को बढी मूर्ख हो? मूर्ख स्वयम्, अथवा त्यो जो उसको पछि लाग्छ?
–आलोक गिनीज
‘हाम्रो भाषा’ पुस्तकको प्राक्कथनको अन्त्यमा मैले लेखें – ‘भनिन्छ, भगवान्को कृपा भयो भने लंगडाले पनि पर्वतारोहण गर्न सक्छ। लंगडो अवस्थामा गर्न खोजिएको भाषिक पर्वतारोहणको यो प्रयास कति सफल हुने हो त्यो पनि, भगवान्कै अर्का रूप, यसका पाठक एवम् भाषाका प्रयोगकर्ताहरूमा निर्भर हुनेछ।’
सामग्री प्रेसमा जान लाग्दा एकजना एनजीओकर्मी विद्वान् बुरुक्क उफ्रिए – यो त भएन। लंगडो भनेको होच्याउने, अपमान गर्ने शब्द हो। यसको प्रयोग कसरी गर्न मिल्छ?
लंगडो मानसिकता देखेर मलाई हाँस उठ्यो र अरु तर्कवितर्क नगरी एउटा प्रतिप्रश्न प्रक्षेपित गरें, ‘मैले आफैंलाई लंगडो भन्न पनि नपाउने?’ उनको मुख टालियो र प्राक्कथन अपांग हुनबाट जोगियो।
एनजीओहरूको प्रतापले नेपाली भाषाका थुप्रै शब्द अछुत बन्दै गएका छन्। लंगडो तिनैमध्ये एउटा हो र ‘अपांग’ पनि। तिनको तर्क छ, ‘अपांगलाई अपांग भन्दा हेला हुन्छ त्यसैले त्यो शब्द प्रयोग गर्नुहँदैन; त्यसको सट्टा ‘अपांगता भएका’ भन्नुपर्छ।’ त्यही भएर होला, हिजोआज अपांगलाई सहयोग गरिंदैन, अपांगता भएकालाई खोजिन्छ। (अझ कतिलाई त ‘सहयोग’ शब्द समेत अपाच्य हुन थालेको छ। सहयोग होइन, अधिकार चाहिएको अरे। यसो सोच्नोस् त, तिनै एनजीओले आईएनजीओबाट र देशले विदेशबाट सहयोग सहयोग चाहिंदैन अधिकार मात्र चाहिन्छ भन्न थाले भने के पाउलान्? देश त बरु चल्ला, एनजीओ चाहिं कसरी चल्लान्?)
भनिन्छ, दुई चीजको सीमा हुँदैन। एउटा आकाश र अर्को मानिसको मूर्खता। अपांग शब्दमाथिको मिथ्या आरोप त्यसैको एउटा उदाहरण हो। अपांग भन्दा हेपिएको हुने, अपांगता भएको भन्दा हेपिएको नहुने भन्ने तर्क कानबाट हावा निकालेर बेलुन फुलाउँछु भन्नुजस्तै हो, जसमा कुनै दम छैन। अपांग शब्दको अर्थ नै ‘अपांगता भएको’ भन्ने हो ; ठ्याक्कै त्यत्ति — न घटी न बढी। अपांगता शब्दले पनि त्यही अर्थको एउटा अंश बोकेको छ।
शब्द र अर्थको कुरा उठिहाल्यो, अलिकति भित्र छिरौं। ता, त्व आदि भाववाचक प्रत्यय हुन्। भाववाचक प्रत्यय लागेपछि शब्दको आकार त बढ्छ तर त्यसले मूल शब्दले दिनेभन्दा कम अर्थ दिन्छ। व्याकरणशास्त्र भन्छ — मूल शब्दबाट जुन अर्थबोध हुन्छ त्यसमा गौण भएर रहेको अर्थ नै भाववाचक प्रत्ययको अर्थ हो। जस्तै ‘पशु’ शब्दबाट ‘पशुत्व भएको’ भन्ने अर्थबोध हुन्छ भने त्यसमा त्व प्रत्यय लागेर …पशुत्व’ शब्द बनेपछि त्यसले ‘भएको’ लाई छोडेर बाँकी अर्थ मात्र वहन गर्दछ। अपांगताको पनि अर्थ–सीमा त्यही हो।
अपांगको विपरीतार्थीका रूपमा हास्य कलाकारहरूले एकपल्ट ‘सपांग’को प्रयोग गरे; जसको न कुनै तुक थियो, न उपपत्ति, न त अर्थ नै। अंग, वेषभूषा र बोलीलाई विकृत बनाएर मान्छे हँसाउनेलाई विदूषक भनिन्छ; त्यो विदूषककै लागि मात्र सुहाउने बतासे शब्द थियो। एनजीओले त्यसलाई टिप्नु अनौठो थिएन तर आफूलाई ‘विद्वान्’ भन्नेहरू पनि त्यसकै पछि लाग्नु चाहिं उदेककै कुरा थियो।
एनजीओपथबाट आएको, अपांगसँग जोडिएको अर्को शब्द हो — अपांग मैत्री।
यसका दुई अर्थ (मात्र) हुन सक्छन्। पहिलो हो – अपांगसँगको मित्रता; दोस्रो हो – त्यस्तो मित्रता जो स्वयं अपांग छ। यसमा अंग्रेजीको ‘फ्रेन्डली’ शब्दको अनुवादका रूपमा मैत्री शब्द प्रयोग गरिएको छ। तर मैत्रीभनेको ‘फ्रेन्डशिप’ हो ; ‘फ्रेन्डली’ले त मित्रतापूर्ण भन्ने अर्थ पो बुझाउँछ। यसकै लहरमा उभिएको छ, ‘इन्भायरोमेन्ट फ्रेन्डली’बाट उल्था गरिएको ‘वातावरण मैत्री’ शब्द जसको हबिगत पनि उस्तै छ। अधवैँशे तालले ‘फ्रेन्डली’को पुच्छरमा झुण्डिन छाडेर त्यसले दिन खोजेको आशय बुझाउने गरी सजिलोसँग ‘सहज’ वा ‘अनुकूल’ भन्न किन गार्ह्रो लागेको हो, बुझ्न सकिंदैन। सोच्नोस् त, ‘अपांग अनुकूल भवन’ र ‘वातावरण अनुकूल विकास’ले कति स्पष्टसँग अर्थ बुझाउँछन् !
कुइरेको लहलहैमा लागेर हाम्रो भाषाका प्रचलित शब्दसँग द्वेष गर्ने त्यसो गरेबापत आफूलाई विशिष्ट ठान्ने एनजीओ–विद्वान्हरूसँग एउटा जिज्ञासा। तपाईंहरू आफूलाई अग्रपंक्तिको मानवअधिकारवादी पनि मान्नुहुन्छ क्यार, अनि त्यही मेसोमा स्वयंलाई कथित ‘मनुवादी’ मान्यताको चर्को विरोधी देखाएर ठूलो पुरुषार्थ गरें भन्ठानेर दंग पनि पर्नुहुन्छ क्यार! तर थाहा छ, मानव शब्दको अर्थ के हो? ल सुन्नोस् — मनुष्य, मानुष, मनुज र मानव चारवटै शब्द मनु शब्दबाट बनेका हुन् र चारैवटाको अर्थ हो, ‘मनुका सन्तान’। अर्थात् तपाईं मनुका सन्तानको अधिकारका पक्षमा पैरवी गर्ने र लड्ने पेशा स्वेच्छाले अंगीकार गरेको ‘मनुवा’ हुनुहुन्छ। अब कुन मुखले गर्नुहन्छ मनु र मनुवादी मान्यताको विरोध? विरोध गर्ने भए कुन मुखले आफूलाई मानवअधिकारवादी भन्नुहुन्छ? नभन्ने भए बताउनोस् अब उप्रान्त मानव अधिकारको सट्टा कुन शब्द प्रयोग गर्नुहुन्छ? (अनि, भर्खरै प्रयोग गरिएको ‘पुरुषार्थ’ शब्द पनि त ‘जेन्डर सेन्सिटिभ’ छैन र त्यो तपाईंहरूकै शब्दमा ‘पुरुषवादी मानसिकताले टिलपिल’ छ नि ! अब ‘पुरुषार्थ’का ठाउँमा कुन ‘न्युट्रल’ शब्द प्रयोग गर्नुहुन्छ? त्यसो भए तेस्रो लिंगीका लागि चाहिं कुन शब्द प्रस्तावित गर्नुहुन्छ नि?
कुरा नबुझ्नेलाई मूर्ख र बुझ्ने क्षमता भए पनि विवेक छोडेर मूर्खताका पछि दगुर्नेलाई महामूर्ख भनिन्छ। तर एनजीओहरूलाई यी शब्दमा पनि ‘ अपांग’मा जस्तै हेलाको गन्ध महसूस होला। त्यसो भए मूर्खलाई के भन्ने त? ‘मूर्खता भएको’? यो सब देखेर भाषाले चाहिं हामीलाई के भन्ने होला। (साभारः यो साता)
No related posts.









अपांग शब्दको सट्टा प्रयोग गर्न मिल्ने र प्रयोग गर्दा अपांगहरुलाई होच्याइएको महशुस नहुने उपयुक्त नेपाली शब्द त मलाई थाहा भएन तर पश्चिमी राष्ट्रहरुले अपांगहरुलाई Handicapt भनेर सम्बोधन गर्दा उनीहरुको भावनामा ठेस लाग्न सक्ने भएकोले उनीहरुलाई Handicapt होइन Disable भनेर सम्बोधन गर्नुपर्छ भनेर लेखिएका लेखहरु चाही प्रशस्तै भेटेको छु/
मन परे हरियो, नपरे रातो
1
0
Disable पनि होइन शुभजी, Differently Able भन्नुपर्छ रे ! सबै कुरा मान्छेको मानसिकतामा भर पर्ने कुरा हो । केही शब्दहरू अवश्य छन्, जसलाई हामीले जरैदेखि उखेल्नुपर्ने अवस्था छ, जस्तै ‘दलित’ । तर एउटा खुट्टा नभएकोलाई ‘लंगडो’ वा ‘अपांग’ भन्नै नहुने भन्नु हाँस्याष्पद हो ।
माथि भक्तपुरेजीले उल्लेख गर्नुभएका ‘राँडी’, ‘रण्डी’ आदि शब्दहरू गाली गर्दा प्रयोग हुनेभएकाले यस्ता शब्दलाई सामान्यतया प्रयोग गरिँदैन । तर हामीले यसलाई सामान्यरूपमा प्रयोग गर्ने बानी बसाल्यौं भने सहज हुँदै जानेछ । ‘लोग्ने-स्वास्नी’, ‘आइमाई’, ‘बुढा-बुढी’ आदि शब्द ठेट नेपाली हुन् । अँग्रेजीमा समेत ‘Husband-Wife’ भनिन्छ, जसको ठेट अर्थ ‘लोग्ने-स्वास्नी’ नै हो । ‘श्रीमान्-श्रीमती’ लाई अँग्रेजीमा ‘Mr-Mrs’ भनिन्छ, जो लोग्ने मान्छे-स्वास्नी मान्छेलाई सम्बोधनका लागि प्रयोगमा आउँछन् । त्यसमाथि ‘श्रीमान्-श्रीमती’, ‘महिला’, ‘बृद्ध-बृद्धा’, ‘विधवा’, ‘वेश्या’ आदि शब्द आयातीत हुन् । अब हामी नेपाली आयातीत वस्तुमा कति रमाउँछौं भन्ने कुरा भनिरहनुपर्दैन । यस्तै कारणहरूले पनि हामी भाषामा मात्र होइन अन्य कुरामा पछि पर्दै गइरहेका हौं कि जस्तो पनि लाग्छ ।
मन परे हरियो, नपरे रातो
6
1
कृपया Handicapt लाई Handicap अथवा Handicapped भनेर पढिदिनुहोला/ गल्ती लेखेकोमा क्षमाप्रार्थी छु/
मन परे हरियो, नपरे रातो
1
1
गिनिज जी, तपाईं को लेख मलाई मन पर्यो। तपाईं ले जे भन्नु भएको हो त्यो कुरा सोर्है आना ठीक छ। र एस्तो लेख लेख्न प्रोत्साहन गर्छु।
मन परे हरियो, नपरे रातो
4
1
गिनीजजी यक्दमै राम्रो लेख्नु भा रहेछा, खुसी लाग्यो तपाईको लेखमाँ चाही बहुत दम रैछा है !
मन परे हरियो, नपरे रातो
3
3
साथी स्वास्नी सब्द को अर्थ अथवा एस को सहि रुप सुबासिनी हो है . यो सब्द ले कसैको हेला गर्दैन .
मन परे हरियो, नपरे रातो
2
3
राम्रो लेख मलाइ मन मा लागेका धेरै कुराहरु लेखिदिनुभयको मा धन्यवाद बस्ति जी.
मन परे हरियो, नपरे रातो
5
3
लंगडो लाइ माया राखी सांगले माग्छ यो भाँडो
सपाङ्ग को स्वार्थ खोजि अपांग ले हटाउछ यो लंगडो
मन परे हरियो, नपरे रातो
0
4
लेख सानदरभिक छ |
मन परे हरियो, नपरे रातो
6
2
गिनिज जी , यो लेख चै एकदम घतलाग्दो लग्यो.
मन परे हरियो, नपरे रातो
2
5
बास्तवमा नेपाली भाषा गरिब छ अन्य भाषाहरु भन्दा, हाम्रै छिमेकी देश भारत मा सयौ भाषा बोलिंछान तर हिन्दी भाषा प्रमुख मानिन्छा तापनि हिन्दी सिनेमाहरुका गीतमा विभिन्न भाषालाई सम्मान सहित राखिएको छ, तेस्तै अंग्रेजी भाषा मा पनि लाटिन, ग्रीक भाषाहरु मिसाएर बृहत बनाइएको छ भने नेपालका भाषाविद्हरुले न त नेपाली भाषाको बिकाश गरे न त अन्य भाषा भाषिकालाई स्वीकार नै गरे!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
20
वस्तीज्यूले मलाई लागिरहेको कुरो राम्ररी उठाईदिनु भएछ यस्ता धेरै शव्दहरु छन् जो प्रयोग गर्दा दाँतमा ढुंगा लागेजस्तो हुन्छ । नेपाली भाषामा यस्ता शव्दहरु छन् जसलाई अरु कुनै शव्दलेपनि प्रतिस्थापन गर्न सक्तैन र त्यत्ति ठेट अर्थै दिन सक्तैन ।
बग्रेल्ती छन् यस्ता उदाहरणहरु जस्तैः “पोइल जानु” । पोइल गएकोलाई पोइल गएको भन्नु हुँदैन रे अर्को बिहे गरेको भन्नु पर्छ रे । के पोइल भनेको दोश्रो बिहे हो ? मैले त धेरै केटी मान्छे पहिलो पटक नै पोईल गएको देखेको छु । पोइल गएको भनी ठ्याक्कै अर्थ दिने अरु शव्द होलान् त ? केटाको लागिपनि त जोइल शव्द छ नी अनी कसरी भन्न मिल्छ यो जेण्डर फ्रेन्डली भएन भनेर ? कानून ले नै भन्छ रे पोइल गएको नभन्नु भनेर /
सप्पै र सधैं यो लागू नहुने पनि हो रहेछ र कतिपय अवस्थामा अपमानजनक लाग्ने हुँदै नहुने चैं होइन रहेछ । जस्तैः
- विधवा भनेको राँडी हो नी तर राँडी भन्दा उपयुक्त होला ?
- श्रीमतीलाई स्वास्नी भन्नुपनि मलाई चैं अली तल्लो व्यवहार लाग्छ है । उमेशजीको यही ब्लगमा यसै शव्दमा बहस भएको सम्झन्छु ।
- पढेलेखेका महिलाहरुलाई आइमाई भन्दियो भनेपनि रिसाउँदा रहेछन् ।
- रण्डी/वेश्या पनि प्रयोग गर्न उपयुक्त हुँदैन रे अनुचित यौन कि्रयाकलाप भन्नु पर्छ क्यारे । फेरि वेश्यागमन चैं प्रयोगमा आईरहेको छ ।
- कसै कसैलाई त बुढा वा बुढी भन्दियो भनेपनि रिस उठ्छ तीन्लाई के भन्ने हो ?
खै के हो के हो तपाईहरु नै भन्नोस यो भाषालाई कसरी मिलाउने हो !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
यो बद्फाद पटक्कै मिले जस्तो लागेन / कुनै धेरै ठुलो अनि कुनै लामो सोतो परेको. अनि रेसौर्चे को आधार त झन् छैन/ क ब्द्वन हरुको राय लिएको छ येस्मा/ प्रदेश बिभाजन मा त अनुभवी, बुद्धिजिबीहरुको सहयोग लिएको भए हुन्थ्यो/ यो अहिले को प्रस्तावित प्रदेश बिभाजन त एकदम आलाकाँचा ले गरेको जस्तो छ/ फेरी यो मामलामा त समय लगाएर बुद्धि लगाएर पो कम गर्नु पर्छा नि के भाका यी नेताहरु पनि नेपालीहरु यिनीहरुका कम देखेर वाक्क दिक्क भैसके/ अजहिया पनि सोचे राम्रो होला नि कि कसो?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
1
19
Please take a look at this: http://en.wikipedia.org/wiki/Political_correctness
Political correctness (adjectivally, politically correct; both forms commonly abbreviated to PC) is a term denoting language, ideas, policies, and behavior seen as seeking to minimize social offense in gender, racial, cultural, sexual orientation, handicap, and age-related contexts. In current usage, the terms are almost exclusively pejorative, connoting “intolerant” and “intolerance” [1][2] whilst the usage politically incorrect, denotes an implicitly positive self-description. Examples include the conservative Politically Incorrect Guides published by the Regnery editorial house[3] and the television talk show Politically Incorrect. Thus, “politically incorrect” connotes language, ideas, and behavior, unconstrained by orthodoxy and the fear of giving offense.
मन परे हरियो, नपरे रातो
1
13
माई संसार माँ अत्यंत राम्रो तर्क र कमेन्ट गर्ने “काचो कर्कालो”, गगने, कवितामय कमेन्ट गर्ने लुना, औसी पुरने लागेको बेला माँ मात्रै राम्रो कमेन्ट गर्ने कृष्ण गोपाल श्रेष्ठ, राम्रो बौद्दिक लेख लिखने अलर्क शिरोमणि खोई कता हुनु हुन्छ ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
11
राम्रो
वस्ती sir ले लेख्नु भएको कुरामा दम छ.
अलि अलि आलोचना नगरी एक्कै चोटी सहि सलामत निर्णय वस्ती sir ले ल्याउनु होला भनि आशा गर्नु बढी हुन्छ .
मैले त केहि ज्ञान पाएँ पनि यस लेखबाट
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
11
मैले एउटा प्रतिप्रश्न प्रछेपन गरे ‘मैले आफैलाई लंगडो भन्न पनि नपाउने ?’
वस्ती जी, लंगडो तपाइँ मात्र हुनुहुन्न यहाँ अरु धेरै लंगडो पन हुनेहरु लाइ किन बिर्सनु हुन्छा? तपाईलाई लंगडो शब्द संग आपत्ति छैन भन्दैमा अरुलाई पनि मन पर्छा भन्ने सोच्नु हुन्छ भने यो तपाइको अहङ्कार हो है साथि !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
65
It would be better if Mr. Wasti propagate new terms correctly than criticizing the used words. If you search words, there are many words which are irrelevant and meaningless for today.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
37