“जुन जोगी आए पनि कानै चिरेको”, “नेता जति सबै चोर छन्”, “नेता जति सबैलाई बोरामा हालेर खोलामा बगाउनु पर्छ अनि मात्र देशमा केही हुन्छ”, “भुँडी नभएका कोही छैनन्”, “गिरिजा नमरी यो देशमा केही हुँदैन”, “माकुनेले के देश चलाउनु”, “यो देशलाई एउटा जंगबहादुर चाहिया छ”, “पहिला राजाले मात्र चोर्थ्यो तर अहिले त एक से एक चोर भए”, “माओवादी सबै खाओवादी”, “ज्ञानेन्द्रले यी नेताहरुलाई ठीक नलगाई त्यसै छाडिदियो”, “नेता जति सबैलाई पटट भुट्नु पर्छ अनि ठीक हुन्छ”, “नेपालमा एउटा पनि राजनेता नभएर यस्तो भएको”, आदि-आदि।
यी भनाइहरु सुन्न टाढा जानु पर्दैन। साथीभाइहरु सँगका गफ, चिया पसल र चौतारामा चल्ने वार्तालाप यथेस्ट नै हुन्छन्। यता विदेशतिर पनि नेपाली नेपाली बीच हुने भेटघाट र कुराकानीमा व्यक्तिगत सञ्चो–सुबिस्ताको सोधखोजपछि बिस्तारै नेपालको अँध्यारो तस्बीर कोरल्ने काम भै हाल्छ र त्यो अँध्यारोका मुख्य दोषी पनि नेताहरु नै हुन्छन्। के साँच्चै नै हाम्रा नेताहरु खत्तमै छन् त? खत्तम छन् भने कसरी खत्तम भए त? नेता खत्तम हुनुमा हामी जनताको हात छ कि छैन?
हाम्रा नेताहरु आकाशबाट झरेका पनि होइनन्, अनि अर्को कुनै ग्रहबाट कसैले मनोनीत गरेर पठाएका पनि होइनन्। नत यी अर्को देशबाट इम्पोर्ट गरेर नै ल्याइएका हुन्। यिनीहरु हामी सँगसँगै घुर ताप्दै, गाउँबेसी उकालीओराली गर्दै, जाडो र गर्मी सहँदै, हाम्रै बीचबाट र हाम्रै मतबाट नेता भएका हुन् केही अपवादलाई छोडेर। राम्रै मनसायले देशको काँचुली फेर्नु पर्छ भनेर वर्षौँसम्म जेलनेल खाएर आफ्नो र आफ्नो परिवारको जीउधनको सुरक्षालाई समेत बाजी थापेर प्रजातन्त्रका लागि लडेका हुन्। कति सहिद पनि भए। अहिले हामीले भोगेको राजनीतिक स्वतन्त्रता पनि यिनैको योगदानको व्याज हो। नेताहरुप्रति चुलिएको घृणाको कारणले नेतालाई राम्रो मूल्याङ्कन दिएको धेरैलाई नपच्ला तर यो वास्तविकता हो कुनै समयको। प्रायः सबै राजनीतिक पार्टीभित्र वीरताको कमी छैन। गिरिजा कोइराला लगायतका धेरै काँग्रेसका नेताहरुले जेलको चीसो खाएकै हुन्। एमालेभित्र पनि त्यागी मान्छेहरुको कमि छैन। माओवादी त धेरै बलिदानबाट आएको आलो पार्टी हो। कति नेताहरुको टाउकाको मूल्य पनि तोकिएको हो। राप्रपाभित्र पनि धेरै नेताहरु जनताको काम गर्दागर्दै आफ्ना घरखेत सक्नेहरु पनि छन्। यसरी हेर्दा सबै पार्टी भित्र जनताको लागि केही गर्नु पर्छ भन्ने भावना रहेको देखिन्छ। अपवाद त जहाँ पनि भै हाल्छ।
अब प्रश्न उठ्छ कि यदि नेताहरु त्यागी थिए भने नेपाल चाँही किन उँधै गति र उँधै मति भने जस्तो गरी ओरालो लागेको त। धेरैलाई के लाग्छ भने नेपाललाई ओरालो लगाउने यिनै नेताहरु हुन्। यिनैको स्वार्थको कारणले हामीले दुःख पाएका हौं। यसमा मेरो फरक मत छ। पहिलो कुरा त हाम्रा संचारमाध्यमले नकारात्मक कुराहरुलाई जति ठाउँ दिन्छन् त्यति धेरै तल नेपाल झरिसकेको छैन। हुनत शान्ति सुरक्षाको स्थिति खस्किएपछि अरु प्रगतिका अर्थशास्त्रीय तथ्याङ्कहरु अर्थहीन बन्दा रहेछन्। आम जनतामा रहेको त्रासले गर्दा, सबैको मनमा भए भन्दा बढी नै अँध्यारो तश्विर खिचिएको छ। बहुदल आए यता देशले केही प्रगति नगरेको त होइन। नेपालीहरुको चेतना स्तर बढेकै जस्तो लाग्छ। महिलाहरुको आवाज पनि अलि बढेकै देखिन्छ। हेपिएका भनेका मान्छेहरुले पनि बेलाबेलामा आफ्ना आवाज बढाएको सुनिएकै छ। स्कुल कलेज र विश्वविद्यालयको संख्यामा पनि धेरै नै वृद्धि भएको छ। स्वास्थ्यका क्षेत्रमा हेर्दा पनि केही प्रगति नै छ। हाम्रो देशले तरकारी खेती र तरकारी उपभोगमा उल्लेखनीय प्रगति गरेको छ। तर शान्ति सुरक्षाको अभावमा यी प्रगतीहरु सून्यमा बिलाएका छन्। दोस्रो कुरा नेपालले जनताको आकांक्षा अनुसार प्रगति नगर्नुमा नेतृत्व वर्गको भन्दा जनताको नै बढी दोष छ। तर यो सबै अज्ञानवश भएको छ। जानी जानी होइन। कसरी जनता दोषी छन् त भनेर उम्क्न हाम्रा नेताहरुको जीवन चक्रलाई बुझ्नु जरुरी छ।
नेताहरुको जीवन चक्रमा धेरै समानता छन्। सुरुमा नेताहरु अलि आदर्शवादी हुने र आफ्नो आदर्शको लागि बलिदान पनि गर्न सक्ने हुन्छन्। आफ्नो आदर्श जोगाउनलाई नै धेरै नेताहरुले जेलनेल र संघर्षको बाटो रोजेका हुन्। अनि समाजबाट त्यो बलिदानको कदरस्वरुप उनीहरुलाई नेतृत्वको जिम्मा पनि मिलेको हो, चुनावबाट र पार्टी पंक्तिबाट। जब उनीहरु नेतृत्वमा पुगेर जिम्मेवारी सम्हाल्न थाले र जनताको दैनिक व्यवहारका काम गर्न थाले तब उनीहरुमा क्रमशः नैतिक ह्रास देखिन शुरु भयो। उनीहरुले व्यवहारलाई र आदर्शलाई सँगै जोडेर लान सकेनन्। आदर्शलाई समातौं आफू एक्लो हुने, अनि व्यवहारलाई समातौं फोहोरमा टेकेर नहिँडी नहुने। व्यवहार भनेको भैरव अर्यालको व्यंग्य जस्तै छ “चोरी चकारी नगरी चतुर्याईं हुन्न, दंगा फसाद नगरे इज्जतै रहन्न”। जनताको काम गर्न सक्ने जस्तो पनि देखिनु पर्यो। यो गर्नलाइ सिष्टमलाई बिगार्नु पर्यो , प्रकृया मिच्नु पर्यो। अरुको पालो मिच्नु पर्यो। जनतालाई गरेको जस्तो देखाउँदा देखाउँदै बिस्तारै उनीहरु आदर्शवाट चिप्लीदै चिप्लीदै फोहोरको आहालमा पुगे। कतिखेर त्यो आहालमा पुगे भन्ने नेताहरुलाइ थाहै भएन किनकी त्यो एकै दिनमा भएको थिएन। केही नेताहरु अलिपर सम्म देख्न सक्ने पनि थिए र आहालवाट जोगीन पनि खोजे तर ती नेताहरु जनताका नजरमा पानी मरुवा ठहरीए। जनताले कानुन मिच्न नसक्ने, कर्मचारीलाई हप्काउन नसक्ने, लाइन मिचेर र प्रकृया मिचेर काम गराउन नसक्ने, यो यो कुराले मवाट यो काम हुन सक्दैन भनेर साँचो कुरा वोल्ने, आफ्ना कार्यकर्ताहरुलाई जागीर ख्वाउन नसक्ने, भेट्न आउने मान्छेहरुलाई खाना चीया ख्वाउन नसक्ने भएपछि जनताको नजरमा ती नेताहरुको भाउ म्कण्डै सुन्यमा नै पुग्यो। तव नेताहरुलाई दुइवटा विकल्प वाँकी रहे। एउटा इमान्दार हुने र आदर्श जोगाउने, अनी पानी मरुवा भएर वस्ने। अर्को साम दाम दण्ड भेद सवै लगाएर जे पनि गर्ने , कमाउने पनि र मान्छेहरुको काम पनि गर्ने। जो नेताहरु इमान्दार भए, उनीहरुको अर्को चुनावमा जित्ने सम्भावना पनि कम भयो किनकी तीनीहरु जनताका नजरमा पानीमरुवा भइ सकेका थिए। अपवादका केही जिल्लावाहेक इमान्दार वनेर चुनाव जित्न धेरै गाह्रो थियो। इमान्दार मान्छेहरु क्रमशः पार्टीवाट पनि पलायन भएर गए। यस्को मतलव राजनैतिक पार्टिहरु वेइमानहरुले मात्र भरिएका छन् भन्ने कदापी होइन्। वचेखूचेको इमान्दारीतालाइ पनि हामी जनताले नै विस्तारै सकाउँदै छौं। त्यसैले हामी राजनीतीलाई फोहोरी खेल भन्छौं किनकी त्यहाँ इमान्दार मान्छेहरु टिक्न सक्दैनन्।
हामी जनताले नेताहरुलाई विधीको शासन तर्फलगाउने भन्दा हुकुमी सैलीमा नीयम मिचाएर काम गराउनमा जोड दियौं। “नियमले मिल्ने भए त जस्ले पनि मिलाइदिन्थे नी तपाईं सँग आउनै पर्ने थिएन, त्यै नियमले नमिल्ने भएर पो तपाईंकहाँ आएको” भन्छन मिलाइ माग्नेहरु। अनि इमान्दार नेताले पनि नियम मिच्नु पर्यो। नत्रभने वल्लवल्ल कमाएका आफ्ना कार्यकर्ताहरुकेा भनेको वेलामा काम गर्न नसक्दा नेताहरु एकदमै असजिलोमा पर्छन्। हाम्रा नेताहरुको दैनीकीलाई नजीकवाट हेर्यो भने अधिकांश समय उनीहरुले केही गरी दिनै पर्ने मान्छेहरुको काम गर्नमा वित्छ। त्यो भनेको अधिकांस समय सीष्टम विगार्नमा वित्छ वनाउनमा भन्दा। सिष्टम नविगारी आफ्नो मान्छेको काम हुँदैन। प्रकृयाले हुने काममा पनि नेताहरु प्रकृया मिच्न वाध्य छन्, केही गरी दिएको पार्नका लागी। जव सीष्टम भत्कन्छ तव डाक्टरहरु इन्जीनयरको कुर्सीमा पुर्याइन्छन्। पार्टीका पिछलग्गु मुर्खहरुको राज चल्न थाल्छ। अन्त्यमा जनताको कारणले तोडीएका नियम कानुनले जनतालाई नै पछाडी धकेल्दछ।
राम्रो भावना भएका नेताहरुलाई फोहोरको आहाल सम्म पुर्याउनमा हामी जनताको ठूलो भूमिका छ। हामीलाई “काम गरिदिने” नेता चाहिएको छ। हामीलाई आफ्नो काम पट्याउन पाए अरु कुराको केहि मतलव छैन। हामीले नेतालाई नितीमा भन्दामा व्यक्तिमा प्राथमीकता दिन वाद्य पार्यौं। हामीले हाम्रा नेताहरुलाइ पजेरो चढ्ने वनायौं किनकी जनताले ठान्यौं कि नेता भनेको त सान सँग पो रहनु पर्छ त, पानी मरुवा भएर हुन्छ र?
मानौं हामीसँग दुइटा नेता छन् फरक फरक वानी व्यहोराका। एउटा नेता सानु डेरामा वस्छ, इमान्दार छ। उ देशको निति नियम राम्रो पार्नमा चिन्तित छ, उसको वौद्धिक तह पनि राम्रै छ त्यसैले उसले हवल्दारी तरीका अख्तीयार पनि गर्दैन। उसका जँुगा पनि छोटा छन् र लुगामा पनि चमक छैन। उस्ले साना ठुला सवैलाई सम्मानजनक व्यावहार गर्छ। नियम मिचेर काम गर्न र गराउन चाहाँदैन। उ अरुलाइ हप्काउँदैन र उ अरुदेखि हप्किदैन पनि। इमान्दार भएको कारणले उ धेरै पैसा कमाउन पनि सक्दैन र मान्छे आँउदा उचीत चियापानको व्यवस्था गर्न पनि सक्दैन। उ सँग उस्का कार्यकर्ताहरु र नातागोताका मान्छेहरु रिसाएका हुन्छन् किनकी उनीहरुलाई भने जस्तो जागीरमा लाइदिएको हुदैन, भंसारमा सरुवा गरीदिएको हुँदैन, ठेक्कापट्टा मिलाइदिएको हुदैन, सरकारी जमीन उनीहरुका नाममा पार्न मद्दत गरेको हुदैन, न्यायधिसलाई भनसुन गरेर मुद्दा जिताइदिएको हुदैन, अर्काको पार्टीको मान्छे विद्यालयको संचालक समितिको अध्यक्ष हुदा पनि सहेरै वस्छ र आफ्नो पार्टीको मान्छेलाई त्यहाँ ल्याउन सकेको हुदैन, वैंकको ऋण मिनाहा गर्न मद्दत गरेको हुँदैन। उस्ले राम्ररी पहल गरेको भएदेखी वन उपभोक्ता समितिको अध्यक्ष आफ्नै पार्टीको मान्छे हुन्थ्यो। समग्रमा भन्नु पर्दा यो लुरे नेताले परेको वेलामा कसैलाई मद्दत पुर्याउन सकेको हुदैन।
अर्को नेता छ जस्को घर पनि ठुलै छ। १/२ जना मान्छेलाई चीया भात पकाउन पनि राखेको छ। साम दाम दण्ड भेद सवै जानेको छ। जस्ता नमिल्ने काम पनि उस्को एक फोनमा हुन्छन्। हुने नहुने अनगिन्ती वाटावाट पैसा कमाउन पनि सक्छ। उस्को वोली ओजीलो हुन्छ। उस्ले सानालाई हप्काउन र ठुलालाई तेल लगाउन राम्ररी जानेको छ। उसलै एकैचोटीमा २००/३०० जनालाई सेनामा र पुलीसमा जागीर लागाइ दिन सक्छ। उस्ले धेरैलाई हुलाकवाट भंसारमा पुर्याएको छ। उसले परेको वेलामा मान्छेहरुलाइ जस्ता सुकै पनि मद्दत गर्न सक्छ। नीयम मिच्नु, लाइन मिच्नु, प्रकृया मिच्नु उस्कालागी सामान्य खेल हुन। उसले खान र ख्वाउन दुवै जानेको छ। उ आफ्ना विरोधीहरुलाई खेदी खेदी दुख दिन सक्छ। उस्को भाषण भालाको वाण जस्तै पेचीलो र चोटीलो हुन्छ। कार्यकर्ताको ताली पनि राम्रैसँग खान्छ। अव हामीलाई कस्तो नेता मन पर्छ? पानी मरुवा कि विर? पक्कै पनि हामी विरलाइ रोज्छौं। हाम्रो रोजाइले र आकास तिर फर्केर थुक्ने खालका हाम्रा चाहानाहरुले गर्दा हामीले सवै पार्टी भित्र सवैलाइ विर वन्न वाध्य वनाएका छौं र विरै विर मान्छेहरुलाइ नेतृत्वमा पठाएका छौं। अनि तिनै वीरहरुको कुसाशनले पुरस्कृत भएका छौं। अनी हामी गाली गर्छौं नेताले देश विगारे भनेर। अहिले संविधान वनाउँनकै लागी पनि कती जना जनताले नेतालाई भेटेर संविधान वेलामा वन्नु पर्छ भनेर दवाव दिएका छौं।
नेताहरु हामी भित्रकै मान्छेहरु हुन्। हामी जस्ता छौं हाम्रा नेता त्यस्तै हुन्छन्। जनतामा जातीय दुरी छ भने नेताहरु त्यो दुरीमा नै राजनीति गर्छन्। जनतामा क्षेत्रीयता छ भने नेताहरु क्षेत्रीयताको नारा दिइहल्दछन्। जनतामा मधेशीया र पहाडीयाको भावना छ भने नेताहरु त्यसैलाइ प्रयोग गर्न थाली हाल्छन्। जनताले राजालाई विष्णुको अवतार वनाउन्जेल सम्म नेताहरु पनि राजाको जय गाउनमै व्यस्त थिए। जनतामा घुस ख्वाएर काम गराउने प्रवृत्ति रहुन्जेल सम्म नेताहरुमा घुस खाने वानी रहीरहन्छ। उपयुक्त वातावरण पाए पछि जुम्रा आफैँ पर्छ भने जस्तै नेताहरुको पतनका पछाडि हाम्रो हात छ। हामी जनताहरुले नेताको पतनमा मलजल नगर्ने हो भने कसरी यतिचाँडै हाम्रा नेताहरु यती तल पुग्थे। किन विहारले लालुको माला लगाउँछ? किन नेपालले प्रचण्ड जन्मायो? किन हामीले गीरीजा कोइरालाई नै पटक पटक प्रधान मन्त्रि वनायौं? किन हाम्रा मन्त्रिहरु कर्मचारीलाई हप्काउँनमा र गोद्नमा विरता ठान्छन्? किन हाम्रो माटोमा सुजाता प्रवृत्ती फष्टाउँछ? किन हाम्रो राजनीतीमा हिंसाले यत्रो ठाउँ पाएको छ? किन गणेशमान सिंहले काठमाण्डौका जनतालाइ यी गुहु जनता भनेका? यी सवै प्रश्नको उत्तर पनि हामी जनता नै हौं। किनकी यो परिणाम सवै हाम्रो मलजल विना संभव थिएन। नेतालाई गाली गर्नु भन्दा पहिला आफुतिर फर्केर हेर्ने पो हो की? नेता र पार्टीहरु प्रतिको हाम्रो घृणाले कतै हामी जंगी शाषनको अंध्यारोलाइ निम्त्याइ रहेका त छैनौ?
No related posts.



डा भण्डारी जी नमस्ते
म कृष्ण काफ्ले तपाईको लेख त राम्रो छ | लेखन सैली अज्झा राम्रो लग्यो | तपाई आफै नेता हुन योग्य मनिष हुनुहुन्छ | तपाईको लेख पड़दा तपाई नेता भन्दा अलि माथि हुनुहुन्छ | मलाई त तपाईको हातमा देशको बागडोर जिम्मा दिउ जस्तो लग्यो | शायद देशले काचुली फेर्ने थियोकी ?
तेसो गरे कसो होला ?
मन परे हरियो, नपरे रातो
0
0
हल्लो डा भण्डारी जी
हजुरलाई बधाई एस्तो लेख्नु भाको मा |
हजुरको लेख पदनेले जस्तो कमेन्ट लेखे पनि उसले भित्र भित्रै स्वीकारको हुन्छ |
मलाई लाग्छ हजुरको लेखले कशाई लाई सोच्न बाध्य अवस्य बनाऊछ |
जे होस् हजुरलाई अरु येस्तई येस्तई लेख्न सुभकामना दिदाछु|
मन परे हरियो, नपरे रातो
1
0
धन्य बाद भण्डारी जी
अलि फरक विचार राख्ने नेपाली भेटे जस्तो महसुस भयो |तपाई को विचार मलाई चीत बुझ्यो | तपाई को लेखमा यौटा कुरा छुटे जस्तो लाग्यो तियो के भने | तपाईले नेता लाई जनता ले बिगारेको भन्नु भन्दा कार्यकर्ताले बिगारेको भन्नु धेर उच्च्चित हुने थियो |तरै कार्यकर्ता पनि जनता हुन् |ई येस्तई हो हामी नेपाली अरुले के गर्नु पर्थियो ,कहाँ जानु पर्थ्यो ,के खानु पर्थियो माधरै विश्वास गरछौ |अब हामी ले के गर्नु पर्ला ,अथवा पर्ला मा जानु पर्ला|मा लाई त कस्सम होला तपाईको लेखमा जनता को ठाउमा कार्यकर्ता साटेर ,फोटो कपि गरेर प्रेतेक पार्टीका कार्यकर्ता लाई बाँड्दै हिड्न मन लागि रहेछ |
मन परे हरियो, नपरे रातो
1
0
डाक्टर भण्डारी, लेख पढें राम्रो हो मन को कुरा लेख्न, तंपाई पनि त्यही नेता बाट शिक्षित हुनुभएको हो. दोस जनता को कहिले पनि हुँदैन. अगाडी बढेर नेतृत्व गर्छु भन्ने को हुन्छ . आफ्ना अगाडी का २ ४ जना खराब लाई कर्भई गरेर अगाडी जाने कि तिनै को फन्दामा परेर आफु पनि उनि हरु जस्तै हुने? डाक्टर सब भन्न सजिलो हुन्छा गर्न गारो हुन्छ तंपाई को डाक्टर को पद राम्रो को लागि हो पानी मरुवा नेताको लागि पक्कै होइन. अस्तु
मन परे हरियो, नपरे रातो
4
0
माओबादी ले भारत को बंग्य हानी टासेको पोस्टर मलाई सारै मन् परो बास्तमा एसले भैरहेको घटना परिवेश लाई उझागर गरेको छ प्रतेक नेपली ले येश लाई मन् परौनी छ जस्तो मलाई लागेको छ
वास्तमा भारत ले नेपाल र नेपाली लाई हेरनी नीति खराब थियो छ र हुनेछ
मैले सक्ने भय एक पल मै तेस्तो नेता हरु लाई खरनी पर्दिने थिया
मन परे हरियो, नपरे रातो
1
1
भण्डारीजीले “हामी जनता” भनेर कसलाई औल्याउनु भएको हो त्यो सोचाइ मिलेन| यो लेखको सन्दर्भमा “हामी जनता” भनेर सबै अढाई करोड नेपाली जनतालाई मुछ्नु ठीक भएन| उंहाले भन्नु भएको “हामी जनता” शहरका टाठाबाठा, गिरिजा, माकुने, प्रचण्ड बाबुराम र ज्ञाने र नेपाली सेना नामका ठुलाबडाका रंजाई गर्ने क्लब र उनीहरुका पछी लागेर फायदा उठाउनेहरुलाई र हरुवाहरु हुन् | एक छाक खान विहान देखि बेलुकी सम्म मेहनत गर्ने साधारण नेपाली जनतालाइ नेतालाई
गालि गर्ने फुर्सद नै कंहा छ? सरकारी जागिर खाएर घाम ताप्ने र राजनीतिको कुरामा समय बिताउने र घुस खाने र कसरि हुन्छ चाप्लुसी, जाल झेल छल कपट छोराछोरी विदेशमा पढ्न पठाउने कामचोर सरकारी हाकिम र नेताहरुलाई टन्न फुर्सद रहेछ नेताहरुलाई गाली गर्ने| सरकारी ढुकुटीमा रंजाई गरेर साधारण नेपालीलाइ अन्धकारमा राख्ने नेताहरुलाई गालीले मात्र हुदैन| आँखा अघि वा सम्पर्कमा आएका त्यस्तै टाठाबाठाहरुलाई देखदैमा सम्पूर्ण साधारण नेपाली जनतालाई त्यही चश्माले हेरेर दोष दिनु मिलेन|
मन परे हरियो, नपरे रातो
3
1
I absolutely disagree with the writer and request him not to misinterpret the feeling of 23 million Nepalese people and blame them for the sake of those 2000/3000 corrupt, immoral, shameless characters and so called Political leaders who are your godfathers. I can say that the writer himself must either be politician or politically/deeply motivated by politics and politicians , probably he’s been paid to write this all and create propaganda in the country’s present circumstances of hatred towards Political Leaders, who knows??
I neither support Baburam nor any other Rams in the present Nepalese Political Scenario because we have already seen them all directly or indirectly in the last 15/16 years. We have to change the concept of the Nepalese people and wash brain of all the politicians through proper education and good political culture. Top of everything, We should make Politicians to be driven by Nepalese peoples’ spirit not the Indian Ambassador or any bloody minister who want to play and interfere in our Country’s internal affairs. If any Politicians wants to do something for the Nepalese People and for the Nation they should be accountable and responsible towards People not to any ambassadors. Who are they (ambassador)?? to want to know about how the Nepalese Governance function. Who are they to be asked to appoint ministers???????? The present Government is just a flock of all stupid, meaningless people who are illiterate, loose characters, demoralised in the society and have lost people’s faith and don’t even have mandate of the people to run the government. A looser nowhere in the world become a Prime Minister but in Nepal. So, what do we expect from that sort of person and a bunch of people backing him to occupy the chair??? It would absolutely be an absurd and insanity of those certain number of people but nothing else in regards to restructuring the country and system; way far to talk about the development and economy.
Writer is in the United States
मन परे हरियो, नपरे रातो
4
3
Awesome! Very true and very demanding as well. Shall we all, at this critical moment, get united to get things the right way? It’s definitely very tempting to bypass the rules for own benefit but we’ve already seen where this can lead us to. There is no point in finding counter examples to author’s examples! His message is clear and almost all of us seem to appreciate it! The comments show that there IS enough energy and desire required to transform our culture of hypocrisy. Its just the proper channeling that we need! Any one for God’s sake?
मन परे हरियो, नपरे रातो
0
0
मैले थोरै किताब हरु पढे तेसमा लेखियको छ ” हाम्रो देश सतिले सरापेको देश हो रे ” आज सम नेपालको जति पनि सासक हरु आय उनीहरु को पृष्ट भुमि हेर्दाखेरी पहिलो पहिला युद्धमा नै रहेछ ! युद्ध को समय मा जे पनि गर्नु पर्छ समय अनुसार फेरी युद्ध मा जो पनि हुन् सकछ ! चाहे जस्तो सुकै कुराको लागि युद्ध को मैदान मा उतिवास त्यो राम्रो होईन युद्ध युद्ध नै हो ! मा यस्तो मानिसलाई महान मान्छु युद्ध लाई बुद्धिले जितनु सकोस जस्तै ‘ गौतम बुध जस्तो ‘ जगबहादुर जस्तो रगत मा होलि खेल्ने महान पुरुस अब नेपाली जनता को लागि अबसेक छैन ! मलाई लाग्छ आज नेपाल को अबस्था यो ठाउमा आइपुग्नु मा जगबहादुर को जीवन कहानी को ठुलो हात छ ! आज धेरै शताब्दी बितिसकेको छ अब त्यो दिन आउदैन र दिनु पनि हुदैन ! तर मलाई लागछ आज पनि कति ले त्यो सपना देखेर नेपालको अशिक्षा जनतालाई युद्ध को तातो आगो मा हालिरहेको छ ! तर कति बिड्म बन छ यहाँ कसले बुझाउने ति मानिस हरुलाई तिनी हरुलाई तेह पुरौनको लागि धेरै जगबहादुर हरु लागेको छ ! तिनीहरुको रबैया सोजो नेपाली जनताले दुइटा अखाहरु बन्द नगरी हेरिर्हेछान !ति साना साना भोलिका असलाग्दा बालबालिका हरुले सिकिर्हेछ ! स्कुल मा पदने बिधथी हरुलाई किताबी ज्ञान भन्दा राजनीतिको ज्ञान जबर्जस्ती लादिदैछ !जब् सम यो पर्कियाको अन्तेया हुदैन तब सम नेपालमा कुनै पनि महान व्यक्तिको नेपाल को असल सासको आसा गर्नलाई गारो छ!अहिले सम कोहि पनि आयको छैन !नेपालको अबस्था दयनीय भइ रहेछ !तर यसको दोष अरुलाई होईन नेपाली जनतालाई नै जान्छ ! के गर्नु समाजमा १,२ जना बुदिजीबी हुन्छन उनिहरु ले यस्तै सिकौछान 1 अन्तेयामा यो सबै सिक्षा को अभाब होला होईन ?
मन परे हरियो, नपरे रातो
1
0
well said Himal
मन परे हरियो, नपरे रातो
1
0
जनमतबाट पाखा लगाईएका अथवा जनतावाट अस्वीकृतहरु जनमतको खिल्ली उडाउँदै “मान वा नमान म तेरो मेहमान” भने झैं चुनाव जिते पनि हारे पनि सधैं सत्तामा विराजमान हुने प्रभुहरु प्रति उत्तरदायी यी हिंजडाहरुको झुण्ड पनि के नेपाली जनताहरु कै गल्तिको परिणाम हो त त्यसो भए?
मन परे हरियो, नपरे रातो
3
0
पुष्पजी
के छ पुष्पजी सधै झै क्या खतरा डाईलग मार्नुभो सधै पार्टीका कुरा गर्नुहुन्छ तपाई चाई कुन पार्टीको हो र हो यार ???????????????????????????
सबै मान्छे सादा जीबन उछ विचार को भय त सान्ति आउथौ होला नि
कस्तो कुरा गरको पुष्पजी पनि
मुमाराम & सीता
मन परे हरियो, नपरे रातो
2
0
म तिमीहरु जस्तो अर्र्काको मुख तक्दीन!
म भन्छु म गरेर देखाउन सक्छु !!!!
को मेरो साथमा छ?????
मन परे हरियो, नपरे रातो
0
0
This article related to the nature of our politicians is very contemporary and I honestly agree with the Dr.Bhandari’s point of view.Inaddition, I would like to mention that it is we people who are choosing our mentor and if we are choosing our own politician, then why we are not happy with his/her deeds.It is unarguable fact that all the politicians are not corrupt, however, it is we who make them corrupt.Take the case of Mr.Khum Bahadur Khadka, former Nepali congress minister who used to be one of the most powerful minister in his hey days.This guy has been exploited and his vision has been distorted by no other than his own people and followers.Mr. Khadka didn’t realised that he going down by his own men and eventually now no one even knows his name.I believe he is not a bad politician although he don’t have his own mind but had the power of attraction and winning capability.I always used to say, if you do not decide by yourself, keep the intellectual people around you and take constructive suggestions from them, however, he become the victim of his own people and followers. In the end, his own people and followers took his political career almost to the end. Finally, we can understand that just doing favour to one’s own relations and followers and always working for the good of their intererest and not thinking about the whole Nepal and Nepali people will always brings one’s political career to surface.Therefore, lets favour the apprently weak politician but with full of vision no matter if he is not able to satisfy our personal needs.Lets choose such a hero who has real potential to become a hero and let him do his job for the whole nation.Beware of the saying’ All that glisters are not Gold’.
मन परे हरियो, नपरे रातो
0
0
डाक्टर सब कुरो के भने कुरो एकदम सहि हो, तर अहिले को वर्तमान सरकार को हेतु मा चै अलि लागु भएन कि, किन भने यो सरकार मा त जनता ले हराएका नेताहरुको नै बाहुल्यता छ, माकुने लाई त जनता ले तेरो काम छैन है नेपाल को राजनीतिमा भनेर फलेकै हो नि तर पनि के गर्नु प्रन्चंद को पन्गुपन को उपहार प्रधानमन्त्री भै छाड्यो चिरिप्प परेर झिरिप्प पर्नु जस्तो.
मन परे हरियो, नपरे रातो
0
0
यो निकै राम्रो सोच्न बाध्य पर्ने लेखा रहेछा. लेखकलाई बधाई. साथै दीपकजी को भनाइ ले येस्मा अझ सोच्न पर्ने बनाएको छ. राम्रो छलफल भै रहेको छ.
मन परे हरियो, नपरे रातो
0
0
गणेशमान को भनाइ सम्झिन करै लाग्यो
हाम्रा देश क जनता ले गुहु र गोबर छुत्त्युना सकेनन
(यो भनाइ गणेशमान कै हो र ??)
मन परे हरियो, नपरे रातो
1
0
सारै सान्दर्भिक लेख छ , यो लेख को मुख्य बिसेसता नै के हो भने पाठक वर्ग को जस्तो सोच छ वहा हरुले त्यस्तै प्रतिक्रिया दिनुभएको छ चोर को खुट्टा काट भन्दा चोर ले खुट्टा उचाले जस्तो लेखक ले जनताको कुरा गर्दा असल जनताले राम्रो कमेन्ट गर्नु भयो भने अलिक दुइ नम्बरी सोच भएका जनता हरु डराउनु भयो र मलाइ नाराम्तो भन्ने जस्तो कुरो बुझियो कि कसो , जे होस् यहि हो साचो नेता लाइ यस्तो पार्नुमा जान अन्जान सबै हाम्रै भूमिका हुन् /
धन्यवाद
मन परे हरियो, नपरे रातो
1
4
डा साब र चन्द्र ज्यु
कुरा लाइ कसरि बुझौ भने नि, नेता र जनता मा ठुलो अन्तर छ. जसरि सजिलै तपाई ले ति नेता भनेका पनि हामि बात चुनिएका त हुन् नि, र हाम्रै साथि संगी त हुन नि भनेर गलती उनको मात्र होइन त्यो भन्दा बढी हाम्रो भन्नु भो, यसमा पटक्कै चित्त बुझाउन सकिएन. हजुर नेता लाइ नेता यस अर्थ मा बनाइन्छ किनकि उसले आफ्नो स्वार्थ भन्दा माथि देश र जनता को स्वार्थ हेर्ने प्रण गरेको हुन्छ. नेता ले जनता र देश लाइ डोर्याउन को लागि त्याग र तपस्या गरेको हुन्छ. हो धेरै नेता हरु जेल र नेल खपेर आएका छन्, तर अब चोर र डाका र नेता मा फरक हुन को लागि जेल को प्रमाण पत्र देखाएर मात्र त भएन नि हजुर. देश को लागि जनता को लागि गरेको त्याग र तपस्या को प्रमाणपत्र खोइ ? नत्र जेल बसेर पछी पद पाए पछी आफ्नै दुनो सोझ्याउने हो भने तिनलाई कसरि नेता भन्ने? अनि एउटा व्यक्ति लाइ नेता बनाउने जनता होइन र? कुन आशा र अभिलाषा ले बनाको हुन्छ? त्याग र तपस्या नगरिकन राज मात्र गर्ने लाइ गालि नगरेर के गर्ने पूजा गर्ने? अरे डा साब के हो अलि बुझिएन है कुरा कानी .
मन परे हरियो, नपरे रातो
0
0
नेताहरु सबै गतिला हुन्छन पहिला तर राजनीति भनेको एउटा सुरुंग हो , तपाई अर्को प्वाल बाट निक्लने बेलामा गंहैj सकेको हुनुहुन्छ / एउटा विकल्प भनेको मास्टर्स नगरेका जति कसैलाई पनि नेता हुन नदिने भने बल्ल ठिक हुन्छ / कलेज र शिक्षा क्षेत्रमा राजनीति निल हुनु पर्छ / गिरिजा जेल पर्यो त उसको कुरा हो , त्यसलै किन भर्यांग बनाउनु पर्यो / हाम्रो नेताका त खुबी भनेकै जेल पर्नु हो , आन्दोलन गर्ने , वैहत काम गर्नु हो / अनि हामी जनता हरु खोजि खोजि येस्तै तोरी लाहुरे लै भोट दिन्छौ…. कुपोषित देशका महान जनताले चुनेका महान नेता !!!!
मन परे हरियो, नपरे रातो
3
2
बास्ताब मा नेता हैन, नेतालाई भ्रस्ट बनाउने तपाई हामी जनता खाराब हौँ!
मन परे हरियो, नपरे रातो
1
1
डाक्टर साहेब, तपाइंको लेख राम्रो छ जसले नेपालको मात्रै नभएर नेपाल जस्ता गरिब मुलुकको अवस्थालाई प्रतिनिधित्व गर्छ धेरै हद सम्म/ तर यसमा जनता मात्रै दोषीको भागीदार हुन सक्दैनन्/ यो त कुशल राजनैतिक दल र नेतृत्वको क्षमता को कुरा पनि हो/ बहुदल आएपनि निर्दलीय चरित्र अंगालेपछी यस्तै अवस्था आउंछ/ चुनावमा आँफु हारे पार्टीले जितेपनि खुसी नहुने नेताका कारण यो अवस्था आएकोहो जस्तो लाग्दैन तपैंलाई/ विक्रम सम्बत २०५१ मा गिरिजाले आफ्नो पार्टी को बहुमत हुँदा हुँदै संसदीय दलमा अल्पमतमा पर्दा मध्यावधि चुनावमा गएको भुल्नुभो? यसले के बताउँछ भने नेताहरु आँफु जित्न र पदमा बस्न जे पनि गर्छन र यसमा छट्टु कार्यकर्ता परिचालित गर्ने गर्छन/ हामी जनताले के गर्न सक्छौं? होला जनताले आ-आफ्नो नीहित स्वार्थ सिद्धिको लागि अनुरोध गर्लान, गरे होलान तर कुशल नेतृत्व को काम भनेको नियम कानुनको दायरालाई परिपालन गर्न जनतालाई अभिप्रेरित गर्नु पनि हो जसमा हाम्रा नेताहरु सुरुमै चुके/ हेर्नुस भारत जब स्वतन्त्र भयो, त्यसले एउटा सफल नेतृत्व पायो/ जवाहर लाल नेहरु को नेतृत्व ले भारत मा १७ वर्ष शासन गर्यो र एउटा बिधि कायम गर्यो/ नेपालमा के भयो, नेताहरुले कहिल्यै पनि कुशलता प्रदर्शन गर्न सकेनन वा भनौं गर्न चाहेनन्/ खाली गुट र उपगुट को राजनीति मै ब्यस्त भए/ यस्ता लोभी पापी चरित्र ले गर्दा यीनीहरु कहिल्यै पनि राजनेता हुन सकेनन/ देशमा विधिको शासन स्थापनाको लागि कुनै पनि नेता अघि सरेको देखिएन/ खाली आफ्नै दल र कार्यकर्ता भित्रै रुमल्लियेकाले यीनीहरु लै सधै चुनाव को मात्रै दर हुन्छ र खाली क्षणिक राजनीति मात्रै गर्छन/ त्यसैले जनता भनेको त एउटा स्वतन्त्र व्यक्ति हो जो आफ्नो काम फत्ते गर्न नेताहरुलाई अनुरोध गर्ला घुर्क्यौला पनि तर कुशल नेताको काम त उसलाई सम्झाउनु पनि त हो/ यो कुरा सबै नेताले थालेमा जनताले पनि नियम बेगरको काम मा दबाब दिने थिएनन्/ त्यसैले यसमा जनता नभई नेता र दल को दोष छ भन्छु मा त/ आँफु गर्न नसक्ने अनि जनताले बिगारे भन्नु ठीक होइन/ हो जनता पनि संयमित हुनु पर्छ र साथै नेता र दल पनि आ-आफ्नो दल र चुनाव क्षेत्र बाट माथि उठेर देशमा विधिको शासन स्थापनाको लागि एकजुट हुनु जरुरी छ/ हामी पनि नियम मा हिंड्ने बानी बसालौं र नेतालाई पनि नियम बिपरित काम नगर्न दवाब दिऔं/ आजै देखि सबैले यो प्रण गरौं/
मन परे हरियो, नपरे रातो
1
0
सर्बप्रथम त म यो आलेख बाट सन्तुस्ट हुन सकिन| यसले समस्याको उजागर त गर्यो तर त्येसको गहिराइमा जान सकेन | त्येसको फलस्वरूप नेतालाई चोखायेरे बरु जनतालाई आरोप लागेजस्तो पो भयो | लेखक ले भनेका ‘जनता’ खासमा जनता होइनन | ती त राजनीतिक दलाल मात्र हुन्, जसले नेतालाई भोट अनि आफुलाई नोठ कुम्ल्याउने काम मात्र गर्छन | यदि लेखक ले भनेजस्तो नियम मिचेर भयपनी जनताको काम नेताले गर्ने भए सबै जनता खुसि नै हुन्थे होलान | आफै सोच्नुहोस त, कति प्रतिशत जनताले नेताबाट त्राण पाएका होलान? नेपाल का नेताहरु अपबाद बाहेक जनताका नेता होइनन, money र muscle को जोहो गर्न सक्ने कुशल राजनीतिक खेलाडी मात्र हुन् | जसले money र muscle को जोहो गर्न सक्दैन, तेस्को पत्ता साफ |
जसलाई हामि राजनीतिक कार्यकर्ता भंचम ती अधिकांश त पेशेवर दलाल हुन् जसको अरु काम छैन राजनीति गरेर खाने बाहेक |
मन परे हरियो, नपरे रातो
4
1
Very well written articles…appreciates your nice analysis..Our Polticians are corrupt becoz of the dysfuncational behaviours of people.We all need to learn a lesson from this…Thanking for your anticipation to contribute such beautiful anaysis…Hope to see more from you Dr.Saab.
Sanjay from UK
मन परे हरियो, नपरे रातो
1
1
प्रेम अर्याल ज्यु का लागि,
I would like to know if you are same perm aryal, my teacher from one of the boarding school in chitwan.
मन परे हरियो, नपरे रातो
0
2
डाक्टर साब पनि नेता हरु बाट नै हुनुभएको डाक्टर जस्तो लाग्यो मलाइ त! वहाले त नेपाली जनता लाइ भेडा नै सम्झनुभएको जस्तो नेता हरुको गल्ति त छदै छैन, भएको पनि स्वीकार्य नै छ भन्ने जस्तो भन् ठान्नु भएको रहेछ जस्तो लाग्यो मलाइ त. भण्डारी जी अब कुन राज्य मा जानु हुन्छ तपाइँ चाइ? ल बधाई छ धेरै भिसा पाउनुहुने भयो……जय नेपाल!
मन परे हरियो, नपरे रातो
4
3
माकुने यो देश तेरो बओकोहो र यस्तरी नेपालीलाई दुख दिन्छेश तेरो त्यत्रो प्रसंसा थियो भने तैले नेपाली को माया पैहल्थिस्नी हरुवा प्रधानमन्त्री भनेर नाम कमौदिनाथिस होलानी हैन त्यसैले याद राख तेरो पनि राम हरिको जस्त्यै हत्या गर्ने तरखरमा मछु होस् गर !!
मन परे हरियो, नपरे रातो
2
6
हैन साथी आबेस्मा आएर येस्ता कुराहरु नगर्नुस? फेरी माकुने बागेरा इंडिया बागेरा गैहाले देस कसले चलाउने नि ?
मन परे हरियो, नपरे रातो
0
1
सर्बप्रथम bandari जी लै मुरीमुरी धन्यबाद दिने पर्छ, आशा छ एस लेखले सम्पूर्ण नेपालीहरुले आफुले गर्दै आएका र गर्दै गरेका गल्तीहरुलाई सुदार्ने अबस्यपनी सिक्छा मिल्ने छ बन्ने! संदर्ब आयो नेता नेता नेता …….? हो बन्छौ हामी, बनेका थ्यौ हिजका दिनमा पनि यी नेता चोर, डाका, मुर्दा,देसका पैसा लुटे, देस फुटाउने बए, vaaratiye पुच्छर के के के के के के …. हिजका कुरा सम्जिदा आफैलाई लाज लागेर आउछ!
हैं साथी बाइ हो बन्नुस न के चै गरेका छौ हामीले देसका लागि के दिन सके क छौ एस मात्री बुमिलाई? सिबाये नेपाल एस्तो, नेपाली तेस्ता, नेता ……,हावामा नेपाल बन्द, हावामा जुलुस, टायर बालेका छौ, दुनियालाई नचाहिँदो दुख दिएका छौ, नचाहिँदो दर्ना, नचाहिँदो माग, तेती मात्र का होर मौकामा चौका बनेजै सार्बजनिक सम्पति नस्ट गरेका छौ ,केहि गर्ना नपाए अस्पताल; स्चूल, अर्काका गर समेत फुतौना हामी पछाडी पर्दैनौ. मेरो अर्थमा यो सबै दोस कुनै पनि नेता माथि पर्दैन, कारण ९०% येस्ता कार्य हरुहरु प्राय विद्यार्थी बाट हुने गरेका देखिन्छ? कतै तपाईले पनि येस्ता कार्य त गर्नु बाको छैन?
आफैले आफैलाई एकपटक सोदनुहोस है…फेरी फुर्सदमा आरामले पछुताउनु पर्लानी,
यसै संदर्बमा मलाई एउटा कुरा लेखि हाल्न मन लाग्यो, मलाई लाग्छ हामी आजै देरै देरै टाडा ………..छौ, अनविज्ञ छौ,एदी सम्म कि हामीलाई थाह छैन हाम्रो जना चाहना के हो बनेर?
संसारका देरै देसमा महंगी बढेमा लाखौ जनता १ मिनेट मा सडक मा उत्रन्छन तर हाम्रो नेपाल मा मैले कहिले पनि कुनै नेपाली एस बिसयेमा सडक उत्रेको देखेको छुइन.
सोस्थ्य को बारेमा कहिले पनि सडक आन्दोलन बाको देखिन्दैना
सिक्छ क्षेत्र मा कुनै आन्दोलन कहिले पनि देखिन्दैना
रोजगार को बिसयेमा त कुरै नगरौ
सोअचा खानेपानी? बिजुली बत्ति को बारेमा? अदेरोमा टुबेलको पानीले खान पकाएर खादा सायद तेस्को टेस्ट मैले तापैहरुलाई बनिराख्नु पर्दैन होला? तर बोलि पल्ट खुरुखुरु बिजुली,पानी को बिल तिर्न जानलाई लाटोले जै लाइनै लागेर पैसो तिरचौ
ब्लैक कार्बोन पलुशन को त कुरै नगरौ सास फेर्न पुगे बो कहिले गर्ने हो साथी हो एस बिसयेमा आन्दोलन?
२० वर्ष पहिला जुन किसिमले खेतीपाती गरिन्थ्यो आजपनि तेही तरिकाले खेतीपाती गरेका छ किसानहरु ? खै का गए हाम्रा आन्दोलन उनीहरुका लागि ?
सैचिक क्षेत्र को त कुरै नगरु,३० साल देखि eutai किताब पड्दै आएका छन सबैजन ल बन्नुस कसरि नेता विकास हुन्छ? कसरि हामी बिकसित हुन्छौ? कसरि देस विकास हुन्छ? खै हाम्रो आन्दोलन एस बिसयेमा,
येस्ता हजारौ कुरा हरु छन कुरा गरे कुराकै दुख, अर्को अच्चम्म को कुरा त यो छ कि सम्बिदान लेख्ने बन्ने कुरामा हाहाहा…… किन नेतालाई दोस दिने समएमा सम्बिदान लेखेन बनेर? त्यो त हामी जनताले लेख्ने कुराहरु हुन् खै कुन चै माइकल लाल सडकमा उत्रेका छ आजसम्म सम्बिदान लेखुम बनेर?
बाकी कुरा फेरी गरौला है साथी हो
मन परे हरियो, नपरे रातो
1
4
यो लेख एकदम समय सान्दर्भिक छ| डा. डोलेश्वर जी लाई धन्यवाद | तर मित्रहरुको बहस सुन्दा मलाई पनि कता कता दुइचार सब्द लेख्न मन लाग्यो | हुन त नेपाल देसका नेता भनौदा हरुले बलिदान त नदिएका होइनन भन्न मिल्दैन, दिए तर तिनीहरुले केका लागि दिए, कसका लागि दिए सबै बिर्सिए| अहिले तिनीहरुलाई के मात्र थाहा छ भने तिनीहरुले कसरी आफ्नो साखा सन्तानलाई, आफन्तलाई राम्रो गराउने, राजस्वको नभएको सम्पति कसरी रित्त्याएर आफ्नो भुडी भर्ने अनि सन्तानलाई पश्चिमी मुलुकमा पठाएर बात पिच्छे नै आफ्नो रबाफ बढाउदै हिड्दै मा ब्यस्त छन्| तिनीहरुलाई देस प्रति कुनै चिन्ता छैन| ” सोक न सुर्ता- भोक न भकारी, खाको छ भुडी भरि- गोब्रयाछा टुडिखेल भरि” नेताहरुको काम नै येस्तै हो| गिरिजा जिजाजी को त के कुरा गर्नु झन् “बुढो गोरुले गाई ओगटेको जस्तो गरेर कुर्सि ओगटेको थियो बल्ल अलि तन्नेरी गोरुहरु बरालिदै आएर छोड्नु पर्यो बिचरालाई पर्नु पिर परेको छ नि, तर पनि दाउ त कहाँ छोडेको छ र? नेपालमा त अहिले एकदम पढेको, संसार बुझेको, बुज्रुक मान्छेको खाँचो छ| बाबुराम भट्टराई मात्र एक छ तेस्तो मान्छे| हुन त मान्छेको सबै जना कहाँ मित्र हुन्छ र? सत्रु पनि हुन्छ नै | तर पनि उसको सासनकालमा उसले आफ्नो पद राम्रो संग सह्मलेको उ मात्र एक्लो व्यक्ति थियो | यो संसार मा कोहि पनि सबै कुरामा निपुर्ण हुदैन | नत्र बारेक ओबामा ले कसरी पिस प्रेज़ पायो त?
मन परे हरियो, नपरे रातो
2
2
सबैको प्रतिक्रिया पढियो, बुझियो,मनन गरियो, अब बाँकी केहि रहेन | गालि गरेको पनि पढियो,गालि गर्नेलाई हल्का गालि गरेको पनि पढियो | बिचरा बाबुराम लाइ माथि पुर्याएको पनि पढियो,माथि बाट तल झारेको पनि पढियो | ल..ल.. सबै भयो | अब खै के गर्ने त ? देश त एक्लै छ बिचरा | मुक दर्शक भएर हेरी रहेको छ नेता एबं प्रतिक्रिया लेख्ने लेखक हरु बीच दोहोरि खेली रहेको | बाहिर बसेर वा..वा,, तालि बजाउनेहरु हांसी रहेका छन् | मर्न पनि सकिएन बाच्ने कुरो अब साएद टाढै रह्यो | रक्सि पसल, चौतारो,
मा बसी बियालो गफ | हाइ ..हाइ…माओबादीले मार्दा मार्दा पनि नसकिएको यी नेपाली
सरकार पक्ष बाट मार्दा पनि नसकिएको यी ज्याद्रो नेपाली अब लाखेस न भारत्का पुलिस
र आर्मी आएर पट…..ट….ट भुट्दा के माधब कुमार नेपाल,प्रचण्ड,गिरिजा,आदि ठुला नेता हरु मात्र बाँच्लान त |देशनै भारतको हातमा पर्यो पछी हेर्नु होला !!!बिशेष तराई, |लौ त
बिदा
( दिएमआर.प्रधान@जिमेल.कम )
मन परे हरियो, नपरे रातो
1
4
डा साब,
तपाहिको लेखको आशय जनताहरु खत्तम भयकाले नेताहरु खत्तम भयका हुन भन्ने निस्कान्छ! जस्मा म पूर्ण सहमत हुन सकिंन, किनकी आफु पनि जनता परियो र लाग्दइन खत्तम छु (हुनत माइ संसारमा धेरै गगनेको कुराबाट औडाहा हुने हरुलाई लाग्ला गगने खत्तम छ, तर मलाई लाग्दइन म खत्तम छु! बरु म भन्छु म उत्तम छु!)
अर्को कुरा जनता खत्तमदेखाउने तपाहिको यि सम्पूर्ण कुराको अत्याधिकांस जनतालाई लागु नभयर पार्टिको स्वार्थी कार्यकर्ता र आफ्नो स्वार्थको लागि नेताको लागि चर्पिको ढोकामा र बारीको डिलमा लोटा लियर कुर्ने तेश्रो चौथो नम्बरको नेता तथा आफ्नो स्वार्थको लागि मात्रा फलानो जिन्दाबाद र ढिस्कानो लाई जिताउनु पर्छ भन्ने अग्रपंत्तिको कार्यकर्तामा लागु हुन्छ र तपाहिले तिनिहरुलाई देखेर हेरेर बनायकओ सत्यको झटारो बिचरा,सोझा,साझा,निस्कलंक,निस्चल,दैनिक जोहो गरी आफ्नो र परिवारको जीवन यापन गर्ने देशको शान्ती उन्नती प्रगती चाहने निर्दोश जनतालाई हान्नु भयो यो अलिक अन्याय भयो!
अब तपाहिनै भन्नुस् तपाहिले भनेको जस्तो तपाहिको हिसाबअको जनता कती होला अनी तपाहिको यो झटारोले मर्माहत बनेकाजनता कती हुंदाहुन! हुनत मलाई भन्नु पर्दैन कि सबै जनताहुन तर मकै खाने भालु गाली पाउने कालु भन्ने कुरा भयो!
तेसैले मलाई के लाग्छ भने देश बिग्रेको खत्तम नेताहरुले हुन भन्नेकुरामा कुनै शंका छैन त्यसरीनै नेताहरु बिग्रेको या खत्तम भयको चाँही स्वार्थी र भेडो चाकडिवाज कार्यकर्ताले हुन तेसपछी अलिकती टपर्टुइया र छट्टु जनता आउछन होला!तर कृपया निर्दोश जनतालाई यो कोटिमा राखेर यसरी झटारो नहान्दा राम्रो होला!
यि त भय जनताको बारेमा! अब तपाहिको कुराको बारेमा केही भन्न पर्दा मलाई लाग्छ!
तपाहिको कुरापनी केही सत्यहो जसरी आधा बोत्तलको पानीलाई व्याख्या वा बयान गर्न सकिन्छ!आधा खाली छ भन्दा पनि हुने र आधा पानी छ भन्दा पनि मिल्ने तर दुबइ सत्य भय पनि यथार्थकुरा र वास्तविक कुरा तेही हुन्छ जसलाई आवश्यकता अनुसार व्याख्यात गरिन्छ!
अब यहाँ तपाहिको अनुसार जनतानै खत्तम भयपनी आखिर देश डुबाउने त नेताइले हुन नि होइनर (तपाहिकै अनुसार जनतालेत नेता खत्तम बनाका हुन देशत होइननी)यसरी बिबाद गर्दै जादा कुरा पुग्न सक्छ को पहिले खत्तम होत?
अब, गरीबी,रोग,भोकाइ,पिडा,अशिक्षा,धनी गरीबको फराकिलो खाडल,शामन्तबादी र रुढिगत प्रथा आदी कुराहरुले जकडेको ठाउमा जनतासँग अलिकती चाहना सपना जन्मदै पुरागरौ भन्ने त निश्चयनै हुन्छ! अब यसलाई त नेता हुने हरुले बिचार,चिन्तन र कार्य गर्न पर्ने हो नि,होइनर? ति जनतालाई सम्झाउन,बुझाउन नसक्ने कसरी नेता हुन सक्छ! यहाँ नेताहरु जनताको लागि र जनताको स्वार्थको लागि नभयर आफ्नो लागि,नितान्त ब्यक्तिगत र गुटगत स्वार्थ्पुर्ती प्रथम प्राथमिकता हुन्छ।
तेसैले मलाई लाग्छ नेता खत्तम भयर देश खत्तमा भयको चाँही सोह्रै आना सहि हो, यो भन्दा सत्य दुनियाँमा अर्को कुरा हुनै सक्दैन! तर जनता खत्तम भयर नेता खत्तम भयको भन्ने कुरा मा अलिकती मिश्रित सहमति र असहमतिको बिबाद म के गर्छु भने!
नेताहरु खत्तम भयका जनताहरु खत्तम भयर भन्दापनी,अध्यायन र बिचराको कमी,अहंकार,लोभ,मोह,सम्मन र आत्मसम्मन को कमी र सबै भन्दा बढी अध्ययन र त्यागको अभाब नै हो! लठिठी बोकेर अरान खटानमा दौडेको हावाल्दारको पाराले नेता भयको छ (हावाल्दार र प्रहरी लाई तुच्च्याउने मेरो मनासाय कदापी होइनहै)अब हालको सबै नेताहरुलाई लाम बद्द राखेर हेर्नुस र आँफैले आँफैलाई सोध्नुस् (तिनिहरुलाई सोध्नुको अर्थ छैन) कुन चाँही नेतासँग हाम्रो सामाजिक जीवन,जनता देश,समाज,मानबियता को सम्रचना आवश्यकता को गहन त के अलिकती अद्द्यायन छ त?
मत पार्टिको कुरा गर्दा माओवादी र ब्यक्तिको हिसाबले नाम लिनु पर्यो भने डा बाबुराम देख्छु अरु क्रमश:
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
9
लेख पढ्दा जनता असल ,सक्षम भए राज्यमा कानुन को किन आबश्यकता भनेजस्तो लग्यो !!बस्ताब मा नेपाली जनता ले समाजमा देशमा नीति नियम र शान्ति ,तथा विकास को लागि भनेर प्रतिनिधि स्वरूप व्यबस्थापिका र कार्यपालिका मा पठायको हुन्छा जो अगुवा उ नै बाटो मा हगुवा भनेजस्तो उसले पहिले आफु प्रतिनिधि हुन को लागि जनता समक्ष गरेका बाचा हरु जितेर गएपछि बिर्सनी प्रवृतिले गरिदा देश को यो हालत हुन पुगेको हो तर सवल रुप बाट कानुन संवत कुरा अनुसर कार्य गरेको भए यो स्थिति आउने थिएन किन कि सुरुवात जनता बाट होइन कि नेता बाट नै गरिएको हुन्छ पहिले आफु ,अनि परिवार अनि कार्यकर्ता ,पार्टी गर्दा त देस को त पालो नै न आएको हो यदि कानुनी रुप बाट बिधि कि बिधान अनुसार कार्य गरेको भए सबैले कानुन को दायरा मा बस्नु पर्ने थ्यो .ठुला लाई चइन साना लाई एन भयको छ बेकुब नेता हरु हुन् जनता होइन !!
मन परे हरियो, नपरे रातो
0
2
यी सबै मर्छन अनि मात्र देश मा केहि होला . नत्र जति जोगी आय पनि कानै छिराका मात्र हो
मन परे हरियो, नपरे रातो
0
5
नेतालाई गालि गर्नु भनेको आकाशतिर फर्केर थुक्नु सरह हो…
मन परे हरियो, नपरे रातो
3
8
डोलेश्वरजीको लेख ‘चल्ला पहिला कि कुखुरा पहिला’ भन्ने विवादजस्तै हो । हामीले जनता र नेतालाई चल्ला र कुखुरा मान्ने हो र कुन पहिला भन्ने कुरामै विवाद गरिरहने हो भने हामीले यो प्रश्नको उत्तर र समाधान पाउन सक्दैनौं । यहाँ चल्ला र कुखुरामात्र हैन यसलाई ‘हुर्काउने’ ‘मालिक’ पनि छ भन्ने कुरा हामीले बिर्सिरहेका छौं । अब कुनै ‘मालिक’को अधीनमा उसले दिएको दानापानी खाएर ब्रोइलर चल्ला कोर्लने कि स्वतन्त्र भएर खाँटी ‘लोकल’ चल्ला कोर्लने ! यो कुराको निर्णय गर्ने जिम्मा कुखुरामा हो; चल्लाले विद्रोह गर्ने कुरा बेग्लै । हुन त मालिकको विरुद्धमा जाने हैसियत कुखुरामा कहाँ छ र ! त्यसैले एउटा खाँटी ‘भाले’को आवश्यकता छ, जसले चल्ला र कुखुरालाई मालिकको बन्धनबाट मुक्त गरोस् ।
अब ‘मालिक’लाई पर राखेर हामी जनता र नेताको बारेमा मात्र कुरा गरौं । एकछिनलाई नेता र जनतालाई एउटा पूर्ण शरीर मानौं । नेता भनेको मस्तिष्क हो, जसले हात-खुट्टा तथा अन्य अंगरूपी जनतालाई चलाउने काम गर्छन् । अब हामी आफैंले कुरा बुझौं कि कसले कसलाई कसरी नियन्त्रण गर्ने ? के शरीरका अन्य अंग-प्रत्यंगले दिमाग बिग्रिएमा सुधार गर्ने सक्छ ? उत्तर सीधा छ, सक्दैन ! कसले सक्ने त ? यसको उत्तर पनि सीधा छ, अर्को शरीरले । अर्थात्, एउटा असल-सन्तुलित मस्तिष्क र अंग-प्रत्यंग भएको शरीरले ।
“बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बींड ।”
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
30
29
पुष्पजी सधै झै क्या खतरा डाईलग मार्नु भो यार !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
9
पुष्प माडसाब जी, के तर्क गरेको यस्तो ? चल्ला र कुखुरा अनि मालिक |चल्लाको बिद्रोह हँ ? भाले जाबोले फेरी मालिक का बिरुद्ध लडेर चल्लाको र कुखुराको मुक्ति ……..ह हाहाहा . ब्लगर हरु ४/५ कक्षाका नानी हुन् ? पाठ त खतरै बुझाउन आउने रहेछ |
२०३६ सालको जनमत संग्रहमा तेह्र थुमको कुनै प्रधान पन्चले “राजा भानेको कान्दो हो जनता भानेको गूहू हो, कान्दो नाभाई गूहू औन्दैना” भनेर भासन गरेको जोक थियो त्यसैको स्मरण भयो | नेता भनेको मस्तिस्क हैन, मस्तिस्क भनेको विचार हो, नेता भनेको चाहि हात खुट्टा हुन सक्ला र जनता चाहि सिङ्गो शरीर हो, नेता जनता भन्दा बाहिर हैन उ मात्र प्रतिनिधि जनता हो | ठुल-ठुला तिघ्रा र पाखुरा छन् तर विचार गलत छ भने त्यसले निर्माण हैन ध्वोम्स , विकास हैन बिनास,सिर्जना हैन हत्या गर्छ कमरेड |
अनि बिद्रोही चल्ला जसलाई तपैहरु “खाँटी भाले” का रुपमा बिकसित भैरहेको देख्नु हुन्छा, उसले अर्को चल्ला लाइ मालिकको प्रिय भएको भनेर कुखुरा बाट टाढा पार्दैछ, रोटि र बेटीको प्रसङ्ग जोडेर मालिक संग कुरा पुर्याउने कसरत गर्दै छ र गिरिजा चल्लो लाइ पी. एम. बनाउन आजै मात्र निबेदन गर्दै छ ( तपाई भन्ठान्नु हुन्छ यो महान उदेस्यका लागि रणनीतिक कदम हो,) |
नेपाल ९५% जनता बिहिन देश हो किन भने हरेक मानिसमा कुनै दल वा समूह प्रति आग्रह वा पुर्बग्रह छ त्यसको मतलब जनता आफ्नो बुद्दी/बिबेक प्रयोग गर्दैन |अन्जन मैं वा स्वार्थ बस मानिसहरु राजनीतिमा over active छन् जसले नेताहरुलाई सुमार्गमा लाउनुको साटो दुस्साहसी र दुश्कर्मी बनाउछ | भण्डारी जीको लेखमा दम छ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
19
फेरी आइ हाल्नु भो पुष्पजी आफ्नो “विद्वता देखौना|माओ-बादी ले साँच्चिनै तपाइलाई उनीहरुको उत्कृष्ट तक्मा ले सुशोभित गर्ने दिन धेरै टाडा छैन,मेरो बिचार मा|Bravo. त्यसमा विस्मृति जस्ताहरुको तररार तालि बज्ने नै छ|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
17
पुष्प जी बडो सटीक ढंगले नेपालको वस्तुस्थिति को यथार्थ चित्रण गरिदिनु भयो राम्रो metaphor को सहायताले, तपाइको तारीफ गर्न करै लाग्यो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
11
खै के खै के , तर बाबुराम ले चै केई गर्न सक्छ , तेओ कुरा साँचो हो
मन परे हरियो, नपरे रातो
4
2
बिना हिच्कितात भने हो भने बाबुराम भट्टराई र गगन थापा को विकल्प नै चिना नेपाल मा अरु साला हरु लै त झुन्दारा मर्नु पर्चा गिरिजा पछि सेरे आयो भने त घन खतम गर्छ नेपाल मा अब भात्री लै नै वा गगन थापा लै नै वा बाबुराम प्रेसिडेन्ट हुनु पर्चा १ बाबुराम २ गगन थापा गगन थापा ले पार्टी फुत्र आउनु पर्चा नत्र भने चोर हरु ले अगाडी भाड्न दिदैनन
मन परे हरियो, नपरे रातो
1
2
हाम्रो देशमा नेपाली जनता भन्दा नेताका कार्यकर्ता बडी छन्, अनि हामी नै हो नेतालै बिगार्ने . .
मन परे हरियो, नपरे रातो
6
4
radha mainali जी तपाई तेसरी बुद्धलाइ तुलना नगर्नुस किनकि तपाई पैला सोच्नुहोस कि कुनै पनि कुरा बोल्दा वा लेख्दा अरूको मनमा असर पर्लाकी भनेर ! तपाई मा विस्वास नहुनु तपाइको अधिकार हो तर अरुकोमा पनि याद गर्नुहोस ! आशा छ फेरी फेरी सोच्नुहुनेछ >
मन परे हरियो, नपरे रातो
2
3
तेशो भये एसो गरे कसो होला? संभिधान पछिको चुनाबमा बाबुराम भट्टराई लाई प्रधानमंत्रीको प्रस्ताभ राखेर माओबादी भोट मग्न आयेऊ भने सबै भोट माओबादी लाइ नै भोट दिउना जे होला होला!
मन परे हरियो, नपरे रातो
3
4
नमस्कार
जब सम्म भर्स्त्चारी दलाल बर्गको अन्त्य हुदैन तबसम्म अग्रगामी हरुको स्थापित हुन सक्दैन तेसैले हामी सबै ले धेखेका भोगेका ते समिन्ति नोकरशाही क दलाल हरु लाइ समाप्त पर्नु पर्छा तब मात्र देश बंछा नत्र त………….
माकुने, गिराजा, के पी ओली, जस्ता भुकी रहन्छन, तेसैले अबको नित्रित्तो ति महान सर्बहारा बर्गको नेता हरु, लाइ जिम्मा दिनु को विकल्प छैन, हुन त यो कुरा धरै (माथि का ) मित्र हरुलाई मन नपर्ना सक्छा तर सत्य तितो हुन्छ, साथी हरु हो,
पन्त
जापान bata
मन परे हरियो, नपरे रातो
7
8
i am much impressed by this writing…many thanx to the writer for his wonderful and factual thoughts…i hope all the readers would get the knowledge from it….
मन परे हरियो, नपरे रातो
3
3
यो लेख पढेर मलाई पनि केहि भन्न मन लग्यो | लेख संदर्विक छ तर लेखकले भने जस्तो कति नेताहरुले चिसो जेल नेल खाया, आफ्नो परिवारको ज्यान जोखिम मा राखे भन्ने कुरा मा चै म के भन्छु भन्दा हो हाम्रो केहि नेताहरुले आम नागरिकले भन्दा अगाडी बढेर देसको लागिकेहि गर्नु पर्छ भनेर अमुल्य योगदान दियका छन् तर हाम्रो मानसिकता के छ भने जेल नेल खानेले नै देसको संचालन गर्नु पर्छ, सत्ता उसैको हुनु पर्छ र उसलाई जे गर्न पनि छुट हुन्छ | यो गलत हो | देस चलाउन यस्ता योगदान भन्दा पनि भबिस्यको सहि आँकलन गर्न सक्ने, सैचिक योग्यता भयको र जनता प्रति उत्तरदाई बय्क्ति चाहिन्छ | मैले देखेको छु केहि नेता जसले प्रजातन्त लागि ठुलो योगदान दियका छन् तर उनीहरुमा न त कुनै स्पत भिजन छ न त देस कसरि अगाडी बदौने कुनै प्लान्निंग | यति सम्म कि उनीहरुमा मन्त्रि भनेको जनता भन्दा माथि हुन्छ भन्ने सम्मको सोचाई रहेको पायको छु | साथीहरु गिर्जा बाबुले यो देसको लागि धरै योगदान दिनु भयको छ तर एकचोटी सोचेर हेर्नुस जति उहाले यो देशलाई दिनुभयको छ त्यो भन्दा बादी उहाले लिनु पनि भयको छ . चाहे त्यो आफ्नै सरकार ढलेर होस् वास आफ्नो छोरीलाई नै माथिल्लो तहमा लगेर होस् | यस्तो नेता बाट कहिले नि देस अगाडी बदैन . हामीलाई खाचो छ त केवल यस्तो नेता जसलाई नेपाली हुनु मा गौरव होस् र आफ्नो उतर्दैयितो बहन गर्न सकोस .
मन परे हरियो, नपरे रातो
9
2
क्रान्ति हामी आफै बाट सुरु गर्नु पर्छा .
मन परे हरियो, नपरे रातो
2
4
हो हाम्रो देशमा मात्र नभयर सबै देशमा नेताहरुलाई गाली त अबसै गर्छन तर भने हाम्रो देशका नेता हरुलाई जनताको इच्छा के छ भन्ने थाहिछैन खाली आफ्नो पेट भर्न मात्री थाहा छ नेपालमा भयको नेताहरुमा यउतै नेता छ जो हो
बाबुराम भट्टराई यस्तै नेता जस्तो सबै नेताहरु भयको भय नेपालमा सान्ति आउदो होला तर नेपालका नेता हरुलाई अब कसैले पने भोट नदिनु होला मरो बिचार मा त तर सामाजिक अनुशासनको हकमा चाहि नेता र नागरिक कोहि भन्दा कोहि पनि कम छैन / अनि जब अनुशासनको पालन हुदैन देश त भड्खालोमा जाने नै हो त्येसैले अनुशासनको चेतना नेपाली माझमा बच्चै देखि जगाउनु जरुरि छ भन्ने मेरो विचार हुनत अनुशासनको मामला हामीकहा ठुलो मुद्दा नै होइन भन्ने सोच छ त्येसैले पनि यस्ता दुरदीनहरु देख्नु परेको होला/
हुनत आफ्नो आफ्नो विचार सबैको
मुमा राम & सीता
मन परे हरियो, नपरे रातो
2
4
यो देस मा सबै जना नेता छन् जनता कोहि पनि छैन.पहिला सुद्ध जनता नै चाहिए को छ यो देश लाई १०० मा ७५% त भाते नेता को खाते कार्यकर्ता नै छन् १०% लाई केहि पनि थाहा छैन.१० % बिदेह्स मा छन् ५ % ले कयेरा के गर्न्नु नि ???
मन परे हरियो, नपरे रातो
7
3
यहाँ लेखेको कुरा अलिकति पदन साथ बुझ्यो/कति कुराहरुमा त मिल छ तर नेपालको नाता जनताले चुनेर पठाउने पर्दैन/भारतको आशिबतले चुनाब थप्न पनि पर्दैन/कसैले थप्यो भने पनि जितना पनि पर्दैन/जे गर्छा सबै कुरा भारतले नै गर्छा/नाम मात्र नेपाल नेपालीको हो/अरु सबै कुरा भारत कै हो/भारतले भनेको कुरा र रेमोते कन्ट्रोलमा चल्यो भने माकुने जस्तो मान्छे त PM हुन्छ भने…………………..vice president ले हिन्दीमा सपथ लिएकोमा अबत मोई टिककै लग्यो/नेपालको गल्लि गल्लि खाली CC टिप्ने देखि लिएर सरकार मन्त्रीहरुसम्म भारतले बनाएको छ/ह
मन परे हरियो, नपरे रातो
2
5
तपार्इको पहिलो प्याराग्राफ राम्रो लाग्यो र सत्य पनि त्यहि हो । अनि अन्तिम वाक्य पनि ठिक छ तपार्इको, कि हामी जंगी शासन त निम्त्याउंदै छैनेों भन्ने । अवश्य । किनकी हामी मा बिकास भएको अनुशासनहीनता र गैर जिम्मेवारीपन तथा काम नगरी खाने बानी लार्इ सुधार्नको लागी जंगी शासन नै त नभनेों एकतन्त्री शासनको आवश्यकता भर्इसकेको छ हामी लार्इ । यति सम्म कि तपार्इले यो लेख कुनै नेताको हण्डी खाएर नेताको पक्षपोषाण गर्न को लागी लेखेको हो पनि भन्न सक्छु । तर त्यो एकतन्त्री शासन गर्ने ब्यक्ती वा समुह बाबुराम भट्टरार्इ जस्तो स्वार्थ रहित हुन पर्छ । तर हामी कति जना पाउन सक्छेों यस्तो नेता ?
तपार्इको एउटा कुरामा म ब्यक्तीगत रूपमा पुर्ण असहमत छु । मैले मेरो यो आधा सताब्दी को उमेर सम्म ब्यक्तीगत कामको लागी कुनै पनि राजनितिक वा प्रशासनीक व्यक्ती बाट एक रेों पनि काम लिएको छैन । म जस्तै लाखैां मान्छे छन् । ति सबै लार्इ तपार्इले हामी जनता भन्दै एउटै पोखरीमा हाल्नेकाम गर्नु भो । तपार्इको प्रसंग ठीक छ तर त्यो खराब ब्यक्ती भनेको सानो समुह बाट सुरू भएको हो । २, ४ जनाले ब्यक्तीगत स्वार्थको लागी केहि काम लिनको लागी नेता लार्इ गुहार मागे होलान । त्यो नेता सत्यको पक्षमा थियो भने किन त्यती नै बेला त्यो काम लार्इ निरूत्साहीत गर्न सकेनर? र अरू ले पनि त्यस्तो काम गराउने आंट गर्ने थिएनन् । त्यो नेताले आफ्नो स्वार्थको लागी, आफ्नो पछाडी धेरै मान्छे बनाउनको लागी त्यो काम गराएर आज त्यसको निरन्तरता नियम कानुन ले ठिक काम गर्न सकेको छैन । जो राम्रो सिस्टम बसाउंछु, सबैलार्इ समान अवसर दिएर अगाडी बढाउंछु भनेर अगाडी बसेका छन् उनै ले आफ्नो स्वार्थ पुर्ति तिर लागे पिछ कसरी समान अवसर र राहत तथा सुरक्षाको महसुस गर्न सक्छेों उनिहरूको पिछ नलाग्ने हामी ले?
मन परे हरियो, नपरे रातो
2
3
अव हामिले तिन महान नेतामा दुइ त गुमाइ सक्यो मदन भण्डारी र गणेशमान सिंह मदन भण्डारीलाइ त सुनियोजित तरीकाले माकुने वली र विधा ले हामीहरूको बिचबाट गुमाइ दिए । गिरीजाले जसरी भएनी गणेश मान सिंहलाइ जनतामा पानी मरूवा देखाइ दियो । अव प्रचण्डेले बाबुराम भट्टराइलाइ त्यस्तै पानीमरूवा देखाउन खोजेको छ । तर त्यसको बिरूधमा हामी नेपाली जनता सचेत हुनु पर्ला जस्तो छ । किनकी अाम निर्बाचन मार्फत बाबुराम भट्टराइलाइ ५ बर्ष सम्म कार्यकारी अधिकारी सुम्पीनु पर्छ । चाए त्यो प्रधान मन्त्रिमा होस चाहे राष्ट्रपतीमा राष्ट्र चलाउन थोरै बुधी पनि चाहिन्छ । खाली गाली गरेर अरूलाइ पछाडी पारेर हुदैन ।
मन परे हरियो, नपरे रातो
1
7
लेखक ज्यू कुरा सही हो . हामी सबैतीर समस्या मात्र देख्छौ समाधान होइन सय जनालाई अर्ति उपदेश दिनु भन्दा आफै मात्र सुध्रिय केहि परिबर्तन हुन्छ की ?
मन परे हरियो, नपरे रातो
3
3
मानव अधिकारबादी काका बोक्सी प्रथाको बिरोधमा खरिएर बोल्छन;
आफ्नो छोरो बिरामी हुँदा एक पटक धामी अवश्य देखाउछन ।
सिक्षित विद्यार्थी राष्ट्रबादी नारा लगाउदै कलेजबाट निस्कन्छन;
खलासीसँग ५ रुपैयाको भाडा बिबादमा २२ लाखको माइक्रो जलाउछन ।
शिक्षक तलब थाप्छन सरकारी बिद्यालयमा; सन्तान पढाउछन “इङ्लिश मेडियम” मा । नारीबादी काकी छाउपडी प्रथालाई धारे हात पसार्न कोही भन्दा कम हुन्निन;
आफु परसर्दा दाजु भाई त परको कुरा अमूर्त देवता छुन्निन ।
युगल जोडी प्रेम गर्छन् मनकामना भाकेर,
बिहे गर्छन् ३ लाखपर्ने जग्गा धितो राखेर ।
ती सबैलाई सोध्नु देश किन गरीब भनि;
उत्तर रेडिमेड छ “हजुर नेतालाई मार्नुपर्छ पहिले अनी”।
अरुको आङमा जुम्रा देख्नेले आफ्नो आङमा भैंसी देख्दैनन;
समाज परिवर्तन गर्नुअघि आफ्नो परिवर्तन गर्नुपर्छ ।
यो कुरा कहिले बुझ्दैनन ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
3
पाको मान्छे को पाकै सोच भएर होला नेताहरु को बारेमा सकारात्मक हुनुभएछ , तर अल्प ज्ञान भएंकरम भने जस्तो नेपाली जनता मा राजनैतिक चेतना को कमि ले गर्दा पनि गलत नेत्रित्वो चुनिएको हुन सक्छ बेबस्था र सिद्धान्त को मर्म , उद्ध्येश नबुझिकन पछि लाग्ने प्रबिर्ती ले पनि अहिले को यो भताभुंग र लथालिंग को स्थिति आएको जस्तो लाग्छ तर पनि हाम्रा नेपाली नेता हरु ले इमान्दारिता देखाएर काम गरे भने नहुने भन्ने कुरै छैन
मन परे हरियो, नपरे रातो
4
3
हामी ले सबैको कुरा हरु सुन्दै आएका छौ तर कुन ठीक कुन बैठिक यो कुरा हरु लाई कहिलै हामी ले फर्केर सोच्न सकेनौ यो गल्ती हुँदै छ भनेर खबरदारी को कुनै औंला सम्म उठाएनौ हामी ले सरासर जसले जे बोले पनि पछी लाग्यौ हाम्रो यो बिडम्बना हो। आज का नेता हरु त अचम्म छ कुरै नगरौ ।राजनीति को बयान त नेता हरुले मात्र दिन सक्छन हामीले त बास एुटा झुटो अश्वासन मात्र पाउन सकिन्छ । हाम्रो भबिस्य यो नौ टङ्की मा रहेका नेता हरुले होइन आज सारा नेपाली मिली आँफै देस बिकास गर्न तर्फ लागौ यो नै हाम्रो सफल बिचार र सफल भबिस्य हुनेछ । हरेक नेपाली आज सजक बन्नु पर्ने भएको छ जहांहामीले हाम्रो लागि आज आँफै गर्नु छ हामी ले आज बुझ्नु जरुरी छ राजनीतिको बाटो मा यसरी नै हिडि रहे हाम्री एकदिन सागरले किनरा लगाए झै हामीलाई पनि यो दुर्गान्धित राजनीतिले कुन ठाउँ कुन देस मा बेबारिसे छोड्ने हो ! यो कुरा हरुलाई ध्यान दिन पर्ने छ।
मन परे हरियो, नपरे रातो
4
5
ठिक भन्नु भो, सबै त नभनु तर प्राय जसो हामी जस्तो मानिसहरु नि दोषी छम | तर नेताहरुपनि कहा कम दोषी छन् र? तर जे होस् यो नेपाल को कुरा त के गर्नु थोरै नेपालिहरु बसोवास गर्ने कुनै बिदेशी शहरमा मात्रै हेर्नु न …. यी चाकडी गर्ने खुट्टा चाट्ने नेपालीहरु टन्नै भेटिन्छन ||||
मन परे हरियो, नपरे रातो
3
7
लेखमा दम छ, सान्धर्विक पनि छ | नेपालमा यस्तो प्रवृतिले जरो गाड्नुको मुख्य कारण गरिबी, अशिक्षा र चेतनाको कमिले हो | जब सम्म हामी सबै नेपाली जनतामा सहि र गलत प्रवृति छुट्याउन सक्ने चेतनाको विकास हुदैन र हामीले सहि गलत छुट्याउने बानी गर्दैनौ तब सम्म नेपाल यस्तै नै हो, यस्तै नेताहरुको बोलबाला रहने छ | यस्तो बिकृति र सस्कारलाई प्रसय दिने केहि तथ्यहरु:
(१) नेपाल गाउँ नै गाउँले बनेको छ जहाँ शिक्षा र बिकासको कमीले जनता त्यति चेतनशील छैनन् र राम्रो नराम्रो छुट्याउन सक्दैनन्, जहाँ नेतालाई जनताको शिकार गर्न सजिलो हुन्छ,
(२) गरिबीले पिरोलेको देशमा साँझ बिहानको छाक टार्न गारो परिवारलाई १ हजार रुपैया फाली दियो भने त्यो परिवारको भोट किन्न सकिन्छ,
(३) थोरै संख्यामा भएका शिक्षितहरुले पनि व्यक्तिगत स्वार्थका लागि गलत नेतृत्वको समर्थन र चयन गर्नु,
(४) पार्टी प्रति आवश्यकता भन्दा बढी वफादार र अन्धभक्त हुनु, जसको कारण पार्टीले जस्तो सुकै चरित्रको व्यक्तित्वलाई उम्मेदवारी दिए पनि आलोचना नगरी अन्ध समर्थन गरेर जिताउनु,
(५) एक पटक भ्रस्ट र असफल भएको नेतालाई अर्को चुनावमा लात दिनुको साटो फेरी जिताउनु,
(६) यथार्थ बस्तुगत धरातललाइ विचार नगरी नेताले दिएको असम्भब आस्वाशन र गफमा मख्ख परेर बिश्वास गरि भोट दिनु, जस्तै: २ बर्षमा बिजुली झलल पारी दिन्छु, ३ बर्षमा मोटर पुर्याई दिन्छु, १० बर्षमा स्विजरल्याण्ड बनाई दिन्छु, आदी आदी ……
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
6
तपाइको भनाइ ठीक हो बीर जी|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
धेरैमा जागृति आइसकेको छ वीरजी, बरु तपाईं स्वयम् जाग्नुपर्ने महशूस गरेको छु मैले । तपाईंले प्रस्तुत गर्नुभएका बूँदाहरू सतही छन्, अझ भन्ने हो भने तपाईंले राख्नुभएको ‘तथ्य’हरू धेरै नै बासी भइसकेका छन् ।
(१) नेपाल गाउँ नै गाउँले बनेको छ भन्दैमा सबै जना अशिक्षित नै छन् भने कुरा गलत हो । गलत र सहीको पहिचान के हो भन्ने कुरा बुझ्ने क्षमता विकासका लागि डिग्री नै हासिल गर्नुपर्ने भन्ने छैन । मुख्य कुरा चेतनास्तर हो र नेपाली जनताको चेतनास्तर कति बढेको छ भन्ने कुरा संविधान सभाको चुनाले देखाइसक्यो ।
(२) १ हजारमा भोट किन्ने कुराचाहिँ तपाईंले माओवादीले जनमत हात पारेको संविधान सभाको चुनावलाई इंगित गर्नुभएको हुनुपर्छ । ल ठीक छ, एकदमै अबुझले आफ्नो मत बेच्ला रे ! तर के शिक्षित वर्गहरूको घुँइचो लागेको काठमाडौंलगायत देशका प्रमुख शहरहरूमा समेत माओवादीले मत किनेकै हो ?
(३) केही ‘शिक्षित’हरू अवश्य छन्, जसले व्यक्तिगत स्वर्थका लागि अवश्य पनि गलत नेतृत्वको समर्थन गरेका छन् । तर वर्तमान राजनीतिक परिस्थिति नियाल्ने हो भने यो कुरा गलत सावित हुँदै गएको छ । गिरीजा यसका ज्वलन्त उदाहरण हुन् ।
(४) सुजाताको मुद्दा आदिमा दलभित्रबाटै आएको विद्रोहको स्वरले तपाईंको यो कुरालाई पनि गलत सावित गरिदिएको छ ।
(५) संविधान सभाको चुनावमा जनताले ‘चुनी-चुनी’ खराबहरूलाई पाखा लगाएका हुन् । तर ‘प्रभु’को खेल, आज उनीहरू नै सत्तामा हावी भएका छन् ।
(६) मुखले बोल्नु र गर्नुमा अवश्य पनि फरक छ । तर गर्नै नसकिने के छ र वीरजी ! साकार हुने त आखिर सपना नै त हो ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
27
21
पुष्पजी, तपाइलाई जवाफ दिन त मन थिएन तर बाध्य पार्नु भयो | तपाइलाई म अशिक्षित र चेतना नभएको त भन्दैन तर तपाइको सोचाईको स्तर कस्तो छ त्यो देखेर म हार खाएकोले तपाईसंग बहस गर्न छोडेको हो | मेरो विचारमा म होइन कि तपाई स्वयम जाग्नुस, किनकि तपाई र म मा के फरक देख्दछु भने अहिले म कुनै पार्टीको समर्थक होइन तर यदि माओबादीले ठिक काम गर्यो भने भोलि म माओबादी समर्थक पनि बन्न सक्छु तर तपाई चाही माओबादीले जस्तो सुकै नराम्रो काम गरे पनि माओबादी बाहेक अरुको समर्थन कुनै पनि हालतमा गर्न सक्नु हुन्न | यहि नै हो तपाई र म मा ठुलो अन्तर | नेपालका जनता कति चेतनशील छन् भनेर काठमाडौँमा बसेर होइन नेपालको बिकट र दुर्गम क्षेत्रको भ्रमण गरेर हेर्नुस | कति वटा जिल्ला घुम्नु भएको छ तपाईले ? कि थानकोट काटेर बाहिर जान सम्म भ्याउनु भएको छैन ? मैले त धेरै नभए पनि पश्चिम सुर्खेत देखि पूर्व धरान, उत्तर मनांग-मुक्तिनाथ देखि दक्षिण तराईका सम्मका गाउँहरु देखेको छु, त्यहाका गरिब अशिक्षितहरुको स्तर देखेको छु | अहिले त तपाइलाई सबै पुगी सरि छ होला त्यसैले जे पनि भन्न सक्नु हुन्छ, तर तपाई र तपाइको परिवार बच्चालाइ २-४ दिन भोकै बस्नु पर्यो भने बल्ल तपाईले १ हजार रुपैयाको महत्व बुझ्नु हुनेछ, त्यसबेला बल्ल सोच्नु हुनेछ कि १ हजारमा बिक्ने कि नबिक्ने भनेर | त्यसकारण सबै कुरा परिस्थितिमा भर पर्छ न कि खाली सिद्धान्त र नीतिमा | यदि नेपालमा सबैले रोजगारी पाएर आ-आफ्नो काममा ब्यस्त हुने हो भने कोहि पनि कुनै पार्टीको झन्डा बोकेर हिदैनन, माओबादीको पछी पनि यति धेरै लागेर हिड्ने थिएनन, सबै मजबुरी र परिस्थितिले गर्दा लागेका हुन् | अनि नेपालमा शहर र गाउँको संख्या हेरेर कुरा गर्नुस, काठमाडौँलाइ मात्रै हेरेर होइन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
24
बिरजी पुष्प जस्ता जन्मिदै रातो तूलमा न्वारन गरेको मान्छेको पुच्छर यदि १२ बर्ष ढुंग्रोमा राख्यो भने पनि बरु ढुङ्ग्रो बांगीएला तर पुच्छर सोझिन सक्दैन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
16
वीरजी,
सबैको सोचाइको स्तर एकै हुन्न । यो कुरा ध्यानमा राख्नुभयो भने तपाईंको म वा अरु कसैको ‘स्तर’प्रति गुनासो गर्नुपर्ने थिएन । जहाँसम्म कुनै वाद, सिद्धान्त वा विचारप्रतिको आस्था, मोह वा समर्थन कुरा छ, त्यो सबैको व्यक्तिगत अधिकारको कुरा हो । तर मोह छ भन्दैमा काखी नै च्यापेर राख्नुचाहिँ हुन्न । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने मैले माओवादीबाहेक अरु कसैको समर्थन गर्न सक्दैन भन्ने तपाईंको भनाइ पूर्वाग्रही छ । शायद मेरा प्रतिक्रिया समेत पढ्न छाड्नुभएछ कि कसो ।
मैले कहिल्यै कुनै वादको विरोध गरिनँ र गर्नुपर्ने कारण पनि छैन । विरोध गरेँ त केवल प्रवृत्तिको । बरु तपाईंले माओवादीको कहिल्यै समर्थन गरेकोचाहिँ थाहा भएन है । यही हो तपाईं र मबीचको फरक ।
देश-विदेश घुमेरमात्र जनताको चेतनाको स्तर थाहा पाइन्छ र ? हुन त मैले आफ्नै देश त्यति साह्रो घुम्ने मौका पाएको छैन । मधेश(?)मै जन्मिए-हुर्किए पनि देश घुम्ने मौका धेरै कम मिल्ने गरेको छ ।
आर्थिक, मानसिक र नैतिकस्तर अलग-अलग कुरा हुन्; तर पनि यी सबै कुराको संयोजनले नै मान्छेको ‘स्तर’ थाहा पाउन सकिन्छ । पैसा वा चेतना हुँदैमा कोही बिकाउ नहुने होइन; मूल कुरो नैतिकता हो । हाम्रो गाउँघर आर्थिकरूपले पिछडिए पनि अहिले चेतनाको स्तर बढेको छ, त्योभन्दा बढी त नैतिक प्रश्न हो र म ठोकुवाका साथ भन्न सक्छु शहरमा ‘सदस्यता नवीकरण’मा आफ्नो मत बेच्ने कथित पेशाकर्मीहरूभन्दा त गाउँका मान्छेहरू धेरै नै नैतिकवान छन् । किड्नी बेचेर परिवार धान्नेहरू पनि हाम्रै गाउँघरमा छ्न् । गिट्ठा भ्याकुरसमेत नपाएर एकछाकको भरमा बाँच्नेहरू पनि हाम्रै गाउँघरमा छ्न् । सूचना-प्रविधिको जमानामा यस्ता कुरा थाहा पाउन गाउँघर घुम्नै पर्छ भन्ने छैन वीरजी ।
रोजगारी पाउनु वा स्वरोजगार हुँदैमा राजनीतिमा चासो राखिन्न वा राख्नुहुँदैन भन्नु गलत हो । माओवादीको पछि लाग्नुपर्ने कारण आर्थिक वा सामाजिक कुरोमात्र होइन, माओवादीले शुरुदेखि लगाएको राष्ट्रिय स्वाधिनताको नारा पनि हो ।
मन परे हरियो, नपरे रातो
4
5
“सूचना-प्रविधिको जमानामा यस्ता कुरा थाहा पाउन गाउँघर घुम्नै पर्छ भन्ने छैन” भने पछी पुष्पले जति पनि कमेन्ट गर्छ समाचार पढेको आधारमा गर्दो रहेछ भन्ने बुझियो | होइन पुष्प यदि समाचारले पुष्पेको कान कागले लग्यो भने के गर्छौ ? कान नछामी कागको पछी भाग्ने रहेछौ होइन त ? practically experience गरेकाहरु सहि कि समाचार पढेको आधारमा कमेन्ट गर्ने तिमि सहि ? हा हा हा
मन परे हरियो, नपरे रातो
1
1
पुष्प जीले उल्टो बुझ्नु भए जस्तो लाग्यो बीर जीले भन्नु भएको कुरा हरु कांग्रेस एमाले जस्तो पार्टीहरु लाइ नै हो जस्तो लागेर मैले समर्थन दिएको हो |
मन परे हरियो, नपरे रातो
9
4
पुष्प जी सुल्टो बुझ्ने मानिस नै हैन, बिना पुर्बग्रह उनको कमेन्ट वा विचार कहिँ कतै हुन्छा? मैले त देखेको छैन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
8
देवराजजी,
वीरजीको प्रतिक्रियामा तपाईंले कांग्रेस, एमालेको मात्र विरोध गरेको बुझ्नुभो । मैले त सिधै माओवादी र संविधान सभाको चुनावमाथि औंला ठड्याएको पाएँ । एकचोटि पुन: पढ्नुस् त !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
11
यसलाई भन्छन “चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तान्नु” मैले कुनै पार्टी बिशेसलाइ र अहिलेको संबिधान सभाको चुनावलाइ औल्याएको छैन, केवल नेपालमा चली आएको परिपाटीलाइ औल्याएको हो | Whatever I said does not meant that whatever you heard. त्यसकारण हरेक कुरालाई आफ्नै मात्र माओबादीको चश्माले नहेर्नुस, कहिलेकाही अरुको चश्मा लगाएर पनि हेर्ने बानी गर्नुस |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
8
वीरजी,
मेरो प्रतिक्रियाहरूलाई सधैं तपाईंले माओवादीको समर्थनमा मात्र देख्नुहुन्छ । तपाईंले अरुलाई सिधै चोर भनेपछि प्रतिरोध त आउने नै भयो ।
जहाँसम्म चलिआएको परिपाटीको कुरा गर्नुभो, तपाईंको पहिलो प्रतिक्रियामा व्यक्त कुराहरू सबै पुराना भइसके, जुन मैले माथि नै बूँदागत राखिसकेको छु । तपाईंले त त्यसको खण्डन गर्नुको सट्टा निकजीको पारा पो झिक्नुभो ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
12
बीर जीको कमेन्ट हरु प्रायः माओवादी विरोधीनै आउने गरेकोले पुष्प जीले भन्नु भएझै माओवादी र गत संबिधानसभा चुनाव माथि औंला ठड्याएको त हुनसक्ला तर वहाले राख्नु भएको सबै बुँदा हरु पुराना बिगतमा साशन गर्दै आएका पार्टीका गतिविधिसंग बढी मेलखान्छान किनभने माओवादी त पहिलो पल्ट चुनावमा आएकोले उसलाई त्यति दोष दिने ठाउँ देखिन्न |
मन परे हरियो, नपरे रातो
7
4
देबराजजी, कतिपय साथीहरु जन्मजातै माओबादी समर्थक भएजस्तै म जन्मजातै माओबादी बिरोधि चाही होइन तर आलोचक चाही हु | मैले माओबादीका कतिपय राम्रा पक्षलाई स्विकार्दछु तर माओबादी पनि perfect त छैन नि, माओबादीका पनि धेरै कमि कमजोरीहरु छन् यो कुरा तपाईहरुले स्विकार्नु हुन्छ कि हुन्न त्यो त तपाईहरुलाई नै थाहा होला | मैले माओबादीको आलोचना तब गर्छु जब माओबादीले आफ्ना गल्ति कमजोरीहरुलाई नदेखी अर्काको गल्तिको मात्र खेदो गर्छ, वा माओबादी समर्थकहरुले आफ्नो पार्टीको कुनै कमि कमजोरीलाई नदेखी हामी नै सर्बश्रेस्थ हौ, हामी बाहेक अरु कोहि छैन भने जस्ता दम्भ भरिएका कुरा गर्छन | अन्यथा मेरो पनि माओबादीले के नै बिगारेको छ र तिनीहरुको खेदो खन्नु ? केवल नमिल्दो कुरा गर्दा खेरि चाही आलोचना गरिन्छ | होइन भने मैले कहिल्यै गिरिजा, माकुने, ओली, कांग्रेस एमाले को गुनगान पनि गरेको छैन, यदि गरेको देख्नु भएको छ भने भन्नुस क्यारे | आइ परेको बेलामा यिनीहरुको आलोचना पनि गरेकै छु, तर तिनीहरुको तुलनामा माओबादीको अलिक बढी गरेको छु, कारण अहिले बढी हाइलाइटमा भएको माओबादी नै हो, साथै माओबादीले नै बढी उधुम मचाई रहेकोले बढी हेडलाइन पनि माओबादीले नै बनाइरहेको अबस्थामा माओबादी कै बढी कुरा हुने भयो र आलोचना वा समर्थन पनि त माओबादी कै हुने भयो नि, नकी चुपचाप बसेको नेमकिपा जस्ताको | जसको बिषयमा कुनै प्रसंग नै उठ्दैन भने त्यसको न आलोचना हुन्छ न प्रसंशा |
मन परे हरियो, नपरे रातो
7
4
म तपाइँ संग सहमत छु तपाइको कमेन्ट हेर्दा अरु निक, केसु, अरुण विवेक , कृष्णगोपाल जस्तो जन्मजात माओवादी विरोधी देखिदैन तर तपाइँ लाइ पनि “Stereotype anti communist ” भन्न चाही सकिएला कि? मेरो मान्यता चाही केहो भने कुनै “वाद” पनि १००% ठीक वा बेठीक हुदैन देश काल परिस्थिति अनुसार त्यसबाट राष्ट्र र जनता को लागि केही उपलब्धी लिन सकिन्छ भने त्यसलाई समर्थन गर्न सकिन्छ जस्तो लाग्छ | मलाइ पनि यहा माइसंसारमा कतिले वाई स्याल पनि भन्छन तर मैले पहिले पनि लेखेको थिए कि म माओवादी होइन तर भोट दिएको एउटा समर्थक चाही हो, माओवाद दर्शनको बारे थाह नभएपनि देशमा चाहिएको परिवर्तनका पक्षमा देखाएको अठोट, जुझारुपन र नेतृत्व बाट प्रभावित चाही भएकै हुँ | विगतमा मैले नेपाली कांग्रेसमा भोट हाल्ने गर्थे र अब सधै माओवादीलाई हाल्छु भन्ने पनि छैन तर जबसम्म देश र जनताको पक्षमा रहन्छ मेरो समर्थन छ |
मन परे हरियो, नपरे रातो
2
1
बिरजी, तपाइको कुरामा मेरो के असहमति छ भने, १००० मा गरिब परिवारको भोट किन्न सकिन्छ भनेर तर, कहिल्यै क्याम्पस भित्र हुने स्व. बि. यु. चुनाबमा एक दिनको खाजामा आफ्नो भोट हाल्ने चेतनशिल भनाउदा बिधार्थिहरु, त्यो भन्दा त गाउका नपढेका र तपाइकै शब्दमा चेतनाको स्तर कम भएका हरु धेरै बिबेकशील छन /
मन परे हरियो, नपरे रातो
3
9
संजयजी, तपाइको कुरालाई मैले होइन भन्दैन, तर मैले पनि सबै जनता १००० मा बिक्ने खालका छन् भनेको होइन, यस्ता पनि धेरै छन् भन्न खोजेको हो, किनकि यसरि पैसा बाडेर भोट किनेको नदेखिएको पनि होइन | आखिर निर्णायक भोट भनेकै कति हुन्छ र ? १ भोटले पनि फरक पार्न सक्छ यस्तो अबस्थामा एउटा सुकुम्बासी, गरिब गाउमा २-४ लाख लगेर बांडी दिदा त्यसले कति फरक पार्छ ? यस्तो घटनाहरु नभएका हुन् र ? त्यसको उदाहरण दिएको मात्रै हो |
मन परे हरियो, नपरे रातो
9
2
डा. भण्डारी तपाइको लेख अति संदर्विक लायो हुनत हामी जनता लै आफैले आफुलाई सुधार्न अति आवसेक छ हामीले आफ्नो स्वार्थ अनुसार नेता मन्त्रि ले काम गरे ठिक नत्र बेठिक भन्ने चलन हटाउनु जरुरिचा हामीले आफुले गरेको गल्ति लै मनन गर्नु जरुरि छ आफुले गरेको गल्तीलाई राजनीतिको सहयेता बाट सहि बनाउने प्रचलन बदल्नु पर्छ समग्रमा हामी सारा नेपाली ले सिस्टम लै कोल्याप्स हुन दिन हुन्न साधारण जनता देखि माथिल्लो स्तरका नेता मन्त्रि सबैले सिस्टम लै पालना गर्यो वने नेपाल सचैनै सुन्दर सान्त नेपाल फेरी पनि बन्नेछ
मन परे हरियो, नपरे रातो
4
4
मेरो बिचारमा नेपालमा सहि नेताको जन्म भएको छैन
नेतामा ४ वटा गुणहरु हुनु जरुरि छ जस्तो लाग्छ, ति हुन्
१. देश बनाउने Vision भएको
२. commanding र निडर स्वभाव भएको
३. निस्वार्थ भावना भएको जसले नाताबाद, कृपाबाद र आफ्नो भुडी भर्ने काममा कम महत्तो दिवोस
४. देशलाई साचिकै माया गर्ने ( देश भक्त)
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
2
जनतामा चाहीँ एउटा मात्र गुण हुनु जरूरी छ, त्यो हो माथि प्रकाश जीले भन्नु भएको गुणहरु भएको नेतालाई समाज बाट छानेर छुट्याउन सक्नु |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
2
प्रकाशजीले भनेको कुरा ठिकै हो तर तपाइ चाहिँ मख्ख नपरे हुन्छ माओबादीका कुनै नेतामा यो गुण छ भनेर । पद र पैसाका लागि माओबादी अरू पार्टीभन्दा ३ कदम अगाडि छ भन्ने कुरा जगजाहेर भइसक्यो ।
मन परे हरियो, नपरे रातो
2
2
बिबेक जी संग मा सहमत छु किनकी मैले माओबादी मा पनि सहि नेताको कमि छ भनेकै छु
मन परे हरियो, नपरे रातो
1
2
“….पद र पैसाका लागि माओबादी अरू पार्टीभन्दा ३ कदम अगाडि छ भन्ने कुरा जगजाहेर भइसक्यो ।…”
ए होर? कसरी जगजाहेर भएछ यो कुरा ह?
मन परे हरियो, नपरे रातो
1
0
राजनीतिक प्रणाली र त्यसको ठेक्का लिएकाहरुले आफ्नो हैसियत र बलको गलत दुरुपयोग गरि फोहोरी खेलमा परिणत गरिदिए र त्यसलाई जनताले रोक्न नसक्नु नै अहिलेको परिणाम हो, मलाई त के लाग्छ भने जबसम्म राजनीतिक प्रणाली ठिक हुदैन तबसम्म देशले उचित निकास पाउदैन र अझ अहिलेको नया पिढीलाई त राजनीति भनेको त बिग्रेका मान्छे हरुले गर्ने काम हो र नेतागिरी गर्नु अरुलाइ छक्याउने खेल भनि चित्रित गर्छन विद्वान भनाउदाहरु, त्यसले झन कहाँ पुर्याउने हो?
मन परे हरियो, नपरे रातो
3
1
यो देह्स्म सब भन्दा मुर्ख जनता नै हुन भन्नु पर्यो . अनि अर्को कुरा माओबादी लै न सिध्ययेसम्मा यो देश कुनै हालत मा बन्दैन यो मा १००% लेकेहरा दिन्छु .किन भने तिनी हरु ले नै सिकाएको हो यो मान्छे मर्न ;बन्द गर्न ;लुट्न ;चोर्न; आपहरण गर्न ;त्यो भन्दा पहिला कशैलाई नि थाहा थिएन येशा को बारेमा ,तेशैले जशारी भए पनि माओबादी लै नै सिध्हेउनु पर्छा. तपाई हरु राम्रो संग बिचार गर्नु होश त माओबादीले सिकाए पछी कति जना सिम्प्ले मान्छे नि आप हरण मा परेर बेपत्ता भाका छाना ,यो सबै नराम्रो कम सिकाउने माओबादी नै हो.तेशैले यो सबै कुरा को दोषी हो
,
मन परे हरियो, नपरे रातो
5
9
हरिलाल जी,साँचो ढगदैन,झुटो टिक्दैन,सिध्याउन त सिध्याउछ तर कसले कसलाई सिध्याउछ त्यो समयले बताउने कुरो हो!मान्छे मार्ने बन्द गर्ने त कांग्रेस र एमाले ले पनि नगरेको भने होइन ! त्यो कुरा यज्ञ बहादुर क्याप्टेन ,बिराटनगरको राम लक्ष्मन् र अन्य धेरैले अरुको ज्यान लिन जंगल पसेको पछी आफ्नै ज्यान गयो,अहिले त्यो इतिहांश भयो! र पूर्वमा नक्सलाइट चम्किन्दाको कुरो कतिको ज्यान लियो र कतिको ज्यान गयो, सी.पी.मैनाली,माकुने,के.पी.ओलीहरु संग बुझे प्रष्ट हुनेछ!त्यो पनि एउटा इतिहांश नै भयो!अब केहि बर्ष पछी माओबादीहरुको पनि इतिहांश नै बन्छ!यसमा तपाइँ दुख मान्नु पर्दैन!
मन परे हरियो, नपरे रातो
1
2
हेर्नुस कुरोको चुरो यस्तो छ| लेख्नलाइ र भन्नलाइ त् केहि बाँकी राख्दैनन्|
तर्क, कुतर्क, सतर्क नानावाली थोपारछन् | सकेसम्म येंण केण प्रकारेण
संस्कृतबाट साम, दाम, दण्ड र भेद पनि उल्लेख गरिहाल्छन| भएको वास्तवमा वाम, हाम, डाम र खेद|
यो सब वाहुनवादको हावी भएको हो | आफुले र आफ्नो परिवारजन नाताले फायदा
लिंदा ठिकै छ, अब अरुले पनि लिने भनेपछि न्वारान देखिको बल फुकेर कराउन
थाल्छन, लेख्छन| गणराज्य र स्वायत्त शासनको विरोधमा उभिएकाहरुको
धेरजस्ताको सोच पछी अल्झेको बोझ यहि हो| यतिका युग सम्म जनजातीहरु
प्रति अवहेलना गरिदा सुबिधाभोगी को अघि सरेर आए? सबै सरकारी गाइ
दुहुन र सत्ता पालकको भजनमा नै मस्त| fair र unfair, समान अधिकार भन्ने
खोइ कता हराए? अहिले आएर भारत्, युरोप र अमेरिकाको छायामा मानव अधिकार र के के जाति भन्ने? नेताहरु गालि योग्य छन्| अहिले पनि आफ्नै नाता र परिवार मात्र पोशछन्|
अब तपाइँ बुज्रुगहरुलाई मैले यँहा किटेर भनिरहन नपर्ला अधिकांश नेताहरु कुन जातका छन् र उनीहरुले साधारण जनताको भन्दा कसको हितो रक्षा गरिरहेका
छन् भनेर| पत्नी भाइ दाइ भान्जा साली सबै लाइ जागिर दिन व्यस्त| बर्षौ देखि ओझेलमा परका छन् जनता जसको सत्ता र प्रसाशनमा केहि हात छैन र समात्ने ठाम पनि रहेन|
स्वार्थी नेताहरुले देशको आधा भन्दा बढी जनतालाई शिक्षा र स्वास्थ्य सेवा देखि टाडो राखेका जनतालाई नै दोष दिने अधिकार तपाइले कसले दियो? जब जनता जागरुक भएर समान अधिकार र आत्मा निर्णयको अधिकार प्रति चेतनशील भएर स्वायत्त शासनको मांग गर्दा लौ अब देश विभाजन गर्यो भनेर चिच्याउन तिर लागेका छन्| किन आज नेपाली राजदुतावासहरु र हाम्रा मन्त्रालयहरुमा एउटा वा सिमीत जातहरुको मात्र वाहुल्य छ, के अरु जातहरु असक्षम छन् त्?
वा छदै छैनन| यतिका वर्षहरुमा तयारी गर्ने जिम्मा राज्यको हैन र ? समावेशीको
नाउमा आफ्नै महिलाहरु र आफै डाडु पन्यु हातमा राख्न खेल खेल्न मश्हुर को छन्? हाम्रा समाजका fairminded बुद्धिजीवी भनाउदाहरुले युगौ देखि थोपार्दै आएको यो असमानतालाइ आफ्नो आंगको भैंसी सरह नदेखे झैँ गर्ने प्रबीती त्याग्नु पर्यो|
कुरो बुझ्नेले बुझी हाल्छन, तथ्य र सत्य लुक्दैन, जति तर्क र कुतर्क दिए पनि र स्वीकार गर्छन, बुझ पचाउने संग कसको के लाग्छ र? जान्ने सुन्ने र साँचै नेपाललाई छात्तीमा राख्नेले केहि गरौ, कुरो साँचो हो भनेर कम्मर कस्छंन| बस खाँटी कुरो त्यहिँ हो|
त्यसभेर जनता माथी यो महाअभियोग थुपार्न अघि महाशय यो यो उल्लेख गरिदिन पर्यो किन यँहा कुन जनतालाई यो सम्बोधन गरिरहन भएको हो| सुविधाभोगी जनता कि पिडीत र पिल्साइएका जनता?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
7
डाक्टर साब,
१. माकुनेलाई भाईलाई राजदुत बनाउन कुन जनताले सिफारिस गरेको हो, थर लुकाई लुकाई?
२.अर्को भाईलाई बिशिस्ट श्रेणीको आयोग सदस्य बनाउन कुन निर्धो जनता गयो कोटेश्वर ?
३.भानिजलाई पी. ए. माकुने आफैले बनाको कि कुनै दल बहादुर नाम को जनताले ?
४. अब सालोलाई अख्तियार को आयुक्त बनाउन लबिंग गरि रा छन् रे माकुने त्यो कुन जनता को चाहनामा होला ?
५ .सुजातालाई त्यो दर्जा देउ भनेर कुन जनताले गिरिजालाई उकास्यो ?
६ .चिरिक सोभालाई योजना आयोगमा लैजान हिसिलालाई कुन क्याडरले चिल्लो लगायो होला ?
मुस्किल ले ४०% शाक्षर भएको देशमा अन्जानमा जनताले केहि गलती गरे होलान तर यी डाका नेता भनौदा हरुले गरेका जघन्य अपराधको तुलना मा ती अन्यन्तै साना र क्षम्य छन् मेरो हेराईमा त /
सिस्टम नबसेकै हुनाले जनताले सडकमा बाटो काट्न देखि लाइन बसेर सभ्यता देखाई
काम गर्न जानी राखेका छैनन् तर पढे लेखेका , देश विदेश घुमेर बिकशित दुनिया देखेका यी फटाहाले गरेको फटाइ कसै गरि क्षम्य मान्न सकिदैन सर ,
दिनेश , भक्तपुर
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
6
लेखक संग पूर्ण सहमत छु, नेता हरुलाई बिगार्ने एक हद सम्म जनता हरु पनि हुन् , यसको मुख्य कारण चाही चेतना (शिक्षा?) को कमी नै हो जस्तो लाग्छ हुनत हाम्रो देशका पढेलेखेका हरुको जमात ब्युरोक्रेसीमा छ र त्यसकै पनि राजनीतिज्ञ हरुलाई भ्रष्ट बनाउनमा ठुलो हातछ पनि भनिन्छ त्यसैले राष्ट्र निर्माण र चरित्र निर्माणको लागि चेतनाको राष्ट्रीय अभियानकै खाँचो छ जस्तो लाग्छ मलाइ त |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
4
एदी सबै नेताहरुले अनि सबै पार्टीहरुले नियम कानुन जसले जे भनेपनि नमिच्ने हो भने कसरि बिग्रिन्छा त देश? तर तिनै नेता अनि पार्टीहरुको कारणले गर्दा नै देश को एस्तो गति भएको हो/ अत जनताहरु दोसी छैनन् / कुनै नेताले पनि नियम नमिच्ने हो भने कुन जनता भन्न जान्छन त ?आखिर नेतालाई जनताको माझमा जसरिपनि पपुलर हुन रहर छ नि त , होइन र ?
मन परे हरियो, नपरे रातो
6
8
सारै चित्त बुझ्ने कुरा लेख्नु भो| दोषी नेता हरु भन्दा पनि हामी नेपाली हरु को मनस्थिति हो| हामी लाई बानि लागि सकेको छ, केहि काम गर्न नेता हरु को साथ् लीन, किन? हामीलाई आफ्नो काम जसरि भए पनि सिद्द्यौना छ, हामी लाई आफ्नो काम अरु भन्दा चांडै सिद्द्यौना छ| हामी मा धैर्य को मात्र शुन्य छ| त्यसै ले त नेता हरु बाट सानो गलती हुने बितिक्कै राजिनामा माग्चौं|हामी नेपाली हरु खुट्टा तान्ने कम मा पनि अघि नै छौं| यी सबै विकृत मनस्थिति हो| यहि बिकृतिको ग्रहण लाग्या छ नेपाल मा|
मन परे हरियो, नपरे रातो
5
7
मेरो मनको कुरा पढ्न पाएँ यो लेखमा
मन परे हरियो, नपरे रातो
4
8
एस्तो कुरा निक्कै पहिले पनि एक पटक पढ्न पाएको थिए! निक्कै सान्दर्भिक पनि छ नेताहरु बिग्रिनु मा हामी जनताकै धेरै दोष एस्लाई स्वीकार गर्ने पर्छ नेताहरूलाई मात्र दोष दिएर आफु पन्छिन खोज्नु ठुलो मुर्खता हुदैन र? हामीले जिताएर पठाएका नेता हरु हुन् तिनीहरु ! छातीमा हात राखेर भनौ त हाम्रो आफ्नो काम बनाउन नेताले नियम मिच्यो भने हामी कति खुशी हुन्छौ ? अनि ………, हो येस्तई कुरा सिङ्गो नेपाल मा भैराखेको छ जनताहरुले आफ्नै गल्तिको सजाय पैरखेका छन् जस्तो मलाई पनि लाग्छ ! र आब एथार्थ बुझेर आफुलाई सुधार गरौ नेता त पल भरमै सुध्रिन कर लाग्छ , कि कसो साथी हो? आजै देखि सोर्स फोर्स लगाएर कम बनाउन बन्द गरौ त , अरुलाई गाली गर्नु भन्दा आफुलाई सुधारौ धन्यबाद
मन परे हरियो, नपरे रातो
7
4
सुदन भाई!!! मर्नु त आखिर जसले पनि पर्छ…तिमीले पनि पर्छ..मैले पनि पर्छ ..गिरिजा ,केपी , प्रचण्ड जसले पनि पर्छ//तिम्रो चस्मा ले हेर्दा गिरिजा र केपी दोषी..मेरो चस्मा ले हेर्दा प्रचण्ड दोषी…त्यसैले वास्तबमा हाम्रो चस्मा नै दोषी हो//हाम्रो सोच नै दोषी हो ///कोहि मरेर पनि..कसैलाई मार्दैमा पनि समस्या समाधान हुदैन /यदि हुने भए अल-काईदा ले कति मारिरहेको छ..इंडिया मा आतंकबादी ले कति मान्छे मारिरहेका छन् ..खोइ समस्या समाधान भएको छ त? भएको छैन //समस्या समाधान हुन्छ ..एक आपस प्रतिको सम्मान ले …एक आपस प्रतिको हार्दिकता ले ..एक अर्काको समस्या समाधान मा मिलिजुली सहयोग गर्ने भाइचारा प्रवृतिले //हिम्सा ले हिम्सा नै निम्त्याउछ //मैले तिम्रो भाइको खुट्टा भाचिदिये भने ..निस्चय नै तिमि मेरो टाउको फुटाउन आउछौ होला..अनि यदि तिमीले मेरो टाउको फुतायेउ भने मेरो छोराले तिम्रो गर्दन छिनाल्न जाला ..अनि फेरी आउला तिम्रो छोराको पालो ..एबम रितले हिंसाले प्रति-हिम्सा जन्माउदै जान्छ र कहिले पनि शान्ति र प्रगति प्राप्त हुदैन //त्यसैले ‘सबै नेता लाई टुडिखेल मा उभ्याएर गोलि हान्नुपर्छ” भन्ने जस्तो सोच त्यागीदेउ भाई…बरु कसरि हामी नेपाली हरुको रगत चेन्ज गर्ने होला भन्ने तिर सोच/
किनकि हाम्रो सोचलाई लोभ -लालच ले धेरै नै गाजेको छ//कसरि धन कमाउने ..कसरि पदमा भएको बेलामा सम्पत्ति जोड्ने…कसरि नियम -कानुन लाई गोलि मारेर सार्बजनिक बाटोमा घर banaune निर्माण-सामग्री (बालुवा,गिट्टी ,इटा) राख्ने ,,कसरि अर्कालाई हेप्ने ,,कसरि अफिसको पिउन लाई आफ्नो घरको काममा लगाउने …स्यालुट ठोकेना भने असईलाई कसरि लात्ताले हान्ने , बाटो बाटोमा पान चपाउदै कसरि पिच्-पिच् थुक्ने ..इत्यादी हाम्रा गलत क्रियाकलाप लाई चेन्ज गरेउ भने अबको २०-३० वर्ष पछिका हाम्रा नया नेताहरु पनि असल नेता हरु भैहाल्छन किनकि अबको २०-३० वर्ष पछिका नेता हरु भनेका हाम्रै भाई-छोरा-नाती हरु हुन्//यदि हामी सुसाक्रित बनेउ भने..हाम्रा भाई छोरा-नाती हरु पनि सुसाक्रित huna sakchhan //यदि uniharu susaskrit bane भने uniharu maddhe batai banne नेता पनि असल bhaihalchh //अनि desh tyasai पनि sudhar तिर lagihalchh //astu
samma
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
2
पक्कै पनि ठिक कुराहो लेखक जी
स्मरण रहोस जसरि गिरिजा ले सुजाता को निम्ति कहिँ गरे ठिक तेसै गरि गणेशमान मान के पनि उसको छोरा लै गरेका थे नी /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
13
तेसो भए नेतालाई गाली गर्नु भन्दा पहिला आफैलाई गाली गरौँ ….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
7
लेख सान्धर्बिक बास्तबमै नेपालमा इमान्दार नेताहरु नभयको होइन तर दुर्भाग्य हामीले यस्ता नेता लामो समय भोग्न पाएका छैनौ/ कारण एक त माथि को लेखमा भने जस्तै ति नेताहरु हाम्रै कारणले बिस्तारै पाखा लाग्छन, दोश्रो त्यो भन्दा पनि मुख्य कारण आफनै पार्टी का समकछी नेताहरुले उस्लाई पाखा लगाउन खतरनाक रोल खेलिरहेको हुन्छ/मानब रुपी दानब हरुले गर्दा नेपाली को भाग्य रेखा सधै धमिलो छ/
मन परे हरियो, नपरे रातो
10
5
Good Article related with present socio-political condition of the Nepal, keep it up.
मन परे हरियो, नपरे रातो
3
13
कुरो त सहि हो कुरो गलत हो . कुरो के हो भने नेपाली जनता बिकाउ हुन् . सिदान्त को होइन व्यक्ति र आफ्नो स्वार्थ को पछी लाग्दछन .२०४७ साल को जस्तो स्तरीय संबिधान पाएका नेपालि ले किन अपराधिक समूह माओबादी लाइ साथ दिए ? लुटेर खान ? अर्का को सम्पति जफत गर्न ? वा जस्तो अपराध गरे पनि मुक्ति पाइन्छ भनेर ? नेपाल मा सिदान्त को राजनीति नेता ले त बुझेका छैनन तिनका कार्यकर्ता ले के बुझ्लान ? जब सम्म शिक्षा , स्वास्थ्य र रोजगारी को निस्पक्ष पहुच हुन्न , जब सम्म सिदान्त को राजनीति गर्ने आदर्श राजनेता जन्मदैन तब सम्म को बाट सिदान्त सिक्ने को बात प्रेरणा लिने ? विद्वान , त्यागि , निस्वार्थी नेता पछाडी परि छोरा फटाहा हत्यारा लुटेरा बलात्कारी सता मा भए पछी गरिब असहाय निमुखा नागरिक ले कसरि सहि नेता चुन्ने ? नेपाल को चुनाबी सैली तपाई लाइ थाहा नै छ फेरी ? के को जनता लाइ दोस ? एउटा नेता चाहिएको छ उ इमान्दार होस् कर्मठ होस् निस्पक्ष होस् अनि हठो होस त्यसले दल आफन्त र परिवार लाइ घर मा राखोस . खोइ नत बिपी नत महेन्द्र यो देश मा चोर नै चोर फटाहा नै फटाहा भए पछी कसको के लग्दछा?अपराधी ले चलेको देश मा निमुखा जनता के गरुन?
मन परे हरियो, नपरे रातो
10
6
लेखक ले कोइ कोइ नेता हरु हामी जनता को लागि घर खेत पनि बेचेको छ भन्नु भयो, कृपया तेस्ता महान नेता को नाम पनि साथ् साथै लेखिदिएको भए अजै मज्जा आउंथ्यो. तर वास्तव मा त नेता र मन्त्रि ले घर र खेत मात्र जोडेको र देश लै रित्ताको मात्र देखियो,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
4
डा. डोलेश्वर जी !!
वास्तब मा राम्रो लेख मई संसार मा पडन पाईयो ! तर नेता लाई कानून मिच्न उक्साउने जनता ले होइन की ? तिनै नेताका “हरीलठक” “अल्पक्षिक्छित” “ऐरे गैरे” “चम्चे” “आसेपासे” “गवार” राजनितिक संरक्षण पाएका “कार्यकर्ता” भनाउदा “डाका” हरु ले चै हो की? बिचारा हामी जनता हरु ले त आफ्नु अमूल्ल्य मत दिएर चुनाब जिताएर अबिरजात्र गरी देश बनाउन, सन्ति सुरक्षा को बेवस्था मिलाउन र देश मा भौतिक पुर्भाधार हरु को योजना बनाई गाउलाई सहर जस्तै बनाउनुहै भनेर पठौने मात्र हो | तेस्पछि हामी हाम्रा नेता भनाउदा हरु लाई देख्न त “आमसभा” पर्खिनु पर्छ | त्यों पनी सदरमुकाम मा गाउमा हो र?
तेसैले हामी ले नेता बिगारेको छैन | नेता लाई बिगार्ने “हुक्के चिलिमे” र “चम्चे” हरु नै हुन मेरो बिचारमा | अब शाथी हरु लाई के लाग्छ कोनि?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
6
मा चाही सहमत छैन| सबै दोष नेतालाई लगाउन मिल्दैन किनकि हामी जनता पनि आफ्नो ठाउँमा ठिक छैनौ| तर जनता माझ उठेकै भए पनि नेत्रीत्तो गर्नेहरुको सोचाई आम जनताको भन्दा फरक हुनु पर्दछ|
त्याग त हाम्रा नेताहरुले गरेकै छन्, दुइमत छैन| तर एक-आध नेता (को हुन् मलाई चै थाहा छैन, तर छन् होला भन्ठान्छु) लाई छोड्ने हो भने लाग्दैन कि उनीहरुले जनताकै लागि त्याग गरेका हुन्| उनीहरु त्याग गर्छन आफ्नो महत्वाकंग्छ्याको लागि| नत्र पदमा पुग्ने बितिक्कै अकुत सम्पति कमाउनु पर्दैन| त्याग त एउटा चोर ब्यापारी पनि गर्छ, रातभरी सुत्दैन| मानिसहरुको सेवा गर्न होइन, ठगेर पैसा कमाऊन| ठग्दा पक्राउ खाने जोखिम पनि हुन्छ|
हाम्रो देश एती नराम्रो संग पिछडिनुको कारण भ्रस्टाचार हो| कुनै पनि जनता ले भोट दिदा गएर भ्रस्टाचार गर भनेर भोट दिने पनि होइन| प्रत्येक नागरिकको इच्छा देश बेवास्थित होस्, सम्पन्न होस् भन्ने नै हुन्छ| आफुले भोट दिएको नेताले राम्रो काम गर्ला अनि आफुलाई पनि राम्रो मार्गमा लगाउला भन्ने इच्छा हुन्छ|
अन्त्येमा महाभारतको एउटा दृष्टान्त राख्न चाहन्छु| एक ब्राम्हण, एक छेत्री, एक बैस्ये र एक छुद्र मिलेर एक जनाको हत्या गर्छन| युधिस्थिर्ले ब्रम्हान्लाई सबै भन्दा बढी सजाय दिन्छन, किनकि उ सबै भन्दा जाने बुजेको हुन्छ र उसको समाजप्रतिको जिम्मेवारी पनि बढी हुन्छ| जातको कुरा उठाउन खोज्या होइन, तर देश पछाडी पर्नुमा जति जनता जिम्मेवार छन्, नेता त्यो भन्दा धेरै छन्|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
3
त्यसो हो भने कांग्रेस,एमाले,माओबादी,तमलोप,फोरम,र.प्रा.प.,स.प्रा.प,
.ने.म.कि.पा,मा भएका बिद्द्वनहरु जो सच्चा इमान्दार देश भक्तहरु छन् पाटीलाई त्यागेर मैदानमा उत्रनु पर्यो,पार्टीको झण्ड र भ्रष्टचारीलाई काँधमा हालेर हिंडेर व्यर्थमा केको क्वर क्वर भ्यागुता झैं कराई हिंड्ने !
मन परे हरियो, नपरे रातो
7
3
okhaldhunge जी
यक दम ठिक हामीले खोजेकै यहि हो/ सबै दुलो हरु बात थुनिएका दवायियेका रास्ट्र बादी नेताहरु आफुलाई मुक्त गरेर यक जुट नभए सम्म देस पनि मुक्त हुन् सक्दैन/ रास्ट्र भाँड्ने नेता के नेता रास्ट्र तोड्ने दल के दल? आज हामीलाई कांग्रेस एमाले मावोबादी मधेश बादी राजा बादी भन्ने पार्टी भन्दा नेपाल बादी भन्ने पार्टीको जरुरि छ र नेताहरु हाम्रो नेपाल भारत चीन भन्दा आकार मा मात्रै सानो हो तर अधिकारमा होयिन भन्ने साहसी नेताहरुको जरुरि छ/ यसैले त् हामि एक आपशमा मिलन को लागि बाझिरहेको हो/ हामि मिलुन रास्ट्र्बादी नेताहरु बाहिर आउने छ/ आखिर उनीहरुलाई पनि साथको जरुरि छ नि/ सबै जनता अहिले भएका यस्ता तेस्ता पार्टीको अन्ध भक्त भई गए ती रास्ट्र बादी नेताहरु यक्लैले के गर्न सक्छ?
मन परे हरियो, नपरे रातो
5
1
सरासर गलत! जनतालाई दोष दिनु मलाई चै ठिक लागेन| जनमत को खै कहाँ कदर भएको छ र? जनता त गरिब छन्,कतै बाट केहि हुन्छा कि भनेर नेता को चाकडी गर्न बाध्य छन्, यदि देशमा बिकाश निर्माणको काम हुन्थ्यो, जनताको हातमा केहि आम्दानीको श्रोत हुन्थ्यो भने मान्छे काम गर्न छोडेर कहाँ नेताको पछी दगुर्छान र? आज सम्म को छ त्यस्तो नेता जसले देश र जनताको लागि सोचेको छ? गिरिजाले जेलको हावा खाएका होलान तर उनैलाई प्रदिप गिरि लै पाखा लगाएर सुजाता लै काखी च्याप्दै फुर्सद छैन.यो त एउटा उदाहरण मात्र हो| जनता ले देश बनाउने भए नेता किन छान्नु पर्थ्यो?
हेर्नुस, घरमा बस्ने सबै को उत्तरदायित्व समान हुन्छा र पनि कसै न कसै ले अभिभावकत्व बहन गरेकै हुन्छा|अभिभावक ले नै बाटो बिराए घर को हालत के हुन्छा, भनि रहनु नपर्ला!!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
22
सान्धर्बिक लेखको लागि लेखक लाइ धन्न्यबाद !!!
कुरो शत परतिशत सहिछ !
नेपाल र नेपालीको लागि एउटा कुरो के हो भने नेताको बारेमा, येदा येदाही धर्मश्य ग्लानिर ………………………, अवियुथानम दुस्किर्तम सिर्जम्मयाहम युगे युगे !!!! हो साथि हरु जसरि महाभारतमा यो श्लोक श्री कृष्ण ले भनेका छन् ठिक तेस्तै गरि नेपाल मा नि उनै जस्तै श्री कृष्ण को अवतार हुनु आवश्येक छ नत्र भने अहिलेका नेता भनौदा सबै कंश का रुप हुन् !!!!!!!!!!!!!!!!!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
10
नपढेकालाई के दोष दिनु महासय,पढे लेखेकाहरु नै चोर छन्,निराक्षारलाइ भोट कसरी हाल्ने भन्ने त थाहा छैन,मतपत्रमा स्वास्तिक चिन्हा छाप लगाउनु पर्नेमा थ्याप्चे लगाउनेलाइ दोष दिन बेकार छ,देश बिगार्ने,कानुन उलंघन गर्ने,भ्रष्टचार गर्ने,नक्कलीलाई सक्कली बनाउने,सक्कलीलाई नक्कली बनाउने,पैसा खाएर विदेशीलाई नागरिक र पासपोर्ट दिने,को हुन् र तिनै दुनिया थरिक डिग्री छ भनि फुर्ति र धम्की दिएर शोर्स फोर्ष लगाएर जागिर खाने लाउके र तिनैका टाउके नेताहरु र तिनै लोमुते नेताहरुको पिच्छा लग्गु दुइ चार अक्षर पढ्न र लेख्न जान्ने कातिकेहरु न हुन्,राम्रो कुराको खेदो गर्ने जाली फटाहालाई प्रोत्शाहन दिनेलाई खै म के भनू र,पढे लेखेका जनताहरु गहकिला भए पो नेता गहकिला हुन्छन,धुपौरे भएर मात्र हिंड्न जानेको छ!देश र नागरिकलाई धोखा दिनेलाई खै म के भनू र !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
9
तपाईं ले जती तर्क र कुतर्क गरे पनि आफ्नो र कार्यकर्ताहरुको स्वार्थ अनुरुप नेताहरु ढले भन्ने तपाईं को लेखनिको सार तत्व रह्यो। जस्ले नियम कानुन मान्दैन र त्यस्लाई आफ्नो स्वार्थ अनुकुल ढाल्दै लैजान्छ भने त्यो कु-नेता हो। जस्लाई देश को बिकास होइन आफ्नो र आफ्नो कार्यकर्ता को बिकास ठुलो छ त्यो नेता होइन भ्रष्टाचारी हो र यो लेख लेखेर तिनिहरुको मतियार बन्नु तिनिहरुको दलाली गरेर आफ्नो दुनो सोझ्याउनु हो। तपाईंलाई धिक्कार छ। कुनै राजनीतिकरण भएर टाट पल्टेको संस्थान को जि एम हुन चाकडी बजाउनु भएजस्तो छ लेखक ज्यु ले।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
40
जनता हरु नै खतम भएपछि नेता हरु खतम हुने हुन् | भोट हाल्दा नेता को ज्ञान सिप, पुरानो अनुभव, विचार, र ब्यग्तिगत बनि हरु लै राम्ररी केलाएर भोट हाल्ने बनि हाम्रो छैन | आफ्नो पार्टी को भेने पछि चोर डाका लै पनि हामी भोट हाल्दचौ | Morning shows the day भने झैँ हरेक मनिष घर परिवारमा खराब छ भने तेस्ले भाहिर पनि राम्रो काम गर्दैन. | आठ बर्सको बालक लै नोकर राख्ने मान्छे जति विद्वान भएर नेता भए पनि तेस्ले मजदुर हरु को समस्या बुज्दैना | दुइ वटा स्वास्नी राख्ने मान्छे ले जति ठुलो पढे पनि त्यो नेता भएर महिला हरुको लागी राम्रो काम गर्दैन. | तर हाम्रो देश मा तेस्तो कुरा लै ध्यान दिदैन | जुन सुकी पार्टी को नेता होस् यदि सबै चुनेयेका नेता हरु राम्रा, घर मा र बाहिर समान बेबहार गर्ने परेमा देश राम्रो हुन्छ. | तर हाम्रो दुर्भाग्य थोरै ज्ञानी भनौदा हरु पनि हिपोक्र्एत छन् | जस्तो हाम्रै कर्ण शाक्य लै लीउन | उनि विदेश मा भाग्ने हरु लै झिंगा भंचन तर उनकै सन्तान विदेश मा पद्चन | सबै लै नेपाल मै उपचार गर्न भंचन आफु चै विदेश जान्छन् | गगन थापा लिए लिउ | अरु नेता ले सम्पति न देखाउदा खराब भंचन आफुले चाही बिर्सेको भंचन. | तसैले अब देखि भोट हाल्दा आफ्नो नाता वा पार्टी नभनेर राम्रो आचरण प्रस्तुत गरिसकेको राम्रो नेता लै हालौ | अनि केहि होला कि |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
4
मुरीमुरी धन्यबाध धेरै राम्रो बिस्लेशंध गर्नु भयको मा दोष जनता ले पनि स्वुएकर्नु पर्छा ……… आनी शिकौनु र शीक्नु जअरुरी छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
5
जनताले राजालाई विष्णुको अवतार वनाउन्जेल सम्म नेताहरु पनि राजाको जय गाउनमै व्यस्त थिए। जनतामा घुस ख्वाएर काम गराउने प्रवृत्ति रहुन्जेल सम्म नेताहरुमा घुस खाने वानी रहीरहन्छ। उपयुक्त वातावरण पाए पछि जुम्रा आफैँ पर्छ भने जस्तै नेताहरुको पतनका पछाडि हाम्रो हात छ। हामी जनताहरुले नेताको पतनमा मलजल नगर्ने हो भने कसरी यतिचाँडै हाम्रा नेताहरु यती तल पुग्थे। किन विहारले लालुको माला लगाउँछ? किन नेपालले प्रचण्ड जन्मायो? किन हामीले गीरीजा कोइरालाई नै पटक पटक प्रधान मन्त्रि वनायौं? किन हाम्रा मन्त्रिहरु कर्मचारीलाई हप्काउँनमा र गोद्नमा विरता ठान्छन्? किन हाम्रो माटोमा सुजाता प्रवृत्ती फष्टाउँछ? किन हाम्रो राजनीतीमा हिंसाले यत्रो ठाउँ पाएको छ? किन गणेशमान सिंहले काठमाण्डौका जनतालाइ यी गुहु जनता भनेका? यी सवै प्रश्नको उत्तर पनि हामी जनता नै हौं। किनकी यो परिणाम सवै हाम्रो मलजल विना संभव थिएन। नेतालाई गाली गर्नु भन्दा पहिला आफुतिर फर्केर हेर्ने पो हो की? नेता र पार्टीहरु प्रतिको हाम्रो घृणाले कतै हामी जंगी शाषनको अंध्यारोलाइ निम्त्याइ रहेका त छैनौ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
4
धन्येबाद डाक्टर साब धेरै राम्रो विस्लेषण !!! हाम्रो पनि त जिम्बेवारी ६ नि देसको बारेमा….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
6
लेख निक्कै सान्दर्भिक छ बास्तबमै नेपालमा इमान्दार नेताहरु नभयको होइन/ उदाहरण को लागि कांग्रेस मा गणेशमान, एमालेमा मनमोहन र माओबादी मा बाबुराम भट्टराई जस्ता इमान्दार र जनता प्रति बफादार नेताहरु पनि हामीले नपाएको होइन तर दुर्भाग्य हामीले यस्ता नेता लामो समय भोग्न पाएका छैनौ/ कारण एक त माथि को लेखमा भने जस्तै ति नेताहरु हाम्रै कारणले बिस्तारै पाखा लाग्छन, दोश्रो त्यो भन्दा पनि मुख्य कारण आफनै पार्टी का समकछी नेताहरुले उस्लाई पाखा लगाउन खतरनाक रोल खेलिरहेको हुन्छ/जस्तै गणेशमान बिरुद्द गिरिजा मनमोहन को बिरुद्द बामदेव ,साहना जस्ता थुप्रै नेताहरु,र बाबुराम भट्टराई बिरुद्द प्रचण्ड/ हामीले स्पस्ट रुपमा देखेका छौ/ यस्तै प्रचण्ड,बामदेव,गिरिजा जस्ता मानब रुपी दानब हरुले गर्दा नेपाली को भाग्य रेखा सधै धमिलो छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
94
16
जो नेताहरु इमान्दार भए, उनीहरुको अर्को चुनावमा जित्ने सम्भावना पनि कम भयो किनकी तीनीहरु जनताका नजरमा पानीमरुवा भइ सकेका थिए। अपवादका केही जिल्लावाहेक इमान्दार वनेर चुनाव जित्न धेरै गाह्रो थियो। इमान्दार मान्छेहरु क्रमशः पार्टीवाट पनि पलायन भएर गए। यस्को मतलव राजनैतिक पार्टिहरु वेइमानहरुले मात्र भरिएका छन् भन्ने कदापी होइन्। वचेखूचेको इमान्दारीतालाइ पनि हामी जनताले नै विस्तारै सकाउँदै छौं। त्यसैले हामी राजनीतीलाई फोहोरी खेल भन्छौं किनकी त्यहाँ इमान्दार मान्छेहरु टिक्न सक्दैनन्।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
10
लौन डाक्टर साहेब हामी जनतालाई गतिलो नेता जन्माउन सिकाईदिनुस त | आफ्नो जीवनको समयको केहि भाग यो पुन्य काममा उपयोग गर्ने आँट छ ? धेरै जसो बिचरा नेपाली जनताहरु नेतालाई बिगार्ने सामर्थ्य राख्दैनन् | त्यो सामर्थ्य राख्नेहरु जनताको रुपमा होइन साना नेताकै रुपमा छन् | अरुलाई दुख नदिने आफ्नो सोझो गरि खाने , नियम मिच्न नखोज्ने मान्छेनै धेरै छन् हेर्नुस त , कृपया तिनीहरुलाई नेता बिगारेको दोष नदिनुस् |
अनन्त
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
17
गिरिजा र खड्ग ओली नमरी यो देशमा केही हुँदैन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
100
93
सुदन रेग्मी जी
व्यक्ति मरेर केहि हुँदैन खराब प्रबिती को अंत हुनु पर्यो/ अयोग्य भ्रस्ट फताह र देस प्रति नै इमान्दार नभएका हरु आज नेता बनेकोमा जनता दोषी छन् भनेर लेखक ले हामि सबै लाई झक्झकाएको छ/ भोट माग्ने भिखारी हरुले भोट दिने जनतालाई पांच बर्ष कमारा बनाए पनि, रास्त्र्नै लुते लुटाए पनि तेस्तै लाई चुनाव ताका नमस्ते गरे भन्दैमा भोट दिए पछी भोट दिने जनता नै दोषी हुन् भन्ने भैगए/ अब त् चेत्नु पर्यो, खोक्रो नारा र चुनाव ताका नमस्ते नमस्ते गरे भन्दै मा गलत व्यक्तिलाई भोट दिनु भएँन/
लेखकले लेख्नु भयो कि रास्ट्र्बादी र इम्मान्दार नेताहरु पनि पार्टीहरुमा छन् भनेर/ हो रास्ट्र्बादी नेताहरु दलहरुमा थिए र छन् पनि/ तर अहिले कहाँ छन् त्यो पो थाह भएँन/ टनकपुर लुतायेर आउँदा कांग्रेस का सांसद नेता तथा कार्येकर्ता हरु लेनी सबै भन्दा बढी आलोचना गरेका थिए/ अब तिनीहरु कता छन् कसैलाई थाह छैन/ उनीहरुको एक सब्द र बिचार आज कतै सुन्न मा औन्दैन/ तेस्तै महाकाली नदि भारतलाई दिनु पर्छ भन्ने लिकुनेको र वोलीको बिरुद्ध पार्टीनै टुक्रा भए/ तर महाकाली अब पुरै भारतले मिच्दा एमालेका ति महाकाली सन्धि बिरोधि हरुको बोलि फुत्त्दैन/
संबिधान सभाको टोलि र सरकारी टोलि लगाएत बुद्धि नारायन श्रेष्ठ जस्ता सिमा बिसेसग्याले भारतले यता सिमा मिचे उता सिमा मिचे भनेर आधिकारिक र प्रमाणित प्रतिबेदन दिंदा पनि लिकुने माकुने ले भने सिमा कहिँ कतै मिचे छैन भने/ तेस्तै कुरा सुजाताले गरे राम शरण महतले गरे/ उनीहरुको बिरुद्ध मा जनता बोले तर पार्टी भित्र कसैले बोलेनन्/ खेत रास्ट्र्बादी नेताहरु पार्टीमा कोहि छन् भने किन अगाडी आउन्दैन् तिनीहरु?
अरु देसमा नेताहरुले समाधान गर्न नसक्ने कुनै समस्या आए जनताको मत लिन्छन तर हाम्रा यी नेताहरु कुदेर दिल्ली पुग्छन/ देस्नै भारतको यौटा प्रान्त जस्तै बनाए/
संबिधान सभामा जनताले चुनेका भन्दा पार्टी बात मनोनित हरु बढी छन् र उनीहरु रास्ट्रको कोष बात सांसद भत्ता खान्छन/ अब खान्छन बनु बा रास्ट्रको ढुकुटी लुटी रहेको छ भनु/ यी मनोनित हरु त् दलको प्रतिनिधि हुन् त् दलहरुलेनै यिनीहरुको भत्ता को बन्दोबस्त गर्नु पर्ने थियो/ उहिले यिनै पार्टीहरुले राजा बात मनोनित सांसद हरुलाई तिनीहरु त् मनोनित हुन् जनताको प्रतिनिधि होयिनन भनि/ आज यी दल बात मनोनित हरु कसको प्रतिनिधित्वो गर्छन त्? यिनीहरुले चुनेको सांसद को मत बिरुद्ध भोट दिने अधिकार ले कसरि बैधता पाए? के येही कुरानै आज प्रजातन्त्रको उपहास भयेन र?
आज २०४८सल्को संबिधान भन्दा उत्कृस्ट समिबिधान बनाउने भनेर गफ हाक्ने नेताहरु ले जनतालाई बोल्न दिई राखेको छैन, जनताको मत लाई यिनीहरुको कोठे सहमतिले मिच्नु मिचिराखेको छ र सबै भन्दा विडम्बनाको कुरा त् यिनीहरु घरि घरि दिल्ली गएर निर्देशन बोक्दै नेपालीको टाउकोमा लाद्छान/ अब येस्तई को हात बात उत्कृस्ट संबिधान बन्ने आस गर्दैछौं/ यो कुरा त् लुट्ने ले खाना ख्वाउला भने जस्तै न होला भन्न सकिने अबस्था छैन/
जनता देस मा जातिय एकता खोज्दै छ, सम्पूर्ण तराई लाई मधेसी मात्र बस्न पाउने राज्य बनाउने सम्झौता गरे/ संबिधान सभाले निर्णय गर्नु भन्दा नै कांग्रेस एमाले मावोबादिले आफु खुसि जातिय राज्य हरु घोसना गरे/ यसरि जनताको भोट लिएर स्थापना गरेको संबिधान सभाको खिल्ली उदाउने दलहरु आज प्रजातन्त्रको व्याख्या गर्दै छन्, तैपनि जनता बोल्दैनन्/ अनि लेखकले हामि जनतालाई लाई दोसी भनेकोमा प्रतिबाद कसरि गर्ने?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
29
गिरिजा र खड्ग ओली को ठाउमा सुदन रेग्मी आय पनि केहि फरक हुने वाला छैन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
26
भने पछी तपाई गिरिजा र ओली संग बब्बाल डराउनु हुँदो रैछ र पो एस्तो डरछेरुवा कुरा गर्नु भाको |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
12
त्येसो त ओली भन्दा बामदेव धेरै भ्रस्ट हो भन्ने कुरा स्थापित सत्य हो साथी.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
9
कुरो सहि हो /
नेताहरु त गाली योग्य छदैछन् तर जनता पनि कम छैनन् / कुरो के मात्र फरक छ भने नेताहरु प्राय सबै नै गाली गर्न योग्य छन् भने जनता केहि मात्र / नेताहरु सबै नै जानी बुझीकन नै कुकर्म गर्छन भने जनताहरु कोहि कोहि जानी बुझीकन तर धेरै जसोले अन्जानमा कुकर्म गर्छन / तर सामाजिक अनुशासनको हकमा चाहि नेता र नागरिक कोहि भन्दा कोहि पनि कम छैन / अनि जब अनुशासनको पालन हुदैन देश त भड्खालोमा जाने नै भयो नि / त्येसैले अनुशासनको चेतना नेपाली माझमा बच्चै देखि जगाउनु जरुरि छ / हुनत अनुशासनको मामला हामीकहा ठुलो मुद्दा नै होइन भन्ने सोच छ त्येसैले पनि यस्ता दुरदीनहरु देख्नु परेको होला/
जय नेपाल
हिमाली
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
7
हुबहु सहि छ.कतै रेख लगाउने ठाउँ छैन | सुझबुझ सहितको लेखको लागि लेखकलाई धेरै धेरै धन्यवाद | फेरी यसरि नै कलम चल्दै जाओस | मेरो शुभ-कामना !!!
- शिव
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
153
18
अतिनै संधर्भिक लेख छ, म त अझै एक कदम अगाडी बढेर भन्छु देश बिगार्नेमा र यति धेरै पछौटे पनको जिम्मेबारी नेताले भन्दा जनताले हामीले लिनु पर्छ, लेखकले भने झैँ नेता अन्यत्र कहिँ बाट नभई हामीभित्रै बाट आएको हो, प्रचन्डले कसैलाई गालि नगरी सैधान्तिक धरातलमा मात्रै उभिएर भाषण गरे भने उनले तालि पाउदैनन, बादलले एउटा भाषानमा भने हाम्रा जनसेनाले भारतीय सेनालाई धोस्त पारिदिन सक्छ भनेर हामि परर्र तालि दिन्चोउ, हामीमा अलिकता पनि बास्तबिकता केलाउने खुबी छैन, येस्तई धेरै उदहारण छन् नेपालमा, गिरिजाले कसैलाई नथेछारे सम्म खाएको पच्दैन, एमाले मा त कुरै नगरोउ, हामि सबै जिम्मेबार होउ कानुनि शासन हुन नदिने, आज हामि नेतालाई आफ्नो सानो कामको लागि कानुन मिचेर काम गराउन दबाब दिन्चोउ, भोलि उही नेता आफ्नै कामको लागि सम्बिधानै मिचेर जान्छ, यहा कहा बाट नेता दोषी भयो त, के हामीनै त्यसको जिम्मे बार भएनोउ र? कानुन त मान्ने कुरा हो, किताबमा लेखेर मात्रै केहि हुदैन, जब फुत्फाथ्मा फोहोर फेकना हुदैन भन्ने ग्यान हुदा हुदै पनि हामि त्यहिँ गर्चोउ, त्यो गलत हो, कुनै काम कानुन सम्बत छैन भन्दा भन्दै हामि क्षेर्निक फाइदा र सिमित स्वार्थको लागि त्यो काम गर्चोउ या गर्न प्ररित गर्चोउ, कहा बाट हुन्छ त सुब्यस्था र कानुनि शासन? देशको यो हालतको जिम्मेबार सिर्फ हामि होउ अरु कोहि होइन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
71
10
गगन थापा को नाम आएन त हो ????
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
24
एउटा नेपाल मा नेतृत्व दिने बुद्धि भएको चोखो , सरल , इमान्दार नेता बचेको छ भने तेस्को नाम हो – बाबुराम भट्टराई
मदन भण्डारी लाई त खत्तम बनाए र एउटा नेपाल मा बचेको नेता बाकी छ बाबुराम भट्टराई..
उसलाई नेतृत्व गर्न दिने भने नेपाल ले केहि प्रगति गर्न सक्थियो कि …
अरु, गिरिजा, सुर्य ब. थापा, ज्ञाने, खुमे, शुसिल, देउबा, प्रचंड, माकुने, पौडेल, जोशी, उपेन्द्र यादव, सुजाता, हरु राजनीतिक चतुर , अवसर बादी , अनि नपढेका पन्डित हरु हुन् / यिनीहरु बाट के हि हुने वाला छैन…
मदन भण्डारी पछि बाबुराम भट्टराई छ… हेरौ एस्लाई यी पन्डित हरु ले माथि औना लाई दिदैनन होला….
अमेरिका मा ओबामा काले हो तर गोरे हरु ले पनि भोट हाले अनि जित्यो…
तेस्तै नेपाल को तगडा नेता भनेको बाबुराम हो र यसलाई सबै नेपाली को नेता बनाएर प्रधान मन्त्रि ५ वर्ष को लागि चलाउन दिनु पर्दछ… र एसले अन्तरास्ट्रिय र रास्ट्रिया मामिला मा राम्रो काम गर्न सक्दछ…र देश को बिकाश गर्न सक्दछ / नत्र भने, देउबा, रामचन्द्र, ओली, प्रचंडे पन्डित हरु औचन जान्चन…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
395
80
यो युग्मा बुद्ध जन्मेको भए उसलाई “ऐद्स्” लाग्थ्योहोला तेसैल मदन भन्दारी अथवा बाबुरम भट्टराई जो भए पनि हुने वला केहि छैन प्रभुजि!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
37
140
राधा जी, झुक्किएर यो युग मा जन्मेकी तपाईलाई AIDS लाग्यो भन्दैमा बुद्ध लाई लाग्थ्यो भन्नु त भएन नि |
AIDS=Acute Intellectual Degradation Syndrome
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
117
19
हैन राधालाई एड्स लागेको भए कृष्ण ले पनि रगत परिक्षण गर्नु पर्दैन भन्या ??
ल है कृष्ण जी होसियार !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
70
8
द्रोण जी,
निष्ठुरी राधा बिदेसिएपछि मैले त १६८०१ मध्ये बाट एउटीसंग लगन गाँठो कसिसकें | अझै AIDS को कुरा पनि सुनिसकेपछि त लौ कुरा सकियो |
मन परे हरियो, नपरे रातो
9
4
अझ कृष्णजी यो युग्मा जन्मनु भएको भए त वहाँलाई १६,००० हैन १६ गोपिनी पछी नै ऐद्स लाग्थ्यो होला ।
मन परे हरियो, नपरे रातो
2
0
कृष्णजी कुरोको भाब नभुजी के भुक्नु भएको। दिमाग कम्जोर छ भने अरुको बिचारमा कमेन्ट नगरनुहोल।
मन परे हरियो, नपरे रातो
2
1
हेल्लो राधा जी!!!! ल ठिक छ हरे तपैले भनेको कुरा , अब भनुस न आफै को छ त अर्को सच्चा देश को लागि मरिमेट्ने नेता……. बाबुराम भट्टराई बाहेक????
महेश सुबेदी
डेनमार्क बाट
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
19
बाबुरामलाई माओबादीको दाग लागेको छ, तेसैले कि नारायणमान बिजुक्छे कि चित्रबहादुर के सी प्रधान मन्त्रि हुन लायक छ जतो लाग्छ, मानिस को सबैभन्दा ठुलो योग्यता भनेको उसको इमान्दारिता हो जुन इ दुइ नेताहरु मा छ जुन १३००० मान्छे मार्ने बाबुराम संग पनि छैन, जो मान्छे इमान्दार हुदैन उसको अरु १००० गुण भएपनि काम लाग्दैन………………
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
63
74
बिजुक्छे ??? हा हा हा
मन परे हरियो, नपरे रातो
10
5
योगी जी बिजुक्छे को नाता गोता हो कि कुन्नि सावनमा आखा फुटेको गोरुले सधै हरियो घास देख्छ रे दिलिप पनि उस्तै हो बाबुराम को पुच्छर …राम्रो कुरा बोल्दैमा राम्रो नेता हुन्छ र देश र जनताको लागि अवसर मिलेको समयमा मारी मेट्नु पर्छ ९ महिने कालमा देखियो नि दिलिप र महेश जी चाही बाबुराम को आफन्त वा अन्ध भक्त भन्न रुचाउछु म ……..जय नेपाल
मन परे हरियो, नपरे रातो
3
0
योगी जी नारायण मान र बाबु राम को था भएन तर चित्र बहादुर कति को मान्छे को इमान्दार हो भन्ने कुरा करहिया -8 रुपन्देही का मानिस लै सोध्दा हुन्छ / अनि कुरा इमान्दारी को नेपाल मा इमान्दार मान्छे हरु को केहि कमि छैन भर्खर त हामी नेपाली हरु आधुनिकता मा परवेश गर्दै छौ समय लाग्छ आहिले लोवी पापी को संख्या बढी हो नेपाली राजनीति मा तर समय सांग राम्रा मान्छे हरु पनि आउने छन् र अर्र्को कुरा जनता जस्ता हुन्छन नेता हरु पनि तेस्तै हुन्छन नेता मात्र होइन कर्मचारी र सम्पुर्ण देश नै तेस्तै हुन्छ /
यदी कुनै मान्छे पैसा वाला छ अथवा भयो भने कसरि भयो र राम्रो संग भा को रहेछ भने मात्र मान दिने नत्र तिरस्कार दिने भने सबै राम्रो हुन्छ / तेसै ले जब सम्म मानिस ले पैसा भन्दा त्यो मान्छे को राम्रो कम लै हेरे र मुल्यांकन गर्दैन तब सम्म चोर नेता र कर्मचारी हरु जन्मी रहन्छन र तब साम्मा देश बन्दैन.
मन परे हरियो, नपरे रातो
0
2
बिजुक्छे त अलि नहोला कि??…..
मन परे हरियो, नपरे रातो
1
0
राधाजी
यस्तो त् भन्नु नहुने/ राम्रो ब्यक्तित्वो अहिले नभए पनि उहिले त् थियो/ तिनीहरु बात प्रेरणा लिन सल्लाह दिनु पर्ने/ यसरि गौतम बुद्ध जसलाई संसारले महामानव मानेको छ तिनलाई र मदन भण्डारी जस्तो रास्ट्रबादी ब्यक्ति अहिले जन्मेको भए तेस्तो रोगि हुने थियो भनेर नकारात्मक सोच राख्नु नहुने थियो/ अनि तपाईं त् यहि युगमा जन्मेको हो नि के तपाईं एड्स को रोग लागेको छ? छैन भने राम्रो सोच राख्नुस लाग्दैन पनि/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
12
“ऐद्स” लागेको भन्नुको माने के हो भने : गाउँमा २ इन्च जग्गा नभएका नेताहरु लाई काठमाडौंमा २ रोपोनी हैन २०० रोपनी जग्गा चाहिन्छ, एस्तो नराम्रा्ओ त्रेन्द बसी सक्यो, यो ऐद्स सरह नै हो। अनी रहयो हाम्रो कृष्णजीको कुरा, वहाँको दिमाग अलिकती बक्लो छ जस्तो छ। नत्र असली कृष्णजी त अती नै चतुर थिए।
मन परे हरियो, नपरे रातो
1
0
एड्स सबैलाई लाग्दैन भन्ने कुरा तपाईलाई था छैन ? एड्स त असुरक्षित यौन सम्पर्ग बाट हुने रोग हो तर नेपाल मा एड्स भन्दा नराम्रो राजनीति रोग नेताहरुमा छ !
राजनीति एड्स नलागेका नेता नेपालमा थोरै छन् !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
6
तेसो भय ति थोरै लै सहयोग गरु न त , हाम्रो तर्फा बाट पनि जिम्मेवार जनता बनौ न..
मन परे हरियो, नपरे रातो
2
0
हो दुर्गा जी को कुरामा म पनि सहमत छु
मन परे हरियो, नपरे रातो
0
0
यहाँ सही सकाारात्मक कुरा भइ रहेको बेलामा तपाइ त्यही नकारात्मक कुरा फेरी किन दोहोर्याउनु हुन्छ? फूलको अाखामा फूलै संसार, काडाको अाखामा काडै संसार…….
मन परे हरियो, नपरे रातो
11
1
राधा जी लाई एड्स लागे जस्तो छ.. लौ राधा जी पुब्लिक मा बुद्ध लाई दोष दिनु त भयन नि
मन परे हरियो, नपरे रातो
3
4
माओबादी लाइ हेरुम भनियो अब त्यो पनि भएन बाँकि भएको बाबुराम रे अब तेस्को पनि आस गर्दै बस्ने … यो त भएन मैले पनि केहि गर्छु भन्ने सोच मा आउनु पर्यो कति अर्का को मुख ताक्दै बस्नु हुन्छ | तपाई लै कति % लाग्छ कि मात्र अब बाबु राम ले गर्न सक्छ भनेर उत्तर छ तपाई संग ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
42
Dr. Bhattarai even cannot lead his own party then how can he lead the government. In his recent interview he has said that he does not have leadership quality engraved in him so he prefers Prachanda to lead the party and he prefers to stay in the sideline. Now, to be a good leader, not only he should have a good vision but he should have a commanding quality too. He has been following Prachanda path though he sincerely does not believe in it. That is definitely not the quality of the leader !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
41
29
जान्ने बम्किन्छ, नजान्ने चम्किन्छ भन्ने उखान सुन्नु भएको छैन ?
बाबुराम भट्टराइ त्यस्ता खालका मान्छे हुन्। जो आफु बम्केर बस्छन ।।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
32
21
डोलेश्वर जी को यो लेख अति मन पर्यो मलाई पनि
दिलिप जी मदन भण्डारी साच्चिकै राम्रा नेता थिए कि थिएनन् त्यो त मदन को नजिक हुनेहरुलाई मात्र थाहा होला मरेपछी फलाना राम्रो थियो भनेर सबैले भन्छन बिरेन्द्र लाई पनि यो राजा राम्रो थियो कठै बिचरा भन्ने हरु सम्पूर्ण नेपाली थिए मर्नु भन्दा पहिला किन सम्मान गर्न जानेनन् किन ? नारायण गोपाललाइ स्वर सम्राटको उपाधि मरेपछि बनाइयो अरुण थापा ऋतुहरुमा भन्ने गित बाट मरेपछि नै सम्मानित भए मदन भण्डारी मरेपछि सहिद भए राम्रो नेता भनेर भन्न थाले
म को हो र म कस्तो हो भन्ने कुरा थाहा नपाई मर्ने त्यसपछि मरेपछि सम्मानित गर्ने जसले आफै सम्मानित भएको कुरा पनि थाहा नपाउने यस्तो सम्मानित पनि के सम्मानित….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
60
7
दिलीपजी
बाबुरामले आ