मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    असल नेता छान्ने कार्यक्रममै धाँधली

    नेताहरु भ्रष्ट भए, नेता भन्ने बित्तिकै खराब छवि मान्छेको मनमा आउने भयो भन्दै असल नेता टेलिभिजनको रियालिटी शोबाट छान्ने भन्दै केही साताअघिदेखि एउटा कार्यक्रम सञ्चालन भइरहेको थियो। खोज-युवा नेतृत्वको नामको यो कार्यक्रम लोकप्रिय पनि हुँदै थियो। पत्रकार युवराज घिमिरे, महिला अधिकारकर्मी सपना मल्ल प्रधान र संविधानविद् भीमार्जुन आचार्य यसका निर्णयक थिए। तर हेर बिजोग, असल नेता छान्ने कार्यक्रम मै धाँधली भएछ। अनि कहाँबाट छानिनु असल नेता? धाँधली भएको थाहा पाएपछि दाताले सहयोग रकम नै रोक्का गरिदिएछ। यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी युएसएडले सहयोग गर्दै आएको थियो। रकम रोकिएपछि कारण कार्यक्रम नै अहिले बन्द भएको छ। हेर्नुस् त, अनि पाउँछौँ त हामीले राम्रा नेता?

    प्रेस विज्ञप्ति हेर्नुस् जस्ताको तस्तै-

    अनियमितताका कारण टेलिभिजन कार्यक्रम खोज युवा नेतृत्वको स्थगि

    खोज युवा नेतृत्वको नामक रियालिटी टेलिभिजन कार्यक्रमका प्रतियोगीहरुको प्राप्तांकमा स्टुडेन्ट पार्लियामेन्ट रिड्रयिंग नेपाल (एस. पी.आर.एन) ले अनियमितता गरेको कुरा प्रष्ट भएपछि केमोनिक्स इन्टरनेशनलले अनुदान स्थगित गर्ने निर्णय गरेकोछ। सो कार्यक्रम स्टुडेन्ट पार्लियामेन्ट रिड्रयिंग नेपाल (एस. पी.आर.एन) नामक स्थानीय गैर सरकारी संस्थाले निर्माण तथा संचालन गरेको हो। एस.पी.आर.एनले सो कार्यक्रम संचालनका लागि आर्थिक सहयोग केमोनिक्स इन्टरनेशनल मार्फत प्राप्त गरेको थियो।

    प्रतियोगीहरुको प्राप्तांक अनियमितता भएको आशंका गरिए लगतै केमोनिक्स इन्टरनेशनलले तुरुन्तै अनुसन्धान प्रकृयालाई अगाडि बढाएको थियो। दुई हप्ताको अनुसन्धान पछि प्राप्तांकमा अनियमितता भएको र सही विजेता तोक्न नसकिने अवस्था भएको कुरा प्रष्ट भएको छ। सो कार्यक्रममा निर्णायकहरुले दिएका अंक र प्रतियोगिहरुले प्राप्त गरेका एस एम एस भोटका आधारमा प्रतियोगीहरुको नतिजा तय गरिने प्रावधान रहेको थियो तर अन्तिम नतिजा केमोनिक्सलाई आंशिक रुपमा मात्र उपलब्ध गराईएको र त्यसमा पनि अनियमितता भएको
    पाईयो।

    केमोनिक्स इन्टरनेशनलले सम्बन्धित सरोकारवालाहरु सित छलफल गरेपछि यो कार्यक्रम अघि बढाउँदा प्रतियोगीहरु माथि नै अन्याय हुने र गलत विजेता छानिने डरका कारण यो कार्यक्रम स्थगित गर्ने निर्णयमा पुगेको हो। केमोनिक्स यो निर्णयको कारणले गर्दा प्रतियोगीहरुमा र दर्शकहरु माथि छाउने निराशा प्रति गहिरो सहानुभूति र दुःख प्रकट गर्दछ। साथै यस अनुसन्धान प्रक्रियामा प्रतियोगीहरुले देखाउनु भएको धैर्यताको कदर गर्दछ।

    खोज युवा नेतृत्वको कार्यक्रमको मुख्य उद्देश्य देशभरिका नेपाली युवाहरुको फरक मत प्रति सहिष्णुता तथा समझदारी प्रवर्धनका साथै देशको नेतृत्व विकासमा उनीहरुले खेल्न सक्ने भुमिकालाई उजागर गर्नु रहेको थियो। सो अन्तर्गत यस कार्यक्रमले ७५ युवाहरुलाई तिनका योग्यता टेलिभिजन मार्फत प्रस्तुत गर्ने मौका प्रदान गरेको थियो। हामी यस कार्यक्रममा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण दर्शकहरु र प्रतियोगीहरुले देखाउनुभएको लगनशिलता र सहभागिताका लागि धन्यबाद व्यक्त गर्दछौं। हामी आशा गर्दछौं कि यस कार्यक्रमका प्रतियोगिहरु यस नेतृत्व विकासको अभियानलाई भविष्यमा पनि निरन्तरता दिनुहुने छ। खोज युवा नेतृत्वको कान्तिपुर टेलिभिजनमा हरेक विहिबार राती ९ बजे प्रसारण हुदैं आइरहेको थियो।



    Television Show Khoj: Yuwa Netritwa ko Canceled
    Due to Scoring Misconduct

    Chemonics International announces that it is cancelling funding for production of the reality television show Khoj: Yuwa Netritwa ko. The decision to end the show comes after determining that contestants’ scores were manipulated by Student Parliament: Redrawing Nepal, the organization that developed and managed the program under a grant received from Chemonics.

    Upon learning that contestants’ scores may have been altered, Chemonics immediately launched an inquiry. After a two-week investigation, it was determined that the contestants scores had been manipulated and it is impossible to recover all the original documentation related to the scoring. As a result, there is no way to verify the correct winners of the elimination rounds. Scores for the contestants should have been determined equally by judges’ remarks and SMS votes.

    Chemonics did not reach this decision easily. After many meetings and interviews with involved parties, Chemonics concluded that ending the show was the only way to be fair to all contestants. Shooting and airing any further episodes risked treating a portion of the contestants unfairly, and potentially choosing the wrong winner. Chemonics understands the contestants and their supporters are disappointed and frustrated with this outcome and shares their concerns for the lapse on intergrity in the program. It appreciates the patience of the contestants during the investigation process.

    Khoj was created to develop tolerance, understanding, and different perspectives of young Nepalis throughout the country and to demonstrate the role they can play in the development of their country’s leadership. Although the program was cut short, it provided an opportunity to 75 youth to showcase their talents on national television. Chemonics deeply appreciates the public’s support of this program and celebrates the hard work and leadership shown by the contestants. We sincerely hope that the contestants use this program as a springboard to take up the mantle as the future leaders of Nepal and to excel in their chosen professions. Khoj was normally broadcasted on Kantipur television on Thursday nights at 9:00. – END –

    No related posts.

    63 comments to असल नेता छान्ने कार्यक्रममै धाँधली

    • sushil baraili

      जुन जोगी आए पनि कानै चिरेको कस्तो बिडम्बना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pramit Shrestha

      so the program is successful. its aim was to find a politician. n where there is corruption, there is politician.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • narayan, tanahun

      डलर खेति बन्द भो……………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal khadka

      ओलम्पिक मा भ्रस्ट हरु को कम्पिटिशन गर्यो भने त नेपाल ले पनि यौटा स्वोर्ण पदक जित्थ्यो होला .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पर्शुराम

      Well, even though the reality show to find potential leader among youths was unable to find one among the participants due to its premature cancellation by the sponsor, it has been still successful in depicting another reality – how some Nepali minds work. The acts of such manipulative minds do not augur well for cooperation among us as they arouse suspicion and cynicism in almost every plan/action of another person. Just look at our political leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम कुमार सुनार
      प्युठान

      नेतै नेता भएको देशमा के को नेताको खोजि गर्नु पर्ने आफै नेता बनिन्छा भनेर हो कि एस्तो प्रोग्रामम को बनाएको . नेपाल मा kahile पो राम्रो काम भएको छर एस्तो काम त नेपालीहरु लाइ सानै dekhi लागेको बनि हो bhand पनि फरक नपर्ला .
      अभिबादन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dinesh

      पहिलो कुरा, असल नेताको खोजि गर्ने र छान्नेहरुकै विचार, चरित्र र मनस्थिति एवं दिमागमा बिसाक्त रगत बगेपछि के गर्ने ??? दोश्रो , संसारकै भ्रस्त नेता, कार्यकर्ता र दलाल नै दलाल ले भरिएको देशमा एस्तो कुरा गर्नु खोज्नु एकदमै हास्यास्पद कुरा हो | अब यो बन्द गरेकै राम्रो …. नत्र यहा पनि घोटाला र दलालको बिजारोपण अबस्य || गन्ध त आइसक्यो >>…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Dev bahadur lamichhane

      It’s टू embrassing

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sanjeev

      i was a regular follower of this reality show, and there were very talented contestants and their ideas and views were appreciable, but this program could not survive without scandal is a shame to all the media personals. It became a joke and playing with the emotions of the contestants…..i don’t know whether this will end in Nepal or not………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Dal Bahadur

      डाक्टर इन्जिनियर पदन छात्रवृत्तिमा पनि धाँधली
      लोक सेवा आयोगमा पनि धाँधली
      राजदुत र मन्त्रिको नियुक्तीमा पनि धाँधली
      प्रहरीमा धाँधली, सेनामा धाँधली
      सरुवामा धाँधली, बदुवामा धाँधली
      अदालतमा धाँधली हवालतमा धाँधली
      हाम्रा जनता सोझा छन्, तर नेता र
      कर्मचारी, बेपारी गर्छन धाँधली|
      दुख पाएका छन् सोझा नेपाली

      ल तपाईहरु मध्ये कतिले आत्मा स्वीकृति गर्नु सक्न हुन्छ साँचो मनले कति जना धाँधली गरेर हालको पद वा ठाउमा हुनुहुन्छ वा बा आमाले र नाताले धाँधली गरेर हालको स्थितीमा तपाइँ पुगिरहनुभा छ| अरुलाई भन्न अघी आफुलाई पहिले ऐनामा हेनुस| कतिपय धान्धलीकर्ता र घुसखोरीका सन्तान अमेरिका, युरोप र अन्य देश भरि छन् अनि नेपालमा यस्तो मिलेन र उस्तो मिलेन भनेर झन् तिखो शोरले कमेन्ट गर्नेहरु उनीहरु नै छन्|

      म आफ्नै खुट्टामा आफै उभिन सकेकोले गर्व छ, तर धाँधली, घुश्खोरी र कामचोर हरु संग मलाइ नफरत छ, त्यस्ताहरुको के कमी हाम्रो प्रशासनमा? अरुलाई त् सुधार्न नसकिएला तर तपाइको बाबु आमा र नाता प्रशासन र राजनीति मा छन् भने उनीहरुलाई त् भन्नोस् नत्र भने सामाजिक बहिष्कार गर्ने आँट गर्नोस|

      नत्र बक बक को के मतलब?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

      • cRIS

        दल बहादुरजी, यो चाही दामी ठोक्नु भो है…सार्है चित्त बुझ्यो|

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • Bhimsen Limbu

        दलबहादुरजी !
        के गर्नु र खै ? कमेन्ट त गतिलै राख्नुभयो । तर, पवित्र भावना र मनको कदर यो समाजमा कहिले होला र ?

        जनयुद्धमा लागेपछि डा. बाबुराम भट्टराइले एक अन्तर्वार्तामा भन्नुभएको कुरा स्मरण गराउन चाहन्छु । वहाँहरुले चालीस सूत्रीय माग तत्कालीन सरकारलाइ पेश गर्नुभयो तर, सरकार उल्टै धरपकड र दमनमा उत्रियो । अनि तपाइँजस्तो एकपटक संसदीय चुनावमा नौ सिट जितेको पार्टीको नेता किन सशस्त्र युद्धमा लाग्नुभयो भन्ने पत्रकारको जिज्ञासामा वहाँले भन्नुभएको थियो – के गर्नु ? पवित्र भावनाले मात्र नहुँदो रहेछ ।’ अर्थात् चोखो मन र शान्तिपूर्ण तरिकाले जतिसुकै उत्तम र उत्कृष्ट राष्ट्रवादी, जनवादी मागहरु राखेपनि शासकवर्गले कानै नसुन्दो रहेछ ।

        अब तपाइँको कुरासँग जोडौँ है त । भ्रष्टाचारीहरुलाइ जो जसका नातागोता पर्छन् आफैँले सामाजिक बहिष्कार गर्ने हिम्मत सुरु गरौँ भन्ने आव्हान फगत पवित्र आव्हान मात्र हुनसक्छ । तपाइँको विचारसँग सहमत छु तर, यो फगत अरण्यरोदन सिवाय केही हुँदैन । अहिलेको समाजमा त तपाइँको अपिल केवल एक्ला वृहस्पतिको आक्रोसमात्र हुन जान्छ । सही सिद्धान्त र राजनीतिबाट निर्देशित राज्यसत्ता मात्र यस्तो हतियार हो जसको बलमा र भरमा मात्र यस्ता कुकृत्यहरु नियन्त्रण गर्न सकिन्छ । त्यसकारण माओवादीहरुले भन्ने गरेका हुन् सत्ताबाहेक सबै भ्रम हो । तपाइँको मन पवित्र छ, तर तपाइँ राज्यसत्ता सञ्चालनमा सहभागी हुनु हुन्न । त्यसकारण समाजमा तपाइँको विचार लागु गराउन सकिन्न ।

        नत्र सम्झौँ, के जसले भ्रष्टाचार गरिरहेका छन् उनीहरुमा यति जाबो चेतना छैन होला र ? घुसखोरी, कमिसनखोरी हुनु हुँदैन भन्ने ज्ञान नभएका कर्मचारी वा अन्य कोही होलान् त ? तर, किन यस्तो भइरहन्छ ? किनकि राज्य कमजोर छ । राज्यसञ्चालकहरु निकम्मा छन् उल्टै भ्रष्टाचारी, घुसखोरी छन् । त्यस्तालाइ कसले टेर्ने ?

        निकम्मा राज्यले नै नचाहेपछि वा भ्रष्ट समाजले नै नरुचाएपछि जसरी तपाइँको विचार लागु हुन सम्भव छैन, (असम्भव चाहिँ होइन है), त्यसो हुनसके त राज्यको भर पर्नै पर्दैन नि । झनै राम्रो हुनेछ । ठीक त्यस्तै हालत माओवादीको भएको छ । माओवादीसँग क्रान्तिकारी सिद्धान्त र भावना छ तर, उसलाइ राज्यसञ्चालनमा सहभागी नै गराउँदैनन् अन्य भ्रष्ट दलहरुले । माओवादीलाइ पाखा लगाउन नेपाल र नेपालीको भलो नचाहने अरु मित्र राष्ट्रहरुको पनि दबाब र चलखेल नभएको होइन । यस्तै छ, हामी र हाम्रो देशको हालत वा भनौँ बेहालत ।

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • पुष्प

      तिनैजना निर्णायक एमालेका ‘मान्छे’ ! यस्तो पनि कार्यक्रम हुन्छ ? भारतीय टट्टूहरूले भरिएको दलले चलाएको कार्यक्रम, निस्पक्ष हुने हो र ? अझ यो धाँधली त नियोजित नै हो जस्तो लाग्छ, नेपाल र नेपालीको स्वाभिमान र नैतिकता गिराउन ।

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

      • Nik

        पुष्पजी, कति अरुलाई भारतीय टट्टू भन्नु हुन्छ|आकाश तिर फर्केर नाठुक्नुस हेर्नुस, आफ्नै मुखमा पर्छ|माओ-बादी चै कुन र कहाँका टट्टू परेछन,हालसालैको पारित संसोधनले देखी हाल्यो हेर्नुस,त्यै पनि तपाई त्यै तत्तुहरुको समर्थन गरेर सबैजना अन्धो छन् भन्नेहरुको बिचको अन्धो हुनुहुन्छा भने त मैले के भानु र|सिर्फ यत्ति भन्न सक्छु; Pity on you.

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

        • पुष्प

          त्यस विषयमा उतै वहस भइसकेको छ निकजी । कृपया राम्ररी पढ्नुस् ।

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

      • kesu

        जे कुरा मा पनि राजनीति देख्ने तपाइको आँखा नै फेर्नु आबस्यक छ पुष्प जी, घोटाला गर्नु ठुलो पाप हो तर जे कुरा मा पनि राजनीति घुसाउने कुरो मलाइ मन परें, हुन त मा एमाले को समर्थक होइन तैपनि.
        जय नेपाल.

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 6

        • Bhimsen Limbu

          हैन हौ केसुजी !
          तपाइँले जे मा पनि राजनीति घुसाउने नियत मनपरेन भन्नुभएकोमा सहमत छु म पनि । तर, केमा स्पष्ट हुनुपर्ला जस्तो लाग्योभने पुष्पजीले जेमा पनि राजनीति घुसाउनुभएको भन्नुभन्दा पनि वा त्यसप्रकारले आरोपित गर्नुभन्दा पनि उपरोक्त कार्यक्रमका आयोजकहरुले नै कार्यक्रम व्यवस्थापनका क्रममा राजनीति घुसाइसकिएको रहेछ भन्ने बुझ्‍न गाह्रो होला र ?

          सत्यतथ्य के होला, तर, पुष्पजीको दाबीअनुसार एमालेसम्बद्ध ती निर्णायकहरु पहिल्यै राजनीतिक व्यक्तिहरु भएको बुझियो । कार्यक्रम निष्पक्ष नभएको स्पष्ट देखिएको व्यहोरा माथि प्रेम अर्यालज्यूले पनि आफ्‍नो कमेन्टमा व्यक्त गर्नुभएको छ । त्यसकारण पुष्पजीले आफ्‍नो कमेन्टमा गलत प्रवृत्तिलाइ चाहिँ उजागर गर्नुभएको छ भनेर पनि त बुझ्‍न सकिन्छ नि । वा यसप्रकारले पनि विषयलाइ बुझ्‍दा हुन्छ कि !

          साथै के पनि स्पष्ट पाइरहेका छौँ भने यस माइसंसारका कमेन्टर तथा पाठकवर्गमा भने दुइ अतिवादी सोच हावी रहेको पाइन्छ । जस्तै, (एक) माओवादी भन्नेबित्तिकै हत्यारा र आतंककारी भनेर बुझ्ने अतिवादी सोच र (दुइ) माओवादीबाहेकका सबै गलत वा प्रतिकृयावादी, भारतीय दलाल आदि भनेर बुझ्ने अतिवादी सोच । यी दुवैखाले ‘अति’ बाट हामी जोगिनसके उत्तम हुने देख्छु म त । ।

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

        • raj

          केसु जी के हो यार कुनै पनि व्यक्ति लाइ असर नपर्नेगरी आफ्नोमत राख्दापनि राजनीति घुसाएको हुन्छ र ? तपाइँ त बडो गजब को कुरा गर्नु हुन्छ, ये तैले येसो गर, येसो नगर भन्नु भन्दा पहिले अलिकति..क्या…अलिकति ..केजतिको उपयोग गर्ने गर्नुस न यार भनेर यदि मैले तपाइलाई भने भने के तपाई ले गर्नु हुन्छ ? नो अफेन्स पिलिज |

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Janak

      मेरा प्रश्नहरु ?
      १. त्यो केमोनिक्स भन्ने संस्था नेपालमा दर्ता भएको छ कि छैन? कुन हैसियतमा
      काम गरेको हो त्यो खुल्न पर्यो| धाँधली गरेको थाहा पाएर बिचैमा रोकेर राम्रो गर्यो केमोनिक्सले|
      २. धाँधली गरेको थाहा पाएपछि प्रहरीमा उजुरी दिनपर्छ| काम बिगार्यो भनेर खाली शो रद्द गरेर मात्र पुग्दैन| स्पोंसोर गर्ने संस्थाको जिम्मेवारी खै? दण्डहीनतालाइ प्रश्रय दिनु भएन| जसले धाँधली गरेका छन सजाय भोगी हुनपर्छ| एकातिर संस्थाहरु दण्डहीनताको कुरा गर्छन र जब आफ्नु जिम्मेवारी निभाउन पछी पर्नु किन? नत्र भने साँचो सहभागीहरुलाई अन्याय हुनेछ|
      ३. बरिष्ट पत्रकार युबराज घिमिरेले यसको पर्दाफास गरिदिनु हुन्छ कि?
      ४. यो पनि उल्लेख गर्नु भएको भए बेस हुन्थ्यो कि यो शो को सम्पूर्ण खर्च
      कति रहेछ र मंचमा आउने निर्णायक हरुलाई कति भत्ता तोकेका रहेछन| यी सबैको खुलस्त भएपछी नेपाली जनताले आफै निर्णय गर्नेछन|

      यो प्रकाशमा ल्याउनेभेकोमा माइसंसार लाइ धन्यबाद!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Youth Leadership Development Program – ability for mass control, ability for mass management, decision making power, ability to speak out on issue, etc. should be the part of the education system. Probably the objective of the program might be same – This is not for finding Leader but to develop the youth personality which consequently result better for the society.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • जे भयो राम्रो भयो, आखिर नेता छान्ने काम पनि टिवी मा रियालिटी शो गरेर हुने कुरा हो र???????”काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर|” असल नेता टेलिभिजनको रियालिटी शोबाट छान्ने एउटा कार्यक्रम एक व्वाहिघात कार्यक्रममा धादली नभए के मा होला र ???????????? ब्यबसाय को पहिलो शुरुवात नै खराब भए बन्द नभए के खुला रहिरहला र अर्थात् गाग्री चुहुने भए पानि गाग्रीमा रहला र ??????????

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Ananta

      मलाई त लाग्छ यो कार्यक्रम एउटा आफै मा बकवास हो| स्पोंसेर गर्ने ले नेपाली हरु को कमजोरी प्रति धज्जिया उदाए को जस्तो लाग्छ| देश बनाउने नेता पनि कुनै T.V कार्य क्रम बाट छान्न सकिन्छ र? यो एउटा गलत कदम हो| छान्ने हरु ले पनि talent अनुसार कसले छन्ला र| नाताबाद को कुरा येही बाट सुरु हुन्छ, जुन हाम्रो नेपाली राजनीति बिकृति को मूल हो| एसको सत्ता “प्रतिभा को डबली” फेरी शुरु गरौं न त कि कसो साथी हो?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Ananta

      मलाई त लाग्छ यो कार्यक्रम एउटा आफै मा बकवास हो| स्पोंसेर गर्ने ले नेपाली हरु को कमजोरी प्रति धज्जिया उदाए को जस्तो लाग्छ| देश बनाउने नेता पनि कुनै T.V कार्य क्रम बाट छान्न सकिन्छ र? यो एउटा गलत कदम हो| छान्ने हरु ले पनि talent अनुसार कसले छन्ला र| नाताबाद को कुरा येही बाट सुरु हुन्छ, जुन हाम्रो नेपाली राजनीति को बिकृति को मूल हो| एसको सत्ता “प्रतिभा को डबली” फेरी शुरु गरौं न त कि कसो साथी हो?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Sheela

      भीमार्जुन आचार्य जस्तो क्रूर तथा घुस्याहा वकिल संलग्न भएकोले पहिलेनै एस्तो केहि हुने कुरामा शंका थियो, आखिर भै हाल्यो…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 3

    • rabin

      अब धाधलि भएन भने त अशल नेता पाई हाल्थ्यो नि त हाम्रो देश ले त्यशाई ले धाधली त गर्नु परि हाल्यो नि.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • tulsi

      नेपालमा जसले जे गरे पनि धाधली रहित हुने भएन/हरेक छेत्रमा धाधलीको गन्ध आउछ/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • रुक्मागत शर्मा पौडेल

      नेपालमा भष्ट्रचार बाहेक के नै हुन्छ र सारा ठाँउमा यस्तै छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • arjun

      अर्का संग पैसा मागेर कार्यक्रम चलाउदा कार्यक्रम निस्पक्ष्य हुन्छ भन्ने के भर छ र ? त्यसैले कार्यक्रम को पृष्ठ भूमि र जग नै पूर्ण बिश्वास योग्य रह्यो र ?
      अर्जुन भण्डारी

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • जे भयो राम्रो भयो, आखिर नेता छान्ने काम पनि टिवी मा रियालिटी शो गरेर हुने कुरा हो र? बिदेशीले पनि गरिब देशलाई कस्तो कस्तो कस्तो कामको लागि पैसा दिनु परया, मलाई त लाग्छ यो सबै धनि देश ले गरिब देश लै झनै कंगाल र पंगु बनेउने कुरा हो, येस्तै हो भने नेपाली हरु कुनै दिन सडक सडक मा भिख मागेर हिड्ने छन् , येस्ता क्रियाकलाप हरुमा आर्थिक हिनामिना हुनु त कुनै नौलो कुरा हैन केवल कसले गरेको हिनामिनाको कुरा बाहिर आयो कसको आएन भन्ने मात्र हो
      नेपालमा सबै तह र तप्कामा कुनै हद सम्म आर्थिक हिनामिना भएको छैन भन्न मिल्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • menyangbo

      “घोटाला नै घोतालाले भरिएको देशमा फेरी अर्को एउटा घोटाला हुनु कुनै आश्चर्य लाग्दो कुरा होइन |” बीर को यो भनाइ प्रति सहमत छु /
      हाम्रो देशमा नियम छ कानुन छ तर यसलाई कर्यवन गर्ने र गराउन सक्ने पार्टी /नेताहरुको खाचो छ चाहे त्यो कतिनै निरंग्कुश किन नहोस जसले आफु अनुशाशित भएर देशको हित र हरेक नेपालीको मनमा अनुशाशन के हो भन्ने सिकौना सक्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • यो कार्यक्रमबाट असल नेता निस्केता पनि न-निस्केता पनि वर्तमान र भावी नेपाल लाई आउँदो पिँढिले कसरी मुल्याङ्कन गरीरहेको छ भन्ने कुरा प्रस्ट झल्किन्थ्यो । आफन्त र चिनजानका मान्छेहरूले पठाएका सहानुभुतिका SMS ले असल नेता नै निस्कन्छ भन्ने कुरामा म चाहीँ विश्वस्त थिईन । यसमा हुने छलफलले नयाँ नयाँ योजना र सम्भावना का कुरा उठ्दथे, जुन अब सायद हुने छैनन् ।

      देश विकास गर्छु भनेर भाग लिने सहभागीहरूमा यो घटनाले उनीहरूका हौसला मा कुनै आँच नआओस् । प्रतियोगितामा प्रथम हुन तिगडम चलाएको जो पनि प्रतियोगी होस् उसलाई सँधै यस्तै झमेला आईपरुन् भन्ने कामना गर्दछु ।

      मलाई अचम्म लागेको कुरा के सपना मल्ल, युवराज घिमिरे र भिमार्जुन आचार्य यस्तो नतिजा आईरहेको भन्ने बारे अनभिज्ञ थिए ? अथवा थाहा हुँदा हुँदै पनि कानमा तेल हालेर कार्यक्रमलाई निरन्तरता दिईरहे ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • krishna ( Maryland , USA)

      अन्य रेडियो टिभी कार्यक्रम भन्दा पृथक कार्यक्रम थियो त्यो / बौद्धिक प्रतिभाहरु लाइ निरुत्साहित पार्ने काम भएछ / रियालिटी शो को माध्यम बाट भए पनि प्रस्फुटित हुने प्रतिभा लाइ गर्भमै तुहाउनु ठीक होइन / कार्यक्रम को निष्पक्षताले आयोजक लाई फाइदै पुर्याउने थियो भविष्यमा / यस्ता शो हरु प्रति अब का दिन मा प्रतियोगी , प्रायोजक र दर्शक सबैमा शंका रहने भो नि / हैन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • बीर

      घोटाला नै घोतालाले भरिएको देशमा फेरी अर्को एउटा घोटाला हुनु कुनै आश्चर्य लाग्दो कुरा होइन | यस्तैले गर्दा देश अगाडी नबढेको हो | थुक्क नकचरोहरु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 4

    • Thakur

      कति बिधि धोका हो तनी , बिचरा ति नेपाली प्रतियोगीहरु, कस्तो सपना बोकेर भाग लिएको. कस्तो पापिहरुको जमात छ नि. हे भग्मन सद्बुधिदेउ सबैलाई.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Jillabashi Baburam

      ति धाधली गर्ने महासयहरुको नाम र फोटोहरु मेरो संन्सार मा प्रकाशित गरौ,
      अनि मज्जाले वहाहरुको जयकार मनाइ दिउला यहि बाट सबैले- अनि कमसेकम
      हिडडुल गर्दा पनि जयजयकार थाम्न नसकेर चेहरा छोपेर हिड्नु परोस!

      कुखुरा-चोरहरुले देश चलाउने जालो फैलिएपछि यस्तै हो..

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • raj

      त्यो धादली गर्ने को जमातलाई तुरुन्त कारवाही गर्नुपर्छ, र धादली गर्नेहरु यदि सरकारी या पब्लिक प्रोफेसन मा छन भने तिनीहरुलाई त्यो पेशा बाट पनि बर्खास्त गर्नु पर्छ, तिनीहरुको लाइसेन्स तुरुन्त खारेज गर्नु पर्छ अनि बल्ल गलत काम गर्ने हरुले केहि सिक्ने मौका पाउनेछन र राम्रो काम गर्ने ले नया अवसर|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 5

    • sunil shrestha( belgium, gent)

      धादली गरेर खोजे को नेता ले के देशलै राम्रो गर्ला ? धादली गराउन लागि भेटि चदाउनु पर्यो र आफु नेता भएपछि , आफुले चदाएको भेटि उठाउनु पर्यो , तेस्को लागि देश को धूकुती हाठाहाल्न पर्यो र भ्रस्ट गर्नु पर्यो, अनि देश भने जहाकोतेही / कहिले बुद्धि ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Hari Smit , London

      अब त केहि सिक्ने प्रयास गर्ने हो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Deepak

      यो चाही अति नै भयो क्या ……के चाही गर्न खोजेका साथी हरु ले, तेती बरिस्ठ बेक्ती हरु निर्णायक मा राखेर निर्णायक को भूमिका लाइ कम्जोर पार्ने कोसिस गरिनु अनि समग्रमा जनमत को बिपरित जानु …अजब नेपाल गजब नेपाल को अर्को लाजमर्दो कथा …..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • sudarshan

      एस्तो घृणित कार्य ले हामी युवा हरु लाई अरु निराश बनाएको छ , भएका नेता हरु त असफल छन छन तेस्माथी नया पर्तिभा जन्मन नदिने काम ले नेपाल को बौद्दिक बर्ग भनेर चिनिनेको यो नाङ्गो रुप को जति बिरोध गरे पनि काम हुन्छ

      नेपाल का सबै नेता हरु लाई भुट्नु पर्छ भन्ने जनमानस को धारणा सहि हो कि जस्तो लाग्दै छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Sushil Pradhan

      जब सम्म कार्यक्रम संचालक तथा कन्ट्रोल गर्ने निकाय हरु राजनीतिक रूपमा स्वतन्त्र हुन्नन् तब सम्म यस्तो कार्यक्रम कहिले सफल हुँदैन .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Romu Thapa

      खास हुन चै के भएछ ?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • Sushil Pradhan

      जब कार्यक्रम संचालकहरु तथा तिनलाई कन्ट्रोल गर्ने निकायहरु राजनीति बाट स्वतन्त्र हुदैनन् , यस्ता कार्यकिलाप हरु जारी रहन्छन.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Ram

      अनियमिता त हरेक कुरा मा छ केवल बाहिर आउने र नाउने वन्ने मात्रै हो तर बाहिरै आए पनि केहि दिन मा फेरी सबै साम्य भएर तेही कुरा नदिहोरिने हो र ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

      • Okhaldunge

        हात्तीको देखाउने दाँत र चपाउने दाँत बेग्ला बेग्लै हुन्छ भन्ने कुरो यहाँहरु सबैलाई थाहा भएकै कुरो हो क्यारे,ब्यबस्था परिवर्तन भएर के भो र काम गर्ने त उही पुरानैहरु हो क्यारे,प्रजातंत्र र लोकतंत्रको
        नारा दिएर के भो र पुरानो शैली नै चली रहेको छ क्यारे ,जहिले नि एकै थरी मात्र ले रजाई गर्ने भए पछि, भुत्राको प्रजातंत्र र लोकतंत्र,यो सिर्फ ब्यापारीले नया बोत्तलमा पुरानो रक्सी राखेर ग्राहकलाई बेचेको जस्तो मात्र हुन,जे होश जसरि कसरि हुन्छ ग्राहक को आँखामा छारो त हाल्नै पर्यो! की कसो हो?

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • द्रोण

      समय र परिस्थितिले जन्माउने कुरा दिउसै टर्च बालेर खोजेर पाइने हो र भन्या |कति राजनीति गरे,खुरापात गरेर खारियेपछी बल्ल बन्छ असली नेता ,एकछिन को लाइ मन नपरेपनि नेपाल को बरिस्ट नेता र अरुसबाई नेता ले कुरा सुन्ने भनेको गिरिजा हो ,तेस्पछी प्रचण्ड ,माकुने ,बाबुराम ,बिजुक्छे आदि पर्छन |
      युवा ल यिनीहरुको अनुभब बात धेरै सिक्नु पर्छ ,, तैपनि नेपाल को भोलि को लागि रेडिमेड होनहार नेता भनेको बाबुराम,प्रचण्ड ,अगी आउन सके गगन थापा आदि हुन् |
      तत्काल लाइ नेपाल को लागि सही नेतृत्त्व प्रचण्ड थ्यो के गर्नु ,पुजारी ,सेनापति आदि मामलामा न राम्ररि फसे ,|मान्छे अनाडी परे,तेसैले माकुने लाइ चिट्ठा पर्यो |
      मावोबादी नेतृत्त्व ले जाने बरु बाबुराम लाइ अगी सारे हुने हो |प्रचण्ड अध्यक्ष भएर पार्टी चलाउने ,बाबुराम सरकार चलाउने |
      तर पद पाउन छोटो चित्त देखाएर आपस मै लादिदिन्छान र कुरो बिग्रन्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 4

    • kesu

      हा हा हा हा हास्ने कुरा अर्को थापियाछा ( बाहिर हासे नि मन त रुन्छ एस्तो सुन्दा), नानी देखि लायको बानि भने झैँ भयछ नेपाल मा के हो जे कुरा मा पनि घोटाला मात्र हुन्छ , नसकिने भो अब हामी नेपाली ले नेपाली संग नै.
      जय नेपाल.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

    • यो कार्यक्रमबाट असल नेता निस्केता पनि न-निस्केता पनि वर्तमान र भावी नेपाल लाई आउँदो पिँढिले कसरी मुल्याङ्कन गरीरहेको छ भन्ने कुरा प्रस्ट झल्किन्थ्यो । आफन्त र चिनजानका मान्छेहरूले पठाएका सहानुभुतिका SMS ले असल नेता नै निस्कन्छ भन्ने कुरामा म चाहीँ विश्वस्त थिईन । यसमा हुने छलफलले नयाँ नयाँ योजना र सम्भावना का कुरा उठ्दथे, जुन अब सायद हुने छैनन् ।

      देश विकास गर्छु भनेर भाग लिने सहभागीहरूमा यो घटनाले उनीहरूका हौसला मा कुनै आँच नआओस् । प्रतियोगितामा प्रथम हुन तिगडम चलाएको जो पनि प्रतियोगी होस् उसलाई सँधै यस्तै झमेला आईपरुन् भन्ने कामना गर्दछु ।

      मलाई अचम्म लागेको कुरा के सपना मल्ल, युवराज घिमिरे र भिमार्जुन आचार्य यस्तो नतिजा आईरहेको भन्ने बारे अनभिज्ञ थिए ? अथवा थाहा हुँदा हुँदै पनि कानमा तेल हालेर कार्यक्रमलाई निरन्तरता दिईरहे ?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • राम्रो काम, ठग र चोरलाई, राम्रो पाठ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 78 Thumb down 5

      • Okhaldunge

        असल नेताको खोजी गर्ने र छान्नेहरुको पनि असल चरित्र,असल विचार,हुनु पर्दछ!

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

      • Okhaldunge

        हि,हि,हि,असल नेताको खोजी हास्यपद,असल नाताको खोजी होला!
        लौ कतै छोरी चेलीहरु बिदेशी संग बिहे गरेको छ भने सम्बन्ध बिच्छेद गरेर भए पनि देश हाँक्न ल्याउनु पर्यो!

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

      • shreesh thapa

        क्या गजबको कुरामा यसमा पनि धाधली वाक्क दिक्क प्याकका कुरा सुन्दा सुन्दा पनि

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • डा. सुरज श्रेष्ठ

      असल नेता छान्ने क्रममा उदघोसकले सुट र टाई तथा असल नेताका पुरुष उम्मेदवारले दौरा सुरुवाल नेपाली टोपी र महिलाले साडी चोलो लगाएका देखियो ?
      नेपालमा हिन्दी भाषा राष्ट्रिय भाषा हुने बेलामा कहाँको पहाडिया लुगा । अझ पनि अन्य नेपालीहरुको भेष-भूसालाई स्विकार्न न सकेको ।

      अहिलेपनि विश्वको बिकसित देशहरुमा कानुन पेसाका व्यक्तिहरु जनताको नज़रमा सबै भन्दा तलको सृंखला मा पर्छन । साथै संचारकर्मीकोपनि जन मानसमा राम्रो स्थान छैन । झन् नेपालका कानुन तथा संचारकर्मी पेसाका व्यक्तिहरु कुरा नेपालीहरुले बुझेका छन्। निर्णनायक मण्डलनै यस्तो अनि नतिजा कस्तो ?

      डा. सुरज श्रेष्ठ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 35

    • Neru Giri, Pennsylvania,USA

      धाधली र भ्रस्टाचार समाज को जरा जरामा गाडिएको छ भन्ने यो भन्दा ठुलो उदाहरण के होला ??? यदी यो धाधली बाट कोहि बिजेता भैहाल्यो भनेपनि त्यो नेपालको भविस्यको नम्बर एक भ्रस्ट युवा नेता हुनेछ | धन्न कार्येक्रम नै खारेज भएछ | जय होस्

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

    • Bhimsen Limbu

      चर्चायोग्य विषय नै हो भन्ने मलाइ लागेको छ र यहाँ प्रस्तुत गरिदिनुभएकोमा धन्यवाद छ सालोक्यज्यू !

      अहिलेसम्मको मानव इतिहासमा खोजेर पनि कुनै असल, महान् नेता पाइएको होला ? कठिन, जटील र विशिष्ट परिस्थितिहरुको आगोमय भट्टीबाट खारिएर पो असल, महान् नेताहरु जन्मेको पाइन्छ त । खोज्दैमा स्पार्टाकस भेटिएला कतै ? खोजेर महात्मा गान्धी पाइएला ? खोजेर लेनिन र माओ त्सेतुङ पाइएला ? खोज्दैमा किम इल सुङ भेटिएला ? खोजेर जर्ज वासिङटन, गैरीबाल्डी, चेग्वेभारा, गोन्जालो आदिजस्ता नेताहरु पाइएला ? खोजेर मार्टिन लुथर पाइएला ? वा होचि मिन्ह आदिजस्ता नेता पाइएला ?

      खोज्दा बरु महान् प्रतिभाहरु पाइन्छन् । महान् मुक्केबाज माइक टाइसन फुटपाथमै भेटिएका हुन् । त्यस्तै गायक रामकृष्ण ढकाल पनि सडकमै भेटिएका हुन् । यी त केही उदाहरण मात्र हुन् । कति यस्ता प्रतिभाहरु गोठाला गर्दै होलान् वा हलो जोत्दै होलान् वा कतै अरबका खाडीहरुमा तातो घाममा डड्‍दै होलान् । कति सेक्सपियरहरु, कति लक्ष्मीप्रसाद देवकोटाहरु सडक बालबालिका भएर पुँजिवादी, सामन्ती समाजले कुल्चेर धूलो बनिरहेका होलान् । खोजीदलको आँखा वा ध्यान बरु त्यतातिर पुगे उत्तम हुनेथियो । कार्यक्रमहरु बनाए हुन्थ्यो । डलर खर्च गरे हुन्थ्यो । मेहनतअनुसारको डलर मजाले पचाए हुन्थ्यो ।

      तर, खोजेर पाइएको नेता विश्वमा को होला ? तालिम दिएर वा लिएर, चाहेर वा इच्छा गरेर नेता हुने भए, खोजी खोजी वा रोजी रोजी नेता हुनेभए बनाउन पाइने भए हालको विश्वसमाज यस अवस्थामा आउने नै थिएन । धेरै हदसम्म नेता हुनयोग्य गुणहरु गडगिफ्‍ट (प्रकृतिप्रदत्त) पनि हो भन्ने देखिन्छ ।

      उपरोक्त कार्यक्रम आयोजकहरुले असल नियतले कार्यक्रम आयोजना गरेको भएपनि डलर पचाउने उद्देश्य रहेको देखियो र भयो । काम पाइनस् बुहारी, पाडाको ….कन्या कन्या भनेजस्तो …

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 86 Thumb down 5

      • प्रेम अर्याल

        भीमसेन जी एकदम सहि भन्नु भयो नेता खोजेर हैन भिडभाड बाट अचनाक नेत्रित्यो लिएर क्रान्ति गरेर बिशाल बिचार लिएर आउछ, बि पी लाई खोजेर ल्याएको होइन मदन भण्डारी बाबुरामलाई गगन थापालाई खोजेर ल्याएको होइन न अब्रहाम लिंकंलाई न माओ न लेलिन कोहि पनि खोजेर ल्याइका होइनन
        १-२ पटक हेरे मैले पनि त्यो कार्यक्रम निस्पक्ष त परै जाओस, हेर्दा एस्तो लाग्थ्यो कुनै पार्टी बिशेसको एजेन्डा लिएर आएको जस्तो लाग्थ्यो सहभागी हरु
        मलाई यो खोज युवा नेत्रित्योको कार्यक्रम अऔचित्यहिन् लाग्यो, देशमा खोज्नु पर्ने चिज धेरै छ, भएका नेत्रित्यो नै हामीलाई धेरै भएको छ यो खोज्नु पर्दैन

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 5

    • Tilak USA

      धाँधली त नेपालीको नानी देखि लागेको बनि हो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 3

    • nirmal

      के नै आस्चर्य भयो र !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 4

      • sanjay kumar tamsaling

        निर्णायक मण्डलीमा काँग्रेसी र एमाले हरुवाहरुको बिगबिगी भएपछि कहाँ बाट हुन्छ कार्यक्रम सफल | जनमतबाट फालेका फोहोरको डङ्गुरबाट अरु के नै आशा गर्न सकिन्छ र | हाहाहा

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 68 Thumb down 21

    • जीव

      बाँच्नु मात्र पर्छ नेपालमा के के देखिन्छ के के !!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 6

      • Laxman KC

        बाँच्नु पर्छा होइन, देखिसकियो नि | यो भन्दा हजार गुना घोटाला त दुइ ठाउँमा चुनाव हरेको मान्छे रियल लाइफ मा नै प्रधान मन्त्रि भएर देखाको होइन? कुरा गर्छौ |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 17

        • Tej Prasad Adhikari

          हा हा हा . बस्ताब मा त्यो कार्यक्रमको नाम नै मिलेन / त्यो कार्यक्रम को नया प्रस्तावित नाम ” खोज नया दलालको ” / ठ्याक्कै मिल्छ , कि कसो हो साथि हो …..???

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 10

    • बिराज

      संघिय राज्य छान्ने काममा घोटाला हुने देशमा नेता छान्ने कुरामा घोटाला हुनु कुनै ठुलो कुरा होइन, अनि कहाँ लाग्छ त देश उभो ? थुक्क नकचरो हो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 4

    eXTReMe Tracker