Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

तारेभीरमा राम राम

भानु उफ्रिदै आयो, बाको छेउमा गएर भन्यो, मैले आज ५० हजार जितेँ, यसरी जित्दै गए भने म छिट्टै नै लखपति हुन्छु। १२ बर्से केटाको त्यस्तो कुरा सुनेर बाले चासो जनाएर सोधे, त्यो जित्न चाहि कसरी जित्ने रहेछ भन् त भानुभक्ते, जवाफमा आयो, कम्प्युटर चलाउन जान्नु पर्छ बा, त्यतिकै जितिदैन। भानुको बाले सोच्न थाले, साला यो कम्प्युटर नसिकि भएन, यो सानो छोरोले त लाखको कुरो गर्छ म त झन् जमानाको खप्पिस जुवाडे, मैले त्यो कम्प्युटर सिके भने म पो करोडपती बन्छुकि क्या हो। हाम्रो जमानामा यो कम्प्युटर भन्ने बस्तु थिएन त्यसैले तास खेलेरै चित्त बुझाउनु पर्थियो, हुन त तास पनि रमाइलो कुरा हो, गाठे अस्तिको तिहारमा सबै खर्च मैले तासमा जितेरै उठाएको। यो माहाबीर पुनले यहा कम्प्युटर हाले देखि चमक धमकनै कम्प्युटर भएको छ। हुन पनि कसरी नहोस, निरौला बाको छोरी सृजना कसैले बिहा गरेनन् भनेर हाट लाग्ने ठाउको रुखमा झुन्डिएर मरे देखि यो ठाउको नाम सृजनानगर भएको थियो, तर जब माहाबीर पुनले त्यो भिरको ठुलो रुखमा केही उपकरण जोडेर तारले बाधे, त्यस दिन देखि यो ठाउँको नामपनि तारेभीर मा बदलियो। त्यो मुला कसैले बिहा गरेनन् भनेर मरेकि केटीको सोखमा भन्दा देशमै पोहिलो चोटि आएको यस्तो उपकरणको नाममा ठाउँको नाम भयो भने सुन्दानि खुशी लाग्छ। आहा कस्तो राम्रो नाम, तारेभिर, निरौला बालाइ मर्नु भयो होला, तर के गर्नु अब गाउँमा कम्प्युटर आइ सक्यो तिन्को हकीम कस्ले सुन्ने यहा।

पोखरा पढेर फर्केर निरौला बाका छोराले कम्प्युटरमा खै के खोलेका छन रे, गाइभैसी डट कम, यसमा उन्ले गाइ, भैसि, खसि, बाख्रा र कुखुरा समेत किनबेच गर्ने खाले बनाएका छन भन्ने हल्ला छ, आफूलाई त चलाउन आउदैन नभए पोटिला भैंसीहरु त्याहा हेरेर किन्ने थिए होला नि त्यो कम्प्युटरमा जितेको पैसाले। कम्प्युटर चलाउन सिक्नु भन्दा अघाडी गाउँमा माहाबीर पुनका मान्छेले गाउँलेलाई सजिलो होस भनि प्रौढ शिक्षा दिने गर्थे, आफु त्यो कक्षामा कहिले गैएन, फेरि कम्प्युटर अङ्रेजिमा हुन्छ अरे, आफुलाई अङ्रेजिमा तासको एक्का देखि बास्सा भन्दा बेसि आउदैन। कम्प्युटर कसरी सिक्ने भनेर दोधारमा परेको बेला भानुको बुवाले फेरि सोच्छ, आ, त्यो मुला कम्प्युटर मैले किन सिक्ने नि? गाउँमा सबैले कम्प्युटर सिक्छन अनि फेरि त्यो मुला १० वटा कम्प्युटर चलाउन सबैको तछाड मछाड्, त्यो भन्दा त नसिक्नुनै जाति। त्यहि पनि पैसा कसरी जितिदो रहेछ भनि भानुलाइ सोध्न जादा भानुले मोबाईल फोनमा साथी सँग कुरा गरि रहेको हुन्छ, “मेरो फेसबूकमा त ३ वटा कमेन्ट आयो, तेरो मा दुइटा मात्रै”, फोनको अर्कोतर्फबाट केही आवाज आइ सकेपछि भानुले फेरि भन्छ, उफ्फ् दोन्ट लाई मि, आइ विल चेक योर प्रोफाइल वान्स अगेन, तैले मेरो प्रोफाइलमा कमेन्ट गरिस त्यसैले मैले तेरो पनि प्रोफाइलमा कमेन्ट गरेको, तर अघि सम्म हेर्दा मेरोमा तिनवटा कमेन्ट तेरोमा दुइटा मात्रै थियो। छोराको कुरा सुनेर भानुको बा छक्क पर्दै थियो, ७ बर्ष भयो स्कुल हालेको कहिले अङ्रेजि बोलेको सुनेको थीइन, यो माहाबीर पुनले गाउँमा कम्प्युटर ल्याएको ८ महिना भएको छैन मेरो छोरा त अङ्रेजि प्याररर बोल्दो रहेछ।

छोराले फोनमा कुरा गरिसके पछी बाले भानुलाई भन्छन्, हैन यो मोबीलबाट फोन नगर पैसा तिर्नुपर्छ भनेको होइन, फेरि त्यहि रबि सितत गफ गरेको होलानि हैन? दिनभरि संगै भएपछीपनि फेरि मोबिलबाट कुरा गरि राख्नु पर्छ। मोबील हैन बा मोबाईल हो, यो उपकरण मन्छेको सुबिधाको लागि बनाएको हो त्याहा त्यस्को घरगै रहनु भन्दा यहि बसेर कुरा गर्न कस्तो सजिलो। भानुका बा जँगिए, हो हो पैसा तैले तिर्नु परेको भए थाहा हुन्थियो। नकराउन बा तिमिलाइनि फेसबूक अकाउन्ट खोलिदिउला भनेर भानुले भन्छ। नेपाल बैंक लिमिटेडले तल बेसि सहरमा कार्य संचालन गरेदेखि त्यो बैंकमा पैसा जम्मागर्न बैंक अकाउन्ट खोलेको थिए भानुका बाले, पछी बैंकले न्यिम्नोतम धितो ५०० बाट २००० बनाएपछी पैसा जम्मा नगरेकोले त्यो अकाउन्ट बन्ध गर्नु पर्यो, तर त्यो अकाउन्ट खोल्न त नागरिक्ता सागरिक्ता सबै चाहिएको थियो, यो मुलाले कसरी फेरि अकाउन्ट खोल्यो भनेर छक्क पर्दै भानुको बाले प्रश्न गरे। बाको के हो त्यो फेसबूक भन्ने प्रश्नको जवाफमा भानुले त्यो भनेको सन्सारका सबै मान्छे हरुको जमघट हुने ठाउँ हो क्या, त्यहा फोटो, भिडिओ, सबै थोक राख्न अनि हेर्न पाइन्छ अनि त्यहि पोकर खेलेर पैसा पनि जित्न सकिन्छ। तेरो त्यो कम्प्युटरबाट जितेको पैसाले मोबील फोनको पैसा तिर्न मिल्छ त? भानुले जवाफ दिन्छ, मिल्छ होला नि तर सोध्नु पर्छ मलाइ राम्ररी थाहा छैन। लु हिडत त्यसो भए कम्प्युटर चलाउन भनेर भानुका बाले भन्छन्, भानुले जवाफ दिन्छ, जति बेला मन लाग्यो त्यति बेला चलाउन पाउछ र? आजको मेरो पालो सकियो अब भोलि जानु पर्छ। त्यो मुला कम्प्युटर चलाउनपनि पालो पर्खिनु पर्ने कस्तो वाइहात, म कसरी चलाउदो रहेछन् भनि हेर्न लाग्छु भनेर भानुको बा कम्प्युटरहरु राखिएको स्कुल तर्फ लाग्दै हुन्छन बाटोमा कसैले उस्लाइ पछाडिबाट सोध्छ, कम्प्युटर तिर हिडेउकी क्याहो भानु को बाउ? भानुको बा झनक्क रिसाएर पछाडि फर्किदापनि नफर्कि कन जवाफ दिन्छ, हो त नि। उस्को रिसको कारण उस्ले आफै भत् भताउछ, सानो छदा रघुरामको छोरा भनेर सबैले बोलाउथे ऐले मेरै नामले बोलाउनु पर्ने मेरो छोराको नामले बोलाउछ साले हरु, मेरा बाले यस्तो राम्रो नाम राखी दिएका छन किन फेरि भानुका बा भनेर बोलाउनु पर्ने, त्यो भानुलाइ मेरो छोरो भनेर बोलाउन सक्दैनन् र? यो सबै कम्प्युटरकै खेल हो।

कम्प्युटर चलाउने ठाउमा गएर एक्छिन् रमिता हेरेपछि भानुका बा घर फर्किए, भोलि पल्ट छोरा संगै फेरि कम्प्युटर चलाउन स्कुल पुगेका भानुका बाले छोराले फेसबूक चलाएको हेरे, भानुले हेर्नुस् बा हिजो रबिले गफ् दिदै थियो हेर्नु त त्यस्को स्त्याटसमा २ वटा कमेन्ट मत्रै, मेरो मा त ३ वटा छ, अझ एउटा लाइक्स पनि छ, भानुका बाले त्यो अङ्रेजि के बुझ्नु र बोरु तासमा भएको ३ चाँही चिने अनि ए हो रहेछ भनेर किच्च हासे। फेसबूकमा एक् दुई जनाको फोटो देखाएपछी भानुले पोकर सुरु गर्यो, अनि भन्यो यहि हो बा मैले हिजो ५०००० जितेको। कम्प्युटर चलाउदा चलाउदै एउटा पेज खुल्यो, पार्टी पोकर भन्ने, यो के हो भनेर भानुको बाले सोध्दा भानुको जवाफ थियो यो पनि त्यहि मैले खेलेको पोकर जस्तै होला, पर्खिनु म हरिदाईलाई सोध्छु। हरिदाईले भनेको त्यो खतरा पैसाको जुवा खेल्ने साईट हो रे, त्यो नचलाउनु भनेको छ, भानुका बा तम्सिए, तेरिमा म जस्तो खप्पिस् जुवाडेलाई जुवा नखेल्नु भन्छ, लु त बस् या अब मैले जानेको छ पैसा कसरी जित्ने भनेर। भानु कम्प्युटर चलाउन बस्छ अनि बाले छेउमा बसेर सिकाउदै हुन्छ, पार्टी पोकरमा रेजिस्टर गरेर पोकर खेल्न लाग्दा वेबसाइटले पैसा जम्मागर्न माग्छ। अब पैसा कसरी हाल्ने त त्यो वेबसाइटमा, भानुका बाको दिमागमा झट निरौला बाको नाम आउछ। निरौला बाका छोराले वेबसाइत खोले देखि घरकै नाम निरौला निवासबाट परिवर्तन गरेर गाई भैंसी डट कम भनेर राखेका थिए, गाउँले हरु नझुकिउन् भनि घरको अघाडी ठुलो अक्ष्यरमा नेपाली र अङ्रेजि दुबैमा लेखेका पनि थिए। भानुका बाले भानुलाइ गाई भैंसी डट कममा गएर निरौला बाको छोरालाई कम्प्युटर बाट उस्को पार्टी पोकरको नाममा पैसा हालिदिनु भन्छ, उस्को सोच थियो जिति सकेपछि त्यो सबै पैसा तिरिदिन्छु भनेर। तर गाई भैंसी डट कममा तरिका अलिकति फरक थियो, त्यो वेबसाइतले गाउँमा भएका गाई भैंसी किनबेच गर्ने गर्थियो। यो कुरा थाहा पाएर भानुका बाले आफ्नो भैंसी बिक्रिमा रखिदेनत अहिलेको लागि पछी पैसा जितेर अर्को एउटा भैंसी नि थप्छु भनेर छोरालाइ भन्छन्।

चाहिने सबै थोक, भैंसीको उमेर, रंग, कति चोटि बिहाएको, दूध कति दिने, आदि खाल्का प्रश्न सोधेपछी गाई भैंसी डट कमले भानुको बाको भैसिको दाम १६००० निकाल्यो। ७ दिन अघाडी तल्लो घरे काइलाले २२००० दिन्छु भनेको भैसिको मुल्य १६००० मात्र निस्किद भानुका बा अलिक रिसाए, त्यहि पनि भैसिलाइ दाउमा राखेर जुवा खेलेर अर्को भैंसी थप्छु भन्ने सोच बनाएको भानुका बा केही बोलेनन्। भैंसीलाई बेच्ने कुरा लेखि सके पछी त्यो वेबसाइतले बेच्ने ब्यक्तिको बारेमा सोध्यो, भानुका बा भन्दै गए अनि भानु लेख्दै गयो। अन्तिममा वेबसाइतले पैसा पठाउनको लागि बैंक अकाउन्ट नम्बर माग्यो, अब पोहिलानै बन्द गरिसकेको बैंकको अकाउन्ट काम लाग्दैन फेरि नेपाल बैंक लिमिटेड मा कम्प्युटर कस्ले चलाउने र, त्यहि पुरानो खाता हेर्ने तरिका, भानुका बालाइ अब के गर्ने के नगर्ने भन्ने भयो। उता भैंसी बेच्छु भनेर भनि सकेको छ, यता पोकर खेल्न कम्प्युटरमा पैसा आएको छैन, कम्प्युटरमा पैसा मगाउनको लागि बैंक अकाउन्ट चाहिने रहेछ, भानुका बाको छटपटीमा अर्को समस्या थप्न हरिदाइ आउछ र भन्छ, तिम्रो आजको समय सकियो भानु। आज त भएन भोलि चाँही केही गर्नु पर्ला भनेर सोच्दै भानुका बाले हरिदाईलाई सोध्छ, यो कम्प्युटर मा पोकर चाँही कसरी खेल्ने हँ। हरिदाईले जवाफ दिन्छ, त्यस्को लागित भिसा कार्ड अथवा मास्टर कार्डको नम्बर चाहिन्छ, त्योपनि नेपालको बैंकले दिदैन, नेपालको बैंकले भिसा कार्डत दिन्छ तर त्यो नेपाल र ईन्डियामा मात्रै चल्छ यो पोकर अमेरिकन वेब्साइतहो, यसमा नेपलको बैंकको भिसा कार्ड काम गर्दैन, बिदेशकै बैंक अकाउन्ट चहिन्छ। अब तारेभीरबाट ति तल बेसि सहरमा भएको नेपाल बैंकको अकाउन्ट खोल्न जान त टाढा भएको महसुस् गर्ने भानुका बाले कताबाट बिदेश गएर अकाउन्ट खोल्ने, आ यो कम्प्युटर भन्ने कुरा पनि हाउडे रहेछ, वाइहातमा समय खेर गयो भनेर बर्बरौदै भानु र भानुका बा घर तिर ओरालो लाग्छन्। घरमा पुग्दा खेरि त निरौला बाले पालेका दुइटा भुस्तिग्रेहरु बसि रहेका रहेछन्, आउन साथ सोधे भैंसीको कोड कति? कम्प्युटरमा भैंसी बिक्रि गर्ने निर्णय भए पछी गाई भैंसी डट कमले एउटा कोड दिएको थियो, भानुलाइ कोड कन्ठ भएकोले प्याच्च मुख् खोल्यो “तारेभीरमा राम राम”, त्यो सुनेर एउटा भुस्तिग्रेले १६००० पैसा निकालेर दियो र गोठमा बाधेको भैंसी फुकाएर लग्यो। केही बोल्यो भने भुस्तिग्रेले कुट्ला भन्ने डर, भानुको बालाइ अत्यन्तै पीडित भएको महसुस् भयो, २२००० मुल्य भएको भैंसी १६००० मा आफ्नै आँखा अघाडी फुकाएर लग्दा बोल्न पनि सकिएन, कम्प्युटरले गर्नु गर्यो, अब मलाइ न्याय चाहिन्छ भनेर भानुका बा त्यो ठाउँका माओवादी कमान्डरलाई भेट्न भनि लागे।

माओवादीका खुंखार नेता श्यामकुमार थापाका आफ्नै मामाको ज्वाई भएका कारण प्रकाश घर्ती त्यस ठाउँका माओवादीका कमान्डर थिए। भानुका बाको कुरा सुनि सकेपछि प्रकाशले निरौला बाको छोरा सँग छलफल गर्ने निधो गरे। निरौला बाको घरमा तिनिहरुको ठुलो लामो छलफल पछी कुनै उपलभ्दि मूलक निस्कर्स निस्किएन, निरौला बाको छोराले भैंसी फिर्ता लाने भए २६००० पैसा मागे, भानुका बाले अघि भर्खर १६००० मा त्यहि भैंसी बेचेका थिए, अनि माओवादीहरुले भानुका बालाई २२००० सम्म दिनु भनेर सम्झाउन पटी लागे। निरौला बाको छोराको तर्क थियो, सन्सारको किनबेच गर्ने नियम पालना गर्दा खरीद गर्ने ब्यक्तिले सामान किनि सके पछी मन परेन भनेर फिर्ता गर्न पाउछ, तर समान बेच्नेले समान बेचि सकेपछी त्यो बेचेको समान किन्नेलाइ फिर्ता गर भन्न मिल्दैन। मैले यो वब्साइत ब्यापारको लागि खोलेको, भैंसी किन्ने भए मेरो कम्प्युटरले निकालेको मुल्य २६००० हो, र त्यसमा बार्गैनिङ हुदैन। मओबादि हरुलाइ आफ्नो पार्टीको दबाब दिएर गरीबलाई सहयोग गर्न त्यो भैंसी २२००० मा फिर्ता दिलाउनको लागि निकै कस्रत गर्दै थिए। भानुका बा जँगिए, यो साला सबै दोश माहाबीर पुनको हो, न त तिनिले हाम्रो ठाउँमा कम्प्युटर ल्याउथे, न त यो ठाउँको नाम श्रीजनानगर बाट तारेभीर हुन्थियो, नत आज मैले मेरो भैंसी बेच्नु पर्थियो, यो माहाबीर पुनले गर्दा हाम्रो गाउँनै बिग्रियो, सबै जानाको ध्यान् कम्प्युटरमै मात्रै छ, गाउँ घरमा खाने लाउने समस्या छ, धान खेतमा काम गर्न छाडेर मान्छे कम्प्युटर चलाउन जान्छन्, के त्यो कम्प्युटरले खेतमा धान फलाउछ? के त्यस्ले मन्छेलाइ कपडा दिन्छ? शिक्षा लिन त स्कुल मा पढ्नु पर्छ के कम्प्युटर चलाएर मान्छे सिक्षित् बन्छ? यो सब गाउँमाभै रहेको नाटक हो। मेरो छोरा कम्प्युटरमा जुवा खेलेर यति जिते भनेर सुनाउदै आउछ, अब कम्प्युटरले मान्छेलाई कति सम्म बनाउदा रहेछ, मेरा बाले रखिदिएको नाम भन्दा मलाइ आजकाल सबैले भनुका बा भनेर बोलाउछन्, मैले भनेको मान्नु हुन्छ भने हाम्रो गाउँमा कम्प्युटर चाहिदैन, निकालेर फ्याकी दिनुस त्यो तारेभीरमा भएको तारले बाधेर राखेको वाइहात उपकरण। यसरी बर्बरौदै भानुका बा त्यहा बाट हिड्छन्, माओवादी कमान्डर प्राकशलाई भानुका बाको कुरा निकै घत्लाग्दो लाग्छ, एक्छिन् सोच्छ हाम्रो पार्टीको लागि भोट ल्याउन भएपनि गरीबको कुरा सुन्नु पर्छ, अनि आफ्ना माओवादी साथिहरु लिएर त्यो उपकरण जोडिएको तारे भिरको ठुलो रूखनै काटी दिन्छ।

[तपाईँ पनि आफ्ना कथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् story@mysansar.com मा]

Related posts:

  1. राम, राम, राम यस्तो पनि !
  2. राम, राम ! के सुन्नुपर्‍यो यो कानले !!
  3. सुजाता प्रधानमन्त्री ? राम,राम के सुन्नुपर्‍यो !
  4. 'राम' को ठाम
  5. रहेनन् राम थापा

17 comments to तारेभीरमा राम राम

  • chandra

    राम्रै थियो कथा पहिले तर कथा कारको उध्धेस्य रहेछ माओबादी प्रतिको बितृष्णा पोखेर मन हलुका पार्नु / यसरि बिनासको मुख्य कारण माओबादी लाई लिनु भनेको नेपाल को सर्बांगिन पक्ष्य मा लेखक को राम्रो अध्धयन नभएको हो कि ///////////

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • arun

    सारै राम्रो लेख रहेछ यो SciFi लेख | अलि लामो बनाउनुभयो |

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 3

  • Tika Nepal

    धेरै राम्रो कथा लाग्यो राजिब जी . धन्यबाद. ओरालो लागेको देशको एउटा अर्को नया प्रतिबिम्ब.

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 3

  • Sasang Lama NY

    जनयुद्वताका आफ्ना बिरोधिहरुको संचार संपर्क बिच्छेद गर्नु र उनिहरुलाई संपर्कबिहिन बनाउनु त क्रान्तिको नियमभित्र नै पर्छ | यो जायज काम त होइन, तर युद्वमा के जायज के नजायज! जनयुद्वताकाको घटनाहरुलाई लिएर पुरै मावादी पंक्तिलाई यसरी generalize गर्न मिल्दैन कि राजिवजी! हो, भानुका बा र कमाण्डर प्रकाश जस्ता प्रव्रिती चाँही रही रहे देशले कोल्टे फेर्न अझै धेरै समय लाग्छ| राजीवको भाषा र शैली मिठो छ्, बिचार चाँही पुर्वाग्राही छ्। तर लेख्न नछोडनु होला।

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 2

  • balram

    समाज मा नबुजेर र अर्को को रिस ले जे पनि गरने तर आफु नागिदा अरु लाई दोष दिने परिपाटी को राम्रो चित्रण छ कथा मा बाटो हिडन न जान्ने तर बाटो बनैदिने लाई गाली गर्ने पानीमरुवा हरु को राम्रो उदहारण छ

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 2

  • baren

    यो कथा नै होइन . कथा भनेर राजनैतिक बेन्ग्य गर्न मनासिब मान्न सकिन्न. बरु सिधै आफ्नो राजनैतिक धारणा दिए भैगयो नि. किन जोरी खोज्नु पुछर लुकाउनु

    बरेन

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 7

  • tulsi

    लेख्ने सिलसिलामा पुर्बग्राही भएर लेख लेख्नु राम्रो होइन/

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 7

    • Tika Nepal

      पुर्बग्राही भए जस्तो लाग्दैन कथाकारले. त्यस्तो इतिहास छ हाम्रो गाउँमा.

      मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 3

  • Bom Bahadur, Australia

    यो सत्य सान्दर्विक कथा छ ल तितो सत्य पच्दैन !!!!!!!!!!!!!!!!!!!!!!!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 5

  • Hari

    अति नै पूर्वाग्राही भएर लेखेको पाईयो . यो लेखकको तुच्छापन हो . येस्ता लेखको कुनै तुक देखदिन .

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 15

  • suraj

    हाहाहाहा… रमाइलो लाग्यो कथा .. गाइभैँसी डट कम रे । गाइभैँसी डट कम त हैन तर, कुकुर-बिरालो डट कम चाँहि प्रख्यात वेबसाइट हो अमेरिकाको ।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 5

  • mrchhetri

    बाबु !
    बल्ल बल्ल त एस्ता बिकट गाउँ मा तेत्रो उपलब्धि भाको छ .
    असुभ त नबोलन हौ .
    ये कथा को नाम नसुनेका मान्छे, कम से कम अरु को कथा पढेर र सुनेर लेख्ने बानि त गर !

    मन परे हरियो, नपरे रातोः Thumb up 14 Thumb down 3

  • rajendra

    राजिब जी,
    एकदम राम्रो लेख !!!
    येही हो “Digital Divide” भनेको !

    मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 5

  • James

    औचित्य हिन लेख रैछ, एस्तो पनि हुन्छ माओबादी को काल्पनिक र नकारात्मक कुरा देखौना खोजेको छ साथी महेश ले बह्न्नु भएको जस्तै. लेख्ने सैली राम्रो छैन

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 23

  • mahesh

    यो कथा को लेखक ले माओबादी को काल्पनिक तर नकारात्मक तस्वीर देखाएर आफोनो ज्याला पकायो. बधाई छ कथित कथाकार.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 33

  • बिनोद ढकाल

    कथाकारको लेखन शैली राम्रो र रोचक भए पनि भाषा अलि निम्न स्थर को जस्तो लग्यो | हुन त उहाको कल्पना मा त्यो भाषा शैली आफ्नो ठाउमा ठिकै होला ,जे भएपनि कथा पढे पछि एउटा कुरा भन्न मन लग्यो नेपाल का गाउ घरमा बोलिने भाषा शुद्द र मर्यादित नै छ कथाकार महोदय नकि शहरमा बोलिने चिप्ला भाषा जस्तो.|….. कथाको अन्त्यमा माओबादीलाई शिक्षा सगै आएको परिवर्तन लाई आत्मसाथ गर्न नसक्ने जस्त देखाउनु भएको छ यो यहाको राजनैतिक दम्मबाट ग्रसित दिमागको उपज हो जस्तो लाग्छ …………….
    आलोचनात्मक कमेन्ट मा कतै गल्ति भए क्षमा गर्नु होला ……

    बिनोद ढकाल
    बार्सिलोना

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 22

  • Tilak USA

    बिचरा महाबिर पुनको सपना चकनाचुर भएछ …

    उडायो सपना सबै हुरीले ..

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 8

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes