आज भने केही सकारात्मक खबर सुन्न पाइयो है। माओवादीले आफूले घोषणा गरेको अनिश्चितकालीन बन्द, जुन पर्सिदेखि हुन लागेको थियो, अनिश्चितकालका लागि फिर्ता लियो। ठूलो राहत पाए जनताले। बन्दलाई सँधै यसरी बन्द गर्न पाए क्या गज्जब हुन्थ्यो होला।
अर्को सकारात्मक खबर तीन दलका टाउके नेताहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले दियो। बैठकले लामो समयदेखि रहेको गतिरोध अन्त्य गर्ने कामको सुरुवात गरेको छ। गिरिजा, प्रचण्ड र झलनाथ खनाल बसेर गरेको बैठकले पारित गरेको आचार संहितामात्रै हेर्नुस् त, क्या गज्जबको छ-
-जतिसुकै मतभेद भए पनि दलका नेता र कार्यकर्ताहरुले भाषण गर्दा, सार्वजनिक रुपमा बोल्दा वा लेख लेख्दा अर्कालाई आक्षेप र लाञ्छना लगाउने तथा गाली-गलौजको भाषा प्रयोग नगर्ने।
-एक अर्काप्रति मर्यादित र संयमित व्यवहार गर्ने।
-पार्टीका कार्यकर्ताले कसैमाथि पनि भौतिक आक्रमण नगर्ने र यस्ता गतिविधि एवं क्रियाकलापलाई सम्पूर्ण रुपमा नियन्त्रण गर्ने।
-राष्ट्रिय सहमति अहिलेको अनिवार्यता भएकोले सबैले आपसी सहमतिकै विषयमा प्रमुख जोड दिनु पर्ने।
वाह, यस्तो भइदिए त नेपाल कति राम्रो हुन्थ्यो होला। यी नेताहरु हप्ताको एक पटक बैठक बस्ने भएका छन्। सँगै बसेपछि नमिलेका कुराहरु मिलाउन पनि सजिलो हुनेछ। यसरी राम्रो कुरा भएपछि त अनि उच्चस्तरीय संयन्त्रको विरोध गर्नेहरुको मुखमा पनि बुझो लाग्थ्यो होला।
संयन्त्रको कार्यविधिको पूर्ण पाठ हेर्नुस्-
उच्चस्तरीय राजनीतिक संयन्त्र
माघ ८, २०६६
हाम्रो मुलुक यतिबेला संक्रमणकालीन अवस्थाबाट अघि बढ्दैछ । सात राजनीतिक दल र तात्कालिक नेकपा (माओवादी) बीचको ऐतिहासिक बाह्र बुँदे सहमतिदेखि बृहत् शान्ति सम्झौता र संविधानसभाको निर्वाचन हुँदै अहिलेसम्म आइपुग्दा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको छ । मुलुकमा प्राप्त ऐतिहासिक उपलब्धिलाई रक्षा गर्दै शान्ति प्रक्रियालाई सफल पार्न र नयाँ संविधान निर्माण गर्नुपर्ने आजको प्रमुख दायित्व रहेको छ । त्यसको लागि मुलुकका प्रमुख राजनीतिक पार्टीहरुबीच सहमति र सहकार्य अनिवार्य छ । विद्यमान राजनीतिक गत्यावरोधलाई अन्त्य गर्दै शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउने र तोकिएको समयमा संविधान निर्माण गर्ने लगायतका विषयलाई ध्यानमा राखी नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालको बीचमा तीन सदस्यीय ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठन भएको छ । संयन्त्रमा प्रधानमन्त्रीको सहभागिता आमन्त्रित रुपमा हुनेछ । संयन्त्रको वैठकमा सम्बन्धित दलका शिर्ष नेताहरुले आफ्नो दलका अरु नेताहरुलाई पनि सहभागि गराउन सक्नुहुनेछ । संयन्त्रमा अन्य दलका प्रमुख नेताहरुलाई सहमतिका आधारमा सहभागि गरिनेछ ।
मुलुकका प्रमुख पार्टीहरुबीच विविध कारणले आपसी अन्तर्विरोध बढ्दै गएको र नेपाली जनतामा विभिन्न आशंका एवं अविश्वास बढ्दै गएको अवस्थामा यस किसिमको संयन्त्र गठन हुनुले राष्ट्रिय सहमतिको लागि नयाँ किसिमको आधार निर्माण भएको छ । देशको वर्तमान राजनीतिक स्थिति र आवश्यकतालाई ध्यानमा राख्दै गठित ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ ले निम्न रुपमा आफ्नो उद्देश्य, कार्यविधि र आचार संहिता निर्माण गरेको छ ।
(क) उद्देश्य
१. शान्ति प्रक्रियालाई अन्तिम निश्कर्षमा पुर्याई मुलुकमा दिगो शान्ति कायम गर्नु अहिलेको महत्वपूर्ण कार्यभारको रुपमा रहेको छ । यो विषय पनि निश्चित प्रक्रिया अनुरुप अघि बढेको छ । उक्त प्रक्रियालाई समय सिमा भित्रै पूरा गर्न र त्यस सम्बन्धमा देखा परेका र पर्न सक्ने समस्याहरुको समाधानमा यो संयन्त्रले सघाउ पुर्याउनेछ ।
२. मुलुक अहिले नयाँ संविधान निर्माणको प्रक्रियामा अघि बढिरहेकोले अन्तरिम संविधानमा तोकिएको समय सिमाभित्र संविधान निर्माण र त्यसक्रममा उत्पन्न जटिलताहरुलाई समाधान गर्न यो संयन्त्रले महत्वपूर्ण सघाउ पुर्याउनेछ ।
३. यो देशका प्रमुख राजनीतिक दलहरुबीच सहमति कायम नगरी हाम्रा कुनै पनि कार्यभार पूरा हुने अवस्था छैन । त्यसैले विद्यमान राजनीतिक गतिरोधलाई अन्त्य गरी सहमतिका साथ अघि बढ्नका लागि यो संयन्त्रले प्रमुख भूमिका निर्वाह गर्नेछ ।
४. अहिले मुलुकमा प्रमुख राजनीतिक पार्टीहरुबीच आपसमा जुन किसिमको अविश्वास र आशंका देखा परिरहेको छ, त्यसको निवारणको लागि बाह्र बुँदे सहमतिदेखि अहिलेसम्मको समग्र प्रक्रियाको समीक्षा गरी भविष्यमा विश्वासको वातावरण तयार गर्न यो संयन्त्रले गम्भीर प्रयत्न गर्नेछ ।
५. यो संयन्त्र राजनीतिक निकाय भएकोले यसले राजनीतिक रुपमा देखा परेका जटिलताहरुलाई हटाउन साझा प्रयत्न अघि बढाउने छ । यस बाहेक अन्य कतिपय महत्वपूर्ण विषयहरुमा देखा पर्ने असहमति र समस्याहरुलाई समाधान गर्न संयन्त्रले सहमतिपूर्ण संयोजन गर्नेछ ।
(ख) कार्यविधि
१. वर्तमान राजनीतिक गतिरोध अन्त्यको लागि प्रमुख राजनीतिक पार्टीहरुबीच सहमति कायम गर्नेछ ।
२. शान्ति र संविधान निर्माण प्रक्रिया लगायतका आवश्यक विषयमा अलग-अलग उप-समितिहरु निर्माण गरी त्यस सम्बन्धमा सम्बन्धित निकायलाई सघाउ पुर्याउनेछ ।
३.सामान्यतः हप्ताको एक पटक संयन्त्रको बैठक बसी आवश्यक कामहरु अघि बढाउनेछ।
४.विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमा उल्लेख भएका विभिन्न आयोगहरु गठन गर्न पहल गर्नेछ ।
५.बेपत्ता नागरिकहरुको स्थिति छानबिन गरी सार्वजनिक गर्ने, कब्जा गरिएका घर-जग्गा र सम्पत्ति फिर्ता गर्ने लगायत विगतमा शान्ति सम्झौता एवम् विभिन्न सम्झौतामा भएका सहमतिका विषयहरुको समीक्षा गरी तिनको कार्यान्वयन गर्ने र यस सम्बन्धमा उप-समिति गठन गर्न सक्नेछ ।
६.संयन्त्रले आवश्यकता अनुसार आफ्नो कार्यविधिलाई परिमार्जन गर्न सक्नेछ ।
७.संयन्त्रले कुनै पनि निर्णय, सहमतिको आधारमा गर्नेछ ।
(ग) आचार संहिता
१.राष्ट्रिय सहमति अहिलेको अनिवार्यता भएकोले सबैले आपसी सहमतिकै विषयमा प्रमुख जोड दिनु पर्ने ।
२.जतिसुकै मतभेद भए पनि दलका नेता-कार्यकर्ताहरुले बोल्दा वा लेख्दा परस्पर विभिन्न आक्षेप र लाञ्छना लगाउने तथा गाली-गलौजको भाषा प्रयोग नगर्ने । एक अर्काप्रति मर्यादित र संयमित व्यवहार गर्ने ।
३.कुनै पनि पार्टीका कार्यकर्ताले कसैमाथि पनि भौतिक आक्रमण नगर्ने र यस्ता गतिविधि एवं क्रियाकलापलाई सम्पूर्ण रुपमा नियन्त्रण गर्ने ।
४.कहिँ असहमतिको स्थिति देखिएमा अविलम्ब पार्टीहरुको बीचमा सम्बन्धित तहमा वार्ता गरी समाधान गर्न पहल गर्ने ।
Related posts:











एस्तो कुरा हरु पदने भएको भए नेताले हर्मो देश बिकाश गर्थे होला नि|
मन परे हरियो, नपरे रातोः
0
0
उमेश जी,
मलाई ययुता कुरा शोदाना मन लग्योउ, तपाई ले यौटा सर्व्चन गर्नु पडयो. कति जना नेताहरुले यो ब्लग पद्दो रहेछ?
मन परे हरियो, नपरे रातोः
0
0
VERY GOOD IDEA SUMAN JI.
अनि कतिजना नेताहरुको E-mail ID छ ,र कतिजना नेताहरुले कम्प्युटर खोल्न जानेकाछन् र कतिजना नेताहरुले कम्प्युटर खोल्न जानेका छैनन् .
चोरहरुलाई पैसा कुम्लौदै फुर्सद छैन.
मन परे हरियो, नपरे रातोः
0
0
राजनीतिक परिबेश को सुनौलो थालनी हो.
मन परे हरियो, नपरे रातोः
0
0
मदिरा न पिउ त के पिउ
बिष पिउने आट भएन
स्वदेशमै कमाएको कमाइले
पेट पाल्ने आट भएन !
बन्ध नगरी नेपाललाई
राजनीति गर्ने आट भएन !
जनताले नहराई माधव तिमीलाई
प्रधानमन्त्रि हुने आट भएन!!
देशलाई नाबेचाऊ ता के बेचू
आफुलाई बेचने आट भएन !
मिल्छा भने पोस्ट गरिदेनु होला उमेश जी
मन परे हरियो, नपरे रातोः
0
1
ए पुष्प जी तपाई आफै भिरेको बिल्ला पनि अरुले भिरैरहनु पर्छ र? तपाई खाली प्रचण्ड को भाषा बोल्दै अरु लाई भारत परस्त भन्नुहुन्छ तपाइको माओबादी ले ९ महिना मा के माखो मारे साथि?तपाई फेरी प्रचण्ड कै भाषामा भन्नुहोला अरुले गर्न दिएन, त्यसो भए तपाइको माओबादी ले चाही अरुलाई काम गर्न दिएको छ? आफुलाई पटक पटक सबै भन्दा सक्तिसाली कसैले कुनै कुरामा रोक्न सक्दैन भन्ने पार्टी ९ महिना तपाइको जुम्रा हेरेर बसेको थियो/ अरे अन्धो सपोर्ट गर्नुको पनि एउटा सिमा हुन्छ नि यार/
मन परे हरियो, नपरे रातोः
2
0
जे होस केहि सुखद लाग्ने समाचार सुन्न पाईयो । बन्द गरेको भए माओवादी अझै अदोगतीको आरालो लाग्थ्यो ।
नेपाली नेताहरुले गर्नु पर्ने पहिलो महत्वपूर्ण कार्य के रहेछ त ? एकले अर्कोलाई तल्लो दर्जामा ओर्लिएर गाली नगर्ने । देख्नु भो कहाँ अल्झिरहेको रहेछ हाम्रो राजनीति ? गाली गलौजमा । अनी हुन्छ विकास ?
तर तल्लो स्तरको छुद्र गाली गर्नमा चैं प्रचण्ड सबैभन्दा अघि रहेछन् । रुकमांगतलाई त भने भने अस्तिपनि दिपक कपुरलाई त्यो दिपक कपुर भन्दै थिए । शत्रुलाई पनि सम्मान गर्न सक्नु पर्छ अनीमात्र आफूलाई पनि उस्तै व्यवहार मिल्छ । उदाहरण बलभद्रलाई बीर भनेर अंग्रजले पनि सम्मान गरेका थिए । तर हाम्रा नेता चैं अगाडी आफ्नो हनुमानले घेरिएपछि २४ जना थपडी बजाउने ले घेरिएपछि सम्मान गर्न नसेपनि मानमर्दन नै हुने छुद्र बचन त नगर्नु है । प्रचण्ड जस्तो जिम्मेवार व्यक्तिले त्यो तहमा ओर्लिएर विदेशीलाई त्यसरी दुर्वचन गर्नू हुन्छ । साह्रै गतिछाडा । भक्तपुरे
हिमालको अघिल्लो अङ्कको मदन कृष्ण को अन्तर्वार्ता यी नेता ले एक पटक पढे हुन्थ्यो । हामी सर्वसाधारण त यस्तो वचन बोल्न र अरुले बोलेपनि सहन जान्दैनौ । हामीबाट पनि त केहि सिके हुने हो नी । जे होस अब केहि हुन्छ कि ?
मन परे हरियो, नपरे रातोः
2
0
भनेका कुरा मान्ने र कानुन लाई इज्जत गर्न सिकेको भए आज देश कहाँ पुगिसक्थ्यो .
एकले अर्कालाई गाली गर्ने र आरोप लाउने त यिनका खुनमा छ .
बोल्दैमा केहि हुने वाला छैन …..भोलिनै जुत्ता हानाहान गर्छन यी डाकाहरु …
कहिले गरेर देखाएको भएपो बिस्वास गर्ने …..
मन परे हरियो, नपरे रातोः
2
0
प्रचण्ड रहे सम्म यो असम्भब छ/
मन परे हरियो, नपरे रातोः
6
2
साथी हो, यी नेता हरु पनि नेपाल लै बनाउन भन्दा भन्दै थाकी सके जस्तो लाग्छ| राम्रो काम गर्न लाग्या छन् , जनता हरु पनि मिलेर साथ् देउ न त| नेता हरु सबै देश को स्वार्थ को लागि यसै गरि मिलुन| नेपाल बन्द लै सदा को लागि बन्दै गरौं| बैदेशिक हस्तछेप लै चाही सबै मिलेर बहिस्कार गरौं|
नेपाल को उन्नति होस्|
मन परे हरियो, नपरे रातोः
1
0
शेर बहादुर देउवा को कुरा याद आयो |भनेका थिए कि ३ वोटा कुरामा जोड दिनु पर्छ
१) कार्योनयन
२ ) कार्योनयन
३ ) कार्योनयन
हो लेखेका कुरा ब्यवोहर मा उतार्नु पर्यो |
मन परे हरियो, नपरे रातोः
3
0
माओबादी ले जनता को मन बुजेर बन्द फिर्ता लेको होला
धनाबाद माओबादी
बन्द नगर
मन परे हरियो, नपरे रातोः
1
0
सिमाहरु मिचिएका छन, बैदेशिक हस्तछेप जारी छ, देश अरु संकटमा परी रहेको छ, नेताहरुलाइ देश र जनताको समस्या भन्दा पनि आफु र आफ्नो पार्टी को समस्या ज्यादा महत्वपूर्ण भै रहेको छ, हामी नेपालीले गर्ब गर्ने, हामी सँग भएको त्यही एउटा बुद्ध पनि तिमीहरुको होइन हाम्रो हो भन्न छिमेकी देश पछी परेको छैन। आउ सबै नेपालीहरु मिलौ एक भएर, स्वोरमा स्वोर मिलाउ, बुद्ध हाम्रा हुन… चोरेर चोरेर चोरीन्नन, झुटो कुरा सधैं झुटो नै हुन्छ सत्य हुँदैन। Please use this link to invite your friends to join our group . http://www.facebook.com/groups/edit.php?members&gid=238989277284
मन परे हरियो, नपरे रातोः
1
1
मेरो दाजुले मलाई एकचोटी राजनीतिको “र” पनि उच्चारण नगर किन भने त्यो कलहको घर हो भन्नु भएको सम्झन्छु |औपचारिकतावाद मात्र आफैमा राम्रो कुरा होइन |
मन परे हरियो, नपरे रातोः
0
0
NOT BAD.AFTER LONG TIME OUR LEADER OPEN THERE EYES.ANY WAY GOOD.LEARN MOR!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
1
1
इज्ज़तदारलाई पो बेज्ज़तिको डर !
बेज्ज़ति वालालाई इज्ज़तको के डर ?
कुकुर बिरालो झैँ जहाँ जहाँ हड्डी र मासु भेटिन्छ खान दगुर्दछ्न !!
जतिपनि चिथोरा चिथोर गर्न छुट छ यी बेज्ज़तिहरुलाई !!!
सुरज श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
9
3
यो त देश बनाउने भन्दा पनि बढी YCL बाट आफ्नो कार्यकर्ता को धाढ़ बचाउने समजदारी जस्तो छ | खित खित…….
मन परे हरियो, नपरे रातोः
5
3
लउन अब केहि हुन्छा कि हात्ती आयो हात्ती आयो फुस्स नहोस ल यसरि नै नेताहरुले जनताको पिर मर्का बुज्दै जाने हो भने इंडिया होइन अमेरिका पनि पछी हट्न बाद्य हुन्छा क्रान्ति गर तर जनतालाई दुख दियर होइन चोर घोस्खोरिलाई सफाया दिनु बरु जनताको पिर मर्कालाई बुज्नु
मन परे हरियो, नपरे रातोः
5
3
कति दिन को लागि सन्धि भएको हो यो नेता हरु को? माओबादी को विश्वास पनि गर्ने ? यो नेपाली जनता पनि कति मुर्ख हो? जे भने पनि पत्त्येरा बस्ने.
मन परे हरियो, नपरे रातोः
2
6
येसलाई राम्रो कुरा को सुरुवात भएको मान्नु पर्दछ , येसरिनै सहमति र सहकार्य का साथ राजनैतिक पार्टीका नेताहरु अगाडी बढे भने पक्कै पनि जनता ले सुख को अनुभूति गर्ने छन् |
मन परे हरियो, नपरे रातोः
3
5
आचार संहिता राम्रो हुन्छ कार्यनयन भने सुन्य ………
मन परे हरियो, नपरे रातोः
5
4
मिली मिली खाऊ रातो भाले..
१५ वर्षा पछाडी को पाना कीन पढने?
मन परे हरियो, नपरे रातोः
2
7
राम्रो काम हो यसलाई पनि नराम्रो भन्ने कस्तो मान्छे रहेछ भन्नुहोला, मलाइ स्वीकार छ, विश्वास गर्नुहोस या नगर्नुहोस यो जनता लाइ धोका दिने अर्को नया चाल हो| अहिलेको जुन सिमाना अतिक्रमण को आन्दोलन भैरहेछ छ यसलाई समाप्त गर्ने र नेताहरुले गरेका कुकर्म (बिदेशी भत्ता आदि आदि …) को पोल जुन बाहिर आउने वाला थियो त्यसलाई लुकाउन बनाइएको थैलो हो| जनतालाई क्या पागल बनाउछन यी नेताहरु………………..
मन परे हरियो, नपरे रातोः
3
3
मलाई कल्पना को भनाइ चाँही मन परयो के गर्ने नेता हरु ले जनता को आखामा छारो हाल्ने अनि गोजी भर्ने कम मात्र गरेका छन् होइन र ?
मन परे हरियो, नपरे रातोः
1
4
येत्रो सम्झौता भैसके पछि यौता अर्को पनि थपेको भए हुन्थ्यो होला …. कमसेकम इ आफु लै ठुला दल भनौदा पार्टी हरुले मात्रै नेपाल बाँध र आम हड्ताल जस्ता कार्य नगर्ने भनेर …. जनता ले कति राहत पौठे होलान …..
मन परे हरियो, नपरे रातोः
1
3
किन गाली गर्न नपाइने, पाउनु पर्चा अझ सबैको हात हात मा बन्दुक दिनु पर्चा. गाली को सत्ता एकापस मा गोलि को आदान प्रदान भएमा जनता खुसि हुन्थे. कि कसो साथी हो.
मन परे हरियो, नपरे रातोः
5
9
नया प्रविधिमा नया नाटकको अर्को नया शृंखला |
मन परे हरियो, नपरे रातोः
3
6
उच्चस्तरीय राजनीतिक संयन्त्रमा एक अर्कालाई गाली नगरने समाझदारी भएको रहेछ ।यो शुभ कार्यको लागि मैले बिशेष धन्यवाद दिन्छु गिरजालाई ।
साथमा अरुपनी धन्यवादका पात्र हुन , यो स्वाभाबिक हो । भने पछी मैले पो किन कसैकोलाई गाली गलैज गर्नु परोर कि कसो साथी हो ? तर आजको यो नेपाल र नेपालीको दुर्दशा निम्ताउने मुख्य कारक पनि गिरिजानै हुन । सबैलाई जानकारी भया ।
मन परे हरियो, नपरे रातोः
3
5
यदि नेताहरु हो तिमीहरु सच्चा मान्छे हौ र मुखले बोलेका हौ भने यो कुरा ब्यबहारमा पनि लागु गरेर देखाऊ अनि बन्द र हड्तालका नाममा भत्काएका संरचना पनि मिलेर बनाउन थाल्नु आफुले भत्काएका संरचना बनाउन का लागि भिख माग्न नजानु बेसरम हो ,अब त अलिक केहि गर कामको नाममा सिन्को नाभाची “नयानेपाल” फलाकेर कहिँ नभएको जात्रा नदेखाऊ ,निर्लज्ज हरु हो ,
मन परे हरियो, नपरे रातोः
7
1
नेता हरु देसको हित लाई आफ्नो लक्ष्य बनाएर हिड्ने नै हो भने त अरुलाई लान्छना लगाउनु पर्ने त कारण नै छैन तर नेताहरु कुर्सीलाई लक्ष्य बनाएर हिड्दा नै देसको यो दुर्गति अनि एक ले अर्कालाई गालि गलौज गर्ने चलन भएको हो ! तर यो आचार संहिता को कदम भनेको सकारात्मक छ, अनि एस्लाई व्यवहार मा पनि अन्याय नगरी पालना गरिदिने हो भने भोलि यिनै नेता हरु नै महान हुनेछन !
अनि माओबादी ले अनिश्चितकालीन बन्द फिर्ता लिएकोमा सर्बसाधारण अनि मजदुर लगाएत सम्पूर्ण देस बासीलाई राहत मिलेको छ !अनि सुभासमाचार को लागि मेरो संसार लाई पनि मुरी धन्यबाद !
मन परे हरियो, नपरे रातोः
6
3
यो त सारै नै राम्रो विचार हो… एस काम कर्यनायाँन मा लिएर आउन पाए सारै नै राम्रो हुने थियो…..
हाम्रो देश खाली एक ले आर्को लिए गाली गर्दै मा पछाडी परेको हो.. हामी सबै दाजुभाई (नेता-जनता) सब मिलेर मात्र नया नेपाल बन्न सक्छ..
नेताहरु को पुरानो गल्ति लिए हामीले भुलेर नया र राम्रो काम मा उनीहरु सन्ग मिलेय्रा आगाडी बडू!!!!
जय मातृभूमि नेपाल !!!!
मन परे हरियो, नपरे रातोः
1
3
एकैछिन भए पनि लेख पढे पछि हास्दा रमाइलो नै भयो |
मन परे हरियो, नपरे रातोः
10
2
हेरौला कति सम्म चल्छ यो “आचार संहिता”! हाम्रा नेता भनैदाँहरूको काम हस्ताक्षर धस्काउन मात्र त हो। तिनमा नैतिकता भएको भए यो अवस्था देख्नु पर्ने थियो र?
मन परे हरियो, नपरे रातोः
4
4
यो त मैले बिहान ऊठेर जाँड छोड्छु र बेलुका खोया बिर्को खोल्नु जस्तै हो ….. उस्ता उस्तै हो नानु …हात्ती र हात्ती छाप चप्पल जस्तो हे हे हे …! हेर्दै जाम, पासपोर्ट र नागरिकता कहिले बदल्नु पर्ने हो !
-घैंटे याजेन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
11
विगतका मनमुटाव, विद्वेष र कुकर्महरूलाई बिर्सेर देश र जनताको हीतमा सहमति र सहकार्य गर्दै अघि जानु राम्रो हो । तर खै ! सत्तासीनहरूको भारतपरस्त व्यवहारले यस्ता संयन्त्र, सहमति र सहकार्यलाई सत्ता टिकाउने प्रपञ्चका रूपमा लिनुबाहेक अरु खासै आशा गर्न सकिने अवस्था छैन ।
बरु ‘मेरो संसार’मा पाठक/प्रतिक्रियाकारहरूबीच (केही हदसम्म नेताहरूलाई समेत) पनि गाली-गलौज नगर्ने सहमति वा गर्न नपाइने नियम बनाउने हो कि !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
38
कुरा राम्रो राख्नु भो पुष्प जी मेरो पनि मनसाय येही हो.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
6
केसु जी, को संग “मनसाय” मिलाउन जानु भो| फेरी हाम्रो पुश्पजी ले यै सहमति बितर माओ-पुरण र यसका औचित्य मा लामो भन्दा पनि लामो गन्थन लेखेर यो देश भक्छी ग्रुप को वकालत गर्नु हुने छ| त्यसको प्रतिकार गरेमा उहाँ ले फेरी smiley प्रयोग गर्दै हाम्रो मनस्थिति को मजाक उडाउने कार्य को थालनी हुने छ| बिचार गर्नु होला,मेरो हार्दिक सल्लाह|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
6
निक जी,
करनी र कथनी अनि त्यो पनि माओबादी समर्थक मा त्यो असम्भव हो तैपनि आशाबादी परे मा के गरौ निक जी.
जय नेपाल
मन परे हरियो, नपरे रातोः
4
2
केशुजी,
गालीगलौज र निच अभिव्यक्तिहरूका लागि त ‘माओवादी-अन्ध-विरोधी’हरू नै सबैभन्दा अगाडि देखिएका छन् । त्यसमाथि निकजी त अब्बल नै पर्नुभो ।
राजावादी, ‘प्रजातन्त्रवादी’ आदिको ‘भद्र करतूत’हरूकै कारण माओवादी आज उनीहरूप्रति उग्र रूपमा प्रस्तुत हुन बाध्य भएका हुन् । व्यक्तिगतरूपमा मबाट अभद्र व्यवहार भएको भए क्षमा चाहन्छु; तर आफू समानको एउटा सामान्य प्रतिक्रियाकारलाई यसरी कुरैपिच्छे राजनीतिक बिल्ला भिराएर वैचारिक विचलन प्रस्तुत नगर्नुहुन अनुरोध छ ।
मन परे हरियो, नपरे रातोः
3
9
केसु जी
तपाईं ले पुष्प जी सिट मनशाये मिलेको भन्नु भएको मा गणेश मान जी याद आयो/ २०४६ सालको जान आन्दोलन गर्ने बेला गिरिजा हरु बामपन्थी हरु सिट मिलेर आन्दोलन गर्नु हुन् भनेको तर गणेश मान जी ले बहुदल को लागि गरेको आन्दोलन मा सबै दल मिल्नु पर्छ भनेको याद आयो/ तेती बेला तेही गिरिजाको कुरामा बल दिंदै चाक्सी बारीमा भारतको नेता चन्द्र शेखर ले भारत तपाईं हरुको साथ् छ भन्दै घुमाउरो पारा ले बाम शक्ति सिट मिल्नु पर्दैन भारत ले चाहेको मदत गर्नेछ भनेको थियो/ तेती बेला गणेश मान जी न ठहर्यो राम्रै मुक्के जवाफ पाए चन्द्र सेखर ले/ अब केसु जी र पुष्प जी को कुरा मिलेकोमा सानो सानो चन्द्र शेखर हरुले भद्कौं खोज्ने छ/ यकता तपाईं हरुको भई रहोस/ यहि कामना गर्छु केसु जी/
मन परे हरियो, नपरे रातोः
2
8
ठीकै भन्नुभो पुष्पजी !
माइसंसारका पाठकहरुबीच पनि आचारसंहिता जारी गर्दा राम्रो हुन्छ ।
विशेषगरी जाति, धर्मजस्ता संवेदनशील विषयमा टीकाटिप्पणी गर्दा शिष्ट, भद्र, शालीन र संयमित भएर पेश हुने गरौँ । पढ्नै दिक्कलाग्ने अश्लील, अभद्र, पाशविक र घटियास्तरका वाकयुद्धमा नउत्रौँ ।
सुशिक्षित र सुसभ्य नेपालीको परिचय परस्पर कायम राखौ । हेपाहा पशुवृत्ति त्यागौँ । कुकुरप्रवृत्ति त्यागौँ ।
नेपाली नेपालीबीच शान्ति, मैत्री र सदभावनाको विकास गरौँ । एकै आमाका सन्तान हौँ हामी ।
मन परे हरियो, नपरे रातोः
12
4
पुष्प जी!
यो ब्लग हो भन्ने कुरा त तपाईलाई भनिरहनु नपर्ला! र ब्लग को सुन्दरता भनेकै प्रयोगकर्ताले आफ्नो मनको कुरा निर्धक्क भन्न र राख्न पाउनुहो! यसमा कसैले पनि चित्त दुखाइ रहनु जरुरि छैन!
मनभरी,मुखभरी अनि जीवनभरी भयको माया,दया,सम्मान,गालि यहा पनि राख्न र भन्न नपाय कहा गर्ने वा भन्ने? अझै मा त भन्छु यो अझै सम्पादित पनि नभय हुनेथियो! मान्छेले आफ्नो कुरा, आफुलाई लागेको कुरा, देखेको, सुनेको कुरा, पूर्ण जस्तो तस्तै अथार्थ राख्दा झनै राम्रो हुन्थ्यो कि जस्तो लाग्छा मलाइ त!
सबै ले एउटी कुरा भोगेको हुदैन र सबै संग एउटी अनुभब पनि हुन सक्दैन भने हरेक मान्छेको सोच र बिचार, आबस्यकता,चाहना फरक हुनु प्रकृतिका हो! तेसैले कसैले आफुलाई लागेको कुरा, सोचेको कुरा,बुझेको, अनुभब गरेको कुरा आफ्नै ढंगले प्रस्तुत गर्न दिनु अझै राम्रो हुनेथियो भने तेसबाता जीवन एइना जस्तै यथार्थता छार्लान्गिने कुरामा मा अझै गहन सहमत हुन्छु!
मनमा लागेको कुरा, त्यो गालि होस्,श्रद्दा होस्,सम्मान होस् तुच्छई होस् लाइ जस्ताको तस्तै भन्न र गर्न ब्लग मा पनि नपाय कहा गर्ने? कहिता तेस्को लागि पनि स्थान हुन पर्यो – ब्लग तेसैको लागि हो जस्तो लाग्छा मलाइ त! अब तपाही हरुलाई कस्तो लाग्छ?
अब जे होस् !
मन परे हरियो, नपरे रातोः
8
8
आज भने राम्रो कुराले बल्ल कान पबित्र भयो | सबै पार्टी ले साचो मनले प्रतिबद्ता गरेको हो भने सबै को जय होस् ……..तर बिदेसी प्रभु लै यो कुरा मन् पर्छ कि पर्दैन हेर्न बाकीनै छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
2
खराब र गलत काम मात्र हुने देशमा खराब र गलत काम नगर्ने प्रतिवद्धता पनि ठूलै उपलव्धि हो, माइनसबाट जेरोमा आउने प्रयास हो । अब जेरोबाट प्लसमा उक्लने प्रतिवद्धता र व्यवहार आउनु पर्छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
1
यो पनि जनताको आँखामा छारो हाल्ने काम हो कि ? यस्ता लिखितम त कति भए कति भए लागु को गर्ने ? तै रानी मै रानी को भर्ने कुवाको पानि !!!!!!!!!!!!!!!!!
हेर्दै जाऊ भोलि बिहान नहुदै कुन नेता को पछाडी कसले हावा भर्छ र कुन पड्किन्छ अनि समाचार आउछ …….., फेरी उल्टै समाचार माध्यम प्रति दोष ” कुरा बंगायो तोडमोड गरियो , मेरो भन्नुको मतलब एस्तो हो ” .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
5
येस्ता लिखितम त कति भय कति, कार्यनओयान हुने भय पो.
कांग्रेस मा: गोबिन्दे र खुमे.( खासै छैनन अरु लाइ गाली गर्ने नेता हरु )
एमाले मा : ओली,माकुने,संकर पोख्रेल……आदि आदि (धरै छन्)
माओबादी मा: प्रचंडे,बाबुराम,मोहन…..सबै नेता .( सबै जसो)
यिनीहरु लाइ लागु नहुने गरि यो बनाइयको सहर्ष जानकारी ….
जय नेपाल.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
67
28
बलात्कारी बलबहादुर नि कंग्रेशिनै होइनारा साथी !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
34
28
जेसुकै भए पनि सकारात्मक कुरा को हामीले प्रोत्साहन नै गर्नु पर्छ . येसरी नै हाम्रा नेता हरुमा सदबुद्दी आवोस र नेपाली जनता ले चैन को सास लिन पाउन. अब लेखेर होइन व्यवहार मा देखैदिये सबैको भलो हुने थियो .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
1
अहिले तातो तातो मा हो हो भन्छन २/४ दिन पछी यो सबै सेलाउछ त्यसपछि आचार संहिता कता जान्छ जान्छ …..कसले टेरेको छ र ? अझै सम्म सबै ठुला बडा बन्न जानेका मात्र ……….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
0
यस्तो संयन्त्रले अझै बढी दलहरुलाई मिसाएर नेपाल भरि नै कहीं पनि कहिले पनि बन्द नगर्ने बाचा जनतालाई गर्न सकेको भए नि हुन्थ्यो नि…
राम्रो काम गर्नलाई सधैं पैसा बजेट नै चाहिन्छ भन्ने छैन. अनि नेपाल देशलाई धर्म निरपेक्ष घोषणा गर्न सर्वदलीय छलफल र राष्ट्रिय सहमति केही नचाहिने, जुन कि जरूरी थियो, अनि आफ्नो आफ्नो दलले हरेक किसिमको बन्दलाई निषिद्ध गरेको छ भनेर घोषणा गर्न कस्तो गाह्रो हो त यी जनमुखी भनाउंदा पार्टीहरुलाई. एउटा मात्र दलले यस्तो घोषणा गरेदेखि अर्को दललाई पनि यस्तै घोषणा गर्ने दबाव स्वतस्फुर्त रुपमा परिहल्थ्यो नि त. होइन र?
मन परे हरियो, नपरे रातोः
1
0
माइ संसारमा पनि हामीहरुले कसैलाई व्यक्तिगत गालि गलौज नगर्ने कि ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
75
3
प्रथमत: सयन्त्र, षड्यन्त्र, खडयन्त्र कुन चाहिं यन्त्र हो, जसले भन्ने बितिकै साटसुटै सबै कुरा मिल्ने भए भुत्रा गर्न यती लामो समयसम्म यो भाँडभैलो किन रच्नु पर्यो? राजालाई फालिसकेपछि यो सयन्त्र वा खडयन्त्र तुरुन्त बनाउनु पर्ने होइन र? कांग्रेसको लामो ईतिहास, एमालेको अनुभव र माओवादीको जुझारुपन परेको बेलामा त काम लागेन त ! नेपाली जनताले विश्वाश गरेको यि तीन पार्टीले सौताको रिसले पोईको नाक काटने काम चाँहीं गर्नु भएन। गिरिजा, झलनाथ र प्रचन्डले गाली नगर्ने र भौतिक कारबाही नगर्ने भनेर कागजमा ल्याप्चे लगाउँदैमा खुमबहादुरहरु, प्रदिप नेपालहरु र वाइ सि एल ले खुरुक्क मान्ला र ? राजनीतिक संस्कार नभएका नेता र कार्यकर्ताले यस्तोखाले खडयन्त्रको कुरोलाई महत्व देला र ? राजनीतिक पार्टिभित्र बसिसकेपछि गिरिजा कोइराला, बिधा भण्डारी र मातृका यादवहरुले पार्टिको आधिकारिक् भनाइसंग बाझिने कुरा कुनै हालतमा गर्नु हुँदैन र हुंदैनथ्यो। आफ्नो भनाइलाई पार्टिको आन्तरिक छलफलमा राख्न उनिहरुले पाउनु पर्छ । राजनीतिक संस्कार भनेकै यही हो । लोकतन्त्र भन्दैमा आफु खुशी जथाभावी बोल्दै हिँडने हो भने यो लोकतन्त्र नभएर भाँडतन्त्र हो। नयाँ पत्रिकाको आगामी अंकमा माओवादी उपर प्रदिप नेपालको गाली सुन्न तम्तयार भएर बस्नु होला ।
शशांक लामा
न्युयोर्क
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
15
सशांक जी सकारात्मक कुराको समर्थन गर्नु हिच्घिचाउनु भएन, येसैले भोलि बाट हुने भनिएको माओबादीको आमहड्ताल टरेको छ, अब पहिले भन्नुपर्थ्यो भनेर फलाकेर अहिले बनेको र भएको प्रगतिको अबमुल्यन नगरोउ, हामीले सधै एस्तो र उस्तो भई दिए होंथ्यो भन्ने अनि केहि सकारात्मक हुन लाग्यो त्यसको पनि बिरोध गर्ने, के एसले यहि स्पस्ट पर्दैन कि आखिरी हामीले चाहेको के हो भन्ने मै?
जनता सर्भौम हो जसको दबाबमा हाम्रा टाउके नेताहरुले चाहेमा जस्ती सुकै चुनौती पनि सामना गर्न सक्नेमा दुबिधा छैन, यो सबै हामीमै निर्भर छ
बन्द हड्ताल हुदा कुनै पार्टीले आन्दोलन गर्दा पनि हामीनै आन्दोलित हुन्चोउ दुख हामीलेनै हुन्छ र येसैमा बहस गर्चोउ उनी नेता हरु माथि खनिन्चौ यो जायज छ तर उनीहरु आज कुनै सकारात्मक baatomaa chan feri kina र के ka ligi birodh
मन परे हरियो, नपरे रातोः
9
1
ससंगजी, तपाइको कुरा ठिकै हो, कति दिन पो मुख थुनेर बस्लान नेताहरुले, बिशेष गरेर लगाम नभएका थुतुनोहरुले जुन यहाँ धेरै नै छन्, तर राम्रो कुरामा आश गरौ भरोशा चाही नपरौ |
मन परे हरियो, नपरे रातोः
5
1
गाली गर्ने को छन् भन्दा पनि मिठो बोल्ने, राम्रो कुरा गर्ने को छन्, नाम लेखौ न साथी. अनि राम्रो मान्छेलाई अगाडी बढ्न सहयोग गरौ.अझ खास गरि बोलि भन्दा पनि देशको लागि राम्रो काम गर्ने को छन् त्यसलाई अझै राम्रो गर्न उत्साहित गरौ. नराम्रो गर्ने नेता को नाम नै नलिउ. बहिस्कार गरौ. सबै भन्दा त भ्रस्टचारी लाई बहिस्कार गरौ.
मन परे हरियो, नपरे रातोः
8
3
केसु जी , फेरी जहर !!!
यो त सकारात्मक कदम हो नि मित्र / कालो रातमा आशाको दियो कल्पना गर्नुहोस न / हो कार्वान्यन हुन पो पाउछ कि नाई? यो कार्वान्यन भयो भने डेरीको गरिखाने भाड़ो चुहिने हुनाले सजिलो त छैन तर शान्ति प्रक्रिया ढिलो भैसक्यो / येही संयेंत्र लाइ जनदबाब सिर्जना गरेर “गर कि मर” को स्थिति बनाइदिने हो भने केहि गर्लान नत्र त्यो संयेंत्रमा पनि हस्तछेप (??) न होला भन्न सकिने स्थिति छैन / अनि यो ब्लग मा गालीगलौच गर्ने लै म के भन्न चाहन्छु भने हरेक व्यक्ति को नैतिकता र चरित्र उसले बोल्ने बोलि र उसको ब्यबहारले बताउछ / कुकुरले भुक्यो भन्दैमा उसलाई टोक्नु बुध्धिमानी हो जस्तो त लाग्दैन /गौतम बुद्ध ले भनेका छन् ” कुनै चिज कसैले तिमीलाई दिन चाहन्छ तर त्यो तिमि लिदैनौ भने त्यो चिज आखिरमा उसैको त हुन्छा नि ” कसैले दिने गालिलाई हामी त्यो ” चिज ” मान्ने हो भने समस्या नै समाप्त / याद राख्नु कसैले गाली दिदा तपाई लाई रिस उठ्यो भने त्यो गाली तपाइले स्वीकार गरिसक्नु भएको हुन्छ /
मन परे हरियो, नपरे रातोः
5
1
माथि ” धेरै को ” हुनु पर्ने मा डेरीको हुन गएको मा सच्चाएर पढ्नु हुन अनुरोध छ / धन्यबाद /
मन परे हरियो, नपरे रातोः
1
1
केसु जी
गिरिजा को बारेमा पनि तपाईंको बिचार सुनु न/
मन परे हरियो, नपरे रातोः
2
5
गिरिजा ले अरु पार्टी क नेता र पार्टी लाइ गाली गरेर भासन गरेको मैले सुनेको छैन २०५१ साल पछि मदन जी,
मन परे हरियो, नपरे रातोः
8
3
केसुजी
२०५१ साल पछी गालि गर्नु को सट्टा रास्त्र्नै गलित बनाए गिरिजाले होयिन र केसुजी/ तपाईंले गिरिजाको बारेमा पहिला ब्यक्त गर्नु भएको बात बिचलित नहुनुस है केसु जी आदर्श बादी कांग्रेसी को कसैले बिरोध गरेको छैन, तर गिरिजाबादी …. सब्दले भन्ने पर्दै कुरा बुझ्नु नै हुनु हुन्छ / आदर्श बादी कांग्रेस को प्रेरणा बन्न सकुन उनीहरु यसरि दबेर होयिन उठेर आउँन केहि लेख्नुस केहि बोल्नुस मेरो तपाईं लाई भन्नु यतिनै त् हो/
मन परे हरियो, नपरे रातोः
1
3