Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

को हुन् भरत नेपाली?


दिउँसै खुला सडकमा गोली हानेर हत्या गरी अति सुरक्षित स्थानका रुपमा रहेको लाजिम्पाट क्षेत्रबाट सुरक्षित भाग्न सफल हुने त्यो समूह कसको थियो? कसले गरे जमिम शाहको हत्या? चार चार वटा आयोग बनिसकेको छ सत्यतथ्य पत्ता लगाउने नाममा। सञ्चारमाध्यमलाई फोन गर्दै एक व्यक्तिले जमिमलाई ‘हमने टप्काया है’ भन्दै जिम्मा पनि लिइसकेका छन्। उनले आफ्नो नाम भरत नेपाली बताएका थिए। को हुन् त यी भरत नेपाली भन्ने ? नाम मै नेपाली राख्‍ने यी व्यक्तिले आखिर किन जमिमको हत्या गरेका हुन् ?

नामै अचम्मको छ भरत नेपाली रे। भारतविरोधी कार्य गरेकोले हत्या गरेको भन्ने यी व्यक्ति आखिरमा को रहेछन् त?

मुम्बई प्रहरीको रेकर्डमा भरत नेपाली छोटा राजन समूहका सदस्य भएको उल्लेख रहेछ। छोटा राजन भारतलाई सबैभन्दा दुःख दिने दाउद इब्राहिमको ग्याङबाट फुटेर अलग समूह खोल्ने व्यक्ति हुन्।

तर यसो खोजबिन गर्दा त थाहा भयो, भरत नेपाली पनि छोटा राजनबाट छुटेर अलग्गै आफ्नै समूह खोलेका व्यक्ति रहेछन्। मुम्बईको एउटा पत्रिकाले वरिष्ठ क्राइम ब्रान्च अधिकारीहरुलाई उद्‍धृत गर्दै लेखेको छ- छोटा राजन समुहसित आबद्ध भरत नेपालीले सो समूह छोडी आफ्नै छुट्टै समुह खडा गरेका हुन्।

इनचेम्बर डट कममा लेखिए अनुसार अन्डर वर्ल्ड डन छोटा राजनका सबैभन्दा विश्वसनीय सहकर्मीका रुपमा भरत नेपाली रहँदै आएका रहेछन्। के भएर हो कुन्नि उनी त्यो समूहबाट छुट्टिएछन्। उनी हाल ने दक्षिण पूर्वी एशियाको कुनै देशमा रहेको अनुमान गरिएको छ। एभिन्युज टेलिभिजनलाई फोन आएपछि प्रहरीले कल ट्रेस गर्दा उनको नम्बर टेलिकममा रेकर्ड नभएको अर्थात् नो नम्बरबाट आएको देखिएको छ।

अन्डर वर्ल्डमा खासै पकड नभएका नेपालीले अहिले भने भारतको उत्तर प्रदेश, विहार र मुम्बईमा आफ्नो सञ्जाल बढाउँदै लगेका रहेछन्। नेपालीको समूहले अन्य आपराधिक समूहसँग पनि साँठगाँठ बढाउँदै लगेको बताइएको छ। केही समयअघि मात्र भारतीय प्रहरीले नेपालीले उत्तर प्रदेशका एक विल्डरलाई फोन गरी फिरौती उठाउन गरेको फोन इन्टरसेप्ट गरेको रहेछ। फिरौती माग्ने क्रममा नेपालीले छोटा राजनको नाम नलिई आफ्नै नामबाट पैसा उठाउन खोजेको देखिएको थियो। छोटा राजन र नेपालीबीच के कारणले फाटो आयो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्।

झण्डै दुई दशक सम्म छोटा राजन समूहमा आबद्ध नेपालीमाथि हत्याका मामिलामा झण्डै एक दर्जन मुद्दा रहेका छन्।

उनको थर कसरी नेपाली रह्यो? के उनी नेपाली मूलका वा नेपाली नागरिक हुन्? त्यसबारे भने केही पत्ता लगाउन सकिएन। भरत नेपाली नाम भने अरु डनहरुको जस्तो उपनाम रहेछ। उनको वास्तविक नाम भने भगवतकुमार सिंह ठाकुर रहेछ।

अब प्रश्न आउँछ जमिम शाहको हत्या किन गरे त उनले ? उनी आफैले भने भारतविरोधी कार्य गरेको र नक्कली भारतीय नोटको कारोबारमा संलग्न रहेकोले हत्या गरेको बताएका छन्।

जमिम शाहलाई एक पटक भारतले खेदो खनेको थियो। त्यतिबेला उनी मिडियामा शक्तिशाली पनि थिए। हत्या हुँदो हो त त्यतिबेला हुने अवस्था थियो। त्यतिबेला उनले आफूलाई असुरक्षित पनि महसूस गर्थे। उतिबेलाको अन्तर्वार्तामा उनले यो खुलाएका छन्। तर अहिले उनी क्रमशः ओरालो लागेको टाट पल्टिन लागेको अवस्थामा थिए। आफ्ना कर्मचारीलाई उनी समयमा तलब खुवाउन सक्दैन थिए। केबलको आम्दानी कम हुँदै गइरहेको अवस्था थियो। बैङ्कको ऋण नतिरेको भन्दै कालो सूचिमा नाम निस्केको अवस्था थियो उनको। पछिल्लो समयमा उनी प्रचारमा पनि आएका थिएनन्। त्यसैले उनले आफूलाई असुरक्षित पनि नठानेका हुनसक्छन्। र त उनको गाडीमा बडिगार्ड पनि थिएन। गाडी चालक पनि चलाकजस्ता देखिएनन् घटना विवरण सुन्दा। नत्र अनुहार छोपेका व्यक्ति अगाडि आएर केही समय कुरा गरेर गोली हान्दासम्म चालकले हेरेर बस्दैन थिए होलान्।

जे होस्, जसरी युनुस अन्सारी भारतको निशानामा छन् अहिले, त्यस्तो थिएन जमिम शाहको मामिलामा सतहमा देखिँदा। त्यसो भए किन मारे त भरत नेपालीले उनलाई? छोटा राजनसँग उनको सम्बन्ध बिग्रेर नयाँ समूह खोलेको भनिएको छ। दाउदका मान्छे भनिने जमिमलाई मारेर छोटा राजनलाई खुशी पारेर उनीसितको सम्बन्ध सुधार्न चाहेका हुन् कि उनले? कि ‘भारतविरोधी व्यक्ति’ का रुपमा प्रचार गरिएका उनलाई मारेर भारत सरकारसँग निकट हुन चाहेको हो उनले ? भारतले चाहिँ भारतविरोधी व्यक्ति नेपालमा यसरी पनि मार्न सकिन्छ भनेर नेपालका राष्ट्रवादीहरुलाई तर्साउन चाहेको हो कि ? यो अनुसन्धानपछि मात्र खुल्ने विषय हो।

Related posts:

  1. को हुन् उपेन्द्र यादव ?
  2. को हुन् उनीहरु 'गेस' गर्नुस् त
  3. को हुन् यिनी, चिन्ने हैन त !
  4. पारसको साथमा को हुन् यी सिङ्गापुरे महिला ?
  5. को हुन् खगेन्द्र संग्रौलाका ती दलित मित्र?

57 comments to को हुन् भरत नेपाली?

  • अभिनव

    हार्ने हरुको देशमा जनता लाइ नहराइ सरकार चुप नलाऊला जस्तो पो छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • एकलब्य

    नेपाल को कर्मठ रास्ट्रबादी जमिम शाह ?

    भारत को बिरोध गर्नु ठिक छ तर जमिम शाह लाइ यहा रास्ट्रबादी, नेपालको प्रतिक र मसिहा बनाउनु अघि अलिकति सोच्नु जरुरि छ
    उस्को बिगत र पेशा दुबै को कारन ले हत्या भयेको देखिन्छ नत्र भारत को आज जस्ले पनि बिरोध गरेको छ, किन अरु मानिस को हत्या भयेको छैन त? नेपाल मा अहिले भारत बिरोधि नारा ले सडक तातेको तात्यै छ तर किन जमिम शाह कै हत्या हुनु परेको र त्यो हत्या पनि किन दाउद इब्राहिम सग को प्रतिस्पर्धि ले नै गर्नु परेको?

    जमिम शाह दाउद इब्राहिम सग सम्बद्ध तस्कर वा हत्यारा हो भन्ने नेपाल मा आज सबै लाइ थाहा छ; त्यतिमात्र नभै ठिक मिर्जा दिल सा बेग जस्तै जमिम शाह पनि ग्यानेन्द्र र पारस को ग्यान्ग मा काम गर्थ्यो भन्ने सबै लाइ थाहा छ; उ पनि भारत बाट आयेको धोति नै हो, पुर्ण नेपालि हैन, तर किन उस्लाइ आज यत्रो महत्व दियेर रास्ट्रबादी बनाइदैछ? नेपाल मा कति नेपालि गरिब गुरुवा मरिरहेका छन्, तर त्यो फ़ाइभ स्टार होटेल मा नुहाउन जाने, नेपालि तरुनि र रक्सि को मोज गर्ने करोड पति अरब पति तस्कर् ब्यापारि मर्दा मात्रै किन यत्रो रास्ट्रिय शोक भयेको छ?
    कि दाउद इब्राहिम ले नेपालि हरु लाइ किनि सक्यो?
    कि हाम्रो प्रचण्ड लाइ भारत ले प्रधान मन्त्रि बनाइदियेन भनेर रिस पोखेको हो?

    जमिम शाह लाइ पुजा गर्ने हे नेपालि दाजु भाइ दिदि बहिनि हरु, भारत हाम्रो दुश्मन हो, ल भै हाल्यो, तर तेसो भन्दैमा पाकिस्तानि आतन्ग्कबादी हरु र तस्कर हरु लाइ हामिले बोकेर हिड्नु पर्छ भन्ने छैन

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

    • madan bajracharya

      yek labya जी

      तपयिन्को अन्तिम हरफको दुई बाकी १) ‘ भारत हाम्रो दुस्मन हो, ल भई हाल्यो २) तेसो भन्दैमा पाकिस्तानी आतंक बादी हरु तस्करहरु लाई हामीले बोकेर राख्नु पर्छ भन्ने छैन” भनेको कुराले भारतको गुण्डा आएर नेपाल भित्र भारत बिरोधि मार्न थालेको कुराको कहीं समर्थन गर्न त् भनि रहनु भएको छैन?

      भारत हाम्रो दुस्मन हो ल भई हाल्यो भने बात भारत मित्रै भएको र उदाहरण को रुपमा मात्रै दुस्मन भएको भनेको त् बुझियो/ तर भारत के कति कारण ले नेपालको मित्र हुन् भनि बुझाई पनि दिनुस/ भारतले आज सम्म गरेको सहयोग लाई रुपयामा लगेर जति अरब खराब रुपैया हुन्छ नि त्यो रकम ले के नेपालको कुनै नदि तपाईं बेच्न सक्नु हुन्छ? नेपालको एक इन्च भूमिलाई भारतीय भुमि बनाउन दिन सक्नु हुन्छ? तपाईं अनुमान पनि लगाउन सक्नु हुन् कि कालापानी आज भारतले कब्जा नगरी दिएको भए त्यो नेपाल तिन तिर बात भारतले घेरेको देस हुने थिएँन/

      कालापानी नेपाल चीन पाकिस्तान को जक्सन हो/ तहाँ बात हामि चीन र पाकिस्तान लगाएत तेस्रो बिस्वोको ब्यापार गर्न सक्ने भई मात्र कलकता मा भर पर्नु पर्ने थिएँन/
      कालापानी सुस्ता लगाएत २१ जिल्लामा सिमा अतिक्रमण गर्ने देस मित्र हो? सिमा अतिक्रमण गर्ने देस लाई सत्रु रास्ट्र भनिन्छ/

      अब तपाईं ले नेपालको संचार ब्यब्साए लाई भू उपग्रह मार्फत प्रशारण गर्न सबै भन्दा अघि आउने व्यक्ति लाई पाकिस्तानी आतंककारी भन्दै थिए, जब कि नेपाल ले भारतको भू उपग्रह मार्फत प्रशारण हुने जे ति भी माथि प्रतिबन्ध लगाएको थियो/ जमिम पाकिस्तानी आतंककारी थिए भनेर भारतले त् प्रमाणित गर्न सकेन नेपाल सरकार ले सकेन/ भारतले आरोप लगाए पछी नेपाल ले छान बिन गरेकै थिए तर निर्दोष पाएरै जमिम लाई ब्यबशाये गर्न अनुमति दिएको थिए/ उनि मात्र एउटा संचार ब्यब सायेमा लागेर टाट पल्टिन लागेको नेपाली मुसलमान थिए/ तेस्लाई भारत बिरोधि भनेर गुण्डा लगाएर मारेको मात्र नेपालमा भारतीय गुण्डा राज चलाउन हो मित्र/ जमिम मारेको ठिक हुने जस्तो अभिव्यक्ति दिनु भएर के अब भारतीय गुण्डाको राज नेपालमा चलाउन दिने हामीले?

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • Madan

    जनता बा ट प्रत्याछे निर्बाचित प्रधान मंत्री वा रास्ट्रपति नभएसम्म इंडिया ले नेपालका प्रधान मंत्री वा रास्ट्रपति नियुक्ति गारी रहन्छ त्यस्ता टिके प्रधान मंत्री वा रास्ट्रपति ले कसको लगी काम गर्द छन सबैलाई चेतना भया

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 4

  • tamu laxman

    भरत नेपाली होइन हो साथी हरु भारत् नेपाल होला

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Rohini

    भारतीय डनहरुले मारी रहेका छन्, तर पनि कुनै सरकारले न त यसको बिरोध गर्न सक्छन, न त कारवाही नै गर्न / यी तिनै डनहरु हुन्, जो दुबैमा बसी भारतमा समेत हत्या, हिंसा, अपहरण लगायत अनेक अपराध गर्दै आइ रहेका छन् / तर भारत यिनै डनहरुको सहयोगमा हाम्रो नेपालमा हामी नेपाली को हत्या गर्दै आएको छ / अनि यस्ता डनहरुले भारत बिरोधि नेपाली (भारतको नजरमा)को हत्या गरेको समाचार भारतीय मेडियाले खुब महत्व दिएर प्रसारण गर्दछन / हामी जनता कहिले जाग्ने हो यी र यस्तै अनेकौ अन्यायको बिरोधमा ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Sujana

    अब केहि होइन साथी हो नेपाल भारतको सुरक्षा क्षातामा गएको सँकेत हो र यो पनि हो कि नेपाल अब बिस्तारै आतँकबादको अन्त्य गर्ने नाउँमा अघोषित रुपले अफगानिस्तान र पाकिस्तान बन्दैछ । हाम्रा शान्तिका दिन धोतिहरुले चुँडे । भीम रावललाई चाइना पठाएर माकुनेले भारत खुसी पारेको हो । अनि तँपाइहरुलाई थाहै होला नेापलको सँबिधान भारतिय दुताबासमा बन्दैछ । त्यो सँबिधान मानेनौ भने माओवादीहो तिमेरुपनि अर्को जमीम शाह हुनेछौ भन्ने सँकेत भारतले दिएको हो । जमिमलाई यतिबेला देखाइएको मात्र हो । हेर्दै जानुहोला बाबुराम भट्टराइ बाहेक प्रचन्डलाई पनि भारतले कुनैदिन जमिम शाह बनाउनेनै छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • simran

    माओवादी या त भारत को हातम हुनुपर्छ. नेपल्मलाई आत्मनिर्भर हुन् नदिनेरभारतीय खेल हो यो….

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 4

  • Tilak USA

    खै के ? खै के ? यो देश कसको निर्देस्श्मा चलेको छ नै थाहा भएन |

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • P4R££N1T4~

    “हमने टपका दिया उसको” भन्ने भारते ! तलाई पनि टपकाउने कोहि त आउला नि, तेरो टपकिने दिनहरु गन्दै बस अबो | “जस्तो गर्नु उस्तै भोग्नु” त तलाई पनि हुन्छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • यो सबै भारत को खेल हो ! यशमा भारत को हात छ ! भारत ले अफुनो लागी जे पनी गर्न तयार हुन्छा !तेसैले हामी नेपाली हरु एक हुन पर छ !

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • budha macau

    नेपाल को शुद्ध नाम लाई आफ्नो नाम को पछाडी जोडेर भरत नेपाली राखने त्यो भारती पाल्तु कुकुरलाई नेपाल को सुरक्षा निकयाले जसरि पनि पक्राउ गरेर नेपाली जनताको अगाडी सार्बजनिक गर्नु पर्छ र यक हप्ता लगायर प्रतेक अग अग काटि-कटी मार्नु पर्छ ताकी नेपाली भुमिमा फेरी तेस्तो अपराधा गर्ने शाहस नगरोस ।केहि त गर माकुने हैन भने देश छोड्, नेपाल मा भारतिय चल खेल बन्द गर ।

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • यो घटना रहस्यमे तरिकाले घटेछ तर मलाई जमिम शाह को हो थाहा भयान उसको परिचय दिएको रहेनछ परिचय खुलाई दिएको भय म जस्तो लै थाहा हुन्थियो | यो घटना मा अन्डर वल्ड हरुको पनि नाम जोडियको रहेछ | उनि पनि तेस्तो कुनै समुहमा थिया कि के हो | उनि कसरी अन्डर वल्ड को आखामा परेत | पहिला यिनी हरु सगै मिलेर केहि गरेको हुनुपर्छ यात गर्दै थियो | आफनो देश मा बसेर बिदेसी गुण्डाको लै लै मा लागेर आज हाम्रो आफ्नो मानिस माथि बिदेशी गुण्डाको इसारामा हमला गर्ने समुहलाई यो घटना ले राम्रो खालको शन्दे दियो जस्तो लागो | अर्का अर्का नै आफ्नो हुदैन | घरको भुत र बनको देवता मिल्दैन

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • prem raj tumabapo (limbu)

    हामि एक हुनु छ देस मा नेपाली बिचको सम्बन्ध सुधार हुन् अति आबस्यक छ हामीमा सधैब छिमेकि देखि असल नागरिक को पहिचान र एक अर्का मा सहयोग को भावना जोगाउनु हाम्रो कर्त्यब्य बनेको छ देस मा हामी जस्ता हजार व्यक्ति हरुले अकाल मर्नु परेको छ के हामी एउटा यसरि दुख लाग्दो हत्या हुदा हेरी बस्ने ? सरकार को मुख हेरेर होइन अब हामि जनता एक भएर आफनो सुरक्षा लाइ आफै सुनिस्चित रुपमा जिउनको लागि हामीमा बिस्वास को मार्ग हरुमा हातेमालो गर्दै अघि बढ्नु पर्ने छ . राजनीति को पछाडी जनता को भबिस्य यो नेपाल मा केहि छैन यो हामीले भुझ्नु पर्ने भएको छ . यहाँ नेपाली बीच सम्बन्ध टुटाउने हरु धेरै छन् जोड्ने हरु यहाँ कम्ति छन् जहाँ राजनीति छ त्यहाँ हाम्रो भबिस्य असुरक्षित र अन्धकार छ यो सत्य छ . अब हुदा हुदा बाहिरी अपराधी हरु को छल खेल अनि देसको अन्योल राजनीति को फाइदा लिन शुरु भयो . के चुप लागेर बस्ने अब पनि ??????

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 0

  • पुष्प

    मारिहाले ! अब ‘डन’ होस् कि ‘डग’ होस्, जसको नाउँ पोले पनि भइहाल्यो नि ।

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 0

    • Tej Prasad Adhikari

      पुष्प जी,
      सबै “डन” को मृत्यु “डग” को जस्तै हुन्छ /

      मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

  • लाडसिंह पहाडे

    हत्यारा भारतिय दुतावास छिरे भन्ने अपुष्ट समाचार आयो ?

    के होला मलाई त बिश्वास लाग्यो लै न पता गरम नेपाल पुलिस ?

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 0

  • के हो साथि हो हामीहरुले चुडा लगायका त छैनउ नि तियो कुकुर भरतले नेपाल आयर तेसरी योजना बनायर हत्या गर्न सक्छ भने हामी पनि राष्ट्र बिरोदी हरुलाई तेस्को ठाउँमा गयर गोलि हन्नेकी? हामी पो के मा कम छौ अब नया संगठन खोलि भारतमा गयर गोलि हान्ने काम गर्नु पर्छ.! जसले नेपालको बिरुद्दमा काम गर्छ तियो चाहे जुन देशको होस्, भारतति या नेपाली रास्ट घात काम गर्ने हरुलाई गोलि हन्न्दै मार्नु पर्छ. जय देश, जय देश, जय देश,…
    राजकुमार, अफगानिस्तान

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 0

    • luguna

      कहिले फर्कने हो नेपाल मा ? कि तेतैबाट सुरु गर्नु हुन्छ ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

      • achyut deshbhakta

        बडा सटिक कमेन्ट लुगुना जी. धन्य बाद

        मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

    • samrat~

      !!!!!
      राजकुमार जी,

      भारत नै किन जानु पर्यो येही छ लिटल भारत. लैनचोर तिर गए भै हाल्यो नि. कमसेकम आना जाना खर्च त बच्छ.

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

    • Anup

      त्यो साला भारतलाइ खत्तम पार्न र तहस नहस पार्न त दाउदको ग्यांग्मा लाग्नुपर्ने हो तर गधाले अनैतिक धन्दा गर्छ र फसाद पर्यो

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • rosan canada

    अब पालै पालो औछा / भारत को बिरोध गर्ने कम बन्द गर्नुस धोति नभनुस / मालिक भनुस तराइमा जमिन्दार लै मालिक भानिछा /हाम्रो जमिन्दार भारत हो /मालिक हरुको बिरोध गनेले गोलि चाकरी गर्नेले झोली भरि पौछां / हाम्रा पत्रकार धमला जस्ता झोली थपेर हिडेको थाहा छैन ? एस्तो घटना अब घतीरहांचा /कसको पालो हो अब / काठमाडौँ क ज्यापू महानगरपालिका मा भिन्तुना लेखेर मक्ख /येसो कुरा मा लाजिम्पाट मा केहि गर्न सक्दैन / फेरी भारत बिरोध गरेमा मोमो खान भैसी औदैना / धन्य राजधानी बासि /

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 0

  • bidur bahun

    भरत नेपाली भैया जी .. ये नेपाल का घुसखोर नेतालाई पनि येसो टपकाईदेता तो राम्रो होता .. तिमीले नेपाली को नाम खै किन प्रयोग कर्ता … तेहिपानी नेपाली नाम प्रयोग करे बापत हरेक महिना ब्याज स्वोरुप यी घुस खोर नेता टपकाता कि कसो …

    देशलाई शान्ति ..

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 4

    • achyut deshbhakta

      के हो बाहुन जी? हिन्दी मा कमेन्ट पेश गर्ने? अहिले बल्ल थाहा पाइयो तपाई को असली मनसाय. आफ्नै देश क नेता हरुलाई मार्नुस न. किन हाम्रो देश का नेता हरुलाई मार्ने कुरा गर्नु हुन्छ?

      मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 7

      • bidur bahun

        मैले हिन्दी मै लेखे भनेर तिमि ले कसरि थाहा पायौ ? तिमि पनि हिन्दी बुज्दो रहिछौ !
        भाषा आएरै मेरो देश पनि राम्रो हुने भए त मा जापानी भाषा सिक्थे कि जर्मनभाषा ..
        धेरै बाठो नहौ , थाहा होला नि बादर बाठो हुदा के भाको थियो .. के चेपेर मरेको थियो भनेर ..

        बेक्कार को वैयत कुरा !

        शान्ति …

        मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 7

        • achyut deshbhakta

          बाहुन जी धेरै बाठो त तपाई पो हुनुहुन्छ त. जात ले नै पाउनु भाको बरदान हो यो. तपाई लै नेपाल विकास गर्न हिन्दी मी बोलन कुन पाजी ले भन्यो?

          मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 2

  • Ram Hari Thapa Magar

    This is a mafia war. Which happens in any country. Even USA and other European country are not spare by Mafia. So don’t panic citizens if we are also experiencing new things.

    But yes, it is sad that our security or defence system is 0 ZERO.

    Any one can “Kill The Bill”

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • samrat~

    !!!!!!

    त्यो नाथे आयोग हरु ??? अहिले सम्म दर्बार काण्ड केहि टुङ्गो लाग्यो? भण्डारी हत्या काण्ड को केहि टुङ्गो लाग्यो..येस्तई हो यो हुने वाला आयोग पनि. नेपाली कर्मचारी को आयोग न पर्यो. सिंग न पुछर !! अंतरास्त्रिये ग्यांग को हात् देखियो भन्छ. किस्सा खतम ! हेर्दै गर्नुस तपाइँ हरु. यिनी हरु ले कसै लाइ दोषी साबित गर्न सक्दैन.

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • Sailesh Lamsal

    माधव कुमार नेपाल को सरकार बाट जनता ले आस नै के गर्न सकिन्छ छ र सरकार को लागि आफ्नो कुर्ची जोगाउने मात्र छ नयलायाका सरकार हुदा सम्म हामी जनता को हालत यस्तै हो

    सैलेश लम्साल
    बिशाल नगर

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 6

  • Sailesh Lamsal

    सरकार को लाचारी पन हो

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • Himalee

    नालायक शिरोमणि माकुने र माकुनेको सर्कस टोली धिक्कार छ /

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 2

    • madan bajracharya

      हिमाल जी
      तपाईं सिट डाह लाग्यो/ एस्तो सटिक उपमा तपयिन्कै दिमागम मात्रै किन आयो भनेर/

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • bistamohan

    भरत भनेको भारत हो र नेपाली भनेको नेपाल हो . भारत बिरोधि लाइ जहाँ पनि
    खत्तम पार्न सक्ने संदेश हो यो .

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 3

  • jay

    यो नेपाल प्रहरी प्रसासन लाई एउटा चोटिलो थप्पड हो /
    के नेपाल मा अन्डर वर्ल्ड डन हरु को कमि छ र?
    ऋषि धमला, मा.कू ने , गिरिजा प्रसाद कोइराला श्री ३ प्रचण्ड अनि चरेसानन्द झा ……………… अन्डर वर्ल्ड डन हरु होइन र?
    जसले यो दुश्साहस गरेको हो तेस्को पर्दाफास गरि सत्य तथ्य पत्त लगाउनको लागि हामि सम्पूर्ण नेपाली जनता हरु एकजुट भइ दबाब दिनु पर्छ / अपराधी लाई यसरी नै छोड्दै जाने हो भने अपराधी को मनोबल बढ्छ / अनि एक दिन शाह जस्ता कैयो नेपाली हरु ले अकल मा ज्यान गुमाउनु पर्ने छ त्यो तपाई हामि जो पनि हुन सक्छौ /
    अन्तमा मृतक को आत्माले शान्ति पाओस /

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 0

  • drishthi

    कति खतरनाक संदेश दिन खोजिएको छ कथित् ‘भरत नेपाली” को नाम प्रयोग गरेर दक्षिण को बिरोध गर्नी लाइ “हाम्रा भक्त नेपाली” हरु ले नै तह लगाउन्छन् भनेर
    दक्षिण बिरोधि लाइ तह लगाउन हामी कति समर्थ छौ बुझ !! खबरदार !!!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 3

  • Saani

    हत्या को पुलिश ले पो अनुशन्धान गर्नु पर्छ …. यो काम न काज को चार चार ओटा “आयोग” गठन गर्ने चलन कहिले सकिन्छ ह ?

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 0

  • Ram

    यो सब इंडिया को छाल हो , हाम्रो सरकार पनि एस मा मिलेको छ. माधव कुमार नेपाल लै सुब थाहा छ एस बारेमा, यो सुब ग्रान्ड प्लान हो, साला धोति हरु लै सब लै मर्नु पर्छ . अब नेपाली जनता हरु ले अर्को आन्दोलन गर्नु पर्ने बेला आएको छ, यो सुब नेता हरु इंडिया को इसारा मा चलिराखेको छ देस द्रोही हरु लै झुन्द्येइ फासी दिनु पर्छ, अति वायो अब त.

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 1

  • हरी कंगाल को नाम धन बहादुर, गोबर गणेश को नाम बुद्दिमान, आखा राम्ररी नदेखने को नाम नेत्र प्रसाद, ( यो प्रसंग कसे संग मिलेको भए माफी चाहन्छु) त हुन्थ्यो, हुन्थ्यो तर आज को दिन माँ त भारत को तलुवा चाटेर, लोकतंत्र को मूल्य र मान्यता को ह्त्या गर्दै प्रधानमंत्री भएको,महाकाली बुझाउने भारतीय टट्टू को थर “नेपाल”, भारत बिरोधी भनेर

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  • anoj

    माओबादी को हात छ ! किनकि देश मा ज्यान मार्ने काम माओबादी ले नै सुरु गरेको हो /

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 39

    • madan bajracharya

      anoj जी/
      भारत बिरोधि भनिएका र भारतको बिरोध गर्ने हरु तेतिनै मन पर्दैन भने किन मावोबादीको हाट छ कि भनिरहनु हुन्छ सिधै भन्नुस नि प्रचंद्र ले नै हत्या गराएको भनेर/ भारत कसै गरि पनि खुसि गर्ने हरुको सरकार छंदै छ तपाईंको कुरा मानि हाल्छ र अरु लाई नभए पनि प्रचंद्र लाई भारतमा सपुर्दगी गराएर भारतमा फाँसी चढाउन लगाई हाल्छ अनि सिमा मिचे पनि मिचे छैन भन्ने मात्रै बाकि रहन्छ/

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  • spike

    यो भारत बिरोदी सबै लाइ मार्ने “र” बाहेक अरु को होला र ? या त भारत को गुनगान गाउ र पैसा पनि कमाउ ( जस्तो नेपाल का धेरै पत्रकार हरु ) वा चुप चाप बस नत्र ज्यान को माया मार | अझ मुस्लिम हो भने त बोल्दै नबोल |

    यौटा रास्त्रबदी नेता नजन्मिदा सम्म देश मा येस्तई हो |

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 1

  • bhusan

    यहा केहि कुरा भन्नु अगाडी जमिम शाह को हुन् भन्ने कुरा पहिले थाहा पाउनु जरुरि छ, जमिम शाह पहिले कालु मनांगेको दोस्ताना भएर आफ्नो धनादय हुने यात्रा सुरु गरेका बेक्ती थिए, उनि रातारात करोदौका मालिक भएका र संचार छेत्रको लगानी देखाउने दात मात्र भएको मान्छे हुन्. उनको र पारसको पनि जोडा निकै जमेको हो किनकि त्यो करोडौ आम्दानिको हिस्सेदार पारस पनि थिए. जब पारसको दिन गए हामिमका पनि दिन गैसकेका थिए, ऋण मा डुब्न सुरु भैसकेका हामिम २ नम्बरी धन्दाका खेलाडी भएरनै त्यो बेला रातारात करोडपति भएका थिए.

    अब, अरिंगालको गुडमा हातहाल्नेलाई अरिंगालले टोक्नु भनेको साधारण नै हो नि.
    हामिमको मृत्यु प्रति दुख ब्यक्त गर्छु, उनको आत्मा ले शान्ति पाओस.

    मन परे हरियो, नपरे रातोः Thumb up 14 Thumb down 3

  • sunil shrestha( belgium, gent)

    माकुने, प्रचण्ड, गिर्जा , खुमे, के.पी ओली , प्रमनादा झा, सुजाता, चिरेन्जेबी वाग्ले, बिजय गदार
    इतयादिलाई पड्काए को भए अरुहरु खाते पाटेहरु बाटो मात औंथियोहोला , इन्हिहरुलाई राम्रो शब्दले नाम लिनु पनि हामीलाई पाप लाग्छ / येही खाते पाटे हरुले गर्दा देश को अवस्था इनी पापी र दरिद्रले बनाएको त होनी /

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 2

  • arun

    यो भारत नेपालीले भन्दै मा तेस्लाइनै बिश्वास गरेर छानबिन गर्न छोड्नु हुन्न| यो खबर सहि वा गलत दुवै हुन सक्छ | एस अबस्थामा सहि कुरा पत्ता लगाउनु जरुरि छ |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 68 Thumb down 4

  • drishthi

    नेपाल स्वतन्त्र देश पनि हो र ??लाजिम्पाट का एक अधिकिर्त को जागिर होइन र भन्या !!!!!!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 31 Thumb down 18

    • Harke

      १००% सहि प्रतिक्रिया !

      मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 1

    • Allen

      लाजिम्पाटमा हत्या भएको हो। भारतीय दुताबास पनि त्यतै छ। सजिलै भन्न सकिन्छ हत्यारा कहाँबाट आयो भनेर। भरत नेपालीले किन फोन गरेर जिम्मा लिएछ कुन्नी, राकेश सुद ले नै फोन गरेको भए वेश हुन्थ्यो। बिस्तारै न नेपाल रहन्छ, न नेपाली रहन्छन्, यही चाला हो भने।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 2

  • kabibar Adhikari

    “नाग्लो ठटाएर हात्ती तर्सौनी”
    “छोरी कुटेर बुहारी तर्सौनी ”
    भारत -बिरोधि को यस्तै हालत हुन्छ भनेर प्रचण्ड लाई तर्सौनी?हुन त प्रचण्ड जी पनि तर्सिसके जस्तो छ//भारत बिरोधि महान आन्दोलन त सेलायो नि!!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 160 Thumb down 16

  • P4R££N1T4~

    हरे देवा! के हुदैछ देशमा | राजनैतिक मारकाट के कम थियो र ? अब देशमा अन्डरवर्ल्ड पनि हावी हुन थाल्यो |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 75 Thumb down 6

    • mahesh

      हरी कंगाल को नाम धन बहादुर, गोबर गणेश को नाम बुद्दिमान, आखा राम्ररी नदेखने को नाम नेत्र प्रसाद, ( यो प्रसंग कसे संग मिलेको भए माफी चाहन्छु) त हुन्थ्यो, हुन्थ्यो तर आज को दिन माँ त भारत को तलुवा चाटेर, लोकतंत्र को मूल्य र मान्यता को ह्त्या गर्दै प्रधानमंत्री भएको,महाकाली बुझाउने भारतीय टट्टू को थर “नेपाल”, भारत बिरोधी भनेर आफ्नै देश बासी को ह्त्या गर्ने को थर “नेपाली”.अजब नेपाल को गजब छैन त चाला?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 112 Thumb down 29

      • madan bajracharya

        महेश जी
        समाचारको अन्तिम हरफ अत्यन्त गम्भीर छन्/ नाम को पछाडी नेपाली लेख्ने धेरै छन् र यो हत्याकाण्डको नाईके भनि प्रसारणमा ल्याईएका व्यक्तिको नामको पछाडी नेपाली भएकोमा त्यो नेपाली हुन् भनि भ्रममा पर्नु हुन्/ उसको नाम भागवत कुमार सिं ठाकुर, उसको संजाल उतार भारत देखि मुम्बई सम्म फैलिएको र उसले जमिम को हत्या भारत बिरोधि भएको र नकली भारतीय नोट छापेको कारण ले भएको भने भागवत कुमार सिं कुन देसको गुण्डा हो बुझिन गारो छैन/

        भारत को बिरोध गरे नेपाली दुख पाउँछ भन्ने कुराहरु हामीले सुन्दै आएकै हुन् तर भारतको बिरोधि भए भारतीय गुण्डाले समेत नेपालमा आएर मार्न सक्ने अबस्था बडो गम्भीर छन्/ यस भित्र आसंका उठाउन सकिने धेरै कुरा हरु छन्/ यक त् कुनै पनि सकली गुण्डाले रकम उठाउन त् हत्या गर्ने गर्छ तर भारत बिरोधि काम गरेकोले हत्या त् नकली गुण्डाले मात्रै गर्छ/ अब नकली भारतीय नोटको कारोबार गर्ने हरु पनि सकली गुण्डा हरुनै हुन् र उनीहरुले नै मारेको भए आफ्नो कारोबारको प्रतिद्वोंदी लाई मारे भन्ने थियो नकली भारतीय नोट छापे को ले मारेको भन्ने हरु नकली गुण्डा हरुनै मात्र हुन् सक्छ/ अब यसले बास्त्विक्मा त्यो नकली गुण्डा कु हुन् त् पट्टा लगाउन सक्ला अहिलेको सरकारले? बिस्वास नभए पनि आस त् गर्ने पर्यो/ नेपाल प्रहरी कम त् छैन पत्तालागाउँ पनि सक्छ तर अदालतमा मुद्दा चलाउन देला र ? यहि कुरामा अलि आसंका छ/

        जमिम उहिले देखि भारत बिरोधि भनेर भारतले आरोप लगाएको व्यक्ति भारत बिरोधि भए उहिलेको सरकारले नभए अहिलेको सरकारले तेतिकै छोड्ने थिएनन् जमिम लाई/ फेरी जमिम साँच्चैनै भारत बिरोधि गति विधिमा लागेको भए भारतीय नकली नोट छाप्ने गरेको भए अहिले युनुश अन्सारीलाई जस्तै नै भारतले लैनचौर लागि बयान लिन्थे होला भारत सपुर्दगी गर भन्थे होला/ यसो त् गरेको छैन/ तेसैले जमिम लाई भारत बिरोधि भएकोले मारेको भन्ने अभिव्यक्ति भित्र नेपाल भित्र भारत को बिरोध गर्ने हरु लाई तेसरिनै मारिन सक्छ है भनेर धम्काएको स्पस्ट छ/ अब खुलेर धम्काउनु त् भएँ तेसैले सकली हत्याराले गुण्डाको नाम राखेर धम्काएको पनि हुन् सक्छ/

        अब के गर्ने सबैले जय भारत भन्दै माला जप्दै बस्ने कि हिम्मत का साथ् सिमा मिच्न आउने नेपालको राजनीतिमा हैकम चलाउन आउने भारतको अझै चर्को स्वोर्ले बिरोध गर्ने, यो कुरामा होसियार का साथ् नेपाली भएर बिचार गर्न पर्ने देखें/

        मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 3

    • प्रेम अर्याल

      यो सबै भारतको चाल हो, आफ्ना विरोधीलाई जसरि पनि बोलि बन्द गर्न पर्छ भन्छ भारत्, यो भरत नेपाली त बहाना मात्रै हो, पाकिस्तान समर्थक दाउद इब्राहिम हो त्यसको बदलामा भारत् महारास्त्रका दादा बाबा साहेब थाकरे ले त्यसो भए हामीसंग पनि छोटा राजन छ, दाउद र छोटा राजनलाई अलग गराउनमा पनि भारतीयको नै भूमिका छ, जमिम साह को हत्या भारतले गरेकोमा दुबिधा नमाने हुन्छ, अब हेर्दै जानु हाम्रो निकम्बा सरकार यसरीनै चुप रहने हो भने भारतीय ज्यादती बिरुद्ध बोल्ने हरेक संचार कर्मीलाई एक एक गरि मार्ने छ, भरत नेपाली भन्नेको कुनै अतिबादी संगंथान र छोटा राजन बाट अलग भै काम गर्छन भन्ने कुरा को कुनै आधार छैन लेखकले भन्नु भएको छ ”खै के भएर हो” यदि यो जानकारी पनि भारतीय संचार माध्याम बाट लिएको हो भने त तिनीहरुले त्यो सहि जानकारी दिएनन्, यो कुरा बटार्ने खेल मात्रै हो र जमिम साह को हत्यामा भारतीय उच्च पदस्थ अधिकारीकै संलग्नमा भएको छ

      भारत् टुक्रेर १०० टुक्रा होस् भिखारी संख्या बढेर ५० करोड पुगोस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 2

      • madan bajracharya

        प्रेम जी
        को हुन् सक्छ जमिम लाई तप्काउने?
        भारत विरोधीलाई भारतीय जासुसले मार्छ कि भारतको गुण्डाले यति बुझे जमिम लाई कसले मारेको स्पस्तई बुझिन्छ/ जासुसको कुनै एक नाम हुँदैन एक परिचय हुँदैन/ एक रुप हुँदैन/ त्यो साधु भेषमा पनि आएर मार्न सक्छ गुण्डा को भेषमा पनि/ तर जस्लेमार्ण लगाएको भए पनि मार्ने त् अहिले नेपालमै छन् तिनीहरुलाई यो रस्र्कार्ले पकड्ने हो कि पकडेर पनि कसैलाई छोडे ज्हतो छोड्ने हो/ आखिर दुवै उस्तै प्रकृतिका अपराधीहरु हुन्/

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Santosh Dhakal

    सबै भारत को खेल | हत्या गरेको भारत ले हो |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 172 Thumb down 30

    • shreesh thapa

      अहो कस्तो रहस्यमय घटना हो छोटा राजनको दाहिने हात रे भरत नेपालीको समुहले जिम्मा लियो रे त्यसो भए अब यो अन्डर वर्ल्ड को हात उफ्फ्फ्फफ्फफ्फ्फ्फ़ अब यो घटना घताउनेलाई कसरि सजाय हुने असम्भब गल्लीको गुन्डालाई पक्रन त मुस्किल पर्छ अब यसलाई खोज्न कहाँ जाने काटमार को कमि नभएको ठाउमा पनि अन्डर वर्ल्ड को पनि संजाल शुरु हुन लाग्यो अब त टाउको समाएर बस्नु बाहेक अरु के गर्न सकिन्छ छ …

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 1

    • madan bajracharya

      संतोष जी
      तपाईंको आसंका पनि ठिक हुन् सक्छ तेस्तै जमिम लाई भारतलाई सपुर्दगी गर्ने झन्झट नगरी तप्काएको पनि हुन् सक्छ/ अब यसरि भारत बिरोधि भनेर तपकाए पछी भारत पनि मुसुक्क हास्ने अनि सपुर्दगी गरे कोमा नेपालीले बिरोध गर्ने झन्झट पनि नहुने/ फेरी अस्ति सिमा मिचे भन्दै गर्ने नेताहरु पनि तर्सिने/ तेस्तै उपाए नेपालको सिमा मिचेकोमा आँखा चिम्लिने चन्दाल चकौदिले निकालेको पनि नहोला भन्न सकिन्न/

      मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 2

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes