Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

सबभन्दा ठूलो र उज्यालो जून आज


माघ शुक्ल पूर्णिमाको आजको दिन स्वस्थानी व्रतकथाको साङ्गे गर्ने दिन थियो। अनि आजैको रात देखिने चन्द्रमा यो वर्ष कै सबैभन्दा उज्यालो र ठूलो आकारको हुने रहेछ। कतै तपाईँले हेर्न छुटाउनु त भएन ? जानुस्, हेरिहाल्नुस्। इन्टरनेटमा यो समाचार देख्‍ने बित्तिकै आफ्नै घरको छतबाट खिचेँ केही फोटोहरु। फोटो र जूनसँग सम्बन्धित एउटा शनिबार साहित्य हेर्न भित्र आउनुस्।

जून तिमी र म…मेरो अनुभूतिभित्र

– सुषमा मानन्धर

जीवन न कथा हो न कुनै कविता,मात्र एउटा भोगाइ हो आ–आफ्नो। देखे सुनेका त्यही भोगाइलाई कतिले गीत बनाई गाएका छन्,कतिले कथा बनाई अरुलाई सुनाएका छन्। कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना हुन सक्छ,कसै न कसैका विगत वा वर्तमानको कुनै अंश। कसैका भोगाइ पढ्नु एउटा कुरा हो,त्यसलाई महशुश गर्न सक्नु अर्को कुरा। अरुलाई महशुश गर्न भावुक मन पनि चाहिन्छ। अनुभूति विनाको हतारको कुनै पढाइ अक्षरहरुका पहाड लाग्छन्,यसको चढाइ अझ उत्तिकै पट्टयार लाग्दो र समय लाग्ने हुन्छ। अक्षरहरुमा डुबेर जब तिमीले आत्मसात गर्न सक्छौ अरुका भावनाहरुलाई,ती शब्द तिम्रो अस्तित्व बन्छ र तिमी आफै पनि त्यसको कुनै एक पात्र।

रात जब आँखामा निंद्राले डेरा सारेको हुंदैन,आँखाहरुले हेरेर नभ्याइने आकाशको विशाल टापुमा एउटा छुट्टै आकर्षण मैले पनि पालेकी छु। पर….. कुनै क्षितिजीय दूरीबाट उठेको तिम्रो दृष्टि पनि ताराहरुको भीड छिचोल्दै जूनलाई नै खोजिरहेको हुन्छ,तिमीले कुनै दिन यही भनेका थियौ मलाई। आकाशमाथि हामीले हेर्ने तिम्रो र मेरो जून उही हो, एउटै। सांच्ची, हामीले यसरी हेर्दै जूनलाई खोजेका हुन्छौं या एक अर्कालाई? जुन दिनदेखि थाहा पाएकी छु तिमी जूनका कुराहरु बढी गर्छौ भन्ने, जूनलाई हेर्ने आकांक्षा र जूनलाई पाउने अदम्य लालसा मभित्र पनि अझ बढी गाढा हुन थालेको छ।

हरेक रातको विशाल कालो पर्दाभरि सितारा टाँसे जस्तै चम्किएका लाखौं ताराहरुबीच म प्राय चिरपरिचित र नक्षत्र विज्ञानमा पढिएका ताराहरुले बनाउने अनेकौं आकृतिहरु खोजिरहन्छु। ती अनुहार र आकृतिहरु, माथि आकाशमा आज त्यहाँ हुन्छन्, भोलि हुन्नन्, पछि फेरि केही अन्तरालमा अन्तै देखिन्छन्। समय आफ्नै गतिमा घुमिरहेको के यो एउटा प्रमाण हैन र? यी ताराहरुसंग उदाउंदै हरेक पन्ध्र दिनसम्म फेरिदै जाने आकाशमाथिको त्यो मनमोहक जून,पूर्णिमाको रात जब आफ्नो पूर्ण यौवनमा हुन्छ, नियालेर कहिल्यै अघाउँदिन म। दुधिलो, शान्त, स्निग्ध र शीतल रश्मी यति कोमल कि मानौं सेता गुलाफका कोमल पत्रहरु सुस्तरी वर्षिएका हुन्छन्।

के तिमीले सम्झेका छौ, अस्ति पानी परेर निख्री सकेपछिको सगर? नीलो आकाशमाथि कनिका झैं छरिएका पिलपिल बल्ने ताराहरु, सम्मोहक जून, त्यो संगै अलि मास्तिर एउटा चम्किलो तारा अनि जूनलाई आधै छेल्ने गरी एक थुप्रो सेता बादल … …। जूनका कुरा, त्यो पनि गाढा रात, तारा र सेता काला बादलका हल्का रेशमी थुम्काका प्रसंग बिना,पूर्ण कहाँ हुन्छ र? पक्कै तिमी मग्न भएर हेर्दै थियौ त्यो जूनलाई एकटक लाएर। म पनि त्यही बेला त्यो जूनलाई हेर्दै थिएँ। हामीले हेरेका थियौं एकै समयमा, त्यो जूनलाई…! जूनले हामीलाई … जूनभित्रबाट हामीले एक अर्कालाई।



सेता पातला बादलुको खास्टो ओढी ताराहरु टिम्टिमाएको, म आज नियास्रो आकाश नियाल्दैछु र ती सम्भावित दिशाहरुमा पनि खोज्दैछु जूनलाई, जुन ठाउँबाट तिमी यति बेला जून देखिन्छ भन्ने गर्थ्यौ। तर आज यथास्थानमा छैन जून। त्यसो त यो संधै एकै ठाउँबाट मात्र देखिने कहाँ हो र? समय, ऋतु, फरक अक्षांश र देशान्तरभित्र जूनले पृथ्वीलाई परिक्रमा गरिरहन्छ, हामी घुमिरहन्छौं। यही परिक्रमाभित्र तिम्रो, मेरो जूनले एउटा वृत बनाइरहन्छ झिनो रेखाबाट फेरिंदै एउटा सग्लो वृतमा। औंसीको कालीमाबाट बढ्दै एउटा मादक जुनेली रात आउँदासम्म मैले धेरै पर्खाइ भोगिसकेकी हुन्छु।

ऊ हेर…भर्खरै माछाको कत्ला जस्ता बादलसँग लुकामारी खेल्दै झुलुक्क देखापरेको जून फेरि बिलायो बादलको ओतभित्र। किन छेकियो जुन! अनायसै मन दुख्छ, लाग्छ शायद तिमी रिसायौ। जून नहुँदा तिमी देखिन्नौ, शायद छेलिन्छौ थुप्रै बादलका परतहरुले। म पर्खिरहन्छु पुनः जूनको आगमनको, जब यसले मेरो जलनलाई शीतल गर्छ र मलाई सम्मोहित पनि। म चाहन्छु, जून सिर्फ मेरै आँखा अगाडि रहोस, मेरै आकाशमाथि तर हेर्दा हेर्दै जून मेरो आँखा अगाडिको आकाशबाट सर्दै ओझेल हुन्छ हर रात। म विवश, रोक्न सक्दिन उसलाई। न त मेरो चाहनाले जून अडिन्छ। शायद त्यही भएर होला आफ्नो निरीहपना लुकाउन,यो मदेखि लुकिरहन्छ बारम्बार। तिमी खिन्न हुन्छौ आफूलाई पनि परेको यही अनुभव मलाई सुुनाउँदा, हाम्रो साझा पीडा। जुन नहुँदाको हाम्रो दुखाइ।


साँझ आकाशको कुनै पनि छेऊबाट उदाएदेखि तिमी जूनलाई सम्पूर्ण सम्मोहनले तानिरहन्छौ, किन स्पष्ट भन्न सक्दैनौ तिमी, त्यो जूनलाई हैन मलाई भनेर। अँध्यारो गाढा हुन पाएको हुन्न अचेल आँखाहरु अनायसै आकाशमा उठछन् र जूनलाई खोज्न थाल्छन्। कैलेकाहीँ घण्टौंको प्रतिक्षापछि पनि जब जून देखिंदैन,धमिलो बाक्ला बादल मुनि लुकेर के यसले मेरो धैर्यताको परिक्षा लिंदै छ, या तिमीले? बादल नलागेको खुला रातमा टुट्दै गरेका ताराहरु…तिमीले पनि त्यहीबेला आँखाले देखुन्जेल हेरेका होलाऊ, मनमनै केही मागेका होलाऊ। शब्दमा अव्यक्त तिम्रा इच्छाको कम्पन मैले तिम्रो ओठमा देखिरहेछु। त्यो तातो, नरम र आमन्त्रण गर्ने ओठमा कुनै नाम थियो तर कसको?

झ्यालमाथिको आकाशमा आइपुगेको छ अहिले जून, ठीक त्यहंीनिर जहाँ विछ्यौनामा पल्टेरै म त्यो जून र त्यसको सुन्दरता हेर्न सक्छु। सफा नीलो आकाशमा कपास म्कैं हल्का रेशमी बादलका धर्काहरुमा बग्दै उत्रंदै गरेको मोहक जून कति मादक छ! सम्पूर्ण प्रेम वर्षाएर जून मलाई हाउभाउमा सम्मोहित गरिरहेछ। कल्पना गरिरहेछु— अनिंदा आँखाहरुले तिमीले पनि हेरिरहेछौ जूनलाई, कि जून छिचोली मलाई?

ब्याङ्ककमा पोहोर साल देखिएको सबैभन्दा ठूलो जून। फोटोः pattpoom


जूनको शीतल किरण नरम, न्यानो र मादकता, के यो मात्र मेरो सोचाइ हो, सिर्फ एउटा भावुक अनुभूति? काला टाटा भैकन पनि किन जूनको त्यो सौन्दर्य औधि राम्रो लाग्छ मलाई, किन थाक्दैनन् र अघाउँदैनन् यी आँखाहरु हेरेर उसलाई। शायद ज्ाूनमा मन र मायाको अभिव्यक्ति भएर होला। कोही भन्छन्, जूनप्र्रतिको आसक्तिमा मानिस भावुक बन्छ रे, मन त्यसै द्रवित र उदाश उदाश हुन्छ रे। के त्यसो भए तिमी पनि भावुक छौ त जून खोज्ने,जून रोज्ने र जून नियाल्ने म जस्तै? सम्वेदनशील मान्छेको मन जून जस्तै कोमल हुन्छ भन्छन्। त्यो हृदय जहाँ आँखा हैन अनुभूति हुन्छ,त्यसले देख्दैन तर छुन्छ। मन मुटु र भावनाको प्रतिक जून, तर जून आफैभित्र के छ त? त्यहाँ केही र कोही छैन सिवाय ठूला साना खाल्डाहरु, विज्ञान यही भन्दछ। तर म त्यहाँ धेरै देख्छु। त्यहाँ विश्वास र आस्था देख्छु, पर्खाइ र प्रेम देख्छु, व्याकुलता र पीडा देख्छु। यस्तो लाग्छ,जून मलाई संधै अव्यक्त भाषामा केही भनिरहन्छ कि जून भएर तिमीले? जब जब छट्पटिन्छु जूनलाई हेर्न पुग्छु…अनि जूनबाट तिमीलाई। तिमी पनि समर्पित जून हेरिरहेछौ, र मलाई।

तिमीलाई राम्रोसँग थाहा छ, तिम्रो र मेरो आकाशमा दोस्रो अर्को जून छैन र हुनै सक्दैन। एउटा कुरा स्पष्ट छ, चाहे तिमीले जहाँ कहींबाट पनि हेर त्यो जूनलाई त्यो निश्चित् समयमा… सधैं नै मैले पनि हेरिरहेकी हुन्छु मेरो जूनलाई। त्यो जून, मात्र एउटा जून नभै एउटा माध्यम पनि बनेको छ तिमीलाई हेर्ने। तिमी छौ त्यो जूनको पार्श्वमा जून हेर्दै, जून भएर मलाई। तिमी संधै जून हेर्न चाहन्छौ, म चाहन्छु अनि निसन्देह हामीले एक अर्कालाई।

तिमी हर रात जून भएर आउँछौ। जूनको आगमनमा मलाई तिम्रो आउनुको अनुभूति हुन्छ। म जान्दछु, यो रात पनि तिमी जुनको टहटहमा जून पढिरहेछौ। म आज अहिले पनि यहाँ निस्तब्ध रातमा कोठाभित्र झ्यालका पारदर्शी पर्दा हटाई ती बग्रेल्ती मसिना ताराहरु,त्यो ठूलो चम्किलो तारा र बादलको थुप्रोनिर आधा छेलिएको जूनलाई तिमीले झैं नियालिरहेछु। जून भएर तिमीलाई नियालिरहेछु।

आफ्ना भाग लगाइने समयहरुलाई उबारेर एकै छिन भए पनि कौसीको डीलमा बसी, कोठाको भित्तामा अडेसिएर, बरण्डामा वा झयालको पारदर्शी सीसाभित्रबाट सुकोमल,सुकुमार त्यो जूनलाई एकोहोरो नियाल्दै जूनको समय, सम्वेदनशील भएर जिउन पनि कम्ती मीठो हुँदैन। मधुरो प्रकाशमा तिम्रो कोठाको झ्यालको पर्दा सुस्तरी हल्लिएको छ भर्खरै, फेरि चियाएका छौ तिमीले जूनलाई र जूनबाट मलाई। अझै पनि आफूलाई खोल्न नसकेका तिमी,शायद तिम्रै मन अभिव्यक्तिको आकर्षणमा बाँधिएर मेरो जून, म पनि तिमीलाई हेरिरहेछु। यहां अहिले यो जमेको निस्तब्ध रातमा हामीवीच बनेको समिकरणभित्र सिर्फ जून छ अनि तिमी र म। मेरो जून… सिर्फ तिमी र म


Related posts:

  1. आज ठूलो विरोध प्रदर्शनको तयारी
  2. नयाँ वर्ष- जून ओर्लिएको रात
  3. सबभन्दा बढी राज्य कांग्रेसको
  4. आकाशको जून हेर तिमीलाई नै हो…
  5. माधव नेपाललाई सबभन्दा बढी मत, ओली दोस्रो

15 comments to सबभन्दा ठूलो र उज्यालो जून आज

  • anita

    तपाइको मेहनतको लागि थान्कु. … कति राम्म्रो जुन रहेछा…..

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • kanchha

    जुन गएको राति अति राम्रो देखियो जसलाई इन्टरनेट मा जस्तो को त्येस्तै
    खिचेर सबै लाइ देखाई दिनु भएको मा ग्राफर भाइलाई धन्यबात

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 3

  • keshab

    सुष्मा जी अति राम्रो लेखको लागि धेरै धन्यवाद ! तपाइंको लेखन सैली अति सरल र मिठास छन, भबिस्यमा यस्तै लेखहरुको पढ्ने अबसर मिलोस आशा गर्छु धन्न्यबाद

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • TULASI

    के गर्ने मैले नि धेरै बेर कुरे चन्द्रमाको फोटो लिन लै तर के गर्ने बादल ले सारा आकाश लाई नै ढाके पछि मेरो चन्द्रमा को फोटो लिने धोको नै रोकी दियो/

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • bim canada

    लामो समयको पछी शुस्माजिको लेख पढ्न पाएकोमा खुशी लागेको छ | सधै मार्मिक र यथार्थबदी लेख पढ्ने बानि परेका पाठक हरुको लागि भने अलि भारि जस्तो लाग्यो | लेखले यति मात्र भंछ्की प्रेमिका आफ्नो प्रेमीलाई हरेक रात जूनको माध्यमबाट देखेको महसुश गर्छे | तर यति कुरा बुझाउनुलाई धेरै नै अनाबस्यक साहित्य घुसाउनु भएको जस्तो लाग्यो, एक प्रकृतीले नै बनाएको सुन्दर युवतीलाई अनेक रसायनले श्रीन्गारिएको जस्तो | तर पनि लेखको लागि धन्यवाद |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 3

  • bim

    लामो समय पछी सुश्माजिको लेख पढ्न पाएकोमा खुशी लाग्यो |तर सधैं मार्मिक र यथार्थवादी लेख पढ्ने बानि परेका पाठकहरुको लागि यो लेख भारि भारि जस्तो लाग्यो | लेखले यति मात्र भंछ्की प्रेमीका आफ्नो प्रेमीलाई जूनको माध्यमबाट हरेक रात हेर्छे.| तर धेरै लामो र ……| लेखमा साहित्य चाहिने भन्दा बढी जस्तो पो हो कि |राम्रो साहित्यिक लेखाइको लागि धन्यवाद त नदिरहन सक्दिन |

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • luguna

    सुष्मा जी, के यो कुरालाई पत्याउनु हुन्छ ? यहाँ कति ताराहरु पनि छन , जो धेरै टाढा भएर पनि अरुलाई माया गर्छन | फरक यति त हो नि, जून धेरै नजिक, अनि तारा धेरै टाढा |

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 3

  • Bhimsen Limbu

    नमस्कार !
    दिनभरिदेखि म कुनै विरोरोत्तेजक विषय/सामग्रीको पर्खाइमा थिएँ, भरसक कुनै राजनीतिक । ताकि देश र दुनियाका बारे केही ब्रेन स्टर्मिङ गर्न पाइयोस् । तर, यहाँ जूनसम्बन्धी एउटा निबन्ध पो पढ्‍न पाइयो । तर, ठीकै छ, नहुनु मामाभन्दा कानो मामा निको भनेजस्तै वा नखाउँभने दिनभरिको शिकार खाउँ भने आफ्‍नै कान्छो बाबुको अनुहार भनेजस्तै पो भयो ।

    जूनलाइ विम्ब मानेर भावनाको धेरै गहिराइमा डुबेकी रहेछ लेखिका – सुष्मा मानन्धर । यति गहिरो, पवित्र र स्वच्छ मायामोह वा प्यारप्रणयलाइ जूनको प्रतिक बनाइएको छ ।

    निबन्धअनुसार प्रेयसीको चोखो भावनालाइ प्रेमीले पनि दिलोज्यानले स्वीकार्न सकोस् भन्ने मेरो कामना छ । नत्र हिजोआज मुमताज–शाहजहाँ वा रोमियो–जुलियट जस्ता अमर प्रेमिल जोडीहरु पाउन त दूर्लभ मात्र होइन, असम्भव नै मानिन्छ । प्रेमी वा प्रेमिका जो होस् किञ्चित स्वार्थ पूरा भएपछि जेल ब्रेक गरेर भागेको कैदीजस्तो फरार हुन्छन् र फर्केर कहिल्यै आउँदैनन् । जूनजस्तो स्वच्छ, सफा, शुभ्र, शान्त र गम्भीर प्रेम त आकाशको फल आँखा तरी मर जस्तो वा मनको लड्‍डु घ्यूसित खानु जस्तो मात्र भएका उदाहरणहरु यत्रतत्र सर्वत्र भेटिन्छन् ।

    जूनको बारे भूपि शेरचनको कविता पनि पढेकै छौँ -
    ए जून !
    फरक छैन तिम्रो र मेरो रोदनमा
    तिमी रुन्छौ तिम्रो आँसु शीत बन्छ
    म रुन्छु मेरो आँसु गीत बन्छ ।

    त्यस्तै एकजना चिनियाँको त जूनप्रति यति मायामोह र प्रेम थियो कि जूनभन्दा अन्त उसको कतै ध्यान र चिन्ता हुँदैनथ्यो । जहिले र जहाँ पनि जूनै जून । एकदिन डुङ्गामा बसेर पानीमा सयर गर्दैगर्दा उसले आकाशको जून आफ्‍नै छेउमा आएको देख्यो । हरदिन हरपल जूनको माया र चाहनाले व्याकुल भएको उसले पानीमा टहटह टल्पलाइरहेको आफ्‍नो प्यारो जूनलाइ देखेर हर्षले गद्‍गद्‍ भइ ग्वाम्लाङ्ग अङ्गालो हाल्यो र जूनको लागि सहीद भयो । जूनको अन्धो प्यारमा उसले आफ्‍नो एकबारको जीवन त्याग्यो ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

  • tulsi

    मन छुने लेखको लागि सुश्माजी लाइ धन्यवाद/

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

  • tulsi

    जिन्दगि र जुनमा त्यति ठुलो अन्तर छैन;दुवै को उदाउने र अस्ताउने प्रक्रिया उस्तै उस्तै छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

  • tulsi

    जुन निष्कलंक छ;पबित्र छ/मानिस पनि जुन जस्तै निष्कलंक र पबित्र हुन सक्नु पर्दछ/जिन्दगि पनि जुन जस्तै उदाउछ अनि अस्ताऊछ् पनि/

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 3

  • Basanta Thapa,Maryland,USA

    हो हिजो पनि जुन,घर अगाडी बाट उदाउथ्यो र घर पछाडी बाट अस्थाउथ्यो,आज पनि जुन मेरो घरको बाटो भएर आउछ जान्छ तर हिजोको त्यो शान्ति,मिलन.साथ,आफ्नोपन पुरानो घरमा जस्तो नया घरमा छैन, खै कति भनु आफ्नो भुमि जस्तो अरुको भुमि कहिले आफ्नो हुनेरहेनछ मात्र जुन !
    सुस्माजी मनमा सधै रहने मनपरेको माया जस्तो लेखको लागि मुरी मुरी धन्यबाद अनि आभार !

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 5

    • Tilak USA

      भने पछी बसन्त जी को पहिलाको घर पूर्व फर्केको रहेछ भने अहिलेको घरको मोहोडा पत्ता लगाउन गार्हो परे जस्तो छ | चुम्बकको प्रयोग गरे हुन्छ्नी,दिशा पत्ता लागिहाल्छ |

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 9

      • shreesh thapa

        आकाशमा उदायकी जुन तिमि, जति हेर्यो उति हेरौ हेरौ लाग्ने
        सुन्दरताकी धनि तिमि, बर्णन गर्न २/४ कविता कोरौ कोरौ लाग्ने

        अटल र अडिग छौ तिमि, चम चम गरि चम्केर सबैलाई जिस्काइरहने
        ताराहरु संगीसाथी, जुनकिरीको गीतको तालमा छम छम गरि नाचिरहने

        सुनसान रात संग माया लाउछौ शित संग प्रित लाउछौ कस्तो
        थाहा नदिई सुटुक्क ट्याप्प टिपी आफ्नै कोठामा सजाई राखु जस्तो

        फोटो र लेखको लागि शुस्मा जी लाई धेरै धेरै धन्यवाद ……..

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • Neru Giri, Pennsylvania,USA

      जुन मा बिदेसिएर जुन कुनामा बसेपनि स्वदेसी माटोबाट जून हेर्न नपाएको पनि जुनी भैसकेछ | आहा क्या सितल जून !!!!!!!!

      मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 1

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes