मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हाँस्ने हैन त अब ?

    जीवनमा पीडैपीडा छ दुखैदु:ख, अभाव छ, गरिबी छ। मनमा डर छ, भय छ, चिन्ता छ। देशमा अशान्ति छ, बन्द छ, हड्ताल छ, लुट्पात छ, आतंक छ। तैपनि हाँस्ने कुरा गर्ने? सरासर बेवकुफ हुनु जस्तो देखिन्छ। के यस्तो अभावै अभाव, पीडैपीडामा पनि हाँस्न सकिन्छ? उत्तर – निसन्देह सकिन्छ। संसारभरी परिक्षण गरिसकिएको र अनुसन्धानबाट स्पस्ट भैसकेको छ कि बिना कुनै कारण हाँस्न सकिन्छ र हाँस्नु स्वास्थ्यको लागि उपयोगी छ।उसोभए आउनुस् हामी पनि प्रयास गरौं बिना कारण हाँस्नलाई।

    फिन्ल्यान्डको स्वास्थ्य तथा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरु आवद्ध ट्रेड युनियनले आयोजना गरेको ५ दिने “स्वस्थ अनि तन्दुरुस्त जीवन” नामक तालीमको चौथो दिन एकजना योगा गुरुले सहभागी सबैलाई नपत्याउँदो पाराले हँसाए। एक आपसमा त्यति हिमचिम नगर्ने अति एकान्की स्वभाव भएका फिनिशहरुमाझ यो योगाले काम गरेको देखेर मैले हामी सबैबीच उक्त विधिबारे अनुभव साट्न खोजेको हुँ। उक्त योगाको समापन पछि यस विषयमा कौतुहल जागेपछि थप जानकारी इन्टरनेटमा लिने प्रयास गरेँ। र यो ब्लग पनि यिनै स्रोतहरुमा प्राप्त तथ्यांकहरुमा आधारित छ।

    वास्तवमै हाँस्नु जीवनमा अपरिहार्य रहेछ। यहाँनेर अहिंसक आन्दोलनका अगुवा नेता भारतका महात्मा गान्धीको खुशी सम्बन्धी महत्वपूर्ण मन्त्र उल्लेख गर्नु सान्दर्भिक हुन्छ। उनले भनेका थिए आवश्यकता जति थोरै हुन्छ त्यति नै ज्यादा गुणा खुशी हुन्छ तर चाहना अथवा आवश्यकताको मात्रामा हुने वृद्धीसँगै खुशीको मात्रा घट्दै जान्छ।

    गान्धीको यो विश्लेषण हरेक मानिसको जीवनमा सार्थक हुन्छ। हामी सबैले आफ्नो विगत र वर्तमानलाई तुलना गर्दा पनि उक्त विश्लेषण तथ्यगत देखिन्छ। त्यसकारण हाम्रा धेरै अपूरा चाहनाहरुका बीच पनि हामी खुशी हुन सक्छौ, हाँस्न सक्छौ र रमाउन सक्छौँ।


    अनुसन्धानहरुले के देखाएका छन् भने बच्चाहरु दिनमा ३०० देखि ४०० पटकसम्म हाँस्छन् भने वयस्कहरु १० देखि १५ पटक मात्र हाँस्ने गर्छन्। हाँसोको मात्रामा यत्रो अन्तर हुनुको मुख्य कारण हो हँसाइको पृष्ठभूमि। बच्चाहरु बिना कारण हाँस्छन् भने वयस्कहरु कुनै कारणले मात्र हाँस्छन्। जस्तो कि कुनै व्यङ्ग्यात्मक कुराहरु देखेर, सुनेर, उखानटुक्काहरु सुनेर, नयाँ नौला तथा रमाइला कुरा सुनेर अथवा देखेर आदि इत्यादि। अझ कुनै प्रणालीमा विश्लेषण गर्नु पर्दा वयस्कहरुमा “मस्तिस्कदेखि शरीर” अर्थात् मस्तिस्कले अनुभूति गरेर शरीरले प्रतिक्रिया दिनु सिद्धान्त लागू हुन्छ भने बच्चाहरुमा त्यस्तो अनुभूति नगरी “शरीरदेखि मस्तिस्क” हाँस्ने सिद्धान्त लागू हुन्छ। वयस्क हुँदै जाँदा मस्तिस्कमा धेरै कुराहरु खेल्ने हुँदा हाँस्ने क्रम घट्दै जान्छ। हाँस्दा सुरुमा रक्तसन्चार, मुटुको धड्कन्, रोग प्रतिरोध गतिविधि सशक्त हुनुको साथै अस्थिपन्जर र मान्सपेशीहरुमा प्रवाह बढ्छ र हाँसो रोकियएपछि ती सबै प्रणालीहरुले राहत र आनन्द महशुस गर्छन्। यसरी हाँसेर मात्र पनि धेरै रोगहरुको निदान गर्नुका साथै मानसिक तनाव पनि घटाउन सकिन्छ।

    उसो भए कसरी हाँस्ने त?
    हो, माथि उल्लेख गरिए झैं बिना कुनै कारण हाँस्न सकिन्छ। हाँसोको महत्वलाई बुझेर एकजना भारतीय नागरिक डा. मदन कतरियाले सन् १९९५ मा लाफ्टर क्लबको स्थापना गरेर अभियान कै रुपमा सुरु गरेका थिए। हाँसो योगाको प्रख्यातिसँगै अहिले संसारका ६० भन्दा बढी मुलुकमा ६००० भन्दा बढी यस्ता क्लबहरुस्थापना भइसकेको दाबी गरिन्छ। यस्ता क्लबहरुमा हाँस्नको लागि विभिन्न तरिकाहरु सिकाइन्छ र विभिन्न उमेर समूहका मानिसहरु जम्मा भएर पेट मिचीमिची हाँस्ने गर्दछन्। हामीले पनि यस्तो हाँस्ने प्रयास कुनै सार्वजनिक ठाँउमा जम्मा भएर, घरमा परिवारका सदस्यहरुसँग बसेर अथवा एक्लै पनि गर्न सकिन्छ। यसको लागि त्यस्तो कुनै विशेष तरिका सिक्नु पर्दैन, बसेर, हिँडेर, नाचेर, सुतेर जसरी पनि हाँस्न सकिन्छ। विभिन्न आसनमा हाँस्दा फरक फरक खाले फाइदाहरु छन्। साथी साथीको अनुहार हेरेर, कुनै हाउभाउ गरेर आफू पनि हाँस्न सकिन्छ र अरुलाई पनि हँसाउन सकिन्छ। सहभागी सबैजना आँखा चिम्लेर उत्तानो परेर सुत्दै हाँस्ने प्रक्रिया अति प्रभावकारी हुने रहेछ। यसले पेट सम्बन्धी धेरै रोगहरुको निदानमा सहयोग पुग्छ। वास्तवमा उक्त विधिमा आफू आफू हाँसो निस्कने हुँदा हाँसो रोक्न अति कठिन पर्छ र साँच्ची नै आनन्द आउँछ। सहभागी संख्याले असर नगर्ने, सहभागीहरुको उमेरले महत्व नराख्ने, योगा गरिने समय, स्थानले असर नपार्ने अनि कुनै रकम खर्च गर्नु नपर्ने यो योगा हामी पनि गरौं र आफ्ना चिन्ता, दु:ख क्षणिक समयका लागि मात्रै भए पनि दूर गर्दै आनन्दको अनुभव लिऊँ। कलेज तथा विद्यालयहरुमा यो विधिलाई दिनको एक पिरियडको रुपमा समावेश गर्न सकिन्छ। आफू पनि हाँसौ र अरुलाई पनि हँसाऔँ।

    केही भिडियो हेरेर हाँस्ने कि?

    No related posts.

    43 comments to हाँस्ने हैन त अब ?

    • SHAMBHU GURUNG

      भिम जी, ब्ल्याक ब्युटी भन्नु रंगभेदी सोचाई हो र ? यो त यसो रमाइलो को लागि पो त | जात तोकेर पो नभन्नु त | होईना र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SHAMBHU GURUNG

      आजकलका केटीहरु कति काली काली
      दिउसै हेर्नु पर्ने रहेछ लाइटर बालि बालि |
      —————————————————-
      काठमाडौँ को पुलिस साथी सोलुखुम्बु डिउटी
      घुम्टो खोलि हेर्दा तिमि रहेछौ ब्ल्याक ब्युटी |
      ——————————————————

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Bhimsen Limbu

        यो अलि हजम भएन । रङ्‍गभेदवादी चिन्तन र केटीहरुमाथि हेपाहा सोचाइ ठीक भएन । तपाइँ साँगुरो मनको हुनु हुँदोरहेछ ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash Kandel

      ल ल एक पटक सबै हासौ न !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • द्रोण

      जोक -२
      बाबुराम र खड्ग ओली को भेट भएछ !!!
      ”’के हो ओली जी ,पखाला लागे पनि उपचार गराउन दिल्ली जानु हुन्छ ??चक्कार के हो ?कि मा कु ने को खेताला जानु भएको ???”

      आफ्नो इन्सल्ट भएको ठानेर ओली ले भनेछन , ”तेह्र बुदे सम्झौता गर्न गएको !!”
      तेस्पछी बाबुराम अलि सिरियस भएछन |
      जोक-3
      मनोज गजुरेल र हरिबम्स को एउटा पार्टीमा भेट भएछ |सबाल उठेछ को पपुलर ??
      मदन कृष्ण ले पार्टी मा उपस्थित महिला लाइ लक्षित गर्दै सल्लाह दिएछन ??
      तपाइँ हरु मद्धे जसले त्यो महिला लाइ हसाउन सक्छ त्यहिँ पपुलर ??
      ”मा कु ने को क्रारिकेचार गर्दै महिला लाइ सोध्न गएछन , म प्रधानमन्त्री भएपछी देसको शान्ति सुरक्ष्या को अबस्था को बारेमा के छ तपाइको बिचार ???
      महिला ले यो जोक भन्ठानेर अलि अलि हासिछां!! अब हरिबम्स को पालि आएछ !!
      मदन ले इसारा मात्र के गरेका थिए हरिबम्स ले गएर बेस्करी काउ कुती लगाई दिएछन ” महिला मारी मारी हासिछां !!!
      मदनकृष्ण ले तेस्पछी गजुरेललाई सम्जौदै भनेछन ”हेर्नुस भाइ बाघ बुढो र स्याल तन्नेरी भनेको यहि हो ,अब एस्तो बिबाद कहिले न गर्नु ??

      जोक –४
      सुजाता कहा घन्टी बज्छ !!! तिरिंग तिरिंग !!
      धोत्रो आवाज मा फोन आउछ ”जाने तमन्ना ?तुम्हे क्या लागाता हे ,भरात ने नेपाल का सिमा अतिक्रमण किया हे ??
      सुजाता जबाफ दिन्छिन ”आप मुजे ‘वो’ बनादेंगे तो मे ना कहुगी ,नही तो मे ‘हा’ कहुगी |”
      नजिकै नेपाल रेडियो मा पुरानो गीत बजिरहेको हुन्छ |
      ” कही तुम वो तो नही ”

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • द्रोण

      जोक–१
      हारे पनि प्रधानमन्त्री हुन् पाएको माकुने र जितेर पनि प्रधान मन्त्रि हुन् नपाएको प्रचण्ड को एक दिन गिरिजा कहा भेट भएछ ,मा कु ने ले प्रचण्ड लाइ व्यंग गरेछन |
      ”दाहाल जी ,बडो आफुलाई ठुलो जनबादी नेता भन्नु हुन्थ्यो !! एउटा पुजारी त् निकाल्न सक्नु भएन ??”

      जबाफ मा प्रचण्ड ले भनेछन ” के गर्नु नेपाल जी , पुजारी भएकोले नै त् गाह्रो भो,
      जाबो निबेदन हाल्ने को त् येत्रो फुर्ति ,उ त् दिनहु प्रभुलाई नैबद चढाउने मान्छे पर्यो|”

      आफुलाई नै व्यंग गरेको बुझेर ,मा कु ने को गाल्हा रातो भयेछ |
      द्रोण

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • sanjog gautam

      हैन यो हासो भन्ने चिज पनि अचम्मको रहेछ हासौ भनेर लाएको हास्न सकिएन मलाई बिसय बस्तु त राम्रो लाग्यो तर पात्र हरु झनै राम्रा लागे,अहिले लाइ तेसै गरौ नत हुदैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • dilip

      कति राम्री केटि हासेको फोटो राखेको / मलाई त ति हास्ने केटि को फोटो हेरेर , हेरेको हेरे भए…..

      धन्य बाद …

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

      • gopal shrestha

        म सहमत छु ! तिनि हासेको सारै राम्रो लग्यो !

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • प्रेम अर्याल

      हास्नु स्वास्थ को लागि एक्दमामी फाइदाजनक कुरा हो, मिले सम्म हास्नु कन्जुस्याई गर्नु बुद्धिमानी होइन

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Ananta

      जब मनिष रुन्छ उ एक्लो पर्छ| जब मनिष हाँसछ उसलाई सबैले साथ दिन्छ| त्यसै ले साथी हो मारी मारी हासौं अनि साथी पन को महसुस गरौं|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • i too start laughing from tomorrow…ha ha ha ha ha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

      • parbat Prasai

        हास्दा मोटो हुने भए अब तौल धेरै हुने हरु ले चै नहास्नु होला है !

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • पुष्प

      हाँस्नु र खुशी हुनु अगल कुरा हुन् । मुख तन्काएर, खोलेर अथवा अट्टहास छाडेर हाँस्नु र मनमनै रमाउनु वा मन खुशी हुनुबीच धेरै भिन्नता छ ।

      अंग्रेजीमा एउटा उखान छ, “Laugh and grow fat”; अर्थात् “हाँस्ने र मोटाउने” । यसलाई दुइ किसिमले बुझ्नसकिन्छ । एक, हाँस्ने मान्छे मोटाउँछ । दुइ, मोटो मान्छे हाँस्छ (सामान्यभन्दा बढी) । जुनसुकै अर्थ लगाए पनि हाँस्नु र मोटाउनु एकअर्कासित सम्बन्धित छ भन्ने बुझ्न सकिन्छ । योगका रूपमा हाँस्नुको अर्थ पनि शरीरका विभिन्न अंगलाई सक्रिय गर्नु हो । अर्थात्, यसले मानसिक भन्दा शारीरिक असर बढी गर्छ । हाम्रा वरिपरि एकचोटि विचार गरौं, मोटो मान्छे साँच्चिकै सामान्यभन्दा बढी हाँस्छन् । तर मोटाउनु स्वास्थ्यका लागि राम्रो होइन, यो सर्वमान्य सत्य हो । यदि यस्तै हो भने हाँस्नु, त्यो पनि जबर्जस्तीको के तुक छ ?

      थोरै आवश्यकतामा खुशी हुने र आवश्यकता वृद्धिसँगै खुशी घट्दै जाने गान्धीको विचारलाई सही मान्ने हो भने के हाँसोले आवश्यकता कम गर्छ ? त्यो पनि कृत्रिम हाँसोले !

      खुशी हुनु वा खुशी हुने वातावरण हुनु राम्रो हो; तर जबर्जस्ती हाँसोले खुशी ल्याउन सक्दैन । यसको एउटै फाइदा गर्छ, हसाउँनेहरूको खल्ती भरिन्छ, उनीहरूचाहिँ खुशी हुन्छन् । :)

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 9

    • Subas C. Dhungana

      मानिस को लागि हास्नु जति महत्व छ त्यति नै रुनु पनि छ | एक अध्यन ले यो देखाएको छ कि संसार मा आत्महत्या गर्ने chance त्यो मानिस को हुन्छ जो चाहेर पनि रुन सक्दैन | हास्नु जति कै रुनु पनि त्येतिकै important छ है | खुसि मा दिल खोलेर हस्नुस अनि दुखमा दिल खोलेर रुनुस

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Tilak USA

      हाँस उठे हाँस्नुस
      कुखुरो उठे बास्नुस…

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • tulsi

      हास्न लाइ शान्त मन अति आबस्यक छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tulsi

      हास्नु स्वास्थ्यको लागि उपयुक्त छ भन्ने कुरा जानी जानी पनि मानिस मन मा अ शान्ति भएपछी हास्न सक्दैन/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ram Hari Thapa Magar

      3 mouse drinking in a bar, soon all 3 got little buzz from drinks..
      First mouse start to Throw ball,
      You know dudes.. ” i can walk inside a room full with mousetraps with
      my eyes close, and don’t get cought at all. i am Invincible”
      With a shot of Vodka straight, Second mouse throw right back at him saying this:
      “what you talking man?” you know, i can do 100 times Bench press with 100kilo each sides, 200 sit up, 500 dead lift and still don’t get tired”

      The 3rd one, doesn’t speaks at all, for all those time he was listening, Takes his shot of Vodka, and without a words, walks toward door to exit.
      The other two look at each other, wonder and question ” Where the hell are u going”
      The 3rd mouse turns around and says ” I am going to FCUK a cat”.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • प्रकाश_पौड्याल_EDM_AB_Canada

      यदि तपाई कहिले पनि हास्नु हुन्न भने एउटा राम्रो उपाय छ. }
      १. Head phone लगाउनुस
      २. Head phone लै कुनैपनि audio device, like CD, Laptop, Desktop एत्च जोडनुस
      ३. Mic लाइ तेही device जोडनुस
      ३. अब volume high गरेर येक पटक हfस्नुस.

      तपाई रोक्न सक्नु हुन्न. आफ्नै हासो सुनेर झन् हास्न मन लाग्छ
      प्रकाश पौड्याल

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • bim

      स्वास्थ्यको लागि साच्चै नै उपयोगी ब्लगको लागि धन्यबाद | मैले त भिडियोमा खासै मरी मरी हास्ने कुरा त देखिन सायद नबुझेर होला | तर अरु त्यसरी दिल खोलेर हासेको देख्दा चाही आफुलाई पनि हास्न मन लाग्ने चाही पक्कै हो रहेछ |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Sunny Anand

      भिडियोहरु सारै हसाउँने रहेछन् लेख भन्दा पनि। म अझै सम्झेर हास्दै छु। हा…हा…हा….हा….हि।।।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • Jillabashi Baburam

      १. Happiness is a habit, cultivate it. अर्थात, खुशी/प्रशन्नता भन्ने कुरा आदत हो रे! त्यसैले यो आदतलाई मलजल गरेर बढाउनु पर्छ रे!

      …कहिल्यै हामीले प्रकृति/विधाता लाई पूर्ण शरीर पाएर (अपाङ्ग नभई कन) जन्म लिएकोमा धन्यबाद दियौ? ..अथवा, मलाइ कति दिन/हप्ता/ महिना/बर्ष देखि कपाल न दुखेकोले सिटामोल खान परेको छैन भनेर कहिल्यै धन्य भयौ? ….

      २. Find something to laugh about. If you do not find anything, laugh on credit. जे बहाना पारेर भए पनि हाँस्नु रे| केहि बहाना नपाए उधारो मा भे पनि हास्नु रे!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • Sunil

      हैन यो हासो तातो पानी सँग हो कि चिसो पानी सँग ? अनी बिहान बेलुका कती ट्याम हो खुलस्त पारीदिनु पर्‍यो डाग्साप !!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • hridaya

      सर, एस्तो योगा स्योगा छोड्नुस | थ्री इडीयट्स यानी कि प्रचण्ड, गिरिजा र माकुनेको अनुहार सम्झनुस अनि लगत्तै पशुपति, स्वोयम्भु र गुहेश्वोरी का बादरको अनुहार सम्झिनुस | तुलना गर्नुस अनि पेट मिची मिची हास्नुस |

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

    • Ramu

      I like your article very much.
      Just wanted to point out that you have used the the word “निदान” for treatment, but i hink it does mean ‘diagnosis’!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • shambhabi

      The article would have been better, if you had posted pictures of nepali people smiling.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • shambhabi

      देश को स्तिथि देखेर रुन मन लाग्छ कसरि हास्ने

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • Susheel

      In USA, there is a “Laugh Line”, which you can use free of charges. The only charges you pay is your long distance call. The phone number is 712-432-3900, and the code number to enter is 6071292. They have a 20 minutes laughing sessions 10 times a day conducted by certified laughter yoga leaders. Try it out.
      I took this information from Angie’s List, Feb 2009 issue, an article by Robin Mohr.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • sushil

      एउटा जोक,
      एउटा भूत ले आर्को भूतसंग सोधेछा ,”ओइ तलै मान्छे हुन्छा भन्ने कुरामा कत्तिको बिश्वास लाग्छा”

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • इन्दिरा बि.क.

      हाँसौं हाँसौं दिनमा जती पनी हाँसौँ, सँग सँगै सकिन्छ भने हप्तामा दुई चोटी रोउँ त्यो पनी स्वास्थ्यको लागी एकदमै फाईदा छ

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

    • Jagannath Kafle

      श्रवणजी, तपाई लाई मुरी मुरी धन्यवाद ! तपाईंको लेख अत्यन्तै खुशी प्रदायेक लाग्यो, म पनि आजैबाट हास्न थालेको छु, आउनुस अलिकति हाँसो बाँडी हालौं….

      http://www.youtube.com/watch?v=5P6UU6m3cqk
      http://www.youtube.com/watch?v=kIReXpani7aRBec

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Bhimsen Limbu

      अति राम्रो विषयवस्तु । देशका घटिया नेताहरु सम्झेर बहुलाइरहने मगज र दु:खिरहने टाउकोले अब केही उपचार पाउने भयो । हाँस्ने योगविधिहरुबारे जानकारी पाइयो । अब अभ्यास गर्न थाल्छु । मनोज गजुरेल पनि म आफैँ, उसको फ्‍यान पनि म आफैँ बन्ने भएँ । ल थालौँ है साथी हो …हा हा हा……हि हि हि …

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 4

      • kesu

        हाआआअ हाआआआआअ हिई हिई हीई मज्जा ले हासे साथी मा पनि, तपाइँ लाइ साथ दिया है.
        यो लेख्दा सच्है को हासो पो लग्यो हो/

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

        • sanjay kumar tamsaling

          कसरी हास्नु भएको केसुजी ,म मर्छुकि क्या हो |

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

        • Bhimsen Limbu

          हो र …केसुजी !
          हाँसो (सुख) मा मात्र होइन, रोदन (दु:ख) मा पनि साथ दिनुहोस् ।
          म (देश) लडिरहेको छु खै खै तपाइँ (देशभक्त) को हात दिनुहोस्….. …

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • shreesh thapa

        हास्नु स्वास्थ्यको लागि धेरै फाइदा छ तर के गर्नु साथी बिना सित्तिमा बाटोमा हास्दै हिड्ने हो भने पागल भन्ला भन्ने डर त्यसैले एकान्त मा गएर मन खोलेर खित्का छाडेर हासौ हा…….हा ….हा ….हा आ……h

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

      • Neru Giri, Pennsylvania,USA

        हाम्रा देशका विभिन्न पार्टी का नेताहरुले सधै सबै नेपाली लाई हसाई त राखेका छन् ….होइन र ???? मलाई त ति कमेडी पत्र हुदा हुदै हास्नको लागि अरुको सहयोग लिनु पर्ला जस्तो लाग्दैन है |

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • Leo Bhagwat Shrestha

      Good Article I Like It
      Keep Going Mysansar Family & Dear Umesh Ji
      Cheers

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

      • एउटा चुटकिला है साथी हरु………………..बच्चा बिध्यार्थी हरुले मिसहरुलाई शौचालय जान सक्छु…………मिस भनेर दिक्क पारेको रहेछ जहिले पनि तेस्तै मिसहरुले आइडिया लगाएछ अनि भनेछ; बाबु हो अब पिशाब फेर्न जान्छु भन्ने होइन पिसाव लाग्यो भने अब देखि सिट्ठी बजाउन मन लाग्यो भन्नु अनि म टोइलेट पठाउछु भनेछ अनि बिध्यार्थीहरुले पनि तेही गर्न थालेछ /
        ++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
        एक रात बच्चालाइ पिसाव फेर्न मन लागेछ र आमा लाइ खुसुक्क भनेछ : “आमा ,सिट्ठी बजाउन मन लाग्यो|”
        आमा> “के को सिठी बजाउने राती सबै सुति सकेका छन् डिस्टर्ब हुन्छ|”
        छोरा ” नाइँ ,मलाई कस्तो सिट्ठी बजाउन मन लागि सक्यो|” आमा छोराले एकदमै ढिपी गरे पछी ,भनिछ ,छोरा ,बाबु सबै सुति सके अरु लाइ डिस्टर्ब हुन्छ मेरो कानमा बिस्तारै सिट्ठी बजाउनु भनिछ र कान थापेछ , फुच्चे ले कानमै सीठी बजाई दिएछ !
        हा हा हा हा हा हा हा हा हि हि ईईईईईईईइ ईईईईईईईईईईईईईईइ हा हा हा धन्यबाद !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 13

        • Ram

          श्रवन जी को यो लेख र साथीहरु को चुटकिला पड्दा माइसंसार ले पनि येसरी नै कुनै हसाउने ब्लग राखे हुन्थ्यो नि . हामी पाठक हरुले कति कमेन्ट हरु लेख्छौ तेस ब्लग मा दिनहु अथवा प्रतेक हफ्ता जसो नया चुटकिला राख्ने हो भने माइसंसार मा महत्त्वपूर्ण खबर का साथै हेल्थ को लागि राम्रो हुने खुराक पनि पाइन्थ्यो . कमेन्टमा जथाभाबी गाली गल्लौज गर्नु भन्दा त राम्रा राम्रो चुटकिला पोस्ट गर्ने हो भने हामीमा सकारात्मक सोच को विकास पनि हुन्थ्यो होला.

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

      • Sasang Lama NY

        म रुस छँदाको कुरो हो, एकजना घघडान रुसी समर्थक कामरेड नेता मास्कों सवारी भैस्याथियो | उनको नाम अगाडी डा, पनि झुन्डेको थियो| मास्कोको पाँचतारे होटेलमा उहाँसंग भएको वार्ता यस्तो थियो :-
        प्रश्नकर्त्ता: डाक्टर साहेब , नेपालको राजनीति अवस्था कस्तो छ ?
        डा, साहेब : के हुनु बाबु, अहिले बर्षायाममा बाढी पैर्होले गर्दा सबै बाटोघाटो बन्द छ | त्यसैले राजनीति पनि ठप्पै छ | अब हिउँद लाग्न दिउँ, बाटो खुलेपछि बल्ल राजनीति शुरु हुन्छ |

        होटेलको लिफ्टबाट झर्दैगर्दा हामीले हाम्रो हाँसो थाम्न सकेनौं र हाँस्दा हाँस्दै हामी भुइन्मै थुचुक्क बसिसकेका थियौं | लिफ्टमा भएका अरु बिदेशीहरु उदेक मानेर हामीलाई हेरिरहेका थिए|

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

        • Jillabashi Baburam

          तिनै डाकसाप फर्केर नेपाल गएछन| रुसमा घुमेको फुर्ति झार्दै रहेछन| एक जनाले डाकसाप कहां कहां घुम्नु भाछ भनेर सोधेछ| उनले नघुमेको कुनै ठाउ नभएको बताएछन| अनि प्रश्नकर्ताले फेरी सोधे छन्, “भने पछि डाकसापलाई त वरल्ड हिस्ट्री, जिआग्रफि सबै थाहा छ होला हगी?”
          डाकसापले पनि बडो फुर्ति दिदै थपे छन्,
          “किन थाहा नहुने, हिस्ट्रीमा ४ बर्ष र जोग्राफिमा ५ बर्ष बसेर आएको नि|”

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    eXTReMe Tracker