्छ/यहि तरिका ले हरेक क्रियाकलाप मा नकारात्मक तरिका ले ब्याख्या गर्दै जाने हो भने हेर्दै जानुस साथीहरु यो देस क पत्रकार हरु ले हामीमा नकारात्मकता सोच को फोबिया सिर्जना गर्ने छन्, कृपया उमेश जी जस्ता नया पत्रकार साथीहरु बाट यस्तो चरित्र मा केहि सुधार को खाचो छ/ अन्यथा हामी एक दिन बिस्व का सब भन्दा कम्जोर, गरिब र निमुखा जनता बन्ने छौ. हेर्दै जानुस.यसमा कुनै संका छैन/

      प्रभात
      काठमाडौँ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 8

    • sanjaya

      हरुवा हरुको छेरुवा ताल /

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • purushottam babu from usa

      प्यारा पाठक ब्रिन्दharu आज मलाई कमेन्ट पढेर केही खल्लो लागिरहेको छ प्रत्यक कमेन्ट माकुनेको खिलप मा लेखिएको छ अनी ग्रीन बटमले मार्क पाएको छ । आदर्णीय पाठकहरु र लेखक बन्धुहरु यहाँ झार उखेल्ने कुरा छ यो अत्यन्तै सानो कुरा हो तर यहाँहरुलाई थहाछ पानी को थोपा मिलेर समुन्द्र बनेको छ भन्ने कुरा ? हो अवस्य थाहा छ अनी अरको कुरा थाहा छ त करोड हात मीले पहाड पनि मैदान हुन्छ भन्ने कुरा ? माधव नेपालले राम्रो काम गरे भन्छु म त किनभने अरुलाई बाटो देखाउने भनेको उनीहरुले हो यहाँ यसरिनै सबैले झार उखेलौ अनी सबैले सडक अनी गल्लि सफा गरौ त हाम्रो देख कति माथि जान्छ । भारत र चाइना को पछि लागेर हाम्रो देश बिग्रेको हो खाली अरुले गर्दिन्छ भन्ने हाम्रो मानसिक्ता ले हाम्रो दिमाग भरेको छ हामी ले हामी नेपाली वीर भन्न्छौ तर बिरता को लागि भारत तिर नजर फिराउछौं । अनी अरुको दासत्व स्विकार्न वाध्य हुन्छौ अथबा जे खोजी गरेको हो त्यही पाउछौँ होइन त ? प्रधानमन्त्रीले झार उखेले हामी छी छी छी छी भनेर थुक्तछौँ ,हाम्रो मानसिक्ता कति तल छ ठुलो पोस्ट्मा गएर सानो काम गर्नु हुन्न भन्ने मानिस्कता हामिमा लुकेको छ अब भन्नुस् कसले गर्ने काम ? सानो काम नगरी ठुलो उपलब्धी पनि त हुदैन । नेपाल मा बस्ने सबै को इज्जत एउटै हो र सबै बराबरी हो भन्ने हामीले सम्झनु पर्‍यो नभए त्यो चितवन को झार ले हामीलाई उखेल्छ हामीले होइन भोली पर्टक हरु त्यही जंगली दुर्लभ जन्तु भनेर आउने ठाउँ त त्यही हो तेसको ठाउँ मा झार मात्र भए को आउला र कसले हेर्ला हाम्रो त्यो निकुन्जलाई ?
      हो प्रधानमन्त्री को काम संबिधान लेख्नु मा केन्द्रित हुनुपर्ने हो संबिधान लेखेर पनि तेसको कार्वान्यन भएन भने के महत्व भयो र होइन र ? भोली कनिकुथी लेखिएला पनि तर हामी नागरिक कै गल्तीले तेसलाई कार्वान्यन हुन को लागि बाधा हुनु हुन्न । प्रधान मन्त्री को नराम्रो काम को हामीले निन्दा त गर्नु पर्छ तर उनलाई ओइ माकुने तिमीले झार उखेल्नु हुन्न तिमीले साधारण कार मा चढ्नु हुन्न साधारण पलङ्ग मा सुत्नु हुन्न तिमीले त करडौ खर्च गरेर ठुलो महल बनाएर त्यहा सुत्नु बस्नु पर्छ किन भने तिमी हाम्रो प्रम हौ खबर्दार ।यसो भन्दा हाम्रो बिकास हुन्छ त ? हुन्छ होला त ? ल हेर्नुस् हाम्रै गल्तीले प्रमले आफ्ना भाईहरुलाइ राज्नितिक नियुक्ती गरे, ए गर्दा हुदो रहेछ भनेर भोली अझै गर्छन अनी उन्का भाई का पनि त साला होलान जेठान होलान ज्वाँई होलान उनले पनि गर्दा हुने रहेछ भनेर भोली यस्तै नियुक्ती गर्लान अनी देश कता तिर जाला ? हामीलाई यसको खोइ ज्ञान ?? हाम्रो बुद्दी कता छ ? यही लेख्मा प्रधानमन्त्री नीजी तरिकाले होटेल मा बस्दा खिल्ली उडाइएको छ , के सरकारी पैसा दुरुपयोग गर्नै पर्ने ? नभए के भो त सयौ कार्यकर्ता बस्दा रकम पनित निकै खर्च हुन्थ्योनी होइनर ? त्यो जोगियो ,होटेलबालाले जोगाइदिए अर्थात प्रम को बुद्दीले जोगियो जे होस् राम्रै काम भयो नी अनी अरको कुरा उनी होटेल को भोज मा सरिक भए के बिग्रियो र ? होटेल रिन्यु को काम पनि त नियम संगत नै भएको होलानी होइन र ? होइन भने अथबा उन्कै नातेदार भएर प्रमले गरेको हो भने त उनलाई हामीले हत्कदी लगाउनु पर्छ होइन भने होटेल को भोज खाएको मा हामीले बिरोध गर्नु पनि ब्यर्थ हो , प्रम नगएको र भोज नखाएको भए पनि त होटेल बन्द हुन्न थियो होलानी , साथी भाईको हो, नियम संगत चल्दा देश लाई पनि राम्रै फाईदा हुन्छ यहाँ यस्ता होटेल हजारौं को सन्ख्यामा चलेको राम्रो पनि हो । हामिपनी यस्ता होटेल वा कुनै उद्योग धन्दा खोलौ ब्यापार बढाउं आफ्नो पिछडिएको गाउ ठाउँ मा कुनै सामाजिक काम गरौँ र पर्यटक को आगमन क्षत्र बनाउने कोशिस गरौँ बाटाघाटा मा आँफैले स्रमादान गरौँ सबैमिलेर गरे मात्र केही हुन्छ , हामी सोचौ एक लाख स्रमिकहरु एक महिना खट्दा कति काम हुन्छ , एउटा खोलो जसले करडौ बिघा जमिन नस्ट गरेको छ लाखौं को बिचल्ली भएको छ ती लाख स्रमिक ले त्यो खोला लाई टत्बन्ध गर्न सक्छन नी होइनर ? धत यो पुरुशोत्तम बाबु पनि ,कोही खोलामा अब बालुवा भर्न जान्छ भनेर रातो मा भटाभट टिक लाइदिनुहोला केही छैन लाउनुस् तर गल्ती हो त्यसरी जसले गर्छ तेसको खुट्टा तानेर केही हुदैन हामीले माधव नेपालको खुट्टा तानेर आँफै लङगडो हुनु मात्र हो । आज हामी ले थोरै राम्रो काम गर्यौ भने हामी बिकसित रास्ट्र भन्दा पचास बर्ष पछि परेका छौँ भने त्यो समायावधी घट्दै जान्छ जति द्रुतगतिमा हामीले काम गर्छौ त्यो समय तेती घट्दै जान्छ एक बर्ष भित्रमा २५ बर्समा पनि त आउन सक्छनी तर अस्तीको गरना अनुसार त नेपाल धेरै पछी परेको तथ्यान्क छ । हामीले धेरै सोच्नु पर्‍यो अनी रातोमा टिका लागौनु पर्‍यो कोमेन्ट गर्नु पर्‍यो , जतिपनी माइ संसार का पाठक छन् सबै प्राय बुद्दिमानी सिक्षित नै छन् किनभने बिदेशी नेपाली हरु अनी नेपालका प्रबुद्द बर्ग यसको हरेक पल पाना पल्टाउछन। साचो बिचार दिउँ सहि तर्क राखौँ आखिर बिदेशैमा बसेर के भोर होस्टेमा हैसे त गर्न सक्छौ नी हामी तर भकाभक ग्रीन बटम थिचेर केही हुदैन सज्जनब्रिन्द , यो लेखले केही राम्रो सन्देश पनि दिदैन यसरी उल्टो लेखेर समय बर्बाद नगरौँ र हामी कमेन्टरहरुले सहि के हो पहिचान गर्ने गरौँ , यो बाबु अमेरिका मा बसेर भासन छाट्छ आएर गर्नुनी सक्ने भए भन्ने कोमेन्ट पनि आउलान गाली आउलान तर गालीको डरले म सत्य कुरा बोल्न डराउदिन र ग्रीन बटम मा अन्धाधुन्ध टिक लगाउदिन ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 10

      • Tej Prasad Adhikari

        पुरुस्वत्तम बाबु जी,
        तपाईं को यो लम्बा चौडा लेख पढेर हजुर लाई गाली होइन हजुरको बिचार प्रती दया लाग्यो। कि त हजुरले समाचार राम्रो सँग पढ्नु भएन या त हरियो र रातो को गन्ती गरेर बिचार पडकाइ दिनु भो जस्तो छ। यहाँ प्रम ज्यु को झार उखेल्ने कुराको होइन यो बहाना मा भएको मनपरी तन्त्र को कुरा हुँदैछ। जुन ठाउँ मा हरेक समिती (जुन सरकार बाट नै निर्मित थिय) हरुले होटल को नविकरन गर्नु हुन्न भन्ने प्रतिबेदन दिदा दिदै पनि त्यो नबिकरन हुनु निकुञ्जभित्र होटल संचालन गर्नु जैविक विविधताका दृष्टीले उपयुक्त नहुने सबै अध्ययन प्रतिवेदनले देखाएपनि तेस्को सुनुवाई न हुनु।चितवन राष्ट्रिय निकुञ्जको संरक्षणका लागि जननिर्वाचित गठित मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिले कार्यक्रम बहिस्कार गर्नु। यो समिती त जननीर्वाचित छ नि, आफ्नो क्षेत्र मा ब्यापार बिस्तार हुँदा किन यिनी हरुले बहिस्कार गरे? यो पनि त गाँठी कुरा छ नि।करोडौ रुपैया को कारोबार भएको कुरा गर्दै छन कर्मचारी। हुन त यो कुरा को आधार खुलाइएको छैन तर दीपक बोहरा भन्ने ब्यक्ती को भश्ट्राचार सँग कत्ती गहिरो नाता छ भन्ने कुरा उस्कै क्षेत्र का जनता साक्षी छन तेसैले त्यो कुरा मा सत्यता भएको आभाश हुन्छ। होइन भने मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिले आफूहरुलाई प्रधानमन्त्रीको सहभागितामा हुने कार्यक्रमको कुनै औपचारिक जानकारी नभएकाले बहिस्कार गरेको भन्ने कुरा पनि आधार हीन छ। र रहयो कुरा खर्च को, के माकुने जी ले आफ्नो ब्यक्तिगत खर्च मा त्यो उत्सब मनाए होलन? ल माने त्यो उन्को ब्यक्तिगत खर्च थियो तर उनिसँग भएको खर्च गर्ने रकम तिन्को पुर्खाको सम्पत्ति हो र? तिन्को हरेक खर्च नेपाल सरकारको ढिकुटी बाट हुने होइन र? खर्च को शिर्षक मात्र फरक हो।

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • manoj

      जे लाई पनि नाटक देख्ने तिमीहरु को दिमाख नै नेगेटिव vaisakyo मोराहो…….. केहि कुरा त पोजिटिव दिमाख ले हेर न अल्प बुद्धि हो… मैले क भन्नु एती भन्दा …

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 7

    • Cesar

      नया नेपाल |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • माकुने निजि होटेल मा बसेर सरकार को राजस्व बचाए येस्मा उनको के दोस ?
      बन मारा झार को उखेल्ने सुरुआत गर्न आए उनि उनको के दोस/? नेपाल मा जे गर्न
      पनि प्रधान – मन्त्रि बात हुने परम्परा छ येस्मा उनको के दोस ? ycl को चस्मा
      लगाएर हेर्ने पाठक भएको ठाउमा कस्लाही के भन्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 10

      • Tej Prasad Adhikari

        वाह वाह क्या समसामयिक प्रतिकृया दिनु भएको वाह, सरकार बाचाउनै पर्‍यो चाहे हरुवा जत्ती जम्मा गरेर देशको ढुकुटी रित्तो नै किन न होस्, एस्मा वहाँ को के दोश। चलेको चलन, आफ्नो जत्ती लाई जागिर खुवाउनु नै पर्‍यो वहाँ को दोश? कोपेनहेगन मा भातुवा को भिड जम्मा गर्नु नै पर्‍यो नत्र अरु राष्ट्र मा कस्तो सन्देश जाला यस्मा वहाँ को के दोश? भत्ता,सुबिधा,सहयोग को नाम मा करोडौं रुपैया सबैले बाडेकै त थिए नि पहिले पनि आहिले वहाँ ले त त्यो परम्परा निभाएको पो त यस्मा वहाँ को के दोश? कुनै बेला दाम चाडउदा पनि न परेको चिठ्ठा मा परेको प्रम को पद को भरपुर फाईदा त उठाउनु नै पर्‍यो नि यस्मा वहाँ को के दोश? चाहे जस्ले जेसुकै भनोस वहाँ लाई बाल मतलब?

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • जो गर्नु पर्ने काम हो त्यो गर्दैनन् जो नगर्नु पर्ने कुरा हो त्यो गर्छन / शाला नेपालका चोर नेताहरु / हुन त ति नेता कहाँ का हुन र तिनी हरु त बिना पुच्छर का कुकुर हरु हुन /

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • achyut

      माकुने को केहि पनि काम छैन . के गर्ने होला हाम्रा यी मन्त्रि हरुलाई . कुन दिन अब सौचालय सफा गर्न जाने हुन् . त्यो पनि आखिर जनचेतना नै हो क्या रे . जे होस् अरु केहि गर्न नसकेपनि जनचेतना चाही बढाउने भए यी मन्त्रीहरु .सुस्ता बासि को पिडा सुन्न सुस्त जाउन् , हुम्लीहरू को बेदना सुन्न हुम्ला जाउन् , अह तेरो तेस्तो काम गर्न जादैनन् . मन्त्रि त यिनी हरु टाइम पास को लागि भएजस्तो . ओहो हामी नेपाली हरु को भाग्य. कस्ता मन्त्रि हरु पयिएको छ .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • जसरी भए पनि हामी तपाईहरुले तिरेको कर arthat nepalko dhukuti जो सिद्यौनुछ भ्रमणमा जा आफ्ना सथिभाईलाई घुमा अलि अलि काम गरे जस्तो गर भेडा बाख्रा जस्ता सोजा जनता टुलु टुलु हेरिरहने छ अनि रियाल चुवौने छन् मोज गर मा कु ने हरेक दिन बनभोज गर यी मुर्ख जनताको बुद्दी कहिलेअ आउने छ इ न मोज गर मा कु ने मोज ह………………………..

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • Arzun Jung Kunwar- Boston

      यो झार को उन्मुलन भयो भने विज्ञानमा माकुने लाई नोबेल पुरस्कार को दाबेदार मान्नुपर्छ (झार उखेल्न सिकाकोमा) –गिरिजा लाई शान्तिमा जस्तै (कत्तिन देश मा शान्ति ल्याएजस्तो)….

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • rajesh

      यी नेताहरुले के नौटंकी गरेका हुन् ? न यिनी हरुले एकछिन रब्बर को पन्जा लायर झार उखेले झैँ गर्दा नै झार मस्सिन्छा भन्नु. अरुले पनि झार फडानी गर्दा पन्जा लायर यिनी हरु ले झैँ गरे भने त कसरि होला . बरु यिनीहरु त्यहा जाने र खर्चिने रकमले कोहि तेस्तो अभियान मा लाग्ने लाई खुसि तुल्याउने तरिकाले खर्चिदा उता कम पनि हुन्थ्यो र काम गर्नेको पनि आर्थिक स्थिति त सप्रिन्थ्यो. हुन त नेपाल मा देखावटी कुरो बाहेक अरु नै के हुन६ र सबै भ्रस्ट नेताहरुले राज गरेपछि
      .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • sanjay kumar tamsaling

      मुख्य मन्त्रि बेरोजगार हुने बेला हुन लग्यो तेसैले अब बाकी जिबन तेही होटेलमा भाडा माज्नको लागि येत्रो नाटक गरेको

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • यो चोर मा कु ने ले के गर्न खोजेको होला देस पुरै इंडिया लाई बुजायी आफु इंडियाको नेपाल परान्त बनाई मुख्यामन्त्री भै बस्ने विचार छ क्यो ह …….. कुरा र काम तस्तै गरेको छ .

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • bishnu prasad (USA)

      नो कमेन्ट..लेख मा वाई स्याल गनायो….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 14

      • raj

        येहानेर टोइलेट गनायो………… किन हो बिष्णु प्रसाद जी पेट खराब छ कि क्या हो, रामदेव को त्रिफला खानुस ठिक हुन्छ |

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

      • madan bajracharya

        बिस्नु प्रशाद जी
        धोतीले पालेको कुकुरहरुलाई श्याल को गन्ध गन्हाउँछ नै/ अहिले सिंह दर्बार भरि धोतीको कुकुर छन् र सडकमा तिनका छाउराहरू/ सबैलाई मुनिसिपलिती को चकलेट ख्वाउनु पर्ने/सबै रेबिज लागेका धोतिका कुकुर भन्दा जंगली स्याल गन्हाए पनि ठिक छन्/

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • nabraj

      ह!!!!! लोउ माकुने बौलायो अब हुदा हुदा अब झार पनि उखल्ने भयो होइन बरु एस्तो गर्नु नि आफ्नो जुगा उखेल्नु नि माथि को सुहाएको देखिन्छ कि ……..

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • bistamohan

      माधब जी को लोकपरीएता घटेको हो कि मेरो संसार
      मा कमेन्ट लेख्ने सबै साथीहरु युथ फोर्स का हुन् ?
      कसैले बतैदेला कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 8

      • pradeep pdp

        नेपाली जनतामा बुद्धि पलाको होउ मित्र ,तपाइको चाही किन ढीला भो ,कि झारले मास्यो बुद्धि ,माकुने लै बोलाउ उखेल्न

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • 이 저ㅣ임스 홍 박사

      प्रधानमंत्रीलाई नयाँ नेपालको नयाँ संबिधान लेख्ने विषयमा कुनै मतलब नभएको जस्तो प्रतित हुन्छ उनका काम कारवाहीहरु हेर्दा |के उनलाई झार उखेल्न पठाएका हुन नेपाली जनताले?दुइ पल्ट प्रत्यक्ष चुनाब हारी सकेको अबस्थामा पनि पार्टीलाई सहयोग गरेको समानुपतिकममा परेको शैलीमा हल्का कामहरु गर्दै हिड्नु अशोभनीय कार्य हो !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • रामकुमार बिमली

      आजको डायरी : खै ! देशका समाचार पनि हेर्ने कि नहेर्ने ?
      दुख, सुख रोमाञ्च, विष्मय जे भए पनि देशका दैनिक समाचारका मुख्य अंशहरुमा एक पटक आखा नदौर्डाई चित्त वुझदैन । प्रायश राम्रा समाचारहरुको खण्डवृष्टि र नराम्रा वा कुनै न कुनै कोणवाट पीडादायी हुने समाचारको अतिवृष्टि नेपाली समाचारको विशेषता नै वनिसकेको धेरै भयो । प्रकृतिको प्रहार, दुर्घटना, कुनै सम्वन्धित पक्षको लापरवाहीको कारण उव्जेको दुर्घटना आदिका अधोमुखी परिणाम हुने समाचारको त कमि नै हुन्न । यी वाहेक सधै जसो केहि न केहि यस्ता वाक्क लाग्दा समाचार पनि आउछन जो खास महत्वका नभए पनि वेक्कारको टाउको दुखाउछन । त्यस्ता समाचारका सेरोफेरोमा देशका प्रायश अहिलेका नम्वरी डनहरु नै हुन्छन । देशको समग्र अवस्था अत्यन्त तरल भएकोले यी डनहरुको तरलता पनि जानी नसक्नुको छ र यी तरल वहावको नियम विपरित जुनसुकै धरातल तिर पनि वगेका हुन्छन । त्यहि मध्ये आजको एउटा समाचार हो प्रधानमन्त्रि एउटा वनझार उखेलेर देखाउन चितवन राष्ट्रिय निकुञ्ज पुगेछन्… ।
      सत्ताको पत्तासाफ हुने वेलामा या त्यसकै आसपासमा कता हो तत्कालिन राजा ज्ञानेन्द्र पनि कहिले मन्दिरहरुमा, कहिले देश दौडाहामा, कहिले पञ्जावको गाउतिर चर्खा कात्न पुगेको समाचार देख्न सुन्न पाइएको थियो । प्रमाणित भयो ती सबै ‘कमिलाका प्वाख’ भन्दा बढि केहि होइनन् । त्यस्तै असंगत लाग्छन आजकाल यी ठूला-वडाहरुका क्रियाकलाप पनि ।
      जनताद्धारा लत्याइएका नै भए पनि नेपालको यस्तो जटिल र विषम परिस्थितिमा पार्श्व ढोकावाट मुलुकको प्रधानमन्त्रि हुन पाएको अवसरलाई माधव नेपालले उपयोग गर्न जानेनन् । प्रष्ट भन्दा उनमा पनि त्यस्तो इच्छाशक्ति भन्ने चीज नै रहेनछ । यस्तो संक्रमणको वेला जनताको मन जित्ने एजेण्डाहरुमा तल्लिन भएर आफ्नो गुमेको साख फिर्ता गराउदै मतदाताहरुलाई पश्चाताप गराउन सक्नु पर्ने हो तर खै ? विविध वाहृय कारणले गर्दा समूहगत रुपमा केहि गर्न नसके पनि आफैले गर्न सक्ने कामहरु प्रसस्त थिए । प्रधानमन्त्रिको पदमा रहदा देशलाई दिन सक्ने कति हो कति सेवा र उदाहरणहरु थिए, ती गर्नु त कता हो कता बरु इतिहासमा नै नभएको न्यायिक क्षेत्रमा हस्ताक्षेप र राष्टिय ढुकुटी वढार्ने काममा कुख्याती कमाए । सम्वन्धित निकायलाई स्वतन्त्रपूर्वक काम गर्न दिनु पर्ने मान्यता वसाउने तिर नलागी जे गरे पनि हुन्छ भन्ने देखाउन के गरेनन र ? विरोधिहरुले यसो श्वास फेर्न दिएको वेलामा कैयौ राष्ट्रिय सवालका कामहरुको थाँति थुप्रोवाट एउटा काम अघि वढाए पनि कति राम्रो हुनेमा कहाको वनझार उखेल्ने नाटकमा भाग लिन चितवन पुग्ने ? होइन कार्यक्रम वनाउने, सल्लाहकार, कार्यकर्ताहरु आदिले पनि उनको भलो नै गर्दै छन कि ‘महाराजका किम्मती लुगाको दन्त्यकथा’ कै मञ्चन गर्दैछन ? के उनले उखेलेको एउटा वनझारले त्यसको समुल उन्मलन हुन्छ ? कि साच्चिकै उखेल्न गएका हुन भने चार घण्टा जति उखेलेर देखाउन सक्दा अलिकति उदाहरण र प्रेरणा हुदो हो । त्यसो त गरेनन् । यो त खाली काम पाइनस वुहारी… भने जस्तै मात्र हो । यो भनेको नेपालीको दुर्भाग्य भन्दा अरु केहि होइन । यो झार उनले नै उखेल्नु पर्ने होइन । उनले त सक्छन भने र इच्छाशक्ति छ भने देशमा व्याप्त भ्रष्टचार र अहिलेको मुख्य समस्याको रुपमा झाङ्गएिको दण्डहीनतालाई उखेल्न शुरुवात गरुन । हरेक आवश्यक काम कार्यवाहीहरुलाई विधि सम्मत र न्यायिक कसिमा उतार्ने नया परम्परा बसाउन् । त्यसो त गरेनन् वरु राष्ट्रिय स्तरमा चर्चामा रहेका मुद्धामा पनि लाजै लाग्ने गरी हस्ताक्षेप गरे भने केहिमा नराम्रो गरी मौनता साँधे । समाजमा दण्डहीनता त्यो वनझार भन्दा घातक राष्ट्रघाती झार भएर मौलाएको छ र समाज र देशलाई उठ्नै नसक्ने गरी गाँजेको छ प्रम ज्यू ! साच्चिकै देखाउनु छ भने त्यसको जरा काट्न देखिने गरी थालनी होस । दुर-दराज तिर रुढीवादी संस्कारको कारण छाउगोठमा जाडोले कठ्यांग्रिएर महिलाहरु मर्दै छन, वोक्सिको आरोपमा महिलाहरु पीडित भएको समाचार लाजमर्दो गरी आजको नेपाली क्रान्तिलाई आँखो च्यातेर ‘इस’ भन्दै छ । सक्ने भए त्यहा गएर त्यस्तो जनजागरण र न्याय रोपेर आउन् ताकि त्यसले उनको उचाइ नै उठाउँछ । नातावाद-कृपावाद, फजुल राष्ट्रिय खर्च र औचित्यहीन कार्यक्रमहरुको जरा उखेल्ने तिर लागुन् । पैसा, पदीय दुरुपयोग र हैशियतवाद रुपी गन्धे झारले विधिसम्मत समाज रुपी नगदे वालीलाई चुर्लुम्म खाइसक्यो, प्रमले सक्छन भने त्यो झारको जरा उखेल्ने शुरुवात गरुन्, उनको काम त्यो चाहि हो । साच्चिकै वनझारको टुप्पो चुडेर भष्मे फाडेको देखाउन लावालस्कर सहित काठामाडौ देखि चितवन सम्म उनले जानु पर्दैन । त्यो केवल हास्न पनि नसिकने प्रहसन मात्र हो । त्यो झार उखेल्न त काडामाडौ देखि चितवन सम्मको त्यो दुइ दिनको तामझामको एकदशांस खर्च मात्र निकासा गरी दियो भने बरु त्यहा ठूलो काम हुन्छ ।
      झार उखेल्ने निहुमा कसैको पाहुना वन्न चितवन पुगेर ‘स्वास्नी विना आइयो…, आफू त अरु खोज्ने खाले पनि परिएन …’ भन्दै मान्छे हसाँउदा प्रधानमन्त्रि सुहाउने शालीन व्यक्तित्व हैन रंगीला वनेको जोकर जस्तो मात्र हुन पुगेको थाहा पाउन्.., चेतना भया ।

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • माकुनेले सके ………………. माइकेनिया झार मात्र होइन हरेक नाटक गरेर देशै सकिसक्न आँटे |कालापत्थर मा २० मिनेटमा एक करोड,कोपेन्हेगनको नाटकमा नातागोता,. नातिनातिना सबैको विदेश शयर,चीन भ्रमणको नाटकमा २५ हिरो बाँकी स्वयंसेवकको नाटक, यसले नाटककै नाटक गरेर देश बर्बाद गर्ने परे |

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Jillabashi Baburam

      यो झारले त कमसेकम नदी नाला बेचेको छैन; देश बेचेको छैन!
      पहिले देश त बचाओ!
      देश छाँगोबाट खस्न लाग्दा पनि अझै नाटक, तमाशा!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

      • madan bajracharya

        जिल्लाबाशी जी
        अस्ति भारत भर्मन गरेको बेला माकुनेले भारतमा दिएको अन्तर्वार्ता पढ्नुस/ इन्टर नेटमा छ/ पन्चेस्वोर लगाएत धेरै बेच्न खोजेको थिए तेस्ले/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tulsi

      सरकार प्रमुखजस्तो मान्छेले सधै गाइजात्रे कार्यक्रममा मात्र सहभागी हुनुहुदैन/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • tulsi

      मुलुकको प्रधान-मन्त्रीले झार उखेल्नुको सत्ता कुनै रचनात्मक कार्य गर्नु पर्ने हो/

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • sumon bista

      आखिर केहि पनि काम पाएन हि एसले ? देशको इस्स्थिति झन् दिन प्रतिदिन बिकराल छ , कहिले के भनेर कता पुगेको छ , त कहिले कता…. के हामी जनताहरूलाई एसले भेडा बाख्रा सम्झेको छ ह????

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • hankimdo

      गैडा तस्करी हरुसंग संग्लाग्नाता रहेका होटेल हरु संचालन गरेर चोरी शिकारी मात्र बढाउने मात्र हो जसमा मध्यवर्ती उपभोगता समिति हरुको कुरालाई ध्यान नदिइ मन्त्रालय ले एक तर्फी रुपमा नबिकरण गरेको हो माकुने त्यहाँ गएर न त संरक्ष्ण नै हुन्छा न त त्यो झारपात सखाप्नै पारेर फाल्न सक्छ भोजमा सामेल हुन गएको होला नी उहिले उहिले जाडो याम मा दरबार बाट राजामहाराजा हरु चितवन राष्ट्रिय निकुन्जमा आउथे अहिले प्रधानमन्त्री र मन्त्रि हरुले चितवन मा जाडो मनाउना आएका छन्

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Nirbhik

      कठै!!!!!!!!!! यो नै पर्याप्त होइन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • pgazmer

      माकुनेले गलत झार उखेले जस्तो लाग्यो | नेपालमा यो भन्दा धेरै खराब झारहरु छन् | जस्तै गरिबीको झार , घुसखोरिको झार, नेपाल बन्दको झार, हड्तालको झार, बत्ति जाने झार, तोडफोडको झार, पेट्रोल नपाउने झार, लुटेराहरुको झार, अपहरंकारिको झार, ठगहरुको झार आतंकबादीहरुको झार आदि आदि…… तर यो सबैभन्दा पनि खराब त यी झुटा फटाहा विश्वासघाती स्वार्थी नेताहरुको झार उखेल्नु जरुरि छ | यो झार उखेल्न सबै नेपालीहरु तात्ने बेला भैसकेको छ |

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

      • देवराज जोशी, कैलाली

        सबै भन्दा मुख्य झार त माकुने आफै हो नि जनता बाट तिरष्कृत भारतको आशिर्वाद बाट बनेको प्र.म.

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • SimJR

      http://en.wikipedia.org/wiki/Mikania_micrantha

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • ramu

      हेर दरैका गोठालाहरु बिरोध गर्न मात्र जानेका छन्. के पो गरेका छन् त जनताबाट मत पाएर जितेकाहरुले मा कु ने ले पनि त धेरै पटक जितेकै थियेनी.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 9

    • chhetri baglunge

      माकुने निजि होटेलमा बस्योई ,सरकारको धिकुती जोगियो नि त के भयो र?ठंक्स फोर तहत .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • rupa basnet

      यो मोरों मा कु ने कुन दिन बन तिर जान्छ !हा हा हा मिति सकिने बेलामा !!!!!!!!!!!!!!!!!!!गो टू जंगल एंड किल दई स्नेक प्रधानमन्त्री ज्यू!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • kumar shrestha

      यो मोरो मा कु ने लाज छैन ? !!!नकली प्रधानमन्त्री !!!

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • satya

      यी दिपक बोहरा नै हैनन पी. ए, आसे पासे अनि परिवार सहित वातावरण सम्मेलन मा भाग लिन पुग्ने?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • jeevan

      थुक्क माकुने …. देस को हालत एती गम्भीर भैसक्दा पनि तेरो आखा खुलको छैन…झार टिप्ने बहाना मा होलिडे मा गएको हो …. सर्महरा

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • sanu

      Makune was more serious about the his share of the 70-80 millions bribe than the high level committee about tackling political problem in Nepal. Him and Oli discussed about that and he asked Oli to give controversial comment and he wanted to make sure their share of the bribe would be secured.
      To me he is the most cunning of the three polical parties, who is in the pace of snails sucking the country and people’s blood.
      If Girija another dirty game kicks him out of power, at least he live with the money he makes from this trip just a drama of few minutes rather getting bashed in the meeting for his incompetency and rampant corruption. Why Nepalese people are so stupid to run after a con like him and others.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • prakriti

      एस्तो सोर्णिम अवोसर मा कु ने त के एसको शाखा सन्तानले पनि पौने छैन ,तेसैले एसको उदेक्से नै टिक्ने र पैसा झ्वाम पार्ने मात्र हो,येस्ता कुराहरु यी बाट हुदा कुनै अचम्म मान्नु पर्दैन जस्तो लाग्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • drishthi

      हा हा हा हा उखाल्न पनि के थालेको यो बाँदर ले कहिले नमासिनी झार
      यो झार र नेपाल का कुलंगार नेता को साइनो बल्लियै छ जस्तो छ उखाल्नी सट्टा पुड्के ले पुजा गर्नु पर्ने हो आफु हरु जस्तै मानेर

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 7

    • mahesh

      हाम्रा नेताहरुले सित्तै मा पाए भने अलोकत्रो पनि खान्चन..सितै मा खान पल्के क नेता हरुको के कुरा गर्नु … झार टिप्ने बहनमा फेरी आर्को मोज … मोज गर माधव ब्रो ..मौका येही हो… जनता को पैसा मा मोज गर.. मन्त्रि फुसके पछि त उही साहिलीको भट्टी जिन्दाबाद…

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • रामकुमार बिमली

      सत्तावाट पत्तासाफ हुने वेलामा या त्यसकै आसपासमा कता हो तत्कालिन राजा ज्ञानेन्द्र पनि कहिले मन्दिरहरुमा, कहिले पञ्जावको गाउतिर चर्खा कात्न पुगेको देख्न सुन्न पाइएको थियो । ती सबै ‘कमिलाका प्वाख’ भन्दा बढि केहि होइनन् । नेपालको यस्तो जटिल र विषम परिस्थितिमा पार्श्व ढोकावाट प्रधानमन्त्रि हुन पाएको अवसरलाई माधव नेपालले उपयोग गर्न जानेनन् । प्रष्ट भन्दा उनमा पनि त्यस्तो इच्छाशक्ति भन्ने चीज नै रहेनछ । यस्तो संक्रमणको वेला जनताको मन जित्ने एजेण्डाहरुमा तल्लिन हुनु पर्ने हो तर खै ? विविध वाहृय कारणले गर्दा समूहगत रुपमा केहि गर्न नसके पनि आफैले गर्न सक्ने कामहरु प्रसस्त थिए , प्रधानमन्त्रिको पदमा रहदा देशलाई दिन सक्ने कति हो कति सेवा र उदाहरणहरु थिए, ती गर्नु त कता हो कता बरु इतिहासमा नै नभएको न्यायिक क्षेत्रमा हस्ताक्षेप र राष्टिय ढुकुटी वढार्ने काममा कुख्याती कमाए । सम्वन्धित निकायलाई स्वतन्त्रपूर्वक काम गर्न दिनु पर्ने मान्यता वसाउने तिर नलागी जे गरे पनि हुन्छ भन्ने देखाउन के गरेनन र ? विरोधिहरुले यसो श्वास फेर्न दिएको वेलामा कैयौ राष्ट्रिय सवालका कामहरुको थाँति थुप्रोवाट एउटा काम अघि वढाए पनि कति राम्रो हुनेमा कहाको वनझार उखेल्ने नाटकमा भाग लिन पुग्ने ? यो भनेको नेपालीको दुर्भाग्य भन्दा अरु केहि होइन । यो झार उनले नै उखेल्नु पर्ने होइन , उनले त सक्छन भने र इच्छाशक्ति छ भने देशमा व्याप्त भ्रष्टचार र अहिलेको मुख्य समस्याको रुपमा रहेको दण्डहीनतालाई उखेल्न शुरुवात गरुन । नातावाद-कृपावाद, फजुल खर्च र औचित्यहीन कार्यक्रमहरुको जरा उखेल्ने तिर लागुन । झार उखेल्ने निहुमा कसैको पाहुना वन्न पुगेर ‘स्वास्नी विना आइयो, अरु खोज्ने खाले पनि म होइन…’ भन्दै मान्छे हसाँउदा प्रम जस्ता शालीन हैन जोकर जस्ता मात्र भएका छन् , चेतना भया बेश ।

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 3

    • Ishwar Dahal

      जसरि सत्ता पक्ष्यलाई विपक्षीले गाज्नेक्रम बढ्दैछ, त्यसैको उदाहरंहो निकुन्जभित्रको झार. जति प्रयास गरेपनि बिफलनै हुनेछौI

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • bhupendra

      दरो छैन भन्छन चिप्लेला पाउ हजुरको
      हार्दा नि जित हुने हुन त दाउ हजुरको

      बहाबको धार बुझी खियाउनु आँफै अब
      अरुको भर पर्दा डुब्ला नि नाउ हजुरको

      कुन सपना छर्नु भो घाम नपुग्या गाममा
      चर्चाको शिखरमा पुगेछ हाउ हजुरको

      प्रभूको कृपा हजुरको भक्ती तथास्तु भो कि
      आजभोली वढ्या छ सर्बत्र भाउ हजुरको

      कोठामा बसी छाना जलाउनु हुन्न लैलैमा
      जले पछि दुख्दैन र आफ्नै घाउ हजुरको

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

      • इन्दिरा बि.क.

        वाह वाह भुपेन्द्र महत जी
        अती मिठो गजल छ
        सारै मिठो

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gobinda Shrestha USA

      मकुनेको नाटक नै बढ़ी , तेस्तो फैलिएको झार पनि उखुलेरा हुन्छ ,कंहा गये कृषि बिसेसग्यहरू उनिहरुसंग सलाह्हा लिनु पर्छ पुस्तौं पुग्नेगरी कमाई हाल्यो ,भाई ,भतिज,नाता जती राम्रो स्थानमाँ राखिहाल्यो ,देशको सम्पति जती सकेर नाटक गर्न सिपालु छ ,कुन दिन देखि बिरामी जांचन पनि माकुने प्रधानमंत्रीआफैं जान्छ

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • आशिषजी

      तेसरी त्यो झार पात उख्ल्नु भन्दा बरु काठमाडौँको फोहोर उठाउनु नि…कम से कम त्यो बिन फोकट पाको तलब को त सहि उपयोग हुन्थ्यो… म कु ने हरुवा…

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • milon gurung

      NEW NEPAL लाई SOUTH ASIA DARFUR बनाउने नेता यी हो/राम्रो कुरा लेखन त छोडी दिउ नराम्रो लेखनलाई पनि सब्द छेन/एसले सबिन्धन पनि लेखन दिन्दैना जस्तो छ किनकी संबिधान लेख्यो भने एसको धीन सकिन्छानी आफु पनि खाने,आफन्तलाई पनि खाउने,कुर्ची बचाउने मन्त्रीहरुलाई पनि बढेर दिने,भारतलाई पनि सिमाना जमिनहरु चडाएर खुसि पर्ने/नेपालीको पैसा काला पथारदेखी कोपन हेगन सामना ६०१ मान्छेहरुलाई मोज्गरना दिने प्रधानमन्त्री…देश पनि एस्तो पापी मान्छेले चलाएर हुन्छा?उस्लेता चुनाब हरेको रिसले जनता र दिश्संग बदला लिही रहेको हो ……………तेरो दिन आएको छ खा…

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • यो प्रधानमन्त्री होइन त्यहीं को अति दुर्लव जन्तु हो. र वरिपरी बाट मान्छे हरु दुर्लव जन्तु हेर्दै गरेको. तेही जन्तुलाई मात्र लगुना पर्छा पुरा झार उखेल्न …………………………

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • sita (USA)

      यो इंडियाको भरौटे खेतालोले झारपात उखालना बाहेक अरु के गर्नु त ? फेरी जनताले तिरस्कार गरेको माकुनेको योगेता नै झारपात उकाल्ने भन्दा बढी के नै छ र ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 114 Thumb down 19

      • raju

        वा सोल्टी माओबादी ले जस्तो जबर्जस्ति मत हालेर जित्त्दा यत्रो नाटक ,साला प्रचण्ड र बाबुराम को त योग्यता मान्छे मार्ने मात्र त हो नि साथी सोच्नु भाको छ त्यसो गर्दा राम्रो हो साथी त्यस्तै गर्नु बेस्ट ओफ luck

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 26

        • madan bajracharya

          राजु जी/

          रास्त्र्मारा ज्यान मारा भन्दा ठुलो अपराधी हुन्/

          मावोबादीको बिरोध गर्न आधार नभएको होयिन/ छन्/ तर यो पनि सोच्नु पर्छ कि सबै क्रान्तिकारी दलले बिगतमा आतंकबादीको उपमा पाएकै हुन्छ/ तेसैले राजनैतिक दलहरुको मुल्यांकन बिगत हेरेर गर्नु भन्दा बर्तमानमा त्यो दलको नीति रास्ट्र बादी छ छैन भनेर गरिनु पर्छ/

          एउटा प्रस्न बिगतमा २०हज्जार् मात्रै किन २० लाख मारेको दलले बर्तमान काल मा देस टुक्रिन दिनु हन्न भनेमा त्यो दल र अहिले नेपाल बात तराई टुक्रा गर्नु पर्छ भन्ने पार्टीमा कुनै एक रोज्नु छ भने तपाईं हामीले कुन दल रोज्नु पर्छ? मेरो धारणा बारेमा सोध्नु हुन्छ भने देसमारा ज्यानमारा भन्दा ठुलो अपराधी हुन्/

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • यो सब के हो भने माकुने आहिले प्रधानमन्त्री बनेको त चिट्ठा परेर बनेको हो त्यैपनि कहिले खुस्किने हो थाहा छैन र खुस्किहाल्यो भने त अब फेरी बन्ने भनेकोत के हो के | अहिले त कताबाट कागे लागेको बेलामा गर्नुपर्ने सबैगरौ, मोज गरौ, यो देशको मैले मात्रै ठेक्का लिएको छु र प्रधानमन्त्रीत पहिला पनि थिएत उनिहरुले पनि त त्यी गर्थे भनेर आहिले माकुने ले एती बिधि गरेको |
      प्रधानमन्त्री जी गैंडाकोट त्यै चितवनको नजिकै पर्छा र त्यहाँ खेत बारी भरि गन्दे उम्रिएर केहि खेति पनि हुदैन | एस्सो आएर त्यो पनि फलदिने हो कि ? खेति राम्रो हुने थिए र जनता भोकै सुत्न पर्ने थिएन नि |

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

    • pratik

      उसको पर्सोनल life जहाँ बसे पनि के भो त.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 16

    • suresh

      नेपाली ईतिहासमा दोस्रो पटक बनेको यो जम्बो मन्त्री मन्डल संसारमा कही नभएको हरुवा हरुको मन्त्री मन्डल हो। शायद नेपालमा प्रजातन्त्र स्थापना पछि सबै भन्दा बढी ब्रम्हलुट मच्याउन अग्रसर यो भ्रष्ट मन्त्रीमन्डल अनी सरकार नेपाली जनताको लागि अन्तिम भ्रष्ट मन्त्रिमन्डल होस। आज आफ्नो सत्ता टिकाउनको लागि माधव नेपालले जस्तो सुकै काम गर्न पनि लाज मान्दैन। आफ्नो जीवनमा पहिलो र अन्तिम पटक प्रधानमन्त्री बनेको हरुवाले बल्ल ज्ञान पाउला जब देशमा रुवन्डाको ईतिहास दोहोरिन्छ। हामी नेपालीले धेरै सहि सक्यौ, अब हाम्रो मौनताको बाँध टुट्न लागि सक्यो। होसियार देश लुटहाहरु तिमीहरुको अन्तिम संस्कारको लागि कात्रोको ब्यबस्था गरिराख। देश धेरै बाँचोस्।

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 3

    • Hillman

      मा कु ने जनता बात निर्वाचित प्रधानमन्त्री भएपो चाहिने काम गर्छ! चुनाव मा दुई दुई स्थान बाट चुनाव हारे ता पानी नईतिकता गुमाएर चोर बाटो बाट प्रधान मन्त्री हुन पुगेको हरुवाले गर्ने काम यस्तई त हो!

      समयमा नई संविधान निर्माण र अन्तरिम सरकार लाई सही दिसामा निर्दिष्ट गर्ने जन निर्वाचीत जनप्रतिनिधी हरुले मा कु ने को जम्बो मन्त्री मण्डलको सरकार लाई यथाशीघ्र सरकार बाट हटाई रास्ट्रीय सहमतीको सरकार निरमाण गरी राष्ट्र लाई नीकाश न दिए समयमा नै संविधान बन्ने छाट छैन!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 105 Thumb down 18

    • Lal Prasad Adhikari

      प्रधानमन्त्री ले आधा घण्टा उखेल्दैमा सकिने होर बनमारा झार कसैले नगरे को नौटंकी किन गर्नु परेको होला, सायद नमचिने पिंग को सय झट्का भनेको यहि होला

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • द्रोण

      सम्माननीय ज्यु झाडी केलाउनु पनि सोख राख्नु हुदो रहेछ , बहुमुखी प्रतिभा रहेछन जस्तो छ |

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • madav

      यो अति दुर्लव प्राणी मा पर्दैन यस्ता प्राणी हरु नेपाल मा धेरै छन् / अति दुर्लव प्राणी को त protection गरेर राख्नु पर्ने हुन्छ / तर एस्लाई दुर्लव प्राणी सरह किन protection गरि रहनु पर्यो र ?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Anjan

      सकाउने भए देश यो पुड्केले .कसरी एस्लाई तह लगाउने हो . देश बचाउन कोहि त आउ .

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 3

      • देवराज जोशी, कैलाली

        यल्लाई तह लगाउन झक्कु नै चाहिने होला नि, झक्कु भने पछी सातो जान्छ यसको.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 3

      • madan bajracharya

        माकुनेलाई तेतिकै मन मोहनले “महा ज्ञानी” तक्मा भिडाएको त् होयिन नि/ अब तक्मा मात्रै किन पद पनि त् उसैले भिडाएको हो नि/ माकुनेले जे गर्छ मनमोहन लाई मुग्ध गर्न नै गर्छ/ उसले अरुलाई हेर्नु पनि छैन नि, भोट पाएको भए पो हेर्ने/

        हेर्दै जानुस साथीहरु हामि हामीमा एकता भएँन भने यो माकुनेको जमातले बनाएको संविधानले नेपाल भित्र एक मधेश नामको सानो भारत् बनाउने छ/

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prakash_Edm_AB_Canada

      यस्ता बिहारी लाई नेता मान्ने हामी नै मुर्ख हौ | बिहारी हिजो सम्म गोबर सोर्थ्यो त्यो हात ले आज झार उखालन प्लास्टिक को पन्जा लगाउछ |

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • sudarshan

      खाए होलान नि त् !! खान कै लागि त् हो नि सत्तामा बसेको !! सत्ता जोगाएको !!
      यो प्रकरण लाई तेती गम्भीर रुप मा लिनु जरुरि छैन , भ्र्स्ताचारी नेता को नौटंकी नेपाल मा भैराखने कुरा हो

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • Prabhu

      मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिको सभापति माओबादीको कोटा का हुन् , तेसकारण मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिले बहिस्कार गर्नु कुनै नौलो कुरो होएन. जे भएनि तो झार नेपाल को माओबादी जस्तै फैलिदो छ र यो झार पनि आयातित हो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 21

      • Sheela

        Prabhu जी ले पनि “बिदेशी प्रभू” कै भाषा र बिचार सिधै राख्नु भो/ Mysansar मा पनि येस्ता आयातित झारको कमि रै’न रहेछ / वाहा: क्या Inclusiveness छ यो साइट पनि….

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 7

    • raj

      नौटंकी कुमार देखा नौटंकी, कस्तो लाज पचाएको जन्तु रहेछ यो पुड्के त | एस्लाई पनि चितवन को निकुन्ज भित्र अति दुर्लभ प्राणी भनेर राख्नु पर्ने|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 252 Thumb down 35

      • madan bajracharya

        राज जी
        झारले झार उखेल्दै छ/ पक्कै गिनिश बुकमा नाम आउने छ माकुनेको/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 4

      • Deepu

        राज जी यो तपाई को तितो सत्य कुरा सुनेर हाँसो उठ्यो भन्या!!!!

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

      • krishna

        दुर्लभ हैन यस्ता प्राणी त सुलभ नै छन् हौ /

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

      • माधव कुमार नेपाल नेपालका एउटा अत्यन्तै भाग्यमानी प्रधानमन्त्री हुन पुगेका छन्| उनी जंग बहादुर राणा भन्दा पनि भाग्यमानी हुन् किनकि जंग बहादुरले त आफु प्रधानमन्त्री तथा प्रधान सेनापति हुन थुप्रै प्रतिद्वन्धिहरुलाई गिड़न पर्यो तर माधवले तरल राजनीतिले गर्दा दुइ ठाउँ बाट हारेर पनि प्रधानमन्त्री जस्तो गरिमामय पदमा आशीन हुन पुग्नुभयो | चितवनमा बनमारा झार गोड्नु जानु भएको रहेछ| राम्रो कुरा हो तर वन र बन्यजन्तु मार्ने गिरोहलाइ पनि कडा भन्दा कडा सजाय दिनु पर्ने हुन्छ |

        मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 3

      • raju

        तपाई त माओबादी को पुछार हुनुरहेछा जस्तो छ.अ अब राम्रो काम लै नि अनेक आरोप लाउने.माओबादी ले जस्तो सुकुम्बासी को नाउ मा जात्रा गर्नु पर्ने हो कि क्या हो ,कि निकुन्ज मा गयर क गरे चाही त ठिक हुन्छ .कि होंग्कोंग गयर रात बिताउनु ठिक हो कि क्या हि सोल्टी ,ल ल बदाई छ राम्रो सोचे को रहेछ जति सोच्न सक्छ त्यति नै बयक्त गर्ने त हो नि …….solti

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 28

      • drishthi

        इंडिया को राजनीतिक प्रयोगशाला मा प्रोफेसर सुद द्वारा बनाइए को टेस्ट टयूब
        बेबी

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 9

      • ardniban

        पर्यटन वर्ष २०११ मानौं सक्छ भने बिमान थपोस ! पर्यटकीय ठाउँ मा यातायात होटल सुबिदा दे !प्र म को कार्य व्यस्तता ले गर्दा तीन दल को बैठक भएन भन्छ समाचार मा हुने बेलामा भातमारा झाडी उखाल्दै भतुवा भएर खादै हिड्छ! हेर्नुस २०११ पछिनी २०२५ बर्ष को लागि भन्दै केहि पैसा khayera hotel kholna dinechan!!!!!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 3

      • गगने

        प्राणि होइन मित्र!
        जन्तु! जन्तु भनिन्छ यस्तो किसिमको प्राणिलाई!
        “एस्लाई पनि चितवन को निकुन्ज भित्र अति दुर्लभ जन्तु भनेर राख्नु उचित हुन्छ!” अझै प्रधान जन्तु, छिमेकी कुन्जबाट हाम्रो रास्ट्रीय निकुन्जमा छिरैयको भनेर!

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • koblenzer

      गर मोरा गर ….अरु केहि गर्न सक्दैनौ तिमि…खाली उदघातन , सानोतिनो उदघातन मा पनि जाने …आफ्नो स्तान्दर्द नभए को मान्छे हो तिमि…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

    • Prem

      यो मान्छे ले हाम्रो देशलाई खाडल मा हाल्छ हाल्छ हाल्छ तेसमा केहि संका गर्नु पर्ने के हि छैन | यो प्रधान मन्त्रि भनाउदो ले देशलाई अस्थ बेस्थ बनाउने भयो नै| उसलाई जनता का पीरमर्का का सम्बन्द मा के मतलब आनन्द लिदै छ दिन दिन किनीकि पालो कहिले सकिनेहो थाहा छैन एस को तेसैले |

      माकुने तिमि लाइ नर्क नै ठिक छ नेपाली को आसुले तिमीलाई राम्रै पोल्ने छ | पर्खन मात्र पर्दछ |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • RAJ,VIRGINIA

      यो झार उखोल्ने होइन बरु यसका टाउकामा भएका कपाल जनताले उखाले पछि यसको दिमागमा घाम लाग्ला …………
      देश धोस्त भैसक्यो तर यो माकुनेलाई घुम्न र खानकै धुन छ ….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 3

    • ‘दिल्लीले नचाउने कठपुतली भन्थे, वनमन्त्रीले नै घुमाउने रैछन्। यस्तैपारा हो भने यिनले मुलुक कुन भड्खालोमा हाल्छन्।’

      तितो सत्य!

      तर दिन गन्ती सुरु भै सकेको हुनाले भड्खालोमै चाही हाल्न नभ्याउलान कि !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

    • krishna

      लौ अब उखेलिएको माइकेनिया म्याक्रान्था ( माम्या ) झारले भ्रष्ट्राचारको झारलाई राम्रै मलजल गर्ने भएछ ! कमरेडको कित्तामा पनि राम्रै सप्रने भो ! जय होस् /

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 3

    • Binay

      very tired reading such news….. please publish news related to technical innovation and development ……..

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • Bishnu

      “।‘रकम यत्तिनै भन्न सकिन्न तर पाँच सात करोडभन्दा कम कारोवार भए जस्तो लाग्दैन‘ एक कर्मचारीले भने।” यो चाहि आधारहीन भनाइ भएन र ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 23

    • madan bajracharya

      उखेल्नै नसकिने झार उखेल्न थोपरिएको झार चितवन गए/
      चितवनको रास्त्रिये निकुन्जमा ‘माईकेनिया म्याक्रेंथ्या नामको झार’ नेपालको रास्त्रिये राजनीतिमा ‘भारतीय पुतली झार माकुने’ दुवै उतिकै घातक तर उखेल्नै गारो/

      अब यौटा झारले अर्को झार के पो उखेल्न सक्ने हो र उल्टै mykeniyaa झार भन्दा खतरनाक “every thing इंडिया हुने संक्रमित झार” पो पलाउने भयो/ माकुने जस्ता बिदेसी प्रभुबादी झारले रास्त्र्बाद्को बोट मर्दै मारिंदै गईरहेको छ/ पहिला यहि झार उखेल्नु पर्ने/

      हेर्नुस साथीहरु, माकुने प्रधान मन्त्रि बने देखि भारत र नेपाल बिचमा नसुल्झिएको सबै समस्या हरु उठी रहेको छ र समाधान पनि भई रहेको छ तर कस्तो समाधान?

      भारतले सिमा मिचेको हो? समस्या उठ्यो/ माकुनेले समाधान गरि दिए सिमा मिचेको कतै छैन भनि/

      एक मधेश चाहनेहरुले बिबादले गरिरहेको हो ? हो/ माकुनेले एक मधेश बादीनै अंगालेर बसी दिय/

      अब नेपालमा नया संबिधान बनाउन समस्या परेको हो? हो/ किन भएको त् संबिधान बनाउन समस्या? तेही मधेश बादीहरुको अहिले यक मधेश पछी विदेश बनाउने मागले गर्दा नै त् हो/ माकुनेले एक मधेश लाई ‘एक देस” बनाई दिनेनै छ/ महाज्ञानी प्रधान मन्त्रि भनि मनमोहनले तेसै भनेको हो र माकुने लाई?

      महाकाली सम्झौता मरी सकेको हो? हो/ तर महाकाली नदि अब नेपाल भित्रै न भएको कुरा सरकार को टोलीलाई देखाई दिएर महाकाली नदि नेपालकै नभएको प्रमाणित गरि दिए पछी महाकाली नदीको सम्झौता को टन टन नै समाप्त भयो/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 4

    • krishna (Maryland, USA)

      यी मा कु ने कहिले करिमा बेगम का आफन्त हुन पुग्छन त कहिले दीपक बोहरा का / मासिएर कहिल्यै नसकिने प्राकृतिक झार उखेल्नुको साटो देशै ढाक्ने गरी झाँगिएको उखेल्न सकिने भ्रष्टाचारको अप्राकृतिक झार उखल्ने तिर लागे हुन्थ्यो / मायावी नव दरबारका यी ठुटे हरुवा राजाको लीला पनि बुझ्न गार्है हुने भो बा ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 3

    • Daya

      यो सरकारबाट अरु के अपेक्षा गर्नु? हे मन्त्रिहरु ! सकेसम्म खाऊ ज्यान बनाऊ! देशलाई नाङ्गो बनायौ , अब तबला बजाऊ, तिमीहरु पनि नांगै नाच. तर सबै (दल) ले याद राख, जनताले सधै तिमीहरुलाई साथ दिने छैनन्. न कांग्रेस, न एमाले , न त माओबादी नै.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

    • Arun Bibek

      कहिँ नभएको जात्रा हडिगाउमा भनेको येही हो. माकुने को आफनो भाइहरुलाई दिएको नियुक्ति , येस्तई गाइजात्राहरु नेपालको अत्यन्त सम्बेदनशील समयमा गरिएका खेलाचिहरु हुन| उनले एस्तो सम्बेदन शिल समयमा आफुले जसरि प्राप्त गरेको भए पनि पाएको यो महत्व पूर्ण भूमिका गम्भीर भएर बहन गर्नुपर्ने मा लोभ , पाप र गाइजात्रा रच्दै हिन्छ्न भने, भिरमा गएको गोरुलाई राम राम भन्न सकिन्छ , काध थापना सकिदैन. तिमि हातमा रगत नलागेको शालीन व्यक्तित्व भनेर मात्रै के गर्नु, पुरानै लोभी पापी मन र अडान बिना को ज्यान भए पछी | माकुने ब्युझा, तिमि सर्पको मुखै निरको त्यो भ्यागुता होउ जो उफ्रेर जोगिन छोडेर दिसा मा बसेको झिगा तिर खान लाग्छ . झाक्कुजी बाट त्यत्रो लात भेटेपछि पनि चेतना भएन.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 4

    • Rajesh sharma

      This man turned out an unbelievable termite for the country.
      such a shameless dumb.
      i cant wait to see these parasites thrown out of the window of parliament building.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 3

    • pradeep pdp

      प्रधानमन्त्रीले अरु के नै उखेलेका छन् र लौ झार भए पनि उखालुन ,नेपालको प्रधानमन्त्रिले झार उखेल्दै बस्ने त हो नि ,अब कुन दिन आलु छिल्न पनि जाने होला ,अनि माछा मार्न ,अनि पाडाको कुन्निके कनाउँन (काम नपाको बुहारीले झैँ ) तेस्तै तेस्तै ……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 95 Thumb down 6

      • प्रेम अर्याल

        नामुनै भयो यो माकुने सरकार, गाडी सिसा फुटाउने देखि सिडियोलाई चड्कन लगाउने र भन्ने राम्रो नभएको महसुस गर्दैमा कार्भाही भइसक्यो भन्ने, झार उखल्ने को नाटक देखि लिएर कोप् भ्रमण टोलि र धमले काण्ड,

        हुनत: स्वस्थानी ब्रत, सप्ताहा, महायग्ग, चार धाम गरि पाएको कुर्सि त्यसमा पनि भबिस्य अब पाउने कुनै आधार नभएको बेला, मोज गर माकुने जति दिन लेखेको छ त्यसपछि राजनीति बाटै सन्यास लिएर बनारस तिरै गए हुन्छ

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 4

    • दुर्गा प्रसाद खनाल

      “जो गर्नु नपर्ने त्यो गर्छन जो गर्नु पर्ने त्यो गर्दैनन् ” मेरो भन्नु यतिनै हो बाकी साथीहरु को जो इच्छा !!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 6

    eXTReMe Tracker