मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अमेरिकामा कांग्रेसको झगडा

    कांग्रेसको झगडा देशमा मात्र सीमित रहेन।

    नेपाली जनसम्पर्क समिति अमेरिकाको दोस्रो एकता महाधिवेशनको सिलसिलामा गठित समितिको विषयलाई लिएर विभिन्न गुट उपगुटमा विभाजित अमेरिकामा रहेका कांग्रेसका कार्यकर्ता भर्खरै केन्द्रबाट आएको पत्रले झन् विभाजन बढाएको छ।

    तीन गुटमा त यसअघि नै विभाजित थिए यहाँका कांग्रेसजन।

    अब त चार तारे झण्डा भएको पार्टीमा अर्को चौथो गुट बन्न लागे जस्तो देखिन्छ।

    यस्तो छ समिति निर्माणको कथा–
    -संयोजक खगेन्द्र जिसी रहने गरी सात सदस्यीय दोस्रो एकता महाधिवेशन तयारी समिति गठन, जसको संयोजनकर्ता कांग्रेस नेता रामशरण महत र महेन्द्रध्वज जिसी थिए।

    –सात सदस्यीय समितिमा डा. सुरेन्द्र देवकोटा र आनन्द विष्टले भागवण्डा गरेर समिति निर्माण गरेको आरोप लागेपछि तेस्रो समूहबाट प्रतिनिधित्व हुने गरी आठ जनाको नाम थप भएको पत्र केन्द्रबाट प्राप्त।

    – ती आठ जना थपिएपछि अरु पनि थप्नुपर्छ भनेर संयोजक जिसीमाथि विष्ट र देवकोटा समूहबाट व्यापक दबाब जसको समाधानका लागि संयोजक जिसीले २० जनाको नाम थप गरेर केन्द्रलाई जानकारी, जसमा उपसंयोजक र महासचिवसमेतको व्यवस्था।

    – संयोजक जिसीको सिफारिसमा भएको थप २० जनाको नाम केन्द्रबाट अस्वीकृत भएको पुस १९, २०६६ को प.सं. २८९ संयोजक जिसीको नाममा केन्द्रबाट जारी।

    – संयोजक जिसी व्यक्तिगत भ्रमणमा काठमाडौं गएको मौकामा पार्टी सभापतिसँग भेट र सभापतिलाई यथार्थ जानकारी। अनि अर्को पत्र केन्द्रीय कार्यालयबाट प्राप्त, जसमा थप २० जनाको नाम अनुमोदित र मार्च महिनाभित्र अधिवेशन सम्पन्न गराउन निदर्शेनका साथ उत्तर अमेरिका प्रतिनिधि मृदुला कोइरालासमेत सदस्य रहने गरी भनेर केन्द्रले पत्र पठाएपछि अब नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट थप अर्को पत्र नआएसम्मका लागि एकता महाधिवेशन तयारी समिति (गर्नै नमिल्ने)३६ सदस्यीय बन्न पुगेको छ।

    अब के हुने सम्भावना?

    यसरी केन्द्रले बारम्बार आफ्नो निर्णयलाई आफै उल्टयाउँदै यो विषयमा पत्र पठाएको कयौँ पटक भइसकेको छ। यसलाई नौलो नमाने पनि सात सदस्यीय समिति ३६ सदस्यीय हुँदा पनि अमेरिकामा रहेका नेपाली कांग्रेस कायकर्ताहरू मिल्ने सम्भावना देखिएन। बरु यसको प्रतिफल अब अमेरिकामा चौथो नेपाली कांग्रेस गुटको जन्म हुन लागेको कुरा नबिन शेरचन, विश्व शाह र सुवास लामा बताउँछन्।

    उनीहरूको संयुक्त भनाई छ– ‘हामीलाई मृदुला समूह भनिन्छ, आखिर किन? हामी सँधै अर्काको झोला बोक्ने हो? हामीलाई किन यो आरोप, हामी कुनै समूहको मान्छे होइनौँ। हाम्रो आफ्नै छुट्टै समूह छ त्यो हो नेपाली कांग्रेस। हामी हाम्रो छुट्टै संगठन कांग्रेसको संगठन सुरु गर्दैछौँ।

    महामहिम राजदूतको सम्मान

    २० जना सदस्यको नाम अनुमोदित भएर आएपछि कांग्रेसको झगडा ढिलोचाँडो मिल्ने गाइँगुँइ थियो। तर विडम्बना एकता अधिवेशन तयारी समितिका संयोजकको संयोजकत्वमा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यलाई बिना सरसल्लाह सम्मान गर्ने
    कार्यक्रम राखेको भन्ने आरोप व्यापक थियो। कांग्रेसको झगडामा आगोमा घ्यु थप्ने काम यसैले गर्‍यो। यसको परिणाम तेस्रो र चौथो समूहले उक्त कार्यक्रम लगभग बहिष्कार गर्‍यो।

    यसै विषयमा मृदुला कोइरालासँग प्रश्न गर्दा उनी भन्छन्– ‘आफ्नो पार्टीको कार्यवाहक सभापतिको कार्यक्रम बहिस्कार गर्ने, परराष्ट्रमन्त्रीविरुद्ध पार्टी कार्यालयमा नारा लाउने अनि राजनीतिक पार्टीको भ्रातृ संगठन भएर कमचारीलाई के सम्मान गर्नुपर्‍यो? यो त अलि अस्वाभाविक भएजस्तो हामीले महसुस गरेका छौँ।’ केन्द्रबाट आएको पत्रको विषयमा कुरा गर्दा उनी केन्द्रबाट आएको पत्रहरूको संगालो छाप्न सल्लाह दिन्छन्।
    फेरि पनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट अर्को पत्र आउने सम्भावना
    छ भनेर प्रश्न गर्दा उनी भन्छन्– ‘ अब पनि सदस्यताको विषयलाई लिएर अर्को
    पत्र आएमा म कांग्रेसको साधारण सदस्यताबाट राजीनामा दिन्छु।’

    आनन्द विष्टलाई प्रश्न गर्दा उनी भन्छन्– ‘अब पनि नमिल्ने मानिसहरू आफै पाखा लाग्दछन्।’ यसै प्रसंगमा संयोजक जिसी भन्छन्– ‘एउटा कर्मचारीलाई काम गर्ने प्रेरणा र हौसला मिलोस् भनेर कार्यक्रम गर्न लाग्दा पनि साथीहरू असन्तुष्टि देखाउँदैछन्। म अचम्भित भएको छु।’




    No related posts.

    71 comments to अमेरिकामा कांग्रेसको झगडा

    • बीर

      अरु केहि होइन जात जनाएको होला नि | धोतीले भने झैँ “खोटा सिक्का जहाँ भी जाए खोटा हि होता है”

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • dinesh pandeya

      हे काँग्रेस महोदय हो तिमि हरु किन झगडा गछौ अब भन तिमीहरु ले कति अमेरिका बस्ने नेपाली हरुलाई हेल्प गराऊ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • Nirbhik

      कठै बरा कांग्रेसी बिचराहरु!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

    • Gaaunlay Harkay

      वास्तवमा भएको के रहेछ भने अमेरिकामा नेपालको राजनीति गरेर नेपालमा आफुलाई वा कुनै आफन्तलाइ वा प्रयोग गर्ने सक्ने व्यक्तिलाइ कुनै पद दिलाउ
      भन्ने आशय हो| देश बनाउ, सहयोग गरौ भनेर हो र? खटेर काम गर्ने र रेमिट्यान्स पठाउने त् कोरिया, अरब, जापान, मलेशिया आदिमा भएका हाम्रा मेहनती सन्तान हरु हुन्| पंचायातको अवसान काल नजिक अमेरिकामा नेपालका राजदुत भेख बहादुरले अमेरिकाका विभिन्न युनिभर्सिटीहरुमा गएर नेपालमा रामराज्य भएको कुरा गर्दा त्यहाका कतिपय अहिले चल्मलाएर उठ्नेहरुले तालमा ताली थपेका थिए| अमेरिका, क्यानाडा, युके जंहीको लोकतान्त्रिक छायामा बसे तापनि बानी चाहि त्यहिँ रहेछ उ कम्युनिस्ट, उ कांग्रेस, इतर र भितर, उ के र के| पंचायतको घोडा चढेर र पंचायती संस्कारमा अभ्यस्त भएका कतिजनाले अहिले पनि त्यही चश्माले हेर्छन| त्यँहा पनि त्यस्तै रहेछ| प्रभु र सभु भनेर गाली गर्छन इन्डियालाई, आखिर बाबुराम भट्टराइ बाबुआमालाइ देउता खोज्न हरद्वार लगेर गए, हिड्न देख्न पनि राम्ररी नसक्ने अवस्थामा पुगेका के पी भट्टराइले नेपाल आमाको पवित्र कोखमा बसेर बिताउन भन्दा हरद्वार नै रोजे| मुखले चै मेरो देश, मेरो मातृभूमी भनी आलाप्छान, स्वर्गादपी गरीयसी भन्छन अनि डीभी र पासपोर्ट लिन पहिले लाइनमा बस्छन| गराई र बोलाइमा किन यस्तो फरक? अमेरिका, क्यानाडा र युरोपीय मुलुकमा बस्नेहरु मध्ये कतिले आफ्नो पार्टीको नेता, जो धेरै जसो भ्रष्ट वा नालायक वा दुवै छन्, आउँदा आतिथ्य दियो र भाषण गर्न लगायो, आथितेय देखायो र बस अरु उपलब्धि केही छैन, यसैलाई खेती बनाएका छन्| जयराज आचार्यले अमेरिकामा बसेर नेपालको यु एन को एम्बसेडोर पड्काए, अमेरिकाबासी सुखदेव साहाको अमेरिकाको राजदुतमा मनोनित भएको थियो| नेपालको राजनैतिक दुर्गन्ध जँहा जँहा त्यस्ता मानसिकता बोकेका मानिसहरु छन् त्यहा फैलाउने नै भयो| हामी यो फोरममा लेखेर, बहस गरेर अलिकति भएर पनि भारी बिसाएको अनुभव गर्दछौ, तर वास्तविक स्थिती कस्तो छ भने “काग कराउन्दैछ, पीना सुक्दैछ”|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • pg

      हुदाहुदा अमेरिकालाई समेत छोडेन बाहुनबाद्ले | नेपाली कांग्रेसको अमेरिकी समीतिमा ३५ सदस्य मध्ये २२/२५ जना जति त बाहुन नै रहेछन | यी बाहुनहरुले कहिले नेपाललाई स्वाहा पार्नेहुन |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • Raj

      होइन/ यी भगौडाहरु जुन देशमा बस्या छन् त्यहिँ कि राजनीति गर्नु नि/ किन नेपालको समस्यामा झन् समस्या थापिरहा भने? बुझिएन/

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • ramesh

      हो मिरिदुला जी राजिनामा चै आजै दी हाल्नु होला किन कि काँग्रेस मा कोइराला जहाँ जहाँ छन् तेय्हा बिग्रिएको छ कोइराला को बिर्ता हैन नेपाली काँग्रेस

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • sanu

      What is the long term plan of these exported congress thugs. Are they planning to rule America? What we have seen so far is those in Nepal have brought Nepal to this stage and pushed it to the brink of failure. Hope wise American will not lets these wolves at least. The biggest risk is if these con artists can not survive in America and return back to Nepal they will not see their country as a result of their master in Nepal. If still something left and these new thugs get chance they will further make it sink to bottom of the ocean. That is what their track record shows.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • homraj bik

      यो बडो गजब को कुरा छ | विदेश मा बस्ने नेपाली हरुले त सिर्फ म नेपाली हु भनेर पो गर्व गर्नुपर्छ ! म उ कांग्रेस, त्यो कांग्रेस म एमाले इत्यादी इत्यादी ! ठिक छ नेपाल मा हुदा त आ- आफनो सिद्दान्त हुन्छ त्यहिँ अनुसार चलछन् , भोट खसालछन् ……… तर विदेश मा त नेपाली नेपाली बीच युनिटी हुनु पर्ने हैन र?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • पुष्प

      साँढे (बाहुन-क्षेत्री) को जुधाइ, बाच्छा (जनजाति) को मिचाइ !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 7

      • madan bajracharya

        पुष्प जी
        पहिलो पल्ट तपाईंको प्रतिक्रियामा जात् को कुरा देखें/ राम्रो पनि लागे नराम्रो पनि/

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

        • पुष्प

          मदनजी,

          मैले जातपातको कुरा गरेको होइन । तर हाम्रो देशलाई नियाल्नुस् र छातिमाथि हात राखेर गम्नुस्, के मैले भनेको कुरा गलत छ ?

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

          • kesu

            पुष्प जी,
            पढेलेखेका मैहुम भन्ने ले सोझा साझा लाइ पेले भन्नुस न पुष्प जी किन जति को कुरो.कोहि ठाउँ मा बाहुन ले क्षेत्री ले कोइ ठाउँ मा जनजाती ले , यो प्रथा पो नराम्रो त तेस्को जाति वा थर को के दोष येस्मा?
            तपाइँ को (…..) भित्र को ले अलि बिगार्यो के.
            जय नेपाल.

            मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

            • पुष्प

              सत्य कसैगरी छोपिँदैन केशुजी । अनि सत्य तीतो पनि हुन्छ; पचाउन पनि हम्मे नै पर्छ ।

              मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

            • Okhaldunge

              पढे लेखेका ले पेलेको भन्न खोजेको होइन मित्र,कुरोको चुरो, दुइसय चालिस बर्ष देखि बर्तमान सम्म शासन सत्ता कुकुरले हड्डी च्यापे झैं च्यापेर देशै आफ्नो बाउको अंश र आमाको दाइजो जस्तो ठानी मोज मस्ती गरेर देसै हरि कङ्गाल बनाएर बिश्वमा मागी खाने बनाए भन्ने कुरो पो त ,कस्तो नबुझ्नु भा को !

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

          • madan bajracharya

            पुष्प जी

            हरे मित्रको भावना कस्तो नबुझ्नु भएको? मेरो मुटुको हरएक धड्कन ले कसले कसलाई कहिले देखि कस्तो शोषण गरेका थिए; गरिरहेको छ भनि स्पस्ट बुझेको छुँ, सकेको हद सम्म तेस्ताको प्रतिकार गरेको थिएँ पनि पुष्प जी, र अहिले पनि गर्ने छुँ तर बाछाले जस्तै होयिन बकायिदा हामि पनि नागरिक हौँ भनि गर्ने छुँ र हेला अझै गरे मेरो त् यो छ तेरो के छ कहाँ छ भन्न पनि पछी हट्दिन पुष्प जी/ संबिधान कुर्दै छुँ गैर संबैधानिक बन्न हामि चाहन्नौ/ बस कुरा येही हो/

            मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Tilak USA

      घरै पिंडालु बनै पिंडालु ससुराली जादा १२ हातको पिंडालु भनेको जस्तो देशमै कोइराला बिदेशमै कोइराला अमेरिकामा पनि कोइराला ? कांग्रेस त कोइरालाहरुको बिर्ता नै हो कि के हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • tulsi

      मान्छे संसारको जुन मुलुकमा ;संसारको जुन कुनामा पुगेपनि रास्ट्रीय स्वभाव कहिले पनि जादैन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • tulsi

      विचार र सिद्धान्त को राजनीति गर्ने भन्दा पद र पावरको राजनीति गर्ने ले सधै येस्तई गर्छन/ हड्डीको टुक्रामा कुकुरको झगडा/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • tulsi

      अमेरिकामा बसेर नेपालमा समानुपातिकमा पर्न चाहने हरुको भिडले गर्दा कहिले झगडा नटुंगिएको हो/

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Himalee

      व्यक्तिगत स्वार्थ हाबी भए पछी येस्तई हो, नेपाली राजनैतिक पार्टीहरुको साझा सरुवा रोग हो यो तर अब चाही विदेश तिर पनि सरेछ चेतना भया /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Sasang Lama NY

      हन अमेरिकामा आएर पनि यो नेपाली जन संपर्क समिती(कांग्रेस) खोल्नुपर्ने किन ? कांग्रेस मात्र् किन? माओवादी, एमाले, फोरम आदिका नाममा पनि किन खोल्ने? बरु धराने समाज, धन्कुट्टेली समाज, पोखरेली समाज, ताप्लेजुङ्गे समाज, धुलिखेली,बनेपाली र ओलाङ्चुङे समाज पो खोल्नु पर्छ| कांग्रेस संपर्क समिती खोले पछी कांग्रेससंग बिमत राख्ने नेपाली त्यसभित्र छिर्ने कुरै आएन! अनि बिदेशमा पनि फाटो बनाइ हाल्यो नि संपर्क समितिले| आफ्नो मथिङ्गलले र आर्थिक क्षमताले नभ्याउने नेपालबारे अब्यवहारिक कागजे दृष्‍टिकोणहरु राख्नुभन्दा प्रत्येक् बिदेशमा बस्ने नेपालीले आफ्नो जन्मथलो गाउँमा एउटा प्राथमिक पाठशाला, एउटा पुस्तकालय, एउटा स्वास्थ्य चौकी र खानेपानी र लघुजलबिद्युत क्रमबद्वरुपमा बनाउंन जती पनि सक्छन | यसको लागि राजनीतिक संपर्क समिती होइन कि एकै ठाउँबाट आएकाहरुको संपर्क समिती चाहियो | वाशिङ्टन निवासी तेह्रथुमेली बसन्त तथा हेमन्त श्रेष्ठलाई तेह्रथुमको एउटा दुर्गम गाउँमा एउटा पुस्तकालय खोल्न कुनै गाह्रो पर्दैन होला, उनिहरुले होस्टे भन्यो भने हैंसे भन्ने निस्किहाल्छ| भर्जिनियाका डा मणिक श्रेष्ठ र राजश्री श्रेष्ठलाई धनकुट्टा क्षेत्रको कुनै दुर्गम् गाउँमा एउटा प्राथमिक स्कुल खोल्न केहीले रोक्दैन। म कसको मात्र नाम लिउँ ! अमेरिकामा दशौँ बर्षदेखि बस्दै आएका मेरा साथीहरु प्रशस्त छन। अरुलाई यो गर, त्यो गर भन्ने तैंले चाँहीं के गरिस? भनेर जिज्ञासा आउनु स्वभाविकै हो| काठमाडौँ, न्युयोर्क, क्यानाडा र दार्जिलिङमा बसोबास गरिराखेका हाम्रो समुदायले मननयोग्य आर्थिक सहयोग गरेर काठमाडौमा एउटा हाम्रो आफ्नै सामुदायिक भवन् निर्माण हुँदैछ र त्यही भवन् मार्फत हामी हाम्रो गाउँको भावी बिकासलाई टेवा दिनेछौं । एउटा सानो गाउँको ठुलो मुस्कानबारे व्रितान्त लिएर म पाठकसामु छिट्टै आउनेछु।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    • तपाईको लेख मलाई अली पुरबाग्रही लाग्यो तपाईले Doctori कुन subject बाट गर्नु भयको हो?किना की तपाई को कमेन्ट कुनै बिध्वान डॉक्टर ले गर्ने जस्तो छैन
      प्रभात
      Netherlands

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • Rajman

      आन्तरिक बैधानिक आभ्यासको कमिले गर्दा अनुसासन हिन हुन पुगेको हो l यी सबै गुट हरुको पछाडी केन्द्रका नेताहरु नै लागेका छन् I नेपाली congressma हनुमानतन्त्र हाबी भए सम्म एस्तो घटना घटिनै रहन्छ I र देशमा बाकी भएको सामन्ती कसिंगर हरु हुन् यी सबैI देशको एक मात्र लोकतान्त्रिक पार्टीको एस्तो हबिगत हुनु सम्पूर्ण देशकै दुर्भाग्य हो I पार्टीको संरचना र संगठनिक स्वरूप नफेरी, नेताहरु नै अनुषासन मा बसी सबै कार्यकर्ताहरुलाई पार्टीको बैधानिक नेत्र्वितो अन्तर्गत ल्याउने अभ्यास सुरु नगरेसम्म यो स्थिति रहीनै रहन्छ I

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • dipak

      जे होस् आफ्नो नाम परेनछ लिस्ट मा- तेस्मै खुसि छु म त/ होइन अमेरिका मा पनि कांग्रेस को राजनीति गर्न समय कसरि निकाल्नु हुन्छ हो साथि हरु हो ?

      दिपक
      टेक्सास अमेरिका

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • cRIS

      नेपालबाट कांग्रेसी नेताहरु आउदा, धुपौरे गर्न यी “हल्लुड़े” हरुको झुण्डमा पनि तानातान-हानाहान…! जहाँ गएपनि, जसो गरेपनि-यो “सोचाई” त नेपाली हो…ल ल ल|

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • गगने

      हा हा हा !!! काङ्रेस! कोहिकोही ग्रह लाई तारा ठानेर बस्ने र रक्तअन्धोले सिम्साझै सपना देख्ने हरु आझै पनि काङ्रेस,काङ्रेस देश बनाउनेछ देश बन्ने छ भनेर सपना देख्न खोज्दैछ!आन्खा अगाडिको वास्तविकता नदेख्ने, जे देखेको छ भ्रममात्र bujhne र सत्य लाई स्वार्थले ढाक्ने अनी सुस्त मनस्तिथी र अर्धमानशिकताले गाजेको दिमागबाट सोच्नेहरु काङ्रेस चेतेर फेरी देश सपार्न आउँलाकी भन्ने स्याल ले झै र्याल चुहाउदै सोमा शर्माले झै सपना देखिराकाछन!
      यथार्थ, जत्ती छोटो काङ्रेस को अन्त हुन्छ तेत्तिनै छिटो देशको नयाँ युगको सुरुवात हुन्छ! यो देशमा अहिले सम्मा आयको सम्पूर्ण समस्याको मुल नै काङ्रेस हो तेसैले वास्तवमा समस्यानै काङ्रेस हो! तेसैले काङ्रेसको समुल अन्त र सफाइ नै देशको अग्रगामी शुभ्-साइत हो!
      (काङ्रेस:मेरो मतलब शब्द र पार्टी नभयर प्रब्बित्ती भयको कुरा जाहेर गर्दछु!)

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • Kapil Nepal

      यो कांग्रेस पार्टी भनेको टट्टी र भट्टी भरने को गुट हो. हामी नेपाली ले “नेपाली” भन्ने बिर्सेको देख्दा सारही दुख लाग्यो. दसौहजर किलोमीटर टाढा आफ्ना परिवार, जन्मथालो छोडेर केही धन कमौना, उच्हा शिकछाया आर्जन गर्न भनी आएका ईनी नेपाली आफ्नो काम कहो, हामी को हो भन्ने बिर्सेर कोठे राजनीती गर्दै २० जाना नेपाली भएको ठाउ माँ पनी पार्टी खोलेर, दिनदिनै मीटिंग बस्दै नेपाली भएको माँ गरब गर्न छोडेर तीज, दशैं, तिहार, नया बर्ष सबै नेपाली मिलेर नमनैकन “नेपाल जनसम्पर्क समिती” को कार्यक्रम भन्दै राजनीती गर्ने भाडा का टट्टू देखेर धिक्कार लग्छा. यिनी जस्तै बिबेक हिन् हरु ले गर्दा यो देस “नेपाल” को यो हालत भएकोहो.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • Jillabashi Baburam

      साथीहरु हो,
      १. अमेरिकामा सक्नु हुन्छ भने नेपालीहरुलाई एक जुट पारेर (फुटाएर हैन) अमेरिकी राजनीति मै भाग लिनुस, योगदान पुर्याउनुस! जस्तो कि नगर (city), काउन्टी, राज्य (state) र केन्द्र (federal) स्तरका विभिन्न पदमा अन्य देश बाट आएका आप्रबाशी अमेरिकीहरुले सेवा पुर्याई रहेका छन्!
      २. अमेरिकामा रहेको नेपाली बौद्धिक/प्राज्ञिक र आर्थिक शक्तिलाई एक गोल पारेर नेपालमा समय मै संबिधान बनाउनु पर्ने कुरामा दबाब समूह, नागरिक समाज को काम गर्नुस; संबिधानमा के लेख्ने भन्ने कुरामा गुणात्मक खुराक दिने प्रयास गर्नुस; देश जब जब पार्टीगत दल दल मा फस्छ तब तब भिष्म
      पितामहले या बिदुर ले जस्तै सहि अर्ति सम्प्रेषण गर्नुस! यदि तपाइँ नेपाली भन्ने झन्डा मुनि आबद्ध भएर सुझाब दिनु हुन्छ भने सबैले तपाइको बोलीको कदर गर्ने छन्, सुन्ने छन्!
      यदि तपाइँ हरु अमेरिकामा एकबद्ध हुन सक्नु भयो भने जब जब पार्टी हरुले देश का टुक्रा टुक्रा भारत लाई बेच्न थाल्छन र भारतले नेपाल मा ज्यादती गर्न थाल्दछ त्यति बेला तपाइले अमेरिका बाट फुकेको एक सिठीले पनि ठूलो काम गर्न सक्छ – त्यो सिठी दिल्ली पुर्याउन होस् या संयुक्त राष्ट्र संघ!

      होइन भने त ४ तारे, ५ तारे, काले, माले, झाले झन्डा बनाउदै गुट हरु खोल्नुस
      या ग्यास स्टेसन, रेस्टुरेन्ट खोल्नुस तपाइको आफ्नो स्वार्थ र रोजगारीको लागि, नेपाल को लागि के मतलब! नितान्त तपाइँ हरुको रोजगारीको लागि! अमेरिकामा आएर जुटाउने लाइ जय जय, फुटाउने लाई धिक्कार!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • Ganesh Gurung

      नमस्कार बिदेशमा गएर पनि सबैलाई समेट्ने गरि एउटा नेपाली छाता संगठन बनाउन पर्नेमा राजनिते गर्दै पार्टीको झन्डा बोक्दै hiddaiharulaiम कुकुर भन्छु .किनकि यहाँ दुइ पैसा कमाउन आएको होकी राजनिते गर्न.नेपालमा राजनीतिले गर्दा देश बर्बादी तिर धकेलेको छ.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • डा. सुरज श्रेष्ठ

      कसैलाई सराप्नु छ भने “तेरो घर मा कांग्रेस पसोस” भन्ने २००७ साल पछि को उखान अझ सम्मपनि सुन्न पाइन्छ । केहि वर्ष सम्म राजा महेन्द्र र राजा बिरेन्द्रले नेपाली कांग्रेसलाई पाखा लगाएर थाम थुम गरे । नेपाली कांग्रेस पसि सकेको ले राजा ज्ञानेन्द्र ले थाम थुम गरेपनि नेपाल बाट राजतन्त्र नेपालबाट सखाप भयो । साथै एक मात्र हिन्दु राष्ट्र पनि रहेन ।
      आधा नेपाली कांग्रेस पसेकोले नेकपाएमालेलाई राजा ज्ञानेन्द्रको पालामा दुख पायो। माओबादी भित्र पसेर नेपाली कांग्रेसले माओबादीलाई हाल को हालत मा पुर्याएको छ ।
      श्री पशुपतिनाथको देसपनि हिन्दु राष्ट्र न रहेकोले अब श्री पशुपतिनाथले नेपाली को रक्षा गरुन भन्ने पनि छैन।
      नेपालमा नेपाली कांग्रेस पसेर नेपाल सखाप पार्नबाट कसले बचाउने हो ?

      डा. सुरज श्रेष्ठ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 13

      • madan bajracharya

        सुरेन्द्र जी
        मन पर्यो/

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • द्रोण

      अवसर बादी हरु !! नेपाल मा पत्ता साफ हुन् आटी सक्यो,बिदेस मा बस्या छ ,हल्ला गर्या छ | देस मा गएर कांग्रेस लाइ बलियो बनाउनु ,आगामी निर्बाचन मा बहुमत ल्याएर एकमना सरकार बनाउनु नि |

      २०४६ साल पछी लामो सासन गरे ,देशलाई यो हबिगत मा पुर्याए | अब अनुमान गरौ अमेरिका मा पनि येस्ता तत्त्व बढे , बढ्दै बढ्दै गए , अनेरिकी सरकार ले अर्को गिरिजा कहा बाट खोजेर ल्याउने ? नत्र कल्ले सम्हाल्ने यिनीहरुलाई !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 3

    • ढकाल

      यो देश पक्कै ब्युझंछ जयनेपालको नाराले………..??!! ridiculus ! गीत आफै काँग्रेस लाइ व्यंग्य गर्छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

      • गगने

        हैन ढकाल जी, त्यो पुरानो भयो! नयाता जनताले सोच्छन र बुझछन यसरि,
        “यो देश पक्कै सक्किन्छ जय नेपालको पाराले–!!”
        “कोपरेर घायल पारि भ्यायो देशलाई, कांग्रेसीको दाह्राले–!!”
        यहिहो सत्य यहि हो बास्तबिकता!

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 10

        • madan bajracharya

          गगने जी
          सटिक र मन पनि पर्यो/ अब कांग्रेस सुध्रिएर आए के होला के गर्ला भन्न सकिन्न तर अहिले सम्म कांग्रेसी हरुको प्रबिती तपाईंले चित्रण गरेकै जस्तो नै बास्तबिकता हो/

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

          • mahesh

            ठीक भन्नु भयो गगने जी
            धन्यबाद

            मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • sudarshan

      अमेरिका को झन्डा मुनि बसेर कांग्रेश को झन्डा माथि सुत्ने कांग्रेश जन हो झगडा नै गर्ने हो भने नेपाल जाउ ,जातिय राज्य बिरुद्ध लड, होइन भने खुरु खुरु पैसा कमाऊ नेपाल पठाऊ ! त्यो तिमि हरु को आफ्नो देश होइन , तिमि हरु साथी साथी लडेर नेपाल को भबिश्य बन्ने पनि होइन र गिरिजा को पारिवारिक हैकमबाद बन्द हुने पनि होइन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 4

    • Neerman

      First of all, I am totally against the party system in Foreign land. Why Nepali Congress, or UML or Moaist or any political party to be established here. I donot see any reason to do politics in US. My question is are they doing politics for US or Nepal. If its for Nepal, then what are you doing in US? Go back to Nepal and play dirty games. If you guys are doing for the betterment of Nepali living in US and help them, then there is no need of political parties here…I completely surprised when they fight even here in US for Nepali politics..makes no sense

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 4

    • krishna ( Maryland , USA)

      संस्कार कै कुरो न हो ? स्थान ले कत्ति नै फरक पार्छ र ? नेपाल मा एक्काइस दल संग कुरो मिलेर बाडफाड भाको छ भने यता अमेरिका तिर पनि मिल्ला / आखिर एक दल भित्र अनेक गुट कांग्रेस को गुण नै हो क्यार ?

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

      • mahesh

        कांग्रेस को जन्म नै झगड़ा गर्न भएको हो र सबै भन्दा महत्वपूर्ण कुरा यो कुनै सैदान्तिक बिषय लाइ लिएर भेजो हैन. आफ्नो स्वार्थ को लागी कान्ग्रेस्सी झंडा मुनि जम्मा भएका भीड़ को स्वार्थ को टकराव हो यो.अमेरिका माँ मात्र होइन, बेलायत माँ ता अझै दुई वटा गुट थियो कांग्रेस को. देश भित्र चाहि कांग्रेस को हालत दश वटा टाउको भएको रावण को जस्तो छ. एकै दिन माँ कोही पूर्व, कोही पश्चिम , उत्तर, दक्षिण लगाएत दश दिशा माँ फर्केर दश वटा बिरोधाभास कुरा गरिरहेका हुन्छन कांग्रेसी नालायक हरु प्रजातंत्र को नाम माँ. एउटा कांग्रेस नेता पूर्ब फर्किएर सरकार को बिकल्प खोजीरहेको हुन्छ, आर्को तेहि पल पश्चिम फर्किएर यो सरकार को बिकल्प छैन भानिराहेको हुन्छ. आर्को कांग्रेस नेता दक्षिण फर्किएर उच्चस्तरीय संयंत्र को बिरोध गारी रहेको हुन्छ भने आर्को तेहि बेला उत्तर फर्किएर येसको समर्थन गरिरहेको हुन्छ. बास्तव माँ नेपाल माँ १२ महीना गाईजात्रा देखाउने भनेको नै कांग्रेस हो. एस्मा बिपि जस्तो बिचार दिन सकने मान्छे र गिरिजा जस्तो हवालदार, शैलजा जास्ती त्यागी र सुजाता जस्तो भ्रस्तचार को भाकारी,भीम बहादुर तमांग जस्तो सादा जीवन जिउने मान्छे र गोविंदे, खुमे जस्ता घुस का भाकारी, नरहरी जस्तो बिचार माँ पक्का र देउबा जस्तो होस्ल्यांगे र रामचंद्र जस्तो पिपलपाते आदि सबै अताउछन, किन भने यो सिद्दांत लाइ लिएर बनेको नभई स्वार्थ को लागी जम्मा भएको भीड़ हो.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 9

        • madan bajracharya

          महेश जी
          ठिक भन्नु भयो/

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

        • राजु

          महेश जी,
          हरेक दलमा लोभी पापी स्वार्थी छन्, ने का मा ज्यादा होलान | ने का ले डिक्टेटमा बिस्वाश गर्दैन त्यसो हुँदा सबैले आ-आफ्नो धारणा आ-आफ्नै ढङ्ग ले ब्यक्त गर्न सक्छ | ने का मा लाग्नेहरु ले कुनै राजनैतिक कोर्स गर्दैनन् त्यसो हुँदा उनीहरु कुनै खास सैलिमा वा खास बाद/सिद्दान्तमा रहेर बोल्दैनन/ बोल्न जान्दैनन् पनि | त्यसैले ने का विचार सुन्य जस्तो देखिन्छ (लगभग सत्य पनि हो )|बि.पी.को अबसान पछी ने का को समाजबादी सिद्दान्त लाई समयानुकुल विकास गरि प्रभावकारी ढंगले लागु गर्न कसैले सकेन | हुन त बि.पी ले पनि अबधाराना मात्र ल्याए प्रस्ट ब्याख्या गरेनन | बाम्पन्थीको समाजबाद र ने का को समाजबाद एकै हुनु पर्ने हो (बि पी कै भनाइमा ) तर त्यस्तो भएन | बि पी का एक महान गुरु मार्क्स पनि हुन् | राजनैतिक रुपमा भने ने का स्वोछन्दबादी हो त्यसैले तपैले भनेका सबै मानिस यस दल मा अटछन् | त्यसै भएर मैले माथि भनेको छु बामपन्थी हरु ने का को विकल्प हुन सक्दैनन् र ने का नेपाली राजनीतिमा शक्ति को एउटा खण्ड भएरै रहने छ | मासबेस दल भएको हुनाले पनि ज्यादा झगडा जस्तो लाग्छ तर बामपन्थीहरुको जस्तो भुसको आगो यस दलमा छैन | बरु झगडा कम छ ढाकछोप छैन, अरुमा झगडा बढी छ र ढाकछोप पनि |
          ने का मा या त गतिशील नेत्रित्वोको विकास हुनु पर्छा या त या त अरु कुनै लोकतान्त्रिक दलको विकास हुनु पर्छ नत्र ने का यी भाते हरुले अरु शासन गर्ने छन् ( कम्युनिस्ट दलहरु ने का को विकल्प होइनन )|
          जय होस् |

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

          • mahesh

            राजू जी
            हिजो सम्म तपाई ले भनेको कुरा एक हद सम्म सही हुन सक्थ्यो(बामपंथी दल नेका को बिकल्प होइन भन्ने माँ). कम्युनिस्ट र कांग्रेस एक अर्का को बिकल्प हुने सकदेन,होइनन पनी र टी त आबश्यकता अनुसार प्रतिद्वंदी र शत्रु माँ परिणत भैहाल्दछां बर्गीय स्वार्थ का कारण ले पनी . तपाई ले भन्नु भएको एउटा कुरा बुझिन, ” ने का का कार्यकर्ता ले कुनै कोर्स गरेका हुदेनान भन्ने” बारे माँ. उसो भए तपाई किन कांग्रेस लाइ समर्थन गर्नु हुन्छ? एक हद सम्म माँ त राजनितिक लक्ष माँ प्रस्ट होलान नि? मेरो कुरा गर्नु हुन्छ भने म समाजबाद (मार्क्स को परिभासा अनुसार) को निर्माण को लागी बामपंथी दल लाइ समर्थन गरेको हो. येदी नेपाली कांग्रेस का नेता कार्यकत्रा बिचार माँ प्रस्ट नभए पनी (तपाई को भनाई माँ कुनै राजनितिक कोर्स नगरी लागेका हुन)कांगेस माँ लागेका हुन भने त्यों मैले माथी भने अनुसार ” स्वार्थ को लागी बिभिन्न किसिम का मान्छे कांग्रेस माँ लागेका ” भन्ने भनाई लाइ पुष्टि गरेन र? हो, हिजो का दिन माँ माओबादी ग़ाऊ ग़ाऊ माँ नपूगेको बेला कांग्रेस को बिकल्प थिएना , जस्तै राणा बिरोधी संघर्ष माँ बी पि ले अशिक्षित जनता को कारण ले गाउ गाउ का मुखिया जिम्मुवाल लाइ कांग्रेस माँ समाहित गरेका थिए, तर आज कांग्रेस पोखरी माँ तैरिएको झार को अबश्था माँ छ, जसको ज़रा ज़मीन(आम जनता ) माँ छैन र हावा को झोक्का ले पानी माँ जस्तो तरंग ल्याउछ तेतई बग्न बाध्य हुने जस्तो. नत्र आफ्नो महाधिबेशन बाट निति,कार्यक्रम र लक्ष्य माँ संसोधन नगरी, झंडे ६ दशक सम्म संबैधानिक राजतंत्र को पहरेदार बनेको कांग्रेस, कसरी गणतंत्र को लहर आएको ले गणतंत्र माँ जान बाध्य भयो? एस्ले के जनौछ भने कांग्रेस को केहि सिद्दांत छैन र ग़ाऊ गाउ सम्म भएका ज़रा पनी काटिएका छन. अब कांग्रेस ले आम जनता को प्रतिनिधित्व गर्ने दिन गयो. अब कांग्रेस ले केसू जी ले पहिला को कमेन्ट माँ गर्व गरे झै धमाला हरु जस्ता को पत्रुकार को संग्ठान, फैसला बिक्री केंद्र का दलाल भीमार्जुन हरु जस्ता को संगठान माँ मात्र हो कांग्रेस सिमित हुने. तपाई ले कांग्रेस कहिले सिद्दीदेंन भन्नु भयो, समय परिस्थिति अनुसार परिबर्तन हुन नसक्दा दाईनोसर कसरी सिद्दियो, कांग्रेस को नियति तेस्तै हो.

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

            • राजु

              महेश जी
              तपाईका कुराहरुमा केहि सत्यता छ | आजका बामपन्थिहरु आफु लाइ प्रजातान्त्रिक/लोकतान्त्रिक भन्छन तर जब सम्म मावोबादी/लेनिनबादी राजनैतिक विचारधारा मा प्रतिबद्द रहन्छन, बिस्वाश गरिहाल्ने अवस्था छैन | समाजबादी राजनीतिको कुरा गर्नु हुन्छ भने मैले भनि सके ने का ले पनि सिद्दन्तात: अगाल्ने आर्थिक नीति समाजबादी नै हो | ने का र बाम का बिचको फरक राजनैतिक सिद्दान्तमा हो | बम्हारुले आज पनि लोकतन्त्रको कुरा गर्दा नियन्त्रित लोकतन्त्रको(बहुदल) वोकालत गर्दैछन ( सी पी गजुरेल र बाबुराम को कान्तिपुर/बिबिसी को बार्ता ) भने ने का पूर्ण लोकतन्त्रको(बहुलबाद) वोकालत गर्दैछ | जसरि ने का ले समाजबाद लाइ बस्तुपरक स्तिथितिमा आत्मसात गर्न सकेको छैन त्यसरी नै बामपन्थीहरुले लोकतन्त्र लाइ आत्मसात गर्न सकेका छैनन् | म ३४/३५ सालबाट बाम राजनीतिमा लागेर पुर्बी युरोप मा बाम्पन्थीको पतन र तत्कालिन सोभियत संघको बिघटन पछी कम्युनिस्ट राजनैतिक दर्शन (समाजबादी पाटो हैन ) ठिक नलागेर बाम राजनीति छाडेको हो | नेपालमा ने का प्रजातन्त्रको ठेकेदार र बामहरू समाजबादको ठेकेदार आफु लाइ नै ठान्छन , मेरो बुझाइमा दुवै लाइ नेपाली धरातलको आवस्यकता अनुसार सन्तुलित रुपमा लान सक्ने र त्यो भिजन भएका नेता मदन थिए तर उनको हत्या(??) पछी एमाले दोबाटोमा उभिएको छ | मावोबादी ले प्रजातन्त्र दिन्छ भन्नु गधा धोएर गाइ हुन्छ भन्नु जस्तै हो | ने का को राजनैतिक धरातल त यतार्थ छ तर नेता जति फटाहा | यस्तो अबस्थामा खराब हरुको असल छान्दा ने का लाइ समर्थन हुन पुगेको हो |
              बि पी ले राना बिरुद्द मुखिया/ जिम्मावाल लाइ संगठित गरेका थिएनन (तिनीहरु मध्ये धेरै क्रान्ति पछी ने का मा लागेका हुन् अरु खुकुरी दल र प्रजा परिसदमा) | जब तिनीहरु ने का मा छिरे तब बि पी ले भनेका थिए ….सुकिला मानिस हाबी हुने छन् र त्यहिँ भयो पनि | जब उनले राज्य रजौटा र बिर्ता उन्मोलन गरे तब राजाले उनको पनि उन्मोलन गरे उसबेला सम्म ने का नै गरिब हरुको दल थियो | तर आज त्यो अवस्था छैन |
              हावापानी अनुकुल आफुलाई परिबर्तन गर्न सकेन भने पुर्बी युरोपमा कम्युनिस्ट सिद्दीए जस्तो ने का पनि सिद्दिन्छ तर उसले गणतन्त्र लाइ स्वीकार गर्न सकेका ले उ परिबर्तन संग चल्छ भन्ने हो | त्यसैले ने का मसिदैना भन्ने मेरो तर्क हो | ने का सकिन का लागि अर्को लोकतान्त्रिक दलको आगमन हुन पर्छ र अहिले सम्म त्यस्तो देखिएको छैन |
              मलाई लाग्दैन ने का का जरा काटिएका छन्, बरु संगठन गर्न बाट गाउँ जान बाट रोकिएको छ ( तपाई भन्नु होला जनाधार नभएर हो भौतिक यातना र त्रास लाइ म जनाधार को कारण मान्दिन )| व्यक्ति/घर/गाउँ सबै तहमा अरुले मावोबादीको राजनैतिक बिरोध वा उनका क्रिया कलापको बैचारिक भण्डाफोर वा प्रतिकार गर्न सक्ने अवस्था छैन | त्यसो हुँदा ने का कमजोर भएको हो साथमा प्रशिक्षित कार्यकर्ता छैनन् र तल्लो तहमा बैचारिक सुन्यता जस्तो छ | तर उनीहरु ब्यबहारिक प्रजातन्त्र लाइ आत्मसात गर्छन | तर प्रजातन्त्रको ब्याख्या र बहस गर्न सक्दैनन् जब कि प्रशिक्षित कार्यकर्ता हरु ले ब्यबहारमा लुटपाट गरे पनि कुटपिट गरे पनि आफ्नो कुरा राजनैतिक सिद्द्न्ताका अधारमा(बर्गीय) पुस्टि गरि टोपल्छन |

              मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Bhimsen Limbu

      कुनै स्पष्ट मार्गनिदेशक सिद्धान्त नभएको, चुस्त संगठन प्रणाली नभएको, पैसा, पावर र परिवारवादी भएको, नीतिमुखीभन्दा नेतामुखी भएर चल्ने पार्टीको हालत यस्तै हुन्छ ।

      प्रजातान्त्रिक समाजवादका प्रवर्तक विपी कोइरालापछि नेपाली कांग्रेसका हकमा वैचारिक नेतृत्व दिनसक्ने सक्षम र सर्वमान्य नेतृत्वको अभाव सधैँ खट्‍किरहेको छ । गाउँ गाउँमा पुर्‍याउनका लागि पार्टीगत कार्यक्रमहरु त छैनन नै, कुनै राष्टिय एजेण्डाहरु पनि तय गर्न नसकिरहेको यसको नेतृत्वको कमजोरीका कारण नै यो पार्टीको हालत जर्जर भएको हो ।

      सबैभन्दा बढी प्रधानमन्त्री बनेका गिरिजा प्र. कोइरालासँग सधैँ प्रमको कुर्सी ताक्नुभन्दा अर्को आफ्‍नो पार्टी संगठनलाइ मजबुत बनाउने कुनै उल्लेखनीय योजना र कार्यक्रमहरु कहिल्यै भएनन् । भिरबाट लड्‍ने गोरुलाइ राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न …

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 2

      • kesu

        भिम जी,
        सबै कुरा मा सहमत छु तर ” कुनै स्पष्ट मार्गनिदेशक सिद्धान्त नभएको” भन्ने कुरा मा मेरो असहमति छ है, बि.पी. द्वारा परतिपादित सिद्दान्त स्पस्ट र मार्गनिर्देशक छ , तेस्मा संबैधानिक राजतन्त्र भन्ने छ अब त्यो एउटा कुरा को उपदेयिता रहेन. अनि अर्को कुरा यो सिद्दान्त भन्ने कुरा समय सच्सेप पनि हुनु पर्छा नि माओ ले भने जस्तै ठ्याकै तेही सिद्दान्त अब कहिँ कतै लागु गर्न सकियला र? बहुदलीयता ,वाक स्वोतान्त्रता, धार्मिक स्वोतान्त्रता नभई किन अब को मानव जीवन सम्भव छ जस्तो लाग्दैन, तेसैले “कुनै स्पष्ट मार्गनिदेशक सिद्धान्त नभएको” भन्ने कुरा मा मेरो असहमति मात्र है अरु पुरा जायज छन् तपाई को कुरा.
        जय नेपाल.

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

        • madan bajracharya

          कसू जी
          अन्यथा नलिनुश है, मेरो केहि प्रश्नहरु छन्/ के बि पी नभएको भए कांग्रेस पार्टी प्रजातन्त्र बादी पार्टी नै नहुने हो? के कांग्रेस पार्टी व्यक्ति को भरमा चल्ने पार्टी हो? किन कांग्रेस पार्टी प्रजातन्त्रको सर्ब मान्य सिधान्त मा आफै चलन सक्दैन? किन कांग्रेस पार्टी भित्र व्यक्तिको महिमा गान हुन्छ अझै र किन पार्टी सिधान्त मा नचलेर नेताको निर्देशन मा मात्रै चल्छ? किन पार्टी राम्रो भन्न व्यक्तिको नाम लिन परिरहेछ? पार्टी आफैमा राम्रो किन हुन् सकेनन?

          मैले यी प्रश्न हरु गरेको मूल कारण म पार्टी भनेको व्यक्ति को नीतिमा होयिन बिधि र बिधान मा चल्नु पर्छ भन्ने मा बिस्वास गर्छु/ दल भित्र व्यक्तिको होयिन दायित्वो बा पदको परिचय हुनु पर्ने हो भनेर मान्छु, अर्थात उदाहरणको निमित राजा तानाशाह हुन् भन्छु तर म ज्ञानेन्द्र तानाशाह भन्दिन/

          तपाईं ले फेरी भन्नु होला मावो बादीले एमाले ले किन मावो लेनिन स्टालिन को नाम मा पार्टी चलाए भनि/ म त्यो कुराको पनि बिरोधि छुन/ किन उनीहरुले पनि व्यक्तिको नाम को भजन गायिरे भनि आलोचना गर्छु/

          म कांग्रेसी नभए पनि कांग्रेस साथीलाई प्रश्न गरे/ उपयुक्त ठान्नु हुन्छ भने बुझाई दिनुस/

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

          • kesu

            मदन जी,
            तपाई को कुरा ठिक हो तर कुनै पनि सिद्दान्त बेक्ती बाट नै प्रतिपादित हुन्छा न कि समूह बाट तेसरी नै नेपाली कांग्रेस को सिद्दान्त बि.पी.ले तयार गरेका हुन् अरु सबै त्यो बाद को आनुयाई मात्र हुन्, बि.पी. भित्र को सोच सबै त्यो नेपाली कांग्रेस को बिधान भित्र नासमेतियाको पनि हुन सक्छा नि त होइन र तेसैले बेक्ती लाइ पनि पुज्नु र सम्मान गर्नु पनि नराम्रो भन्न सक्दिन म.
            हाम्रा चार सहिद हरु पनि हेर्नुस न मान्ने त ति सहिद को आदर्श र टिन ले देखायको बाटो हो नि यो भनेर हामीले ति चार सहिद लाइ न पुजीरहन सक्छौ र? तेस्तै गान्धी लाइ हेर्नुस , गौतम बुद्ध लाइ हेर्नुस तिनीहरु को सिद्दान्त पो राम्रो तर हामी गान्धी र बुद्ध लाइ बिर्सन सक्दैनौ नि त होइन र?
            अब रह्यो कांग्रेस को कुरो , बि.पी हुँदा सबै कांग्रेस हरु अनुसाशित थिया ठिक मार्ग मा थिया र त पार्टी ठिक थियो नि जब सत्ता मा पुगे अनि देख्नु भो बि.पी बिहिन कांग्रेस को कुताल. तेसैले संगठन को लागि बेक्ती पनि तेत्तिकै आबस्यक छ , कांग्रेस मा गिरिजा,कुजता,खुमे,चिरिन्जीबी, गोबिन्दे…जस्ता नेता नाभैदियाको भय अहिले यो हालत हुने थियन तेसैले बेक्ती पनि मुख्य कुरो हो.
            सिद्दान्त त कागज मा लेखिन्छा तर करेवोयाँना गर्ने त नेता करेकर्ता ले हो नि तेसैले तपैले भने जस्तै एउटा संगठन राम्रो संगठन रहन नेता नै असल हुनु आबस्यक छ .
            एमाले ले मदन भण्डारी लाइ मान्नु माओबादी ले माओ लाइ मान्नु पनि मा नराम्रो मान्दिन यो अर्थ मा, माओबादी ले पनि माओ ,लेनिन र स्टालिन हरु कै नाम बेचेका छन् जसरि कांग्रेस ले बि.पी.को होइन र?
            जय नेपाल.

            मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

          • kesu

            मदन जी .
            अर्को कुरा सबै राजातन्त्र तानासाह हुने होइनं ,जापान,स्पेन,बेलायत,नर्वे, लगायत कयौ देश मा हेर्नुस त राजतन्त्र कायम छं अनि ति देश हरु मा राजा र जनता बीच को सम्बन्ध,पूर्ण प्रजातन्त्र.. कति सुन्दर छ, हाम्रो मा पनि राजतन्त्र सुन्दर हुन सक्थ्यो नि महेन्द्र,बिरेन्द्र,ज्ञानेन्द्र जस्ता राजा नभयको भय होइन र? तेसै ले कुरा रह्यो व्यक्ति को नै मेरो विचार मा है.
            अनि अर्को तिर पूर्ण गणतन्त्र हेर्नुस त उत्तर कोरिया, क्युबा,जिम्बाबे लगायत देश मा.
            जय नेपाल.

            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

            • देवराज जोशी, कैलाली

              अनि संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, लगायतका देस हरु चाहीँ पूर्ण गणतन्त्र होइनन र केसु जी?

              मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

              • kesu

                देबराज जी,
                कुरा अलि बुझ्नु भयान जस्तो छ मैले लेखेको; मैले भन्न खोजेको साशक जनता प्रति उत्तरदायित्व भयनन भने के राजतन्त्र के गणतन्त्र केहि फरक पर्दैन.राजतन्त्र हुदैमा नराम्रो र गणतन्त्र हुदैमा राम्रो हुँदैन भन्ने उदाहर्ण मात्र दियको मैले.
                जय नेपाल.

                मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

                • देवराज जोशी, कैलाली

                  कुरो त मैले बुझेको हो केसु जी, सबै राजतन्त्र तानासाह हुदैनन् तर हामीलाई अरुदेश भन्दा पनि नेपालमा चासो भएकोले नेपालको राजतन्त्रको कुरा गर्दा यसले सधै सामन्तवादलाई नै बढावा दिएको र प्रजातन्त्र फस्टाउँन नदिएको, तीस बर्षे पंचायती शाशनकालमा नेपाल जस्तै अर्थतन्त्र भएका कोरिया, मलेशिया, सिंगापूर लगायत कैयौ देशले आर्थिक क्रान्ति गरे पनि नेपाल गरीबीको दुश्चक्र बाट उम्कन नसकेको इतिहास हामीसंग भएकोले नेपालको राजतन्त्र लाइ म समर्थन गर्न सक्दिन, गणतान्त्रिक देशको उदाहारण दिनमा यहाँले अलि पूर्वाग्रही हुनुभाको जस्तो लाग्यो, टाढा नगएर छ्मेकी भारतकै उदाहारण दिए पनि हुने हो | माओवादीले सत्ता पाए तपाईंले माथि भनेका देश जस्तै बनाउछन भन्ने आशय होला सायद यहाँको, तर माओवादीले बहुदल,आवधिक निर्वाचन, अभिव्यक्तिको स्वतन्त्रता लाइ स्वीकार गरेकोले डराउनु पर्ने कारण छैन खालि राजनैतिक लाभ लिन मात्र अन्य दलले उसविरुद्ध अधिनायकवादको हल्ला फैलाइएको हो |

                  मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

            • madan bajracharya

              केसुजी
              तपाईं सिट झस्कि सकेको ले फेरी पनि भन्छु अन्यथा नलिनुस है भनेर/ तपाईं को कुरा बुझ्दै छुन म/ तपाईं ले भन्नु भयो नि ” हेर्नु भयो बि पी बिहिन कांग्रेस को
              कुताल … ” भनेर/ कुरा यहि हो मेरो पनि यौटा व्यक्ति को अनुपस्थिमा पार्टी यसरि बिग्रंदै गएको मा तेस्को नेताहरु अगतिलो भएको भनेरै मैले गिरिजा आदिको आलोचना गर्दै आएको/

              पार्टी व्यक्ति बात सन्तुलित हुनु कुनै सुरु मा ठिकै हो/ तर कांग्रेस को जन्म भएको आधा सताब्दी नाघी सके अझै सहि नेत्रित्वो नपाउनु भनेको कुरा अति गम्भीर कुरा हो/ बि पी को देह्बसान पछी आज सम्म एउटा गणेश मान बाहेक (तेस्लाई पनि लखेटे अहिलेको गिरिजादी ले होयिन? अरु गतिलो नेता कुनै देखिएन/ अब भन्नुस के तपाईं आफै के नेपाल को जिम्मा दिन सकिन्छ कांग्रेस को अहिलेको नेताहरु लाई?

              बुद्ध गान्धीको उदाहरण राजनैतीक दल को नेता हरु सिट गर्नु अलि उपयुक्त देखेन/ राजनैतिक दलहरु दलको सिधान्त र नीति तथा विधिको नेत्रित्वो मा चल्नु पर्ने हो व्यक्ति बिशेष को प्रभावमा होयिन/

              राज राम्रो हुन् सक्ला, प्रजा प्रेमी होला भगवान जतिकै निश्चल र पवित्र पनि हुन् सक्ला तर राजतन्त्र मा राजनैतिक शक्ति केन्द्रिकृत हुन्छ तेसैले राजा लाई तानाशाह भनिन्छ र सबै तानाशाह हरु नराम्रा पनि छैनन्/

              प्रजातन्त्रमा राजनैतिक शक्ति बिकेन्द्रिकृत हुन्छ रास्ट्रको मालिक जनता हुन्छ/ बिकाश कहाँ कसले गरे भन्ने कुरा जहान नेत्रित्वो राम्रो भएको चाहे त्यो तानाशासी राजालेनै नेत्रित्वो गरेको किन नहोस त्याहा बिकाश भएको छ/ र नेपाल जस्तो देसमा जहान भन्न त् प्रजातन्त्र आए भने तर नेत्रित्वो गलत भएकोले बिकाश भएन रास्ट्र र रास्त्रियेता नै खतरामा परेको महसुस गर्नु परिरहेछ/ तेस्को दोष दलमा होयिन टेका नेताहरुमा जान्छ/ तेसैले नेताहरुको आलोचना गरिन्छ/

              मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

              • kesu

                मदन जी
                झस्किनु पर्दैन फेरी सपनी मा पनि मलाइ देखेर झस्किनु होला नि ( आन्येथा नलिनुहोला)
                मेरो माथि को आसय येत्ति मात्र हो कि:
                **साशक जनता प्रति उत्तरदायित्व भयनन भने के राजतन्त्र के गणतन्त्र केहि फरक पर्दैन.राजतन्त्र हुदैमा नराम्रो र गणतन्त्र हुदैमा राम्रो हुँदैन**
                जय नेपाल.

                मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

                • madan bajracharya

                  केसु जी/

                  झस्किने भनेर तपाईं शिस्ट ता को कुरा उठाएको मात्र हो/ अर्को कुरा तपाईंले मेरो प्रसं को जवाफ दिनु भएँन बा दिन चाहनु भएन?

                  सारंसमा एक प्रसं गर्छु ” बि पी को अवशान पछी येत्रो बर्स सम्म कुनै योग्य नेता नदेखिएकोमा कांग्रेसपार्टी को कस्तो मुल्यांकन गर्नु हुन्छ केसु जी ले?

                  मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

      • प्रेम अर्याल

        भीमसेन जी, हो नेपाली कांग्रेसले बिगतमा धेरै गल्ति गर्यो, नाताबाद र कृपाबाद बाट अछुतो रहन पनि सकेन, यावत कुरा छन् तर सिदान्त र नैतिक हिसाबले काँग्रेस धेरै प्रस्ट छ, नेपालमा काँग्रेस को इतिहास पद्नुस, अहिलेका बामपन्थी भन्ने हरुले त हिजै ८औ महाधिबेसन मा काँग्रेस ले उठाएका १-१ वटा नारा दैलोमा झुन्द्याएर आफुलाई परिबर्तन कारी भंचन, २०३३ सम्म काँग्रेस पूर्ण बामपन्थी थियो, बि पी को रस्तिया मेलमिलाप नीति पछि मात्रै काँग्रेस नरम धारमा आएको हो, बि पी किन राष्ट्रिय मेलमिलाप नीति किन ल्याउनु पर्यो उनैको आत्मा बिर्तांत पद्नु होला
        काँग्रेस मा नित्रित्यो क्षमता नभएर होइन बल्कि सहि दिशा दिन नसकेर यो समस्या भएको हो, पूर्व तिर अझै पनि कम्निस्ट हरु झगडा गरे भने गालि दिदा तेरो घरमा काँग्रेस पसोस भंचन, तर आजकल त्यसलाई गलत व्याख्या गरिन्छ, येस्मा प्रस्ता हुन नरहरी आचर्यको नयपत्रिकमा २ महिना पहिला ”म अघि अघि काँग्रेस पछि पछि” भन्ने लेख पद्नु अरु जान्न मन लागे http://www.ncparliament.org.np मा जानुस
        काँग्रेसले हर एक एतिहासिक परिबर्तनको नेत्रित्यो गरेको छ, हेरी राख्नुस भबिस्यमा पनि उसै संग आउने छ
        राजनीतिक उताब चडाब लाई पतन भन्न मिल्दैन, जहा बिचार हुन्छ त्यहा बिबाद र बिबाद बिना कुनै समस्याको समाधान हुदैन
        मैले के बूजेको छु भने हर कोइ सैधान्तिक व्यक्ति व्यवारमा परि पूर्ण हुदैन, सिधान्त दिने एउटा पक्ष र त्यसलाई दिशा दिने अर्को पक्ष हुन्छ काँग्रेस मा यहि पक्षको न्युन प्रतिनिधित्यो छ

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

      • madan bajracharya

        लिम्बुजी
        ठिक चित्र कोर्नु भयो/ म त् कांग्रेस लाई बिहारीले टोकरीमा राखेर ‘सस्ता है” भन्दै टोकरीमा राखेर बेच्न ल्याएको बासि कुहिन कुहिन लागेको कास्मिर को स्याउ जसतै लाग्छ/ हेर्दा रातो खाउँ खाउँ लाग्ने तर खाएमा जिब्रे तताउने, आउँ लाग्ने/ त्यो भन्दा हाम्रो जुम्लाको स्याउ सानो भए पनि अहा क्या मिठो/ तर के गर्ने जुम्लाको स्याउ सहर बजार ल्याउन बाटो नै छैन/ लिम्बु जी मिलेर बाटो बनाउन प्रयत्न गर्ने कि; हाम्रै नेपालको रुखमा हाम्रै नेपालीले मल जल गरेर उमारेको स्याउ को बजार प्रबधन गरुन/ कति कुहिएको कास्मिरी स्याउ को बिज्ञापन मा झुक्किने हामि/ कास्मिरमा कास्मिरिले उमारेको कास्मिरे कै लागि राम्रो होला/ बिके पनि कास्मिरे कै लागि मात्र फाईदा हुने त्यो हामी नेपाली ले पचाउन नसकिने भनि प्रमाणित भई सके नि/

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • kesu

      कांग्रेस पतन भयको येस्तई कारण ले हो, चुनाव हुदै छ मस्ती म्यारिज र रक्सि को तल मा हुन्छन कांग्रेस जान हरु, भोटिंग हुदै छ रक्सि ले झाल्लिदै बसेका हुन्छा भोट हाल्न जादैनन्, बि.पी. को आदर्श र त्याग ले गर्दा बनेको पार्टी २०४८ सम्म ठिकै थियो अनि गिर्न सुरु भयो अझै अली अलि बाँकि रहेको साख लाइ बेचेर खादै छन् कांग्रेसीजन हरु, त्यागी कांग्रेस आज रुदै बस्दै छन् देश को हालत देखेर.
      अब फेरी खाटी बि.पी. अनुयाही न-निस्कने हो भने कांग्रेस बन्ने छ अर्को प्रजापरिषद अनि देश जाने छ १९ औ सताब्दी को मान्यता लाइ बोकेर हिडेका एकदलीय तानासाही को पक्ष्यपोसक को हात मा अनि बल्ल चेत खुल्ने छ कांग्रेस जान लाइ.
      जय नेपाल.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 71 Thumb down 6

      • Bhimsen Limbu

        कम्युनिष्टको विरोधी । कांग्रेसको आलोचक । बडो चासो लाग्यो । खासमा तपाइँको राजनीतिक धरातल के होला नि ? बताउन मिल्ला, केसुजी ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 35

        • kesu

          मिल्छ नि भिम जी ,
          म लोकतन्त्र , समाजबाद र रास्त्रियता प्रति बफादार बि.पी. को अनुयायी हु. तर येदी गिरिजा, सुजाता लगायत काग्रेसी हुन भने मलाइ तेस्तो मर्का को काग्रेसी होइन भने हुन्छ.
          जय नेपाल.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 9

          • madan bajracharya

            कसू जी
            घत लाग्यो है तपाईंको बिचार/ सबैले नभए धेरै यस्तै सोचे कांग्रेस को रुप बदलिने छ/

            मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

        • shreesh thapa

          केशु जी रक्सीले झोल्लिन त सबै पार्टीका हरु पनि झुल्लिन्छ्न अरु पार्टीलाई पनि किन अछुतो गराउने कांग्रेस को पटन हुदै जानु भनेको तिनीहरुको अहमतानै हो …………

          मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

        • Sasang Lama NY

          यी तिनै केसू हुन्, जो रातोदिन कांग्रेसको वकालत गरिरहन्छन ! यदि उनै हुनभने उनको आत्मालोचानालाई जश दिनुपर्छ है साथी हो! खेदो गर्ने काम चाहिं गर्नु हुँदैन | धरातलीय यथार्थलाई आत्मसात गरेर केसू आफ्नो आस्थाप्रति यसरी आक्रामक हुनु भनेको उनले नेपालमा आएको परिवर्तनलाई महसुस गरेको ठहरिन्छ| तर के थाहा , उनको यो क्षणिक आक्रोश मात्र हो कि ? तर केसुलाई म एउटा कुरा चाहिं के भन्न चाहान्छु भने गिरिजा र सुजाता एउटा सिक्काको दुइ पाटा हुन् | गिरिजा असल र सुजाता कमसल भन्ने हुँदैन, सिक्का नै खोटो भएपछी यो पाटो राम्रो र अर्को पाटो नराम्रो भन्ने ठाउँ नै रहेन | तर यसरि भन्दा मैले कांग्रेसको गौरवमयी इतिहासलाई नजरान्दाज गर्न खोजेको होइन | एउटा एतिहासिक पार्टी समय अनुसार चल्न नसक्दा हाम्रो देशलाई ठुलो हानि भैरहेको छ | वर्तमान सन्दर्भमा कांग्रेस नेपाली जनतालाई खाए खा, नखाए घिच भैरहेको छ | कांग्रेस नरहे प्रजातन्त्र मासिन्छ भनेर जनता अल्मल्याउने जमाना गयो अब ! सातसाले भिजनले चल्दैन ६८ सालमा ! नयाँ भिजन, नौलो नेतृत्व लिएर अन्य पार्टीलाई हाँक दिंदै कांग्रेस देखापरोस| अनुभवको हिसाबले त मावादी, एमाले र भुरे टाकुरे पार्टीहरुलाई कांग्रेसले डोर्यौन्दै देश बिकासमा लाग्नु पर्ने होइन र ? कांग्रेस अभिभावक बन्नुपर्ने होइन र ? चेतना भया !

          शशांक लामा
          न्युयोर्क

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • mahesh

        पहिलो चोटी केसू संग सहमत छू. धन्यबाद केसू जी
        बुद्दिमान मान्छे ले पहिलै घटना र परिणाम को आकलन गर्दछ, माध्यम स्तर को मान्छे ले परे पछि चेत्दछ भने मुर्ख ले जति परे पनी चेतदें,कांग्रेस येही तेश्रो कोटि को मान्छे हरु जस्ता ले नेतृत्व गरेको पार्टी हो.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 4

        • madan bajracharya

          महेश जी
          माने है मैले तपाईं लाई/ राजनैतिक परिपक्वोता देखें तपाईंमा/

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • mahesh

            धन्यबाद मदन जी

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • राजु

        कसू जी, ने का को नेत्रित्वो बिबेक हीन र भ्रस्ट भएको कुरा सत्य हो , तर ने का पतन हुन्न आरोह अबरोह हुनु अस्वोभाबिक हैन | ने का को राजनैतिक धरातल सहि र प्राकृतिक छ | बिगतमा त्यति धेरै दुख र दमनमा पनि ने का किन बाँच्यो ? यति धेरै बिगार गर्दा र फटाहा हरुले राज गर्दा पनि ने का किन नेपाली राजनीतिको शक्ति केन्द्र मा नै हुन्छ ? पूर्ण कालिन कार्यकर्ता नहुदा पनि संगठन गर्ने नेता नहुदा पनि किन ने का लाइ माया गर्ने मानिस देश भरि हुन्छन ? यति शक्तिसाली caderbase दलहरुका बिचमा यो massbase पार्टी किन बाँची रहेको छ ? किन भने यी सबैका बाबजुद ने का को राजनैतिक सिद्दान्त सहि छ | सत्तामा पुग्नु वा झर्नु वा चुनाब जित्नु वा हार्नु दलीय राजनीतिको गहना नै हो तर नेपाली राजनीतिमा हाल सम्म ने का को विकल्प छैन | कम्युनिस्ट हरु ने का को विकल्प हुन सक्दैनन् |
        यो massbase दल भएका ले विवाद हुनु र ति विवाद सहजै बाहिर आउनु सामान्य हो | बिजय जीको लेखमा सत्यता नभएको हैन तर त्यो थोरै नकारात्मक ढंगमा ब्यक्त भएको छ | अर्जुन नरसिंग को नाम मा उनका भाइले, कोइराला थरको नाममा मृदुलाले एकता प्रयासलाई भाड्ने खेल खेल्दा यो अवस्था आएको हो | देवकोटा समूह ले दर्ता गरेको जनसम्पर्क समितिले आधिकारिकता पाएको थियो भने बिस्ट समूह को संगठन ठुलो र बढी प्रभाव कारी थियो अरु कुनै समूह वा संगठन छैनन् | एकता गर्न मृदुला लाइ जिम्मा दिईएको थियो र एकता गर्न को साटो उनले दुइ समूह लाइ कम्जोर पार्दै आफु शक्ति हत्याउने खेल खेल्न थालिन र त्यसै लाइ तेस्रो समूह भनि पौडेल जी ले लेखेका हुन् उनि संग केहि स्वार्थी र महत्वकंछी लोभी पापी होलान तर त्यो कुनै समुहको रुपमा छैन | अब एकता हुन्छ र नमान्ने हरु पख लाग्ने छन् | ने का को के का ले गल्ति माथि गल्ति गरेकै हो आशा छ यो एकता को प्रयास सफल हुने छ |
        तलको लिंकमा हेर्नुस अमेरिकाको जनसम्पर्क समितिका बारे एउटा ने का कै नेता को धारणा |
        http://www.dcnepal.net/press_release.php?nid=689

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 10

      • laxmi lal

        तपाई त ठुलो नेता रहेछ औकात चै के हो ??? हावा कुरा गर्ने ??? काँग्रेस फटाहा हो तर तपैले भनेको जस्तो होइन | यो त माओबादी को भाषा भयो |

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • Okhaldunge

        ऋषि धमलालाई सम्मान र स्वागत् गर्ने कमुनिष्ट भनाउदा तथाकथित दक्षिण पन्थी एमालेको भात्री संगठन र निरङ्कुश पंचायती शासकहरुको साँडु भाइ कांग्रेसको भाग बन्डा नमिले पछी हल्ला खल्ला होइ रहन्छ,यो तिनीहरुको नानी देखि बसेको बानि हो!

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

      • ओखलढुंगे ,लण्डन

        साथी हो नेपालको कुन पार्टीको नेता पो गतिलो छन र ? सबैले जानेको कुरा हो, घुस पैठ, जाँड रक्सि, रन्डी बाजी र जुवा तास भन्दा पर बस्ने नेता को होला र ??? मित्र हो देखि सकियो यी ठुला ठुला सबै दलको तागत, मावबादि पनि नाचिने बिस्ट कहाँ रैछ र ?? अझ तमासा हेर्नु बाँकि नै छ मावबादि जस्तै बन्दुकेहरु लाईन तराई पहाड पुर्ब पश्चिम उत्तर दक्षिण सबै तिर बाट आउदैछन, यिनीहरुले अब हाम्रो देश अफगानिस्तान जस्तै बनाउने छन् केहि वर्ष भित्र हेरी मात्रै राख्नु होला

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    eXTReMe Tracker