मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    परमानन्दलाई हिन्दीमा शपथ खुवाउन संविधान संशोधन

    पद निस्क्रिय भई चुप बसेका परमानन्द झालाई हिन्दीमा शपथ खुवाउन बाटो खोल्न अहिले राति बसेको स‍ंसदको बैठकले अन्तरिम सं‍विधानको सातौँ संशोधन दुई तिहाई बहुमतले पारित गरेको छ। अरु विषयमा मरेकाटे पनि सहमति गर्न नसकेका देशका ठूला तीन दल परमानन्दलाई कुर्सीमा बसाउन भने अचम्मैसित एकै ठाउँमा उभिए। सबभन्दा पहिला उपराष्ट्रपतिको पद क्रियाशील गराउनु पर्छ भन्ने माओवादीको संकल्प प्रस्ताव स‍ंसदले पारित गर्‍यो। यो प्रस्ताव माओवादीले राखेको थियो भने समर्थक एमाले र काँग्रेस थियो।

    त्यसपछि सं‍विधानको सातौँ संशोधन विधेयकलाई संसदमा पेश गरियो। यसमा राष्ट्रपति र उपराष्ट्रपतिले समेत मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरिएको छ।

    यसअघि हिन्दीमा शपथ लिएका परमानन्द झालाई संविधान अनुसार नेपालीमा शपथ लिन सर्वोच्च अदालतले दिएको आदेश उनले अटेर गरेपछि उनको पद अदालतको आदेश अनुसार निस्क्रिय रहँदै आएको थियो। झाले आफूलाई नेपाली भाषा आउँदैन भनी नेपाली भाषा मै अन्तर्वार्ता दिएको दृश्य रोचक देखिन्थ्यो।

    राष्ट्रपति भारत भ्रमणमा जान लागेकाले कार्यवाहक जिम्मेवारी दिन परमानन्दलाई कुर्सीमा बसाउन हतार गरेको भन्ने पनि सुनिएको छ।

    पश्चातदर्शी अर्थात् विगतको गल्ती सच्याउन अहिले कानुन परिवर्तन गर्न पाइन्छ कि पाइन्न भन्ने विवाद उठाउने गरी संविधान सं‍शोधन गरिएको छ। यस अन्तर्गत परमानन्द झाले फेरि शपथ लिएपछि उनको उपराष्ट्रपतिको पद क्रियाशील हुनेछ। उनको निवासमा फेरि राष्ट्रिय झण्डा फहरिनेछ र उनले यसअघि पाउँदै आएका सबै सुविधा पाउने छन्।

    परमानन्दलाई कुर्सीमा बसाउन जस्तै तीन दलले अरु कुरामा पनि सहमति गरे त देशको कायापलट हुन्थ्यो नि। अरु कुरामा चैँ सहमति हुने कहिले हो कुन्नि।

    No related posts.

    128 comments to परमानन्दलाई हिन्दीमा शपथ खुवाउन संविधान संशोधन

    • sunny

      त्यो उपरास्त्रपतिले धोति लगाएर चप्पल्सित भारतको बिहार भन्ने ठाउमा गएर
      मु ……………. त्यहाँ गएर सपथ खा. नत्र मा…. तेरो नेपालमा तेरो बाउ भन्ने मनमोहन सिंह छैन.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sheela

      माओबादीले यो कू-काममा कांग्रेस र एमालेलाई साथ दिएर गल्ति गरेकै हो… तर यो ब्लगका चरेसानन्द-भक्त (कांग्रेस+एमालेहरु) किन आफ्ना मातृ-पार्टीहरुको भारत भक्तिलाइ बिरोध नगरेर माओबादीको बिरोध गर्छन, यो चै बुझी नकाक्नु छ बा !!
      चरेसानन्द त कांग्रेस+एमाले+फोरमको (संयुक्त उपरास्त्रपति) को उमेदबार थिए होइन र ??

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

      • बिराज

        यदि माओबादीले पनि यस्तो कुकर्म गर्छ भने माओबादी, कांग्रेस र एमाले मा के नै फरक रह्यो त ? त्यसैले माओबादीका टट्टूहरुले पनि धेरै नखोक्दा हुन्छ, सबै अवसरबादी हुन्, मौका नपाउदा सम्म मात्रै हो सबैले राष्ट्रियताको बिषयमा खोक्ने, मौका पाउना साथ सबैले जात जनाई हाल्छन

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • Jagendra Bikram Chhantyal

      धेरै भाषाहरु (नेपालको हकमा भाषिकाहरु समेत) बोलिने मुलुकमा एउटा अनिवार्य राष्ट्रभाषाको आवश्यकता हुन्छ र जसले जति प्यार प्यार बोले पनि अबको १०० बर्ष सम्म नेपालीलाई उछिन्न सक्ने अब्बल भाषा हामी कहां छैन। म स्व. महाराजधिराज महेन्द्रलाई एकपटक सम्झिन्छु।अरुले जति प्रतिक्रिवादी राजा भने पनि राष्ट्रवादको हकमा सापेक्ष मूल्यांकन गर्दा उनी जत्ति अरु राष्ट्रवादी थिएनन्।उनले नै नेपालमा नेपाली पैसा,नेपाली भाषा र पोशाकलाई प्रचलनमा ल्याएका हुन। राज्यको स्तरमा रहेको भूभागलाई देशको हैसियतमा पुराएका हुन्।नेपाली नै राष्ट्रभाषा बन्नु पर्दछ।भाषिक अधिकारको नाममा म मेरो मात्रिभाषा भएकै नाताले”छन्त्याल भाषा”लाई राष्ट्रभाषा बनाउने अभियानको झूटो भाषा भक्त हुन सक्दैन। त्यसको संरक्षण र जगेर्ना गर्ने कुरा आफ्नै स्थानमा छ।”हामी आलु राष्ट्र हौ” भनेर ग्वांगझाऊ विश्व विध्यालयमा मैले त्यसै बोलेको होइन। नेपाल एउटा विदेशीहरुले कमजोर ठानेको बोरा फलामले बनेको आलुको बोरा हो।यो भित्र रहेका बिभिन्न जात जाति र भाषा भाषीहरु ती भिन्न भिन्न आलुहरु हुन्।कोही ठूला ,कोही मझौला र कोही साना।नेपालका बाहुन,क्षेत्रीहरुलाई यूरोपेली देशहरुमा गएको बेला उनीहरु पनि दुरुस्तै गोराहरु देखिन्छन्।नेपालका मगर,छन्त्याल,गुरुंग,तामांग र किरांत दाजु भाइहरुलाई भियतनाम,चीन,जापान र कोरियामा घुम्न गएको बेला कुन देशका हुन भनेर चिन्न हम्मे हम्मे पर्छ सबैलाई।मेरा एक जना शेर्चन भाइ हुनुहुन्छ पुरै कोरियन देखिने।त्यसकारण यो पोटाटो नेशनलाई जोगाई राख्न एउटा राष्ट्रभाषा चाहिन्छ-त्यो अहिलेको हकमा नेपाली नै हो।एक दशक पछि भने सरकारी कामकाजमा अंग्रेजीलाई चलाउंदा फरक पर्दैन।त्यो फलामे बोराको मुख बांध्ने र सबै आलुहरुलाई एकस्थानमा राख्ने सुर्केनो धागो नेपाली भाषा हो।
      प्राध्यापक जगेन्द्र बिक्रम छन्त्याल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

    • जगेन्द्र बिक्रम छन्त्याल,नेपाल

      धेरै भाषाहरु (नेपालको हकमा भाषिकाहरु समेत) बोलिने मुलुकमा एउटा अनिवार्य राष्ट्रभाषाको आवश्यकता हुन्छ र जसले जति प्यार प्यार बोले पनि अबको १०० बर्ष सम्म नेपालीलाई उछिन्न सक्ने अब्बल भाषा हामी कहां छैन। म स्व. महाराजधिराज महेन्द्रलाई एकपटक सम्झिन्छु।अरुले जति प्रतिक्रिवादी राजा भने पनि राष्ट्रवादको हकमा सापेक्ष मूल्यांकन गर्दा उनी जत्ति अरु राष्ट्रवादी थिएनन्।उनले नै नेपालमा नेपाली पैसा,नेपाली भाषा र पोशाकलाई प्रचलनमा ल्याएका हुन। राज्यको स्तरमा रहेको भूभागलाई देशको हैसियतमा पुराएका हुन्।नेपाली नै राष्ट्रभाषा बन्नु पर्दछ।भाषिक अधिकारको नाममा म मेरो मात्रिभाषा भएकै नाताले”छन्त्याल भाषा”लाई राष्ट्रभाषा बनाउने अभियानको झूटो भाषा भक्त हुन सक्दैन। त्यसको संरक्षण र जगेर्ना गर्ने कुरा आफ्नै स्थानमा छ।”हामी आलु राष्ट्र हौ” भनेर ग्वांगझाऊ विश्व विध्यालयमा मैले त्यसै बोलेको होइन। नेपाल एउटा विदेशीहरुले कमजोर ठानेको फलामले बनेको आलुको बोरा हो।यो भित्र रहेका बिभिन्न जात जाति र भाषा भाषीहरु ती भिन्न भिन्न आलुहरु हुन्।कोही ठूला ,कोही मझौला र कोही साना।नेपालका बाहुन,क्षेत्रीहरुलाई यूरोपेली देशहरुमा गएको बेला उनीहरु पनि दुरुस्तै गोराहरु देखिन्छन्।नेपालका मगर,छन्त्याल,गुरुंग,तामांग र किरांत दाजु भाइहरुलाई भियतनाम,चीन,जापान र कोरियामा घुम्न गएको बेला कुन देशका हुन भनेर चिन्न हम्मे हम्मे पर्छ सबैलाई।मेरा एक जना शेर्चन भाइ हुनुहुन्छ पुरै कोरियन देखिने।त्यसकारण यो पोटाटो नेशनलाई जोगाई राख्न एउटा राष्ट्रभाषा चाहिन्छ-त्यो अहिलेको हकमा नेपाली नै हो।एक दशक पछि भने सरकारी कामकाजमा अंग्रेजीलाई चलाउंदा फरक पर्दैन।त्यो फलामे बोराको मुख बांध्ने र सबै आलुहरुलाई एकस्थानमा राख्ने सुर्केनो धागो नेपाली भाषा हो।

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • pat

      कमेन्ट मा पनि धाधली हाहाहाहा मलाई इन्डियन झन्डा देउ नेपाली चाहिन्न

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rajesh lamsal

      गाली मात्र गरेर हुन्न साथी हो, इंगलैंड मा ८० हजार नेपाली ब्रिटिश नागरिक भएका छन् / भारत मा २००००० नेपाली ले इन्डियन नागरिक भएका छन् / तेसै गरि बेल्जिम , स्पेन ,अमेरिका ,जर्मनी ,र अन्य देस मा गरेर ३० औ लाख नेपाली बिदेसी भएका छन् /यो कुरा बुजेर कमेन्ट गर्नु होला / नत म माओबादी ,मदेस बादी ,सबेई मदेसमा बस्ने मानिस भारती होइनन ,केहि होलान तेस्लाई चिन्न जरुरि छ / तपाई को हिक्मत छ ? ई सबेई मदेसी भारती हुन् भनेर मदेस मा गएर भन्न ? तेतिकेइ गाली र बिरोध रगेर मात्र हुन्न / सिमा विवाद अर्को कुरा हो / त्यो कुरालाई लिएर पार्टी र दल लै बिरोद गर्नु मुर्ख हो / नेता गलत हुन् भने तेस्त नेतालाई जिताउने तपाई २ गुना मुर्ख हुनुहुन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • ROSHAN ARYAL (AUSTRALIA)

      नमस्कार
      नेपाल को सैबधानिक अंग निर्बाचन आयोग नै नालायक चोर हो नत्र यस्ता चरेस काण्ड का डाका त्यो पनि अदालत को कसरि निर्बाचन मा उठन पाय? राष्ट्रिय सरकार ले वान्टेड लिस्ट मा राखेका अरु पनि यस्ता छन् जसले निर्बाचन मा उठ्न पाये के हो ?
      निर्बाचन आयोग ले राम्रो सहि काम गरे को भये आज माफिया नेता हुने थियनन
      यो सब निर्बाचन आयोग को अपराध हो
      यो सैबधानिक अंग नभई भट्टी पसल हो
      साधारण बिधार्थी घन्टौ लाईन मा बसेर पुलिस रिपोर्ट बनाउनुपर्ने चोर माफिया ले चुनाब लड्न पाउने ???
      नेपाल आमा का अपराधी हरु
      धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • पहिलात सबैले लेखेको कमैन्स पड्दा खुसि लागो !यस्तो कमैनस हाम्रो देशको नेता जिउहरु ले पड्नु हुन्छ कि हुदैन होला की हिजो एती कमैयो आज कति हुन्छ भनेर हिसाब गर्दैमा अफिसको समय गैहाल्छ रातपरेपछी लुटेर लेयाको हुसकिले ढालीहाल्छ यस्तैमा बितेको होला नेपाली नेताको दिनचरिया!नत्र भने यहाँ धेरै हाम्रो देश को धेरै सिक्षित् मानिहरु ले यहाँ लेखेको छ यो कम्प्युटर को खाली स्पेस भोरनको लागि मात्र हो !हाम्रो देशमा के मधेसे मात्र पछाडी छ अनि उसको भाषामा हिधी भाषा उनीहरुको भाषा पनि होहैन र त्यो भाषा अर्को राष्ट्र को राष्ट्रिय भाषा हो के हामी त्यो राष्ट्र को एउटा प्रान्त हो ! यदि हो भने नमस्कार छोडेर जय हीन भनोस उप राष्ट्र पतिले अनि थाहा हुन्छसबै नेपाललिलाई पनि भारतको नेपाल भने प्रान्त भयछ भनेर !उप राष्ट्र पतिको पाटीको झन्डा हेर्नु होश भारत को जस्तो छ उसको पाटीको डिमाण्ड हेर्नुश उ अलगै हुन् चाहन्छ आखिर उ किन अलगै हुन् चाहन्छ अरु रास्ट्रको राष्ट्रिय भाषा किन उ आफनो भाषा बनाउन चाहन्छ के मधेसमा अरु जातिको बसोबास छैन र यदि छ भने उठ्नुहोस तपाई हरुको खाचो छ आज यो नेपाल आमालाई के तपाई बिसुध नेपाली भयर बच्न चाहनु हुन् ? अनि हाम्रो देश मा लाठ र सोजा सहदै हामी र हाम्रो देश भन्दै बशेका जनतालाई जतितो को ठुलो खोल ओडायर आफु माथि कुर्सीमा जन्खोज्ने हे जातीय नेताहरु हो अबत केहि बोलन की पुरा भयो तिमीहरु को सभास्त हुने सपना तपाई हरुको यस्तै कमजोरीले गर्दा आज हामी सबै को अगाडी कम्जोर भयर भाच्नु पायो ! मधेसे ले हिन्दीमा संसद भवन उचाल्दा तपाई हरुलाई आफ्नो भाषा मा कहिले केहि भानु भयान तपाई हरु त पढेको मान्छे बुझनु भयो होला तर तपाइको जति ले त्यो भाषा बुझायो तेसैले आज यो अवस्था मा आउनु पर्यो सुनुपर्यो १ ल ल के के गर्नु मनपर्छ गर्नु होस !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • gudiya

      पुष्पजी तपाई विचार ले लागेको मान्छे होइन रहेछ तपाई संग तर्क गरेर कम छैन/ अरु पार्टी ले किन समर्थन गरे रे यस्तो पनि तर्क तपाई मान्छे त हो? कि !

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

    • sanu

      Once again Nepalese politicians proved themselves to be how mean and dirty they are. They never united for any noble cause and resolve the real issues Nepal and its people are facing. They kept carrying this deae corrupt and stinky corps on their shoulder despite most Nepalese hated this smugler offensive Indian agent. Now these thugs are putting this corps in a throne where they will have opportunity to worship him.
      They should have known better by now it another useless and most unpopular decision. A man who should have shot dead in Singapore or Malasia for the crime he committed as a judge and would been rotten in jail in any other country, Nepalese thug politics honoured him with this honourable post although there is no real role for him. I am sure they compensate all his suspended pay and other entitlement. What a pathotic government.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Tilak USA

      खावो नेता हो खावो, नमिलेकालाई पनि मिलाई मिलाई खावो,डाडु पन्यु तिमीहरुकै हातमा छ, खुब खावो, खानकै लागि जन्मेका रहेछौ, देशका लागि केहि गर्न नेता भएको भएपो आश गर्ने तिमीहरुबाट,कालोलाइ कालो र गोरोलाई गोरो भन्न सक्दैनौ अनि कालोलाई सेतो भने पनि हुन्छ भनि लाच्छिपन देखाउन पनि पछी परेनौ है अबत ?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

      • rajesh lamsal

        तिमि चाही अमेरिका मा लीगल कि इलिगल

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • Ravin

      यो हाँसो लाग्दो समझदारी हुँदै छ . पहिलेकै कानुन बमोजिम उपराष्ट्रपति भएकाले नया कानुन संसोधन गरेर गर्नै मिल्दैन .

      दोश्रो कुरो यी कांग्रेस र एमाले त पहिलादेखिनै भारतिए गुलाम थिय नै यो माओबादी त भारतको हस्तछेप भयो भनेर कुर्लिदै हिदनेले नै अहिले हिन्दी भाषाको दलाली गर्दै छ अनि कसरि यो देशमा केहि सुधार होला भन्ने आशा गर्ने खोइ ?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • madan bajracharya

      पुष्प जी
      कुरा तेही हो भने त् ठिकै छ/ मातृ भाषाको ब्याख्या गरिए दुबिधा हट्ने थियो संसये मिटने थियो/ तर जे सुकै भए पनि परमानन्द झा लाई पुनर्बहाली गर्न चाहिं नमिल्ने कुरा हो/ के परमानन्द झा पुनर्बहाली हुँदै छ/ कुरा अलि अस्पस्ट छ/ l

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 6

      • पुष्प

        मदनजी,

        कुरा अहिलेसम्म अस्पष्ट नै छ । यस सामग्रीको शीर्षक “हिन्दीमा शपथ खुवाउन संविधान संशोधन” समेत विवादित देखिन्छ । अनि समाचारहरू पनि विवादित आइरहेका छन् । यस सामग्रीमा “राष्ट्रपति र उपराष्ट्रपतिले समेत मातृभाषामा शपथ लिन पाउने” भनिएको छ भने अन्य समाचारहरूमा “कुनै पनि मातृभाषा” भनिएको छ । संविधान संशोधनमा ठ्याक्कै के उल्लेख गरिएको छ, त्यो कसैले पनि उल्लेख गरिएको पाइएन । आखिर ठ्याक्कै के लेखिएको रहेछ त ???

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 14

        • tej

          पुष्प जी
          त्यहाँ लेखिएको छ कि ” रास्ट्रपति र उपरास्ट्रपति ले नेपालमा बोलिने आफ्नो मातृभाषामा सपथ लिन चाहेमा सोहि उपधारा ( संबिधान को धारा ३६ च ३६ झ को उपधारा )बमोजिमको सपथको ढांचाको व्यहोरा मातृभाषामा अनुबाद गरि त्यसको एकप्रति सपथग्रहणको लागि तोकिएको मिति भन्दा २४ घण्टा अगावै रास्ट्रपतिको कार्यालय समक्ष्य पेस गर्नुपर्ने प्रावधान संबिधानमा उल्लेख हुनेछ / सपथग्रहण गरेपछि सरकारी कामकाजको नेपाली भाषा र सपथ लिएको अन्य नेपाली मातृभाषाको सपथको दुवै प्रतिमा हस्ताक्ष्यर गरि रास्ट्रपतिको कार्यालयमा पेस गर्नु पर्ने र कार्यालयले अभिलेख राख्ने व्यवस्था गरिएको छ “( नागरिक दैनिक १५ माघ २०६६ )

          कुरोको चुरो नबुझी कुर्लने साथीहरु लाइ के भन्ने हो र ? यहाँ कहिपनि ” हिन्दी भाषा ” भनेर उल्लेख गरिएको छैन / अनि त्यो चरेसानन्द उपराष्ट्रपति को हिन्दी मोह उसले गरेको अपराध झैँ छर्लंग छ / तेस्लाई त त्यो गरिमामय पद बाटै बर्खास्त गर्नु पर्नेहो तर उसलाई त्यो पद प्रस्ताब गर्नु नै ठुलो गल्ति हो /तेस्लाई मत दिएर पारित गर्नु झन् महा गल्ति थियो / अझै पनि तेस्को बिरोध गर्न सकिन्छ तर कत्ति कुराको बिरोध मात्र गरिरहने ? येसरी त शान्ति प्रक्रिया पुरा हुन त बर्सौ लाग्छ / सायद तेसैले यो कुरा लाइ सामान्य रुप मा लिएका होलान माओबादीले / मातृभाषामा सपथ लिन पौने कुराको संबिधान मा सम्बोधन हुनु त राम्रो कुरा पो हो त / भोलि कुनै गुरुङ ,मगर नेवार अथवा कुनै पनि जनजाती को रास्ट्रपति या उपरास्ट्रपति भयो भने फेरी फेरी यो कुरा उठ्ने त छैन नि / त्यो फोरमानन्द सधै भरि टिक्ला र ? सरसर्ती हेर्दा माओबादीले पनि त्यो भ्रस्ट को फाइदाको निम्ति नै पहल गरेजस्तो देखिए पनि सहमति हरु हुनु सबै दल मिल्ने लक्षण देखिनु सकारात्मक संकेत गर्दैन र ? र सोहि पत्रिका ले उपरास्ट्रपति ले नेपालीमा सपथ खाने मनसाय बनाएका छन् भन्ने समाचार पनि छापेको छ / यो सत्य हो भने राम्रो लक्षण होइन र ?

          मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

        • raaz

          हरे! पुष्प जी, कुरा किन घुमाउनु हुन्छ? तलका अति सरल प्रश्नको उत्तर दिनुहोस न:
          १) परमानन्दले हिन्दीमा सपथ लिंदा माओबादीले गरीबका छोरालाई सडकमा उतारेको हो की होइन?
          २) अहिले “मातृभाषामा सपथ लिन पाउने” वा जे सुकै भनेर संबिधान संसोधन गर्नुको उद्देश्य त्यही परमानन्दलाई ब्यूताउन हो कि होइन?
          ३) कुनै पनि नेपालीले स्वीकार नगरेको पतित मान्छेलाई माओबादीले पहिले बिरोध र अहिले सहयोग गर्नुको पछाडी के देख्नु हुन्छ? कि त्यसमा पनि राष्ट्रप्रति बफादारिता नै देख्नु हुन्छ?
          ४) यस्तो कुरामा हामीले खबरदारी गर्ने कि समर्थन जनाउने घुमाउरा शब्द खोज्ने?
          ५) यसले माओबादी कांग्रेस एमाले भन्दा एक कदम अघि बढेर जनताको भावनामा राजनीति गर्दो रहेछ भन्ने कुरा प्रमाणित गर्दैन र? कहिले त्यही मुद्दामा जनताको राष्ट्रबादी भावनाको उपयोग गरेर आन्दोलन गर्ने, कहिले त्यसैलाई शिरोधार्य गर्ने कुराले के पुष्टि गर्छ?
          ६) यसले फेरी “गौरवशाली पार्टी” का “चमत्कारी नेता” प्रचण्डले त्यो भिडियोमा भने जसरि कसरि जनभावनालाई राज्य बिरुद्ध प्रयोग गर्दा रहेछन भन्ने देखाएन र?
          अब कांग्रेस र एमालेलाइ दोष दिएर माओबादी उम्कन पाउदैन किन भने तिनीहरु खराब भएकै कारणले माओबादीलाई भोट दिएको हो हामीले|
          अनि एउटा फरक प्रशंगमा तपाईको राय बुझ्न पनि मन लाग्यो: सूर्य बहादुर सेनलाई चिन्नु हुन्छ? उसको बिगतलाई नि? अनि बामदेब क्षेत्रीलाई नि? यी व्यक्तिहरु माओबादीले विद्वानलाई पाखा र कुख्यातालाई काखा गर्ने कुराका उदाहरण हुन्|

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 13

          • kesu

            राज जी,
            अति उत्तम प्रश्न हरु राख्नु भो, पुष्प जी र मदन जी बाट मैले पनि उत्तर को आशा गरेक छु, सबै भन्दा मेरो चाख प्रस्न न १ र ३ हो, ऊतर आउला भन्ने आशा मा छु.
            जय नेपाल.

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 9

          • गगने

            raaz जी,
            मुख्य कुरा सहमतीय राजनीति द्वारा जटिलता फुकाई समस्यालाई सरलीकरण गरि समाधान गर्नु सर्बोत्तम कुराहो, हामि सबैले यतातिर ध्यान दिनु जरुरि छ! जतिबेला परमानन्दले हिन्दीमा सपथ लिंदा माओबादीले गरीबका छोरालाई? (तपाही धनीका छोरा चाहि के यसको समर्थन गरि ह्विस्की चुस्की लिदै हुनुहुन्थ्यो? कुरा हरुलाई अतिरन्जित नगर्नु उचित हुनेछ, मेरो बिचारमा) सडकमा उतारेको, तपाह्को कथन अनुशार थियो, तेतिबेला संविधानले रास्ट्रपति र उप-रास्ट्रपति ले नेपालि भाषामा सपथ खानु पर्ने प्राबधान थियो र सायद यसको बिरोध थियो त्यो! तर आफ्नो रास्त्रियाताको पक्षलियर गरिबका छोराहरु उप-रास्त्रपतिको बिदेशी दलाली र भारत् मोहको बिरोध गरि रहेठे तपाही जस्ता रास्ट्रीय सम्बेदनाबिहीन मान्छेहरु तिनीहरुको समर्थन गर्नुको बदला उनीहरुमाथि नाना-भाति लान्छना लगाउन उद्धत थिय (केशु मार्काहरु). अब समस्याको समाधान तिर नलागेर तेसमा दोहोरि खेली जातिला बनाइ रहेर मात्रपनित कसैलाई फाइदा छैन (बिशेस गरि देशलाई त कत्तिनी फैदाछेंन) तेसैले यसको उचित समाधान खोजियाको हो, माओबादीको पहलमा किनकि उनीहरु समस्याको उचित समाधान गरि देशको अग्रगामिता चाहन्छ भन्नेकुरा यसबाट पनि सिद्द हुन्छ!
            यो संबिधान संसोधन ले मातृ भाषामा सपथ खानपाइने कुरालाई सम्बोधन गरेको छ हिन्दी भाषामा होइन (भोलि मगर,थारु,भोटे,नेवार आदि कोहि पनि रास्ट्र प्रमुख भयको खण्डमा यो बिबाद ननिस्कने कुराको टुङ्गो लयको छ) अब परमानन्दको मातृ भाषा हिन्दी हो या मैथली वा भोजपुरी यो उसको नैतिकताले,आत्माले खुट्याउने कुराहो! यदि उसले हिन्दिनै मेरो मातृ भाषा हो भन्छ भने र आफ्नो मातामाथि बलात्कार गर्न पछी पर्दैन भने हामीलाई थाहा nabhayako उसको कुराहो हामिलेत यत्ति जानिनुछ अब कुनै पनि व्यक्तिले आफ्नो मातृ भाषा आफै निर्क्यौल गर्छा वा संबिधान र समाजले निर्क्यौल गर्छ त्यो चाहि गगनेलाई पनि थाहा छैन र जान्न चाहन्छा!
            raaz जी राष्ट्रियतामा खलबलाहट नहुनेगरी राष्ट्रियताको सम्बर्द्धन गर्नेगरी सहमतिय राजनीतिबाट समस्याको समाधान खोज्नु र गर्नु अहिलेको अवस्थाको सबैभन्दा ठुलो आवश्यकता हो!मेरो बिचरामा यि पार्टिहरुले यही गर्दैछन, त्यो त यिनिहरु मिलेर भोली यि परमानदलाई राष्ट्रघाती को अपराधमा बर्खास्तगी र सजाए गर्नपनित सकिन्छनी! यो समस्या समाधानको राम्रो लचकताहो! अब यसपछी हामीले परमानन्दको नैतीकता हेर्नुछ उस्को मात्री भक्ती,रास्ट्रप्रेम हेर्नु पर्नेछ!
            बरु त्यता बिचार गर्नेहोकी!
            माफ गर्नुहोला बिचमा आयर जबाफ दियकोमा! तर यो सार्वजनिक ठाउको प्रश्नमा जो कसैले पनि आफ्नो बिचरानुसारको उचित जवाफ दिन पाउनेछ भन्ने सोचले मलाई लागेको कुरा बोलेको हुँ!

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 10

            • बिराज

              गगने = पुष्पे or पुष्पे = गगने ?
              माओबादीले गगनेलाई पुष्पेलाइ एकलै सारो पर्यो भनेर सहयोग गर्न पठाएको जस्तो छ त ?

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 10

            • raaz

              मेरो त कुनै प्रश्नको उत्तर आएनछ गगने जी यति लामो स्पष्टोक्तिमा पनि| तपाईको तर्क शैली “तपाही धनीका छोरा चाहि के यसको समर्थन गरि ह्विस्की चुस्की लिदै हुनुहुन्थ्यो?” यही वाक्यले देखाइहाल्यो नी होइन र? फेरी पढ्नुस मेरा प्रश्नहरु र तपाईका स्पष्टोक्तिहरु -मैले त तपाईंलाई देश प्रति भन्दा पार्टी प्रति बढी चिन्तित पाएँ|

              मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

              • गगने

                raaz जी! उसोभय के गर्नु पर्यो त? कुनै उपाय समाधान छ? छ भने बताउ!
                तपाही र केसू मार्काहरु संग समस्याको समाधान छैन तर समस्यालाई कोतरेर अझै ठुलो घाउ बनाउन भने खुब जानेको छ!
                परमानन्द कस्तो मान्छे हो र उसको मातृभूमि र रास्ट्र प्रतिको नैतिकता कस्तो के हो भन्ने कुरा दोस्ख्रो अध्याय हुन् तर यहा समस्याको समाधान र जटिलता अनि भबिस्यमा आउनसक्ने दुबिधायुक्त समस्या र जटिलतालाई कसरि सम्बोधन गर्ने र कसरि समाधान गर्ने भन्ने कुरा महत्वो पूर्ण छ! अहिले यो समस्या परमानन्दको पालोमा उसको अनैतिक र खिचलो चरित्रको कारण बाट आयो तर हामीले यसमा एउताकुरो के स्विकार्नु उपयुक्ताहुन्छ भने यो समस्या सुरुवातमै आयर झनै राम्रो भयो, यहि समस्या या यस्तै समस्या पछी आउनसक्ने कुरालाई नकार्न कदापि सकिन्नथ्यो, बिबिध सस्कृति र बहु भाषाले सजियाको हाम्रो समाज जब शंघियातामा पदार्पण गर्दथियो एकना एक दिन यो समस्या अबस्य औनेथियो! यदि यो समस्या एउटा सेर्पा रास्ट्रपति बनिदियाको समयमा आयको भय के हुन्थोय होला? यसको समाधान गरेको छ अहिलेको संसोधनले! तपाहिकै महापुरुष राकेश सुदले अस्तिभरखारै मात्रै कताहो भनेको जस्तो लाग्छ बिगतमा इन्डियामा सयौ पटक संबिधान संसोधन भयर मात्र हालको जनताको उत्क्रिस्ता संबिधान बन्न सकेको छ! तेसैले कुरा के भने जीवनको बिकाशक्रम र परिवर्तन को क्रममा यस्ता कयौ समस्या आउछ र सहि तेही हुनेछ जसले तेस्को उत्कृस्ट समाधान पहिचान गरि अगाल्ने छ!
                तपाही हरु जस्तो स्वमुर्धन्य हरुलाई त बिचारको तर्कयुक्त बिबाद भन्दा पनि माओबादी नाम संग र कम्युनिस्ट सब्दसंग बित्रिस्ना र बिरोध छ र यी दुइ सब्द संग तर्सनु हुन्छा जसरि रेबिज रोग लागेको कुकुर पानि देखि तर्सन्छ!
                यहा मातृ भाषामा सपथ खानापैने त्यो पनि एउटा सिमित परिधिभित्र रहेर भन्ने कुरा संसोधन हुन गयको छ! बढी बुझ्नेले परमानन्दलाई र समस्यालाई कोतर्ने र बल्झाउने अनी अस्थिरता मा देश धकेल्न चाहनेले मात्र परमानदलाई हिन्दिमा सपथ दिनकोलागी यती गरेको भन्ने बुझ्छ,यस्लाई काग बढी बाठो भन्न सकिन्छ!
                हिन्दी भाषा कुनै नेपालिको मात्री भाषा हो होइन(त्यो मेरो होइन तर मलाई थाहा छैन यदी कसैको भय,किनकी नेपालमा ५५ भन्दा बढी मात्री भाषा बोल्नेकुरा सुनेको छु, तेस्मा हिन्दी छ छैन मलाई थाहा भयन) र त्यो परमानन्दको मात्री भाषा हो होइन त्यो पनि अर्कै कुराहो, यस्मा परमानन्दको नैतीकताको कुरा बढी आउछ!
                अब कुनै पनि नेपालीले स्विकार नगरेको भनेर कसरी ठोकुवा गर्नु भयो त्यो म भन्न सक्दिन, म पनि परमानन्दको नैतीकता,व्यबहार,र आचरण को बिरोधी थिय र छु!तर यहाँ एउटा परमानन्दको कुरा भन्दा पनि प्रब्रित्ती र जटिलताको अनी समस्याको निरन्तरता र तेस्को सम्बोधन र समाधानको कुराहो!
                घरको चौघेराभित्रको कुकुर झै दुलोबाट बाहिर केही देख्यो कि ठुलोठुल्ओ स्वोर निकालेर घुक्ने जस्ती कार्य छोड्नुस् र देशको यथार्थता,परिस्थिती र अवस्था र जटिलता,समस्या अनी तेस्को सार्थक र बस्तुनिस्ठ निकासाको कुरा सोच्नुस् र गर्नुस मात्री भाषामा पनि सप्थ खान पाइने संबिधान ससोधनको कुरालाई तपाही अन्यथा र आफ्नो दुशित दिमागले दियको नकारात्मक सोचले सोच्नुहुन्छ त्यो तपाही को मानशिक समस्याहो जस्लाई देशर समाजमा दुशित गराउन प्रयोग नगरदा राम्रो होला!
                माओवादी वा यि राजनीतिकर्मी हरुले देशको परिस्थिती र भबिस्यको जटिलतालाई बुझेर (तपाहिले भन्दा पक्कैनै बढी सोच अध्ययन बिचार गरेरनै)यी कुराको निर्क्यौल गरेको छ! तेसैले तेसलाई बिचार गर्नुस् भुज्ने कोशीस गर्नुस्! तिनिहरुको यि कुरामा त परमानन्दको बारेमा केही बिचार र प्रभाब छ छैन म भन्न सक्दिन तर तपाहिको दिमागमा चाँही परमानदको भुत पक्कै बसेको छ हो त्यो हटाउने कोशीस गर्दा राम्रो होला।
                तेसैले यो संबिधान सन्सोधन परमानन्दको लागि नभयर देशको समस्या र जटिलता सन्बोधन गरी फुकायर शाहअज समाधान गर्नेहेतु हो भन्ने म मान्छु! तेहिनै हामीसबैले मान्दा देशको भलो होला!

                गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 13

          • बिराज

            राज अति राम्रो प्रश्न | अब यो माओबादीको प्रबक्ता पुष्पले कुन अश्त्र प्रयोग गरेर माओबादीको बचाव गर्छ हेरौ र त्यस्तो गरेमा कुनै आश्चर्य मान्नु पर्दैन

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 8

          • पुष्प

            राजजी, जवाफ दिन ढिला भएकोमा क्षमा प्रार्थी छु ।

            १. गरीबको छोरा ? :) कुरा बुझिएन । परमानन्दको हिन्दी शपथको विरोध माओवादीले मात्र होइन सारा जनता (शायद तपाईं पर्नुहुन्न होला, माफ गर्नुहोला) ले गरेका हुन् ।

            २. अहिलेको संविधान संशोधन परमानन्दलाई होइन एउटा उपराष्ट्रपतिलाई ब्यूँताउनका लागि हो । परमानन्दलाई ब्यूँताउने भए उनको प्रिय भाषा हिन्दीलाई नै पारित गर्नेथिए । बरु परमानन्दले अब कुन भाषामा शपथ खान्छन्, त्योचाहिँ खुलदुलीको विषय हो ।

            ३. हामीले बिर्सनुहुन्न, अहिलेको संविधान संशोधनले सबै नेपाली मातृभाषाहरूप्रति न्याय गरेको छ । हिन्दीले पनि न्याय पायो त बिग्रियो र ? वास्तवमा यसले तत्कालका लागि परमानन्दजस्तो खराब चरित्रलाई फाइदा पुग्ला, तर कालान्तरमा यसले राष्ट्रलाई नै फाइदा पुग्ने पक्का छ ।

            ४. संविधान संशोधनको समर्थन तर परमानन्दजस्तो पतीतको पुनरागमनको विरोध गर्नुपर्छ । यसका लागि सबैलाई खबरदारी गर्नैपर्छ ।

            ५. मैले माथि उल्लेख गरेको कुराले तपाईंको जिज्ञासा शान्त भएको होस् भन्ने कामना गर्छु । अन्यथा तपाईंले आफ्नोमात्र अड्कलबाजी गर्नुहुन्छ भने मेरो भन्नु केही छैन ।

            ६. जनभावनालाई राज्यविरुद्ध प्रयोग गरेको नभई जनताको हक स्थापित गराएको हो । यस्ता कदमले परमानन्दजस्तालाई फाइदा पुग्छ भनेर पाइला रोक्नु त भएन नि ।

            यी कुराहरूले तपाईंले माओवादीलाई भोट दिनुभएको औचित्य पुष्टि हुन्छ अथवा हुन्न भन्ने कुरा तपाईंमै भर पर्छ । तपाईंका अन्तिम जिज्ञासाका बारेमा मलाई खासै थाहा भएन । माओवादीको हाउगुजी नै केलाउने प्रयास गर्नुभएको हो भने ठीकै छ, तपाईं नै भन्नुस् ।

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 9

            • बिराज

              another very good excuse, we didn’t expect a fair comment from u. conclusion is “back to square 1″ to back up maoist.

              मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

        • Rakesh

          पुष्प जी संबिधान मा प्रधानमन्त्री, रास्ट्रपति, उपरस्त्रपति लगाएतका संबैधानिक प्रमुखहरुले पनि आफनो मात्री भाषा मा सफत गर्न पहुने भनेरनाही संसोधन गरिएको हो, तर सधन्तिक र बेबहरिक रुप मा यो गलत छ, प्रतेक देश को एउटा चिनारी हुन्छ , बिबिधता मा एकता भयेरनाही राष्ट्र बनेको हुन्छ, एउटी जात, जति को मात्रै हुदैन, तर ति सबिअलाही जोड्ने एउटा मध्हयम हुन्छ, अहिलेको नेपाल मा त्य्यो नेपाली भाषा मात्रै हो, अहिले रास्त्रियता लाही कम्जोर बनाउन नेपाली भाषा माथि लगातार प्रहर भै रहेछ, हो देश ले अनन्य भाषा को संरक्षण गर्नु पर्दछ तर तेस्को अर्थ सहुहिक पहिचान लाही नस्ट गर्नु पर्दछा भने चाही कदापी हैन, मात्री भाषा हरुलाही स्तानिया निकायमा कामकाजी भाषा बनाउन सकिन्छ, तेहाका पदाधिकारी हरुले तेश्मा सपथ लिनु सोव्भाबिक पनि हो, आज संघियता मा गएपछि त प्रान्त
          हरुमा नेपाली भाषा बाहेक अर्को बहसले मान्यता पहि हल्दछा, तर राष्ट्र प्रमुख, सरकार प्रमुख हरुले सम्पूर्ण देश को प्रतिनिधितोव गर्ने हुनाले उसले सबै को प्रतिनिधित्वो हुने नेपालो भासमानाही सपथ गर्नु पर्दछा , दुनिया भरि मा चलेको चलन पनि यहि हो, भारत मा यात हिन्दी मा या अंग्रेजी मा सफत गर्दछन, मन्त्रि, रास्ट्रपति harule , दक्षिण अफ्रीका मा अंग्रेजी मै सफत गर्नु पर्दछ,अहिले नेपाल मा सस्तो लोकप्रियता को लागि यो गलत निर्णय लिहिएको हो, जस को कुनाही तुक नही छैन.

          यहाँ संबिधान सम्सोदन मात्रै भएको छैन, परमानन्द झा लाही सक्रिय बनाउन सदनले सङ्कल्प प्रस्ताब पनि पारित गरेको छ, यो संबिधान को संसोधन देश र जनता को हित वा विचार लाही धयान मा राखेर भन्दा पनि एउटा बेक्तिको बेक्तिगत अहम पुरागर्न भएको छ , एस बाट के प्रस्ट हुन्छ भने नेपाल मा अहिले राजनेता को कमि छ, जो आफनो बिचारमा राष्ट्र लाही सहि मार्ग मा हिदौना सकोस, नकी भिडको पछि लगेर मनपरी निर्णय गर्दै हिदोस. congress, yemaale र maobadi ka netaraharu को baicharik kshamata कम्जोर भएको praman हो यो, र yeshle dirgakalin रुप मा देश लाही कम्जोर banaune pakka छ.

          मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • पुष्प

      संविधान संशोधनमा “राष्ट्रपति र उपराष्ट्रपतिले समेत मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरिएको छ” भनिएको छ । के यो गलत छ ? के यसले हिन्दी भाषाको मात्र पृष्ठपोषण गरेको छ ? छैन !

      नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक देश हो । माओवादीको वर्गीय संघर्षकै कारण आज नेपाल धर्म निरपेक्ष राष्ट्र भएको छ । वर्ग संघर्षसँग जात, भाषा पनि जोडिएको पाइन्छ । जात-जाती छरिएर बस्नुभन्दा विभिन्न आधारमा जातीय संघीयता बनाउँदा राष्ट्रिय एकता बलियो हुनमा मद्दत पुर्याउँछ । शायद माओवादीले जातीय राज्यलाई राष्ट्रियतासँग जोड्नुको कारण पनि यही हुनुपर्छ । भाषिक अधिकारको कुरा उठिरहेको वर्तमान परिप्रेक्ष्यमा एकदमै नगन्यमात्रा रहेको हिन्दीभाषीहरूको समेत अधिकारको कुरा उठ्नुलाई अन्यथा मान्नुहुँदैन । राष्ट्रपति वा उपराष्ट्रपतिसमेत कुनै जनजातिबाट हुन सक्ने भएकाले उनीहरूले लिने शपथको भाषामा विवाद गरिरहनुपर्छ जस्तो लाग्दैन । तर परमानन्दको मातृभाषा हिन्दी नभएकोमा उनले हिन्दी भाषामा खाएको शपथ र राष्ट्रभाषा नेपालीप्रति देखाएको अरुचिले उनी नेपाल र नेपाली जनताप्रति अनुत्तरदायी नभएको मात्र ठहर गरेन, उनको भारतपरस्त चरित्रसमेत उदांगो पारेको हो । यस्ता व्यक्तिलाई पुनर्बहाली गराइनुचाहिँ गलत हो ।

      अनि अर्को कुरा, सदनमा हिन्दीमा समेत भाषण हुने गरेको छ । ती मधेशी(?) जनताका मसीहा भनाउँदाहरूले हिन्दीमै किन भाषण गर्छन् ? आफ्नो मातृभाषामा गरे हुन्थ्यो नि । नभए नेपाली भाषा नजान्ने पनि होइनन् । परमानन्दले झैं नेपालीमै बोलेर नेपाली आउँदैन भन्ने हो भने यिनीहरू भारतीय गोटी भएको प्रमाणित हुन्छ । अनि के हिन्दी भाषा राष्ट्र भाषा हो, जसलाई नेपाली भाषाको प्रतिष्थापन बनाइएको छ ? जनजातिका प्रतिनिधिहरू के सुनेर/हेरेर बसेका होला्न ? यदि सदनमा मातृभाषामा पनि बोल्न पाइने हो भने मातृभाषा भएकाहरू अन्य सदस्यहरूले पनि आ-आफ्नो मातृभाषामा बोल्नुपर्छ । हिन्दी भाषालाई यतिविघ्न महत्व दिनुले नेपाली भाषाको मात्र नभई सम्पूर्ण मातृभाषाको अपमान भइरहेको छैन र ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 18

      • yogi

        पुष्प जी कुरा मात्रिभाशाको होइन कुरा हिन्दी भाषाको हो, अनि कुरा नियतको हो, यति सानो देश मा यस्ता कुरा मा अल्जेर कति समय फाल्ने अनि इंडिया को दास बन्ने, अमेरिका जस्तो प्रजातान्त्रिक देश मा त अंग्रेजी मा मात्रै सपथ लिन पाइन्छ, जबकी त्येहाँ बिस्वको नै सबै भन्दा बढी भाषा बोलिन्छ होला अनि स्पेनिश त दोश्रो ठुलो भाषा हो त्येहाँ को तर अन्ग्रेजिमानै सपथ लिनु पर्छ……… तपाई हामी कोहि कुनै दल को प्रबक्ता बन्नु भन्दा पहिला एउटा नेपाली बन्नु पर्यो अनि मात्र नियत बुज्न सकिन्छ, संधै कुनै दल बिशेष को ढाल बन्न बन्द गर्नु पर्यो सबै नेपाली ले अनि पुष्प जी जस्ताले पनि अनि मात्र केहि हुन्छ…….

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 13

      • बिराज

        त्यही हिन्दी भाषालाइ तिम्रा कथित् राष्ट्रबादी भनाउदा माओबादीले सदनमा प्रस्ताब गरे | यदि यो ठिक होइन भने सिधै गल्ति हो नभनी किन घुमाएर फेरी माओबादी कै बचाव गर्छौ ? अनि तिमि जस्तालाई माओबादीको अन्धभक्त नभनेर कसलाई भन्ने ? भक्त त होउ तर अन्धभक्त नहोउ

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 16

    • thule

      यो सबै बाहुन हरुको सद्ययंत्र हो किनकी एउटा भए पनि बाहुनले पोस्ट पाउछ भन्नको खातिर ले नेपाल मा उप रास्ट्रपति बनाएको हो नत्र भने नेपाल मा उप रास्ट्रपति को जरुरि छैन त्यो दुइ वोटा रास्ट्रपति लै दिने भत्ताले त राजा नै राखे भै हाल्थ्यो नि कि कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 6

    • aisha

      राजालाई ज्ञाने चोर भनेको होइन तिमिहरुले अब ढिक्क पर्यो . जनता मुर्ख भएपछि के गर्ने. राजा ले सार्क मा चाइना लाइ लयको भनेर इंडिया नेपाल मा गण तन्त्र ल्याएको हो साथी हो कुरा बुज्नु पर्यो. अब राजा को मुर्ति हरु फुटालेर नेहरु र गान्धी को मुर्ति राख चोक चोक मा …हा हा हा …

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • kalpana sapkota

      खासमा त मधेसी हरुलाई पेलेर nai राख्नु पर्चा भन्ने एक समुदाय को बर्चस्व भएकोले मात्र यो कलह भएको हो . भारत को ऋष मधिसे माथि राख्नु यिनाली भारतीय दलाल को रुपमा हेर्ने दृस्टी नै गलत हो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • देख्नु भो त् माओबादी पनि भारतको माकुरी जालमा फसेको उदारण पर्मानद झा
      लाही कुर्सि मा बसौंउन काँग्रेस र एमाले संघ मिलेर संसदमा सम्सोदन प्रस्ताब ल्याएका/ अब कसको कुन पार्टी को कुरो जनताले पत्याउने हो/ माओबादी सरकार
      जान खोजेको भारयांको पहिलो खुड्किलो हो यो/ भारत नरीजाई केहि गर्न सकिनन्
      भन्ने संकेत हो यो/ अब काले काले मिलेर खाउ भाले (सता) भने झैँ /सता पनि
      मिलेर चलाउनु राम्रो होला/ देश लाही धेरै दुख दिने काम रोक्नु पर्यो/बस/

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • allen

      बेसरम बेइमान भतुवा कुकुरहरुको जमात हो हाम्रा नेताहरु। जाली,चोर,फटाहा र डाँका हुन बज्याहरु। यत्रो नाटक किन गरिरहनु पर्‍यो, संसदबाट नेपाल भारतको प्रान्त भो भन्ने घोषणा गर्दे भैगो नि। बेकार नाटक गर्छन नौटंकीहरु।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • adik bhai

      प्रचण्ड पनि भारतको बिरोध गर्ने मात्र हो !साला अन्त मा गयर चरेस बाबु इन्डियन धोति झा लाई सपोर्ट गर्न पुग्यो .साला मधेसी परमानन्द झा को हनुमान हो प्रचण्ड ..चोर …………….परमानन्द झा नेपाल छोड कुकुर बिहारी ……………

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Himalee

      ” मातृभाषामा सपथ ग्रहण गर्नु पाउने ”
      ल सहमत
      तर
      झा जीले त हिन्दी भाषामा पो सपथ लिएको थिए त /
      अब कसरि उनको पुनर्बहाली भयो ?
      हिन्दी भाषा कहिले देखि उनको मातृ भाषा भयो?
      जे होस् हिन्दी मा सपथ लिएर मातृ भाषामा सपथ खाएको भनि हिन्दीलाई मातृ भाषा को मान्यता दिने षडयन्त्र को गन्ध आउदैछ खबरदार/

      जय नेपाल
      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • नारायण

      गजडीले अव मजाले मैथलीमा गाजा उडाउने भयो

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Sameer

      प्रचण्ड लाइ पनि हिन्दी मोह रहेछ नि त . हत्त न पत्त चरेशानन्द लाइ पद पो दिन लागेछ लौ !!! हिन्दी कति प्रतिसत नेपालीको मातृभाषा हो रे ! कुलंगार नेता हरु को गोबर भरिएको दिमाग मा धुसाउने कसरि होला ??????

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • shiva ram bhurtel

      लामो कुरा न गरौ साथी हो . प्रचण्ड भारतीय मोहरा हुन भारत ले नै राजा फ्याक्न सहयोग र सुरक्षित गरि खटाएको मान्छे हो . नत्र बिस्व को इतिहास हेरौ त कहिँ प्रजातान्त्रिक संबिधान फ्याक्ने आतंककारी लाइ साथ दिएको छ ? नेपालमा भने त्यस्तो राम्रो संबिधान फ्याकियो किन कि त्यो संबिधान मा राजा थिए . राजा रहुन्जेल न त ४० लाख भारतीय ले नागरिकता पाउथे नत हिन्दी ले सदन मा स्थान पाउथ्यो ?न त बिमान स्थल मा एयर मार्सल राखें कुरो गर्ने हिम्मात गर्दथ्यो . प्रचण्ड नया लोंडुप दोर्जे हुन उनलाई सत्ता फेरी आउन देउ त आर्मी लाइ खत्तम पर्ने छन. तराइ मा रक्त रञ्‍जित युद्ध चर्काउने छन र भारत् लाइ गुहारेर नेपाल सुम्पने छन .

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

      • hitkaai

        मनासिब कुरा गर्नु भो शिव जी
        न जनताले चुन्न पाए राजसस्था राख्ने कि नराख्ने भनेर ? न सोधियो कि धर्म निरिपेच्ये बस्ने कि हिन्दु राष्ट्र बस्ने ? (जब कि ८५% हिन्दु छन् ) न त सोधियो संघियेता को बारेमा ? जातियेताको संघियेता माग्ने कहाका नेपालि होलान ? अधिकांस या भनु झन्डै सबै (थोरै त्यो समर्थक होलान त्यो पनि समाचार मा पढेको आधारमा बिचार गर्दा ) एस्तो वाइयात चाहदैनन् | यो भाषा को कुरा पनि कसको चाहना हो ? अलिकति पैसाको प्रलोभन मा अस्तित्वो लिलाम गर्ने नेता भए पछि जनताको आवाज कसले सुन्ने ?

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • …यो सबै इन्डियन .चोर नेपाली नेताहरु लाई अब त कै न कै गर्नु नै पर्छ |
      त्यो धोति चोर झा को कुरा महत्वपूर्ण कि नेपाली जनता ले खोजेको संबिधान ठुलो कुरा हो .के नेपाली जनताले अहिले खोजेको अहिले चाहेको त्यो धोति झा ..कि .
      संबिधान ,शान्ति …हो ..?
      साले भातमारा चोर भतुवा
      नेता भनौदाहरु
      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • ROSHAN ARYAL ( AUSTRALIA)

      नमस्कार
      साधारण बिधार्थी विदेश जान पुलिस रिपोर्ट चाहिने तर न्यायलयमा चरेश काण्ड त्यो पनि उपरास्ट्रपति बन्न पाईने धिक्कार चोर नेताहरु तिमीहरु नेपाल आमा का नपुसक सन्तान हौ
      धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • Deepak

      आजको २१सौ सताब्दी मा पनि हामी यस्ता कुरामा समय व्यतित गर्दै छौं/ संसार सीमा रहित हुन लागि सक्यो, धेरै मुलुकमा एक मुद्रा कायम छ, तर हामी नेपाली भने यस्ता कुरामा अल्मलिरहेका छौं/ जबसम्म हामी मन र कर्मले नेपाली रहन्छौं कसैले चाहेरपनि नेपाललाई केहि गर्न सक्नेवाला छैन/ चाहे कसैले हिन्दी मा शपथ लिओस वा हिन्दीमा संसद्मै भाषण किन नगरोस/ हामी सम्पूर्ण नेपाली एक ढिका भै रहेसम्म यस्ता २ -४ जनाले यस्तो केहि गर्दैमा हामी अत्तिईहाल्नु पर्ला जस्तो लाग्दैन/ बिस्तारै त्यस्ता व्यक्ति र समूह आँफै पाखा लाग्दै जाने छन्/ तिनीहरु आँफै लाशमाथिको जुम्रा सरि पाखा लाग्ने छन्/ हामीले व्यर्थमा चर्चा परिचर्चा गरिदिंदा तिनीहरुको भाउ मात्रै बढ्छ/ आज देखि यस बिषयमा चर्चा गर्न छोडी छिटो संबिधान तयार गर्न नेता एवं पार्टी हरु माथि दवाब सिर्जना गरौँ/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • Dipak

      नेपाल मा १२ घण्टा बिजुली छैन के गर्ने संसद मा भए नि नाटक फ्री मा हेर्न पाइएको छ धन्य छ हाम्रो भाग्य लै बिजुली नै नभई पनि एस्तो खुल्ला नाटक हेर्न पाउने हाहा के गर्ने सडक मा देखाए नि हुने नि है ? जाबो एउटा इन्डियन मिनिस्टर आउदा त नेपाली नेता हरु को ओठ ठुरुरु कापेको देखियो आब सुस्ता र कालापानी गएर नाटक गर्नु भन्दा कुरा गर्दा खुट्टा नकापौनु नै ठिक हो कि कुन्नि? अब मिचेको जग्गा दिने हैन केरे पहिले जस्तो ब्रिटिश नि छैन इंडिया मा नत्र भए येसो फिर्ता गर्थ्यो भयो गएको जग्गा हेरेर काम छैन आब मालिक हरु आउदा तेस्तो सारो दरिद्रता र नोकर प्रवृति नद्खाये नेपाली जनता ले नेता हरु लै धय्ना भन्थे ! भोट हामी दिने देस चलाउन भनेर देस भने इंडिया ले चलाउने ? हामी भोट किन दिने ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Biplav

      छ सय एक इंडियन दलालहरुको जमात ले जे पारित गर्यो तेही कानून हुने कस्तो जमाना आयो नया नेपालमा !!! हे रास्त्रबादी जनता कहिले हो सच्चा रास्त्रबादीको सरकार बनाउने
      इंडियन दलाल मुर्दाबाद ! मुर्दाबाद !! मुर्दाबाद !!!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

      • Raj Kapoor Jung Thapa

        साथिहरुहो तेशैले म भन्छु जयदेश ६०१ को एकै चिहान परेश.
        सुकेको खोला यी देशद्रोही नेताहरुलाई के गरेर मार्ने होला ???

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • raaz

      अब त माओबादीलाई चिनियो होला नि साथि हो| अहिले आएर उसलाई बोक्नु नै थियो भने किन हो त्यतिबेला सडकमा गरीबका छोरालाई उचालेको| थुक्क! माओबादी| जतिबेला सुर्य बहादुर सेनलाइ सभासद् दियो तर बामदेव क्षेत्री जस्तालाई उपेक्श्या गर्यो त्यति बेला नै थाहा पाको हामीले त यो माओबादी भन्ने भांडहरुको पार्टी हो भन्ने |

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • pradeep pdp

      थुक्क साला नेपालका नेता भनौदाहरु
      त्यो हिन्दीमा सपथ अनि चरेस काण्डमा घुस खाने चोर फटाहालाई घोक्र्याएर नानिकालेर ,उल्टो हिन्दीलाई बैधानिक बनाउनमा लग्योउ होइन ,सब भन्दा चोर त तिमिहरु होउ ,राष्ट्रवादको कुरा गर्ने जनतालाई बेकुफ्फ़ बनाउने अनि त्यो हिन्दीमा सपथ खाने लाइ फेरी उपराष्ट्रपति गराउने |
      मलाई अहिले पनि याद छ त्यो सपथको बिरोधमा भएको आन्दोलनमा मेरै साथीको हात भाचिएको र बन्दले गर्दा मैले सहेको दु:ख ,तर पनि सहियो र साथ् दिइयो देशका लागि आफ्नो राष्ट्रिय भाषाको लागि |
      सब चोर हुन् साथि हो,हाम्रै नेता खबर छन् के गर्नु
      आन्दोलन सान्दोलनमा कहिले नजानु, बसेर पढ्नु
      आखिर केहि हुदो रैनछ !!

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • Adhip

      यी नेताहरुले नेपाल लाई एक दिन भारत कै हातमा सुम्पिन्चन. धर्ति क बोज्हरु. होइन नेपाल मा भारत को अगाडी नझुक्ने कोइ दल वा नेता वा कोइ छैनन्?
      अब त नेपाल को नागरिक भनेर भन्ने दिन पनि धेरै छैन जस्तो लग्न थाली सक्यो.
      भारत को नागरिक हुनु भन्दा त म बरु मर्न तयार हुन्छु . जय होस् नेपाल क नेताहरु. पैसा र कुर्सि पाउन आमालाई त बेच्न तयार हुन्छौ , अरु को त क कुरा गर्नु.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • देवराज जोशी, कैलाली

      नेपालमा हिन्दी भाषालाई मान्यता र एक मधेश एक प्रदेशको को विरोध गर्नु पर्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

      • Deepak Luintel

        एक मधेश उत्तर प्रदेश !

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • James Dean

      पुष्पजी बाट केहि मन्तब्य सुन्न पाइन्थ्योकी यस बिषयमा !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 12

      • P4R££N1T4~

        हाम्रा पुष्प मित्रले टट्टू र पट्टुको बखान बाहेक अरु केहि गर्नु हुन्न | यो कुराको को सबैलाई चेतना भया साथी हो |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 11

    • gudiya

      यहि प्रस्ताब माओबादी बाहेक अरु कुनै पार्टी ले राखेको भए माओबादी ले रडाको मच्चाई सक्थ्यो/ यसमा कमेन्ट लेख्ने माओबादी समर्थक साथीहरुले पनि अरुलाई तथानम गाली गरेर कमेन्ट लेख्नुहुन्थ्यो/अहिले त खोइ साथीहरु कता हो?हेल्लो पुष्प जी के भन्नुहुन्छ? सोच मा परे जस्तो छ नि/ अरु पार्टी ले त बिस्तारै रंग फेर्छन तपैहरुको माओबादीले त ह्वात्तै/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 15

    • bipin

      ए ! जोगी, तिम्रा भातमारा काँग्रेस र ए मा ले ले रास्त्रघात गरेनन त?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 17

    • Dev From Doha

      नेपाली का राजनैतिक दल हरु ले नेपाली जनता लाई बेवकुफ़ बनाएका छन . माओबादी को अहिले को भारत बिरोधी आन्दोलन हात्ती का चपाउने दात र देखाउने दात फरक भए जस्तै हो . सबै भारत का दलाल हुन यी पार्टी हरु .

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

    • saroj

      मैहु भन्ने हाम्रा नेता हरु लाई झा सर ले घुडा तेकैछाड़े यो दुर्भाग्य हो . सम्सोदन गरे हाम्रो नेपाल मा जे पनि हुने रहेछा हारे को नेता प्रधान मन्त्रि भएको देश मा आसम्भ भने केहि बाँकि रहेन . झा सर को जय होस्

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • arjun

      हाहा के हो के हो नेपाल को कानुन दैबले जानुन

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

      • kesu

        अर्जुन जी
        यो केहि होइन माओबादी को बास्तविक अनुहार हो, माओबादी बिना कसैको २ तिहाइ पुग्दैन नि, अनि सङ्कल्प प्रस्ताव पनि माओबादीले नै ल्यायको हो.
        चरेसानन्द=माओबादी .
        जय नेपाल.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 11

    • yogi

      साथीहो
      मैले भनेको नै थिएनी यो माओबादीको भारत बिरोदी आन्दोलन, खाली जनताको दिमाग अन्त मोडेर संबिधानमा हिन्दी भाषालाई मान्यता दिने विधेक पारित गर्नु हो …………..आखिर तेही भो होइन र………… माओबादी देश को सबै भन्दा ठुलो रास्त्रघाती हो साथि हो….समयमानै चिनु यी डाँका हरुलाई……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 10

    • matrika

      ल हे र माओबादी को भारत बिरोधी आन्दोलन भनि कति जनता झुक्ययाको नेपाली उपरात्रपति ले नेपाली मा सपथ नखाई हिन्दीमा खाने साले जान भारत1 रास्ट्रपति ,उपरास्ट्रपति र प्रधानमन्त्री उपप्रधानमन्त्री pradhaan न्यायाधिश सभामुख जस्ता नेपाली क उच्चा पद बहाल हुनेले नेपाली भाषा मा नै सपथ लिनु पर्दछ अरु भाषामा सपथ दिलाउनु भनेको नेपाल राष्ट्र र नेपाली जनता प्रति गद्धारी गर्नु बाहेक केही होईन झन् हिन्दी मा सपथ ख्वाउनु भनेको भारत को गुलामी हुनुनै हो.१मओबादी को भारत लाई मालिक मान्ने यो रणनीति सत्ता नीति नै हुन सक्छा अरुको त् क्या कुरा भयो र.?नेपाल को कुनै पनि ठाउमा हिन्दी मातृभाषा छैन र होईन पनि ? यी उच्चपद बाहेक अरुपदामा पनि हिन्दी मा होईन मैथली नेवारीमा लिदा आपनी होईन / यदि परमान्द जी ले हिन्दी मा सपथ लिया भने यी नेपालका नभई भारत को कुनै प्रान्त को डेपुटी राज्यपाल ले लियको सपथ जस्तो हुनेछ. /नेपाली नेता सबै मरे भारत को पाउ परे थुक्क नेपाली को सिर झुकायौ गर बादर हो गर .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 4

    • द्रोण

      नेपाल को सत्तामा भारतीय नियन्त्रण भैसकेको छ , यो नेपाल को राजतन्त्र उन्मुलन बाट पुस्टि हुन्छ | अब भारतीय को एकल दुस्मन भनेको मावोबादी मात्र हो , जो बेला बेलामा लाचार बनाइन्छ |हो कांग्रेस ,एमालेमा देस भक्त मानिस हरु धेरै छन् ,तर नेताहरु उदारताको नाम मा दिर्घ सोच न भएका ,पद लोलुप र कति गद्दार हरु नै छन् | मदेश मा धेरै देश भक्त मानिस छन् ,नेपाल को अस्त्तिवा सग धेरै सरोकार राख्छन तर मदेश बादी दल हरु का नेता पनि चनाको भाउ मा बिक्ने जस्ता देखिन्छन | तेसैले परोक्ष रुपमा देस इन्डिया को पोल्टा मा छ |उसले लिने आट गर्दैन ,किनभने पारि पट्टि चिन छ र चिन सग किचलो उसलाई भारि पर्छ |
      नेपाल मा चिन त्यति ध्यान दिदैन किनभने तिब्बत मै उसको राम्रो पकड बन्न बाकि छ र भौगोलिक र आर्थीक रुपबाट नेपाल उस्कोलागी त्यति महत्त्व को हैन ,सुरक्षा को मामिलामा बाहेक |
      तेसैले नेपाल मा भारतीय हैकम धेरै समय चल्ने अब देखिन्छ तब सम्म जब सम्म सबै नेपालि लाइ आफ्नो देस प्रति सचा माया हुदैन |
      नेपाल स्वाधीन कुन बेला हुन्छ
      (((((((((((((((खराबै भने पनि,बोलि को ठेगान न भएको भनेपनि नेपाल लाइ हाल प्रचण्ड जस्तो नेता नै चाहिन्छ | किनभने उसले इन्डियन को चाकडी गरको भने पनि कमसेकम १९ ५० को सन्धि को कुरा आयो,सिमामिचिएको मा अलि अलि भए पनि कुरा उठ्यो | म लाइ मन न परेपनि माकुने ले भारतीय लाइ चाकडी गर्दा प्रचण्ड चेस खेलिरहेको छ |चेस खेल्नु र चाकडी गर्नु फरक कुरा हो |सबै नेपालि देश भक्त दिदि बहनी दाजु भाइ मा प्रचण्ड नै नेपाल को लागि एकमात्र काबिल नेता रहेको उध्गोस गर्दछु )))))))))))))))
      जय मातृ भुमि |जय नेपाल |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 24

      • देवराज जोशी, कैलाली

        तपाईमा समस्याको पहिचान गर्ने बुद्धि र सत्यकुरा लाइ सत्य भन्ने हिम्मत रहेछ, द्रोण जी सलाम छ अरु कतिपय माओवादी विरोधी हरु लाइ चै मलाइ stereotype anti communist भन्ने मनलाग्छ जो अमेरिकाले प्रचार गरेको कम्युनिष्ट खराब पद्धति हो भन्ने कण्ठ गरी बसेका छन् |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 17

        • बीर

          देवराजजी, यदि कम्युनिस्ट सासन तपाइले भनेको जस्तै राम्रो हुने भए संसार भरि फैलिनुको बदली किन हराएर इतिहासको पानामा पुग्यो त ? कतै तपाई पनि stereotype communist त पर्नु भएन त्यसो भए ?

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 12

          • देवराज जोशी, कैलाली

            बीर जी मैले कम्युनिस्ट सासन राम्रो भनेको छु र कही? यसको अर्थ नराम्रो भन्न खोजेको चाही हैन नि ! मेरो भनाइ कुनै पनि व्यवस्था आफैमा १००% राम्रो वा नराम्रो हुँदैन भन्ने हो त्यसलाई सन्चाल गर्ने पार्टी र नेतृत्वमा भर पर्छ, हो कम्युनिस्ट सासन विश्वका धेरै देशमा असफल भएकै हो तर त्यही व्यवस्था चीनमा सफल पनि भएको छ | खुला बजार मुखी पूजीवादी सासन व्यवस्थाका दुर्गुण हरु पनि हालैका वर्षहरुमा उजागर हुदै गैरहेका छन् तसर्थ कुन व्यवस्था आदर्ष हो यसै भन्न गाह्रो छ तर दुबैका राम्रा पक्ष समेटेर नेपालको लागि उपयुक्त व्यवस्था ल्याउन पर्यो |
            जहाँ सम्म मेरो प्रश्न छ stereotype को कुरै छाडौ मलाइ कम्युनिस्ट भन्नु पनि सायद ठीक हुदैन कि? किनभने मलाइ यसको आधारभूत सिद्धान्त मार्क्सवाद को पनि धेरै ज्ञान छैन, मलाइ लोक तन्त्रका आधारभूत सिद्धान्त प्रेस स्वतन्त्रता, मानव अधिकार लगायत को सम्मान गर्ने कम्युनिस्ट सासन भए पूर्ण समर्थन छ जुन माओवादीले स्वीकारेको कुरा हो |

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 11

            • बीर

              देवराजजी, अहिले चाँही तपाइको र मेरो विचारले ९९% मेल खायो है | बिमति मात्र के मा रह्यो भने माओबादीले लोकतन्त्रको आधारभूत सिद्धान्तहरुलाई स्वीकारेको कुरो | यो कुरामा भने म तपाईसंग पूर्ण सहमत छैन | माओबादीले मुखले त यी कुरालाई स्वीकारेको कुरो पटक पटक गर्छ तर बास्तविक व्यवहारमा भने देखाउन सकेको छैन होइन भने अझै पनि हत्या, आतंक, अपहरण, वाई सी एल ज्यादती, हत्याराको संरक्षण, दलीय सेना किन र के को लागि ? सबैलाई थाहा भएको कुरा हो माओबादीलाइ अब कसैले बिस्थापित गर्न सक्दैन भनेर तर अझै पनि माओबादीलाइ किन वाई सी एल जस्तो दलीय दस्ता र जनसेना जस्तो दलीय सेनाको सहारा चाहियो त ? यदि उसले पूर्ण लोकतन्त्रको सिद्धान्तमा बिश्वास गर्छ भने किन ससस्त्र संगठनहरु चाहियो त ? किन माओबादी अन्य दल जस्तै पूर्ण निशस्त्र हुन मान्दैन त ? अब त जनयुद्ध पनि छे नि, शंका गर्नु पर्ने ठाउ छैन र ? यो एकदमै साधारण लाटाले पनि बुझ्ने कुरा हो | त्यसकारण अझै पनि मलाई माओबादीले भोलि धोखा नदेला भन्ने कुरामा तपाइलाई बिश्वास होला तर म पूर्ण रुपले बिश्वस्त छैन | यदि यी कुरालाई माओबादीले पूर्ण रुपले त्याग गर्छ भने म पनि भोलि देखि नै माओबादीको समर्थन गर्छु | म जस्ता अरु लाखौ होलान तिनीहरुले पनि समर्थन गर्ने छन् |

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 10

              • देवराज जोशी, कैलाली

                हो बीर जी तपाइको र मेरो ९९% कुरो मिले पनि १% गाँठी कुरो चाहि नमिलेको केहो भने तपाईले माओवादीको ससस्त्र विद्रोह लाइ भित्रै देखि स्वीकार्नु भएको छैन र मैले त्यो अपरिहार्य थियो भन्छु | तपाइले ०४६ पछिको कालखण्ड लाइ लोकतान्त्रिक साशन व्यवस्था भएको ठान्नु हुन्छ मैले मान्दिन | माओवादी लाइ अहिले आफ्नो सेना किन चाहियो भन्नेकुरा पनि अहिले जनताले चाहेको लोकतन्त्र स्थापित भैसकेको छ कि छैन त्यसैमा भर पर्छ, मेरो भनाइ हो अहिले त्यो भएको छैन किनभने हाल सम्म नेपाली सेना जननिर्वाचित सरकार मातहतमा आइसकेको छैन, माओवादीको सरकारलाई मात्र होइन यस सरकारको र सर्वोच्च अदालतको आदेश समेत मानेको छैन उसले | मानौ नेपाली सेना र सरकार समानान्तर शक्तिकेन्द्र हुन् | जबसम्म देशमा पूर्ण लोकतन्त्र बहाली हुदैन, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनता कायम हुदैन तब सम्म माओवादीले सेना राखु पर्छ त्यस बाट राष्ट्र लाइ नोक्सान होइन फाइदानै छ |
                वी.पी. कोइरालाले पनि भनेका थियेरे नेपाली कांग्रेसले सेना विघटन नगरेको भए १७ सालमा प्रजातन्त्र मासिने थिएन भनेर |
                जहाँ सम्म हत्या , आतंक , लूटपाट हरुको कुरा छ यसमा सबैमा माओवादी कार्यकर्ता दोषी छैनन उनीहरुलाई बद्नाम गराउन खोजिएको छ परिवर्तन विरोधी गुट हरुको छाल हो यो , कुनै कुनै केसमा माओवादी कार्यकर्ताको संलग्नता हुन् सक्छ तर त्यो त अरु पार्टीका मानिसपनि भेटिन्छन नि कहिले काहिँ अपराधि जो सुकै भएपनि कारवाही हुनुपर्छ यो मेरो मान्यता हो |

                गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 9

                • बीर

                  देवराजजी, यहाँ आएर चाही फेरी तपाई र मेरो विचारले ९९% मेल खाएन है कारणहरु:

                  १) “तपाईले माओवादीको ससस्त्र विद्रोह लाइ भित्रै देखि स्वीकार्नु भएको छैन” भनेर आरोप लगाउनु भएको छ यो १००% गलत छ | माओबादीको ससस्त्र बिद्रोहलाई मैले समय, परिस्थिति र बाध्यताले श्रीजना गरेको कुरो ठान्दछु र त्यसमा भएका दुखद जनधनको क्षतिलाई एउटा लडाईको हालतमा हुने क्षतिको रुपमा सहज रुपले लिन्छु चाहे त्यो जुन सुकै पक्षबाट भएको किन नहोस |

                  २) जनयुद्धमा सरकारी सेनासंग लड्नलाई माओबादीलाइ सेनाको आबश्यकता थियो, तर अब त जनयुद्ध सकी सक्यो, अब माओबादिलाई को संग लड्नलाई सेनाको आबश्यकता पर्यो ? अबको उसको लडाई भनेको त कांग्रेस र एमालेसंगको प्रजातान्त्रिक लडाई हो, जसमा उसलाई कुनै सेनाको आबश्यकता छैन, उसको सेना त अब जनता हुन्, यदि माओबादीले पक्का राम्रो नियतले प्रजातान्त्रिक मूल्य र मान्यतालाई शिरोपर गरि अगाडी बड्छ भने जनता नै उसको लागि ढाल बनेर रक्षा गर्नेछन, जस्लाई कुनै पनि सेनाले हराऊन सक्ने छैन, भने उस्लाई अरु सेनाको किन जरुरत पर्यो ? सेनाको आबश्यकता त उसलाई तब पर्छ जुन अवस्थामा जनताले पनि साथ दिदैनन, जनताले तब उस्लाई साथ दिदैनन जब उसको नियत ठीक हुँदैन, भने पछि सेनाको खाँचो हुनु उसको नियतमाथि शंका गर्नु पर्ने कुरो होइन र ?

                  ३) १७ साल र अहिलेमा धेरै फरक छ, त्यसबेला जनताले राजा चाहन्थे अहिले चाहन्नन। त्यसबेला सेना राजाको हातम थियो अहिले छैन साथै त्यसबेलाका जनता र अहिलेका जनताको चेतनामा आकाश पातलको फरक छ जुन १९ दिने आन्दोलनले प्रमाणित गरि सकेको छ | त्यसकारण यदि सही नियतले चल्यो भने सेनाबाट डर मान्नु पार्ने मैले देख्दैन |

                  ४) “जबसम्म देशमा पूर्ण लोकतन्त्र बहाली हुदैन, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनता कायम हुदैन तब सम्म माओवादीले सेना राखु पर्छ त्यस बाट राष्ट्र लाइ नोक्सान होइन फाइदानै छ” भन्ने कुरासँग म पूर्ण रुपले असहमत छु | किनकी विश्व ईतिहासले पटक पटक सिद्ध गरि सकेको छ कि कमन्युस्टहरु अन्तमा अधिनायकबाद तिरै धल्कन्छन् भनेर, त्यसकारण अबको प्रजातान्त्रिक र नागरिक सर्बोच्चता माथि यदी कसैबाट डर छ भने त्यो डर मलाई सबै भन्दा बढी माओबादीबाट नै लागेको छ | कांग्रेस र एमालेले त यी मान्यतालाई मानि स्विकारी आएका हुन् त्यसकारण उनिहरुबाट यस्को हनन होला भन्ने मलाई रत्तीभर डर छैन, भलैइ उनिहरु भ्रस्ट होलान |

                  ५) कार्यगत क्षमताको आधारमा मेरो ब्यक्तिगत मुल्याङ्कन अनुसार माओबादी १ नम्बर, एमाले २ नम्बर र कांग्रेस ३ नम्बरमा आउछन, त्यसकारण यदि माओबादीले पूर्ण रुपले हतियार र वाइ सी एल को त्याग गरि पूर्ण प्रजातान्त्रिक राजनीतिमा आउछ भने माओबादी नै मेरो पनि पहिलो रोजाइ हुनेछ, तर यदि उनिहरुले यी कुराहरु त्याग्दैनन् भने मैले कुनै पनि हालतमा माओबादीलाई पूर्णरुपले बिश्वास् गर्न सक्दैन, किनकी कतै “चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी” भन्ने अवस्था भोग्न नपरोस कतै अहिले हामीले जति अधिकार पाएका छौ अधिनायकबादिलाई सत्ता सुम्पेर भोली फेरी कतै त्यो पनि नखोसियोस |

                  मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

                  • देवराज जोशी, कैलाली

                    बीर जी,
                    १) माओवादीको ससस्त्र विद्रोह सम्बन्धमा तपाईंको बारेमा मेरो सोचाइ गलत रहेछ माफ्गर्नु होला |
                    २) “सरकारी सेनासंग लड्नलाई माओबादीलाइ सेनाको आबश्यकता थियो र अबको उसको लडाई भनेको त कांग्रेस र एमालेसंगको प्रजातान्त्रिक लडाई हो” भन्ने बुझाइ मलाइ त्यति परिपक्व लागेन किनभने माओवादी र आम नेपालीको पनि मुख्यतः लड़ाई सेना संग र अहिले कांग्रेस- एमाले संग नभएर पूरै उन्मूलन नभई सकेको सामन्तवाद र पुरानो परिपाटी कायमै राख्न खोज्ने प्रवृत्ति र तत्वसँग हो, अर्थात पुरानै परिपाटी कायम हुँदा पहिले हालीमुहाली गरिआएका कांग्रेस- एमाले लगायत पार्टीका केही स्वार्थी नेताहरु, सेनाका केही उच्च आधिकारी र नेपालमा परिवर्तन देख्न नचाहने भारतीय सत्ता लाइ सफल हुन् नदिनुनै हो |
                    ३) मैले माथि बुँदा २ मा भनेझैं डर सेना संग होइन ति परिवर्तन विरोधी संग हो जो आफ्नो सम्पूर्ण शक्ति लागएर प्रतिक्रान्तिको षड्यन्त्र गरीरहेका छन्, भारतीय सेनापतिको वक्तव्यनै हेर्नुस शान्तिप्रक्रियाका विउद्ध छन् |
                    ४) यो अधिनायकवाद को हौवाको त के कुरा गर्नु अरु रोगको इलाज हुन्छ संकाको हुन्न भन्छन त्यस्तैहो, ज्ञानेन्द्रको अधिनायकवाद लाइ फाल्न सक्ने जनताले कुनै अधिनायकवाद टिक्न दिनेछैनन, बीर जी मन नपरेको केजातिको स्वासै गनाउने भनेझै माओबादीको सत्ता भन्दा त कांग्रेस कै भ्रष्टाचार ठीक भन्नु हुन्छ भने के लाग्यो |
                    मेरो सोचाइ त के छ भने अहिले नेपाल लाइ प्रजातान्त्रिक अधिकार भन्दा बढी सुशासन, तीव्र आर्थिक विकास, विभिन्न आर्थिक-सामाजिक उत्पीडन बात मुक्त गराउन सक्ने सासक चाहिएको छ तर हामीलाई निरङ्कुश पनि चाहिएन त्यसैले आवधिक निर्वाचन त अनिवार्य नै छ| यहा निर हाम्रो मत भिन्नता हुन् सक्छ |
                    ५) यहानिर मेरो फेरिपनि भनाइ उही हो अधिनायकवादको हौवा परिवर्तन विरोधी षड्यन्त्रकै हिस्साहो तपाइँ जस्तो मान्छेले बुझ्ने पर्नेहो | सैनिक शक्तिको भरमा अधिनायकवाद नटिक्ने त प्रमाणित भैसकेको हो नेपालमा त्यसमा डराउनु भनेको कांग्रेस- एमाले लगायत पार्टीको आत्म विश्वासको कमी अथवा जनता लाइ दिग्भ्रमित पार्न खोजेको हो भन्ने मेरो भनाइ |

                    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 7

                  • madan bajracharya

                    बिर जी

                    मुसुक्क हास्न मन लागे मलाई तपाईंको यो प्रतिक्रिया पढेर/ कुनै व्यंग गरेर होयिन/ आखिर अभिव्यक्तिको शैलिमात्रै त् फरक रहेछ कुरा र बिचार हाम्रो एउतै हो बिर जी/

                    आखिर मावोबादी जन्मिए त् किन कसरि जन्मिए भन्ने कुरामै सबै कुरा अल्झिएको छ/ जनताले कोहि प्रजातन्त्र बादी हौँ भन्ने लाई २/३ को मत दिएका थिए/ तेतिबेला आफुलाई मावोबादी होयिन मात्र साम्य बादी भन्ने हरुले पाएको मत औंलामा गन्न मात्रै पुग्ने थियो/
                    अब २/३ पाउनेको गति र मति देखे पछी नेपाली जनता जस्तो
                    संस्कार मान्ने जनता साम्यवाद के हो भनि नबुझेरै उहिले प्रजातन्त्र
                    बादी भन्ने लाई दिएको भोट साम्यवादी लाई र अहिले साम्य बादी
                    भन्ने लाई दिएको भोट मावोबादिलाई दिए/
                    अब येही कुरालाई लिएर के जनतालाई प्रजातन्त्र बादी ठान्नु हुन्छ कि साम्याबादी बा मावोबादी बिर जी/ उहिले २/३ पाएको ४६ साल मा बहुमत पाएको लाई भोट दिएको पनि प्रजातन्त्र को लागि थियो/ उनीहरुले जनतालाई प्रजातन्त्र महसुस सम्म पनि गराएँन अनि जनताले त्यो पाटीलाई तिरस्कार गरेर तिनका बिरोधि पार्टीलाई भोट दिए; के को लागि प्रजातन्त्र नपाएको झोक मा साम्यवादी लाई दिए/ अनि साम्यवादी भनाउँदा पनि उही द्यांग का मुला परे/ अनि जनताले तिनलाई पनि तिरस्कार गरे तेसैले एमाले भनाउँदा ले पनि यस पालि भोट कम पाए मावोबादिले बढी पाए/ तर प्रसं यो उठ्छ मावोबादिले बढी भोट किन पाए उसको मावोबाद देस्माठी लाद्न लगाउन जनताले उनीहरुलाई उहिले कांग्रेस एमाले लाई दिएको भोट अहिले मावोबादिलाई दिएको ठान्नु हुन्छ भने गलत ठान्नु हुन्छ/ जनताले प्रजातन्त्रको लागि भौंतारिंदै प्रजातन्त्रको अपमान गर्ने दलहरुलाई तिरस्कार दर्साउन
                    मात्रै मावोबादि धोक्रोमा आफ्नो मत थुपारेको हो/ अब यसै कुरालाई मावोबादी हरु हेर जनताले उनीहरुको मावोबाद लाई जनताले रुचाए भनि ठाने उनीहरु आत्म रति गर्दै गर्दै छ/ अब येही कुरा हामि मा लागु हुन्छ/ हामि सबै देस को स्वाभिमान फर्काउन खोज्दै छौं प्रजातन्त्र को बास्तविक पुनर्बहाली खोज्दै छौं/ हामीले न कांग्रेस को भारत बाद चाहेको हो न एमालेको सताबाद चाहेको हो न मावोबादीको मावोबाद र न मधेश बाद जस्तो घिन लाग्ने जातिबाद चाहेको हो/ हामि चान्छौँ त् रास्ट्रको स्वाभिमान र प्रजातन्त्र/

                    जनता र हामि सबैले जनताको बिरोधि रास्ट्र द्रोहिको सत्रुलाई आफ्नो पनि सत्रु भए पनि मित्र मान्दै छौं/ हामीले यक पल्ट यी रास्ट्र घातिहरुलाई परास्त त् गर्न सकौं, अनि देखाउने छौं चुनावमा जनता बास्तवमा के चाहेको हो भनि/

                    बिर जी तपाईंमा बौद्धिक गुण छ/ बुझ्नु नै हुने छ/ आज राजनैतिक दलहरु राजनीति गर्दै छैन/ तिनीहरुलाई राजनीति भनेको के हो त्यो कुरा नै थाह छ कि भन्ने कुरा मा संखा गर्न सकिने अबस्था छ/ तर नपढेका भोका नांगा र सताब्दी देखि शोषण को मार् मा परेर धनि देसको कङ्गाल नागरिक नागरिक बनाईएका जनतालाई राजनीति के हो थाह छ/

                    यो जन राजनीति हो कि अहिले उहिले मार्ने लुट्ने पार्टीले भोट र बैचारिक मत पाएको पनि/ उपचारको क्रममा छुरी चक्कु पनि धोई पखाली उपयोग गरिन्छ बिर जी/ गिरिजाले अस्ति एक चोटी भनेको थियो नि मावोबादिले उसलाई प्रयोग गरेर फाल्ने राजनीति गर्यो भनेर/ हो आज सबै यहि खेल खेल्दै छ/ शायेद तपाईं पनि अनि पक्कै म पनि/

                    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

                    • बीर

                      मदन दाइ, सबै नभए पनि धेरै हद सम्म तपाई हाम्रो बिचारले मेल खान्छ, खाली नेपालबाट अमेरिका जानु पर्यो भने पूर्वतिरबाट जाने कि पश्चिमतिरबाट जाने भन्ने मात्रै हो, गन्तब्य चाही सबैको एकै हो |

                      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

      • बीर

        द्रोणजी, देश र राष्ट्रियताको माया नहुने त को पो हुन्छ होला र ? तपाई जुनै तप्काको मान्छे भए पनि तपाइलाई पनि देशको माया छ होला तर मनमा लागेको, चित्त नबुझेको कुरा अरु मान्छेले सोचेर विचार गरेर मात्रै बोल्छन भने प्रचण्डले जे मनमा लाग्यो त्यही फ्याट्टै भनि दिन्छन, उनलाई त्यसले भोलि कस्तो साइड इफेक्ट पुर्याउला भन्ने कुरा सोच्दैन, होइन भने बाबुराम, गजुरेल जस्ता बरिष्ठ माओबादीहरुले प्रचण्डले जस्तै जे पायो त्यही बोल्दै हिडेको देख्नु भएको छ र ? के बाबुराम, गजुरेल आदिलाई देशको माया नभएको खाली प्रचण्डलाई मात्रै भएको होला त ? त्यकारण प्रचण्डले बोल्यो भन्दैमा प्रचण्ड नै ठिक अरु बेठिक भन्ने कुरा त्यति उचित छैन |

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

        • द्रोण

          बिर जी
          यहा हामीलाई राम्रो र नराम्रो को च्वाइस छैन ,अधिकांस मणि हराएका सर्प जस्ता नेता छन् ,एस्तो मा जन युद्द लडेको अनुभब भएको ,इन्डियन सग ड़ीयलिंग गरेर खारिएको , परेको बेलामा गर्जन सक्ने ,सहासिलो आदि कुरालाई हेरेर मैले उक्त बिचार राखेको हो |प्रचण्ड ले जथाभाबी बोल्दारहेछान ,तेसैले उनले के बोल्छन भन्दा पनि के गर्छन त्यो महत्त्व पूर्ण बिषय हो | बाबुराम अर्का सम्भाबना भएका नेता हुन् , तर उनि आफै आफुलाई २ नम्बर मा राख्दा रहेछन| अब उनीहरुको यो नै बिसेसता भयो |
          अब बैद्य र गजुरेल को बारेमा त्यति थाह छैन,यहा मेन हिरो त् फ्लप भएको बेला कौन पुछे खेसरिका दाल |
          खैर समय र परिस्थितिले भोलि का दिनमा देस छिटो छिटो इन्डियन उपनिबेस बन्ने जस्तो देखिदैछ |तेसो न होस् यहि कामना गरौ |

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

        • बीर

          देवराजजी, कति कुरा तपाईको सहि होलान त कतिपय कुरा मेरा पनि सहि होलान | मुख्य कुरो तपाईले त्यही कुरालाई कुन दृष्टिकोणले हेर्नु हुन्छ र मैले कुन दृष्टिकोणले हेर्छु, तपाई कुन धरातल, परिस्थितिबाट गुज्रेर आउनु भयो र म कुन धरातल, परिस्थितिबाट गुज्रेर आए त्यहीमा भर पर्ने कुरा हो | यसरि कसको कुरो सहि कसको गलतको दोहारी नै खेली रहने हो भने त कहिल्यै सकिदैन, जे होस् तपाइको केहि विचारहरुलाई मैले सम्मान र स्वीकार गर्छु साथै तपाईले पनि मेरा कुराहरुलाई गर्नु हुन्छ वा भयो होला जस्तो लाग्छ, जुन कि अरु कतिपय साथीहरुसंग हुदैन यसलाई नै यो बहसको उपलब्धि मानौ होला | अन्तमा मेरो मुख्य भनाइ चाही माओबादीले गरेको हरेक कुरालाई ठिक भनेर उसलाई जे पनि गर्न सक्ने फ्री लाइसेन्स नदिउ भन्नु हो, किनकि यसको परिणाम भयानक हुन् सक्छ | उसले उठाउने गलत कदमहरुलाई आलोचना गरि बेलैमा उसलाई पनि सचेत गरौ, ताकी उसलाई पनि बेलैमा ए जनताले त यस्तो कुरो मन नपराउदा रहेछन भन्ने आभास होस् र कुनै पनि गलत कदम उठाउन आँट नगरोस | उसले गर्ने हरेक कुरालाई ढुक्क भएर होइन शंकाको दृष्टिले पनि हेर्ने बानि गरौ, ताकी यदि उसले कुनै गलत कदम चाल्न खोजेमा हामीले बेलैमा रोक्न सकौ, होइन भने उ बैसमा मात्तेको साढे जस्तो हुनेछ जसलाई कसैले बाँध्न सक्दैन र यसको दोषी तपाई हामी नै हुने छौ | कतै फेरी अर्को अधिनायकबादबाट मुक्ति पाउन दशकौ कुर्नु नपरोस, १५ हजार होइन १५ लाखको बलिदान दिन नपरोस | त्यसैले माओबादीले गरेका सहि कामको समर्थन पनि गरौ, तर गलत कामको बिरोध पनि गरौ, तर अन्धभक्त भएर जे मा पनि समर्थन मात्रै नगरौ भन्नु नै मेरो मुख्य मनसाय हो |

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

          • बीर

            देवराजजी, माफ गर्नु होला यो कमेन्ट गलत ठाउमा पर्न गयो है, यो माथिको हाम्रो लामो गन्थनमा तपाइको कमेन्टको जवाफ हो |

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • बीर

        द्रोणजी, देशको माया नहुने त को पो हुन्छ होला र, त्यसकारण तपाई जुनै तप्काको मान्छे भए पनि तपाइलाई पनि देशको माया त लाग्छ नै होला, त्यस्तै अरुलाई पनि लाग्छ | तर चित्त बुझेन, मन परेन भन्दैमा मनमा जे लाग्यो त्यही प्याच्च बोल्दै हिड्नु त भएन नि, होइन बाबुराम, गजुरेल, बैद्य जस्ता बरिष्ठ नेताहरु पनि जे मनमा लाग्यो त्यही बोल्दै हिड्थे होला नि, के तिनीहरुलाई प्रचण्डलाई जस्तो देशको माया नभएको होला र ? त्यसकारण प्रचण्डले जे पायो त्यही बोलेर हिडे भन्दैमा उनलाई नै अरु भन्दा गतिलो भनेर चाही मान्न सकिन्न |

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 6

    • Durga Khanal

      मेरो विचर मा यो नै प्रजान्तंत्र बिरोधि सबभन्दा ठुलो निर्णय हो एसमा धेरै जनाको मत एस निर्णय को विरुद्ध मा हुन्छ ! भोलि देश मा टाएर नबलुन र मान्छे नमरून यो नौटंकी को कारण ! उपरास्टपति सपथ त खाउ तर सपथ को भाषा पूर्व पाँचथर फलैचा को लिम्बुवान, झापा जिल्ला झापा गाउ को सतार धिमाल , डडेल्धुराका देउडा भाषी , कर्णाली बासि , हिमालका जनता , काठमान्डू का नेवार भाषी दोलखाको तामांग भाषा पोखरा आसपास का गुरुङ अनि विभिन्न जनजाती ले बुझुन र बुझेर ताली पद्काउदा रमाइलो होस् , बिडम्बना माधब नेपाल , प्रचण्ड , गिरिजा , झलनाथ , सुभास नेम्बांग , साथै तराईबासि सबैले यो मर्यादित पदमा सपथ खादाको भाषा नबुझ्ने पक्का छ ! अब भाषा ट्रांस्लेटर को आवसेक नेपाल मा छ ! कोरिया , जापान ,चिन का रास्टप्रमुख विदेश जादा आफ्नै देशको भाषामा कुरा गर्दा रहेछन के इनिहेरु बाट नेपाल का नेता पाठ सिक्दैनन ! नेपाल लाई स्विर्जर्लैंड र सिंगापुर बनाउने सपना बाड्नेहरुको यो संबिधान संसोधन गर्ने निर्णय भबिस्य को लागि हानिकारक छ !!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 0

    • aryab

      इन्डियन सग आखिर हाम्रा नेता हरु किन लुत्रुखा हो ? कस्तो अच्चम ब्लोड प्रेसर हाई हुने भो अब. इज्ज़त नै नभका मुला नेता हो बेच कति बेचास अब बाकी भाको यो नेपाल त हो नि एस लै पनि टुक्रा टुक्रा परेर बेच अनि दोस चै अर्काको नाम मा हाल ..रोक्नु पर्चा एस्तो सम्सोदन हामी सबै मिली नेता लै जे पायो तेही गर्न दिनु हुदैन है अब जागौ हामी सब मिली ….

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Desh Bandhu Sharma

      चरेशानान्दाले अब हिन्दीमा खान्छ सपथ्की मैथलीमा ?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

      • allen

        चरेसानन्दले अब चरेस खान्छ!! नेपाल, नेपाली र राष्ट्रियताले हरेस खान्छ।

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

      • allen

        चरेसानन्दले अब चरेस खान्छ!! नेपाल, नेपाली र नेपाली राष्ट्रियताले अब हरेस खान्छ।

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • sudarshan

      खाने बेला मा मात्रै होइन नेता हो काम गर्ने बेला मा पनि एक हुन सिक!! राजनीति र कुर्ची को लागि यिनीहरु एक हुदा रहेछन!! अब जनताको संबिधान बनाउन को लागि पनि एकै ठाउँ मा भेला भएर संबिधान बनाए त् हो बनाएनन् भने नेपाली जनता ले मुख मा थुकिदिने छन!! कालो मोसो दलेर जुत्ता को माला भिराइने छ र यिनी हरु को बचेखुचेको इतिहास पनि जलाइने छ !!
      चेतना भया!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • madan bajracharya

      खै कसैलाई चिन्नै सकेन मैले त्/ कसले कसको बिरोध कहिले किन गरिएको थियो र त्यो बिरोध गर्ने हरु घरि घरि आफ्नो रंग कहिले किन बदल्छ तेस्को ठेगाननै भएँन/ म अरुको कुरा गर्न चाहन्न मैले आफुले महसुस गरेको त् म बिरानो देसमा हराएको व्यक्ति जस्तै भए/

      हामि बरु उहिले जनाधिकार हनन भएको दुख भोग्नेमा थियो त् अहिले हाम्रो देसको स्वोतान्त्र्ता महसुश समेत गर्न नसकिने रास्त्रियेता मार्दै गरेको अबस्थामा बाच्न परि रहेछ/

      देसमा संबिधान बन्ने बेलामा बहुमत बात निर्णय गरि कुन भाषा बात सपथ लिन पाउने भनि बनाउने पर्ने नियेम हरु तिन पार्टी मिलेर जे पनि बनाउने यो प्रबिती बोकेकाले संबिधान सभालाई अपांग बनायेंन र भने? संबिधानको प्रावधानहरु जनताले चुनेको सांसदहरुले बहुमत बात निर्णय गरि बनाउने कि तिन ठुला दलहरु मिलेर बनाउने? दल हरु मिलेर संबिधान बनाउने हो भने ६०१ जना लाई किन भत्ता दिएर राख्ने?

      परमानन्द झा को प्रबिती अरास्त्रिये प्रबिती हो भनि सबैले महसुस भएकै कुरा हो/ त्यो ब्यक्ति त् सजाएको पात्र्नै हुन्/ अब तेस्लाई उप रास्ट्र पति बनाउने पर्ने भए यो माग त् नेपाल स्वोतन्त्र हो भन्ने हरुको होला त् ?

      आज पनि देस को रास्ट्र भाषा नेपाली नै हो/ परमानन्द लाई नेपाली भाषा को राम्रै ग्यान छ/ यो प्रमाणित सत्यता हो/ तर उ नेपाली नबोल्ने रे यो कुरा अपराधिक मनोब्रितिको कुरा हो/ उसलाई नेपाली नाउने रे यो त् उसले तेत्रो पदमा बस्न दिने नमिल्ने गरि फताह बोलेको हो/ हिजो सम्म तेस्को बिरोध गर्ने हरु आज एका एक कसरि मिले? कसले मिलाए? देस प्रेमी रास्ट्र भाषा प्रेमीले त् पक्कै होयिन त् को हुन् त्यो? हाम्रो रास्ट्र पतिको रास्ट्र पति बा हाम्रा नेताको पनि नेता?

      के हामि आफुलाई अब स्वोतन्त्र देस को नागरिक हौँ भनि बाच्ने नदिने भयो यिनीहरुले? कुरा मिल्नु राम्रो हो तर देसको स्वाभिमान विकिनु लाई कसरि स्वीकार्ने?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 12

      • kesu

        मदन जी
        जे कुरा लाइ पनि घुमाइ घुमाइ माओबादी को समर्थन मा लानु हुन्थ्यो तपाइँ र पुष्प जी ले ,माओबादी ले यो चरेसानन्द को लागि गरेको समर्थन लाइ पनि घुमाइ फिराइ राष्ट्र हित र जन हित मा छ भनि कमेन्ट बनाउनुहोस न,
        जय नेपाल.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 33 Thumb down 22

        • Bhimsen Limbu

          केसुजी !
          मेरो बुझाइमा त्यस्तो होइन । जो तपाइँले यहाँ व्यक्त गर्नुभएको छ । केही मित्रहरु जरुर माओवादीका हिमायती हुनुहुन्छ । तर, केही मित्रहरु चाहिँ माओवादी वा जेसुकै वादी होउन् तर चरित्र र व्यवहार ठीक वा बेठीक के कस्तो प्रकट गरे, कुन विषयमा वा मुद्दामा कस्तो व्यवहार देखाए वा निर्णय गरे सोही अनुसार समर्थन वा विरोध गर्ने गर्नु हुन्छ, धारणा बनाउने गर्नुहुन्छ । तर्कहरु पेश गर्ने गर्नुहुन्छ । त्यस कुरालाइ बुझ्‍ने चेष्टा त गर्नसक्नु हुन्छ नि । सही कुराको समर्थन गर्दैमा माओवादीको समर्थन गरिहालेको वा गलत कुराको खण्डन गर्दैमा माओवादीविरोधी भएको भन्ने बुझ्‍नु हुँदैन भन्न चाहन्छु केसुजी । धन्यवाद ।

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 9

        • madan bajracharya

          केसु जी
          भारतको बिरोध गरे कि मावोबादी भन्ने लाई अब म के ऋषि धमला भन्न थालूं केसु जी/

          बहुदल माने पछी बैधानिकता पाएको पार्टी चाहे त्यो मावो बादी हुन् बा मधेश बादी बा राजा बादी बा ऋषि धमला पाल्ने पोस्ने काग्रेई नै किन नहुन ती पार्टीको अस्तित्वोको मान त् राख्ने पर्छ/ तर नीति नराम्रो भए जोसुकैको पनि बिरोध गर्नु पर्छ र राम्रो भए जो सुकेको पनि समर्थन गर्दै छुन/ मात्र एक पार्टीको दास प्रबिती भएकाले मात्र अरु पार्टीको बैधानिक अस्तित्वो नकार्छ र अरु पार्टीले गरेको राम्रो काम को पनि बिरोध गर्छ/ तपाईं यस्तै देखिनु भयो केसु जी/ मात्र नागरिक बन्नुस/ राम्रो काम को समर्थन गर्नुस नराम्रो काम को बिरोध गर्नुस/

          अर्को कुरा भारत सिट कुटनैतिक पहल गर्नु पर्ने भन्दै हुनु हुन्छ नि/ सिमा मिच्न थालेको अहिले होयिन र सरकार सबै भन्दा लामो समय चलाउने तेही ऋषि धमलाको र तपाईं समेत को प्रभु को पार्टी कांग्रेस हो/ के गरे तेस्ले कुटनैतिक पहल?

          के कांग्रेस जस्तो आफुलाई खुलेर भारत मुखी हौँ भन्ने ले भारत लाई तेत्रो तेत्रो नदि दान गर्दै आए घरि घरि भारत को पाउ मोल्न दिल्ली गए तर के एक इन्च भुमि फिर्ता पाए? उल्टै तपाईंको पार्टी को तरफ बात विदेश मन्त्रि भएका सुजाताले त् सिमानै मिचेको छैन भने/ तेस्तै कुरा लिकुने ले गरे/

          लिकुने पनि ऋषि धमला जस्तै तपाईं को गिरिजाले प्रतिस्थापन गरेको हो नि/ अब प्रधान मन्त्रि र विदेश मन्त्रीले सिमा मिचेको छैन भने पछी कसले गर्ने कुटनैतिक पहल? अब तपाईं गर्नुस ल कुटनैतिक पहल भारतले सिमा मिचेको बिरोध मा/ मेरो समर्थन रहने छ तपाईं लाई/ के चाहनु हुन्छ म पनि तपाईं जस्तै सुजाता गिरिजा बादी बनु ? ल बनि दिन्छु तपाईं ले पहिला भारतले सिमा मिचेकोमा आधिकारिक बिरोध गर्नुस तपाईं को हरएक शर्त मलाई मन्जुर हुनेछ/

          नभए आछ्याप पुर्बक अरुलाई यो बादी त्यो बादी भन्ने हरु लाई ऋषि धमला भन्दा फरक कसैले मान्न सक्दैन/ बैध्हिक स्तरमा आउनुस चित बुझ्ने तार्किक कुरा गरि हाम्रो बिचार बदल्नुस/ खिज्यायेर होच्याएर तपाईं महान प्रतिक्रिया कार बन्ने सपना न देख्नुस/

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 21

          • kesu

            मदन जी,
            कुनै कुतर्क निस्केन ? चरेसानन्द प्रति माओबादी को समर्थन को सङ्कल्प प्रस्ताव लाइ ठिक देखाउने.
            मलाइ तपैले ऋषि भन्नुस वा प्रचंडे जस्तो हत्य्रारा को नाइके मलाइ केहि मतलव छैन तर जे कुरा मा पनि माओबादी को समर्थन गर्ने रामहरी को परिवार को आसु नदेख्ने, बिरेन्द्र शाह को टुहुरा को आसु नदेख्ने तपाई ले मलाइ जे देखे पनि केहि फरक पर्दैन, आखिर पर्नु भो प्रचंडे एंड कम्पनि को सदस्य.
            जय नेपाल.

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 29 Thumb down 28

            • madan bajracharya

              केसुजी
              ले हो कसू जी म किन तपाईं लाई ऋषि धमलाको दर्जा दिउँला र? तपाईं आफैले भन्नु भयो नि तपाईं त् ‘चरेसानान्द्को प्रति मावोबादीको समर्थन को संकल्प प्रस्ताव लाई ठिक देखाउने मा समर्थन गने भनि/ अस्ति सम्म त् चर्को भाषा मा चरेसानन्द को बिरोध गर्दै हुनु हुन्थियो आज कोल्टे किन फेर्नु भयो? हुनत प्रजातन्त्र हो तपाईंको अधिकार को कुरा हो गर्नुस चरेसानन्द लाई सबै प्रकारको नमस्कार/ म त् बिरोधि थिएँ बिरोधि रहने छु/ चाहे त्यो मावोबादीको प्रस्ताव होउन बा कांग्रेस एमाले को/ नेपाल को रास्ट्र भाषाको अपमान गर्ने न्याय पालिकाको अपमान गर्ने फताह बोल्ने लाई कुनै पनि पद दिन खोज्ने को बिरोर्ध सदा रहने छ कसू जी/

              अब क कसको टुहुरो आँखा बात रसाएको आँसु कसले कति देख्यो भनि सबैलाई भन्दै हिड्ने मा आफूत परियेंन/ अनि अर्को कुरा मलाई प्रचंद्र यंद कम्पनीको सदस्य भन्नु भयो नि, यदि प्रचंद्र ले १९५०को सन्धि को साँच्चै नै संसोधन बा खारेज गर्न सके, जनमतको अपमान गर्ने गिरिजा यंद कम्पनि लाई पाताल मुनि घुसेदं सके, प्रचंद्र को पार्टीको सदस्य पनि बन्छु नमस्कार पनि गर्छु/ तपाईं चाहि उही गोबिन्दे चिरंजिबिको गद फादर को मतियारी गर्दै गर्नुस/ केहि फरक पर्दैन/

              कसू जी आफु चाहिं सबैलाई उपमा दिंदै हिड्ने अनि अरुले तपाईं लाई व्यंग गरेमा रिसाउने यस्तो पनि हुन्छ/ साथि भन्नुस साथिनै पाउनु हुनेछ/ बैर गरेमा बिरोधि ठानेमा जस्तो ब्यबहार तपाईं गर्नु हुन्छ जस्तो भाषा तपाईं अरुलाई प्रयोग गर्नु हुन्छ तेस्तै पाराले जवाफ पाउनु हुन्छ/

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 12

              • prakriti

                मदन जी कुरो र कुलो जता मोडे पनि हुन्छ हगी !! केसु जी ले sarcastic
                हुदै तपाइँ को आराद्येदेवको प्रस्ताबको औचित्त्ये प्रकाश पार्नु हुन्छ कि भनेको
                हो | कारण जग जाहेर छ | राम्रो कुराको सबै को समर्थन गर्छु भनि टोपल्ने
                तर माओबादीको टट्टू बनि हिड्ने तपाइँ र पुष्प जी नामुद नै हुनुहुन्छ नि
                mysansar मा

                मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

      • बीर

        मदन दाई, तपाईले काँधमा उचाल्ने गरेको माओबादीको चाला पनि देखि हाल्नु भयो क्यारे, त्यसैले मैले सधै भन्छु माओबादीले कतिपय राम्रो काम गरेको छ तर अझै झट्टै बुइ चड़ाई हाल्ने काम गरि सकेको चाही छैन | यिनीहरु पनि कुनै अर्को ग्रहबाट आएका त होइनन नि, यिनीहरुको पनि धेरै गल्ति र कमजोरीहरु छन् त्यसकारण यदि यिनीहरुले भोलिका दिनमा राम्रै काम गरेर देखाए भने chahi अबश्य पनि समर्थन गर्ने छु तर तपाईले झैँ अहिल्यै चाही गर्न सकिदैन |

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

      • Sasang Lama NY

        मदनजी ! यतिखेर भुपी शेरचनका हरफहरु सान्दर्भिक लाग्यो:-

        हामी आफुखुशी कहिल्यै मिल्न नसक्ने
        कसैले मिलाई दिनुपर्ने,
        हामी आफुखुशी कहिल्यै छुट्टीन नसक्ने
        कसैले छुट्याइ दिनुपर्ने,
        हामी आफुखुशी कहिल्यै अगाडि बढन नसक्ने
        कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
        हामी रङ-रोगन छुटेका,टुटेका, फुटेका
        पुरानो क्यारमबोर्डका गोटी हौं
        एउटा मनोरन्जक खेलका सामाग्री,
        एउटा खेलाडिमाथि आश्रित,
        आफ्नो गती हराएका
        एउटा स्ट्राइकर द्वारा सन्चालित
        हामी मानिस कम र बर्ता गोटी हौं।
        ,,,,,,,,,,,,,,,,,
        ,,,,,,,,,,,,,,

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

        • बीर

          अति राम्रो र यथार्थसंग मेल खाने कविता प्रस्तुत गर्नु भयो ससंगजी

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

        • madan bajracharya

          ससांक जी
          हामि स्ट्रायिकर का गोटी हौँ भनि आफैलाई यिनीहरुको कमारा हौँ जस्तो संदेश मन परेंन/ हामि यस्तो भए यसरि बिरोध गर्दै प्रतिक्रिया गर्ने सक्ने नै थिएन/ अरु कुरा हामि आफै मिलन नसक्ने मिलाई दिनु पर्ने कुरा पनि ठिक लागेन/ यो कुरा पनि भारतले मिलाई दिए मिल्ने दल हरु लाई लाग्छ/ हामीलाई लाग्दैन ससांक जी/

          सबै कुरा मा मिल्ने भए हामि सबै आज चिरंगीवी वाग्ले गोबिन्द राज जोसी सुजाता लिकुने जस्तै हुने थिए होला, जो हामि चाहन्दैनौ/ सिस्नु र साग नै मिठो जुठो फालिएको मिस्थान भन्दा/ गन्हाउनेको पाउ ढोगी चाटुकारको नमस्कार खोज्नु बास्तबमा आफनी आत्माको तिरस्कार गर्नु हो/ ससांक जी/

          तर के गर्ने कुहियेकोमा गन्हायेकोमा पलाउने प्राणि पनि श्रीस्तिकर्ताले बनाएको रहेछ त्यो त् हामि देख्दै छौं/

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 4

    • chandra b k

      होइन यी मावोबादी र सरकारहरु के भाको हुन् ? तेस्ता नेता लाई देस निकाला गरि अर्को उपरास्टपति बनाउनु पर्नेमा फेरी उसैलाई हिन्दीमा सपथ खुवाउन संबिधान संसोधन गर्ने ? छि ………छि ……….छि
      नेता हरु हो तिमिहरुको सुबुद्धि कहिले आउछ हो ? जे गरेउ गरेउ तर ताला चाबी छ भन्दैमा नेपालको अस्तित्त्वो चाही नामेताउ है !!!!!!!!!!!!!!!!!!!!!!!!!!!
      जय नेपाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 0

    • krishna ( Maryland , USA)

      सर्बोच्च अदालतको कानून सम्मत निर्णय लाई बेवास्ता गर्दै सहमतिको नाम दिएर कानून नटेर्ने अटेरीहरुलाई टाउकामा बोकेर हिड्ने भएर त हो नि दल हरुले बिश्वास गुमाएका / यिनेर्ले लेख्ने संविधान यस्तै झत्ते सहमतिहरुको संग्रह त होला नि ? भारत को दोस्रो सिक्किम नेपाल नै हो त ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

    • Jillabashi Baburam

      आज सम्म संसदनै खुल्न न दिने माओबादीले यो भारतीय दलाल लाई भारतीय
      भाषामा सपथ लिन स्वीकार गर्नु भने पछि माओबादी के को लागि लडी रहेको रहेछ त भन्ने सोध्न मन लाग्यो!

      सबै नेता हरु भारतका दाश! धिक्कार छ तिमीहरुलाई! यस्तो पनि जनप्रतिनिधिले गरेको निर्णय हुन्छ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 0

    • sherpa

      आखाले हेरेर कानले सुनेर मुखले चुप्प लगेर बसीरहेछु , कहिले त्यो दिन आउला कि जुन दिन हैजाले यी सबै नेताहरुलाई उडाएर नर्क लागोस , कोठाको भित्तामा टालेको स्विज़ेर्लैंड को तस्बिर लाई हेर्छु अनि सोच्न बाद्य हुन्छु ……….ए त्यहाँ पनि त हामी जस्तै मान्छे नैत बस्छ है किन हाम्रो नेपाल एस्तो र त्यहाँ त्येस्तो ..येतिकै मा मेरो फोनको रिंग बज्छ र साथीले सोदछा ओइ के गर्दैछस ? अनि जबाफ दिन्छु ,,ए येतिकै दल्केर बसेको यार जाऊत कहाँ जाऊ काम छैन बाहिर निस्के धुलो तेस्तै ,फोहोर त्येतिकै ग्हनौछा , अनि साथीले भन्छ तेसो भए आइज न त आज पनि येसोसाथीहरु आइहाल्छ कोरम पुघिहल्छा ५ रुपैया पोइन्ट ले खेलौला ,,,,,,,
      र फेरी सोच्छु हरे भगवान हाम्रो देश मा म जस्ता युवा सक्ति हरु कति येसरी खेरा गैरहेछ ? किन यी चोर हरुको किरा परेको दिमाग ले सोच्न नसकेको होला ????????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 0

    • Manoj

      यो कुरा भने ठिक लग्यो एस्तो मा त सहमति गर्नु पर्यो नि बिकाश त हुदै जान्छ नि आइले नभए नाती को पालामा त हुन्छ नि होइन त ??

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • Rakesh

      श्री पशुपतिनाथ ले हामी सबै को कल्याण गरुन , जय नेपाल.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 0

    • Cesar

      ग़लत, एक दम गलत| हन यी चोर नेताहरु छाती पोल्दैन/ दुख्दैन एस्तो ग़लत कुराले? कस्ता चोर, डाका, फटाहा, लफंगा रैछन|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 0

      • Deepak Luintel

        बोका भेडा गोरु गधा सबै नेता भए पछि यति पनि उपहार नपाउने हामी जनताले ! बन्धुहरु सहर्ष स्वीकार गरौ !

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • बीर

      हिन्दीमा सपथ ग्रहण गर्न पाउने भए पछी अब नेपाललाइ भारतको एउटा अघोसित राज्य भनेर संबिधानमा संसोधन गर्दा पनि हुन्छ | अरुबाट त के को आशा तर राष्ट्रियता र स्वाधिनताको हाउगुजी गरेर नथाक्ने माओबादीले यस्तो प्रस्ताब ल्याउला भनेर मैले चिताएको थिएन | यसको प्रमुख कारण भनेको माओबादिलाई फेरी सत्तामा पुग्न मधेशी दलको भर्यांगको सहारा चाहिएको छ | यसबाट माओबादी पनि सत्ताको लागि कुन हदसम्म गिर्दो रहेछ भन्ने कुरा प्रस्ट हुन्छ | त्यसकारण सबै जोगी कानै चिरेका हुन्, कसैले बढी नखोक्दा हुन्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 77 Thumb down 0

      • Sasang Lama NY

        वीरजी ! राजनीतिका जाली, झेली, घुमाउरा र भेउ पाउनै नसकिने खेलहरुलाई देखेर तपाईं जसरी अच्म्भित हुनु भएको छ्, म त झन तीन छक्क परेको छु परमानन्दले बाजी मारेको देख्दा! भाषाको माम्लामा जो प्रस्तावक् र जो समर्थक भएपनी आखिर तिनले हामीलाई जिल्ल्याएका छन| यस कुरामा एकै पक्षलाई मात्र किन गाली गर्नु ? अमेरिकाकै एउटा उदाहरण दिउँ है त ! राष्ट्रपतिको निर्वाचनताका हिलारी क्लिन्टन र ओबामाबिच एकार्कालाई हराउन साम, दाम, दण्ड्, भेद र सबैखाले जालझेल खेलहरु प्रयोग भएका थिए,दुइजना जानी दुष्मन भएका थिए |तर पराजित हिलारी त ओबामाको दाहिने हात भएकी छिन्| हिलारीलाई राज्य् सचिव बनाउनमा ओबामाको हात थियो वा डेमोक्र्याटिक पार्टिको व्हिप थियो! दैव जानोस! अनुभवी हिलारीको देनलाई पार्टी र् ओबामा दुवैले सम्मान गरेको एकछिनलाई मानिलिउँ, तर परमानन्दका अगाडि नेपालका तीन हेभिवेट पार्टिहरु किन लम्पसार परे? किन सत्तासिन र सत्तातुरहरु हिन्दी भाषाप्रती यत्रो सम्बेदनशील भएका ? भारतमै सबै ठाउँमा त्यो हिन्दी कामकाजी भाषा भैसकेको छैन भने हाम्रालाई चैँ यो हिन्दीले किन यसरी गाँजेको?

        शशांक लामा
        न्युयोर्क

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 5

        • madan bajracharya

          ससांक जी/
          म पनि जिल्लियें अरु देखि होयिन मावोबादी बात/ यिनीहरु कोहि पनि हेभी वेट होयिनन सबै अब त् मुसा नै लागे/ भारतको हेपाह नीतिको साब्दिक बिरोध गर्ने ब्यबहारमा भारत रिझाउने चाला मन परेन/ हिन्दी भाषा लाई मान्यता दिनु मात्र एउटा भाषा लाई मान्यता दिएको होयिन एक किसिम ले भारत को हेपाह नीतिलाई आत्मसात गरेको जस्तै लागे/

          ल ससांक जी अर्को संकास्पस्त कुरा पनि सुन्नुस/ अस्ति सम्म एक मधेश राज्य को बिरोध गर्ने र आफुलाई मधेसी मा भनिएकोमा बिरोध गर्दै आएको थारु नेताहरु मधेसी फोरम सिट रातो रात मिले र अब उनीहरु सबै मधेसी रे र उनीहरुलाई एक मधेश चाहिने रे/ येस्मा RAW को भूमिका भएको मान्ने कि रुपैयाको भूमिका मान्ने/ नेता मिल्दैमा जनता मिल्ने पर्ने भए यो कस्तो प्रजातन्त्र?

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

          • Sasang Lama NY

            त्यही त भन्या !!

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

          • बीर

            मदन दाइ, त्यही भएर त मैले सधै माओबादी अरु भन्दा राम्रो जस्तो देखिएता पनि अझै कसी लगाएर हेर्नु पर्छ र अहिल्यै यिनीहरुलाई पूर्ण बिश्वास गर्न सकिन्न भनेको त | कुनै कुनै बेला त यिनीहरुको चर्तिकला त्यति भरपर्दो देखिन्न, अहिले सत्ताको लागि जे पनि गर्न सक्नेले भोलि के पो नगर्लान र ? भन्न सकिन्न | त्यसकारण माओबादीलाइ अन्धाधुन्द होइन साबधानी पुर्बक समर्थन गरौ, भोलि फेरी ओकेल्नु न निल्नु नहोस भन्ने मेरो विचार हो |

            मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • पुष्प

        वीरजी,

        संविधान संशोधनमा हिन्दी भाषामा नभई मातृभाषा शपथ खान पाउने व्यवस्था गरिएको हो । परमानन्दको हिन्दीमोहबाट देखिउको उनको भारतपरस्त चरित्रका कारण उनलाई पुनर्बहाली गरिनु राम्रो पक्कै होयन । तर अहिलेको संशोधनकै कारण “नेपाललाइ भारतको एउटा अघोसित राज्य” गर भनेर कुर्लनु गर्नुचाहिँ हाँस्याष्पद छ । हो, परमानन्दजस्तो भ्रष्ट व्यक्तिलाई उपराष्ट्रपति पद दिनु नै गलत थियो, यसका लागि उनको नाम सिफारिश गर्ने दल जिम्मेवार हुन्छ । उनले विवादका बेला देखाएको भारतपरस्त व्यवहारले उनको पुनर्बहाली कुनै हालतमा पनि स्वीकार्य हुनु नपर्ने हो । माओवादीको यो कार्यको भर्त्सता हुनैपर्छ । तर तपाईंले भनेजस्तै अहिलेको प्रस्ताव माओवादीले ल्याउनुमा सत्ता प्राप्तिका लागि मधेशी दलको समर्थन चाहिने भएर हो भने कांग्रेस र एमालेले चाहिँ किन समर्थन गरेका रहेछन् त ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 34

        • बिराज

          हरे फेरी पनि माओबादीकै बचाव !!! हे अन्धभक्त धेरै नभए पनि ससंगले जत्तिको सम्म यथार्थलाइ त स्वीकार गर | कांग्रेस र एमाले त खेर गएको भन्छौ तिनीहरुको किन कुरा गर्ने ? तिमीले बढो सिद्धान्त बादी राष्ट्रबादी के के बादी भनेको माओबादीको कुरा गर यदि तिमीले सधै खोकेको बादीको पनि यस्तो चाला ? माओबादी पनि अरुबादी भन्दा के फरक देखेउ अनि ? माओबादीले तिमीलाई त्यसै माइ संसारमा पठाएको रहेनछ

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 17

          • parasar

            पुष्पजी तपाईं अलिक गहिरै मा जानुभो !”…..मधेशी दलको समर्थन चाहिने भएर हो भने कांग्रेस र एमालेले चाहिँ किन समर्थन गरेका रहेछन् त ?”
            कुरो प्रश्तै छ उनीहरु माओ-बादी को पतन चाहन्छन् ! र माओवादी पनि नजानिदो किसीमले पतित हुँदै गैरहेको छ सत्ताको मोहमा !

            मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

        • madan bajracharya

          पुस्पजी
          हुनत समाचार को शिर्सक मा स्पस्तै सिट हिन्दी भाषा मा सपथ दिलाउन लगाएर परमानन्द लाई उप रास्ट्र पतिलाई पदमा पुनर्बहाली गराउन तीन दल मिले भनिएको कुरा तल समाचारमा मातृभाषा मा सपथ गर्न दिने भनेको कुरा यक्दम यक अर्को सिट बाझियेकोले हामि सबै अलमल मा परेको जस्तो लागे/

          पुस्पजी हिन्दी भाषामा होयिन मातृभाषामा सपथ लिन दिने निर्णय भएको भन्नु भो/ आस गरुन नेपालमा प्रचलित र मान्यता प्राप्त मातृ भाषाकै कुरामा सहमति भएको होस्/ हामीले यो भन्दा बढी आस गर्न सक्ने यो सरकार त् होयिन/

          पुष्प जी अडिग हुनु हुन्छ अडिग नै रही रहुन/ सहि कुरा थाह हुना साथ् प्रतिक्रिया मा उल्लेख गर्नु भए तेतिकै लेख्न नपर्ने हुन्छ/ यसैको लागि अनुरोध गर्द्छुं/

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • एकातिर भारत विरोधी नारा चर्काउने अर्को तिर उसैको भत्तुवा कुकुरलाई माला लगाउन संविधान संशोधन प्रस्ताव ल्याउने माओवादीको यो दोधारे प्रवृत्ती कत्ति चित्त बुझेन । अहिले आँफैले काँध चढाई चढाई सत्ता मा पुर्याउँछन् अनी पछि काम मा तगारो हाल्यो भनेर उसैको खेदो खन्न थाल्छन् । नेपाल मा उप‍-राष्ट्रपति हुन लायकको अर्को उम्मेदवार कोही छैन त साँच्ची ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 73 Thumb down 4

    • Neru Giri, Pennsylvania,USA

      कुनै बेला अत्येधिक बिबादित व्यक्ति आफै आफ्नो कारण ले निस्क्रिय भएर देश लै आर्थिक र राजनैतिक हिसाब ले फाइदा नै भएको बेला यी राजनैतिक दल हरुले कुर्ची को स्वार्थ को लागि निज लाइ ब्ययूताई फेरी नौटंकी गरेछन | सारै दुख लाग्यो |
      संबिधान को बुदा हरुमा जहिले पनि झगडा गरेर नो दुइ तिहाई , तर घुसानन्द लै दुइ तिहाई ???? थुक्क

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 1

    • डा. सुरज श्रेष्ठ ओ झा

      नेपालमा संसदीय प्रजातन्त्र/संबैधानिक राजतन्त्रको उन्मुलन पछि नेपाली जनताहरुलाई गणतान्त्रिक लोकतन्त्र नेपालको हाम्रा सांसद भनाउदाहरुले सबै भन्दा सस्तो एक मात्र उपहार दिन सफल भएको छ ।
      त्यो हो: हिन्दी, हिन्दी, हिन्दीलाई नेपालको राष्ट्रिय भाषा बनाउने !

      काशी कश्मिर अजब नेपाल !

      डा. सुरज श्रेष्ठ ओ झा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 2

      • बिस्मृती

        सही भन्नु भो डाक्टर साहेब । तर तपाँईको थरमा श्रेष्ठ पनि ओझा पनि देखेर मलाई गजब लाग्यो । जातिय राज्य बन्न लागेको देखेर दुई वटा राज्यमा अग्राधिकार सुरक्षित गर्नु भा हो ? छोरी मान्छेको दुई वटा थर भएको त सुने देखेको हो तर छोरा मान्छेको ………………… ल ल ठिक छ ।

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 12

        • hridaya

          विस्मृति जी,
          कसैको थर देख्दैमा गजबै मानि हाल्नु पर्छ जस्तो लाग्दैन| सम्पूर्ण दक्षिण अमेरिकी देशहरु तथा स्पेन लगाएतका मुलुक हरुमा केटा होस या केटि सबैका नाम पछाडी अनिवार्य २ थर लेखिन्छ, आफ्नो बाबुको र आफ्नो आमाको| जुन आफैमा जन्म दिने आमा प्रतिको सम्मान पनि हो जस्तो लाग्छ| हाम्रो देश मा पनि भई चली आएको चलन के भने, जन्माउने चाही आमा अनि उत्तरदायित्व लिने चाही बाबु मात्रै| ति मुलुकहरुमा केटिको कुनै केटा संग बिबाह हुदैमा जन्मैदेखि पाई आएको आफ्नो थरनै परिवर्तन गरेर केटाको थर लेखिदैन|

          मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

    • kesu

      संबिधान संसोधन मा एमाले,माओबादी ,कांग्रेस सबै एक थलो मा? ठिकै छ अब समयमै संबिधान बनाउने कुरा मा पनि यसरी नै एकजुट भयर जनतालाई सान्ति को संदेश दिनु आबस्यक छ.
      देश लाइ उप-रास्ट्रपति को आबस्यकता छ, अचानक रास्ट्रपति को केहि दुर्घटना भयो भने संबिधान को रक्षेक पनि त चाहियो नि, बरु हिन्दी मा सपथ मलाइ चित्त बुझेंन बरु मैथिली मा गरेको भय राम्रो हुने थियो.
      अनि हिन्दी मा सपथ गर्दा रास्त्रियता को आन्दोलन बिर्सिय जस्तो छ हाम्रा रास्त्रबादी भनौदा हरुले.
      जय नेपाल.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 21

    • कबिन

      कामकुरो एकातिर कुम्लो बोकी ठीमितिर

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 6

      • Ram bd lama

        यी नेपाल का ९५ % पार्टी हरु नै इन्डियन दलाल हरु हुन्………माओबादी, काँग्रेस, एमाले, मदिसे दल अनि अरु दल सबै ययूतई द्यंग का मुला हरु हुन, भन्ने कुरा आज प्रमादित भयो!!!!!
        चरेसानन्द लै बचौना को लागि सबै इन्डियन दलाल हरु मिलेर संबिधान संसोधन गरेर नै छाडे!!!! हामि रस्त्रबादी जनता ले चरेसानन्द लै हतौना गरेको आन्दोलन को पनि ठुलो अपमान गरेका छन् यी चोर हरुले!!!!!
        मात्रिभासा मा सपथ लै पनि मन्येता दिने गरि सम्भिधन संसोधन भनेपनि, अब सबै इन्डियन आप्रबासी हरुले हाम्रो मातृभाषा हिन्दी हो भन्दै सपथ लिने भए….. ……नेपाली भाषा को बिरोध गरेर हिन्दी लाई रास्ट्रवासा बनाउने धेरै ठुलो सदेंत्र हुदै छ!!!!! यो योजना अनुसार संबिधान संसोधन गर्नेले भोलि नेपाल लाई सिक्किम बनाउनको लागि पनि संबिधान संसोधन गर्दैनन भन्ने के छ?????????
        कहाँ गए माओबादी का कट्टर समर्थक भरौटे हरु!!!!!!!!
        केहि उत्तर दिन्छन् कि?????माओबादी को भारत को बिरोध गर्ने नौटंकी पनि सबै सत्ता को खेल हो !!!!!!!!!!!! यिनीहरु ले इंडिया रिसाउने केहि काम गर्न सक्दैनन…….. आखिर मालिक न पर्यो…………थुक्क हामि नेपाली हरुको भाग्य!!!!!!!!!!!!
        जाति-भाषा-धर्म मा राजनीति गर्ने इन्डियन दलाल माओबादी र अरु पार्टी मुर्दाबाद!!!!!!
        जय नेपाल, जय नेपाली

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 158 Thumb down 9

        • yogi

          जनताले आन्दोलन गरेर गणतत्र ल्याएको भनेको होइनत ? गफैहो…….जनताले हिन्दी भाषा चाहेको छत? तर आयोनी, खोइ आन्दोलन….यहाँ जनताले केहि गर्न सक्दैन सबै इंडिया ले चाहे अनुसार हुन्छ.. पहिलो ..दोस्रो सबै जन आन्दोलन इंडिया को स्रोत, साधन, बल , अनि उक्साहटमा भएको हो जनताले गरेको होइन चेतना भया……….

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 83 Thumb down 5

          • shreesh thapa

            वैघट संसोधन गर्नु जरुरि छैन ………….

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

        • Raj Kapoor Jung Thapa

          होइन मित्र सय मा सयनै भारतीय दलालहरु हुन् ! एशो सोचेर ध्यान दृस्टी लगाएर विचारगर्नुसत तपाइंले एउटा पनि देश र जनता भक्ति नेता पाउने छैन !
          “फुस्केको सारी कुकुर नेताहरुले जनतालै बनाए वारिनपारि”
          “घास खायो गाइले नर्क खाए दलाल नेताहरुले.
          जयदेश यी नेताहरु सबै मरेश !

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

        • नेत्र अर्याल

          एकातिर भारत विरोधी नारा चर्काउने अर्को तिर उसैको भत्तुवा कुकुरलाई माला लगाउन संविधान संशोधन प्रस्ताव ल्याउने माओवादीको यो दोधारे प्रवृत्ती कत्ति चित्त बुझेन । माओबादीको भारत बिरोदी आन्दोलन, खाली जनताको दिमाग अन्त मोडेर संबिधानमा हिन्दी भाषालाई मान्यता दिने विधेक पारित गर्नु हो। सङ्कल्प प्रस्ताव पनि माओबादीले नै ल्यायको हो.
          चरेसानन्द=माओबादी .

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 13

        • Okhaldunge

          भारतीय भाषा भारतमा सबै भारतीयहरुले बोल्दैनन,सिर्फ केहि बिहारीले मात्र बोल्छ,नेपालको सिमाना बिहार संग जोडिएको हुंद परमनन्द झा जस्ता झा,यादव,मण्डल,गुप्त,साह,आदि इत्यादिहरु पान,सुर्ती,आदि इत्यादि व्यापारले गर्द बिहार बाट नेपाल प्रवेश गरेका हुन्!यिनीहरु पहिला नेपाल प्रवेश गर्द चिरुवा काठको डयाब्रीमा पान सुर्ती र सुपारीको पसल थापेर बसेका हुन्छन,र यसै पेशा अपनाएर केहि बर्ष बसे पछी नेपालको प्रशासनले पैसा खाएर नागरिक उपलब्ध गराई दिन्छन,र त्यसैको प्रतिफल अहिले देशले भोगी राखेका छन्!

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 7

      • yogi

        मैले भनेको नै थिएनी यो माओबादीको भारत बिरोदी आन्दोलन, खाली जनताको दिमाग अन्त मोडेर संबिधानमा हिन्दी भाषालाई मान्यता दिने विधेक पारित गर्नु हो …………..आखिर तेही भो होइन र………… माओबादी देश को सबै भन्दा ठुलो रास्त्रघाती हो साथि हो….समयमानै चिनु यी डाँका हरुलाई……

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 88 Thumb down 17

        • Raj Kapoor Jung Thapa

          साथिहरुहो तेशैले म भन्छु, जसरि उनले भारतीहरुलाई ज्वाईं बनाएका कुराहरु सत्तामोह को प्रलोभनमा वोकल्दै छन्, येही क्रममा इनले आफु भारतीयको छोरो र आफ्नो बौ भारतमै कतै बसिरहेको छन् भन्न पनि बेर लागौदैनन.
          धैर्य मात्र गर्नुस साथि हरु हो.

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 7

      • Deepak Luintel

        थिमि तिर भए त राम्रै हुन्थ्यो नि ! दिल्ली तिर हुन गयो ! खै के खै के भनेजस्तो !

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

      • Lokendra

        चरेश काण्डको दोषी लाई झ्यालखाना कोच्नु पर्नेमा पुरुस्कृत गरिए को खबर पढ्दा आम नेपाली को आत्मसम्मानलाई आर्यघाटमा दहन गरेजस्तो लाग्यो. मेरो देश सित जोडिएको यस्तो समाचार ले मलाई आफै माथि घृणा लाग्यो.

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    eXTReMe Tracker