मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    जमिमको हत्यामा प्रहरी पनि मिलेछन्

    जब सुरक्षा दिने जिम्मेवारी बोकेका प्रहरी नै अपराधीहरुसँग मिल्छन्, तब के होला? दिनदहाडै व्यस्त सडकमा गोली हानी हत्या, अनि कडा सुरक्षा घेराबाट अपराधी सुरक्षित भाग्न सफल! यही त भएको थियो जमिम शाहको हत्याकान्डका बेला। हत्या भएको घण्टौँ बित्दासम्म पनि एरिया सिज गरेर खानतलासी गरिएको थिएन। त्यसैले त सामान्य बटुवाले समेत ‘पुलिस नै मिलेको छ कि क्या हो’ भन्दै थिए।

    नभन्दै आज सार्वजनिक भएको समाचार अनुसार हत्याको अनुसन्धान गरिरहेको टोलीले सब इन्सपेक्टर प्रकाश क्षेत्रीलाई अभियुक्तसँग सम्बन्ध देखिएको भन्दै हिरासतमा लिएको रहेछ। त्यतिमात्र हैन, हत्याको योजना समेत सशस्त्र प्रहरीका पूर्व डीआईजी ज्ञानेन्द्र राईको घरमा बनेको रहेछ।


    शाहको परिवारलाई सान्त्वना दिन पुगेका उपप्रधानमन्त्री सुजाता कोइरालाले प्रहरीमाथि पनि छानबिन हुनुपर्ने बताएकी थिइन्। नभन्दै प्रहरीलाई समेत प्रयोग गरी हत्या गरेको खुलेको छ।

    क्षेत्रीले सुरक्षा सम्बन्धी सूचना अपराधीलाई दिएको भनिएको छ। कतै यो सानो तहका कर्मचारीलाई कारबाही गरी ठूलाकालाई बचाउने उहिलेदेखि चलिआएको चलन फेरि चलाउन लागेको त हैन? उनी एक मात्र त पक्कै दोषी थिएनन् होला यो घटनामा। उनी संलग्न रहेको भए पनि घटना लगत्तै एरिया सिज गरी खानतलासी नहुनुमा कसको दोष होला त ?

    प्रहरीले भारतको कृष्णनगर निवासी बब्लु सिंहले करिब ६ जना सहयोगी सहयोगमा जमिमको हत्या गराएको पत्ता लगाएको भनिएको छ। ती सहयोगीहरु नेपाली र भारतीय दुवै छन् रे। उनीहरुको फोटो प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ। किन हत्या भएको हो भन्ने कारण खुल्न भने अपराधीहरु कसैलाई पक्रिनसकेकोले कहिले सार्वजनिक हुने हो, पत्तो छैन।

    No related posts.

    34 comments to जमिमको हत्यामा प्रहरी पनि मिलेछन्

    • yasimm thapa

      police ले देश को लागि कहिले सोछेको पनि छिन किन सभी दान हरु लै हेल्प गर्ने नेपाली पोलिचे नै हो थन्क्क्ष पोलिचे prasasan

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • lal shrestha

      हिन्दी चलचित्र धेरै हेर्दा हुन् नेपाली प्रहरी हरु ….यसै को देखा सिखी को परिणाम भन्दा फरक नपर्ला …नेपाल आमा को दुध खाएर भारत सन्तान संग मिलो मतो गरेर नेपाली आमा को सन्तान को ज्यान लिएको पाप छिट्टै देख्ने छन् ति कुलुंगार कपुत हरु ले. जय नेपाल.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • krishna usa

      हाम्रो देश धेरई सजिलो देश हो | पैसाको लागि जे गरे हुन्छ | अथवा पैसा खर्च गर्न सक्ने हो भने हत्या गरे पनि जेल गइरनु पर्दैन| अनुसासन सिकी रनु पर्दैन | पढाई मा तेत्रो घोटी रहनु पर्दैन |अलिकति गाह्रो भनेको ई पस्सिमी मुलुक आउदा चैन सत्र अठार वर्षा स्कुल गयर पनि कही काम लाग्ने चैं सिकिअना रैछ कि जस्तो नि | जे होस् कसैसंग अलि पैसा र हिम्मत छ भने छिटै उबो लाग्नेनी \ अरुको देशमा जस्तो कसैलाई दुइ थप्पड लाउदैमा जेल गैहनु पर्दैन | पैसा छ भने दुइ चार जना मारी कन तेती फिक्री लि रनु पर्दैन पो | मुख मा आय जति सबै बोल्न पाइने ,वाक स्वतन्त्रता नि ,कम्मर मुनिका सबै सब्द बोल्न पाइने |
      सन् १९९८ मंगसिर मैना को कुरो हो मकाठमाडौँ बाट धरान आउनु थियो |म कलंकी को येसो मस्लो पट्टि ……… यतायेत मा टिकट काट्न गहे,भाडा अलि महँगो लगारे ठिकै छ अरु अरु मा सोद्चु भनेर येसो बाहिर निस्कको ,तेस कम्पनि का एक कर्मचरी(पछि बुज्दा झापा का दाहाल थरि हुनुहुदो हरेछ,नाम चैं न लेख्नु पारो किन भने वहाले तेत्रो ठुलो अपारद गर्नु भय को छैन नेपालको हिसपमा,तेये घचातेको र नराम्रा सब्द ले एक छिन् गाली गरेको मात्रै )ले अरु गाडी मा कसरि छाड्नु हुन्छ हेरुना भानु भयो |किन म अरु बसमा जना पौदैना भन्दा पौदैनस भन्दै मुख छोड्नुभय ,अनि येसो अलि अलि घचेट्नु भयो ,मलाई अलल्युनु भयो ,म नया मान्छ को टिकेट कतिदिनु भयो अनि पठाई दिनु भयो | कुरो सानै होला तर कता कता देश समजदा दुख छ |
      जे होस् नराम्रा का लागि हाम्रो देश हक पुगेको छ | अबका नानीहरुलाई निकटता आचरण अलि कति हुमन बन्न सिकाय अर्को पिडि म सुदर औथियोकी |
      जे nepal

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • साला पुलिस हो तेरो जागिर त्यो हो त नेपाल आमा को कसम साले मैले बिना लाईसंनस गाडी चलाउदा २०० मागे को जस्तो हो मान्छे मर्न पनि …

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • माई संसारका मित्रहरु,
      नेपालमा सर्व सादाहरण मानिसहरु मारिनु हाम्रा असल नेता भनाउदाहरूका लागी पसुहरुलाई मार्नु भन्दा पनि चुत्थो ठान्ने गर्दछ| पुलिस आर्मिको त के कुरा गर्नु र! कुरा गरेर साध्य नै छैन | न पुलिसले जनताको जिउ धनको सुरक्छ्या, न आर्मीले देशको नै सुरक्छ्या गर्दछ | यिनीहरु(पुलिस,आर्मी) सब नेताहरुका गुलामी,नोकर, चाकरीहरू हुन | यिनिहरूले देश र जनाताहरुका लागी कहीं कतै केही गर्ने वाला छैन | देशको ढुकुटी मात्र रित्याउने सोसक/ परजिबीहरु हुन | मित्रहरु, यी पुलिस आर्मीहरु देशका लागी पालेका बोकाहरू होइनन | यिनीहरु त त्यही भ्रस्ट नेता,बिदेसी दलाली,नोकर, चाकरहरु आदिको सेवा गर्ने सच्चा बोकाहरू हुन | यिनिहरुलाई(पुलिस,आर्मी) देश र जनताहरुको माया सेवा/सुरक्छ्या गर्नु पर्छ भनेर थाहा छैनन की क्याहो ? जनताले दिएको नून घिचे पछी | नेताहरु त बेबकुप नै भई हाल्यो |वास्तबमा पुलिस/आर्मीले ति भ्रस्ट नेताहरुको सुरक्छ्या गर्ने होइन | तिनिहरुलाई तातो गोलिले टाउको-टाउकोमा ताकेर मार्नु पर्ने हो | तब मात्र जनताहरूले आदर सत्कार ,पूर्ण समर्थन गर्ने र बाहादुरी ठान्ने छन यी पुलिस/आर्मीलाई |जनता र देश प्रति नेपाली पुलिस/आर्मी बफादार नभएकै कारण नेपालमा माओबादीको उत्पति भएका हुन |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • sunil shrestha(belgium, gent)

      साथि दाई भाई येसता नेता प्रधानमन्त्रि, उप्रास्त्रपती, उपप्रधन्मत्री,मन्त्री र सांसदहरु भएको देशमा जनताको मात्र हत्या गर्छ , यो नेताहरुलाई ठोक्नु पर्छ , अनि मात्र जनता ले सुख संग बस्न पाउछ, नत्र यो रावण र कन्सहरुले राम्रो मान्छे लै मथिऔनदिदैन र देशलाई माथि पनि जानुदिदैना, अब हामीहरुले पार्टी हेरेर भोट दिने होइन ,जो ले समाजलाई राम्रो गरेकोछ , उनिहरलाई मात्र देश को नेता बन्ने हामीले अधिकार दिनुपर्छ , आफ्नो मान्छे भनेर दरिद्रहरुलाई नेता र सांसद नबनाऊ र नाचेपू ,येसता मान्छे नेता भयो भने इन्हारुले एकदिन हामीलाई र तपाइँ हरुलाई मर्नेछ ,अनि केहि गरि खातेपते नेता आयो भने इनिहरुले हाम्रो चेलीबेटी को इजात लुट्ने र दाइभाईलाई मर्ने काम मात्र गर्ने छ र गर्छ / कांग्रेश , एमाले, माओबादी र अरु चमेचे पार्टीहरु सबै मुर्दाबाद / साले कोइ देश भक्ति पार्टी छ भने, जमिम र जमिम जस्ता जति पनि नेपाली दाई भाई मारियो उनीहरुको आत्मालाई न्नाये दे / हामी पनि तिमीहरु जस्तो मान्छे हो, बलि को बोका होइन : खबरदार नेताहरु !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • rajupasa

      यस्तै यस्ताले भरिएको छ यो नेपाल… कहिले बन्ने हो यो मेरो नेपाल…कठै….

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • नबराज

      सुन्दा पनि कस्तो घिन लाग्दो कुरा हेर नेपाली पोलिस को इजत् .रुपया पोइसा मा बिकेको… भनेपछि, जे पनि गर्छन. एस्तो भयपछि कसको विश्वास कसले गर्ने किन हाम्रो नेपाली पुलिस यति कम्जोर बन्दै छ ..????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • जो रक्षक उनि हरु नै भक्षक ….राम राम …नेपाल प्रहरी माथि प्रस्न चिन्न खाडा भय को छ अब कहाँ बाट नेपाली जनताले सुरक्षा को अपेक्षा गर्ने ? देश दिन दिनै बिग्रदै गयको छ नेता हरु खिचा तानी मै मस्त छन् देश को बारे मा चिन्ता छैन उनीहरु लाई.अब पनि कुनै कदम न चाले नेपाल को अस्तित्वो रहने छैन
      देस भने को के हो एउटा परदेशी लाई सोध देश को माया कति लाग्छ भने र ल हे !! मेरो देश हे!! नेपाल आमा तिमि बिग्रे को मा टुलु टुलु हेर्न बाहेक मा केहि गर्न सक्दिन
      किन कि बाध्यता र बिबसता ले गर्दा मा अहिले परदेश मा छू
      जागा ..उठ.. हे नेपाली जनता नेपाल को भविस्य अब तिम्रो हात मा छ …

      जय नेपाल ……..
      परदेश
      प्रभात
      नेदेरलैंड

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • जो रक्षक उनि हरु नै भक्षक ….राम राम …नेपाल प्रहरी माथि प्रस्न चिन्न खाडा भय को छ अब कहाँ बाट नेपाली जनताले सुरक्षा को अपेक्षा गर्ने ? देश दिन दिनै बिग्रदै गयको छ नेता हरु खिचा तानी मै मस्त छन् देश को बारे मा चिन्ता छैन उनीहरु लाई.अब पनि कुनै कदम न चाले नेपाल को अस्तित्वो रहने छैन
      देस भने को के हो एउटा परदेशी लाई सोध देश को माया कति लाग्छ भने र ल हे !! मेरो देश हे!! नेपाल आमा तिमि बिग्रे को मा टुलु टुलु हेर्न बाहेक मा केहि गर्न सक्दिन
      किन कि बाध्यता र बिबसता ले गर्दा मा अहिले परदेश मा छू
      जागा ..उठ.. हे नेपाली जनता नेपाल को भविस्य अब तिम्रो हात मा छ …

      जय नेपाल ……..
      परदेश
      प्रभात
      नेदेरलैंड

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • dhiraj chamling

      वास्तवमै देशको शान्ति सुरक्षा लाइ हेर्दा सरकार निकम्मा भएको छ ! त्यो पनि राजधानीकै सबै भन्दा बढी सुरक्षित ठाउ मानिएको लाजिमपाटमा दिन दहाडै गोलि हान्दै हत्या गर्ने हत्यारा हरुलाइ पक्डनु नसक्नु हास्यासपद कुरा !

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Jagendra Chhantyal

      सबै शरीरमा क्यान्सर लागे पछि एक अंगमा मात्र अपरेशन गरेर हुदैन रहेछ बा !

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • NABARAJ

      नेपालको प्रहरी प्रशासन पूर्ब-पंच काल देखि नै कहाँ गतिलो थियो र…….? चोर बिरालोको जस्तो आनीबानी थियो….. त्यो बानी कसरी छाड्न सक्थे यी चोरहरुले……??

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • बिराज

      यदि यो कुरा सत्य हो भने यो केशमा यत्तिको प्रगति हुनु धेरै राम्रो कुरा हो, तर face saving को लागि कसैलाई scapegoat बनाउन लागिएको त होइन ? हेर्दै जाउ अरु के के हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • prayas rimal, kathamndu

      यो सब यी नालायक नेताहरुका कारण भयको हो, यो सब दण्ड हिनता को कारण यी सब भै रहेका छन् .

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • अब नेपालको सम्पूर्ण सुरक्ष्य निकाय बिघटन गर्नु पर्ने अवस्था आयो इनिहरुलाई जनताको पसिनाले पालि राख्नु फाईदा छैन सबैलाई घर पठाई दिए हुन्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 4

    • अब त नेपालको सबै सुरक्ष्य निकायलाई बिघटन गरेर बसे भैगो नि जनताका सुरक्ष्यको लागि जनताकै कर बाट तलब खान्छन अनि जनताकै हत्या गर्छन भने अब सोंच्नु पर्छ नेपाल जनताले र प्रहरी प्रशासन बिघटन गर्नु पर्छ इनिहरु लाई बोका जस्तो पालेको कुनै अर्थ रहेन
      र मात्र शान्तिको सास फेर्न सकिन्छा होला

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 1

    • जो रक्षक उनि हरु नै भक्षक ….राम राम …नेपाल प्रहरी माथि प्रस्न चिन्न खाडा भय को छ अब कहाँ बाट नेपाली जनताले सुरक्षा को अपेक्षा गर्ने ? देश दिन दिनै बिग्रदै गयको छ नेता हरु खिचा तानी मै मस्त छन् देश को बारे मा चिन्ता छैन उनीहरु लाई.अब पनि कुनै कदम न चाले नेपाल को अस्तित्वो रहने छैन
      देस भने को के हो एउटा परदेशी लाई सोध देश को माया कति लाग्छ भने र ल हे !! मेरो देश हे!! नेपाल आमा तिमि बिग्रे को मा टुलु टुलु हेर्न बाहेक मा केहि गर्न सक्दिन
      किन कि बाध्यता र बिबसता ले गर्दा मा अहिले परदेश मा छू
      जागा ..उठ.. हे नेपाली जनता नेपाल को भविस्य अब तिम्रो हात मा छ …

      जय नेपाल ……..
      परदेश
      प्रभात
      नेदेरलैंड

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 4

    • धिक्कार छ नेपाली भएर जन्मेकोमा अब त नेपाल अनि नेपाली हु भन्न पनि लाज लाग्न थाली सक्यो !!! अब नेपालको नाम नै change गर्नु पर्ने मेरो प्रस्ताब हजुर हरु संग राख्न चाहन्छु !!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 82

      • होइन हजुर को विचार मा मेरो १००% सहमति छ | साचै नेपाल को नाम change गर्नु पर्छकि नेपाल को नागरिक लै अन्य भन्नु पर्छ |
        Nepal is my country. and im proud to ……….
        {+++++++++————–++++++++}
        Udaya Limbu

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 9

      • वाहिद अलि

        धिक्कार छ तपाई लाई किन कि तपाई नेपाल आमा को छोरा नालाएक छोरा हुनु हुन्छ तपाई लाई जन्म दिने आमा बाबु नराम्रो हुनु भयो गरिब हुनु भयो या कुनै दुर्घटना या जन्म जात असक्त हुनु भए मा के तपाई पनि यहि भनेर धिकार गरेर बस्नु हुन्छ वाह वाह वाह तपाई को जस्तो सोच अरु मा नआओस जे जस्तो सकिन्छ आफ्नो ठाउँ बाट नेपाल आमा लाई बचाउने कोसिस गरौ
        गाउ गाउ बाट उठ बस्ति बस्ति बाट उठ……..
        यो देश लाई बचाउन सबै नेपाली आमा का सन्तान हरु उठ ……….

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 3

    • shame on you police. how disgusting job you did.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 13

      • kesu

        साथी हरु जय नेपाल.
        मैले धेरै पटक भनेको छु आतंककारी को कुनै रास्त्रियता हुदैन (डोन हरु को पनि) यिनीहरू आफ्नो फाइदा को लागि जुनसुकै राष्ट्र को भक्ति पनि गाउछान त तेही राष्ट्र को मान मर्दन गर्न पनि पछी पर्दैनन्.
        डोन लाइ डोन ले मार्न, आक्रमण गर्न कुनै रास्त्रियता ले छेक्दैन,तेस्को परिणाम त देखिसकेको छ.
        अनि जुनसुकै संगठन भित्र पनि येस्ता नकाम गर्ने हरु हुन्छन नै ( जे होस् प्रमानित नभय पनि) तिनीहरु लाइ रक्षा गर्नु संगठन को भुल हुनेछा तर जनता सामु ल्यायर उनीहरु लाइ कारबाही गर्छन भने त्यो संगठन धन्यवाद को पात्र हुनेछा.
        १/२ जना गलत हुदै मा सम्पूर्ण पुलिस संगठन लाइ दोष दिनु राम्रो होइन,एदी त्यो बेक्ती यो हत्या मा सम्लंग छ भने तेस्लाई कारबाही गर्न प्रहरी लाइ सबैले सहयोग गर्नु आबस्यक छ.

        केहि साथी हरु ले यो हत्या मा अनाबस्यक रुप मा जातीय र क्षेत्रीय रुप दिन खोजे अनि जनता जनता बीच फाटो ल्याउने कोशिस गरे (कमेन्ट मार्फत) तर अब बुझे होलान डोन र आतंककारी को कुनै रास्त्रियता हुदैन भन्ने.
        जय होस्,

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 10

        • Bhimsen Limbu

          केसुजी !
          तपाइँको निम्न तार्किक वाक्यांशप्रति सहमती प्रकट नगरी रहन सकिन ।

          # जुनसुकै संगठन भित्र पनि येस्ता नकाम गर्ने हरु हुन्छन नै ( जे होस् प्रमानित नभय पनि) तिनीहरु लाइ रक्षा गर्नु संगठन को भुल हुनेछा

          # १/२ जना गलत हुदै मा सम्पूर्ण पुलिस संगठन लाइ दोष दिनु राम्रो होइन,

          सोहीअनुरुप तपाइँले घृणा गर्दै आउनुभएको माओवादीलाइ वा यस्तै अन्य चीजहरुलाइ पनि तुलना गरेर हेर्ने दृष्टिकोण अपनाउनु भए राम्रो हुनेथ्यो । शत्रुको पनि सकारात्मक चीजहरुको सम्मान गर्न सक्नुमा छुट्टै आनन्द आउनेछ ।

          ७५% प्रहरी अधिकृतहरु क्षमता र हैसियतले भन्दा भनसुन, राजनैतिक नियुक्ति वा नेताको ढोका ढक्ढकाएर संगठनमा आएका छन‍, उनीहरु जिम्मेवार, कर्तव्यनिष्ठ हुँदैनन्, पैसा कमाउने धुनमा हुन्छन्, अपराधी सँग साँठगाँठ गर्न पछि पर्दैनन् । यही कारणले जमिमको हत्या भएको हो । यो किटानी दाबी प्रहरी महानिरीक्षक रमेश चन्दको हो ।

          “जसरी पनि पैसा कमाउने लालचा” प्रहरीमा मात्र होइन, राष्ट्रको नेतृत्व गरिरहेका राजनेताहरुमा समेत छ र उनीहरुको मनमस्तिष्कभरि गुन्द्रक खाँदिएझैँ खाँदिएर रहेको छ । यही हो पूँजिवादी मानसिकता । पूँजिबाहेक सबै गौण ठान्ने मनिमाइण्डेड सँस्कार, चरित्र । यही हो, आजसम्म नेपाल देश ओरालो लाग्नु तर, नेताहरु चाहिँ रातारात उकालो लाग्नु । केही मुटठीभर मानिसहरु रातारात नवधनाढ्‍य वर्गमा परिणत हुनु र बहुसंख्यक जनता गरीबीको दलदलमा फँसिरहनुको कारण पनि यही हो । आफू र आफ्‍ना नातागोताबाहेककालाइ गन्दै नगन्नु, राजनीतिको आडमा कालोलाइ सेतो र सेतोलाइ कालो बनाइ बनाइ अकूत सम्पत्ति आर्जनमा लाग्नु, कुकुरको नाममा समेत सम्पत्ति राख्ने मानसिकता हुनु, शक्ति, सत्ता र सम्पत्तिको लागि जे पनि गर्न पछि नपर्ने आतंककारी मानसिकता नै (आफूलाइ मालिक र सर्वसाधारणलाइ नोकर ठान्नेहरु वास्तवमा त्यस्ताहरु आतंककारी नै हुन्छन्) समस्याको जड हो । स्पष्ट छ, यस्तो प्रवृत्ति धेरथोर हरक्षत्रमा व्याप्त छ ।

          समाजवादी (उस्तै परे आफू मरेर, सिद्धिएर भएपनि समाजलाइ बचाउने) वा आफूलगायत सिङ्गो समाजको विकास गर्ने वा समाज नै सुखी, समृद्ध बनाउने सोचको ठीक विपरीत व्यक्तिवादी चिन्तन (उस्तै परे राष्टिय सम्पदाहरु वा देशै बेचेर आफू र आफ्‍नालाइ बचाउने, धनी बनाउने वा आफू र आफ्‍नानिकटहरु मात्र पोषिने/पोष्ने वा रातारात धनी हुने सँस्कार र चिन्तन) राजनीति र राजनीतिक दलहरु, दलका नेताहरुमा हावी रहुन्जेल देशको हालत बदलिँदैन । (कोशी/गण्डकी/महाकाली सन्धि, लाउडा काण्ड, धमिजा काण्ड, चरेस काण्ड आदि केही उदाहरण)

          प्रहरी संगठनलाइ मात्र दोष दिनु उचित हुँदैन । अगुवा (नेता)हरु नै बाटो हगुवा भएपछि समाज/देश कहिले उँभो लाग्ने ?

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 12

          • kesu

            भीमसेन ज्यु,
            ठिक भन्नु भो तर,
            मैले नेपाल का कमुनिस्ट भन्ने माओबादी बाहेक अरु को बोरोध गरेको छैन मैले माथि नै भने कुनै पनि संगठन मा राम्रा र नराम्रा मान्छे हुन्छन नै तेस्तै कांग्रेस र एमाले मा पनि छन्. अब रह्यो नेता र नीति को कुरो. संगठन हरु नीति मा चल्छन नेता मा होइन तर कांग्रेस मा उल्टो छ नीति र तल्ला करेकर्ता राम्रो छन नेता खत्तम, तेस्तै माओबादी मा प्रमुख नेता ठिक छन् नीति र करेकर्ता (वा-सेल ) ठिक छैनन्.
            माओबादी को बिरोध तर कम्युनिस्ट भन्ने एमाले को समर्थन किन भन्नुहोला फेरी?
            किनभने:
            १.० माओबादी को केन्द्रीय दस्ताबेद अनुसार उनीहरु साम्यवाद नै चाहन्छन , अनि केन्दीय नेता प्रचण्ड, बाबुराम र मोहन बैध ले अन्तिम लक्ष्य जनता को जनबाद भने बाट म लगायत धेरै आजसम्म माओबादिलाई विश्वास सकेका छैनन्.
            २.० सर्बसाधारण को हत्या लगातार गर्ने (करेकर्ता) ले अनि नेता ले सम्रक्षेन दिने ( रामहरी काण्ड, थेब काण्ड बुटवल, विरेन्द साह पत्रकार काण्ड…..आदि ) अनि फेरी क्षेमा याचन गरे झैँ गर्ने तर फेरी फेरी दोहरिन दिने कन्ट्रोल नगर्ने.
            ३.० अहिले पनि अरु को जग्गा कब्जा गरिरहने र सुकुम्बासी को नाम मा राजनीति गर्ने.
            ४.० ४/ ५ महिना मा सम्भव हुने सेना समायोजन आफ्नो सरकार हुँदा केहि नगर्ने र अहिले पनि समायोजन मा चासो नदिने सरकार लाइ सहयोग नगर्ने ( हेर्नुस सरकार को बेला बेला को बक्तब्य). जसको अर्थ छ हतियार छोड्न नमान्ने.
            ५.० सिमा विवाद जस्तो संबेदनसिल कुरा मा कुटनीतिक र राजनीतिक कदम चल्नु को सट्टा जनस्तर मा लगेर सिमाना का जनता बीच फाटो ल्याउने …

            आदि आदि ….. यो कुरा ले गर्दा माओबादी प्रति विश्वास नभयर मात्र बिरोध गरेको हु.
            मललाई विश्वास छैन माओ बादी को पूर्ण सत्ता आयपछी:
            १.० स्वोतन्त्र पत्रिका हेर्न /छाप्न पाइन्छा भन्ने.
            २.० स्वोतन्त्र राजनीति गर्न पाइन्छा भन्ने.
            ३.० आज तपाइँ ले मैले कमेन्ट लेख्ने माइ संसार को पौच हुन्छा भन्ने.
            ४.० आफूखुसी सम्पति को सदुपयोग गर्न पाइन्छा भन्ने.
            ५.० स्वोतन्त्र कानुनी राज्य हुन्छा भन्ने.
            ६.० सम्पूर्ण नेपाली ले सबै ठाउमा समान अवोसर पौछां भन्ने .
            ७.० धार्मिक स्वोतन्त्र हुन्छा भन्ने ( चाइना , उत्तर कोरिया मा हेर्नुस उदाहरण को लागि)
            धेरै छन् लामो नलेखौ .
            येही कारण ले मा माओबादी को बिरोध गर्छु अब एस्लाई अन्धो बिरोध भन्नुस या जे भन्नुस.
            जय नेपाल.

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

        • Sasang Lama NY

          केसूजीका भनाइहरु आफ्नो ठाउँमा ठिक छन्, तर घटनाको साङ्गो पाँगो स्पष्ट चित्र नआउन्जेल डनहरुको झगडा भनेर किटनु मिल्ला र ? यदि यो प्रायोजित हत्या हो भने अहिले देखिएका हत्याराहरु पनि प्रायोजित पो हो कि ? ठुलो हत्यामा त ठुलै चलखेल पो हुन्छ त ! साना तिना हत्या काण्डमा मात्र प्रहरीले झर्याप झिरिप्पी अपराधी समाउँछ|

          मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

          • madan bajracharya

            ससांग जी
            के भारत डन भन्दा कम छ? शायेद डन ले मारे भनेको यहि डन हो भने म त् बिस्वाश गर्छु है/

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

        • bishnu sapkota

          अहिले सम्म पुलिसमा एस्त गल्ति गर्नेहरुलाई कारबाही गरेको एउटा उदहारण तपैसंगा होला केसु जी? सायद छैन किनकि एस्तो त पुर्खौ देखि गर्दै आएको चलन हो. तेसैले त नाम को व्यवस्था हैन वास्तविक व्यवस्था फेर्न पर्छा भनेको नि? उही मान्छे हिजै भ्रष्टाचार गरेर अघाएका मान्छे छन् गणतन्त्र आएर के गर्नु? नया मान्छे आउदा खै तपाई जस्ता मान्छेलाइ पच्दैन क्यारे?

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • shreesh thapa

        प्रहरी हत्यारा हुदैन भन्ने के छ र जो पनि हुन सक्छ निधारमा स्टिकर टासिएको कहाँ हुन्छ र ?सालोक्य जी ले भने अनुसार यसमा ठुला बडाको हात हुन सक्छ सजाय सानालाई धम्क्याई गरेर पनि हुन सक्छ यसै भन्न सकिदैन

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 5

      • sandeep

        डी आइ जी को घरमा अपराधको योजना !अपराधमा पुलिसनै सलग्न यसबाट अझ के कुरा प्रमाणित हुन्छ भने हाम्रो समाज हाम्रो देश कुनै राज्य नभएर कुनै देश नभएर मानिसहरुको एउटा भिड हो जहा जसले जे सक्छ गर्दा हुन्छ| देश कुनै अपराधिक समुहले संचालन गरेको राज्य भन्दा बाहिरको बस्ति भएको छ | चम्बलको घाटी भएको छ | हुनपनि पार्टी र जातिहरुका आफ्ना आफ्नै सेना भएको देशमा यो भन्दा अरु के आसा गर्नु ?

        मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

        • madan bajracharaya

          सन्दिप जी
          डि आई जी जस्तो पदमा रहेको व्यक्ति परिचालन गरेर भारत बिरोधि भएकोले भनि मार्न लगाउन सक्ने को होला; मात्र गुण्डा? जमिम मारिएको आरोपमा समातिएका सबै मात्र प्रयोग गरिएको हतियार जस्ता मात्रै हुन्/ अहिले भर्खरै पुष्प जी ले एउटा रहस्य खोल्नु भयो जमिम मार्ने भारतीय जेलमा भनि/ यदि यो कुरा सत्य भए यो काण्ड भित्र गम्भीर कुरा हरु छन्/

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • माई संसारका मित्रहरु,
        नेपालमा सर्व सादाहरण मानिसहरु मारिनु हाम्रा असल नेता भनाउदाहरूका लागी पसुहरुलाई मार्नु भन्दा पनि चुत्थो ठान्ने गर्दछ| पुलिस आर्मिको त के कुरा गर्नु र! कुरा गरेर साध्य नै छैन ! न पुलिसले जनताको जिउ धनको सुरक्छ्या, न आर्मीले देशको नै सुरक्छ्या गर्दछ | यिनीहरु(पुलिस,आर्मी) सब नेताहरुका गुलामी,नोकर, चाकरीहरू हुन | यिनिहरूले देश र जनाताहरुका लागी कहीं कतै केही गर्ने वाला छैन | देशको ढुकुटी मात्र रित्याउने सोसक/ परजिबीहरु हुन | मित्रहरु, यी पुलिस आर्मीहरु देशका लागी पालेका बोकाहरू होइनन | यिनीहरु त त्यही भ्रस्ट नेता,बिदेसी दलाली,नोकर, चाकरहरु आदिको सेवा गर्ने सच्चा बोकाहरू हुन | यिनिहरुलाई(पुलिस,आर्मी) देश र जनताहरुको माया सेवा/सुरक्छ्या गर्नु पर्छ भनेर थाहा छैनन की क्याहो ? जनताले दिएको नून घिचे पछी | नेताहरु त बेबकुप नै भई हाल्यो |वास्तबमा पुलिस/आर्मीले ति भ्रस्ट नेताहरुको सुरक्छ्या गर्ने होइन | तिनिहरुलाई तातो गोलिले टाउको-टाउकोमा ताकेर मार्नु पर्ने हो | तब मात्र जनताहरूले आदर सत्कार ,पूर्ण समर्थन गर्ने र बाहादुरी ठान्ने छन यी पुलिस/आर्मीलाई |जनता र देश प्रति नेपाली पुलिस/आर्मी बफादार नभएकै कारण नेपालमा माओबादीको उत्पति भएका हुन |

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

      • raj

        नेताले नेताको कर्तब्य छोडेका छन, पुलिस ले पुलिसको कर्तब्य, ब्यापारीले ब्यापारीको कर्तब्य छोडेका छन, कर्मचारीले कर्मचारीको कर्तब्य र अब त जनताले पनि आफ्नो कर्तब्य छोड्न सुरुगरिसकेका छन विवस भएर | धिक्कार छ सबैलाई | नेपाल आमा कति रुन्छिन होला यी सबै नालायक सन्तान देखेर | भौगोलिकताले पहिलै ठगिएकी आमा, छिमेकी बाट बलत्कृत आमा, यकै आशा थियो सन्तान को अब त त्यो पनि मरिसकेको छ उनको| ……. नालायक सन्तानहरुहो अब त केहि सोच ! बिग्रेको समान मर्मत भएझै तिमिहरुपनि आफुलाई मर्मत गर, राम्रो काम को लागि ढिला कहिलै हुने छैन|

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

      • sunil(belgium, gent)

        साथि दाई भाई येसता नेता प्रधानमन्त्रि, उप्रास्त्रपती, उपप्रधन्मत्री,मन्त्री र सांसदहरु भएको देशमा जनताको मात्र हत्या गर्छ , यो नेताहरुलाई ठोक्नु पर्छ , अनि मात्र जनता ले सुख संग बस्न पाउछ, नत्र यो रावण र कन्सहरुले राम्रो मान्छे लै मथिऔनदिदैन र देशलाई माथि पनि जानुदिदैना, अब हामीहरुले पार्टी हेरेर भोट दिने होइन ,जो ले समाजलाई राम्रो गरेकोछ , उनिहरलाई मात्र देश को नेता बन्ने हामीले अधिकार दिनुपर्छ , आफ्नो मान्छे भनेर दरिद्रहरुलाई नेता र सांसद नबनाऊ र नाचेपू ,येसता मान्छे नेता भयो भने इन्हारुले एकदिन हामीलाई र तपाइँ हरुलाई मर्नेछ ,अनि केहि गरि खातेपते नेता आयो भने इनिहरुले हाम्रो चेलीबेटी को इजात लुट्ने र दाइभाईलाई मर्ने काम मात्र गर्ने छ र गर्छ / कांग्रेश , एमाले, माओबादी र अरु चमेचे पार्टीहरु सबै मुर्दाबाद / साले कोइ देश भक्ति पार्टी छ भने, जमिम र जमिम जस्ता जति पनि नेपाली दाई भाई मारियो उनीहरुको आत्मालाई न्नाये दे / हामी पनि तिमीहरु जस्तो मान्छे हो, बलि को बोका होइन / डन अरु कोही होइन , येही हाम्रो देशको नेताहरु अन्दर वोर्ल्ड का डन हुन/ खबरदार नेताहरु !

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker