यूकेमा अध्ययनको लागि विद्यार्थी भिसा लिएर आउने विदेशी विद्यार्थीलाई त्यहाँको सरकारले थप कडाइ गर्ने भएको छ । नेपाल लगायतका उत्तरी भारत र वंगलादेशका विद्यार्थीहरुको लागि विद्यार्थी भिसा बन्द गरिएको एक हप्ता नवित्दै ल्याइएको संसोधित व्यवस्था अनुसार हाल विदेशी विद्यार्थीले काम गर्न पाउने समयलाई कटौती गरेर आधा वनाइएको छ । यसभन्दा अघि विद्यार्थीहरुले हप्ताको २० घण्टा नियम अनुसार काम गर्न पाउथे भने संशोधित व्यवस्था अनुसार अब मात्रै १० घण्टा प्रति हप्ता काम गर्न पाउनेछन् । यो कटौती डिग्री लेवल भन्दा कम पढ्ने विद्यार्थीहरुको लागि मात्र लागु हुनेछ । नयाँ व्यवस्थामा विदेशी विद्यार्थीको लागि चाहिने अग्रेंजी भाषिक दक्षताको मापदण्ड पनि हालको भन्दा बढाइएको छ । त्यसै गरि ६ महिना भन्दा कम अवधीको कोर्सहरु पढ्न आउने विद्यार्थीहरुले आफ्नो परिवार ल्याउन पाउने छैनन् । डिग्री लेवल भन्दा कम पढ्नका लागि आएका विद्यार्थीका परिवारले पनि काम गर्न पाउने छैनन् ।
यसभन्दा अघि शैक्षिक मापदण्ड पुरा नगरेको भन्दै करीब २०० “नाम मात्रका” कलेजहरुलाई त्यहाँको सरकारले निलम्वन गरेको थियो । त्यस्ता निलम्वित कलेजहरुमा धेरै नेपाली विद्यार्थीहरु भर्ना भएकोले उनीहरुको विचल्ली भएको समाचारहरु सार्वजनिक भएको थियो । त्यस्तै विद्यार्थी भिसा बन्द गरिएको कारण कलेजलाई शुल्क पठाइसकेका धेरै नेपाली विद्यार्थीहरुको रकम डुब्ने अनुमान गरिएको छ । आज सार्वजनिक गरिएको नयाँ संशोधित नियमले पनि यूकेमा अध्ययनरत धेरै नेपाली लगायतका विदेशी विद्यार्थीहरुलाई अझ प्रभावित पार्ने निश्चित छ । यो संशोधित नियम यूकेमा अध्ययनको वहानामा काम गर्नको लागि विद्यार्थी छिर्ने प्रवृतिलाई निरुत्साहित गर्नको लागि विगतदेखि चालिएको कदमको निरन्तरता भएको वताइएको छ । यद्यपी यसले पढ्न जाने वास्तविक विदेशी विद्यार्थीलाई हानी पार्न पनि सक्दछ । अन्तर्राष्टिय रुपमा यूके अध्ययनको लागि जाने विद्यार्थीहरुको मानसिकतामा पनि परिवर्तन हुनसक्छ जसले गर्दा यूकेको अर्थतन्त्रमा असर पार्न पनि सक्दछ । संयुक्त अधिराज्य (यूके) विदेशी विद्यार्थीहरुको लागि अमेरिका पछिको विश्वको दोश्रो रोजाइमा पर्ने मुलुक हो । सन् २००८/२००९ मा यूके सरकारले २ लाख ४० हजार विद्यार्थी भिसा जारी गरेको थियो । यूकेको अर्थतन्त्रमा विदेशी विद्यार्थीहरुले करिब ५ देखि ८ विलियन युरो वरावरको योगदान गर्दछन् ।
यदि तपाई मध्ये कोहि यूकेमा (अध्ययनरत) हुनुहुन्छ भने संशोधित व्यवस्थाले नेपाली विद्यार्थीलाई कस्तो असर पार्ला भनेर आफ्ना अनुभव र जानकारी यहाँ राख्न सक्नु हुनेछ ।
No related posts.







अबस्य पनि श्याम जी, हजुर ले भन्नु भएको कुरा संग मा सहमत छु, तर यूरोप अमेरिका जापान जस्ता देशहरु बाट नेपाल आउने रेमिटान्स को योगदान पनि कम छैन, र अर्को कुरा श्याम जी, यी देशहरुमा नेपाल बाट पैसा त पढ्न को लागि आउने हो तर सो संगसंगै केहि सपना बोकेर आएको हुन्छन नेपालीहरुले चाहे त्यो पैसा कमाउने होस् या भबिस्य वनाउने ….. हिजोका दिन सम्म यी देश हरुबाट ठुलै मात्रामा नेपाल मा पैसा भित्रिन्थ्यो, मलाई थाहा छ त्यो क्रम बढ्दो मात्रामा थियो र छ ….. सत्य के हो भने पाए सम्म र भ्याए सम्म सबै नेपाली को पहिलो रोजाई यिनै देशहरु हुनेछन त्यो कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ,…….. सायद तपाई पनि अपबाद मा पर्नुहुन्न होला, … अरब मलेशिया जस्ता देश हरुमा गएका नेपाली दाजु भै ले गरेको दुख तपाइलाई जति मलाई पनि थाहा छ, र मेरो अनुभब पनि छ, अब कन्सलटेनसि र यूके लै त आफ्नो लागि पैसा दिएको हो, सहयोग र पढ्न को लागि ….. येहा दोस यूके को वा अरु कसैको होइन, रह्यो पैसा लैजान्छ भन्ने कुरा, पैसा पढ्न को लागि लागेको हो भबिस्य बनाउन को लागि, न कि मोज मस्ती को लागि ……. सायद हजुरले त्यो कुरा मा ध्यान दिनुभाएना जस्तो छ…..
खास मा मलाई बेक्तिगत रुपमा नया नियेम ले कुनै फरक पर्दैन किनकि मा यहा मास्टर्स गर्दै छु तर मेरा कतिपय साथी, जुनिएर भाइ हरु को कुरा सुन्दा र बेथा देख्दा त्यो पिडा मलाई पनि हुन्छ, आखिर मा सवाल नेपाली सपनाको छ, घर लोन मा राखेर आएका, ऋण गरेर आएकाको लागि yo नियेम ले kasto aasar parnecha त्यो त हजुर hami नेपाली ले nai vogne hainara????
मन परे हरियो, नपरे रातो
5
1
क हो डिग्री लेवेल course भनेको अनि short course भनेको, त्यो थाह pauna पाए हुन्थ्यो
मन परे हरियो, नपरे रातो
0
1
यूके ले एक हिसाबले ठिकै गरेको हो आफ्नो देसको लागि,तर तेत्रो बिद्यार्थी ल्याए पछि नियेम परिवर्तन गर्न खोज्दैछ, अझै यो खुलस्त छैन कि यो नियेम नया को लागि मात्र हो कि पुरानो लै पनि हो, येदि पुरानो बिध्यर्थिको लागि पनि हो भने चाही त्यो सरासर धोका हो यूके सरकारले गरेको सबै देशका बिध्यर्थिमाथी….
. यूके सरकारले गैरकानुनी रुपले काम गर्ने लै कडाई गर्नको लागि यो नियेम लागु गर्न खोज्दैछ तर यसले गैरकानुनी काम गर्ने लाइ त निरुत्साहित गर्ला, यसले गर्दा अबका दिनमा बिध्यर्थिहरु बाध्यताबस गैरकानुनी रुपले नै बस्ने छन् भन्ने कुरालाई बल पुग्ने छ, ऋण लिएर तेत्रो लगानी गरेर आएका बिध्यर्थिहरु जसको अब फर्केर जनाको लागि कुनै बाटो छैन, बाउ आमा नेपाल मा ऋण मा डुबेर बसेका छन् तेस्ता लै यस नियेम ले पर्ने सामाजिक,मानसिक असर ले पक्कै पनि सकारात्मक रुप लिने छैन, येदि यो नियेम पुराना विद्यार्थी लै लागु हुने हो भने, किनकि नया बिद्यार्थी आउने सम्भावना वा भिषा पाउने सम्भावना एकदमै कम छ …. हाम्रै नेपाली साथीहरु को हालत एती सम्म पुगेको छ कि कुनै दिन यहा कुनै ब्रिटिश नेपाली को हात बाट मारियो भन्ने सुन्नु कुनै आश्चर्य हुनेछैन, यो कुनै जोक्स होइन, यथार्थ हो एहाको .., किनकि जुन नियेम मा लिएर आयो अनि पछि धोका दियो भने मर्नु भन्दा बहुलाउनु बेस भनेजस्तै धोका दिने लै केहि न केहि हानी अबस्ये पनि पुग्छ, आज ब्रिटिश हरु आफैले आफ्नै देश मा तालिबान वा अल्कैदा जन्माउने गल्ति गर्नेछैनन भन्ने आशा गरौ ….
अनि फेरी हाम्रा नेपाली साथीहरु लै अलिकति लाज पनि लाग्दैन कि के हो सबैलाई थाहा छ नेपाली को छोरो विदेश किन जान्छ, अबस्य पनि पैसा बढी भएर त होइन, अनि नेपाली ले पाउन लागेको दुखमा सान्त्वना दिने कि खुसि मनाएर बस्ने,हो सबैलाई थाहा छ हामीले येस्मा केहि गर्न सक्दैनौ, तर तेस्को अर्थ यो होइन कि हामी वास्तबमै नालायक छौ, साथीहरु, आज बिदेशमा भएका नेपाली ले नेपाल मा पैसा नेपालमा रेमिटान्स नहुने हो भने साथीहरु हामीले सडकमा बाल्ने टाएर किन्ने हैसियेत हामीसंग हुदैन किनकि त्यो टाएर पनि बिदेस बाट नै आउछ, सडक मा बसेर टाएर बाल्दैमा देश चल्दैन, अबस्य पनि मलाई मेरो देश जिम्बाब्वे जस्तो १ किलो आलु को लागि ५० अरब खर्च गर्नु पर्ने बनोस भन्ने छैन, साथी हरु जो नेपाल मा बसेर विदेश गएका लै गाली गर्दै हुनुहुन्छ एकपटक सोचेर त हेर्नुस, हाम्रो देशको आएस्रोत रेमिटान्स बाहेक के छ र कति छ अनि त्यो आयेस्रोतले देस को कति दिनको आयात धfन्न सक्छ, सबै मान्छेले बन्दुक बोक्दैमा, बोल्दैमा देश चल्ने भए आज सोमालिया बीस्वोको सबै भन्दा धनि देश हुन्थ्यो, देस टुक्रौदैमा, झन्डा फेर्दैमा, बिदेसी लै गाली गर्दैमा देस चल्ने भए ……… देशमै केहि गर्ने, के गर्ने? जग्गा दलाली,बिदेस पठाउने काम बाहेक आरु मा पैसा छैन, हुने बिसिनेस पनि बन्द चन्दा आसुली अनि …….. खेति गर्यो काटेर खाने बेलामा विभिन्न नाम मा लुट्यो….. लुटेर खान पाएपछि कसले काम गर्ने …..लुट्यो अनि राजनीति को नाम दियो…. आशा गरौ छिट्टै देश ले काँचुली फेर्ने छ र हामी नेपाल फर्केर फेरी आफ्नै देशको लागि बाच्न पाऊ .
मन परे हरियो, नपरे रातो
11
1
साथी MK रेमिटान्स पठाउने अरब मलेसिया कोरिया जस्ता ठाउँ मा बस्ने नेपाली ले हो. युरोप अमेरिका बस्ने ले हैन. युरोप अमेरिका बस्ने ले त उल्टै पैसा विदेश लैजान्छन. सहानुभूति राख्नु पर्छा भन्ने तपाई को विचार संग मा सहमत छु तर पढेलेखेको मान्छे ले कुरै नबुझी कन्सल्टेन्सी लै र uk लै पैसा बुझौन्छां भने अरु ले के सहानुभूति गर्ने. तिनीहरु बेबकुफ हुन्.
मन परे हरियो, नपरे रातो
3
5
@बिरुब्लोंन where are you man?Most of them have not completed the procedure to go Uk.i have heard of the case of not even taking IELTS exam.Those who have gone there with full procedure and in a good university need not worry.Rather the students going in a good university and capable student should be happy in this case.The people who are going there without even IELTS are making the student with full potential badnam enough to not get visa.
मन परे हरियो, नपरे रातो
0
0
यु के मा गएर नेपाली विद्यार्थीको बिजोग भएको सुन्दा त यो भिसा बन्द गरेको पनि ठिकै जस्तो पो लाग्यो
मन परे हरियो, नपरे रातो
7
0
यसमा सरासर यु के सरकारको गलती छ , सबै बिधार्थीहरूले सबै प्रक्रिया पुरयायर नै गएका छन / यदि उनीहरुलाई यस्तो क्र्याईटएरिया राखने भये पाहिले नै राखनू पर्थ्यो / यो यु के को कूटनीति हो, उनीहरुलाई सस्तो लेबर चाहियेको थियो, सो अब अझै बिदेशी स्टूडेंट लाई अर्को ल लागौछ / हेरी रखनुस
मन परे हरियो, नपरे रातो
4
1
छोरि, बहिनि,भै,दै सबै बूढा बुढी बनाएर युके अहेको छ कम गर्नको लागि,त्हेसैले विसा रोकेकोहो,यी ब्येक्तिहरुनै गैरेअबश्यिया नेपालीहरु हो,सरकारले घुस खान पाए हुन्छा र सरकार चलाउन पाए ठिक छ,धन्यवाद,जे गुर्खा
मन परे हरियो, नपरे रातो
2
0
नेपाल का नेता ले गरिब निमुखा लै ठग्न सम्म
ठगेका छन् .अब विदेशीले किन नेपाली लाइ नाथागोस ,,आफ्नो देश त नेपालीको नेपाली लाइ माया ६एन् भने आर्काको देश ……सबै विदेश को हालत उस्स्तई पर६ मित्र हरु हो
,विदेश को कानुन बेदेशिले
जानुन ,जय नेपाली जनता हो ,
मन परे हरियो, नपरे रातो
2
0
एसको बिरोध मा नेपाल बन्ध…
हा हा हा हा हा !!!!
मन परे हरियो, नपरे रातो
4
2
म पनि यस्मा सहमत छु . किनभने म पनि लण्डन मा आएको छु.
कुसुम,लण्डन.
मन परे हरियो, नपरे रातो
3
0
पहिला पहिला चै झुट अस्वशन दिएर स्टुडेन्ट फसाउनु सम्म फसायो यु के ले अहिले स्टुडेन्ट लाइ नै पंगु बनाउदै छ चाहिदा भाडो नचाहिदा ठाडो त गर्न भएन नि ? होइन र? अझ प्रोसेस मा रहेका हरुको त पोइसा नै डुब्ला पो जस्तो छ त? लौ भएन बर्बाद ?
मन परे हरियो, नपरे रातो
3
1
बिद्यार्थी हरु पढ्न आउने हुन् काम गर्न या पैसा कमौना होइन/ पहिला पढाई सकाउनु पर्यो त्यसपछि काम पाउना गार्हो हुन्न, तर यहाँ त हाम्रा नेपाली दाजु भाई दिदि बहिनि हरु पहिला काम पाउने अनि पछि पढाई गर्ने मनसाय ले आउनु हुन्छ जुन गलत हो. त्येस्तै मान्छे हरु लै टार्गेट गरेर यो नियम निकाले को हो.. नत्र भने डिग्री भन्दा तल का लै भनेर किन भन्थ्यो? जे होश student VISA मा आएपछि पढ्नु पर्यो काम गर्ने होइन, त्येही भएर ब्रिटिश सरकार ले काम दिएन भनेर गुनाशो गर्नु ठिक होइन.
मन परे हरियो, नपरे रातो
5
5
नर्वे को एती सजिलो विसा पनि त पाउनु पर्यो नि,अनि कमाउने भनेको तेस्तै हो,
मन परे हरियो, नपरे रातो
0
0
Why the immigration of UK didn’t look after the cases seriously before issunig the visas?They intentionally issued the visas so as to add one more brick to make the building of financial crisis.Now the government is issuing the new laws in the name of effective education system which directly affects the students life and the family life of them in Nepal.Anyway, god bless for nepalese students.And don’t play with the nepalese in future (consultancy ,UK government,college representatives)?
मन परे हरियो, नपरे रातो
2
0
The British Government should never had gone for the point system. This new rule is good if it is only for upcoming students. Lot of genuine student who are now in UK, rely on their 20 hours for lot of their expenses. That should not have been reduced. Anyway it looks like it does not apply for degree students. So, its kind of okay moving forward. Anybody who are not doing their degree course and just short term courses are there to work.
मन परे हरियो, नपरे रातो
1
0
पैसा हुनेका छोराछोरी वा नेपालका ठग राजनीतिज्ञहहरुलाई त मज्जा छ नि नत्र त कि बिहारीको गुलामी गर्नु पर्यो, नेपाली बुजीनेस्म्यान भनौदा डाकाहरुले झन् नेपाली गरिब बिधार्थीको रगत चुस्छन, होइन भने नेपाल फर्कन पर्यो; कोहि केटि भने आफ्नो सेक्स बेचेर भने पनि बसी राछन् है… जे जस्तो भएपनि जय होस् सबै दुख गर्नेहरुको….
मन परे हरियो, नपरे रातो
3
2
युके सरकारले पनि धनि स्टुडेन्ट पैशावाला खोजेको हो जो राम्रो जो पढाई मात्र गरोस फी टन्न तिरोस भनेको हो जस्तो हाम्रै देश मा पनि झोले टुरिस्ट लाई कोठा छैन भने जस्तो हो हाम्रो नेपाली पढाई भन्दा कमाई गर्न जान्छ नेपाली मात्र नभयर बंगाली भारती पाकी सब एउटी हो
मन परे हरियो, नपरे रातो
2
2
I have nothing important to say in this matter but our Nepali daju bhai and didi bahini should not get any difficulties in any parts of the world.Therefore noone is to be blame in this matter. Think much before you decide anything.
मन परे हरियो, नपरे रातो
1
0
dear all,
whatever happend its happend, i am here since 3 years for study purpose i never had anyproblame with british gov. education rule, yes i would like to ask one small question to all did brotish gov. told you that u can earn lots money and can study at our country before they gave yours visa? offcouse not…then we are here for study.our main purpose is study. achive yours vision and mission then just come out from this country why should we stay here for nothings. if anyone expecting that they have olympic 2012 so we got chance to get job plz plz plz make sure that job is not for us they have 80 mil. people unemployment so they will get first chance then for us.
suresh pandey from middlesex university final year
middlesex nepali society
मन परे हरियो, नपरे रातो
9
1
कुरा सुन्दा तितो लाग्ला तर अब नेपाली विद्यार्थीले भकाभक राजनीतिक शरण माग्न थाले हुन्छ बेलायतसित किनकी विद्यार्थी भिसाको काम छैन यदि काम गर्ने घण्टा पनि घटेको हो भने त सब बर्वाद भो। खुरूक्क होम अफिसमा गएर राजनीतिक शरण दावी गरे खान बस्न ढुक्क अनि केस सफल भए बेलायत बसाइ नभए पनि थप रिन त लाग्दैन। अर्को कुरा अमेरिकातिर जाने ले पनि त त्यसै गर्न थालेका छन् दुइ चार वर्षयता ।
मन परे हरियो, नपरे रातो
6
1
खै के भन्नु के नभन्नु! बेलायतले गरेको कुरालाई अमेरिका बस्नेले यसो गर्योरे भनेर लेख लेख्यो अनी नेपालमा बस्नेहरुले यसो गर्नु पैन्दैन, यो छली हो छोरा हो भन्ने कमेन्ट ठोक्यो, यही हो हाम्रो यथार्थ र मजा भनौ जिन्दगीको रमाझम!
यि कुरा आउनुभन्दा अलिक अगाडिनै मैले यही कतै यस्तै बारेमा कमेन्ट समेन्ट लेखेको थिय र धेरै चोटि नेपाली विद्यार्थी आयका र आउनेवाला हरुलाई भनेको पनि थिय कि,हाललाई पहिलेजस्तो सोचेर सपना देखी बेलीयत नअौदा उचित होला भनेर, अझै डिग्री(युनिभर्सिटीमा)या मास्टर लेभल को पढाई(खासैमा पढ्ने हिसाबलेनै)भन्दा काम को लागि नाऔनु भन्ने मेरो आसय र आग्रह थियो!
बेलायतले जे गर्यो जे नियम ल्यायो यो उनिहरुले आफ्नो देश समाज को लागि सोची सम्झी,अध्ययन बिचारगरी ल्यायको होला किनकी यो देश चलाऊने र हाम्रो देश चलाऊने हरुमा कुनै तुलना गर्नुनै महामुर्ख्याइ हुन्छ! जस्ले पनि आफ्नो देशको लागि उचित सोचेको हुन्छ वा चाहन्छ(गद्दरी बाहेक)बेलायत कसैको अरान खटान आदेश निर्देशान् मा निती नियम तय गर्दैन!
तेसोत जहासुकै जस्तोसुकै निती नियम तय गरेपनी, ल्याउने र गर्नेको लागि राम्रो,मर्कामा पर्नेको लागि नराम्रो, समर्थन गर्नेलाई हाम्रो,बिरोध गर्नेलाई चाम्रो हुने कुरा निस्चित छदैछ्!
यही कुरालाई मानबियता बश हेर्दा अर्को कुरा गर्नुपर्ने र समर्थन गर्नुपर्ने देखिन्छ भने, दोश्रो कोण बाट हेर्दा म पढ्छु,पढ्न सक्छु,मसँग आफ्नो लागि चाहिने सबै खर्च गर्न सक्ने क्षमता छ भनेर(एक हिसाबअले उनिहरु सँग धमास झिकेर)आयका हरुलाई कसैले आफ्नो देश र समाजको रक्षार्थ परिवर्तन गरेको नियममा अटेचिंदा रुनुको पनि अर्थ छैन!
दिपलोमा र सर्टिफिकेट पढ्ने निहुले बेलायत रुमाललिन आयका विद्यार्थी भाईबहिनीहरुलाई मेरो सल्लाह (बिशेष गरी कालेज सस्पेन्डमा परेका हरुलाई): संकटले मौका पनि ल्याउछ मात्र तेस्लाई कसरी हेर्ने र लिने अनी उपयोग गर्ने भन्ने कुरामा भर पर्दछ, कालेज सस्पेन्डमा परेका हरु ले अब कालेज सँग जसरी हुन्छ पैसा फिर्ता माग्ने, भन्ने के भने “कलेजको लाइसेन्स फेरी आयो भने म सबै पैसा पुन: फर्काउने छु!, दुई महिना कटी सकेको मा यो लागु हुँदैन!” र आफ्नो पैसा समातेर बस्ने सानोतिने पढाई गरी अल्झिन आयकाहरु लन्डन् घुम्ने अनी घर फर्किने वा जतिन्जेल बस्न सकिन्छ पाईन्छ बस्ने अनी घर फर्कने र उतै गयर राम्ररी डिग्री वा पोस्ट ग्राद्युयट पढ्ने र बेलायत आउन मन लागे मास्टर पढ्न आउने नभय आफ्नै देशमा शुखी धन्ना ब्यवसाय गर्ने सामाजिक कार्य र उध्धम गर्ने समाज र देश सेवा गर्ने बस्ने! जसरी भन्छनी,
“जननी जन्मभुमिश्च स्वोर्गादपी गरियसी”: जननीर जन्मा भुमिको लागि कार्य गर्नु स्वोर्गमा स्वोर्गको लागि गर्नु भन्दा पनि ठुलो हो!
विद्यार्थी साथी भाईहरु मिलेर कालेज सँग पैसा फिर्ता मागी एकजुट भयर यहाँको अनुभब नेपालमै उपयोग गर्ने गरी फर्किदा अझै राम्रो हुनेछ, बरु पछी घुम फिर को लागि आउने नि, अरुको देश त हेर्न घुम्न,वहाँ,आहा,आच्या,छ्या भन्न हो भने आफ्नो देश बस्न हो, किनकी आफ्नोदेशमा जस्ताइ गनय पनि बास्ना आउछ तेसैले बस्न हो!
मन परे हरियो, नपरे रातो
6
2
खोइ के भनू यो नराम्रो कुरा हो तर पनि उनि हरु को देश जे गर्न पनि सक्छन ,
मन परे हरियो, नपरे रातो
5
2
युके ले बिद्धार्थी लाई पढ्ने visa दिएको हो काम गर्ने होइन तेसैले एदी कोहि काम गर्ने र दाम कमाउने मानसिकता मा युके student visa मा औचन भने तेस्मा युके गोवेर्न्मेंट को दोस मान्न सकिन्न एदी पढ्ने कुरा मै केहि रोक लगाएको भएमा केहि भन्न सकिन्थियो…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
4
दुख लागियो यो कुरा सुनी र साथि हो / जय होस् अब नेपाल मा k hi garnu par छ. अझ केही bhaachainaa नेपालमा हुन्छ सपन पुरा………यो पैसा कमौनी आश नगराउहू साथि…………………….
मन परे हरियो, नपरे रातो
4
0
यो त अति भयो . पहिला भिसा आँखा चिम्लेर दियो अनि अहिले कडा गर्छ. यसले नेपाली विद्यार्थीलाई मार परिहल्छा नि. कति ले पुरा फी तिरेका छैनन् कम गरेर तिरुंला भन्ने लै त मुस्किल पर्यो नि
मन परे हरियो, नपरे रातो
10
1
साथीहरु गोरो छालाको कहीलेई बिश्वास नगर्नु !!!
मन परे हरियो, नपरे रातो
8
4
यो जे गर्यो ठिक गर्यो , येसो गर्न अलि ढिला भैसकेको थियो. जिरेखुर्सानी मा मुंदे ले पाको भन्दा बादी सास्ती छ यहाँ काम पाउन बिध्यथ्री लै. केहि नभुजी लाखौ खर्च गरेर आउनेले फल पाको हो. बिधार्थीको दुइ-चार लाख खर्च भाको मात्रै हो राम्रो सबक सिक्न. फेरी यो नियम नेपालीलाई मात्र लाग्ने हैन सबै बिधार्थी लै लाग्ने भकोले नेपाललाई हेपेको भन्न मिल्दैन /
मन परे हरियो, नपरे रातो
8
7
साला बिट्रिसहरूले पहिले हाम्रा पुर्वज गोरखालाई कजाएर साम्राज्य खडा गरे र पेन्सन पनि दिएनन।
चोरहरुले यस पटक फेरी नेपाली दाजुभाईहरुको पैसा लगेर मोज गर्ने भए।साला बिट्रिसहरू एक प्रकारका ठग नै हुन यस्तो गरीदै छ भन्ने अन्दाज उनिहरुलाई पहिले नै थाह थियो त्यसैले पहिले फैसाको लागि फटाफटा भिसा दिए अहिले अव यिनिहरुले सवैलाई नेपाल फर्काउछन ।
साला बिट्रिस – चोर हुन
नेपाली ठग्ने डाका हुन।
साला बिट्रिस – चोर हुन ।
ठग्ने महाठग हुन।
साला बिट्रिस – चोर हुन ।
नेपालीलाई दुख दिने बेइमान हुन।
साला बिट्रिस – चोर हुन ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
26
This seems that they don’t want any students mostly from poor countries. This is a kinds of descrimination,which poor countries people has to face in every developed countries.
मन परे हरियो, नपरे रातो
3
3
यो नेपाली को लागि अति को दुख खबर भए को छ अब हाम्रा नेपाली साथी हरुले येस्मा ठुलो लगानी गरेर त्यहाँ नजानु नै राम्रो हुने छ
शेर बहादुर कार्की
हाल कुबैत
मन परे हरियो, नपरे रातो
9
2
Uk is not chor rather we nepalese are chor.And now what happened is “chokta khana gayeki budi jhol ma parera mari”.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
10
यू के देश चोर रहेछ, नेपालीको तेस्तो हाल देख्दा देख्दै खुरू खुरू भिसा दिनु हुन्छ? भिसा नै नदिएको भये गरीब नेपाली को बिजोग त हुदैन्थ्यो. के गर्नु हामी नेपालीलाई पनि देश छोड्यो भने सबै ठीक हुन्छा भन्ने मानसिकता छ. जय होस
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
this was already planned to boost the weakening economy of uk to generate more revenue targeting international students, specially from third world, cunning brits. galti hamrai ho, without any research we just jump, and the agents who just waffles without any knowledge deceiving young students.
मन परे हरियो, नपरे रातो
6
0
होइन अब हामी नेपाललाई नै राम्रो बनम अरु को देश जनै पर्दैन.
कि कसो.
आफ्नो आफ्नो ठाउँ बाट राम्रोसंग काम गर्नु पर्यो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
0
एक भेडा भिर बाट हाम फाले सबै भेडा हाम फाल्ने बनि राम्रो होइन ..norway तिर जाऊ साथीहरु पैसा पनि हुन्छ ..अनि education free छ
मन परे हरियो, नपरे रातो
13
4
जता गएपनि नेपाली नै पर्छन थिचोमिचोमा !
मन परे हरियो, नपरे रातो
10
2
it is really good that governments abroad are taking up these policies because beforehand due to these kinds of loose policies got many nepali students abroad and students with capabilities got no chance at all.I have even heard of the case of not having any kinds of English proficiencies and getting a visa for UK and Australia.This is totally wrong and it should be stopped.We as a student before investing our money on such visa should think about it.It is totally our mistake to go there without being competent enough.
मन परे हरियो, नपरे रातो
8
0
Its really hard everywhere now.
Today Australia announced strict Migration Rule which will effect lot of Neplese doing courses like Cookery, hairdressing or any diploma courses.
Be more competent guys!!!
मन परे हरियो, नपरे रातो
9
1
U K सरकार ले जे गर्यो राम्रो गर्यो. पदने बहाना मा काम गर्न जाने हरु लै भने यसले रोक्छ. जो वास्तविक padna जाने हुन् उनीहरु लै भने खासै फरक पर्दैन. यदि padna जाने हो भने किन नाम मात्र का कलेज मा जाने. अनि dependent visa को पनि चरम दुरुपयोग भयको थियो नक्कली बिबाह गरेर जाने हरु लै पनि सारै नै गर्नु गरेका थिया त्यसलाई पनि रोक्नु थियो …………..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
8
बेलायतीहरूले आफ्नो पुरानो तानाशाही अनुहार देखाएकै हुन् त ??? हैन भने योचाहिँ अति भो है ! आउनेवालालाई कडाइ गर्नु ठीक हो, तर पहिले एउटा शर्तमा ‘विद्यार्थी’ र उनका परिवारलाई प्रवेश अनुमति दिने अनि पछि शर्त परिवर्तन गर्ने !? नेपाल सरकारले यसबारे तु. कारवाही गर्नुपर्छ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
27
29
“नेपाल सरकारले यसबारे तु. कारवाही गर्नुपर्छ ”
पुष्पजीले राम्रो जोक भन्नु भो /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
13
ठीक भन्नु भो हिमालीजी । मैले यो अन्तिम वाक्य बाध्यतावश लेखेको हुँ । हैनभने अहिलेको भरौटे र टट्टुहरूले बनेको सरकारबाट यस्तो आशा गर्नु नै बेकार हो भन्ने सबैलाई थाहा भएकै विषय हो नि ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
14
यो कुन्नी जोक होइन. क्रिपया येसरी नासोचिदिनुहोला
मन परे हरियो, नपरे रातो
3
3
पुष्प जी.
बेलायत सरकार को नियम लाइ नेपाल र नेपाली ले चुनैती दिन मिल्छा पुस्पा जी? राम्रा र डिग्री पदाने लाइ कुनै छेकवार छैन नक्कली लाइ येस्तई गर्नु पर्छा.
“नेपाल सरकारले यसबारे तु. कारवाही गर्नुपर्छ ”– अर्थात् नेपाल को नियम लाइ भारत ले कारबाही गर्नु पर्छा भने जस्तै भो यो.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
8
केशुजी,
अब आउनेलाई कडाइ गर्नुपर्छ, यसमा आपत्ति छैन । तर गइसकेकाहरूमाथि यस्तो नियम लगाउनु अत्याचार नै हो । विद्यार्थी र उसँग जाने (dependant) को उद्देश्य पैसा पनि कमाउने हुन्छ भन्ने कुरा बेलायती सरकारलाई थाहा नभएको होला र ? यो नियमको नियत नै गइसकेका विद्यार्थीहरूको पैसा डुबाउनु हो, अर्थात् उनीहरूको पैसा पचाउनु नै हो । यो नियमले त “पैसा पनि गुमाउनु मूर्ख पनि हुनु” भइहाल्यो नि ।
नेपाल सरकारले चुनौति दिन मिल्छ मिल्दैन भन्दा पनि कुटनीतिक पहल चाहिँ अवश्य गर्न सक्छ । नेपालमात्र किन यसले प्रभाव पारेको भारत, बंगलादेश आदि सरकार सबै मिलेर यसको विरोध गर्यो भने त केही न केही त होला नि ! चुप लागेर बस्नु झनै मूर्खता हुनेछ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
12
पुष्प जी! बेलायतले भिसा दिदा अनी बिदेशिले लिंदा भिसामा एउटा क्राइटेरिया र कन्डिशन तोकियको हुन्छ त्यो तेतिन्जेल सम्मको लागि निश्चयनै अधिकारइक पूर्णत लागु हुन्छ! जस्तोकी पहिले आउनेहरुलाई अहिले बनेको नियम लागु हुँदैन जबसम्मा तिनिहरुको भिसा रहन्छ, अनी जब तिनिहरुले आफ्नो भिसा बढाउने छ वा परिवर्तन गर्नेछ तब तत्कालिन ताउरको नियममा रहेर भिसा दिन्छ र तेही लागु हुन्छ!
जस्तो पहिला आउने विद्यार्थीले बिस घण्टा काम गर्न पाउने नियम मा पारीबन्धन रही भिसा पायको थियो भने अहिले त्यो नियम पुनराब्रित्त गरी १० घण्टा गरे पनि ति पुराना हरुले आफ्नो भिसा रहुन्जेल २० घण्टा काम गर्न पाउछन,निसन्देह काम पायमा र रोजगार दाताले दियमा! तर रोजगार दाताहरुलेनै काम दिदैनन र कटौती गरिदिन्छन किनकी उनिहरु सँग मात्रा सम्बन्ध हुन्छ यस्को के भिसा, अनी त्यो भिसाको हालको नियम के छ उनिहरु तेसै अनुसार चल्छन, मनाउ बर्तमान यैन कानुन मात्रा सत्य मान्छन,नाकी यस्ले दुई बर्ष अगाडि भिसा लियको त्यो बेलामा यस्तो नियम थियो भनी खोतल्छन!तेसैले १० घण्टा २० घण्टा को कुरो जे भयपनी यथार्थ्ता फरक लागु हुनेछ!
तेसैले,
आफ्नो राम्रो चाहनेले पहिले अरुको राम्रो देख्न सक्नु पर्छ, आफु सम्मानित हुन चाहनेले पहिले अरुको सम्मन गर्न सक्नु पर्छ, आफ्नो देश राम्रो देख्न चाहनेले अरुको देश राम्रो भयको देख्न सक्नुपर्यो! आफ्नो भाषाको सम्मन चाहनेले अरुको भाषालाई पनि सम्मन दिन सक्नु पर्यो!
कुरो र कुलो जता लगेपनी हुन्छ भनेको यै हो– हा हा!! (I’m jocking at last, don’t get angry”)
मन परे हरियो, नपरे रातो
8
4
लेख ठिकै छ . अब के होला त ?? तपाई हरु नै सोच्नुस
मन परे हरियो, नपरे रातो
4
1
हामीले बुझ्नु पर्ने मुख्य कुरा केहो भने ब्रिटिश भनेको सारा संसार खाएको साम्राज्यबादी हो ब्रिटिश गोर्खामा कार्यरत तथा भूपू गोर्खाहरुले ५० औ वर्ष अघि देखि गरेको माग हाल सम्म पनि पुरा गरेका छैनन् त्यस्तै संसार भरिका नेपाल जस्ता मुलुकहरुले पनि यस्तै कठिनाई भोग्दै आएका छन् यिनीहरु बाट, जब सम्म हामीहरु एकजुट हुँदैनौ तबसम्म हामीहरु हेपिनेछौ . जय होस् नेपालीको.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
अहिले को नया नियेमले केहि न केहि असर त पर्छ नै . अधिकांश नेपाली बिद्यार्थी को चाहना पढ्नु को साथ साथै केहि आर्जन पनि गर्ने हुन्छा.सुरुमा नेपाल बाट पैसा ल्याएर पढे पनि सधै फी तिर्ने सामर्थ्य नेपाली बिद्यार्थी मा पक्कै पनि हुँदैन.कमाएर पैसा घरमा पठौना नसके पनि आफ्नो फी तिरेर अद्ध्ययाना गर्ने सोचाई राख्ने बिद्यार्थी लाई पनि अबको नया नियेम्ले प्रभाब पर्ने देखिन्छा.
एक त विश्व अर्थतन्त्र मा आएको मन्दी को असरले २० घण्टा को सुबिधा दिए पनि काम पाउन मुश्किल भैरहेको थियो.अब तेही सुबिधा पनि कटौती हुने भएपछी बिदेशी बिध्ध्यार्थी को त बिचल्ली नै हुने देखिन्छा यू के मा.ब्रिटिश सरकारले यो नियेम अगाडी नै ल्याएको भए जो संग पैसा छ अर्थात् कुलीन वर्ग मात्र आउने थिए अधध्येन का लागि .तर यहाँ पढ्न आउने त अधिकांश मध्यम बर्गका छन्.तसार्थ बिद्यार्थीलै सार्है गाह्रो हुने पक्का छ अब का दिनहरु.
बर्मा गए पनि कर्म साथै भने जस्तै.नेपाल को बेथिति बाट वाक्क भएर यू के मा आएका हामि जस्ता बिध्ध्यर्ती लाई झन् बढी चिन्ता थपिएको छ. नेपाल मा दिन्दहादै ब्यस्त सडक मा संचार कर्मी मारिदा पनि केहि गर्न नसक्ने सरकार बाट हामीले केहि आशा गर्न सक्दैनौ.तेशैले जस्तो सुकै कडा व्यवस्था भए पनि नेपाली बिद्यार्थी लाई घर फर्किनु भन्दा त तुलनात्मक हिशाब्ले येही अवस्था नै स्वीकार्य होला .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
0
UK ले नेपाली बिद्यार्थीलाइ ठुलो चिन्तामा परेको छ, अब के हाल होला नेपाली बिधार्थी को ???
मन परे हरियो, नपरे रातो
4
1
बिदेशमा बसेपछी यहाँको कानुन मान्नै पर्यो। खै बसुन्जेल रमाइलो छ तर काम छैन भने चाँही बिजोग नै हुन्छ। काम पाउने एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्दैनन, खै के भन्ने! फेरो अमेरिकामा त कानुनी हिसाबले तेही १० घण्टा काम गर्न नि पाइदैन।
मन परे हरियो, नपरे रातो
10
3
यो नियमले अहिले आयका नया नेपाली विधार्थीलाई ठुलो असर पुराउने देखिन्छ जसले काम गरेर पढ्नु पर्छ सबै विधार्थीलाई नराम्रो संग असर पुराउने संकेत देखिन्छ, तर आफ्नै देस बाट पैसा झिकायर पढ्ने विधार्थी लाई भने खासै असर पर्ने देखिदैन….जे होस् हामी जस्ता प्राय नेपाली लाई भन्ने पक्कै असर पर्ने कुरा लाई नकार्न सकिदैन !!!तर यु के सरकार ले यो नियम बनौनु नै थियो भने पहिला नै बनाउदा राम्रो हुने थियो कमसेकम एती धेरै विधार्थी ले धोका खाने त थियनन !!!
मन परे हरियो, नपरे रातो
12
1
तेसै गरि अस्ट्रेलिया ले आज देखि मैगरेशन रुल चंज गरेको छ. पुरा जानकारीको लागी तल दिएको ठेगाना मा हेर्नु होला…एस ले धेरै अन्त राष्ट्रिय बिधर्ति लाई फिर्ता हुनु पर्ने badhyata srijana गरेको छ http://www.immi.gov.au
मन परे हरियो, नपरे रातो
7
1
नेपाली नबूजी विदेश भने पछि हाम्फाल्न खोज्छन्
अलिकति सरकार ले पनि consultancies लाई kadai गर्नु पर्ने हो
i think we are in need of a forum where all nepali students can write review of the universities they are studying…it would be a great help to nepali students
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
यो नियम अरु केहि होइन नेपाली लगायत अन्य बिद्यार्थी हरुलाई लखेट्ने सुनियोजीत Grand Design हो . सोझा गरिब नेपालीको पैसा लुतिहाले अब भगाउन खोजेका हुन् . धन्यबाद U.K. सरकार लाई .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
9
यु के किन जाने ?त्यो भन्दा अमेरिका ,भारत् ,अस्ट्रेलिया ,क्यानाडा ,नेदरल्याण्ड ,चिन,धुलिखेल ,जापान ,फिनल्याण्ड ,फिलिपिन्स ,भियतनाम ,कोरिया ,हंगकंग ,पुल्चोक ,साइप्रस ,फ्रान्स जता पढे पनि भो नि | एउटा कुरा चै भुल्नु हुन् ,बर्मा गएपनि कर्म चै सगै जान्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
52
3
ब्रिटिश गोरे सेल्फिश भए
नेपाली विद्यार्थी लाई चाहाराहाले
सबैलाई ठगन सम्म ठगे
अहिले सबै लाई लखेत्ने plan बनाए
नेपाली बिधार्थी को सबै सपना डुबाए
यो पाली ब्रिटिशले फेरी आफ्नो स्वार्थ पुरा गरे
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
8
केहि न केहि… बरु हाम्रै देश आनन्द को न विसा न रुल्स खुरुक्क पडयो पास भयो….आर्का देशा जानु पनि छ फोकट को झेमेला मा फस्नु नि छ….एक पौण्ड बराबर नेपाली ११९ कसरि सक्छन नेपाली ले २० घण्टा काम पनि नगरे…बेलायत सरकार लाइ त के पैसा आइहाल्यो…के मतलब मारुन कि बचुंन……….हामी नेपाली मुर्ख…नजाऊ है विदेश साथि हो….बरु १२ लाख हालेर नेपाल मै की गर्या भए केहि हुने थियो….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
1
लण्डनको लागि राम्रो नेपालीको लागि नराम्रो भन्नु पर्ला …..कसो त
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
5
चिरिप परेर झिरिप पारु जस्तो लण्डनको गोरेहरु …….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
25
yo नियमले उच्च सिच्चाको लागि आउने बिधर्तीलाई भने एकदम राम्रो छ अनि उच्च सिच्चाको कदर पनि गरेको छ. जहाँ सम्म मलाई लाग्छ यो नियम एती धेरै बिधार्थी आएर द्धोखा खानु भन्दा पहिले नै बनाउनु उचित थियो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
4
आफ्नो देशको आवस्यकता र अवस्था हेरेर यू के ले नीति परिवर्तन गरेको होला/ यसले पक्कै पनि नेपाली बिद्यार्थी लै नराम्ररी असर पुर्याउने छ/ तर, यसमा हामीले के नै गर्न सक्छौं र/ आफ्नो राष्ट्रिय नीति परिवर्तन गर्न उ स्वतन्त्र छ/ दुर्भाग्य त हाम्रै देशको अवस्था छ जहाँ केहि कुराको पनि कुनै लेखा जोखा नै छैन/ आफ्नो देशबाट कति, किन र कस्ता जनशक्ति बिदेसिदै छन् भन्ने बारेमा न सरकारलाई, न कुनै दललाई न त कुनै योजनाकार लाई नै मतलब छ/ बिदेशिएका नेपाली इक्क्षाले पक्कै बिदेशिएका होइनन होला/ देशको दुराबस्थाले गर्दा बिदेशिन बाध्य छन्/ बिदेशमा चुहाउने पसिना आफ्नै देशमा चुहाउन पाए कोहि नेपाली बिदेशमा दश नंग्रा खियाएर पक्कै पनि बस्ने थिएन/ तर दुर्भाग्य दशकौं सम्म पनि नेपालले एउटा कुशल एवं निस्वार्थी राजनेता पाउन सकेन/ नयाँ नेपाल बनाउने भन्छन तर त्यसको लागि चाहिने जनशक्ति आफ्नो देशमा छन् कि छैनन्, यदि देश बाहिर छन् भने कसरि देशमा आउने वातावरण बनाउने भन्ने बारे सोच्ने नेता नेपालमा जन्मेन/ अब त नेपाली न आफ्नै देशमा सुखी रहन सक्ने भो न त बिदेशमै आनन्द संग दुई छाक खाएर बस्न सक्ने भो/ यो अवस्थाको जिम्मेवारी कसले लिने? के अझै पनि हामी उही डेट एक्सपायर नेता हरुकै आशामा देश बन्छ भनेरै बसिरहने?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
154
2
लेख संधर्विक छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
8
हामी नेपाली बिद्यार्थी हरुको निम्ति त अहिले आएर गरिएको नियम परिबर्तन ले मोरिसकेपछी गरिएको गरेको ओखतिमुलो जस्तो छ .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
24
धेरै दुखको कुरा हो नगएकोलाइ त यसबारेमा थाहा भयो अब नजाला गैसकेको लाइ पो निल्नु न ओकल्नु भयो नि अधिकांश बिधार्थी पर्ने बिचारले गएका चाही छैनन् कतिले अरुको सर्टिफिकेट किनेर समेत गएका छन् भने तिनीहरुको बिजोग नै हुने भयो नि बेलैमा बुद्धि नापुर्याउदा बिधार्थिले यो साहना बाध्य छन्
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
3
I agrre with you thapa ji, हाम्रो भबिस्य को विचार हामी आफै ले गर्नु पर्छा अरु ले डोरयको बाटो मा आफ्नो भबिस्य लाने होइन,
जय नेपाल.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
नेपाल बाट आउने अधिकांस बिद्यार्थी हरु नियम बुझेर वा आफ्यें इन्टरनेट बाट addmission भएर आउनु भन्दा agency को भर परेर औन्छान.अनि agency ले आफु ले पैसा कमाउन झूठो बोल्छा र नक्कली कागज बनौना पनी मदद गर्छ होला नभए हिजो को कान्तीपुर माँ एउटा agency को भनाई अनुसार नया नियम माँ बिद्यार्थी पठाउन कुनै गाह्रो छैन रे.
मन परे हरियो, नपरे रातो
2
0
अब जापान को पालो कहिले हो ?जापान मा नि एस्तो भयो भने बर्बाद हुने भो नि !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
9
साथी हो,
UK Boarder Agency ले माथि उल्लेखित नियम हरु पुनारवोकलं गरेको छ, तर अहिले सम्म यो स्पस्ट छैन कि यो नियम अब आउने हरुलाई मात्र लागु हुने हो या पहिला आइ सकेकलाई पनि भन्ने. सम्बवत यो नियम अब आउने हरुलाई मात्र लागु हुने हो.
British Government ले बिधार्थी आउनु भन्दा पहिला विसा दिने बेला मा नै सबै कुरा स्पस्ट गरेको हुन्छ कि बेलायत मा कम गरेर कमायर पड़ने होइन आफ्नै देश बाट पैसा लियर जानु पर्छा अनि त्यो बेला सम्म लै पुग्ने बैंक ब्यालेन्स पनि देखाउनु पर्ने हुन्छा तेती भन्दा भन्दै पनि अटेर गरि नक्कली कागज बनायर जाने हरु को कसैले जिम्मा लिन पनि त सक्दैन नि.
मलाई थाहा छ नेपाल बाट पेपर म्यारिज ( नक्कली ) गरि दीपेंदेंत मा landon आयर काम गर्ने हजारौ छन् अनि नक्कली बैंक ब्यालेन्स देखायर आउने तेत्तिकै छन् तिनी हरु लाइ यो नियम ले ठिक ठाउँ मा ल्यौछा र अरु थप नक्कली काम गर्ने लाइ झापट हानेको छ.
राम्रो पड़ाने लाइ नेपाल मै राम्रो छ नेपाल को क्षिशा राम्रो मध्ये मा औछा, नेपाल मा BE, MBBS, CA, Nursing… गरेर अंग्रेजी मा राम्रो दख्हल भयको देखाउने हो भने बेलायत आउन र राम्रो काम पाउन अति नै सजिलो छ, मेरा सयौ साथी छन् बेलायत मा राम्रो नोकरी गरेका जो नेपाल मै पढेका हुन्. मै पनि Pulchowk campus bata ME गरेर बेलायत आयको राम्रो जागिर छ बेलायत मै पड़ाने हरु को भन्दा.
देखेको छु बेलायत मा १०/१२ वर्षा पहिला आयर अहिले सम्म तेही विथार्थी को status मा बस्ने धेरै साथी हरु अनि ILR को लोभ मा परेर आफ्नो सारा उत्पदंसिल जीवन समाप्त परिसके नेपाल आमा लाइ तेत्तिकै घाटा अनि आफुलाई पनि.
तेसैले कुनै देश ले नियम परिवर्तन गर्यो भन्दै मा त्यो संग रिसाउने, गाली गर्ने भन्दा पनि आफ्नो सहि निर्णय गर्न जरुरि छ,भबिस्य हेर्नु जरुरि छ, देश को आबस्यकता हेर्नु जरुरि छ.
जय नेपाल.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
87
19
यु के मा अरु देशको सैछिक योग्यतालाइ मान्यता नदीने प्रचलन पहिले देखिनै छ, त्यसैले highly qualified immigrant हरुसमेतको आवस्था दयनीय देखिएको छ! नेपालमा nursing तालीममात्र नभएर बर्षौ को work experience साथै ILR समेत भएकाहरुले हजारौ पौण्ड तिरेर refresher course या complete course गर्नु पर्ने हुन्छ र मात्र British Standard मा पुगिन्छ र काम गर्न योग्य ठहरिन्छ! नर्सींग एउटा उदाहरण मात्र हो!
बिद्यार्थीहरुको प्रश्नमा यु के गएर learning and earning को सपना छ भने त्यो सपना देख्न छाडिदिए हुन्छ!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
4
G tamu ji,
तपाइले भने जस्तो अरु देश को योग्यतालाइ मान्यता नदीने भन्ने UK छैन, तर तपाइको प्रमाणपत्र लाइ NARIC भन्ने सस्था बाट प्रमाणित गर्नु पर्छा, त्यो एकदम सजिलो र नेपाली लगभग ६ हजार रुपैया जति लाग्छा, नरसिंग मा पनि तेस्तो होइन ३ बर्से कोर्स गरेको छ भने नेपाल मा Uk आयर IELTS मा ७.० अनि ६ महिना को कोर्स मात्र गरे पुग्छा, त्यो ६ महिना को कोर्स मेडिकल सेक्टर अलि संबेदनसिल भयको हुनाले UK स्तान्दर्द गर्न को लागि मात्र हो.अरु बिषय मा कुनै कोर्स गर्न पर्दैन जस्तै इन्जिनियरिंग मा.
HSMP को कुरा गर्नु हुन्छा भने तपाइले भने जस्तै कम नपायर फर्कने, तल्लो स्तर को काम गर्ने ( आफ्नो क्षेमता भन्दा जस्तै सेकुरिटी गार्ड , रेस्टुरेन्ट …) प्रसस्त छ त्यो त बेक्ती को क्षेमता मा भर पर्ने कुरो हो 60k,80k खाने पनि छन् नि होइन र?
जे होस् क्षेमता हुने लाइ बिस्व मा नै ठाउँ छ.
जय नेपाल.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
7
i dont agree, completely with you Kesu. but the fact is even British citzen cant survive in Engkand, with out doing part time work.
why did you think government made that policy. ok nepalese had made a mistake but governement of England are not fair also in this situation.
you maybe having good job in england so called british standard but im sure you can’t send your child to university and he is with out any job.
jobs here in uk and europe are not only for financial support but also for part of learning and socialising.
aman
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
4
The fact is ” if you could speak fluent english” then there will not be a problem to go and work or study any part of the world, no matter it USA UK BK CK DK…
The problem is only if you speak like ” hamara naam lalu hai”
Which is an indian accent english or , broken tone english.
मन परे हरियो, नपरे रातो
3
13
यो यु के सरकार को नांगो पाखंदिपना र सोझै ठगी हो. बिद्यार्थी ले २० घंटा र आश्रित ले फूल टाइम काम गर्ने पाइने सुबिधा देखाएर लाखौ बिद्यार्थी बात अरबौ पाउंड तान्ने अनि पैसा लिएसके पछि नियम परिवर्तन गर्ने? यो खसी को टाउको देखाएर कुकुर को मासु बेचने सामराज्यबादी ठग निति नै हो. यु के सरकार को यो निति ले, यो निति आउनु भन्दा पाहिले आएका बिधार्थी लाइ यूरोपियन अदालत माँ मुद्दा हालने बाटो भने बनाएको छ, ठग यु के सरकार लाइ नाछोद्नुस बिधार्थी साथी हरु हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
19