- दीपक अर्याल
जमीम शाहको हत्यापछि भारतीय र केही हदसम्म नेपाली मिडियामा प्रकाशित समाचार तथा जानकारीहरूले जमीम शाह मारिनुका पछाडि आपराधिक समूहको हात भएको र जमीम पनि “आपराधिक समूह”सँग सम्बन्धित रहेकोले मारिएको र मारिनु “केही हदसम्म जायज” पनि भएको कुरालाई अप्रत्यक्ष रूपमा पुष्टि गर्न खोजेका छन्। खासगरी भारतीय समाचार माध्यमहरूले जसरी समाचार तथा जानकारीहरू दिइरहेका छन् त्यसलाई हेर्ने हो भने उनीहरूले कुनै दिन भारतको हितमा काम गरेकाले छोटा राजन समूहलाई सत्ताको बागडोर सम्हाल्न दिनु पर्छ भनेर सम्पादकीय लेख्न पनि बेर लगाउँदैनन्।
भारतीय मिडियाहरूले भारती विरोधी कार्य गरेका कारण जमीम मारिनुलाई जसरी सही ठहर्याइरहेका छन् त्यसले श्रीलंका विरोधी वा तमिल विरोधी कार्य गरेको आरोपमा राजीव गान्धीलाई मार्ने लिट्टेको कामलाई पनि जायज ठहर्याइरहेको छ।
जमीमको सम्बन्ध यदि दाउद वा आपराधिक गिरोहसँग थियो भने जमीमलाई पक्रने वा मार्ने अधिकार नेपाली प्रहरीसँग मात्र हुनु पर्थ्यो तर त्यो अधिकार कुनै आपराधिक समूहलाई दिइएको छ र त्यसलाई समर्थन गरिएको छ। यसको अर्थ भारतको कुनै मान्छेलाई नेपाल विरोधी गतिविधि गर्यो भनेर भारतमा मार्दा नेपालीहरूले खुशी मनाउनु पर्ने भयो वा पाकिस्तान विरोधी कार्य गरेको भनेर कुनै आतंककारीहरूले भारतीय नेताको हत्या गर्यो भने पनि त्यो जायज नै मान्नु पर्ने भयो।
भारत विरोधी गतिविधि गरेका कारण जमीमको हत्या भएको भन्नेर राजन समूहको बयान, जमीममाथि आइ. एस. आइ.को एजेन्ट तथा दाउद इब्राहिमसँगको सम्बन्ध रहेको आरोप, छोटा राजन भारतीय सरकारी नियन्त्रणमा हुनु, भारतीय मिडियाले जमीम, मिर्जा र खासगरी मुसलमानहरूलाई आइ.एस. आई.को एजेन्ट तथा भारत विरोधीका रूपमा चित्रण गर्नु केवल संयोग मात्र हुन् वा वास्तविकतासँग नजिक छन् त्यो भोलिका दिनमा खुल्दै जालान्।
कसले कुन देशको विरूद्ध के गतिविधि गरिरहेको छ र के कारवाही गर्नु पर्छ भनेर अब सरकार होइन आतंकवादी सरगनाहरूले निर्क्योल निकाल्न पाउने भए र मान्छेहरू मार्न पाउने भए। भोलिका दिनमा नेपाली मिडियामा भारत वा चीनका गलत नीतिहरूका विरूद्धमा लेखिए भने भारत वा चीनका आपराधिक समूहले आफ्नो देशको विरूद्ध लेखेको वा गतिविधि गरेको भनेर नेपाली मिडियामा लेख्नेहरूलाई नेपालभित्र छिरेर मार्न पाउने भए। यस्तै काम नेपाल विरोध गर्नेहरूका लागि पनि सम्भव भयो।
भारतीय सरकारको नियन्त्रणमा रहेको कुनै आपराधिक गिरोहले भारत विरोधी काम गर्यो वा भारतीय नक्कली मुद्रा चलायो भनेर अर्को देशको नागरिकलाई उसको देशमा गएर मार्न सक्छ र त्यसका विषयमा भारतीय पक्ष मौन रहन्छ अनि मिडियाले सो कामको समर्थन गर्छ भने त्यसको अर्थ सरकार र आपराधिक समूहको मिलेमतोमा नै भारतको विपक्षमा काम गर्ने वा भारतको अनुकुल नचल्नेहरूको हत्या भएको हो भन्नलाई गाह्रो नपर्ला।
यदि जमीम साँच्चै नै गैरकानूनी वा आतङ्ककारी धन्दामा थिए वा उनले नेपालमा बसेर भारतविरोधी गतिविधि गरिरहेका थिए भने उनीलाई पक्रने र त्यो सम्भब नभएमा गोली हान्ने काम नेपाल प्रहरीले मात्र गर्न पाउँछ र पाउनु पर्छ। यदि कुनै युद्ध सरदारले आफ्नो देशको विरूद्ध काम गरेको आधारमा, आफ्नो जात वा क्षेत्रका विरूद्धमा काम गरेको आधारमा मान्छे मार्न पाउने हो र त्यसलाई रोक्ने भारत तथा नेपाल सरकार सक्षम नहुने हो भने त्यसले गम्भीर र भयानक परिणाम ल्याउनेछ। यस प्रकरणले त शीख विरोधी काम गरेको आरोपमा इन्दिरा गान्धीलाई मार्ने कामलाई पनि जायज ठहर्याएको छ।
जमीम आफै कुनै समूहसँग सम्बन्धित थिए वा थिएनन् त्यो खोजी हुनुपर्थ्यो र सोही अनुरूप नेपाल सरकारले कारवाही अगाडि बढाउनुपर्थ्यो। जमीम नेपाली नागरिक थिए र उनको सुरक्षाको जिम्मा नेपाल सरकारले लिनु पर्थ्यो। यदि कुनै खास धर्म वा सम्प्रदायमा जन्मिएको आधारमा उनलाई दाउद र आए.एस.आईसँग जोडिएको हो भने त्यो भारत र नेपाल दुवैका लागि दुर्भाग्य हो। मुसलमानहरूलाई स्वतन्त्रतापूर्वक बाँच्न र आफ्नो व्यवसाय गर्न नदिने भारतीय मिडिया तथा व्युरोक्रेसी र त्यसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सघाउने नेपाली राजनीतिक तथा प्रशासनिक संयन्त्रले नेपाली तथा भारतीय आम जनतालाई सुख र शान्तिसँग बाँच्न दिने छैन।
दाउद वा आई.एस.आई.सँग जमीमको सम्बन्ध रहेको विषयमा मिडियामा उठेका प्रसंगका विषयमा नेपाल सरकारले आफ्नो धारणा बेलैमा सार्वजनिक गर्नुपर्छ। यदि उनी कुनै आपराधिक समूहसँग जमीमको सम्बन्ध थियो नै भने पनि त्यसका विषयमा कारवाही गर्ने जिम्मा नेपाल सरकारले लिनु पर्थ्यो। यदि होइन उनी विशुद्ध व्यापारी थिए भने भारतीय मिडियाबाट भइरहेको प्रोपोगाण्डाका विषयमा सरकारले खण्डन गर्नुपर्छ। कुनै नेपालीलाई नभएको लाञ्छना र आरोप लगाइरहँदा पनि नेपाली सरकार किन चुप लागिरहेको छ, बुझ्न कठीन छ।
उता नेपाली सुरक्षा निकायले फेरि एकपल्ट ‘अन्तर्राष्ट्रिय आपराधिक समूह’को, संलग्नता औंल्याउँदै आफ्नो जिम्मेवारीलाई बिर्सनेछ वा छानविन प्रकरणलाई त्यसै छाडिदिनेछ। यदि यो प्रकरणलाई मिडियाले समाचार बनाउन छाडिदियो भने आफ्नो प्रहरी प्रशासनले आफ्नो अक्षमता ढाक्ने रणनीति अहिले देखि नै लिएको स्पष्ट देखिन्छ। यसको अघिल्लो उदाहरण मिर्जा दिलसाद वेग प्रकरण हो।
अर्को तर्फ भारत सरकार नियन्त्रित अपराधीबाट भारतका पक्षमा काम नगरेको वा भारत विरोधी काम गरेको आरोपमा अर्को मुलुकको नागरिकलाई उसकै देशमा गएर मारिन्छ भने त्यसका बारेमा भारतीय धारणा पनि आउनु पर्छ। विशेषगरी केही वर्ष अगाडि भारत सरकारले औपचारिक रूपमै नेपालको सरकारलाई एउटा पत्र लेखेर जमिम शाह आइ.एस.आइ. एजेण्ट हो र उसको सम्पत्ति र आय माथि छानविन हुनुपर्छ भनेको थियो। अहिले उनको हत्या हुनु, र ‘उनी भारतविरोधि गतिविधिमा संलग्न भएकाले मारिए’ भन्ने कुरा चलेपछि पनि भारत सरकारको मौनताले ‘षडयन्त्रको सिद्धान्तहरू’ लाई थप मलजल हालेको छ। के राजन समूह र भारत सरकार विच कार्यगत एकता त छैन भनेर प्रश्न गर्न मिल्ला?
मलाई लाग्छ, भारत विरोधी गतिविधि भएमा त्यसको नियन्त्रण गर्ने कार्य भारत सरकार र नेपाल सरकारले मिलेर गर्नु पर्छ। आफ्नो मुलुकको विरूद्धमा अपराध गरेको भन्दै अपराधमा संलग्न अर्को समूहको सहयोगमा अपराध नियन्त्रण गर्न खोज्नु मुर्खता बाहेक केही होइन। यसले दीर्घकालमा समग्र भारतको छविलाई असर पार्नेछ र आपराधिक समूहको पकडलाई मजबुत पार्नेछ।
deepakaryal@gmail.com
Related posts:










भारत संग बिरोध गर्ने यो सरकार को हति छैन
मन परे हरियो, नपरे रातोः
0
0
जमिमको हत्यामा भारतीय मिडियाहरू र हत्यारालेनै भारत विरोधी भन्नु र भारतीय राजदुतावासले यस विषयमा केही नबोल्नुमा उनीहरूको मैान समर्थन देखिन्छ । भारत विरोधी काम गर्दा भारत सरकारलार्इ चासो नहुने तर एउटा अपराधीक समुह जो अाफनै देशमा अपराधीक कृयाकलाप गर्छलार्इ चिन्ता लागेर हत्या नै गर्नुपर्ने ? भनेपछी यसमा जरूर षडयन्त्र देखिन्छ । मदन भन्डारी र अमर लामाको हत्यामा पनि यिनकै योजना हुनुपर्छ । YCL को सुरक्षा नहुने हो भने माअोवादी नेताहरूको पनि हत्या भइसक्थ्यो होला । नेपाली जनता चनाखो हुनुपर्ने बेला अाएको छ ।
मन परे हरियो, नपरे रातोः
1
0
मेरो सहमति छ त्यो लेख प्रति जसले जमिम को पक्ष्यमा लेखेको छ
मन परे हरियो, नपरे रातोः
0
0
तेसो भए नेपाल मै बसेर नेपाल र नेपाली को विरुद्ध काम गर्ने मान्छे लाइ चाइ के गर्ने नि ??? सुध !!
मन परे हरियो, नपरे रातोः
2
0
जमिम शाह फ़ाइभ स्टार होटेल मा नुहान जाने, अनेकौ तरुनि र रक्सि मा मोज गर्ने, ग्यानेन्द्र शाह र पारस शाह सग गहिरो सम्बन्ध र साथगाथ भयेका र उनिहरु सग मिलेर तस्कर गर्ने अरब पति सामन्ति ब्यक्ति हुन् तर आज नेपाल मा उनिप्रति उर्लेको समबेदना देख्दा हामि बास्तविक नेपालि को अवस्था प्रति दया लागेर आउछ
यो हिजो भारत बाट भागेर आयेको बिदेशि को यत्रो सम्मान?
मन परे हरियो, नपरे रातोः
4
2
किन आज हामि भारतको बिरोध गर्दा गर्दै दाउद इब्राहिम जस्तो कुख्यात तस्कर र हत्याराको समर्थन् मा लागेका छौ?
जमिम शाह ले भारतकै बिरोध मात्र गरेका ले मारियेका भये झन् शशक्त रुप ले भारतको बिरोध गर्ने अरु पनि थिये; अझ भन्ने हो भने त आज नेपाल मा भारतको बिरोध नगर्ने र नथुक्ने नै को होला
तर किन यिनि नै मारिये त्यो पनि अन्डरवर्ल्डकै मानिस मार्फ़त?अझ अचम्म को कुरो के भने नेपाल मा कति गरिब नेपालि कुटियेर, बलित्क्रित भयेर कति तड्पाइयेर भारतिय हरुले सिमा क्षेत्र मा मारिरहेका छन् तिनिहरु को कुनै वास्ता छैन तर यि जमिम शाह, जो भारत बाटै आयेका भगोडा हुन्, यिन्कै यत्रो गुण गान?
मन परे हरियो, नपरे रातोः
2
0
कतई यस्म पनि धमालको हातत छैन ?
मन परे हरियो, नपरे रातोः
6
1
अरुण जी
अरु लाई संका गरिरहने पर्दैन, धमलाको के तागत नेपालमा बसेर नेपाली मार्नु बरु उसका मतियारको महाप्रभु हरुले नकली गुण्डा सिर्जना गरेर मारेको हुन् सक्ने आधारहरु थुप्रै छन्/ हामीमाथि भारतीय सराकरी सेना ले होयिन अब भारतिय गुण्डाहरुले आक्रमण गरि रहेको छ/ समय ले हामीलाई अब पनि सुत्ने भन्दै छ अरुण जी/
मन परे हरियो, नपरे रातोः
0
0
मदन भण्डारी को गाडी चालक अमर लामा लाइ काठ्मंडुको बीच सडकमा येसरी नै गोलि हानि हत्या गरिएको थियो, त्यो हत्या र यो उस्तै उस्तै छ . अमर लामा लाइ मारेको पनि पक्कै इंडिया ले नै हो
मन परे हरियो, नपरे रातोः
7
0
धेरै राम्रो Analysis गर्नु भयो दीपक दाई…अब नेपालमा दुख मिहिनेत गरेर सफल भयो भने कि आइ एस आइ, कि सी आइ ए को Agent bhanichha…..
मन परे हरियो, नपरे रातोः
4
1
कानुन नभएको देस मा के कानुन को कुरा गर्नु र | हाम्रो देसमा अपराधी लाइ करबि हुने भएको भए किन एस्तो दिन देख्नु पर्दथियो र | मन्त्रीले जिल़ा प्रमुख लाइ पिट्द त् के हि नहुने देस मा विचार जमिन लाइ मार्नेलाई के गरबाई हुने कल्पना पनि नगरौ मिंत्रहरु हो | सतिले सरापेको देस मा येस्तई येस्तई हुन्छन र भैरहंछान पनि |
आफनो सुरछा आफै गरौ मित्र हरु हो |
मन परे हरियो, नपरे रातोः
5
0
नेपाल – भारत के कलोनी हे, भनेर अब भारतीय पत्र पत्रिकामा लेखे पनि हुन्छ.
नेपाली नेताहरुमा त्यो भने पनि बिरोध गर्नी हुति छैन.
बाजी ठोकौ!!!
मन परे हरियो, नपरे रातोः
5
0
दीपकजीको कुरा सही छ । जसरी भारतीय र नेपाली मिडियामा जमीम शाहको हत्याको बारेमा कुरा उठिरहेको छ, त्यसले जमीम शाहको हत्यालाई ‘सही’ ठहर्याइरहेको पाइन्छ, जुन एकदमै निन्दनीय छ । यस्तै हो भने दीपकजीले भन्नुभए जस्तै राजीव गान्धी, इन्दिरा गान्धीलगायत अन्य हत्यालाई पनि सही मान्नुपर्ने हुन्छ ।
जमीम शाहको हत्यासँगै केही प्रश्नहरू उठेका पनि छन् । नेपाललाई सुपुर्दगी सन्धी गर्न दबाब भारतीय दबाब आउनु, नेपालका गृहमन्त्री भारत भ्रमण सकिने बित्तिकै तीनवटै सुरक्षा निकायका प्रमुखलाई साथमा लिएर चीन भ्रमणमा जानु र जमीमको हत्या हुनु संयोग मात्रै हुनसक्छ ? के तीनवटै सुरक्षा प्रमुखलाई साथै लिएर जानुपर्ने आवश्यता थियो ? भारतीय र नेपाली मिडियामा भारत सरकारसँग यो हत्याको प्रसंग जोडिँदासमेत भारत सरकारलबाट कुनै प्रतिक्रिया नआउनु हत्यामा भारत सरकारको हात छ भन्ने मौन स्वीकृति त होइन ? जमीम डन नै भएपनि उनीहरूबीचको मनमुटाव वा लेनदेनका कारण मार्नु वा मारिनुलाई स्वाभाविक मान्न सकिन्छ । तर एउटा डन, जसले भारतमा आतंक मच्चाएर भारतीयहरूको निद हराम गरिरहेको छ, त्यस्ता डनले भारतविरुद्ध काम गरेको भन्दै जमीमको हत्या गरेको भन्ने ‘हल्ला’लाई सही मान्न सकिन्छ ? यो त अति नै हाँस्याष्पद कुरा होइन र ?
जमीमको उद्योग/व्यापारको स्रोत दाउद हो भन्ने भारतको आरोपलाई खण्डन गर्दै जमीमले भन्ने गरेजस्तै कहाँबाट कति ऋण लिएको भन्ने कुराको प्रमाण देखाउन सक्नुपर्थ्यो । अब उनका परिवार वा अंशियारहरूले यो कुरा प्रमाणित गर्नुपर्छ । अन्यथा उनी दोषी नै ठहरिनेछन् । सरकारमा पनि टट्टुहरूको हालीमुहाली भएको अहिलेको अवस्थामा प्रहरी प्रशासनबाट कुनै आशा गर्न सकिने अवस्था छैन । यस काण्डको छानबिन गर्न बनाइएका आयोग र समितिको काम भनेको जनताको मुखमा बुजो हाल्नुमात्र हो भन्ने कुरा थाहा भएकै विषय हो । मिडियाबाट पनि के आशा गर्नु ! अधिकांशको आम्दानीको स्रोत भारतीय विज्ञापन नै हो, प्रमुख विडम्बना यही छ !!! शायद जमीम शाह अपवादमा परेका हुन् ।
जे होस्, यस्ता घटनाबाट कोही पनि विचलित हुनुहुँदैन ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
3
अग्री विथ यू.
पुष्प जी को यो चाही मनपर्ने आयो है, येस्तई होस् सदै,
जय नेपाल.
मन परे हरियो, नपरे रातोः
8
1
पुष्प जी
तपाईं को प्रतिक्रया को तेस्रो हरफ मा “अन्यथा उनि दोशिनै हुने छ” भन्नु भएकोमा तपाईंले पुन सोच्नु हुन्छ कि?
जमिम लाई २००४मा भारतले दाऊद्को मानिसह र भारत बिरोधि भएको ले कार्य वाहि गर्न नेपाल सरकारले लाई लिखित निर्देशन दिएको बेला जमिम माथि धेरै छान बिन भएको थियो पुष्प जी/ जमिमको संचार ब्यबशायेले सरकारी स्वीकृति पाउन त्यो ब्यब्शाये को सबै विवरण सरकारलाई बुझाएको मा तृती भएको भए उसलाई त्यो ब्यबशाये संचालन गर्न रोक्न खोजेको सरकारले स्वीकृति दिन बाध्य हुनेनै थिएन/
अहिले मूल कुरा जमिम कुन अपराधि सिट संलग्न थिए भन्ने कुराको केहि माने छैन/ माने छ त् तेस्लाई भारतीय गुण्डाले भारत बिरोधि भएकोले मारेको भन्ने कुरा छ/ जमिम मारेको घटना भित्र लुकेको अरास्ट्रबादी तथ्य लाई धुमिल पार्न जमिम डन थिए भनि हौवा पिटिरहेको हो/ जमिम डन थिए भन्ने हरु को को हुन् भनि रहन जरुरि छैनन्/
मन परे हरियो, नपरे रातोः
2
3
यो त एउटा उदारण मात्र हो बार्षिक रुपमा कति नेपाली भारतका कुना काप्चामा अकाल मै मरेका छन् तिनको कुनै लेखाजोखा नै छैन । भारतिय र पाकिस्तानिहरुको सधियौ पुरानो दुस्मनि छ यहि दुस्मनीले गर्दा निर्दोस नेपालीले अनाहकमा ज्यान गमाउनु परिरहेको छ ।
जे भए पनि सार्वभौम सम्पन्न नेपालको भुमिमा प्रवेस गरेर हत्या गर्नु भनेको हामी सबै नेपालीको मान मर्दन गर्नु हो।
बेला अझै छ हामी एक हौ।
बेला अझै छ भारतिय बिस्तावाद को बिरोध गरौ।
बेला अझै छ राष्ट्रिय बिखण्डनको राजनीति नगरौ।
बेला अझै छ नेपालको स्वाधिनता जोगाउ।
बेला अझै छ नेपालमा नेपाली भएर बसौ।
बेला अझै छ नेपाल आमालाई सक्षम बनाऔ।
बेला अझै छ माटोको लागि पसिना बगाउ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
0
बुढी मात्र मरेको हैन यो काल पनि पल्कियाको हो. सबैलाई चेतना भया …………….
मन परे हरियो, नपरे रातोः
8
0
जामिम शाह को हत्या मा धेरै रहस्य लुकेको छ , भीम रावल इंडिया पछि , चीन गयो . लाग्छ औने दिन मा केही न केही हुने बाला छ , लाग्छ ठुलो गेम नै भाई रहेको छ , हेर्दै जाऊ
मन परे हरियो, नपरे रातोः
5
0
साथीहरु के बुझौँ भने यो जमिमको हत्या कुनै अपराधिक समुह आई गरेको नभई भारतीय दुताबासबाटनै प्रशिक्षित र खठित ले गरेको हो यी कुराहरु त भारतीय संचार माध्यमबाट नै प्रष्ट भै सकेको छ .
यदि तेसो होइन भने जसरि पाकिस्तानले दाउद प्रयोग गरि विभिन्न अपराध गराउंदै छ (भारतको भनाइ अनुसार ) तेसरीनै यो छोटा राजन भन्ने लाई पालेर र प्रयोग गरेर भारतले पनि विभिन्न मुलुकमा अपराध गराउंदै छ . तेसैले नेपालको प्राय ठुला पार्टी भनेका भारतीयका कठपुतली जस्तै भएका छन् यिनीहरुले यो घटना तेसै सामसुम पार्छन केहि हुने वाला छैन .
यो संसारमा आतंकारी पैदा गर्ने पहिलो अमेरिका हो र दोश्रो भारत हो किनकि यिनीहरुले अरु मुलुकलाई हेप्ने, पेल्ने र आफ्नो शक्ति ध्वांश देखाई चिढ्याउने गर्छन तेसैले पिडित पक्ष्य प्रतक्ष्य लड्न नसकी गुरिल्लायुद्द गरेका र यिनीहरुको नजरमा आतंककारी बनेका हुन् .
यस्तै गरि नेपालमा माओबादीको १४००० नेपालीको हत्त्याको राजनीति र अहिले पनि भारतको सहयोगमानै विभिन्न अपराधिक क्रियाकलाप भैरहेका छन्. यो जमिम हत्याकाण्ड पनि तेसैको परिणाम हो .
मन परे हरियो, नपरे रातोः
9
1
प्रस्न हरुले भरिएको हाम्रो देस जबाफ पाउन नसकेको हाम्रो देस जसले जे भने पनि आखा नहेरी हिड्ने देस शान्ति केहो ?बिकास के हो? थाहा नभएको देस बिगार्न त अतिनै बिगारे नि देस आज बाहिरी अपराधी ले पनि लुट्नु थाल्यो रे हार्मो देस !!!!!!!!!!!!!!!!!!!!! किन चुप चाप..???????????????..आज हामीले नेता गुमाउदा कुनै पश्चताप मान्ने थियौना होला तर यो देस मा केहि गर्छु भन्नेको हत्या हुदै छ ?गर्नेहरुको पहिचान अलग धार छ यो नगर्ने हरु को विसंगति हरुले देसमा बर्बादी हरु शुरु गरि रहेको छ तर कुनै नेताको भरोसा छैन खोकना सके खोक खोकना नसके जिउदो मृत बनेर कुर्सीमा नबस !!!!!!!!!!!!!!!!!!!!!!!बेकार छ है नेता जी हरु यो देस मा कुर्लनु !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
6
0
एक सर्वभौमसम्पन्न भनिएको राष्ट्रका एक प्रमुख संचार ब्यबशायीको हत्या गराएर “ईन्डिया विरोधी” लाई यसरी नै तह लगाउने बकाइ आउदासम्म यो सरकार किन बोल्दैन?
ईन्डिया विरोधी चित्रण गरिएका त प्रचन्ड – बाबुराम, माओबादी अनी अधिकान्श नेपालीहरु पनि हुन, के त्यसो भये यी सबै विरोधीहरुको यस्तै हबिगत हुने हो त?
यति नै बेला, ईन्डियाबाट भिखको ओहिरो आएको छ। एकातिर ईन्डिया विरोधी भनाइएकाहरुलाई देश भित्रै घुसेर सरेआम मार्दै जाने, अर्को तिर भिखको ओहिरो खन्याउने – वाह वाह ईन्डिया! यसरी नै विश्व शक्ति हुने भईस!! हैन, त्यो भिख कहा जान्छ ह? त्यो भिख किन दीएको हो नेपालका नाममा?
आज एउटा जमिम शाहलाई मार्न दियो, यती भिख आयो। भोली प्रचन्डलाई मार्न दिउ, अर्को भिख आउछ। त्यस्ले त मेरो सात पुस्तालाई पुग्छ भनेर कतै लप्किएको त छैन लुक्चो, नकचरो, लाचार माकुने र जमात? जमिम शाहका दाजुको बयानले पनि हत्या हुनुमा ईन्डियाको स्वार्थ रहेको प्रस्टिदै छ, अब मालिकको षड्यन्त्र नकचरो नोकर माकुनेले खोल्ने हिम्मत राख्ला त?
त्यसैले, किन सरकार बोल्छ त? बोल्न सक्ने हिम्मत हुनु परो नि! कोही बोल्छ आफ्नै अन्नदाताका विरुध्ह??
बरु एअर मार्शल नै राख्न दिने कि? त्यसो गर्दा त अझ खुल्लम खुल्ला मन लागे जस्लाई पनि बर्दिधारीहरुले नै मारेर जान पाउने भये! हत्यारा कतै लुक्नै परेन!! अनी भिखको अर्को गतिलो बिटो पनि पक्का नै छ!!!???
अक्षय परियार
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
1
तेज प्रशाद जी र अछ्यय जी
तपाईं हरु बात अभिव्यक्त भएको दुई बाकी “हमारा दाना पानि खाता है” र भिख को वोयिरो बडो” गहकिलो छ/
भारत हातमा दाना लिएर त् आउँछ तर नेता भोजनको लागि मात्र हुन्छ/ तेती नेताभोजन गर्न दिए बात आउने पिढी सम्म बाढी र भोक ले पिल्सिनु पर्ने गरि नदीहरु लुटेर जान्छ/ अब भिख कै कुरा गर्ने हो भने अस्ति आफैले कोसीको मर्मत समय मा नगरेर आफैले कोसीको बाँध सबै थुनेर नेपालको लाखौँ जनतालाई डुबानमा पारेर करोडौं को भिख दिए/ यो भिख दिने भन्दा यो भिख स्वीकार्ने कस्ता अरास्त्रिये तत्वो हुन्/ भारतको आफै कङ्गाल छ उसले नेपाल लाई के दान दिन्छ, के भिख दिन्छ ? आफै नेपाल माथि घाउ माथि घाउ पार्ने अनि दुई कौडीको मल्हम लगाउन आउँछ/
बास्त्विक्मा भारत बिस्वोमै कङ्गाल मुलुक हो/ उसका मुम्बई दिल्ली हेरेर हुन्छ र ? भारतमा जति भोका नांगा कङ्गाल हरु बिस्वोको कुन मुलुकमा छ? भारतको अरब नाघेको जनतालाई उसको तेत्रो भारतले बिहान एक छाक खान पुग्ने अन्न उब्जाउँ पनि नेपालको पानि लुट्न पर्छ तेस्लाई/
यो हेर्दा भारत भन्दा त् के दुनियाको कुन मुलुक भन्दा नेपाल कम छ के मा कम छ? यति सानो मुलुक तर जल श्रोतमा बिस्वोमा दोस्रो छ/ कसले भनेको नेपालमा पेट्रोल को खानि छैन भनि छन् तर भारत नेपालमा पेट्रोलियम प्रसोधन गर्ने योजना बनाउन दिंदैन/ प्रमाण उहिले मरिचमान को पालामा पेट्रोलियम उत्खनन गरिन खोज्दा त्यो उत्खनन गर्ने सामानहरु कलकता बन्दरगाह बात आउन दिन नमानेको सम्झिए पुग्छ/ मरिचमान को पालामा सुरु भएको पेट्रोलियम उत्खनन को काम जनान्दोलन पछी कसले किन रोके भनि समाचारमा पनि आएनन/ उत्खनन गर्न खनिएका तेल कुवा हरु रातो रात पुरिए किन? अब १९९९मा अमेरिकाको तेल कम्पनि ले नेपालगन्जमा पेट्रोलको ठुलो खानि भएको पट्टा लगाए उत्पादन गर्ने ठेक्का पनि पाए/ तर भारतले त्यो काम गर्न बात रोके/ नेपाल सरकार चुप/ विवरण हेर्न चाहनु हुन्छ भने गुगल मा the oil factor: texanaa in nepal वेब site हेर्नुस आँखामा आँसु आउने छ सबैको/
हाम्रो नेपाल सानो छ तर सम्पन्न छ/ यति सानी नेपाल भित्र भारत बात आएका करोडौं आप्रबासिहरु पेट भरि खाई बसेका छन्/ नेपालको खेति योग्य भुमि मा सिचायिको बन्दोबस्त गर्न सकेको भए नेपाल खाद्यान्न निर्यात गर्न सक्ने देस हुन् सक्ने थियो/ तर के गर्ने कुलान्गार नेताहरुले एक एक गरि हाम्रा सबै नदीहरु भारत लाई दान दिएको मात्रै होयिन नेपाल भित्र ती दान दिएको नदीहरु र तेस्का सहायेक नदीहरु बात समेत कुनै ठुलो सिचाई योजना गर्न नसक्ने बनाए/ तेस्ता नेताहरु कोहि मरेर गई सके कोहि अझै जिउँदा छन् र अझै अरु नदीहरु भारत लाई दिन खोज्दैछ/ के गर्ने अब ती नेताहरु लाई?
भारत उसका छिमेकी मुलुकमा असान्ती चाहन्छ/ श्री लंकाको तमिल काण्ड अहिले हाम्रो मधेश काण्ड सिट हराएक हिसाबले उस्तै छ/ श्री लंकामा पनि भारत बात गएका ३०लाख् भारतीय आप्र्बशिहरुले श्री लंका मा एक तमिल स्थापना गर्न खोजे/ श्री लंका टुक्राउने तुकदिलाई भारतले हतियार दिए समर्थन दिए प्रशाये दिए/ तेस्तै काम अहिले तराईमा तेस्तै बिहारी आप्रबाशिहरुले गर्दै छ/ श्री लंकामा भारत असफल भयो/ श्री लंकामा रास्ट्र्बादी सरकारले तेस्ता तमिल हरुलाई बार्ता बाट समाधान नभए पछी सबै रास्ट्र बिखण्डनकारी हरुलाई खतम गरि दिए/ तर नेपालमा रास्ट्र्बादी सरकारनै छैन त् भारत सफल हुँदै छ/
नेपाल मा एक मधेश राज्य बनेको भोलि पल्ट नेपाल र अहिलेको भारतको बिचमा एउटा अर्को भुटान को जन्म हुन्छ/ तराईको हराएक रास्त्रिये स्रोतमा भारतीय याकधिकार भएको सम्झौता हुन्छ/ यति गर्न गराउन भारतले तराईमा बितान्दना मचाउने हरु खटन पटन गर्दै आएको हो/ एसको प्रमाण को निमित उहिले मरिच मान को पालामा भारतले मरिचमान लाई नेपाल ले भारत सिट भुटान ले गरेकै जस्तो सन्धि गरे आन्दोलन रोकिने प्रस्ताव पठाएको कुरा सार्वजनिक भएको थियो/ यस्तै कुरा अस्ति भारतीय अधिकारीहरुको नेपाल भ्रमण मा भारत सिट नेपालले भुटान ले जस्ती सन्धि गर्नु पर्ने भने/ अब यो भन्दा ठुलो प्रमाण चाहिन्छ भने डिसेम्बर २००७ मा गिरिजाले बि बि सी सिट को अन्तर्वार्तामा मधेश को समस्या भारत सिट कुरा मिले एक मिनेटमा समाधान हुन्छ भने बात आज नेपालको समस्या भारतले नै खडा गरेको हो भनि प्रधान मन्त्रि जस्तो पदमा रहेको र देसको सबै भन्दा ठुलो राजनैतिक इतिहास बोकेको पार्टीको नेताले भने बात पुस्टि हुन्छ/
जनताले भारतको नियेत बुझ्दै आए, भारत सिट safe distanace मा रहनु पर्ने असमान सन्धि हरु खारिज गर्नु पर्ने कुरा आज मात्र होयिन धेरै अघि देखि उठाउँदै आएको थिए/ यहि कुरा गरेकोमा तेतिबेलाको पर्रस्त्र्मंत्री डाक्टर हर्ख बहादुर गुरुङ को पद गए/ तेस्तै सुझाव टोनी हेगन ले दिएका थिए/ अहिले पनि तेस्तै आवाज सिमा बिसेसग्यहरु गर्दै छन्/ तर सरकार भारतको दलाल बाजिमै व्यस्त छन्/ सके एस्तो आवाज भारतले होयिन हाम्रै सरकार दवाउन चाहन्छ/
आखिर तत्काल भारत के चाहन्छ? यो कुरा बुझ्नु जरुरि छ/ भारत तराईमा लगभग ३०० मिटर अग्लो बिस्वोमा अग्लो जलाशाये बनाउन चाहन्छ/ २००४मा नै यो योजना को निमित भारतले सबै निर्णय गरि सके/ नेपालको तराईमा तेत्रो योजना बनाउन भारतले औपचारिक प्रस्ताव समेत गर्न चाहेनन्/ बरु तराईमा उसका पिठ्ठु हरुको आत्म निर्णय गर्न सक्ने मधेसी राज माग गर्न लगाएर उनिहरुलाई भारत सिट सन्धि गर्न सक्ने अधिकार माग गर्न लगाए/ तेस्तै गरि भारत उसको भारत भिते यक रास्त्रिये नहर बनौन्दै छ त्यो नहरमा नेपाल बात बगी आएको सबै नदि हरु मिलाएर भारत भरि पानि वितरण गर्ने योजना बनाए/ बंगलादेस ले नेपाल लाई त्यो काम मा सन्धि नगर्न भने/ भारतको अरब नाघेको जनतालाई अन्न पानि को ब्यबस्था गर्न तीदुयी योजना बनाएर नेपाल उसलाई कसै गरि लुट्नु छ/ तर त्यो योजनामा सहि गर्न कुन सरकारले सक्छ? नेपाली जनताले अब कुनै नदि भारत लाई दिने हिम्मत कुनै अर्को अरास्त्रिये नेताले गरे तेस्लाई रत्न पार्क मा झुन्ड्याउने भएको ले नै अहिले ती बिकेका नेताहरु समेत एक मधेश बादी हरु उठाउन लगाएको तिनीहरुको एक मधेश राज बनाउने कुरा मा सहमति गर्दै आएको हो/
अब माथि उल्लेखित कुरा पनि तेती सहज त् छैनन्/ संबिधान सभामा जनताले चुनेका सांसदहरु ले एक मतमा बिरोध गरे भने मधेस लाई मात्र तेत्रो अधिकार दिएर अर्को भुटान बन्ने राज्य बन्न नसक्ने पक्कै छ/ तेसैले छलकपट पुर्बक समानुपातिक कोटा भनेर दलहरु बात चुनेको भन्दा बढी संख्यामा मनोनित सांसद हरुको भिड संबिधान सभामा मनोनित गरेको छ/ यो मनोनित गर्न सक्ने ब्यबस्था भित्र ठुलो षड्येंत्र छ/ यो मनोनित गरेका भिडले दलहरुको निर्देशन अनुशार एक मधेश राज्य बनाउन समर्थन मा भोट दिएर एक मधेश बनाउन नदिने चुनिने सांसदहरुको बिरोध भोटलाई निस्तेज गर्ने छ/ यो मनोनितले भोट दिन पाउने भनेको त् प्रजातन्त्र को उपहास गरेको मात्रै होयिन हाम्रो संबिधान सभालाई भेडा बाखा जस्तै किन्न बिक्न सक्ने नभए काटिन सक्ने थलो बनाएको छ/
जनता एक मधेश राज्य को बिरोध गर्दै छ/ साँच्चै भानु भने तराई भित्र पनि एक मधेश राज्य को बिरोध हुँदै छ/ थारु हरुले अस्ति सम्म बिरोध गर्दै थिए तर अचानक रहस्यमय ढंग ले एक रातमा उनीहरु पनि बिकिये/ भारत कसै गरि पनि नेपालको तराईमा भुटान जस्तै एक मधेश राज्य बनाउन खोज्दै छ/ तर भारत लाई यो काम गर्नु छ गर्नु छ तर जनमत भड्कि रहेको छ तेस्लाई तर्साउन दवाउन भारत लाई समस्या भई रहेको छ/ आफै सेना लिएर तर्साउन आउन हुने भए त्यो पनि गर्न भारत पछी हट्ने थिएन/ तेसैले अब भागवत कुमार सिम जस्ता भारतीय गुण्डाहरु भगत नेपाल नाम राख्दै नेपालमा भारत बिरोधि हरु मार्न आउंदै छ/
अब संबिधान जारि गर्ने समय नाजिकन्दै छ एक मधेश विरोधीलाई तर्साउनु छ तेसैले गुण्डा लगाएर जमिम मारे/ जमिम भारत बिरोधिनै भए पनि यौटा सानो माछा मात्रै हुन्/ अहिले भारत बिरोध गरे कति बिरोध हुन्छ बा तेस्बात भारत बिरोधि हरु कति तर्सिने छ भनि बुझ्न अहिले सानो माछा मारे/ अब ठुला माछाहरु पनि मारिने छन् बा जालमा पार्न खोज्ने छन्/ ठुला माछाका भुराहरु भारतको स्कुल कलेजमा पढ्छन; के तिनीहरुका बुबा मुमाले भारतको बिरोध गरे तिनीहरु को अपहरण हत्या नहोला? तर के नेपाली जनता र रास्ट्र्बादी नेताहरु तर्सिनेट अब? भारतलाई थालीमा सजाएर नेपाल भोजन गराउने अब?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
मदन जी,
तपाईंको तर्कसँग म १००% सहमत् छु। नेपाल विश्वको एक सम्पन्न राष्ट्र हुने छमता हुँदा हुँदै पनि घर भित्रकै डाँकाहरुकै कारण आज अस्तित्व विहिन अवस्था हुँदै छ। उफ्फ.. भिखारीबाट समेत भिख मागेर बाच्नु पर्ने भएको छ!!
अझै आँखा नखुलेकाहरुले “रुख को सेपमा बालि सप्रदैन” भन्ने कुरा बुझ्न जरुरी छ। बाली सप्रनलाई छाया पार्ने त्यो रुखको हाङाबिङा काटिनु पर्छ-पर्छ।
त्यो पनि टाढा नहोला। अहिले नै जनतामा यस्तो आक्रोस छ कि बाटोमा गाडीले छोयो मात्रै भने त गाडी नै जलाई दिन्छन। अब कसैले राष्ट्रघाती सन्धि गरोस् त – जनताले भोली पल्ट तिनको चिहान बनाउछन। अब चैत पनि लाग्दैछ – यस्तै खडेरीमा ठुल्ठुला घटना नेपालमा भएका छन – बस एउटा आगोको झिल्का मात्रै चाहिएको छ, ईन्डिया पक्षधर र तिनका नोकर चाकर सबैलाई खरानी बनाउन काफी छ।
अक्षय परियार
मन परे हरियो, नपरे रातोः
7
0
मदन जी, अक्षय जी,
१००% सहमत छु तपाईहरुको विचार सित / मैले पहिले नै येही ब्लगमा भनेको छु कि अब हुनत हुन्छ तर के हुन्छ तर छिट्टै हुन्छ भनेर / हरेक कुराको एउटा सिमा हुन्छ / भरिए पछी हरेक चिज पोखिनै पर्छ /
मन परे हरियो, नपरे रातोः
1
0
भारत सरकारको नेपाल प्रतिको ब्यबहार कुनै आतंककारिको भन्दा कम छैन / फरक येत्ति छ कि यो श्वेत आतंक मात्र हो / नेपाली दलाल राजनेताको पृष्टपोषण किन गरिरहन्छ त भारतले भन्ने कुरोको चुरो येही फसेको छ / नेपाली मुसलमान भाइ हरुलाई आइ. एस. आइ. को एजेन्ट तथा दाउद इब्राहिमसँगको सम्बन्ध होस् कि अलकायेदा, तालिबान इत्यादिको ट्याग भिराएर नेपाल सरकार बाटै कारबाही होस् ताकी नेपाल पनि चाडै नै अफगानिस्तान बनोस भन्ने भारतको चाहना छ कि भन्ने तर्फ पनि इंगित गर्छ यो हत्याक्रमले / कुनै बेला सानो कुराको बिरोध गर्दा ” साला नेपाली लोग, हमारा दानापानी खाता है, हमारा बिरोध करता है ” भन्ने मुख भरिको जवाब मैले नै खाएको छु / नेपाल प्रहरीको त ते कुरा गर्ने हो र ? साधारण जनता लाइ दुख दिने काम मा नोबेल पुरस्कार हुनेथियो भने नेपाल प्रहरीले नै पाउथे होला /तर नाकै मुनिबाट हत्या जस्तो जघन्य अपराध गरेर भाग्दा सम्म मुकदर्सक बनेर रमिता हेर्नु बाहेक केहि गर्न सक्दैन / हुन त त्यो एरियामा जे भए पनि कुनै एक्शन न लिनु भन्ने माथिको आदेश नै रहेछ कि भन्ने अनुमान गर्न पनि सकिन्छ / अपराधिक समुहको क्रियाकलाप नै रहेछ यो भने पनि एसको समाधान लेखक ज्यु ले गहकिला तर्क सहित प्रस्तुत गर्नु भएको छ / भारतीय मिडिया प्रति भारतको मौन स्वीकृतिले यो हत्यामा भारत सरकारको पनि कार्यगत एकता छ भन्ने कुरा तर्फ इंगित गरेको छ / यो भारतीय चलखेलको अर्को नया उदाहरण हो / अब पनि नेपाल सरकार र भारत सरकार ले एस्ता सम्बेदनशील बिषयमा गहिरिएर नसोच्ने र एउटा स्पस्ट नीति नबनाउने हो भने लेखक ज्यु ले भने झैँ नेपाल बिरोधि गतिबिधि गर्ने कुनै भारतीय व्यक्ति लाइ भारतमै गएर कुनै राष्ट्रप्रेमी नेपालीले न पड्काउला भन्न सकिन्न / अनि सुरुहुन्छ सामाजिक, साम्प्रदायिक, र जातीय दंगा, बग्नेछ खोला रगतको / ये लाटा, बहिरा र अन्धा राजनेताहो खोल पट्टि आखाको, धेरै भो भारत भक्ति, नुनको सोझो गर्नलाई आफ्नै दाजुभाइको छातीमा बिदेसिले गोलि ठोक्दा पनि चुप लाग्ने ? आफ्नै चेलीबेटीको बलात्कार हुदा चुप लाग्ने ? सिमाना मिच्दा मिचेछैन भन्ने ? अतिक्रमित भूमिका नेपाली लाइ बूट ले गोद्दा भारत बिरोधि गतिबिधि गर्ने लाइ ठिक पर्यो भन्ने ? खोइ तिमीहरुको रास्त्रियता ? खोइ तिमीहरुले भासणमा भनेको देशप्रेम ? के तिमीहरुको त्यो प्रतिबद्दता नभएर केवल भुकाइ थियो? भोलि तिमीहरु पानि नेपाल बिरोधि गतिबिधि गर्नेहरुको “ब्ल्याक लिस्ट “मा पर्न सक्नेछौ / राष्ट्रप्रेमी नेपाली ले सुरुवात तिम्रै छाती बाट सुरु नगर्लान भन्ने स्थिति छ? जवाब छ मेरो (हाम्रो)प्रस्नहरुको ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
जमिम लाई ‘छोरी कुटेर बुहारी तर्साउने नीति अन्तर्गत मारेको हो अरु केहि पनि होयिन/ बुहारी लाई हात हाले छोरा भड्किने भएमा सासु ससुरोले छोरी कुट्छ/ अहिले प्रचंद्र लगाएत जनता समेत बात भारत को सिमा मिचाई र नेपालको राज नीतिमा भारतको हेपाह नीति लादेकोमा चर्को बिरोध हुँदै गएकोमा जमिम लाई भारत बिरोधि भएर मारेको भनि एउटा गुण्डाको नाम मा नेपाली लाई भारत बिरोध मा न लाग्न धम्काएको मात्रै हो/
जमिम अपराधि थिएनन् भनेर प्रधान मन्त्रि मन्त्रि लगाएत जमिम को घरमा गएर जमिम मार्ने अपराधि हरुलाई सजाए गर्ने भन्दै गरेको बात भनेर प्रमाणित हुन्छ/
जमिम मात्र एउटा मुसलमान भएको र भारत समर्थित नभएकोले मारिए/ अब कति मारिने हुन् त् भारतको बिरोध गर्ने नेपाली हरु/ नेपाली मुसलमान बात सुरु भएको भारत बिरोधि हत्या अब नेपाल को प्रत्यक जात को अदना से अदना नागरिक देखि राज नेताहरु पनि भारत बिरोधि भएकी भारतीय सेना आएर नमारे पनि भारत भित्रको गुण्डा(???) आएर मार्न सकिने भयो/
के अब डराएर बस्ने त् नेपाली? सिमा मिच्न आउने लाई खसी काटेर भोज ख्वाउने कि? नेपालमा आएर बलात्कार गर्न आउने भारतियेहरुलाई अब मेरो अर्को छोरी बहिनि अझै तरुनी राम्री छन् उसलाई बलातकार गरिबक्सने कि भनि सोध्ने कि? चुनावमा जो जिते पनि हजुर हरुलाई कुन प्रधान मन्त्रि बनाए मन पर्छ भनि दिल्लीमा सोध्न जाने कि?
अहिलेकै जमिम हत्या काण्ड को जिम्मेवारी लिनेले भारत बिरोधि भएको ले मारेको भन्ने अभिव्यक्ति आफैमा हास्यास्पद छैन? यौटा अपराधीले आज सम्म संसारको कुन थाहुन्मा कुनै देसको बिरोधि भए भनेर मान्छे मारेको छ? रकम असुल्न मार्छ, धन्दामा प्रतिस्पर्धा गर्ने लाई मार्छ तर भारत बिरोधि भएर मार्ने??? यो कुराले नै जताउन्छ कि बास्तविक हत्यारा गुण्डा त् हो नै तर सकली गुण्डा होयिन सरकारी गुण्डा हुनु पर्छ त्यो/ कुन सरकारको गुण्डा हो त्यो समय ले बताउने छ/
जमिम “छोरी कुटेर बुहारी तर्साउने” नीति अनतर्गत हत्या भएकोमा आसंका गर्नु पर्दैन/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
2
“मुखमा राम राम, बगलीमा छुरा”
भारतीय चरित्रको उदांगो रुप हो यो, आफुलाई संसारको महान प्रजातान्त्रिक देश, उदार देश , आतंककारी बिरोधि देश भनेर कहिले पनि नथाक्ने भारत् आतंकारी अपराधिहरुसंग सहकार्य पनि गर्छ यसैको एउटा नमुना हो यो/
हुनत यो घाम जस्तै छर्लंग छ तर पनि यहि कुरो आधिकारिक रुपले कुरो उठाउनु सकिने स्थिति पनि छैन किनकी हाम्रो देशको गुप्तचर बिभाग संसारमा सबै भन्दा नालायक छ (कम से कम मेरो जानकारीमा चाहिँ गुप्तचर बिभागले अहिले सम्म एउटा माखो पनि मारेको थाहा छैन) तर अब हाम्रा गुप्तचरहरु साच्चै नै लायक छन् भने अनुशन्धान गर्नु पर्यो, भारतले यसरी नेपाल भित्र आतंककारी गतिबिधि गर्दै छ भनेर प्रमाण जुटाउनु पर्यो, अनि भारतको अनुहारमा उसको काम अनुसारको कालो अनुहार संसारलाई देखाई दिनु पर्यो नत्र त भविष्यमा जसलाई मन पर्छ त्येस्लाई भारतले कुनै पनि बेला हत्या गर्नु सक्ने मनोबल बढी हाल्छ नि/ लौ त नेपाली James Bond हरु हो तिमि हरुको पाइन् देखाउ त/
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातोः
9
2
यो सबै नेपाली राष्ट्रबादीहरुमाथि भारतीय आक्रमणको यौटा श्रीन्खला हो. यो भोलि कम्रेट प्रचण्ड सम्म पुग्ला भन्न सकिदैन. तेसैले क. प्रचण्ड भारत देखि सजक हुने बेला आएको छ. नेपाली राष्ट्रबादीहरु एक हनु पर्छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
जे भए पनि दुखद घटना हो यो .. नेपाल मा जन्मिएर नेपालमा काम गर्ने जमिम शाह पनि पहिले हामी जस्तै नेपाली थिए अनि बल्ल मुशलमान थिए ..
सबै मुशलमान लाई आतंकवादी भनेर हेर्ने हो भने संसार को २१% जनसंग्ख्य आतंकवादी हो ..
” अनेकता मा एकता ” येही हो सुन्दर नेपाल को नारा ! हामी सबै मिलिजुली बसौ !
मिर्तक को आत्मा ले शान्ति पाउस ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
1
डोन हरु डन बाटै मारिनु र मार्नु कुनै अनौठो कुरो होइन.यो डन हरुको कुनै रास्त्रियता हुदैन यिनीहरु रास्त्रियता त केवल आफ्नो स्वार्थ को लागि प्रयोग गर्छन.के नेपाल के भारत के पाकिस्तान के अमेरिका डन हारु लाइ आफ्नो स्वार्थ पुरा गर्न पाया पुगी गो नि त.
जय नेपाल.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
18
केसु जी तपाइको भनाइ लाइ ठीक मान्ने हो भने पनि जमीम लाइ डन भएको पुष्टि हुनु पर्योनि होइनर? कि भारतले जसलाई अपराधी भन्यो त्यसैलाई मार्दै जानेहो? त्यसो हो भने त नेपालमा पुलिस र न्यायालयनै किन चाहियो र?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
4
देव राज जी जय नेपाल,
जमिम लाइ डन भन्नु र यो हत्या भारतीय सरकार ले गरेको हो भन्नु उस्तै उस्तै हो देवराज जी ,
दुवै अप्रमाणित कुरा हुन तेसैले हामी हावा को ताल मा दौडिनु भयान , अनि मैले जमिम लाइ तोकेर भन्दा नि सामान्यकरण मात्र गरेको हु है .
जे भय नि हत्या को निन्दा गर्ने पर्छा जसले जे कुराको लागि गरे पनि .
जय नेपाल .
मन परे हरियो, नपरे रातोः
11
6
केसु जी, जमीमले आफुमाथि भारतीय र नेपाली संचार माध्यमले लगाउदै आएका आपराधिक कार्यमा संलग्न भएको भन्ने आरोपहरु अस्वीकार गर्दै आएका थिए तर भारतीय सुरक्षा निकायले तयार पारेको “नेपाल गेम प्लान” नामक प्रतिवेदनमा उनलाई खलनायकको रूपमा प्रस्तूत गरेपछि(हेर्नुस आजको कान्तिपुर सम्पादकीय) प्रमाण सहित नेपाल सरकार लाइ अनुरोध गरेको भए उनलाई कारवाही गर्न मिल्थ्यो होलानि? तर त्यस्तो केही नभेटिए पछि भारतीय डन छोटा राजन (जो आफ्नो उद्देश्य भारत् विरोधी लाइ सिध्याउनु भन्छन) को सहयोगमा मार्न उक्साएको प्रस्ट देखिन्छ, विभिन्न मीडियामा यो हत्या काण्ड संग भारत सरकारको प्रसंग जोडिएका समाचार आउदा खण्डन नगर्नुले पनि पुष्टि हुन्छ |
मन परे हरियो, नपरे रातोः
13
2
देवराज जी/
उहिले भारतीय बिमान अपहरण पछी नेपाल ले जी ति भी माथि प्रतिबन्ध लगाएको थियो/ भारत नेपाल ले उसको जी ति भी माथि लगाईएको प्रतिबन्ध देखि रुस्ट भएका थिए/ तर जी ति भी ले नेपालको बदनाम ससार भरि निराधार तरिकाले भएको बिस्वो समुदाय समेत ले थाह पाएको ले चुप त् रहे तर नेपालको संचार ब्यबसाए बिकसित हुन् भनि चाहेनन्/
भारतको जी ति भी लगाएत भू उपग्रह मार्फत प्रशारण हुन्थे/ नेपालको बास्तबिकता र नेपाल माथि भारतले के गरेको नगरेको कुरा भूउपग्रह मार्फत प्रशारण हुँदैन मात्र पत्र पत्रिकामा छापिन्छ र र त्यो नेपाल भरि बिक्दा पनि बिक्दैन/ नेपालको संचार ब्यबस्था भू उपग्रह मार्फत प्रशारण गर्न जरुरि थियो र त्यो काम सरकारी स्तर बात मात्र कठिन भएको ले निजि मिडिया ब्यब्शायी हरु को सहभागिता जरुरि थिय/ एस काम मा अगी बढेको मिडिया व्यापारीहरुमा जमिम पनि एक थिए/ तेसैले जमिम माथि निराधार आरोपहरु लगाईएका थिए/ जमिम लाई संचार ब्यबसाए बात हटाउन तेतिबेला को भारत परास्त सरकार मार्फत जमिम माथि भारत बिरोधि भएको आरोप लगाउन लगाई उसलाई संचार ब्यब्साए माथि नियन्त्रण गर्न खोजेकोर अरु निजि लगानी कर्ताहरु समेत लाई निरुत्शाहित गर्न खोजेका/ थिए र हुन् / नेपालको संचार प्रणाली सबल हुने गरि निजि ब्यबशायिहरु लाई समेत निरुत्शाहित गर्न खोजेको थियो भनि बुझ्न गारो छैन/
जमिम कुनै भारत बिरोधि अंतर्रास्त्रिये आतंककारीको सदस्य भए भारत ले आज सम्म तेतिकै छोडी राख्ने थिएन; उहिलेनै मारी सक्ने थियो त् तेसै बात पुस्टि हुन्छ जमिम कुनै कसैले भनेको जस्तो डन थिएनन्/ भएको भए यस्तो भारत परास्त सरकारको प्रधान मन्त्रीले उसका घरमा गएर जमिम एउटा मिडिया ब्यापरि थिए भन्दै तेस्को हत्यामा शोक मनाउन जान्दैन थिए देव राज जी/
तेसैले जमिमलाई कसले तेतिकै डन भने भन्दैमा त्यो सिट अल्झिनु भन्दा छद्म नाम गुण्डा पठाएर नेपाल भित्र भारत बिरोधि भनेर कसैको पनि हत्या गर्न सकिने भनि दिएको धम्कि को प्रतिकार गरूँ/
मन परे हरियो, नपरे रातोः
2
4
मदन भण्डारी को हत्या गरेको पनि छर्लंग भयो /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
9
जमिम शाह को हत्या हुनु देशको लागि शुभ समाचार होइन / तर मेरो धेरै समय अघाडी देखिको कौतुहलता के भने यो माइ संसारमा येत्रो लामो ( more than article – article of comment) कमेन्ट लेख्ने समय कसरि मिलौछान होला साथीहरुले ? Intresting job ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
१००% सहि कुरा लेख्नु भो, धन्यवाद छ तपाइंलाई!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
3
एक नजर यता ………..
************************************************************************************************
काठमाडौँ, माघ २६ (नागरिक)- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सञ्चार उद्यमी जमिम शाहको हत्या घटनामा प्रहरीमाथि समेत छानबिन हुनुपर्ने बताएकी छिन्। राजधानीको सुरक्षित मानिने स्थानमा समेत हत्या गरी अपराधी फरार हुनुलाई सामान्य घटना मान्न नसकिने कोइरालाले बताइन्।
************************************************************************************************
ल पढ़नुस सजाताले जिन्दगीमा पहिलो पटक ठिक बोलिन l
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
5
सुजाता जोस्ट जसले आफ्नो स्वकीय सचिव मार्फत विदेश पठाउने नाउमा लाखौ लाखौ हुसुरेको जग जाहेर छ! त्यसको अनुसन्धान हुन बाकी नै छ भने उसको बोली को के ठेगान?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
8
यो लेखको धारणा प्रति मेरो समर्थन छ, बास्तबमा जमिम को हो र के काम गर्थ्यो तथा कस्ता संगठन प्रति उत्तरदायी थियो भन्ने महत्यो पूर्ण कुरा होइन, यदि कसैले कसैलाई आताक्कारी भन्छ भने उसलाई सोझै मार्न पर्चा भन्ने खाहाको कानुन छ, लेखकले भने झैँ सिख बिरोधि काम गरे बापत इन्दिरा गान्धीलाई मार्नु र सिर्लंका सरकारलाई सहयोग गर्नेको नाममा लिट्तेलाई हतियार बाढेर सिर्लान्कामा प्रतान्द मचाउने राजिब गान्धी लाई मार्नु पनि जायज थियो भन्ने जनाउछ
आखिर भारतले आफुले जे गरे पनि राम्रो मान्ने अनि आफ्नी बिरुद्ध बोल्ने लेख्नेलाई अपराधि ठान्ने हो भने भबिस्यमा उसैलाई ठुलो हानि हुन्छ, बास्तबमा भन्ने हो भने भारतले आफ्ना छिमेकीलाई गर्ने ब्यबहार साबि अपराधको लिस्टमा राख्नु पर्छ र अन्तारास्तिया मुद्धा दर्ता गराउनु पर्छ
भारत् टुक्रिएर १०० टुक्रा होस् भिखारी संख्या बढेर ५० करोड पुगोस
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
4
भारत् टुक्रिएर १०० टुक्रा होस् भिखारी संख्या बढेर ५० करोड पुगोस
जय नेपाल !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
4
इन्डियनहरु हाम्रो नेताहरु जस्तो लालची छैनन् / तेसैले त्यो सराप लाग्दैन अन्जान जी..!
फेरी ५० करोड भिकारी भए भने तिनीहरु अमेरिका जादैनन्, नेपालमै आउछन अनि hamko sraap denewala tuhi tha na bhanera तपाइलाई पनि ………दलन चूप !!
मन परे हरियो, नपरे रातोः
1
2
अनुपजी
एकदम ठिक भन्नु भयो/ अहिले राम्रो भारतियेहरु अमेरिका छोडेर भारत फर्कने धेरै छन्/ तर भिखारी भएको चाहि नेपाल आउँछ/
यो संदर्वमा मलाई उहिलेको एउटा याद आयो/ दिल्लीको पर्येतक छेत्रमा हात धोकौन्दै फोटो खिचाई डलर माग्ने नकली बाबाहरु एकै लतमा ४०० जना जति नेपाल आएको थियो/ तिनीहरु कोतेस्वोर तिर एउटा ठुलो खालि जग्गा भाडामा लिएर बसेका थिए/ अब तिनीहरुले नेपालमा पर्येतक हरुलाई कति हैरान गर्छ सबैले देखेकै कुरा हो/ यो कुराले बिदेशमा एकदम नकारात्मक प्रभाव परेको छ/ बिदेसिहरु तिनीहरुलाई नेपालीनै ठान्छन/ एक जना जर्मन नागरिक ले धेरै नराम्रो लेख जर्मन पत्रिकामा लेखेको थियो/
मन परे हरियो, नपरे रातोः
0
0
“१३,००० मार्नेले जमिम शाहालाई पनिं मारे होलान” यो तर्क कस्तो लागो माकुने, भिम रावल, ओली, अनि कांग्रेसजनहरु तथा सत्ताका भाई पार्टीहरु | सबै जिम्मेवारी पनि पर सर्ने, जनताको आखाँमा पनि छारो हाल्न पाईने, सत्तामा पनि बसी रहन पाईने अनि सबै भन्दा त भारत पनि खुसि हुने त्येसैले तथाकथित आयोगलाई येही वाक्यांश टाईप गर्न आदेश दिए कसोहोला ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
104
53
प्रकाश जी
तपाईंको मनोबैज्ञानिक व्यंग बडो सटिक छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
49
16
यो भारत को छल पनि हुन सक्छ यसै भन्न सकिदैन कसको हात छ भन्ने कुरा मुखमा राम राम बगलीमा छुरा भने जस्तै हो कि भन्ने शंका लागेको छ….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
4
भरत नेपालीले हत्याको जिम्मा लिएको कुरा यो भन्दा अगाडिको ब्लगमा लेखि सकेको छ र पनि के बुझ पचाएर भुकिराको होला कुतर्क गरेर |
यो घटनासंग रास्ट्रिय अस्मिताको प्रश्न खडा भएको छ | गम्भीर घटनालाई गम्भीर रुममा लिन छाडेर के सधै गाली गलौज मात्र उत्रिने ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
8
मुसलमानहरूलाई स्वतन्त्रतापूर्वक बाँच्न र आफ्नो व्यवसाय गर्न नदिने भारतीय मिडिया तथा व्युरोक्रेसी र त्यसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सघाउने नेपाली राजनीतिक तथा प्रशासनिक संयन्त्रले नेपाली तथा भारतीय आम जनतालाई सुख र शान्तिसँग बाँच्न दिने छैन।
दाउद वा आई.एस.आई.सँग जमीमको सम्बन्ध रहेको विषयमा मिडियामा उठेका प्रसंगका विषयमा नेपाल सरकारले आफ्नो धारणा बेलैमा सार्वजनिक गर्नुपर्छ। यदि उनी कुनै आपराधिक समूहसँग जमीमको सम्बन्ध थियो नै भने पनि त्यसका विषयमा कारवाही गर्ने जिम्मा नेपाल सरकारले लिनु पर्थ्यो। यदि होइन उनी विशुद्ध व्यापारी थिए भने भारतीय मिडियाबाट भइरहेको प्रोपोगाण्डाका विषयमा सरकारले खण्डन गर्नुपर्छ। कुनै नेपालीलाई नभएको लाञ्छना र आरोप लगाइरहँदा पनि नेपाली सरकार किन चुप लागिरहेको छ, बुझ्न कठीन छ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
5
कुनै पनि गुन्डा देस भक्त हुदैन!! जो MR नेपाली ले भारत विरुद्ध काम गरेको ले जमिम लाई मारेको भन्छ!! तेसो भए त्यो मुला ले पहिले भारतकै ओप्पोसिशन नेता हरु मर्नु पर्ने!
Mr नेपाली भोलि तलाई पनि दाउदको मान्छे ले खोजेर मार्छ!!
त्यो बेलाको बिज्ञप्ति हुनेछ!!
” दाउद के आदमी से पंगा लेने का अन्जाम ”
एदी प्रचण्ड लाइ तर्साउन हो भने ” it is easy to answer back”
Kill someone who is an popular India and release in मेडिया ABC group killed MR X because he organising Nepali विरुद्ध सड्यन्त्र
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
2