इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म वर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकिरहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य र सत्य- असत्यमा बिलाउने युग हो । तर, युग परिवर्तन गर्ने रिमोट हाम्रो हातमा छ । आउनोस्,यस्ता हल्लाहरुको युगबाट सत्ययुगतिर प्रतिगमन गरौं, इतिहासको पुन:उत्थान गरौं ।
बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपूर्ण छ । हामीले कहिल्यै सोचेनौं, यो सानो हिमाली राज्यका सन्तानहरु इतिहासको कालखण्डमा संसारका कुन-कुन कुनासम्म पुगेर बसोबास गरिरहेका होलान् !! पत्याउनोस्, नपत्याउनोस्-भारत,बर्मा, मलेसियामात्र हैन- उत्तरी एसिया , दक्षिण अमेरिका, अफ्रिका र मध्यपुर्वका थुपै देशहरुमा दुई शताब्दी अगाडिदेखि नै गोर्खालीहरु स्थायी बसोबास गरिरहेको प्रमाण फेला परेको छ। बसोबासमात्रै हैन, उनीहरु जहाँ जहाँ बसेका छन् त्यहाँ त्यहाँ हल्ला नै नपर्ने गरी जरा समेत गाडेर बसेका छन् ।
यसपटक भारतमा रहेका ग्रेटर नेपालीहरुको बारेमा मात्र चर्चा गरिदैछ । बलिउड नायक अमिताभ बच्चनका बराजु पनि नेपाली नै हुन् भन्दा खित्का छाड्नु हुन्छ होला ! भारतवर्षको इतिहास पढ्नोस्- बच्चन परिवारको रग रगमा कालिगण्डकी नदीको पानी सिञ्चित भएको छ । भूपी शेरचनको अप्रकासित रचना ‘थाकखोलाको इतिहास’मा उल्लेख भए अनुसार तल्लो मुस्ताङ्का थकालीहरु सदियौंदेखी तिब्बत-गोरखपुर-इलाहाबादको ब्यापार गर्दथे । ब्यापारिक घरानाका ती पांच भाई थकाली मध्ये एकभाईले ब्यापारका क्रममा भारतको अहमदाबादमै घरजम गरे । उनै जौ बिरसिंह बच्चनका छोरा हरिवंश राय बच्चन र हरिवंश राय बच्चनका छोरा अमिताभ बच्चन अहिलेपनि गर्वले भन्ने गर्दछन्- ‘कानुनके नजरमें तो हम हिन्दुस्तानी लगते हैं, लेकिन मेरी शरीरमें शेरचन, गौचन, भट्टचन, और तुलाचनका खुन दौड रहा है-क्यों कि मै हुं अमिताभ बच्चन !!’
जानकारी रहोस्-अमिताभ बच्चनपनि बेलाबेलामा मुस्ताङ्को यात्रामा निस्कने गर्दछन् । सिने म्यागेजिन ‘स्टार-डस्ट’ले २००५ को जनवरी अंकमा लेखेको थियो-’अमिताभ बच्चनले आफु अभिनित चलचित्र ‘खुदा गवाह’को छायांकन आफ्नो पुख्र्यौली थलोमा गर्नुपर्ने शर्त राखेपछि उक्त चलचित्रको अधिकांस छायांकन जोमसोम वरपर गरिएको थियो ।
भारतीय नेताहरु नेपालप्रति सधैं गंभीर हुने एउटा कारण मित्रता हो भने अर्को कारण बन्धुत्व हो । यसकार्यमा भाजपा सबैभन्दा अगाडी छ, किनभने त्यस पार्टीका बरिष्ठ नेताहरु नेपाली मूलका रहेकाछन् । यो कुनै शताब्दी पुरानो इतिहास पनि हैन । भोजपुरको गोगनेमा गएर त्यहांका बजगाईंहरुलाई सोध्नोस्- उनिहरुले तपाईंलाई प्रष्ट पार्नेछन् । उहिले गोगनेका मुखिया अक्कल बहादुर बजगाईं जोगमनीको ब्यापार गर्दथे । आउंदा जांदा उनि भारततिरै बसोबास गर्न थाले । रहंदै बस्दैजादा भारतीय राजनीतिमा पनि उनले आफ्नो पहुंच बढाए । भारत छोडो आन्दोलनमा श्री बजगाईंको त्यागको कदर गर्दै सरकारले भारत रत्नले संमान पनि गरेको थियो । भाजपाको बरिष्ठ नेता ‘अटल बिहारी बाजपेयी’ उनै अक्कल बहादुर बजगाईंका जेठा छोरा हुन् ।
श्री पाजपेयीले आफ्नो आत्म बृतान्त ‘मैं और मेरी तन्हाई’को पेज नं.११८ मा लेखेकाछन्-’हमारे पिता ने मेरा नाम अटल बहादुर बजगाई रखे थे, लालकृष्ण अडवाणीका वास्तविक नाम रामकृष्ण अधिकारी है और उमा भारती ने तो अपना नाम हि नही बदली, क्यों कि बागलुंगसे बंगलोर आए हुए उनका दादा रमानाथ भारतीले उमाको यह नाम दिया था ।’
२०४५ सालको भारतीय नाकाबन्दी कसैले बिर्सिएको छैन । तर, त्यो नाकाबन्दी हटाउन पहल गर्ने गोप्य शूत्रको बारेमा भने कमैलाई थाहा होला । तत्कालिन भारतीय सत्तालाई झुकाउन बाध्य पार्ने दबाबको नेतृत्व नेपाली मूलका एक भारतीय नागरिक तथा संस्कृतिकर्मी ‘अगम निगम’ले गरेका थिए । स्मरण रहोस्- अगम निगम चर्चित गायक सोनु निगमका पिता हुन् ।विकिपेडियाका अनुसार एक शताब्दी अघि पूर्वी पांचथरका नेम्बाङ्हरु नै भारत बसोबास गर्न थालेपछि ‘निगम’ लेख्न थालेकाछन् । निगम परिवारले नेपाल र नेपालीहरुप्रति गरेको सद्भावलाई सम्मान गर्दै २०४६ सालको अन्त्यमा नेपाल सरकारले ‘राष्ट्रिय पेट्रोलियम कंपनी’लाई ‘नेपाल आयल निगम’ नामाकरण गरिएको हो भनेर कु-तर्क गर्दा भारतीय मित्रहरुलाई जति रिस उठ्छ, गौतमबुद्ध ‘भारतमा जन्मिएका हुन्’ भनेर कु-प्रचार गर्दा हामीलाई त्यति नै रिस उठ्नु पर्दछ, र उठ्ने गर्दछ, संबन्धित सब्को चेतना हो जाऐ !!
No related posts.











‘हाहा,अमिताभ बचन को बुबा हरिबंश राय बचन हो,तर उनि हरु श्रीवास्तव हुन्
,बचन त पछि हरिबंश राय श्रीबस्ताव ले बचन राखेका हुन् जसको अर्थ घर मा बस्ने बचा हो,नि कबि भाको कारण ले प्राय घर मै बस्थाये!! कृपया यो लेख पढेर कोहि पनि नाझुकिनु होला,मात्र हासो को रुप मा लिये हुन्छ
मन परे हरियो, नपरे रातो
9
1
Guys lets start a campaign to make every great Indian people born in Nepal. I say Mahatma Gandhi was born in Jhapa Nepal. He went India to bring salt. I dont have proof of it and those Indian also do not have proof to prove Buddha’s birth in India. So guys whenever you are aske where was Gandhi born your answer should be Nepal.
मन परे हरियो, नपरे रातो
7
1
नेपाल मा नि इन्डियन हरु को घुसपैठ छ साथीहरु कुन बेला गिरिजा इन्डियन हो भन्थे आजकल प्रचण्ड इंडिया जस्तो लाग्छा काम कुरा हेर्दा …तसैले न इंडिया लाइनासोधि केई काम हुन्न नेपाल मा एसको नि इतिहास हेर्नु है लेखक ज्यु बिहार को सारकर आफै बदलिन्छ होला नेपाल को हुन्न यु पी को सरकार ले दिल्ली लाइ नसोधी काम हुन्छा यी नेता हरु ले दिल्लीको आदेश नपाएसम्म केहि
गर्दैन
मन परे हरियो, नपरे रातो
3
1
नेपाल मा धेरै पहिले एक जाती थिए रे / उनीहरुको आखामा सधै चिप्रा लाग्ने हुनाले सबैले हेला गर्थे रे/ भारत मा पनि सानोतिनो व्यापार गरेको हुनाले पछि त्यो जाति भारत मा नै बसाइ सर्यो रे / सबैले चिप्रा चिप्रा भनेर जिस्कौदा जस्कौदै पछि त्यो जाति चोपडा मा परिबर्तन भयो रे / अहिलेको प्रियेंका चोपडा तिनै जातकी एक उपज हुन् रे /
मन परे हरियो, नपरे रातो
11
0
धन्यबाद मनोज दाई,
रमाइलो लाग्यो तपाइको लेख पढेर .
मन परे हरियो, नपरे रातो
4
1
सबै नेपाली हरु पैसा अनि नाम कमाउन को लागि भारततिय भयछ्न थुक्क
justjoking
मन परे हरियो, नपरे रातो
2
0
वास्तब मै हो मनोज जी! यू के को फूटबल टीममा त झन नेपाली खेलाडीले गर्दा नै कति गेमहरु जिताएका छन्। नेशनल टीमका भूतपुर्व क्याप्टेन डेभिड बेकाम त नेपाली बाबु आमा बाट नेपाल मै जन्मिएका हुन।उनी मोरङ् को सुन्दरपुर मा जन्मिएका थिए। सानैदेखी खाली फूटबल मात्र खेल्ने घरको केही काम नगर्ने भएकोले सबैले “बेकामे” “बेकामे” भन्थे। पछि बाबु ब्रिटिश आर्मी भएको नाताले सानैमा त्यहाको नागरीकता पाएर यू के मा गए र फुटबल खेल्न थाले त्यहि नाम पछि गएर डेभिड बेकाम भयो। त्यस्तै स्ट्राईकर वाने रोनी पनि नेपाल मै जन्मिएका हुन्। उनी सानोमा सार्है झगडा गर्थे र रुन्थे त्यसैले सबैले “रुने केटा” भन्थे। उनी अझै पनि झगडालु स्वभावका नै छन्। यिनका बाबुपनि ब्रिटिश लाहुरे भएको नाताले सानैमा यू के को नागरीकता पाए र फूटबल खेल्न सुरु गरे र रुने केटा बाट रोनी नाम फेरे। हेर्नोस् त नेपालीहरु…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
1
हासे र रमाइलो गर्नु भन्दा पनि सबैले आ आफ्नो ठाउँ बाट केही गर्नु पर्यो भ्रमपूर्ण प्रचार को खन्दन अनी बिरोध गर्नु पर्यो हेर्नुहोस http://2.bp.blogspot.com/_QKMr20G_v_Q/SXDB4BG3iNI/AAAAAAAACCQ/WucPi39N5Lc/s400/DSCF4183.JPG ( देशको नाम सडकमा दौडिदा अरुले पनि जानुन भनेर अमेरिका को भर्जिनिया राज्यबाट सरकारी अतिरिक्त महसुल तिरेर मैले मेरो मोटरमा नम्बर प्लेट नै माइ नेपाल ( My Nepal ) भनेर राख्ने अनुमती लिएँ । नेपालीले बिदेशमा जहाँ जहाँ यसरी अनुमती लिएर नम्बर प्लेट राख्न पाईन्छ, प्रयास गर्नेहो कि ? अमेरिका का ५० हरेक स्टेटमा नाम नजुधाइ नम्बर प्लेट राख्न पाईन्छ, सुने अनुसार क्यानाडा , बेलायत र अन्य केही देशमा पनि यस्तो ब्यबस्था छ रे , आउनुहोश सबै ले भन्न थालौं मेरो नेपाल)
मन परे हरियो, नपरे रातो
9
6
होस् होस् होस्… माथि लेखे जस्तो काठमाडौँ लण्डन पर्ने भए झनै ठिक नि|
मन परे हरियो, नपरे रातो
1
1
म Netherland बाट हो | गएको समरमा यहाँको ट्रेनस्टेशन हरु मा ठुल्ठुलो बोर्ड बनाएर लेखिएको थियो “Incredible India – Geboren land van Buddha” जसको अर्थ हुन्छ – इन्क्रेडिबल इंडिया – बुद्ध को जन्मस्थल .त्यो बेला मलाई सारै रीस उठेको थियो | तर मैले त्यो बेला फोटो खिचेर राख्न पनि सकिन | येस्ता दृश्य हेर्न हामि बाध्य छौ | SO SAD.
मन परे हरियो, नपरे रातो
2
2
ल राम्रो लेख्नु भएछ । कुतर्कको सहि उपयोग ।
मन परे हरियो, नपरे रातो
1
1
मनोज जी, ज होस् पड्दा त धेरै जोस आउने रहेछ |
मन परे हरियो, नपरे रातो
0
2
कुनै इतिहासकार ले लेखेको भय त पत्त्यौनु हुन्थ्यो, गफाडीले लेखेको ले यो गफ नै होला |
मन परे हरियो, नपरे रातो
3
0
राम्रो लाग्यो, सायद यो साँचो हैन इन्डियन हरु लै जवाफ दियको जस्तो लाग्यो, तिनीहरु गौतम बुद्ध इंडिया मा जन्मियको भन्छन हामी पनि इंडिया का ठुला नेताहरु सबै नेपाली मूल का हुन् भन्दियौ…….. राम्रो लाग्यो मनोज जी……
मन परे हरियो, नपरे रातो
4
2
It looks like the articles should be categorized well to let people know what they are reading! While this is a great read it has confused a lot of people! Umesh ji could do something about this!
मन परे हरियो, नपरे रातो
0
2
बाराक ओबामा वाला कमेन्टले सारो हंसायो।
मन परे हरियो, नपरे रातो
3
1
साथीहरु लेखलाई राम्ररी मन लगाएर पढौं विशेश गरी अन्तिम हरफलाई त्यहि स्पष्ट छ नी। अनि कमेन्ट गरौं।
मन परे हरियो, नपरे रातो
0
2
तेसो भने किन मान्छे लाई पुस्ता चाहिन्छ बिहे गर्ने समय मा बाबु बराजे सबै सोध खोज गरिन्छ नि तेती मात्र नभएर नागरिकता बनाउदा समेत फलाना को छोरा , नाती भनेर खोजिन्छ तेस कारण मलाई मनोज दाई कुरा ठिक लाग्यो
मन परे हरियो, नपरे रातो
1
1
महात्मा गान्धी वास्तबमा नेपाल का गायक झलक मान गन्धर्बका बाजे पर्छन l सान्ति र आहिंसा का पाठ गान्धीले गन्धर्ब गीत बाट सिकेका हुन् l सम्पूर्ण भारतीयलाइ चेतना भया l
मन परे हरियो, नपरे रातो
4
1
होइन बुद्ध नेपालमा जन्मेर अब के भयो र नेपाल नै भारत ले मिचेर लान थालिसक्यो अब हामी सबै भारती हुने बेला भैसक्यो हाम्रो सिमाना कत्ति ठाउमा मिचिसक्यो खोइ त कसैलाई मतलब छैन / नेताहरु पनि के हेरेर बसेका छन् ये हा मलाई पिर परिसक्यो ल अब नेपाल बचाउने अभियानमा लाग्नु पर्यो नि कि कसो नेपाली बिरहरू हो
मन परे हरियो, नपरे रातो
3
0
मान्छे जुन देशमा जन्म छ तेही देशको नागरिक हुन्छा/यो लेख अनुसार discover गर्दै गयो भन्ने मान्छे बदर कहाँ पुग्छ/जन्म दिने ठाउँ र आमा सोर्ग भन्दा पनि प्यारो हुन्छा/
मन परे हरियो, नपरे रातो
1
3
मनोज जी ले त किताबको पनि नाम दिनु भएको छ त्यसैले यो कुरा थम्म्यौनै गारो भो !!! But More than that, it’s such a powerful article but dear friends over here are just trying to make fun of the meaning it conveys….यो article पढ्दा त ” WE TOO CAN DO IT ” भन्ने भावना आयो / देश किन शक्तिशाली हुनु पर्छ भन्दा यहि भएर हो , हाम्रो देशका नेता भनौदा लंगुरहरुले नि यो पढे हुन्थ्यो….. सारै राम्रो मनोज जी …. Love it !!
मन परे हरियो, नपरे रातो
5
2
यो बुद्ध कहाँ जन्मेको को कहाँ जन्मेको, अनि सगरमाथा नेपाल मा पर्छा भनेर गर्व गर्नु भन्दा हामीले के गर्यो, हाम्रो अहिलेको धरातल कहाँ छ हामीले यति प्रगति गर्यो अनि हामीले यसो गर्दैछु भनेर विश्वलाइ चिनारी दिन सृस्ती गर्न तिर पो लाग्ने हो कि/ खाली भुत काल मा यस्तो थियो अनि प्रसिद्ध भएको मान्छे संग गोरु बेचेको साइनो जोडेर फोस्रा गफ गरेर आफ्नो मन लै सान्तवना दिएर केहि हुने वाला छैन/ भन्नेले बुद्ध भारत मा नै जन्म भएको भनोस न तर हाम्रो नेपाल सान्त सम्ब्रिद्दा होस् अनि यस्तो लागोस कि भन्नेलाई नै लाज होस्/ संसारलाई बुद्धको ज्ञान को पुरा सदुपयोग नेपाल मा जस्तो संसारमा नै छैन भन्ने औता उदाहरण देखौना सकियोस/ तर देशको स्थिति हेर्दा रावण को जन्म थलो जस्तो लाग्न थालेको छ/ कति दिन त्यो सगरमाथा अनि बुद्ध को नाम बेचेर बस्ने हो? वर्तमान राम्रो बनाउने अनि हामी यति राम्रो भनेर संसारमा कहिले देखाउन नसक्ने, संसारकै एक अशान्त देशका मान्छेले बुद्ध जन्मेको भनेर जति कराए पनि केहि हुने वाला छैन/ बुद्ध कहाँ जन्मेको भन्दा पनि बुद्ध को ज्ञान को सदुपयोग गर्नु ठुलो कुरा हो, हिराको महत्व नदेख्ने ले हिरा त कोइला मा पाइन्छा भनेर कोइलाको मूल्य बध्दैअन/ कोइला जहासुकैको होस् हिरा को पो महत्व हुन्छा नि/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
1
हाम्रा पुर्खा इंडिया बाट १७ सताब्दी मा नेपाल आए, र म आज नेपाली हु . नेपाल , नेपाली लाई उतिकै माया गर्छु. मनोज जी बकवास कुरा गरेर आफु लाई प्रसिध बनाउने राम्रो कहानी हो यो . बकवास
मन परे हरियो, नपरे रातो
4
12
मनोज जी, खुसि लाग्यो यो तपाइको लेख मा धेरै दम पो देखे मैले
धेरै धेरै धन्यवाद तपाइको मेहनतको लागि फेरी फेरी पनि खोजपूर्ण लेखा को अपेक्छा गर्दछु .
यो केसु जी को लागि तपाई को इमेल दिन मिल्छ भने दिनु होला मेरो पनि सन्तान बर्मा बसोबास गरि राखेको छन् मलाई सम्पर्ग गर्न गारो भएको छ साएद मलाई मदत गर्न सक्नु हुन्छ भन्ने आस गरेको छु.
मेरो ठेगाना
कुमार सिंह डाँगी
६१७६४२६७९९
बोस्टन, अमेरिका
इमेल डाँगी रेअल्टी ग्रौप @ ग्मैल.काम
व्व्व.डाँगी रेअल्टी group.काम यो वेब पेज हो .
मन परे हरियो, नपरे रातो
2
4
हौ मनोज जी लेख राम्रो छ तर तपाइको कुरा अनुसार त अमेरिका को रास्ट्रियपति ओबामा जी त मेरो बराजु पो पर्न गयो त …|
…जे भए पनि अन्यथा नलिनु होला | एस्तो कुरा ले झन् इन्डियन हरु ले थाहा पायो भने त नेपालीहरु सबै नै इन्डियन हरु रहेछ भन्ला फेरी | ….
मन परे हरियो, नपरे रातो
2
5
i still remember that day, about 6 , 7 years ago , Show Called ” Kaun Banega KarodPati” hosted by Amitabh Bachhan. where did Gautam Buddha Born? Option were : 1 India, 2, Nepal, 3 China. 4. Bhutan , And pariticipant , with out any doubt , he replied , Nepal. , then Amitabh asking him. are you sure?, Luck Kardiya jaye, He replied with confidient . Yes luck kardiya jaye. But the answer was said wrong … , then we with my frend got very confused..may b question was something twisted..? and same question put the people in Mass . one of them from the Mass,, shoot in dark… says..Bhutan. .. Said wrong.. Then Finally, Amitabh Bachhan Said , Gautam Budhha Born in India.. .. ohh my God,, i got very much surprise.. even the people in INdian is not ready to accept ..Gautam budhha is born in India… How come Indian policy force to impose this fake reality turn in to reality.. Rally very very amazing………… and still u can read in indian books mostly in school level about Gautam Budhha .., is born in INdia . And some books published from india was used to teach in nepal’s Private School. where u find Budhha is born in INdia. We people got to be aware of those things…
मन परे हरियो, नपरे रातो
11
3
अर्जुन जी
लेख राम्रो संग पढेर व्यंग्य को अर्थ पनि बुझेर कमेन्ट लेखन पाए हुन्थ्यो/ नबुझे बरु अरुलाई सोध्नु न वरिपरी कोइ होलानी/ अरु धेरै साथीहरुले पनि नबुझिकन अनेकथरी लेख्नुभएको छ/ जे भएपनि मनोज गजुरेल को यो व्यंग्य निकै गहकिलो छ/
मन परे हरियो, नपरे रातो
2
0
हेय्या के को ट्याक ट्याक !! अलि धेरै समय अगाडी गयौ भने …….
मनोज ढेडु
गिरिजा प्रसाद बाँदर
पुष्प कमल हनुमान
माधव कुमार लंगुर
हुन्छा होला हा हा हा …………….
मन परे हरियो, नपरे रातो
10
2
It is obvious that Buddha was born in Nepal, but have we done anything that, we can proudly say Buddha was born in Nepal? We’ve surrundered our nationality to India then is it a big thing for them to say that Buddha was born in India?
मन परे हरियो, नपरे रातो
4
0
यो लेख लेख्ने साथीले कति पैसो पायो इंडिया बाट चाहे अमेरिका चाहे जापान सब मानिस को पुर्खा यौटै हुन् जस्तै मेरो बा अनि बा का बा बाका पनि बा अनि बाका पनि बा अनि बा क पनि बा अनि बाका पनि बा अनि बाका पनि बा यस्तै गर्दै कराडोउ बा क बा आखिरमा सब क बा यौटा हुन gahir re sochnuhus
मन परे हरियो, नपरे रातो
2
15
भारतीय मेडियाले यस्ता कु-प्रचारहरु हरेक दीन जस्तै गरी राखेका हुन्छन तर नेपालको लागि मनोज जी नै अघी सर्नु पर्न भएछ!
मन परे हरियो, नपरे रातो
5
2
एउटा राम्रो व्यंग्य ,जुन कत्ति साथी हरु ले त बुझ्दै नबुझी कमेन्ट लेख्नु भएको छ .अनि कमेन्ट हरु मध्ये पनि बाराक ओबामा वाला जोक, अनि गुजराल(गजुरेल) वाला जोक पढ्दा रमाइलो लग्यो .
मन परे हरियो, नपरे रातो
10
1
मलाई पनि लागेको कुरा भन्दि हलु चर्चित इन्डियन फिल्म स्तर अजय देवगन को बजे बजे पनि नेपाली नै हुन् पाल्पा तानसेन बाट अन्तेर्जतिये बिबाह गरेको हुनाले भारत पसेका थिए. अजय देवगन को बिबाह को कार्ड पनि आएको थियो रे पाल्पा तानसेनमा
मन परे हरियो, नपरे रातो
7
1
अप्रिल फूल हैन , फेब्रुअरी फूल पर्यो कि के हो हँ ?
मन परे हरियो, नपरे रातो
0
2
तेसो त् नेपालि हरु झन् बिस्व ब्यापी छन् |फर्मायसी गित मा नाम आउथ्यो |
१) मेंडल महर्जन
२)स्टालिन अधिकारि
३)हिटलर श्रेष्ठ
४) मेनेजर राउत
५)हाकिम शाह
६) जर्ज बुस घर्ति मगर
७) ओबामा कला खेति
८) आइन्स्टाइन अर्याल
९) लेनिन मानन्धर
१० ) अमिताभ कुर्मी
११)हिलारी रुपाखेती
१२ ) अहमदिनीजाद थापा
१३)बिल्क्लिन्तन पाण्डे
१४) किम जोंग यांग दाहाल
१५ ) झू रोंग जी लिम्बु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
2
थप्नु परो म पनि
ग्लोरिया माकापागल छेर्ती
रुईतारो दंगाल
बुत्रोस बुत्रोस ओली
जिन्मे सिन्मे लामा
दाउद सिग्देल
ओसामा खनाल
तर मैले सुनेन नि तापाही नेपाली को बारेमा ?????/
त – तराई
पा – पहाडी
हि – हिमाली
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
तपाही भन्ने सब्दको यत्रो व्याख्या हेर्न पाउदा निकै खुसी लाग्यो।
त – तराई- तेली
पा – पहाडी- पाखे
हि – हिमाली- हिम्मतिलो
मन परे हरियो, नपरे रातो
2
5
पत्याए पत्याउनुस नपत्यए येत्रै सीत होइन त मनोज दाई ।
लेख एक दम राम्रो छ जस्तलाई तस्तै ढिडाँ लाई निस्तै भने जस्तो । तर कोही कोही मित्रहरु लाई चही अली बुभ्mन गाह्रो भए जस्तो छ तेही भएर तपाइ लाइ पनि भाटे कारबाही सम्माको कुरा भए छ । हहहहहह।
Good one good one
यिसीको बोल्ता हई ”हम किसी से कम नही” सबको चेतना भय ।
मन परे हरियो, नपरे रातो
6
2
यो पनि comedy नै हो कि ?
मन परे हरियो, नपरे रातो
2
4
मनोजजीले छुटाउनुभएछ,
- नेपाल बौद्धमात्र होइन हिन्दु, सीख, जैन आदिजस्ता धर्महरूको उद्गमस्थल हो ।
- महात्मा गान्धीका पूर्खा नेपालको गन्धर्व जातिहरू हुन् ।
- जवाहरलाल नेहरू काठमाडौंका रैथाने नेवारका सन्तति हुन् ।
- सलमान खान त मिर्जा खानका नातेदार नै हुन् ।
- असली ताज महल काठमाडौंको रानीपोखरीको हो ।
- असली लालकिला त उहिल्यै भत्किसक्यो, जुन कालापानीमा थियो ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
4
मनोजजी
तपाइले माथि उल्लेख गरेका कुरालाइ Internate मा verify गर्दा कुनै पनि सत्य निस्केन| गाई जात्रा को तयारी हो कि के हो?
मन परे हरियो, नपरे रातो
0
10
मनोज जी को चतुर्याई – गौतम बुद्ध भारतमा जन्मेको भन्दा हामीलाई जति रीस उठ्दछ तेस्तै मित्र राष्ट्र तर्फका लाइ ( वा तेताका लाइ समर्थन गर्नेहरु !!! ) रीस उठ्ने बनाउने मनोज जी को यो चातुर्य पूर्ण पहल हो .
मन परे हरियो, नपरे रातो
8
0
खोइ के हो के हो !!!!!!!!!!!1111
मन परे हरियो, नपरे रातो
0
7
लेख सत्य होस् वा रचेको राम्रो संग नियालेर पड्ने हो भने कुरो जटिल छ / तेसकारण महात्मा गौतम बुद्द भारतमा जन्मेको भनि जो भ्रम फैलाउनु खोजेको छ तेस्को लागि सबैले ध्यान दिएर कारवाई गर्नु पर्यो
मन परे हरियो, नपरे रातो
2
3
के कारबाही गर्ने मित्र? भाटे कार्यबाही हो?
मन परे हरियो, नपरे रातो
4
2
राम्रो लेख, धेरै खोजि गर्नु भए जस्तो लाग्यो, धन्यबाद…….
मन परे हरियो, नपरे रातो
3
5
Interesting !!!
डा. सुरज श्रेष्ठ
मन परे हरियो, नपरे रातो
8
6
पृथिवी सृष्टी तीरको कुरामा नजाऊं. स्वभावत हामी नेपाली हुनुमा गर्व गर्छौ. अमिताभ नेपाली हुनुमा मलाई केही फरक छैन. उनी सांचै नेपाललाई माया गर्छन भने त्यों कही न कही अनि कुनै न कुनै नेपाली संग सम्बंधित हुन सक्छ. त्यों उनको ब्याबहारले कती नेपालीलाइ प्रतक्ष्य अप्रतक्ष्य फाइदा पुगेको पनी हुन सक्छ. अनि हामी प्रति दुर्भाव राख्ने मान्छेले त्यसको उल्टो गरिदेला. जोअना लुम्लेका बाबा जस्ता कती ब्रिटिशहरु गोर्खाहरू संगै बिश्व यूद्ध लडे होलान तर आज आधा सताब्दी पछि, उनी त्यों बीरता सम्झेर उनी गोरखाको आधिकारको लागी लड़ीन. समय परिक्रमाले हामी जहाँ भए पनी, नेपाल र नेपाली प्रति राम्रो सोच्छ राम्रो गर्छ भने त्यसको कदर किन नगर्ने?
मन परे हरियो, नपरे रातो
7
2
भनेर कु-तर्क गर्दा भारतीय मित्रहरुलाई जति रिस उठ्छ, गौतमबुद्ध ‘भारतमा जन्मिएका हुन्’ भनेर कु-प्रचार गर्दा हामीलाई त्यति नै रिस उठ्नु पर्दछ, र उठ्ने गर्दछ, संबन्धित सब्को चेतना हो जाऐ !!
Best Ending lines
मन परे हरियो, नपरे रातो
12
1
हैन यो मनोज दाईको कुरा साँचो हो र भन्या । खै पत्यार लागे लागे जस्तो पनि लाग्ने नलागे नलागे जस्तो पनि लाग्ने । दाई के यो कुरा साँचो हो र ? दाईले अरु लेखहरुमा जस्तो अन्त्यमा “भनेर भन्ने दिन कहिले आउला?” or “भनेर भन्दिन” भन्ने वाक्याँशहरु पनि राख्नु भएको छैन । खै के हो यस्तो अमिताभ बच्चनको कुराले त साँच्चै नै हो जस्तो पनि लाग्छ किनकि खुदा गवाहमा त धेरै सिनहरु मार्फा मुस्ताङमा सुटिङ गरिएका छन् ।
मन परे हरियो, नपरे रातो
2
9
माने हो माने । मज्जाले माने तपाईको कल्पनाशिलतालाई । कहिकतै झुक्कीने ठाउंनै छैन । ठ्याक्कै इतिहासकार बन्नु भएछ तपाई त । गम्भिर विषयमा हास्यरस भएपनि हास्यरस ओझेलमा पर्नेरहेछ । वच्चन र रावल दुरस्तै देखिए । तर, बजगाई बाजपेय र अधिकारी आडवाणिमा रुपान्तरण भएको चै अलि कस्तो कस्तो लाग्यो । तर, मुल रुपमा जे शन्देस दिन खोजिएको हो त्यो स्पष्ट छ । यसका लागि धन्यवाद ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
1
बडो साहित्यिक पारा ले घुमाई घुमाई लेख्नु भयको छ सार्है राम्रो लाग्यो र कता कता पत्याउ पत्याउ जस्तो पनि लाग्यो. समग्र मा यो लेख मनोज गजुरेल भन्दा बाहेक अर्को कसै ले अथवा भनौ उमेस जी ले लेख्नु भयको हुन्थ्यो भने पत्याउन बेर लाग्ने थियन. मैले आधा आधि लेख पढे पछी लेखक को नाम हेर्दा त मनोज गजुरेल हुनुहुदो रहेछ अनि लागि हाल्यो कि यो ब्यङ्ग हो. यस कुरा को पुस्टि लेख को पुछार को हरफ ले पनि गर्छ. जस्तो:-
“”"”निगम परिवारले नेपाल र नेपालीहरुप्रति गरेको सद्भावलाई सम्मान गर्दै २०४६ सालको अन्त्यमा नेपाल सरकारले ‘राष्ट्रिय पेट्रोलियम कंपनी’लाई ‘नेपाल आयल निगम’ नामाकरण गरिएको हो भनेर कु-तर्क गर्दा भारतीय मित्रहरुलाई जति रिस उठ्छ, गौतमबुद्ध ‘भारतमा जन्मिएका हुन्’ भनेर कु-प्रचार गर्दा हामीलाई त्यति नै रिस उठ्नु पर्दछ, र उठ्ने गर्दछ, संबन्धित सब्को चेतना हो जाऐ !! “”"”"*
उत्तम लेख को लागि मनोज गजुरेल लाइ धन्यबाद.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
3
very nice……….article………..you are so genious…..”…..tit for tat”
मन परे हरियो, नपरे रातो
9
1
हरे बज्र स्वाठहरु,
यो लेखलाइ राम्रो संग केलाएर पड्नुस, यो लेखको सार ब्यङ्ग हो. हाम्रा भारतीय भैया हरुलाई रिस उठोस् भनेर, जसरि हामी नेपालीलाई बुद्ध भारत मा जन्मेको भन्दा रिस उठ्छ तेसरी नै भारतीयहरुलाई चिध्यौनको लागि हामी पनि गजुरेल जी ले प्रस्तावित गरेको हौवा फैलाउ साथीहो!!! भारतका सबै ठुला ठालु नेपाली मुलका हुन् !!!! लौजा!!!!
सबैलाई चेतना भया???!!!???
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
52
4
र नेपालका सबै ठुलाठालु हरु चाहि भारतीय मुलका | कि कसो गुइठे जी
मन परे हरियो, नपरे रातो
13
4
मैले सुने अनुसार अमिताभ बच्चनको वास्तविक थर श्रीवास्तावा हो. बच्चन त उन्हाको बुबाको उपनाम होरे .
मन परे हरियो, नपरे रातो
12
4
मनोज गजुरेल को हास्य व्यंग राम्रो छ |कृपया अरु पनि पढ्न पाइयोस |
मन परे हरियो, नपरे रातो
12
1
तपाई हरु लाइ थाहा छ मनोज गजुरेल पनि भारत का भूतपूर्व प्रधानमन्त्री इन्द्र कुमार गुजराल का बराजुका ठुलो बुवा का नाती हुन्.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
66
3
अनिल जी राम्रो जोक भन्नु भो हा हा हा हा
मन परे हरियो, नपरे रातो
14
1
मनोज जी आफै हाहाहा हाहाहा गर्दै हास्दै छन् होलान हाहाहा
मन परे हरियो, नपरे रातो
8
2
सार्है राम्रो उदाहरण अनिल जी. धन्यबाद.
मन परे हरियो, नपरे रातो
0
0
हा हा मनोज जी लाइ राम्रै दिनु भो तपाई ले पनि अनिल जी.
मन परे हरियो, नपरे रातो
7
1
महत्वपूर्ण र रोचक जानकारी । यद्यपि यस्तो बसाइँसराइका दौरानमा मानव समाजमा कोही यताका कोही उताका हुनु अनौठो कुरो होइन ।
तर, आफ्नो देशको चारकिला साँधसीमाना भुल्नु हुँदैन । यस्ता सामाजिक, साँस्कृतिक र बन्धुत्वको सम्बन्ध र भावनामा डुबेर आफ्नो सर्वस्व गुमाउनु हुँदैन । भारतको विदेशनीति त्यसै पनि विस्तारवादी रहँदैआएकोले, मुखमा राम राम बगलीमा छुरा बोक्ने चरित्रभएको कारण त्यस विस्तारवादीले हाइ बन्धु भनेर अङ्गालो मार्दै पछाडिबाट छुरा घोप्ला । त्यो देशबाट अंग्रेज हटेपनि शासकवर्गमा अंग्रेजी मानसिकता हटेको छैन ।
यस्ता कुरामा अल्मलिँदा स्वाधीनता गुम्ला । चेतना भया ।
मन परे हरियो, नपरे रातो
14
3
धन्यवाद मित्र मनोज जी धेरै राम्रो ज्ञान बर्धक जानकारी गराउनु भयो। यो त भयो नेपालीको सफलताको कुरा। तर भारतले नेपाललाई हरेक कोणबाट दबाउन खोजिरहेको छ। नेपाल देश नै भारतको यक प्रान्त सम्झन्छ र अझै धेरै भारती नागरिकलाई नेपाल यक स्वतन्त्र देश हो भन्ने समेत थाहा छैन। भर्खर (२००९) मा रिलिज भएको हिन्दी फिल्म चाँदनी चोउक टु चाइनामा गौतम बुद्ध भारतको जयामा जन्मेका हुन भन्ने भ्रम समेत छरेका थिय। त्यसका बिरुद्धमा नेपालीहरुले देश बिदेशबाट बिरोध गरेपछी फिल्म सच्चाईयको थियो।। त्यहि क्रममा भारतको मुम्बैमा समेत नेपालीहरुले बिरोध जनायका थिय।। नेपाली स्रमिक उनियनका प्रमुख मास्टर थापाको सङ्योजकत्वमा चाँदनी चौक टु चाइनाको हिरो अक्षए कुमारको घर समेत घेरेका थिए।। हाम्रा स्रश्टाहरुको हामी सम्पुर्ण नेपाली मिलेर जगेर्ना गर्नु पर्दछ।।
मिलन रावल मुम्बई
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
3
मिलन जी धेरै धेरै साधुवाद
श्रमिक यूनियनका प्रमुख मास्टर थापा जी र उहाको टिमलाइ KUDOS.
Thanks again.
मन परे हरियो, नपरे रातो
4
2
तर साथीले भन्न खोज्नु भएको कुरा चाहिं घत लाग्दो छ है!
मन परे हरियो, नपरे रातो
8
2
एक छिन् हांसौकी ! आफ्नोलाई आफ्नो बनाउन नसकेको बेला ! पराइलाई आफ्नो भन्नु ! मुर्खाताकी बाद्यता !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
16
हह्हहः तेसो भय नेपाली को खुन पो रहिचन येनिहरुमा …… ततिको दम कहाँ छ र इन्डियन हरु को नेपाली लि लै हेप्न…
मन परे हरियो, नपरे रातो
2
9
अलि अपत्यारिलो लाग्यो साथी! त्यो के भन्छ नि यो कुरा अलि हजम भएन क्या!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
2
40
हैन बुद्द इन्डियामा जन्मेको भन्ने कुरा चाही हजम भयो त मित्र?
बुझ्नेलाई श्रीखण्ड गोबर गणेशलाइ…………………………………………..!
मनोज जी इँटाको जवाफ इँटाले नै दिने तपाइको लेख र सोचमा मेरो समर्थन!!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
0
“Sense of humor” भएको पनि लेखन शैली हुन्छ है विनायक जी /
यहाले यो लेख लाइ कुनै आधिकारिक दस्ताबेजको रुपमा पो लिनु भएछ जस्तो छ/
हिमाली
मन परे हरियो, नपरे रातो
3
0
Not a strange one…….
म लेखक महोदयलाई अझ पछाडिको युगमा जान अनुरोध गर्दछु।
के मानवको उत्पत्ति एकै ठाउँबाट शुरु भएको होईन र? हामी पनि तिनकै सन्तति हौ नि? त्यतिबेला न त कुनै देश थिए न कुनै प्रान्त।
तातो न छारोको लेख।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
60
यो लेख हैन मोतिलाल | यो व्यंग्य हो | अनि व्यंग्य संगै संदेश पनि छ अन्तिम हरफमा |
मोतिलाइ चेतना भया |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
60
2
मनोज जी यो बाजे बराजुको पुर्ख्यौली केलायर के भन्न खोज्नु भएको हो खासै मैले बुझिन .
मुख्य कुरो कहाँ बाट को आए कहाँ गए र के गर्दैछन भनेर खोतल्नुको केहि औचित्य छ जस्तो लाग्दैन मलाई त.
आज हामी को को नेपाली नेपालको लागि के गर्दै छौ भन्ने कुरो नै मुख्य हो . नेपालको लागि माया गर्ने र देश अगाढी बढाउने जिम्मा जो हामी आज नेपाली छौ ले नै गर्ने हो चाहे अन्तबाट आएका हुन् या येहिकै पुख्यौली हुन् .
रह्यो कुरो नेपालको बारेमा गलत प्रचारको यो त हामी आजको युग अनुसार नचलेर यस्तो भएको हो , सिंगापुर हेर्नुस कति सानो देश छ र कति थरि मानिस मिलेर बनेको छ तर उसले आफै गर्वसाथ आफ्नो पहिचान बनाएको छ .
त्यस्तै हामीले पनि आजको युग र हाम्रो भूगोल सुहाउँदो राजनीतिक र आर्थिक नीति लिई अत्याधुनिक प्रबिधि तिर को विकास गर्न पटी लाग्यौं भने कुनै प्रख्यात व्यक्तिको पुस्ता खोतलेर हाम्रो परिचय दिनु पर्ने छैन
तर अहिले हामी त आफ्नो स्वार्थको लागि जो संग पनि झुक्न जाने आफु आफु बिचमानै वैमनस्यता कायम गरि अरुको हाँसोको पात्र बनिरहेका छौँ.
तेसैले सबैले के विचार गरौँ भने हाम्रो बारेमा कसले के भन्छन भन्ने तिर नलागी आफ्नो सामर्थ्य देखाई आफ्नो परिचय बनाउन तिर लागौ
“आफ्नो देश आफैले बनाऔ ” जय नेपाल !!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
29
कुरो ठिकै होला तर बाउ बराजु ले देश छाडी बिदेशी भय पछि अहिले आयर गोरुबेचे साइनो जस्तो भो यो. तेस्ता हिसाब किताब गर्ने हो भने मा बर्मेली हो भन्नु पर्ने हुन्छ, मेरा एउटा जिजुबा का सन्तान अझै बर्मा मा छन् सम्पर्क पनि छ.
अन्तिम मा मेरो नेपाल प्यारो नेपाल, राम्रो नेपाल, जय नेपाल.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
15
हो र ? त्यसो त म पनि तिब्बतको भन्दा भयो नि हैन ? मेरा बाजेका बाजेका बाजेहरुका पनि बाजे उतैबाट यता झरेका रे । वंशावली (इतिहास)ले त्यसै भन्छ । तर, 1831 पछि, धेरैपछि, हालको लिम्बुवानमा जन्म भएपछि, आधुनिक नेपाल बनेपछि यताभने म नेपाली, हामी नेपाली । जय लिम्बुवान, जय नेपाल ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
40
हो भिम जी,
अब केहि साथी ले तपाइँ र मलाइ बिदेशी टट्टू भन्न पनि बेर छैन म बर्मेली तपाइँ तिब्बती टट्टू परियाला आरु को नजरमा, आशा गरौ एस्तो भनेर प्रति कमेन्ट नआओस.
(मेरो त तमुवान पर्यो आफु बाहुन कसरि जय तमुवान भानु अलि गार्हो भो) तेसैले मात्र…
जय नेपाल.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
11
आह !
तपाइँको यो कमेन्टले त केही गम्भीर पो बनाउँदो रहेछ । मैले मात्रै पो जातियताको कुरामा जोड दिइरहेको छु कि जस्तो लाग्दोरहेछ । मचाहिँ जय लिम्बुवान भन्ने तपाइँचाहिँ जय नेपाल भन्ने । लिम्बुवान ठूलो कि नेपाल भनेर दाँजेजस्तो पो हुँदोरहेछ त । यस मानेमा तपाइँको कमेन्ट वजनदार बनेको छ ।
के गर्ने र, म प्रगतिको हरक्षेत्रमा केही पछि परेको लिम्बू समुदायको परेँ । तपाइँ मभन्दा हरक्षेत्रमा करीब दस कदम अगाडि पुगेको समुदायको व्यक्ति पर्नुभयो । एक जातिले अर्का जातिमाथि गरिने विभेद वा असमान व्यवहारको अन्त्य भएसम्मका लागि र सम्बन्धित जातिहरुले आफू सुरक्षित र समृद्ध भएको महसुस गरिञ्जेलसम्मका लागि संघीय व्यवस्था जरुरी छ । त्यतिञ्जेलका लागि तपाइँका प्रगतिहरु, उपलब्धीहरु, सहयोगहरु हामीलाइ अत्यावश्यक हुनेछन् ।
हामी फेदीमामात्र छौँ । तपाइँ सगरमाथाको शिखरमा पुगिसक्नुभएको छ । अब हामीलाइ त्यहाँ शिखरसम्म पुग्नका लागि सहयोग गर्नुहोला । कोही भोकानाङ्गा नभएको, कोही अनपढ, अशिक्षित, चोर-डाका नभएको र सबैजना शिक्षित, सुसँस्कृत, सुसभ्य, सुखीसम्पन्न भएर त्यस दिन वा त्यसबेला जब हामी सबैको शिखरमा भेट हुनेछ त्यस्तो आनन्दमय र रमाइलो दिन कहिल्यै हुनेछैन । हरकोही मानिस आफूजस्तै अर्का मानिसहरुप्रति गम्भीर, जिम्मेवार, सम्बेदनशील रहने उच्च चेतनायुक्त मानसिकता भएकाहरुको भेट हुनेछ ।
अहिले चाहिँ यसरी कोही अघि कोही पछि परिएकोले केही भद्रगोल अवस्थामा देश गुज्रीरहेको छ । तर, यो अवस्था धेरै समय रहने छैन ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
11
भीमसेन जी! के लाछी कुरा लेखेको ? मै लाऊ मै खाउ मै सुख चैन गरु र म नै सब थोक
भन्ने हरु ले सगरमाथा को टुप्पो बाट तल को लाई तान्ने हैन, अझ तलको लाई लात्ता हानेर खसाली नै दिन्छन | बरु आफै सगरमाथा चड्ने जमर्को चाही गर्नुपर्यो |
यो देश को बागडोर अहिले सम्म कोसित छ ? यत्रो वर्ष सम्म कसले राज्य गरिरखेकोछ? एक पल्ट नरभक्छी भै सकेको बाघ ले जहिले पनि मान्छे खान खोज्छ, एक पल्ट सत्ता मा पुगेको मान्छे जहिले पनि सत्ता नै खोज्छ, सत्ता भनेको शक्ति हो| शिछ्या मन्त्रालय बाट भित्र भित्र बाटै को छात्रवृति मा जान्छ? काठमाडौँ को गुठि को जग्गा भित्र भित्र कसलाई पास हुन्थ्यो? प्रत्येक सी डी ओको घर काठमाडौँ मै कसरि बन्छ? यस्तो उदारहण त करदौ छ | “जय नेपाल ” हामी सबैको हो यसमा भावुक हुनुपर्ने केहि देख्दिन | यो उठिराखेको कुराहरु जातीय हैन एउटा अधिकार को माग हो| हामीले आफ्नो अधिकार राज्य संग माग्ने हो, खोसेर लिनुपरेपनी पछी नहट्ने |
मन परे हरियो, नपरे रातो
2
5
साथीहरू, राम्ररी पढेर, भाव बुझेर प्रतिक्रिया गर्नुस् ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
22
पुष्प जी बुझाउनुस न त नाबुज्नेलाई
मन परे हरियो, नपरे रातो
12
4
खुर्पाको बिड
मन परे हरियो, नपरे रातो
4
4
केसु जी नमस्कार,
तपाई को यो बर्मा को कुराले मलाई सहयोग गर्न सक्नु हुन्छकी भनेर अनुरोध गर्न लागेको छु, यो उपयुक्त हुन्छा की हुन्न ? जे होस् मलाई तपाई को सहयोग को अत्यन्त जरुरी छ मलाई मदत्त गर्नु हुन्छ भन्ने आस गरेको छु .
मेरो कान्छो हजुरबुबा को परिवार बर्मा को तौंजी भन्ने गाउँ मा हुनुहुन्छ मैले सम्पर्ग गर्दा राम्रो संग हालखबर लिन सकिन . यो तौंजी भन्ने गाउँ नेपाली हरु को राम्रो बसोबास भएको गाउँ हो . तपाई को पनि परिवार हरु उता भएको कारण ले मलाई केहि सहयोग गर्न सकिन्छ जस्तो लाग्छ .
म अमेरिका आए पछी राम्रो संग हालखबर लिन सकिन .
मेरो कान्छो हजुरबुबा बर्मा को आर्मीमा मेजर मा पेन्सन पाउनु भएको हो . नाम जनक बहादुर डाँगी छेत्री, काका हरु को नाम पदम, सुरज, रसिया, फुपू हरु को नाम सरस्वति, काका हरु जम्मा ६ जना र फुपू हरु ४/५ जना जस्तो लाग्छ .
यो नेपाली समाज मा सायद मलाई सम्पर्ग गर्ने केहि उपाए दिलाउन तपाइको सहयोग को पूर्ण आस छ.
कुमार सिंह डाँगी
मेरो ठेगाना
७ एलेन कोर्ट
समरभिल, मस्सचुसेत्ट्स ०२१४३
६१७-६४२-६७९९
डब्लू डब्लू डब्लू. डाँगी रेअल्ली ग्रौप . कम
येस्मा मेरो सम्पर्ग पेज छ तेस्मा इमेल गर्न सकिन्छ
धेरै धेरै धन्यवाद
मन परे हरियो, नपरे रातो
3
0
कुमार जी नमस्कार,
मेरो जिजुबा हरु मध्ये १ जना को सन्तान हरु बर्मा मा भयको सत्य हो तर मलाइ तेती धेरै जानकारी अहिले छैन मेरो बुबा संग सम्पर्क गरि जानकारी लिया पछि तपाई मेल मा सम्पर्क गर्छु अबस्य पनि.
जय नेपाल.
मन परे हरियो, नपरे रातो
3
1
केसु जी नमस्कार,
मा त अलिक ढिलो पो भएछु जबाफ दिनलाई, धेरै खुसि लाग्यो . सहयोग को लागि धेरै धेरै धन्यवाद .
तपाई को इमेल ठेगाना पाएमा बेला बेला मा सम्पर्ग गर्न सजिलो हुनेथियो,
कुमार सिंह डाँगी
मन परे हरियो, नपरे रातो
0
1
यो लेखा पड्दा त भारत का टाउके हरु मा नेपाली खुना बगेको जस्तो छ तर किन नेपाल लै हेपेको होत यी धोतिहरुले नेपाल लाई ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
22
त्यसो भए ल ठिक छ !!१!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
16
मलाई लेख सारै मन पर्यो एकदम राम्रो मनोज जी !!!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
9
Interesting
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
9
खुकुरी को चोट आचानो माथि भने जस्तो !!
मलाई त पत्यार नै लागेन !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
67
पत्याउनु पर्ने कुरा हैन यो राम्रो संग पढ्नुहोस बुजिन्छ.
“आयल निगम’ नामाकरण गरिएको हो भनेर कु-तर्क गर्दा भारतीय मित्रहरुलाई जति रिस उठ्छ, गौतमबुद्ध ‘भारतमा जन्मिएका हुन्’ भनेर कु-प्रचार गर्दा हामीलाई त्यति नै रिस उठ्नु पर्दछ, र उठ्ने गर्दछ,”
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
106
12
एउटा कुरो:
धेरै पहिला नेपाल को बारा जिल्ला बाट १ दम्पति अमेरिका बसाई सरि चिया पसल गरि गुजारा गर्थे रे अनि ति बुडा बुडी लाइ सबैले माया ले ” बारा को बा आमा” भनि बोलौथे रे पछि उनीहरु एउटा कालो छोरो जन्मेछा अनि तेस्लाई सबैले नामकरण गर्दियाछान “बाराक ओबामा” भनि .
हा हा हा येस्तई होला माथि को कुरा हरु पनि जे होस् रमाइलो छ.
जय नेपाल.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
222
22
अहिले त्यो अमेरिका को राष्ट्र पति भयाछा रे .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
49
12
बारा को बा आमा
मन परे हरियो, नपरे रातो
3
0
लेख पढ्न मज्जा आयो तर ……. आज सबैलाई थाहा भएको नेपाली उदित नारायण त आफुलाई भारतीय भन्न रुचाउछ…………….. जहाँ धन त्यहाँ मन, त्यहिको जन| पुर्खेउली नाता होला तर तिनीहरु भारतियेनै हुन्| उदित नारायण पनि भारतियेनै हो| जसले सहि रुपमा आफुलाई म नेपाली भन्छ ( काठमाडौँ मै छन मेरा साथीहरु उनीहरुको दुइ तीन पुस्तादेखि नेपालमा बसोबास गर्दै आएका र आज उनीहरु भारत लाइ एक आँखा ले पनि देख्न चाहदैनन् उनीहरुको सबै सम्पति नेपाल मै छ, नेपाली बोल्छन) चाहे त्यो किन भारतीय नहोस म तिनीहरुलाई इज्ज़त गर्छु नकी कि बिकी सकेका नेपालीलाई भन्दा| मेरो विचार हो साथीहरु हो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
1
लेख राम्ररी पध साथि ……….
जे होस् लेख राम्रो छ. “ईट का जवाफ पथ्थार से भनेको येही हो ..
मन परे हरियो, नपरे रातो
2
0
धेरै राम्रो ! मनोज दाई तपाई को जुट्टी प्रचण्ड अनि ज्ञनेन्द्र छ नि तिनीहरु पनि सारो गफाडी छन् .. तपाई चाई लोगिक गफ गर्नु हुन्छ, बाकी २ जना चाई हावा !
तपाई तीनजना मिलेर three idiots (नेपाली ) बनाउनु भयो भने दुखि नेपाली एकछिन भए पनि खुसि भएर रमाउने थिए कि .. तपाई को जय हो ..
शान्ति .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
2
विदुर बाहुनलाइ चाहिं के भाको होला, जहिले पनि प्रचण्डको खेदो खन्न तल्लिन छ | राजनीतिले सांचिनै गाँजे जस्तो छ | अलिकति sense of humor पनि हुनपर्यो नि बिदुर बाहुन जी ! मनोज गजुरेलले हँसाई हँसाईकन सबैलाई भित्तै पुग्ने गरिकन दनक दिनुभएको छ | केसू, प्रेम अर्याल, अरुण विवेक (थाके जस्तो छ) हरुलाई पनि मेरो यहि संदेश छ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
9
सशांक जी अब प्रचंडेको नाम मात्रै लियो भने पनि मुखैमा सु सु गरिदिए बराबर ४ फिट माथि उफ्रेर तपाईका युग पुरुस, महापुरुस या आदर्श पुरुषको भजन गाउन पछि पर्नु हुन्न, केहि गर्दा पनि सुख छैन यदि माओबादीको बारेमा केहि बोल्यो कि प्रतिगामी यथास्थितिबादी दक्शिन्पन्थिको उपाधि दिनुहुन्छ, आफैलाई मात्र परिबर्तान्कारी अग्रगामी स्वभाबिमानी नेपाली भन्न पछि पर्नु हुन्न केहि बोलेन भने थाकेर भागे भन्ने नया स्टिकर दी हाल्नु भो, धन्याबाद तपाईलाई
हरेक प्रसंग राजनीतिक लेप लगाएरै लेख्नु पर्छ भन्ने कुरा सत्य होइन होला क्यारे, प्रसंग आए आफ्नो कुरा राख्न कसैलाई सोध्नु पर्दैन
मन परे हरियो, नपरे रातो
10
6
हुन त कुरा पक्कि भए पनि के गर्ने अखिरमा इन्डियन नै हुन् |अब अनेकौ साइनो जोड्ने हो भने म मोंगोलियाको पर्न औउछ | अनि गेन्गीस खान आफन्त पर्ला | हाहाहा
मन परे हरियो, नपरे रातो
14
2
हा हा हा हा good joke ……… मदन जी keep it up.;-)
मन परे हरियो, नपरे रातो
0
0
ग्यास डिपो माँ काम गर्दाथ्यो, अमेरिकन ले रयाम्बू(राम बाबू) भन्दा भन्दै रेम्बो बनेछ. तेस्तै माइला जनक (माइकल ज्याकसन), डल्ली (डली), तेहि बेसी को गोबर्धन बाहून बेलायात गएर, गोर्डन ब्राउन (हाल का ब्रिस्तिश प्रधानमंत्री),तेहि गाऊ की कमली बेलायत पुगेर क्यामिल्ला, देश माँ गणतंत्र आए पछि बिरक्तिएर गएका राजाबादी महेंद्र भक्त ले त नाम र थर नै आफ्नो आस्था अनुसार फेरेर श्री लंका पुगेर रास्त्रपति महेंद्र राजापक्ष, डल्ले लामा चाइना गएर दलाई लामा, धनकुटा हिले की कांछी, अमेरिका पुगेर, हिलारी क्लिंटन आदि बनेका छन.यी भए अंतरास्त्रिय बनेका नेपाली हरु, बाहिर बात चाहि, लन्दन बात आएका टंडन, गोल्फ बात आएका गोल्च्छा, इटाली बात आएका हरु ले बसाएको बस्ती इटहरी, दुबई बात आएका ले बसाएको बस्ती दुहाबी, फौजदारी मुद्दा लाएर आएका फौजदार र नेपाल प्रति गद्दारी गर्ने आएका गच्छेदार,आदि हुन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
हाम्रो गाऊ बात अमेरिका गएको राम बाबू हलिवूद नजिक को ग्यास डिपो माँ काम गर्दाथ्यो, अमेरिकन ले रयाम्बू(राम बाबू) भन्दा भन्दै रेम्बो बनेछ. तेस्तै माइला जनक (माइकल ज्याकसन), डल्ली (डली), तेहि बेसी को गोबर्धन बाहून बेलायात गएर, गोर्डन ब्राउन (हाल का ब्रिस्तिश प्रधानमंत्री),तेहि गाऊ की कमली बेलायत पुगेर क्यामिल्ला, देश माँ गणतंत्र आए पछि बिरक्तिएर गएका राजाबादी महेंद्र भक्त ले त नाम र थर नै आफ्नो आस्था अनुसार फेरेर श्री लंका पुगेर रास्त्रपति महेंद्र राजापक्ष, डल्ले लामा चाइना गएर दलाई लामा, धनकुटा हिले की कांछी, अमेरिका पुगेर, हिलारी क्लिंटन आदि बनेका छन.यी भए अंतरास्त्रिय बनेका नेपाली हरु, बाहिर बात चाहि, लन्दन बात आएका टंडन, गोल्फ बात आएका गोल्च्छा, इटाली बात आएका हरु ले बसाएको बस्ती इटहरी, दुबई बात आएका ले बसाएको बस्ती दुहाबी, फौजदारी मुद्दा लाएर आएका फौजदार र नेपाल प्रति गद्दारी गर्ने आएका गच्छेदार,आदि हुन.
मन परे हरियो, नपरे रातो
4
0
सुदर्शन जी
लेखकले यो कुरा ठट्टा होयिन गम्भीर सत्य भएको हो भनि ठम्याई दिए यी कुरा राम्रै हो र नेपाल भारतको मित्रता मा आघात पारिरहेको राजनेताहरुलाई नेपाल सिट कस्तो ब्यबहार गर्नु पर्ने भनि सोच्न प्रेरणा दिने छ/
मन परे हरियो, नपरे रातो
3
0