मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    …नत्र वीरेन्द्र राष्ट्रपति बन्थे रे

    नेपालको इतिहासमा तत्कालीन राजा वीरेन्द्र र एमाले महासचिव मदन भण्डारीको मृत्यु कहिले पनि नसुल्झिने रहस्य बन्दै आएको छ। आ-आफ्नो ढंगले व्याख्या गर्दै आए नेताहरुले यसलाई। वीरेन्द्रसहित दरबार हत्याकान्डको ग्रायन्ड डिजाइनको पोल खोल्छु भन्ने गिरिजा बाजेले कहिल्यै त्यसबारे चुँसम्म गरेनन्। मदन भण्डारीको हत्या भएको भन्दै सडकमा हिं‍सात्मक आन्दोलन गर्ने एमालेले सत्तामा पुग्दा त्यो सब बिर्सियो। अहिले फेरि प्रतिपक्षमा रहेको माओवादीले यिनै दुई वटा विषयलाई आफ्नो राष्ट्रिय स्वाधीनताको आन्दोलनसित जोडेर व्याख्या गर्न थालेको छ। शनिबार राजधानीमा आयोजित एउटा कार्यक्रममा प्रचण्डले दुवैको हत्या राष्ट्रवादी भएको कारणले भएको र आफूलाई पनि सुरक्षा खतरा बढेको बताए। उनले गद्दी त्यागेका भए वीरेन्द्रलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति मान्न समेत आफूहरु तयार भइसकेको खुलासा गरे। वीरेन्द्रसँग कार्यगत एकताको कुरा त पहिले नै सार्वजनिक भइसकेको हो तर राष्ट्रपति नै मान्न तयार भएको कुरा भने हिजो भर्खर खुलासा भएको हो।



    राजा वीरेन्द्रले चीनबाट हतियार लिन खोज्दा भारतले आर्थिक नाकाबन्दी गरेको कुरा सम्झाउँदै प्रचण्डले वीरेन्द्र मारिनुभन्दा डेढ महिनाअघि उनका भाइ धीरेन्द्रमार्फत् चिठी पठाएको बताए। विदेशीले चलाएका होइनन्, देशभक्त हुन् भन्ने थाहा पाएर राजाले दमन गर्न हुन्न भनेर चिठी लेखे। ‘दाइ बाहिर निस्कन गाह्रो छ, तपाईँलाई भेट्न चाहनुभएको छ’ भनेर उनका भाइले भनेका थिए रे। तर भेटेको भए नि माओवादीले राजतन्त्र मान्ने थिएन रे। प्रचण्डले भाषणमा भने- राजा साँच्ची राष्टिय स्वाधिनताको पक्षधर भए ‘गद्दी छाड्न’ भन्ने थियौं– उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन तयार छौं, गद्दी त्याग्ने भए। तर वीरेन्द्रको हत्यापछि त्यो कुरा त्यहीँ टुंगिएछ।

    मदन भण्डारीको प्रसंगमा भने उनले अहिलेका प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत जोडेर गम्भीर कुरा बताए।

    राजालाई समेत श्रीपेच फुकालेर जनतामाझ आउन चुनौती दिने मदन भण्डारी मारिएको केही समयपछि माधव नेपालसँगको भेटमा नेपालले प्रचण्डलाई यसो भनेका थिए रे, ‘अमेरिका र भारतले भेटौं भन्दा ठाड्ठाडै फुर्सद छैन भन्नेको ताल यस्तै हुन्छ।’ त्यसबेलाको भेटमा बाबुरामजी र नारायणकाजी (सहित) थियौं। त्यसबेला हामी नेकपा एकताकेन्द्रमा थियौं भनेर उनले सुनाए।

    उनले अहिले स्वाधिन राष्ट्र बन्ने प्रक्रियाको सुरुवात भएको बताउँदै रिमोट कन्ट्रोल, आकाशवाणीबाट चल्ने रोबोटहरूले राष्ट्रियता र देशको नेतृत्व गर्न नसक्ने बताए पटकपटक वार्ता गर्दा पनि निष्कर्ष ननिस्केकाले तिनलाई चलाउने मालिकसँगै वार्ता गर्नुपर्छ भनेको उनको कथन थियो।

    संघीयतामा गए किन्न सजिलो हुँदैन रे
    देश संघीयतामा गए टुक्रन्छ भन्ने तर्कहरुलाई खण्डन गर्दै प्रचण्डले संघीयतामा गए विदेशीले किन्न गाह्रो हुने बताए। उनले भने ‘केन्द्रमा सरकार हुँदा, एउटा पार्टी सरकारमा हुँदा १०/१२ जनाले हेर्छन्। तिनलाई विदेशीले किन्न सजिलो भइरहेको छ। हुनेछ। त्यसैले गणराज्य बनाएपछि तिनीहरूले कतिलाई किन्ने? कतिलाई खरिद गर्ने? जनताले खरिद गर्न दिने छैनन्। जनता कहिल्यै बेचिदैनन्। यो कुरा मैले उत्तेजना आएर गरेको होइन। यो विश्लेषण गरेर कुरा गरेको हुँ । देश संघीयतामा गएपछि कुनै पनि विदेशीलाई ‘किन्न’ सजिलो हुने छैन।’

    उनले भने, वीरेन्द्र र मदन भण्डारीलाई हत्या गरेजसरी यो राष्ट्रिय स्वाधिनताको आन्दोलन रोकिन्छ भन्ने सोचेका छन् भने त्यो भ्रम मात्र हो।

    No related posts.

    91 comments to …नत्र वीरेन्द्र राष्ट्रपति बन्थे रे

    • Nabinkumar Karki

      के बिरेन्द्र भएकोभए नेपालमा अइले राजसस्था हुन्थेयो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • sandip kharel, canberra

      बोका ले दाई हुने भए गोरु किन चहियो र?
      यी नेताहरु सब बोका हुन् ,,अब मेयो सम्हाल्न
      गोरु नै चाहिन्छ !!!! कमसेकम देस त देस
      रहन्छ ………..अहिले त देस नै नरहला भन्ने
      डर भैसक्यो ………………यी बोकाहरू लाई चै
      गदिमई लाई बलि दिए हुन्छा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

    • Deepak

      प्रचण्ड राजनेता जस्तो हुनुपर्नेमा कार्यकर्ताले बोल्ने जस्तो हल्का र आधारहीन कुरा भनेर हल्का हुनु दुर्भाग्य हो/ राजनेता त सम्पूर्ण जस अपजस आफु बोकी, आफ्नो पार्टीगत मुद्दामा मात्र सीमित नभई, पदको लोभ नगरी सदा सर्बदा देश र जनताको लागि समर्पित हुने गर्छन तर प्रचण्ड त आफ्नै नेतृत्वमा सरकारमा जाने कुराको घोषणा गर्छन, आफ्नो पार्टीको नेतृत्वको सरकार नभएसम्म संबिधान नै बन्न सक्दैन भनेर फलाक्दै हिड्छन् र आफ्नो देशको समस्या आपसी बसी समाधान गर्न नसकी भारतसंग बार्ता गर्छु भन्छन भने यिनलाई कसरी राजनेता मान्ने जनताले? जनताले त निकै आशा गरेका हुन् पहिला तर उनको काम गराई र कुरा गराई देखेर जनता छक्क परिसके अब/ खाली अरुलाई दोष थोपरेर आफु पानी माथिको ओभानो हुने बेला सकियो अब/ अब त आफ्नै क्षमता देखाए मात्रै जनताले पत्याउने छन् नत्र २३८ बर्षे शासनको सत्तो सराप गरेर मात्रै सत्ता मा पुगिन्छ भन्ने कुरा बिर्सिए हुन्छ/ जनता धेरै नै सचेत भै सके अब नेता हरुको छुद्र चाल बाट बच्न/ सबै लै चेतना भया/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

    • सुरेश भट्टराई

      अब पनि प्रचंडेको कुरा सुन्नु मुर्खता हो. थाहा छ हामि सबैलाई जहिले पनि जे पनि बोल्ने. कहिले के बोले भन्ने सम्म थाहा नहुने को पछी नलागौ साथी हो . यीनी हरु येस्तई हुन् भन्ने थाहा भै गयो नि हैन र?नेपाली जनाले गधालाई धोयर गाई बनाउन खोजेका थिय यो नै ठुलो भुल हो.अब नेपाल ले प्रभाकरण को तरिका अपनाउनु पर्छा अनि मात्र देश अगाडी बढ्छ.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 16

    • Mr. Dhruba Bahadur Budhathoki

      prachanda जी आब पागल भैसके तेसैले उनको कुरा मा पछि laagnu भन्दा हामी कमल थापा को पार्टी मा जानु बेस हुन्छा हो ल हैन त बरु अब कमल थापा को राजाबादी पार्टी मा जानु पर्ला जस्तो छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 7

    • rosan

      राष्ट्र बादी मारिन्छन य़क दम सहि हो तेसैले गिरिजा र प्रचण्ड मरिदैनन

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 11

    • Gemmi

      प्रचण्ड महोदय एकपल्ट फेरि प्रधानमंत्री बन्न पाए भने माकुनेले जस्तै सबै कुरा भुल्छन | भारत फेरि महान मित्र सक्ति हुन्छ त्यसपछि उनको |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 11

    • देवराज जोशी, कैलाली

      तपाइँ प्रचण्डको चम्चा भने भन्नुस मलाइ त प्रचण्ड युगौमा एकपल्ट पाइने नेता जस्तो लाग्छ तर हामी नेपालीले उनलाई चिन्न सकेका छैनौ कि जस्तो लाग्यो मलाइ, उनको तड़प, छटपटी र उकुस मुकुस लाइ सूक्ष्म विश्लेषण गर्नुस तपाइले थाह पाउनु हुनेछ यो कुनै सत्ता स्वार्थको लागि नभएर अहिलेको प्रतिक्रान्तिकारी तत्व हरुले पारेको राजनैतिक गाँठो फुकाउन नसक्दाको पीडा जस्तो देखिन्छ, माओवादीले सत्ता कब्जा गर्छ भन्ने अफवाह फैलाएर जनमत लत्याउदै असंबैधानिक तरिकाले भारतीय डिजाइन अनुसार दक्षिण्पन्थिहरुले सत्ता कब्जा गर्दा १२ बुंदे समझदारी पछि शान्तिपूर्ण तरिकाले जनताको पक्षमा केही अधिकार दिलाउन सकिन्छ भन्ने विश्वासका साथ आएकोमा संसदीय दलको हठका कारण त्यो पूरा गर्न नसक्दा उनमा चरम निराशा उत्पन्न भएको छ, मातृका यादवले पार्टी छाड्ने कारण पनि यही नै हो तर मलाइ अझै विश्वास छ नेपाली क्रान्ति लाइ पूरा गर्छन भने प्रचन्डले नत्र माओवादी पनि एमाले हुन्छ र क्रान्ति अपूर्ण रहने प्रबल सम्भावना छ |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 38 Thumb down 25

    • होसियार नेपाली हरु
      यी नेताहरु कसैको भर छैन यिनी हरु सबै भारतकै कुकुरहरु हुन्
      देश को रछ गर्ने हो भने आर्थिक रुपले सम्पना हुन जरुरि छ
      तेही आर्थिक रुपले अगाडी नजाओस भनेर नै यी नाटक देखाएर आफ्नै देश बसी हरुलाई उल्लु बनाइँ राखेको छन्

      अब पनि आँखा खोलेना भने हाम्रो आँखा कहिले खोल्ने छैन
      विकास

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

    • Binod

      ई सबै भन्ने कुरा न हुन्….
      बिनोद, स्पेन

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • Sheela

      Navin र Peace जी जस्ता माओबादीका घोर बिरोधि, मुट्ठीभर व्यक्तिहरुले प्रचण्डबाट आशा होइन, बरु घोर निराशा हुनु भए बाकि दीन-दुखि, रास्त्रप्रेमी बहुसंखक जनताहरुका दिन चाहि छिटै आउने थिए कि…
      होइन तपाईहरु कांग्रेस र माकुनेले बनाउन लागेको ‘स्वाधिनता-बिरोधि’ प्रतिकार समितीमा बसेर काम गर्न लायक हुनुहुन्छा जस्तो छ…!!.तेस्मा मान्छे नपाएर उनीहरु छटपटी भै’रा छन् रे…..कृपया join गर्ने हो कि? छद्मभेषी रूपमा भन्दा आमने-सामने हुनु राम्रो !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 16

      • Bimal Bhaukaji

        त्यो कमिटीमा बीर जी लाइ राख्ने हो कि शीला जी…?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 15

        • बिराज

          तिमीलाई चाही कता राख्ने नि साथी ?

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

      • प्रेम अर्याल

        सिला जी रास्ट्रीय स्वाधिनताको नाममा बकम्फुसे नारा दिएर केहि हुने वाला छैन, यथार्थ मा भन्नु पर्दा भारतीय ज्यादती देखि सबै दिक्क भै सकेका छन् र एसको बिरुद्ध आवाज उठाउनु अब धेरै ढिला नहोस, रास्ट्रीय स्वाधिनताको को पक्ष्य मा जति तपाइँ हुनु हुन्छ त्यतिनै म पनि छु एसको पक्षमा, एमाले काँग्रेस बोल्दैनन् भन्ने कुरा सबैलाई थाहा छ तर माओबादी बोलेर पनि गर्दैन भन्ने अरु धेरै थाहा छ, रास्ट्रीय स्वाधिनताको बिपक्षमा कोहि पनि छैन यहा आपति त प्रचण्डको बोलीमा हो,

        तपाइले आफैलाई मात्र देशभक्त मानु हुन्छ र माओबादी इतर सबै भारत परास्त हुन् भन्नु गलत टिप्पणी हो, माओबादी यदि भारतीय ज्यादती असमान सन्धि सिमा अतिक्रमण व्यापार घाटा सम्बन्धि साचिक्कै सचेत छ र एसको बिरुद्ध संसद बन्द गरोस, जब सम्म सबै येस्मा सामेल हुदैनन् संसद खुल्न नदिउँ, पात पातै कुरा फेर्नु र एउटा कुरा अर्को कुरा संग जोड्नु भन्दा एउटा लक्ष्य को मार्गचित्र बनाएर त्यो प्राप्त गर्न पट्टि लाग्नु पर्छ, सबैले बुज्ने नारा पनि यहि हो, भारतीय ज्यादती र नागरिक सर्बोचाताको नाममा जनताको चैन र निद हराम हुन्छ भने त्यो कसैलाई पनि मान्य हुदैन, प्रतक्ष तरफ बहुमत ल्याएको माओबादीले व्याहारिक तरिकाले आफ्नो कदम चल्ने हो भने देशको नक्सै बदल्न सक्छ, त्यसैले सदै दोधारे कुरा गरेर, बिरेन्द्र र मदन भण्डारी संग आफुलाई जोडेर खोक्ले लोक्प्रितिया कमाउने चक्करमा माओबादी आफ्नो भएको लोक्प्रितिया गुमाउदै छ,

        भण्डाफोर भनेर खै भारतको के भण्डाफोर गरेको छ, गिरिजाको माकुनेको के बिगार्यो, केहि गर्न सकेन सिबाय बाबुराम भारतको दलाल र हामि पनि राजालाई मान्थ्यौ भन्ने,

        यहा कोहि माओबादी बिरोधि होइनौ, माओबादी नियत र सैली को बिरोध हो, नेता भनेका त २०४८ मा अन्तै थिए आज अर्कै थिए, भोलि अर्कैमा बिस्वास रख्चन, माओबादी का नेता हिजो masal मा थिए 2048ma paeko janamat 2051 मा gumaaudaa jungle paseka थिए feri tyaso नहोस, yo deshle dond धेरै देखि sakyo मा shanti र bikash chahieko छ

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • बीर

      कट्टर वर्ग सत्रु बीरेन्द्रलाई माओबादीले राष्ट्रपति मान्न तयार ? प्रचण्डले राजाबादी र जनताको मन जित्नलाई अर्को पासो फालेको कि फेरी खुस्किएको ? अब माओबादीले छिटै बाबुरामलाई नेतृत्व सुम्पदा बेश होला |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 20

      • गगने

        वीर जी!
        यो कुरालाई माओवादी र प्रचन्डसँग नजोडी अनी धेरै दिमागलाई नघचेडी साधारण तरिकाले सोच्नुस् शायद जवाफ आँफै मिल्छ होला! यो छुद्र राजनैतीक दुनियाँको एक ले आर्कोलाई पछारेर आफु हाइ हाइ हुने र सत्तामा टासिने प्रबिधी र प्रकृतिको कुराहरुले छरेको भ्रम माझमा रहेर प्रचन्डको कुरा बुझ्न कठिन हुने कुरामा कुनै सन्का छैन।
        माओवादीको तत्कालिन मुख्य युद्द बर्गिय राजतन्त्र सँग थियो,राजतन्त्र समाप्त पार्न चाहन्थ्यो र गणतन्त्र स्थापित गर्नु थियो। राजतन्त्र समाप्त भयमा राजा स्वोत समाप्त हुन्छ तर राजा समाप्त हुँदैमा राजातन्त्र समाप्त हुँदैन। तेसैले यदी राजा आँफैले राजातन्त्र को अन्तगरी राजा नभयर राष्ट्रपती बन्न आयमा यो युद्द र बिद्रोह गर्नु जरुरिनै परेन तेसबाट धन जन समय धेरै कुराको बाचात हुन्छ तर त्यो बुद्दी राजामा पसे हो(माओबादिको पनि तेही कोशीस होकी यो बुद्दी बिरेन्द्रमा पसोस यदी यस्तो भयमा केही हद सम्मा सम्झौता गर्न सकिन्छ,जस्तोकी उसलाई राष्ट्रपती दिने,निस्चित धन सम्पत्ति,सम्मान दिने आदी!)यदी यसरी देशको लागि कार्यगत यकता गर्न सकेको भय सर्बथा उचित हुनेथियो। बाह्य शक्तिको बिरुद्दमा राष्ट्रबादी शक्ती एक हुनु जरुरी छ भन्ने कुराहरुलाई अन्यथा बुझ्नु भ्रम वा पाउदुरे लठेब्रे कुरा भन्दा केही होइन।
        यदी प्रचन्डले बिरेन्द्रलाई राष्ट्रपती होइन राजा बनाइरहने कुरा गरेको भयपो नानाभाती भन्नु!
        तेतिबेला मैले पनि यही सोचेको थिय र भन्ने गर्थे (साथिहरु सँग)बरु बिरेन्द्रले राजातन्त्र छाडेर राष्ट्रपती बन्न तयार भए आजीवन राष्ट्रपती बनाउन पनि हुन्थ्यो सम्झौतामा कमसेकम धन जन को छाती हुनेथियन भने बचेँकाले सास्थी र दु:ख त पाउदैनथे! आखिर बिरेन्द्र मारियो कही यही सम्झौतामा जानसक्ने सम्भाबना त त्यो परिवारको मृत्‍युको कारण बनेन? सोचनिय छ।

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • navin

      लौ हेर्नुस, प्रचण्डले धनगढी पुगेर “आफूलाई सुरक्षा खतरा भएको कुरा कहीँ कतै नभनेको” भनिसक्यो (nagariknews.com), अब देखि प्रचण्डले बोलेको सबैकुरा को audio र video संगै प्रकासित गर्नु पर्ने भयो, नत्र त फेरी मेडिया ले बंग्याए भन्ने आरोप लागीहल्छा !
      हाम्रो देशको सबैभन्दा ठुलो राजनीतिक दलको सर्बोच्चा नेताले छिनछिनमा येसरी कुरा फेर्दै हिड्छा, हामी नेपालीले यस्ता बकबास मान्छे बाट के आशा गर्ने हो अब ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 10

    • Ram

      अमुर्त कुरा गरेर जनताको अगाडी आफुलाई राम्रो देखाउन खोजेने सबै नेपालि नेताको बाँनी हो प्रचण्ड को चाहि अलिक बढी नै रहेछा

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 6

    • navin

      मदन भण्डारी र राजा बिरेन्द्र सच्चा राष्ट्रवादी थिए र त्यहिँ कारणले तिनीहरुको हत्या भएको हो भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो तर यो प्रचण्ड जस्तो ध्रुत र रक्त पिपासु ले आफुलाई ति भण्डारी र बिरेन्द्र दाज्न एकरती पनि सुहौदैना ।

      आफ्नो सबै कर्तुतहरुको पर्दाफास हुदै गएपछि केहि सहानुभूति पाइन्छा कि भनेर प्रचण्डले यस्ता कुराहरू फलाक्दै हिडेको हो भन्ने कुरा अब सामान्य नागरिकले पनि बुझिसकेका छन् ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 8

    • bikesh

      mysansar मा कमेन्ट गर्ने धेरै साथिहरुलाई देसको बारेमा सोच्नु भन्दा माओबादी लाई गाली गर्दै फुर्सद छैन र तेस्मै रमाइलो छ है, देस जेससुक्कै होस् बाल छैन, इंडियाले लेरई जसो तर माओबादी सकैदियोस भने सोच हाबी देखियो, एकमात्र उदेश्य माओबादी को बिरोद

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 13

    • नेपाली राजनीतिमा सबै भन्दा धुरन्धर हावादारी मान्छे भनेको यही प्रचण्ड रहेछ |
      पिँध बिनाको भाँडो भन्ने कि ढकनी बिनाको ढुङ्ग्रो |अब प्रचण्ड लाई राची लैजान पर्ला जस्तो छ…………………….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 12

      • peace shrestha

        यो प्रचण्ड त हावादारी को पनि हद नागेको मान्छे| एसको कुरा सुनेर समय खेर नफालौ|

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 8

    • NaBeEn

      फेरी पनि प्रचण्डको सस्तो लोकप्रीयताको लागि आर्को नौटंकी

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 15

    • पुष्प

      राष्ट्रिवादी भएकै कारण मदन भण्डारी र जीवराज आश्रीतको हत्या भएको र राष्ट्रहीतका लागि माओवादीसँग समेत सहकार्य गरेका कारण वीरेन्द्रको वंशनाश भएको हो भने प्रचण्डहरू पनि खतरामा छन् । हामी आमनागरिकसमेत अनुमान गर्ने यही हो भने नेताहरूलाई त यस्ता कुरा थाहा भएकै हुनुपर्छ । ज्यानको माया भएकै कारण गिरीजा, माकुनेहरू भारतपरस्त भएका पनि हुनसक्छन् भने ज्यानको माया मारिसकेका प्रचण्डहरू अझै पनि त्यस्ता शक्तिहरूसँग लडिरहेका छन् । तर स्थिति असामान्य भएका कारण प्रचण्डले यस्ता कुराहरूको भन्नुपरेको हो भन्ने कुरामा शंका छैन ।

      अनि अर्को कुरा, सत्ता नपाएर प्रचण्ड बहुलाए भन्ने हो भने बहुलाले सही कुरा गर्छ नि ! कि कसो ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 22

      • Rmesh

        बिरेन्द्र र मदन भण्डारी को कुरा मा भारत को हात कति छ भन्न त कठिन नै छ तर प्रचण्ड को सन्दर्भ मा चै भने भारत को हात निकै ठुलो छ अन्यथा प्रचण्ड यहा सम्म आइपुग्ने नै थियनन | भारत कै रणनीति अनि भारत कै हतियार र भारत मै बसेर नेपाल लाइ खोक्रो पारेर यहा सम्म आइपुगेका हुन् प्रचण्ड |

        अब अमेरिका ले आफैले बनायको ओसामा बिन लादेन लाइ जस्तै भारत ले आफैले बनायको प्रचण्ड लाइ सिद्ध्याउने प्रक्रिया मा कति जाला त्यो चै हेर्न बाकि छ |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 25 Thumb down 25

      • देवराज जोशी, कैलाली

        तपाइको भनाइ ठीक लाग्यो मलाइ पनि |

        मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • shambhu

      उही नेपाली पुरानो उखान जस्तोनी केरे (मरेको छोरो सुबेदार ,उम्केको माछो ठुलो)
      भनेको जस्तोनी हाहा हा हा ……………/

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • श्री ५ बिरेन्द्र बिर विक्रम शाहदेव !!!!!!!!!!!!!!!!!!
      जस को हत्या गरियो त्यसको नतिजा अहिले ज्ञानेन्द्र ले मात्रै भोगिरहेका छन् २४० वर्ष शासन कालमा जमयको बल पनि सकियो, कसैले मान्यता दिनाछाद्यो कस्तो लाग्दो हो यो बेलामा उनलाई !!!!!!!!!!!!!!!!!
      मा यौटा क्रान्तिकारीको हो जो सर्बहाराको निमित्त लडिरहन्छु तर पनि राजा बिरेन्द्र तथा मदन भण्डारीलाई मान्छु किनकि यिनीहरु सर्बहाराको लागि पनि नेताहुन कांग्रेशको त कुरै नगरौ एमालेमा पनि धेरै नेताहरु सर्बहाराको निमित्त छैनन्

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • Cesar

      जनता भुलाउने अर्को तरिका | येसरी नै हामी भुलेको भूलै | वा रे वा प्रचण्ड जी |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

    • Roshan

      राम राम भारत ले प्रचण्ड ले के को मारोस्. उ जस्तो नेता ले गर्दा त भारत ले कती हो कती फाइदा लीन पकोछ नेपाल बाट. तर माथि को यौटा कुरा २० आना सत्य हो भोली प्रचण्ड सोल्टी ले हासी मजाग गरेको भन्न सक्छन. तेस्सिला अहीले नी कुनी अद्क्हल नकाटेको राम्रो होला…. त्यै पनी तोएलेट बाथरूम याका तीर साबुन बोकी अर्का तेरा भने को जस्तो….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 5

    • narayan, tanahun

      अब प्रचण्ड लाई राची लैजान पर्ला जस्तो छ…………………….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 9

    • krishna (Maryland, USA)

      नेपाली जनताले यी नेता भनाउँदा हरुको कुरा नसुन्ने भा यिनीहरु के गर्थे होलान ? चुप लागेर बस्थे होलान त ? हाम्रा तालीहरु यिनेर्का भाषण को साटो राम्रा काममा बजाउन पाए कत्ति राम्रो हुन्थ्यो होला हगि ?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • यस्तो लाग्दछ केहि दिन देखि कि..प्रचण्ड बडो रोमान्चक ढंगले बहुलायाका छन्, सत्ता र सक्ति को ठुलो तृष्णा छ, ..अनि आफ्नो आवेग मा सबै लै हिलो छाप्दै गरेका छ, सत्ता को लागि माकुने लै र सक्ति को लागि आफ्नै पार्टी क बाबुराम लै लान्छना लगाउदै छन्?

      अब यो खतरा को कुरा चैं कालापानी बाट घटयारा महाकाली जना पनि गारो या डर लगेर या फेरी भारत रिसाउने होकी भनेर नजाने बहाना निकालेको होला अरु केहि होइन है..कति उल्लु बनौचौ यार जनतालाई?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 9

    • यो उसो रे ,त्यसो रे , त्यस्तो हुनेरे , यस्तो हुनेरे |यो रे भन्ने शब्द नै सबै कुरा बितिसके पछी अथवा यो आफैमा अस्पष्ट शब्द हो |मदन भण्डारी र राजा विरेन्द्रको हत्या अरु कोहि होइन यिनै ज्ञाने र गिरिजा नै हुन् |आजसम्म यिनीहरु जिउंदै छन् भोलि मरेर गएपछि मात्र हत्याराहरु त तिनीहरु थियेरे | यो रे……………….भन्ने शब्द फेरी आउँछ |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 17

    • James Dean

      नेपाली राजनीतिमा सबै भन्दा धुरन्धर हावादारी मान्छे भनेको यही प्रचण्ड रहेछ |
      पिँध बिनाको भाँडो भन्ने कि ढकनी बिनाको ढुङ्ग्रो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 14

    • Keshav Rokaye

      ये माओबादी प्रचण्ड तिमि हरु ले बिरेन्द्र संगै मिलेर १५००० नेपाली लै बलि दिएकै हो त.उसो भए प्रस्टै रैछा नि त दरबार ले प्रजातन्त्र मास्न लै चलाएको बिद्रोह भनेर.तर गरिब जनता लै भेडा बने छादेउ हैन तिमि हरुले.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 14

    • prakash gautam

      जनता पनि बुज्नी भैसकेका छन् प्रचण्ड बाबु आब तिमीले धेरै नबोली बसेकै राम्रो.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 6

    • bistamohan

      अब प्रचण्ड को अर्को भनाइ सार्बजनिक हुनु भन्दा अगी केहि बोल्नु बेकार
      छ . मैले त ठट्टा पो गरेको भनि भंछन् फेरी .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 7

    • alokshree

      “यदि बिरेन्द्र नेपाल को रास्ट्रपति भएको भए नेपाल आज यो हालत मा हुने थिएन|”–यो भनाइ निकै सत्य हो भन्ने कुरा अब बिश्वास गर्न सजिलो भएको छ | प्रचण्डको पतन पनि साएद उनले हालसालै भनेका अभिव्यक्तिहरुले प्रस्ट पार्दैछ्न | अब जताततै बाट प्रेसर आए पछी, केहि न केहि भनेर चर्चामा आइरहनु प्रचण्डले उपयुक्त ठानेका छन्, जसले उनलाई backfire गर्ने कुरा प्रस्टै छ | समय, नेपालको लागि सार्है नराम्रो बन्दै गैराखेको छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 3

    • sandesh

      माने प्रचण्ड तिमीलाई .ऐले सम्म कसैले भन्न नसकेको कुरा तिमीले भन्यौ .हो प्रचण्ड ले समय समय मा हावादारी कुरा गर्छन तर आज को कुरा अति गहन छ .धेरै नेपाली सोच६अन् कि बिरेन्द्र लाई पारस ले मार्यो अनि मदन भण्डारी लाई गिरिजा र राजा मिलेर मारे तर सत्य त्यो होइन .सत्य यो हो कि देशको भलो जसले सोच्यो ,बिदेशीको इशारा मा जो चलेन त्यो बिदेसिको सदयंत्र मा मारियो .आज प्रचण्ड माथि त्यस्तै नहोला भन्न सकिन्न .हामी नेपाली मा त्यी दोष छ ..हामी पार्टी हेरछौ.देस हेर्दैनौ .मदन भण्डारी मर्दा काँग्रेस खुसि भए .उनीहरुले सोचेनन् कि यो मृत्यु एउटा कम्युनिष्ट को नभएर एउटा देशभक्त को थ्यो .आज प्रचण्ड फेरी बिदेशी हस्तछेप को बिर्रुधा मा उभिएका छन् र उनको हालत पनि मदन भण्डारी र बिरेन्द्र जस्तो पर्न इंडिया र अमेरिका लागिपरेको छ .हामी नेपाली को सोचाई आब माथि उठ्नुपर्छा .नेता चाहे काँग्रेस को होस् चाहे कम्युनिष्ट को होस् रास्ट्र को बारेमा जसले कुरा गरे पनि समर्थन गर्नुपर्छ .आज प्रचण्ड ले बिदेशी हस्तछेप को कुरा उठाउदा हामी किन एस्लाई माओबादी को अजेंडा भन्दै पर सरछौ. क्के देस माथि बिदेसी हस्तछेप बढ्यो भनेर प्रचण्ड ले गल्ति बोले ? उनको कुरा मा हामीले साथ दिने कि उनको बोलि को टुङ्गो छैन भनेर मजाक को पत्र बनउने .आज माओबादी छ साचो आर्थ मा देस को कुरा सोच्ने .एदी प्रचण्ड वा बाबुराम मारिए वा माओबादी फुट्यो भने रस्त्रियेता को कुरा गर्ने कोइ पनि बाकी रहनेछैन यो देस मा .यो कुरा सबैले बुझुन.तराई मा १० लाख नागरिकता बाढेर भारत आफ्नो हात माथि परिसक्यो .’१९७० मा सिक्किम २०१२ सम्म नेपाल ” भन्ने उनीहरुको रणनीति सफल हुन समय लाग्दैन एदी रस्त्रियेता को सवाल मा सबै एक भएनौ भने ….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 30 Thumb down 38

    • anurodh

      सबैको कमेंट्स पढ्दा त क्या हासो लग्यो खित्ति तितितितिती ………………………………..मात्र कमेंट्स लेख्ने गर्ने चाही केहि पनि होइन \ अचम्मा

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 10

    • minti

      आँफुलाई खुब रास्ट्र्बादी देखाउन खोजेको छ दाहालले ! मदन भण्डारी र बिरेन्द्रको हत्यामा देशी कुकुरहरुको बढी हात छ ! दाहाललाई त तिनै माओबादी पीडीतबाटै हत्या नहोला भन्न सकिन्न, किन भारतको कुरा !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 71 Thumb down 20

    • kamala

      प्रचंडेको अर्को हावा कुरा…………………

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 15

    • Prabhu

      नेपालमा अब प्रचण्डका नाम मा जोक्स बनाउन सुरुगरे हुने भो: सोम प्रसादको गफ जस्तै
      अर्को कुरा ‘प्रचण्डलाई चरित्र अभिनेता भनाएर टेली-सिरियल वा फिल्म बनाए कसो होला ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 13

    • sanjaya

      नेपाल लाई अन्याय र उत्पीडन बाट मुक्त गराउने र स्वाधीन देश बनाउने कुरामा मा कहिल्यै पनि सम्झौता नगर्न प्रचण्ड लगायत माओबादी पार्टीका बरिष्ठ नेताहरुलाई अनुरोध किनकि अरुको चर्तिकला त देखिसकियो र अझै देखिदैछ / हामी जनता हरु बरु नुन नखाउला एक पेट भोकै बसौला स्वाभिमानी नेपाली भएर बस्नेछौ मेरो हाम्रो देश नेपाल समृद्द बनाउनेछौ /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 16

    • chandra gurung

      प्रचण्ड यदि बहुलाएका नभए धेरै कुरो पत्याउन सकिन्थ्यो| के गर्नु, कुसमयमै बौलाए| कुरो धेरै जानेका झैँ गर्छन, तर कति तथ्य हो , कति स्वप्न हो उनले मात्र भन्न सक्छन|

      नानीमैया दाहाल लाई पनि माथ गर्छन कि क्या हो यी दाहाल ले| दाहाल हरु उस्तै हुन्छन कि क्या हो?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 116 Thumb down 21

    • ओम

      अब मारेर गएका हरुलाई लिएर जे भने पनि भयो नि, यता सहकार्य थियो उता सहकार्य थियो भनेर,अब जिउदा हरुले चै केहि गरेर देखाउने हो कि ?सारै विश्वास छैन, सत्ता प्राप्तिको लागि यो एउटा नाटक मन्चन मात्र पो हो की ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 5

    • Rabin

      डराउनु पर्दैन प्रचण्ड यदी राजा बिरेन्द्र र मदन भण्डारी राष्ट्रबादी भएको ले नै मारिएका हुन् भने तपाई २००% सुरक्षित हुनुहुन्छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 73 Thumb down 13

      • keshar

        २००% होइन २०००% सुरछित छ यो रास्त्रघाती प्रचण्ड ………

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 11

    • द्रोण

      कुर्सि मा बस्न न पाएर जथाबाबी (जस्तो कि बाबुराम को बारेमा ) बोल्दै हिडेका यिनले यो चै १०० प्रतिसत सत्य बोलेका हुन् |
      १)राजा बिरेन्द्र को हत्या कट्टरपन्थी दरबारिया को अप्रत्य्क्छ मौन समर्थन मा सिधै भारितय हरुले गराएका हुन् |दर्बार सक्तिको केन्द्र भएको हुदा र दर्बार को इन्डिया सग बिहेबारी को रिलेसन हुने हुदा दर्बार मा धेरै इन्डियन एजेन्ट काम गर्थे , तिनै को मद्दत मा तालिमप्राप्त हत्यारा हरुबाट त्यो काम भएको छ |

      २) मदन भण्डारी पनि तेस्तै समीकरण मा परे |

      ३) प्रचण्ड ,बाबुराम हरु ले अक्कड़ राजनीति गरे ,इन्डियन इँटरेस्ट लाइ नाघे भने ‘र ‘ ले तेसै छोड्दैन | उनीहरु लाइ चुनाब जितेर पनि सत्तामा जान बाट रोकने तत्त्व नेपालमा कुन हो ??हिजो राजाको पालामा दोस अरुलाई जानेहुदा ”र” लाइ नेपालि नेताको हत्या गर्दा कसैले संका गर्दैनथ्यो, अब उनीहरु नेपाल मा हत्या न गरि आफ्नो हैकम चलाउन सक्ने भएको हुदा सायद मारिहाल्नु जरुरि ठान्दैन ,एक किसिमले हेर्दा चुनाब जितेर पनि सट्टा भोग्न न पाउनु मारेकै सरह भएन र ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 7

      • madan bajracharya

        द्रोण जी
        ठिक भन्नु भयो/ अस्ति इन्टर नेट चहार्दै थिएँ/ काल भैरव. काम मा र गूगल मा गएर नेपाल भारत को बीच भएको सन्धि सम्झौता खोज्दै थिए अजिब को तर प्रयास सबै जानेको र अहिले तपाईंले लेखेकै कुरा उहिले को सांसद दिर्घ राज प्रसाईं जी लेल्ख्नु भएको india’s hand in nepalese royal palace massacre पढन पुगें/ चीनको सरकारी गुप्तचर सेवाले तेही कुराको संकेत दिएको रहेछ/ नेपालको राजा भारत बिरुद्ध चीन सिट नगिचिन चाहेको र बार्बहन सन्धि गर्न लागेको ले हत्या भएको भनि लेखेको रहेछ/ पढ्नुस पढ्ने पर्ने लेख हो/

        अहिले प्रचंद्र ले तेतिकै राज दर्बार हत्या काण्ड बारेमा बोलेको होयिन केहि कुराको संकेत लुकेको अबस्य छ/ नेपालको नेताहरुले भारतको धेरै कुकृत्य लुकाएको छ मात्र आफ्नो व्यक्तिगत लाभको लागि/ गिरिजाले भनेकै हो कि राज दर्बार हत्या काण्ड एउटा ग्रान्ड देसिग्न हो र समय मा कुरा खोलुला भनेर/ तर खोलेनन्/

        यस्तै कुरा नेपालको माहाकाली नदि जुन नदि भारतमा शारदा नदि भनिन्छ तेस्को सम्भंद काला पनि सिट भएको र कालापानी सिट टनकपुरको कथा समेत जोडिएको र ती सबै नेपालको भएको आधिआकारिक नक्सा कागजातहरुको बारेमा पनि बिस्तृत लेख हरु छन्/ भारतले नै बनाएको नक्सामा समेत कालापानी नेपालको भएको स्पस्ट उल्लेख भएता पनि भारत् त्यो किन मान्न तयार नभएको र कालापानी को कुरा भारतले कब्जामा लिएको अरु भू भाग हरु सिट पनि गाँसिएको ले भारत कालापानी लगाएत त्यो सिट जोडिएको महाकाली टनकपुर र शारदा ब्यारेज माथि कब्जा छोड्न नचाहेको हो भनेर लेखिएको छ/ पढ्नुस मैले मेरो अघिल्लो प्रतिक्रिया हरुमा ती वेब हरु लेखेको थिएँ/ के गर्ने द्रोण जी यस्तै हो हाम्रो देस हाम्रो रहने कुरामा अब संकै लाग्छ/

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • sudarshan

      छि लाज लग्नु पर्ने हो प्रचण्डलाइ, राजा बिरेन्द्रसंग आफुलाइ राष्ट्रवादी भनि दाज्न, राष्ट्रवादीको परिभासा हतियार को भरमा सत्ता कब्जा गर्ने भन्ने कुरा युनी हरुकै सब्दकोशमा छ होला, राजा बिरेन्द्रको मा थिएन, आरुले तपाई भन्नु कहाँ हो कहाँ आफै म पाई?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 59 Thumb down 23

      • keshar

        साथी राजा बिर्नेद्र ले पास नगरेको नागरिकता विधेक पास गर्ने यहि प्रचंडे होइन, यो इंडिया को १ नं को दलाल हो गाइको छाला ओडेको ब्वासो हो यो, यसले देश भक्तिको नाटक गरेर पछी देश इंडिया लाई नै बेच्छ ……

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 4

    • raju Chandra

      झुटो कुरा गर्न नेताहरु निकै सिपाली हुन्छन, तेस्मा पनि प्रचण्ड/ झुटो कुरा गर्न र झगडा पारिदिन उनि जस्तो माहिर अर्को नेता छैन.माथि कोमेंट लेख्ने राजुले यो कुरा बुझ्नु पर्छा कि अमर लामा( चालक) मार्ने मओबदिहरु हुन्, तेस्लाई पनि एमाले हो भनि झुटो बोले पछी र येस्ता हनुमानहरु पछी पच्छी लाग्दा सम्म प्रचण्ड जस्ता चटके नेताहरुको झुटो भासन ले बजार लिराख्नेछ, राजा बिरेन्द्र को हत्या को छानबिन गर्छु भनेर केहि नगरी बस्ने पनि तत्कालिन प्रधानमन्त्री प्रचण्ड नै हुन्/आजकल ज्यान फालेर भारत बिरोधि भावना फैलाउन लागेका छन्/ नेपालीहरुको भारत बिरोधि भावना खेल्नु कति हद सम्म सहि? यो नै मेरो खड्केको कुरो छ, मलाई लग्दैनाकी, येसरी प्रोदुशन फैलौदैमा हाम्रो समस्या समाधान हुन्छा भन्ने!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 13

    • यो कुरा अरु केहि होइन, माओबादी हरुको इंडिया संग को जोरी खेलाई हो. अब इंडियाले जसरि भएपनि माओबादी लै सत्ता खान नदिने भएपछि अब mराष्ट्रवाद को नारा दिएर इंडिया संग निहु खोज्ने मात्र काम हो.

      इंडिया को तथास्तु पाए माओबादी आफै इंडिया को आगाडी लम्पसार पर्न तयार छ.
      नेपाली काँग्रेस: चोर नै चोर हरुले बनाएको पार्टी. जसरि भएपनि देश को सम्पति चोरेर विदेश मा जम्मा गर्ने, नेपाली हरु को बिचल्ली पर्ने, प्रजा तन्त्र को नारा दिएर.

      एमाले: कम्युनिष्ट हौ भनेर गरिब जनता लाइ झुक्काउने अनि काँग्रेस जस्तै चोर काम गर्ने, कमुनिजम को नारा दिएर.

      राप्रपा: देश र जनता आफ्नै बाउ को बिर्ता हो र आफु सबै खाने अनि नेपाली जनता लाइ खान कम दिने अनि सधै गोरु बनाउने

      माओबादी: ७०% भोका जनता लै नेतृत्व गर्ने तर मौका पर्यो भने प्रजातन्त्र र मौलिक अधिकार नै खोस्न पछि नपर्ने.

      मधेसबादी: इंडिया संग पैसा खाएर नेपाल मा उथलपुथल लेर आउने, सबै पार्टी लै पलाई पालो ब्लाकमेल गरेर पैसा खाने, मधेसीहरुलाई पहाडिया हरु को अधिन बाट हटाएर आफ्नै दास बनाउने. ठुला मधिसेहरु ले साना मधिसे हरुलाई दास बनाउने.

      येस्तई छ नेपाल को चाला….केहि हुने वाला छैन आम गोर्खे lai

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 10

    • prem sharma

      प्रचण्ड को जिबन खतरा मा छ यो सत्य कुरा हो | हामी नेपाली बिसेसत नेता हरु सक्ति को भोगी बने पछि अरुले हेप्ने स्वाभाविकै हो नि होइन र ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 32 Thumb down 77

    • sita (USA)

      यमाले र कांग्रेस दुवै कठपुतली र भारतीय दलाल पार्टी हुन् \ कांग्रेस को त भारतप्रतिको लोयलपना सुरुदेखिकै हो \ एमालेलाई हेर्ने हो भने उसको इतिहास तेस्तो थियन, जसले गर्दा नेपालक निमुखा र गरिब जनताको प्यारो पार्टी भयको पनि थियो बिगतमा \ जब मदन भण्डारीलाई बिदेशीको सहयोगमा माकुने, काजु कान्छा र विद्या भण्डारीबाट हत्या गराइ, यमाले पार्टी बिदेसीको इसारामा चल्न थाल्यो तब यसको ओरालो लागेको हो \

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 71 Thumb down 76

    • मेरो बिचार पनि राजजी संगै

      अब साथी हरु को पालो
      …………………………………………….?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • हाहाहा, प्रचण्ड ले मालिक भन्या त्यहिँ भएर होला, भारत ले मर्लन कि भनेर.गिरिजा मधबे ओली सोली गोलि सबैका मालिक भै हाले. हेहे

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 10

    • ….अब फेरी अर्को कुरा कुर्सि को लागि!!!
      कुर्सि को लागि नै भए
      पनि यो माओबादी प्रचण्ड जी ले भनेको कुरा १००% ठिक हो | हाम्रो राजा बिरेन्द्र अहिले सम्म भइ दिएको भए अहिले नेपाल को यो रुवान्डा जस्तो के भन्नु रुवान्डा भन्दा पनि खत्तम देश हुने थिएन |
      जय नेपाल

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 14

    • Prince Ranabhat

      हाम्रो देस को हर कोइ राजनीति दल होस् या माओबादी चिर निद्रा मा परि सक्या को को नाम लिया र आफ्नो राजनीति शोर्थ पुरा गर्नी लाज न भय को नकचरा हरु हुन् माओबादी पनि हिजो सतामा हुदा प्रचण्ड जी १ पटक नारायण हिटी गया र गफ दिनु भो पछि सबै बिर्सिनु भो| देस मा यति सारो समस्या हरु हुदा समस्या स लड्न छोदेर र रोअद मा आगो बल्न पल्किया का माओबादी हरु अहिले हुनी न हुनी पुरानो कुरा निकल्य्रा चर्चा मा आउन खोज्दै छ |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 11

    • Tilak Poudel

      प्रचण्डको के कुरा गर्नु भा. उनि त कैले के कैले के बोलि रहन्छन. प्रचण्डको बोलि त पानिमा…..बराबर हो त हाउ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 17

    • सुरज श्रेष्ठ

      हे पुष्प कमल,

      अहिले मरेको मुर्दा किन उखालन थालेको ?
      आफु प्रधानमन्त्री हुँदा यी बुद्धि कहाँ गयो ?

      थाहा छ भने साचो कुरा जनताको समक्ष प्रमाण सहित ल्याउनु
      अन्यथा चुप लाग्नु
      नेपाली लाई कति मुर्ख बनाउनु !

      सुरज श्रेष्ठ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 120 Thumb down 22

    • maan

      अरु त तेस्तै हो प्रचण्ड ले मनोज गजुरेल र जितु नेपाल हरु को पेशा नै सङ्कट मा पार्ने भए हसायेर

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 76 Thumb down 18

    • madan bajracharya

      उहिलेको सांसद दिर्घ राज प्रशायीं जी ले राजा बिरेन्द्रको सपरिवार हत्याकाण्ड भारतले नै गराएको कुरा सविस्तार लेख्नु भएको छ र तेस्मा अरु बिदेसी अनुशन्धान कर्ताहरुले समेत तेही कुरा बर्णन गर्नु भएको छ/ गूगल मा गएर पढ्नुस : india’s hand in nepalese royal palace massacre.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 6

      • prakirti

        मदन बज्राचार्यजी,
        तपाइले बिगत देखि विभिन्न बिषयमा लेख्दै आएका कमेन्ट हरु पढ्दै गर्दा मेरो बिचारमा तपाइँ धेरै अनुभवी र थुप्रै रहस्यात्मक कुराहरु थाहा पाएको जस्तो लाग्यो | के तपाइँले ती कुराहरुलाई तथ्यगत प्रमाण दिन सके या नसकेपनि घटनाक्रमहरुसित जोडेर बिस्तृत लेखकै रूपमा राखिदिन सक्नुहुन्न ? त्यसो भयो भने अरु पनि आफुलाई थाहा भएसम्मका यस्ता रहस्यात्मक घटानाहरुका पर्दाफास गर्न अन्य पाठकहरुलाइ पनि साहस हुने थियो कि |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 1

        • madan bajracharya

          प्रक्रितिजी
          म यक्दम साधारण जानकारी राख्ने मात्रै हुन्/ नेपालको बारेमा इन्टर नेट मा थुप्रै छन् जुन हाम्रो समाचार हरुमा छापिनै सकिन्न/ यी वेब हरु पढेमा हाम्रा नेताहरुले मात्रै होयिन मेडियाले पनि हामीलाई सुसुचित हुने अधिकार बात बन्चित बनाई राखेको महसुस हुन्छ/ यी वेब हरुमा राजाको हत्या काण्ड किन कसले, कालापानी र महाकालीको बास्तबिकता, यी एक मधेश बादी हरुले उनीहरु भारतीय मुलका भनेका र उनीहरु कुन कहाँ प्रशय पाई रहेको सबै कुरा हरु छन्/ विदेशको सरकारी अबधारणा र उनीहरुले नेपालमा के किन भए भनि रिपोर्टिंग गरेको इन्तेर्नेत्मा छ/ कालापानीको बास्तबिकता र नेपालको स्वामित्वो भएको देखाउने नक्सा हरु को बारेमा धेरै छन्/

          हामीले नेपालमा बस्दा थाह नपाएको तराईमा ठुलै पेट्रोल खानि भएको अमेरिकी कम्पनीले पट्टा लगाई उत्पादन गर्ने ठेक्का समेत पाएको तर भारतले तराईमा तेस्तो उत्खनन कसै बात गर्न नदिने भनि काम रोक्न लगाई सोहि अमेरिकी कम्पनीलाई तराई बिहार सीमामा पेट्रोल खोज्ने जिम्मा दिएको कुराले अहिले तरायिमाठी भारतको लोभ पानीको अतिरिक्त तेल भएकोले पनि देखाउन्द छ/ त्यो वेबमा अमेरिकन कम्पनीले यो पनि दुख व्यक्त गरेको छ कि धनि हुन् सक्ने मुलुक तेतिकै कङ्गाल भई रहेको छ/ पढ्न चाहनु हुन्छ भने पढ्नुस गूगल मा the oil factor:texana in nepal. आखा बात आंसुनै आउँछ होला बिनसितिनै नेपाल कंगालिमा डुब्न बाध्य बनायियेकोमा/

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 4

      • peace shrestha

        हेह्ह्ही…….अब प्रचण्डको कुरा पनि पत्तयेर हुन्छ? यो हावाले जे पनि बोल्छ नि| अहिले प्रधानमत्री हुन पाए यो चुप लगेर मस्ती गरेर बस्छ| एसको कुरा सुन्ने माओबादी टट्टू मात्र हो| जनता ले एसको कुरा सुन्दैन| धेरै पटक बोल्छ पहिला अनि बोलेको होइन भन्छ पछी| अब भोलि के बोल्छ हेरौ है त, साएद यो भन्ला ”मैले भनेको होइन, मेडिया ले तोडमोड गरेर पो लेखेछ”| पागल हो यो….बहुला हो यो प्रचण्ड|

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 8

    • raj

      मदन भण्डारी को हत्या त एमाले भित्रैका दलालहरुले भारत को इसारामा गरेको हो भन्ने कुरा त थाहा भएकै हो, भण्डारी ज्यु को चालक ज्यूँदो हुदा एमाले ले हत्यारा पत्ता लगाउने कुनै कोसिस नगर्नु र अन्त्य मा चालक लाइ समेत मार्नुले बिहानको घाम झैँ छर्लंग परेको छ| आयो बिरेन्द्र को कुरा यदि बिरेन्द्र नेपाल को रास्ट्रपति भएको भए नेपाल आज यो हालत मा हुने थिएन| बिरेन्द्र मारिनु नेपाल को लागि ठुलो दुर्भाग्य को कुरा हो, जनता को र राष्ट्र को माया भएको व्यक्ति थिए उनि येही कारण ले नै मर्नु पर्यो| नेपाल मा कुनै पनि नेता यदि जनता र राष्ट्र को माया गर्छन भने उनीहरु निकै सावधान हुनु जरुरि छ किनकि इंडिया ले नेपाल मा राम्रो देशभक्ति नेत्त्रुतो देख्नै चाहदैन| बिक्ने दलालहरुलाई नै भारत ले नेपाल को राष्ट्र प्रमुख बनाउन चाहन्छ ताकी किन्न सकियोस| मेरो विचार हो सथिहरु हो|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 426 Thumb down 60

      • madan bajracharya

        राज जी
        सहि बिचार हो तपाईं को/ राजा बिरेन्द्रले नेपाल भारतको छाता मुनि बस्ने प्रस्ताव नमानेको, नेपालको रास्त्रिये सम्पदामा भारत सिट भुताले गरेको जस्तै सम्झौता गर्न नमानेको, जहिले पनि भारत सिट पारबहन मा किच किच हुने र पारबहन को सन्धि सकिने बेला यौटा न एउटा नदि माग्ने गरे बात दिक्क भएर चीनसिट पारबहन सन्धि गर्न लागेको र नेपाल चीन सिमा मा अरु २२ ब्यापार नाका खोल्ने सम्झौता गरेको थियो र तेस्मा भारतले चर्को बिरोध गरेको थियो/ भारतकै कुरा सुनेर तेतिबेलाको विदेश मन्त्रि चक्र प्रशाद बास्तोलाले राजा ले २२ नाका खोले उनुहरुले बन्द गर्ने भनेको पनि थियो/ तेस्पछी तराईमा ४०लाख् भारतिय आप्रबाशिलायी गिरिजाले नागरिकता दिन मात्र एक बर्स नेपालमा घर भाडामा बसेको प्रमाण मा नागरिकता दिन सकिने गरि विधयेक बनाएर आर्थिक विधयेक भनि राजालाई झुक्याएर सहि गराउन खोजेको पनि थियो तर राजा मानेनन्/ राजा पर्यो बिकिन नपर्ने कुर्सिको लागि दिल्लीमा टिका थाप्न जान नपर्ने तेसैले मारियो/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 180 Thumb down 12

        • keshar

          साथी
          तेसैले त नेपाल मा राज संस्था अपरिहार्य छ बनेकोक्नी त /

          राजा बिर्नेद्र ले पास नगरेको नागरिकता विधेक पास गर्ने यहि प्रचंडे होइन, यो इंडिया को १ नं को दलाल हो गाइको छाला ओडेको ब्वासो हो यो, यसले देश भक्तिको नाटक गरेर पछी देश इंडिया लाई नै बेच्छ ……

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 103 Thumb down 40

          • yogi

            अहिलेको यो नाटक पनि हिन्दी भाषा संबिधान सभा बाट पास गराउनको लागि हो, जनताको ध्यान अन्त मोडेर……………..

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 5

        • shreesh thapa

          होन हो के हो के हो ?

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 2 Thumb down 17

      • Bisu

        हो, मेरो विचार पनि येही नै हो , तेसै भएर नै हो हामी जनताहरु एक आपसमा नलडी rastiyeta जोगाउनुको लागि सबै जनताहरु एक भयमा यी धोतिहरुले केहि पनि हल्लाउन सक्दैनन्. ! तर जुन पार्टी सरकारमा गयो त्यस पछि भारत संग चुक्क पनि बोल्न सक्दैनन् ! यो परिपाटी जब अन्त हुन्छ , त्यस पछि धोतिहरुले रौ पनि हल्लाउन सक्दैन !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 81 Thumb down 7

      • बिनोद तिमिल्सिना,धरान

        प्रचण्डले भनेको कुरालाइ मिडियाले बंग्याए,उनले त्यसो भनेकै हैन ……कि कसो त ?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 59 Thumb down 37

        • प्रचण्ड को सफाई दिनु आबश्यक छैन मित्र , अजेल प्रचण्ड के बोल्दै छु भन्ने आफै थाहा पाउन छाडिसके , मिडियामा आएपछि बल्ल बढी नै बोलेछु भन्ने थाहा पाउछन् अनि कि मिडियालाई गाली गर्छन वा कि बोलेकै होइन भन्छन तर फुत्केको बोलि सच्याउदा सच्चिदो रहेनछ ………………………….

          मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

      • madan bajracharya

        राज जी
        तपाईंले एमाले भित्रैकोले मदन भण्डारी मारिएको कुरा गर्नु भएकोमा झलनाथ ले hongkong उसैले भनेको केहि कुरा याद आयो/ मदन भण्डारी को हत्या भए पछी ब्रामण छोट्याएर झलनाथ फर्किने क्रम मा सहाना प्रधानको भान्जा गौतम दास श्रेष्ठ जी को hongkong स्थित कोठामा झलनाथले भन्नु भयो ” अमर लामा पार्टीको एकदम निस्थाबान कार्य कर्ताहुन त्यो बात यस्तो काम हुँदैन … म फर्के पछी ..”

        तर सबै उल्टो भए अमर लामा लायिनै दोषी भनियो र पछी मारियो पनि/ त्यो घटना ठिक राजपरिवारको हत्या हुँदा त्याहा चरबी सफा गर्ने हाम्रै टोलको एउटा पोदेको ६/७ महिना पछी घर पसलमा आएर गोलि हानेर हत्या गरेको कुरा सिट मिल्न आउँछ/

        मदन भण्डारीको हत्या र राजपरिवारको हत्याको बिचमा उस्तै उस्तै कुराहरु छन्/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 9

      • राम चन्द्र ज्ञवाली

        हिजो सम्मन मदन लाई गद्धार काउत्शिवदी देख्ने हरु जबज लाई सम्सोधन भन्ने हरु र राजतन्त्र लाई कालो बिरालो सम्झने हरु आज त्यो बाटो मा आय जहाँ आउने कल्पना गरेका थियनन , आफ्नो निती नियम सिधांत असफल हुन्छ अनी अरुको सिद्धान्त को बारेमा कुरा गर्नु वाध्य बनाउदो रहेछ अनी मरेका माथि राजनीति गर्न वाध्य बनाउदो रहेछ ,, काङ्रेश को बिपी एमाले को मदन , पुष्पलाल थिय राजाबादी लाई राजा नै मार्गदर्सन थिय अब पुष्पकमल को पर्चन्ड पथ ले माओबाद को भारी बोक्न्न सक्ने इस्थिती नरहे पछी कहिले कम्युनिस्ट को पुच्छर काट्ने कुरा कहिले भ्याकुर लखेट्नेकुरा कहिले झन्डा फेर्ने कुरा नागरिक सर्बोच्च्ता भनेको जनता को हात मा बन्दुक हो भन्ने कुरा गर्दै हिंड्ने पुष्प कमल जि लाई थाहा छ अब रास्टिय कुरा नगरि नहुने भयो ।र अन्यदल का ठुला नेता को नाम बदनाम नगरि नहुने भयो
        मदन भण्डारी मरेको डेड दसक भयो बिरेन्द्र मरेको दसक आजसम्मन किन कुरा गरियन कुर्सी नपाउने भयपछी बल्ल चिल्लाउने कस्तो पर्तिभा
        पुष्पजी रास्टियता को लागि मदन र बिरेन्द्र लाई मारे पनि तपाईं लाई कसै ले हात लगाउने छैनन तपाईं त जोक्कर हो जे मन लाग्यो बोल्यो पछी पित पत्रकार ले कुरा नबुझेको बतायो मै ले त्योसो भन्न खोजेको होइन >>>>मदन धामी र बिरेन्द्र सतार भनेका मेरोम पर्ती का कार्यकर्ता थिय जनयुद्ध मा मरे पो भनेको <<<<अर्थ लगाउन पनि सक्ने तपाईं को चातुर्यता त छ नि

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 49 Thumb down 47

      • Ravi

        बिरेन्द्र England मा पड्दा भनेका थिए रे “I will be the last monarch of Nepal. When I will be king of Nepal, I will hand-over the power to the people”. मलाई थाहा छैन यो कुरा कति सत्य हो. तर मैले यो कुरा ब्रिटिश को मुख बाट सुनेको हो.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 4

      • प्रेम अर्याल

        प्रचण्डले मनोज गजुरेललाई पनि माथ गर्ने भए, प्रचण्ड को जिन्दगीलाई कुनै खतरा छैन बरु डा. भट्टराईलाई खतरा छ त्यो पनि माओबादी भित्र बाट

        मदन भण्डारी नै नेपालका पहिलो कम्निस्ट नेता हुन् जसले ग्रेट नेपालको कुरा उठाएका थिए जसको हत्त्या एमाले भित्रै बाट भएको हो किनकि २०५१ मा सत्ता मा गए पछि उ चुप भयो, अझ भन्ने हो भने माकुने एका एक एमाले भित्र छायो एसले पनि अझ प्रस्ट पार्छ,

        बिरेन्द्र एक रास्ट्र बादी नेता थिए यदि दिएनन् भने २०४६ को आन्दोलनबाट यति सजिलै प्रजातन्त्र हासिल हुन सक्दैनथ्यो, जनता बिनाको राजा हुन सक्दैन भन्ने देश प्रेम को भाव ले ज्ञाने जस्ताको बिरोधको बाबजुद पनि बिरेन्द्र ले प्रजातन्त्र बहाली गरे

        राजा महेन्द्रले जनताको हातबाट प्रजंत्र खोसे पनि रस्त्रबादी नै थिए एस्लाई साबित गर्ने पुरा अधार त मसंग छैन तर रक्ताकाण्ड किताबका अनुसार भारतीय अनेकन दबाब र इन्दिरा गान्धीले नमाने सिक्किम बनाइदिने धम्कीले चितवनको दियालो दरबारमा बिस पिएर आत्मा हत्या गरेको भन्ने पनि छ, यदि देशको लागि कोहि मर्न सक्छ भने उ राष्ट्र बादी नै हो, हालाकी प्रतिबाद गर्नुको सट्टा आत्मा हत्या गर्नु महानता होइन तर आफुले गर्न नसक्ने भए पछि त्यसो अधोगति देख्नु भन्दा मर्नु नै बेश भन्ने पनि हुन्छ

        नेपालको इतिहासमा पृथ्बी नारायण शाह जसले २२-२४से बाट नेपाल को एक्किकरण गरे जसले आज हाम्रो पहिचान कायम छ र एस्लाई राख्नु पर्छ, यो या त्यो बहानामा र कसैको सदन्त्रमा देश तुक्क्रिने नीति अबलम्बन गर्नु हुदैन

        माओबादी जति सुकै अरुको भण्डाफोर गर्ने भने पनि उसले आफ्नै भण्डाफोर गरिरहेको छ, यो राम्रो कुरा हो कमसेकम जाने अन्जानमा सच बाहिर आइ रहेको छ जसको सुकै किन नहोस

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 53 Thumb down 55

        • देवराज जोशी, कैलाली

          प्रेम जी कहाँ निर माओवादीको भण्डाफोर भैरहेको देख्नु भो यहाले मैले त भारतको हतक्षेपको पर्दाफास भैरहेको मात्र देखिरहेको छु |

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 33 Thumb down 25

          • प्रेम अर्याल

            देबराज जी, राजदरबार संगको सम्बन्ध, पहिला त माओबादीले हामि राजसस्था बिरोधि होउ भने, बिस्तारै ज्ञाने बिरोधि मात्रै, भण्डाफोर उसको हुन्छ जसभित्र लुकेको सत्य हुन्छ, नेपालभारत असमान सन्धि टनकपुर सुस्ता खुलमखुल्ला राजनीतिक हस्तक्षेप आदि आदि येस्मा सबैलाई जानकारी छ र जागरुक हुन जरुरि छ, तपाइँ आफै भन्नु कपोलकल्पित रगत उमाल्ने भासन दिएर कालापानी र सुस्तामा ग्यरेर बिरोध सभा गर्ने भन्ने कार्यन्वयन पक्ष जिरो हुने, के का लागि गर्दै छन् माओबादी राजनीति, प्रचन्डले भण्डाफोर त आफ्नै पार्टीको गर्दै छन् बाबुरामलाई ”र” को एजेन्ट भनेर.

            माओबादी सधै राजाविरोधी आज आएर कति दरबारिया थिए भन्ने देखिदै छन् त्यो भनि रहनु पर्दैन होला, माओबादी अब बिस्तारै राजा ल्याउनु पर्छ पनि भन्न बेर लगाउदैन,

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 28 Thumb down 33

            • देवराज जोशी, कैलाली

              होइन त्यो राजा बीरेन्द्र संग वार्ता गर्ने कुरा थियो तर परिवर्तित राजनैतिक परिस्थिति संगै आफ्नो रणनीति फेरेको भन्ने कुरो त धेरै अघि प्रचण्डले आफै सार्वजनिक गरेको हो यसमा भण्डाफोर भयो भन्ने केही लागेन वास्तवमा माओवादीको समय परिस्थिति अनुसार रणनीति र कार्यनीति परिवर्तन गर्दै जाने तरिका नै मलाइ मनपरेको हो | तपाइको माओवादीले केको लागि राजनीति गर्छ भन्ने प्रश्न महत्वपूर्ण छ जस्तो लाग्यो म आफु राजनीतिमा संलग्न नभएको र यसको ज्ञाता पनि नभएता पनि तत्कालका लागि उसको राजनैतिक लक्ष नेपालमा नागरिक सर्वोच्चता सहितको पूर्ण लोकतन्त्रको स्थापना, नेपाल लाइ अर्ध सामन्ती र अर्ध औपनिवेशिक अर्थ-राजनैतिक परिस्थिति बाट मुक्ति गर्दै नेपालमा आमूल आर्थिक सामाजिक परिवर्तन गर्नु हो भन्ने मैले बुझेको र विस्वास गरेको हो |
              कालापानी र सुस्ताको कुरा जनचेतना अभियान हो किनभने नेपालि जनताको चेतनाको स्तर अझै उचाइमा लैजानु आवश्यक छ |

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 34 Thumb down 26

              • प्रेम अर्याल

                देबराज जी एस बिसयमा मा धेरै बिबाद र बहस गर्न चाहन्न, एस को बारेमा तपाइँ आफैपनि बिस्लेशन गर्नु होला, एंगेल्स भन्छन एक टन सिद्धान्त हुनु भन्दा एक कामको हुनुको औचित्त्य धेरै हुन्छ भनेर, माओबादीको २०५१ पछिको उपलब्धि के हो त १५००० को रगत चुस्नु बाहेक

                मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 11

                • देवराज जोशी, कैलाली

                  १५००० को रट लगाउनु र उपलब्धी केहि भएन भन्नु अतिनै केटाकेटी विश्लेषण हो र इतिहासले मात्र सही मूल्यांकन गर्नेछ भन्ने लाग्छ |

                  गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

          • Karunakar Nepali

            देव राजजी दंग नपर्नु होला. यो केहि होइन माओबादीले चुहाएको गोहीको आँसु मात्रै हो. हिजो सम्म मदन भण्डारी र राजालाई गालि गरेर नथाक्नेहरुले गरेको लाश माथिको धुर्त राजनीति मात्रै हो. प्रचण्डले मदन र बिरेन्द्र ko स्थानमा आफुलाई उभ्याएका छन् जुन हास्यास्पद छ. शालीनता, बौध्हिक्ता र दुरदर्शिताका हिसाबले प्रचण्ड अत्यन्त फुच्चे रहेको हामी सबै दिन दिनै देख्दै छौ.

            बरु कुनै दिन प्रचण्ड मानसिक अस्पताल भर्ना भएको सुनिएमा आश्चर्य नमाने हुन्छा.

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 50 Thumb down 38

            • देवराज जोशी, कैलाली

              होइन करुणाकर जी, यसमा दंग पर्ने कुरो नै के छ र , तपाइले प्रचण्डको सही मूल्यांकन गर्न सक्नु भएनकी भन्ने मलाइ लाग्छ | यसलाई गालि गर्यो उसलाई गालि गर्यो भन्ने राजनीतिमा त्यति महत्व राख्दैन कमसेकम मेरो व्यक्तिगत विचारमा, राजनीतिमा अन्तिम उद्देश्य ठीक छ कि छैन, जनहित र राष्ट्र हितमा छ छैन त्यो ज्यादै महत्वपूर्ण छ | देशको समस्या लाइ ठीक संग बुझे पछी त्यसलाई कुनै तरिकाले पनि समाधान गर्छु भन्ने प्रबल इच्छ्या शक्ति देखाउनु असल राजनीतिज्ञ हो चाहे उसले चालेको कदम तत्कालको लागि आलोचनाको विषयनै किन नहोस (जस्तै युद्ध )त्यस्तो आँट देखाउन सक्नु पर्छ राम्रो नेताले |

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 33 Thumb down 29

              • Karunakar Nepali

                देवजी, अन्तिम उद्देश्य त सबैको देशहीत र जनहीत नै हुन्छ वा हुनुपर्छ भन्ने लाग्दछ. तर बिहानीले दिनको लक्ष्यण देखाउछ भने जस्तै प्रचण्डका गतिबिधिले उनको भविष्यको क्रियाकलापको अनुमान गर्न सकिन्छ. एक गम्भीर र दुरदर्शी नेताको लक्ष्यण उनमा पटक्कै देख्न पाइएन. दुखको कुरा यहि हो.

                गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 11

                • देवराज जोशी, कैलाली

                  करुणाकर जी, राष्ट्रवादी राजनीति गर्ने विरुद्ध विदेशी, खासगरेर भारतीय षड्यन्त्र यदि यति खतरनाक हद सम्म छ कि यो परिवेशमा अलि चलाखी नगरेर सीधा सादा तरिकाले तिनलाई परास्त गर्न सम्भव छैन तर प्रचण्ड देश र जनताका लागि खराब मान्छे होइनन र उनको कुनै निजि स्वार्थ पूरा गर्नु पर्ने पनि केहि देखिन् मैले.

                  गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

                • देवराज जोशी, कैलाली

                  करुणाकर जी, अन्तिम उद्देश्य त सबैको देशहीत र जनहीत नै हुन्छ भन्नु र
                  हुनुपर्छ भन्नुमा आकाश र पाताल जत्तिकै फरक छ पहिलो वाक्य नेपालको परिप्रेक्षमा ठीक देखिन्न दोश्रो चाही ठीक.

                  मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

      • वाह! राज जी वाह!! तपाईलाई त मदन भण्डारी को दुर्घटना कसरी भएको हो ? भन्ने समिती बनाई तपाईलाई त्यसको अध्यक्ष बनाउनु पर्ला जस्तो छ। तपाई लाई त सबै कुराहरुको जानकारी रहेछ !????!!!:)

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

    eXTReMe Tracker