मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ढिला भो, कुर्सीको मोह त्यागेर केही गर्ने बेला भो

    जेठ १४ गते आउन अब धेरै बाँकी छैन। यो दिन संविधान जारी भएन भने के ?

    यसको उत्तर कसैसित छैन।

    जे पनि हुनसक्छ। त्यसैले दबाब दिनुपरेको छ सबै दलका नेताहरुलाई। एकअर्कालाई देखाएर बहाना गर्न पाउन्नन् उनीहरु।

    हो, त्यस्तै दबाब दिनका लागि युवा दबाब समूहले कार्यक्रम गरिरहेको छ। अरु संस्थाहरुले पनि कार्यक्रमहरु गरिरहेका छन्। हामी सबैले आआफ्नो तर्फबाट सकेको दबाब दिन जरुरी भइसकेको छ।

    यसै क्रममा अस्ति आयोजित एक कार्यक्रममा ज्यादै राम्रा गीतहरु गाइएका थिए दलहरुलाई सचेत गराउन। दुई वटा गीतको भिडियो भित्र हेर्नुस्।

    एउटा गीत यस्तो थियो-
    ढिला भो ढिला भो ढिला भो ढिला भो
    अब त ढिला भो
    कुर्सीको मोह त्यागेर अब
    केही गर्ने बेला भो

    तर यी नेताहरुले कुर्सीको मोह कहिले पो त्याग्लान् र।

    भिडियो हेर्न क्लिक गर्नुस्-


    No related posts.

    67 comments to ढिला भो, कुर्सीको मोह त्यागेर केही गर्ने बेला भो

    • tilak subba

      मदन जी राष्ट्रय बादी १/२ जना नेताहरु दब्बियेर बसेका छन् भन्नु भयो मलाई हासो लगेर आयो को रहेछ दब्बियेर बसेको नेता र तपाई को भनाइ अनुसार एमाले कांग्रसको त पक्का होइन होला माओबादी भन्नु हुन्छ भने सब भन्दा फट्टा नेत्ताहरु त्यहाँ छन् जसले अरु कसैले त्यति देश मा उपध्र मच्चाएका थिएनन् तिनीहरुले मच्चाएका छन् र अहिले पनि नागरिक सर्बोच्चता र राष्ट्रिय स्वाधिनताका नाराहरु लगाएर सोझा साझा जनताहरुलाई बलि को बोका हुन् तयार परि रहेका छन् हो यो नारा नेपाली जनताको लागि जति स्वागत योग्य छ तर सज्जन ईमान्दार सभ्य राष्ट्र्यबादी नेताहरु ले एसको अगुवाई गर्नु पर्नेमा त्यो नहुनु दुर्भाग्य पूर्ण छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • madan bajracharya

        तिलक जी
        मैले धेरै रास्ट्र बादी नेताहरु छन् भनेको तपाईं ले १/२ जना भनि बुझ्नु भयो/ नेपालमा भनेको मा मावोबादीमा भएको बुझ्नु भएछ/ आफ्नै ताल ले पढ्नु भयो आफ्नै ताल ले लेख्नु भयो/ अब को हाँस्ने तिलक जी आफै भन्नुस/

        अब फताह लुताह भ्रस्ट कुन पार्टीमा छैन र? तिनीहरु लाई प्रतिस्थापन राम्रो नेताहरुले गर्न गराउनु हाम्रो दायित्वो हो तिलक जी भोट दिने र कसैलाई नेता बनाउने हामीनै त् हो/ अब अलि सचेत हुनु पर्यो भोट दिने बेला तेती भयी गए भ्रस्ट नेताहरुले हाम्रो अधिकार खोस्न सक्दैन थिए/

        हाम्रो बारेमा हामीले चुनेकाले बोल्ने कि समानुपातिक को नाम बात आएकाले बोल्ने? हाम्रो भबिस्य हाम्रै प्रतिनिधिले नै तय गराउन दिए पो प्रजातन्त्र/ नभए यसरि दल हरुको कोठे बैठक मा सहमति भएको कुरा हामीले मान्नै पर्ने भए यो त् प्रजातन्त्र भएँन/

        हाम्रो सांसद, मन्त्रि हामीलेनै चुन्न पाउनु पर्ने/ तर यस्तो त् भई रहेको छैन अहिले/ बहुमत पाएकाले सरकारको प्रतिनिधित्वो गरुन चाहे त्यो कुनै पार्टी किन नहुन/ राम्रो काम गरे फेरी भोट दिउँला नभए अर्को पार्टीलाई भोट दिने त् हो नि/ जनता कुनै पार्टीको कमारा त् होयिन/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tilak subba

      कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखेपनि बाङ्गाको बांगाई नेपालमा जत्तिनै छिट्टो संबिधान बनाए पनि नाबनायेपानी नेपाली नेता जनता समाज अहिले जस्तो छ त्यस्तै रहने वाला छ केहि परिवर्तन हुनेवाला देखिन् मईले

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • madan bajracharya

        तिलक जी
        हेर्नुश तपाईं पनि जनता नै हो/ तपाईंमा जति रास्ट्र बाद छ देस प्रति चिन्ता छ तेस्तै चिन्ता धेरै धेरै जनतामा छ/ होला नेताहरु कोहि बेयिमान तर यो नासंझानुस कि नेपालमा रास्ट्र बादी नेताहरु छैनन् भनि थुप्रै छन् र सबै पार्टीमा छन् अहिले पनि, तर किन कुन्नि दबिएर बसेका छन्/ अलि दिन कुर्नुस त् सहि यक दुई जना बेयिमान र बिकेका पद लोभी हरु अहिले कोहि असक्त भई सके भने कोहि काग तालिमा मात्रै चर्छा आएका हुन्/ उनीहरुको दिन धेरै छैन/

        बिस्वास गर्नुस नेपाल बन्छ राम्रो हुन्छ भनि/ तपाईं एक जनाको नैराश्यताले धेरै को मन मर्न सक्छ/ यस्तो नभंनुस है/ बिन्ति छः/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Mohan Bhandari

      शशांक लामा जी ,तपाई पो newyork माँ बस्नु भयको छ र ढुक्क हुनुहुन्छ, वार की पार को बिचमै रहे भने हामी के गर्ने, तपाई नेव्योर्क मा relax गर्ने हामी चाही भोक भोकै मरने …….????

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • Sasang Lama NY

        म त्यहिँ बसेको भएपनि मैले बोल्ने कुरो यहि हो | रह्यो RELAX को कुरो, जिम्मेवारीबोध भएको मानिसलाई संसारको कुनै कुनामा पनि तपाइंले भनेको जस्तो relax नहुँदो रहेछ !

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुनै काम नै नगरी सितै मा महिना को रु ३०,०००-४०,००० पाइने बेला बेला विदेश भ्रमण, भत्ता पाइने / अनि अहिले नै किन संबिधान लेखि हालन र / के यी नेता हरु लाटा छन् / यिनी हरु ले यसरि नै जनता लाइ अझैँ ५/१० वर्ष यसरि नै लाटा बनाएर सासन गर्छन पैसा कामाउ छन् देश लाई लुटेरा टाट पर्छन / हेर्दै मात्र जाऊ एक ले अर्को लाई गाली गरेको नाटक गर्ने कसरि हुन्छ लामो सातामा टिक्ने दाउमा छन् यी नेता हरु / यी अनाडी नेताहरुले अर्को पल्ट चुनाब तेसै जित्ने होइन र किन अहिले नै संबिधान लेखेर आफ्नु खुटा मा आफै बन्चरो हान्ने / कसलाई मन पर्दैन होला र महिना को रु ३०,०००/४०,००० सितैमा/ खोइ त हामी जनता ले कुरा बूजेको तै नेता को पछि लगेर मुर्दाबात र जिन्दाबात गरेर हामी कहिले सम तिनी हरु को पिछे लाग्ने जरूर सोच्ने बेला आएको छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • rajendra shrestha

      यो लेक मलाई एकदम ठिक लाग्यो तर संसार त्यहा उल्लेख गरे जस्तो मात्र छैन त्यसैले हामीले के कुरा बुझ्नु पर्ला भने हाम्रो संसार नेताहरुले मात्र बिगारेको नभई हामी जस्ता कार्यकर्ताहरुले आफ्नो दुनो सोझ्याउने काममा नेताहरुलाई प्रयोग ग्र्नालेनै यस्तो भाको हो कि जस्तो लाग्छ कि कसो बुद्धिजीवीहरु.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • devendra singh

      यदि ठिक समयमा संबिधान बनेन भने सभासद, मन्त्रि तथा नेताहरु बिदेस पलायन हुनुपर्छा नत्रभने कारबाहीको भागीदार हुनेछन नेपाली जनताले तिनीहरुलाई कदापी माफी दिने छैनन्. होसियार !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sanjaya

      नेपालका मुख्य देशद्रोही हरु त
      १. काजु कान्छो ओली
      २. मा. कु. ने.
      ३. बिद्या भण्डारी

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • madan bajracharya

      माई सन्सार लाई बिशेष अनुरोध/

      माई सन्सार कति प्रभाव शाली हुँदै गई रहेको भनि सबैले जाने बुझेको कुरा हो/ यसैले हुन् सक्छ भने अब बनिने संबिधान कस्तो हुनु पर्छ र जन चाहना के छ भनि जनाउने कुनै प्रसंग उठाई दिनु भएमा विद्वान साथीहरु को मत र प्रतिक्रियाले संबिधान सहि बन्न मदत गर्छ कि जस्तो लाग्यो/ देस संघियेतामा जाँदै छ/ ठिकै हो/ तर देसका प्रतेक नागरिक कुनै पनि राज्य मा नागरिक भएर बस्न र बाच्न पाउने कुरा को बिपरित कुरा तराईमा भई रहेको छ/ तेस्तै बिकृति अरु राज्यमा पनि फैलिएमा अनर्थ नै हुन् जस्तो लागे/ यस संदर्व्मा जन चाहना दर्साउने कुनै प्रसंग माई सन्सार ले उठाई देउन भनि अनुरोध गर्दछुं/ यो मेरो अनुरोध मात्रै हो/ अन्यथा नलिई दिन अनुरोध छ/

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • Cesar

      कानमा तेल हालेकाले के सुन्लान |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • raj

      in name of making constitution ..do not go for federalism and do not incorporate the PLA into NEPAl ARMY.ghatiya maobadi

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • sanjay kharel

      la aaunuhos नेपाली चलचित्र नया फिल्म बजारमा ल्यायको छ हेर्न नवुलौ ,फिल्मको नाम हो थ्री एदिअत ,मुख्य पत्र माधब ,केपी मैन हेरो एंड हिरोनी मा बिध्या एंड सुजाता को नया प्रस्तुति को नया स्वाद फिल्म

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • Utsav

      सुन्लान र यो सब हाम्रा नेताहरुले ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sushil baraili

      लौन अब त देश र जनताको लागि केहि गरौन डिला भैसक्यो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • dave

      सबैको बोलि नेपाली को एउटी बोलि छ . देश मा समय मा नै संबिधान लेख्नु पर्चा. भनेर . यस्तै कार्यक्रम हरु को जरुरि छ. desh

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ananta

      एस पाली को संबिधान मा, शान्ति सुरक्छ्या लाई महत्वो दिए राम्रो| कुनै पनि हालत मा नेपाल बन्द गर्न नपाइने र नेता हरु ले पार्टी परिवर्तन गर्न नपाइने| मन्त्रि हरु को संख्या सक्दो कम गर्ने आदि इत्यादी|

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Ram Hari Thapa Magar

      दिपक थापा जी,

      तपाई को कमेन्ट पढेर मा धेरै हासे!!! तपाई को कुरा मा लाइ धेरै सहि लग्यो
      इराक मा १२ जना नेपाली मरे गीत मा पनि नेपाली नाच्छन्!!हिहिही
      किन?? नेपाली र MEXCIAN दुवै भेडा जात हुन् !! ७५% नेपाली को आफै सोच्ने सक्ति छैन” sorry no offence ” i am nepali too “

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • RamJi

      नेपालमा गिरिजा आफैमा असफल नेता हो, एमाले ढुलमुले शिधियांतको, सो जनताको अलि राहत पाउने आस भएको माओबादी हो तर दुख को कुरा माओबादी सम्पूर्ण रुपमा झुठो को बेब्सयी हो, क लाई विश्वास गर्ने, ढिलो भएपनि कले संबिधान बनाउने हो. प्रचन लाई कसरि विश्वास गर्ने. ल हेर्नुस प्रचण्ड अर्थात् झूठका पुलिन्दा

      निर्वाचनबाट सबैभन्दा ठूलो हैसियत पाएको दलका सबैभन्दा ठूला नेता नै एउटा चटके भएर प्रकट हुन्छन्, उनले बोलेको कुरा कसैले पत्याउनै नहुने, बिहान बोलेको कुरा बेलुका खण्डन हुने र राष्ट्रकै लागि गम्भीर र संवेदनशील विषय ठट्टा मजाक बनाइदिने गर्छन् भने त्यो देशको अवस्था कस्तो होला? एकीकृत नेपाल कम्म्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल देशमा एउटा त्यस्तो पात्रका रुपमा स्थापित हुँदैछन्, जसले सार्वज्ानिक ठाउँमै बोलेका कुरा गरेका भाषणप्रति कुनै एउटा नागरिकका लागि थोपोसम्म भर पर्न नहुने भएको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • iku

      आज सरस्वती पूजा हो र म गिरिजालाई यो शुभ उपलक्ष्यमा सरस्वती माताले संबिधान निर्माणको लागि सत्बुद्धी दिनुहुन कामना गर्दछु । गिरिजाले चाहने हो भने भोली सबै कामहरु सरल हुन्छन । यो दुर्दशा निम्त्यौने गिरिजा नै भएको हुनाले हे माता सरस्वती मेरो देशको शान्ती र समुन्नतको लागि कृपा गरीदिनुहोस । जय नेपाल ।

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • के हो संबिधान भनेको ???????????नेता हरु लाई कुर्सि को लोभ छ
      ,कुन चाही पार्टी को नेता ले बनाउ भन्ला संबिधान …….कांग्रेस को गिद्ध नेता नि देखेकै हो , एमाले को बकुल्लो जस्तो नेता नि देखेकै हो ,माओबादी को चिल जस्तो नेता लाई नि देखेकै छौ ,मदेश मा कराउने काग जस्ता फोरम पार्टी नि देखेकै हौ किन खोज्नु संबिधान ?यो सबै पार्टी र नेता लाई चिनेर पनि अझै केहि आश गर्नु छ र हामि नेपाली ले ??????????बरु कलाकार मन्त्रि भए केहि गर्थे कि देश मा .मदनकृष्ण र हरिबंश लाई पो प्रधानमन्त्रि बनाउनु पर्ने ……….साला कुनै पार्टी को नेता ले नि बनौदैना संबिधान ,

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • Rijan Mainali

      राज्नितिलाई पेसा बनौनेहरू बाट आसै गर्नु बेकारछा
      पेसेदार हरुले त जनता हैन नाफलाई पो हेर्छा
      अहिलेका नेपाली राजनितिका टाउकेहरू नाफा बढ़ी कमौने ब्यास्ता छन.
      गिरिजा मकुने लाई त देखियेकई थियो , प्रचंडा पानी अर्को पाखंडी ब्यापारी नै रहेछा
      उसले त मकुने गिरिजा ले जस्तै झूट र खुरापाती मात्र लगनी गरेर आफ्नो ब्याबसयाको लगी
      तीसों हजार सोझा नेपाली को लास पनी लगनी गर्यो आफ्नो ब्याबसयाको लगी
      तर जनतालाई तेस्को एक हिसा मुनाफा दिनुभन्दा अन्य शेर्होल्डर लाई सफाई गरेर भये पनी ब्याबसाया लाई एकलौती बनौना खोज्दै छ
      तेसैले यिनिहरुलाई बाध्य नाबनाये सम्मा संबिधान बनौन्छां भन्नु त बेकार छ
      किनभने अहिलेको जस्तो स्वोर्नायुग यी रक्त पिपसुहरुलाई कहिलेंई भयेन
      मकुने चुनाब हारेर प्रधानमंत्री हुना पाएको छ
      सुजाता जास्ती खारदार हुने खूबी नाभायेकी नालायक आइमाई उपप्रधानमंत्री हुना पाएकी छ
      लोग्नेको नाम बेचेर र के पि वोलिको बी चादर बिद्या देवी भंडारी रक्छा मंत्री भयेकी मत्री हैन सांति प्रक्रिया नै बिथोलना सकने नाटक गर्दै छे
      तेसैले यिनिहरुलाई ससकता खबरदारी गर्न नसके संबिधान पनी बन्दैना बनेपनी जनता ले सोचेजोस्तो बन्दैना.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • shridhar neupane

      येस्तई हो भने बन्यो नया संबिधान ……………………………….
      नेता हरु एक अर्कोको खुट्टो तान्न मै बेस्त, नेताको मोहोरा बनेका जनता सडक मा टाएर जलाउन मस्त अनि के ………………

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • bijay

      यिनीहरुलाई “नेता” चै किन भन्ने? यिनीहरुलाई भुस्याहा कुकुरहरु वा देश भादुवाहरु भन्नुपर्छ/ येसो गरे कसो होला?
      कसैले “मदन बहादुर हरि बहादुर” हेर्ने गर्नु भएको छ ? म हरि बहादुरसंग १००% सहमत छु/ एस्तो तालले संबिधान समयमा बन्दै बन्दैन, म मेरो नाक कान सबै काटेर फालिदिन्छु/

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • ardniban

      चप्पल पनि लगाउन नसक्ने कोदे हरु प्राडो पजेरो पनि छानी छानी चद्चन ,कोदे हरु लाई राज्नितिसस्त्रमा स्नाकोत्तर पढेको हुनु पर्ने नियम लगाउने हो भने देश उसै बन्छ .कसैको चाकडी गरेको भरमा ,कसै को नाता परेको भरमा बरिस्ट नेता हुने नेपाल मा ज भने विकास चाही हुन अझै १ सताब्दी लाग्नेछ !

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • बेलैमा संविधान बनाओ नत्र केहि पनि हुन सक्छा.जस्तै मार्शल ल लागु हुनु बिदेशी हस्तछेप हुनु र देस गृह युद्द मा होमिनु आदि

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • dipak thapa

      हामी नेपाली लाई जे मा पनि नाच्नु पर्ने| आन्दोलन मा, खुसि मा, सोक मा| हुदा हुदा एक पल्ट इराक मा १२ जना नेपाली मरे भन्ने गीत बजी रा थो तेस्मा नी मान्छे नाचिरहेका|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • sudarshan

      संबिधान निर्माण गरेनन भने जनमत को अपमान हुने छ नेता हरु जनता हरु बाट आफ से आफ तिरस्कृत हुने छन छ र नेपाल मा कुनै पनि राजनैतिक दल को अस्तित्वो रहने छैन , ५० औं बर्ष भूमिगत हुनु पर्ने छ , फेरी रगत को बाढी आउने छ त्यो बाढी मा नेपाली जनता मात्रै होइन अहिले खुट्टा ताना तान गर्ने नेता हरु पनि बग्ने छन , बिदेशी सेना को नेपाल मा रजाईं हुने छ , भिएतनाम मा जस्तो बाबु आमा को अगाडी छोरि चेली हरु को बलात्कार हुने छ र नेपाल बिदेशी को गुलाम बन्ने छ , करोडौं नेपाली हरु को आँसु को सराप लाग्ने छ , नेता हरु ले यी कुरा लाई बुझेर बेलै मा संबिधान बनाएर देश लाई निकाश दिनै पर्छ , यो बाहेक अर्को कुनै बिकल्प छैन

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Laghu

      बस्ताबमा दिपेन्द्रले नेपाली जनता लाई यउटा ठुलो गुन लगायका छन् | उनले बेलैमा भट्टटटटटटटटट नपारी दियको भय के को गणतन्त्र हुनथ्यो नेपालमा ?
      अहिले फेरी औटा दीपेन्द्रको खाचो छ | यी नेता भनाउदाहरु लाई ठिक पर्ने |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 9

    • घैंटे

      माई संसार मा यी राजनीति कुरा हरु त हरेक पोस्टमा पढ़िन्छा | तर के गर्नु ? जमाना ले दिएको मोबाइल र ल्यापटप पनि चार्ज गर्न नपईयेला जस्तो छ | अन्त मा गीत राम्रो छ(सुन्दा खेरी ), कमेन्ट राख्न पनि लोड शेडिंग रुटिन हेर्नु पर्ने ? हामीलाई केहि चाहिएको छैन हजुर, बत्ति , पानी अनि सान्ती चाहिएको छ |
      -घैंटे

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

      • madan bajracharya

        घन्टे जी
        अनौठो कुरा गर्नु भयो तपाईंले ….हामीलाई केहि चाहिएको छैन हजुर बती पानि अनि शान्ति चाहेको छ” भनि/

        नेपालको सुन्दर रुप, ती कलाकृति को नमुनाहरु बती पालेर धाराको पानि पिएर हाम्रा पुर्खाहरुले बनाएको होयिनन/ यस पालि नेपाल बचाउनुनै छ हामीलाई चाहे जति सुकै कस्ट किन झेल्न नपरुन/

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • kalpana

      यी नेता भनौदा लाज पचेका कुकुरहरु सत्तारुपी हड्डीको तानातान मै बिजी छन् जनताको दुख पिडा बुझ्ने सुन्ने दिन कहिले आउछा खोइ ? नालाएक कुकुर हरुलाई उचालेर राजनेताको पगरी हामीले नै गुथाएर गल्ति भयो , सबै नेताहरु भुक्ने कुकुर मात्र भए ,यिनीहरुलाई अलिकति पनि लाज भएको भए
      सधैं बन्द हड्ताल कुर्सि तानातान गर्ने थिएनन्

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • डा. सुरज श्रेष्ठ

      संबिधान संबिधान संबिधान !

      बिना निर्वाचन ३८१ हरु सांसद हुन पाएका छन् !
      बिना सांसद धेरैले मन्त्रि खान पाएका छन् !!
      तसर्थ सधैको लागि चाहिने संबिधान यो दलहरुले किन बनाउला ?

      यौटा सानो कुरामा त सहमति हुदैन !
      तर तलब भत्ता खान सांसद र मन्त्रिहरु एकमत हुन्छन !!
      कस कस ले मान्ने संबिधान बन्ने हो नेपालमा ६०१ लाई थाहा छैन ।

      डा. सुरज श्रेष्ठ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 2

      • madan bajracharya

        डाक्टर सुरज जी
        यक दम ठिक कुरा को संकेत दिनु भयो/ ३८१ जना समानुपातिक कोटामा संबिधान सभामा आएका सांसदहरु बिकेको नेता तथा दलका हुकुम मान्ने हरु मात्रै हुन् तिनीहरुले जनताको प्रतिनिधित्वो गर्दैनन्/ के यिनीहरुले संबिधान सभामा जनताको अधिकारको लागि भोट देलान र ? दिन चाहे पनि दिन सक्दैनन्/ यिनीहरु पार्टीको व्हिप मान्ने गधा जस्तै मात्र हुन्/

        येस्ता ले कस्तो संबिधान बनाउला भै अनुमान गर्नु पर्दैन, तराई बात नेपाली लकेती रहेका यक मधेश बादी सिट गरिएको ८ बुंदे सम्झौता अहिले यिनीहरुले बनाउन लागेको संबिधान को पुर्ब निर्धारित रुप रेखा हो/

        अब को संबिधान मा प्रतेक नेपाली नेपालको कुनै पनि राज्यमा नागरिक अधिकार सहित बस्न र बाच्न पाउने कुराको ग्यारेन्टी हुने कि नहुने यो अहम सवाल को चित बुझ्दो जवाफ नदिए सम्म यिनीहरुको हाट बात संबिधान बन्न दिनु हुन्न/

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 6

    • arjun

      केहि हुने वाला छैन हो यिनी हरुले संबिधान बनाया पनि जब सम्म हामी नेपाली हरु सिचित हुने छैनौ

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • पुष्प

      भारतीय हैकमवाद शीरोपर गर्नेहरू जनमत पाएको दललाई पाखा लगाउने चलखेलमा व्यस्त भएको हुँदा संविधान बन्ने कुनै छाँट देखिँदैन । सामन्ती सत्ता ध्वस्त पार्ने, गणतन्त्र स्थापना गर्ने र समुन्नत नेपालको खाका कोर्न सक्षम माओवादीलाई लिट्टे बनाउने, समाप्त पार्ने, जनसेना सेना समायोजन नगर्ने, जस्ता अभिव्यक्तिहरू दिएर शान्तिप्रक्रिया भाँड्न खोजिरहेका छन् । हुन त यस्ता अभिव्यक्ति दिने भारतपरस्त, देशद्रोहीहरूको अभिष्ट पूरा हुनेवाला छैन । हुने नै भए ५२ सालमै हुनेथियो; तर के गर्नु यी टट्टुहरूले बिर्सिरहेका छन् कि जति-जति माओवादीलाई सिध्याउने षड्यन्त्रमा लागिरहेका छन्, माओवादीप्रतिको जनमतमा अझ वृद्धि भइरहेको छ ।

      त्यसैले ‘कुर्सीको मोह त्याग गर’ भनेर दबाब दिनुभन्दा ‘भारतीय प्रभावमा नपर’, ‘जनमतको कदर गरेर एउटा सच्चा नेपाली बन’ भनेर दबाब दिए समयमै उत्कृष्ट संविधान बन्ने र समस्याहरू चाँडो समाधान हुनेथिए । अन्यथा लाज पचेकाहरूलाई यस्ता दबाब दिनुको कुनै ‌औचित्य छैन । हुन त इन्द्रिय नै नहुने टट्टुहरूलाई जुनसुकै किसिमको दबाब दिनुको कुनै औचित्य देखिँदैन । माओवादीले यी टट्टु नचाउनेहरूसँग वार्ता गर्छु भनेर त्यसै भनेका होइनन् ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 39

      • madan bajracharya

        पुष्प जी
        भारतीय हैकमबादको बूटले जनमत कुल्चने हरुको जमातबात नै अहिले संबिधान बन्नु पर्छ भनि भारत भन्दै छ/ के यो कुराले यौटा गम्भीर षड्यन्त्र को संकेत दिंदैन?

        उहिले टनकपुर मुद्दा मा सबै पार्टीका सबै चुनिएका सांसदहरुले बिरोध गरे पछी संसद भंग गरेको बात नै देस मा भारत को हाली मुहाली हुन् दिने संबिधान बनाउने षड्यन्त्र अनुशार नै नया संविधानको प्रसंग चलेको जो कोहिले महसुस गर्न सक्छ/ नभए २०४६साल्को आन्दोलनमा बिजयी भए पछी सबै भन्दा तराई बाशी खुसीले नाचेका थिए/

        आज ती २०४६ सालको उपलब्धिको लागि ज्यान दिने तराई बाशी को गला दबावी एक मधेश बादी कहाँ बात आए? अस्ति सम्म ती ४३ लाख बिहारीलाई गलत तरिकाले नागरिकता नदिए सम्म त् ती पहाडी भन्दै नेपाली लाई लखेट्ने एक मधेश बादी हरु को मुसा जस्तै मात्र थिए आज उनीहरु संबिधान सभा नै थर्काउने शेर कसरि बने?

        संबिधान जनताले चुनेको सांसदहरुले बहुमतको आधारमा संबिधान को बुँदा हरु लेखिनु पर्छ र यसमा समानुपातिक कोटामा सांसद भएका को मत ले र पार्टीको व्हिप बात निर्णय प्रभावित हुने भएमा जनताले चाहेको संबिधान बन्न सक्दैन/ संबिधान सभा लाई पहिला समानुपातिक सांसद र पार्टी व्हिप बात पर राझेर, जनताले चुनेको सांसद हरुलाई कुनै पार्टीको प्रभाव बात मुक्त भएर जनमत र जनप्रतिनिधिको हैसियतले निर्णय गर्ने अबस्था नभए सम्म संबिधान राम्रो बन्ने सक्दैन/

        जब सम्म जनाधिकार पुनर्बहाली हुँदैन, जब सम्म संबिधान सभा समानुपातिको कोटाको चम्चा हरु र पार्टीको व्हिपको प्रभाव बात मुक्त हुँदैन हामि कुर्नु पर्छ/ अब को संबिधान मा यक गल्ति भएमा रास्ट्र बिखन्डन हुन् बात कसैले बचाउन पनि सक्दैन र तेस पछी कुनै आन्दोलनको पनि कुनै अर्थ हुँदैन/ हाम्रो धैर्य र यकता मात्रै हाम्रो बल हो अब/ भोक लाग्यो भन्दैमा जे पनि त् खान सकिंदैन नि/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 4

      • Ram

        पुष्पजी ,

        नेपाललाई ध्वस्त पार्ने मध्येको एक पार्टी माओबादी र त्यसको नालायाक नेता पुष्प कमल दाहालको नाम जपेर आन्धो भएर हिड्नु भएकोमा तपाइलाई धेरै धेरै बधाई छ | प्रचण्डको चलखेल र घटिया कुराहरु यहाँ लेखेर साध्य हुदैन |

        लेख र शब्द त एकदम राम्रो लेख्नु हुदो रहेछ | सायद तपाई तेही माओबादीको नेता अथवा जनआस्थाको लेखक हुनु पर्छ |

        हैन यो सबै कुराबाट माथि उठेर केही गरूम न हैन देशको लागि? प्रचण्ड देखि लिएर माधव कुमार सबैलाई सजाय दिएर कोहि गतिलो नेता चाहिएको छ | मेरो अनुरोध छ अन्धो भएर माओबादीको पछि नालाग्नुस | सबैले देखेको छ माओबादीले के गरेका छन् देश को लागी | सायाद बाबुरामले केही राम्रो गर्लान तर यो प्रचण्डलाई चै पाता कस्नु पर्छ | गाउको अनपढ जानतालाई लोभ लालच देखाएर आफ्नो समर्थनमा ल्यौदैमा जनताको पार्टी नसम्झनुस |

        जय नेपाल !!!

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 5

        • madan bajracharya

          रामजी
          मावोबादीको बिरोधि हुनु तपाईंको अधिकार को कुरा हो तेस्को सम्मान गर्छु/ तेस्तै म बिशेष गरि गिरिजाबदी कांग्रेस, लिट्टे कुमार नेपाल बादी एमाले र तराईमा पहाडी बस्न नदिने भन्ने यक मधेश बादीको कट्टर बिरोधि हुन् र म यसलाई मेरो अधिकार मान्छु/ किन तपाईं मावोबादी बिरोधि हुनु भयो र म जस्तै अरु किन कांग्रेस एमाले बिरोधि भयो भन्ने कुराको जवाफ यौटै छ कि यिनीहरुले देस हित गरेनन तेसैले हामि तिनका बिरोधि भयौं/ यसो हिसाब ले राम जी हामी ययूतई बाटो को यात्री भएन र भने?

          अब भन्नुस तपाईं हामि चाहेको देस कसैले नामिचुंन भारत सिट यति सारो न दबियुंन असमान सन्धि हरु कमसे कम संसोधित हुनु पर्छ भनि कुन पार्टीले माग गर्दै छ? कांग्रेस ले? एमाले ले? मधेश बादी ले? बा मावोबादिले?

          माथिको हाम्रो चाहना कमसे कम कांग्रेस एमाले र मावोबादी नामिलिकन सदन बात यो संदर्व्मा कुनै निर्णय लिन सक्दैन/ तर यिनीहरु मिल्ने सक्दैन मिलुन त् कसरि मिल्ने देसको सिमा मिचिएको मा कांग्रेस एमाले मिचेको छैन भन्छ त्/ अलि सोच्नुस राम जी हामि जनताको आवाज कसले उठाई रहेको छ भनेर अनि गालि गर्नुस है/

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 10

          • Ram

            मदनजी,
            तपाईको जवाफको लागि धेरै धन्यबाद | शुरु गर्नु अगाडी, म जति माओबादीको बिरोधी छु त्यति नै काँग्रेस, एमालेको पनि बिरोधी हुँ | म त खाली देशको भलो चाहने स्वतन्त्र जनता हुँ | मेरो कुनै राजनीति आस्था छैन |

            अरु पार्टीले नउठाएको भारतको सिमा र अरु कुराहरु उठाउनु माओबादीको राम्रो पक्ष हो | तर मलाई लाग्छ प्रचण्डले भाषणमा अलिक धेरै नै बोल्छ र माओबादीको नेतामा गृह कार्य र diplomacy देखिएन | प्रचण्ड सधै कुनै न कुनै बहाना निकाल्छ | जस्तै कालापानी जान्छु भनेर फुई लगाको थियो | गयो त? तेस्मा धेरै गृह कार्य र diplomacy हुन्छ | त्यसैले भाषणमा जनताको आवाज उठाएर दुई चार थपडी पाएर देश चल्दैन | देश चलाउन धेरै माथि उठ्नु पर्चा र सान्धर्भिक र practical अनि diplomatic हुनु पर्छ |

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

            • madan bajracharya

              राम जी
              ठिक कुरा गर्नु भयो/ तर मेरो प्रतिबाद के मा भने प्रचान्द्र्ले सिमा मिचिएको कुरा कुरै करा मा मात्र बा उसको पार्टीको राजनैतिक लाभको लागिनै उठाएको भए पनि, कुरा त् उठाए/ अरु पार्टीले उल्टै सिमा मिचिएको छैन भने/ देस को सिमा त् मिचिएकै हो/ चाहे यो कुरा प्रचंद्र ले भनुन बा कालो चोर ले हामीले देस मिचिएको कुरा उठाउने लाई प्रोत्शाहन दिनु पर्छ भन्ने मात्र मेरो आशय हो/ यसरि लिकुने जस्तो प्रधान मन्त्रीको हैसियत बोकेको व्यक्तिले देस को सिमा मिचिएको पनि मिचिएको छैन भन्नु हामि नेपाली को दुर्भाग्य नै हो कि हामि कस्ता कस्ता निच व्यक्ति लाई सिंह दर्बार वोगटर बसेको हेर्नु परिरहेको छ/ एमाले कांग्रेस मा रास्ट्र बादी नेताहरु हुँदै नभएका होयिन, म धेरै लाई चिन्छु त्यो पार्टीहरुमा रास्त्र्बाद्को लागि मारी मेट्ने/ तर अचेल उनीहरु कहाँ दबिए अच्चाम्मै लाग्छ/ यस्तो हुनु मा केहि षड्यन्त्र कतै बात भएको छ कि जस्तो लाग्छ/ नभए कांग्रेस पार्टी गणेशमान जस्तो को पनि पार्टी थियो/ गणेशमान समर्थक हरु कता गए? एमालेमा मनमोहन मदन भण्डारी आदर्श पुरुष हरु थिए कहाँ गए तिनका समर्थक हरु? लिट्टे कुमार नेपाल लिट्टे हुन् भनि महाकाली प्रसंगमा एमालेनै टुक्रिएको एउटा प्रमाण हुन्/ यस्तो लिकुने कसरि प्रधान मन्त्रि बने? सबैमा रास्ट्र घाती षड्यन्त्र लुकेको छ/ यी सबै बिकृति हरु हेरेर जनताले उहिले मावोबादिले अत्याचार गरेको कुरा पनि सानो मान्दै गए, मावोबादिलायिनै पत्यौन्दै गए/ राम जी मैले यी कुरा भनेर मावोबादीको प्रसंसा गरिरहेको होयिन/ मात्र नेपाली हरु कति रास्ट्र्बादी छन् भनेर भन्न खोजेको/ ज्यान मार्ने बरु अंगाले गाउँ घरका जनताले तर रास्ट्र घाती त्यागे/ यो यौटा पाठ हो गरिब तर रास्ट्र बादी जनताले हामीलाई सिकाउन खोजेको, पढाउन खोजेको/ नेपाल रहे हामि नेपाली भनेर बाच्न पाउन्छौँ/ तर सिक्किमेली जस्तो भौतिक सुबिधाको लागि रास्त्र्नै भारतमा मिलाउने मिचौनेको हामीले बिरोध गर्नु पर्छ/ मैले तपाईं को कुरा काटें अन्यथा नालिनुष ल/

              मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

              • Ram

                धन्यवाद मदनजी | म तपाईको कुरालाई एकदम positively लिएको छु |
                हामी जनता मिलेर यो देश बचाउनु पर्छ | सबै भन्दा पहिला संविधान
                बनाउनु पर्छ र अर्को ठुलो कुरा यो जातियतामा देश बाड्न दिनु हुदैन |
                तपाईको सभ्य comments को प्रसंसा गर्दछु म |

                मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • krishna

        वा! वा!! वा!!! पुस्पा जी |
        तपाइलाई मेरो तर्फबाट हार्दिक कृतज्ञता ब्यक्त गर्दछु | तर अचम्म को कुरा त पुस्पा जी किन आफ्नु खुट्टामा आफै बन्चरो हान्दै छन् यी तत्तुहरु हँ?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      यी नेताहरुले कुर्सिको मोह त्याग्लान र? समाचार मा यो प्रस्न उल्लेख गरिए बाटै बुझिन्छ कि यिनीहरुले संबिधान लेख्छ बा लेख्दैन भनि/ लेखेता पनि आफुले कहिले यसरि देसको अस्मिता नै भारतलाई बन्धकी राख्ने ले कस्तो संबिधान लेख्लान भनि अनुमान गर्न असहज छैन/

      हारो दुर्भाग्य नै हो हामीले यस्ता नेताहरु पाएकोमा/ हाम्रो दुर्भाग्य को कारण हामि आफै पनि हो/ सहि बिकल्प नापायिकनै यस्ता कुकर्मिहरुलाई देसको संबिधान लेख्ने जिम्मा दियौं/

      संबिधान बनाउनु भन्दा अघि यिनीहरुले मावोबादी देखि सिट जातिय राज्य बनाउने सम्झौता र मधिसे बादी सिट सम्पूर्ण तराई लाई उनीहरुको आत्म निर्णय गर्ने अधिकार भएको एक मधेश बनाउन दिने भनि मधिसे बादी सिट गरिएको सम्झौता ले संबिधान सभाको औचित्य, अधिकार र दायित्वो निर्ममता पुर्बक हनन गरेको छ/

      अब समिधान भनेको मावोबादी खुसि गर्न मधेसी खुसि गर्न मात्र त् लेखिने कुरा भयन/ समुर्ण तराईलाई झन्डै अर्को सानो भारत जस्तो बन्ने अधिकार दिने भनि सम्झौता गरे अनुशार नै संबिधान नबने त्यो संबिधान यक मधेश बादी नमान्ने रे अर्को आन्दोलन गर्ने रे/

      अब तिनै एक मधेश बादीको बुई चढेको र तिनै एक मधेश बादी लाई पाल्ने पोस्ने उकास्ने भारतको गुलामी गर्ने ले सरकार चलाई रहेको छ/ सरकार चलाउने नेताहरु पार्टीको एक नम्बरको भएको र संबिधान सभामा भएको नेताहरु तिनीहरु भन्दा कान्छो/ पार्टीको व्हिप सरकार चलाउने नेताले जारि गर्छन त्यो कुरा संबिधान सभाको सांसदहरुले मान्ने पर्छ/ अब सरकार चलाउने नेताहरु कस्ता छन् भनिरहनु जरुरत छैन/ अब भन्नुस यिनीहरुले बनाएको संबिधान कस्तो होला?

      तैपनि हाम्रो दुर्भाग्य यिनीहरु बाटै छिटै संबिधान बनुन भनि भन्नु परिरहेको छ/ कुर्न सक्दैन हामि/ तर यिनीहरुको प्रबिती र आचरणले देखायिरहेको छ यिनीहरुले नेपालको जनता खुसि हुने र देसमा शान्ति हुने संबिधान लेख्दैन भनि/

      साँच्चै भनु भने, संबिधान भनेको मात्र टाउको दुखेको निको गर्ने औषधि जस्तो कुरा होयिन/ टाउको दुख्यो ल यक ताब्लेट आस्प्रिन दे भने जस्तो गरि संबिधान बनाउनु के उचित होला?

      नेपाल अब संघिय प्रणाली मा जान बात रुक्न सक्दैन/ तर अब बनिने संबिधान मा देस को सबै नागरिक हरु कुनै पनि राज्यमा नागरिक अधिकार सहित बस्न बाच्न पाउने हुन्छ कि हुँदैन/ यो यौटा अहम सवाल हो/ यसको उचित जवाफ नदिनेको हाट बात संबिधान लेखायिनु देसको लागि दुर्भाग्य हुन् सक्ने छ/

      सबैलाई थाह भएकै कुरा हो तराई बात मधसी भनाउदाहरुले देसको अरु जाति लाई तराईमा बस्न नदिने भन्दै लखेटिरहेको छ/ गरे त् अहिले संबिधान बनाउने भनि आएका कुनै नेताले यस्तो कुकार्य को बिरोध आज सम्म? उल्टै तिनै मधिसे अंगाल्दै उसका प्रभु भारत को पाउ ढोग्दै जनतालाई लात मार्दै देस मिचौन्दै छ/

      तैपनि जस्तै भए पनि जस्ताको हात बात पनि संबिधान छिटो लेखियुंन भनिन्छ भने खै अब के भन्ने?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 7

    • Durga Khanal

      मेरो पनि एउटा भनाइ छ – कि केही गर नेता हो देशको लागि गर धेरै नबोल काम गर हैन भने त्रिसुली मा गएर आत्मा हत्या गरेर मर ! चोरहरु , गद्दार नेपाल का पाखण्डी नेता नेत्री मुर्दावाद !!!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

    • Ram

      नेताले त जनतालाई बाटो देखाउनु पर्ने हैन र? जनताले नै उल्टो ल है संबिधान सभाको समय भयो भन्नु पर्छ भने कसरी नेता भए? आफ्नो देश र जनतालाई बाटो देखाउन नसक्ने नेता हामीलाई चाहिएन | नेपालको तीन देशद्रोहीलाई जनताले सजाय दिनु पर्छ |
      १) पुष्प कमल दाहाल
      २) माधव कुमार नेपाल
      ३) गिरिजा प्रसाद कोइराला

      जय नेपाल !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 4

      • गगने

        सबै भन्दा ठुलो जन्तु छुटाको?
        वोली!
        हुनत पल्लो घरको कुत्ता हो! जनाबार कसरि देशद्रोही हुन्छर! जनाबार लाइ त मालिकले जता भन्यो तेही जान्छ र जता देखायो तेती भुक्छ!

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 12

        • हिमाली

          छुटाएको होइन होला मित्र, केवल बाध्यता मात्र हो, जनापिड़क नालायक हरुको सबैको नाम यहाँ लेख्नु थालियो भने त सेर्वर नै भरिन्छ होला, निक्कै लामो पो छ त त्यो लिस्ट त् /

          जय नेपाल
          हिमाली

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

          • Ram

            ठिक भन्नु भयो हिमालीजी | सबैको नाम त यहाँ अट्दैन | तर तिनीहरु सबैलाई प्रतिनिधित्व गर्ने यिनै भात माराहरु हुन् |

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Durga Khanal

      मेरो पनि एउटा भनाइ छ – कि केही गर नेता हो हैन भने त्रिसुली मा गएर आत्मा हत्या गरेर मर !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 2

    • बसन्त

      पाखण्डी नेताहरुले संबिधान को स पनि नलेख्लान झैं भैसक्यो ! बादर हरु !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 1

    • barbara

      भेरी नाईस गीत यस्तो गीत राम्रो छ तर सुन्ने मान्छे ले भुझें जस्तो मलाई लागेन ! यो नेता हरु लाइ कहिले पनि बुद्धि औन्दैन ! ३ इदेअट्स ओफ नेपाल आर
      १. माधव कुमार नेपाल
      २. गिरिजा प्रसाद कोइराला
      ३. पुष्प कमल दाहाल
      जस जसलाई जे गर्नु छ सम्भिधान बने पछि गर्नु तर अहिले सम्भिदान बनौनुप्रयौ! जय नेपाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 3

    • kesu

      अफिस मा छु गित सुन्न सकिन.
      हो युवा हरु फेरी एकपटक अगाडी आउने बेला भयको छ, अब काग्रेस,एमाले,माओबादी ,…..केहि नभनी युवा मात्र बनेर देश लाइ अगी बदौनै पर्ने बेला भयको छ. अब बुडा दिमाख को काम छैन नया युवा जोस जागर र सोच को खाचो छ नेपाल आमा लाइ (उमेर ले मात्र हुदैन उमेर धेरै भय पनि युवा सोच भयमा ). तेसैले
      आउनुहोस साथी हो सबै नेता लाइ खबरदारी गरौ.
      जय नेपाल.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 7

      • kesu

        अब फेरी केहि साथी ले मेरो यो कमेन्ट लाई पुरा १८० डिग्री मा घुमायर पुरा पुर् पार्टी गत रुप मा व्यख्या गरि आफ्नो पार्टी को लागि मात्र योग्य हुने गरि प्रतिक्रिया लेखि हाल्नु हुनेछा भन्ने मलाइ पक्का विश्वास छ.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 10

      • madan bajracharya

        केसु जी
        नतमस्तक भएर अभिबादन गर्छु तपाईंको यो याकताको आव्हान को लागि/ संबिधान त् बनुन तर नेपालको प्रत्यक नागरिकले देसको कुनै पनि राज्य मा नागरिक अधिकार सहित बस्न र बाच्न पाउने अधिकार सुनिस्चित गरेर लेखियुंन/ मधेश मा पहाडी बस्न नपाउने कुरा सम्झौता भई सके ता पनि संबिधान मा तेस्तो कुरालाई निषेधित गरियुंन/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 6

    • प्रेम अर्याल

      मैले पहिले देखि भनेकै छु कि अरु मुद्धा लाई थाति राखेर भए पनि संबिधान र लडाकु समस्या समयमै होस्, बाकि रास्ट्रीय मुद्धा र नेपालका पति समस्या आम निर्बाचन पश्चात गर्न सकिन्छ, यो संक्रमण काल जति लम्बिन्छ त्यति देशमा बिदेशी चलखेल बढ्छ, अहिलेको जन आवाज भनेको संबिधान र लडाकु समस्या समाधान हो,

      अति भयो यो ताना तान, हे बेसरम धुपौरे नेताहरु हो अब जे भए पनि जनतालाई संबिधान र शान्ति देउ तत्पश्चात तिमीहरु सिंह दर्बार भित्र काटा काट गरे पनि गर

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 61 Thumb down 7

      • ardniban

        जति उफ्रे पनि भ्य्गुतो कान्ला मुनि को मुनि …..

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 16

        • shreesh thapa

          सरकार र नेताहरुलाई झक्झाक्यउनु भएको मा धन्यवाद

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

      • ardniban

        माई संसार लै नि लोड सेडिङ्गले सतायो जस्तो लग्यो ,सर्वर नेपाल कै होला कमेन्ट नै अपलोड हुन्न पेज नि सुस्त चल्छ

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 8

      • mahesh

        संबिधान मात्र भनेर हुदेन , अब आउने संबिधान प्रगतिशील को साथ साथै जनमत प्रतिबिंबित हुन पर्दछ. संबिधान को साथ भन्दा पनी महत्व पूर्ण नैतिकता को राजनीति स्थापित हुनु पर्दछ र संबिधान माँ कार्यकारी र सेरेमोनिअल पद को अधिकार र क्षेत्र स्पस्ट कोरिनु पर्दछ न की भोली रामबरन यादव जस्ता कथित १८ पार्टी को आब्हान माँ हुदै नभएको अधिकार प्रयोग गारोस. तेस्कारण सबै भन्दा पहिला रास्त्रपति को असम्बैधानिक कदम सच्चिनु पर्दछ र त्यों संबैधानिक तरिका बात नै सच्चिनु पर्दछ त्यों भनेको संसद माँ छलफल भएर मात्र हुन सक्दछ नात्र भने असम्बैधानिक कदम को जग माँ उभिएर कुनै संबैधानिक काम हून सकदें.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 23

      • Sasang Lama NY

        कुरोको चुरो नबुझिकन प्याच्च प्याच्च बोल्ने त हाम्रो बानी भैहाल्यो| संबिधान लेखन चार्खाल अड्डामा जग्गा नामसारीको लिखत लेखेको जस्तो होइन र यसको बिरोधमा भुतपुर्व राजादेखी भुतपुर्व राजाका खेतालाहरु,पञ्चहरु,राजाका शासनमा हालिमुहाली गर्नेहरु,मै खाउं,मै लाउँ, बाँकी सबै मरुन भन्ने तत्वहरु ज्यान छाडेर लागिपरेका छन। माओवादी, कांग्रेस, एमाले र अन्य झिना मसिना पार्टिहरुले संबिधान बनाउन नखोजेका होइनन, तर त्यस पार्टिहरुभित्र रहेका जुकाहरु पनि संबिधान निमार्णको ढिलाईमा जिम्मेदार छन। जबसम्म माथि उल्लेखित मौसुफेहरु र राजनीतिक पार्टिहरुभित्र रहेका जुकाहरुलाई निमिट्यान्न पारीन्न,संबिधान बन्न ढिलाई हुने नै भयो,र बने पनि गतिलो संबिधान चाँहीं बन्दैन। निर्धारित मितिमा नबने जनताद्वारा निर्वाचित सभासदहरुले मिती सार्न जती पनि मिल्छ। तिनिहरु राजाका टिके नभै जनताद्वारा चुनिएका प्रतिनिधि हुन र यो आन्दोलनको निर्णय हो। देशी बिदेशी प्रतिकृयावादीहरुले यदी साँच्चिनै संबिधान निर्माणमा तगारो तेर्स्याए, तेश्रो जनाअन्दोलनमा जानुको बिकल्प छैन। कि वार कि पार गर्नै पर्छ। कतिन्जेल यो घिडघिडोमा बस्ने? वाक्कै भैयो ।

        शशांक लामा
        न्युयोर्क

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 15

        • Krish

          ससांगजी को कुरा माँ दसई औंलाको सही छाप.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • राम चन्द्र ज्ञवाली

        अफसोच, नयाँ नेपाल बनाउन कस्सिएका पुराना नेताहरू मान्छेको रगत र पसिना चुस्दै पुरानै कुरा लाई गोलम्गोल गर्दै दिन काटिरहेछन्। भने बिद्रोही हतियार धारी गुट ले संबिधान बनाय पनि नमान्ने बताउदै आयका छन >> आन्दोलनलाई तीब्र बनाउने क्रममा हतियार धारी गुट ले कैयौं व्यक्तिहरूलाई सुराकी गरेको, आन्दोलनलाई नसघाएको आदि आदि कारण देखाएर आफूभन्दा अलग बिचार राख्नेहरूलाई यातना दिने, मारिदिने र बेपत्ता बनाउने काम त जारी नै छ । ”सशस्त्र द्वन्दको क्रममा मानवाधिकारको गम्भिर उल्लंघन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्न ब्यक्तिहरू लाई पुरस्क्रित गर्ने होड चलेको बेला ।। जसको हातमा नियम र कानून लागु गर्ने अधिकार र दायित्व रहेको छ उनीहरूलेनै सबै कुरालाई नदेखे जस्तो र नसुनेजस्तो अभिनय गरेर बस्न चाहन्छन भने हजारौ नियम र कानून भएपनि या नभएपनि के नै औचित्य रहन्छ र? फेरी आफ्नो माग पुरा गर्न बन्द हर्ताल नै गर्ने र बार्ता गर्ने । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिद्वारा सम्झौता को नाटक पनि हुने । राजनीतिक अपरिपक्वता वा अदूरदर्शिताले नेपाली जनता वा देशलाई समेत कहा पुर्याउउने हो? त्यसबारे हामी नेपाली दाजु हाइ दिदी बहिनी हरु बिछ गम्भीरतापूर्वक विचार बहस गरेको पाइन्न। संविधान बन्नका लागि दुईतिहाई बहुमत आवश्यक हुन्छ र त्यो नभएमा संविधान बन्दैन। माओवादीहरूको समर्थनबिना त्यो बहुमत पुग्दैन। त्यो अवस्थामा अहिले देशमा संविधान बन्दैन भने हरु को बोलवाला पनि छ । यही तरलता को फाईदा उठाउदै समय मा संबिधान नबने बेबी किङ सेरेमोनियल किङ वा आफ्नो स्वार्थ अनुरुप को बिदेसी सक्ती नै सत्ता केन्द पुराउन देसी बिदेसी सक्ती लागेका हुन सक्छन । त्यती खेर संसार ले जित्ने छ हार्ने छ त नेपाली ले मात्र >>

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

      • raj

        संबिधान जस्तो सम्बेदनशिल कुराको यी नेताहरुले खेलवाड नै गरेका छन, जब समय थियो तब कुर्सि लागि मारकाट अब समय छैन नानाथरी बहाना…. यिनीहरुलाई अर्को २ वर्ष दिए पनि केहि गर्ने वाला छैनन्| संबिधान त बनाउलान तर संबिधान चाही एक स्टुडेन्ट ले हतारमा गरेको होम्वोर्क जस्तै हुनेछ|

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

        • madan bajracharya

          राज जी
          स्तुदेन्तले बनाएको होम वोर्क जस्तै मात्र भए त् गुरुले सच्च्याउन पनि सक्छ/ तर पारीको नमुनाको बमोजिमको संबिधान बने नेपाल नेपाल जस्तो रहँदैन र नेपालमा नेपाली नेपाली भएर बस्न बाच्न सक्दैन र तेस्तो संबिधान नेपालीले चाहे पनि संसोधन गर्न सकिंदैन/ अहिलेको लिकुनेकै मधेश बादिकै हाली मुहालिमा संबिधान बने तेस्तै संबिधान बन्छ/

          नेपाल भित्र तराईमा भारतको कोशी उच्च बाँधको नमुना तयार राखेर भारत तेतिकै नेपालीको संबिधान नेपालीले नै बनाउन देला र? टनकपुरको सन्धिमा नेपाली जनताले चुनेको सांसदहरु सबैले बिरोध गरे बात तेतिबेला बहुमतको सरकार ढालेर सदन भंग गरेर नया संबिधान बनाउनु पर्ने कुरा उठायेकोलेनै त् आज यो सबै बितान्दना हरु उब्जेको हो नि/

          भारत नेपालको संबिधान मा भारतको कुनै योजनामा नेपाली जनताले बिरोध गर्न सक्ने प्राबधान राख्न दिंदैन/ बिशेष गरि नेपालको राजनैतिक समस्याको जड तराईको जलस्रोत र उब्जाउ भुमि माथि भारतको लोभ नै हो/ उसको भारत हरा भरा गर्न नेपालको तराई डुबाएर बिस्वोमै अग्लो ३०० मिटर अग्लो बाँध बनाउने योजना बनाएर बसेको छ भारत/ नेपाल बाट भारत् बगिने सबै नदि हरु यौटा एकिकृत नहर मा मिलाएर भारत भरि पानि वितरण गर्ने योजना बनाएर बसेको छ भारत/ जनताको सरकार बनेमा भारतको यी योजनाहरु पुरा हुन् सक्दैन/ तेसैले भारत नेपालमा जान सरकार बनेको हेर्न चाहँदैन/

          बिस्वोमा दोस्रो जलस्रोतको धनि उहिले नेपाल थिए/ तर बिकेको नेताहरुको कुर्सि लोभ र भारत परास्त प्रबितिको कारण ती जलस्रोतको मालिक भारत बनि नै सके भने पनि हुन्छ/ नदि हरु बग्ने मात्र नेपालमा हो तर नेपालको अधिकांस ठुला नदि हरु भारतले कब्जा गरिने सके/

          नेपाली जनता जागरुक भएमा बा नेपालमा जनमुखी सरकार बनेमा नेपालले ती सन्धि सम्झौताहरु संसोधन गर्न खारिज गर्न सक्छ/ त्यो कुराको सम्भावना पनि भारत हेर्न सक्दैन/

          तेसैले सम्पूर्ण तराई लाई आत्म निर्णय गर्ने र विदेश यानी कि भारत सिट सन्धि सम्झौता गर्ने अधिकार सहित को स्वायित राज्य बनाउन एक मधेश बादी हरु उठाई रहेछ/ तर अफसोच के मा भने यी नेताहरु त् बिकेका भए भारतका दल्ले भए, हामी त् नेपाल बादी हौँ नि तर हामीमै यकता छैन/ कुरा सत्य हो कि होयिन भनि बुझ्नु भन्दा कुरा कसले उआथाएको हो भनि हेर्छन अनि नेपाल लाई नेपालीको बनाउनु पर्छ भन्ने आवाज लाई पनि ट्वाक्क रातोमा टिक लगाउन्छन्/

          मेरो भनाईको मतलव मेरो प्रतिक्रियामा बा साथीहरुको प्रतिक्रियामा रातो टिक लगाएको बिरोध गरेको होयिन/ खालि हाम्रो माझ कस्तो प्रबिती मौलाउंदै छ भनि भनेको मात्रै/

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

      • Arun Bibek

        संबिधान आफैमा सबैथोक होइन…..नेपाल को ०४७ साल को संबिधान नराम्रो संबिधान होइन…..भ्रस्त्रचारी, लोभी पापी हरुले येसैलाई धोति लगाइदिए | अहिले तिनै धोति लगाउने मध्ध्येका गिरिजा एंड कम्पनी, प्रचण्ड एंड कम्पनी को शान्तिपूर्ण बाताबरण मा गाउका निमुखा र निर्धा मानिस मारेको पार्टी , माओबादीले रोपेको जातीय विद्वेष बाट उब्जेको र हुर्केको तमलोपा र फोरम, आफनो अडान नभएको र जता मल्खु उतै ढल्कु गर्ने एमाले…ले कस्तो संबिधान बनाउलान……..आन्दाज नै गर्दा पनि कहाली लाग्दो हुन्छ | त्यसैले सबै पक्षका हत्त्यारा हरुलाई पहिचान गरेर कारबाही गर्ने काम अबको नेपाल को शान्ति को पहिलो सर्त हो,,त्यसो नगरेसम्म, अपराधिक सस्त्र समुहहरु उब्जिदै जानेछन , आरु धेरै ऋषि धमला हरुलाई प्रचण्ड बन्ने रहर जाग्ने छ , र बिरेन प्रधान जस्ता हत्यारा हरुलाई जेल राख्नु निरर्थक बन्ने छ… अनि मात्र गतिलो संबिधान बन्ला………..नत्र त संबिधान बने पनि नबने पनि हुने केहि होइन………दुइ चार वर्ष माओबादीको हूयीया अलिक चर्को हुने हो…र त्यसको अन्त्य भने पूर्व सोभियत संघ, युगोल्साविया मा भए जस्तै जातीय युद्द को अन्तानार्द ले हुने सम्भावना बलियो छ……….चेतना भया………

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker