युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

प्रेम दिवस

सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो नवदुलहीको सिउँदोझैं। बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए। त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन। किरण देउरालीको फलैंचामा बसेर उही सिन्दूरे क्षितिजतिर एकोहोरो टोलाइरहेको थियो, मानौं ऊ कसैको आगमनको प्रतिक्षामा एकाविहानैदेखि चौतारोमा कुरिरहेको छ। ऊ अतीतको महासागरभित्र पौडन थाल्छ, जहाँ उसको जीवनका केही क्षणहरु अविस्मरणीय भएर गुज्रेका थिए। त्यो एकान्त, त्यो मनोरम प्राकृतिक बागमा ऊ घरिघरि गुन्गुनाउछ अन्तरह्दयको गीत, यसरी—

यस्तो पनि हुँदोरै’छ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भूल गरें मैंले…….

दिन उही हो, स्थान उही हो, आजभन्दा एक बर्षअघि, प्रेम दिवसको दिन रश्मीसँग घण्टौं अङ्गालोमा बाधिएर जीवन र जगतलाई भूलेको क्षण अनि जिन्दगीमा कहिल्यै नछुटिने कसम खाएको क्षण अहिलेझैं लाग्छ उसलाई। उफ्…! कति पीरो अतीत अनि पीरो हुँदा–हुँदै पनि कति मीठो सम्झना! यो दुखाइ जीवनभर कहिल्यै गुमाउन चाहँदैन ऊ, दुखिरहनुपर्छ मुटुभित्र यो मीठो दुखाइ, पोलिरहनुपर्छ सम्झनाले त्यो कोमल मुटु उसको छातीभित्र। सम्झँदा मात्रै पनि रश्मीको यादले नयनपलक भिजेर आउँछन्, हल्का पवनको सर्सराहटले उनको लामो कपाल उसको गालाभरि सर्सराएको यादले अनायासै ऊ रित्तो गालामा हात पुर्‍याउँछ। समयले आज उसलाई एक्लो बनाएको छ रश्मीको अनुपस्थितिमा। पोहोर साल प्रेम दिवसको दिन उनले उपहारस्वरुप दिएको एउटा डायरी, त्यसमा टाँसिएको उनको हँसिलो प्रतिविम्ब अनि रातो गुलाफ, त्योभन्दा बढी मुटुभरि यादैयाद मात्र उसको साथमा छाडिदिएको छ समयले, तर खै रश्मी? रश्मीलाई समयले कहाँ पुर्‍यायो कहाँ! हत्केलाले भिजेका परेलीहरु पुछेर ऊ लेख्न थाल्छ त्यही डायरीका पानामा—

ह्दयकेन्द्रकी ‘रश्मी’,

असीम–असीम सम्झना अनि ह्दयभरिको माया स्वीकार है जहाँ भए पनि, यो अभागीको। रश्मी, ‘किरण र रश्मीलाई संसारको कुनै पनि शक्तिले अलग गर्न सक्दैन’ भन्थ्यौ हैन तिमी? तर गुलाफझैं कोमल ह्दय कसरी पत्थरझैं कठोर भयो तिम्रो? हँ कसरी? हुन त मभन्दा सुन्दर, धनी अनि धरै माया गर्ने मान्छे पायौ होला सायद, त्यसैले त मलाई अनि ती निर्दोष अतितका पलहरुलाई चटक्क भूल्न सक्यौ। तर याद राख रश्मी मैंलेजति माया गर्ने र गरिरहने मान्छे विश्वमा तिमीले कहिं पाउन सक्दिनौ। हो, सम्पति पायौ होला, चिप्ले कारको सफर पायौ होला तर रश्मी, सम्पति त केवल यो झूठो संसारको भ्रम हो। तिम्रो जस्तो निर्दयी मुटुले यस्तो कुरा कसरी पो बु¤न सकोस् र! जे होस्, तिमी जहाँसुकै रहे पनि खुशी रहू म त यही चाहन्छु। रश्मी, आज मलाई उही पुरानो दिनले चिमोटेको छ नमीठो गरी। आज ‘प्रेम दिवस’, यतिबेला तिमी कसैको अङ्गालोभित्र हराइरहेकी हौली, म रोइरहेको छु यहाँ एक्लै। झिनो आशा मिलनको बोकी यो देउराली कुर्न छाडेकै छैन मैले, मबाट भर्नुपर्ने तिम्रो स्वार्थको भाँडो भरिइसक्यो होला त्यसैले त मलाई सम्झने कोशिश गरिनौ। देउराली यही हो, जहाँ तिमीले मेरो छातीमा खाली सिउँदोसहितको टाउको अड्याएर धेरैबेर रोएको, युगौं नभूल्ने बाचा गरेको, खै सानु, किन यति चाँडै भूल्यौ ती दिनहरु! पोहोर साल यसै दिन हामी यही एकान्तमा घण्टौं अङ्गालोमा बाँधिएर चीरकालीन मिलनका कुराहरु गरेथ्यौं, तिमी मदेखि र म तिमीदेखि टाढा हुनुपर्‍यो भने कसरी सहने त्यो क्षण भन्ने कुराले नमीठो गरी पिरोल्थ्यो। तिमी रुन थाल्थ्यौ, म पनि कहाँ आँशु थाम्न सक्थें र! तिम्रो स्पर्श यो कपालभरि अझै अनुभव भइरहेछ। तिम्रा नौनीझैं नरम अधरहरु यी अभागी ओठहरुले खै कसरी भूल्न सक्लान् र! रश्मी, मलाई त मीठो लागेको थियो तिम्रो आगमन मेरो जीवनमा। तर…., तर तिमी त मायाको बगैंचामा फुलेका फूलहरुभित्र टम्म भरिएको गुलियो रस चाख्दै उड्ने भमरा रहिछौ। मभित्र रहेको मायाको घडा चूसेर तिमी खै कता गयौ कता, म यहाँ भ्रमरचुम्बनविहीन फूल बनी भमरा तिमीलाई अझै पर्खिरहेको छु मीठो चुम्बनको आशामा प्यासी अधर बोकेर। मलाई त सधैं ढकमक्क फुलिरहन मन लाग्छ। तर तिमी…, तिमी त फक्रिएको फूल विस्वासघातको रापले ओइलाएको अनि सुकेर खङ्रङ्ङ्ग भएको हेर्न चाहँदिरहिछौ। आखिर के पायौ? हँ के? त्यही क्षणिक मोह? गुलियो रस चुसुञ्जेल चुम्यौ सुकोमल फूल अनि अघाएपछि चटक्कै विर्सेर गयौ, तिमी अघाएर गयौ, तर यो नसोच्नू कहिल्यै तिमीले मलाई नै रित्याएर गयौ। मसँग तिमीले अहिले पाएको जस्तो हबेली र चिप्ले कार त छैनन्, जुन रित्तिन कतिबेर छैन, तर मसँग कहिल्यै नरित्तिने मायाको महासागर छ। त्यसैले त मुटुमा विस्वासघातको भाला रोपी जाने तिमीलाई अझै पनि माया गरिरहेको छु अनि गरी नै रहनेछु मृत्युपर्यन्तसम्म पनि।

हरेक पूर्णिमा शीतल जून लिएर आउँथ्यो, हरेक विहानी मीठो धून लिएर आउँथ्यो तर आजभोलि पूर्णिमा रापिलो ताप लिएर आउँछ, विहानी विरह र आन्तरिक चित्कार लिएर आउँछ। खै रश्मी, कल्पना नै गर्न सक्तिन म समय यति निष्ठूरी हुन्छ भनेर, अँहँ सोच्नै सक्तिन म समयको धूलोले मप्रतिको तिम्रो मीठो मायालाई यति चाँडै छोपिदिन्छ भनेर। बरु ज्यान मार्ने सुनामी सहन्थें, तर आत्मा मार्ने यो पीरो वियोग सहन सक्तिन, भन सानु, अब के गरुँ म? हो, रुढिबादी समाजले टुसाउँदै गरेको मायाको कलिलो विरुवा निमिट्यान्न पार्न खोजेको पनि हुनसक्छ। तर फुच्चु, ‘संसार बदल्न पहिले आफैं बदलिनु पर्छ’ भन्ने महान् वाणी उत्कर्ष गर्ने तिम्रो विद्रोही मन किन उही कुण्ठित समाजको बन्धनभित्र जकडिन रमायो? आखिर किन? स्वीकार छ मलाई पनि तिम्रो स्वीकारोक्ति। तर रश्मी, विन्ति छ, मलाई जस्तै उसलाई पनि मूल्यहीन खोस्टा बनाएर रछ्यानमा नफाल्नू ल, तिमी त आस्तिक मान्छे, ठूलो पाप लाग्नेछ त्यसो गर्‍यौ भने फेरि। अरु त के भनूँ, उसले तिमीलाई चाहेजति माया दिन सकेन भने म त हरहमेशा सबैभन्दा बढी माया दिन्छु तिमीलाई। चाहन्छ्यौ भने जुनीभरिलाई स्वागत छ मेरो जीवनमा। अन्त्यमा, प्रेम दिवसको धेरै धेरै शुभकामना…

उही तिमीलाई जुनी–जुनीसम्म भूल्न नसक्ने अभागी किरण।

किरण सुस्तरी डायरी बन्द गर्छ। कसिलो गाँठो गलाभित्र बोकी आँशु पुछेर लामो सास फेर्छ अनि उभिएर पल्लो क्षितिज नियाल्छ केही बेर। हल्का हावाले वरपिपलका पातहरु फर्फराइरहेका थिए, सल्लाघारी विरहलाग्दो सुसेली गाइरहेको
थियो …………………

࡭ समाप्त ࡭
[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् story@mysansar.com मा]

4 comments to प्रेम दिवस

  • netra

    बधाई छ खगेन्द्र सर,

    साँचै मिठो कथा पोस्ट गर्नु भएको रैछ . कता कता अतित ले चस्स चस्क्यायो .

    अनि मेरो कथाको गीति कथा कैले सुन्न पढ्न पाइने हो ?

    सबैमा प्रेम दिवसको शुभकामना……

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

  • आज किन हो किन तिम्रो अशिम प्यारले मेरो मन मा कुत कुताइ रह्यो। के गर्नु तिमी म देखी टाढा छौ तेसैले तिम्रो मायालाई मफ लर बनाइ गलामा बाधी हिंड्ने गर्छु। मेरा मायाका कोमल थुङा हरुलाई सम्हली राखी देउ। म पनि ति तिम्रा सुस्केर हरुलाई आत्मसात गरी रहने छु। टाढा भएपनी यो मेसेज बाट तिमी नजिक हुने फगत प्रयास गरेको छु।
    तिम्रो मायालु….

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  • balram moscow

    खगेन्द्र पराजुली जी को प्रेमपत्र लेखन राम्रो छ बगेर जाने खोला र छोडेर जाने माया कहिले फर्केर आउदैन बरु अरुकै भैसकेकी लाई कुरेर समय बरबाध र अरु को घरबार बिगार्न र आफ्नु माया पूर्ति गर्नु भन्दा यो प्रेम days मा अरु पनि पर्खी राखेको छन् विचार पूरायर फुलदिनु नै राम्रो हैनर जेहोस प्रेमपत्र राम्रो छ अरुलाई नबिगारी आफु बन्ने खाले प्रेमपत्र पडन पाइयोस यहिनै मेरो प्रेम days को सुभकामना

    मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

  • niru 4 akli

    अ-शेस अ-शेस माया तिमीलाइ यो

    “काली”रित्तिएको आत्माबाट शक्ती हिनताको दाग लागेको खाली हातहरु बाट यो महान दिवस् मा के नै पो दिन सक्छु र,त्यसैले मात्र सम्झनाको छालहरु यिनै किवर्ड को सहयोग ले । हुन त यो माया को महासगरमा गोता लगाउन कुनै आईतवार कुर्नै पर्छ भन्ने छैन,तर पनि सरा जस्तै म पनि रमाउन खोजे माया मा डुब्न चाहे,यो बिशेष दिन पक्कै हो,त्यैले मात्र यो दिलको फोल्डरलाई तिम्रो मन को फोल्डरमा मेल गर्दै छु राम्रो सँग सुरक्षा गर है ।

    प्रगढताको सितल्तामा महान्ताको संगीत गुन्जाउने यि अन्नत स्मरण मा चन्चलताहरु दिन त के कुरा गरौ हरेक पल स्मरण को मध्य स्थानमा परिवेशको निम्ताहरु एका एक रहदैनन भन्न सकिन्न ।जाँहा पत्थरझै काठओरता मा छटपटैइ रहेका ति जिवित आत्मामा गन्तव्य बिहिन बिचार अंकुर हुन्छन तब सहयोगी पत्रको खोजी हुदोरहेछ,तेही खोजकै पत्र हो तिमी मेरो जीवन मा ।

    असार महिनामा गरामा टिलपिल पानी भरिएझै गहमा आँशु ।वियोग बेदनले मान्छे लाइ कति सम्म डढाउछ?सपनिमा तिमीलाइ देख्छु,तब केही आशाका किरण देखा पर्छन तर सपना आखिर सपना नै त हो,यो पापी मन भड्किन्छ,मान्दै मान्दैन त्यसैले काली भोली तिमी मेरो सपनि मा आउनु है,पक्का आउनु नि!मा तिम्रो पर्खैमा हुन्छु ।साच्चै यो दिलको दिल सँगको समागम इश्वेर को लीला हो,नत्र टाढा हुँदा यो मन नदुख्नु पर्ने हो,दर्शनको आशा न अंकुराउनु पर्ने हो । ।

    मैले पहिला देखिनै यो तन्,मन तिमीलाइ सुम्पिएको थिए ।तर आज पनि फेरी यो अस्वेत कागजमा शब्दलाई ओकल्दै मनका भावना पोख्ने अठोट गरे ।यसरी मैले तिमी लाई समर्पित गर्दा आफ्नो मुटुमा परेका उल्लास,उमङ म कसरी व्याख्या गरु ?यो कलम सँग शब्द कहाँ छ र यो भाव-भावना लाइ समेट्ने ।

    “काली”भगवानले मानिस् लाई ठुलो छाति दिएका छन्,जहाँ जती पनि माया अटाउन सक्छ,किन तिमी मेरो माया लुकाउन चाहन छौ ?मलाई थाहा छ तिमी पनि म मा हराउन चाहन्छौ,मलाई माया गर्छौ तर किन काली आखिर किन ? ? ?माया त जती गर्यो उति बढ्छ,माया मन को बैक मा राखेर ब्याज आउँदैन ।

    जे भए पनि तिमी लाख लाख जुनि सम्म मेरी हो केबल मेरी ।यो मायाको दिवस् मा तिमी लाई शुभकामना है । । ।

    हँशोको रंगशालामा आशुको अभिनए,
    लेखिएको पत्रको अन्त्य मा मेरो परिचय
    निरु+काली

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

eXTReMe Tracker