मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अलबिदा जमीम सर

    जमिम शाह

    समआदरणीय जमीम सर। नमस्कारको अभिवादन चढाउने बेला, अलबिदा भन्नु, लेख्नुपर्दा असाध्यै पीडाबोध भइरहेको छ। तर हामी लेखिरहनेछौ सर तपाईको हत्याको बदला लिन निरन्तर।

    सिंगो देश यतिबेला तपाईमाथिको दिनदहाडैको गोली प्रहारको कायरतापूर्ण हत्याको निन्दा भर्त्सना गरिरहेको छ।

    सर, तपाईको अस्वभाविक हत्याले दुःखेको छ सिंगो देश, सिंगो नेपाली मिडिया र आम नागरिक जीवनको मन मस्तिष्क।

    दुनियाँ जान्दछ तपाईलाई मौसम अनुसार कपोलकल्पित आरोप लगाइन्थ्यो। दुनियाँले बुझेको छ तपाईको भौतिक शरीर सदाका लागि समाप्त पार्ने कायरहरु त्यही दक्षिणी छिमेकी तथाकथित ठूल्दाजु भइखादाको संस्था रअको सुनियोजित षड्यन्त्र र गेम प्लानमा गरियो। नाथेहरु कायर थिए लुक्दै गोली ताकेर भागे। हुतिहाराहरु आफ्नो दुनो सोझ्याउन सरलाई बेतुकमा पोल्थे, आरोप लाउथे। अनि फेरि त्यही कहानी दोहोर्‍याउँथे।

    जमीम सर बहादुरी साथ ४७ वर्षसम्म जो लडाई लड्नु भो– एउटा देश विरुद्ध, षडयन्त्र विरुद्ध, । जित्नु भा’को छ तपाईले। हर षड्यन्त्र चिर्नु भो। हर आरोप मिथ्या सावित गर्नु भो। आँखा जुधाएर औला ठड्याउन नसक्ने दुष्ट आत्माहरुलाई सडकमै गोली थापेर भए पनि फेरि हराउनु भएको छ। सलाम सर तपाईको निरन्तर अडान, आत्मविश्वास र जुधारु जीवनलाई। मर्नु त थियो नै, मारिनु भो तर पनि जित्नु भो जमीम सर। इतिहास कृतज्ञ छ– तपाईको कहिल्यै भारत सामु नझुकेको शीर प्रति, लम्पसार नपरेका हात, साथ र विश्वासप्रति।

    एउटा स्थापित मुस्लिम, नेपालमा पहिलो स्याटलाइट टेलिभिजन च्यानल नेपालको जन्मदाता, एउटा त्यस्तो नेपाली च्यानल जसमा नेपाली भाषाका कार्यक्रम बाहेक अरु प्रसारण हुँदैन जबकि सरकारी टेलिभिजन हिन्दी फिल्म प्रसारण गर्छ व्यापारका लागि, स्पेसटाइम नेटवर्क केवलको सुरुवातकर्ता, स्पेसटाइम दैनिक र स्पेसटाइम टुडेका प्रकाशक अर्थात बहुआयमिक सफल सञ्चार उद्यमी तपाईमाथिको दिनदहाडैको गोली प्रहार गोहीका आँशु झार्ने मेलो भएको छ– भारतीय आशिर्वादमा सत्तामा पुगेका प्रधानमन्त्री, मन्त्री र सुरक्षा प्रमुख र सुरक्षाकर्मीहरुलाई।

    थाहा छ नि, जमीम सर तपाईका सामुन्ने कति हात बढाउँथे ती नेताहरु! तर आज प्रधानमन्त्री माकुनेले तपाईको लास हेर्दै भने– देशमा शान्ति सुरक्षा कमजोर भएकै छ। गृहमन्त्री त तीन थान सुरक्षा प्रमुख लिएर बेइजिङ शयरमा मस्त।

    जमीम सर, तपाईको हत्यापछि गोहीका आँशु झार्नेहरुलाई ती कायर हत्याराहरु लैनचौर दरबारबाट आए, अनि त्यस्तै गए भन्ने कठस्थ छ। गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई यो सव व्यहोरा सविस्तार ज्ञान छ। तर भन्दिए, हत्यारा पत्ता लाउँछौ। कस्तो नालायक शासकको देशमा जन्मनु परेछ सर तपाईले? धिक्कार छ सर सत्तालम्पट नालायकहरु प्रति।

    तपाईको ज्यान सडकमा ढल्दा नैतिकताले पोलेन गृहमन्त्री रावललाई? प्रहरीका हाकिमलाई, प्रधानमन्त्री नेपाललाई। सत्ताका लागि देश बेच्न् तम्तयार प्रवृत्ति सडकमा ढलेको तपाईको लासमा प्रतिविम्वित गराए नी जमीम सर गृहमन्त्रीदेखि प्रधानमन्त्री र तथाकथित सुरक्षा प्रमुख र अंगहरुले। वस, भै गो सर, दुस्मनसँग पो जीवनभर लड्नुभो, आफ्नै भनाउँदासँग लड्ने सामर्थ्य त के होस तपाई जस्तो निशस्त्र सञ्चारकर्मीलाई?लोक जान्दछ तपाईको लाश सत्ताको आश भएको तथय।

    नेपालका लगभग सतप्रतिशत टेलिभिजन पत्रकार तपाईका टेलिभिजन करिअरका सन्तान हुन्। प्रिन्ट मिडियाका अधिकांश पत्रकार तपाईकै सन्तति हुन्। सबै जसोका घर कोठामा बज्ने टिभी च्यानल तपाइकै नासो हो। यस अर्थमा जमीम सर तपाईको यो भारतीय गेमप्लानको हत्या कदापी लुक्ने, छिप्ने र विलिन हुने छैन।

    जमीम सर तपाई जस्तो सञ्चार उद्यमी मारिने देशमा सुरक्षित त को नै पो रै’छ र?

    आदरणीय जमीम सर,

    मानसपटलमा ताजा छन् तपाईका ऐतिहासिक योगदानहरु। ०६१ सालको स्पेसटाइमको आगजनीसँगै व्यहोरेथ्यौं, ०५८ जेठ १९ को शुक्रबार मध्यरातको नारायणहिटी हत्याकाण्डबारे सँगै रिपोर्टिङ्ग गरेथ्यौं, ऋतिक रोशन काण्डको दुष्प्रयास पनि झेलेथ्यौ। हाल फेरिएको छ– जीवन चोला तर उही छ चुनौति जमीम सर।

    २ मुठी सास होउन्जेल तपाईको भारतीय ग्राइन्ड डिजाइनको कायरतापूर्ण हत्याको पर्दाफास गरिरहने छौं र तिनलाई नर्क पुर्‍याउन कुनै कसर बाँकी राख्ने छैनौ जमीम सर। अलबिदा जमीम सर, तपाईको जीवनलाई चीर शान्ति मिलोस्।

    अलविदा ।

    [हाल नेसनल टेलिभिजनका कार्यकारी समाचार प्रमुख खड्का तत्कालीन समयमा जमिम शाह प्रकाशक रहेको स्पेसटाइम दैनिकमा खेल पत्रकारका रुपमा कार्यरत थिए]

    No related posts.

    88 comments to अलबिदा जमीम सर

    • madan bajracharya

      श्रिस्ति श्रेष्ठ/
      गुण्डा, राजनैतिक आतंककारी र खराब छिमेकी व्यक्ति बा रास्ट्र दुबैको लागि दुर्भाग्य र अशान्यिको कारक तत्वोहरु हुन्/ अब नेपाल कास्मिर र पाकिस्तान को संदर्व्मा ती तिनै देसमा अशान्ति मचाई रहेकोमा भारत धेरै हद सम्म दोषी छ/ दाऊद्को नाम अहिले प्रायोजित किसिमले जमिमको हत्या सिट गाँजेर कसैले होयिन भारतको कहिले नपच्ने नुन खाएका हरु ले फैलायिरहेको हो/

      दाऊद् लाई एउटा राजनैतिक अपराधिक गुण्डाको रुपमा किन सकिन्छ र त्यो व्यक्ति मुस्लिम भएको र हिन्दुस्तान सिट सत्रुता राख्ने व्यक्ति हो/ तेसैले भारत विरोधीलाई दौउदले पाल्न सक्छ होला मार्न सक्दैन/

      कास्मिर को कुरा उठाउनु भयो/ कास्मिर भारतले कास्मिरको राजा हरि सिंग लाई दिल्लेमा थुनेर जबर्जस्ति कागजमा सहि गर्न लगाएर लुटेको हो/ राजा लाई सहि गराएर कास्मिर लुट्न सक्छ? तर लुते भारतले/ तेस्तै काम उहिले त्रिभुवन लाई दिल्लीमा लगेको समएमा भारतले गर्न चाहेको थिए भारतले/ तर राणाहरुले त्रिभुवन को सहि नचल्ने गरि राजा बात हटाएर ज्ञानेन्द्र लाई राजा बनाएकोले मात्रै नेपाल लाई कास्मिर जस्तै कुप्लुक्क निल्न नसकेको हो भारतले/

      अब अहिलेको नेपालको दुर्दशाको निमित भारत नैदोशी भएको सबैले बुझेको कुराहो/ नेपालको सबै नदीहरु लुटिसके, सिमा र छ्यत्र हरु मिच्दै छ/ राजनीतिमा उप्निबेश्बाद लादेको मात्रै होयिन सबै नेपालीलाई बोकायेकै छ/ बलात्कारको कुरा गर्नु भयो/ भारत भित्र दिनुहुन लाखौँ नेपाली चेली बलात्कृत हुन्छन/ उसका सेना गुण्डा हरु नेपाल भित्रै आएर नेपालि चेलीहरुलाई बलात्कार गर्दै छन्/ अब त् गुण्डा पठाएर समेत भारत बिरोधि हरुलाई मार्न लगाउंदै छ/ दाऊद् नामुद अपराधि हो गुण्डा हो हत्यारा हो तेस्मा कुनै संखा छैन/ तर नेपाल बिगार्ने त्यो मुस्लिम दाऊद् होयिन भारतीय दाऊद् हुन् तिनका भतौरेहरु हुन्/ भारतीय दाऊद् दिल्लीमा राज गर्छन उसका भतुरेहरु सिंह दरबारमा र भटुरे हरु जहाँ तहीं छन्/ तेसैले त् जमिम मारिए नि/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • स्रिस्ठि श्रेस्ठ

      दाउद ले नेपाल को माया गर्छ???? कस्तो तर्क हो????
      तस्कर, हत्यारा, अहिले सन्सार को सबै भन्दा कुख्यात ब्यक्ति, मुसलमान कट्टरपन्थि, जस्को काम अन्य धर्म को नामोनिशान मेटाउनु हो, त्यसले नेपाल को माया गर्छ????
      किन यति अबुझ् तर्क? काश्मिर मा के भयेको थियो? कसरि आज पनि दाउद ग्यान्ग् का मुसलमान हरु ले एक् एक् गरि हिन्दु हरु लाइ मार्दै छन्? बन्गाला देश मा दिन दिनै के हुन्छ? पाकिस्तान मा हिन्दु लाइ दिन दहाडै बलात्कार हत्या गरिन्छ१
      साथि हो, एक् चोटि पाकिस्तान-अफ़्घानिस्तान जाउ है? त्यहा हेरौ! अनि कुरा गरौ!
      दाउद इब्राहिम ले नेपाल को माया गर्छ रे! हरे शिव!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • Tununge Khurpeto

      यहाँ कुरो यस्तो आयो, जमिमको दाऊदसंग सम्बन्धका (यदि भएको भए पनि) कारण यो दुर्घटना ठिक भन्न त मिल्दैन नि | दाऊदले मेरो देशको माया गर्छ भने नेपालीको माया गर्छ भने मलाइ भारतीय हुनु छैन || मलाइ के को कसकस || जमिमको दाऊदसंग कुनै सम्बन्ध थियो र मेरो देशप्रति माया थियो भने मलाइ दाऊदसंग केहि लिनु दिनु छैन, मलाइ भारतीय हुनु छैन || म मेरो देशको र नेपालीको घृणा गर्ने जो कोहि महात्मा गान्धी भए, उसैको बिरोध गर्छु || र होइन, नेपाल र नेपालीको हित चिताउने दाऊदै आउन न हाम्लाई के को खसखस || होइन त साथिहरु ???

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • himraj khurpeto

      यहाँ कुरो यस्तो आयो, जमिमको दाऊदसंग सम्बन्धका (यदि भएको भए पनि) कारण यो दुर्घटना ठिक भन्न त मिल्दैन नि | दाऊदले मेरो देशको माया गर्छ भने नेपालीको माया गर्छ भने मलाइ भारतीय हुनु छैन || मलाइ के को कसकस || जमिमको दाऊदसंग कुनै सम्बन्ध थियो र मेरो देशप्रति माया थियो भने मलाइ दाऊदसंग केहि लिनु दिनु छैन, मलाइ भारतीय हुनु छैन || म मेरो देशको र नेपालीको घृणा गर्ने जो कोहि महात्मा गान्धी भए, उसैको बिरोध गर्छु || र होइन, नेपाल र नेपालीको हित चिताउने दाऊदै आउन न हाम्लाई के को खसखस || होइन त साथिहरु ???

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • गोरख

      कसैको पनि दिन दहाडै हत्या हुनु राम्रो कुरा होइन . जमिम शाह को पार्थिव सरिर लाई सब्द स्रदान्जली .राज दरबार हत्या काण्ड भएर बंस नै नास भएको आखा आगाडी देखीद्दा त मुटु कमाएर सत्य बोल्न नसक्ने मा कु ने ले अब जमिम हत्या काण्ड मा बोल्छा भनेर नेपाली जनताले पत्यौलन जस्तो लाग्दैन मलाई त .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • prakash

      जमिम शाहको हत्या प्रति र यो देशको सुरक्ष्या ब्यबस्था प्रति हामिसबैलाई खेद छ ! सुर्य जी को लेख समय सापेक्ष्य भएपनि, मालिकको गुनगान र गुलामी प्रब्रितिनै देखियो !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • shyam

      यो रातो मा भोट दिने मित्र हरुले क्लिक मात्र गर्नु भन्दा कुन कुरा ले चित बुझेन येसो २,४ सब्द लेखि दिए मनसाय बुझिन्द्थियो कि ???

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 7

    • Dipak

      धोति ले नेपाली मार्यो सबै भन्दा दुख को कुरा भन्ने येही हो . जमिम शाह जो भए पनि एउटा नेपाली हो जसलाई धोति ले मार्यो!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • SHASHI's

      जमिम शाह ले कति राम्रा कम गरे वा गरेनन को पाटो छोडेर अर्को पाटो केलाउदा मलाई के लाग्छ भने एउटा नेपाली दिन दहाडै गोलि हानेर मरिन्छ / ल सरकार भन्ने निक्रिस्ता जन्तु आफ्नै बाँसुरी बजाएर बस्छ / कति करुणामाया भएको छ अहिले स्थिति / के जमिमको ठाउमा कोहि नेताका सन्तति मरेका भए येस्तई मुर्दा शान्ति हुन्थ्यो त ? धिक्कार छ नेपालको प्रशाशन…क्रान्ति गर्ने तरिका अलि अनौठी गरुन मन छ — खाने कुरा आफ्नो घर नभए कृषिमन्त्रि कोमा गएर जबर्जस्ति खैदिने ! चक्काजाम गर्नु छ भने यातायात मन्त्रीको गाडी फोड्ने र त्यसलाई खालीखुट्टा सडक मा हिदौने ! देशमा ज्यान को सुरक्च्या छैन भने गृहमन्त्री लै गएर मज्जाले पिट्ने….हेरौ मनको इक्च्या कहिले पुरा हुन्छ :)
      जमिम सर को परिवार लै सहने शक्ति मिलोस !!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • chandeakala gautam

      जमिम शाहको आत्माले सान्ति पाओस| सोक सन्तप्त परिवारलई साहना सक्ने छ्यमता प्रफ्ता होस्| नेपाली भएर नेपालीको संमान गर्न सिकौ| सुर्यजी धन्यवाद तपाइको शरद प्रति|

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • Rajiv Maharjan

      Lazimapt Police are corrupted and close friendships with Lazimpat ‘s Gundas and Dons.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • kesu

      अरु केहि भयको होइन बर्मा गया नि कर्म संगै भयको मात्र हो.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • ramkrishna

      बिनोद न्यौपाने सर ले धेरै चित्त बुझ्ने कुरा गर्नु वो….
      मिर्जा, जमिम, युनुस ( जो अहिले जेल मा छ), अनि पारस ….सबै फटाहा हुन्…दाउद इब्राहिम क मान्छे हुन्…फटाहा को औसधि हुदैन ….कुनै मुला अलि अगाडी उखेलिंचा…कुनै मुला अलि पछाडी उखेलिंचा ….एस्त घतानाता डेल्ली मुम्बई तिर दिने पिछे हुन्छ…तेस्तो धेरै असर गर्दैन वन्चन ….अब यहाँ चाही के के न हो भनेर…बोका को मुख मा कुभिन्डो जस्तो…

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

    • Pragyan

      जमिम सह को मृत आत्मा लाई मेरो हार्दिक श्रधान्जली, उनको आत्मा ले शान्ति पाओस. र उनको येसरी हत्या हुनु साचिनै निन्दनीय कुरा हो. जमिम सह सम्वन्धि विवादित कति सत्य हुन् र कति असत्य हुन् तेयो त म भन्न सक्दिन तर…………… यो सुर्य खड्का भन्ने मान्छे चै साचैको फोकटिया पत्रकार रैछ. अथाह सोकमै लेखेको भए पनि एउटा लाईन पाँच ठाउँ म सिर त अतिनै भयो. एउटा कुसल पत्रकार ले येही कुरा लाई धेरै राम्रो र स्थरिय तरिका ले लेखना सक्छ. जति आँसु झारे पनि सुर्य खड्का चै बेकार को पत्रकार हो. प्रहरी लाई दमन गरेको त कहाँ बिर्सेको छ र!!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • yogi

      साथीहरु एउटा कुरा याद राखौ जमिम शाह लाई जहिले पनि इंडिया ले अन्डर वोर्ल्ड को र नककली भारु को गिरोह अनि दाउदको मान्छे भन्छ, इंडिया ले त आफ्ना बिरोदी सबैलाई यस्तै भन्छ, इंडिया संग यसको प्रमाण छ ? अनि अरु कुनै देस ले यो कुरा भनेको छ, दाउदले जमिम मेरो मान्छे हो भनेको छ ? इंडिया ले त नेपाली जनता पारशको साथ मा छैन भन्ने सम्झेर उसलाई पनि भा रु को नक्कली कारो बारमा संलग्न भनेको थियो, आखिर नेपाली जनताले नपत्याएपछी त्यो कुरा तेसै सेलायो/ तेसैले साथीहो कागले कान लग्यो भन्दैमा काग को पछी दौडने होइन काननै पहिला छाम्नु पर्छ, कागको मन कालो पनि हुन सक्छ, उसले जमिम लाई उसको बिरोधि भएको ले मात्रै सबै दोष लगाएको हो, कुरा छर्लंगै छनी,तेस्तो फटा देश र जनताको कुरा सुनेर आफ्नै नेपाली नागरिक माथि संका गर्नु मुर्खता सिबाय केहि हुँदैन, चेतना भया……..

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • basanta karki

      जमिम माथि को गोलि प्रहर मुलुक माथि कै गोलि प्रहर हो . उनको निधन ले हामी सबैलाई दुखित तुलायाको छ.
      बसन्त कार्की
      दोलखा

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • uru shrestha

      य मेरो भगवान नेपालमा कहिले शान्ति आउने होला ? सधै मान्छे काटेको र गोलि हानेको समाचार मात्र आउछ/ नेपालमा नेताहरु गतीला नभयर हो, नेपालमा छिटो भन्दा छिटो शान्ति आवोस जमिम जी को आत्माले शान्ति मिलोस यहि कामना गद्छु दोषीलाई कारबाही होस्

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • चाहे जमिम शाह चाहै जे जस्तो भए पनि सबै भन्दा पहिला एक नेपाली हुन । र एक नेपालीलाइ भारतले गुण्डाको प्रयोग गरी जसरी हत्या गरेको प्रस्टरूपमा उसका मिडीयाले र फोन गरेको व्यात्तिको भनाइद्वारा स्पष्ट छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

    • Ale

      जसरि हत्या भयो, अबश्य पनि निन्दनीय छ | तर माथि केहि साथि हरुले भने जस्तै जमिम शाह भन्ने मान्छे सुर्य जी ले गरे जस्तो गरि गुनगान गाउनु पर्ने जस्तो चाही मलाइ लागेन | हुनत नुनको सोझो गर्न खोज्नु भएको होला सुर्यजिले तर के बुझ्नु जरुरि छ भने मान्छे ले जस्तो गर्छा तेस्तै भोग्नु पनि पर्छा | जसले मारे पनि उनि सुर्यजी ले भने जस्तै राम्रा भएका भए पक्कै पनि येसरी मर्ने थिएनन् | मृतक को आत्मा को चिर शान्ति को कामना गर्दछु |

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

    • सुदन रेग्मी

      सुर्य जी आज मलाइ तपाइको एउटा कुरा ठिक लाग्यो सारैनै राम्रो छ, लेख लागि धन्य बाद !!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

    • हे भगवान देशमा के हुनलागेको हो धुल बडा हरु लै त कुकुर मारे जस्तो गरि दिन दहाडै बाटो मा मर्न थाले भनि हामी निमुखा जनता को जिउदन को कसरि सुरश्य
      होला जमिन जी थान्यबत तपैलाइ भारत बिरुद लड्नु भय को मा भारत साग शिर नाझुकौनु भयको मा तपाइको आत्माको सान्ति को कामना गर्दछु र तपाई को हत्या गर्नीको हामी नेपाली ले बदला लिन सकौ जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • rajes

      सुर्य जी को लेख एकदम राम्रो छ . मा एकदम भाबुक भए सुर्य जी को लेख पढे पछि .हामी सबै को साथ छ सुर्य जी .एस्त अरु लेख पनि पढ्न पाइयोस. जो संग अलिकति पनि सोच्ने दिमाग छैन . जो नेपाल birodi हो . जो भारत को दलाल हो तेस्ले मात्र येस्ता लेख को बिरोध गर्छ .तेस्ता लाई हामी नेपाली को नेपाल मा बस्ने र बोल्ने अधिकार छैन .
      एक पटक फेरी हार्दिक स्रधंजलि जमिम साह लाई

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

    • Raj

      Anup

      Its tomuch?
      Please when you write in Public place Respect others and same yourself.
      Please dont insult to others.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

    • Hillman

      हत्या जसको जुनई उदेश्यले भए पनि नेपाली माटो रगतले मुछिनु अती दुखदाई छ! दिन दहाडै बीच बाटोमा कसैको हत्या हुनु लाछी, लाचार र गैरजिम्मेवार सुरछा व्यवस्थापन हो! यसले शान्ती सुरच्छाको मुकुण्डो लगाएको नेपाल सरकार, नेपाल गुप्तचर विभाग, जंगी र निजामत्ति सरकारी कर्मचारी संयन्त्र, लगायत शान्ती सुरछाको जिम्मेवारी लिएको सबई निकाय हरुको अनुहार उदांगिएको छ! लेख सम्बन्धमा: सुर्यजीले समवेदना मुलक लेख लेख्नुमा आपत्ति होईन! तर लेखको भाव, भावनात्मक नभएर क्र्रित्रिम र देखावटी जस्तो भान हुन्छ! जमीमको बारेमा: नेपाली मिडियामा वहांको योगदान ठुलो छ होला! तर जुन धरातलमा वहांको साम्राज्य उभिएको थियो त्यसले वहाँ आफैको ज्यान त लियो नै तर लामो राजनैतिक सङ्कट र संक्रमणकाल खेपी रहेको नेपाल लाई पनी अन्तर्राष्ट्रिय माफिया विवादमा मुछने टड्कारो छ! वाहाको हत्या पछी भएको घटनाले त्यही देखाउछ! जे होस् मृत आत्मा लाई शान्तीको कामना, र शोकाकुल परिवारमा समवेदना!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • santosh

      जमिम शाह पक्का नेपाली थिए र आज एउटा नेपाली लाई भारत ले नेपाल मा नै आएर गोलि हानेको छ .हामी नेपाली लाई यो भन्दा दुखको कुरा के हुन् सक्छ???????यस्तो अवस्था मा पनि हाँसो र रिस ले मात्र कुरा गर्ने माथिका केहि साथीहरुको कमेन्ट पढेर नेपाली हुन् भन्न्न पनि लाज लाग्यो./

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • ashish sharma

      सुर्यजी,
      I appreciate your feeling towards Jamimji. Murder is a murder of a physical body and and a right to live. If you can not make anyone reborn, then no one has right to kill. Anyone blamed should be brought into justice and the killer of Jamim must be brought to justice as well.
      However, a question arises why Jamim is killed. Whether Jamim’s activities against India in the past were in favor of Nepal or some other country and were his connections with international criminals necessary for Nepal.
      Also, he was responsible to corrupt Nepalese politics and bureaucracy as well. For example, getting permission to use NTC’s pole to supply cable wire of his company was a scandal.

      Any way, murderer should be brought into justice. Wish his soul rest with peace.
      Ashish, kathmandu

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • Anup

      थुइक गधा सुर्य !!

      मारेर गएपछि पनि ……..मोल्न छादिनस है ?!

      धिक्कार छ तलाई

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 56

      • Okhaldunge

        जुन सुकै बिचार धारामा आस्था भए पनि आखिर हामी नेपाली नै हौँ भनि बुझ्न नसक्ने र सही र सत्यत्ताको मुल्यांकन गर्न नसक्ने पढे लेखेका आलुपाण्डे नेपालीहरुको मानसिकत्ता देख्दा घृण लाग्छ! यसैको फल आज देश ले भोगी राखेको छ

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

      • Bhimsen Limbu

        त्यसोभए के जमीम शाहको हत्या ‘ढुङ्‍गा लड्‍यो कि मुढा लड्‍यो, कुकुर मर्‍यो कि बिरालो मर्‍यो’ नै हो त ? कति तुच्छ, क्षुद्र र मानवीय सम्वेदनाहीन अभिव्यक्तिहरु यहाँ पेश गरिएका हौ ? पशुपतिको बाँदर मर्दा पनि शोक मनाइने नेपालमा जमीम शाह मर्दा चाहिँ भुस्याहा कुकुर नै मर्‍यो त ?

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

        • madan bajracharya

          लिम्बु जी
          जमिम सहि थिए गलत थिए तर नेपाली थिए/ खराब भए नेपाल को कानुन असल भए समाज ले बुझुन/ कुनै नाम लुकेको एजेन्सीले छद्म नाम भारतीय गुण्डा पठाएर “हे पहाडी हो भारतको बिरोध नगर्नु है नभए जमिम लाई मारे झैँ तिम्रै देसमा मारिने छौ” भनि नेपाली लाई धम्कौन्दै गरेको मा संबेदन शिल हुन् कता कता उल्टै आफ्नै देस बाशिको खेदो खन्दै छ/ तेस्तैको नाम मा म निम्न पंक्तिको भेट चधाउछुँ:

          बाढी आउने नदि के काम भारत लाई दे/
          आफ्नो नाममा एक आना नपरेको सिमा
          भारतले मिचे मिच्न दे मलाई केको तन्ता/
          कहाँ हो कालापानी कहाँ हो सुस्ता र दांग
          घर न मावली मेरो मिचे त् मिचे के वास्ता/
          पारिकाले वारिका महिला लाई बलात्कार गरे?
          हल्ला नगर सुटुनु छ, ती मेरा बहिनि न दिदि/
          जमिम भन्ने मारिए, तर म त् जिउंदै छुँ नि
          भोलि अर्को पनि मारियेलानी!! मलाई नमारुन
          मारी हालेनी!! लौन बाबा मलाई बचाउनु गुहार!!!!!

          मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

          • Bhimsen Limbu

            धन्यवाद मदनजी !
            शब्दहरु सही छन् । विशेष यति पङ्‍क्ति चाहिँ नेपाली जोकसैले गम्भीरतापूर्वक याद गर्नुपर्छ -
            “हे पहाडी हो भारतको बिरोध नगर्नु है नभए जमिम लाई मारे झैँ तिम्रै देसमा मारिने छौ”

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • Raj

      Thank you Surya Ji
      This is true he didt hurt any of nepalis.
      Nobody knows he is Doud friends .Every nepali knows he did some things for nepalis.Now why we have to make somany bad coment about Him?
      I hope god will help to give some more brane to Suman,sasha,Binod,Ramkrisha

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • Tilak USA

      …… “तपाईको जीवनलाई चीर शान्ति मिलोस्..”……..| भनि लेख्नु भएछ सुर्य जी अन्तिम वाक्यमा तर मिर्तक्को “जीवनलाई” हैन” आत्मालाई “चिर सान्ति मिलोस भन्दा हुन्थ्योकी ?

      अलबिदा जमिम ….

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • shambhuupadhaya

      वास्तवमा नेपाली भूमिमा हत्या भयकोछ यो बडो खेदको कुरा छ जमिम शाहको
      हत्यारा पत्ता लगाउनुको लागि सरकारलाई चारै तिर बाट दबाबदिनु पर्छा रह्योकुरा
      सुर्य जी को उनि कस्तो खालको मान्छे हुन् सबैले जानेकै कुरा हो / जमिम शाह
      को परिवार लाई इश्वोरले ध्येर्य धारण गर्ने शक्ति प्रदान गरुन /
      मेरो नेपाल
      प्यारो नेपाल
      शान्त नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • lalit thapa

      sir जमिम नमस्कार न अलबिदा तपाई लै .तपाई ल बिदेशी हस्ताचेप्को lagi जति कुरा नेपाली जनताको वली को lagi लेख्नु hunthyo.त्यो एकदमै ramro कुरा थियो/.तपाई को hatya मा आज sampurna नेपाली जनतालाई एकदम dukhi बनेकोछ.तपाई को हत्याराहरु लै कडा वन्द कडा करबि हुनुपर्छ वन्ने हामी सबै नपाली को वनै६.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • Anurodh

      जमिम शाहका बारेमा अलि बिस्तृत जान्न पाएको भए राम्रो हुन्थ्यो मेरो विचार मा उनि देश भक्त थिए तेसैले मारिए आगामी दिन मा पनि येसरी नै मानिस हरु मारिन्छन अनि हामी मध्ये कोहि ले गोही को आँसु झार्छौँ यो नै हाम्रो नियति बनेको छ . आगामी दिन मा कुनै नेपालीको एस्तो मृत्यु नहोस

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

      • Sameer Adhikari

        अनुरोध जी
        एउटा स्थापित मुस्लिम, नेपालमा पहिलो स्याटलाइट टेलिभिजन “च्यानल नेपाल ” को जन्मदाता, एउटा त्यस्तो नेपाली च्यानल जसमा नेपाली भाषाका कार्यक्रम बाहेक अरु प्रसारण हुँदैन………

        यस बाट के प्रस्ट हुन्छ भने उनि एक सच्चा नेपाली थिय जे आफ्नो समुदाय बाट माथि उठेर राष्ट्र अनि राष्ट्र भाषा मा समर्पित – एक सच्चा नेपाली |

        मेरो एउटा अनुरोध सम्पूर्ण नेपाल प्रेमी नेपालीलाई ” भारतीय दलाल हरुलाई पहिचान गरि सामाजिक बहिस्कार गरौ

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 5

    • प्रेम अर्याल

      जमिम शाह को आत्माले शान्ति पाओस, एस्तो निच हत्त्याको सर्बर्त्र बिरोद होस्,

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

    • पेम्बा शेर्पा

      सूर्य जी,
      तपाईंको भावुकता प्रति सहानुभूती छ। जमीम कति नेपाली थिए कति अरु केही थिए, त्यो कोट्याऊने बेला यो होईन। तर तपाईंले जमीमका कामहरुको बिस्तारमा वर्णन गर्नु भएको भए म पनि जमीमलाई पनि मेरो राष्ट्रवादी मार्गदर्शक मान्न सक्ने थिएं कि?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 5

    • ramkrishna

      सुर्य मित्र फटाहा को हालत जहाँ सुकै येस्तई हुन्छ…संसार को कुनै पनि कुना मा हेर्नुस येस्तई हुन्छ….माई संसार ले अरु पनि राम्रा कुरा हरु लेख्नु परोनी…हाम्रो नेपाली खेलाडी ले कतो गोल्ड मेडल हात परिसकेका छन्….के हो कहिले कहिँ ता….येसो राम्रो न्यूज पनि लेख्नुस न…..हेर्दै जानुस दाउद इब्राहिम क मान्छे हरु अरु पनि येसरी नै मारीनेचन…..दुनिया मा सबै कुरा को औसधि छ..तर फटाहा को औसधि छैन…तेती मात्र हो कुरा…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 28

    • Binod Neupane

      सुर्यजीको रोदन बडो अप्राकृतिक लाग्छ| उहाले भनेजस्तो जमिम शाह दुधले नुहाएका व्यक्ति पक्कै होइनन| उनी एक बिबादित व्यक्ति हुन् र कुख्यात अन्डरवर्ल्ड दावूद इब्राहिम एबम पाकिस्तानी गुप्तचर संस्था आइएसआइसंग ईनको सम्बन्ध भएको कुरा सबैलाई थाहा भएकै कुरा हो| दावूद इब्राहिम, छोटा राज़न, भरत नेपाली, अबु सलिमजस्ता डनले आजसम्म जमिम शाह (नेपाली नागरिक) जस्ता थुप्रै भारतीयलाई मुम्बई, दिल्ली जस्ता शहरमा मारेका छन्| अन्डरवर्ल्डको लडाईमा बिथ्थामा भारतलाई दोष दिनु भन्दा आफ्नै देशको शान्ति सुरक्षा मजबुत गर्न सरकारलाई दबाब दिने कि|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 30 Thumb down 56

      • Mahesh

        मलाई थाहा छैन जमिम कस्तो थियो भनेर अनि को हो भनेर अनि मारेर समाचार ले गर्दा चिने . बिनोद जी लाई धन्यवाद दाउदको मान्छे अनि ISI को एजेन्ट भनेर चिनाउनु भएको ले . तर सुनेको मात्र हो कि साचिनै हो ? नेपाली ले धेरै जसो सुनेको बोलि मात्र बोल्छ अनि पत्ताउनै गारो हुने.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 8

        • बीर

          महेशजी, हावा नचली पात हल्लिदैन भने झैँ केहि त थियो होला नि जमिम शाह माथि धेरैले औला उठाउने कारण, होइन भने जो पायो त्यहीलाई भन्थे होला नि | उनि जे जस्तासंग सम्बन्धित भएता पनि उनको यसरी हत्या गरिनु चाँही अपराध नै हो | अपराधीलाई कानुन अनुसारको कारबाही चाँही हुनै पर्छ |

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 9

          • parivartan

            बीर जी, पात हावा लाग्दैमा मात्र हल्लिदैन , बादर रुख चढेर हल्लायो भने पनि हल्लिन्छ | पात हल्लेको देख्दैमा हावा लागेको भन्नु चाहि अलि मिल्दैन कि |
            जमिम को थिए भन्ने कुरा महेश जी लाइ जस्तै मलाइ पनि थाहा छैन | हल्ला त धेरै सुनिएका थिए | ती आफ्नै ठाउमा छन् | बिदुर जी ले ठोकुवा गरेजस्तै ISI को एजेन्ट भनेर पनि हल्ला चलेको थियो | त्यो हल्ला पनि साच्चिकै हावाले चलाएर भनिएको हो या त बादर ले रुख हल्लाए जस्तै सीमा परि बाट बेसरी हल्लाइएको अर्थात् चलाइएको हो त्यो चाहि खोजबिन कै बिषय हुनसक्छ |
            जे जसो भएपनि कुनै आरोपमा फरार व्यक्ति थिएनन् जमिम साह | उनलाई यसरि दिनदहाडै बीच सडकमा भारतीय पक्षपोशकहरुले गोलि हानेर हत्या गर्नु नेपालीको स्वाधिनतामा धावा बोल्नु हो | यसलाई अन्तरास्ट्रिय डनहरु सित मात्र जोडेर हल्का बनाइनु हुदैन | यो नेपाल र नेपालि प्रति भारतको कुदृष्टि पनि हो |

            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

            • बीर

              प्रकृतिजी, यदि बाँदरले हल्लाएको रहेछ भने त देखि हालिन्छ नि, तर हावा त देखिदैन, फेरी हावा भनेको जहाँ पनि चल्न सक्छ तर बाँदरले हल्लाएको हेर्न त कि पशुपति कि स्वयम्भु नै जानु पर्यो, कि जंगल तिरै जानु पर्यो | अन्य मेरो कुरामा मेरो बिमति छैन |

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

        • Binod Neupane

          महेशजी, सुनेको मात्रै होइन साच्चै नै हो भन्या| मरे पछी गोहीको आशु झार्ने त हामी नेपालीको नानी देखीको बानीनै होनी| मान्छे मर्ने बित्तिकै के त्यसको सबै कुकर्महरु सत्कर्ममा परिणत हुने हो र?
          एउटा कुरा के भने नि मिर्जा र जमिम दुवै एकै ड्यांगका मुला हुन्| एउटा पहिला उखेलियो र एउटा अहिले, फरक तेत्ति मात्रै हो |

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 15

      • yogi

        बिनोद! तिमि चाही मुतले धोएको मान्छे होकी केहो? इंडिया को दलाल !!! जस्तो लाई तेस्तै उत्तर दिनुपर्योनी कि कसो साथी हो ?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 22

      • Okhaldunge

        तीन पाने हो कि नौ पाने हो,त्यसो त नेपालका गिरिजा माकुने देखि लिएर सब भारतीय एजेन्ट नै हुन् त यी सब बिबाद्दित व्यक्तिहरुको बारे यहाँको के भनाइ छ!

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 8

    • rajendra

      सुर्य जी तपाइलाई हाम्रो साथ छ.
      बिर नेपाली बीच यो ज्यान पनि बाकी छ.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 9

    • ramkrishna

      जे जस्तो भए पनि नेपाली धर्ति मा एउटा मान्छे मारिएको छ ….अनि त्यो पनि अन्डर वोर्ल्ड क मान्छे ले…यो कुरा ठिक होइन …मान्छे जो भए पनि तेस्लाई कारबाही गर्ने कम पुलिस प्रसासन को हो….नेपालको……अब एस्त कुरा लाई अलि मिलाएर लेख लाख्नु पारो सुर्य मित्र…किन मारिए..कसले मर्यो..एस्तो कुरा लाई …रस्त्रिये राजनीति संग जोड्नु भएन नि….कुरा सबै बाहिर आउनु पारो…..पारस को हो? मिर्जा को हो? अनि को हो त्यो जेल मा बसी रहेको छ? …अनि जमिम को हो …किन येसरी मारिनु पारो? अलिकति अनुसन्धान गरेर लेख लेख्नु भए हामी सबै धेरै आभारी हुने थियेउ…
      लेख क लागि धन्य बाद !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 6

    • rajana K

      This man Sasha, is a fool, does he not have a heart or is he also a chamche?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 10

    • अल बिदा जमिम सरको हत्यारालाई कारबाही होस् नेपाल सरकार ले छिटो भन्दा छिटो हत्यारालाई समातेर कानुनी कारबाही गरोस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 5

      • Okhaldunge

        Ramu ji,most probably sasha he is one of the member of this Gang.if polish arrest this idiot guy for investigate.I believed that it is very easy to
        find out the others criminal members.so the bestway is to findout the ip no of sasha to make easy to investigate.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 7

    • sasha

      Hidden due to low comment rating. Click here to see.

      मन नपराइएको प्रतिक्रिया। तपाईँलाई नि? Thumb up 34 Thumb down 187

      • Jose

        Sashaji,
        एस्तो गम्भीर कुरोमा केटा केटि जस्तो कुरा तपाईंले गर्नु भएको मलाई चाहिं pattakai ठिक लागेन. आगामी कोमेंट्स लेग्दा कृपया विचार पुर्याएर लेख्नु होला.

        स्वर्गीय जमिम साह को मृतात्मा ले सान्ति मिलोस. यस दुखद घडीमा सुर्य खड्का लगायत सम्पूर्ण सोंक सन्तप्त परिवार मा धैर्य धारणाको कामना.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 70 Thumb down 16

        • वाहिद अलि

          जोश जी यस्ता नालायक हरु को पछाडी लाग्नु ठिक हुदैन कम्ति मा पनि ब्लग खोलेर समाचार हेर्न सक्ने मान्छे हो भने कम्ति मा पनि पढे लेखे को हुनु पर्छ यस्ता पढे लेखे का हरु ले नै देश बिगारेका छन् काठमाडौँ मा बसेर पढे का ७५% बिद्यार्थी हरु ले नबुजेर कुनै एउटा पार्टी को कुनै एउटा नेता को पछाडी लागेर देश लाई यो स्थिति मा धकेलेका छन् अरु के के गर्ने हुन् केहि राम्रो गर्छु भन्ने हरु लाई दिन दहाडै गोलि हानेर कहानी को अन्त्य गरिदिन्छन देश मा गरि खाने स्थिति रहेन आज जमिम शाह लाई गोलि हानी हत्या गरे अब गोल्छा चौधरी कर्माचार्य हरु ले देश छोडी दिन्छन हजारौले रोजगारी गुमाउछन् अब तेही नै बाकी छ अर्को समाचार आउन.
          जे भए पनि कम्तिमा पनि कमेन्ट गर्दा आफ्नो कमेन्ट ले अरु लाई आघात नपुगोस भन्ने सोच हरेक कमेन्टर को मन मस्तिस्क मा आओस बिरोध गर्ने सैली मा परिबर्तन आओस भन्ने चाहन्छु सुर्य खड्का जी को लेख्ने सैली र उहा को भाव ले मन छोएको छ नजिक को मित्र को अन्तिम समबेदना यो भन्दा बढी केहि हुन सक्दैन.
          अन्तिम मा जमिम शाह को आत्मा ले चिर सान्ति पाओस र उहा को हत्यारा को पर्दाफास होस् कम्तिमा पनि देश ले हत्यारालाई सजाय दिन सक्ने स्थिति र साहस देश चलाउने हरु मा आओस. धन्यबाद

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 66 Thumb down 12

          • MK

            ठिक भन्नु भो वहिद अलि जी ले
            हात चल्ने दिमाग नचल्ने मान्छे हरुबाट धेरै अपेछ्या गर्नु पनि राम्रो हैन | हाम्रो देस मा तेस्ता मान्छे हरु पनि छन् , जो अरु को कुरा सुन्दै नसुनी एकोहोरो राजनीति गर्छन, भोलि देश मा इंडिया ले आक्रमण गर्यो भने पनि उनीहरु आफ्नो पार्टी को सरकार छैन अरु को त छनी ठिक भयो भन्न सम्म पछि पर्दैनन् र हाम्रो देश का केहि नेताहरुलाई गोल्छा चौधरी आदि जो गए पनि केहि फरक पर्दैन किनकि तेस् मा पनि उनीहरुले आफ्नो कार्यकर्ता बढेको देख्छन , अब काम हुने काम गर्ने लै त सडक मा गएर टाएर बालेर बस्ने फुर्सद हुदैन, मान्छे जति बेरोजगार जति गरिब बनायो तेती आफ्नो लागि राजनीति गर्ने बाटो हुन्छ, हाम्रो नेताको दिमाग मा त सबै मान्छे धनि भन्ने छैन, तेसैले सबै मान्छे गरिब बनायो अनि त सहि अर्थ मा समाजबाद,सहि अर्थ मा साम्म्याबाद, सबै समान…………..

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 4

            • बिराज

              आंच्च क्या दामी कमेन्ट ब्रो मलाइ त क्या मन परो होउ

              मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

        • Deepak Raj Panta

          who is this stupied man commenting in such a mannerless way. he should be the CHAMCHE of wither MAKUNE govt. or INDIAN GOVT.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 12

      • samrat~

        सशा,

        एस्तो गम्भीर अबस्था मा कसैको पिडा को तेस्तो लाचार शब्द बोल्ने पापी ! हेर कति जना ले त लाइ औला घुमाएर खोट्टा हानेको छ. त्यो मान्छे जस्तो भएनी कुनै नेपालि दाजु भाइ दिदि बहिनि को कमसेकम हत्या त गरेको छैन. उस बिचारा ले बोलेको छ त हाम्रो दुश्मन भारतीय बिस्तारबाद को विरुद्ध तेस्मा तेरो दिमाग मा चिर चिर हुन्छ भने. त पनि भारतीय दुताबाश को ठुलो लालिपोप चुस्ने मान्छे होस ! गद्दार !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 4

      • P4R££N1T4~

        सशा,
        chocolate, cad bury, lollipop, खान नपाएर येत्रो विधि गुनासो गर्नु भाको ? भोकमरी नेताको सन्तान पर्नु भयो कि क्या हो ? तपाईं त | भाग बन्डा पुगेन भनेर जहा पायो त्यहि गुनासो गर्दै, रुदै हिड्ने कस्तो लाछी रहेछ छ्या छ्या छ्या …..

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 15

    • लेख त यो अवस्थमा मा सबैको स्याबासी पाउने नै होला, तर यो अनावस्यक रुपमा सरकार निर्माण अनि जमिम साह को हत्या लै जोड्नु चैं अलि पीत पत्रकारिता हो कि या अरु सरकार बिरोधि को स्याबासी पौने चौका हो..?? संचार क्षेत्र बिसेस गरि केवल टेलिभिजन को क्षेत्र मा छैन उनको योगदान अनुकरनिया होला, तर उनि पनि ढूधले धोएको र राष्ट्रिय अस्मिताका लागि सधै लडेको भनेर जसरि सुर्य जी ले लेख मा भन्नु भयको छ, त्यो छैन उहाले सत्तो सराप गर्ने नेता को सम्ब्देना भासन को बोलि जस्तो भो, या त अब जमिम को संस्था मा पदोन्नती को निबेदन हो?

      उनको भूमिका पनि तेस्तो चोखो छैन, बिबादित मान्छे हुन्, तर जसरि हत्या भएको छ त्यो चैं हामी सबै ले झस्कनु पर्ने हो, किनकी रिपोर्ट मा आय जस्तै कतै देश भारत र पाकिस्तान को भिड्ने थलो, अनि भारतीय डानहरु को लड्ने थलो या भारतीय पछे बाट समर्थित र असमर्थित माफिया समुहको लड्ने थलो हुने हो?? यो ठुलो चिन्ता को बिसय हो..छानबिन होस्.. तेसका लागि दबाब दिउ..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 52 Thumb down 77

      • सुमन जी तपाही भनाई संघ म पनि सहमत छु/ कसैको ज्यान लिनु कायरता पन हो/
        एस्तो नहोस/तर सुर्य जी को लेख ले पक्कै स्वर्गीय जमिम को ताबेदारी गरेको छ/यो पक्कै हो/जमिम को हत्या को छानबिन होस् हत्यारा छिटै पता लागुन र दण्ड होस्/ नेपाल कसैको ज्यान लिने भुमि नबनोस/सान्ति भई रहोस/
        यो हत्या लाही नयाँ सरकार निर्माण गर्ने राजनीति तिर नजोडदा राम्रो होला./कलम को पनि सिमा होला तर सुर्य जी कलम कसैको अति स्याबासी पाउने खालको देखियो/बस:

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

    • अन्त राष्ट्रिय गिरोह को काराण मारिएको हुनु पर्दछ/ केहि न केहि त पक्कै छ/ मर्नु को पछाडी/तर जे जस्तो परे पनि कसै लाई मर्र्नु चै ठिक होइन/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 12

    • raj

      सुर्य जी निकै घायल हुनु भएको रहेछ | जमिन शाह को आत्मा ले शान्ति पाओस र शोकाकुल परिवार ले धैर्य गर्न सक्ने शक्ति| आज मलाइ तपाइको एउटा कुरा ठिक लाग्यो त्यो के भे धरै पीत पत्रकार ज्युदा लास हरुलाई स्वार्थ को लागि सलाम ठोक्ने गर्छन तर तपैले स्वर्ग भैसक्नु भएको जमिन शाह जी लाइ निकै आत्मीयताले, भाभुक साथ् सलाम ठोकेको देख्दा, र अपराधीहरु र अपराधी लुकाउने आफ्नै देशका नेताको खोल ओडेका आडमबरिहरुलाई कायरतापूर्ण हत्याको पर्दाफास गरिरहने छौं भनि च्यालेन्ज दिएको देख्दा| तपैले येहा भनेका कतिपय कुराहरु कटु सत्य हुन् पनि | अर्को एक कुरा भारत बिरोधी हुनु भनेको मिर्तु लाइ पकेट मा हालेर हिड्नु हो त्यो पनि अहिलेको परिस्थितिमा त्यसैले थोरै सजक रहनु होला |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 82 Thumb down 9

    • Deepak

      भोलि को नेपाल, नेपालिस्थान .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 14

      • prakash lama

        किन भोलि सम्म कुर्नु आजै भै सक्यो नि दिपक जी | यही घटना ले पुष्टी गर्छ नि :(

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 4

    • Sameer

      जमीम शाहको आत्माले शान्ति पाओस, हत्यारालाई कारबाही होस् |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 115 Thumb down 11

      • bidur bahun

        माथि को समिर जी ले लेख्नु भाको कमेन्ट मा पनि रातो मा भोट दिने को को जन्तु हो ..
        जमीम शाहको आत्माले शान्ति पाओस, हत्यारालाई कारबाही होस् भन्दा पनि रातो भोट ! दुइ जना ले हत्या गरेको भनेर सुनेको थिए .. तेही २ जना होला … नत्र अरु को होला ..

        शान्ति ..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 14

        • Sameer Adhikari

          बिदुर जी,

          यहाँ त नेपाली को मृत आत्माले पनि शान्ति नपाओस भन्ने हरुको जमात पनि रहेछ अब विचार गर्नुस त के यिनीहरु नेपाली होलान ? भारतीय हरुले गरेको आक्रमण को नाङ्गो नमुना

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 8

        • Bhimsen Limbu

          विदुरजी !
          कहिलेकहीँ मलाइ पनि खट्‍किने कुरा हो यो । शतप्रतिशत स्वतन्त्र, निष्पक्ष, तटस्थ, विशुद्ध, सत्य, विवादरहित भन्ने केही नहुँदो रहेछ । शतप्रतिशत समर्थन वा विरोधको अपेक्षा गर्नु ठूलो भूल हुने रहेछ ।
          एक कर्मशील र महत्वाकांक्षी नेपालीको हत्या भयो तर, यसमा कोही चाहिँ खुशियाली मनाउँदै होलान् । भरसक जमीमको मासुको भोज खान पाए रमाउने राक्षसीआत्माका पनि होलान् । त्यस्ता पापीष्टहरुसँग सरलचित्तले के अपेक्षा गर्ने ?

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 3

          • madan bajracharya

            लिम्बु जी
            भारतले जमिम लाई जे जस्ता आरोप लगाए तेस्तै आरोप लगाउने हरु सिट मेरो एउटा प्रसं छ भारत बिरोधि लाई भारतको जासुस ले मार्छ कि भारतको गुण्डाले ? आज यौटा नेपाली लाई भारतियेले भारत बिरोधि भएको आरोप मा मारेको छ/ नेपालमा भारत बिरोधि सय होयिन हजार पनि होयिन लाखौँ लाख छ/ प्रमाण चाहिन्छ भने हामि भारत मुखी हौँ भन्ने को भोट कसको मा गएकोछ कति गएको छ सोधे गने पुग्छ/

            अब के चाहन्छ त् भारत/ नेपाल बिरोधि आतंककारीहरुको आश्रय प्रशाये स्थल भारत् हो/ भारत भित्र नेपालको सरकार गिराउने योजना बनाउन छ/ अपहरण र हत्या गर्ने योजना बनाउछ/ देस बासीको छोरी बेटी लाई उसका गुण्डा मात्रै होयिन उसका सेना नै सिमा वारि आएर बलात्कार गर्छ/ घर खेत लुत्छ लुट्न लगाउँछ/ अब त् देस भित्रै आएर भारत बिरोधि को तप्काया समेत भन्न थाले/ तैपनि कसैले भारतको कस्तो नुन खाएको हो तेस्तो?

            वाह रे नीति नभएका नेताहरु/ वाह रे नेपाली हत्यामा रमाएका हरु/ भोलि पालो आफ्नै पनि आउला, आफ्नो देस नभन्ने लाई विदेश ले काम निकाली सके पछी कस्तो पुरस्कार दिन्छ भनेर अंत बुझ्नु पर्दैन पृथ्बी नारायन शाह लाई हाम्रो बाउ ५५ झ्यालको कुन कुना मा लुकेको छ भनेर देखाउने हरु लाई भक्तपुर कब्जा गरि सके पछी पृथ्बी नारायन शाह ले गर्दन छिनालेर पुरस्कार दिएको थियो/.

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

        • MK

          ठिक्क भन्नु भो बिदुर बाहुन जी
          पढेर बुझ्न सक्ने हैसिएत नभए पछि किन पढ्ने | समीर जी लेख्नु भएको कुरामा रातो थिच्ने मान्छे को दिमागी हैसियेत कस्तो होला ? २ जना बाहेक अरु भारतीय एजेन्ट पनि त हुन सक्छ |

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 4

      • krishna

        साचैनै, समबेदना भन्दा पनि रातो मा भोट हाल्ने कस्ता नर पिपासु, मुर्ख, अनि टाउको मा गिदिको सत्ता लिदी भरिएको जन्तुहरु पनि माई संसारको पाठक रहेछन/ यी यस्ता लम्पटहरुको जमातले नै होला नेपालमा कहिले पनि देशको हित गर्ने मान्छेको कहिले भलो नहुने/ अनि ऋषि धमला, माकुने, सुजाता,गिरिजा, प्रचंडे, ज्ञाने, खुमे, कमल थापा, यादव जस्ताको पछी लाग्ने जमात पक्कै पनि यस्तै लम्पट नै हुनुपर्छा/

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 3

    • Trilok Pathak

      सुर्य जी को लेख सारैनै राम्रो छ, र को चलखेलको पर्दा फास गर्नु जरुरि छ, श्री जमिम शाह को हत्या गर्नेलाई फासी दिनु जरुरि छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 177 Thumb down 23

      • shreesh thapa

        जमिम शाह को गल्ति होश या नहोश तर निर्मम हत्या भएको क्रुर अपराध हो जमिम शाहको आत्माले शान्ति पाओस …….

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 148 Thumb down 14

      • yogi

        एउटा जमिम शाह को भौतिक सरिर यो संसार बाट बिलिन भएको छ तर, अब तेस्ता लाखौँ जमिम शाहको बिचार भएका इंडिया बिरोदी नेपालीहरु सोहि दिन देखि जन्मिसकेको छ र जन्मिनु पर्छ……… अनि मात्र उनि प्रति सच्चा स्राद्दांजलि हुन्छ…………..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 107 Thumb down 16

        • पुष्प

          जमीम शाहको विचार त थाहा भएन, तर उनको हत्या र भारतको मौनताले भारतीय नीति विरोधी नेपालीको संख्या भने अवश्य बढेको छ । नेपालमात्र होइन, अन्य छिमेकी र अन्तर्राष्ट्रिय जगतसमेत यो घटनाबाट प्रभावित भएको हुनुपर्छ । भारतले आफ्नो मित्रहरू गुमाउँदैछ ।

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 105 Thumb down 10

          • madan bajracharya

            पुष्प जी
            सुर्येजी ले लेखुनु भएकै छ नेपालको संचार प्रणालीलाई सर्ब प्रथम भूउपग्रह मार्फत प्रसारण गर्ने जमिम हुन् भनि/ तेती बेला भारतको भू उपग्रह मार्फत प्रसारण हुने जी ति भी नेपाल मा पर्तिबंधित थिए र भारत तेस्मा रुस्ट भएका थिए/ तेती बेला जमिम अगाडी आएको थियो नेपाली संचार ब्यबशायेलाई भू उपग्रह मार्फत संचालन गर्न/ भारत नेपाल को संचार ब्यब्साए कहिले पो बिकसित हुन् भनि चाहन्थे र/ तेती बेला जमिम माथि सरकार समेत को बक्र द्रिस्तिको कारण निजि ब्यबशायी हरु जमिम जस्तै अगाडी आएनन/ तर जमिम हटेन उसको दोष तेही थिए/

            पुष्प जी मात्र सानो उदाहरण, नेपालको सरकारी संचार प्रणालीको पहुँच भू उपग्रह प्रयोग गर्ने साम भई दिएको भए नेपालको सिमा पनि भारतले मिच्न सक्दैन थिए/ नेपालको नक्सा र सिमा रेखा हरु भू उपग्रह मार्फत नियेंत्रण गर्न सकिने कुरा हुन् जुन कुरा आज बिस्वोमा यति सामान्य भई सके कि कुनै सहर मात्र होयिन प्रत्यक निजि घरको सिमा, सडक र सडक को लेन हरु समेत भूउपग्रह मार्फत नियन्त्रण हुन्छ/ भू उपग्रह को त्यो प्रणाली उपयोग गरे पछी मात्र एउटा g p s उपकरण प्रयोग गरे तपाईंको अर्को पाईला नेपाल भित्र छ कि भारत मा परे भनि सजिलै थाह हुन्छ/ के भारत चाहलार र नेपाल ले भू उपग्रह प्रणाली प्रयोग गरेर आफ्नो संचार प्रणाली र देस को सिमा सुर्छित गरुन भनेर/ जमिम ले नेपाल को संचार ब्यबशाये भू उपग्रह सम्म पुराउन खोजेर भारतको हिसाब मा भारत बिरोधि काम गरेको हो/

            पुष्प जी तपाईं को आवाज मा दम छ/तेस्तै धेरै अरु साथीहरु पनि छन्/ जमिम को थिए भन्नेमा जानु भन्दा भारतीय गुडा पठाएर नेपालमा भारत बिरोधि भएको आरोपमा नेपाली मार्न थालेको कुराको प्रतिकार गरूँ/ पुष्प जी अहिले भारतीय गुण्डा आएर जमिम त् के ऋषि धमला मारे पनि हामीले बिरोध गर्नु पर्छ/

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 72 Thumb down 13

            • Sasang Lama NY

              “भारतिय गुण्डा आएर जमिम त के ऋषी धमला मारेपनि हामीले बिरोध गर्नुपर्छ”|मदनजी!तपाइँको यो मन्तब्य उच्चकोटिको छ्। तपाईंको यस्तैखाले बिचारको अगाडि कृष्ण गोपाल र अरुण विवेक प्रभितिहरु टिक्न नसकेर माइसंसारबाट पलायन भएका हुन। जमिमलाई जमिनमा ढाल्ने तत्वको भण्डाफोर् गर्न सुर्य खडकाको होस्टेलाई हामीले हैंसे भन्न संकोच मान्नु हुन्न| हाम्रो आंगनमा आएर हाम्रै दाज्युभाइलाई बन्दुक दाग्ने त्यो हाम्रो साझा शत्रु हो। आपसी मनमुटावलाई थाँती राखेर त्यो शत्रुमाथि हामी सबै जाइलाग्नुपर्छ ।

              मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 6

              • बी.बी.

                “भारतिय गुण्डा आएर जमिम त के ऋषी धमला मारेपनि हामीले बिरोध गर्नुपर्छ”|

                एकदम ठिक कुरो !

                मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 5

                • Tej Prasad Adhikari

                  माहान आत्माका सुन्दर विचार हरु पढ्न पाउदा आज म हर्सित छु / एक आपस मा बैचारिक द्वन्द गरिरहने हामीहरुको भावना र गंत्यब्य यौटै हो भन्ने कुराको प्रमाणहो सुर्य जी को लेख र सो लेखका प्रतिक्रिया / म पूर्ण सहमत छु मित्रहरुको विचार संग(सशा जी,बिनोद न्यौपाने जी, / अनुप जी हरु बाहेक ) / “भारतिय गुण्डा आएर जमिम त के ऋषी धमला मारेपनि हामीले बिरोध गर्नुपर्छ”, ” हाम्रो आंगनमा आएर हाम्रै दाज्युभाइलाई बन्दुक दाग्ने त्यो हाम्रो साझा शत्रु हो। आपसी मनमुटावलाई थाँती राखेर त्यो शत्रुमाथि हामी सबै जाइलाग्नुपर्छ “,” इतिहास कृतज्ञ छ तपाईको(जमिम शाहको) कहिल्यै भारत सामु नझुकेको शीर प्रति, लम्पसार नपरेका हात, साथ र विश्वासप्रति”…….. यी सबै घाइते भएका हृदयको न्यायको निम्ति उम्लेको अभिव्यक्तिहरु हुन् / मेरो पनि पूर्ण सहमति छ एबम यसको बिरुद्धमा तपाई हरुको हरेक होस्टेमा मेरो पनि हैसे छ / म्रुत्यत्माको चिर शान्तिको कामना र सोकाकुल सबै संग समबेदना छ /

                  मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

              • mahesh

                म मदन जी को भनाई “भारतीय गुण्डा आएर जमिम त् के ऋषि धमला मारे पनि हामीले बिरोध गर्नु पर्छ” म १००% सहमत छू. अनि शासकं जी ले भने झै अरुण हरु हराएका होइनन, ती त सिमाना पारी गए प्रचंड र माओबादी बिरुद्द नारा लगाउन.

                मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

      • बिराज

        फाँसीको सजाय नभएको देशमा के को फाँसी ? समातेर कारबाही मात्र गर्न सके पनि धन्न समात्यो सम्म भन्नु पर्ला

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 7

      • mahesh

        ” तपाईको ज्यान सडकमा ढल्दा नैतिकताले पोलेन गृहमन्त्री रावललाई? प्रहरीका हाकिमलाई, प्रधानमन्त्री नेपाललाई” सूर्य जी , तपाई पनी कस्तो कुरा गर्नु हुन्छ. के ति नालायक हरु नैतिक बाटो बाट मंत्री प्रधानमन्त्री भएका हुन र ती निर्लज्ज हरु संग नैतिकता खोज्नु भएको? तिनी हरु संग नैतिकता खोंजू भनेको भिखारी संग धन दौलत माग्नु जस्तै हो, हुदै नभएको कुरा पनी माग्ने? नैतिकता भएका ले ता नैतिक संकट आउना साथ राजीनामा गरेका थिए नि.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 14

        • madan bajracharya

          महेश जी
          त् के गर्ने हामीले? सरकार रुचाए पनि नरुचाए पनि बधानिकता पाएको सरकार मान्न करै लाग्छ/ नैतिकता नभएको पनि सुर्य जी लाई मात्र होयिन सबै जनतालाई थाह छ, जनसमर्थन नभएको पनि सबैलाई थाह छ तैपनि सरकार उनीहरुकै हो दायोत्वो पनि उनीहरुकै हो; झक्झाकाउनु हाम्रो बाध्यता हो बिबसता हो/ किन कि हामि भिधि मान्छु कानुन मान्छौं तेसैले कानुन आफ्मो हातमा लिएर आफै अपराधि समात्न जान दण्ड दिन सक्दैनौ/ महेश जी म अन्ध बिस्वाश को एकदम अबिस्वाशी मान्छे तापनि देस को यो हालत देख्दा उहिले सतिले सरापेको कुरामा बिस्वास गरूँ कि आफैमा अबिस्वाश गरु जस्तो हुन्छ/

          भारतीय हैकम बाद हुँदै अब भारतीय गुण्डाराज सम्म देस मा हाबी भई सक्यो तै पनि भारत ठुलो छ नेपाल सानो छ भारत सिट हाम्रो केहि लाग्दैन उसले जे गरे पनि भारतको र भारत परास्त नेताहरु लाई आलोचना गर्नु हुन् भन्ने हरु ले तेस्तो किन भने, भारतले जमिम को बारेमा जे भने तेही कुरा भन्दै आउने ले किन तेसो भने बुझ्नु पर्ने भई सके/

          आज सम्म भारतले नेपालमा भारत बिरोधि गति बिधि भए पाकिस्तानी आई एस आईका गति बिधि बढे भनेर नेपाल माथि आरोप लगाउंदै आएको छ/ तर कुरो त् उल्टो छ बास्तवमा भारत बात नेपाल बिरोधि काम चरम स्तरमा हुन् दिंदै आएको छ/ भारतको गुप्तचर सेना प्रहरी समेत नेपालमा अनाधिकृत रुपमा छल खेल गर्दै आएको छ/ उनीहरुको जासुसी संस्था RAW ले त् नेपालमा आफ्नो जासुस र मतियारले ठेल्नु ठेले जस्तै छ/

          अब यहि जमिम कै काण्डमा भारतको छद्म नाम गुण्डाले जमिम भारत् बिरोधि भएर मारेको हो भने/ अब कसलाई थाह त्यो छद्म नाम गुण्डा उनीहरुकै जासुस हो कि? सेना प्रहरी आएर मारेको त् भन्न मिलेन गुण्डा बात भारत बिरोधि भएर मारेको भने/ के हाम्रो मन भित्र प्रसं उठ्दैन के गुण्डा ले नै मारेको हो त् भनि/ गुण्डाले भारत बिरोधि भएर कहीं कसैलाई मार्छ? भारत बिरोधि भएमा भारतको जासुस बा साधा प्रहरीले पो मार्छ/ तर भारत बिरोध निर्मुल गने भारत बिरोधि मार्दै हिड्ने जासुस लाई गुण्डा भनिन्छ भने कुरा अर्कै भयो/

          अब हेर्नु छ भारतीय गुण्डाले मारेको हो भने पछी नेपालको सरकारले तेस्लाई सपुर्दगी गर भन्न सक्छ कि सक्दैन/ मार्न लगाउनेको एजेन्ट हरुले नेपाल मै बसेर मारेको हो अब नेपाल सरकार उनीहरु लाई सम्मात्छ बा समात्दैन/ समाते पनि ऋषि धमला छुटाए जस्तो पो छुटाउने हो कि आखिर ऋषि धमला र जमिम मार्ने को बिचमा अपराध गर्न भ्याएको र अपराध गर्न सकेको मात्रै त् फरक छ/ अपराधि त् उस्तै उस्तै प्रकृतिको हो/ दुबैको अपराध निर्देशक हरु भारतीय नै हुन्/

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • amrit

        साथी हरु हो
        हाम्रो नेतृत्व(माकुने )कती सम्म को नपुंशक हो भने कुरा अहिले मैले सम्झेको ले यो कुरा राख्दैछू .
        तपाई हरु मध्य धेरै लाइ तनहू आंबु खैरेनी को नाम थाह होला. तेस बाजार माँ प्रेम बहादुर क्षेत्री भन्ने इंडियन सेना माँ काम गरेर रिटायर्ड भएका ब्याक्ति (जो एमाले का संगठित सदस्य पनी थिए), त्यहा किराना पसल राखेर बसेका थिए. भारत ले के कसरी हो उनलाई पाकिस्तानी एजेंट भएको शंका लागेको रहेछ. ५४ साल माँ पेंसन बुझ्न भनेर पेंसन क्याम्प जून सरस्वती क्याम्पस को अगाडी छ माँ जादा, केहि प्रक्रियागत त्रुटी भएको ले उक्त त्रुटी मिलाउन भनेर इंडियन एम्बेसी पठइयो र त्यहा बात अपहरण गरेर इंडिया पुर्याइयो र पाकिस्तान को लागी जासूसी गरेको भनेर लाखानाऊ को जेल माँ हालियों र ६६ साल सम्म माँ पनी उनी तेहि भारतीय जेल माँ सदीराहेका छन र उनको श्रीमती ले समेत भेटेर आइन उन लाइ जेल माँ. एक त आफ्नो ठाम को मान्छे तेसमाथी पार्टी सदस्य भनेर ऋषि केसी जो आंबू गाबिस को एमाले बात निर्बाचित गबिस अध्यक्ष थिए संग मिलेर माँ सहित ५ जाना साथी , माधव नेपाल दमौली माँ एमाले को जिल्ला पार्टी कार्यालय को उदघाटन गर्न आउदा, केही पहल गर्लान भनेर माकुने को अगाडी कुरा राखेको त “भारत को बिरुद्द माँ केहि गर्न नसक्ने र गर्न नहुने” भनेर उलटो हामी संग पो रिसाए. आफ्नो देश को नागरिक आफ्नो मुलुक बाट अपहरण गरेर सिमाना कताइदा पनी सहयोग गर्न र सहानुभूति प्रकट गर्न को सात्तो इंडिया बिरुद्द बोलन नै हुन्न भन्ने माकुने देखेर तेस्पछि मैले एमाले को सदस्यता नै त्यागिदिया, भने एस्तो दलाल प्रधानमन्त्री भएको बेला माँ के औला उठौथ्यो जमिम को ह्त्या बिरुद्द? उक्त ब्याक्ति सायद अहिले पनी जेल माँ नै छन र समाचार को पुष्टि को लागी आबू खैरेनी बाजार माँ गएर त्यहा को भू पु गाबिस अध्यक्ष ऋषि केसी संग संपर्क राखं सकिन्छ.

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

        • madan bajracharya

          अमृत जी
          मैने पनि यो घटना को बारेमा सुनेको थिएँ/ अमृत जी एमाले ले हामीलाई धोका दिएकै हो उल्लु बनाएकै हो/ उसका भारत को बिस्तारबाद बिरोधि नाराहरु खोक्रा थिए, छन्/ बरु कांग्रेस ले यो संदर्वमा जनतालाई खुलेरै भने उनीहरु भारत मुखी हौँ भनि/

          अमृत जी येसो गरुन कुनै तरिकाले भए पनि उहाँको बारेमा अरु थप वृतान्त खुलाएर संबिधान सभाका प्रत्यक सदस्य सरकारको प्रत्यक मन्त्रि र पार्टीको केंद्रिये सदस्य हरुलाई एक एक पठाई देउन र सोधुँ के एउटा नेपाली बिना कुनै अपराध भारतीय जेल मा अब मर्ने त् भनि/

          अमृत जी त्यो सुरुवात थिए, अब नेपाल भित्रै आएर मारे/ गुण्डाले भारत बिरोधि भएकोमा मार्दैन भारतको जासुस ले बा साधा बर्दिले मार्छ/ तर के गर्ने भारतीय जासुस, साधा बर्दी र तिनहरु बात भत्ता खाने हरु नेपालको संचार प्रणालीमा व्याप्त हुँदै आई रहेको छ/ हाम्रै माझ पनि भारतको बोलि बोल्दै जमिम लाई डन भनेर आरोप लगाउंदै छ र भन्दै छन् डन लाई डन ले मारे/ जमिम नेपाली थिए नेपाली लाई भारतीय गुण्डा(???) मारेकोमा हामीले बिरोध गर्नु पर्ने हो/ तर भारतको नुन त् लागु प्रदार्थ जस्तै रहेछ/

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    eXTReMe Tracker