उपराष्ट्रपतिको शपथ भाग एकमा हिन्दी भाषाको प्रयोग भएपछि विवाद बढ्यो। सर्वोच्च अदालतले संविधान अनुसार शपथ ग्रहण गर्नुपर्ने आदेश दिँदा परमानन्द झाले मलाई नेपाली नै आउँदैन भन्दै नेपाली मै बोलेर सबलाई निःशुल्क मनोरन्जन गराए। सर्वोच्चको आदेश अटेर गरेपछि उनको पद निस्क्रिय बन्यो र सब दल मिलेर संविधानको सातौँ संशोधन गरी उपराष्ट्रपतिलाई मातृभाषामा शपथ लिन मिल्ने बाटो खोलिदिए। त्यसैअनुसार आज उपराष्ट्रपति परमानन्द झाको शपथ ग्रहण भाग दुई हुँदैछ। उनले मैथिली भाषामा शपथ लिँदैछन्। शपथ कार्यक्रम साढे ३ बजे हुँदैछ। आजदेखि उनले पुनः उपराष्ट्रपतिको सम्पूर्ण मान र सुविधा पाउने छन् जुन सर्वोच्चको आदेश अटेर गरेपछि खोसिएको थियो।
चोरी गर्दा सजाय हुने कानुन भएको अवस्थामा कसैले चोरी गरे सकेपछि उसलाई सजाय दिलाउनबाट बचाउन फलानो सामान चोरी गरेमा चाहिँ सजायँ नहुने भनी पछि बनाइएको कानुन पहिले चोरी गरिसकेको अवस्थामा लागू हुन्छ कि हुन्न? अर्थात् पश्चातदर्शी कानुन बनाउन पाइन्छ कि पाइन्न? आजको शपथ ग्रहणले यस्तै विवाद उठाउने छ।
उपराष्ट्रपतिलाई शपथ खुवाउन गराइएको संशोधन यस्तो छ-

शपथको व्यहोरा यस्तो हुन्छ। जुनसुकै भाषामा शपथ ग्रहण गरे पनि यसमा सही गर्नुपर्छ-

उपराष्ट्रपतिको शपथ भाग १ हेर्नुस्-
हेर्नुस् गत वर्ष उपराष्ट्रपतिले हिन्दी भाषामा लिएको शपथ-

Related posts:










कहिँ नभएको जात्रा हाडी गाउँमा !! भने झैँ कहिँ नभएको प्रजातन्त्र, रास्ट्रपति, उपरस्त्रपती, नेताहरु….गाइजात्रे महोत्स्वाब कहिले सकिने हो हाम्रो देश नेपालमा ??
मन परे हरियो, नपरे रातोः
1
0
परमानन्द झालाई हामी जनताले कहिलैपनी उपराष्ट्रपति को रुपमा स्वीकार गर्न सक्दैनौ। यो त देशद्रोही हो। जो मान्छे यति ठुलो पदमा रहेरपनी आफ्नो राष्ट्रिय र राष्ट्रियताको सम्मान गर्न नजान्नेलाई किन सपथ लिन यति धेरै कर गर्नु परेको हो??? के यो बिना हाम्रो देश नै चल्दैन र?? अरुबेला जेसुकै भएपनि कमसेकम देशको लागि देशको नाममा सपथ लिदा त राष्ट्रिय भाषामा नै सपथ लिनु पर्ने हो नी । यस्ता नालायक नेताहरुलाई सपथ खुवाउने होईन बरु देश निकाला गर्नु पर्छ।
राजेश
मोरङ नेपाल
मन परे हरियो, नपरे रातोः
1
0
नेपाली नाबुज्ने मान्छे ले कसरि सहि गर्ने होला ? सचे अचम्म पो हुने भो
अजिब उपरस्तापति गजब कहानी
मन परे हरियो, नपरे रातोः
2
0
पर्मनान्ध लाई फेरी अर्को सतर्कता पत्र थामौनु पर्छ किनकि उनीले गरिमामय पोस्ट मा बसेर मलाई नेपाली औदैना भनेर धतेका छन् तेसैले भोलि तेस्तै गरिमा भएका ले झुट बोल्न मिल्दैन भन्ने नजिर बनाउनु जरुरि छ / नत्र तेस्तो ढाँट को घरलाई कसरि राष्ट्र परमुख मान्ने ?
मन परे हरियो, नपरे रातोः
3
0
Hindi is, of course, not the mother language of Madhesi people. However, most of the Madhesi people are not raising their voice against Mr. vice-president. Because they know how their identity, culture and language had been crushed by Pahadi people for century in this country. This is just an outburst of their anger!! Nevertheless, don’t link a particular language to the Nationality.
Many indian people don’t understand Hindi, but it doesn’t mean they are not indian. Nepali may be the National language of Nepal; however, most of the Madhesi people feel uncomfortable with this language…And this is the bitter truth.
मन परे हरियो, नपरे रातोः
4
2
if you think that you feel uncomfortable with nepalese language then why are you writing in english here, british also enslaved your ancestor for 200 yrs in india ..
after maoist came in power they distributed few lakhs citizenship to some fake nepalese … and only those want hindi as their language ..and i think you are one among them ..
मन परे हरियो, नपरे रातोः
2
0
its not compulsory for the people to feel comfortable with Nepalese language but they shouldn’t feel comfortable with any other country’s language ,especially with the Indian language , that’s all
मन परे हरियो, नपरे रातोः
1
0
हिन्दी भाषाको विवाद इंडिया मा पनि छ मैले युता फोरम मा पढेको थिए.
I am leaving in village areas of india. Its time to take decision that what really we are looking at. If we study overall india including remote villages also you will definitely find any person knowing at least one word of English. We have strong influence on us of English. In our day t oday life we use English & even for many of the words we don’t know translation in local language. Local language is our heritage but we need to think globally. break the boundries of state & country. English is the most public speaking language in the world. Let’s accept this fact. Even children in nursery knows English. We all use English as official language. So what we are waiting for. accept English as National language & lets lead the world together.
मन परे हरियो, नपरे रातोः
1
0
पुष्पजी के तपाइको बिचारमा सबैभन्दा राम्रो नेताहरु कुन हो त
मन परे हरियो, नपरे रातोः
2
1
कति नेपालीको मन/छाती पोल्यो यो कुराले | नेपाली हुनुमा हामीले कसरि गर्व गर्ने? उफ्फ़ ! फोहोरी राजनीति, दिक्क मात्रै लाग्छ |
मन परे हरियो, नपरे रातोः
4
0
परमानन्द झाले मलाई नेपाली नै आउँदैन भन्दै नेपाली मै बोलेर सबलाई निःशुल्क मनोरन्जन गराए। ही ही ही
मन परे हरियो, नपरे रातोः
7
0
पुष्पजी कसैको अन्धो समर्थन होइन सत्य कुरा गर्नुस/ भोलि पछूतो हुनेछ/
मन परे हरियो, नपरे रातोः
8
2
साथी हरु
नेपालमा हिन्दी बोल्नु कुनै ठुलो कुरा चै होइन
मन परे हरियो, नपरे रातोः
3
10
साथीहरू माओबादी भन्ने पार्टी पनि तेत्ति राम्रो पार्टी होइन माओबादी बास्तव मा भन्दा देश को विनाशको लागि जन्मलियको पार्टी हो.
जनताको भलो को लागि जन्म लिएको पार्टी भन्छन तर जनताहरुको अधिकार खोसेर जनताहरुको अधिकार लै बिनाश गर्दै हिन्छन यस्तो पार्टी का नेताहरु लै खुल्ला मंच मा लियर गोलि हान्नु नै राम्रो उपाय हो ?
गर नेता हरु नेपाललाई राम्रो देश बनाऊ जनताहरुको अधिकार जनताहरुको हातमा देउ ……………………………………
मन परे हरियो, नपरे रातोः
7
4
परमान्द झा मात्रै होइन, गिरिजा प्रसादले पनि हिन्दी बोलाके छन्| सुनाहोस्ता गिरिजाले विदीओमा ‘कहिये नाम’ भनेका छन् | नेपालको प्रधानमन्त्रिले सपथ ग्रहण को समारोहमा हिन्दी मा बात गर्न हुन्छ कि हुँदैन ? परमानन्द को हिन्दी सपथ मा तात्कालिक प्रधानमन्त्री गिरिजाको पूर्ण समर्थन रहेको मा शंका छैन |
म गिरिजाको यस कार्यको भर्त्सना गर्दछु | कमेन्ट गर्नेकी साथीहरुले |
मन परे हरियो, नपरे रातोः
5
3
कांग्रेश ले खुलेरै भने उनीहरु भारत मुखी हौँ भनि/ तेसैले नेपालको नदीहरु भारतलाई न अघाउन्जेल घिचाये, सु सु गर्न समेत भारत को अनुमति लिएर सु सु गरे/ / एमाले आए भन्ने बेलामा भारतीय बिस्तारबाद मुर्दाबाद भन्ने गर्ने बेलामा भारतले नेपाल भित्र सिमा बिस्तार गर्दै गएको मा समर्थन मात्र होयिन बैधानिकता नै दिए/ अब एक मधेशको माग गर्नेको के कुरा गर्ने/ सबै भन्दा जनतालाई झस्काएको अहिले मावोबादिलेनै हुन्/ मुखले भारतको बिरोध गरेको देखाउने, कांग्रेस एमाले मधिसे फोरम ले जनाधिकार मिचे भन्दै गर्ने तर भित्र कोठामा उनीहरु सिट नेपाली मत बिरुद्ध निर्णय गरेर भोज खाए/ वाह मावोबादी तिमीहरुले आफुलाई भोट दिने लाई पनि झुक्याए अनि अब त् मावोबादिले ठिक कुरा गर्दै छन् भन्नेहरुलाई पनि लाजै मर्नु तुल्याए/
मन परे हरियो, नपरे रातोः
7
3
के भनौ र खै !
मन परे हरियो, नपरे रातोः
0
0
पहिलो कुरो त तवसम्म जुन बेलाको सम्भिधान अनुसारनै सपथ उपराष्ट्रपति ले खादैनन् उनको पद बैधानिक हुँदै हुदैन .
यो त सव यी पार्टीहरुको पार्टीगत स्वार्थको लागि आफ्नो समर्थन बढाई सत्तामा टिकिरहने या जाने दाउ मात्रै हो चाहे तेस्को लागि राष्ट्रको स्थिति जस्तो सुकै होस् तेस्को मतलव छैन .
रह्यो कुरो उपराष्ट्रपतिको : यो पद भनेको सरकारलाई कानुन अनुसार चल्न निर्देश गर्ने र राष्ट्रलाई एकताबद्ध रुपमा अभिभावकत्वो प्रदान गर्ने हो र त्यो भनेको जुन बेला देशमा जुन कानुन लागु छ तेस्को पालना गरि सम्पूर्ण देशबाशीको साझा ब्यक्तित्वो बन्ने. यी झाले न त देशको कानुन अनुसारनै चले, न सम्पूर्ण राष्ट्रको साझा ब्यक्तित्वोको गरिमालाईनै बुझे यस्ता व्यक्तिको जसरि पनि पद क्रियाशील बनाउन खोज्ने यी राजनीतिक दलको मनोकांक्षा हामी सबैले बुझौं.
अहिले राष्ट्र संक्रमणको स्थतिमा चलिरहेको छ एस्तो बेलामा एउटा राष्ट्रको गरिमालाई नबुझ्ने अराष्ट्रिय नैतिकहिन व्यक्तिलाई राष्ट्र प्रमुख बनाउन आँतुर हुँदा राष्ट्रले कुनै पनि बेला दुर्भाग्यपुर्ण घटना व्यहोर्नु पर्ने हुन् सक्छ सबैलाई चेतना भया !!!
मन परे हरियो, नपरे रातोः
3
0
सपथ जुनसुकै भाषामा नै लिए पनि मनमा राष्ट्रीय भावनाको खडेरी उपराष्ट्रपति ज्यू मा देखिइसकेको छ ! तसर्थ यो नाटक कुनै नौलो हो भन्ने मलाई लाग्दैन ! अहिलेको यो सपथका बिषयमा सरकारले गरेको निर्णय पनि कुनै नौलो होइन किनकी आफुलाई राष्ट्रको वास्तविक पहरेदार भनेर नथाक्ने एमाओवादीले नै आफ्नो दुनो सोज्याउन २ ठाउं बाट चुनाव हारेका वर्तमान सम्माननिय प्र.म.माधव कुमार नेपाल लाइ संबिधान सभामा सामेल गरायो ! दुर्भाग्य नै भनौ अंत्यत तिनै ब्यक्ति त्यतिबेला आफुहरुको ब्यक्तिगत र दलीय स्वार्थ पूरा गर्न क़ानून लाइ खेलौना बनाउने हरुको बुई हुँदै शीरमा चढेर नाक,मुख अनि कान भरिने गरेर ‘पि’ गरिदिए जसको नतीजा आज यो कु-संस्कारको थालनी गर्ने एमाओवादी ‘नागरिक सर्वोच्चता’ को डाको छाडेर हामिहरुलाई इमोशनल ब्ल्याक्मेलिंग गर्न खोज्दै छन जून पटक-पटक कांग्रेस अनि एमालेले अनेक शीर्षकमा गरिसकेका हुन ! अहिले १ पटक राजनितिक आस्था २ मिनेट लाइ कतै राखेर आफुलाई मात्र नेपाली मानेर सोच्नोस त आज देशका प्रमुख दलहरु कांग्रेस, एमाले,एमाओवादी र म.ज.अ.फोरमले जे जस्ता निर्णय गरिरहेका छन के यी राष्ट्र र हामी जनता प्रति समर्पित छन ? के यो देशमा प्रचंड,गिरिजा,सुजाता,के.पि.,माकुने,बामदेव,उपेन्द्र यादव अनि बिजय कुमार गच्छेदारहरु सत्तामा जान वा यिनीहरुको सत्ता टिकाउन जे जस्तो क़ानून पनि बनाउन मिल्ने हो त ? समस्या बूढी मरेकोमा होइन समस्या त काल पल्केकोमा हो ! यी कामहरु एमालेको कार्य कालमा हुँदैमा मैले यी सबै कुराको जननी एमाले हो त भन्दैन तर अरुले गलत थालनी गरे एमाले ले ति गलतको बिट मारेर राम्रो संस्कारको थालनी गर्न पनि त हुने थियो होइन र ? देशको सुरक्षाको जिम्मा लिएका गृहमंत्री भीम रावलले गृह जिल्लाकी चेली अझ आफ्नै गृहमंत्रालय अन्तरगत जागीरे महिला प्रहरी सुन्तली धामी माथी आफ्नै सहकर्मी हरु बाट भएको सामूहिक बलात्कार मा न्याय दिन सकेनन उल्टो निज चेली लाइ उपचारको नाममा राजधानीमा ल्याएर घटना सार्वजनिक गरेको भनेर नेपाल प्रहरीले नै अघोषित नजर बन्दमा राखेर मानसिक तनाव दियो …….अब यसलाई के भन्ने ??? सीडीओ पिट्ने करीमा बेगम जस्ता निर्लज्ज पशु समानको मानसिकता भएका दुर्जन हरुलाई कार्वाही गर्दा आफ्नो सत्ताको सराद्दे हुने डरले उल्टो ति सीडीओ लाइ नै सरुवा गरियो ! मेरो निष्कर्ष त कानूनको खिल्ली उडाएर आफ्नो असभ्य दम्भको, त्रासको राजनितिक शुरुवात गर्ने दल एमाओवादी नै हो भने प्रथम प्राथामिकतामा ब्यक्तिगत स्वार्थ अनि दोस्रोमा दलीय र छिमेकी देशको स्वार्थ पूरा गर्न जे-जस्तो नांगो नाच पनि गर्न सक्ने सिमित दलाल हरु हावी भएका दल कांग्रेस र एमाले हुन जहां दलमा रहेका राष्ट्रवादी सोंच हुनेहरु अहिले जिउंदा अघोषित सहीद भएर रहन वाध्य छन ! मधेशी जनअधिकार फोरम (उपेन्द्र यादव पक्ष) लैनचौर दरवार भित्रको झंडामा आफ्नो राष्ट्रीयता पोको पारेर यहाँ बाजी खेल्ने बेईमान खेलाडी हुन भने मधेशी जनअधिकार फोरम ( बिजय कुमार गच्छेदार पक्ष ) कुर्चिको लागी रुदै कराउदै हिडेर,पार्टी नै फोड़ेर भए पनि कुर्चिको भिक माग्दै हिड्ने आफ्ना नातेदारको प्रगतिका लागी राजनीति गर्ने अर्का घटिया नेता हुन ! अब यो कु-संस्कारको बिरोध गर्न हामी युवा वर्ग १ जुट भएर अघि बढौ….. यही ब्लग मार्फ़त केही राम्रो अभियानको शुरुवात गरौं ! अस्तु !
मन परे हरियो, नपरे रातोः
9
1
सपथ खाएपछि मैले सपथ खाएको छु नेपाल देश र नेपाली जनताको अहित गर्नु हुदैन ;देश र जनताको भलो चिताउनु पर्दछा भन्नेका लागि ठिक छ ;हाम्रो देशमा त नेपालको लागि सपथ खाएर भारत को लागि काम गर्ने नेता हरु छन्/
मन परे हरियो, नपरे रातोः
1
0
सपथ खादा घ्यु र भात खाए जस्तो सम्झिने लाइ जति भागमा सपथ ख्वाए पनि उस्तै हो/
मन परे हरियो, नपरे रातोः
1
0
नमस्कार
यस्तो चरेश काण्ड को त्यो पनि न्यायलयको धिक्कार छ नेताहरु
यस्ता चोरहरु त आजिबन राजनीति गर्न बाट प्रतिबन्ध हुनु पर्ने हो ?
कसरि के भयो नेपाल मा यस्तो अनर्थ र अन्याय ? चुनाब मा नो ओब्जेक्शन गर्नु निर्बाचन आयोग को नपुग्सता हो यो राजनैतिक भट्टी पसल हो यो निर्बाचन आयोग सैबधानीक अग होईन
धन्यवाद
मन परे हरियो, नपरे रातोः
3
0
यी माओबादी ले खुमे, गोविंदे, वाग्ले , गचादर,लाउडा, धमिजा कसैलाई कहिले पनि भौतिक कारबाही गरेनन तर भौतिक कारबाही गावका सिछक , प्रदहन्ध्यापक हरुलाई काटेर , मारेर उनि हरु को जनयुद्द को समापन वा अरायाघट मा सेलायो…..
परमानन्द ले के नै बदमासी गरेको छ र? तेही चरेश काण्ड मा दुई चार करोड , खायो चरेश बाट / तेसता चरेश काण्ड त कति भए कति नेपाल मा…….
मन परे हरियो, नपरे रातोः
9
3
दिलिप जी
सहिने भन्नु परेको छ तपाईंको भनाई पनि/ तपाईंले भनेको जस्तो लाई पनि काटेको भए केहि हद सम्म देस लुट्नेहरु तर्सिने थिए/ तर काटिए मारिए साधारण जनता हरु/ अहिले देस बनाउँछु भनेर जति आए सबैले देस बिगार्नेहरू मात्रै आए रास्ट्र आफुले मात्र होयिन भारतलाई समेत लुट्न मिच्न दिनेहरुनै आए/ यिनीहरुको चर्का चर्का देस भक्ति बिधि र बिधान ब्यबस्था गर्ने नारा हरु आस्वाशन हरु सबै हामीलाई ठग्न मात्र भए/ यिनीहरुले हामीलाई दिएको कोसेली नै जब परमानन्द झा जस्ता हुन् भने हामीले बिन सिटि नै पारश लाई भगाए जस्तो छ/ यिनीहरु भन्दा गुन्दानै भएपनि पारसै पनि राम्रो हुने थियो कि दिपक मनांगे नै ठिक हुने थियो कि जस्तो लागे/ यिनीहरु मात्र गुण्डा हरु थिए अरास्त्रिये थिएनन्/ अरास्त्रिये तत्वो रोज्नु भन्दा भन्दा गुन्दाहरुनै रोजे कमसे कम रास्ट्र र रास्ट्र भाषालाई हेप्ने लाई नमस्कार त् गर्नु पर्ने थिएनन्/i
मन परे हरियो, नपरे रातोः
4
2
अदुरदर्शी नेताहरु …
…..”.उपराष्ट्रपतिले नेपालमा बोलिने आफ्नो मात्री भाषामा सपथ लिन चाहेमा “……………..
भन्ने बाक्यंशले उपरास्ट्रपति बाहेक अरुलाई मान्ने नहुने भन्ने अर्थ लाग्ने हुदा अन्ने पदमा पनि भाषिक समस्या आएमा फेरी सम्बिधान संसोधन गर्ने ? उपरास्ट्रपति भनि किटान नगरे पनि हुन्नर ?
मन परे हरियो, नपरे रातोः
1
0
परमानन्द उप रास्ट्रपति पदमा बहाली भएको ले नेपाल सब्द कै अपमान भएको छ/ उप रास्ट्रपति पदमा नियुक्त हुने व्यक्ति ले जब आफै भन्दै छ कि उसलाई नेपालीनै औन्दैन त् तेस्तो जावो नेपाली भाषानै बोल्न आउने को बिकल्प दिन नसक्ने अबस्थामा पुगेको त्यो सदन, त्यो सरकार र त्यो उच्च संयन्त्र निक्याये कति सम्म निकम्माहरुको भिड रहेछ भनेर स्पस्ट भयो/
सबैलाई थाह छ उसलाई नेपाली आउँछ भनेर तर उसले नेपाली भाषा बोल्नै चाहेनन्/ नेपाली भाषा आज पनि देसको रास्ट्र भाषा हो/ देसको रास्ट्र भाषा बोल्न आएर पनि बोल्ने नचाहने व्यक्ति पनि उप रास्ट्रपति? यो त् सिधै भन्नु पर्दा रास्ट्र र रास्त्रियेता अरास्त्रिये चरित्र भएको व्यक्ति लाई सुम्पिएको भनु बा रस्त्रियेतानै मिताउने खोज्ने तत्वो हरु सिट देसको नेत्रित्वो लम्पशार परेको हो भन्नै पर्ने देखियो/
देसको येत्रो गरिमामय पदमा रास्ट्र भाषा प्रति यति कुटु ईख राख्ने, झुठ बोल्ने, सर्बोच्चको मान मर्यादा को अपमान गर्ने र सर्बोच्च अदालत लाईनै उल्टो आरोप लगाउने, उहिले न्यायेधिश जस्तो पदमा रहंदा भ्रस्ट आचरण भएको र सर्बोच्च अदालतले पदबाट हटाउन लगाईएको लाई पदमा निस्क्रिये मात्रै गरिएको भन्दै अहिले केको संकल्प प्रस्ताव पास गरे भनेर तेसैलाई पदमा पुन बहाली गर्ने हरु अब उसैको मतियार हुन् र रास्ट्रको मान मर्दन गर्नेहरु हुन् भन्दा के फरक पर्छ अब?
नेताहरुको निर्णय ले सर्बोच्चको निर्णय बदर गर्ने, निस्क्रिये गर्ने? यो त् राणाहरुको हुकुमी शाशन भन्दा गए बितेको भए/ अपराध गर्ने पनि उनीहरु नै अदालत बात तोकेको सजाए बदर गर्ने पनि उनीहरु/ अब के देस मा विधिको शाशन छ भनेर कसरि भन्ने?
को हुन् यिनीहरु? संसारले मानेको प्रजातन्त्रको सर्ब मान्य सिधान्त अनुशार यिनीहरु मात्र जनताको नोकर हुन् प्रतिनिधि हुन्/ अब जनताको नोकर ले सर्बोच्च अदालत लाई नटेर्ने भए पछी तिनीहरुको मालिक ले के गर्ने त्यो सर्बोच्च अदालत लाई?
अब येस्ताले र देस को संबिधान बनाउने रे के संबिधान बनाउला यिनीहरुले? संबिधान सभामा जनताले चुनेको भन्दा नचुनेको को भिड धेरै/ नचुनेका हरु कसले मनोतनी गरे भन्दा यहि परमानन्द झानै उप रास्ट्र पति पदमा चाहिन्छ भन्ने हरु/ के राम्रो संबिधान यिनीहरुले बनाउला भनि आस समेत गर्न सक्ने कुनै कसैले देखेको छ?
आज यी कुराहरु सबैले बुझेको छ तैपनि छुप मात्र होयिन यिनीहरुकै तरफदारी गर्ने हरुको भिड समाजमा छ/ यो हिसाबले हेर्ने हो भनि रास्ट्र्बादी नेपालीहरु देशमै अल्पमतमा परिसके/ अब देस को भबिस्य के हुने हो सोच्दैमा हातमा खुकरी लिएर काट्न जाउँ जस्तो रिस उठ्छ तर एक्लो गएर के गर्ने?
मन परे हरियो, नपरे रातोः
10
1
Once again dishonest, disloyal, corrupt greedy, corrupt and mean thug politicians hurted Nepali very badly and created big cancerous wound in the heart of Nepal. Reistating a corrupt, disloyal and opportunist inhuman like jhan and bowing to his deliberate arogant condition is loss of head to most Nepaliese and also it the start of the seeding of uncurable cancer in Nepal which will eventually kill Nepal. So all know what these mob thugs so called parties are constantly engaged in game of betrayal time wasting unproductive activities and complete disregard in any other important issues.
मन परे हरियो, नपरे रातोः
0
0
के नाटक हो यो ! घोडा को फूल जस्तो ‘ एन ‘ ! जसले जे गरे पनि हुनी !!!!!
मन परे हरियो, नपरे रातोः
1
2
Do you guys endorse this kind of people for our country vice-president? He even does not want to oath on his Nepali language. We most people do our own language that is not mean we use that language on public place too. Likewise, we stool at the home every day that not means we have rite to stool on public place. First, we are Nepali and we speak Nepali language. If we speak other than Nepali, like our cast language, that only for communicate to our own house or same community. If he oath on Maithili, he is only vice- president for their relative and whoever think or get advantage from his post. I boycott him and if I need to I will boycott all of the people who are going to say him vice- president.
Shame on you politician, you are nothing more than dog who can bark and feel proud to eat shit.
मन परे हरियो, नपरे रातोः
2
2
पंगु, पत्रु, जुवाडे नेता हरुले अर्को एउटा जुवा हारे…….
मन परे हरियो, नपरे रातोः
5
1
“यतिबेला हाम्रो देशमा गुण्डाभन्दा पनि राज्य कमजोर भएको छ । काठमाण्डौको फोहोरसमेत उठाउन नसक्ने अवस्थामा छ राज्य । राजमार्गमा कुखुरो मर्यो भने चक्काजाम हुन्छ, सरकारले केही गर्न सक्दैन र वार्ता गर्छ । हतियारधारी गैर राजनीतिक समूहसित पनि राज्य झुक्छ । कानुन कसैलाई लाग्दैन, बलात्कार गर्ने सेना-प्रहरीलाई पनि निर्वाचित सरकारले कार्वाही गर्न सक्दैन । सरकार भन्दा सेना प्रहरी बलियो छ । पार्टीको संख्या पुर्याउने नाममा अनैतिक भ्रष्ट र कर्मचारीलाई कटीहिँड्ने ‘पागल’हरुलाई मन्त्रीको कुर्सीमा राख्नुपर्ने बाध्यता छ…” । यी हरफ हरु अरुण बराल का हुन् .
देस्भित्रका बिदेसी दलाल र बिदेसी सक्तिको आडमा लोकतन्त्रको घोर खिल्ली उडाउदै हरुवाको अगुवाइमा गुण्डा, डाकाको सर्दार हरुले सासन गरेपछि अरु के आसा गर्न सकिन्छा त? न्याधिस भएर घुस खाइ अपराधि लाइ सफाई दिएको प्रमाणित भएको जान्दा जान्दै फटाहालाई टाउका चडायेका हरुको ताहुकाबातै चरेसानन्दले मुतिदिएको थियो अहिले सबै मिलेर त्यहिँ सफा गर्दै छन्.
के हाम्रो देसमा यस्तै भैराखेको छैन र ? यी र यस्तै कुराहरुको बिरोध गर्दा गर्दा सबै थाकिसके त अब के गर्ने? स्वास्नी पैला जाँदा पनि चक्का जाम हुने देसमा खै के होला र ?
मन परे हरियो, नपरे रातोः
10
1
गरीब र निमुखा जनता लाइ मात्र कानून लागने घुसखोर झा लाई कानून नलाग्ने कस्तो कानून र देश को नेता ले पनी एक जना को लागी संबिधान बदलने नेताहरु कस्तो होलान तपाईं नै सोच्नुस
मन परे हरियो, नपरे रातोः
12
0
I wonder if Nepalese lawyer ever went to proper law school then they should have understood that law never be retrospective .law always prospective that’s why the new law which can not be applied to existing vice president, it will apply the day it has came so the exiting vice president must vow on Nepalese language.
मन परे हरियो, नपरे रातोः
6
4
वास्तवमा नेपाल पतित हुने संकेत हो यो, यी नेता कोहि पनि काम लाग्दैनन् !!
मन परे हरियो, नपरे रातोः
10
1
माओबादी पनि चोर नै रहेछ , खाली भूकने मात्र रहेछ , परिएको बेला मा धोती हरु को नै सपोर्ट गर्दो रहेछ ,एकातिर भारत को बिरोध गर्ने अर्को तीर तेहि इंडियन हरु को सपोर्ट गर्ने
मन परे हरियो, नपरे रातोः
7
3
प्रचण्ड भक्त साथि हरु हो
भारत को बिरोध गर्ने प्रचण्ड ले भारतीय टट्टू नाला मा चरेसै चरेस ले गन्हाएर कुहेको परमानन्द झा लाइ बोकी हिड्नु को तात्पर्य के होला?
आफ्नो हात बाट शक्ति गुम भएपछि अनेकौ नाताका, घुर्की, हडताल, नाच नौटंकी र गिरिजा को चाकडी गर्दा पनि केहि नलागे पछि र भारत ले वास्ता नगरेपछि भारतको ध्यान खिच्न का लागि यो भारत बिरोधि रास्त्रियता को आन्दोलन गरेको घाम जत्ति कै छर्लंग छ
यसको पुस्टि चरेस झालाई बोकी हिड्नु ले त झनै गरेको छ
साथि हो, होश मा आउनुहोस
यो प्रचण्ड आफ्नो व्यक्तिगत महत्वकांचा को लागि मात्र लागेको छ र यसका लागि यसले तपाइँ हामि जस्ता लाइ घोची घोची मार्ने मात्र हैन बाबुराम जस्ता लाइ समेत शुली मा हाल्न पछि पर्दैन
टाई, सुट, बिदेशी खाना, बिदेश यात्रा, ठुला ठुला होटेल हरु, महँगो गाडी, सयौ नोकर चाकर मा मात्र रम्ने यी कपटी बाहुन को काम हामि लाइ भेडा बनाउने र राज गर्ने मात्र हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
12
नाउँ त नयाँ छ, तर ‘प्रचण्डभक्त’ भन्ने तपाईंको प्रतिक्रियाको हुँकार त पुरानैजस्तो लाग्यो नि श्रद्धाजी !
कुहिएको वस्तु बोक्ने रहर कसलाई होला र ! माओवादीले त उक्त वस्तुलाई थन्कोमात्र लगाएको हो । के गर्नु कुहिएको खान मन पराउनेहरू अझै पनि रहेछन् ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
22
परमानन्दको हार हो यो ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
4
त्रिसनाजी
यो परमानन्दको हार होयिन यो हाम्रो हार हो/ परमानन्द जस्तो लाई कसैले कुर्सीमा बसाल्नु थियो उसलाई त्यो कुर्सीमा बस्नु थियो; त्यो कुरा भयो/ तेसैले जित उनीहरुकै भयो/ जनताले नचाहेको काम भए त् जनता हारे/ जनता हराउने यिनीहरुले अब जनताको निमित संबिधान लेख्ने छ भनेर आस गर्नु पनि बेकार को कुरा हुनेछ हेर्दै जानुष/
मन परे हरियो, नपरे रातोः
9
1
मदनजी,
हरुवा माकुने प्रम भएर जिते भन्नुहुन्छ भने ठीकै हो हैनभने नैतिकरूपमा जसरी माकुने हारेका र अझै हारिरहेका छन्, त्यसैगरी परमानन्द पनि हारेका छन् । जीत उसको विरोध गर्ने नेपाली जनताको भएको छ; मैले यसअघि नै उल्लेख गरीसकेँ यसको जस माओवादीलाई नै जान्छ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
20
पुष्प जी देश हार्दा माओबादी ले जित्दछा भने त्यो जीत को लागि तपाही र माओबादी सबैलाही बधाई छ. कुनाही पनि देश मा विभिन्न भाषा , धर्म, जात जति हरु हुन्छन र तिनीहरु सबै बिभिन्नता लाही एकता मा बध्हने कम भाषा ले गर्दछ, आज ६४ वोटा भन्दा बादी भाषा भएको नेपाल मा नेपाली भाषा सम्पर्क भासाहो , र योनाही नेपाल को परिचय पनि हो, जसले दुनियामा हमिलाही नेपाली भनेरा चिनाएको छ, आज नेपाल का एकताका प्रतिक र नेपाली बीच क सम्पर्कका प्रतिक हरुलाही भात्कौना को लागि छानी छानी ति निहारू माथि प्रहर भै रहेछा , बाँके बाट सुरु भएको हिन्दु मुस्लिम दङ्ग, कप्लिबस्तु मा मदिसे पहाडे भएर पग्यो जसले पुर्बी तरही मा मदीशे पहेदे दङ्ग, पहाड मा जनजाती र अरु बीच दङ्ग गरायो, एसले नेपाली को राष्ट्रिय एकता मा असर पर्यो, तेश पछि भाषा माथि आक्रमण सुरु भयो.
मात्री भाषा हरुलाही स्तानिया निकायमा कामकाजी भाषा बनाउनु पर्दछ, तिनीहरु rastraka सम्पदा हुन् सरकारले , तिनीहरुको संरक्षण पनि गर्नु पर्दछ, भोलि स्तानिया भाषा हरुले, नगरपालिका, गौबिकास समिति हरु मा कामकाजी भाषा पौने निश्चित भैसकेको छ, तर मन्त्रि, प्रधन्पंत्री, रास्ट्रपति , उपरस्त्रपति हरु को मूल कम देश लाही जोड्ने हो, उनीहरु आफनो भाषा, धर्म , जात भन्दा मर्थी उठेर देश को नेत्रितोव गर्ने हो, तेश कार्ड उनीहरुले देश को सम्पर्क भाषा मा सपथ लिने गर्दचन, दुनियामा चलेको चलन यहि नही हो. नेपाल भन्दा बादी जातीय र भासिक बिबिधता भएको भारत मा केन्द्रीय मन्त्रि, रास्ट्रपति हरुले यता हिन्दी या अंग्रेजी मा सपथ लिन्छन , दक्षिण अफ्रीका मा अंग्रेजी बाट मात्र सफत लिन पौदचन रस्त्रपतिले ,
नेपाल मा सस्तो राजनीति , र भिड को पछाडी लाग्ने, देश को हित नहेर्ने अदुर्दर्सी नेता हरु को भिड भएकाले , एउटा बेक्ती को घमण्ड को अगाडी जना निर्बाचित सदन झुक्यो र संबिधान को संसोधन भयो . र सङ्कल्प प्रस्ताब समेत परिद गरेर उपरास्त्र पति लाही जबर जस्ती सक्रिय बनाही दै छ. यो देश को लागि सुभ शकेट हैन, यहाँ जननिर्बाचित संबिधान सभा एउटा बेक्ती को घमण्ड का अगाडी घुडा टेक्यो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
पुष्प जी
म तपाईंलाई बैचारिक मित्र मान्छु तर परमानन्द को बिरोध गर्दै गरेको मावोबादिले बन्द कोठा भित्र तेही परमानन्दलाई पुन नियुक्त गर्ने कुरामा सहमति गरेको कुरा ठिक थिए भनेर मान्न सक्दिन/ यो कुराले मावोबादी समेत भारत खुसि गर्ने काम मा लम्पशार परेको ठान्छु र एस्तो गर्न मावोबादि किन कसरि बाध्य भएको बा उनीहरुले कुन राजनीति अपनाएको हो त्यो बुझ्न असमर्थ छुन/
अब तपाईंको अन्तिम बाकी ” परमानद ….. यसको जस मावोबादिमा जस जान्छ’ भन्नु भएकोमा मात्र यति भन्छु कि हो जस मावोबादिमै जान्छ तर कस्तो जस जान्छ समय ले देखाउने छ पुष्प जी/
मन परे हरियो, नपरे रातोः
3
0
सबैभन्दा उपयुक्त प्रतिक्रिया ।
मन परे हरियो, नपरे रातोः
4
11
बाहुन ,छेत्री हरु ले नेपाल मा लामो समय राज गरे,आफुलाई सन्सार को ठुलो ठुलो नेता सग दाज्छान| लिचछबी काल देखि नेपाल मा बसोबास गरेका छन् ,तर आज तिनका साखा सन्तान अब नेपाल मा न अटाउने भएका छन् | न कुनै प्रदेस को भागीदार उनीहरु भए ,न अब कुनै आरक्षण को कोटा नै यिनले पाउछन |
सबै बखेडा निकाल्ने यिनै भस्मासुर हरुको दिमाग थियो | ”झा” त् स्वाभाबैले खुरापाती छदै थियो | मदेसमा प्रचलित भासा,उनीहरुलाई प्यारो लाग्ने आखिर पदम रत्न र अरु जनजाती नेताले पनि समर्थन जतायेकै थिए के को हल्ला खल्ला ??
”परमानन्द हिरो भयो ”
कतै यो बिबाद नै सुरु देखि नै गलत पो थियो कि? मैथिली भासमा सपथ एउटा मिलन बिन्दु हो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
30
बाहुनले कहिले देखि कहिले सम्म राज गरे मित्र दोर्णले भने हामी पनि जानकार गरिदिए हुने थियेउ, लिछिबी त बाहुन थिएनन् ,न मल्ल हरु , न शाहहरु , तेस्पची राडा हरु पनि बाहुन थिएनन् ,
जनसंग्ख्य को कुरा गर्ने हो भने बाहुन छेत्री नेपाल को ३०% जन संग्ख्य हुन्छन, अनि तेत्रो ठुलो बाहुन छेत्री को समूह बाट कोहि बाहुन छेत्री माथि आउनु सामान्य हो , बाहुन/छेत्री पछि नेपाल को सबै भन्दा ठुलो जति समूह मगर को छ अनि थारु .. अनि बाहुन/छेत्री लाई न कुनै प्रदेश को चाहना छ न कुनै आरक्षण को अवसेकता. गुठबन्धि अनि आरक्षण कम्जोर अनि सानालाई चाहिन्छ,जस्तै जनासंग्ख्य को १ % भन्दा पनि कम राउटे अनि कुसुण्ड लाई चाहिन्छ किन भने बाहुन छेत्री लाई जति दबाए पनि एउटा न एउटा बाहुन/छेत्री माथि आउनेछ तर ति साना जन संग्ख्य भएका अरु नेपाली आउन सक्ने छैनन् …
मित्र, बाहुन छेत्री दब्ने छन् , हराउने छन् भनेर आस गर्नु भनेको हातले सुर्यको किरण छोप्न खोज्नु हो..२ करोर नेपाली जनसंग्ख्य मा ६५००००० जनासंग्ख्य भएको बाहुन/छेत्री तेसै हराएर जान्छ भन्ने तपाई पक्कै दुइ खुट्टे गोरु हुनु पर्छ .. याद राख्नु होला त्यो पिडित अनि पछि परेका लाई आरक्षण दिने पनि बाहुन छेत्री नै हुन् ..
शान्ति ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
5
बिदुर्जी
कुरा र बिबाद गर्दा माथि तिर आकास मा हेरेर अखा चिम्म गर्दै ठुला ठुला कुरा गर्ने,तर नैतिकता को खडेरी परेका तपाईका पुर्खा हरु श्रीपेच लगाएर न बसेपनि
श्रीपेच लगाउने भन्दा जालझेल मा २ कदम अगाडी भएको नबुझ्ने तपाइँ चार खुट्टे बाख्रा हो | अब म्या म्या गर्नुस ,न भए भ्या भ्या गरेपनि सुहाउछ | किनभने सत्य र यथार्थ कटु नै हुन्छ |
सकेसम्म खोसेर लिने न भए दान दिएको भन्ने प्रबृत्ति हरु र ”बिन बाप का बच्हा”
हा जी ? बिन मुर्गी का अण्डा ”हाजी ”!!गारेर ,तौबा तौबा गर्दै नजर उतार्न मात्र लाम लाग्छ , नौटंकी को लागि मात्र काम लाग्छ ,सत्ता को काबिल छैन रहेछ भन्ने अब क्रमश प्रमाणित भएको हेर्दै जानु होला |अब पनि ठुलो फौज भएकोमा गर्ब गर्नुहुन्छ कि ??
राजधानी को आकासे पुल मुनि को मावो , लेंनिंन,किम इल सुंग को थोत्रो किताब पढेर कहिले नौलो जनबाद ,कहिले बहुदलीय जनबाद ,कहिले पथ भन्दै भिर पाक्खा बाट सुसेल्दै आउने तपाइको गोबिन्दे अनुहार हरु लाइ दक्षिण तिर फर्काएर कस्सेर पछाडी बाट लात हान्ने येहिनै अन्तिम आसौधि हो कि ??आफै बुद्दिको बिर्को खुल्ने हो ??
आफै ठुलो ठानेर ,मैमत्त भएर अरुलाई लान्छना लगाउनु पहिले ” येइना ” भन्ने पार दर्सी बस्तु पाइन्छ धरहरा मुन्तिर ? तपाईलाई मन पर्ने हरियो मोजा को छेउ मा राखेर बेचेको हुन्छ , त्यो हेर्नुस !सुपारी चपाएर !!
मन परे हरियो, नपरे रातोः
5
9
द्रोण जी
तपाईं ले भन्नु भएको जस्तो यिनीहरु लिछ्बी काल देखि नेपाल बसेका बाहुनहरुको सन्तान हुन् भनेर बिस्वाश गर्न सकिन्न/ उदाहरण लिनु परे लिकुनेको पुर्खा बिहारी हो भनेर सबैले जानी सके/ यिनीहरु बात हाम्रो कल्याण हुँदैन द्रोण जी/ शायेद हामि ले हाम्रै जुनीमा देख्न नहुने देख्नु पर्ने हो कि जस्तो लागे अब/
मन परे हरियो, नपरे रातोः
3
12
द्रोण जी तपाईको यो बाहुन क्षत्री प्रतिको धारणा भनेको विक्षिप्त र घृणीत सोचाईको हो . यो देशमा राम्रो अध्यन गरि प्रतिस्पर्धी ढंगले सक्षम भएर आउने हो भने कहिले पनि कुनै पनि जाती जुनसुकै पद र हैसिएतमा पुग्न सक्छन र पुगेका छन र पद र हैसियत पाएपछि सबै जातजातिका व्यक्तिले तेस्को दुरुपयोग पनि गरेका छन् र कोहिले ति जुनसुकै जातिका हुन् राम्रा काम पनि गरेका छन् . यो जातजातिको बिचमा वैमनस्यता फैलाई सत्ता कब्जा गर्ने अवसरबादी र राष्ट्रघातीहरुले बनाएको प्रोपोगान्डा मात्र हो . यस्तो धारणाले कहिले पनि यो देश र जनताको उन्नति हुँदैन . देश र जनताको उन्नति त यो देश हाम्रो हो र हामी सबै केवल नेपाली हौँ भन्ने सोचसाथ अघि बढे मात्र हुन्छ .
रह्यो कुरो यो संरक्षण र कोटा प्रणालीको अबस्य पनि पछाडी परेकोलाई केहि जिम्मेवारी दिई जिम्मेवार बोध गराउनुपर्छ तर यसले तेही समुहरुमै सक्षम व्यक्तिहरुलाई हिनता बोध गराउँछ किनकि एकै पदमा बस्दा केवल त्यहा बाहुन र क्षेतिहरुमात्र आफ्नो क्षमताले आएको रुपमा चिनिने छन् र अरु सबै कोटा र संरक्षणको रुपमा पिछडियका जाति भनेर चिनिने छन् .
अर्को कुरो अहिले पनि विभिन्न जनजाती र दलित भनेर परिचय दीइदैछ् यो परिचयले पछी आउने पिधिले अझै हिनता बोध हुनु पर्ने छन्
एउटा कुरो विचार गरौँ यो देशमा अहिले पनि तुलनात्मक रुपमा यीनै जनजाती र दलित भनाउदाहरुनै विभिन्न अपराधिक क्रियाकलाप संलग्न छन् .
तेसैले अरुलाई गाली गर्ने बानि त्यागी आफु सक्षम हुने तिर अध्ययन र ज्ञान बुद्धि विवेक हाशिल गरि हामी सबै सक्षम नेपाली हौं भन्ने भावनाले अघि बढौं र यो राष्ट्रलाई बिभाजन हिंशातिर नलैजाउँ.
मन परे हरियो, नपरे रातोः
12
3
देब जी
मेरो अभिव्यक्ति आम जिन्दगि गुजारिरहेका भद्र ब्राह्मण छेत्री पट्टि हैन , केवल भस्मासुरे राजनीति गरिरहेका , जात ले ब्राह्मण बा छेत्री भएका एथार्थ मा जातीय कलंक हरु प्रति हो | खास मा यिनीहरु यतिविधि धुर्त प्राणि हुन्छन कि यिनको न कुनै जात हुन्छ न ठेगान |
राबन ,कुम्भ कर्ण ,कन्स का प्रतिरुप हरु यिनिहरुनै हुन् |
माथि बिदुर जी लाइ लेखेको जबाफ पनि यहा दोहराउन चाहन्छु |
अब यिनीहरु पट्टि चाहेर पनि राम्रो सोचाई निकाल्न सकिन्न |
मन परे हरियो, नपरे रातोः
1
1
हामीले गिरिजा, माकुने,प्रचण्ड,झलनाथ जस्ता बिस्वकै प्रसिद्द नाटककार हरु पाएका छौ/ मलाई यसैमा गर्ब छ र हामी सबैले गर्ब गर्नु पर्छ /जुन सफल नाटककार हरुको ससक्त प्रस्तुति का कारण आज मारेर गन्हाईसकेको स्यालपनि फेरी नाटकीय ढङ्ग बाट बाच्न सफल भएको छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
1
गुदियाजी
नाटक कार होयिन यिनीहरु षड्यन्त्रकार हो/ यिनीहरुलाई नाटककार भने नाटककार कै बेयिज्जत, चोर भने चोरकै बेयिज्जत/ पारिकाले जनेको परिकाले पालेको, नेपाल र नेपालीलाई उनीहरुको इसारामा भुक्ने तोक्ने जातका हुन् यिनीहरु/
मन परे हरियो, नपरे रातोः
5
0
परमानन्दले जतिसुकै निहुँ खोजे पनि आखिर नेपालीमा लेखेको सपथ व्यहोरामा त सही गर्नैपर्ने कानूनी प्रावधान रहेछ भनेपछि बिनाबिच्चामा यतिका दिनसम्म किन यो लफडा चलाएको होला ? यस काण्डले परमानन्द त गिर्यो, गिर्यो , सम्पूर्ण मधेशी समुदायको छवि पनि धमिलियो | अब आफुले नबुझ्ने भाषामा लेखेको लिखतमा उनले कसरि सही गर्ने हुन् ! अजब नेपालको गजब ताल देख्न पाइने भयो|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
9
लामा जी,
मेरो बिचारमा सपथ ग्रहणको सार्थकता भन्ने कुरा कुनै कागज मा लेखिएका हरफहरुमा सहि गरेर भन्दापनि, सर्बसाधारण सामान्य जनतासम्म पुग्ने गरि सबैले सुन्ने गरि माईकमा बोलिएको बेलामानै हुन्छ जस्तो लाग्छ | तसर्थ बोल्ने बेलामा कुन भाषा प्रयोग गरिएको छ भन्ने कुराले नै बढी महत्व राख्छ कि ! तर यो सपथ भाग २ लाई धन्यवाद, किनकी हिन्दीलाई पुज्य भाषा बनाउनकालागि तीन दलबीच देखिएको अगाध एकताले कालापानी गएर सभा गर्छु भनेर रास्ट्रबादी भैटोपलेका माओबादीहरुको पनि नाङ्गो चरित्र उदांगिएको छ | सबैलाई चेतना भया |
nepali_hridaya@yahoo.com
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
8
हृदयजी ! हिन्दीमा होइन, मैथलीमा सपथ हुन्छ भनेर छापामा आइसकेपछि फेरी यो हिन्दीको एकोहोरो रटान किन ? तराइवासीलाई जस्तै हिन्दी त तपाइँ हामीलाई पनि आउँछ | अब हेर्दै जाउँ, क कसले हिन्दी मेरो मातृभाषा भन्दा रहेछन ? नेपालको तराइमा हिन्दी बोल्छ कि के बोल्छ , हामीलाई थाहा नभएको हो र ? हिन्दीका मतियारहरु आफै नांगिन्छन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
11
माफ गर्नुहोला लामा जी, मैले कुरा बुझाउन सकेनछु| मातृभाषा हिन्दी भनेर सपथ लिने उपराष्ट्रपति ज्यु को मातृभाषा मैथली कहिलेबाट भएछ र अब मैथलीमा सपथ लिने! अब दुइ महिनापछि “लौ मेरो मातृभाषा फेरिएर अब हिन्दी नै भयो” भन्नु होला रे उहाले! अनि के गर्ने ? कुरो को चुरो नै यहि निर छ | अहिले मैथलीमा लिए पनि जे मा लिए पनि, दक्षीणे ठुल्दाईको इशारामा नाच्ने सबै कठपुतलीको मातृभाषा अब उपरान्त हिन्दी नै हुने छ | जुन भाषामा अब उपरान्त सानदार रुपमा सपथ लिन सकिनेछ| उहालाई ताली !!!!!!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
6
हिन्दी भाषामा सपथ लिएर देश माथि आच आउने काम गरेका यी परमानन्द भातेललाइ फेरी किन अरु भातेहरुले भारतको ईसारामा यसलाई उपरस्त्रपति बनाउनको लागि संबिधान संसोधन गरेछन बुझ्न गाह्रो पर्यो अब यो परमानन्दले नेपालको लागि होइन भारतको लागि काम गर्ला जस्तो छ यसलाई फेरी उपरस्त्रपति बनाउने तौकेहरुको बुद्धि भ्रस्ट भएको छ
मन परे हरियो, नपरे रातोः
10
3
हृदयजी,
कुरा हिन्दीको होइन । कुरा मातृभाषाको हो । सबैले जानेबुझेअनुसार उनको मातृभाषा मैथिली हो । अरु कसैले आफ्नो मातृभाषा हिन्दी हो भन्छ भने के नै गर्न सकिन्छ ! तर परमानन्दले अब उनको मातृभाषा हिन्दी हो भन्ने हिम्मत गर्ने छैनन् । गुह्य कुरा यही हो । यसैकारण परमानन्द हारेका छन् ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
17
पुष्प जी
परमानन्द हारेर पनि उप्रस्त्र्पति बन्न सक्नुमा हाम्म्रो त्यो भन्दा ठुलो हार भयो/
मन परे हरियो, नपरे रातोः
3
0
मेरो विचार मा रास्ट्रपति, उपरास्त्रपति , प्रधानमत्री र मन्त्रि को पद भनेको कुनै सिमित क्षेत्र र जाति लै मात्र प्रतिनिधित्वो गर्ने होयिना …. तेसैले मैथली मा हैन कि, सबै नेपाली लै प्रतिनिधित्यो गर्ने गरि नेपाली भाषा मा नै सपथ लिन पर्छा!!!!
जय नेपाल, जय नेपाली
मन परे हरियो, नपरे रातोः
4
0
हृदय जी सारै राम्रो तर्क उठाउनु भो!!रास्त्रबादी भनेर तोपलेका माओबादी हरु कुर्सिको लागि कस्तरी गिर्दा रहेछन भन्ने कुरा परमानन्द को लागि भारतको चाकरी गरेको देख्नु भो त् ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
6
मेरो बिचारमा यो चरेसानान्द्लाई पदमा बहाल गर्ने प्रक्रिया गलत छ र जहा सम्म मलाई लाग्छ फेरी सर्बोच मा रिट पर्छ चाहे जुन सुकै बहानामा किन नहोस, अन्तरिम संबिधान संसोधन गर्नु नै पर्ने भए पछि, नया बन्ने संबिधानमा पनि एसको व्यवस्था हुने र मातृ भाषामा सपथ लिन पाउने प्रावधान भएपछि यो झालाई मधेसीको प्यारो बन्न पनि रोकिने थिएन, तसर्थ झाले नेपालीमै सपथ खाए के बिग्रन्थ्यो र, पहिला माओबादीले संसोधनमा समर्थन नगर्ने जनाएको थियो गर्नै पर्ने भए नया हुने लाई मात्रै लागु हुने गरि संसोधन गर्ने पक्षमा थियो तर राता रात काचुली फेर्यो, दुखाको कुरा
जे होस् यो झाले अहिले मैथलीमा सपथ खायो भने पनि राम्रो हो कमसेकम हिन्दी पाखा लाग्यो अलिकता भए पनि, र मधेसीहरुलाई जसले हामि हिन्दी भासी होउ भंचन त्यै झाको झापड पनि हो तिनीहरुलाई
दुख लाग्दो कुरा यो एउटा देश द्रोहिलाई पदमा बहाल गराउन सबै पार्टी कति सजिलै मिले तर जनतालाई राहात मिल्ने संबिधान बनाउने शान्ति प्रक्रियालाई गति दिने कुरामा महिनऔ बाज्चन किन होला?
मन परे हरियो, नपरे रातोः
9
1
ससाग जी
यिनीहरुले जस्तै कुरा को ब्यबस्था गरे पनि परमानन्द लाई पुन नियुक्त गर्न सक्ने कुरा मिलाउन मात्रै गरेको भएकोले नेपालीमा लेखेको मा सहि गर्नु पर्ने गरेको भनेर यिनीहरुको कुकृतिलाई माफ गर्न सकिने होयिन/ अलिकति सुध्रिए बा सुध्रिन सक्ला कि भनेर जनता मात्रै होयिन अब मावोबादी पनि भारत परास्त कांग्रेस एमाले भन्दा भिन्न नीति भएको कुरामा कसरि बिस्व्वाश गर्ने अब? परमानन्द लाई पुन नियुक्त गर्न मावोबादिले नमानेको भए कांग्रेस एमाले त् के भारत को सबै नेता लागे पनि पुन नियुक्त गर्न सक्ने होयिन ससांक जी/ मावोबादी चर्को नारा लगाएर भारतको बिरोध गरेर रास्ट्रबाद को बुंदाहरु उठाएर हाम्रो समर्थन बटुल्ने तर परमानन्द लाई पदमा पुन नियुक्त गर्न कांग्रेस एमाले र मधिसे फोरुम्कै बाटो लागेर भारत खुसि हुने काम गरेकोमा बिरक्त लाग्यो/ खै मैले त् अब सोच्नु पर्ने अबस्था आयो जस्तै लागे/ कोहि छैन अर्को रास्ट्र्बादी पार्टी अरु ससांक जी यिनीहरुलेत् यस्तै गरि हामीलाई संबिधान बनाउने कुरामा पनि झुक्याउने पो हो कि/ यस्तै पारा ले काम गर्न दिए नेपालको भबिस्य माथि प्रसं लाग्नेछ ससांक जी/
मन परे हरियो, नपरे रातोः
10
1
मदनजी ! राजनीतिमा बेला बेलामा यस्ता अप्रत्यासित झेली खेलहरु हुने गर्छन | झन नेपाल जस्तो ठाउँमा जहाँ राजनीतिक संस्कार नै बसिसकेको छैन, त्यस्तो ठाउँमा आदर्शवादी राजनीतिक पार्टी खोज्नु ढुंगाबीच शिला खोज्नु जस्तै हो | नेताहरुले जतिसुकै प्रगतिशील नारा दिएपनि तिनीहरु आफु हुर्केको सामान्ती संस्कारलाई रातारात फ्याल्न त सक्दैनन | ०४६ सालमै बहुदल आएपनि ६० सालको सेरोफेरोसम्म हामि प्रत्यक्ष अप्रत्यक्ष हुकुमी शासनमै अल्झिरहेकै थियौं | त्यत्रो इतिहासबोकेका कांग्रेसका बहुसंख्यक नेताहरुले जतिसुकै प्रजातन्त्र र समाजवाद भनेर फलाके पनि राजतन्त्रप्रति अझै झुकाव राख्नु सौताको रिसले पोइको नाक काट्नु होइन ? ६० बर्षसम्म राजनीतिक संस्कार बसाउन नसक्ने कांग्रेसलाइ हेर्दा र एमालेलेपनि त्यही बाटो पछ्याएको देख्दा मावादीलाई अहिले नै खत्तम भन्न मिल्ला र ? इमानदारिकासाथ भन्नुपर्दा नेपालमा भएका नराम्रा पार्टीमध्य सबैभन्दा राम्रो पार्टी माओवादी देखिएको छ | उसलाई काम गर्ने अवसर दिनुपर्छ |
मन परे हरियो, नपरे रातोः
6
11
ससांकजी/
ससांग जी मावोबादिले अहिले गल्ति गरेको हो भन्नमा मलाई किन्चित पनि हिच्किचाहट छैन/ हामी मात्र स्वोतन्त्र नागरिक हौँ भनि मान्दछुं र गलत काम लाई गलत भन्नु पर्छ भनि थान्छुं/ यसले गर्दा दल हरुमा जन् नसिहतको संदेश जान्छ/ तेसैले मावोबादिले गरेको गल्ति लाई गल्ति भन्न सक्नु पर्छ/ कांग्रेस एमाले र एक मधेश बादीहरु परमानन्द लाई उप रास्ट्रपति बनाउन खोज्ने बर्गमा पर्ने हुन् तेसैले परमानन्द र कांग्रेस-एमाले-एक मधेश बादी- भारत आदिको प्रयाश को आलोचना गर्नु को अर्थ छैन/ तर मावोबादिले परमानन्द झाको बारेमा हिजो सम्म को बिरोध अब देखावटी साबित भए किन भने अहिले एक्लो मावोबादिले समर्थन नगरेको भए भारत ले जति सुकै चाहे पनि कांग्रेस एमाले र एक मधेश बादी ले मात्रै परमानन्द झालाई पुन उप रास्ट्रपति बनाउनु सक्दैन थिए/
रास्ट्रपति बाहिर विदेश जान लागेकोमा खालि रहेको उप रास्ट्रपति पदमा अर्को उपयुक्त व्यक्तिलाई सो पदमा ल्याउनु पर्नेमा परमानन्द झा लाई पुन नियुक्त गर्नेमा मावोबादी समेत लाग्नु जनतालाई चकिन बनाएको भन्नु भन्दा उल्लु बनाएको मान्नु पर्ने स्थिति को लागि मावोबादी धेरै जिम्मेवार छन्/
एक्लो मावोबादिले परमानन्द को पुन नियुक्तिको बिरोध मा कायेम रहेर अर्को उपयुक्त व्यक्ति नियुक्त गर्नु पर्छ भनेको भए हामि सारा जनताले आज साएद कुनै राम्रो नेता उप रास्ट्रपति पदमा हेर्न पाउने थियो/ त्यो त् हेर्न पाएँन ससांक जी कसले गर्दा? कांग्रेस ले गर्दा? एमाले गर्दा? बा मधेश बादीले गर्दा? उनीहरु त् पर्मानान्द्कै भाई बन्धु परे/ तर परमानन्द झा लाई पदमा ल्याउन दिन खोज्ने कांग्रेस एमाले र मधेश बादी भन्दा फरक नदेखिनु पर्ने मावोबादीको यो कस्तो लम्पशारबादी नीति हो मैले त् बुझ्न सकेन ससांक जी/
बाहिर जनताको आशय को फाईदा थुत्ने गरि परमानन्द झा को बिरोध गर्ने, कांग्रेस एमालेको मधेश बादीको भारत समर्पण बाद को बिरोध गर्ने तर बन्द कोठा भित्र उनीहरुकै कुरामा सहमति गर्ने काम बात जनता मावोबादी सिट अब बिच्किने छन्/
मन परे हरियो, नपरे रातोः
1
1
मदंजी
तपाइको तर्क काट्ने कुनै ठाउ छैन |सटिक छ |तर कुरो के भने नि नेपाल मा जुनसुकै पार्टी जति देशभक्त र स्वाभिमानी भने पनि त्यो इन्डिया सग न राम्ररि नाइटो गासिएको हुन्छ |उनीहरुको बाध्यतार बिबसता आफ्नो ठाउमा छदैछ अब हामीले मुल्यांकन गर्दा चै कुन कुन पार्टीले कस्तो कस्तो कार्यक्रम ल्याउछ त्यो चैँ बिचार गर्नु पर्छ ,कमसेकम यो मावोबादिले घुर्की कै लागि भनेपनि १९५० को असमान सन्धि को कुरा ल्यायो,सिमा अतिक्रमण को कुरा ल्यायो ,भारत् बिरोधि आन्दोला को कुरा गर्दै छ ,जुन नेपाल र नेपालीको छुट्टै अस्त्तित्त्व जताउन न भै न हुने कुरा हो |
मेरो आसय भारत् को सधै बिरोध मात्र गर्ने भन्ने हैन ,तर खास खास मुद्दामा हामीले अडान लिने पर्छ यदि छुट्टै देस र आफ्नो स्वाभिमान को कुरा गर्ने हो भने ??
मलाइ त् परमानन्द ले हिन्दीमा सपथ लिदैमा तेत्रो हंगामा गरेको सुरुदेखि मन न परेको हो , किनभने कि त् हामीले उनीहरुलाई चाक को पिलो भनेर काटेर फालिनैदिनु पर्यो हैन भने उनीहरु को बुहारी ,जेठान , श्रीमती सबै उताको हुन्छ ,उनिहुरु लाइ हामी हाम्रो तराईबासी दाजुभाई भन्छु ,मौका पाए बाथ रुम मा नुहाउदा रफिको गित हामि आफै गाउछौ तेस्तो मा परमानन्द को मुखबाट हिन्दी निस्क्यो भनेर तेत्रो रडाको !!जब कि पदम रत्न ,र अरु कतिपय ले समेत परमानन्द कै सपोर्ट गरिरहेकै थ्यो ?
मन परे हरियो, नपरे रातोः
0
1
यो झा,पहिला नर्क जान्छ अनि यमराजहरु लाइ भेटेर अरुसबै नेताहरुले खाएको जस्तै नर्क कसरि खाने अनि देश भारत को पक्छ्य मा कसरि लैजाने भनेर सल्लाह लिन्छ ! पुरैदेश भारतलाई दिन नसके पनि तराई दिने कोसिस गर्छ ! किनभने एसको पेटमा भारत को लादि जन्मदेखिनै परेको छ , एसको पालन र पोसन गर्ने मातापिता नै भारत हो, तेसैले त यो पढेको मुर्खलाइ हिन्दी भाषा मानै सफत खान मनलागेको हो, एस्लाई हिन्दी भाषा आफ्नै स्वास्नी र छोराछोरी भन्दा प्यारो लाग्छ, यो बिषालु मान्छे हो हाम्रो नेपाल र नेपाली हरुकोलागि ! एस्लाई चरेस भनेर पनि चिनिन्छ ! चरेस एसको नसा नसा मा कुदिरहेको छ ! एसको जन्मकुण्डलीमा चरेसको सुभ परेको हुनाले चरेसका ठेकेदार हरुलाई एसले पाल्नु पाल्यो,पोस्नु पोस्यो , चरेस को पक्छ्ये मा फैसला गर्नु गर्यो धेरै किसिमका नायाधिस जस्तै यो चरेसनायाधिस थियो एकजमानामा ! कस्तो बिडम्बना एस्तो धुनान्कारी लाइ उपराष्ट्रपति बनाउनको लागि कानूननै परिबर्तन गरे हाम्रा राजनैतिक गर्ने कुपुत धुनन्कारी हरुले ! धिकार छ यी देशद्रोहीह अलछिनाहरुलाई !!
मन परे हरियो, नपरे रातोः
6
1
मित्र हो कुरो र कुलो जता लागेपनि जान्छ / मेरो बिचारमा यो फोरमानन्द उपरास्ट्रपति हुनुनै (बनाइनु नै ) सबैभन्दा ठुलो गल्ति हो / हिजो हिन्दी भन्दा अरु भाषामा सपथ खान्न भनेर कुर्लने आज मैथलीमा सपथ खान बाध्य हुनु (बनाइनु ) एक किसिमले नेपालीको जीत नै हो / संबिधान संसोधनले उपरास्ट्रपति लाइ बिउझाएको हो त्यो चोर चरेसानन्दको त चिठ्ठा परेको हो / कत्ति दिन टिक्छ र त्यो पद मा कोहि सहि व्यक्ति पनि त आउला नि /त्यो बेलामा यो संसोधनको महत्व बल्ल थाहा हुनेछ / माओबादीले यो संसोधन को समर्थन गर्यो भन्दैमा माओबादी लाइ भारत परस्त भनिहाल्नु पर्ने कुराको तुक देखेको छैन मैले / यो गतिरोध फुकाउने, सबैलाई मान्य हुने, दिर्घकालिन असर नपर्ने कुनै विकल्प छ त ? छ भने कृपया बताइदिनुहुन्थ्यो कि ?? बिरोध गर्नका लागि बिरोध नगरौ विकल्प हुदाहुदै तेस्को अबलम्बन गरिएन भने तेस्को बिरोध गरौ / नेपाल सहमतीय राजनैतिक परिवेश बाट गुज्रिरहेको बेलामा येस्ता सहमति हुनु स्वाभाविक नै हो / बिरोध गर्नेहो भने येही सहमतीय सिद्धान्त लाइ दुरुपयोग गरेर बनेको यो हरुवाहरुको जमात लाइ गरौ न / सुत्केरी भत्ता पनि पचाउनेको गरौ न / देशको ढुकुटी दुरुपयोग गरि आसेपासे र धुपौरेको जमात लाइ विदेश भ्रमण गराउनेको गरौ न / अदालतले अपराधी किटान गरेका लाइ छुटाएर संरक्षण दिने अपराधिका नाइकेहरूको गरौ न / हुन त हिड्ने गोरुको झन् बढी पुच्छर बटार्ने बानि भएका हामी नेपालीलाइ के ठिक के बेठिक छुट्याउन गाह्रो हुनु नौलो कुरा होइन / आ-आफ्नो विचार राख्ने अधिकार सबैलाई छ /मेरो बिचारले कसैलाई ठेस पुगेमा माफी चाहन्छु / विचार विमर्श गर्न मन लागेमा रि-कमेन्ट गर्नुहोला धन्यबाद /
मन परे हरियो, नपरे रातोः
2
2