मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ‘दासढुंगा’मा सेन्सरले काट्न खोजेका दृश्य हेर्नुस्

    एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनाको विषयमा बनेको फिल्म ‘दासढुंगा’ यतिखेर विवादमा छ।

    एमाले कै नेतृत्वको सरकारको पालामा सेन्सर बोर्डले दासढुंगालाई दनक दिएको छ। फिल्मका निर्माता अपील विष्ट आफूले फिल्ममा नयाँ कुरा राखेको नभई पहिले नै सार्वजनिक भइसकेका तथ्यहरुलाई नै फिल्ममा राखेको, छानबिन आयोगका प्रतिवेदनहरुको आधारमा नै संवाद र दृश्य राखिएकोले एक अ‍ंश पनि नकाट्ने बरु विद्यार्थीहरु माझ जस्ताको तस्तै प्रदर्शन गरिदिने बताउँछन्।

    दासढुंगामा कुन कुन दृश्य सेन्सर बोर्डले काट्न खोजेको छ त ?

    हेर्नलाई भित्र आउनुस्।

    सेन्सर बोर्डले १० भन्दा बढी दृश्य र संवाद काट्न खोजेको छ। ती मध्ये केही दृश्य हेर्नुस् र आफै निर्णय गर्नुस्, के सेन्सर बोर्डको निर्णय सही हो?

    पहिलो दृश्य हेर्नुस्-

    सेन्सरले काट्न खोजेको यो अर्को दृश्यमा अमर लामाको भूमिकामा रहेका व्यक्तिले टाउको काटेर प्रतिष्ठित नेता बन्न सफल भएकाहरुले आफूमाथि आरोप लगाएको बताउँदै एमालेका नेताहरुलाई व्यङ्ग्य गरेका छन्। हेर्नुस् दोस्रो दृश्य

    हेर्नुस् सेन्सरले काट्न खोजेको तेस्रो दृश्य र त्यसमा रहेको स‍ंवाद-

    No related posts.

    93 comments to ‘दासढुंगा’मा सेन्सरले काट्न खोजेका दृश्य हेर्नुस्

    • rohan

      मदन भण्डारी मारेर जन्म भएको हो माकुने
      माकुने पनि मदन भण्डारी को
      हत्या अबस्य नै संलग्न छ .
      माकुने नेता होइन कसैको सहारा ले
      नेता भएको
      हिजडा हो

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • firoj

      मदन आश्रित को बारेमा जे भानिए पनि यो फिल्म क खोजकर्ता किरण पौड्याल ले तीन बर्ष लगाई गरेको रिसार्च को कदर गरौ . फिल्म रोक्न हुदैन .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • भिडियो हेरे ठिक्क नै छ तेस्मा कैची चलाउने पर्ने जस्तो त के हि छैन तर पनि किन नेपाल सेनेमा बोर्ड लै आपत्ति परेको होला कुनै पनि कुरालाई खुलस्त पस्तुति गर्न दिनु पर्ने ठाउमा कैची चलाउने कुरा हुदैछ. तियो राम्रो होइन जब फिल्म को १० वटा सिन मा कैची चल्छ भने फिल्ममा के पो बाकी रहन्छ. एस्तो फिल्म हरुलाई प्रोत्सान दिन छोडेर कैची चलेमा भोलिका दिनहरुमा फिल्म निर्माता हरुले कसरि इतिहासिक फिल्म बनाउलान. यो फिल्म लाई कैची न चलाई सिधा पस्तुति गर्नु पर्छ अनि मात्त्र जनताले के हि कुरा भुज्ने मौका पाउनेछन.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • surya

      मैले त यी दृश्य हरु नै हेर्न सकिन एर्रोर देखौछा/ साथी हरुले मलाई दौन्लोद गरेर फार्वर्ड गरिदे मा पनि हेर्दथे/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • khem

      अरु जे भए पनि हामीले पुरै चल चित्र हेर्न पाउनु पर्छ जुन सत्य हो |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • बुढो मारेर के भोर केपी ओली छदै छ आफु सत्तामा पुगेको बेलामा आफ्नो बुढोलाई कसले मार्यो छानबिन गर्न पट्टि नलागेर बहुला जस्तो केके बोल्दै हिडेको छ !खोज्नेले नखोजे पछी अरुले खोजेर के गर्ने ?
      प्रेम बुढाथोकी /नोर्बे

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

      • होएना हो त्यो बिद्या त मदन जी को सुत्ने र कमाएर दीने लाय्सेंस भएको ब्यक्ति थियो अब त ऊ आफै कमाओछ र केपी छ के को टेन्सन ? रह्यो छानबिन को कुरा हस्बेंड भन्दा पहिलो हाम्रो देश को नेता हो

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Prakas

      साथी हरु किन नि प्रचण्ड लै दोस भण्डारी को हत्या त माधब र गिरिजा ले हो गरको

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • karna

      तेज जी अहिले सम्म माओबादीको सिकार कस्तो खालको बनेको छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • karna

      केसु जी को कुरामा म पनि सहमत छु येस्ता कुरामा अल्मलिएर हामी बहस्गारने कि नेपाललाई कस्तो तरिकाले चलाएमा राम्रो हुन्छ भनेर बहस गर्ने यो समय येस्ता कुरा मा अल्झिएर बस्नु राम्रो हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • kiran

      माधवकुमार जस्तो नेता नेपालले पाउन त बत्ती बलेर खोज्दा पनि पाउदैन मलाई धेरै मन पर्छ माधवकुमारनेपाल सो कसैले घली नगरनुस् है ल .
      अनी बिद्या भण्डारी के पि ओलिको …….. नै हो त साचै ? खै मलाई त त्यस्तो लाग्दैन साथी हो।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • kiran

      जस्तोसुकै भय पनि मदन को हत्या माधवकुमारले चै गरेको हैन है साथी हो .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • Dev Shrestha

      दासढुंगा काण्डमा बिद्या भण्डारी र के. पी. ओलीको समर्थन र भारतको इशारामा राष्ट्रघाती एवं भारतपरस्त चाकडीबाज वर्तमान सत्तालोलुप कंग्रेशी र एमाले नेताहरुको समेत हातरहेको कुरा त एमाले आफु सत्तामा हुदासमेत छानबिन गर्न नचाहनुलेनै प्रष्ट पार्छानी. यस्ता सत्ताकालागि आफ्नो आमालाई पनि बेच्न बाकी नराख्ने पतित एवं भारतीय दलालहरुलाई टुँडिखेलमा राखेर लहरै गोलि हानी मार्नुपर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • mahesh

      मदन भंडारी को ह्त्या (बिरेन्द्र को पनी) बिस्तारबादी शासक ले नेपाल भित्र को आफ्नो दलाल हरु को मिलोमितो माँ गरेको प्रस्ट छ. उनी हरू को दोष रास्ट्र्बादी अडान माँ रहनु तर आफु बिरुद्द को षड्यंत्र को बारे माँ गंभीर नहुनु हो, जून बाट प्रचंड ले शिक्षा लिएर सुरक्षा को बदोबस्त गरेका छन. मदन को ह्त्या माँ माकुने,ओली को संग्लाग्नता छ की छैन ? त्यों अनुसंधान को अर्को पाटो हुन सक्छ. तर के यथार्थ हो भने मदन को ह्त्या पछि एमाले बैचारिक रूप माँ स्खलित हुदै गएर आज को नेकपा (झल्लू) माँ पतित भएको हो. जाती बेला मदन थिए, एमाले मूल त प्रगतिशील,देश भक्त र गतिशील पार्टी को रूप माँ थियो. मदन को ह्त्या पछि एमाले भारत को बफादार नोकर माँ परिणत भएको छ र भारतीय शासक संग पूरा रूप ले आत्मसमर्पण गरेको छ.जसले गर्दा महाकाली नेपाल ले गुमायो. आज माकुने, बिद्या र ओली जस्ता लाइ थाहा हुन सक्छ भारत वा अमेरिका को हात थियो भनेर तर उनी हरु संग त्यों बोलने न साहस छ न नैतिकता. मदन को ह्त्या माँ माओबादी को हात देखाउनु तेती कै मूर्खाता हो जाती मुर्खता रनोद्दिप सिंह हो ह्त्या माँ मोहन शमशेर लाइ देखाउनु.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • haris

      केसू र अरुण नाम का ठग हरु चोरी, र बलात्कारी केश माँ माओबादी को भाता भेतेका ले अझै सम्म बहुलैराहेका छान. नात्र कोही पनी येती सारो अन्धो र पुर्बाग्रही हुदेनन.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

      • kesu

        हरिस अन्ध भक्त त तिमि हौ रगत बादी को .
        प्रचंडे को आची लाइ पनि तिमि फुल मानेर नाक मा झुन्दायर हिड्छौ जस्तो छ.
        तिमीलाई वा-श्याल बाहेक अरु त चोर डाँका नै लाग्छा अनि हिजो गोलि चलायर स्कुल को बिधार्थी मर्ने माओबादी चाही तिमीलाई देउता लाग्छा.
        बिचार तिम्रो बुद्द्धि.
        जय नेपाल.

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • bharat k nepali

      सेन्सर बोर्ड त माकुने को पुछार पो रैछ
      दस गजा फिल्म पनि त सेन्सर ले काट्ने हो कि
      खबरदार
      वास्तविक खबर लाई प्रतिबन्द गर्न पाइने छैन

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

      • madan bajracharya

        भरतजी
        लिकुने त् जनमत काटेर फादर आएको हुन् नि उसलाई काट्ने बाहेक अरु के थाह छ? संसदिय टोलीले सिमा मिचेको हो भने, लिकुने-माकुने ले चट्ट त्यो प्रतिबेदन काटी दिए/ राजनैतिक बिबाद सदनमा छलफल गरियुं भने त्यो माग चट्ट काटी दिए एक दिन यसले स्वोतन्त्र नेपाल बात स्वोतन्त्र भन्ने सब्द नै काटी दिने छन्/ लिकुने-माकुने श्री लंका को प्रभाकरण जस्तै हो/

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • Nabaraj

      हेलो केसु जी, तपाइको यि प्रतिक्रिया हरु पढ्दा त पक्कै पनि मवाबादी को १० बर्से जनयुद्ध कालमा दह्रो भाटा खाइएको जस्तो लाग्यो मलाई… / सत्य कुरालाई कहिले पनि ढाक छोप गर्ने कोशिश नगर्नुस / फलानाको कुरा अरे…रे…गरेरे…… भनेर यथार्थ कुरा लाई बंग्याएर जनता सामु भ्रमको खेति नगर्नुस / आखिर तपाई ले यहाँ जे जे ओकले पनि वास्तविक कुराको सहि निर्यण गर्ने एक जना हुनुहुन्छा – अनि तपाइलाई दुख पर्दा हे भगवान भनेर त्यहिँ झुट को खेतीलाई त्यागेर शरण माग्नु हुन्छा / त्यसैले कृपया आफ्ना ति नाङ्गो आखा अनि कान को भरमा मात्र यस्तो नाबोल्नुस… भित्रि आँखा ले पनि वास्तविक कुरालाई निहाल्नुस / शुभकामना !!

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

    • माधव नेपालजस्ता नक्कली कम्युनिष्ट अब धेरै दिन जनता झुक्याउन सक्ने छैनन् |

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • Raag

      तेस्ता वैहियत कुरो पहिले नक्कली एमाले बाटै भएको थियो त . गिरिजाको आयोगलाई विश्वास नगरेर ओली आयोगले ल्याएकै थियो त, भुत्राको सेन्सर बोर्ड ? माकुने बोर्ड भने भैगो नि, त्यो बेला पत्रिका पढ्न जान्ने र पढेका सबैलाई थाहा भै सकेको कुरो . फरक एती मात्र छ कि आहिले श्रब्य दृश्य भो उहिले थिएँन बस् एउटा भनाइ याद आयो ”जसको मन खोटो उसको आत्मा दोधरो ” कतै माकुने नै तेस्को दोषी देखिने होइन?

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • Ram Hari Thapa Magar

      पदम गुरु जी, जय होस्
      खुट्टा खोइ तपाईको
      सासटाँग प्रणाम ढोग छ!
      तपाई जस्तो सु विचार भएको मान्छेलै मात्रै देश को विकास हुन्छ.
      तर तपाई त कुवैत मा बस्नु जानु भाको रहेछ.
      तर मेरो पनि एक भनाइ तपाईलाई
      “” गुरु बन्न सजिलो छ, चेला बन्न गारो हुन्छ “”

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • kris

      मदन भण्डारी को हत्या बिदेशी साम्राज्यबादी तथा बिस्तारबादी हरुको संलग्नतामा स्वदेशी दलालहरुले गरायको कुरा घाम जत्तिकै छर्लंग छ, स्वदेशी दलालहरुमा तत्कालिन काँग्रेस र एमाले का नेताहरुनै हुन् जुनकुरा पत्रपत्रिकामा padhiyakai हो, जहासम्म फिल्म को कुरा छ, सस्तो लोकप्रियता अनि पैसा कमाउने ब्यापारीहरुले अनुसन्धान नै नगरी फिल्म बनायर स्वर्गीय नेताहरु प्रति अनाबस्यक दुर्भावना फैलाउने कुकर्म बाहेक केहि होइन, यदि राज्यको आँट छ भने वा स्वर्गीय नेताहरुप्रति आस्था छ भने साच्चिकै सक्तिशाली आयोग बनायर सत्यतथ्य बाहिर ल्याउने आँट गरियोस हैन भने आफ्नो पनि तेही दुर्गति हुन्छकी भन्नेर प्रचण्ड का झैं भासन्मा कुर्लियारा केहि हुने वाला छैन, खोक्रो रस्ताबाद को नारा फलाक्दै हिड्ने तर भारतीय विदेशमन्त्रि आउदा सरकारको लागि हाट जोड्ने कुरा किमार्थ रास्ट्र भक्ति हुनासक्दैना, मदन भण्डारी को अनुसरण गर्न सक्नु पर्यो ………………………………………………

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • रासिब कंडेल

      साथीहरु अब यी बुढो दिमागका नेता भनौदा स्यालका बिरुद्ध हामी युवा शक्ति एक भयर लड्नु पर्ने समय आयको छ विभिन्न पार्टी, दलका नाम मा हामी एक आपसमा लडेर रगत बगायारा कहिले देशको भलो हुने छैन हामी सबैलाई थाहा भयको कुरा हो साथीहरु हामी धेरै प्रयोग भैसक्यौ एक आपसमा काटाकाट मारामार धेरै गर्यौ बदलामा के पायौ त ? यी साइकल चड्ने हैसियत नभयका स्यालहरु हाम्रै बुइ चढेर आज पजेरो ,प्राडो चड्ने भय तर खै हामीले क पायौ, गाउका गरिब किसानले के पाय दास ढुंगा किन देखौना नपाउने आखिर यिनै स्यालले सार्बजनिक गरेको प्रतिबेदनको आधारमा बनेको फिल्म त हो नि अनि किन सेन्सर यो फिल्म जस्तो छ त्यस्तै चल्न पाउनुपर्छ काजु कान्छो ,मा. कु. ने. ले पोल खुल्ने डरले त्यो गरेको हुनुपर्छ तर त्यो बिद्या नाम गरेकी अज्ञानीले त केहि पहल गर्नु पर्छ नि हुन त कुर्सि भन्दा ठुलो के नै हुन्छ र यी नेता भनौदालाई…..हरि शरणं

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • dipak thapa

      यो सम्बाद अरु कुनै फिल्म को भयको भय कसैलाई मतलब हुदेइन थियो होला तर नाम दासढुंगा अनि मदन भण्डारी को जिबनी संग सम्बन्धित भनेर पर्चार गरेको हुनाले यो कथा संग धेरै नेता हरु को राजनैतिक भबिस्य जोडीयको छ| आम नागरिक ले येस्मा केहि सत्यता ६ होला भन्ने ठान्न सक्छन| एस्तो फिल्म मा फिल्म चलाउने मसला र कपो कल्पित सम्बाद नराखेकै बेस| यो video मात्र हेर्दा सेन्सर नै गर्नु पर्ने जस्तो त देखिन्न तर पनि यो सम्बाद कस्तो परिबेस मा बोलेको हो र अगाडीका र पछाडिका सम्बाद संग कसरि जोडीयको छ तेस्ले पनि फरक पर्न सक्छ|

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • sashwat

      मदन भण्डारी लाई मार्न लगाउने त्यो माकुने नै हो किन कुरा नबुझेको नेपाली जनताले अब त्यो माकुने लाई कति दिन सम्म झेल्ने हो ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 7

    • माकुने नै हो जस्तो लाग्छ मदन दाइको हत्या गर्ने कि कसो साथी हो !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 8

    • Gyan

      मदन भण्डारी सच्चा कमुनिस्ट भएर राजालाई चुनौती दिएका थिए / हाल भारतीय एजेन्ट माधबकुमार नेपाल दरबारको एजेन्ट भएर एमालेमा पसेको थियो / माकुने दरबारको कति बफादार थियो भन्ने कुरा इतिहासले छर्लंग गरि सकेको कुरा हो / जब मदन भण्डारीको हत्या भै सकेपछी दरबाको इशारामा छातीमा हात हालेर ‘अब बन्ने एमालेको महासचिब मै हो’ भनेर पाँच तारे होटेलमा कुर्लेको देख्नेहरुलाई के माकुनेले जवाफ दिन सक्छौ ? मदन भण्डारीको हत्याको ग्रान्ड डिजाइन माकुनेलाई थाहा छ भने त्यस्तै गरि दरबारको हत्या काण्डको ग्रान्ड डिजाइन गिरिजाले ‘मलाई थाहा’ छ भनेकै हो / सच्चा कमरेड स्व. मदन भण्डारीले राजालाई ‘श्रीपेच फुकालेर आऊ’ भनेर चुनौती दिएका थिए भने श्रीमती भण्डारीले प्रधानमन्त्रीलाई चुनौती दिनुको ठुलो अर्थ हुन् सक्छ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • जतिन

      म यश बिषय लाई राजनीति तिर लाग्दिन… सिधा फिल्म को कुरा गर्दा र केहि दृश्य हेर्दा, यश फिल्मका कलाकारहरुले राम्रो अभिनय गरेको जस्तो लाग्दैन, कथा मात्र भएर भएन, प्रस्तुति पनि चाहिन्छ/…..

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • rosan

      we should get a chance to see this movie with out cutting any scene

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • gudiya

      मदन भण्डारी को हत्या भयकै हो/ तर यो कुरा फिल्म मा ससक्त रुपमा देखायको छ कि छैन त्यसै काट्नु हुन्छ र हुन्न भन्नु भन्दा पनि त्यसको क्वालिटी कस्तो छ यसले जनतामा स्पस्ट सन्देस जान्छ कि जादैन त्यो सबै हेरेर निर्णय गर्नु पर्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • माकुने नकचरोलाइ अब लाज घिन के हि पनि छैन. जनताले पछाडी सकेका मान्छेलाई केको लाज अब .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 4

    • bipin

      दास ढुंगा त केपी ओली ,बिध्या भण्डारी (ओली) ले गरे को हो नि त ,तो कुरा त अहिले छर्लंग छानी त ,त्य्स्यली तो सेंसोर बोर्ड ले काट्नु परे को हो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 6

    • Uni

      बास्तबमा भन्नेहो भने सेन्सर बोर्डले यी दृश्यहरुलाई काट्नु पर्ने कुरा छैन . किनभने यो भन्दा बढी सडकमा नै बिरोध भैराखेको छ . येती हुँदा हुँदै पनि आफ्नो भक्ति कृतज्ञता जाहेर गर्न यो गरेको हो भने पनि अहिले त्यो भक्ति कसले सुन्छ? किनकि प्रभु हरुलाई आफ्नै धोति समाल्न गारो भएको छ. तेसैले यो सिनेमालाई चल्न दिदैमा फरक पर्ला जस्तो केहि छैन तर बोर्ड भित्रका हाकिमहरुको स्तुति भने खेर जाने पक्कै छ. जसको कारण प्रभु स्तुति भन्दा पत्नी स्तुतिले खुसि पर्न गारो अबस्य पर्ला जस्तो छ!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • Navin Giri

      फ्लिम पुरै नहेरी यसै भन्न सकिएन , तर माधव नेपाल लै ज्ञानेको दरबार काण्ड को आरोपी जस्तै देखाएको होकी भन्ने यी हेरिएका द्रिस्य ले देखायो, आब पुरै स्क्रिप्ट बिना अरु कमेन्ट गर्नु उचित देखिन

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • prem

      नेपाल मा जे गरेपनि हुन्छ | के को सेन्सर चाहिएको थियो र | सबै लाइ थाहा भएकै कुरा हो मदन भण्डारी लाइ मार्न मा विदेशको हात थियो भने र सबै लाइ थाहा भएकै हो | अब कुरो आयो हाम्रो सरकार को सरकार भए पो सरकार को कुरो गर्नु मरे सरकार को के कुरो गर्नु र | नेपाल मा खासै राम्रा काम गर्ने नेता को कमीले गर्दा हामी गरिब जनता लाइ सास्थी भएको छ |

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • Bhagwan bhandari

      हुनत सबै सम्बाद नहेरी कुराको अर्थ बुझ्न अल्ली गाह्रो हुन्छ तर पनि यो २ वटा दृश्य हेर्दा पहिलो मा यो षड्यन्त्र होइन संयोग मात्र हो भन्न खोजियाको छ/ त्यसैले षड्यन्त्र होइन भन्न खोजियाको दृश्य लाई हटाउनै पर्छ/ दोस्रो मा छिमेकी राष्ट्र कै भरोसा र दवाब मा बाँचेका हामी केहि पनि गर्न सक्दैनौ भन्न खोजियाको छ/ यो कुरा कस्तो पात्र ले भनेको हो र त्यसपछी को सम्बाद के छ त्यसमा निर्भर गर्छ/
      जे भए पनि नेपालको फिल्म सम्भंधि सेन्सर बोर्ड मा राम्रो संग सेन्सर गर्ने बौद्दिक सर्कल को मान्छे को कमि छ/

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

    • ramesh224

      दोस्रो भिडियो केही बुझिएन , पहिलो मा चै प्रचण्डलाइ नै भनेको जस्तो लाग्यो , ‘ टाउको काटेर प्रतिष्ठित ‘ भन्ने शब्द ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 16

    • हाम्रो देस को दसा नै येही हो नि तेसैले गर्दा त हामी तल तल ´झर्दै छौ .वास्तब मा दाशाधुन्गा र दरबार हत्याकाण्ड को रिअल कुरा जनता सामु आउनु पर्छा.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 1

    • Bhimsen Limbu

      सम्पूर्ण मित्रहरुमा नमस्कार !
      दुइ हप्तापछि पुन: यस ब्लगमा सहभागी हुँदैछु । एउटा जरुरी कामले व्यस्त भएको थिएँ ।

      उपरोक्त विषयमा केही धारणा राख्न चाहन्छु ।

      दृश्यहरु स्पष्ट देख्न र स्पष्ट बन्न पूरै फिल्म हेर्नु पर्ला । पहिलो दृश्यमा जुन सम्वाद राखिएको छ त्यसले देशभक्त नेपालीहरुको मस्तिष्कमा केही हल्का ‍झट्‍का दिन सक्छ । विदेशी सेनाले दिउँसै कुनै नेपालीलाइ मारेर सडकमा घिसारेको प्रसङ्‍ग रहेछ । सीधै भारतीय सेनाले भनिएको छैन ।

      दोस्रो दृश्यमा चाहिँ एक पात्र (पार्टीका कार्यकर्ता होला) ले आफ्‍ना कुनै नेताले आफ्‍नै पार्टीका अर्का नेतालाइ मार्नै नसक्ने बरु टाउका काट्‍नेहरुले नै बद्‍नियतवश त्यस्ता कुप्रचार गरेका आशयपूर्ण सम्वाद राखिएको छ ।
      टाउको काट्‍नेहरु भनेर कसलाइ लक्ष्यित गर्न खोजिएको होला ? सायद माओवादीलाइ हो कि त ? तर, एमालेले 2028 सालको झापा काण्डमा जमीनदारहरुको टाउको काट्‍ने अभियान चलाएकै हो ।

      मलाइ लाग्छ, यो त्यस्तो ठूलो आपत्तजिनक होइन । केही हिन्दी चलचित्रमा नेपालीलाइ होच्याउनेखाले सामग्री राखेर नेपाली भावनामा चोट पुर्‍याउने काम कहिलेकहीँ भारतीयहरुले नगरेका भने होइनन् । घरवाली बाहरवाली चलचित्रमा यस्तो दृश्य राखिएको चर्चा एकबेला चलेको थियो । त्यस्तै ऋतिक रोसन काण्ड पनि हामीले बिसेका छैनौँ आदि आदि । तर, कुकुरले टोकेमा उसलाइ पनि टोक्नै पर्छ भनेजस्तो मुर्खता गनु हुँदैन । मतलब हामीले पनि फिल्ममा भारतीयहरुविरुद्ध विषवमन् गर्नुपर्छ भनेको चाहिँ होइन ।

      बरु यथार्थमा चाहिँ नेपालीहरुमाथि भारतीय अतिक्रमण र अत्याचार भइरहेकै छ । सीमावारिका नेपालीहरु कुटिएका छन् लुटिएका छन् । हामीले सम्भव भएमा त्यस्ता अतिक्रमण र अत्याचारहरु फिल्म वा डकुमेन्ट्री मार्पmत् देखाउनै पने हुन्छ सारा नेपालीलाइ कि कसरी र कहाँ कहाँ भारतीय विस्तारवादीहरुबाट सीमा मिचिएको छ वा के कस्ता अत्याचारहरु हुँदै आएका छन् ।

      यस्ता कुराले बरु भारतीय दलाल नेताहरुलाइ के डर हुन सक्छभने कुर्सी जोगाउन दिल्ली गइरहनुपने भएकोले आशातीत फल नमिल्ला कि मालिक रिसाउला कि भन्ने पीरले सेन्सरको कैँची दासढुङ्‍गा चलचित्रमा चलाएको हुनसक्छ ।
      जायज मान्नै पर्छ सही रुपमा सेन्सर हुन्छ भने र सचेत रहनै पर्छ कि दुइ देशबीचको मित्रतामा कुनै प्रकारको आँच नआओस् भनेर तर, मित्रराष्ट्र वा छिमेकी देश भनेर ह्याकुला मिच्न खोज्छभने प्रतिकार त गर्नै पर्छ ।

      सार्वजनिक सरोकारको वा एतिहासिक विषयवस्तुमा आधारित चलचित्रको मर्म नै नरहनेगरी सेन्सरको कैँची चल्छभने त्यो अन्याय हो ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 7

      • madan bajracharya

        लिम्बु जी /
        आउनु भयो फेरी अँगालो मारु मरु जस्तै भयो तर के गर्ने मेरा दुई हात धेरै छोटो छ तर मन ले छुँदै छुन तपाईं लाई; न्यानो लागे/ तपाईं को प्रतिक्रिया को अन्तिम हरफ ….चलचित्रको मर्म नै नहेरी सेन्सरको कैंची चल्छ भने त्यो अन्याय हो/ ठिक भन्नु भयो बसन्तपुर दर्बार लाई अपराधीको अड्डा बनाएको फिल्म नेपालमै शूतिंग गर्न दिने र देखाउन लगाउने सरकार ले हाम्रै देश को घटना बुझाउने फिल्म माथि यो सेन्सेर किन?

        लिम्बु जी बास्तबिकता त् के हो भने नेपालमा प्रजातन्त्र नै आएको छैन/ गिरिजा जस्तो व्यक्तिले बुनेको सपनामा नेपालि कमारा मात्रै बनाईएको हुन्छ स्वोतन्त्र नागरिक होयिन/

        मदन भण्डारीको कुरा काजि भिम मल्ल, भीमसेन थापा र बिर गणेश मान को राजनैतिक अंत सिट गाजिएको छ र ती महान हस्तीहरुको अंत को लागि तत्कालिन सरकारको कुर्सि बिकेको कारण ले नै हो/ ती सबै हस्ती हरु रास्ट्र्बादी थिए र जुन बेला ती हस्ती हरुको ज्यान-मर्दन र मान-मर्दन गरे कस्ता व्यक्ति कुर्सीमा थिए भने बात प्रस्टै बुझिन्छ कि नेपाल र नेपाली उहिले देखि आज सम्म पनि मुक्त भए छैन भनि/

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

        • Bhimsen Limbu

          धन्यवाद मदनजी !
          अब भेट नियमित हुनेछ यस ब्लगमा ।

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Samantee

      दिमागमा ताल्चा लगाइएको महान माओबादी समर्थकहरुलाई जे भने पनि हो नै त भन्छन नि महान नेता प्रचण्ड को कुरा त !! अब यो दास ढुंगाको नौटंकी कति दिन चल्ने हो र त्यश पछि के नौटंकी ल्याउने हो नेता जी ले कुन्नि

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 25

    • krishna"NZ"

      खै हेर्दा त हटाउनुनै पर्ने जस्तो त केहि छैन

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 11

    • kesu

      दृश्य जे सुकै होस्, सम्बाद जे सुकै होस्, एस्तो सम्बेदनशील बिषय मा हल्का रुप ले फिल्म बनायर, जनतालाई बास्तबिकता नदिने कुदृष्टि हो यो.
      के फिल्म का सम्बाद र दृश्य येत्थर्थ हुन् र?
      भोलि अर्को फिल्म बन्ला रे राजपरिवार को हत्या को बारेमा एदी त्यो फिल्म मा दिपेन्द्र ले नै मरेको हो भनेर बनायो भने कसैले त्यो मान्ने कि नमान्ने? तेसैले येस्ता द्रिस्य र सम्बाद सेन्सर गर्नु नै पर्दछा.
      जय नेपाल.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 32 Thumb down 50

      • kesu

        कसैले अर्को फिल्म बनाउला भोलि राजपरिवार को हत्या माओबादीका प्रचण्ड ले गरेका हुन् भनेर के त्यो पनि देखौना दिने? तेस्तो पनि सेन्सर नगर्ने? तेसकारण संबेदनसिल बिषय मा जे पायो तेही राखेर फिल्म बनाउदा भोलि को परिणाम पनि सोच्नु पर्छा, फिल्म भन्दै मा जे पायो तेही स्वीकार हुदैन.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 36 Thumb down 44

        • gaunle

          हत्या प्रचण्ड ले नै गरेको हो त साथि…तेस्मा अचम्म मान्नु पर्ने कुरा केही पनि छैन! अन्तिम मा गयर ग्याने ले डबल क्रस गरेको हो…बिरेन्द्र रास्ट्रपति बन्ने कुरा मलाई सात वर्ष अगी थाह थियो…do not believe what the media says…read between the lines…

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 20

        • himalee

          केसु जी
          सत्य बचन

          हो सम्बेदनशील बिषयमा जथाभाबी फिल्म बनाउनु हुन्न यदि त्येसो हो भने त किन चाहियो सेन्सर बोर्ड ?
          यस्ता मुद्दाहरु विवादमा नै आउनु नहुने हो, सेन्सर बोर्डले दृश्य काट्यो “चित्त बुझे ठिक्कै छ नबुझे अदालात छदैछ” के को हो हल्ला नि?
          त्येसैले यो हो हल्ला भनेको फिल्मको पब्लिसिटी मात्र हो यसमा मलाई अलिकति पनि संका छैन तर गम्भीर बिषयलाई हो हल्ला बनाएकोमा चाहि चित्त पटक्कै बुझेन /

          मनपरे हरियो नपरे रातो
          के को टन टन ?
          जय नेपाल
          हिमाली

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 28 Thumb down 15

          • Okhaldunge

            हेलो हिमाल जय नेपाल
            गोर्खालीको इज्जत नफाल
            नाम मात्रको जय नेपाल
            लौ भन् कता गए नेपाल

            मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 7

        • raj

          ओ केशु ब्रो
          काम छैन ? कुरा सुरा नबुझी जे पायो तेही लेखेर लास्टमा जै नेपाल लेख्न लाई ?
          राज

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 18

          • kesu

            तिमीले जय भारत भन्छौ होला जय नेपाल नहँदा किन येत्रो चिन्ता?

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 10

            • sanjay kumar tamsaling

              केसु बौलायेछ

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 12

    • kishor, canada

      चोर नै चोर नेताहरुले देश भरिए पछि सज्जन खोजेर हुन्छ? अब के गर्ने त गरि खान ड़ेउ यी चोर नेताहरुलाई . तिनको पनि दिन घडी पला फेरी अर्को दाशढुंगामा अकालको mrityu katai parkeko cha pakka!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

    • krishna dev pal

      येस्तै त भाको छ नि हौ.. वास्तविक नै हो यो त .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 6

    • N P Giri,USA

      नेपाल मा सबै लै थाहा भएको कुरालाई सेन्सेर गर्ने कुनचाही पटमुर्ख परेछ ??? लाटो देश मा गाड़ो तन्नेरी |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 7

    • shreesh thapa

      खोइ त्यस्तो त केहि अप शब्द प्रयोग गरे जस्तो लाग्दैन छानबिन आयोगको प्रतिबेदन सार्बजनिक भैसकेकोले रोक्न त नहुने हो …

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 3

    • nischal, sydney

      नेपाल ले यौटा अमुल्य व्यक्तित्व गुमायो त्यो दुर्घटना( भनेर भनिएको) मा . तर बास्तबिकता मा त्यो घटना सुनियोजित थियो भनेर घटना घटेको केहि दिन देखि नै छानबिन गर्न को लागि समिति गठन गर्ने माकुने र अन्य नेता हरु नै सक्रिये भएर लागेका थिए होला त्यो घटना घटाउन त्यसैले सत्य तथ्य कुरा कसैले सुन्न पाएनन् / आज जुन अध्यान र अनुसन्धान पश्चात यो चलचित्र आयो त्यसमा भएका सत्य तथ्य बाहिर आउनु नदिनु त स्वाभाविक नै थियो माकुने र उसका भरौटे चोर र गति छाडा नेता हरु बाट…… किनकि सत्य तथ्य बाहिर आएमा कहिँ कतै लुक्न छिप्न सक्ने स्थिति नै छैन. तर होसियार माकुने गिरिजा र अन्य मदन आश्रित क हत्यारा हरु हो तिमि हरु को पोल खुल्दैछ. सर्बहारा को रक्षा को नारा लिएर नेपाली राजनीति मा आशा को दियो जलाउने मददं आश्रित को त हत्या गर्यौ तर अब कसरि र कहाँ भाग्न सकौला र यी सर्बहारा देखि……………………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 11

    • Okhaldunge

      दास दूँगा फिल्म को बारे मैले पहिला नै कमेन्ट लेखी भविष्यबाणी गरी सकेको छू, की माकुने सरकारले यो फिल्मलाई बन्देज लगाऊंछ भनेर सेनसर हुँदैन र गर्दैन भनेर यो अहिले वास्तविकतामा परिणत भयो,
      पार्टीका नेता भानाउदा लाउकेहरूको भाषण र चरित्रमा कति फरक हुन्दो रहेछ भन्ने कुरो यस घटना र ब्यबहार बाट प्रमाणित हुन्छ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 14

    • बिद्या भण्डारी ले के पी ओली को बोलीमा सेना समायोजन हुनु हुदैन भन्दै छ bhane यौ दशढुंगा चालौंन त झन यिनी हरु ले दिने कुरै भएन. movie with out all content is not worthfull to understand what is dasdhunga and what happned to dasdhunga who is behind dasdhunga… so .
      Let me sing a song ..
      येस्तई रहेछा यहाको चलन .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 67 Thumb down 15

    • aashu

      फिलिम हो, कतिपय सत्तेता हरु बाहिर आउनु सोभाविक हो. यो सिन हेरेर एमाले का नेता हरु डरायको हो, तेसैले यो सिन काट्ने कुरा गरेको हो. सिन राम्रो छ. मत भन्छु काट्नु हुदैन यो सिन. नेपाली जनसमाजा लियर आउनु पर्छ, यी नेता हरुले त जनता लाई सधै वेबकुफ बनाय, कम-से-कम कलिउड का नायक हरुले यसको पर्दाफास गर्दै छन्…… “धन्नेबाद कलिउड”

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 101 Thumb down 18

    • prakash lama

      काल्पनिक फिल्म बनाएर एथार्थ को रंगले पोत्दैमा हुदैन . एदी सत्यता छ भने प्रमाणित गरुन पहिला . विदेश मा फिल्म बन्दा कति अनुसन्धान हुन्छ अनि को फिल्म बन्छ . छिटो नाम र डाम कमाउन बनेका येस्ता कपोलकल्पित दृश्य काट्ने काम राम्रो हो |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 61 Thumb down 139

      • shshank

        प्रकाश जी, Little Buddha चलचित्र हेर्नुश न अनि तपाइलाई थाहा हुनेछ बिदेशी चलचित्रले कति अनुसन्धान गर्ने रहेछ

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

    • lekhraj

      दासढुंगा नेपाली राजनीतिमा एउटा प्रतिक बनिसकेको छ | दासढुंगा र नारायणहिटी जस्ता हत्याकाण्ड हरुको ढिलै भए पनि सत्यता उजागर गर्नु पर्छ | ती घटना हरुको आड र सहानुभूति पाएर सत्तामा पुगेकाहरुको राष्ट्रियता र देशभक्ति नंगिसकेको छ | माधव नेपालजस्ता नक्कली कम्युनिष्ट अब धेरै दिन जनता झुक्याउन सक्ने छैनन् |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 206 Thumb down 33

      • Arun Bibek

        लेखराज जी, हो यी घटनाहरुको सत्य बाहिर आउनु पर्छा. तर किन प्रचण्डजस्ता स्वघोषित जानकार, वा मतियार समेत , हरु तथ्यको प्रकास गर्ने भन्दा सत्तामा जाने सौदा रहस्य खोल्दिने धम्कि दिदै गर्छन? कि आफ्नै धोति खुस्कियेला भनेर हो? झन् रहस्यमय छ | भण्डारी हत्याकाण्ड का एकमात्र चिनिएका मतियार अमर लामाको हत्या माओबादीहरुले नै गरेका हुन्…र प्रचण्डकै अनुसार उनि संग भेट्ने समय मिलाएको ठिक आगाडी भण्डारी को र बिरेन्द्रको हत्या भएको थियो….अनि उनलाई कसले कुन बिदेशी संस्था बाट बाट कति भट्ट पाउछ थाहा छ..भन्छन…….तर कुरा खोल्दैनन् …हिटलर को गोएबल्स को भन्दा कम यिनीहरुले हल्ला मच्चाएर जनताको भाबना संग खेलेका छैनन्

        माधब नेपाल, के पी ओली र बिद्या भण्डारी को नाम पनि यो हत्ताया संग जोडिने गरेको छ…..तर भण्डारीको व्यक्तित्वको आड मा एमाले ले गरेको प्रगति बाट सब भन्दा फाइदा पुग्ने त यी नै व्यक्तिहरु हुन्…त्यसैले यिनीहरु हत्त्यामा संलग्न भएको कुरा भरपर्दो प्रमाण नभई पत्त्यौना गार्हो छ |

        यी दृस्यहरु त काट्नु पर्ने जस्ता देखिदैनन , रगत ले नेताहरुको शक्ति बढेको त यथार्थ नै हो | तर तल प्रकाश जी ले भनेजस्तो…गम्भीर मुद्दाहरुमा खेलेर नाफा हुन्छ भन्दै मा जनताको सम्बेदंसिलता संग खेल्दै जथाभाबी प्रचार प्रसार चाही गर्नु हुदैन

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 78 Thumb down 95

        • Sasang Lama NY

          दासढूङ्गोको ढुङ्गा पल्टाएर अब गडयौंला मात्र निस्कन्छ| स्वयम बिधा भण्डारीले ले नै चासोलिन छोडेपछि फिल्म निर्मातालाई किन चासो लिन परेको होला ? एमालेलाई नै मतलव नभएको बिषयमा अरुले बोले पनि,चलचित्र बनाए पनि केही खालो सर्ने होइन क्यारे ! जो जसले मदन भण्डारी र बीरेन्द्र शाहलाई सिद्वाए, अदालती प्रमाण नभए पनि नेपाली जनताले तिनलाई राम्ररी चिनेका छन| ईशारा गर्ने साउथ ब्लक हो, काम तमाम गर्ने नेपाली राजनीतिक रङगमन्चका हाल सत्तसिन र सत्तातुरहरु नै हुन| बुझ्नेलाई यती नै काफी छ् |

          शशांक लामा
          न्युयोर्क

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 99 Thumb down 35

        • पुष्प

          अरुणजी,

          तपाईंको नामको पछाडि विवेक लेख्न छाड्नु, तपाईंको विवेक भारततिर लागेजस्तो छ । माओवादीको अस्तित्व नै नभएको अवस्थामा भएको घटनामा माओवादीलाई नै मुछ्नुभएछ । योभन्दा कुतर्क र हरुवा सोच अरु के हुन सक्छ ?

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 81 Thumb down 44

          • madan bajracharya

            पुष्प जी
            ठिक भन्नु भयो/

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 41 Thumb down 28

          • sujan

            तपैले ठिक भन्नु भयो पुष्प जी कुरा प्रचण्ड र मावोबादी को हैन कुरा त दासढुंगा को हो. बिबेक जी लै मेरो पनि प्रस्न – एमाले नै सत्ता मा गएको बेलामा दासढुंगा को बारेमा किन बोल्दैन ??????????

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 59 Thumb down 15

            • Arun Bibek

              तपाइको प्रस्न जायज छ…यो मेरो पनि प्रस्न हो .यी लोभी पापी हरु हुन्………आफ्नो तत्कालैको स्वार्थ भन्दा आगाडी यिनीहरुको ध्यान जादैन

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 10

          • kesu

            पुस्पा जी,
            प्रचंडे को खोकाई सुन्नु भयको छैन कि कसो? मदन को हत्या हुनु भन्दा पहिला प्रचण्ड र मदन भण्डारी को कुरा भै १० गते भेट गर्ने कुरो थियो रे? अनि तपाई भन्दै हुनु हुन्छा माओबादी थियन.
            मदन भण्डारी को हत्या कहिले भयको हो थाहा छा तपाइलाई? अनि माओबादीपार्टी को जन्म कहिले हो थाहा छ? जनतामारा युद्ध घोसित रुपमा १ फाल्गुन २०५२ मा भय पनि आन्तरिक तयारी र आन्य रणनैतिक कुरा धेरी पहिला नै भयको हो.प्रचंडे को खोकाई हरु पनि सुन्नुहोला.

            अनि यो सेन्सर को बारेमा:
            कसैले अर्को फिल्म बनाउला भोलि राजपरिवार को हत्या माओबादीका प्रचण्ड ले गरेका हुन् भनेर के त्यो पनि देखौना दिने? तेस्तो पनि सेन्सर नगर्ने? तेसकारण संबेदनसिल बिषय मा जे पायो तेही राखेर फिल्म बनाउदा भोलि को परिणाम पनि सोच्नु पर्छा, फिल्म भन्दै मा जे पायो तेही स्वीकार हुदैन.
            जय नेपाल.

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 63

            • पुष्प

              केशुजी,

              खै प्रचण्ड कहाँ त्यस्तो ‘खोके’ ? हिजो गुलरियामा भएको आमसभामा प्रचण्डले “मदन भण्डारीसँग कम्युनिष्ट पार्टीको एकता तथा विभिन्न पक्षमा छलफल गर्न उनको हत्या भएको एक सातापछि भेट्ने मिति तय गरिएको” भन्ने कुरा उजागर गरेका हुन् । त्यस्तै “धीरेन्द्रमार्फत् डेढ महिनापछि वीरेन्द्रसँग भेट\ने तयारी हुँदैगर्दा दरबाररहत्या काण्ड भएको” भन्ने कुरासमेत भनेका हुन् ।

              माओवादीको जन्म हुनअघि एकता केन्द्र, संयुक्त जनमोर्चा आदिका नाउँले परिचित थियो । दासढुंगा काण्ड २०५० जेठ ३ गते भएको हो भने नेकपा (माओवादी को विधिवत स्थापना २०५१ चैत मा भएको हो । माओवादीले राष्ट्रवादी धार भएका मदन भण्डारी र वीरेन्द्रको हत्या गर्नुपर्ने कुनै कारण नै छैन । बरु अहिले ओली, माकुने, विद्या भण्डारी, गिरीजाहरूको आदिको भारतपरस्त क्रियाकलाप दासढुंगा काण्डमा भारतको हात थिएन भनेर भन्न सकिने अवस्था छैन । वीरेन्द्रको वंशनाशमा समेत यिनै पात्रहरूलगायत स्वयम् ज्ञानेन्द्रसमेत भारतको गोटी भएको हो कि भन्ने कुरा बुझ्न सकिन्छ ।

              सेन्सरको कुरामा केही हदसम्म मेरो पनि सहमति छ । तर चलिचित्रको गुह्य कुरा नै काटिने गरी सेन्सर हुनु गलत हुनजान्छ ।

              मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 19

              • Arun Bibek

                किन प्रचण्ड संग भेट गर्ने समय मिलायिन्छा …..अनि मदन भण्डारी , बिरेन्द्र अनि अरु नाम नखुलेका मर्छन? त्यो रहस्य तिर इंगित गरेको हो……प्रचण्ड पनि उनीहरुकै डिग्रीका देशभक्त रहेछन रे (तर यो कुरा नपत्याउने पनि धेरै छन्), प्रचण्ड चाही कसरि बचे ……जो त्यहिँ भारत मा सरन लिएर मात्र होइन, त्यहाका कम्युनिष्ट नेताहरुसंग त पहुच नै जमाएर बसे……..

                मलाइ एमाले ले किन केहि गरेन…वा गर्न सकेन? रहस्य नै लाग्छा…| यिनीहरु त्यस्ता लोवी पापीहरु हुन्, जो आफ्नो तत्कालै को फाइदा हुने काम भन्दा आरुकुरामा न दुख गर्न सक्छन , न धैर्य नै गर्न सक्छन. .

                गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 14

                • पुष्प

                  अरुणजी,

                  प्रचण्ड कसरी बचे भन्ने कुरा भनिरहनुपर्छ र ! टाउकाको मोल तोक्दा प्रचण्ड कहिले नेपालकै कुनै काप्चा त कहिले भारतमा भएको समाचार आउँथ्यो । भारतमा पाइला राख्दैमा कोही भारतपरस्त हुन्छ भन्नु हाँस्याष्पद छ । हामीले बिर्सनुहुन्न कि भारतका सबै शासक वा राजनीतिकर्मी आफ्ना छिमेकीप्रति गलत दृष्टि राख्दैनन् । केही मुट्ठीभर शासक र राजनीतिकर्मीहरू छन्, जो नेपाल माथि उठेको हेर्न चाहँदैनन्, जो नेपालमा अस्थिरता सृजना गरेर नेपालका साधनस्रोतमाथि कब्जा गर्न चाहन्छन्, जो नेपाली जनता ‘बहादुर’मात्र बनिरहेको हेर्न चाहन्छन् ।

                  मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 9

            • Tej Prasad Adhikari

              कुरो को चुरो नबुझी तर्क न गर्नु न हो केशु जी होइन तपाई माओबादी को भाटे कारबाहीमा पर्नु भयो कि के हो बिगतमा ? निकै जहर छ त माओबादीको बिरुद्ध मा ????

              मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 17

              • kesu

                भाटे मात्र होइन ज्यान नै मार्न लागेका थिय नि साथी, माओबादी आतंक को बिरोध गर्दा.अनि चन्दा आतंक को कुरै नगरौ ,

                गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 25

                • Tej Prasad Adhikari

                  भने पछी तपाई सैदान्तिक भन्दा व्यक्तिगत रिस इवी को कारण माओबादी हरुको खेदो खन्नु हुदो रहेछ / चाहे तिनीहरु लाखौ राम्रो काम गरुन तपाई को मान जित्न सक्दैनन् होइन ? तर मित्र तिनी हरु तपाइको पछाडी तेसै परेनन् होला / तेसै पछाडी पर्ने भए त मेरो पनि पर्थे होला / मलाई त झन् सहयोग पो गरे / कि कतै तपाई त्यो जनयुद्ध को बेला सुराकी त गर्नु भएन ? कृपया झर्को नमानी बताई दिनु हुन्छ कि :-)

                  गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 17

                  • kesu

                    तेज जी,
                    उनीहरु को सिदान्त नै हत्या हिंसा र लुटपाट नै हो अनि तेस्तो लाइ खेदो नखाने के लाइ खेदो खन्ने त, सामुन्ने बोरोध मा बोल्यो भने त मारी हाल्छन कसो माइ संसार मा लेख्न पैयको छ,
                    अनि तपाइँ पनि तेही दयांग को पर्नु भयाछा अनि तपाइको पछि परेनाछन तर अर्को रामहरी बनाउलान विचार गर्नुस.
                    जय नेपाल.

                    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 16

                    • Tej Prasad Adhikari

                      केसु जी ,
                      मा कुनै दयांग को परिन / मा त साधारण नेपाली दयांग को हो/ साएद कोहि माओबादी पीडित होलान कोहि दरबार पिडित होलान कोहि के पिडित होलान तर मा त आफैले बिश्वाश गरेर सदस्य भएको पार्टी एमाले पिडित हो मलाई पिडित बनाउनु मा काँग्रेस को पनि ठुलो हात् छ / तर मा भ्रस्ट को मात्र बिरोध गर्छु पुरै पार्टी को होइन / मैले एमाले को सदस्यता त्याग गरे तर कुनै पार्टीको सदस्य बनेको छैन / मा तटस्थ नेपाली नागरिक हो / एक हिसाब ले न्यायाधिस हो /मा त येथार्थपरक कुरा गर्छु सत्य लाई सत्य भन्न मलाई कसैले रोक्दैन / मा तपाई जस्तो पूर्वाग्रह लिएर कुरा गर्दिन / र मेरो अनुरोध हो कि हजुर पनि न गर्नुहोस् / हजुर को कुरा मा दम छ तर तर्कहीन, दिशाहीन ,पूर्वाग्रही र अन्धभक्ति प्रस्ट झल्किन्छ /कृपया अन्यथा न लिनुहोला धन्यबाद /

                      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 12

                    • Bhimsen Limbu

                      केसुजीका सन्दर्भमा निम्न उखान पेश गर्न
                      उपयुक्त ठानेको छु –
                      0 भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ …
                      (भाटे कारवाहीमा परेको केसुले माओवादीलाइ
                      सधैँ खराब र आतंककारी मात्र देख्छ ।)

                      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 10

                      • madan bajracharya

                        लिम्बु जी
                        तपाईंको सब्दहरु भिमसेनको मुक्का जस्तै छ/ नमस्ते छ है लिम्बु जी/

                        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

                • अब तपाई पनि सामन्ती र सोसकी हुनुहुन्थ्यो भन्ने थाभई हल्योनी माओबादी ले सामन्ती र सोसकीलाई त खोजि खोजि जीओ खोलामा ताऊको झोलामा भनेकै थीयो /

                  मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

            • Rajan, UK

              के “सु” को दिमाग मा त खै के छ के छ ???? “सु” नै “सु” मात्र हो कि क्याहो ??

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 10

          • Arun Bibek

            पुस्पजी माओबादीका हर्ता कर्ता हरु त थिए नि…र आफै संग रहस्य छ भन्दै छन् |

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 10

          • किन र तेती बेला मावोबादीका कोइ नेता जन्मियाकै थिएनन् कि के हो? पुष्पजी लै जस्तो खुराफाती तर्क त कसैले पनि गर्न सक्दैन होला,

            अनि माकुने असली कम्युनिष्ट हो कि प्रचण्ड या अरु कोइ..यो बहसले केहि अर्थ राख्ला र? सबैले कमुनिज्म बैज्ञानिक हुन्छ भनेका छन् अनि बिज्ञान ले हरेक कुरा समय सपेचा परिबर्वातन जरुरि हुन्छ भन्छ..अब यस्तोमा को असली को खराब? देशको हित गर्ने अनि जनता प्रति उत्तर्दै नेता चाहियों न कि असली कम्युनिष्ट वा असली काँग्रेस..

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

        • raj

          यदि दासढुंगा घटना को बारेमा सत्य तथ्य थाहा पाउनुनै छ भने म एमाले का साथीहरुलाई एक रिकक्वेस्ट गर्छु, माधव र ओली लाइ पार्टी अफिस मा बोलौनुस र हान्नुस सिस्नु पानीले, २० मिनेटमा तपैहरु बीच साचो कुरा निस्किन्छ, किन माओबादीलाई यो घटना मा मुछ्नु हुन्छ? न दरबार को हात छ न अरु कुनै पार्टीको| मदन जी लाइ मार्नेहरु तिनै हुन् जसको आज एमालेमा हाबी छ| भारत र भातमारा दलालहरु मिलेरनै मदन जी को हत्या गरिएको हो| आज पनि निकै दुख लाग्छ मदन जी मरेको घटना याद हुदा, हामी सबै ले एक देश भक्ति नेता गुमाएका छौं|

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 12

        • haris

          “अमर लामा को ह्त्या माओबादी ले गर्यो” भन्ने अरुण जस्तो गधा को बुद्दी भएको खच्चाद संग कसे ले पनी तर्क बितर्क नगरन राम्रो. एस्ता गोरु को लेख पनी किन छाप्नु पर्यो होला माई संसार माँ. ओई अरुण तेरो बाऊ मार्यो भने बाऊ को अंश तैले पाउछास अर्थात तलाई फाईदा हुन्छ, येसको अर्थ के तेरो बाऊ को हत्यारा तै होस? गधा. गोरु अरुने, मदन भंडारी मरेर सबै भन्दा फाईदा ता केपी ओली लाइ भएको छ नि, नेता पनी हूँ पायो, बिद्या लाइ अन्गालं पनी पायो.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 10

          • Arun Bibek

            हरिस तिमि माथि दया लागेर आयो………कोहि माथि एती रिस उठ्टता काटी काटी मारी सक्थेउ होला……..तर अहिले गाली गरेर चित्त बुझाउनु परिराखेको छ…..कस्तो नियति?

            तर होस् गर,,,सर्प ले लामो समय कसैलाई डसना पाएन भने आफ्नै पुच्छर तोकेर मर्छा रे भन्न्चन,,,,,तिम्रो पनि माओबाद को बिस ले पनि हामी जस्तालाई लामो समयसम्म काट्न नपाएर आफैलाई तोक्न बाध्य पार्ला….

            मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

        • Sasang Lama NY

          अरुणजी ! {keypad} मा हात चलाउन जानियो भन्दैमा असान्दार्भिक कुराहरु लेखेर जग नहसाउँ है ! विरेन्द्रको बंश नास गर्ने, शैलेजालाई मन्द बिष दिने, धीरेन्द्रको श्रीमतीलाई हेलिकोप्टरबाट खसाउने पनि माओवादी नै हुन् भनेर दोष लगाउन छुटाउन भएछ| मन नपरेको मानिसको मुखै गन्हाउँछ भने झैं नेपालमा भएको लोडसेडिंग, बाढी पैर्हो, महंगी, बिदेशी हस्तक्षेप आदि सबैको दोष माओवादीको टाउकोमै थोपरे भैहाल्यो नि ! अरुणले माइसंसारको भित्ताभरि ,टुपोदेखी फेदसम्म माओवादीलाई हजारौं चोटी गाली गरेपनि आखिर एकदिन कृष्ण गोपाल झैं लखतरान भएर पाखा लाग्नेछ | किनकि वर्तमान नेपालमा माओवादी एउटा सशक्त जिउँदो यथार्थ हो र नेपाली भूमीमै उब्जेको र हुर्की बढेको नितान्त नेपालीपन भएको नकार्नै नसकिने एउटा जिउँदो सत्य हो, क्रियाशील संस्था हो | समयको फेरो संगै आफ्ना कमीकमजोरीहरुलाई हटाउँदै एउटा अग्रगामी राजनीतिक पार्टी भएर माओवादी निस्कनेछन भनेर नेपाली जनताले निकै आशा गरेका छन् र त्यस्तै प्रकारको जनादेश उसले प्राप्त गरेको छ| अरुणजीले आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्दा आफ्नै धोति खुस्केको चाल पाउनु भएन जस्तो छ | रचनात्मक आलोचना गर्नुपर्यो अरुणजी !

          शशांक लामा
          न्युयोर्क

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 10

          • Arun Bibek

            शशांक जी,

            तपाइँ लाइ मेरो कुरा असान्दर्भिक लाग्ला! तर मलाइ र पाठक हरुको एउटा ठुलै समुहलाई संधर्बिक लाग्छा…….के गर्ने साथी…….तपैले भन्दिए जसरि नै यो संसार चलेको भए त ठिकै थियो….तर बेलैमा जानी राख्नोस् …चल्दैन |

            मेरो विचारमा माओबादीले गलत गरि राखेको देखेको ले त्यो ब्यक्त गरेको हो…..त्यसरीनै…..आरु दल ले गरेको कुराको पनि मैले बिरोध नगरेको छैन……आफ्नो आफ्नो बिबेक बुद्दी प्रयोग गर्ने हो…..तपाई को बुझाई ठिक कि मेरो बुझाई ठिक भन्ने त भोलि समय ले देखाउछ…….आज त मा संग पनि प्रसस्त तथ्य र तर्क हरु छन्……..तपाइँ संग पनि होला….तर येसरी खनिनु भंन्दा..हाम्रो महेश जी ले जस्तो तथ्य पेस गर्नोस……तपाईका पनि अनुभब बाट हामी जस्ता निस्पक्षय पर्यबेक्षक ले केहि सिक्न पाउने थिएउनकी ?.

            मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

            • Sasang Lama NY

              राजतन्त्रले २४० बर्षसम्म नेपालीलाई दास बनाएका थिए र हजारौं व्यक्तिहरुलाई बेपता बनाएका थिए, कांग्रेसले ७ देखि १७ साल पछिसम्म गाउँ गाउँ लुटेका थिए, पन्चेहरुले थुप्रै काइते काम गरेर हजारौंलाई घरबारबिहीन बनाएका थिए, मालेहरू पनि टाउको गिन्ड़ेर नै सत्तामा आएका हुन भनेर घरि घरि तथ्य पेश गरेर के पो गर्नु अरुणजी ? अदालतले प्रमाणित गरेको तथ्यलाई त बदर गर्ने ठाउँमा तपाईं हाम्रो तथ्यलाई त “तेरा कुरा इस ” भनेर लोपारेन भने मलाइ भन्नु होला | माओवादीको गल्ति त तपाइंले मैले भन्दा राम्ररि देख्नु भएको रहेछ, मैले उल्लेख गर्न जरुरि ठानिन | भनेपछि नेपाल चलाउने योग्य स्वच्छ छविको नेता र पार्टीहरु त नेपालमा रहेनरहेछ, कि भारत् बाट आयात गर्नुपर्यो, कि त देश पशुपतिनाथको जिम्मामा छोड्नु पर्यो| तपाईं हामीले गरेको गालीले ताली पाउला, तर त्यसले देश बनाउन मदत गर्दैन| एकथरी जथाभावी सबैलाई गालि गरेर स्थितिलाई उतेजक पारेर नौलो नेपालको परिकल्पनालाई फेल गराउन लागिपरेका छन्, तर तिनीहरुको केहि जोड चल्दैन, तिनीहरुले बिचैमा हाफने छ |

              मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

      • raj

        बिपिन ले भनेको के ?
        दास ढुंगा त केपी ओली ,बिध्या भण्डारी (ओली) ले गरे को हो नि त ,तो कुरा त अहिले छर्लंग छानी त ,त्य्स्यली तो सेंसोर बोर्ड ले काट्नु परे को हो?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 11

      • madan bajracharya

        लेख राज जी
        पुर्ब सांसद श्री दिर्घ राज प्रशाई जी को प्रतिबेदन इन्टर नेट मा छ पढ्न आग्रह गर्छु/ राज परिबार र मदन भण्डारीको हत्या नभएको भए आज हामीले न महाकाली गुमाउनु पर्द्थियो न भारत सिट मात्रै पारबहन मा आश्रित हुनु पर्ने हुन्थियो न आज भारतले यति सारो मिच्ने सक्थ्यो/ कुरा खुलाएर खुलेरै लेख्नु भएको छ प्रशाई जी ले/

        अब दास ढुंगाको सिन काट्यो भनेर लिकुनेको के कुरा गर्ने त्यो लिट्टे कुमार नेपालको/ अस्ति भारतले आफुले मिचेको भूभाग जति उसैको देखाएर बनाएको नक्सा लिकुनेले सदन मा पास गर्न खोजेको तर सदन ले मानेन र पो न भए दास ढुंगाको सिन काटे झैं नेपालको सिमा पनि काद्द्थ्यो त्यो लिकुने ले/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 8

        • Kesab

          may i have the URL of that particular report, please? thank you.

          (report about dashdhunga by deergha raj prasain)

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    eXTReMe Tracker