मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    परम्परा तोडियो बुढानिलकण्ठमा

    काठमाडौँमा रहेको बूढानिलकण्ठ अर्थात् नारायणथानमा जानुभएको भए तपाईँले छेउको मूर्ति पक्कै चिन्नुभयो होला।

    तपाईँले पक्कै याद गर्नुभएको होला, विष्णुको यो विशाल मूर्ति शेषनागमाथि सुतिरहेको अवस्थामा छ। अनि शेषनाग पानीमाथि रहेको छ। मूर्तिमुनि जलको पोखरी छ।

    विष्णु क्षीरसमुद्रमा शेषनागमाथि रहने भएकाले यहाँ पनि सोही झझल्को दिने गरी मन्दिर बनाइएको हो।

    तर अहिले बुढानिलकण्ठको मन्दिरमा त्यस्तो देखिँदैन। के फरक आएको छ त त्यहाँ। हेर्नलाई भित्र आउनुस्-

    सबैभन्दा पहिला पुराना केही फोटोहरु हेरौँ-

    त्यसैगरी यो माथिबाट खिचेको फोटो-

    अहिले भने यहाँको रुप पूरै फेरिएको छ। परम्परा टुटाइएको भन्दै आलोचनासमेत भइरहेको छ। कस्तो देखिन्छ त अहिले त्यहाँ ? हेर्नलाई क्लिक गर्नुस्-

    दुई महिना भयो मन्दिरमा पानीको अभाव भएको। भगवान विष्णुको उत्तानो परेको मूर्तिमुनि सँधै जलको पोखरी हुने गरेकोमा यसपटक त्यो परम्परासमेत तोडिएको छ। मन्दिर स्थापनादेखि नै पोखरीमा पानी टुटाइएको थिएन।

    यसपटक पोखरीभित्रको संरचना बिग्रेकाले पुनःनिर्माणका लागि जल नराखिएको बुढानीलकण्ठ मठका मठाधीश स्वामी बोधानन्द गिरीले बताएका रहेछन्। तर बुढानीलकण्ठ क्षेत्र विकास समितले परम्परा तोडिएको भन्दै आपत्ति जनाएको छ।

    समितिका कार्यकारी निर्देशक रामेश्वर केसीले स्वयम् उत्पत्ति भएको संसारकै असामान्य र सिद्धमूर्तिको परम्परा तोदिँदा पनि पुरातत्व विभाग चुप लागेर बसेको आरोप लगाए।

    “धार्मिक परम्परा र विधिविधान मिच्दै जाने हो भने भोलि मन्दिर नै अर्कोतिर सारिदिएलान्, अनि के गर्ने?” केसीले सोधे।

    मठले भने केही समयमा पोखरी निर्माण गरेर जल राख्ने तयारी भइरहेको जानकारी दिएको छ। पोखरीमा पुरानै पानी बसिरहँदा फूलअक्षता र पूजा सामाग्रीका कारण पोखरी दुर्गन्धित बनेकाले फोहोर पानी निकास गरी स्वच्छ जल निरन्तर राखीरहन पुनःनिर्माण र मर्मत गरिएको मठाधीश गिरीले जानकारी दिएका छन्। (फोटो सौजन्यः पहिलो र तेस्रो boundforotherports दोस्रोः dorgel1 र अहिलेकोः पूर्णप्रसाद मिश्र)

    No related posts.

    52 comments to परम्परा तोडियो बुढानिलकण्ठमा

    • Shyam Krishna

      If this has done for reconstruction and cleaning that will be very superb other wise it is not those reason this is very nonsense work. Whoever did this he is the son of a bitch.He is a son by so many father.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • mohan shrestha

      what the thinngs are going on nepal and who the hel r the people who are changin the the culture of nepal? this is not the way that u thinking guys and we do nt think that we r acceptin the changing new culture of nepal which recoginse our country in the whole world………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • रामचन्दर

      बुद्धनीलकण्ठनारायण याने तीन थरी देवता ः बुद्ध, नीलकण्ठ िशव र नारायण एकै मूर्तिमा कुंडेर बाैद्ध शैव र वैष्णव तीनैकाे सहिष्णुता देखाइएकाे भन्ने इितहासविद्हरुको भनाइ छ तर टाउकाेमा रहेकाे बुद्धलाई सधैं नदेख्ने गरि फूलले छाेपेर राखिन्छ भनिन्छ । सालाेक्यज्यूले टाउकाेमा रहेकाे बुद्धकाे केही फोटोहरु िखचेर ब्लगमा राखि िदनु भए अत्यन्त राम्रो हुने िथयाे ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • यो निर्माण गर्न पुरबा नै दुबई पछ्या बसेरा समस्याको समाधान गरेको भये सायेद एस्तो किसिमको बिबाद औदैनाथ्यो की?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • amrit

      कही दीन को लागी नराम्रो भए पनी पछी त सफा पानी सँग राम्रो भै हाल्छ नी. के को हल्ला गरेको होला. कही दीन को लागी पानी बिना को भगवान राम्रो की फोहोर र गन्हाउने पनी मा सुतेको भगवान राम्रो? तात्तो न छारो.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • हामि हिन्दुहरुको पुरातात्विक झल्काउने मन्दिरको संरक्षा गर्नु हामि सबै नेपाली को कर्तब्य हो|त्यसैले हामीले त्यसको मर्मत तथा संरक्षा गर्नु पर्दछ|

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • प्रेम अर्याल

      मलाई त पानि हटाएरै सफाई गरेको कुरामा पनि कुनै आपति छैन, आखिर नराम्रो नियतले त पानि हताइएको रहेनछ नि, अब मोटर फिल्टर आदि आदिले सतहको रंग रोगन पुनर्निर्माण गर्न तथा डेकोरेसन गर्न सकिदैन, जे जसरि भए पनि राम्रै नियतले भएको छ यहा झगडा र यो बिसयमा बहस गर्नुको तुक म चाहि देख्दिन है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Democrats

        राम्रो विचार, यस्तो सकारात्मक सोच सबैको हुनुपर्ने. बिरोध गर्ने को पनि कुरा नराम्रो त छैन. निर्णय गर्नुभन्दा पहिले बिकल्प सोचे राम्रै हो.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नारायण

      जसले जे भने पनि हामी नेपाली वैदिक परम्परालाई मान्दै आएको कुरा कसैले लुकाउन सक्दैन । त्यस्तै परम्परा मान्ने भएर नै हामी नेपाली भएको हौ नत्र हाम्रो पहिचान अर्कै फरक हुन्थ्यो होला। यस्तै परम्परा त हाम्रो बिशिष्ट सस्कृतिले गर्दा नै विश्वमा हाम्रो पहिचान बिशिष्ट प्रकारको छ । त्यसैले परम्परा सस्कृति तोड्दै पहिचान गुमाउदै जाने की यिनको संरक्षण गर्ने सोच्ने हामीले नै हो।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shrejana lama

      यो भन्दा पहिला जुन पोखरी मा मन्दिर मा चदौना ल्यको पर्सादहरु जुन भक्तजनहरुले त्यहिँ पोखरी मा फ्य्केको हुदा जुन मन्दिर परिसर फोहोर भयको थियो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Sasang Lama NY

      जिल्लाबासी ! धर्मान्धहरुको अगाडी कसैको केहि लाग्दैन ! उच्च प्रविधि अपनायो भने आधुनिक मेशिन जडान गरेर पनि अपवित्र गर्यो भनेर तिनीहरुले बबाल गर्छन, केहि गरे पनि सुख छैन| मुर्ति मुनिको लेउ झिक्यो भने परापुर्वकालदेखि रही आएको लेउ झिकेर अब अनिष्ट हुने भयो भन्नेहरुको जमात पनि कम्ति त छैन होला ! त्यो क्षेत्रमा कर्फ्यु लगाएर भए पनि मर्मत सम्भार चैं गर्ने पर्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • Jillabashi Baburam

      परम्परा र जनआस्था लाई कम भन्दा कम असर पारेर मर्मत सम्भार गरिनु पर्थ्यो! अलिक उच्च प्रबिधि (ढेबा) प्रयोग गरेको भए त पानीलाई यसरी निमिट्यान्न पारेर नसुकाइकन नै मर्मत गर्न सकिन्थ्यो| जे होस्, द्रुत गतिमा काम गराएर पानी हालियोस ता कि भक्तजनहरुलाई यो पानी बिनाको शेषनागको मुर्ति धेरै देख्न न परोस!
      पानी ड्रेन गर्ने राम्रै कुराहो किन भने यसले सरसफाई गर्न धेरै सजिलो पर्छ| प्रसिद्ध (बनारसको) मनिकर्निका पोखरीमा पनि यस्तै प्रबन्ध मिलाइएको छ|
      तर जति धेरै यो मुर्तिलाई पानी बिना उदाङ्ग पारेर राख्यो, त्यति नै बढी नेपालकै उपहास हुने कुरा हो – पर्यटकहरुको दृष्टिमा समेत! हामी आफै हाम्रा यस्ता महान धार्मिक, ऐतिहासिक, सांस्कृतिक धरोहर माथि समर्पित /(serious/dedicated) रहेनौ भने पर्यटकहरुले समेत हामीकहाँ महत्वका साथ् आउने कुरो हुदैन!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • lal shrestha

      पानी सुकाउने ले सुकायो ,सफा गर्ने ले सफा पनि गर्यो अब बाद बिबाद नबदायेर ,आरोप -प्रत्य्रोप नगरेर भरे त भै हाल्यो नि …

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

      • lal shrestha

        मैले के गल्ति बोले र त्यस्तो मेरो प्रतिक्रिया लाई रातो चिन्ह दिनु … हो नि त खाली गर्ने ले गरि हाल्यो सफा गर्ने ले गरि हाल्यो अब बिना सित्ति के को भाद भैलो मचाउने लाई पोखरी खाली रख्येको त्यत्रो पानि भएको देश मा पानि ल्याएर भरे त भै हालो नि . ……फेरी कुन चै पार्टी ले येही कुरा लिएर भोलि नेपाल बन्द गर्ने बेर छैन ……

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • Saban

      अब मरम्मत गर्न पनि निकालेकोमा पनि किन चिन्ता . निर्माण को काम सकेपछि त पनि आइ हल्छा होला. यधि तेस्पछी नि पनि आए न भने बरु चिन्ता गर्नु पर्छा

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • binod

      कहिल्यै नदेखेको कामहरु राम्रै गर्न खोजेको भएता पनि मान्छेलाई झट्ट हेर्दा अप्ठ्यारो लाग्ने स्वभावै हो तर पनि उपाय निकालेर सरसफाई गर्न सक्थ्यो,कस्तो कस्तो समुद्री गहिराइमा बिना रोकतोक कत्रो कत्रो पूल बनाउने जमानामा कम से कम परम्परावादी लाई ध्यानमा राखेर काम चाहिँ गर्न मिल्थ्यो जस्तो लाग्छ,अनि बेलायतमा मन्दिरहरुमा राखिएका मुर्तिमा अछेता अबिर अनि पैसा चढाउँन पाउदैन,परम्परा भनेको आखिर मान्येता त् न हो जसरि चलाएर गयो त्यस्तै चल्दै जाने हो अनन्त कालमा गएर त्यहिँ परम्परा बन्ने हो!यहा बेलायतमा पैसा मुर्तिलाई चढाउने चलन छैन र कसैले आपत्ति पनि जनाएको छैन र पछी गयर यहि परम्परा र मान्येता बन्नेमा दुइ मत छैन!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • drishthi

      पुराना परम्परा देखि चलिआएका संस्किर्तिक धरोहर हरु मा हात हाल्नु भन्दा पहिला बिबेक पूर्ण सोच हुनु पर्दथ्यो त्यो भएन त्यंह सफाई गर्नका लागि परम्परा लाइ नटुटाई कन पनि गर्न सकिन्थ्यो पानि को बैकल्पिक ब्यवश्था गरि पानि कै आरोह र अवरोह द्वारा त्यो गर्न सकिन्थ्यो शायद हाम्रा प्राविधिक हरु ले एस बिषय लाइ काँचो पना ले हेर्नु भए छ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 7

    • Hillman

      २१ औ शताब्दीमा पनी आफै उत्पत्ती भएको मुर्ती भनेर भन्नु मुर्खताको संज्ञा हो! पोखरी फोहोर भए पछी सफा गर्नु पर्छ! हामी नेपाली ले न आफुले केही गरछौ! न अरु लाई केही गर्न दिन्छौ! तेही भएर हाम्रो हालत यस्तो छ! रहयो कुरो परम्पराको, परम्परा आखिर मानिसले नै बनाएको हो! समय सापेछ परम्परा पनी परिमार्जीत र विकसित हुनु समयको माग हो! यसमा बुढानीलकण्ठ क्षेत्र विकास समितले “गोहीको आँशु” किन झार्ने!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • Dev Shrestha

      साचिनै सम्पदा जगेर्ना गर्न र जिर्णोद्वार एवं पुनर्निर्माणको लागि भए राम्रै हो तर तेसका नाममा ढिलासुस्ती एवं भ्रस्टाचारलाइ बढावा दिनु भएन र परम्परागत पहिचान एवं स्वरूपलाइ सकेसम्म नबिगारी अझ परिस्कृत बनाइ पर्यटन प्रवर्धन हुने हेतुले पुनर्निर्माण गर्दा राम्रो हुनेथियो र यसमा सम्बन्धित बिज्ञहरुको सल्लाह लिन बिर्सनु हुदैन .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • shristi shah

      अच्येता र अबिर ले दुर्गन्धित भएर सफाई र पुन संरचनाको लागि पानि सुकाइएको कुरा बिल्कुल ठिक हो.तर परम्परा तोडियो भनेर बिरोध गर्नु भन्दा त्यो दुर्गन्ध ले वोर पर फैलन सक्ने महामारी र तेस्बाट उत्पन्न हुने समस्या लाइ ध्यान मा राख्न सके कसो होला अनि आउदा दिनहरुमा हरेक मन्दिर मा अच्येता र अबिर चदाउन रोक लगाए बेस होला जस्तो लाग्छ मेरो विचार मा.अमेरिका मा पनि इन्दियेंन हरुले निर्माण गरेको कत्रो कत्रो हिन्दु मन्दिर छन् राधे कृष्ण मन्दिर छन् हजारौ भक्तजन हरु आउचन तर अबिर अच्येता चदौना मनाही छ जसले गर्दा मन्दिर मा कुन्चनापनि माया लाग्छ पैतालाको फोहोर लाग्ला जस्तो लागेर.एउटा बक्सा राखिएको हुन्छ जसमा गच्ये अनुसारको भेटि हल्चन सबैले त्यो भेटि दुखि गरिबको लागि चन्दा दिन्छन.हामि नेपाली हरु पैसा भै नभई अबिर, अच्येता,नैबेद,धुप किनेर मन्दिर जान्छौ आखिर त्यो सब खेर मात्त्र हो.त्यो पैसा संकलन गरेर भोको पेट लाइ दान गर्न सके त्यो आत्माले कति आसिर्बाद देला??हामीले पनि सोच्न सके बेस हुने थ्यो…….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 3

      • raj

        श्रीस्ती जी एकदमै ठिक कुरा गर्नु भयो| सबैले येस्तई तरिकाले सोचे कैऔ भोका पेट हरुले आशिस गर्ने थिए र सफा गर्ने बजेट पनि अरु कुनै राम्रो काम को लागि उपयोग हुने थियो|

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

        • drishthi

          राज जी सोचेर काम नगरेर नै त् देश को यो दुर्दशा भएको भएको हो तेती सफाई गर्ने काम मा त् सोच पुर्यौदैनन भनी इनिहरु जस्ताले देश कसरि चलाउने हुन्

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • पुष्प

      जीर्णोद्धार कार्य हुँदै रहेछ, आपत्ति जनाइहाल्नुपर्ने खासै कारण छैन । केहीअघि १०० वर्षे मर्मतका क्रममा स्वयम्भूको आँखा पनि त मेटाइएको थियो । राम्रो काम गर्दा परम्परा पनि तोडिन सक्छ, आपत्-विपद् नै आइपुग्ने मानसिकता राख्नुहुन्न । यदि जीर्णोद्धार नगरी उक्त स्थानको नामोनिशान नै मेटियो भने के हुन्छ ? यसबारेमा पनि सोच्नुपर्छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 4

      • Sasang Lama NY

        पुष्पजिले ठिकै भन्नुभयो | देउताको शीरमा चराले हग्यो भने त्यो फोहोर त्यतिकै राख्ने त ? सफा गर्नु परेन ? बुढानिलकण्ठको शैयासान मुर्ति त जस्ताको तस्तै रहेछ त ! पानी फेर्ने कुरालाई लिएर यत्रो बखेडा किन झिक्न पर्यो?

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Tilak USA

      पुनसंरचनाको लागि हो भने ठिकै हो |

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • यो बिस्तारै क्षेनास हुने संग संकेत हो. क्षेनास हुने समय आए पछी मान्छे को
      दिमाग पनि बिस्तारै क्षेनास हुने गति तिर जान्छ यो सत्य हो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 14

    • Netra

      मलाई पनि शुरुमा त एकदम रिश उठ्यो | यदि मठले साचै नै दुर्गन्धित पानि फालेर सफा पानि आउने तरिका बनाउन लागेको हो भने त्यो सराहनीय छ | तर यस्तो काम छिटो भन्दा छिटो सकेर पानि भरी हाल्नु पर्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 3

    • harithapa

      पोखरी सफा नै गर्नु थियो भने, अरु कुनै उपाए थिएन क्या हो? अनि कपडा ले बेर्नु नै थियो भने अलि सफा, न च्यातिएको कपडा को पनि व्यवस्था त गर्नु पर्थ्यो नि! मा लाइ पनि मन परेन

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 15

      • Democrats

        तै त , अक्क्यरियम मा पानी कसरि सफा गरिन्छ भन्ने थाहा थियेनी कि क्या हो ? फिल्टर लगाएर पानी पुन-प्रसोधन गरेभईहल्थ्यो नि. सायद ठेक्का-पट्टा को कारण होला …

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 6

        • Bardan

          Stupidest suggestion I ever heard. How can you compare aquarium and pond? They are two very different things. And how can filtration technology help, save monuments from physical degradation which are caused by various mechanisms like atmospheric pollution, salts, micro-organisms, natural weathering and so on.

          For restoration of monuments if major steps (may be unpopular steps) are needed, then you should take one without fear of backlash from stupids and morans.

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

          • Democrats

            ओहो तपाईले त पानीको नामुनै जाँचेजस्तो छ. फोटो हेरेर पनि पानी turbid छ र mainly पुजाको समान ले फोरपरेको हुनुपर्छ. Reverse Osmosis, airing oxygen, and passing water through sediment filtration techniques हरु पनि छन्. हामी लाई सल्फर मुक्त र जिबनु मुक्त पानी चाहिएको हो, पानी फालेर सफा गर्ने हो भने, ६ महिना मा एकपल्ट गर्नु पर्छ. अब तपैनै भन्नुस के गर्दा धिर्गकलिन हुन्छ ?

            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

            • Bardan

              Sincerely I do not have any problem with implementing filtration system, but here we are not talking about water only. You have to consider physical degradation too. They are not only cleaning but trying to carry out maintenance too, now if filtration technology as you have mentioned above can help maintain physical integrity of the structure then I have to say nothing else please let them work.

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

        • Sameer

          Democrats पासा
          अब देखि तिमिनै गर सरसफाई आफ्नै तरिकाले हामी बिरोध गर्दैनौ | आफु पनि नगर्ने अनि अरुले गरेको मा पनि बिरोध गर्ने, यी चोर हरुलाई त त्यहिँ पोखरी को फोहोर पनि जस्तै फक्नु पर्ने |

          जे को पनि बिरोध, कमसे कम राम्रो काम गर्ने लाई सहयोग गर्न नसके पनि समर्थन त गर्नु पर्छ

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • prakash gautam

      दिक्क्क्कक्क्क भैयो बा

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

    • Racket

      परम्परा भन्दैमा सफा पनि गर्न नहुने हो भने, सडकमा फोहर थुपार्दै हिड्नु पर्ने, सति प्रथा हटौना नहुने थियो, गणतत्र ल्याउन नहुने थियो, अस्ति मात्र घर घरमा बनाएको रक्सि फ्याक्न नहुने थियो त्यो रक्सि पनि त जात्रा र संस्कृतिको लागि बनाइएको थियो | सफा गर्नु त राम्रो कुरा हो नि, पानी सफा नगर्दा तेस्को दुर्गन्ध र रोग ब्यधिले कति मानिसहरु बिरामी परे, मलाई त भगवान पनि बिरामी भए होलान जस्तो लाग्थ्यो र त फ्याकिएका मल्मुत्रहरुले देश चलाउने ठेक्का पाएका छन् |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 8

      • Democrats

        सफागर्नु त राम्रै हो नि , तर त्यति थोरै पानी सफागर्न पानी सुखौनै पर्छ भन्ने त छैन नि?

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 8

    • sabinkc

      भिडीयो हेर्दा सारै चित्त दुख्यो :(

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 16

    • kesu

      काठमाडौँ मा पानी को हाहाकार भयको देखौना को लागि हो कि किन हो एस्तो गरेको मलाइ त यो मन परेन है अनि राम्रो पनि लागेन.
      जय नेपाल.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 31 Thumb down 40

      • shreesh thapa

        आफ्नो आफ्नो दृस्टीकोणमा सबैको सोच राम्रो छ जिर्ण अबस्थामा भएको मन्दिरलाई संरक्षण दिनै पर्यो भनेर पुनर्निर्माण गर्ने हेतुले पानी सुकाइएको छ भने अर्को तिर परम्परा देखि चलिआएको किन पानी सुकाएको भन्ने कुरा छ यसमा खोइ कसैको दोष छैन……..न त पानी सुकाउनेको न त पानी सुक्यो भनेर बिरोध गर्नेको ,……..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 105 Thumb down 8

        • Democrats

          जिर्ण भएर पानी बगेकोहैन , पानी फोहर भएर सफा गरेको रे ! जाबो एउटो मोटर र फिल्टर जडान गरेको भए त हुन्थ्यो नि. तपाई नै भन्नुस – अब फेवातालपनि पानी सुकाएर सफा गर्ने हो कि ? साथी साधारण बिज्ञान जानेको ले पनि राम्रो कम गर्न सक्थ्यो होला.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 32 Thumb down 19

          • kiran

            अ साथी फेवाताल को पानि बुढानिलकण्ठ को जस्तो जमेर बसेको छैन , त्यहाँ को पानी लगातार बगिरहन्छा, र पानि आफै सफा भैरहन्छ . फेवा ताल लै बुढानिलकण्ठ संग दाज्न मिल्दैन है .

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 4

      • raj

        मलाई त अति नै मन पर्यो, निकै राम्रो काम| सफा भएपछी भगवान पनि खुसि हुनेछन र तिर्थ यात्री पनि रमौनेछ्न जस्तो लाग्छ| हुनत फोहोर मैला सफा गर्ने काम सबैलाई कहाँ नै मन पर्छ र होइन त केसु जी? फोहोर गर्न पो सजिलो हुन्छ तर त्यस लाइ सफा राख्न निकै गार्हो हुन्छ भन्ने कुरा बुझ्ने कम भएपछी सफा गर्ने लाइ सफा गर्न पनि गार्हो हुन्छ जस्तो मललाई लाग्छ| जसरि आज हाम्रो देश राजनैतिक फोहर मैला ले गन्हाएको छ, हेर्नुस त कति गार्हो छ एस्लाई सफा गर्न, सफा गर्न चाहनेले पनि सफा गर्न सकेका छैनन्, फोहरी नेताहरुलाई फोहर मा बस्ने आदत परिसकेको छ जस्तै “सुँगुर लाइ स्वर्ग कहाँ मन पर्छ र” जहापनि राजनीति जोड्यो भन्नु होला जोड्न खोजेको होइन उदाहरण मात्र दिएको| कुनै पनि कुरा फोहर भन्दा सफा नै राम्रो हुन्छ|

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 12

        • kesu

          राज जी,
          तपाइको यो कुरो मलाइ अलि मन परें है,” हुनत फोहोर मैला सफा गर्ने काम सबैलाई कहाँ नै मन पर्छ र होइन त केसु जी?” फोहोर सफा गर्ने बहाना मा परम्परा तोड्न हुन्न पो भनेको त मैले फोहोर सफा गर्नु हुन्न भने जस्तो बुझ्नु भयाछा ठिकै छ आफ्नी आफ्नो बुझ्ने सक्ति हो मेरो भन्नु केहि छैन.
          Routine सरसफाई गर्ने हो भने पनि रित्याउनु नि पर्दैन अनि एकै चोटी सफा गर्दा पनि उपाय थियो होला नि त पानि रित्तो नगरी सफा गर्ने तरिका होइन र?
          रानीपोखरी अनि फेवाताल फोहोर भयो भनेर ताल नै खाली गर्नु त राम्रो भयान नि होइन त?
          जय नेपाल.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 23

          • raj

            हा हा हा हा केसु जी रानी पोखरी र फेवाताल संग बुढानिलकण्ठ लाइ कुन आधार मा तुलना गर्नु भयो फेरी पनि अलि बुझ्न गार्हो भयो | हुनत रानी पोखरी र फेवाताल को पनि पनि फेर्न पाए निकै राम्रो हुने थियो के तपाई एस्लाई सम्भव देख्नु हुन्छ र? तर बुढानिलकण्ठ को पनि फेर्न सम्भव छ, त्यो पानी लाइ ट्रीट गर्दा पनि पानी भित्र भएको भौतिक इलिमेंट्सहरु त नास हुदैनन् त्यसैले पानी फालेर, भएको फोहर निकालेर सतहलाई मर्मत गरेर, रंग रोगन गरेर पानी भर्दा निकै राम्रो, सफा र स्वस्थ पनी हुने भएको हुनाले यो तरिका अपनाइएको हुन सक्छ| राम्रो काम हो समर्थन गर्नुस केसु जी| परम्परा हामीलेनै बनाएको हो र हामीलाई कतिपय परम्पराको परिमार्जन गर्नु पर्छ भन्ने कुरा पनी थाहा छ फेरी किन यो परम्पराको नाकाब लगाएर राम्रो काम लाइ रोक्ने कोसिस गर्ने साथी| Let them do it.

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 11

            • Ram Hari Thapa Magar

              परम्परा तोड्न हुन्न भन्ने हरु!!!
              बाहुन ले म: म: खान भएन !
              स्वास्नी मान्छे हरु घरको मात्र काम गर्नु पर्ने किन ऑफिस जाने!
              देउता सर राजा किन हटाको!!
              लोग्ने मरेको सबै बिदुवा लाइ पोल्नु पर्यो!!
              इत्यादी इत्यादी!
              God damn conservative people get a life. कोहि नेपालीहरुको यो राम्रो यो नराम्रो भनेर छुतौनै देमाग नै छैन कि के हो?at least गोबर brain भए पनि try hard to think. then you will understand. something good is happening, appreciate it.
              केही दिनको लागि पानि रीतौदा नेपाल वा प्रिथिवी मा प्रलय जादैन, लिडे दिमाग हो!

              मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 6

              • raj

                राम हरि जी तपीईले भनेका कुरा हरु ठिक छन् तर येही कुराहरुलाई अलि मिलाएर भन्नु भएमा हाम्रो ” मेरो सन्सार” को महिमा अझै बढ्ने थियो / अझ भन्नु पर्दा यसको महिमा हाम्रो पनि हो होइन र ???!!
                क्षमा गर्नु हवस् सत्य “कटु” हुन्छ ?

                मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

            • Sheela

              राज जी,
              केसू जी लाइ नया र बैज्ञानिक कुरा मन पर्दैन, राजनीतिमा होस् वा अरुमा ! वहा पूरानो, परम्परा, र थोत्रो, अबैज्ञानिक कुरा मा रम्नु हुन्छा, वहाका कुनै पनि बिषयमा गत ५ /१० हप्ता देखि का कमेन्ट पढ्नुस प्रस्ट भै हाल्छ/ मानव मनो-बिज्ञानमा बहुत थोरै मान्छे मात्र परिवर्तन-पक्षधर हुन्छन, धेरै जना यथास्थितिमा रमाउने हुन्छन. / तर येस्तई थोरै मान्छेले नै समाजलाई परिवर्तन गर्ने हिम्मत राख्छन/ यो केसु जी को दोष होइन…वहाले बग्मतिलाई पनि सफा गर्न दिनु हुन्न…किनकि तेस्मा त बिगत हजार वर्ष देखि सफा गर्ने परम्परा थिएन नि….परम्परा बिगार्नु हुन्न नि…कि कसो, समय र परिस्थिति अनुसार आफुलाई नबदल्ने हरु येस्तई हुन्छन / परम्परा, कुरीति, संस्कृति, अन्धबिस्वास र धरोहर का बिचमा फरक र समानता पर्गेल्न सक्नु पर्छा अनि मात्र प्रगति को गाडी गुड्छ …..
              पोखरीमा Outlet राखेर पानि सुद्ध गर्ने एस्तो प्रणाली बनाउन लाग्दा परम्परा भनेर बिरोध गर्नु को कुनै तुक छैन होइन र राजु जी…

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

      • गोबिन्द

        हे बुढानीलकन्ठ प्रभु तिमीले हाम्रो रक्षा गर्नु पर्ने अब हामिलेनै तिम्रो रक्षा गर्नु पर्ने बेला भो | हैं न भगवान नै यसरी असुरक्षित छन नया नेपाल मा हामी मानिसको के सुरक्षा होला ..?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

      • prakash lama

        वाइयात लेख !!! अब जिर्नोद्वार गर्न पानि निकालेको पनि इस्सु बनाउने !! cheap publicity भो यो त !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 1

        • rambilash

          तपाई जस्तो मान्छेलाइ च्चीप पोब्लिसिटी लाग्यो होला तर अस्स्था राख्ने हरु लाइ यो कुराले चोट पुग्छा

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

      • Ravin

        यदि राम्रो संग सरसफाई गरि सुधार गर्न लगेको हो भने यो कामको मुक्तकण्ठले धन्यवाद ब्यक्त गर्नु पर्छ.

        नेपालमा मलाई चित्त नबुझेको कुरो भनेको यस्ता पवित्र धार्मिक स्थलमा पूजा गर्ने बहानामा अतिनै फोहोर गरिरहेका हुन्छन, हामीले अन्य धर्माबलम्बिको गिर्जाघर, मस्जिद या अन्य पवित्र स्थलमा गयौं भने कति सफा देख्दछौं र अहिले भारतका प्रख्यात हिन्दु तिर्थस्थल पनि अतिनै सफा सुग्गर गरि राखेका छन्. तर हाम्रा धार्मिक स्थलमा चाही जथाभावी फोहोर दुर्गन्ध र राजनीति समेत भएको देखिन्छ.

        यसरि हाम्रा पुर्खाहरुले तेत्रो दुखसाथ श्रीजना र संरक्षण गरि स्थापना गरेको तेस्ता आस्थाका केन्द्र हरुलाई सफा र सुन्दर सित संरक्षण गरे भावी पुस्ताले पनि यसको अवलोकन गर्न पाउँथे र आस्थाका केन्द्र साच्चैनै आस्थाका देवीदेवता रहन लायक पनि हुन्थियो .

        यसै प्रसंगमा रबिन्द्र मिश्रले पनि आजको कान्तिपुर दैनिकमा नितान्त व्यक्तिगत शिर्षकमा पन्डित दिनबन्धु पोखरेललाई पनि अनुरोध गरेको देखियो मपनि यसै स्तम्भ मार्फत पन्डित दिनाबधु , रबिन्द्र मिश्रज्यु र अन्य प्रख्यात व्यक्तिहरुले आफैले पहल गरिदिय हामी जस्ता सर्वसाधारणले पनि साथ दिने थियौं .

        यो भन्दा मैलेनै यसमा किन पहल नगेरेको भन्ने प्रश्न पनि उठ्छ. मेरो चाहना पनि छ तर यो कुरो सानो प्रयासले सम्भव हुने होइन तेसैले अलि प्रख्यात व्यक्तिहरु तम्सिय यो कुरोको राम्रो समाचार, समर्थन र सहयोग सजिलै जुटाउन सकिन्थ्यो .
        सबैको चेतना भया!!!
        जय नेपाल जय हाम्रा आस्थाका र पुरातात्विक सम्पत्तिहरू .

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

      • Tej Prasad Adhikari

        बस्ताबमा यो बहसको बिषय नै होइन / नुहाउन कपडा खोल्यो भनेर कुरी कुरी भन्ने ???

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker