अपडेटः जमिम शाहको हत्याको जिम्मा छोटा राजन समूहमा पहिले काम गर्ने व्यक्तिको समूहले लिएको छ। दिउँसै खुला स्थानमा हत्या गर्ने समूहका भरत नेपाली भन्ने मान्छेले दिउँसै एभिन्युज टेलिभिजनलाई फोन गर्दै भारतविरोधी गतिविधि गरेकोले उनको हत्या गरेको बताएछन्। प्रहरीले अनुसन्धान गरिरहँदा टिभी स्टेसनलाई फोन गरेर हत्याको जिम्मा लिएर अपराधीले खुल्लमखुल्ला चुनौति दिएका छन् नेपालको प्रहरीप्रशासनलाई।
*************
राजधानी काठमाडौँको अति व्यस्त ठाउँमा आइतबार दिउँसै बीच सडकमा गोली हानी एक टेलिभिजन सञ्चालकको हत्या गरिएको छ। काठमाडौँमा यसअघि पनि हत्याका घटना नभएका हैनन्, तर अधिकांश हत्या रातको अँध्यारोमा, एकान्तमा भएका थिए। तत्कालीन सांसद मिर्जा दिलसाद बेगको हत्या २०५५ सालमा हुँदा अँध्यारोमा एकान्त ठाउँमा भएको थियो। तर आइतबार व्यस्त सडकमा दिउँसै सबका अगाडि गोली हानेका छन्। त्यति मात्र हैन, उच्च सुरक्षा व्यवस्था हुने ठाउँबाट त्यति ठूलो अपराधको घटना गरेर पनि सुरक्षित भाग्न सफल भएका छन् अपराधी। काठमाडौँ कुन हदसम्म असुरक्षित भइसकेको छ भन्ने प्रष्ट पारेको छ यो घटनाले।
घटनास्थलमा इमेज च्यानलले खिचेको एक्सक्लुसिभ भिडियो हेर्नुस्-
घटना लाजिम्पाटमा फ्रान्सेली दूतावास छेउमा भएको थियो। लाजिम्पाट उच्च सुरक्षा व्यवस्था हुने ठाउँ हो। यहीँ वरपर भारतीय दूतावास, बेलायती दूतावास, इजरायली दूतावास र जापानी दूतावास छ। अनि पूर्व राजाको निर्मल निवास पनि छ। राष्ट्रपति निवास, प्रधानमन्त्री निवास जाने बाटो पनि त्यतैबाट छ। प्रहरी प्रतिष्ठान पनि त्यहीँ छ। उपराष्ट्रपतिको शपथ ग्रहण कार्यक्रम भएकोले झन् बाटोमा प्रशस्तै प्रहरी तैनाथ थिए। तर पनि सबलाई हेरेको हेर्यै बनाएर अपराधी मोटरसाइकलमा भागे। आखिर कसरी? सुरक्षा व्यवस्था पूर्ण रुपमा फेल भएको घटना हो यो। प्रहरी हैन बटुवाहरुले ग्यास टेम्पोमा घाइतेलाई राखेर अस्पताल पुर्याएका थिए।
सञ्चार माध्यममा प्रत्यक्षदर्शीलाई उदधृत गर्दै आएको खबर अनुसार आक्रमणकारीले जमिममाथि गोली बर्साइरहँदा फ्रान्सेली दुतावासमा खटिएका सुरक्षाकर्मी माथिबाट टुलुटुलु हेरेर बसिरहेका थिए। गोली चल्दा समेत उनीहरुले कुनै प्रतिकृया जनाएका थिएनन्। मूकदर्शक बनेर हेरिरहेका थिए। उनीहरुले केही प्रतिक्रिया जनाएका भए सात मिनेट घटनास्थलमा बिताएर उम्कन सक्ने थिएनन् आक्रमणकारी। आखिर हतियारसहित सुरक्षाका लागि राखिएका प्रहरीको काम सम्पूर्ण सुरक्षा हेर्नु हो कि मात्र दूतावासको सुरक्षा हेर्नु?
कम्युनिकेसनको फेरि कत्रो ग्याप? त्यत्रा सुरक्षाकर्मी थिए सडकमा। उनीहरु कै नाकमुनिबाट फरार भइछाडे आक्रमणकारी।
राजधानीमा यत्रो ठूलो सुरक्षा असफलताको घटना भएपछि प्रधानमन्त्री माधवकुमार नेपाल अलि गम्भीर भएर सुरक्षा निकायमा खोजखबर गर्लान् कि भन्ने ठानेको त कहाँ हुनु! प्रधानमन्त्री ज्युत बिहेभोजको निम्तो मान्न होटल हिमालय पो जानुभएछ। त्यहाँ पूर्वराजा पनि आएका रहेछन्, पूर्वराजा र गणतन्त्र नेपालका प्रधानमन्त्रीले केही बेर बात मारेछन्। के कुरा भयो, त्यो त उनीहरु नै जानुन्।
शान्ति सुरक्षा नि ? उफ्फ!!! एउटा वक्तव्य समेत जारी गरेन सरकारले।

केशरजंग रायमाझीकी छोरीको बिहेको भोज होटल हिमालयमा सहभागी हुँदै पूर्वराजा ज्ञानेन्द्र र प्रधानमन्त्री माधवकुमार नेपाल। दुई जनाको केही बेर कुराकानी भएको थियो।
No related posts.








सुशील सर संग म खुशी छु यार…………….यस्तो पो घटनाको कमेन्ट हो त , होइनत? साथिहरु धेरै कुरा नगरौ हौ….बरु आफ्नो-आफ्नो सुरक्षा गरौ हामी नै पो मिलेर….कोहि हुनुहुन्छ ?
मन परे हरियो, नपरे रातो
0
0
माकुने ले ज्ञानेन्द्रलाई भेट्न मोहर चै लगेको थियो कि थिएन नि ?
मन परे हरियो, नपरे रातो
1
2
राज दरबार भित्र राजा को सुरछा न हुने देस मा जनता को सुरछा ………हा हा हा ………
मन परे हरियो, नपरे रातो
2
0
सुरक्छा सबै नेता हरु को गोजिमा छ
मन परे हरियो, नपरे रातो
0
0
अब प्रचण्डजी ले पनि सतर्क हुनु पर्यो वैसिएल लाई ब्यबस्थित र दरो बनाउनु पर्यो. नत्र गारो छ है बच्न नेपालमा
मन परे हरियो, नपरे रातो
3
2
गोली त बोली जस्तै हो जति खेर पनि छुट्न सक्छ, सुरक्षा भने परिक्षा गर्दै छिन् यो संक्रमण कालको
मन परे हरियो, नपरे रातो
0
0
खै- हाम्रो राजनीतिक पार्टीहरु नै भारत परस्त र भारत बिरोधिमा विभाजित छन्- तस्तै छ संचार जगत र आम नेपाली मानसिकता; विदेशनीति मा त सबै को साझा विचार हुनुपर्ने हैन र ? जमिम शाह जस्तो भएनी देउसै हत्या को बिरोध त सबैले गर्नुपर्ने हो. अझ हत्यारा को नाम “भरत नेपाली रे भारत नेपाली हुनुपर्ने!”
मन परे हरियो, नपरे रातो
1
0
नेपाललाइ भारतले आफ्नो यौटा प्रान्त बनाएर नेपालको बिकाश गरिदिए कसो होला / इंडिया अहिले संसारकै यौटा बिकशित राष्ट्र बन्दै छ / त्यो संगै नेपाल र नेपालीको पनि राम्रै हुने छ,,अहिलेको अवस्था भन्दा त /
मन परे हरियो, नपरे रातो
0
10
it’s been four year’s that i haven’t been back to nepal. When i always shake my hands to my mates i always say jai nepal. It’s a great hurting reality to me and my feelings. Last year when madhav kumar nepal was here, we all nepalease has donate him $20 to have good travelling in australia. Now i hope this dumb ass’ll never understand nepalease feelings. There should be something different. ……………. other wise that day is no so far when dogs’ll be ruling the system…
kiran “australia”
मन परे हरियो, नपरे रातो
1
0
कहाँ गए नेपालका ठुला भन्ने पत्रकारहरु ? ऋषि धमला को केसमा सबुत प्रमाण सहित पुलिश ले समात्दा त्यति ब्रिरोध गरे | अहिले जमिन शाह को केस, जुन इंडिया ले लगाएको आरोप को कुनै प्रमाण छैन, सबै चुप | कतिसम इन्डियाको भक्त रहेछन नेपालका पत्रकार हरु | धिकार छ तिमीहरुलाई |
मन परे हरियो, नपरे रातो
7
1
जुन देशमा जनताहरुले २/२ ठाउँ बाट तिरस्कृत गरि नकारा भनेर चुनावमा हराएको मान्छे हो त्येस्तो मान्छे सरकार प्रमुख भएपछी यस्तो नभए कस्तो होला त? यस्तै नालायक भएर त २/२ ठाउबाट चुनाव हार्यो होला नि त (मा कु ने) ले . कि कसो?
मन परे हरियो, नपरे रातो
8
2
पंच्चायत काल मा आफ्नो देश नेपाल पुग्दा बिश्वो को नै सुरछित ठाउँ लाग्दथ्यो /अहिले बिश्वो को नै असुरछित ठाउँ लागद छ / कठै बिस्शो सान्ति को अनि भगवान बुद्ध को देश लाई सम्झी सम्झी रुन मन लाग्छ /कस्ता दैते जन्मे होलान अनि सबै नेपाली किन तेस्ताका पछि लागे होलान /
मन परे हरियो, नपरे रातो
6
1
माकुने सरकार जे कालागि बनाइएको हो, त्यो सबै काम गरि रहेछ, हुन दि रहेछ/ मधेशमा मान्छे मारी रहेछ, काठमाडौँ मा मान्छे मार्नेहरुलाई भाग्ने मौका दि रहेछ/ एमाले नेतृत्वको सरकारबाट अरु हुन नै के सक्छ र?
मन परे हरियो, नपरे रातो
5
4
येसरी दिन मा नै गोलि हान्न सक्ने कस्तो होला ……….अनि त्यो त्रफ्फिकपोइलिस
ले दिन दिने बिकेवाला हरु लाई चेच्किंग गरेको के फाइदा भयो खोइ???पुलिसहरु सबै मावोबादी लाई र संसद हरु लाई पहरा दिंदै फुर्सत छैन जनता को के सुराच्या गरोश.अब हामी कसरि बच्ने ?कसरि बस्ने एस्तो देश मा/कि हामी लाई पनि बाहिर जाने बाटो देखौना पर्यो/
मन परे हरियो, नपरे रातो
3
3
यो संसार नै धर्म युद्ध मा जकडिएको बेला नेपाल मा एक मुस्लिम ( जमिम शाह ) को हत्या हुनु कुनै नौलो कुरा होइन.मैले धेरै साथीहरु को कमेन्ट पढे अनि मलाई आभास भयो मुस्लिम भने पछी आतंककारी नै हो र गलत काम नै गरेको छ भन्ने मानिसकता सबैमा पाए.भारत ले त नेपालका हुनेखाने सबै मुस्लिम हरु लाई पाकिस्तान को जासुस भन्ने गर्दछा त्यो सबैलाई थाहा भएको कुरा हो.अनि रह्यो नेपालको सुरक्षा संयन्त्र को कुरा त्यो त सबै भारत लाई रिझाउने नाटक मात्र हो यहाँ नेपाली को होइन भारतीय अपराधीहरु अनि र का एजेन्ट हरुको सुरक्षा गरिन्छा त्यो त जग जाहेर छ.नेपाली राजनीति मा र का एजेन्ट हरु को हाली मुहाली छ.ठुला ठुला पार्टी का नेताहरुनै र का एजेन्ट हरु भए पछी के प्रभाव पर्छा त्यो हामी सबै नेपालीले बुझ्नु पर्ने हो जहाँ मस्जिदमा आगो लगाउदा सामान्य घटना हो भन्ने गरिन्छा त्यो पनि राजधानी को मुटुमा अनि हामी मुस्लिम हरुले के आशा राख्ने यहाँ म त भन्छु हाम्रो नेपाल मा हामी मुस्लिम हरु को भलो चाहदैनन् हाम्रा नै केहि नेता हरु मुस्लिम लाई दोस्रो दर्जा को नागरिक को रुप मा हेर्ने गरिन्छा जुन कुरा ले यो देश मा कुनै दिन नराम्रो आगो लाग्दैन भन्न सकिदैन.तेसैमा पनि जातीयेता को आधार मा प्रदेश हरुको बिभाजन गरिदैछा भनौ देश को टुक्रा टुक्रा गरिदैछा यस्तै हो भने पक्का छ यो देश मा पक्का नारामो आगो लाग्नेछा.अन्त्य मा मा के भन्न चाहन्छु भने सबैले हामी नेपाली हौ भन्ने नभुलौ.जात जाति भन्ने त पछी को कुरा हो त्यो चली नै रहन्छा.भलो होस् हामी सबै नेपाली को र नेपालको.
मन परे हरियो, नपरे रातो
9
8
देखनुभयो नेपाली जनताहो नेपाल सरकार बिहिन छ भन्नेकुरा “दिउसै काठमाडौँ को मुटुमा गोलि हनिदैछ ,अपराधी भाग्न सफल chhan /sarakarma basekaharu bidesh ghumna ra bhojbhatedma masta chhan. makune himalaya hotelma purba raja gyanesanga patima ramaudaichha . यदि tapaihami sabaisanga biratako ragatchabhane aa-aaphnothaubata aabaj uthau /deshama naya krantiko abasyak chha /makune sarakarma basheka sampurna mantriharulai desha nikala garau /yaniharuka natedardekhi sampurna aaphantaharulai shamet shamajik bahiskar garau ,gau गाउ bata lakhetau /yaskopatha arko aaune sarkarle shikosh /chahe hatiyarnai kina uthaunu naparosh aphno shwotantrakalagi ,aphno jiudhanko shurachyako lagi/ jantako jiudhanko shurachya garna nasakne makune sarkar desh chhod talai नेपाली आमाको श्राप लाग्नेछ /य नक्कली कम्युनिsta hoshiyar
मन परे हरियो, नपरे रातो
4
1
“”हिजो अपराध र अपराधि राज्य को पकड मा हुन्थ्यो
आज राज्य अपराध र अपराधि को पकड मा छ
के यहि हो गणतन्त्र को क्रान्ति कारी परिभाषा ? “”
मन परे हरियो, नपरे रातो
10
0
मान्छे कति सम्म लाछी हुनसक्छ? उधाहरणको लागि ” बिर ” लाइ लिनुस
” पनि मरुवा ज्यान दिन सक्छु ” तर ज्यान दिन तेस्को मूल्य र अर्थ हुनुपर्छ भन्छ”" परेको बेला बलिदान दिन सक्छु रे??
इन्टरनेट मा कमेन्ट लेखन त डराउने एस्तो धाक सुहाएन!!!
मन परे हरियो, नपरे रातो
7
5
देशको सबै भन्दा ठुलो कमजोरी भनेकै कमजोर कानुन हुनु र त्यो कमजोर कानूनलाई पालना गराउने निकाय पनि कमजोर हुनु हो | यसको निकास खोज्न सक्नु पर्छ, पहिले सरकारले |
मन परे हरियो, नपरे रातो
5
0
येही हो र हाम्रो नया नेपाल?
मन परे हरियो, नपरे रातो
9
0
यहाको सरकारले बनाएको “बिशेष सुरक्षा” त भारतीयहरुको सुरक्षाका लागि बनेको हो. / साथीहरु झुक्किनु भा’ छ जस्तो छ/ नेपालि, पाकिस्तानी, चिनिया वा अन्या देशका जनताका लागि होइन, यो प्रस्ट हुदाहुदै पनि, हामि भ्रममा पर्नु अर्को कुरा हो!! भारतीय सत्ताले बनाएको माकुने सरकारले आफ्नो सुरक्ष्या गर्छा कि तपाइको?
जमिल शाह पाकिस्तानी एजेन्ट वा डोन को मतियार , त्यो अर्को कुरा हो…/ येफी तेस्तो थियो भने त नेपाल सरकारले पक्रेर कारबाही गर्नु पर्ने हो, RAW ले मार्ने होइन नि, कि कसो!!
मन परे हरियो, नपरे रातो
14
2
हाम्रो देश को सुरक्षा सबै नेताहरु र देश क उचा व्यक्ति हरुलाई मात्र हो आम जनतालाई होइन यहि हो नया नेपाल !
मन परे हरियो, नपरे रातो
6
0
राजधानीमा पनि कोहि सुरछित छैनन् भन्नेकुराको ज्वलन्त उअदहरण/
मन परे हरियो, नपरे रातो
12
0
”र ” ले गरेको काम मा ‘ने ‘ ले कसरि बोल्न मिल्छ ?”ने ” ले येत्रो मान सम्मान ,”र ” को चाकडी बाटपाएको हो ?
बरु ‘प्र” चै आजकाल किन चुप चाप?? उनि पनि ‘ने ‘ पथ तिर पो लागे कि ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
भिम रावल राजिनामा दे यो सबै इंडिया को काम हो त्यो हत्यारा हरु इन्डियन राज्तुवास मा लुकेर बसेका छन नेपाल प्रहरी केहि काम गार गधा हरु
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
3
देश को शान्ति सुरक्षा को स्थिति नाजुक छ किन कि जसले जान्यो उसले हान्यो मात्र छ यो देश मा कानुन को पालना गर्ने गराउने निकाएको कमजोरी हो हेर्दै जाउ अब नेपालको भबिष्य छैन यदि शुरक्षा को हालत यस्तै हो भने हामी नेपाली जनताले तिरो तिरी खुवाएर राखेका लठुवा हरुको कुनै काम छैन !!!
मन परे हरियो, नपरे रातो
7
0
home minister Bhim Rawal in China ? enjoyin urself? well when u return back to Nepal i want ur resignation as well as kathmandu’s SP Ganesh KC be sacked sabai mileka chan yo murder ma RAW sanga thukka dhoti haru ko dalal .
मन परे हरियो, नपरे रातो
8
2
माकुने ले ज्ञानेन्द्र लाई बाह्र पाउ लगाएर राना जी दर्सन ढोग चदायो होला … सरकार, सरकार भनेर….
ज्ञानेन्द्र भनेको ज्ञानेन्द्र हो… किन कि.. सुर्य ब. थापा.. पशुपति स. जबरा हरु सल्बलाउन थालेका छन् पार्टी एक गरेर….
माकुने ले ज्ञानेन्द्र लाई बुझौचा संबिधान भन्दा पहिला , अथवा गिरिजा प्रधानमन्त्री बन्नु भन्दा पहिले….
र माकुने प्रधानमन्त्री बन्छ सधाको लागि..
आज गगन थापा ले पनि माकुने लाई हटाउनु पर्दछ र कांग्रेस ले प्रधानमन्त्री पाउनु पर्दछ भनेको छ……..
अब भित्र भित्र .. ज्ञानेन्द्र सम्भिधान बन्नु भन्दा पहिले नारायण हिटी औचा होला….
सुर्य ब. थापा को भारत भ्रमण..अनि ज्ञानेन्द्र दूई चोटी भारत भ्रमण ले …तेही लच्यां देखौचा….
ज्ञानेन्द्र क़ा मतियार हरु आर्मी मा माथिलो पोस्ट मा धेरै नै छन्….राना + थापा + ठकुरी हरु……… होइनारा ….
भैसी पति को नमुना मात्र हो…..गिरिजा को लंगुतियर हो , …भैसिपति मा केहि दम छैन…
माकुने लाई माने मैले…पक्का खेलाडी हो.. बाहुन त पर्यो माकुने……….प्रचण्ड लाई पनि.. लडाई दियो……
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
13
राज जी
यो हत्यालाई जोडेर भारतले माओबादी खत्तम पार्ने योजना भन्दा कुरा अल्ली मिलेन कि किनकि! यस्तो घटनाहरु नेपालमा कहिले देखि सुरु भएको हो? अलिकति हेक्का होला तपाइलाई? २०५२ सालमा माओबादी को जन्म भएदेखि यस्ता घटना माओबादी बाट हजारौ घताइए त्यसैको परिणाम हो आज गल्लि गल्लि मा हत्या हुनु/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
20
हुउ खोई नेपाल को भबिष्य मा जहिले पनि गरिबी मात्र
लेखेको ले होला जहिलेपनि नराम्रो मात्र हुन्न्छा
खोइ केहोकेहो …………मत छाक पर्छु
मन परे हरियो, नपरे रातो
7
0
यो जमीम शाह पनि राम्रो मान्छे होइन. उसको बिगतको जीवन केलाएर हेर्ने हो भने उ पनि अन्सारी जस्तै अपराधी हो. सरकारले अन्सारी सरह जमीमलाई पनि तकनिकी तथा ब्यबहारिक कारणले गर्दा कुनै कारबाही गर्न नसकेको हो. सरकारले यदि कारबाही गरेको भए उ राम्रो बन्न सक्थ्यो, यसरि नराम्रो मृत्यु देख्न पर्दैन थियो.
अब सरकार र अदालतले बिदेसी प्रभाब र साम्प्रदाईक समूह को प्रभाब मा आएर अपराधीहरु लाई कारबाही नगरी छोड्ने हो भने अन्सारी को पनि यहि दशा हुन बेर छैन .
रह्यो कुरो देशमा सुरक्षा को, यो त बिगत २० बर्ष देखिनै छैन. सरकारको यस्तै पारा हुन्छ भने भारतले मात्र होइन अन्य छिमेकी मुलुक हरुले पनि आफ्नो देशको हित को लागि नेपालमा आएर आपराधि हरु सफाया गर्न सक्छन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
8
हाम्रा महामहिम हरुवा गृहमन्त्री सबै सुरक्षा का प्रमुख हरुको जन्ती सहित फेरी चीनतिर सयरमा रहेछन नि त / देसको र जनताको के मतलब भो र ? मृतक को बिगत सम्बन्धि बेग्लै बहस होला तर राजधानीको सडकमा सुरक्षा कर्मीहरुको जताततै उपस्थितिमा यत्रो गोलीकाण्ड अनि बीच सहरबाट अपराधि फरार ! हैन यो फिल्मको सुटिंग हो कि साँची हत्याकाण्ड? गृहमन्त्रीले राजिनामा दिएर उतै खासामा भरिया काम गरि खाउ किन नभन्ने अब अरु काम गर्न त सिप पनि हुनुपर्छा त्यसैले भरिया भनेको हो / नेपालमा पो हल्ला गरेर खुरापाती एवं बिदेसी दलाली, गुण्डागर्दी गरेर मात्रै पनि मन्त्रि हुन पाउँछन अन्त त कहा पाउनु र !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
4
अरु केहि होइन सथिहरुहो भारत ले नेपाल लाइ अफगानिस्थान बनाउन लागेको हो, भारत ले माओबादीलाई खतम गर्ने ग्रान्ड प्लान गरिरहेको छ, (यो कुराको संकेत त माधव नेपालले चितवनमा गरिसेकोछ कि माओबादीलाई लिट्टे बनाउने भनेर) जब नेपाल अफगानिस्थान हुन्छ, त्यस पछी भारत ले माओबादीलाई तालिबान को या लिट्टे को ट्याग लगाउछ अनि भारत नेपाललाई शान्ति दिने निउमा नेपालमा आफ्ना सैनिक हुल्छ…… अनि के हुन्छ ? नेपाल ग्लोब बाट मेटिन्छ | अब भारत संग नेपाल लाइ खतम गर्ने सिर्फ एउटा हतियार छ त्यो हो, नेपाललाइ टेरोरिस्ट को सेफहेवन को नाम दिने र कुकर्म सुरुगर्ने| नेपाल का मुस्लिमहरु निकै शान्ति छन् तर भारत ले यिनीहरुलाई जिस्काई रहेको छ, उमाल्न खोजि रहेको छ, नेपालको मुस्लिम समुदाय निकै सतर्क हुनु जरुरि छ| आज सम्म भारतले नेपाल मा अलकैदाको कुनै प्रमाण भेटेको छैन र येही खोजि रहेको छ ताकी येसैको नाम मा नेपालमा आफ्ना सैनिक भित्र्याउन पाइयोस| नेपाली जनता निकै होसियार हुनु जरुरि छ|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
15
आफुहरु ले बुलेट प्रुफ गाडी र रक्षक पायपछी अरुलाई सुरक्षा किन चहियो र ,नेता जी भय पछी त बिदेस भर्मण र कसरी हुन्छ धन कमाउन पो सोच्नु पर्यो नि ,तै पनि एकपटक गृहमन्त्री महासाब लाई फोन गर्ने कि चाइना तिर कसैलाई पक्डिन सकियला कि भनेर ?
लाल प्रसाद अधिकारि
चितवन हाल कतार
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
2
राजधानीमै पनि सरकार (र सरकारी सन्यन्त्र ) नभएको अनुभुती !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
3
विस्मृति जी
सरकार त् छ नि अहिले जमिम लाई दुयिजना भारतियेले गोलि हानि मारेको बेलामा पनि/ तर तेतिबेला सरकार प्रमुख बिबाह भोज खान हिमालय होटेल जानु परेकोले ती अपराधीहरु लाई समात्न भ्याएनन/ के गर्ने बिबाह भोजमा जान अबेर भयो तेती बेला/ धैर्य राख्नुष/ भोज बात फर्केर आएर कसैलाई भए पनि छिट्टै समातेर ल्याउने छ/ तर असली अपराधि नै समातेर नल्याउला त्यो अर्कै कुरा भयो/ पारीको रक्सीको नशा नै तेस्तो छ विस्मृति जी/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
8
यो जननिर्वाचित सरकार भयको भय पो जनताको ज्यु ज्यानको सुरक्ष्य
गर्ने थियो त यो त पर्यो मित्ररास्त्र निर्बाचित सरकार अनि किन गर्थियो नेपाली को surakshyaa
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
9
यो सरकारले उच्च सुरक्षा व्यवस्था गरेको रैछ, हेर्नुस त दिउँसै बीच सडकमा गोली हानि हत्या..के आश गर्नु यो सरकारको..दिक्क लाग्छ….एक दुई जना नेतालाई पनि एसरी नै हत्या गर्नु पर्छ अनि अलि चेत खुल्छ की यी फटाहा नेताहरुको …..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
4
मैले देस चलाउन सकिन हजुर ले सहयोग गर्नु पर्यो भने होलानी /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
7
मुख्य कुरा कुरो भनेको अबका दिनमा नेता हरु को सान्ति सुरचाया हो / सडक जाम मा दिउसै मोटर मा तेसरी प्रहार हुन्छ भने एस्तो राम्रो संकेत होइन…
अब का दिन मा ठुला साना नेता, ब्यापारी , र सबै नेपाली सतर्क हुनु पर्ने बेला आएको छ..
हाम्रो राष्ट्र कतै फैलुर त हुन् लागेको होइन ? एदी येस्तई हो भने , नेपाल मा कसैले लगानी गर्दैन.. देश को बिकाश कहाँ बाट हुन्छ? एदी जमिन साह अपराधी थियो भने जेल मा राख्नु पर्ने थियो………
अब का दिन मा ..राजा बिरेन्द्र, मदन भण्डारी को खुल्दुली अझ बढी हुनेछ….
काठमाडौँ का सागुरा सडक, घना बस्ति, पुलिश को उपस्थिति नै छैन कहिँ पनि..अब एस्तो अबस्ता मा विदेश मा बस्ने नेपाली, र अरु बिदेशी ले कसरि होटेल, जलबिधुत , बैंक सेक्टर, मा लगानी गर्छन……….
कानुनी राज्य र संतिसुराच्या नभए हाम्रो देश अझै गरिब हुनुचा… कसैले पैसा लगानी गर्दैन………..
नेपाली ले सधै दुख पौचा……..सान्ति सुराच्या हुनु पर्यो… पुलिस राख्नु पर्यो…
एस हत्याले थुप्रै प्रस्न उब्जाएको छ …अबका दिनमा अरु घटना नघतालन भन्ने बिश्वास नेपाली मा छैन…..
हे गिरिजा, प्रचण्ड, बाबुराम, झलनाथ , रास्ट्रपति…सबै मिलेर राष्ट्रिय सरकार बनौ र नेपाल लै सान्ति प्रिय देश बनौ…
२०४०- २०४५ साल मा रात्री बस मा पूर्व पछिम को यात्रा गर्दा कतै दर थिएँन तर अहिले जहाँ तही, बन्दूक को गोलि पड्किन थाले को छ…..कतै यो बहुदल अफफ सिद्ध गर्न खोजिएको सदयंत्र त होइन…??????????????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
2
इराक, अफगानिस्तान, पाकिस्तानको रोग बिस्तारै नेपालतिर सर्दै छ | माइ संसारमा कमेन्ट गर्दा पनि अब त विचार गरेर मात्रै गर्नु पर्ला जस्तो छ | भित्ताको पनि कान हुन्छ रे क्या |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
132
12
राम राम राम यो कस्तो ठाम,
लौ भन् माकुने अब कता जाम,
जुन देश गएनी नेपाल र नेपालीको भएको छ वदनाम,
स्वदेश रहेनी विदेश गएनी माकुनेको डिनर खाने काम
नेपालका बाहुनहरुलाई जापान देश चलाउन लगाए टिन महिना भित्र नेपाल जस्तै बनाउँछ!तर जापानका जापानीहरुलाई नेपाल चलाउन दिए कस्तो बनाउँछ होला,
एक पटक गहिरिएर सोंच्नुस त,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
32
सर्बसाधारणको लागि सुरक्षा व्यवस्था छैन कि कसो कुन्नि सुरक्षा कर्मीलाई ठुलाबडाको पछी पछी कुकुर झैँ हिड्न मात्र खटाउने यो भन्दा अगाडी खोइ ……………यो दोष खटाउने हरुलाई जांच जवान हरु त के गरोश जे अर्हौछ त्यहिँ गर्छन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
3
श्रीस थापा जी,
नेता भनेका हामी नेपालीले चुनेर बनाएका हौ / चाहे ति कुकुर हुन् चाहे गधा / अब तपाई भन्नुस नेपाल सरकारले नेपाली जनताका नेता लाई रक्षा नगरी त्यो paisa ko lagi janma dine mata pitako hatya garne asamajik twatwa lai suraksha dine ?
हो एस्तै चाहिने नचाहिने कुरामा हामीले हाम्रो सरकारको आलोचना गर्ने बानीले नेपालीले नेपालीको बदनाम गरेको छ /
अमेरिकामा भएको हाम्रो नेपालीको हत्याको बिरोधमा अमेरिकाको सुरक्षा माथि प्रस्न उठाउनु भो ?
तेस्ता …येस्ता घटना त समाजमा घटी रहने घटना हो / कुबाटोमा तपाई हिडियो भने यो घटना तपाई माथि पनि घट्न सक्छ / भने अब नेपाल सरकारको काम चोर, डाँका, स्मग्लर , घुसिया, असामाजिक तत्वलाई सुरक्षा प्रदान गर्नु हो?
तपाइको सोच महान छ …..जय लक्ष्मी माता !
मन परे हरियो, नपरे रातो
10
4
यी जमिम साह भारतको आखाको कसिंगर बनेका थिए र उसैको इशारामा यो घटना भएको हुन सक्छ एसको सत्य तथ्य बाहिर ल्याउनु नेपाल सरकारको काम हो र दोषीलाई कडा कारबाही गर्नु पर्छ,
यो निकम्बा सरकारको सुरक्षा नीति खोइ भनेको, हुनत नेपालमा कोत पर्ब, भण्डारखाल पर्ब त भन्न सक्दिन, नत्र दर्बार हत्या काण्ड मिर्जा दिसाद्को हत्या, १०बर्से माओबादी युद्ध चर्किनु यी सबैमा भारतीय सम्रंक्षण भएकोले हो, अब एस्तो कुरा बारम्बार भै रहनुले हामि सर्भौम होउ भन्नेमै संका छ र एसको पुनर्बहाली गान्धी बादी नीतिले काम गर्दैन न सीमामा खुकुरी नचाएर हुन्छ, हामीले गर्ने भनेर हाम्रै नेतालाई घेराबन्दी गरेर कमसेकम पनि यति सम्म हुनु पर्छ भन्ने सर्त राखेर दबाब दिनु हो, एसको समाधान भनेको कुटनीतिक बाटो भन्दा अरु छैन, लडेर लिने भनेको म चाहि सम्भावना कम देक्चु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
6
प्रेम जी
कुनै पनि भारत परास्त सरकारले भारतीय अपराधीहरु पकड्न सक्दैन/ किन भने उनीहरु आफै पनि भारतीय अपराधिहरुनै हुन्/ पकड छोड्छ नभए निर्दोष माथि दोष लगाउँछ कुरा येतिकै हो/
प्रेम जी जमिमले साँच्चै भानु भने संचार ब्यबसायेमा भारतलाई कडा चुनोती दिएका थिए/ त्यो कुरा भारतलाई पचेको थिएँन/ राज्य लाई पंगु बनाउन तेस्को संचार प्रणालीलाई पंगु बनाउनु पर्छ/ भारतले नेपालको संचार ब्यब्साए पंगु बनाउंदै लागेको मा जमिम शाह ले चुनोती दिएका थिए/ तेसकारण जमिम भारतको लागि दाऊद्को मान्छे भए/ भारतले मन नपरेको जति मुसलमान उसैको देस भित्रको भए पनि दाऊद्को मान्छे भन्ने उसको पुरानो रोग हो/ जमिमको हत्यामा भारतको हाट पनि हुन् सक्छ बा उसका भारतीय ब्यापार प्रतिद्वोंदीहरु पनि हुन् सक्छ/
प्रेम जी यो घटना सरकार दवाउन त् खोज्ला तर सक्दैनन् हेर्दै जानुष जमिमको हत्या गर्नेलाई बिस्वो मुस्लिम समुदायेले नाङ्गो गर्ने छन् र नेपालको भारत परास्त सरकार लाई न निल्नु न उकेल्नु बनाई छोड्ने छन्/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
6
हो मदन जी…. हो ! तपैले सोह्रै आना ठिक भन्नु भो !
स्पेस टेम नेटवर्कले साच्चिकै भारतसंग संचार मध्यममा टक्कर लिएको थियो / ध्यान तरण……
जी निउस – इन्डियन
स्टार निउस – इन्डियन
जी सिनेमा – इन्डियन
आज तक – इन्डियन
सी. एन. एन. – इन्डियन सतेलैत बाट
ब्ला…….ब्ला……..ब्ला ……क्या hai
कुनै पनि भारत परास्त सरकारले भारतीय अपराधीहरु पकड्न सक्दैन… आफु चाही के परस्त हो ? beiman cha !
मन परे हरियो, नपरे रातो
11
1
अब नेपाल र नेपालीको सुरछा रछ्या मन्त्रि विद्या भण्डारी , गृह मन्त्रि भिम रावल जस्ता हनुमानहरुले गर्न थाले पछि कहिँ हुन्छ त | जोद्धंन पर्ने गोरुहरुलाई मन्त्रि बनाए पछि येस्तई हो देशको हालत |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
12
वीरजी,
इराक, अफगानिस्ता, पाकिस्तानको रोग सर्दैछ कि सारिँदैछ !? जेसुकै अवस्था आओस्, नेपालीहरूबीचको धार्मिक, सामाजिक र सांस्कृतिक सहिष्णुता भारत त के अमेरिकै आएपनि खलबलाउन सक्दैन, ढुक्क हुनुस् । अनि कस्तो लाक्षी पारा नदेखाउनुभएको तपाईंले ? नामचाहिँ वीर रे ! साँच्चिकै ‘वीर’ नेपाली त हो तपाईं ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
33
पुष्पजी, यदि नाम अनुसार सबै चिज हुने भए त मेरो नाम कि बुद्धिमान, कि धन बहादुर, आनन्द कुमार … आदि आदि राख्ने थिए | एउटा कुरा के विचार गर्नुस भने यदि आइ परेमा म पनि कुनै बलिदान दिन पछी पर्ने खालको मानिस होइन, तर त्यस बलिदानको पनि एउटा अर्थ र मूल्य हुनु पर्छ, त्यसको पनि एउटा महत्व र उद्देश्य हुनु पर्छ, तर तपाई जस्तो पार्टीले भिरमा हाम फाल भन्यो भने भिरमा, नदीमा फाल हाल भन्यो भने नदीमा फाल हाल्ने खालको अन्धभक्त सिद्धान्तबादी चाही म परेन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
20
वीरजी,
परिआए बलिदान दिनपछि नपर्ने कुराले खुशी लाग्यो । तर, बलिदानी दिनसक्ने मान्छेले यस्ता लाछी कुरा गर्न सुहाउँदैन । त्यसैले तपाईंको कुरा काटेकोमात्र हुँ । अन्यथा नलिनुहोला । दलको (माओवादीको) बिल्ला भिराउनुभएर रोदन प्रस्तुत गर्नुभएको चाहिँ मन परेन है वीरजी । तपाईंजस्तो मान्छेबाट यस्तो रुञ्चे प्रतिक्रियाको आशा छैन ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
39
पुष्पजी, सत्य तितो हुन्छ भने झैँ तपाइलाई सत्य पचेन भन्दैमा लाछी कुरा हुन्छ ? भने पछी त्यो हरियोमा क्लिक गर्ने सबै लाछी परे तपाई मात्र नलाछी पर्नु भएछ होइन ? अनि रुन्चे रोदन र प्रतिक्रिया मेरो कि तपाइको यस्तो खाले कमेन्ट हुन्छ ? “अनि कस्तो लाक्षी पारा नदेखाउनुभएको तपाईंले ? नामचाहिँ वीर रे ! साँच्चिकै ‘वीर’ नेपाली त हो तपाईं ?” त्यसैले मेरो कमेन्ट तपाईले पचाउन सक्नु हुन्न भने इग्नोर गर्नुस भनेर कति पटक भनि सकेको छु, तपाइको त मैले इग्नोर गर्दै आएको छु, मेरो विचार राख्ने मेरो अधिकारको कुरा हो, तपाइलाई मन पर्नै पर्छ भन्ने केहि छैन | कि सबै कमेन्ट तपाईलाइ मन पर्ने खाले मात्रै लेख्नु पर्छ भन्ने छ र ? त्यो हो भने “pro-maoist only” भन्ने एउटा ब्लग खोल्नुस न त, सबै तपाईसंग विचार मिल्ने मात्र आउने छन्, अनि मात्रै तपाइले भने जस्तै हुनेछ |
मन परे हरियो, नपरे रातो
5
4
इग्नोर गर्नुस् ? फेरि रुञ्चे पारा वीरजी ! तपाईंको विचारका विरुद्धमा लेख्दा ‘इग्नोर गर्नुस्’ भन्नु रुञ्चे पारा होइन त ? यहाँ सबैले आ-आफ्नो विचार राख्न पाउँछन्, तर व्यक्तिगतरूपमा आक्षेप लगाउनु र मन परे कुरा गर, मन नगरे कुरा नगर भन्नु कहाँसम्मको उचित हो वीरजी ? मैले तपाईंको विचारलाई ‘लाछी पारा’ भन्न नपाउनु ? सधैं माओवादी-माओवादी भनेर रटान लगाउनु रुञ्चे पारा होइन त ?
त्यो हरियो र रातोमा अझै अल्झिनुहुँदै रहेछ तपाईं त ! यस्ता पोलका बारेमा मैले पहिले पनि उल्लेख गरिसकेको छु । तपाईंजस्तो मान्छे यस्ता ‘होल’ भएका ‘पोल’मा नरम्दा हुन्छ वीरजी । यो त झनै वैचारिक दरिद्रताको नमूना हो ।
मन परे हरियो, नपरे रातो
4
8
आफ्नो जिउमा चाँही भैसी हिडेको नदेख्ने, अरुको जिउमा चाँही जुम्रा हिडेको समेत देख्ने पुष्पे जस्तो जन्तु यो (माइ) संसारमा अरु कोही छैन होला
मन परे हरियो, नपरे रातो
4
5
विराजजी,
धन्यवाद गालीको लागि । कमसे कम मैले के-के देख्छु भनेर देख्नु त हुँदो रहेछ ।
अनि मूल विषयमा तपाईं प्रतिक्रिया खै ? जमीम हत्याकाण्डसम्बन्धी ३ वटा सामग्रीमा तपाईंको सम्बन्धित विषयसँगमा एउटा पनि प्रतिक्रिया पढ्ने अवसर पाइएन ।
मन परे हरियो, नपरे रातो
0
2
राकेश सूद को इशारा माँ ह्त्या भयो र टेस्को जिम्मा उसकै इशारा माँ छोटे राजन ले लियो जस्तले पहिला मिर्जा को ह्त्या पनी जिम्मा लिएको थियो. भारत ले यो कुरा पारस बाट सिकेको जस्तो छ. उसले प्रबीन गुरुंग लाइ मार्यो र अर्की लाइ जिम्मा लिन लगाए जस्तो. राकेश सूद को तलुवा चाटेर आएको हरुवा हरु को जमघट भएको यो सरकार ले केहि गर्दन. रास्ट्रीय स्वाधीनता माथी को यो आक्रमण कति सहने हो नेपाली ले? मीडिया को प्रमुख को ह्त्या हुदा कता गए धमाला जेल पर्दा रुने करौने पर्चाकार र पत्रुकार हरु?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
अपराधीहरुले वारदातलाई अन्जाम दिएर लुसुक्क नजिकै ईन्डियाको दुतावासमा छिरेको पनि हुन सक्छ! त्यस्तो सुरक्षा घेरामा यस्तो विश्वासका साथ वारदात गराउनुमा “र” को हात रहेको प्रस्टिदै छ त्यस्लाई पुस्टि गर्दै अहिलेको प्रचार बाजी “छोटे राजनको हात” रहेको भनाइले घटनालाई मोडन ईण्डियाको बोली सकारेको मात्रै देखिन्छ।
वारदातको प्रकृति हेर्दा पेसेवर हत्याराहरु नेपाली नै प्रयोग भएको हुनसक्छ तर पर्दा पछाडि “र” को हात रहेको पुषटी हुने बित्तिकै अनुसन्धान तुहिने छ अनी राजा बिरेन्द्र हत्या काण्ड, मदन भण्डारी हत्या कान्ड, धमला आतन्ककारी काण्ड आदी झै ईतिहासमा एउटा रहस्यमय कान्ड भएर दर्ता हुने छ। नेपालको ईतिहासमा यस्ता घटना हुँदै गरेका हुन क्रमश: भै रहने छन। शनैशनै: हामी, हाम्रो सरकार र हाम्रो प्रशासन भुक्तभोगी हुनेछौ, मुक दर्शक भएर टुलु टूलु हेरी रहने छौ, सहि रहने छौं।
हामी गर्न नै के सक्छौ र? शिर देखी पुछार सम्म बिकी सकेका छौं – मागी खाने बानी परेका छौं। भिख नमागी हाम्रो पेट भर्दैन अनी भिखारिले अन्नदातालाई पक्रने हिम्मत जुटाउन सक्छ त? त्यसैले दाताले गरेको दुस्ट्याइलाई हामीले शहनै पर्छ। आज तिनकै स्वार्थमा पाकिस्तानी एजेन्टको पगरी गुथाएर एक भिखारी बन्न नचाहने – जमिम शाह मारिए। सफल हुने महत्वकांछा राख्ने – सत्य पनि बोल्ने तर भिखारी चै नबन्ने हो भने पर्खिनुस्, तपाईंको पालो भोली आउछ।
तर धन्दा नमान्नुस्, बच्ने उपाय पनि छन – भिखारी हुनुहोस्, नुन्को गुन लाउनुस् – लुचो हुनुहोस् (माकुने झै) ग्यारन्टी छ, पुरा आयु जिउन पाउनु हुने छ, अकालमा मर्नै पर्दैन।
अक्षय परियार
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
1
चित्त बुझ्यो तपाइको कुरा अक्षय जी, माकुने ले त भनेको पनि होनि मदन भण्डारीको सन्दर्भमा, “भारत् र अमेरिकाले बोलाउदा फुर्सद छैन भन्ने हरुको त्यै हविगत हुन्छ” भनेर !!
मन परे हरियो, नपरे रातो
10
2