[आज माघ १९। आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्रले कू गरेका थिए। त्यही शाही 'कू' को सराद्धे गर्ने दिन हो आज। यो ब्लग कान्तिपुर टेलिभिजनका तत्कालीन समाचार संयोजक दीपक भट्टराईले त्यो दिन आफूले भोगेका विषयलाई समेटेर तयार पारेका हुन्। आज सन्दर्भ मिलेकोले पुनः राखिएको हो]
-दीपक भट्टराई/काठमाडौँ-
माघ १८ गते साँझ नै एउटा समाचार तयार पारेको थिएँ, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उनका विश्वासपात्रहरु समेतलाई कुनै जानकारी नदिई राजाले सुरक्षा अंगका प्रमुखहरुसँग लामो छलफल गरेका छन्। दरबार निकट समाचारस्रोतको हवाला दिँदै राजाबाट सोही राति वा भोलिसम्ममा कुनै नयाँ कदम चालिन सक्नेछ भन्ने समाचार तयार पारे पनि म आफूलाई राजाले के चाँही गर्नेछन् भन्ने थाहा थिएन। थियो त सिर्फ भोलि राजाबाट केही हुँदैछ भन्ने, तर समाचार अपूरो भन्दै मेरा सम्पादकले अस्वीकार गरिदिए र त्यो सरासर जायज पनि थियो।
नभन्दै भोलिपल्ट बिहान नै रेडियो र टेलिभिजनमा राजाले १० बजे देशबासीको नाममा सम्बोधन गर्ने सूचना प्रसारित भयो। त्यसपछि घरमा बस्न मन लागेन। सम्बोधन १० बजे भए पनि ८ बजे नै कार्यालयतिर हुत्तिएँ। राजाको भाषण के आउला भनेर साथीभाइबीच चर्चा चल्दै थियो, तत्कालीन शाही नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा केही सुरक्षाकर्मी कार्यालयमा छिरे।
अनौठो खासै लागेन राजाको भाषण कठोर रहेछ भन्ने अनुमानमात्र भयो। राजाको भाषण सुरु हुनुअगावै उनीहरुले समाचार प्रसारण गर्ने स्टुडियो हेरे। समाचार सम्पादन गर्ने र पत्रकारहरुले लेख्ने,बस्ने ठाउँ हेरे। म चाँही राजाको भाषण सुरु हुन थालेपछि रेडियो भएको गाडी चढेर एमाले महासचिव माधवकुमार नेपालको घरतर्फ लागेँ। सत्ता साझेदार एक प्रमुख दलको प्रतिक्रिया लिउँ न त भनेर। तर, उनको घर वरिपरि त असाध्यै धेरै सुरक्षाकर्मी परिचालित थिए। मैले भाषण नसकिँदा सम्म उनको घर नजिक नजाने निधो गरेँ र करिब सय मिटर पर पुगेर रेडियो सुनिरहेँ। रेडियोले जसै सम्बोधन प्रसारण सक्यो, तब मोबाइलबाट एमाले महासचिवलाई फोन गर्छु भन्दा त मोबाइलको टावर पूरै काटिसकिएको रहेछ। त्यसपछि गाडी रोकेको स्थानमा भएको ल्यान्डलाइन फोनबाट फोन गर्ने प्रयास गर्छु भन्दा त, फोन डेड।
अब भएन, घरमै जान्छु भन्दै गाडी लिएर पुगेँ घरबाहिर। माधव नेपाल पनि हातमा मोबाइल हेर्दै घरको बार्दली (कौसी) मा निस्कनुभएको रहेछ। मैले क्यामेरामेनलाई क्यामेरा उतातिर सोझ्याउन भन्दै टाढैबाट महासचिव ज्यू तल ओर्लनुस् हामी केही प्रतिक्रिया लिन चाहन्छौं भनेँ। तर उहाँसँगै रहेका सशस्त्र प्रहरीका बिना वर्दीका डिएसपीले माधव नेपाललाई तल झर्न दिएनन्। मैले त्यहीँबाट केही बोल्दिनोस्,मेरो क्यामेराले टिप्छ भन्दै सम्बोधनप्रतिको प्रतिक्रिया माग गरेँ।
माधव नेपालले यो अप्रजातान्त्रिक कदम भो मात्र के भन्न भ्याएका थिए, उनलाई ती डिएसपीले धकेल्दै कोठाभित्र छिराएर छोडे र मलाई पनि तुरुन्त सो स्थान छोड्न आदेश दिए। पत्रकारको नाममा मेरा क्यामेरामेन र म मात्र थियौं त्यहाँ।
सुरक्षाकर्मीले घोक्र्याएर भन्न पनि मिल्ने गरी माधव नेपाललाई घरभित्र हुलेको र सानो भए पनि उनको प्रतिक्रियाको दृश्य रहेकाले राम्रो समाचार पाएको अड्कल गर्दै म कार्यालय आइपुगेँ। काठमाडौंमा फोन, इन्टरनेट मात्र होइन माघको जाडो पनि सकिएको थिएन। साथीभाइ कार्यालय बाहिरै रहेछन्।
आफूसँग मात्र भएको माधव नेपालको प्रतिक्रिया र दृश्यको बारेमा चर्चा गरेपछि अन्य सहकर्मी पनि उत्साहित भए। समाचार लेखेँ र सोही अनुसार दृश्य पनि मिलाएँ। तर १२ बजे त समाचार जाला भनेको त समाचारको ‘स’ पनि आएन। अघि नै आएका मेजरले टिभीमा समाचार दिन मिल्ने-नमिल्ने विषयमा आफूले बुझ्न पर्ने बताएछन् र समाचारको साटो त्यही बिहान रेकर्ड गरिएको राजा ज्ञानेन्द्रको सम्बोधन प्रसारण गरियो।
दिउँसो चार बजे समाचार त जाने भएछ तर समाचारको धुन सकिएपछि समाचारवाचकले राजाले सम्बोधन गरेको विषयमा मात्र समाचार हाल्न पाइने भएछ। त्यतिबेला एक सैनिकले समाचारवाचकले समाचारवाचन गरिरहँदा स्टुडियोभित्रै बन्दुक समातेर बसेका थिए। मलाई पछिसम्म पनि त्यो दिनको फोटो राख्न पाएको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ, तर त्यतिबेला फोटो खिच्ने सुद्दि नै आएन।
जब हरेक समाचार सेनाको मेजरले पास गरेपछि मात्र प्रसारण हुने भयो, मैले तयार पारेको सामाग्री साँझको समाचारमा जाला भन्ने मेरो आशा बिस्तारै हराउँदै गयो।
एउटा विदेशी समाचारमा इन्डोनेसियाको सेनाको दृश्य रहेछ सायद आचे विद्रोही सम्बन्धी थियो क्यारे। मेजरले स्क्रिप्ट मात्र हेरेर पास गरेछन् तर पछि समाचारमा भिजुअलसहित जाँदा विदेशी सेना कै भए पनि किन दृश्य देखाएको भनेर उनलाई कताबाट फोन आएर हो कि पछि त्यो समाचार पनि रोक्नुपर्यो। हामी राजाको सम्बोधनको समाचार भन्दा केही प्रसारण गर्ने अवस्थामा थिएनौं।
अरु समाचार जेसुकै भए पनि कान्तिपुर टेलिभिजनले स्थापना कालदेखि नै प्रसारण गर्ने जनमतको प्रश्न राजाको सम्बोधन तपाईँलाई कस्तो लाग्यो भनेर सोध्ने निर्णय भएको थियो।
भोलिपल्ट कान्तिपुरले चारुमति नाच र काठमाडौं पोस्टले मौसम जस्ता विषयमा सम्पादकीय लेखेपछि हामीले पनि तपाईँ कुन फलफूल खानुहुन्छ भन्ने प्रकारको जनमत लियौं। तर, पहिलो दिनको जनमत समयानुकूल बनाउने क्रममा एउटा भूल भयो जस्तो लाग्छ मलाई। त्यो प्रश्नको नकारात्मक जवाफ हामी प्रसारण गर्नसक्ने अवस्थामा थिएनौं। र पनि प्रश्न त्यही सोधिएको थियो, राजाको सम्बोधन तपाईँलाई कस्तो लाग्यो -
जम्माजम्मी १८ जनालाई पुतलीसडक र बागबजार वरिपरि प्रश्न गरिएको थियो। तर अचम्म एक जनाले ठिकै हो, खास राम्रो छैन भन्ने बाहेक सबैले राम्रो छ, दलहरुले देश बिगारेका थिए, शान्ति ल्याए राम्रै हुन्छ, शान्तिको लागि गर्नु नै पर्ने थियो भन्ने किसिमको प्रतिक्रिया दिएका थिए। हामीले एक जनाको मात्र आएको हल्का नकारात्मक जवाफलाई पनि नराखेर सबै राम्रो छ सम्बोधन भन्ने किसिमको उत्तर मात्र राख्यौं र त्यो प्रसारण पनि भयो।
अरु समाचार जे सुकै भए पनि त्यो दिनको जनमत हेर्दा धेरैलाई पक्कै पनि मानिसहरुले हामीलाई गाली गरे होलान् भन्ने लाग्छ, नभए कसरी राजाको सम्बोधन सकारात्मक थियो भन्ने मात्र जवाफ आउँथ्यो भन्ने धेरैलाई पक्का पनि पर्यो होला तर वास्तविकता त्यही थियो, जनमतमा राखिने ८ जनाको विचारका लागि हामीले सोधेका १८ जना मध्ये १७ जनाले राजको सम्बोधनको पक्षमै मत जाहेर गरेका थिए।
त्यो दिन मैले खोतलखातल पारेर तयार पारेको माधव नेपालसहित अरु कुनै पनि समाचार टेलिभिजनमा प्रसारण भएन तर पनि दिक्क लागेन (आफूले तयार पारेको समाचार प्रकाशन, प्रसारण नहुँदा पत्रकार दिक्क हुनु स्वभाविक कुरा हो) बेलुका बीबीसी रेडियोमा समाचार सुन्दा माधव नेपालले मलाई मात्र दिएको प्रतिक्रिया कनकमणि दीक्षितले भन्दै थिए। फोन, मोबाइल, इन्टरनेट सबै सञ्चारका साधन बन्द भएपछि माघ १९ गते दिउँसो केही नयाँ कुरा थाहा पाइहालिन्छ कि भन्ने आशामा दीक्षित कान्तिपुर परिसर आएका थिए (त्यतिखेर कुनै समाचार दिनुपर्यो भने हिडेरै गएर सम्बन्धित व्यक्तिलाई भेट्ने वा अरु कसैलाई हिँडाएरै उक्त समाचार पठाउने भन्दा अरु उपाय थिएन)।
थप अनुभवहरु-
ददिराम सापकोटाको अनुभव
केपी ढुंगानाको अनुभव
अनुराधा पौडेलको अनुभव
तपाइँ पनि त्यो दिनको अनुभव सुनाउनुस्।
No related posts.









परिबर्तन को क्रम मा चटकन हान्नु ठिकै हो
मन परे हरियो, नपरे रातो
0
2
But I like Madhav Nepal. He is greater and senior politician of Nepal. In my opinion Madhav Nepal is greater than Prachanda. Prachanda is terrorist, he killed 15000 nepali. But Maoist blind supporter’s have sayes Prahanda is Hero of Nepal. Ha ha ha . Bichara, Maoist Blind supporters.
मन परे हरियो, नपरे रातो
2
0
त कुल्चिस त कमिला किन दिन्छस मलाई दोस,त कुल्चिस त कमिला किन दिन्छस मलाई दोस,फुर्सद कहाँ छर कमिला मलाई हेरी बिचारी पैला टेक्ने, बरु बेकुप त तै होस नि कमिला म यत्रो मान्छे लाई पनि नदेखने i बरु बेकुप त तै होस नि कमिला म यत्रो मान्छे लाई पनि नदेखने///////
तिलक भण्डारी
सिम्पानी,४ सेग्ले
लम्जुंग
मन परे हरियो, नपरे रातो
1
1
निकै फुरेछा त साथी, सिम्पानी को उकालो छाड्ने भयौ अब फेरी सेगले पुग्न लाइ,सेगले का ९०% लाइ चिन्छु तर तपाई लाइ अलि चिनिन है.अरु त ठिकै छ त्यो दिपके को बा कांग्रस बाट माओबादी मा गयको मलई अलि चित्त बुझेंन मेरो सम्झना भन्दिनु सबै लाइ. गाउ मा गयर काम गर्ने राम्रो विचार मेरो समर्थन छ है त.
जय नेपाल.
मन परे हरियो, नपरे रातो
0
0
तिमि साथ छौ भन्छ सिरानी,
तर किन यो मेरो रूमै बिरानी
तिलक भण्डारी
सिम्पानी,४ सेग्ले
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा अचम्म हुन्छ, धेरै जनताले जुन नेता लाइ
गाली गर्छन, मन पराऊदैनन् , तिनिहरु नै सत्ता मा टिकी रहन्छन बा !
यसको कारण के होला हौ साथी हो ?
शम्भु गुरुङ, धरान ?
मन परे हरियो, नपरे रातो
2
0
हेल्लो केशु जी तपाइले माछा खायको कुरा पनि न्युज हरु मा सार्बजनिक गर्नु पर्छा त लाज नै मर्नु बनाउनु भयो नि केहि छैन अनि तपाई अहिले कहाँ बाट हो नि, तेसो भय मलाई चिन्नु हुन्छा तपाइले ल ठिकै छ ब्रो अब मा सिम्पानी नै फर्कियारा जादै छु अब सिम्पानी मा नै बसेर केहि गर्छु तपाई हरु सबै मिलेर मलाई हेल्प गर्नु पर्छा ल,
तिलक भण्डारी
सिम्पानी,४ सेग्ले
लम्जुंग
मन परे हरियो, नपरे रातो
0
0
हामि नेपालिहरुको बानि खालि कुरा काट्ने र गर्न केहि नसक्ने /देश एस्तो हुनु मा हामि पनि जिम्बेवार छोऊ / बा लेख लेख्न जति सजिलो छ लेखे अनुसार कार्वायण गर्न गारो छ/जनताहरु नेताहरु लाही गालि गरेर चित बुजौछंन /येसो सल्लाह
दिन जानेकै छैनन /कुन नेताको कहा गल्ति भयो देखाई दिनु राम्रो हो त् र ?
उचाल्ने र पछार्ने मात्र छन/ पत्रकार हरु तेस्तै /हामि बिदेशमा छौ /परिवार र आफन्त
नेपालमा छन / चिन्ताले पिरोलिरहन्छ/ आखिर कुर्सि मा जो आए पनि कानै चिरेका
त् आउछन/भई रहेको नेता हरुलाही सूजाब दिएर देश बनाउन सहयोग गर्दा राम्रो होला /यति गर्दा पनि नेता हरु सुद्र्दैनन भने मात्र बिकल्प खोज्नु राम्रो होला कि ?
मन परे हरियो, नपरे रातो
1
0
माधब नेपाल त बागको खोल ओडेको स्याल हो आफ्नै मन्त्रीहरुले राष्ट्र शेबक हरुलाई चटकन हान्दा पनि कुनै कारबाही नगरी उनीहरुलाई शाहस थप्ने कम बाहेक केहि गरेको छैन यसबाट देश र जनताको केनै हुनेवाला छ र साथियो त्यस्ता डिस्पिलाई जसले स्याल लाई घोक्ग्रे ठ्याक लगायो माघ १९ गते त्येस लाई बढुवा गर्नु पर्छ शाहस दिनु पर्छ बिदेशबाट shalam छ मेरो ति दियास्पी र यो माहिसंसर परिवार्लाई
मन परे हरियो, नपरे रातो
4
0
अर्को नौटंकी आयो . अलि १० / १५ बर्ष पछि आउनु पर्ने नि यो समाचार
टाउको मा लाउने दबाई नाइटो मा लगाई भनेको एही हो
मन परे हरियो, नपरे रातो
6
2
everybody,
Blame the king and madhav kumar nepal for the pimple in your nose.
दुइ ठाउँ बाट जितेको प्रचण्ड ले नौ महिनामा के नै पो गर्यो र?
मन परे हरियो, नपरे रातो
7
7
योगी जी
नेपालको राजतन्त्र असल भैदिए को भए ,मर्यादाभित्र रहेको भए ,दुर दर्सी भएको भए द्रब्य साह को पालादेखि अहिले सम्म नेपाल इन्डिया भन्दा शक्तिसाली हुन्थ्यो |
हेर्नुस त् सधै जाल झेल मै सिमित,आफु आफु मा काट मार् , सामन्ती सोच ले गर्दा पतन भए, हो पछिल्ला दिन हरुमा इन्डियाले नै यहा राजतन्त्र राख्न न चाहेकोले राजतन्त्र गएको हो |तर इन्डियन सक्रिय हुनुभन्दा पहिले नै याहा का राणा र साह ले बुद्दी पुर्याउनु पर्ने नि |
शास्त्र मा लेखेको छ् बुद्दी न हुने ले राज काज गर्ने अधिकार छैन ,यिनिहरु आफ्नै बुद्दिले गएका हुन ,पाप पनि कराएको हो |
मन परे हरियो, नपरे रातो
9
1
साथीहरु ……
फेरी पनि राजा सक्रिय भएर तेस्तै कदम चालोस भन्ने जनताको चाहना भैसक्यो अबत ………इंडिया ले देश नै खानु भन्दा त
लौ एड्मिनिस्तर जी मनपरे प्रकासित गर्नु नपरे हटाइदिनु, अब त तपैहरु पनि इंडिया भक्त हुनाथाल्नु भो क्यारे….मनपरेन भन्दैमा इमेल नै ब्लक गर्ने ? के हो नियत ?
मन परे हरियो, नपरे रातो
6
5
त्यो डि ।स ।पि ।ले त्य ति खेर सही गरेको हो ।दिमाग नभयको माधवलाई
मन परे हरियो, नपरे रातो
5
4
आज देशको हालत जे छ तेस्मा हामी सबै उत्ति नै जिम्मेबार छौ, जति हाम्रा नेता हरु छन् म नेपालमा हुदा मलाई न देश को माया थियो न नेपाल को राजनीतिमा नै कुनै चासो तर यहाँ आएर देखे, था पाये देश प्रेम के हो, कस्तो हो, मलाई यहाँ सोध्चन कुन देश बाट आको भनेर… जब म नेपाल भनेर नाम लिन्छु तिनीहरु प्रतिक्रिया सुन्छु कुनै मा खुसि लाग्छ कुनै म दुख लगेर आउछ…
यहाँ मानिसहरु एक अर्कालाइ सम्मान गर्छन, बिरोध गर्छन तर कसैलाइ दुख हुन दिदैनन, जुलुस निस्किन्छ तर जुलुस को दिन समय अबधी अनि स्थान पहिले तोकिएको हुन्छ, जुलुस निकाल्न PERMISSION लिनु पर्छ अनि POLICE ले नै आएर बिरोध गर्ने हरुलाइ सुरक्षा प्रदान गर्छन….
नेपालमा घिनौना राजनीति को चपेटमा हामी जनता सबै परेको छौ, नेपाल मा बन्द गर्दा सबै भन्दा अगाडी को हुन्छ, सडक को बालक, काम न पाएर बसेका बेरोजगारी अनि अनपढ मानिसहरु, र तोड फोद मा तल्लो श्रेणी को मानिस हरु अग्रसर हुन्छन, कति लाइ त यो समेत थाह हुदैन कि क बन्द क को लागि भई रहेको छ भनेर…..
मदेशी र पहाडी भनेर नेता ले टुक्राएको हैन, यो सबै हामीले सुरुगरेको हो, काठमाडौँ मा तरकारी बेच्ने मधेसी होस् या NEW ROAD को पानीपुरी अनि चटपटेवाला लाइ धम्काउनु दुख दिनु हामीले केहि बाकि राखेनौ, तिनीहरु ले सहेको हो येतिका वर्ष हाम्रो अन्याय अनि अत्याचार, हामीले एक पल्ट नि सोचेनौ तिनीहरु पनि हामी सरह नेपाली हुन् त्यू भन्दा पहिले यौटा एक मानिस हुन् भनेर, हामीले तिनीहरुलाई मजबूर बनायोउ तिनीहरु को हक खोज्न, अनि त्याह बाट सुरु भयो देश टुक्रिन, नेता हरु ले खुट्टा चलाउने बाटो देखे अनि तेस्लाई पक्डेर राजनीति गर्नु थाले, अबो आज चाहेर पनि देश टुक्रिनु बाट कसैले बचाउन सक्दैन ….
राजा ज्ञानेन्द्रले के गरे के गरेनन त्यो आफ्नो ठाउँ मा छ, तर वहा को पाला मा तेतिबेला देशमा एउटा गुण्डा थिये, NEPAL आर्मी जो देश को रक्षक पनि थिये अनि कहिले कहिँ भक्छ्क पनि… ३-४ वर्ष संकटकाल कतिले गुनासो गर्थिये हाम्रो FREEDOM खोसियो, भनेर तर मैले दुख पाएको भनेको केवल काठमाडौँ आउदा जादा को समय थियो त्यो भारि ब्याग बोकेर हिड्नु पर्दा, मलाई कति पल्ट संका को नजर ले हेरेर सोध खोज नि गरे तर कहिले अभद्र व्यहार गरेनन, बरु तेती बेला मेरो गाउ ठाउँको मै हु भन्ने गुण्डा हरु को डर कसैलाइ थिएन, सबै ले आफ्नो ब्यबसाय चलाई रहेको थिये, बन्द हड्ताल भए नि आएर खुलाई दिनथिये …..
तेती बेला हाम्रो आमा बाउ खुसि हुन्थिये हड्ताल खुल्यो भनेर र तेही हामी दुखि हुन्थियोउ… सडक मा CRICKET खेल्न न पाको ले अनि COLLEGE जानु पर्ने भाको हुनाले ……
तर अहिले आएर गुण्डा हरु को जमात निस्केको छ, वाई सी एल, यौथ फोर्स, तरुण दल, अनि लोकल भुसिया गुण्डा हरु त छदै छन् … गणतन्त्र मा के के न हुन्छन भनेर सोच्योउ नेताले सबै जनतालाइ कट्टु खोलेर देखाईदिये,
अहिले आएर एस्तो स्थिति आयो कि पढाई सकेर अबो घर फर्किन्छु नेपाल मा नै केहि गर्छौ त्याह लगानी गर्छु भनेर BUSINESS PLANS बनाये पनि घर परिवार ले साथ् दिदैनन, NEPAL आउने काम छैन अबो यो देश मा केहि राखेको छैन भनेर जवाफ दिन्छन,
राजा ज्ञानेन्द्र ले देश को लागि केहि न गरे नि, देश बेची खान्छन भन्ने डर थिएन, देशमा मेहेनत गरेर खानेलाई केहि रोकतोक थिएन, राजा ज्ञानेन्द्र न त आर्मी कहिले नि चन्दा मंग्नु आएन, कसै को घर जबर्जस्ति कब्जा गरेनन, जहाँ सम्म हत्या हिम्सा र अपरहण को कुरा छ, त्यो राजा को सत्ता भन्दा दोब्बेर बढेर आएको छ, लुटपाट र बन्दले त RECORD नै तोडेको छ, हरेक मानिस संग हतियार छ, सानो झैँ झगडा मा बन्दुक को प्रयोग हुन्छ, मानिस को जीवन को कुनै मोल छैन,
म अस्ति नेपाल जादा मसंग बच्चा देखि पढेको साथी हरु नि बन्दुक बोकेर हिड्ने न मलाई नि बन्दुक किन्ने कि भनेर सोधेको देख्दा अचम्भ लागेको थियो….
अब म के भन्न चाहन्छु भने, सबै भन्दा पहिले अरु लाइ औला देखाउनु भन्दा आफुमा परिवर्तन ल्याऊ, घृणा हटाऊ, नेता हरु को पछि न लागौ, देश हाम्रो हो देशद्रोही को साथ् न देउ, माओबादी, एमाले, कांग्रेस भन्दै आफुलाई न बाडौ, नेता को काम राजनीति गर्ने हो हाम्रो काम आफ्नो व्यापार बेबसय अनि मेहेनत गर्ने हो, बन्द हड्ताल मा साथ् न दिई एक जुट भई त्यो प्रबितीलाइ हटाऊ, घर घर जोडिएर गाउ बन्छ, गाउ गाउ ले देश बन्छ, सरकार को हरेक कमजोरी को जवाफ हामी हाम्रो मेहेनत गरेर दिउ, नेपाल र नेपाली को मन मा एक आपस मा प्रेम अनि सदभाव बढाउ, र त्यो काम सबै भन्दा पहिले यो माइ संसार मा एक आपस लाइ गालि अनि झगडा गर्न बन्द गरेर सुरु गरौ …
जय नेपाल …
मन परे हरियो, नपरे रातो
10
2
माकुने गनायो
सिनो फालौ साथीहो .
मन परे हरियो, नपरे रातो
5
5
उदीप जी त्यो पनि नेपाली सेनाको मात्रै वाए त हन्थ्यो नि अब छिट्टै धोतीको लात पो खानु पर्ने हो कि???सबैलाई चेतना भया
मन परे हरियो, नपरे रातो
1
2
कोइ मर्ने र मर्ने बाहेक को कुरै गर्दैनन् . अनि त्यो सुजाता वन्द त कम से कम माकुने नै ठिक होलानी होइन र?
जे सुकै वन्नुस सथिहो गिरिजा र सुजाता भन्दा मलाई बरु माकुने नै बचिरहोस…
जसरि पनि अब राम्रो हुने वयेना तेसो वयेपछी के गर्ने होइन र?
नत्र बाबुराम भट्टराई, गगन थापा हरु जस्ता पम minister hunda hun kati fuldo ho yo chhati nepali vanera???????????????
मन परे हरियो, नपरे रातो
2
2
नेपाली जनता को मानसिकता हेर्दा पुरानो घडी को pendulum जस्तो लाग्छ| राजा आयो कि पार्टी चाहिने, पार्टी आयो कि राजा चाहिने | अरु केहि हैन हामीलाई सेना को लातै-लात चाहिएको हो | (माओबादीको भए पनि चल्छ |
)
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
7
” काठमाडौंमा फोन, इन्टरनेट मात्र होइन माघको जाडो पनि सकिएको थिएन। ”
बुझ्नै सकिएन !
मन परे हरियो, नपरे रातो
7
2
“सुरक्षाकर्मीले घोक्र्याएर भन्न पनि मिल्ने गरी माधव नेपाललाई घरभित्र हुलेको …” यो बाक्यांशले पत्रकारहरुले समाचारलाई रोचक बनाउन कति बढी मसला थप्दा रहेछन भन्ने पुष्टि हुन्छ | भित्र जानुस तपाई बाहिर बस्न मिल्दैन भनेर अलिक धकेलेर लग्यो होला अब घोक्र्याएर लग्यो रे, घोक्र्याउनु र धकेल्नुमा कति फरक छ ? जे मा पनि भ्याट नथपी नहुने |
त्यो बेलाको जनमतमा अशान्तिले वाक्क भएर १८ जनामा १७ जनाले राजाको कदमलाई समर्थन गरे भने अहिले जनमत लियो भने १८ मा १८ जनाले नै सबैलाइ घोक्रेठ्याक लगाउनु पर्छ भन्ने छन् |
मन परे हरियो, नपरे रातो
11
3
इतिहास सम्झदा रगत नै तातेर आउँछ |
वर्तमान देखेर रुन मन लाग्छ |
भविस्य सोच्दा अन्धकार लाग्छ |
केलाई आधार मानेर चित्त बुझाउने होला नेपाली जनताहरुले अब ……
मन परे हरियो, नपरे रातो
10
2
राम्रो गरेका छन सबै पार्टी र नेपाली जनता ले किन भने सबै उनै भारतीय का दलाल हुन कसैले म नेपाली हु भन्नु पर्ने आबस्य्ता छैन/ इन्टरनेट मा लेख्दै मा कुनै नया परिबर्तन हुनेवाला छैन / धन्यवाद
मन परे हरियो, नपरे रातो
9
3
अहिले पनि तेस्तै समय आएको ६ सबै नेताहरुलै घोक्रो थ्यक लगाउने bela हो यो .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
7
काठमाडौं को फोहर् को थुप्रो र माकुने को नेत्रित्यो को सरकार को थुप्रो मा के फरक छ र ?
दुबै डुंग दुङ्ती गनाएका छन ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
11
मलाई शुस्मा जी कुरा यक दम ठिक लग्यो हरेक गल्ति हामीले गरिराखेको छौ अनि तो दोष हामी नेता भनौदा हरु लाई दिन्छौ यदि हामीले सहि नेता र सहि पार्टी लाई हाम्रो अमुल्य मत दिन सकेको भय यस्तो दिन हामीले बेहोर्नु पर्ने थियन i आब पनि हामी यस्तो गल्ति नगरु यो जानकारी मा सबै नेपाली दाजु भाइ दिदि बहिनि बाबा आमा हरुलाई अनुरोध गर्न चाहन्छु. सहि पहिचान गर्नु नै हाम्रो जिम्मेवारी हो,तेसैले आधेरोलाई सराप्नु भन्दा आधेरोमा दियो जलाउनु राम्रो होलाi
तिलक भण्डारी सिम्पानी ४ सग्ले लम्जुंग
हाल अफघानिस्तान
मन परे हरियो, नपरे रातो
3
4
जनताबाट हरेरा भारतको सयोक लिएर नेपालमा भारतको प्रधान मन्त्रि भएर नेपाल चलौछा भने हाम्रो के दोष?
मन परे हरियो, नपरे रातो
5
5
सिम्पानी मा बस्दा गोपाल .डाडा मा माछा त व्यापक खायौ होला नि साथी त्यो गिरि को पसल मा. गिरि कि बुडी ले मिठो बनौचे नि त अनि त्यो गौतम को पसल मा पनि ठिक हुन्छा है, त्यो फटाहा हिमचुली होटेल को डाँका त खत्तम नै छ नि है.
मन परे हरियो, नपरे रातो
2
7
यसरी घोक्रयाए पनि उनले आधा सच्चिएको भनि गुन लगाएकै हुन नि !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
8
के को नेताहरुलाई मात्रै दोष दिन्छौ?मुर्ख त हामी जनताहरु हो पशु हौ .अब नेपाल सविधान नबौनजेल यी नेताहरुले ढुखा दीरहंछा .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
8
कुरो को चुरो अहिले पनि तेही नै छ, आजै पनि यो सरकारलाइ सेनाले अपदस्त गर्यो र बटुवा लाइ सोधियो भने ९५ % ले ठिक गर्यो भन्छन / जनता त्यत्ति वाक्क भैसके / मलाइ सोधेको भए त्यो दिन मैले पनि ठिक गर्यो भनेको हुन्थे / अभागी हामि /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
6
थुक्क मोरा श्री धर, गोलि ठोक्ने कुरा पनि गर्ने हो? त त माओ बादी होस् कि के हो ? प्रचण्ड लाई गोलि ठोक्दिएको भए पनि त देश ले यत्रो दुख पौदैना थियो नि, तलै गोलि ठोक्दिएको भए माई संसार ले दुख पौदैना थियो / यस्तो कुरा गरेर हुन्छा पशु ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
40
33
ए तेसोभा निर्मल , त चाही कुन्बारिको मुलाहोस्नी माकुनेको पुछर , फेरी तैले पर्चंड लाइ गोलि ठोक्न हुन्छा भंचस नि , कुरो बुझिरख दुवै नेतालाई एस्तो त जस्तै पुछारेले बनाकाहुन तेसैले त भनेको त पशु को नि पशु !!!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
24
त ता गोरु पो रहेछस श्री धर . तलाई पो गोलि ठोक्नु पर्न रहेछ .
मन परे हरियो, नपरे रातो
7
9
निर्मल बन्धु, रेग्मी को बेय्जत नगर्नु न हो , एस्तो भाषा लेखेर, अलि सभ्य तरिकाले कमेन्ट लेखे मलाई पनि गर्ब हुने थियो, कुल कै बेज्जत गर्नु भो नि यार , कसै लै धेरै गाली गरेर अनि कसैको झन्डा बोकेर केहि हुने वाला छैन, सबै एउटी हुन् मित्र
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
5
त्यो बेलानै माकुने लाइ गोलि ठोकेभा आज देसले राम्रो मिनिस्टर पाउथियोकी कमसेकम जनताको भोट पाई जीतेको मान्छे त हाम्रो मिनिस्टर हुनेथियो ! जे भएनी राजाको त्यो कदम निरंकुसताको सम्बाहक थियो तेसैले राजाले जस्तो खाथियो तेस्तै हगो !!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
32
43
यो श्रीधर न्यौपाने ज्यु लाई हरियार मोह खुब छ जेस्तो छ ! यस्तो पर्तिक्रिया दिने को दिमाग अलि ढिला छ जस्तो छ !! ऐले गोलि हान्ने बेला हो मुर्ख ???
मन परे हरियो, नपरे रातो
8
6
जनता को भोट भन्ने कुरा प्राबिधिक कुरा मात्रै हो ध्रुब सत्य कुरा हैन र छिन छिन मा परिवर्तन भै राख्ने कुरा हो जनमत. लोकतन्त्रमा त अल्पमत को पनि कदर हुन्छ त्यसैले माधब नेपाल प्रधानमन्त्री बन्नुलाई मैले अनौठो रुपमा यस कारण पनि हेरेको छैन किन कि सबै भन्दा धेरै जनमत पाएको र नेपाल को सबै भन्दा ठुलो पार्टी को शक्तिशाली व्यक्ति प्रचण्ड को सिफारिस मा संबिधान सभा को सदस्यता ग्रहण गरेको हो संबैधानिक बिधि को सर्बोच्चता हिसाब ले हेर्ने हो भने व्यक्तिगत रुप मा चुनाव मा पराजित भए पनि प्राबिधिक रुपमा जनमत पाएरै माधब नेपाल ले प्रधामन्त्री को पद ग्रहण गरेका हुन् र वर्तमान अवस्था मा केहि नालायकी देखाए पनि यो कम्जोर सरकार को प्रधानमन्त्री हुँदा को विवशता को रुप मा मैले हेरेको छुँ, सुजाता जस्ता जन्तु हरुलाई उपप्रधानमन्त्री बनाउनु पर्ने बाध्यता नभएको भए सायद यो सरकार को प्रदर्शन अलि राम्रो हुन्थ्यो कि.
मन परे हरियो, नपरे रातो
2
4
हामि नेपालिको अषन्तोसी पन् हो कि भाग्य उस्तो हो, हामिले सत्तामा बसेको ब्यक्तिलाई मनपराएको कमै छ। हामि विरोधको लागि विरोध गर्छौ, बनाउन को लागि गर्दैनौं। मेरो मतलब हाम्रो विरोध विनाशकारी छ रचनात्मक छैन। जो सत्तामा गयो तेस्को विरोध र अरु नेताहरुको लहै लहैमा नाराबाजि। यो हाम्रो दिन चर्या भएको छ। कहीले सुध्रन्छौं हामि? राम्रो काम गर्न लाग्यो भने पनि “त्यस्ले जस् लैजालाकि” भनेर तहस् नहस् गर्ने बानि परेको छ हामिलाई। माओबादीको अहीलेको सुर न सारे बिरोधकै उदाहरण लिन सकिन्छ। सत्ताको लालसाले मात्र विरोध गरिएको छ, देश निर्माणको लागि होईन। माओबादीले कुन चमत्कार गरेका थिए र उनिहरुको सासन कालमा? त्यति बेला पनि प्रतिपक्षले बिरोध गर्ने र माओबादीको प्रत्येक निर्णयको खुट्टा काट्ने काम नै भएको थियो।
मैले माकुने लाई गालि गरेर लेखिएका केही कमेन्टहरु देखें र लाग्यो कहीले रचनात्मक हुन्छौं होला हामि?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
23
अनि प्रकाश जी सत्तामा चै तपाइँ आफु बस्ने? अहिले कुन चै माकुनेलाइ ठिक देख्नु भाको छ र तपाइँले? अहिले जो छ जहा छ त्यो त्यहिँ बसेर तुरुन्त संबिधान बनाएर फेरी चुनाब गरेर यो तुरुन्तै अलि क्षमतावान मन्त्रिहरु भएको सरकार बनाउन जरुरि छ अहिलेलाइ. तेत्ति हो , तेती गरे कुराकानी सकिन्छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
21
ए हजुर संबिधान ko लागि भएको चुनाब मा त हारेको netaa बाट कुन्चाई संबिधान ko आशा मा hunuhunchha ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
37
24
२०३६ साल देखि राजनीतिमा लागेर पंच्यायती ब्यबस्था बिरुद्ध लडियो\ प्रहरीको गिरिफ्तारिमा परियो \ राम्रो जागिरको माया नगरी बहुदलीयता र बिचारको लागि लडियो \ उमेर छदै विदेश जाने अबसर पनि देश बने पछी हाम्रो भबिस्य त्यसै राम्रो भैहाल्छ्नी भन्ने मान्यतामा गुमाइयो \ बहुदलीयता आयो\ तर आम नागरिक र आफुले सोचे जस्तो गरि देश र जनताले सुख , शान्ति, अबसर नपाए पछी उत्साह बिस्तारै मर्दै गयो \ नेता र पार्टी पर्ति रहेको माया,सम्मान बिस्तारै पातलिदै गयो \देश र जनताको भबिस्य खाडलमा हालेर आफ्नो र आफन्त अनि गुटको भबिस्य उकास्ने नेता,कार्यकर्ता अनि प्रजातन्त्रको नाममा जे गरे पनि हुन्छ भन्ने आम मानसिकताले चोर,फटाहा,डाका र विदेशीले सत्ता,सक्ति र पैसा अकुत रुपमा कमाए\ बिस्तारबादी र साम्राज्यबादी भन्दै गालि गर्ने नेता कार्यकर्ताहरु आफ्नो सन्तान तिनै देशमा पठाउन थाले \ सत्ताको लागि नियम,कानुन रितिथिति,सस्कार केहि भन्ने भएनन् \ जनताको माया,बिस्वास नेता र पार्टीले गुमाए र नेता र पार्टीले आह्वान गर्दा पनि कार्यकर्ता र जनता सडकमा ओर्लन छाडे उता आमुल परिबर्तनको लागि जंगल पसेको शक्तिको कारण मर्ने र मार्ने काम बढ्दै गयो भने जनताको आशा यिनै जंगलका शक्ति तिर जान थाल्यो \ राजा मौकाको अबसरमा थिए \एकातिर संसदीय पार्टीहरु तर्फ जनताको मन मर्दै जानु अर्को तिर माओबादीको कारण राजतन्त्रको भबिस्य मर्दै जानु जसको कारण आस र त्रास को आडमा राजाले शक्ति हातमा लिए \तर जनता र बिदेशी शक्तिलाई हात लिन नसक्नु,बिरेन्द्रको हत्याको आरोप लाग्नु र आफ्नै मात्र भल्यो गर्नु ,माओबादी र संसदीय पार्टी मिल्नु जस्ता कारण राजा असफल भए र आज देश जातीय,क्षेत्रीय आधारमा टुक्रा टुक्रा हुन् गैरहेछ भने राजनैतिक पार्टीहरु जनता र देशको लागि असफल भैरहेछन भने बिदेशीको लागि क्रिडा स्थल बनाइरहेछन् \ अनि फेरी जनता नया जंगे खोजिरहेछन \हामि बिदेशी भूमिमा देश र आफन्त सम्झी रोहिरहेछौ \ के नेता,पार्टी र नेपालि जनताको चेतना फर्किएला ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
66
11
बसन्त जी
भो चित्त न दुखाउनुस | नेपालि जनता लाइ पनि दोस छैन,तिन तिर बात इन्डियाले घेरेको ,उसले निल्न पनि नसक्ने (छिन् को डरले )छोड्न पनि नसक्ने भएर यो हबिगत भएको हो |
बिरेन्द्र को पालामा बिकास भैरहेकै थ्यो,धमाधम बिस्व ले शंतिछेत्र प्रस्ताब स्वीकार गरिरहेको मा इन्डियालाई सह्य भएन,,मानु आफ्नो रखौतिलाई अरुले आखा लगाउदा मातिएको काजि जस्तो | कुर्ता र धोति लगाएका नौटंकी हरु चाक्सी बारीमा आएर कुर्ले |
अझ भन्ने हो भने २००७ साल देखि नै हाम्रो देस उसले निल्न न सकेको उसको घाटीको हड्दिजस्तो भएको छ |
अलिकति शान्त रुपमा नेपाल गयो कि बखेडा सुरु गरि हाल्छ , अनि बिचरा १० तिर फर्केका नेपालि जनता लाइ मात्र के दोस ??
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
8
द्रोण जी ठिक भन्नु भयो दस तिर फर्केका जनतालाई के को दोस यो त हाम्रै नेताहरुले बनाएको हबिगत हो
अर्को कुरा यो कान्तिपुर च्यानल छ नि मैले दिएको नाम ”नेपाली बोल्ने हिन्दी च्यानल” भारतको बिरुद्धमा केहि पनि बोल्दैन यो कान्तिपुर त भारत् संगै पोइल गएको छ,
राजाको कदम र देश भित्रको मामिला को खानिखोत्र गर्ने कान्तिपुर भारतीय ज्यादती बिरुद्ध चुइक्क समेत गर्दैन, रास्त्रियता र रिस्त्रिया अस्मिता बचाउनको लागि मिडियाको ठुलो भूमिका हुन्छ
चीनले सिगरेटको खालि पाकेट बोडर बाट भारत् भित्र फ्याके मात्रै धोति च्यानलमा ५-६ दिन बज्या बजै गर्छन, रिस्त्रिया हितमा बनेका फिल्म चल्न नदिदा पनि मिडिया चुप हुन्छन, हाम्रा फिल्म कर्मी पनि बिरोध हुना साथ् या सेन्सर नहुना साथ् चुप हुन्छन, किन? त्यो फिल्म बनाएको खर्च कहाबाट असुल्ने? के त्यतिकै छोड्ने? हाम्रा देशका फिल्म कर्मी पेशा गर्दैन फिल्म उधोग मा ब्यापार गर्छन, फिल्म बनाएर चंल्न नसकेका रिस्त्रिया हितका को खर्च कहाबाट आयो? लायिनचौर या सिधै नयादिल्ली बाट? सोच्नु पर्ने बिसय यहा छ.
आज भन्दा केहि महिना पहिले एउटा ब्लग को प्रसंग भन्दा बाहिर गएर कमेंट्स गरेको थिए कि नेपालका पुर्बी जिल्ला मोरंग झापा सुनसरी र पश्चिम मा रुपन्देही बाट नेपाली फ्रड नागरिकता र पासपोर्टको बनाएर बेदेश जाने क्रम बढ्दो छ भनेर, यहा स्थित नेपाली कुटनीतिक नियोगमा एस्तो भएको छ भन्दा आधार हिन भनेर तार्यो र प्रमाण ल्याउन भनेर, एस्तो छ हाम्रो देशको मिडिया र कर्मचारी तन्त्र, मा न पत्रकार न प्रहरी सिबाय सच्चा नागरिक, आज त्यहिँ भएको छ ढिलो भए पनि जहा सुकै र जसरि भए पनि नागरिकता र पासपोर्टको कालो धन्दा हुन्छ भन्ने बाहिर आएको छ, रुपन्देहीमा मात्र हैन पुर्बका जिल्लामा पनि हुन्छ, त्यस्तो
यी नेताहरुको एस्तो चाला हेर्दा अर्को maagh 19 naholaa bhanna sakidain
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
6
एस्ता काल्पनिक कुरा गरेर केहि फाइदा हुदैन | हामी लाई अत्यन्त क्रान्तिकारी शब्द हरु मन पर्न थालेको छ | हामी लाई कुनै पनि कुरा को छिटो र नराम्रो प्रतिक्रिया हरु सुन्न र हेर्न मन पर्न थालेको छ | सिङ्गो देश र एसका नेता भारत को बिरोद मा नबोल्ने वा बोल्न नचाहने अनि यौटा कान्तिपुर ले बोलेन भनेर पुर्बग्राही भएर बोल्ने | तपाईलाई मन नपर्नु ठिकै होला तर तर्क ठिक भएन | लेख को प्रकृति अनुसार प्रतिक्रिया दिनु राम्रो हो | तपाइको प्रतिक्रिया लेख संग मेल खादैन |
मन परे हरियो, नपरे रातो
0
1
कटु यथार्थ त त्यही हो द्रोण जी |
मन परे हरियो, नपरे रातो
11
6
द्रोण जी अरु त तपाइको भनाइ ठिक छ, तर चिनको डरले नेपाललाई भारतले लिन सक्दैन भन्नु चै गलत हो|पाए चीनले पनि लिन्छ तर उसलाई नेपाल भन्दा तिब्बत नै राम्रो छ|नेपाललाई न त भारतले न त चीनले लिन्छ कारण संसारमा हाम्रा साथिमित्र हरु धेरै छन्|उनीहरुले यी दुवै देशलाई ठिक गर्छन|चिन्ता नलिनुस|अर्को कुरा नेपाल लिएर यी दुबैलाई केहि फाइदा छैन|हामी संग पहाड कन्दरा र जनता बाहेक उनीहरुलाई दिने केहि छैन|नत्र भए त्यत्रो भारतलाई उपनिवेश बनाउने बेलायतीले नेपाल लै सुगौलीको सन्धिको भर्मे छोड्ने थिएन|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
12
निक जी
अरुणा चल मा चिन ले मिच्यो भनेर इन्डियन हरु भित्र भित्र भुत्भुतिन्छां , गर्न केहि सक्दैन ,तेस्तै कश्मिर मा हतियार निर्यात गर्यो भन्ने पनि कुरा उठाउछ ”टायाम्स अफ इन्डिया ” बेला बेलामा ,तेस्तै श्रीलंका सरकार लाइ तामिल दबाउन चिन ले अहम भूमिका खेलेको प्रसंग हालैका दिन मा बढी चर्चा मा छ |
नेपाल मा इन्डिया को मूल स्वार्थ यहा को प्राकृतिक स्रोत, यहि मार्फत इन्डिया भित्र हमला हुन् सक्ने डर आदि हो,तेस्तै उदयीमान चिन पहिलेको तुलना मा बढी सक्रिय हुदैगएको आदि ले गर्दा इन्डिया नेपाल मा आफुले सक्ने जति आफ्नो पकड जतिसक्दो चाडो बढाउन उद्दत छ |
हामि दुइ अजिंगर को बिचको रोटीको टुकदा हो | मेरो आसय इन्डियन भन्दा चाइनिज असल पटक्कै हैन , तिब्बत ,ताइवान ,मोंगोलिया का जनता चिनिया हरुलाई पटक्कै मन पराउदैनन |त्यो उनीहरुको मामला भयो , हिमाल को पारीपट्टी भएको र आर्थिक रुप मा दुर्बल भएकोले चिनिया को बक्र दृस्टी यहा न परेको हो |
जे भएपनि हामि नेपालि हरुले आफ्नो हित जतापत्ति वाट हुन्छ तेतै हेर्नु पर्छ | मैले माथि व्यक्त गरेको बिचार नेपाल को कटु यथार्थ हो भन्ने मान्छु म \
मन परे हरियो, नपरे रातो
14
2
द्रोण जी मेरो बिचारमा न भारत् न चीन दुबैले नेपाललाई खादैनन् होला तर यहाको सोरत र साधानमा आखा गाड्नेमा चीन भारत् बाहेक अमेरिका र युरोप पनि कोहि भन्दा कम छैनन.
नेपाल आफैमा ब्यास्थापित मुलुक होइन स्रोत र सधान्ले सपन्न हुदा हुदै पनि गरिब हुनुको पछाडी अस्थिर राजनीतिक प्रणाली बाहेक अरुको मा दोस देख्दिन
चीनको चासो नेपालमा भन्दा तिब्बत हो येस्करण चीनले नेपालमा र नेपाली राजनीतिकमा चासो देखाउनुको नेपाल अस्थिर भए अस्थिरताको नाममा भारतीय तथा अमेरिकन या अन्य कुनै मुलुकका सेना या सुरक्षा जासुस नेपालमा पसेर तिब्बतमा चलखेल नगरुन भन्ने बाहेक अरु कुनै स्वार्थ छ जस्तो लाग्दैन, तर धोतिहरुले त नेपाललाई हमेशा अस्थिर अराजक र आफुमा मात्रै निर्भर राख्न चाहन्छ र अराजकताको नाममा कहिले येसो गर्नु पर्यो कहिले यो सन्धि गर्नु पर्यो भनेर दबाब दई राख्छ र येस्मा भरपुर सम्रथान अमेरिका र इयु को छ
मन परे हरियो, नपरे रातो
7
1
निकजी, तपाइको कुरालाई मेरो पनि समर्थन | चीन वा भारतले नेपाललाइ कुनै हालतमा लिदैनन, कारण:
१) नेपाल यु एन को सदस्य हो र अन्तरराष्ट्रिय मान्यता पाएको छ, त्यसकारण ठाडै नेपाललाइ निलेर संसारभरिको भत्सर्ना खेप्न यिनीहरुले आँट गर्ने छैनन्,
२) भारतले केहि गरि मति भ्रस्ट भएर नेपाललाइ निली हालेमा पनि तिनीहरुलाई राम्रै थाहा छ पचाउन सकिदैन भनेर, कारण अहिलेको प्रविधिको जमानामा छापामार युद्ध र आतंक मच्चाउन धेरै सजिलो छ, यदि निली हालेमा मुम्बई र दिल्लीमा पड्किने बमहरुको संख्या कति हुनेछ उसलाई नै थाहा हुने छैन |
३) चीनलाई पनि उइगर र तिब्बती प्रतिरोधको सामना गरि रहनु परेको छ, त्यसमाथि भौगोलिक बिकताताले गर्दा उसले नेपाल माथि आँखा लगाउदैन, बरु भारतले निल्न खोजेमा त्यसको प्रतिरोध गर्न सक्छ,
४) बरु के हुन् सक्छ (हुन्छ नै भन्दा फरक नपर्ला) भने दुबै देशले नेपालमा आफ्नो प्रभुत्व नभए पनि प्रभाव जमाउन चाँही पछी पर्ने छैनन् |
त्यसकारण भारतले वा चीनले नेपाललाइ निल्छ कि भनेर चिन्ता नलिदा हुन्छ
मन परे हरियो, नपरे रातो
11
4
बीर जी तपाइले भनेझै भारत वा चीनले नेपाल लाइ ननिल्ला ठीक छ तर त्यो निल्नु भन्दा पनि डरलाग्दो काम भारतले गरिरहेको छ हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गरेर उसले नेपालको आर्थिक विकास र प्रगति हुने कुनै काम यहाँ हुन दिने छैन यहाको राजनीतिमा भाँडभैलो गरेर, यो हाम्रो लागि चिन्ताको विषय हो | जब सम्म नेपाली हरु आर्थिक रूपले सम्पन्न हुन सक्दैनन् हाम्रो राष्ट्रियता बलियो हुन सक्दैन, नेपाल देश मात्र रहेर सधैं यस्तै गरीबी र दरिद्रता रहीरहने हो भने त्यसको कुनै तुक छैन किनभने हामि संसाधन नभएर गरीब भएका होइनौ यसको एउटा पाटो भारत पनि हो भन्ने लाग्छ हुनत नेपाली राजनीतिज्ञ हरुनै मुख्य रूपले जिम्मेवार छन् |
मन परे हरियो, नपरे रातो
7
1
हस्तक्षेपमात्र कहाँ हो र देवराजजी ! भारतले नेपालको अधिकांश साधनस्रोतमाथि कब्जा जमाइरहेको छ । उनीहरूलाई चाहिने बेलामा भएभरको पानी लैजान्छ, नचाहिने बेलामा नेपालको भूभाग डुबाउँछ । हामीले उनीहरूलाई सस्तोमा विद्युत बेच्नुपर्ने, तर उनीहरूबाट किन्दा दुइगुनामा किन्नुपर्ने रे ! त्यो पनि नदिने नाटक गरेर कत्ति नै हामीमाथि दया गरेजस्तो गर्छ अनि हाम्रा नेताहरू यही ‘दया’मा लम्पसार पर्छन् । ७०० मेगावाटको एउटा आयोजना बन्ने भनेको छ, जसको ९० प्रतिशत उत्पादन भारतले मात्र उपभोग गर्न पाउने रे ! चुरे र देशका अन्य भूभागमा खतरा उत्पन्न हुनेगरी कौडीका भाउमा गिट्टी-रोड लगिरहेको छ भारतले ।
हामीले उनीहरूबाट के पाइरहेका छौं त ? सवारी साधन, खाद्यान्न, नुन-तेल, त्यो पनि खनखनी पैसा तिरेर ! केही नेपालीहरू भने उनीहरूले सित्तैमा दिएसरी उनीहरूले हाम्रो राजनीतिमा हस्तक्षेप गर्दा र सीमामा अतिक्रमण र लुट मच्चाउँदा समेत पनि भारतसँग ‘जोरी’ खोज्नुहुन्न भनेर वकालत गर्छन् । वास्तवमा यस्तो सोच राख्नेहरू ‘गरीब देशका धनी जनता’ होइनन्, ‘धनी देशका दरिद्र मानसिकता भएका जनता’ हुन् ।
मन परे हरियो, नपरे रातो
8
3
ठीक भन्नु भयो पुष्प जीले हामी नेपाली हरुको विभाजित मानशिकता र गद्दार नेताहरुको कारणले नैहो भारत हामी नेपालीको आर्थिक शोषण गर्न सफल भएको, माओवादीले राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्दा समेत उसलाई सत्तास्वार्थको लागि भन्ने आरोप लगाउनेहरु दरिद्र मानसिकता भएकानै हुन् जस्तो लाग्छ | मलाइ लाग्छ संसदीय पद्धति हटाएर माओवादीले प्रस्ताव गरेको कार्यकारी राष्ट्रपतिको व्यवस्था भए नेपालको सत्तामा भारतीय पकड हट्ने थियोकी ? किनभने गरिब मुलुकका दरिद्र सांसद हरु सजिलै बिक्रीहुने व्यावहारिक समस्याले गर्दा पनि हो भारतले नेपालमा हस्तक्षेप गर्न सम्भव भएको !
मन परे हरियो, नपरे रातो
4
2
देवराजजी, त्यसैले त मैले बुदा ४ मा प्रभुत्व र प्रभाव जमाउन पछी पर्ने छैनन् भनेको त | प्रभुत्व र प्रभाव जमाउनु भनेकै आन्तरिक मामलामा पकड जमाउनु र हस्तक्षेप गर्नु परेन र ?
मन परे हरियो, नपरे रातो
6
0
माधब नेपाल मात्रै को हो र प्रहरीले न घोक्र्याउने राजाको शाशन को बेला ? सरकार मा नभएका जो कोहि पनि घोक्र्याइना सक्छन राज्यको सक्तिलियेका हरु बाट…माधब नेपाल भोलि सत्ता बाट बाहिर आए पछी अरुकोही बाट फेरी पनि घोक्र्याइना सक्छन……..
बरु कनक मनि दीक्षित प्रति भने भट्टराई ज्यु को गुनासो हो कि आफुले गर्न नसकेको काम उनले गरे भन्ने संतुस्तिको अभिव्यक्ति हो बुझ्न सकिएन……..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
28
ति डिएसपीको अहिले पनि फेरी आबश्यकता देशलाई परेकोछ तर अलि फरक भूमिकाको लागि त्यो के भने यसपाली चाहिं माकुनेलाई घोक्र्याएर सत्ताबाट सडकमा झार्नको लागि \
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
233
88
मित्र प्रकाश जी,
दुइ दुइ ठाउँ बाट गर्ल्याम गुर्लुम गुल्टेको, १२ क्लास पनि इंडिया बाट पास गरेको,पटकै बुद्धि र बिबेक नभएको, भारतलाई आफ्नै बाउ भन्दा पनि अझ प्यारो मान्ने अनि उनीहरु को आदेश सिरोपर गर्ने, नाता बादी को राजा, कूवा भित्र पानी खान नपाएर प्याक्क मुख पाएर बसेको भ्यागुतो को जस्तो मुख भएको, नालायक अलछिना बेक्ती त हाम्रो देश को प्रधानमन्त्री ! यो प्रधानमन्त्री भन्दा त एउटा सिपाही या पुलिस कति माहान कति ! यो प्रधानमन्त्री भन्दा त एउटा गाडा ठेलेर खाने सोझो इमान्दारी नेपाली कति माहान कति !! के समय खेर फाल्नु अनि के कुरा गर्नु एस्ता नाथे प्रधानमन्त्रीका.
बगेको खोलो माधवे को दोलो.
जयदेश नेताहरु सबै मरेश.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
204
83
फेरी पनि राजाले यस्तै गरोश भन्ने चाहना छ कि कुन्नि ? अझै सम्म नेताहरुको बुध्दी नपलाएको ………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
67
21
राज कपु जी
धेरै दह्रो सग भन्नु भयो मा कु ने लाइ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
28
राज कपुर जंग थापा जी,
तथा नाम गालि गरेर आफु लाइ मैलो नबनाउनु होस् | गालि ले कसैलाई शोभा दिदैन |
प्रचण्ड एंड कम्पनीको माकुने लाइ गालि गर्ने हुइया अलि ठुलै देखेर तपाइँ पनि गाइ बस्तु धुर पसे जस्तै पस्नु भयो जस्तो छ | उनि तेही व्यक्ति हुन्, जसले आफ्नो पार्टी र आफु हार्दा राजिनामा दिएर कोटेश्वर मा छक्क परेर बसिरहेका बेला, उनीलाई एस्तो बेला राम्ररी उपयोग गर्न सकिन्छा भनेर दैनिक आरति गर्दै प्रचण्डले नै संबिधान सभा मा भित्र्याएका हुन् | २०४७ साल को संबिधान बनाउने टिम को संयोजन गर्ने व्यक्तित्व हुन् | पाँडे गालि गर्ने नेपाली राजनीति मा कसैलाई गालि नगर्ने शालीन व्यक्ति हुन् | मुख्य कुरा, उनको हातमा कसैको रगत लागेको छैन.|
माकुने अतिउत्तम व्यक्ति भने होइनन, र नेपाल को राजनीति मा कोहि पनि अहिले देखिदैनन | उनले आफ्नो नेतृत्व हुदा एमाले फुट्ने कुरा रोक्न सकेनन, माओबादी रगत को खेति फस्टाएको र एमाले लाइ अफ्ठ्यारो परेको बेला राम्रो मार्गदर्शन गर्न सकेनन, चुनाब मा एमाले भिर बाट तल खस्न लागेको देख्नु त कताहो कता, दुइतिहाई ल्याउने भन्दै हिडे, सत्ता प्राप्तिको लागि दरवार दाम चदाउना सम्म पछि परेनन् र हालैको आफ्ना नातागोताकालाइ लाभका पदमा अरु प्रधान मन्त्रीहरुले जस्तै नियुक्त गरे…सरकार चलाउन जे जस्तो पनि सम्झौता गर्दै छन्….कर्मछारी पिटुवा मन्त्रीलाई कारबाही नगर्ने काम …येही मौका हो भनेर लोभ गरे, …येसो नगरेको भए देखि त …….माकुनेले अरु के पो गल्ति गरेका देखिन्छन र |
मलाइ त रगत को खेति गरेर १५००० को लास को भर्यांग लगाएर संबिधान सभामा जाने, बन्दुके संस्कृति भित्र्याउने, सार्बजनिक संरचनाको र स्वदेशी उद्योग ध्वस्त गरेर छिमेकी कम्पनी हरुलाई बजार बनाइ दिने (कमिसन खाएर हो कि, कमिसन खान त यी माहिर छन् ) , देशभक्ति को सम्बेधन्शीलत को समेत उपयोग गर्ने रणनीति लिने र अनाबस्यक द्वन्द निम्त्याउने र जातीय बिद्वेस बढाएर नेपाली हरुलाई विभाजित बनाउदै भारतलाइ नेपाल एक एक गास गर्दै खान सजिलो बनाउनेहरु भन्दा ……………………………….. ………………………………………………………हजारौ गुना असल छन्……….माकुने..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
37
55
मित्र अरुण जी,
तपाईं को त्यो माथि लेखेको लेखले गधालाइ नुहाएर गाइ बनाउने कुरो भन्दा अरु केहि हुन शक्दैन तेसैले तपाईंलाइ म भन्छु…….तपाईं लाटोकशेरो को जस्ता आखा अनि गोही को जस्तो मन भएको मान्छे हुनुहुदो रहेछ ! मलाइ आशा छ योभन्दा बढी नलेख्दानै पनि तपाइँले कुरो बुझ्न सक्नु हुन्छ !!
श्री राम श्री राम.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
26
राजकपुर जी,
तपाइँ गालि को बोरा नै हुनु हुन्छ भन्ने थाहापाएको भएता तपाईलाई गाली नगर्नु भन्ने थियिना……तर……..आफु भित्र जे छ……त्यहिँ निस्कने हो प्रतिक्रियामा…….गजब संग निकल्नोस………तपाइँ जस्तै गालि र घ्रिनाले भरिएका मानिस को मार्केट छ…..बधाई छ……….
मन परे हरियो, नपरे रातो
12
3
अरुण जी
उसका हातमा कसैको रगत छैन भन्नु भयो तर साँच्चो हो लिकुने को हाट खुन ले रंगिएको छैन र? खुन रातै हुनु पर्छ भन्ने छ र?
महाकाली नेपाल आमाको रक्त नलि हो कसले काटेको हो त्यो नलि अरुण जी? हेर्दा महाकालीमा बग्ने पानि हो तर बास्तवमा नेपाल आमाको थुन बात नेपाली लाई पिलाउन बगेको दुध थिए/ अब त्यो महाकाली नदि पुरै भारतले कब्जा गरि सके भनेर संसदिय टोलीले नै प्रमाणित गरेर माकुनेलाई प्रतिबेदन दिएको हो/ उसैले गर्दा हाम्रो महाकाली भारतको भई गएको हो/ के त्यो अपराध हाट खुन ले रंगिनु भन्दा सानो अपराध हो?
मन परे हरियो, नपरे रातो
1
0
Raj kapoor Junj Thapa जी !
” कूवा भित्र पानी खान नपाएर प्याक्क मुख पाएर बसेको भ्यागुतो को जस्तो मुख भएको, नालायक अलछिना बेक्ती त हाम्रो देश को प्रधानमन्त्री ! ”
हैन हौ, व्यक्तिको स्वरुपसँग किन यत्रोविधि घृणा हौ । स्वरुपभन्दा पनि चरित्र, आचरण, प्रवृत्ति, सँस्कार र व्यवहारलाइ खण्डनको विषय बनाउदा उत्तम हुन्छ नि । अनुहार त महात्मा गान्धीको कस्तो छ नि ? मुजै मुजा परेको मुहार । तर, विचार कति महान् ? आचरणा, सँस्कार र चिन्तन कति स्वच्छ ? त्यस्तै सुकरातको अनुहार कस्तो कुरुप छ नि । तर, मनमा कुनै पाप थिएन । कति सत्यवादी ? त्यस्तै म्याक्सिम गोर्कीको अनुहार कति नराम्रो नि तर ‘आमा’ उपन्यास कति राम्रो र महान् ? मतलब मान्छेको स्वरुपभन्दा चिन्तन र व्यवहारलाइ महत्व दिनु पर्छ । अनुहारलाइ होइन ।
हुन त मलाइ पनि माकुनेको अनुहार देख्यो कि त्यस्तै लाग्छ । साह्रै रिस उठ्छ । घिन लाग्छ । दिक्क लाग्छ । टाउकै दुख्छ । खासमा मैले भन्न चाहेकोभन्दा धेरै मजाले गतिलैगरी भन्नुभयो र चित्त पनि बुझेको मेरो ।
तर पनि क्या, तैपनि त्यत्ति साह्रो चाहिँ भनिनहाल्नु पर्थ्यो । भनिहाल्नुभयो र ठीकै पो लाग्यो । एमालेका बरिष्ठ नेता पो त जे भए पनि । त्यस्तो बेइज्जत त नगर्दा हुन्थ्यो । तर ठीकै भयो । एमालेका लागि त उनी देउताकै अनुहार परेका नेता हुन् नि । कान्छो विष्णु भगवान्कै अवतार सके ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
13
साथी हो,
यो बेक्ती को कुरा होइन , हिजो तेही ठाउँ मा गिरिजा वा प्रचण्ड लाइ घोक्र्ययाको भय के राम्रो हुन्थ्यो र? तानाशाही शासन ले त्यो बेला मा जो देखे तिनी सबै लाइ घोक्य्याकै हुन्. एस मा खुसि हुनु पर्ने कुनै कारण छैन, अनि माधव ले राजतन्त्र को उक्त कदम को बिरोध तेही बेला जमेर गरेकै रहेछन भन्ने त यो ब्लग ले पनि त भन्यो नि होइन र? माधव नेपाल त्यो बेला निर्वाचित र एमाले को महासचिव पनि थीय नि .
जे होस् जनता संगै बसेर जनता को माझ बाट नै राजनीति त गरेका थिया नि ज्यान को बाजी लगायर, शाही सरकार ले जे पनि गर्न सक्थ्यो नि आजीवन कारावास देखि ज्यान लिने सम्म तेही समय मा त्यो आट नभयका हरु जंगल जंगल घुम्दै भारतीय भुमि मा बसेर नेपाली को छाती मा गोलि हानेकै हुन.तेही तानाशाही संग मिलेर अरु राजनीतिक पार्टी लाइ किनारा लगाउन प्रयास गरेकै हुन .
तेसकारण जनता को लागि राजनीति गर्दा लात्ती खानु,घोक्रई खानु ठुलो कुरो होइन,यो सामान्य हो.त्यो घोक्रे ठ्याक लगाउन आदेश दिने पुलिस लाइ बरु कानुनी कारबाही को आबस्यकता छ.
जय नेपाल.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
33
45
अनि प्रधान मन्त्रि को निवेदन पनि त्यी माकुने लुचाले नै हालेको थियो नि त्यो चाही बिर्सनु भयो ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
18
आजकल गिरिजा संग लम्पसार परि सुतेर निबेदन हाल्ने को परे नि साथी?
माकुने ले राजा संग प्रचंडे ले गिरिजा संग उस्तै उस्तै पर्यो नि त है.
जय नेपाल.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
26
केसुजी !
नरिसाउनु होला है । वास्तवमा म कुनै पार्टीमा संलग्न छैन र माओवादीको नेता वा कार्यकर्ता पनि होइन । तर, मार्क्सवाद वा कम्युनिष्टप्रति आस्थावानसम्म हुँ ।
त्यसोर, कम्तीमा नेपालको परिप्रेक्ष्यमा माओवादी पार्टीका सकारात्मक पक्षहरुको समर्थन गर्ने गर्दछु । सकारात्मक पक्ष जस्तै: निरंकुश राजतन्त्र समाप्त गर्नु, संविधानसभा र संघीय राज्यव्यवस्थाको मुद्दालाइ यो देशमा स्थापित गराउन निर्णायक भूमिका निर्वाह गर्नु आदि । तर, यी कुरा तपाइँलाइ मन नपर्न सक्छ । तपाइँलाइ राजतन्त्र नै ठीक लाग्न सक्छ । आ-आफ्नो बुझाइ र विचार हो, जसलाइ जे सही लाग्छ उसले त्यसैको वकालत गर्ने गर्दछ ।
अब तपाइँको कमेन्टमा अलिकता ध्यानाकृष्ट गर्न/गराउन चाहन्छु । गफाडी, भ्रष्ट र नालायक संसदीय व्यवस्था र राजतन्त्रको विरुद्ध परिवार, ज्यान र व्यक्तिगत सुखसयल, सम्पत्ति आदि सम्पूर्ण त्यागेर तत्कालीन शाहीसेनासँग प्रत्यक्ष युद्धमा भिड्ने माओवादीलाइ चाहिँ तपाइँले …
‘तेही समय मा त्यो आट नभयका हरु जंगल जंगल घुम्दै भारतीय भुमि मा बसेर नेपाली को छाती मा गोलि हानेकै हुन. तेही तानाशाही संग मिलेर अरु राजनीतिक पार्टी लाइ किनारा लगाउन प्रयास गरेकै हुन.’…
भनेर आरोपित गर्नुभएको छ । तर, त्यसोभए, यता पाँचदले असफल आन्दोलनका नेताहरु, सेरेमोनियल किङको अवधारणा अघि ल्याउने गिरिजा र तत्कालीन राजा ज्ञानेन्द्रको पाउमा दाम राखेर लम्पसार पर्नेहरुलाइ चाहिँ साहसी र महाहिम्मती भन्नुभएको हो त ?
साथै, तत्कालीन शाहीसेनालगायतका सुरक्षाकर्मीहरुबाट भएका ज्यादतीहरुलाइ चाहिँ तपाइँ के भन्नुहुन्छ ? सही थियो भन्नु हुन्छ होला । उनीहरुले निहत्था जनतामाथि गरेका बर्बर अत्याचार, जनयुद्धका क्रममा तीन महिने गर्भवतीलगायत अनेकौँ महिलाहरुमाथि गरिएका बलात्कार आदिलाइ चाहिँ के भन्नु हुन्छ ? के जायज थिए ती ? के ती पीडितहरु चाहिँ चीनबाट आएका थिए कि भारतबाट ? माओवादीले मारेकाजति चाहिँ नेपाली जनता अनि सुरक्षाकर्मीले मारेका चाहिँ गैरनेपाली वा विदेशी हुनसक्छ ?
के माओवादीको विरोध गरेवापत रोजीरोटी पनि पाइरहनुभएको छ तपाइँले ? छभने धन्यवाद छ है । संकटकालका बेला नक्कली कागजात बनाउँदै माओवादी पीडितका नाममा शरणार्थी बनेर युरोप, अमेरिकातिर कति नेपाली गए गए । कम्तीमा कम्युनिष्टको शत्रु बन्दा पूँजिवादी राष्ट्रहरुले रोजीरोटीको व्यवस्था त गरिदिन्छ । नेपालमा बेरोजगार रहनुभन्दा त्यो धेरै ठीक होला, तपाइँजस्ताका लागि ।
पूँजिवादी, साम्राज्यवादी अमेरिकाको दादागिरी चलेको यो संसार यस्तो छ कि कम्युनिष्ट मारेवापत उपहार पाइन्छ । किन होला ? कम्युनिष्टविरोधी तपाइँको भद्धा र बहुलाहा दिमागले यसको कारण कहिल्यै बुझ्नै सक्दैन । किन कि बुझ्नै चाहनु हुन्न । र, बुझे पनि बुझ पचाउनु हुन्छ ।
कम्युनिष्टविरोधी वा कम्युनिष्ट सिद्धान्तको विरुद्धमा ठूला पुस्तकहरु लेख्नुभएमा वा ठूला ठूला गतिविधि गर्नुभएमा अमेरिकाले पनि ठूलै पुरस्कार राशिहरुको प्रबन्ध मिलाइदिने गर्छ । मेरो सुझाव छ, नेपालको माओवादीको मात्रै किन र ? सिङ्गै मार्क्सवादकै विरुद्धमा एउटा ठूलै दर्शन वा सिद्धान्त निकाले हुन्छ नि केसुवाद (Kesuism) भनेर । नेपालमा हात्तीजस्तो लम्किरहेको पार्टी माओवादीविरुद्ध कुकुरले जस्तै के भुकिरहनु हुन्छ ? विश्वमै तहल्का मच्चिनेगरी केही त गर्न सक्नुहोस्न ।
केसुजी ! भारतका रेलवे स्टेशनतिर मान्छेले छादेको छाद पनि सोहोरेर खाने मान्छेहरुको दुरावस्था, गरीब, भोकानाङ्गा विश्वका करोडौँ मानिसहरुको बेहालत, न्यून तलबमा धेरै समय कारखानामा काम गर्न विवश मजदुरहरु, जमीन्दारहरुबाट शोषितपीडित किसानहरु आदिको न्यायोचित व्यवस्थापन वा उनीहरुको बेहाल अवस्थाबाट मुक्ति कसरी होला ? जातिगत, भाषिक, लैङ्गिक आदि विभेदहरुबाट मुक्ति कसरी होला ? कम्युनिष्ट सिद्धान्तभन्दा गतिलो वा उत्कृष्ट कुनै सिद्धान्त भए जानकारी गराउनु होला ।
अन्तमा, पृथ्वीनारायण शाहपछिका राजाहरु र शासकहरु सत्ताको लुछाचुँडीका लागि कैयौँपटक भारतभूमिमा आवतजावत गर्नेगरेको त तपाइँलाइ अवगतै होला । साथै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी दुवैको इतिहास एकपटक अध्ययन गर्नुहोला । दुवैको स्थापना कतिसालमा भारतको कुन स्थानमा भएको रहेछ ? यसै ब्लगमाफत् अरुलाइ पनि बताउनु नभुल्नु होला । तपाइँको अन्धो आँखाले माओवादीमात्र भारतमा कुदिहिँडेको देख्नु हुँदोरहेछ ।
भन्न र लेख्न पाउँदा खरो र पिरो शब्दहरु प्रयोग गर्न पुग्दछु र अप्ठ्यारो पनि लाग्छ । यो तपाइँको तर्कहरु र विचारसँगको मात्र टक्कर वा संघर्ष हो है । तपाइँसँग चाहिँ होइन नि । धन्यवाद ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
23