Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

नेपालीमा पनि शपथ लिए झाले

हिन्दी भाषामा शपथ लिएपछि विवादमा मुछिएका उपराष्ट्रपति परमानन्द झाले आज नेपाली र मैथिली गरी दुई भाषामा शपथ लिएर विवादमुक्त बन्ने प्रयास गरेका छन्। नेपालीमा शपथ लिएपछि संभावित सम्पूर्ण कानुनी अड्चनबाट उनी मुक्त भएका छन् भने मातृभाषामा शपथ खाने नजिर पनि बसालेका छन्। यसअघिको शपथ ग्रहणमा धोती लगाएर उपस्थित भए पनि यस पटक भने उनी दौरासुरुवालमा उपस्थित भएका थिए। विवादमुक्त बन्ने झाको प्रयासलाई समर्थन। कृपया आइन्दा पनि विवादमा आउने काम नगर्नु होला भन्ने सम्पूर्ण नेपालीको कामना!

Related posts:

  1. अटेरी उपराष्ट्रपतिले नेपालीमा शपथ नलिने रे
  2. लेलान् त अब उपराष्ट्रपतिले नेपालीमा शपथ
  3. नेपालीमा शपथ त खाँदै नखाने रे
  4. "नेपालीमा शपथ खानु भनेर कहाँ लेख्या छ ?"
  5. अब के गर्लान् परमानन्द झाले?

50 comments to नेपालीमा पनि शपथ लिए झाले

  • namaste

    कति भद्रगोल नेपाल मा! बास्तव मा एक राजा चाहिएको छ नेपाल लाई नत्र तै ठुलो मै ठुलो गर्दा गर्दै हिजो बिरेन्द्रको शान्त नेपाल हराउनेछ ६०% हराइसक्यो जातीय विभाजनमा, सोच्नुहोस त दुइ बिशाल छिमेकीको माझमा सानो टुक्रा टुक्रा परेको रास्ट्रको के हविगत होला
    जय देश जय नरेश

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • abinitgurung

    विडियो छैन न भए देखि औडियो नै भए पनि हुन्छ अब हिन्दी मा सपथ खान पाएन तेस्को रिस मा नेपालीमा पनि सपथ खै दियो नि

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • परमानन्द झा जिउ ले आफ्नो गल्ति correction गरेर नेपाली र मैथिलीमा सपथ लिनु भएको बधाई छ/ अब बिबाद मा आउने काम नहोस./ जे होस् देश को एकता कायम राख ने काम लाग रहनुस / आफु मरे पनि देश बाची रहोस भन्ने तिर लागि रहनुहुनेछ/

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • cRIS

    यसरि नै सबै नेतृत्वहरुले आ-आफ्नो गल्तीलाई, सच्च्याउदै लगुन|

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • pawan upreti

    यो भारतीय बिस्तारबादी हरू को औटा सयानू राजनैतिक plan मात्र हो , जसलाई नेपाली नेता हरू ले आफ्नो बेक्तिगात स्वार्थ को लागी साथ दीये को हुन !
    छोटो संबाद ,
    भारत : अरे भाई साब नेपाली मे सापथ खाना हे तो खादीजिए पान समज कर ! बाद मे थुकदीजीयेगा
    परमानंदा झा : जी हुजुर आप जैसी काहींगे वोइसा ही होगा ! आखीर मे हाम तो आपके कुत्ते है न !! अगर आप कहयेंगे तो हम नेपाल सरकार को सु -सु भी करदेंगे !हा हा हा हा हा ………
    भारत : अरे वा क्या.. बात हे … हा हा हा हा हा ..

    येसतई मीटिंग भएको हनू पर्छ बिहार माँ ….

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • गगने

    मित्र हो! समस्यालाई अतिरन्जित गरि बा-मच्चाइ गरि छरपस्ट पारी मदानीमा बेरेको डोरी जसरी एउटाले एक छेउ र अरकोले अरको छेउ समातेर मन्थन गर्नु भनेको देशलाई प्वाल पारेर दुरबिन बनाइ आकाश हेरी तारा गन्नु सिवाय केही हुदैन तेसैले समस्या लाई झ्याइ कुट्टी पारी मजा लिनु भन्दा समस्याको समाधान तिर लागे तेसले भबिस्य साच्दछ र बनाउदछ! हो परमानन्द एउटा समस्या बनेर पल्जेको थियो तेसैले यसलाई समयमै समाधान गर्नु उचित थियो भनौ तेस्तै नै भयो यसैले मलाई त लाग्छ अरुकुरामा जे भय पनि यस कुरामा चाँही यी टाउके नेता र पार्टीहरुले बुद्दी पुर्याय र अझै भन्दा ढीलाई भय पनि परमानन्दको बुद्दी र देश प्रतिको बिबेक फिर्यो, यत्तिका समय सममा उसले पनि सोच्यो होलानी के गरे, किन गरे, के गर्नुथियो र के गर्दा राम्रो हुन्थ्यो, कस्को बहकाबमा पारे आदी आदि! जति जे गरे पनि आफ्नो देश भनेको आफ्नो नै हो, सोच्यो होला यत्तिका समयसममा उसले पनि, भाग्यले उ यो देशको प्रथम उप्-रास्ट्रपती बन्यो यसलाई किन र कसको कारण ले आफ्नो र देशको लागि दुर्भाग्य बनाउनु,आखिर कसैको बहकाबमा लागेर पो के नै सिद्द हुन्थ्यो र के नै प्राप्त गर्नेथियो मात्र एउटा गोटी हुनेथियो, घाडो बनेर बिजय नै भयपनी सम्पुर्ण नेपालको उप्-रास्ट्रपती बाट तल झरेर एउटा प्रान्तको उपरास्ट्रपती बनाउन र बन्न उद्धत आक्खिर त्यै उप्-रास्ट्रपती पनि बन्ने थियो की थियन! यो त अन्तिम मौका हो अब अरको मौका आउने छैन, परमानन्दको राजनीतिको सुरुवातनै अन्त भयो यो नै उसको लागि सबै भन्दा ठुलो दुर्भग्य हो! यी सबै कुरा सोचे होलान् र बिचारे होलान् बिदेशी र इत्रो टुक्रामा राजनीति गरि आफ्नो स्वार्थ पुर्ती ग्र्नेको बहकाबमा लागेर देश र जनताको बिरुद्दमा जोरी खोजेर गल्ती गरेको कुरा महशुस भयो होला, उसले पनि गल्ती महसुस र प्रायस्चितको लागि कुनै बाटो खोजेको हुदोहो र अन्तमा जे भयो राम्रै भयो!
    यही ब्लगमा हामीले कयौ पटका सकारात्मक सोचको बारेमा ठुला ठुला कुरा गर्योउ नाना भाती आदर्श छट्यौ तर आज खैत ती सारा आदर्श र दर्शनहरु! हामी यस बारेमा चै किन सकारात्मक नसोच्ने?
    मत सोच्छु परमानन्दले जे गर्‍यो त्यो सर्बथा गलत थियो तर तेसले देश,समाज,र नागरिक अनी नेता भनौदालाई सबक सिकायो र सचेत बनायो। जुन समस्या अहीले आयो त्यो कहिल्यै आउदैनथियो र आउनेछैन भन्न सकिदैंन तर अब भबिस्यको समस्याको समाधान भाई सकेको छ एक प्रकारले सकारात्मक सोच्ने हो भने! ठक्कर र हन्डर खायर चेतको चेतना गहन अटल अनी पुर्ण हुन्छ साथै त्यो उत्कृष्ट र निस्ठापुर्ण हुन्छ भन्ने मान्ने हो भने परमानन्दको हाल फाएरको चेतना देश भक्ति समाज र देश अनी जनताको लागि हाम्रो भन्दा पनि अटल हुन सक्छ! कालिदाश पनि डकैती छोडेर फाएरको चेतनालेनै बन्न गयाको हो भनेर त हामी बारम्बार उजागर गरि उदाहरण दिने गर्छौनै तर हाम्रो चाँही किन चेतना फिर्दैन?
    बिरालुलाई पनि ठोका थुनेर एकोहोरो चुट्न हुदैनरे! फेरी हामी मान्छे लाई किन एकोहोरो चेतनाहिन व्यबहार गर्छौ! उ(परमानन्द)इन्डिया तिर ढल्क्यो र इन्डियनको या कसैको बहकाबमा आयर गल्ती गर्‍यो त हामी उसलाई किन भन्न सक्दैनौ वा सकेनौ की” य परमानन्द तिमी किन चेतनाहिन बहकाबमा आयर रास्ट्र बिरोधी कार्य गरि रहेछौ, यो देश तिम्रो हो तिमी जसको लहलहै मा छौ ती पराया हुन हामी हौ तिम्रो आफ्नो,तिमी हाम्रो हौ यो देश हाम्रो हो, तिमी आफ्नो देश भन्न र मान्न सिक मान्नु पर्छ, जे जति बिबाद भय पनि हामी आफ्नो मा हुन्छ हामी नै मिलाउद छौ हामीलाई कसैको सहानुभुती र कार्य आबस्यक छैन! देश टुक्र्यायर देश भड्कायर र डुबायर तिमी नेपाली अनी तिमी आफु हुन सक्दैनौ” यति कुरा किन भन्न सकेनौ किन मनौन सकेनौ! यस्मा कही कतै हाम्रो पनि गल्ती छकी? उसले त हामीलाई आफ्नो ठान्न सकेन र ठानेन, किनकी मती र बुद्दी भड्कियको बेलामा जो सुकैले पनि यस्तै गर्छ, यो बारेमा कोही पनि सुद्द हुनु जरुरी छैन! हामी आफुलाई महान र ठुलो ठान्दछौ र परेमानन्दलाई निच ठान्दछौ तर हामीले त्यो भड्कियको आफ्नो मान्छेलाई आफ्नो सोचेर किन फकाउने कोशिस गरेनौ के यहाँ हाम्रो गल्ती छैनत, किन हामी उसलाई पराया मात्र देखि पर धकेली रह्यौ? यो हाम्रो भुल हो हामीले यस्मा आत्मालोचना गर्नु उचित हुनेछ! परमानन्दकोत बिबेक र बुद्दी फिर्यो र चेत्यो, हामी चाँही कहीले चेत्ने हो?
    जे भय पनि अन्तमा शुखद रहेको कुरा मान्नु उचित हुनेछ की परमा नन्दको बिबेक फिर्यो चेतना आयो र बिचार गर्‍यो आशा गरौ र कामना गर्रौ अब देशको र जनता अनी नेपालको शशक्तिकरणमा उसको यो बिबेक र चेतना बुद्दी बिचार हरु उपयोगी होस्!
    मलाइ के लाग्दछ भने, परमानन्दको बिगतको दुस्कार्य र दुस्साहस अनी बिबेकहिनताले हामीलाई राम्रै र ठुलाई सबक शिक्षा दियो, यदि सकारात्मक सोच्ने हो भने हामी पाउछौ अनी देख्छौ की उसको यो कार्यले हाम्रो देशलाई जनताको बिचमा मजबुत र पक्का बनायो, भबिस्यमा आउन सक्ने यस्ता समस्याहरुको समाधान गर्‍यो (संघियतामा जादा यस्ता समस्या ढिलो छिटो आउने कुरा निश्चित थियो)संघियतामा गयर पनी रास्ट्रियतालाई यो कुराले झनै दिगो र पक्का बनायो यो कुराहरुललाई हामीले आत्मासाथ र मनन गर्नु पर्छ!
    अन्तमा यसलाई सान्दर्भिक हुने हुनाले हिन्दीमै भयपनी एउटा कथन यहाँ भन्न चाहन्छु र त्यो भन्दा अगाडी भन्न चाहन्छु, नत म हिन्दी भाषाको समर्थक र पछौटे दाशी नै हुं न बिरोधिनै, किनकी यो पनि यौटा मानबिय अन्तर्क्रियामा कुनै समुह र मान्छेहरुले बोल्ने भाषा हो र तिनीहरुलाई यो भाषाको तेत्तिनै माया छ होला जत्ती मलाई मेरो भाषा (नेपाली) को छ! अनी परमानन्दको जीवनमा चरितार्थ हुने यो कथन, कहावत हो!
    “शुभका भुला साम को वापस आयतो उसे भुला नहि कहते”
    अन्तमा ढीलाई भय पनि चेतना फाएरको मा परमा नन्दलाई बधाई र यो चेतना शक्ति बनेर देशलाई मजबुत बनाउन उउपयोगी होस् भन्ने शुभ्-कामना!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • Jillabashi Baburam

    चरेसे लाई केहि सबक त मिले जस्तो छ, तर उसको छवि त गयो, गयो!
    अब फर्केर आउदैन!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • madan bajracharya

    १९५०को सन्धिले हाट खुटा बाँधिएको छ, मुख थुनिएको छ/ उनीहरुले चाहेकै जस्तो सन्धि सम्झौता गराउन नया नया मन्त्रि बनाउंदै आएको छ/ यौटा सरकार बने कि तेस्को बिरोधि लाई भारतले पाल्दै पोस्दै आएको छ/ कुनै पनि नया सरकार त्यो सिट सन्धि गर्न कै निमित मात्र बनेको अनुभूति भई रहेको छ/ राना शाह ढले १९५०को सन्धि भए/ मात्रिका प्रधान मन्त्रि भए कोशी सम्झौता भए/ बि पी प्रधान मन्त्रि भए गण्डकी गए/ गिरिजा आए टनकपुर महाकाली गए/ अब बाकि के छ हामि सिट? लिन सकिने जतित लियिसके/ जनता कराउन थाले बिरोध गर्न थाले/ फिर्ता दे भन्न थाले/ अनि फिर्ता चाहिन्न भन्ने एक मधेश बादी हरुलाई एकै लतमा नेपाली बनाए/ भारत ले लुटेको फिर्ता लिने जति पहाडी भनेर पहाड पछाडी जा भने/ लुटिएको तराई लाई लुट्ने हरुको राज्य बनाउन सम्झौता गराए/ तेही अनुशारको संबिधान बनाउन लगाउन संबिधान सभामा उनीहरुको मतियार हरुलाई मनोनित गराएर जनताले चुको सांसदहरुलाई अल्पमतमा पारे/ अनि उ भन्छ अहिलेको सरकार र संविधानसभालाई समर्थन छ भनेर/ मात्र समर्थन हो त्यो यी सबै त् उसैको खेल हो नि नेपाल टुक्राउने बा कम से कम कब्जामा लिएको कुनै भुमि नदि फिर्ता नदिने/

    नेपालको तराईमा भारतले बिस्वोमा अग्लो बाँध बनाउन नेपालको स्वीकृति नचाहिने/ नेपालको नदीहरुमा नेपालीले कुलो बाध्नु परे भारतको स्वीकृति लिनु पर्ने रे तर नेपाल बात बगेको सबै नदीलाई भारतको रास्त्रिये नहरमा मिलाएर भारत भरि वितरण गर्ने योजना बनाउन नेपाल ले बोल्न नहुने/

    अब हुँदा हुँदै नेपाली बोल्न नचाहने लाई उप रास्ट्रपति बनाई छाडे/ सिमा मिचेकोमा मिचेको छैन भन्ने लाई प्रधान मन्त्रि उप-प्रधान मन्त्रि बनाई सके/ अब मात्र नेपाल स्वोतन्त्र हो भनि नमान्ने लाई रास्ट्रपति बनाउन बाकि छ/ त्यो पनि बनाउने छ उसले यदि हामि अहिले सचेत भएर हामि मात्र नेपाली हौँ न कांग्रेसी न एमाले न मावोबादी भनेर नमिल्ने भए/

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 2

  • बिचार चरेस नन्द झा को के दोष. पहिला फोरम ले इंडिया लै खुस बनाउन हिन्दी मा सपथ खान लाग्यो ऐले इंडिया ले फोरम ल फोरेर फोरम बने दे पछि बल्ल अलि बुद्दी आए जस्तो छ
    [Its just name of the game in politics ]

    नेपाल मा जे पनि हुन्छ तेस्मा हरेक कुरा को कारण इंडिया को पछाडी लुकेको हुन्छा

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • yogi

    हामी नेपाली कति उल्लु छौं भने………….. इंडिया ले भेडा बनाउदा पनि चाल नपाउने, यो जित कसो नेपाली को रे हा हा… क्या जोक….. हिन्दी भाषामा पनि सपथ लिन पाउने बिधान त पारित भैसक्योनी अब नेपालीमा सपथ लिएपनि नलिए पनि नेपाली लाई त भेंडा बनाइसक्यो नि साथि……

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 3

    • madan bajracharya

      योगी जी
      ठिक बुझ्नु भयो/

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 3

    • hridaya

      येही कुरा माई संसारका कमेन्टबाज हरुले नबुझेको देख्दा मलाई पनि खेद लगेर आउछ | नेपालीको जित होइन हार भएको छ, अनेक तिकडम गरेर चरेसानन्द जस्तो व्यक्तिलाई पुन उपरस्त्रपति मान्न हामी नेपालीलाई बाध्य बनाइएको छ |

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 2

      • पुष्प

        हृदयजी,

        के तपाईंले सामन्ती पारा देखाउने रामवरणलाई राष्ट्रपति, हरुवा माकुनेलाई प्रम, धूर्त, पतीत अनि भ्रष्ट सुजाता अनि गच्छेदारलाई उपप्रम, हरुवा विद्यालाई रक्षामन्त्री र अनेक चड्कन र तोडफोड मन्त्रीहरूलाई मन्त्री भनेर स्वीकार गर्नुहुन्छ ? पक्कै हुन्न, त्यस्तै परमानन्दलाई पनि उपराष्ट्रपति स्वीकार गर्नुहुन्न । कुरा नैतिकताको हो, आज यिनीहरू कसैको आशीर्वादले अवश्य पनि सत्तामा पुग्न सफल भएका छन्, तर यिनीहरू पनि ज्ञानेन्द्रजस्तै सत्ताच्यूत हुनेछन् ।

        हिन्दी भाषाको लागिमात्र शपथको बाटो खुलेको होइन, नेपालमा बोलिने सम्पूर्ण मातृभाषाको समेत बाटो खुलेको छ; यो कुरा बिर्सनुहुन्न । यो मुद्दाको उपलब्धि यही हो ।

        मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 5

        • kesu

          पुष्प जी,
          सबै तपाइँ ले भने जस्तै गद्दार हुन् तर रामबरण बाहेक अनि त्यो लिस्ट मा प्रचंडे पनि थप्नु होला.
          रामबरण लाइ के कुराले गर्दा सामन्ती पारा भन्नु भो कुन्नी कि प्रचंडे ले भनेको नमानेर हो?
          २२ दल ले र संबिधान ले भनेको मान्ने कि प्रचंडे ले भनेको ? २२ दल (७०% मतदाता को प्रतिनिधि) र संबिधान ले भनेको मान्दा प्रचंडे भक्ति वाला लाइ सामन्ती होला अर्को तर्फ पनि हेर्नुस प्रचंडे ले भनेको मानेको भय २२ दल लाइ समर्थन गर्ने जनताले सामन्ती भन्थे होलान अब तुलना गर्नुस कुन सामन्ती बन्दा राम्रो हुने थियो? जे ठिक तेही गरे रामबरण ले.
          जयनेपाल.

          मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 3

  • झेडी मगर, जर्मनी

    नेपाली जनता को अगाडी बिदेसी पुजारीको केहि चल्दैन | आखिर जित कसको? नेपालीको
    तर अझै नेपाली जनता सतर्क हुनु पर्छ
    होसियार है दाजु भाई दिदि बहिनिहरु

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 4

  • ER ADHIKARI

    राकेश सुद्द ले यसको बाउ उपेन्द्रलाई पी एंम बनैदिन्छु भनेकोले यसलाई मनपरी गर्न अहरायो अनि पछी कुरा नमिले पछी उपेंद्रे प्रchandeko पछी लाग्दै चीन संग साँठ-गांठ गर्न लागेको थाहा पाए पछी indiaले गच्छा दारलाई उकास्यो,, मा कु ने जस्तो पनि पी एंम बन्न पुग्यो ,,,,तेसैको झोकमा त्यो उपेंद्रे ले राकेश सुद्द लै सेखी देखाउनलाई फेरी यो नाटक देखायो ,,,,यो सबै नाटक हो भातेहरु हाम्रो देश को भत्ता खाएर सत्रु संग जुवारी खेल्दै छन्…

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 3

  • Cesar

    ज होस् आज चै मन खुसि छ |

    हामी नेपाली |

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

  • subas

    east and west jha is the best

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 14

  • sanu

    This corrupt thug worked out the way to digest his allowances, salary and other fringe benefit. In the meantime he will have pportunity to a buse power, work for the interest of India and so on. There was opportunity disqualify and elect someone better person than this corrupt mean thugs but once again policians they missed that opportunity but added one extra criminal to their list where most of them work with same agenda vested interest fill their pocket. It might look like he bowed but he sneaked into the system who do more damage than any useful thing.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 4

  • Nawa Raj

    नौटंकी !!

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  • पर्मनान्ध लाई फेरी अर्को सतर्कता पत्र थामौनु पर्छ किनकि उनीले गरिमामय पोस्ट मा बसेर मलाई नेपाली औदैना भनेर धातेका छन् तेसैले भोलि तेस्तै गरिमा भएका ले झुट बोल्न मिल्दैन भन्ने नजिर बनाउनु जरुरि छ / नत्र तेस्तो ढाँट को घरलाई कसरि राष्ट्र परमुख मान्ने ?

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • Jeevan

    ल बधाई छ, परमानन्दलाई / दुइ चार महिनामा नेपाली भाषा सिकेर नेपालीमा शपथ लिएकोमा / छिट्टै नेपाली भाषा त सिकेछन, मेरो कामना छ अब फेरी नेपाली भाषा नाभुलुन /

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • बीर

    बल्ल अलिक बुद्धि फिरेछ

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

    • madan bajracharya

      बिर जी
      नेपाल दुबाउनेले तरिका मात्रै फेरेछ बुद्धि फेरेको त् होयिन है/

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 3

  • मालिक (भारत ) पालेको सुगाले जे सिकायो तेही बोल्छ नि ! तर नेपालीको जित चाही होइन थान्ग्नामा सुताउनु खोजेको हो त्यो पनि नेपाली नेताहरुलेनै हो जो भारत मुखे छन्

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 3

  • indra shahi / SYDNEY

    नेपाली जनता लाई Fool बनाउन कति सजिलो छ है किन कि हामी Fool हौ ! जसले जे गरे पनि हेरेर बस्नी !!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 3

  • neerose

    ढिलाई भय पनि बुद्दी फर्कियर चेतना आयकोमा परमानन्द लाई बधाई! देशको ईतिहासमै प्रथम उपरास्ट्रपती बन्ने सौभाग्य प्राप्त गरेको ब्यक्ती अब देशलाई निर्देशान् गर्ने यो अन्तिम मौकालाई चेतना र बिचारले चली देसभक्ती देखाउन सकोश भन्ने शुभ्-कामना!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 2

  • राम्रो लाग्यो नेपाली र मैथेलीमा सपथ लीयाकोमा / देसमा यदि पहिलेनै यसरि सपथ खायको भय देखि यत्रो समस्या आउने नै थियन /येस अगिपनी प्रतिसोधको भाबना नभई देसको भलोको बारेमा सोची काम गरिदेनु होला /

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 1

  • Rohini

    विवादमुक्त हुने प्रयास स्वरूप नेपालीमा पनि सपथ इएको उनुपर्छा / यसपाली पनि नेपालीमा सपथ नलिएको भए कति उपद्रव हुने थियो कसैले अनुमान गर्न सक्ला र? बुद्धि पुर्याएकोमा धन्यवाद दिने हो कि?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 0

  • Ananta

    पहिले नै यति गरिदिएको भए उपराष्टपती जस्तो मर्यादित पदको तेत्रो अपमान त नेपाली जनताले महसुस गर्ने थिएनन् |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 2

    • गोबिन्द

      “गधा लाई धोएर गाई हुदैन “……..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 2

  • Tej Prasad Adhikari

    हिप हिप हुर्रे !!!!!
    यो जीत कसको ?? नेपालीको……
    बुद्धि पुर्यायो चोरले, तर होसियार साथीहो जत्ति दुध खुवायेपानी सर्पले डस्न छोड्दैन / यो पनि सर्प भन्दा कमको खतरनाक छैन / कुनदीन फेरी फन फुलाउनेहो थाहाछैन / जे होस् चनाखो हुनु जरुरि छ /

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 124 Thumb down 14

    • bikram

      यो नेपाली को ठुलो हार हो नि तेज जी . एउटा बिदेशी को पुजारी नेपाल को उप रास्ट्रपति छ . नेपाल को सम्मानित अदालत को अपमान गर्छ . तेही जेमराज लाई फेरी सक्रिय गर्न लागेका छन् सबै नेपाली नेता हरु. अनि कसरि नेपाली को जीत भयो त?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 100 Thumb down 10

      • Sameer Adhikari

        विक्रम जी
        नेपाली भाषा मा शपथ त लिएर नेपाली र नेपाली भाषा प्रेमी को जित भयको छ नि | अहिले को सरकार मा बेदेशी को पुजारी को नै छैन र? अनि यो चरेसानन्द पुजारी हुदा के नै अनौठो भयो र हैन |

        तेज जी ले भनेझै चनाखो हुनु जरुरि छ |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 6

        • Ganesh Gurung

          समिर जी कुरा जित र हारको होइन नेपालको ९५ प्रतिसत नेपालीले नेपाली भाषा बोल्छ.तेसैले एउटा वोइस प्रेशिदेंत कुन कुरा बोल्दा सबै नेपालीको हित हुन्छ ,तेई गर्नु पर्छा.जस्तो कि मा गुरुङ हो मलाई गुरुङ भाषा बोल्न आउछ ,तर
          मैले बोलेको अरुले पनि बुज्नु पर्यो नि होइनर .तर सरकारले सबै जातिको भाषा भाषी लाई सम्मान गर्नु पर्छा .मलाई क लाग्छा भने नेपालमा सरकारी काम काज,नेपाली भाषामा हुनु पर्छा ..मानी लिउ स्वित्ज़ेर्लैंड मा संसद मा जर्मनी भाषा बोल्नु पर्छा र फ्रेंच्स इस्कुलमा पडनु पर्छ.भोलि आएर जातीय राज्य र जातीय भाषा सरकारी कार्यालय मा प्रयोग भयो भने हामी एक अर्काले बुज्दिना .तेसैले जात भात को लडाई छोडेर जति सक्दो बिकाश गर्नु पर्छा
          सबैलाई चेतना भय .मेरो सानो दुखले आर्जेको मुलुक होइन भन्ने पृथिवी नारायण साहको महाबानी सबै नेपालीले सिक्नु पर्यो
          धन्यवाद.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 6

          • Jeevan kunwar

            गणेश जि तपाईं को कुरा मा म पुरा समर्थन गर्छु।जात भात् को कुरा छोड्नु पर्छ। जातिय नारा देश को लागि दुर भाग्य हो। यस्ले देश लाई ठुलो खादल पुराउछ। जातिय नारा छोडेर हाम्रो नेपाल हामी नेपाली हौ भन्ने नारा लागौ।

            मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

      • Tej Prasad Adhikari

        विक्रम जी
        म सहमत छु तपाइको कुरामा तर एउटाकुरा हामीले के भुल्दैछौ भने अदालतको अपमान गरेको थियो उसले ( चरेसानन्दले) तर आज आएर घोप्टोमुण्टो लगाएर तेही अदालतको निर्णयलाइ सम्मान हुनेगरी नेपाली र मैथलीमा सपथ त खायो / सबैको चाहना हुन्छ कि उ निरोगी होस् श्वास्थ्य रहोस तर सधै चाहना त पुरा हुदैन नि / रोग लागिहाल्छ /हो यो चरेसानन्द पनि रोग हो त्योपनि महारोग / जस्तोसुकै रोगिपनि औसधि उपचार गर्न चाहन्छ फेरी स्वास्थ्य हुन चाहन्छ / तर यो त एस्तो रोग रहेछ जुन मस्तिस्क र मुख मा एकैचोटी लाग्ने / न औसधि गर्ने मनसाय हुने न औसधि खान मुख खोल्ने / हामीहरुको बिरोध स्वरुपी “एन्टीभाइरस ” ले स्क्यान गरेर मुखको रोग त केहिहदसम्म निको बनाइएछ नि / मनस्थिति जे होला तर औसधि खान मुख त खोल्यो / एसले खाएको यो औसधि (नेपाली र मैथली मा सपथ) ले धेरै राहत अनुभब भएन र तपाइलाई ?? के यो सैयौ पाइला ओरालो लागेको स्थितिमा एकपाइला उकालो तर्फ संकेत गर्दैन र ?? हुन त गधा लाइ दुध ले धोयेपनी गाइ त हुदैन कहिले तर गधा गधानै रहोस बहुला कुकुर नहोस भन्ने हाम्रो चाहना हो / अँध्यारोमा एउटा सानो झिल्को आगो भेट्नु पनि सकारात्मक संकेत होइन र ? तपाइँले येमराज लाइ फेरी ब्युझाये भन्नु भो / मेरो बुझाइमा त्यो येमराज लाइ होइन हाम्रो गरिमामय “उपरास्ट्रपति ” पदलाइ ब्युझाएको हो / त्यो येमराज को त दाउ लागेको मात्र हो / मैले यो बारेमा ” उपरास्ट्रपतिको सपथ भाग दुइ आज ” शिर्षक लेख को कमेन्टमा उल्लेख गरिसकेको छु / धन्यबाद /

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1

      • shreesh thapa

        त्यतिबेला नेपाली भाषा आउदैन भनेको थियो परमानन्दले यो बिचमा नेपाली भाषाको शिक्षक राखेर क ख ग सिकेर यति चाडै सपथ खान सक्ने भैसकेछ हा हा हा ….त्यत्रो नेपाली को इज्जत राख्न नसक्नेलाइ फेरी उपरस्त्रपति बनाउने कुचेस्ता राम्रो होइन जय नेपाल …..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 6

    • madan bajracharya

      तेज जी
      तेती खुसि हुनु पर्ने कारण देख्दिन साथि/ नेपालीमा अहिले सपथ लिए बात त्यो त् फताह नै रहेछ भनि उसले आफैले पुस्टि गरे/ अब फताह उप रास्ट्रपति बने, नेपाली भाषा र नेपालीपनको उपहास गर्ने तेत्रो पदमा पुन बहाली भए/ जित तेस्तो को भए/ अब येस्तैले फेरी संबिधान पनि बनाउने नै भए/ हामि चनाखो बन्दै गरूँ तर देस निल्ने ले निल्दै गरे/

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 3

      • raj

        मदन जी अहिलेको सरकारमा मा जो जे जति छन सबै फटाहा र हरुवाहरु छन, यो साला चोरलाई फेरी ल्याउनै नहुने हो तर के गर्ने नेपालका सबै नेताहरु बिकेपछी के नै लाग्दो रहेछ र | जीत नेपाली जनताको भएको छैन, जीत त चोर र फटाहाहरुकै भएको छ, फटाहाहरुले जित्न को लागि कुनै पनि काम गर्न पछी पर्दैनन् चाहे आफ्नो आमा, स्वास्नी या छोरी कसैलाई पनि बेच्न पछी पर्दैनन्, तर यहाँ त यी फटाहा हरुलाई केहि बेच्नु परेन मात्र रुप र भाषा मात्रै बदलेर फेरी पद पाए र जिते | नेपाली जनता ले नजानिदो पाराले फेरी हारे जस्तो मलाइ लाग्छ |

        मन परे हरियो, नपरे रातोः Thumb up 12 Thumb down 2

        • madan bajracharya

          राज जी
          तपाईं को सबै कुरामा मेरो समर्थन छ/ मात्र एउटा कुरामा मेरो सानो प्रतिबाद छ/ ‘अहिलेको सरकारमा जे जति छ सबै फताह र हरुवाहरु छन्” भन्नु भयो तर म त् जनाताकोको बहुमत पाएको मावोबादी पनि तिनीहरु भन्दा मैले अब फरक देख्न सक्ने आधार देखिन् है/ मावोबादिले बाहिर भारत को हेपाह नीतिको आलोचना गर्ने, यो कांग्रेसी एमाले र मधिसे फोरुमको सरकार लाई भारतको रिमोट बात चल्ने भनेर नारा बाजी गर्ने तर बन्द कोठा भित्र उनीहरु सिटी हाट मिलाउने उनीहरुकै कुरामा समर्थन गर्ने गरे बात अब मावोबादी पनि भारत कै रिमोट बात चल्ने होयिन भनि कसरि पत्याउने? कांग्रेस एमाले जनतालाई अपमान गरे तर मावोबादिले पनि उल्लु बनाए हामीलाई/ म त् निराश भए राज जी/ मलाई लाग्छ अरुको कुरा मलाई थाह छैन तर जस्तो नेपाल हेर्न म चाहान्थें त्यो नेपाल अब मैले हेर्न नापयिकनै मर्नु पर्ने लागे/

          मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 2

          • raj

            मदन जी मैले मैले लेखेकै छु नि “सबै नेताहरु बिकेपछी के नै लाग्दो रहेछ र |”

            मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

          • hridaya

            मेरो समर्थन छ, मदन जी को यो प्रतिक्रिया प्रति | किनकि अहिले जुन भाषामा सपथ लिएपनि यो सबै कसरत भनेको भोलि हिन्दीमा सपथ लिन कसैलाई गार्हो नपरोस भनेर बाटो खोलिदिनलाई नै हो | होइन भने नेपालमा सरकारी कामकाजको लागि नेपाली बोल्न किन यति गाह्रो !!!!!!!

            मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 0

            • madan bajracharya

              हृदये जी
              तेही त् भन्दै छुनी/ अहिले दलहरु मिल्नु पर्छ/ अहिलेको सरकारको बिरोध गर्नु भन्दा उनीहरु सिट मिलेर छिटो संबिधान बन्नु पर्छ/ ई परमानन्दको कुरामा दलहरुको कुरा मिलेको देखेर यस्तै सबै दलहरु मिलेर अब छिट्टै संबिधान बन्नु पर्छ भन्ने हरुमा धेरै साथीहरु पनि छ र यहि कुरा भारत पनि गर्दै छ; कि उनीहरु यो सरकार तिकुन र यिनीहरुले संबिधान लेखुं भनेर भनेर भारत पनि सहयोग गर्न तयार छ भनेर/

              तर लाख तर छन् यो भित्र/ यिनीहरु मिले त् किन मिले/ सरकार बात कोहि गए
              कोहि आए/ सरकारमा गएका ले भारतको पाउ मोल्दै छ/ सरकार बात निकल्न परेकाले एकातिर भारतको बिरोध गर्दै छ अर्को तिर भारत खुसि हुने कुरा जस्तै यहि परमानन्द लाई पुन नियुक्त गर्ने लाईनै उप रास्ट्रपति बनाउने कुरामा सहि ठोक्दै छ/ /

              देसमा सबै कुरा भारतले चिताएकै हुन् गरिन सरकार पनि बिरोधि दल पनि लाग्दैछ/ अब यिनीहरु मिले पनि नामिले पानी उनीहरुले गर्ने काम भनेको भारत खुसि गर्ने मात्रै हो/ संबिधान पनि हेर्दै जानुष भारत दंग पर्ने गरिनै लेख्ने छ/

              मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

            • पुष्प

              हृदयजी,

              हिन्दी पनि नगण्य नेपालीको मातृभाषा रहेछ । यदि यस्तै हो भने त ठीकै हो नि ! आखिर हिन्दीमा मात्र शपथ खान पाउने व्यवस्था भएको होइन । सरकारी कामकाजका लागि नेपाली भाषा हुनु ठीक हो, तर अब संघीय व्यवस्था गएपछि नेपाली भाषाको बर्चश्व पनि तोडिने पक्का छ । हुन त यसो भन्दा नेपाली भाषाको बर्खिलाफ गएको जस्तो लाग्ला, तर सम्पूर्ण नेपालीलाई एकसूत्रमा बाँध्ने काम नेपाली भाषाले गरेको छ, गरिरहनेछ र गर्नैपर्छ ।

              मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

              • hridaya

                पुष्प जी,
                यो त सरासर दुइ जिब्रे कुरा भयो | प्रथम त परापुर्ब कालदेखिनै कुनै स्थानमा अल्पसंख्यक /बहुसंख्यक रुपमा बसोबास गरिआएका अन्य जातिको परिचयप्रति उपेक्ष्या गर्दै खास कुनै जाति बिशेष या वर्ग समुदायको नामबाट नामांकरण गरिने /गरिएको संघिय राज्यको खाकाप्रति नै मेरो असहमति छ, जातिवादको मुखुण्डो ओढाइएको संघियताको भावलाई जुनसुकै तरिकाबाट अर्थायीन खोजे पनि | मानौ हिन्दी पनि नगण्य नेपालीको मातृभाषा रहेछ रे! अब तेही नगन्य समुदायबाट होस् या बहुसंख्यक मैथिली समुदायबाट गएको होस्, अहिलेको स्थितिमा उपराष्ट्रपति भनेको छन्त्याल, कुसुण्डा, चेपांग, जिरेल लगाएत सम्पूर्ण नेपालीकालागि राष्ट्र उप प्रमुखको गरिमामय पद हो, तसर्थ मैथली मा नै लिए पनि तेस्को के तुक छ र! उनै बिदेशी प्रभुलाई गारो सारो परेर कसिएका गाठाहरु खुकुलो बनाइदिनु बाहेक ? रहयो नेपाली भाषाको बर्चश्व तोडिने कुरा | हो, स्थिति यस्तै रहदै गए एकदिन अवस्य तोडीनेछ | बिस्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाध्ने तेही नेपाली भाषाको बर्चश्व तोड्न को किन के का लागि लागिपरेको छ, पुस्पजिले पनि बुझ्नु पर्ने कुरा हो जस्तो लाग्छ | अब तपाई नै भन्नुस, नेपाली भाषाको बर्खिलाफ भएकोमा हर्षोल्लास गर्ने कि बेलैमा सचेत हुने ?

                मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

          • kesu

            मदन जी को यो कमेन्ट लाइ मेरो स्वेत सलाम.येस्तई निस्पक्ष्य लेख्नु होला भन्ने आशा का साथ.
            जय नेपाल.

            मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

            • madan bajracharya

              केसु जी
              मन नपरेको मान्छे को सासै गन्हाउने भने झैँ बिचार नगरेर मेरो प्रतिक्रिया पढ्नु भएको भए मेरो प्रतिक्रिया तपाईंले भनकै जस्तो पाउनु हुनेछ/ म एउटा कुरा भनू है केसु लाई, को कांग्रेसी र को मावोबादी छ हामीमा? हामि मात्र हाम्रो देस को हित चिताएर लेख्दै छौं हैन र/ मैले पढ्ने गरेको छु तपाईंको प्रतिक्रिया एक ताका तपाईंले गिरिजालाई मात्र किन गालि गर्छ भनि आक्रोश व्यक्त गरेर प्रतिक्रिया लेख्नु भएको थियो/ पछी कालान्तरमा गिरिजाको कर्तुत हरु नराम्रो भएको सकारेर लेख्नु भएको थियो/ तेस्तै भारत लाई गालि गर्नु हुन्न भनेर लेख्दै गर्ने केसु जी भारत मुर्दाबाद पनि लेख्नु भएको थियो/ हामि कोहि नाबालिग होयिन केसु जी तर हामीलाई उल्लु बनाउने धेरै छन्/ हुनत हामि उल्लुनै पनि हो/ चुनावमा एक चोटी नमस्कार गरेर कुन पार्टीले हाम्रो भोट ठगेको छैन? तापनि के गर्ने पद को मान त् गर्ने पर्यो अनि पदीय आचरण नगरे पछी गालि पनि गर्ने पर्यो/ त्यो तपाईं पनि गर्नु हुन्छ म पनि गर्छु/ फरक के छ हामि मा? फरक मत को पनि मान हुनु पर्छ किन कि हामी प्रजात्रन्त्र को हिमायेती हौँ/ जव मित्रताको बिचमा उपमा को रंग चढ्छ मित्रता मर्छ केसु जी/

              अब यो क्रम मा कांग्रेस ले राम्रो काम गरे राम्रै भन्नु पर्छ तेस्तै मावोबादिले राम्रो काम बा कुरा गरे ठिक गरे भन्ने पर्छ/ हामि बारम्बार उल्लु बनेका बनाईएका यो नागरिकहरुको यो बाध्यता भनु बा बिबसता भनू बा बिसेसता भनु कुरा एउतै हो/

              मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

      • Tej Prasad Adhikari

        मदन जी,
        तपाई होसियार र चनाखो हुनुहुन्छ भने तपाइको घरलाइ कसैको गिद्धे नजर लाग्ने छैन र लागे पनि केहि खुल्किनेवाला छैन / र मैले भनिसके अहिले निस्क्रिय उपरास्ट्रपतिको “पद” लाइ क्रियासिल बनाइएकोहो न कि परमानन्द झा लाइ / अनि हिजो उसले हिन्दीमा सपथ खादा पनि बिरोध (जुन जायेज थियो), आज नेपाली मा सपथ खादा पनि बिरोध ? उसो भए तपाईहरु नै भन्नुस विकल्प के छ त ? गतिरोध अन्त्य पनि हुनु पर्यो , बहुमतको कदर पनि हुनुपर्यो , शान्ति प्रक्रिया सम्मत पनि हुनुपर्यो र भबिस्यमा फेरी येही बिषयमा येही पद निस्क्रिय हुने अवस्थाको(सम्भावनाको) पनि अन्त्य हुनु पर्यो / कानुनी राज्यको अपेक्षा गर्छौ भने कानुनसम्मत जायेज सहमतिको (जायेजमात्र, कानुनसम्मत भन्दैमा कानुन भित्र रहेर पनि शान्तिप्रक्रिया र संबिधान निर्माणमा प्रतिकुल असर पर्ने निर्णय(सडयन्त्र) हुनसक्छ) समर्थन त हुनुपर्यो नि /

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • पुष्प

      समर्थन तेजजी ।

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes