हाइटीमा आज महाभूकम्प गयो। हजारौँ मरे। यो खबर सुन्ने बित्तिकै मलाई त्यहाँ कार्यरत सयौँ नेपाली सेना र प्रहरीलाई के भयो होला भन्ने खुल्दुली जाग्यो। भौगोलिक रुपमा टाढा भए पनि आखिर हामी नेपाली हौँ। धन्य, रातिसम्म पनि एक जना नेपाली सैनिकको घुँडा फ्र्याक्चर भएको बाहेक अरु नराम्रो खबर सुन्नु परेको छैन। बरु उद्धार कार्यमा खटिँदै गरेका नेपाली झण्डासहितका शान्ति सैनिकहरुको फोटो देख्न पाइएको छ अन्तर्राष्ट्रिय सञ्चार माध्यममा।
अनि मैले सम्झिएँ ती नेपाललाई माया गर्ने हाइटीवासीहरुलाई। २ वर्षअघि सेप्टेम्बरमा साथी प्रेम बानियाँ हाइटी गएका थिए। साथमा उनले ल्याएको अनौठो कोसेलीमा थियो ती हाइटीवासीका सम्झना, जसले मायाले नेपाली गीत गाएका थिए। हाइटीका एक युवकले स्पष्टसित ‘नेपालीको छातीमा हिमाली छायाँ छ, नेपालीलाई नेपालको बिछट्टै माया छ’ गीत गाएको र उनलाई हाइटीको राष्ट्रगान गाउन अनुरोध गर्दा कसै गरी पनि सम्झन नसकेको मार्मिक दृश्य थियो त्यसमा। सात समुद्र पार हाइटीका बासिन्दाहरु लय हाली हाली नेपाली गीत गाएका, नेपाली भाषा बोलेका दृश्य थिए त्यसमा। ती नेपालीलाई माया गर्ने हाइटीवासीहरुलाई कस्तो छ होला? सबको मंगल होस्, सबको कल्याण होस्!
यो भिडियो हेर्नुस् त, कसरी यी हाइटीका नागरिकले ‘नेपालीलाई नेपालको बिछट्टै माया छ’ भनी गाएका छन्। यिनी अहिले कुशलै त छन् होला ? नेपालीलाई नेपालको मात्र हैन, तपाईँहरु जस्ता सबै हाइटी बासिन्दाको पनि बिछट्टै माया छ। तपाईँहरु सब प्रकृतिको यो प्रकोपबाट चाँडै नै राहत पाउन सफल हुनुहोस्। हामी सबै नेपालीको कामना। भिडियो तल हेर्नुस्-

हाइटीका बासिन्दाले नेपाली गीत गाएको भिडियो हेर्नुस्-

प्रेम बानियाँका हाइटी रिपोर्टहरु हेर्नुस्
अमिलिएको मन र देशदृश्य
अराजक यात्राको अशान्त कथा
अशान्त देशतर्फको अराजक यात्रा
No related posts.














सम्पूर्ण हाइटीबासि लाइ मङ्गल रहोस >>>>
मन परे हरियो, नपरे रातो
2
0
good job.all nepali who help them.great job!!!!!!!!
मन परे हरियो, नपरे रातो
1
0
यो video को interview लीने मान्छे त कस्तो खाते रहेछ/ नेपालको लागी गीत गाए पछि किन उसको रास्ट्रीय गीत सोदनु पर्यो नि. कत्तिना जान्ने हुनु पर्ने. अजै, तिमीलाई तिम्रो रास्ट्रिय गीत आएन भनेर दिक्क लाउनु पर्छ त……………… यो interview लीने मान्छे लाई त बोल्न सिकाउनु पर्ने रहेछ. ……………….. उसलाई त हाम्रो रास्ट्रिय गीत आउछ कि आउदैना, नेपाली को बेइज्जत मात्र गर्यो येसरी बोलेर…………..
मन परे हरियो, नपरे रातो
1
0
हामि नेपालमा बसेका हरुले कसरि सहयोग गर्न सकिन्छ होला?
मन परे हरियो, नपरे रातो
1
0
हैटिको भिडियो हेर्दा मान्नै चिसो भयो कतै नेपालीको भाबिस्से पनि यस्तै त हुने होइन ?नेताहरुलाई घर ,गाडी ,बिदेस भ्रमण र कुर्सिको मात्र सपना छ /गिरिजा बाबु बिश्स्वर्लाई भेट्न जाने बेलामा छोरीलाई नेपाल दाइजो पठाउने बिचारमा जस्तो लाग्छा,प्रचण्ड बाबुरामले तप्लान भन्ने पिरले जंगल जान बेर छैन ,माधबजी बिचरा कतिदिन प्र.म.हुन पाइने भेनेर पानीबिनाको माछा बनिरहेका छन् /यो यात्रा रिपोट्ले नेताको आँखा खोलिदिय राम्रो हुने थियो /
मन परे हरियो, नपरे रातो
1
0
जुननेपाली न] हैटीमा देखायको sahanu bhuti patri sarkarko चासो हुनु पर्ने हैनर?
मन परे हरियो, नपरे रातो
0
0
Hope the soul of all victims will rest in peace. World will support to re-build Haiti.
मन परे हरियो, नपरे रातो
0
0
यो त सारै ठुलो प्रलय भयो, प्रकृती संग कसैले पनि जित्न सक्दैन यो कुरा भुझी राख्नु
मन परे हरियो, नपरे रातो
0
0
सारै दुखाद घटना येस्तई हो प्राकृतिक बिप्पत्ति भानेको. हामि हार्दिक समबेदना अर्पण गर्दै सोक सन्तप्त परिवार लै शान्ति मिलोस. हामि पानि सहयोग पुर्याउ घयिते हरुको उद्धार र पुनार्स्तापनामा हामी सम्पूर्ण परिवारको तर्फा बाट औहन गर्न चाहन्छु सबै बिदेशमा रहेका दाजुभाई दिद बहिनि हरुलाई /
श्रीधर लामिछाने रा परिवार सिनामोंगल काठमाडौँ नेपाल /
मन परे हरियो, नपरे रातो
0
0
नेपाल र हाइटी धेरै कुरा मिल्दो रहेछ.
काठमाडौँ मा पनि यस्तो भूकम्प आयो भने, कति मान्छे मर्ने होला? तिस लाख जनता ओटा कचौरा मा बस्छन, बेहाल हुन सक्छ है! साबधान !!!
मन परे हरियो, नपरे रातो
4
0
हिटी बसी लै भगवान ले चाडो भन्दा चाडो यो स्थिति बाट उठने साहस दियोश.
र हामी नेपाली ले पनि भूकम्प बाट थ्रोरै भन्दा थोरै असर parne योजना ahile देखिन् गर्नु पर्ने मेरो विचार chha.
मन परे हरियो, नपरे रातो
2
0
of course, a great horrible news….nepal and nepalese people should learn from the earthquake of the haiti….
मन परे हरियो, नपरे रातो
2
0
जसरि हाइटी जनता हरु ले नेपाल लाइ माया गरे अब नेपाली ले माया देखाउने बेला आएको छ | जति उनि हरुले माया गरे त्यति नै हामी पनि माया गर्न सक्छौ | Pray to God to help them from here..We wish God always with them in this situation…
मन परे हरियो, नपरे रातो
2
0
सालोक्य जी, भिडियो ले आफ्नो देश र आफ्नो स्थिति प्रति केहि सोच्न बाध्य गरायो | सबै नागरिक उत्तिकै उत्तरदायी हुनु पर्छ आफ्नो देश प्रति र नेतृत्व वर्ग लाई सधैं सहयोग र सचेत गरि रहनु पर्छ | भिडियो को लागि धेरै धेरै धन्यवाद |
मन परे हरियो, नपरे रातो
2
0
यो समय नेपालीहरु ले आफ्नो बारेमा सोच्ने समय हो…किनकि एस्तो नेपाल मा नि हुन् सक्छ
तेसैले नेपालीहरु सधै सजक हुनुपछ.
मन परे हरियो, नपरे रातो
2
0
भगवानले पनि जहाँ र जसलाई दुखः परेको छ , तेही माथि अरु कस्ट थापिदिनुहुन्छ त ?
सारै नराम्रो समाचार देख्न र सुन्नुपर्यो / हैटीले नेपालीप्रति देखायको माया पोहोर मात्र टिभीमा देख्न पाउदा निकै रमाइलो लागेको थियो / आज दुखद समाचार सुन्नुपर्दा तेतिनै नरमाइलो लागेको छ /
मन परे हरियो, नपरे रातो
2
0
कति भनायक घटना, हैटीमा आएको भूकम्प बाट मर्नेको आत्माले चिरशान्ति पाओस, आफन्त जनमा पीडालाई सहन गर्ने सक्ति प्रदान गरुन भगवानले, नेपाली शान्ति सेना उच मनोबलका साथ् काम गरुन, यहि मेरो संदेश
मन परे हरियो, नपरे रातो
3
0
हाम्रो काठमाडौँ पनि अति नै जोखिम मा छ !! घरहरु पनि कमसल र आफनै तरिकाले बनायेअको छ / काठमाडौँ मा औनाता पक्कै औचा तर कहिले ? तेस्को लागि बेलैमा सतर्कता अपनाउ पर्दछ…
४० लाख जनसंख्या छ काठमाडौँ मा….
मन परे हरियो, नपरे रातो
2
0
यस दुखत घटनामा मृत्यु हुने हाइटीका सम्पूर्ण जनताहरुलाई हार्दिक समबेदना तथा शोक संतब्ध परिवारहरुलाइ भगवानले दुख सहन सक्ने सक्ति प्रदान गरुन.
मन परे हरियो, नपरे रातो
2
0
हे भगवान किन दुखिलाई आझै दुख दिन्छौ. सम्पूर्ण मृतकलाई समबेदना र परिवारमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रधान गरुन.
मन परे हरियो, नपरे रातो
3
0
यो दुख हरुमा हैटी बासि हरु अनि हाम्रा नेपाली शान्ति सेना हरुमा भगवानले सधै साथ देओस. साथै त्यहा भएको अति दुख पूर्ण दैबी प्रकोप मा ज्यान गुमाउने सम्पूर्ण हैटी का जनताहरु मा समबेदना ब्यक्त गर्दछु .यो प्रसङ्ग हरुमा मेरो पनि अतित झल्कन्छ याद अनि सम्झनाहरु ताजा भैरहेको को महसुस छ . २०४५ भाद्र ५ गते को बिहानी पख को त्यो दैबको लिला अपरम्पार भने जस्तै दुख हरु मिर्मिरे बिहानी सगै मेरो पनि भबिस्य शुरु भएको थियो जहाँ मैले मेरो पिता लाइ सानो उमेर मा बिदा दिन बाध्य थिए यसतै त रहेछ नि यो मानब जीबन , मान्छेको दुइ पाटो भने झैँ यो पनि हो दुख र सुख हरु ले हामीलाई पछ्याई रहेका हुन्छन .मान्छे त एउटा रुप मात्र हो जहाँ कथाहरु मा उसले नाट्य रुपान्तर गर्छ अनि कथा सकिन्छ यो पनि साचो मानब जीवनको कथा र जीवनी हो . हामीले अब पनि सतर्कता हरु अपनाउन नसके भोलिका दिन हैटी होइन नेपाल पनि यो भन्दा ठुलो तहसनहस हुने छ यो त तपाइँ हरु ले देख्नु भएको छ होला पहिलो त काठमांडू त्यो कुनै परि पक्का घर हरु त्यहा बनेका होला छिरेर एक पल्ट हेर्नुहोस न है . नेपाल सरकार ले मात्र नभएर स्थानीय बुदी जीबी हरु जनता हरु आफैले कसरि हुन्छ सबैको निर्णय क साथ भूकम्प हरु बाट क्ष्यति हुने सक्ने कुरा हरु लाइ जोड दिन आबस्यक छ . पैसाले गर्दा निमुखा नेपाली जनता भोलि अकाल ज्यान हरु नजाओस . कसरि हुन्छ के गरे र हुन्छ समस्याको समाधान हरु आज बैज्ञानिक तवरले गाउ घर बजार कुना कन्दरा हरुमा बसेका नेपाली मा भूकम्प प्रतिको रोक हरु त्यस प्रतिको असर के हुन्छ र यो कुरा बाट हामि कसरि बाच्न सकिन्छ यो जानकारी हरु क साथ कार्यक्रमा हरु गाउ देखि हेरक ठाउँ मा परि चालन गर्न सके हामी केहि सुरक्क्ष्चित् हुन सकिन्छ . धन्यबाद .
मन परे हरियो, नपरे रातो
4
0
यस दुखत घटनामा मृत्यु हुने हाइटीका सम्पूर्ण जनताहरुलाई हार्दिक समबेदना तथा शोक संतब्ध परिवारहरुलाइ भगवानले दुख सहन सक्ने सक्ति प्रदान गरुन.
मन परे हरियो, नपरे रातो
2
0
खै मैले त नेपाली सेनाले उद्दार गरेको त देख्दिन नि फोटो मा. बरु तमाशा हेरेर बसेको छ त…
मन परे हरियो, नपरे रातो
1
10
यस दुखत घटनामा मृत्यु हुने हाइटीका सम्पूर्ण जनताहरुलाई हार्दिक समबेदना तथा शोक संतब्ध परिवारहरुलाइ भगवानले दुख सहन सक्ने सक्ति प्रदान गरुन.
“दु:खीको घरमा मात्र तेरो बास ……………”
मन परे हरियो, नपरे रातो
6
0
साह्रै दुखलाग्दो समाचार/ के गर्ने मान्छे भन्ने प्राणीले जस्तै स्थितिको पनि सामना गर्ने पर्छ/
मन परे हरियो, नपरे रातो
0
0
काठमाडौँ मा पनि भूकम्प को धेरै डर छ, यो हेरेर चाडै केहि सोच्नु पर्चा
मन परे हरियो, नपरे रातो
2
0
हाइटीमा रहेका नेपालि हरुको कुसल मंगलको कामना /संसारको जुन मुलुकको नागरिक भएपनि उक्त दैबी आपत्तिमा परि मृत्यु भएका मृतकको नाममा हार्दिक समबेदना/
मन परे हरियो, नपरे रातो
4
0
बिचरा गरीब देश ;गरीब जनता र दैबी आपत्ति /हाइटी र नेपालमा त्यति ठुलो भिन्नता छैन/
मन परे हरियो, नपरे रातो
11
0
येही हो यार जहाँ सरो तेही गारो भनेको ……… जहाँ पनि दुख पाउने भनेको जनताले नै हो नेताहरु झगडा गरेर देशलाई एस्तो हालत मा पुर्याए अनि दुख पाए केवल जनताले धत् जहाको पनि स्थिति येस्तई छ यार के गर्ने
मन परे हरियो, नपरे रातो
3
0
माओबादी हरु हेर तिमीहरुको कम र सेना को काम एस बाट केहि सिक .सक्तिखोर बाट बाटो बन्द गर्न र लोकल लै दुख दिन बाहेक केहि जानेका छैनौ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
10
यो दुखत घडी मा भगवान ले सबै को रक्षा गरुन! नेपाली सेना को काम सारै नै प्रसंसह्निया छ सन्सार भरि – आखिर नेपाली मन न हो , हातेमालो गरेर सुख र शान्ति को कामना गर्ने !!!
जनता आफु आफु मा झगडा गरे भने प्रकृति ले बिनाश नै रोज्दो रहेछ – हैटीको नेताहरु आफु आफु लडेर देशलाई civil war मा पुर्याए – बिजोग त सामान्य जनताकै भयोनी!
Blame all the corrupt leaders from ex-President Aristide to Rene Preval! Keep on amassing millions of dollars for own sake pushing the country into dire poverty…
नेपाली नेता हरुले पनि बेलैमा सोच्ने बेला आएको छ – हाम्रो देशमा पनि हैटीको जस्तै UN Peacekeeping Force अरु देशबाट आउनु नपरोश- भूकम्पको त कल्पना नै नगरु – नत्र कहाली लाग्दो अवस्था हुन्छ..
मन परे हरियो, नपरे रातो
7
0
सम्पूर्ण शोक सन्तप्त परिवारमा भगवान् ले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन । मेरा प्यारा नेपाली सेनाका जवानहरुको कुशल मंगलको कामना र नेपाली दाजुभाईहरुले आफ्नो कर्तव्यको पूर्ण पालना गरि देशको सान नेपाली झन्डा फहराउदै उद्दार कार्यमा भोक प्यास नभनी खटिनु भएकोमा म एक नेपाली नागरिक को हैसियतले धेरै धेरै धन्यवाद र सधै यसै गरि संसारको कुना कुनामा सम्पूर्ण नेपाली नागरिकले नेपालीको इमान्दारिता र विश्वास देखाउन, देशको नाम चम्काउन, देशको शान बढाउन….. !!!
मन परे हरियो, नपरे रातो
11
0
कस्तो दुख लाग्दो समाचार ,
मन परे हरियो, नपरे रातो
4
0
थंक ऑल नेपाली सैनिक
मन परे हरियो, नपरे रातो
6
0
अन्तर्वाता लिदा अलिबीचार पुराएर लिनुपर्यो !
मन परे हरियो, नपरे रातो
0
0
हैटी बासी सम्पूर्ण जनताहरुमा मेरो हार्दिक समबेदना, शोक लाइ शक्ति मा बदल्ने शाहस प्राप्त होस् भन्ने कामना गर्दछु |
अनि
आफ्नै देशमा शान्ति को माखो मर्न नसकेपनि UN को Peacekeeping मा सांकेतिक ख्याती कमाएको नेपाली सेनाको नेपाली भाषा र संस्कृति (गीत, सङ्गीत) प्रसार योगदान को मा हार्दिक कदर कामना गर्दछु |
मन परे हरियो, नपरे रातो
10
2
अति नै दुख लाग्यो !
मन परे हरियो, नपरे रातो
6
0
खुशी लाग्यो हेरेर गाएको गीत नेपाली हाइटी बासीले , अब त सुन्नु पर्ने भो नि रुवाबासी उनीहरुको सबै हामीले …..| उफ्फ़ ….. भगवानले शक्ति देऊन
उनीहरुलाई सहने मनैले ……….
मन परे हरियो, नपरे रातो
13
0
हाइटीमा भएका नेपाली सेनाका जवानहरुको कुशल मंगलको कामना गर्दछु र जवानहरुले उद्दार कार्यमा उच्च मनोबलका साथ अथक कार्य गरि नेपाल र नेपालीको नाम उच्च राख्ने काम गरुन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
0
A quake in Kathmandu could turn out much worse than Haiti with millions of casualty . Let’s prepare ourselves to cope with any emergencies. Government of Nepal needs to prioritize funds, infrastructure and human resources to deal with such emergencies.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
कमभन्दा कम क्षती होस्, घाइतेहरु चाडैं जाति होउन । यस्तो विपत कुनै पनि मानव जातिलाई नआओस ।
उद्धार तथा राहत कार्यमा जुटने नेपाली सेनाका सबैलाई धन्यवाद, दिलोज्यानले खटेर आपतमा परेका बढीभन्दा बढी मानिसहरुको ज्यान बचाउन सफल हुनुहोस् ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
0
कति राम्रो समाचार रहेछ यो त !! एउटा नेपालीले बिर्सेको सभ्यता अब बाहिरका मुलुकबासीले चाहि समेट्ने भए / यसैगरी समेटिदै जाने त हो नि संस्कृति !!!!
बाहिरकालाई नेपाल भनेपछि हुरुक्क हुने, तर नेपालीलाई भने आफ्नु देश राजनीति गर्ने, आन्दोलन गर्ने अखडा भएको छ / आफ्नै एइतिहासिक झन्डा बोझ भएको छ नेपालीहरुलाई / भएको नेपाल सम्हाल्न नसक्नेले ग्रेअटर नेपालको कुरा गरेर आफु धेरै ठुलो देशभक्त साबित गर्ने नाटक पनि गरिने गरेको छ / जे होस्, हैतिबासिको जीवन फुलोस फलोस , उन्नति होस् / नेपाल भन्दा छिटो शान्ति छाउने देश हो हाइटी / यसमा शंका छैन / किनकि तेहा नेपालको जस्तो धेरै देश्भाडा राजनीतिक पार्टी छैनन् होला /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
9
सम्पूर्ण शोक सन्तप्त परिवारमा भगवान् ले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन र मेरा प्यारा नेपाली दाजुभाईहरु आफ्नो कर्तव्यको पूर्ण पालना गरि देशको सान नेपाली झन्डा फहराउदै उद्दार कार्यमा भोक प्यास नभनी खटिनु भयको मा म एक नेपाली नागरिक को हैसियतले धेरै धेरै धन्यवाद र सधै यसै गरि संसारको कुना कुनामा सम्पूर्ण नेपाली नागरिक ले नेपाली को इमान्दारिता देखाउन, देशको नाम चम्काउन, देशको शान बढाउन !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
0
किन विपद दु:खी माथि मात्र थोपरिन्छ !
“दु:खीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर दया राखी अझ मलाई दुख दे”
कस्तो विपद आइपरेको ! समबेदना !
फरक प्रसङ्ग:
Do you guys ever notice why Caucasian, Far Eastern(Mongolian, korean, Japanese, etc) people हरु प्रस्ट संग नेपाली pronounciation गर्न सक्दैन,(not accent and dialect. Accent and dialect are ornaments of any language. They give language diversity and wide acceptancy) तर प्राय गरेर काला जाति र पन्जाबी हरु प्रस्ट संग नेपाली उच्चारण गर्न सक्छ ?
Anyway, just a personal impression. Don’t take if otherwise.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
4
चाइनिज, कोरियन, जापानिज हरु क सब्द श्वर बर्नमा सकिन्छन र थोरै मात्र सिमित व्यंजन बर्नमा सकिन्छन भने हाम्रा प्राय सबै शब्दहरु व्यंजन बर्नमा सकिन्छन , त्यसो हुँदा त्यस्ता शब्द उनीहरुले राम्रो बोल्न सक्दैनन् भन्ने मलाई लाग्छ | गोरे चाहि जिब्रो सारै हल्का चलाउछन् र जिब्रोले तालु लगाएतमा ज्यादै हल्का मात्र छुन्छन, जब कि हाम्रो बोलीमा जिब्रोले फरक ढंगले छुन्छ त्यसो हुँदा उनीहरु पनि हाम्रो बोलि उच्चारण गर्न सक्दैनन् होला |
मन परे हरियो, नपरे रातो
3
0
सारै दुख लाग्दो खबर |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
0
मलाई आज कंगोको लुज़ी को याद आयो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
५ लाखजनाको मृत्यु भएको अनुमान … उफ !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
19
प्रेम बानियाँ मार्फत गत वर्ष हैटी देशमा कार्यरत नेपाली शान्ति सैनिक र त्यहाँको जनजीवनको बारेमा यथार्थ बर्णनको भिडियो हेर्न र लेख पढ्न पाउँदा निकै खुसि लागेको थियो तर आज तेही देशमा येत्रो बिपत्ति आएको देख्दा सारै नरमाइलो लाग्यो !
सबै बिचली मा परेका हैटी बासीलाई भगुवान को कृपाले धैर्य घारण को सक्ति मिलोस !
द्रोण
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
हाइटी मा रहने नेपाली र नेपाली लाई माया गर्ने सम्पूर्ण हाइटीबासि मा एउटा नेपाली को नमस्कार ! यो दुखत घटनामा मृत्यु हुने हाइटीका सम्पूर्ण जनताहरुलाई हार्दिक समबेदना तथा शोक संतब्ध परिवारहरुलाइ भगवानले धैर्य गर्न सक्ने सक्ति प्रदान गरुन ! धन्य छ नेपाल मा नेपाली आपसमा काटाकाट गर्दै छन् तर अर्को देश मा नेपाली नेपाल को झन्डा र नेपाली भावना बोकेर नेपालको नाम संसारको कुनाकुनामा पुर्याउदै छन् पुन नमस्कार मेरो नेपाली र नेपाल को झन्डा लाई !!!!!!!!!! नमस्कार
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
0
यस दुखत घदिमा मृत्यु हुने हाइटीका सम्पूर्ण जनताहरुलाई हार्दिक समबेदना तथा श्रदान्जली अनि शोक संतब्ध परिवारहरुलाइ दुख सहन सक्ने सक्ति प्रदान गरुन यहि कामना गर्दछु .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
हे भगवान एस्तो के भो? समाचार {BBC and sky } मा हेर्दा नै डर लाग्ने.कसैको देश मा एस्तो नहोस.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
2
दुख लाग्यो नेपाल र नेपाली प्रति सद्भाव राख्ने हैटी बासीलाई दैबीप्रकोप बाट ठुलो विपति आएको मा/ सबै बिचली मा परेका हैटी बासीलाई भगुवान को कृपाले धैर्य घारण को सक्ति मिलोस !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
0
सबैको भलो होस्
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
0
नेपाल र नेपालीलाई माया गर्ने सम्पूर्ण हैटी जनताको मङ्गल र जय कल्ल्यान होस् …
उद्दार कार्यमा संलंग्न नेपाली सैनिकहरुलाई धन्यबाद |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
2
Has anyone thought of as such catastrophe happening in Kathmandu Valley ? lets be prepared. I just heard that a team of scientists from usa and jamaica has already warned in 2008 that a major earthquake was imminent in the near future but they didn’t had any such policies to cope up with any future disaster .
So a question to the all the folks of kathmandu as such catastrophe is also imminent in kathmanu.Are we prepared ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
7
सबै नेपालीहरु सकुसल छन्, तर झन्डै एक लाख मनिष ले ज्यान गुमाएका छन् यहाँ हाइटी मा
अहिले सम्म कुनै जहाज पनि aun सकेको छैन, टेलिफोन सेवा पुरै ध्वोस्त छ, अमेरिका बाट आउने रेसकुए टोलि एरपोर्ट टावोर को जानकारी लिंदै छ किनकि एरपोर्ट को टावोर मा गडबडी भाको छ भन्दै छन्. अझै पनि पुरै अस्त बेस्त छ, होस्पितल बाहिर मनिषको लाश को थुप्रो बाहेक अरु केहि देख्न पाइन्न
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
0
यस दुखत घटनामा मृत्यु हुने हाइटीका सम्पूर्ण जनताहरुलाई हार्दिक समबेदना तथा शोक संतब्ध परिवारहरुलाइ भगवानले दुख सहन सक्ने सक्ति प्रदान गरुन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
63
0
ओहो यो के हुदैछ ????? अब प्रक्रितिप्रकोपले पनि अशान्त प्रिथ्बी लाई नै चुमेको छ जताततै काल्खन्डहरु मात्रै मलाइत लागि रहेको छ अब प्रलय तेती नजिक छैन, हे भगवान कम्सेकम राम्रोकाम गर्नेहरुलाई त बाच्नदेउ …………………………………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
9
सबै हैटी बासि नेपाली र तेहाको नागरिक सुरछित रहोस, मेरो कामना, तर हामीले सोच्ने बेला भएनर, नेपाली मा पनि यस्तो भूकम्प गयो भने काठमाडौँ मा मात्रै दसौं लाख मान्छे मर्छ तेसैले सबै जना सचेत हुनु पर्यो, हैटी को भूकम्प नेपाली लाई अग्रिम सूचना(सतर्कता) पनि हुन सक्छ तेसैले सतर्क नेपालीहरु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
85
2
सम्पूर्ण हाइटी बासीको मगल होस्
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
1
यो दुखत घटनामा मृत्यु हुने हाइटीका जनताहरुलाई हार्दिक समबेदना तथा शोक संतब्ध परिवारहरुलाइ भगवानले धैर्य गर्न सक्ने शक्ति प्रदान गरुन| हाम्रो देश को सरकार अनि जनता ले यो दुखद घटना बाट एउटा ठुलो लेसन सिक्नु जरुरि छ| नेपाल पनि हाई रिस्क लिस्ट मा पर्छ, यदि १९३४ को हाराहारीको भूकम्प नेपाल मा जाने हो भने सिर्फ काठमाडौँ मै लाखौं जनताको ज्यान जाने छ र ६०% स्टक्चर पूर्ण रुपमा नास हुने छ| हाम्रो देश ले हाइटी को भन्दा पनि ठुलो दुख को सामना गर्नु पर्ने छ तर हाम्रो सरकार ले एसको बारेमा केहि सोचेको छैन, न कुनै अग्रिम प्लान नै छ| जनताहरुले हाम्रो अन्धो सरकार लाइ यसको बारेमा सोच्न र आपतकालिन राहत को लागि अग्रिम प्रोजेक्ट तयार गर्न दबाब दिनु निकै जरुरि छ किन भने हरेक ७०-८० वर्ष मा नेपाल मा ठुलो भूकम्प जाने कुरा अन्तराष्ट्रिय भूगर्वसस्त्रीहरुले बताएका छन्| २००४-२०१४ भित्रमा एसको ठुलो सम्भावना छ त्यसैले सम्पूर्ण जनता अनि सरकार ले निकै गम्बिर भएर सोच्नुपर्ने अवस्था छ|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
0
*if you are in America*
Donate to RED CROSS (HAITI RELIEF)—> type “HAITI” and send to 90999 (you’ll get reply saying for confirmation reply with “YES” reply ‘YES’)—>$10 will be charged to your Mobile BILL!!
more info: http://www.redcross.org
मन परे हरियो, नपरे रातो
4
1
हाइटीको भूकम्प र त्यहाका मानिसहरुको अवस्था देख्दा मन कटक्क खायो / तर त्यो भन्दा बढी मन त्यहानेर दुख्यो जति बेला मलाई काठमाडौँ को सम्झना आयो / काठमाडौँ पनि भूकम्प प्रभावित क्षेत्रमा नै पर्छ र यदि नेपाल मा त्यो स्तरको भूकम्प गयो भने हाइटी मा भन्दा दशौ गुना बढी क्षेती हुन्छ / तेस बारेमा कसैले सोचेको छैन एक दुइ गैरसरकारी संस्थाहरुले बाहेक / काठमाडौँ एती अव्यवस्थित रुपले बनेको छ कि भूकम्प आयो भने मान्छे हरु भाग्ने ठाम नपाएर पुरिएर मर्ने छन् / सरकारमा बस्नेहरुलाई भुस्याहा कुकुरलाइ हड्डी दिए जस्तै भएको छ, सत्ता को लुछा चुडी बाहेक अन्येत्र कतै सोच्ने फुर्सद छैन / फुर्सद भए पनि के गर्नु? खुराफाती बाहेक अरु केहि सोच्दै सोच्दैन तिनीहरुको दिमाग ले / तालिम नै तेस्तै पाएका छन् तेहा बस्नेहरुले पंचायत काल देखि नै / मलाई त भन्न मन लाग्छ “सदन भनेको विद्वान हरुको बुद्धि भ्रस्ट पर्ने अखडा हो”
अब बरु हामीहरुले आफ्नो आफ्नो पार्टीका नेताहरुलाइ पहिले योजना बनाऊ, अनि कानुन बनाऊ, तेस्पछी कानुनी राज्य चालु भन्न ढिला भैसक्यो /
मन परे हरियो, नपरे रातो
8
2
हाइटी बासी सम्पूर्ण सँग समबेदना छ भन्दै एक मिनट मौन धारण छ मेरो। ईश्वर ले मृत्युआत्मा लाई चिर शान्ति एबम यो बिपद को सामना गरी रहेका लाई हिम्मत प्रदान गरुन भनेर प्रार्थना गर्दछु।
तेजु बुटवल बाट
मन परे हरियो, नपरे रातो
12
1