
कपुरका लागि सुरुमा पाँच तारे सोल्टी होटलको सबैभन्दा महँगो कोठामा बास मिलाइएको थियो। सेना समायोजन गर्न हुन्न भन्ने अभिव्यक्ति दिने कपुरविरुद्ध माओवादीले विरोध प्रदर्शन गरेर बबाल गर्ला कि भन्ने लागेर उनलाई पछि दरबारमार्गको याक एन्ड यति होटलको कोठामा सार्ने निर्णय गरियो। तर रातारात कसको दबाबमा हो कुन्नि, उनलाई त ज्ञानेन्द्र निस्किएपछि अहिलेसम्म कसैका लागि नखोलिएको नारायणहिटी दरबारको राजा बस्ने कोठा नै दिइएछ। बुधबार उनलाई नारायणहिटी दरबारमा लगिएको थियो।
त्यति मात्र कहाँ हो र, पहिले राजाले प्रयोग गर्दै आएको टोखाको हेलिप्याड पनि उनैका लागि पहिलो पटक प्रयोग गरियो। कपुर कुन्नि के भित्री कामका लागि हो, मुस्ताङ जानु पर्ने रहेछ। अरु जतिसुकै विशिष्ट मान्छे भए पनि विमानस्थलमा गएपछि मात्रै त्यहाँबाट हेलिकप्टरले लान्छ। तर उनी परे विशेष प्रभु। त्यसैले नारायणहिटी दरबार कै हेलिप्याडमा टोखाबाट उडाएर ल्याइयो विशेष भीभीआईपी सुपर पुमा हेलिकप्टर। त्यहाँबाट सीधै उनलाई मुस्ताङतिर उडाइयो।
टोखामा चाहिँ किन भन्नुभएको? बुढानीलकण्ठदेखि माथि डाँडामा रहेको त्यो ठाउँमा बिहान सबेरै घाम लाग्छ। अनि राजधानीलाई कुहिरोले छेके पनि हेलिकप्टर उडाउन सकिन्छ। त्यसैले अघिल्लै दिन हेलिकप्टर टोखा पुर्याइएको रहेछ।
कपुरलाई राष्ट्रपतिले मानार्थ प्रधानसेनापतिको सम्मान दिँदै थिए। तर अवस्था यस्तोसम्म आइपर्यो कि राष्ट्रपतिले भन्दा उनले बढी सम्मान पाउने भए। प्रचण्डले तेस्रो चरणको आन्दोलनको समापन भाषणमा सेना समायोजनको विरोधमा बोल्ने को हो त्यो, के ऊ नेपालको गभर्नर हो? भन्दै गाली गरेका थिए। अहिले देखे होलान् गभर्नर त सानो पदमात्रै हो, उनलाई कति ठूलो सम्मान दिइयो भन्ने कुरा। कपुर मुस्ताङ गएकै दिन राष्ट्रपति चितवनमा जाने कार्यक्रम हुनसक्थ्यो। यदि उनी चितवन गएका भए त्यो विशेष भीभीआईपी सुपर पुमा हेलिकप्टर पाउने थिएनन्। उनका लागि काम चलाउ अर्कै पुमा हेलिकप्टर दिइने थियो। शायद् त्यसैले होला, राष्ट्रपतिले बाहिर जाने कार्यक्रम बनाएनन् त्यो दिन।
Related posts:











मा कु ने र उसका नालायक, निकम्मा र भ्रष्ट मन्त्री हरु जनताको जनादेश बाट नभएर, विदेशी प्रभुको आशीर्वादले चोर बाटो बाट सरकारमा पुगेको हरुवा मण्डली को जमात हो! जनता बाट जनादेश नपाएका हरुले जनता प्रती जवाफदेही हुनु पर्ने न भए पछी यस्तो त हुने भई हाल्यो नी!
मन परे हरियो, नपरे रातोः
1
0
नेपालमा जसले जे भनेर एकापशमा जति कराए पनि झन् समस्या मात्र बढी रहेको जस्तो लाग्छ / हामी नेपालीको यहि त नहुने बानि …हामी एकअर्काको मित्र बनेर देशको समस्याको समाधान निकाल्ने तर्फ नसोची एकापसमा ब्यङ्ग प्रहार गर्नमै ब्यस्त छौ त अनि बाहिरको मान्छे ले त मौकामा चौका छोपी हाल्छ नि त कि के भन्नु हुन्छ मित्रहरु हो ?
मन परे हरियो, नपरे रातोः
0
0
जे भए पनि कुनै मधेसी ले यो काम गरेनन नत्र भन्ने उ माथि भारतीय को आरोप लग्थियाओ. पहाडीहरू लाई अरु को चाप्लुसी गर्नुभन्दा केहि आउदैएन .
मन परे हरियो, नपरे रातोः
1
0
त्यहि त भन्या,एउटा शक्तिशाली छिमेकी राष्ट्रको सेनापति आउदा सुरक्ष्याको कारण पनि त्यति गर्नु पर्ने हुन्छः, साथीहरुले अनंबस्यक रुपमा यसलाई तिल को पहाड बनिरहेको देख्दा मलाई त दिक्क लाग्यो| हुन त बियर खादै कमेन्ट लेख्दा अलि अलि राष्ट्रबाद त छिरिहल्छा नि कि कसो साथि हो? साच्चिकै रस्त्रबदी भए नेपाल फर्केर केहि गरेर देखाउ, बकम्फुस्से कमेन्ट हानेर आफुलाई बुद्दिजिबी साबित गर्ने भ्रम नपाल |
मन परे हरियो, नपरे रातोः
1
1
प्रधान मन्त्रिको नाम माधव कुमार नेपाल बाट माधव कुमार भारत राख्नु पर्ने..
मन परे हरियो, नपरे रातोः
4
3
These damn kind of blog will just create enmity between two countries.
मन परे हरियो, नपरे रातोः
3
6
यो माओबादी website हो कि के हो?????
मन परे हरियो, नपरे रातोः
4
10
होइन होला रबिन जी, खै हाम्रो कमेन्ट निर्बाध प्रकाशित भएको छ| माओबादी भएता कहाँ एस्तो हुन्थ्यो होला र?
मन परे हरियो, नपरे रातोः
7
0
होइन रबिन जी, यो मेरो संसार लाई बामपन्थी हो कि त भन्ने गराउने चै हाम्रो एक दुइ जना कमेन्टेटरहरु हुनुहुन्छ, जो कुनै पनि बिषयमा विद्वत्ता र ज्ञान देखौना पछी नपरेर माओ-को भजन गाई हाल्नु हुने भा भएर त्यस्तो देखिएको हो, मेरो बिचार मा|
मन परे हरियो, नपरे रातोः
1
1
जाजरकोट मा झाडा-बान्ता फैलदा जाबो २ रुपियाको जिबन-जल पिलाउन न सकने नाथे सरकार जस का कारण हजारौ नेपाली को ज्यान गयो, आज भारतीय सेना पति आउदा खर्च गरेर यत्रो सम्मान… थुक्क माकुने को सरकार, लाज न भयपछि के गर्नु भन्नुत साथिहरु. यहा बाट प्रुफ हुन्छ कि यो सरकार रिमोट कन्ट्रोल सरकार हो भनेर| अनि कति डरायाको रहेछ त माओबादी संग यो सरकार…. ल ल जति मोजमस्ती मर्नु छ माराओ…..
मन परे हरियो, नपरे रातोः
7
1
माकुनेहरुको “प्रभु” भनेर प्रचन्डले तेसै भनेका होइनन / प्रचन्डले प्रभुको उच्चारण गरेपछि प्रचन्डलाई यो ब्लगमा खिसी-टिउरीगर्ने साथीहरुले अब त बुझे होलान नि…प्रचन्डले भनेका अरु कुराहरु पनि यसैगरी खुल्दै जान्चन भन्ने आशा गरौ…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
6
शीलाजी धेरै प्रचण्डको प्रसंशा नगर्नुस | प्रचण्ड नि त्यही भारतको दलाल हो | अरु नेता जस्तो खुलेआम नभए पनि गुणहरु छ | केहि गुण तल लेखेको छु:
१) उनीहरुको सबै सम्झौताहरु दिल्लीमा नै भाथ्यो र प्रचण्ड पनि सहभागी थिए |
२) प्रचण्डको पहिला राजनीति भ्रमण भारत नै थियो |
३ ) कालापानी जाने भनेर फुइ लाए पनि जान सकेन |
४) कति पल्ट भारतीय राजदुतलाई भेटीसक्यो गोप्य रुप मा |
मैले धेरै खोजतलासी गरेको छैन | यस्तो कुरामा समय बर्बाद गर्नु म उचित ठान्दिन | साथीहरुलाई अरु कुराहरु थाहा छ भने थप्नु होला |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
16
Ram जी :
देसको एस्तो संगिन घडीमा, बिस्तार्बादले नंग्रा गाढेको ऐन मौकामा देस-प्रेमी नेताको खिसी टिउरी गर्ने लाइ नेपाल आमाको सराप लाग्छ, अहिले लाइ एती भनौ राम जी/ हामिलाइ भारतीय बिस्तार्बादले येसरी गाजेको छ कि हामि गुहू र गोबर पनि छुट्याउन नसक्ने ….यो अर्को डरलाग्दो पक्ष्य हो…./
तपाइको अल्प ज्ञान लाइ यसरि बुझ्ने कि:
१) उनीहरुको सबै सम्झौताहरु दिल्लीमा नै भाथ्यो र प्रचण्ड पनि सहभागी थिए |
….सबै होइन, जस्तै सान्ति सम्झौता नेपालमा नै भाको हो/ १२ बुदे पनि रोल्पामा गरौ भन्ने माओबादी प्रस्ताब तपैका गिरिजा-माकुने मार्काले नमानेर उता हुन पर्या हो, बरु बामदेव चै रोल्पामानै गर्ने कुरामा सहमत थिए/
२) प्रचण्डको पहिला राजनीति भ्रमण भारत नै थियो |
…….उनि चीन गएका थिए पहिला ओल्य्म्पिक मा भाग लिन होइन र….अनि इंडिया गए…(तर पहिला कता गए भन्ने सूचक ‘दलाल’ को सूचक पनि होइन, के तेसो भए उनि चीन को दलाल हुनु पर्थ्यो त….चीन गएर?) तेहा गएर के प्रस्ताब गरे? के कुनै नदि बेचे, अरुले जस्तो गोप्य सम्झौता गरे, १९५० सन्धि मान्छु भने, सिमाना मिचिएकै छैन भने कि (सुजाता ले जस्तै)?????
३ ) कालापानी जाने भनेर फुइ लाए पनि जान सकेन |
……(छ्या कस्तो देस-द्रोहिको गन्ध आउने कुतर्क)
……उनि काला पनि नगएर अर्को सिमाना मिचिएको ठाउमा गएर भारतीय शासक वर्ग को बेलायेती साम्राज्यबादी मानसिकताको भण्डाफोर गरेर के गल्ति गरे त! राम जी येस्ता सिमाना त ९५ ठाउमा मिचिएका छ…बरु तपाइँ हामी पनि कुनै एक ठाउमा जाने पो हो कि….जहाँ गए पनि नेपाल आमाको घाउ मा मल्हम लगाउने होइन र…
किन तपाइँ नेपाल आमाको घाउमा नून-चुक छर्किने जस्तो कान्तिपुरे-भाषा बोल्नु हुन्छ ….(यो ब्लगमा इन्डियन साथीहरु ले पनि कमेन्ट गर्ने गर्नु हुन्छ, तापैको नामबाट त तपाइको नागरिकता छुतिदैन , तेसैले तपाई नेपाली हो भन्ने अनुमानले मात्र यो remarks लेखेको हु…है, माफ गर्नु होला/
४) कति पल्ट भारतीय राजदुतलाई भेटीसक्यो गोप्य रुप मा |
……..येस्मा त कुनै शंकै छैन नि/ तर अरुले भेट्दाको जस्तो “जदौ” टक्र्याए छन् कि सिमाना मिचेको र नेपालमा चल-खेल गरेकोमा बिरोध जनाए छन्? गुहु र गोबर यसरि छुट्यानु पर्छ….नत्र त अस्ति माओबादीहरुले भारतीय राजदूताबास अघाडी गएर धर्ना पनि बसे नि….के त्यो पनि गुलामी गरे…ढोग्न आए भन्ने…??!!अरु पार्टीका त एक-दुइ जना एस्सो दूताबास आउछन तर माओबादी त जम्मैजना हूलै बाधेर दलाली गर्न आए भन्ने कू-तर्क लाउने हो भने मेरो केहि भन्नु छैन…
चेतना भया…!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
5
जसलाई अनि जसले जे गरे पनि भयको छ. कहिले कुरा बुज्ने होला हाम्रो नेता भनौदा हरुले अनि कहिले सम्म येस्तई पर्किर्य चल्लने हो अनि कहिले बुद्दी पलाउने हो कपुरलाई सम्मान त गर्ने हो तर एती ठुलो होइन.
मन परे हरियो, नपरे रातोः
4
0
चाकडी को पनि सिमा हुन्छ यार, यो त अति नै भयन भने ……..???
मन परे हरियो, नपरे रातोः
6
1
अतिथि देवो भव !!!!! हाम्रा गुरुङ जी लाई पनि सम्मान गरेहोलन नि
मन परे हरियो, नपरे रातोः
2
5
हाम्रो देस यी चोर नेताहरुले गर्दा टुक्रा टुक्रा भयो. अहिले नै यी धोतिहरु(इन्डियन) नेपालमा आएर रजाई गर्न थालीसके. हामी नेपाली अब कहिले जाग्ने हो. रोशन
मन परे हरियो, नपरे रातोः
6
1
खबरदार माधव कुमार नेपाल !!! राजाको कोठामा सुताएर नै छाडीस हैन ? यसलाई कालो मोसो लगाएर नेपाल परिक्रमा गराउनु पर्छ त्यही हेलिकोप्टरमा | माकुने नालायाक तलाई हरेक जनताको सराप लाग्ने छ देशद्रोही ! गिरीजा पाछिको देशद्रोही भएर नै छाडीस हैन? गिरीजा जति बाचीस भने त एकाइशौ शताब्दीको नै नालायाक मानबको नाममा कलंक बन्ने भईश माकुने !!! खबरदार !
तलाई जनताले सजाय दिने छ माकुने दिन गन्न थाल !!!!!!!!
मन परे हरियो, नपरे रातोः
10
2
नेपालीहरु इन्डियनहरुको गुलामी गरेर सधै गुलाम/नोकर हुने भए ; गुलामी धेरै गर्यो भने आफ्नो अस्तित्व पनि मेटींन्छ भन्ने कुरा पनि कहिले पनि बिर्सिन हुन्न र गुलाम गर्नेहरु लाई सबैले सधै हेप्ने गर्छन
मन परे हरियो, नपरे रातोः
6
1
Ananta जी नेपाल मा राजा नै नभए पछि राजाको सिहासन को के मतलब भयो?माकुने ले जे गरे ठिक गरे /पाहुना हरुलाही भगवान सरि मान्ने हाम्रो नेपालि हरुको परम्परा हो!! कपुर लाही पाहुनाको रुपमा लिएर पुर्व दर्बार मा raakheko कुनै ठुलो कुरा होईन/
मन परे हरियो, नपरे रातोः
2
7
मलाई त लाग्छ कपूर ले राजा को सिन्घ्हा सन् मा बसे पनि माकुने ले केहि भन्ने छैन..माकुने को ढाड नै छैन| अब चै नेपाली जनता हरु मिलेर केहि गर्नु पर्या छ हिजो त्यो चोर भारती सिपाहीलाई गरे जस्तो| जो सुकै ले पनि आफ्नो रस्त्रिये अभिमान लै आच आउन दिन्दैना भने मे रो उस लै फुल सपोर्ट|
मन परे हरियो, नपरे रातोः
5
0
यसलाई भनिन्छ मियो बिनाको दाईं…हेर्दै जानुस अब नेपाल गृहयुद्ध को बाटो हुदै असक्षम राष्ट्र भएर भारतमा गाभिनेछ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
बिदेशी पाहुना हो तेती सारो पनि भन्न नहुने हो ,हाम्रो छत्रमान गुरुङ ले पनि त मानार्थ पद पाएको होइन र ?? अर्को कुरा सुरछा को हिसाब ले उसलाई सुरछित ठाउँ मा राख्नु सरकार को कर्तब्य पनि हो तर येसो भन्दै मा त्यो बिदेशी परभु भने होइन है
बन को बाघ ले खाओस नखाओस् मन को बाघ ले खान्छ भनेर डराउनु भएन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
7
हिमाली छोरो भएर बिहारी छोरो जस्तो कुरा पो लेख्नुभएछ . हा हा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
5
दयानिधि जी,
प्रजातन्त्र भनेको के हो ?
वाक स्वत्रनता भनेको के हो ?
आफ्नो विचार राख्न नपाइने हो त ?
एस. एल. सी. पास गर्नु भा छ ?
ए ! याद आयो तेही बिहारbata होला होइन ?
नेपाल बाट भए त एउटा नेपालीले अर्को नेपालीलाई इन्डियन बनाउनु हुन्न थियो होला गल्ति सच्चाएर एकता को सुत्रमा समेट्ने बुद्धि हुन्थ्यो होला कि !
बहादुरी को कुरा नगर म्यान टपरी सोरना जौ ……..
मन परे हरियो, नपरे रातोः
7
6
हुन त यो मेरो कमेन्ट हाम्रो ब्लग मा बराबर आइ रहनु हुने पुष्प, मदन मान अथवा अरु कुनै माओ-बादी परस्त साथीहरुको लागि होइन|र पनि, हामि प्रजातन्त्र बादी साथीहरुले पैले देखिने भन्दै आएको कुरा सहि र ऐना झैँ छर्लंग हुदै गइ रहेको ऐले को नेपालको स्थिति अनि त्यसमाथि पनि सालोक्य जी ले हामीलाई दिनु भएको यो खबरले कुनै पनि राष्ट्रभक्तको मुटु नछुने र नाभाचिने भन्ने प्रश्न उठ्नै सक्दैन|मदन मानजी को लगातार को India Bashing पुष्पजी को जेमा पनि माओ-बादीको क्रान्ति र नया नेपालको श्रीजना देखने आँखा र दिमाग अनि यी यस्तै प्रकारका बिचार लाइ सर्बोपरी ठान्ने साथीहरुलाई “राजा” भन्दा मा पनि “राजगद्दी र श्री पेच” लाइ हतार हतारमा कसैको दबाब (यसमा माओ-बादी को सुरुंगे बिचार सामेल छ) मा हटाएको कुरालाइ के र कसरि सच्याउन सकिन्छ कि सकिन्न, भनेर बहस गर्ने बेला आएको जस्तो लाग्दैन त साथि हो?यसको अर्थ मलाई के पनि था छ भने मेरो यो कमेन्ट छापिने बित्तिकै भारत क गुलाम हरु र कट्टर रिपब्लिकन बिचार बोकेका साथिहरुको भिड नै लाग्ने छ रातो मा चिनो लाउने र मलाई तथा नाम ले गालि गर्नेहरुको| र पनि यदि हामी संग त्यो “राजगद्दी र श्री पेच” भएको भए सायद “धोति”हरुले यसरि हेप्न र बेइज्जत गर्न सक्दैन थे कि त? आखिर मा राष्ट्रपति र उपराष्ट्रपति राखेर हामीले उनीहरु बाट लिने काम एउटा संबैधानिक अंग बाट लिने भन्दा बढी केहि नै लिन सक्छौ र?उल्टो एउटा व्यक्तिको अहमता ले गर्दा हामि धेरै अगाडी पनि होइन भाषा बिबाद मा फस्यौ र हामि हामि बीच त त र म म भयो|माओ-बादी ले के के न “नया नेपाल” त दि नै हाल्ने भो, भोलि देखि नै हामि स्विटजरल्याण्ड बासि नभए पनि सिंगापुरे त हुने नै भयोउ भन्या पनि सुरुवाल फुकाएर उनीहरुको त्यो के हो देखाई दि हाले, उनीहरुकै सर्बो परि अनेक नाम धारी ले पनि “फोन मे बात किया था,वो साउथ ब्लक क सचिब से” बात नही बनि” भनेर उनकै चाकडी नै बाजी हाल्ने रैछन, अर्को मर्न नसकेको अनि भोतिक इच्छा पनि नमरेको नेपाल आमा को कपुत देश द्रोही, हाम्रो देश म भएको असंख्य भिरहरु बाट “गिरेर” मर्न पर्ने तर भिर हरुलाई पनि लिन नमन लाग्ने गिरिजा भन्ने मान्छे पनि उतैको कुन्नि के हो पिउदै र खादै, “नही कुरा के भने,हमने ये जो है पुष्प कमल उर्फ ये प्रचण्ड कहलाने वाले, उसको आपके मुनासिब नैपाल के प्रधान मन्त्रि बनाया है, लेकिन मै राष्ट्रपति क्या है कि बन नही सका” भन्ने रैछ| अब ऐले को सरकारी को त कुरै नगरम हामि सबैले देखि हालेम, पढी हालेम, सुनी हालेम|मेरो अझै पनि कुरा काटेर मलाई तथा नाम ले गालि गर्न चाहने महानुभाब हरुलाई स्वागत,यो निक को बिचारको सन्सार मा| राष्ट्र बादी र राष्ट्र प्रेमी छुट्यौना लाई काशी गएर गंगा जल छर्किनु पर्दैन, सुस्त र अन्य मुद्दा उखालना खोज्नु पनि पर्दैन| सिर्फ हामी ले हामि आफै एक पटक ऐना मा हेरेर सोच्यौ भने देखने छौं, सुन्ने छौं, र पढ्ने छौं|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
9
निक जी
तपाईं को उक्सायिमा आउने मा परिन/ तपाईं को भारतलाई गालि गर्न त् तर्सियेंन भने तपाईंको प्रतिक्रियाको वाफ दिन नसकिने होयिन तर जे होस् नेपालीनै हुनु हुन्छ भने कुनै दिन त् हो भारतले हामीलाई धेरै दवाएको रहेछ भन्नु हुनेनै छ/ मात्र यति भन्छु मात्र भारतको नुन तेल पाउन रास्ट्र को बलि चधाउँन खोज्ने को बिरोध तपाईं ले जति आपति गर्दै गरे पनि गरिने रहने छुं/
तपाईंले मावोबादी ले नेपाल switzerlaanad बनाउने बकम्फुसे प्रलोभन माथि व्यंग गर्नु भएकोमा धन्यबाद/ यदि स्वोतन्त्र बिचारको हुनु हुन्छ भने उहिले २०४६ सालको उपलब्धिको लगतै पछी रत्न पार्क को खुलामंच मा गिरिजाले बोलेको… “यो राजाले नेपाललाई एसियाली मापदण्ड मा पुर्यौन्छु भनेको रहेछ अब हेर्दै जानुस हाम्रो सरकार आए पछी नेपाल लाई यूरोपेली मापदण्ड मा पुर्याउने छुन” / तेही मन्चमा कृस्ण प्रशाद भट्टराईले नेपालमा बजार भाउ ६०% घटाउने र तेती बेला खाने पानि को कमि लाई लिएर उहाँहरुको सरकार आए पछी सडक पनि खाने पानीले धुन पुग्ने गरि पानीको ब्यबस्था गर्छु भनेको थियो/ तेस्तै पछी पी यल सिंग ज्युले (उहाँ आदर्श पुरुष र निस्थाबान रास्ट्र बादी कांग्रेसी हुनु हुन्छ) ले नेपाल लाई hongkong bankok singaapur बनाउँछु भनेको थियो/ अब कसकसलाई व्यंग गर्नु हुन्छ निक जी/
मन परे हरियो, नपरे रातोः
8
9
मदन मानजी, मा को हुँ र तपाईलाई उक्साउने, अनि तपाई किन उक्सनु र सेप्पिनु मैले केहि भन्दै मा| फेरी यो मेरो भनाइ तपाइँ पार्टी भन्दा मा पनि तपाईकै कुरो को सिल सीलेवार कुरा हो जस्तो लाग्छा|कि भारत लै गालि मात्रै गर्दा गर्दा दिमागी सुन्य भै सक्यो कि कसो हो?
मन परे हरियो, नपरे रातोः
5
5
निक
छिमेकी लाई तेतिकै गालित गरिंदैन निक जी, तर गालि गर्नु पर्ने गरि प्रस्तुत भए पछी गालि मात्र होयिन गोलि पनि हानिन्छ भनि भारतको अर्को छिमेकी पाकिस्तान ले भारतलाई देखाई सके/
हामीले भारतलाई गालि गर्नु परेकोमा हाम्रो दिमाग त् सुन्न भएको छैन तर भारतलाई हामीले गालि गरेकोमा निक जीको दिमाग चाहि सुन्न भएको चाहिं पक्कै हो/
प्रतिक्रिया लेख्नु हुन्छ लेख्नुस तपाईं को अधिकार को कुरा हो/ हामीले भारतलाई गालि गरेको मन छैन भने निक जी ले भारतलाई दिल खोलेर प्रसंसा गर्नुसंन/
असान्दर्विक तवरले मेरो र पुष्प जीको नाम किटेर लेख्ने तेत्रो चाहना छ भने हाम्रो प्रतिक्रियामा प्रतिबाद गर्नुस/ सहि लागे सुनुला नलागे हाम्रो बिचार भनुला/
मन परे हरियो, नपरे रातोः
4
4
निकजीमा वैचारिक विचलन आएको त थाहा भएकै हो । व्यक्तिगतरूपमा प्रतिक्रिया होइन भन्ने अनि नामै किटेर तथानाम गाली बक्ने निकजीको कुराले उहाँमा मानसिक विचलनले पनि जरा गाडिसकेको बुझ्न सकिन्छ । विचलित मानसिकता बोकेकाहरूसँग वहस गर्नुको कुनै औचित्य त देखिँदैन; तरपनि केही त भन्नैपर्यो ।
आज धेरैदिनपछि ठूला-ठूला अक्षरमा ‘राजा’ शब्द पढ्ने बित्तिकै निकजीको ‘त्रिनेत्र’ खुलेजस्तो छ (अरु के-के खुल्यो, थाहा भएन) । माओवादीले वीरेन्द्रसँग कार्यगत एकता गरेको, ज्ञानेन्द्रको सामन्ती र नोकरशाही चरित्रका कारण राजतन्त्र समाप्त गर्नुपरेको तथ्य बाहिर आउँदा पनि आज आएर निकजीले राजा र राजतन्त्रबारे वहस गर्ने दुस्वप्न देख्नुभएछ । निकजीले बिर्सिनुभएछ, राजगद्दी र श्रीपेच भएका बेला पनि नदीनालाहरू बेचिएका छन् । तर केही राजाहरू राष्ट्र र जनताप्रति उत्तरदायी भएपनि कारणवश भारतको अगाडि झुकेका पनि छन् । तर ज्ञानेन्द्र वा पारसजस्तालाई पुन: राजा बनाउने कुरामा बहसको कुरा कोट्याएर निकजी ज्ञानेभक्त भएको प्रमाण दिनुभएछ । निकजी कमल थापा कोटीमा पर्नुहुन्छ भन्ने कुरा आज पक्का भो ।
निकजीको गालीमा भारतपरस्तहरूको तालीको गडगडाहट पो महशूस गरिरहेको छु मैले त । भोलि भारतले निकजीलाई सम्मानका लागि ‘मेरोसंसार’मा आह्वान गरे अचम्म मान्नुपर्दैन । अहिले नागार्जुन डाँडातिर त ताली र सुराको वर्षात् भइरहेको होला । बेबिकिंगको सपना साकार नभएका कारण निकजीले गिरीजाहरूलाई सत्तोसराप गर्नुभएको हुनुपर्छ ।
‘राष्ट्रवादी हुन गंगाजल छर्नुपर्दैन’ रे ! हो नि गंगाजलले छर्केर राष्ट्रवादी हुनेभए आज ज्ञानेन्द्र नागार्जुनवासी हुने नै थिएनन् । बरु सुस्ता र सुस्तावासीको रोदन नसुन्नेहरूचाहिँ पक्का राष्ट्रवादी हुनेरहेछन् ।
मन नहुँदा-नहुँदै यो प्रतिक्रिया व्यक्तिगत आक्षेपमा परिणत भएकोमा क्षमाप्रार्थी छु ।
मन परे हरियो, नपरे रातोः
8
7
पुष्प जी, नचाहदा नचाहदै पनि तपाइँ को मा प्रतिको त्यो आबेश अनि आक्रोशको जवाफ दिन मन लाग्यो|हामि धेरै नै सुस्स्ता अनि के हो के हो को कुरा सुन्छु त्यो पनि समय समय मा जब हाम्रा नेता जी हरुलाई राज्य गद्दी चाहिन्छा, त्यो बेलामा त यो नारा झनै बादल गर्जे झैँ गर्जिएको आवाज मा सुन्न पैन्छा|चाहे त्यो ऐले को तपाइको मनैको देवता सरिको माओ-बादी देखि लिएर महेन्द्र राजा सम्मै किन नहोस|ऐले तपैका गुरुदेव बाहिर सडक छाप हुनु भा छ त्यसकारण उहाँ जस्तो राष्ट्र भक्त र नागरिक प्रेमी कोहि पनि देखिन्न, २०१७ साल मा तत्कालिन राजा महेन्द्रले शिशु प्रजातन्त्रलाई शिशु हत्या गर्ने बेलामा पनि यहि राष्ट्रियेता, राष्ट्रप्रेम र नेपालीपन को नारा घंक्याएको सताब्दी अघि को कुरो होइन| अगाडिको मेरो कमेन्ट मा तपैका शिरोमणिले “क्या करे वो सौथ ब्लक मे सचिब से बात कि थि ये कटवाल वली प्रोब्लेम को लेकर लेकिन उन्हो ने सुन हि नही, यिसिलिए काम नही बना” भनेर द हिन्दु लै दिएको अन्तरबार्ता को मसि अझै सुकी सकेको छैन| त्यै बेलामा तपाइले लेखेका कमेन्ट पढेमा जो कसैले पनि था पौने छ तपाइको ऐले को नागरिक सर्बोच्चता को अनि राष्ट्रियेता को नारा कति खोक्रो र खालि छ भनेर|बरु तपाई भन्दा त मदन मानजी एउटै ठाउमा उभिएको देखिन्छ, त्यो हो भारत बिरोधि|तपाई अनि तपाईका नेतागण हरु कस्ता भन्नु हुन्छ भने आफ्नो मुख ऐना मा हेर्नुस, था लाग्ने छ|तपाईहरु त सानो तिनोको कुरै छोड्नुस देश लै नै “काम परे भाँडो नपरे ठाँदो” भन्ने हाम्रो उखान चिरितार्थ गर्न मा तल्लिन हुनुहुन्छ|
मन परे हरियो, नपरे रातोः
5
4
निकजी,
प्रचण्डले त्यसो भन्नुको कारण नेपालमा भारतको दुष्प्रभाव बुझिन्छ । उनले त्यसो भन्नुको कारण सरकार बनाउन दिएन भन्दा पनि भारतको नेपाल नीतिमाथि माओवादीले प्रहार गरेका कारण भारतले नेपालका भारतपरस्तहरूलाई माओवादीविरुद्ध उचाल्नु हो । भारतको गुलामी नै गर्नेभए माओवादीलाई सत्ताबाट बाहिरिनु नै पर्नेथिएन भारतीय गलत नीतिविरुद्ध जनयुद्धसमेत गरेको माओवादीलाई भारतले रुचाउने कुरै भएन, त्यसैले कसरी हुन्छ माओवादीलाई पाखा लगाउने षड्यन्त्रमा लागेको छ भारत । तपाईंमा बुझ्ने सामर्थ्य भए पो कसको कुरा बुझ्नुहुन्छ ! पुरानो सत्ता र प्रवृत्तिको वकालत गर्ने तपाईंमा आएको वैचारिक र मानसिक विचलनको परिणाम हुनुपर्छ यो ।
मेरा प्रतिक्रियाहरू माओवादीमात्र होइन, सबैका राम्रा पक्षमा समर्थन नराम्रा कुरामा विरोध रहँदै आएको कुरा सबैलाई थाहा भएकै हुनुपर्छ । वर्तमान अवस्थामा नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनताको रक्षक माओवादीमात्र देखेकाले व्यक्तिगतरूपमा मेरा प्रतिक्रियामा माओवादीका पक्षमा अलि बढी नै समर्थन रहँदै आएको हो । माओवादीका नराम्रा कुरामा विरोधको स्वर पनि त सुन्नुभएकै होला ।
अँ ! मेरो विचारमा कस्तो र कसरी विचलन आयो निकजी ? जानकारी गराइदिनुभए आभारी हुनेथिएँ । ऐनामा मुख त सधैं हेरिएकै छ । बरु तपाईंको मुख ऐनामा होइन ‘मेरो संसार’को भित्तोमा हेर्नुहोला; तपाईंमा आएको वैचारिक र मानसिक विचलन र सुझबुझको पतन थाहा पाउनुहुनेछ
मन परे हरियो, नपरे रातोः
3
9
पुष्प जी
बिचरा निक जी लाई आराम गर्न दिनुस न किन, प्रतिबाद गरि रहनु पर्यो निक सिट/
अस्ति बुद्ध जन्मेको नेपालमा होयिन भारत मा भएको भनेको मा निक जीको प्रतिक्रिया पढे पछी निक जी को हुन् भनि चिनेकै हुनु पर्ने हो/
मन परे हरियो, नपरे रातोः
3
3
बैचारिक ज्ञान को जब मान्छेमा हर्ष हुन्छ, त्यो मान्छेलाई अज्ञानी भन्ने गरिन्छ, मदन मान जी|तपैले भारतको बिरोध जतिनै गरे पनि र पाकिस्तानको हौवा देखाए पनि, भारतले पाकिस्तान टुक्राएको र पाकिस्तानको आची आउन्जेल गोदेको तथ्य सत्य बाट तपैले आफ्नो सुन मफुतेको आँखा अन्त लागे पनि त्यो सत्य सत्य नै रहन्छ|केहि कुरा लेख्नु भन्दा अगाडी पैले ज्ञान हासिल गर्नुस अनि लेख्ने गर्नुस, हावा तालमा इतिहासनै मरोदेरा, लेखेको आफ्नो लेखी लै स्व. लछमी प्रसाद देबकोटा भन्दा तल्लो छैन जस्तो गरेर लेख्नु भो भने आफुले आफैलाई बेबकुफ को संघारमा उभ्याउनु सिबाय केहि हुन्न|अनि तपाई “नाङ्गो हुनुहुन्छ है” भन्ने मान्छे खासै मा भन्ने हो भने त्यो तपाइको मित्र हो, शत्रु होइन|यो कुरा राम्रो संग बुज्नुस|खोक्रो रास्त्रियता को नारा दिई रहेको अनि तपाइको कर्ण प्रिय पार्टी र नेताहरु लै कुरेर बस्नुस अनि हेर्नुस जब उनीहरु सत्ताधारी हुनेछन|अनि तपाई संग फेरी बहस गरुम्ला|तर एउटी कुरो के बुज्नुस भने आज को दुनिया मा एउटा देशले अर्को देशलाई गालि गरेर र त्यसको बिरोध गरेर त्यसमाथि पनि हामि जस्तो टिन तिर बाट एउटी देशले घेरिएर बस्नु परेका हरुले, त्यस्तो गर्ने बेला होइन|कुटनैतिक चालमा चल्नु भो तपाइलाई फाइदा हुने सम्भावना धेरै हुन्छ|नत्र उही प्यालेस्टिनी को जे गति हाम्रो पनि त्यै गति हो|मुटु मा लेखेर राख्नुहोस तपैले अनि हाम्रा माओ-बादी मित्र हरुले आफ्नो मुटु भन्दा पनि प्यारो मान्नु भएको छिन् हाम्रो सहयोग को लागि कुनै हालत मा पनि औदैना यदि हामी माथि राष्ट्र सङ्कट आइलाग्यो भने|न त उ अंग्रेजले भारत लिएको बेलामा हाम्रो साथ् दिन आयो, न त राजा बिरेन्द्रले भारत बिरोधि कुरा गर्दा आयो|यी कुराको एकै चोटी उफ्रेर मल तथानाम भन्दै जवाफ दिनु भन्दा अगाडी काठमाडौँ मा हुनुहुन्छा भने काठमाडौँ को पुस्तकालयमा गएर नत्र भने जहाँ हुनुहुन्छा र जे जस्तो साधन हात लाग्छ त्यसबाट अनुसन्धान गरेर मात्रै जवाफ दिनु होला, नत्र चुपो लाग्नुस्|
मन परे हरियो, नपरे रातोः
1
3
निक
भारतले नेपाल तिन तिर घेरेको छ भनि तर्साउन खोज्नु हुन्छ, नेपाल भारत सिट आश्रित छ भनेर नेपालको गरिबीको उपहास गर्नु हुन्छ/ भारत सिट कुटनैतिक पहल गरे नेपाल ले फाईदा पाउँछ भनेर प्रलोभन दिनु हुन्छ/ यसरि नेपालमा भारतको स्वार्थको बिज्ञापन गरेर के पाउँछ तपाईंले निक जी?
मलाई भन्नु हुन्छ चुप लाग्नुस् भनेर/ कति जना चुप लाग्ने निक जी/ कोसीको बाढी पिडित लाखौँ छन/ भारतको सिमा मिचायिमा घर बास गुमेका लाखौँ छन्/
आज कालापानी खाएको छ सुस्ता खाएको छ २१ जिल्लमा ८३ थाहुन भारतले मिचेको छ/ महाकाली कुनै सन्धि को मा पूर्ण ता नपायिकनै पुरा कब्जा गरेको छ/ भारत ले यसरि देस मिचेको मा मुटु दुखाउने अब लाख होयिन करोडौं छन् निक जी को मात्रै चुप लाग्ने निक को कुरा सुनेर/ भारत सिट कुटनैतिक प्रयाश गरे नेपाल लाई लाभ हुने रे कस्तो लाभ लुटेको मात्रै फर्काए पनि पुग्छ नेपाल लाई/
तपाईं आफुलाई डाक्टर भन्नु हुन्छ/ कहिले नेपालको इतिहास त् पढ्नु भएको छ, पहिला इतिहास पढ्नुस अनि राजनीतिको को कुरा गर्नुस/ साएद ८/९ बर्ष भारतको छात्रब्रितिमा भारतमा डाक्टरी पढेर नेपाल को इतिहास नै भुलेको जस्तो छ /
मन परे हरियो, नपरे रातोः
0
1
कपुर महासय लाई प्रचण्ड को भुत ले सताउने डर ले होटेल मा नराखेर नारायणहिटी मा सम्मान साथ बसाईय छ त्यो त झन् भुतै भुत को बंगला मा भन्दा त २/४ दिन लाई सितल निवास नै खाली गरेर राखे को भय त देस को इज्जत पनि बड्ने माकुने सरकार को आयु पनि अलि बढ्न सक्थ्यो नि कि कसो
लाल प्रसाद अधिकारी
हाल कतार
मन परे हरियो, नपरे रातोः
8
3
नुनको सोझो गरेका हुन, आस्चर्य मान्नु पर्ने केहि छैन. आफ्नो अन्न दाता लाई नगरे कसलाई गर्ने. माकुने सरकारको पराकाष्ठा हो यो भारतलाई आफ्नो मालिक सम्झने.
मन परे हरियो, नपरे रातोः
11
1
सबै आ-आफ्नो डम्फु बजाउनमा ब्यस्त छन् | पाँच तारे होटेल होस् वा धर्मशाला, राजाको
दर्बार होस् वा बाख्राको खोर,जाँहा बसेर भए पनि नेताहरु आमने सामने बसी हाई..चि-
यर्स भन्दै बिदेसी रक्सिको गिलास थोक्काउदै सुरुप्प पिए भै गयो नि | किन चाहियो देशको शुरक्षा | पूर्वमा मेचीको केहि भाग बेचेर खाइ सके | उता पश्चिममा महाकाली बेचे,
दक्षिन् तिर त उहिले देखिनै यसो खर्च चाहिएको बेला बेच्दै खादै गर्दै आएका छन् नि नेता भनाउदा हरुले | नाथे एउटा धोति वासना बिनाको (कपुर) लाइ तेत्रो सम्मान | धोतीलाई नै सम्मान गर्नु थियो भने आफ्नै रास्ट्रपति धोतीलाई नै गर्नु नि | पहिलो प्र-
जातंत्र आएपछि कमसे कम बरु माउबादी प्रचण्डलाइ नै दिनु पर्ने मा होडबाजी पर्दा पर्दा
जता बाट भए पनि धोतीलाई नै प्रोत्साहन दिईयो | आज आएर धोति कपुर आउदा तेत्रो प्रतिक्रिया ? आफ्नो जिउमा भैसी दौडेको नदेख्नु चाल नपाउनु, अर्काको जिउको जुम्रा देख्ने चलन नेपालीमा कहिले सम्म चल्ने हो कुन्नि ? प्रतिक्रिया लेख्नेहरु पनि अब त
वाक्क भै सके होलान म जस्तै |अब प्रतिक्रिया को ठाउमा प्रचण्ड लाई छोडी दिउ होला
पट…ट..ट..ट..ट..एक फेर | कतै देश बन्ने थियो कि | परिक्क्षन् गरौ न हौ |मेरो भनाई कस्तो लाग्यो मेरो ईमेल (डिएमआर.प्रधान@जीमेल.कम ) मा प्रतिक्रिया लेखेर पठाउनु भए कृतज्ञ हुने थिए | जय साइराम …….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
( अतिथि देवो भाव)आफ्नो घरमा aaeko पाहुना लै मन सम्मान र सत्कार गर्नु पर्छा तर कहिँ नवै को जात्रा हण्डी gauma vane jasto..सत्ता bachhauna को लागि…येस्तो सरो nauni butter दलेको त सर अपाच्य भयो हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
0
यो सयिटमा ४-६ जना मदर चुद धोति हरु छ जो नेपाली धोति पनि हुन सक्छ जो नेपाल र नेपाली को बारेमा राम्रो कमेन्ट लेखने साथीहरु लाईथम्ब डाउन गर्छ /धिक्कार छ येस्ता डाका हरु लाई यिदी तिनी हरु नेपाल मा बस्ने भए धिक्कार छ तिनीहरु लाई,धिक्कार छ जन्म दिने तिनीहरु को आमा लाई/तिमीहरु मर भातेहरु हो जुन तिमीहरु को न देश छ न बेश छ/खाली नेपाली को सयिट मा नराम्रो कमेन्ट गर्यो बस्यो/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
5
mar dhoti sala
मन परे हरियो, नपरे रातोः
11
3
एक दिन नेपालका नेताहरुलाई जसले भारतीय प्रभुको गु पुछ्न सक्छ त्यो मात्रै नेपालको प्रधानमन्त्री हुन्छ भन्ने आदेश आउनेछ र नेपाली नेताहरु चै त्यो पनि गर्न पछि पर्ने छैन / येस्तै हो नया नेपाल /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
OMG !!! I can’t believe they let the Indian army chief to stay at our museum ” Narayanhiti Palace “. They could have let our PM and Indian chief together in same bed. Mannn, we need to built a secure residence for the foreign deligates.
” भाई फुटे गवार लुटे, चेतना भया “
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
मैले त ” सारे जहाँ से अच्छा …….” सिक्दै छु in advance ! के गर्नु ? बोले मार्लाकि भन्ने डर! जे गरे हाम्रा उदित नारायण झा जे ले गरे बेलामा मुम्बई गएर, उनि भन्छन, म बिहारी हुँ नेपाली होइन भनेर ! उदितले त स्वार्थको लागि भने होलान, तर हामीले त बाद्यताले भन्नु पर्ने छ ! येस्तई गति हो भने ! तिनलाई(कांग्रेश, मावोबादी,मदेशी,माले, एमाले,झ्यालेमालेका नेता भनौदा हरु ……ईत्यादी ) खौलौँ जाक्नु पर्ने,एकै ठाउँमा !
-घैंटे याजेन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
4
यो सब कम्जोर्स सरकार र हाम्रो आती सम्मान गर्ने सैली को कारण हो yar
मन परे हरियो, नपरे रातोः
10
3
मा कु ने ko लागि कपुर भनेको भगवान भन्दा पनि ठुलो भयो हो साथी हो !किन कि मा कु ने ले हिजो भगवान सित हिजो प्रार्थना गर्दा कहिलेइ पनि प्रधान मन्त्रीको कुर्ची मिलन सकेन आज गद्दार भारतीय हरुको आसिर्बादमा प्रधान मन्त्रीको कुर्ची मिलेकोछ ।
मा कु ने ले हिजो कुर्ची को लागि आफ्नो परम्परा समेत भुले बाबु को काज क्रिया समेत गरेनन तेही कुर्ची को लागि भने आज किन ति कुर्चीका मालिक हरुको सम्मान गर्ने उनि चुकुन त ?जसले आफ्नो चाहना र माग पुरा गरिदिन्छ तेहीनै त भगवान हुन्छनी होइनारा ?
धिक्कार छ यो “मावोबादीको सैलीमा”कठ पुतली सरकार लाई !आफ्नो देसको अस्तित्त्वो लाई जोगाउन नसकेकोमा ! कपुरलाई हाम्रो देसको राष्ट्र अद्क्छ्य लाई भन्दा पनि बढी अधिकार दिएको मा !जे गरेउ गल्ति गरेउ तर भोलि देस उसलाई नदेउ हामी नेपाली लाई नेपालमै बच्न देउ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
प्रभुको चरणमा नै परेछन विचरा भक्तहरु ….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
अबत मादव नेपालको सरकार कहिले पनि दल्दैना/India लाई चाहिहेको मादव नेपाल जस्तै प्रधान मन्त्रि जे भने पनि आदेश मान्ने/नेपालको future गयो र हरुवाहरुको मात्र होइन उनीहरुको आफन्तको दिन पनि आयो/
माओ वातीको पनि दश आयो,कपुर प्रभुले हतियार तर oder दिसक्यो होला माकुनेलाई नेपाली जनसेना fry गर भनेर/
Nepal is foot ball for India .present goverment is India team ,ministers are players ,Makune is captain .bull sheet
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
कपुर जस्ता दलाल हरु लाइ एस्तो सेवा र सम्मान नगरे त फेरी माकुने को सरकार भोलि नै फुस्कन्छा नि साथी हो.खोइ कुरा बुजेको.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
1
अबत सहन नसक्ने गरि पसिना आइसक्यो यो दलाल नोकर माकुने हरुले देश को अस्मिता बेचेर खानेभाये. यो रास्ट्रपति भन्ने मान्छे अलि अलि रास्त्रवादी हो कि भन्ने ठानेको झन् इन्डियन को अगाडी त पुछर लुकौदो रैछ , धिक्कार छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
1
यसलाई भनिन्छ भक्ति र चाकरी | भगवानले त पूजा नगरी बरदान दिदैनन भने यी त मनुष्य परे |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
3
हैन हो साथी हो,,,कपुर भनेको गुरुङ को मित, राम बरण का जेठान , माधव को मालिक, विधा देवी कि boy friend परे क्यार ??? सम्मान त गरे त राजा महाराजा को !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
7
मेरो विचार मा त ठिकै त भयो नि, museum मा लगेर रखेछ, पाँच तारे होटेल हरु मा राखेर अरुलाई दुख दिनु भन्दा museum मा राख्नु नै ठिक, कसो दिपेन्द्र को भूत ले ra..ta..ra..ta..bha..ta..ta.. ta गरेन ||||
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
5
अब बिस्तारै भुटान झैँ नेपाल सुरक्षा र पररास्ट्र नै दिन बेर लाग्दैन ।
डा. सुरज श्रेष्ठ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
49
3
हैन हो डा सुरज देख्नु भएन नेपालका गृह मन्त्रि ले आफ्ना मातहतका सबै सुरछा प्रमुख हरु लिएर भारतमा बैठक गर्न गएको . प्रधान मन्त्रि र सेना प्रमुख भर्खरै भारत बाट फर्केका हुन् फेरी इन्डियाका सेना प्रमुख नै नेपालमा नै छन् . संसारको कुनै देसको गृह मन्त्रि ले आफ्ना मातहतका सबै सुरछा प्रमुख हरु लिएर बिदेस गएको कहिँ सुन्नु भएको छ . छ भने जानकारी पाउ है . अहिले नेपालमा केहि भए कसले जिम्मेवारी लिने? मावोबादिले “कठपुतली” भनेको आरोप मात्रै होइन रहेछा .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
2
सुरज जी
भारतले चाहिरहेको त् तेही हो/ उहिले मरिचमान लाई पनि ल भुताले गरे जस्तै सन्धि गर आन्दोलन बन्द गरिदिने भनेकै थियो/ अस्ति भारत को नेताहरु नेपाल आउँदा पनि भनेकै थियो/ नाम पछाडी नेपाल भएका जस्ताले मात्रै मानेर हुने भए त् उहिले मानि सक्ने थियो तर हाम्रो देस नेपाल भन्ने हरु नमानेर त् नेपाल बात तराई टुक्रा गर्न खोजिरहेछ/ आखिर त्यो भुटान सिट गरेको जस्तो सन्धि को मूल आशय नै तराईको सबै रास्त्रिये सम्पदामा भारतको यक्लौती गर्ने नै हो/ ४ बुँदाको त्यो नेपाल लाई भुटान बनाउने भारतको प्रस्ताव इन्टर नेट मा छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
सबै देसभक्त साथीहरु यी भतुवा कुकुरहरुले त अति नै गरिसके त / अरुकुरा जे भए पनि कम्तिमा मावोबादी हरुले उठाये को राष्ट्रिय ता को मुद्दा मा सबैले समर्थन गरौँ . र यो पनि पढौं / सालोक्य जी धन्यबाद/
नेपाली पत्रबाट
“कपुरको निम्ति किन छुट्याइयो राष्ट्रपतिको सवारी?
काठमाडौं। माओवादीले प्रभु नामाकरण गरेको छिमेकी मुलुक भारत र त्यसका उच्चअधिकारीहरूलाई सरकारले व्यवहारमै प्रभुसरह मान गरेर देखाइदिएको छ। नेपालको भ्रमणमा रहेका भारतीय स्थल सेनाका प्रमुख जनरल दीपक कपुरलाई राजसंस्था रहुञ्जेल तत्कालीन राजालाई गरिने स्टाइलमै मान सम्मान गरेको छ। त्यसबेला राजावादी र विशेषतः तत्कालीन शाही नेपाली सेनाले राजालाई प्रभु नै भनेर सम्बोधन गर्ने गरेको थियो। राजा ज्ञानेन्द्रले नारायणहिटी छाडेर हिाडेको डेढ वर्षपछि नारायणहिटी राजदरबारलाई भारतीय सेनापति दीपक कपुरले प्रयोग गर्न पाएका छन्।
नेपाली सेनाका सेनापति छत्रमानसिं गुरुङको जोडबलमा पुराना नेपाली प्रभुले प्रयोग गर्ने राजदरबार मात्रै होइन, टोखास्थित दरबारको हेलिप्याड पनि माओवादीद्वारा भन्दै आएका प्रभु दीपक कपुरको प्रयोगमा आयो। समाचार स्रोतका अनुसार, लोकतान्त्रिक आन्दोलनपछि यसरी कसैलाई पनि नारायणहिटीको कम्पाउण्ड प्रयोग गर्न दिइएको थिएन, जुन कपुरका निम्ति प्रयोग भयो।
सैनिक स्रोतका अनुसार, माओवादीले राजधानीमा सडक अवरोध पारी कपुरको यात्रालाई समस्यामा पारिदिने हुन् कि भन्ने भयका कारण नारायणहिटी प्रयोग गर्नुपरेको हो। सेनापति कपुरलाई बुधबार बिहानै नारायणहिटी दरबारमा प्रवेश गराइएको थियो। त्यसो त, माओवादीले कतिसम्म अत्याएका रहेछन् भन्ने कुराको प्रमाण उनको बासस्थानमा अचानक भएको परिवर्तनले पनि देखाएको छ। स्रोतका अनुसार, नेपाली सेनाले कपुरसागै समन्वय गरेर सुरुमा सोल्टी होटलको स्वीट रुममा बस्ने व्यवस्था गरेको थियो। तर, अचानक पछिल्लो समयमा आएर स्थान परिवर्तन गरी दरबारमार्गस्थित होटल याक एण्ड यतिको स्वीट फ्ल्याटलाई छानिएको थियो। बुधबार सबेरै सेनापति कपुरलाई याक एण्ड यति होटलबाटै राजदरबार छिराइएको थियो। माओवादीले आक्रमण गर्न सक्ने आधार देखाएर सेनाले कपुरका निम्ति हालसम्म राजाले मात्रै प्रयोग गर्दै आएको नारायणहिटी राजदरबारमा अवस्थित हेलिप्याडको प्रयोग गरेको थियो। कपुरलाई दरबारभित्र लगेर त्यहाास्थित ब्यारेकमा राखी टोखाबाट हेलिकप्टर ल्याएर जोमसोमतर्फ उडाइएको थियो। समाचारअनुसार, राष्ट्रपति रामवरण यादवको सम्भावित चितवनको भ्रमणलाई समेत बेवास्ता गर्दै सेनाले यसअघि राजाले मात्र प्रयोग गर्दै आएको भीभीआईपीको सुपरपुमा हेलिकप्टरमा कपुरलाई मुस्ताङ उडाइएको हो। स्रोतका अनुसार, गणतन्त्रको घोषणापछि सो जहाज राष्ट्रपति र प्रधानमन्त्रीको सवारीका लागि मात्र प्रयोग गरिादै आएकोमा यसपटक कपुरका लागि तयार गरिएको थियो। विगतमा कहिल्यै नदिइएको सम्मान कपुरलाई दिइनुमा के कारण हुनसक्छ, तत्काल नखुले पनि उनको जोमसोम उडानमा समस्या हुनसक्छ भनेर नेपाली सेनाले सुपरपुमा जहाजलाई मंगलबार नै राजधानीको उत्तरमा अवस्थित सैनिक ब्यारेक टोखामा पठाएको थियो। बुढानीलकण्ठदेखि माथि डााडामा अवस्थित सो ठाउामा बिहान सबेरै घाम देखिने र राजधानीलाई कुइरोले ढाके पनि उडान गर्न सकिने भएकाले अघिल्लै दिन जहाज टोखा पठाइएको भीभीआईपी उडानका एक पाइलटले नेपालीपत्रलाई बताए। उनका अनुसार, यदि राष्ट्रपतिले चितवनको कार्यक्रम टुंगो गरे उनलाई सुपरपुमा होइन कि अर्को पुमा हेलिकोप्टरमा उडाउने तयारी सेनाले गरेको थियो। यसो भएको भए राष्ट्रले इज्जत गरेका राष्ट्रप्रमुखलाई कम आाकलन गरी भारतको सेनापतिलाई बढी महत्व दिएको प्रश्न सजिलै उठ्ने थियो। सायद यही बुझेर हुनसक्छ, राष्ट्रपतिले बुधबारका लागि तराई क्षेत्रको भ्रमणमा जाने कुनै कार्यक्रम नै दिनुभएन, र वहाा कहीा जानुभएन पनि। भीभीआईपी फ्लाइटका प्रमुख सहायक रथि रविविक्रम शाह स्वयंले पनि भारतीय सेनाध्यक्ष कपुरलाई सुपरपुमामा र राष्ट्रपति उडिहाल्नु पर्ने भए पुमा हेलिकप्टरमै काम चलाउनु भन्ने आदेश सेनापति छत्रमानसिं गुरुङबाट प्राप्त हुनुलाई अचम्म मानेको स्रोतले जनाएको छ। भीभीआईपी उडानको कार्यालय एयरपोर्टमा नै छ। कपुरलाई विमानस्थलसम्म नपुर्यााई नारायणहिटीबाटै मुस्ताङका लागि उडाइएको थियो। जहाज, हेलिप्याड मात्र होइन, सेनाले पाइलटहरू पनि राजाका लागि उड्ने गरेका व्यक्तिहरू नै खटाएको थियो।
आफ्नो भारत भ्रमणका बेला नेपालका सेनापति छत्रमानसिं गुरुङले कस्तो स्वागत पाए? उनलाई के यसरी नै प्रभुसरह सम्मान गरिएको थियो? यो प्रश्न अनुत्तरित नै भए पनि भारतीय सेनाध्यक्ष कपुरलाई राज्यको सबैभन्दा उच्चतहको सुविधासहित घुम्ने व्यवस्था गरिनुमा लुकेको अर्थ खोज्न अझै केही दिन लाग्नेछ। सेना समायोजनबारे विवादास्पद अभिव्यक्ति दिएर माओवादीको आाखाको कसिंगर बनेका कपुरलाई सानोतिनो जुलुस निकालेर सचेत गराउने काम भने माओवादीले छाडेको देखिएन।”
मावोबादीको हौवा देखाएर आफुलाई इमान्दार नोकर साबित गरेछन / त्वमेब माता छ पिता त्वमेब ….नै गरेछन नि/
“पराया मुटु दौराको फेरले छोपेर छोपिन्न….. ” भन्ने राष्ट्रिय गीत त सुन्नुभएकै होला साथीहरुले / चुनावको एक वर्ष नहुदै हरुवा हरुको भिडले सासन गरेर लोकतन्त्र को त खिल्ली उधायेकै थिए तर अब पक्का भयो कि यिनीहरुको दौरा भित्र स्वदेसी हैन पराया मुटी पो रहेछ / धिकार छ तिमीहरुलाई .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
74
8
“पराया मुटु दौराको फेरले छोपेर छोपिन्न”, सही कुरा ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
6
पुष्प जी,लेख्नुस,लेख्नुस,लेख्नुस,
“बुझ्नेलाई श्रीखण्ड,नबुझ्नेलाई खुर्पाको बिंड”,
मन परे हरियो, नपरे रातोः
1
3
सगर शर्मा जी
तपाईंको यो प्रतिक्रियाले मुटु भित्र दबिएर बसेको रास्ट्र बाद लाई झक झक्याउने छ/ तर लिकुने को पारा पनि चढाउने छ/
कुन सब्दले धन्यबाद दिउँ तपाईं लाई?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
3
स्वदेसी दौरा भित्र बिदेसी मुटु भन्दा बिदेसी सुट भित्रको स्वदेसी मुटु धेरै प्यारो छ हो मदन जी. उनीहरुको ब्यबहारले प्रमाणित गरेको कुरा लेखेको त हो नि . यदि रास्त्रबादी हुन् भने राष्ट्रिय स्वाधिनताको आन्दोलनमा साथ देउन . सबै मिल्ने हो भने भारतको केहि लाग्दैन / जय मातृभूमि , जय नेपाल.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
1
सागरजी
‘स्वोदेसी दौरा भित्र बिदेसी मुटु बिदेसी सुट भित्र स्वोदेसी मुटु धेरै प्यारो छ’ यो तपाईंको अभिव्यक्ति पनि अत्युतम छ/ तर घरि घरि दिल्ली गएर घुंदे नमस्कार गर्ने हरु र लिट्टे नेपालीहरुलाई बिझाउने सुयिरो जतिकै हुने छ/
मन परे हरियो, नपरे रातोः
10
1
त्यो भाते लाइ येत्रो सम्मान, छिमेकि मुलुक को सेनापति को हैसियत मा दिनु पर्ने सम्मान त ठिकै छ दिनै पर्यो तर माथि भनेको जस्तो सम्मान किन र के का लागि? जवाफ जनतालाई दिनुपर्छा सत्ताधारी हरुले.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
68
7
केसुजी
तपाईं को आक्रोश मा रास्त्र्बाद्को उफान छ, सारै मन पर्यो तर गालि को सब्द अलिकति शालीन भए अति राम्रो हुने थियो/
मन परे हरियो, नपरे रातोः
5
12
कठपुतली सरकार लाइ सत्ता टिकाउनु छ, सत्ता टिकाउने भरोसा यिनै आडम्बरी गुरुहरुले दिनु भएको छ, अब यति ठुलो भरोसा दिने गुरुहरुलाई तेल नलगाए के जनतालाई लगाउने त ? जनता ले त लोप्पा ख्यायेका थिए, तर गुरुहरुको आसिर्बाद बाट सरकार बन्यो अब मोज र भोज पनि गुरुहरुनै गर्छन| यस्तै हो सथिहरुहो नेता बिकेपछी के नै लाग्दो रहेछ र| यो दिर्घकालिन चाही होइन, मूत को न्यानो हो, धरै दिन टिक्दैन पनि|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
58
9
भारतीय दलाल माकुने प्रधानमन्त्री भएपछि यो भन्दा अरु के नै आश गर्न सकिन्छ र ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
67
11
कही नभाको जात्रा हaडी गाउ मा भनेको येही हो हाम्रा नेताहरु इंडिया जादा को हालत के भन्ने निसब्दा भया म त ……………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
5
नेपाल को प्रधानमन्त्री इंडिया जादा स्वागत को लागि एउटा राज्य मन्त्रि को पछि पुच्हर हल्लौदै हिडेको माकुने को आदेस होला फेरी यो सबै बिचरा के गरोस धन्न तिम्रो जन्म माकुने . एमाले पार्टी लाई त हरियो बास मा हालेर तूऊऊऊऊउ पार्दै पशुपति मा सेलाउने बनायेउ अब देशलाई त झन् खत्तम नै बनाउने भयेउ नि
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
2
तेती नगरे भोलि पल्ट पद खुस्किन पुग्छ अनि के गरोस, धोतीको गुलामी गरेर आफ्नो देसको मर्यादा बेचेको छ यो माकुने सरकारले |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
8
अब राजा नरहे पछि नेपाली सेना का पनि प्रभू तिनै त भएका छन् नि सरकार त तिनकै कठपुतली न हो अनि किन नगरुन राजकीय सम्मान आफ्ना प्रभूको |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
8
सायद बिरेन्द्र को अन्तिम स्वास को लेखा राख्ने मा कपुर पनि होला ! मतिहार मतिहार को सल्लाह मिल्छ ! यादब को पछाडी पम्प गर्ने र माकुने को जिब्रो मा कपुर होला !
कपुर को मनको कुरा बिद्या को आवाज़मा ट्रांस्लेट त भाको होलानी !
यो सरकार को त कपुर प्रभु नै हो १००% !!!!!!!!!!!!111
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
63
7
यो त हामी नेपालीहरुको बद्दप्पन हो के हामी दुश्मन लै पनि पाहुनाको दर्जर्मा राखेर सम्मान दिन्छौ. इ धोतिहरुले हाम्रो येही महानतालाई कमजोरी ठानेको होला, आब एस्तो भ्रम मा नपरे हुन्छ. हामी जागी सक्यौ. आब hamro अस्तित्यो न त कसैले आफ्नो babu ko बिर्ता बनाउन सक्छ न त, metauna sakcha. Hami Nepali हौ अन्दी रहिरहे छौ. hajarau barsa samma pani e paji dhoti haru sanga ladna sakchyam chau. Jay Nepal!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
15
त्यसो भए नेपाली को राजा होइन महाराजा भएछन यो कपुर ………….हरे हाम्रो नेपाल ……………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
98
21
श्रीस थापाजी
लिकुने लाई प्रधान मन्त्रि बनाउन सक्ने त् लिकुने को लागि राजानै भैगए नि/ लिकुनेलाई भारतले प्रधान मन्त्रि बनाएको ठिक उहिले पन्चायेत्मा राजाले टिका लगाएर प्रधान मन्त्रि बनाउने जस्तै गरि बनाएको हो/ तेसैले भारत लिकुने को लागि राजा भई गए, तेसैले भारतको सेनापति कपुर लाई राजा बस्ने कोठामा राखे/
कुनै पनि बिदेसी पाहुनालाई हद भन्दा माथि सम्मान दिएर राजाको कोठा मा बस्न दिनुले पछी बडो अप्ठ्यारो समस्या आउनेछ/ अब तेस्तै पद को पाहुना चीन बात आए अमेरिका बात आए जापान बात आए होला यो माकुने ले? अरुलाई त्यो भन्दा कम सम्मान दिनु त् भएँन/
जे होस् माधव कुमार नेपाल भारत को दास रहेछ, कित्ते रहेछ नेपालको स्वाभिमान मिच्ने बेच्ने रहेछ भनि उसैले प्रमाणित गरेछ/ यो व्यक्ति त् गिरिजा भन्दा खतम रहेछ/ गिरिजामा कम से कम राजनैतिक चतुर्याई छ, आफ्नो काम निकाल्ने खुबी छ, यो लिकुने -माकुनेको खुबी त् भारतको दरवान जतिकै मात्र रहेछ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
101
18
एसको असली हिरो त गिरिजानै हो ! नोबेल सान्ति पुरस्कार दिने गइ गुइ कुरा सुनिएको छ अहिले .नेपाल ले बरु नोबेल पुरस्कार नापवोस तर गिरिजा लै दिएर नेपाली को मन नाभाचोस !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
29
थुक्क
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
13
सूर्यलाई हेरेर थुकेको हो साथीले.. ह ह हा हा हा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
47
सुर्य अनि त्यस वाट छरिएको किरणलाइ हेरेर थुक्नु र मासी सकेको बन
जंगलमा भर्खरै टुसो पलाएको र बुढो रुखलाई हेरेर थुक्नु एकै होइन र भने,
मन परे हरियो, नपरे रातोः
0
0
ardniban जी
यक्दम सहि कुरा आज नेपालमा जे जति बिकृति आए त्यो गिरिजाले रास्ट्र लाई धोका दिएर टनकपुर सन्धि गरेर आए पछी सबै पार्टीको सांसद हरु र उसैको पार्टी हाई कमान्डले समेत आलोचना गरे पछी सदन भंग गरेर आफ्नै चाटुकार हरु मात्र चुनावमा जिताउने भनि म्ध्याबधि चुनाव को घोसना गरे पछिनै सुरु भएको हो/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
हाम्रो नेपाल येसरी नै चलेको छ . हाम्रा नेता हरु लाई नेपाली जनतामा भन्दा पनि बिदेसी प्रभुहरु मा धेरै विश्वास छ. हरे नेपाली आमा का कपुत हरु हो कति सम्म मातृभूमि को आपमन गर्छौ .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
5
क गर्ने त हजुर नत्र भने मावोबादी नाम क जंगली ले ढुंगा ले हान्चन, कस्लाइ कसरि बेवार गर्ने थाह छैन इनिहरुलै !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
36
44
हाम्रा रास्ट्रपति भारत गएभने एउटा सहायक मन्त्रि आउन पनि गारो मान्छन उनलाई स्वागत गर्न, हाम्रो रास्ट्रपति भने ज्यान दिन पनि तयार छन् जाबो एउटा सेना को मान्छे लाई .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
3
हेर हेर …*** धोति न पर्यो, धोति पनि कस्तो भन्दा बिशाल धोति रे….हा हा
मन परे हरियो, नपरे रातोः
15
2
यो एमाले र नेपाली कांग्रेसले राष्ट्र र राष्ट्रियताको सवालमा एउटा स्वाभिमानी देशभक्त नेताले देखाउनु पर्ने पहिचानको नमुना हो !यसरी नै आफ्नो राष्ट्र राष्ट्रियताको पहिचान गराउनु पर्छ भनि आफ्ना झोले तुम्बेहरुलाई पनि पाठ सिकाएको हुँदा राष्ट्र र राष्ट्रियताको बारे वकालत गर्दा आफ्नो अनुहारमा आफै थुक्नेहरु पनि नभएका नदेखेका होइनन,यी कुराहरु बिभिन्न लेख रचनाहरुले पुष्टि
गरेर देखाएको पनि छ!
मन परे हरियो, नपरे रातोः
1
0
shrees जी
औकात को हद भन्दा बढी सम्मान गरिनु भित्र अपमान लुकेको हुन्छ भनि बुढा पाका भन्थ्ये/ मलाई यो कुरा झल झल याद आई रहेछ/
भोक ले तिर मिरायेर हजुर भोक लाग्यो केहि पाउन भनि माग्न आउने माग्नेलाई साहुजी भनेर भने त्यो माग्नेले गालि गरेर जान्छन तर भारत न पर्यो, नेपाल सिट नदि माग्दै उसका अरब नाघेको भोको प्यासो जनतालाई पानी पुराउनु छ, सम्मान भनि सुन को कचौरा भित्र गन्हाउने गुहुनै राखे पनि कुप्लुक्क निल्ने भै गए/ लाज नभएका हरु न हुन्/
मन परे हरियो, नपरे रातोः
10
2