Users Stat

Users Online.
BuddhiSagar Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

भारतीय नागरिकलाई जमिम हत्याको आरोप

पाँच दिन भयो जमिम शाहको दिनदहाडै खुला सडकमा हत्या गरेको। प्रहरीको नाकैमुनिबाट भागेका अपराधीको बारेमा सुँइकोसमेत पत्ता लगाउन सकेको छैन प्रहरीले। प्रहरीको अनुसन्धान ‘हालसम्मको अनुसन्धानबाट अपराधीले बन्दूक प्रयोग गरेको देखिएको छ’ भन्ने कार्टुन जस्तो भइरहेको छ। अमेरिकामा रहेका छोरा फर्किएपछि जमिमको अन्तिम स‍ंस्कार आज शवयात्रासहित स्वयम्भूमा हुँदै गर्दा प्रहरीले विमानस्थलबाट एक जना भारतीय नागरिकलाई पक्र्यो। भनिएको थियो उनी जमिम हत्यामा सं‍लग्न हुनसक्छन्। जेट एअरबाट भारत जान लागेका थिए उनी। नाम थियो मनोज अब्बुलकर। तर पछि हत्यामा उनी स‍ंलग्न भएको कुनै आधार फेला पार्न नसकेपछि छाड्न प्रहरी बाध्य भयो। साँच्चिकैका अपराधी कहाँ मस्तसँग बसिरहेका होलान्, प्रहरी भने यसरी हावा भरमा समात्दै छाड्दैछ।

यसैबीच, प्रहरीले जमिम हत्यामा प्रयोग भएको सेकेन्डह्यान्ड मोटरसाइकल कसले किनेको हो भन्ने पत्ता लगाएको छ। फुटुङको भीरमा फ्याँकिएको अवस्थामा फेला पारिएको त्यो मोटरसाइकल शुक्रबार एक भारतीय नागरिकले नयाँ बानेश्वरको वर्कशपबाट किनेको रहेछ। ती भारतीय नागरिकको नाम रहेछ एम अकबर हैदर। को हुन् एम अकबर हैदर, प्रहरीले पत्ता लगाउन सकेको छै।

हेर्नुस्, जमिम शाहको अन्त्येष्टी बारे उनकै टेलिभिजन च्यानल नेपालको दृश्य भिडियोमा-

Related posts:

  1. जमिम शाहपछि पारस शाहको पालो?
  2. नागरिकलाई सुरक्षा दिन भारतको आग्रह
  3. हत्याको विरोधमा चक्काजाम
  4. माइसंसारलाई आरोप- "कति पैसा खान्छस् साउथ ब्लकको ?"
  5. अनुहार हेर्ने हैन त जमिम हत्याका मतियारहरुको?

31 comments to भारतीय नागरिकलाई जमिम हत्याको आरोप

  • दिलिप दया

    राधिकादिदि बहिनि तपाईको कुरा सत्य/लाज़िमापट भी.आइ.पी टोलभन्
    मिल्दैन/किनभने लाजिम्पाटमानै बिभिना राजनैतिकपार्टी जातिपार्टीका चोरनेता कार्यकर्ताहरुले लाजिम्पाटको टोलबासिसंग धम्कि दरत्रास फैलाईचन्दाउठाई राखेका छन / चन्दाबाटनै उनिहरुको घरपरिवार जीवन चलीराखेका छन् /क्लबमन्दिर भन्दै लाजिम्पाट टोललाई दुषित बनाएका छन् /लाजिम्पाटटोल कसिनो जुवातास घरभित्र खुकुरीहातहतियार कालो व्यापारदेखि झगडालडाई बेस्या सबै चोरडाकाको थाई घर लाज़िमपट अरेयामा नै छ / लाज़िमप्पट गोप्य सेक्रेटहत्य्राहरुको अड्डा हुन्/येस्मा पुलिसनेता सबै बिकेका होलान/अतंगा मचाई हिडेको छ/तिनीहरुकै चोरपुलिस डनगुन्डा भात्रु संगठननेता सबै संग लिंग छ/ जमिम शाहको हत्यारा लाजिमपाटको बाटो , सातमिनेटसम्म बाटो ब्लक,मोटरसाइकल स्टार्ट नहुदा पनि ढुक/ पकै लाजिमपाटको चल्तापुर्जाहरुको पनि सलग्नता हुनु पर्ला/पैसाको लागि लाजिम्पाटका चल्तापुर्जाबिकेका होला/

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • samrat~

    !!!!!
    यहाँ कमेन्ट लेख्ने हरु एक दुइ जना बुज्रुक हरु बाहेक अरु सबै अ जा सु (अति जान्ने सुन्ने) !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • राधिका

    जमिम शाहको बुबाको भनाइबाट पनि प्रस्ट हुन्छ कि जमिम शाहको हत्या लाजिम्पाटको पुलिस घुस्या जड्या नालायकी कमजोरीले नै हत्या सफल भएको हो! के त्येस बेला पुलिसहरु जाड रक्सि मै मग्न थिए? गुन्डा डनको अगाडी बिकेको कारणले नै यो दुर्घटना हुन् पुगेको हो कि ? के ति गुण्डा डनहरुले लाजिम्पाटमा कुनै दुरघटना भएको खण्डमा पुलिसलाई जानु परदैएन् भनेर पहिले नै घुस रक्सि खिलाएको थियो? गुन्डा डनहरुको नाम हुलिया लाजिमपाट पुलिसले इमान्दारी बफादारी साथ खुलासा गर्नु पर्यो! एकै छिनको डान्स बारको रुमझमले पुलिसको जागिर पनि गयो!पुरै पुलिस कै बेइजती गरे! त्यो पुलिशहरुको लाजिमपाटमा को को संग दोस्ती समंध छ? को को संग संगै खाने घुम्ने समंध छ? को को थानामा आएर बात मार्छ? लाजिम्पाटमा हत्या कै समयमा केहिले त्येस बेला घरहरु को पसल झ्याल नै बन्द गरेका थिये?
    त्येस बारेमा नेपाल सरकारले पनि छानबिन गर्नु पर्यो!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • पुष्प

    वहियात !

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • sanu

    India has already warned Nepali government to go after the investigation. They also challeged this government will be able to find the culprit.
    But we all agree the Makune government does not deserve to be in position. They are promoting more of these criminal activties than controlling it. What right they have to occupy the chair when they fail very basis duty to its people. The incompetent Nepal police, corrupt government is not worth trusting for any law and order issue. They just deserved to dumped in garbage bin. This will force people to protect themselves and that will further promote the complete anarchy.
    Even in a herd of animal there some sence of belonging and giving protection from enemy. Nepal government is rulled by people lot lower than animals and there are lots criminals within this who have no interest to strengthen the law and order that cotrol their daily criminal activities which is their bread and butter.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • Cesar

    हेर हेर देसको हालत | उफ्फ़ दिक्क लाग्न थालो अब त |

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • Basant

    नेपाल प्रहरीको के कुरा नेपाल सरकारनै भारतबाट चलेको छ । भन्ने हल्ला सुन्दै हे मत कसो हो । कुरो ह । मेरो बिचारमा नेपाल पत्ता लगाइ सक्यो होला तर बाहीर ल्याउने अादेशनै अाएको छैन होला सरकार द्वारा

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • Anurodh

    बुढी मरी भन्दा पनि काल पल्किएको मा चिन्ता हो फेरी आर्को नेपाली को येसरी नै हत्या हुन सक्छ अनि हाम्रा नेताले भन्नेछन हत्यारा लै कारबाही हुन्छ बिदेशी ले नेपालमा आएर कसैको हत्या गर्दा पनि हर नेता चुप छन् भनिन्छ नि मितको छोरो मरुन्जेल यो येस्तई हो भंनिचा जब आफ्नो छोरो बित्छा अनि ठहस हुन्छा आफन्त गुमाउनु पर्दा को पिडा
    ha

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • aryab

    ओखाल्दुंगे जी
    ब्राम्हणबाद एउटा बाद मात्र हो एस्लाई नराम्रो रुपमा लिने हो भने मेरो बिचारमा एउटा ब्राम्हण नेता ले मात्र हैन मित्र सबै जात जाती का नेता ले राम्रै सग अगालेका छन् खै के के प्राप्ति को लागि हो तेस्को बयान म गर्न सक्दिन ….
    मेरो विचार मा देस लै साचिकै विकास गर्ने हो भने बेक्तिगत स्वार्थ लै त्याग्नु पर्यो ,कागज मा भन्दा on ground काम गर्नु पर्यो , बिदेसमा बसेका बुदिजीबी र middle east तिर भासिएका पौरखी हात हरु लै नेपाल मा झिकाउनु पर्यो … अनि हाम्रो पालामा देस न बनेपनि छोरा नाती को पालामा त बन्छ .यो लामो प्रक्रिया हो … सपना र कल्पना गरेर देस बन्दैन सबै एक जुट हुनु पर्यो .. मेरो बुझाई ले तै भन्छ ….. कुरा कम काम धेरै बस तेत्ति हो
    जय नेपाल आमा

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 2

  • स्रिस्ठि श्रेस्ठ

    नया गणतान्त्रिक नेपाल मा चलेको जनलहर यस्तो छ;

    “नेपाल लाइ चाडै नै पाकिस्तान ले लिइदिये कस्तो राम्रो हुनेथियो
    भारत लाइ खुच्चिन्ग् भन्न हुन्थ्यो! हामि नेपालि लाइ पाकिस्तान प्यारो छ, पाकिस्तान जस्तो मानवताबादी र उदार देश मा नेपाल गाभिन पाउनु हाम्रो सौभाग्य हुने थियो”
    “अहिले लाइ चै हामिले पाकिस्तान सग मिलेर काम गर्नु पर्छ; पाकिस्तानि हरु लाइ भित्र्याउनु पर्छ र भारत को धज्जि उडाउनु पर्छ; हाम्रा मित्र हरु काश्मिरि मुसलमान हरु हुन्; दाउद हाम्रो अन्नदाता हो, बिनलादेन हाम्रो गनतब्य हो, मुसलमान हाम्रो भविश्य को धर्म हो; हामि नेपालि हरु सबै निकट भविश्यका मुसलमान जेहादि हौ”

    बबुरो हरु लाइ के थाहा जमिम शाह लगायत लाइ आयात गर्ने नेपाल का शाह राजा हरु हुन्, पालन पोशण गर्ने राजनिति गर्ने नौटन्कि नेता हुन्, र अहिले उचालेर हिड्ने माओबादी हुन् किनकि यि सबै लाइ तस्करि र आतन्कबाद को कमिशन आउछ

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 7

  • prem sharma

    हाम्रो ग्रियेमंत्री लाइ सोध्ने हो भने थाहा हुन्छ | किनकी ग्रियेमंत्री नै यो घटना मा संलग्न भएको हुनु पर्दाछ | नत्र भने काठमाडौँ को सुरछित मानिने ठाउँ मा कसरि जमिन को हत्या भयोत ? पोलिचे भित्रै को मिलोमोतो मा जमिन लाइ मरेको हुनु पर्दा छ | गृह मन्त्रि चोर हो | चीनमा मस्ती गर्दै छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • स्रिस्ठि श्रेस्ठ

    जमिम शाह को हत्या भयेको वर पर का दिन मा १ दर्जन नेपालि हरु को दिन दहाडे हत्या भै सकेको छ, बिभिन्न ठाउ मा गरेर, तर त्यता कसैको ध्यान गयेको छैन; हामि नेपालि गरिब चै कुकुर मरेझै मर्ने हो? किन यौटा ब्यक्ति मा नै सारा जनशक्ति, सन्चार देखि राजनिति नै उर्लेर लागेको छ??????
    जमिम शाह ले भारत को बिरोध मात्र गरेर त उस्को हत्या भयेको होइन होला (नभये भारत बिरोधि आज काल को छैन?)

    जमिम शाह चोखा देश भक्त ब्यति हुन्??? उन्को अरबौ को सम्पत्ति को स्रोत के हो? उन्का बाउ एउटा साधारन कर्मचारि थिये, तर जमिम शाह सग यत्रो अरबौ को सम्पत्ति कहा बाट आयो?????

    हामि नेपालि हरु कति स्वार्थि हगि? गरिब मोरेको चै कुनै मत्लब छैन, धनि मानिस को लागि चै यत्रो बाजा गाजा!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 14 Thumb down 2

  • Sujana

    रिषी धमला त देखिएन नि शवयात्रामा । त्यो कता थियो ? त्यो रिषीलाईपनि थाह हुन सक्छ । किनभने त्यो राकेस सुदको लगौँटीया हो । राकेस सुदलाई शतप्रतिशत कल्ले मारैको भन्ने था छ । त्यो किन बोल्दैन हँ ? तेरो हत्या पनि यसैगरी होस सुद । पापीलाई नरकको ढोका खुला होस ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 4

  • शान्तिप्रेमी

    जमिम हत्या प्रसङ्गमा नेपाल प्रहरीको क्षमता देख्दा मलाइ नेपाल प्रहरीलाइ विचरा भन्न मन लाग्यो ।
    मोटरसाइकलको वारेमा घटनास्थलबाट नैं यथेष्ट जानकारी (मोटरसाइकलको मोडल, रङ, लगभग मिल्दोजुल्दो नं.) पाउँदा पनि मोटरसाइकल धनी पत्ता लगाउन ५ दिन लाग्यो । यस्तै गतिले त ५ दशकमा पनि हत्यारा पत्ता लाग्दैन ।
    यस घटनाक्रमबाट सरकार, प्रहरी, प्रशासन आदिले एउटा शिक्षा चाँहि लिनै पर्छ । अपराधिक घटना क्रममा सवारी साधनको प्रयोग यथेष्ट मात्रामा भइरहेको छ । सवारी साधन सम्वन्धी दर्ता रेकर्डको डाटावेश बनाउने हो र सबै जानकारी परिवर्तन हुनासाथ तुरून्त अपडेट गर्नु पर्ने नियम बनाउने र कडाइका साथ लागु गर्ने हो भने घटना हुनासाथ अपराधमा प्रयोग भएको सवारी मार्फत छिटो अपराधीसम्म पुग्न सहज हुने थियो । यदि सवारी साधनको डाटावेश हुँदो हो त मोडल, कलर, नं. र लोकेशन को आधारमा म्याच गराएर सिमित क्षेत्रमा सर्च गर्न सम्भव थियो र अपराधी तुरून्त पत्ता लाग्ने सम्भावना प्रवल रहन्थ्यो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 2

  • Gyan, USA

    मेरो बाल्यकालको मित्र जमिम शाहको हत्या भएकोमा स्तब्ध भएको छु / उनको आत्माले चिर शान्ति पाउन तथा म उनको परिवार प्रति समबेदना प्रकट गर्दछु /

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 3

  • Okhaldunge

    कुरो त सन्चो नै मित्र अर्याब तर के गर्नु नेपालको राज्य सत्ता देखि संचार माध्यम र मीडियाहरुमा ब्राहमण बादीहरुको पकड़ रहेकोले अन्य बर्ग समुदायका नेपाली नागरिकहरुले आफु माथी परेको पीर मार्का र सही कुराको लेख रचनाहरू लेखेर पोस्ट
    गरे ब्राहमणबाद्को अन्य र अत्याचार खोलिने डरले कहिल्यै प्रकाशित गरीन्दैन! जून सुकै राजनीति पार्टीमा भए पनि के गर्नु अन्तम यिनीहरुको आवाज़ एउतै हुन्छ!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 35

  • …………………………………may his soul rest in peace…………………………….!

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 2

  • pujana

    नेपाल प्रहरी ले यो हत्या कसले गरेको पत्ता लगाउन सक्छ ,,कि लगाई सकेको छ तर राकेश सुध को फोन ले गर्दा हो भन्न नसकेको ,,,,अर्काको आदेश मा हिन्न गारो छ नि मित्र हरु

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 3

  • Kamal HK

    भारतीयेले मरेको भन्दैमा भारतका निर्दोष जनतालाई दुख दिनु हाम्रो पुलिश को कमजोरी हो .बिना कुनै प्रमाण कोसैलाई पनि अनाभसेक दुख दिनु मानसिक यातना बाहेक अरु केहि होइन त्यसैले प्रमाण जुटौ सके सम्म छिटो भन्दा छिटो अपराधी लाइ कारबाही गरौ

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 6

  • aryab

    आफ्नो व्यक्तिगत स्वार्थ को लागि आत्मसम्मान बेच्ने हो भने हामी सम्पूर्ण नेपाली को को पनि येसरी नै हत्या हुदै जान्छ ढिलो चाडो मात्र हो हेर्दै जानु होला …..हामी त पात्र मात्र हौ खेल ल कसको हो सबै ले भुजेकै छन् नि ….
    जय नेपाल आमा

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 5

  • Prashant

    Heartfelt Condolence to the family members on the sad loss of their loved one.

    May god grant him eternal rest and may his soul rest in peace!

    May god give the all the courage and strength to the family members to bear this irreparable loss and difficult time.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 6

  • द्रोण

    ‘सुद’ सग सोध्ने हो भने केहि सुराकी मिल्न सक्छ , अथवा ‘र ‘ का एजेन्ट सग सोधे पनि हुन्छ , येसरी जो पायो तेही लाइ दुख दिनु हुन्न ,आम भारतीय नागरिक हाम्रा असल मित्र हुन् |खालि नेपाल मा हस्तछेप गर्ने भारतीय हरु पट्टि मात्र हाम्रो ध्यान जानु पर्छ |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 118 Thumb down 7

    • sandeep

      माफ गर्नुहोला मलाई जमिम हत्याको त्यती ठुलो चिन्ता छैन चिन्ता मलाई नेपाली भुमी बिभिन्न अपराधिक गतिबिधी संचालन गर्नेहरुको क्रिडा स्थल भएकोमा मानिसहरु सजिलै यमलोक पुर्याउन नेपाली धर्ती प्रयोग हुने गरेकोमा अनी यदि कुनै संकास्पद ब्यक्ति मुलुक भित्र छ भन्दा भन्दै राज्य चुप लागेर बसेकोमा चिन्ता छ |अहिले जमिमलाइ छोटा राजनले नै मारेको भन्ने हाम्रो राज्य जमिमलाईनै मार्नु पर्ने कुनै कारण किन थियो भन्ने त थाहा रहेछ नी हैन र नत्र गोली हान्ने मानिस फेला नपर्दै कसरी भन्न सकिन्छ की हत्या गर्ने कुनै अन्डरवर्ड गिरोह हो ?चिन्ता यहाँ छ मलाई |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 4

      • shreesh thapa

        सम्पूर्ण भारतीय नागरिकलाई दुख दिनु राम्रो होइन तर पत्ता लगाउन गरेको कोशिस राम्रो छ हत्यारालाई पत्ता लगाएर पनि कारबाही अगाडी बढाउन नसकेको पनि हुन सक्छ नेपाली नेताहरुको राजा सुद ले जे भन्छ त्यहिँ हुन्छ यहाँ

        मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 1

    • madan bajracharya

      द्रोण जी
      जब सम्म १९५०को त्यो भ्वांग परेको दुलो मा नियेंत्रण गरिंदैन, नेपालमा फोहरी राज नीति र अपराध गर्ने हरु माथि नियेंत्रण गर्न सलियेला जस्तो लाग्दैन/ यौटा उदाहरण लिउं, हामीले भोज गर्दा पनि कति जना सम्म लाई ख्वाउन सकिने भोज गरिने थाहुन मा कति जना सम्म अटौन्छ भन्ने कुरा विचार गरेर मात्रै पाहुनाहरु निम्त्याउँछ/ अब यो संदर्व्मा हेर्ने हो भने भारत भन्दा २०सौन् गुणा सानो नेपालमा एक अरब भन्दा बढी जनसंख्या भएको देस को नागरिकहरुलाई नेपालमा नागरिक सरह बस्न द्यिनै रहने हो भने नेपालको अस्तित्वो धेरै सम्म टिक्न गारे पर्ने कुरा हो/ यो कुरा डाक्टर हर्ख बहादुर गुरुंगले पनि भनेको थियो, बिचराको मन्त्रि पद गयो तेती बेला/ आज उसले भनेर गएको सबै बिकृति नेपालमा अहिले हामीले देखिरहेको छ/ भारतमा अन्धा लुला लंगडा अपांग पनि नेपाली जनसंख्या भन्दा बढी छ/ ती सबै नेपाल पस्न दिने हो भने नेपाल बिस्वोमा लुला लंगडा अपांगको देस हुनेछ/

      १९५०को सन्धि खारिज गरेर संयुक्त रास्ट्र संघको पंचशिलको सिधान्त अनुशारको सन्धि गरिनु पर्ने बा सिमा नियेंत्रण गर्नु पर्ने हो/ अब यो कुरा गरे भारतमा पनि नेपालीहरु लाखौँ छन् भन्छ/ त् के भयो? जहान सम्म सुगौली सन्धि मा भारतले कब्जामा लिएको नेपाली भूभाग मा बस्ने नेपाली मुलका मानिसह हरु छन् उनीहरु अब नेपाली मुलका भारतीय नागरिक भई सके/ भारतीय सेनामा गएका नेपाली हरु नफर्किने गरि नोकरी गर्न गएका त् होयिन र तिनीहरु भारतको आबस्यकता थिए छन्/ नभए फर्काउन त्/ अब बेरोजगार भएर भारतमा जस्तै कस्तै काम गरेर भारत बसिरहेका नेपाली हरु केहि लाख होला करोड त् छैन/ तर नेपालमा बसाई सरेर आएका हरु उहिले इन्दिरा गान्धीले भने अनुशार तेती बेलानी ५३ लाख थिए रे अब त् करोड नाघी सके होला/ के भारत भन्दा २०सौन् गुणा सानो नेपाल ले यति ठुलो भारतीय आप्र्बाशिको भार झेल्न सक्ला? यो सोच्नु पनि अबेर भई सके/

      भारत यति बिशाल छ त्याहाँ लाखौँ नेपालीको उपस्थितिले भारतमा केहि असर पर्ने छैन तर भारत भन्दा २०सौन् गुणा सानो नेपालमा भारतीय हरु करोडौं नाघी सके उनीहरुको भिन्न राजनैतिक सांस्कृतिक आचरण ले हामो संस्कृति र राजनीति खल्बलिएर अहिले नेपालको अस्तित्वो समेत विभाजन गर्नु पर्ने कुरा तिनीहरुले उठायिरहेछ/

      घैंटोमा सागर को पानि अटाउने सक्दैन तर घैंटो सागरमा डुब्न सक्छ/ के नेपाल को स्थिति भारतको अगाडी घैंटो भन्दा भिन्न छ? अहिले भारतीय गुण्डाले समेत नेपाल ले भारतको बिरोध गरे मृत्यु दण्ड दिन सक्ने अबस्था मा हामि निसहाये भएर बस्नु परे/ तर एस्तो भएर पनि सिमा नियन्त्रण गर्न हुन्न भन्ने हरु कस्तो होला? के उनीहरुलाई ससुराली माईति जान असुविधा होला भादैमा नेपाल बाच्न पनि नसक्ने कुरा हामीले कसरि ठिक मान्ने?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 6

      • Rakesh

        मदन जी जमिम शाह को हत्या र १९५० को सन्धि बीच को समबन्ध क हो बुझ्न सकिएन, जमिम शाह को हत्या नेपाली सुरक्षा कर्मी को नलाएकी को उधाहर्ण हो, तेश मा अरुलाही सरापेर केहि फायेदा छैन , जहाँ सम्म १९५० को सन्धि को कुरा छ त्यो बिसय र भारत मा कम गर्ने नेपाली का बिसयमा तपाही को भनाही, एउटा काठमाडौँ को chuddra भनाही हो , जो कथामंदु बाहिरकलाही देखि सहदैना, अझ भानु , मनु मखु मदिशे ख वो चार आने भन्ने समुधाया को प्रतिनिधितोव तपाही गरि रहनु भए को छ .

        नेपाल ब्रत बीच भएका सबै व्यापार लगायत का सन्धि सम्झुता हरु १९५० को सन्धि मा आधारित छ , १९५० को सन्धि खर्ज हुने बित्तिकै तिनीहरु सोव्ता खारेज हुन्छन , जसको प्रतेछा असर देश लाही पर्ने निचित छ. आज सम्म धेरै जना हरुले १९५० को सन्धि को बिरोध गरे, तर आज सम्म एउटा रिपोर्ट, एउटा अध्यन छैन जसले १९५० को सन्धि को cost-benift को अध्यन गरे को होस्, जम्मै हावाको भरमा कराउदै हिडी रहेका छन्, १९५० को सन्धि को धारा ५ मा संसोधन को जरुरि छ तर सन्धि खारेज को माग अतिबादी सोच हो, जसले नेपाल को हित कदापी गर्दैन. आज लगभग ५० लख नेपाली हरु काम को खोजि मा भारत का विभिन्न सहर मा काम गरेका छन्, तिनीहरु तपहिले भने जस्ता बरतिया नागरिक हैनन्, तिनीहरु त मध्ये र सुदुर पछिम क गरिब गाउले हुन्, जसको परिवार मा चुलो भारत मा कम गएर लाएको पैसा ले जल्दाचा, एदी यो अकस्मात बन्द भयो भने पछिमी गाउनु मा भएंकर महामारी चल्ने छ, र नेपाल को आज को अर्थ बेवास्ता ले त्यो समस्या समाधान गर्न सक्दैन, तेशाई गरि सिमि क्षेत्र का बजार हरु जहाँ बाट नेपाली हरुले दैनिक उपभोग्य बस्तु हरु किन्दछान र भारतीय हरु ले नेपाल आएर फेंशी कपडा हरु किन्दा छन् त्यो बन्द भयो भने, नेपल्जुंग, भैरहवा, बिराटनगर , बिर्जुंग बजार सुक्दाचा, जसले नेपाल को अर्थ तन्त्र लाही धारा शाही पर्दछ,

        तपाही काठमाडौँ बाट हुनु हुन्छ, तेश्करद पहाड का गरिब गाउले का समस्या लाही गुफ्फ़ ठानेर कथित् कहिते राष्ट्र बादी देखिन चर्क नारा लगाउनु हुन्छ, तर काठमाडौँ लाही पछिम नेपाल कहिले दुख्दैन , तेशैले त gayeko dashain मा jaajarkot मा jhada pakhala ले tetro manche marda काठमाडौँ ले sahanu bhuti dekhayena, आज जमिम शाह को hattya मा karaune तपाही हरु को mukha, WTO dushit chamal ले hajaru नेपाली हरु dashain को mukha मा pidit huda एउटा julis nikliyo teshko birudhha मा, kohi tesho birudha मा uthyo, kina ki teha khaire thiyo र tehi khaire ले काठमाडौँ को charpi safa garidina देखि, pani khan पैसा dincha. तेशैले kaite rastrabadi देखिन चर्क कुरा garnu bhanda bastabik dharaatal मा ubhiyera कुरा गर्न anurodha gardachhu. १९५० को सन्धि को बिसयमा , patrakar kanak dixit ले lekheko , dekheko muluk भन्ने pustak padana anurodha sahita.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 7

        • madan bajracharya

          राकेश जी/
          धन्यबाद प्रतिक्रिया गर्नु भएकोमा/ सर्ब प्रथम जमिम हत्याकाण्ड सिट १९५०को सम्भंद छ भनि सोध्नु भएको रहेछ/ छ मित्र धेरै गहिरो सम्भंद छ/ नेपाल र भारतको बीच मित्रताको सन्धि भनिएको त्यो सन्धि भित्र धेरै सत्रुता पूर्ण प्राबधान हरु छन्/ आज नेपाल माथि भारतले हैकम चलाएको पनि तेही सन्धि को कारण ले हो/ सुबिधाको लागि आत्मा र रास्त्रियेता बन्धकी राख्न सकिंदैन/ तर भारत नेपालको स्वाभिमानमा नै अतिक्रमण गर्दै छ/ तेसैले नेपालमा भारतको बिरोध हुन् थालेको हो/

          जमिम लाई भारत बिरोधि भएकोले मारेको भनि एक जना छद्म नाम धारी भारतीय गुण्डाले भनेको छ/ भारत बिरोधि भएकोले गुण्डाले मार्दैन भारतको गुप्तचरले पो मार्छ/ अब त्यो गुण्डा हो कि भारतीय गुप्तचार हो समयेले बताउनेनै छ/

          जमिम मारेको भारत बिरोधि भएर मारेको हो भने पछी नेपालमा भारतको बिरोध किन भए त्? यो कुरा बुझ्नु छ/ भारत असल छिमेकी भएर प्रस्तुत भएको भए नेपालीले भारत को बिरोध नगर्ने थियो/ तर भारत कहिले पनि असल छिमेकी को रुपमा प्रस्तुत भएँन/ नेपालको नेताहरुको मित्र को रुपमा आए तर नेता उनीहरुको दलले भए अनि हराएक कुरामा भारतले नेपाल ठगे/ कोसी, गण्डकी महाकाली आदि सन्धि हरुमा नेपाल कति ठगिएको छ भनेर जलश्रोत बिज्ञा हरुले असंख्य लेख हरु लेखेको छ/ प्रमाण हरु दिएको छ/ नेपालको नदीमा भूमिमा बाँध भारतको/ बाढी जति नेपाल लाई पानि उनीहरुलाई/ नेपाल ले नेपालकै कोशी गण्डकी आदि नदि र तिनका सहायेक नदीहरुमा कुलो बाँध बनाउन नपाईने/ के यो ठगि होयिन?

          देसको सिमा को ८ मायिल वोर पर नदीहरुमा बाँध हरु बनाउन नपाईने कानुन छ/ भारतले त्यो पनि मानेनन्/ नेपाली भूभाग डुब्ने गरि बाँध हरु बनाउंदै गए/ भारत बिरोध तेता पनि भए/

          भारतीय जनता र नेपालको जनताको बीच सांस्कृतिक र धार्मिक नाता छ/ यी कुराले भारतीय र नेपालीको बिचमा सामाजिक नाता पनि बन्दै गएको छ/ नेपाली जनता र भारतीय जनताको बिचमा बैमनुस्यता होयिन अपितु छुटाएर नछुटिने नाता बनि सकेको छ/ त्यो नाता भारत भन्ने देस नबनेको बेला देखिको हो/ तर नव भारतको रवैया ईस्ट इन्दिआ कम्पनीकै जस्तो नेपाल लाई हेप्ने भएकोले हो/ बिरोध भारतको गलत राजनीतिको कारण भएको हो सामाजिक कारणले होयिन/ भारत बिरोधि हरु भारतीय जनता सिट रुस्ट भएको होयिन भारतको राज नेताहरु सिट रुस्ट भएको हो/

          आज नेपालमा राज्नितिनै भारत को समर्थन र बिरोध गर्ने को बीच भई रहेको छ/ भारतको बिरोध गर्ने ले किन बिरोध गरे त्? यो बिरोध मात्र भारतीय बिस्तारबाद मुर्दाबाद भन्ने साम्यबदिले गरेको होयिन आज देसको सिमा मिचेको नेपालको सिमा भित्र आएर बलात्कार गर्ने भारतीय सेना र गुण्डाहरुको को अपराध माथि सरकारले कुनै चासो देखाएनन्/ सिमा मिचेको बलात्कार गरेको घर खेत बात उठिबाश गराएको हो भनेर सरकारी टोलीले समेत सकारेर सरकारलाई प्रतिबेदन दिए/ तर न नेपालको सरकारले न भारतको सरकारले ती कुरा माने/ तेसैले आम जनता समेत भारत बिरुद्ध भड्किनु अस्वोभाबिक थिएनन्/

          हुँदा हुँदै बुद्ध को जन्म स्थल समेत बिबादमा पारे भारतले/ उनीहरुकै तरफ बात समेत लुम्बिनीमा उत्खनन गरेर बुद्ध को जन्म स्थल नेपालको लुम्बिनी हो भनेर ठहर भएको हो/ तर आज भारत त्यो कुरा मान्दैन/ नकली लुम्बिनी खडा गरे/ बिस्वोमा आफ्नो सबल संछार बात बुद्ध भारतमा जन्मिएको प्रचार गरेको कुरा इन्टर नेट भरि छन्/ किन गरे, मित्र को सम्पदामा उसको हक लाग्छ भनेर?

          कालापानी नेपालको हो/ सुगौली सन्धि पस्चाद बनेको नेपाल भारतको नक्सामा र भारतले आफैले सरकारी स्तरमा तयार पारेको नक्सामा समेत कालापानी नेपालको हो भनेर देखाईएको छ/ नेपाल ले ती नक्साहरु देखाउँदा भारत त्यो नक्सा पनि नमान्ने रे/ भारतले कालापानी १९६२ तिर चीन सिट युद्ध हारे पछी कब्जामा लिएको थियो/ के भारत सिट कालापानी भारतको हो भनेर कब्जामा लिएको हो? भारत सिट कालापानी उसको हो भन्ने कुनै प्रमाण छैन र नेपाल ले नेपालको हो भनेर प्रमाणित गर्ने नक्सा र सन्धि हरु देखाएको कुरा भारत लाई मान्यता छैन/ फेरी नेपाल लाई कालापानी कुरा अंतर्रास्त्रिये मन्चमा न उठाउ पनि भन्छ/ यो त् सरासर भारतको दादा गिरि हो/ अनि भारतको बिरोध भए/

          अब आम रास्ट्र्बादी नागरिकहरुले भारतको किन गरे भन्ने सवालमा, नेपालको नागरिकाता खल्तीमा राख्ने भारतीय आप्रबाशिहरु र तिनका नेताहरुले आफुलाई नेपाल बादी समेत भन्न चाहेनन्/ उनीहरु आफुलाई भारतीय मुलका भन्दै छन् र ठेट नेपाली हरुलाई भारतीय भुमि बात समेत अपराधि हरु लगाएर लुट्दै मार्दै तराईबाट लखेट्दै छन्/ यो कारणले पनि आम नागरिक हरु भारतको बिरुद्ध लागे/

          नेपालीहरु जे जस्तै दुख सहनु परे पनि संग्लो नेपाल चाहन्छन/ तर एक मधेश बादीहरू संग्लो नेपाल चाहँदैन/ उनीहरुको मूल नेता जय कृस्न गोएत नै हुन्/ उसको अभिव्यक्ति त् नेपाल को तराई नेपालको भूभाग नै होयिन र तराई बासि सबै भारतीय मुलका हुन् र तराईमा उनीहरु मात्रै बस्न पाउँछ भन्ने छ/ यो कुरा अझै पनि इन्टर नेटमा छ/ जय कृस्न गोएत लगाएत का अरु एक मधेश बादी नेताहरु तराईमा निर्दोष नागरिक हरु मार्दै छन् र त्यो कुरा उनीहरु सकार्दै भन्छन कि त्यो उनीहरुको राजनीतिक कार्य वाहि हो रे अपराध होयिन रे? अब अहिले एक मधेश बादी हरु ले मागेकै कुरा मनन गर्नुस/ उनीहरु लाई आत्म निर्णय गर्न दिनु पर्ने रे? तेस्तो आत्म निर्णय नेपालीहरु लगारेर सिक्किम मा पनि गरिएको थियो/ अब उनीहरुलाई आफ्नै सेना मधेशमा राख्न दिनु पर्ने रे/ सेना जहिले पनि केन्द्रको अन्तर्गत हुन्छ तर उनीहरुको सेना उनीहरुको अन्तर्गत हुनु पर्ने रे/ उनीहरु लाई विदेश सिट सन्धि सम्झौता गर्ने अधिकार चाहिने रे/ मधेशमा मात्र मधेसीले राज्य सुविधामा प्राथमिकता पाउनु पर्ने रे/ अब उनीहरुले बीच मा अर्को कुरा पनि उअथायेका छन्/ अस्ति भर्खरै सद्भावनाका नेताहरुले उनीहरुले मागे झैँ ४० लाख मधेसीले नागरिकता पाएर पनि नागरिकता को कुरा सुल्झे छैन रे अझै ५० सौं लाख नागरिकता पाउनु पर्ने हरु छन् रे? मधिसे मुलको ले नागरिकता पाउनु नागरिकता नियेम अझै सरलीकरण गर्नु पर्छ रे/ के अब तिनीहरुको भारत मा बसेको ज्वाई ससुरो भाई भतिजा सबैले तराई भर्न दिनु पर्ने हो त्?

          १९५०को सन्धिमा एक अर्काको नागरिक हरु लाई नागरिक सुबिधा दिने भनिएता पनि अर्को ब्यबस्था मा नेपालीले भारतमा नागरिक सुबिधा पाउने तर भारतियेले नेपालमा बस्न पाउने तर घर जग्गा र सरकारी नोकरी नपाउने प्राबधान भारतले मानेको थियो/ त्यो अनुशार भारतीय हरु नेपालमा बस्न त् पाउँछ तर बसे भन्दैमा नागरिकाता उनीहरुलाई दिने पर्छ भन्ने छैन/ तैपनि नेपाल ले दिए/ नागरिकता लिएकाले तराईमा नेपालीहरुलाईनै पहाडी भन्दै लखेट्न थाले पछी नेपाली तिनीहरुको बिरोधि भए/

          आज १९५०को सन्धि कम से कम संसोधन गर्नु पर्छ भन्ने कुरा उठिरहेको छ/ तर तराईका नेताहरु त्यो चाहंदैनन/अस्ति भर्खरै सद्भावना पार्टीको नेताहरुले १९५०को सन्धि कहिले पनि खारिज बा संसोधन गर्न सकिन्दैनन नेपाल र भारतको बिचमा सिमा नियेंत्रण उनीहरुले कहिले हुन् दिंदैनन/ उनीहरु भारतीय बंसको भएको र नेपालको पहाडीहरू सिट भदा उनीहरुको को भारत सिट रगतको नाता भएको भनेको कुरा याद आयो/ इन्टर नेटमा अझै छन् यी कुरा पढ़नुष/

          १९५० को सन्धि ईस्ट इन्डिया कम्पनीले नेपाल लाई युद्धमा हराएर घुंडा टेकाएर गराईएको सन्धिको अर्को रुप मात्रै हो/ नेपाल बात जे जति एस्त इन्डिया कम्पनीले हडपेको थिए, जे जसरि एस्त इंडिया कम्पनीले नेपालको सार्वभौम अधिकार माथि अंकुश लगाएका थिए ती सबै कुरा तेतिबेला स्थापना गरिएको नव भारतले नेपालमा लादि राख्न र नेपालको भूभाग फिर्ता दिनु नपर्ने गर्न मात्रै त्यो सन्धि गर्न लगाएको थियो/

          अर्को कुरा १९५०को सन्धि के भारतले पालना गरेको छ? कहिले पनि गरेनन/ भारतले नेपाल लाई मात्र १९५०को सन्धिको शर्त हरु पालना गराईरहेको छ/ १९५०को सन्धि पछी अर्को धेरै सन्धिहरु मा नेपाल लाई सहि गराएर भारतले त्यो सन्धि झन् झनै निरङ्कुश बनाउदै लागेको छ/ तर भारत आफै त्यो सन्धिको पालना गर्दैन/ नेपाल ले भारत सिट नसोधी अरु मुलुक सिट हतियार किन्न पाउंदैन/ सन्धि अनुशर भारतले पनि नेपाल सिट नसोधी अरु मुलुक बात हतियार किन्न सक्दैन तर कहिले माने भारतले त्यो कुरा?

          भारत बात आएर नेपाल बसेकाले नागरिकाता ले भने, दिए पनि नेपालले त्यो पनि हजार लाई होयिन लाखौँ लाख लाई दिए/ अस्ति भर्खर पनि ४३ लाख नागरिकताले एका हरुमा जन्म सिद्ध तराई बासीले भन्दा भारत बात बसाई सरेर आएकाले गलत तरिकाले कम्जोर नेपाल सरकार बात नागरिकता हडपेको कुरा सार्वजनिक भएको छ/

          अब भारतमा गाभिएका नेपाली भूभागका भुमि पुत्र्हरुलाई भारतले तेती सजिलै नागरिकता दिएको छन् मात्रै होयिन कतिले त् पाउँदै पाएको छैन/ तिनीहरु माथि जातिय शोषण समेत भएकोले त् सुभाष घिसिन्गले बिरोध गरिरहेको हो/ तेस्तै कुरा अरु अन्त पनि छ/ किन?

          भारत सिट तेही १९५०को सन्धिकै अर्को पाता जस्तो भारतीय सेनामा नेपाली सैनिक भर्ति गर्ने पाउने सन्धि भारतको आबस्यकताले भएको हो/ नेपालीको बाध्यताले होयिन/ त्यो सन्धि अनुशार भारतले नेपाली सैनिकलाई कुनै पनि छिमेकी मुलुक को बिरुद्ध प्रयोग गर्न नपाईने शर्त छ/ पालना गरे भारतले त्यो सन्धिको त्यो शर्त? पाकिस्तान र चीन सिटको लडाईमा सन्धिको सर्तको बिपरित नेपाली सेना प्रयोग गरेर कति हजार नेपालीलाई त्यो युद्धमा ज्यान दिन लगाए तेस्को हिसाब र जवाफ भारतले कहिले दिए? के त्यो गर्न पाउने थियो भारतले नेपाल सिट सन्धि गरे बमोजिम?

          पार बहनको सन्धि को कुरा गर्नु भयो/ पारबहन सम्भंदी अंतर्रास्त्रिये नियम र कानुनमा भारत र नेपाल लगाएत सबै मुलुकले सहि गरेको छ/ नेपाल एउटा भुपरिबेस्थित रास्ट्र भयेको नाताले भारत बात पारबहन पाउनु नेपालको अधिकार हो/ तर दिए भारतले नेपाल लाई पर बहन को सुबिधा अंतर्रास्त्रिये कानुन अनुशार? जावो बिरगंजमा बनाईएको dry port संचालन गरन भारतले २० सौं बर्ष दिएनन्/

          उपरोक्त कारणहरुले भारतको बिरोध हुन् थालेको हो/ तर भारतको बिरोध भए भनेर नेपाल भित्रै गुण्डा पठाएर कसैले कसैको हत्या गराउनाले भारत बिरोध त् अरु बढ्छ/

          अब तराईमा र नेपालको जाजरकोट लगाएत दुर्गम छेत्रमा शोषण भएको र सरकारले त्याहाँको जनतालाई बेवास्ता मात्रै होयिन नेपालको नागरिक हो भन्ने समेत अनुभूति देखाउन नसकेको कुरा १००% सहि हो/ नेपालको शाशक बर्गले तराई लुट्नु लुटेको पनि/ जन्मँदै नजन्मेका का नाम मा सयुं बिघा जमिन तेतिकै दिएकै हो/ पन्चे को सरकारले एक भाषा एक भेष को नीति लादेर नेपाली भाषामा कमै जानेको तराई बाशिलाई उनीहरुको सामाजिक अधिकारको शोषण गरेकै हो/ बहुदल बादीले पनि तराईको तरायि मूल को योग्य नेतालाई पछ्य्पात गरेकै हो/ अस्ति जाजरकोटमा १० रुपया लागत पर्ने जिबन जल र सानो ५०० रुपैया पर्ने स्तेचरको ब्यबस्था नगरेर मर्नु पर्ने काम गर्ने तथाकथित नेपाली सरकारले कसैलाई करोड पर्ने हवाई स्टेचर मगाएर, लिमोजिन चादन लगाएर रास्ट्रको धन लुटेको मात्रै होयिन तराई बाशिको ज्यान तेतिकै पठाएकै हो/ काठमान्डू बासीहरुले बढी सुबिधा पाएको कुरा सरसर्ती हेर्दा हो/ काठमान्डू अलि पहिला देखि सुबिधा सम्पन्न भएको नगर हो/ तेस्माठी तराईका दुर्गम जिलाका सुबिधा मुखी नेताहरु सबै यहीं बस्छन उनीहरु आफु बस्ने थाहुन्मा सुबिधा थप्दै लागे/ आफ्नो जिल्लामा केहि गरेनन/ यी नेताहरु भ्रस्ट नेताहरु हुन् / उनीहरुको बिकल्प हामीले खोज्ने पर्छ/

          मित्र राजन, यिनै कारणले भारतको र नेपालको सरकार र नेताको बिरोध हुन् थालेको हो/ उनीहरु सुधिरियुंन त् कसैले बिरोध गर्ने छैन/

          मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 4

      • द्रोण

        मदनजी
        आम भारतीय र नेपालि मा केहि फरक छैन खान,पान,रहन,सहन ,जाति पाती प्रथा,सोच आदि सबै उस्तै,छाला लग बाग उस्तै ,मनोदसा उस्तै |दुवै जनता हरु आ आफ्नो देस को धुर्त राजनीतिग्य बाट ठगिएका आदि आदि |
        तपाइँ को जस्तो बौद्दिक सोच नेपालि नेताहरुको दिमाग मा कहिले आएन| हो हिजो एकल नेत्त्रित्त्व (राजा महेन्द्र ) हुदा नेपाल र नेपालि को बारेमा केहि सोचिएको थियो |

        तर देसको दुर्भाग्य ,राजा महेन्द्र चाडै मोरेर गए !!(किनकि उनले ल्याएको गाउफार्क अभियान ,सिमाबर्ती श्हेत्र मा नेपालि मुद्रा चलाउने अभियान , लाहुरे हरुको पुनर्स्थापना आदि देसको बारेमा दिर्घ सोच थियो,राम्रो उद्देस्य ले गरिएको काम थियो तर पछी भ्रस्टाचार ले चौपट भयो )

        अब सिमापारिपत्ति बाट तालिम लिएर आएका ,अर्ध सिक्षित ,जात पात को ठेगान न भएको हरुलाई हामीले नेता मान्नु परेको छ | तेसैले सबै नेताहरु एकै थलो मा बसेर कसरि नेपाल र नेपालि को छुट्टै बिसिस्ट पहिचान बनाएर राख्न सकिन्छ ,जोगाएर राख्न सकिन्छ यो चिन्तन यहा असम्भब छ |
        हाम्रो अस्त्तित्त्व सचे खतरा मा छ | किनभने एउटा उडिसा को मानिस दक्षिण भारत् मा गरेर सजिलै जब गरेर बस्न सक्दैन , जब कि त्यहिँ मानिस नेपाल आयोभाने
        स्वास्नी ,मान ,सम्मान ,जागिर हुदा हुदा राजनीतिक पहिचान सबै पाउछ |

        भारतीय नागरिक लाइ यहि सुबिधा बरकरार रहोस ,भनेर केन्द्र सरकार (दिल्ली ) ले यहा लिकुने सरकार थोपरिदिएको छ , भोलि लिकुने गयोभाने अमरेश सिंग (‘र’ को नेपालि एजेन्ट ,कांग्रेस मा ),सुजाता ,गच्छेदार ,उपेन्द्र आदिले नेपाल को सट्टा पाउने हो , बिजुक्छे ,पदम रत्न,नेमांग,दमन नाथ जस्ता ले ले गङ्गा गएर मुख धोयेपानी अब गाह्रो छ |

        ”’मूल कुरा भारत् ले नेपाल लिने पर्दैन ,भारतीय ले भरिएर नेपाल अटोमेतिकल्लि भारत् हुन्छ ”’
        अब संसद ले बहुमत पास गरेर भारत् नेपाल एकीकरण गर्ने बेर छैन,१९५० को सन्धि को त् कुरै छोडु |

        मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 0

        • madan bajracharya

          द्रोण जी
          “मूल कुरा भारतले नेपाल लिने पर्दैन भारतियेले भरिएर नेपाल अटो मेटिकललि भारत हुन्छ” तपाईंको यो कुरा र घैटोमा सागर भर्न खोजे घैटो नै सागरमा दुबिने छ भनेको कुरा एउतै हो/

          १९५०को सन्धि भित्र लुकायिएको भारतीय योजना यहि थियो/ तेसैले १९५०को संधिनै समस्याको मूल कारण मान्छुं/ बंगलादेशलाई पाकिस्तान बात अलग्यायिसके पछी भारत परास्त बंगलादेसी नेता बात बंगलादेश सिट हाम्रो १९५०कै जस्तो सन्धि भारतले गराउनै लागेको थियो/ तर समएमा बंगलादेसी नागरिक हरुले कुरा बुझेर त्यो नेतालाई सुद्धिकरण गर्न अल्लाह को दर्बार पथायिदियेर बंगलादेश बचेको हो/ नभए नेपाल जस्तै बंगलादेस पनि कहालिंदै बस्ने थियो/

          मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

          • Shiva, Lamjung

            मदनजी र द्रोण जी ,
            यो कमेन्ट अलि छोटो भयो कि !!!

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

            • madan bajracharya

              शिव जी
              अब नमस्कार गर्ने बाहेक अरु के भन्न सक्छु हामि तपाईं लाई/ कुटनैतिक भाषामा व्यंग गर्नु भयो/ स्वीकार्छु/ तर कहिले काही बाध्य हुन्छु/ तृती भए भन्नुस साँच्चिन तयार छुन/

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes