मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मान्नै पर्छ र (२)

    अहिले विवाहको मौसम। आज बिहेको लगन। आज कयौँले नियम तोडेका छन्। तर कसैलाई वास्ता छैन। २०३३ सालमा बनेको एउटा ऐनका प्रावधानहरु पढ्दा हाँसो उठ्छ। किनभने सबैले त्यसको उल्लंघन गरिरहेका देखिन्छन्। यस्तो कानुनलाई मान्नै पर्छ र ! मान्दै नमान्ने कानुनलाई हटाइदिए वा संशोधन गरी समयानुकूल बनाइदिए हुन्न थियो र।

    तपाईँलाई थाहा छ, यो ऐन अनुसार त बाजावाला लगायत एकाउन्न जनाभन्दा बढी जन्त वा बरियात लान हुँदैन। जन्तमा एघार जना भन्दा बढी बाजावाला राख्न हुँदैन। यस्तो नगरे दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुन्छ।

    अनि दुलहा तथा दुलही पक्षबाट आयोजित भोजमा नजीकको नातेदार बाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट एकाउन्न जना भन्दा बढी व्यक्तिलाई आमन्त्रण गर्न हुँदैन। गरे बीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुन्छ।



    हेर्नुस्‌ के के छ यो ऐनमा। केही प्रमुख अ‍ंश

    सामाजिक व्यवहार (सुधार) ऐन, २०३३

    २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा–

    (क) “सामाजिक व्यवहार” भन्नाले विवाह, ब्रतबन्ध, चूडाकर्म, पास्नी, न्वारान,
    जन्मदिवस, छैठी, बूढो–पास्नी र पितृ–कार्य समेतलाई जनाउँछ।

    (ख) “नजीकको नातेदार” भन्नाले जुन व्यक्तिको सामाजिक व्यवहार हुने हो, सो
    व्यक्तिको बाबु पक्ष र आमा पक्षका चार पुस्ता भित्रको नातेदार सम्झनु पर्छ र
    सो शब्दले तेह्र दिनसम्म जूठो बार्नु पर्ने दाजु भाइको परिवार, भान्जाभान्जी,
    छोरीपट्टिको नाति–नातिनी, फुपूको छोरा छोरी, जेठी आमा र सानीआमाको छोरा
    छोरी, छोरी ज्वाइँ, बहिनी–ज्वाइँ, भिनाज्यू र मीतलाई समेत जनाउँछ।

    तर पितृ–कार्यको हकमा जसले पितृ–कार्य गर्ने हो निजको उपरोक्त बमोजिमको
    नातेदार सम्झनु पर्छ।

    ३. तिलकमा नियन्त्रण :
    (१) विवाह हुँदा तिलक लिन दिन हुँदैन।
    (२) उपदफा (१) उल्लंघन गर्नेलाई बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस
    हजार रुपैयाँसम्म जरिवाना वा तीसदिनसम्म कैद वा दुवै सजाय हुनेछ।

    ४. दुलही पक्षले लिन नहुने :
    (१) छोरीबेटीको विवाह गरी दिंदा सो बापत दुलही पक्षले आफनो लागि कुनै नगदी जिन्सी लिन हुँदैन।
    (२) विवाह हुने छोरीबेटीको लागि दुलहा पक्षले यति गहना, कपडा, नगद–जिन्सी
    वा जेथा दिनुपर्छ भनी कर लगाउन हुँदैन।
    (३) उपदफा (१) उल्लंघन गर्नेलाई बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस
    हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। दिनेलाई त्यसको
    आधासम्म सजाय हुनेछ।
    (४) उपदफा (२) उल्लंघन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र
    दिनसम्म कैद हुनेछ।

    ५. दाइजोमा नियन्त्रण :
    (१) विवाह हुँदा वा विवाह पछि दुलही पक्षबाट दुलही वा दुलहालाई
    यति नगद जिन्सी दाइजो, दान, बकस, भेटी, विदाई उपहार समेत जुनसुकै रुपमा
    दिनुपर्छ भनी दुलहा पक्षले कर लगाउन वा यति लिने दिने भनी दुवै पक्षले अगावै तय
    गर्न हुँदैन र दाइजो दिएन भनी दुलहा पक्षले टण्टा गर्न वा विवाह गर्न इन्कार गर्न वा
    विवाह भइसकेको भए दुलही विदाई गराई साथ नलग्न वा दुलही पछि मात्र विदाई गराई
    लग्ने प्रथा भएकाहरुले पछि विदाई गराई लग्न इन्कार गर्न हुँदैन।

    (२) विवाह हुँदा जिउमा लगाएको एकसरो गहना बाहेक आफनो कुल परम्परा
    अनुसार राजीखुशीले दिनेले पनि बढीमा दश हजार रुपैयाँसम्मको मात्र दाइजो दिन हुन्छ।

    (३) उपदफा (१) वा (२) उल्लंघन गर्नेलाई लिन दिन नपाउने बिगो भए बिगो
    जफत गरी दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ।

    ६. अन्य आर्थिक दायित्व व्यहोर्नमा प्रतिबन्ध :
    (१) दुलहाको पढाइमा लागेको वा लाग्ने खर्च वा निजलाई व्यापार वा व्यवसायमा लगाउन चाहिने पूँजी वा दुलहातर्फको विवाह खर्च दुलही पक्षबाट लिन हुँदैन।
    (२) जन्त लग्दा लागेको बाटो खर्च तथा खाना खर्च दुलही पक्षले व्यहोर्न वा सो
    पक्षले व्यहोराउन हुँदैन।
    (३) जन्त जानेहरुलाई कुनै किसिमको नगद जिन्सी उपहार दिन हुँदैन।
    तर, जन्तसाथ जाने भरियाहरुलाई नगदी वा जिन्सी ज्याला दिन बाधा पर्ने छैन।
    (४) उपदफा (१) वा (२) उल्लंघन गर्नेलाई बिगो जफत गरी बीस हजारदेखि
    चालीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ।
    (५) उपदफा (३) उल्लंघन गर्नेलाई बीस हजारदेखि चालीस हजार रुपैयाँसम्म
    जरिवाना वा पन्ध्र दिनसम्म कैद हुनेछ।

    ७. जन्तसम्बन्धी नियन्त्रण :
    (१) बाजावाला लगायत एकाउन्न जनाभन्दा बढी जन्त वा बरियात लान हुँदैन।
    (२) जन्तमा कुनै प्रकारको भाडावाल नाच लग्न हुँदैन।
    (३) जन्तमा आतसबाजी गर्न हुँदैन।
    (४) जन्तमा एघार जना भन्दा बढी बाजावाला राख्न हुँदैन।
    (५) यस दफा उल्लंघन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र
    दिनसम्म कैद वा दुवै सजाय हुनेछ।

    ८. विवाह भोजमा नियन्त्रण :
    (१) दुलहा तथा दुलही पक्षबाट आयोजित भोजमा नजीकको नातेदार बाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट एकाउन्न जना भन्दा बढी व्यक्तिलाई आमन्त्रण गर्न हुँदैन।
    (२) उपदफा (१) उल्लंघन गर्नेलाई बीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ।

    ९. छैठी, न्वारान, जन्मदिवस, पास्नी, चूडूडाकर्म, ब्रतबन्ध, बूढो––पास्नीको भोजमा नियन्त्रण :
    (१) छैठी, न्वारान, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतबन्ध, बुढो–पास्नी गर्दा सो
    कर्मकाण्डसंग सम्बन्धित नजिकको नातेदार बाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट
    पच्चीस जनाभन्दा बढी व्यक्तिलाई भोजमा आमन्त्रण गर्न हुँदैन।
    (२) उपदफा (१) उल्लंघन गरेमा दश हजार रुपैयाँ जरिवाना वा सात दिनसम्म
    कैद वा दुवै सजाय हुनेछ।

    १०. पितृ––कार्यको भोजमा नियन्त्रण : (१) कुनै पनि व्यक्तिको मृत्यु उपरान्त गरिने काज
    किरिया, श्राद्ध एवं अन्य विभिन्न क्रिया गर्दा नजीकको नातेदार र मलामी (गुठियार)
    बाहेक अरु छरछिमेकी इष्टभित्रहरुमध्येबाट पच्चीस जनाभन्दा बढी व्यक्तिलाई भोजमा
    आमन्त्रण गर्न हुँदैन।

    (२) उपदफा (१) उल्लंघन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा सात
    दिनसम्म कैद वा दुवै सजाय हुनेछ।

    ११. दाइजो आदि प्रदर्शन गर्न नहुने :
    (१) सामाजिक व्यवहार सम्बन्धमा लैजाने वा पठाउने दाइजो लगायत कुनै पनि व्यवहार वा उपहार भडकिलो रुपमा प्रदर्शन गरी लैजान वा पठाउन हुँदैन।
    (२) उपदफा (१) उल्लंघन गर्नेलाई पाँच हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुनेछ।

    १२. भड्किलो रुपमा घर सजाउन नहुने :
    (१) सामाजिक व्यवहार गर्दा सो उपलक्ष्यमा चाहिनेभन्दा बढी हुनेगरी भड्किलो रुपमा वत्ती बाली घर सजाउन हुँदैन।

    (२) उपदफा (१) उल्लंघन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा सात
    दिनसम्म कैद हुनेछ।

    १५. हिसाब देखाउनु पर्ने : (१) सामाजिक व्यवहारको सिलसिलामा भोजको लागि आमन्त्रण
    गरिएका व्यक्तिहरुको लगत तथा ऐनमा तोकिएबमोजिम भए नभएको विवरण सम्बन्धित
    प्रमुख जिल्ला अधिकारीले माग गर्न सक्नेछ र त्यसरी मागिएको विवरण सम्बन्धित
    व्यक्तिले सूचना पाएको मितिले बाटाका म्याद बाहेक पन्ध्र दिनभित्र दिनु पर्नेछ। यसरी
    प्रमुख जिल्ला अधिकारीले विवरण माग गर्दा ऐनको म्यादभित्र उजूर परेको हकमा मात्र
    माग गर्न सक्नेछ।

    (३) उपदफा (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले मागेको विवरण नदिएमा
    तीन हजार रुपैयाँसम्म जरिवाना वा तीन दिनसम्म कैद वा दुवै सजाय गर्न सकिनेछ।

    १६. नेपाल सरकार वादी हुने : यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ।

    १७. मुद्दाको तहकिकात र दायरी :
    (१) यस ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको
    तहकिकात प्रहरीले गर्नेछ र यस्तो तहकिकातको काम पूरा गरी निजले मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ।

    (२) उपदफा (१) बमोजिम मुद्दा तहकिकात र दायर गर्दा प्रहरीले सरकारी
    वकीलको राय लिन सक्नेछ।
    १८. मुद्दा दायर गर्ने म्याद : यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लंघन गरेको
    मितिले पैंतीस दिनभित्र मुद्दा दायर नगरेमा मुद्दा चलाउन सकिने छैन।

    १९. मुद्दा हेर्ने अधिकारी र कार्यविधि :
    (१) यस ऐन अन्तर्गतको मुद्दामा शुरु कारवाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ।
    (२) यस ऐन अन्तर्गतका मुद्दामा प्रमुख जिल्ला अधिकारीले •विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यविधि अपनाउनेछ।
    (३) प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उपर)पुनरावेदन अदालतमा पुनरावेदन लाग्नेछ।

    २०. दण्ड सजाय : (१) यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्न नहुने काम गरेमा
    बढीमा तीस हजार रुपैयाँसम्म जरिवाना वा तीस दिनसम्म कैद हुनेछ।

    (२) सरकारी कर्मचारी वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको
    संगठित संस्थाको कर्मचारी वा नेपाल सरकारबाट स्थापना गरिएको संस्थान वा संगठित
    स्वशासित संस्थाका कर्मचारीहरुले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम
    गर्न नहुने काम गरे गराएमा यस ऐनमा तोकिएको सजायको अतिरिक्त त्यस्तो
    कर्मचारीलाई निजको सेवा शर्तसम्बन्धी कानून बमोजिम विभागीय कारवाही समेत
    गरिनेछ।

    No related posts.

    26 comments to मान्नै पर्छ र (२)

    • shristi shah

      सरकार ले बनाको नियेम जनता लाई मात्त्र लाग्नु भन्ने के छ र??जसले नियेम कानुन बनाउछ उसलाई कुनै कानुन ले नछुने देश मा.अनि रह्यो बिहे मा कति खर्च गर्ने भन्ने कुरो हिजो आज को समाज अनुसार चल्ने रहर सबैमा हुन्छ तेस्मा पनि जीवन मा एकपल्ट गरिने बिहे(केटिको लागि मुख्येतया केटाले त स्वास्नी मरेको वर्ष दिन नहुदै ज्याई ज्याई बाजै ठोकेर बिहे गरेको देखेकी छु केटीले पनि नगर्ने हैन्नन तर केटाले गरेजस्तो स्वीकार्य र सजिलो छैन) तेसो भन्दैमा आफ्नो हैसियेत बिर्सेर ऋण मा बुब्ना चाही भएन.बिहेमा जति ऋण गरेर एक दिनको लागि फुस्रो धाक लगाउनु हुन्छ ऋण तिर्न नसकेर तेस्पचिको आफ्नो गुम्ने इज्जत लाइ मनन गरेर खर्च गरे सबैको हित होला……तपाइले १०० रुपिया पर ब्येक्तिलाई भोज खुवाउनु भए पनि खानेले एक पेट नै खाने हो ५०० मा पनि उही एक पेट कुरा अउछा मिठो र नामिथोको होला ५ थरि खुवाए १,२ ठोक मा खोट लगौछान १० थरि खुवाए ४,५ थरीमा जन्तीको वा भानु भोज खानेको काम नै के के मिठो के के नामिह्तो भनेर कुरा काट्ने…………….हिजो आज का बिहे देख्छु ओ हो राजामहाराजाको जस्तो कस्तो दिल फुकाएर बिहे गर्छन तर ९०% जोडीहरु दिल फुकाएर आफ्नो जीवन बाचेको देख्दिन करिब करिब १ वर्ष अनि करिब करिब सम्बन्ध बिचेद्को दोसाद मा………….येस्तई छ येहाको चलन…..

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • यो नियम नै गलत छ / बिबाह मा जन्ती बाजा कसैले तोक्न मिल्दैन / कसलाई के मतलब मेरो पैसाले मैले रमाइलो गर्छु त ? तेत्ति हो दाइजो को कारणले कसैले कसैलाई आन्याया गर्न मिल्दैन / मेरो ससुराले आफ्नी छोरि लै केहि दाइजो खुसीले दिन्चन भने सरकारले टाउको दुखैरहनु पर्ने त देख्दिन त / नत्र के को प्रजातन्त्र ?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

      • Om

        सामाजिक व्यवहार भनेकै सक्ने ले के गर्न हुने र नहुनी भन्ने हो. सकेको र मन लागेको जे पनि गर्न पाउनु प्रजातन्त्र हो र? तेसो भए पुलिस संग दण्ड छ उसले पिटछ तपाई सहनुस . There are always things that one can do but should not. For some who doesn’t understand this fact, there are rules and law. That is why we need government – to make rules, amend them to make it relevant, and enforce it to make people follow it. Yes, rules has to be relevant and should be practical, but rules must be there and that is what makes us civilized human beings. Democracy doesn’t mean Anarchy.

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • jyoti

      यो राम्रो हो बिहा गर्दा धेरै खर्चह गरेको राम्रो हैन
      जति सके बिद्या आर्जन गर्न्ने हो आफ्नो आम्दानी अनुसार बिहा गर्न्ने हो
      बिहा खर्च चाही अफ्फई ले कामको राम्रो नियम मानेमा सबलाई राम्रो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • baren

      जुन नियम समाज को गति अनुसार बनेको छैन, त्येस्तो नियम मान्नै पर्छ भन्ने छैन / १००० जना सम्म जन्ती लागिराखेको समाज मा ५१ जना मात्र लानुपर्छ भन्नु वएहत कुरा हो /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Rajaram

      अजब को देश मा गजब को नियम , सामाजिक संस्कार मा नीयम लगाउनु भन्दा त मन्त्रि, तथा सांसदहरु को ५ तारे होटेल मा गर्ने कोकटेल पार्टी मा प्रतिबन्ध लगाउनु बेश ………….कशो साथी हरु…..

      के माइसंसार को कमेन्ट हरु ति मुर्ख नेताहरुले कहिले पढेको होलान ?

      राजा, newyork

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • baburee

      वाहियात कानुन तेसैले कसैले पनि मान्देनन…हे हेहे

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • Anal

      अरु लै का को टाउको दुखाई जस लै जति मन लाग्छ तेती नै गर्छ नि. कि कसो मित्र हरु.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Tilak USA

      नेपालको कानुन दैबले जानुन …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • rosan canada

      मानिस मा मानिसको दासत्व भनेको येही हो कहिँ नभएको जात्रा हादी गाउ भनेको येही हो यो सब नियमको मतलब तब सम्म हुदैन जब सम्म हामी आफै जागरुक र के ठिक के बेठिक भनेर आफै ले नियम भित्र बस्न सके हो / अदालत देखि हुलाक सम्म तेत देखि कार्यकर्ता सम्म /राष्ट्र पति देखि सिडिओ सम्म सबै नियम मिच्ने छन् / एस्तो थोउ मा आफ्नओ जिन्दगीमा एक चोटी हुने कार्यकम मा किन kharcha नगरुन./ फेरी गण तन्त्र सबै नया हुदैछा भने पुरानो नियम त lagoo तेसै हुदैन / कस्तो कस्तो नियम भरेंग मुनि थन्कियको छ यो नियम को कुरा कोतार्नु ठिक होइन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 4

    • indra shahi / SYDNEY

      हजुर लेखक ज्यु……. नेपाल को ‘ ल ‘ त कसले माननी ….. रास्ट्रपति देखि रोडपति सबै उस्तै छौ हामीहरु ! नियम बनाउने देखि नियम माननी हामी सबै उस्तै छौ ! यो त एउटा नमुना मात्र हो …………….. हा हा हा हा !!!!!!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • kiran

      नेपाल को नियम नियम कानुन गरिब को लागि मात्र हो, र यौ त देखावटी कानुन मात्र हो. वास्तब मा नेपाल मा कानुन नै छैन वन्द खासै फरक नपर्ला. र जुन कानुन लागु हुँदैन त्यो हुनु र नहुनु मा के अर्थ रह्यो त?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • dilip

      खरिदार, नासु, पियन , गरिब नपढेको लाई जेल हाल्न को लागि एन कानुन बनाएको हो नेपाल मा./ होइन र /

      १. खुमे लाई कसले थुन्योर
      २. गोबिन्‍द जोशी
      ३. बिजय गचादर
      ४. धमिजा
      ५. लाउडा
      ६ चिएना साउथ वेस्ट
      ७. चिरिन्जीवी वाग्ले
      ८.गुप्ता
      ९, भन्सार, कर, सडक, गृह , सेना,मालपोत अनि सरकारी हाकिम, मन्त्रि ,न्यादिश, सचिब हरुले कति खाए कति… लेखा जोखा छैन…..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 5

    • होइन यस्तो पनि नियम छ र भन्या नेपाल मा. मलाई त हासो लाग्यो बा. आफुले थाहा पायादेखी यसको बारेमा कैले सुनेको होइन.अहिले जान्न पाइयो.तर खोइ कसले पालन गर्ने हो र यस्तो नियम.यो त एकादेस को कथा जस्तै हो,भरे पछी नाति पनाति लाइ सुनाउन हुन्छ,हाम्रो पालामा यस्तो नियम थियो भनेर.हा हा हा

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • sudarshan

      त्यो पंचायत काल को कानुन अहिले कोस्ले मानोस त् !!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 10

    • Sagar Sharma

      यी त सब भन्ने कुरा न हुन् ……./ नकचरा को ओखती हुदैन त्यसै भनेको कहाँ हो र?
      नेपाल कहिले पनि कानुनि राज्य भएन जस्तो लाग्छ / तपाइँ हामि सबैलाई थाहा भएकै कुरा हो राजा बिरेन्द्र कि छोरीको बिहे , सुजाताकी छोरीको र पूर्व प्रधान सेनापति कि छोरीको बिहेमा हामि जस्ताले हिसाब पनि लाउन नसकिने खर्च गरेको/
      अझ त्यसमाथि जनताले बाटो छोडिदिनुपर्ने जन्ती का लस्कर गाडीलाई / अनि सरकारी सुरक्षा कर्मी ले पहरा दिनुपर्ने नत्र जागिर जाने / कानुन पालना गराउने श्रीमानहरु लगायत यस्तै उच्चा पदस्थ कर्मचारीहरु का छोरा छोरी को बिहेको रबाफ कसले नदेखेको होला र? नेपालको कानुन त सानालाई सास्ती मात्रै भएको छ ./

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 1

    • प्रकाश_पौड्याल_EDM_AB_Canada

      क्या गजब आफ्नो बिबाह मा जति सुकै मान्छेलाई बोलौं सरकार लै के मतलब ? छोरा लाइ पुरै घर दिनु हुने | छोरि लै बिदा गर्ने बेलामा अलकति समान दिन नहुने ? सक्नेले दिन्चन नसक्नेल दिदैदन | अरुलाई किन टाउको दुख्ने ? नेपालमा ८०% ले बोर्डिंग स्कूल मा पदौना सक्दैनन् अब के कानुन बनाएर बोर्डिंग स्कूल मा पदन नपाउने नियम बनाउने? नेपाल मा ९९% ले पिज्जा हट मा खान सक्दैनन् के अब नसक्ने धेरै भेये भनेर रेस्तुरांत बन्द गर्ने |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 9

    • पुष्प

      नजीकको नातेदार भनेर मीतलाई पनि जनाउँछ रे ! प्वाल त पारिछाडेछन् कानून बनाउनेहरूले, अनि कसरी कार्यान्वयन हुन्छ ???

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 14

    • pradeep pdp

      वाह कानुन ,वाह जनता र वाह मेरो देश !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 12

    • Jillabashi Baburam

      एकादेशमा!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 16

    • santosh

      हा हा हा
      कस्तो हास्न मन लाग्ने नियेम कानुन पो रहेछ बिबाह को
      ल बधाई छ है

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 12

      • Tilak USA

        बच्चाहरु बिनाकारण पनि हाँसछन् भन्ने कुरा केहि दिन अघि येही ब्लग मा पढेको थिए हो रहेछ |

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

      • Ramesh

        hahahahaha hasauchha budha le

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreesh thapa

      यति जनता यति बाजा भन्ने नियम पनि रहेछ मलाई त थाहा पनि थिएन म जस्ता कति नेपालीलाई यस बारेमा जानकारी नै छैन होला कसरि मान्ने …..अबको संबिधान मा यसबारे यो कुरालाई अलि विचार पुर्याएर लेख्दा राम्रो होला हुने कुरामा नियम लगाएको छैन यस्तामा सजाय र क्षतिपूर्ति को नियम लगाउने के न के को …….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 12

    • P4R££N1T4~

      कसैले मान्दैनन………..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

      • madan bajracharya

        हो कसैले केहि मान्नु पर्दैन अब/ नेताहरु अदालत को आदेशको मर्म को उपहाश गर्ने, कानुन मान्नु नपर्ने भए पछी, देसको रास्त्रियेताको उफाश गर्ने भए पछी जनताले तेस्ताको आदेश किन मानि रहने, जनताको नोकर हो तिनीहरु त् नोकर को आदेश मालिक ले किन मान्ने?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

    eXTReMe Tracker