पोखरामा हजारौँ पंक्षीको काल आउने भो अब। किनभने सरकारले त्यहाँ बर्ड फ्लु भेटिएको पुष्टि गरिसकेको छ। घारीपाटनको ज्ञानबहादुर खड्काको घरमा पालिएका कुखुरा र हाँसहरु ठूलो संख्यामा मरेपछि जाँच गर्न बेलायतमा नमूना पठाइएको थियो। त्यहाँ जाँच गर्दा बर्ड फ्लु नै भएको पुष्टि भएछ। अब वरपरका कुखुराहरुले दुःख पाउने भए। घारीपाटन भन्ने ठाउँ पोखरा विमानस्थल नजिकैको हिमालय आँखा अस्पताल भएको ठाउँ हो। अब बर्ड फ्लु भेटिएको ठाउँको तीन किलोमिटर घेरामा करिब १० हजार पंक्षीलाई मारिनेछ। तीन किलोमिटर वरपर नियन्त्रण गरिसकेपछि १० किलोमिटर क्षेत्रलाई निगरानीमा राखिनेछ।
भोलिदेखि सुरु हुनेछ त्यहाँ काम। र्यापिड रेस्पोन्स टिमले क्षेत्रलाई नियन्त्रणमा लिएर मार्न थाल्नेछन् कुखुराहरु। बर्ड फ्लु नियन्त्रण कार्यआदेश २०६४ अनुसार कुखुरा धनीले फूलपार्ने कुखुराको प्रतिगोटा ५ सय, अन्यको १ सय र अन्डाको ५० पैसा क्षतिपूर्ति वापत् पाउने छन्।
यसअघि पोहोर मेची नगरपालिकामा बर्ड फ्लु भेटिँदा त्यसरी नै कुखुराहरु नष्ट गर्ने क्रममा क्षतिपूर्ति कम भयो भन्दै किसानहरुले जुलुस निकालेका थिए। अझ दिउँसो दिउँसो कुखुरा मारेर गाडे पनि रातिराति खनेको ठाउँबाट निकालेर कुखुराको मासु खाने गरेको भन्ने हल्ला समेत चलेको थियो। कतिले आफूले पालेका पंक्षी लुकाएका थिए। त्यतिबेला त त्यहाँ संकटग्रस्त क्षेत्रको समेत घोषणा गरिएको थियो।
सङ्कटग्रस्त घोषणा गरिएको भए त्यो कायम रहेसम्म त्यस क्षेत्रमा कसैले पनि कुखुरा वा अन्य पंक्षी पाल्न पाउने छैन, ओसारपसार गर्न पाउने छैन, कुखुराको अण्डा, मासु बेच्न पाउने छैन, खान पाउने छैन।
यसपालि त संकट क्षेत्र पनि घोषणा गरिएको छैन। कस्तो हुने हो कुन्नि पोखरामा बर्ड फ्लुको नियन्त्रण कार्य?
No related posts.











अब नेपाल बन्द गर्नु पर्छ..कि कसो …..बन्द बन्द ….बर्ड फ्लु जिन्दाबाद /
मन परे हरियो, नपरे रातो
1
1
हामि अभागी किसान !!
खेति लगायो समय मा वर्षा हुँदैन . फलफुल खेति असिना ले झार्छ. अलि अलि नगदे बालि उब्जनी भै हाल्यो भने बिक्रीको समय बजार लैजान नेपाल बन्द हुन्छ . पशुपालन गर्यो कहिले खोरेंत त कहिले बर्डफ्लु .. हैरान भयर चर्को ब्याज संग ऋण खोजेर खाडी क्षेत्र गयो. श्रमअनुसार को ज्याला मिल्दैन. सर्बहारा को नेतृत्व गरेकाहरु कुर्सिको खेलमा ब्यस्त छन् . अब किसान फ्लु आएपनि त सहन गर्ने देखि अरु के नै गर्न सकिन्छ.
मन परे हरियो, नपरे रातो
2
1
होइन हो नेपाली फूलु नेताहरूलाइ तह लगाउने एउटै मात्र उपाय छ त्यो के भने ठुलो काठको बक्सहरू बनाएर सबै पार्टीक एक एक नेता गरेर सबै नेतालाइ त्यसमा हालेर त्रिशुलीमा डुबाउदै निकाल्दै गर्नुपर्छ जवसम्म सुधूिदैनन
मन परे हरियो, नपरे रातो
2
1
अब पोखरा मा कुखुरा को भाउ घट्ने भयो कुखुरा पालन गर्नेहरुलाई घाटा हुने भयो
मन परे हरियो, नपरे रातो
5
1
ल हो बोर भयो नि पहिले पनि येस्तई भयो भन्दा सस्तो मा टन्न कुखुरा र लोकल रौसि खान जुरेको थियो अहिले विदेश हुदा पोखरा मिस भयो नि हउ
मन परे हरियो, नपरे रातो
2
4
जहाँ, जता, जे सुकै गर, दुख पाउने हामी नेपाली जनता नै हो | यो त एउटा नमुना मात्रै हो |
मन परे हरियो, नपरे रातो
0
5
बर्ड फ्लु!!! यो कुन चारको नाम हो ???
नेपाली ले जे पनि पचौछ! नेपालको फोहरको डुंगुर मा सुँगुर जस्तो सुखसंग
बस्न रुचौने नेपाली को छोरा/छोरि हो मा त!!!!
येस्ता Raddish बर्ड फ्लु, स्वाईन फ्लु कति आए गए!
मन परे हरियो, नपरे रातो
5
12
एउटा कुखुरा को ५०० राम राम कस्तो expensive bhako…
मन परे हरियो, नपरे रातो
1
4
लौ है अब कुखुराले नेपाल बन्द गराउला जस्तो छ !!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
9
2
बर्डफ्लु जाच गर्न बेलायत लागेको सुन्दा आचाम्म लग्यो | तेती जाबो नाथे पनि नेपाल मा चेक गर्न सक्दैन | येत्रा को नया नेपाल |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
4
नाथे होइन बर्ड फ्लुको चेक गर्ने काम |
मन परे हरियो, नपरे रातो
4
4
कुखुराले जुलुश निकाल्न बेर छैन | आखिरमा हाम्रा नेताहरु पनि बिदेशी सक्तिको अगाडी कुखुरा नै हुन् | ती कुखुराहरुले त जुलुस निकाल्दै आएका नै छन् | माफ गर्नुस है उत्तमजी राजनीतिकरण गरेकोमा | हाम्रो देशको राजनीति नै एउटा ठुलो ब्यङ्ग / ठट्टा भएको छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
2
ए भाई नेत्र तिमि त अन्दा मात्रै बच्थौ किन खुकुराको माया लागो …………….
मन परे हरियो, नपरे रातो
1
4
ठिक हो उत्तम जी यो मेरो कमजोरी हो/ तपाइको सल्लाह को कदर गर्छु/धन्यवाद उत्तम जी/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
6
I appreciate Gudiya ji for his/her response to Uttam’s comment.
Gudiya ji, you are really nice person to realise own weakness with thanks to Uttam ji.
This is an example of Bold personality, even if it is a very small matter.
मन परे हरियो, नपरे रातो
8
1
पोखराका पन्छी हरुलाई बर्डफ्लु ले सिद्दयाउने भयो/ कांग्रेसफ्लु,एमालेफ्लु र माओबादीफ्लु ले हाम्रो देस नै खत्तम पारयो/ पन्छी हरुलाई बर्डफ्लु रोकथामको लागि घेरा हालेर मारेजस्तै हाम्रो देसमा लागेको नेताफ्लु रोगलाइ जनताले चारतिर बाट घेरा हालेर सिद्द्याउन पाए पनि देसले सान्ति पाउने थियो/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
71
16
होइन, जे सम्बंदी समाचार भएपनि तेस्लाई राजनीतिकरण किन गर्नु पर्छ ह ? कहिलेकाही त समाचार लाई समाचार कै रुपमा ( literal sense मा ) लिम न, तेसो गरे कसो होला ? ही ही ही
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
14
कुरो चाहिँ ठीकै हो तर राजनीति रुचाउनेहरु धेरै रहेछन् । दिक्क नमान्नु न । यस्तै हो क्या ।
मन परे हरियो, नपरे रातो
1
1
poor chickens..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
9
छेतिपुर्ती दबाएर दिने भएछ फाइदा नभएपनि घाटा चाही नहुने भयो कुखुरा पालक हरुलाई …..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
9