मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अनुहार हेर्ने हैन त जमिम हत्याका मतियारहरुको?

    जमिम शाहको हत्या कसरी भएको थियो ?
    ककसले सहयोग गरेका थिए हत्या योजनामा ?
    कहाँ बनेको थियो हत्याको योजना ?
    मतियारहरुको अनुहार कस्तो छ ?
    घटना कसको डिजाइनमा भएको थियो ?
    के के प्रमाण फेला परे अहिलेसम्म ?

    नेपाल प्रहरीको महानगरीय प्रहरी, अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी घटनाको अनुसन्धानमा हालसम्म भएका प्रगति विवरण सार्वजनिक गरेको छ। आउनुस्, माथिका सब जानकारी थाहा पाउन भित्र।

    प्रहरीले उपलब्ध गराएको लिङ्क चार्ट

    ठूलो पारेर हेर्न यहाँ क्लिक गर्नुस्

    घटनाको संक्षिप्त विवरण
    मिति २०६६।१०।२४ गते दिउसो अं. १४:२० बजेको समयमा स्पेसटाइम नेटवर्कका
    अध्यक्ष जमिम शाह होटल याक एण्ड यतिको हेल्थ क्लबबाट पानीपोखरीस्थित घर
    फर्किदै गरेको अवस्थामा का.जि. का.म.न.पा. लाजिम्पाटस्थित फ्रेन्च राजदूतावास
    अगाडि मुख्य सडकमा पुग्दा बा. १७ प ८७३३ नं. को क्रक्स कलेजी रङ्गको बाइकमा
    आएका २ जना ब्यक्तिहरु मध्ये मो.सा.मा पछाडि बस्ने व्यक्तिले जमिम शाह चढेको
    ना१च २१५१ पजेरो मित्सुबिसिमा एक्कासी गोली प्रहार गरेपश्चात् घाइते भएका
    जमिम शाहलाई उपचारको लागि टिचिङ् अस्पताल महाराजगन्जमा लगेकोमा
    उपचारको क्रममा १५४५ बजेको समयमा मृत्यु भएको। साथै सवारी चालक वर्ष
    ६० को मथुरामान मालाकारलाई बायाँ तिघ्रामा १ राउण्ड गोली लागेकोमा निजको
    टिचिङ अस्पतालमा उपचार भएको।

    घटनाको संक्षिप्त विवरण
    घटना मिति : – २०६६।१०।२४ गते १४२० बजे
    घटनास्थल : – का.जि.का.म.न.पा. फ्रेन्च एम्बेसीअगाडि मेनरोडमा
    मृतक ब्यक्ति : – जमिम शाह
    उमेर : – ४६ बर्ष
    पेशा : – स्पेशटाइम नेटवर्कका अध्यक्ष
    वतन : – का.जि. का.म.न.पा. पानीपोखरी
    घटनामा प्रयोग भएको साधन
    बा १७ प ८७३३ नं को क्रक्स कलेजी रङको।
    नौ एमएमको पेस्तोल ऐ.को गोली।

    घटनाको अनुसन्धान कारवाही
    • घट्नास्थल अनुसन्धान टोली।
    • प्रमाण संकलन, विश्लेषण टोली।
    • सूचना संकलन तथा विश्लेषण टोली
    • Telephone CDR Analysis Team
    • Raid & Search Operation Team
    • Media Liaison Team
    • Past Incidents Analysis Team
    • Secretarial + Documentation Team
    • Planning & Coordination Team

    हत्याको अनुसन्धान विवरण
    घटनाका योजनाकार

    १) बब्बु भन्ने दिपक शाही
    बब्लु श्रीबास्तवको निर्देशनमा रही हत्याको योजना तयार गरेको। नेपालमा रहेका
    अपराधिक गिरोहहरुलाई भेटेको।

    घटना घटाउने मुख्य अभियुक्तहरु

    १) नाम थर र वतन खुल्न बाँकी
    अं. बर्ष २६ र २७, ५ फिट ३ इन्च उचाई, दुब्लो शरीर भएको तराई मूलको व्यक्ति।
    बब्लु श्रीवास्तवले जमिमशाहको हत्याको लागि नियुक्त गरेको सुटर नं. १


    २) मोहम्मद बकार सैयद
    बुटवलको घटनामा संलग्न रहेको। बब्लु श्रीवास्तवले जमिम शाहको हत्याको लागि
    नियुक्त गरेको सुटर नं. २

    घटनामा सलंग्न मुख्य सहयोगीहरु
    १. रबिन भन्ने गुड्डु सिंह
    नयाँबानेश्वरस्थित एभरेष्ट कम्युनिकेसनबाट सिम ब्यवस्थापन तथा बकारसँग
    मो.सा. खरिद गर्न सिद्धि अटोवर्क्स जाने व्यक्ति।

    २. दादु
    बकारका साथमा बानेश्बर सेल्टरमा बस्ने ब्यक्ति, उमेर ३० बर्ष अन्य नखुलेको।

    ३. नाम नखुलेको
    बानेश्वर सेल्टरमा बस्ने ब्यक्ति, उमेर २५ वर्ष (जमिम शाहलाई गोली हान्ने
    ब्यक्तिको हुलियासँग मिल्ने ब्यक्ति

    घटनाका अन्य नेपाली मतियारहरु

    १.श्रीकृष्ण पौडेल, ठेगाना: काउले गा.वि.स. वडा नं..१ नुवाकोट
    हतियार सुरक्षित राख्ने, घर ब्यवस्थापन गर्ने, बब्बुलाई आश्रय दिने, घट्ना पश्चात
    सुरक्षित पारवहन, घट्नामा संलग्न मो.सा.को ब्यवस्थापन गरी दिने कार्य गरेको।

    २.राजु लामा
    श्रीकृष्णको साथमा रही घटना घटाउने व्यक्तिहरुलाई सहयोग गरेको

    ३.किसोर खड्का (भकभक गरी बोल्ने)
    श्रीकृष्णको साथमा रही घटना घटाउने व्यक्तिहरुलाई सहयोग गरेको

    ४. प्रकाश क्षेत्री (श्रीपुर गा.बि.स.८ बेलौरी, कञ्चनपुर, हाल ललितपुर) [प्रहरी सई हुन् यिनी]

    अन्दाजी ४।५ वर्ष अगाडि भारतमा फुपूको छोराको विवाहमा बब्बुसँग
    चिनाजानी भएको। उक्त समयपश्चात् यही माघ १६, १७ गते निज बब्बु
    काठमाण्डौ आई निजले ल्याण्डल्याइनबाट फोन सम्पर्क गरेपछि निजसँग
    पटक पटक विभिन्न स्थानमा भेट तथा फोन सम्पर्क भएको।

    घट्नाको दिन प्रकाश क्षेत्री श्रीकृष्णसँगै निजको पसलमा बसिरहेको र
    घट्नाको बिषयमा त्यहीँबाट जानकारी प्राप्त भएको।

    बब्बुको समूह रहने गगंबुस्थित सबिता श्रेष्ठको घर थाहा भएको।

    घट्नाको योजना सम्बन्धमा जानकारी नभएका तर अभियुक्तसँग सम्पर्कमा रहेका ब्यक्तिहरु

    १. रोशन कुमार पाण्डे (९८४१३१७१७५), एभरेष्ट कम्यनिकेसन सेन्टर, बानेश्वर)
    बब्बुसँग सम्पर्क भएको ९७२१५३७६२३ र ९७२१५३५०७८ नम्बर एभरेष्ट
    होटलमा काम गर्छु भन्ने रबिन (भारतिय मूलको जस्तो देखिने, ३५,४० वर्ष,
    ५फिट ७ इन्च पातलो शरिर, छोटो कपाल) ले गेस्टको लागि भनी लिई
    गएको साथै मेरो मोबाइल तथा युटिएलको सिम पनि लगेको।

    पछि सम्पर्क भइरहँदा रबिन एभरेष्ट होटलमा काम नगर्ने शान्तिनगरको
    सशस्त्र भू.पु.प्रहरी नायबमहानिरीक्षक ज्ञानराज राईको घरमा बसेको।

    रबिनसगं दादु भन्ने र अर्को एक अपरचित ब्यक्ति आफनो पसलमा आई
    भारतमा फोन गर्ने गरेको।

    रबिनले एस.बि.आई बैकं शान्ती नगरबाट निज पाण्डे मार्फत रबिनको
    श्रीमतीलाई भनि गौरब बिश्वकर्माको नाममा बारणासी भारतको स्टेट बैँक अफ इन्डियाको खाता नम्बर १०२६०८००८९०मा भा.रु.५००० माघ १७ मा पठाएको।

    घट्नाको योजना सम्बन्धमा जानकारी नभएका तर सम्पर्कमा रहेका ब्यक्तिहरु

    २. सिद्धि अटोवर्क्सको साहुजी बीरेन्द्र मण्डल।

    ३. बानेश्वरको घर खोज्न सहयोग गर्ने केशर (एजेण्ट, सनाखत हुन बाँकी)

    अन्तराष्ट्रिय गिरोहको सहभागिता
    १) भरत नेपाली
    छोटा राजन गिरोहको मुख्य व्यक्ति मध्ये सिंगापुर र बैँककमा बसी विभिन्न
    अपराधिक गतिविधिहरु संचालन गर्ने।

    २) बब्लु श्रीबास्तव
    हाल लखनाउ कारागारमा रहेको। विगतमा छोटा राजनको समूहमा काम
    गरिसकेको। मिर्जा दिलसाद बेगको हत्यामा संलग्न भएको। भारतको उत्तर प्रदेश
    र बिहारमा आफ्नो गिरोहको गतिविधि संचालन गरिरहेको।

    अपराधको योजना स्थलहरु
    १) सशस्त्र प्रहरीका पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रराज राईको भाडामा लिएको शान्तिनगरस्थित घर
    २) श्रीकृष्ण पौडेलको कार्गो अफिस
    ३) संगम गेष्ट हाउस, बागबजार
    ४) श्रीकृष्णको म्हेपीको भाडामा बस्ने कोठा
    ५) गोगबुमा राजु लामाको सहयोगमा भाडामा लिएको सविता श्रेष्ठको घर

    संकलित सबुत प्रमाण
    • अभियुक्तले प्रयोग गरेको बा.१७ प ८७३३ नं.को मो.सा.।
    मिति २०६६।१०।२४ गते प्रयोग भएको मो.सा. नं. बा.१५ प. ८७३३ नं. खुल्न आएकोमा मिति २०६६।१०।२६ गते बा.१७ प ८७३३ यामाहा क्रक्स कलेजी कलरको मो.सा. फुटुङ्ग गा.वि.स.–१ को बाटोबाट झ्याङ्गमा फ्यालिएको अवस्थामा स्थानीयबासीहरुले देखी प्रहरीलाई खबर गरी अनुसन्धानबाट उक्त मो.सा. २०६६।१०।२४ गते गोली प्रहारमा प्रयोग भएको र मो.सा. सम्बन्धमा यातायात व्यवस्था विभागको अभिलेख अनुसार उत्त मो.सा. आधिकारीक नै भएको खुल्न आएको।

    मो.सा. धनी : – चन्द्र बहादुर अर्याल (मितेरी सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ
    महालक्ष्मीस्थान, ललितपुर)
    च्यासिस नं. : – 04E5KA415977
    ईन्जिन नं : – 5KA415977

    • अभियुक्त वकार शहिदको ईण्डियन लाइसेन्सको प्रतिलिपि।

    • टेलिफोन सम्पर्कको अभिलेख चार्ट।

    •Everest Communication centre का रोशन पाण्डेको सनाखत कागज।

    • एसबीआई बैँकबाट भारत बनारसमा खाता नं..१०२६०८००८९० मा गौरव विश्वकर्माको नाममा भा.रु.५००० रकम पठाएको।

    • भु.पू .प्रहरी नायब महानिरीक्षक.ज्ञानेन्द्र राज राईकी श्रीमति अनुराधा राईले गरिदिएको सनाखत कागज।

    • गोँगबु घरधनी सविता श्रेष्ठले गरेको सनाखत कागज।

    • सिद्धी अटो बानेश्वरका बीरेन्द्र मण्डलले गरिदिएको सनाखत कागज।

    • प्रकाश क्षेत्रीको बयान कागज।

    • रोशन पाण्डेको बयान कागज।

    • वव्वु सिंहको सम्बन्धमा कृष्णनगर खटिई गएको टोलीबाट संकलन गरिएको
    घटना सम्बन्धी विवरण।

    • घटनास्थलका प्रत्यक्षदर्शीहरुको बयान कागज।

    • कारागारमा रहेकेका थुनुवाहरुबाट संकलन गरिएको सूचना।

    • परवेज पाण्डा उर्फ सौखत वेगको बुटवलमा हत्या भएको घटनाबाट संकलन
    गरिएको प्रमाण।

    • कार्यालयको संगठित अपराधीको सम्वन्धमा संकलन गरिएको प्रमाण

    अनुत्तरित प्रश्नहरु


    प्रहरीको अनुसन्धानले अझै पनि केही महत्त्वपूर्ण प्रश्नको जवाफ दिन सकेको छैन।

    -भारतको जेलमा रहेका बब्लु श्रीवास्तवको आदेशमा भएको भनिएको छ। तर हत्या किन गरियो त ? हत्याको उद्देश्य के थियो ? यसबारे केही बताउन सकेको छैन प्रहरीले।

    -दुई जना सार्पसुटरको बारेमा भनिएको छ। तर कसले गोली हान्यो प्रहरी अन्यौलमा छ। अझ एक जनाको त नाम समेत फेला पार्न सकेको छैन प्रहरीले।

    -गिरफ्तार भएका सब इन्सपेक्टर क्षेत्री नेपाल प्रहरीबाट सम्पर्क अधिकृतको रुपमा महाराजगञ्जस्थित अमेरिकी राजदूतावासमा कार्यरत रहेको खुलेको छ। यस्तो महत्त्वपूर्ण स्थानमा सुरक्षा व्यवस्था मिलाउने प्रहरीका जिम्मेवार व्यक्ति नै हत्याको योजनाकारसँग मिलेको हुन्छ भने यसले कस्तो सन्देश देला ? अपराधीबाट सुरक्षा दिने काम सुरक्षाकर्मीको हो। तर सुरक्षाकर्मीबाटै सुरक्षा कसले देला?

    -लाजिम्पाटमा गोली हानेर लैनचौर पुगेका अपराधीहरु अर्कैको मोटरसाइकलमा बसेर तीन घण्टापछि कलंकी हुँदै बाहिरिएको भन्ने कुरा आएको छ। यत्रो बेरसम्म पनि प्रहरीले अपराधीलाई सुरक्षित भाग्न कसरी दियो ?

    -सांसद मिर्जा दिलसाद वेगको हत्यामा पनि अपराधीहरु पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको घर बहालमा लिएर बसेका थिए। अहिले पनि सशस्त्र प्रहरी बलका पूर्वडीआईजी ज्ञानेन्द्र राईको शान्तिनगरस्थित घर भाडामा लिएर हत्याको योजना बनाएको खुलेको छ। सर्वसाधारणलाई बहालमा राख्‍ने व्यक्तिहरुको यथार्थ जानकारी राख्‍न अनुरोध गर्ने प्रहरीले आफ्नै उच्च अधिकारीहरुको परिवारलाई पनि यसबारे सचेत गराउने कि अब?

    No related posts.

    45 comments to अनुहार हेर्ने हैन त जमिम हत्याका मतियारहरुको?

    • kumar shrestha

      होइन सर अब प्रधान मन्त्रि र रस्तापति अब इंडिया जाने रेए उतै बस्न अरे सी उ ………………..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • rupa basnet

      aba desh bahat ko ho? k sochaka chau neta horu timiharula /pradhanmantriji /rastapatiji /huna k lagaKOHO NEPALMA

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • केपी वली लाई एमाले बाट निकाल्नु प्रदछ|किनकी त्यो ब्यक्ति एमालेको लागि शरीरको भाइरस जस्तै हो|त्यसलाई नेपाल बाटै लखेट्नु प्रदछ|

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • sunil

      मैले हिजो कमेन्ट लेखेको थियो मेरो संसार ले राखेन त्यसको मतलब यहाँ पनि घुसपैठ छ होसियार कमेन्ट लेख्ने हरु फेरी छोटा रञ्जन को मा एक कापी जाला अनि अर्को जमिम साह होइयाला है .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • खडक

      श्रीपुर -८ कञ्चनपुर को बेइज्जत गरयो यो सइ ले। यस्ता देश द्रोही लाइ फासी दिने कानुन बनाउनु पर्छ अब को नया संबिधान मा

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • RICK

      केहि पनि हुन्न र कुनै समातिने वाला पनि छैनन साथीभाई हो .
      यस्ता अनुसन्धान ,यस्ता हत्या ,लुटमार ,डकैति ,काटमार ,फिरौती ,अपहरण त कति भए कति …..खै को समातियो ,कोलाई कारबाही भो ,को गयो जेल ??
      एता पुलिस अनुसन्धान गर्दै गर्छ उता हत्यारा पान र बिडी तान्दै लुरुलुरु पुलिसको
      अगाडीबाट भारततिर लाग्छ .
      केहिदिन पछि यो अनुसन्धान ,यो खोजतलास सबै cold case भनेर file close हुन्छ .
      जहाँ र जुन देशमा 95% driver ले टन्न रक्शी तानेर दोहोरि को धुनमा सारा passengers को ज्यानलाई दाउमा राखेर गाडी निर्धक्क ,डरकर नगरी चलाउने देशमा केहि हुन्छ ??
      यो भनेको नेपाल सरकारको , कानुन मन्त्रालय र नेपाल transportation ministry को ministers हरुको टाउकोमा र मुखमा पिसाब फेरी दिनु हो ..
      यहिनै सबैभन्दा ठुलो र नाङ्गो एक प्रमाण हो कि नेपाल सरकार कति निकम्मा छ .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • जे होस् नेपाल पुलिस घटनाको नजिक पुगेको आभास हुन त जान्छ तर घटना घटेपछि तत्काल नै किन जिम्बेबार भएर हत्त्यारा नसमातेको हो त्यो ठुलो गम्भीर प्रस्न हो ……….! जहाँ सम्मकी घटना घटेको नजिक नेपाल प्रहरी तिनैतिर छ अनि बेखबर बन्ने ………..??? मलाई त लाग्छा यसमा प्रहरीहरुको हात छ र यिनीहरुलाई निर्देसन दिने पनि अहिलेको सरकारमा भयको मन्त्रि हुन् भनेर नकार्न मिल्दैन ………! यसरि दिन्दाहदाई मान्छेलाई मार्ने काम गर्ने यी नर्पसुहरुलाई त …………………खाडल खनेर गाड्ने र टाउको मात्र देखाउने अनि लामो तरबार लियर टाउको काटेर मार्ने काम अब कसले गर्छा होला …………………!!!……..??? यदी तेसो गरेमा मात्र नेपालमा मारिनेहरुलाई शान्ति मिल्ने थियो होला जस्तो लाग्छ है मलाई त ………!!! यसमा तपाइको विचार के छ ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      मुख्य अभियुक्त भारतीय कारागारमा ! यो मुद्दा अब त्यसै ‘रफादफा’ हुने भो । बधाइ छ लिकुने सरकारलाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 5

    • Bishwas

      Well done Nepal Police…. Keep on doing good work.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Nawaraj Subedi

      निर्दोस नागरिकलाई मार्ने ………………..??? त्यो पनि नेपाल प्रहरीको महत्तोपुर्ण घेराबाट …………………..!!!………….???………….???………..??? यसमा मलाई त संका लाग्छ ………….!!! यी भात्माराहरुलाई त के गर्ने जनताको पैसा खायर उल्टै नेपाली जनतालाई मार्ने …………..??? अब जनताको सुरक्षा जनता आफैले गर्नुपर्ने हो कि जस्तो मलाई लाग्छा तर यस नरभाक्छिहरुलाई पनि तेसरी नै मर्नु पर्छ अनि मात्र मारिनेको आत्माको शान्ति मिल्छ भन्ने मलाई लाग्छ तपाइलाई कस्तो लाग्छ साथीहरु ……………..???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Nawaraj Subedi

      जे होस् नेपाल पुलिस घटनाको नजिक पुगेको आभास हुन त जान्छ तर घटना घटेपछि तत्काल नै किन जिम्बेबार भएर हत्त्यारा नसमातेको हो त्यो ठुलो गम्भीर प्रस्न हो ……….! जहाँ सम्मकी घटना घटेको नजिक नेपाल प्रहरी तिनैतिर छ अनि बेखबर बन्ने ………..??? मलाई त लाग्छा यसमा प्रहरीहरुको हात छ र यिनीहरुलाई निर्देसन दिने पनि अहिलेको सरकारमा भयको मन्त्रि हुन् भनेर नकार्न मिल्दैन ………! यसरि दिन्दाहदाई मान्छेलाई मार्ने काम गर्ने यी नर्पसुहरुलाई त …………………खाडल खनेर गाड्ने र टाउको मात्र देखाउने अनि लामो तरबार लियर टाउको काटेर मार्ने काम अब कसले गर्छा होला …………………!!!……..??? यदी तेसो गरेमा मात्र नेपालमा मारिनेहरुलाई शान्ति मिल्ने थियो होला जस्तो लाग्छ है मलाई त ………!!! यसमा तपाइको विचार के छ ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Sagar Sharma

      यो पनि पडौ : नेपाल पत्रिका बाट साभार <
      बेकामे सीसीटीभी

      "जमीम शाहलाई गोली हानिएको क्षेत्र सधँै सीसीटीभीको निगरानीमा रहेको क्षेत्र हो । प|mान्सेली दूतावासको गेटमा जडान गरएिको सीसीटीभीले अरूबेला यस क्षेत्रमा गुड्ने सवारी साधनको समेत रेकर्ड उतार्ने गथ्र्यो तर त्यसदिन यसले काम गरेको रहेनछ । अपराधीको महत्त्वपूर्ण सुराक पाउने आशमा दूतावास पुगेको प्रहरी टोलीले त्यसदिन बिदा परेकाले सीसीटीभी नै नचलेको सूचना दूतावासबाट पाएको थियो ।

      त्यसैगरी, एरयिा नै कभर गर्ने गरी जडित इजरायली दूतावासको सीसीटीभीमा पनि कुनै रेकर्ड फेला परेन । त्यसपछि प्रहरीले अलि अगाडिको स्थानमा रहेको जापानी दूतावासको गेटमा रहेको सीसीटीभीमा भएको रेकर्डमा अपराधी पत्ता लगाउने प्रयास गररिहेको छ । प्रहरी स्रोतका अनुसार, सो दूतावासको सीसी क्यामरा चलेको भए पनि हत्याको बेलाको रेकर्ड प्रहरीको अनुसन्धान टोलीले पाउन सकेको छैन ।"

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • यहाँ सम पात लगायको मा खुसिनै मनु पर्यो | अहिले सहिर, इनेस्पेक्टर फेला परेछ फेरी यिनी हरुलाई निर्देसन दिने पूर्व मन्त्रि , बल्वाला मन्त्रि पनि पर्न सक्छ मलाई डर लाग्छ एदी तेस्तो भयो भने यो केस नै रोकिने हो कि भनेर | नेपालको कानुन नै एस्तो छ |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • Good Job we are with you in such good selfless general-ism, hope all good and peace loving nepali who love Nepal is with you. Certainly I am 100% that those culprit of our country i.e. leaders makuney, girija and prachanda and their ……………. are not with you and thinking about your selfless good job.
      Don’t afraid all may be with you in your good job.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • Good Job My sansar, your small contribution will make great in civilization in our society, and help to punish the culprit , wish you best and do same ……………will be with you.
      I guess it seems like little confuse or afraid with big name like corrupt leader , officials or business man or RAA, go beyond that, don’t evaluating harm and danger think about the tremendous support the people like us who love our country and culture, those will nullify it in stance it seems like now tiger eye but feel with good work support it become cat eye :(

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • Bishnu Nepali, Australia

      यस घटनामा इन्डियन ‘र’ र इन्डियन एम्बेसी को हात छ | घटनाका नाइकेहरु ‘र’ र इन्डियन एम्बेसी संरक्षित व्यक्तिहरु हुन् | अरु पैसाको लोभमा बिकेका | यो अनुसन्धान नाइके र संरक्षण दिनेसम पुग्दैन | तेसैले केहिहुनेवाला छैन |

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Saroj

      यो त ०५८ सालको शाही प्रतिबेदन जस्तो छ . मुख्य कुरा चै छैन .

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • bishnu sapkota

      यो एउटा पराकस्था हो नेपाल अ खोतल्दै जाने हो भने एस्त धेरै अनुहार आउछन अपराधिहरुसंगा मिलेका तर सरकार ले के गरोस? सरकारलाई त आफ्नो सरकार टिकाउन मद्दत दिने हो भने दाउद इब्राहिम संग पनि मिल्न लाज लाग्दैन सायद येस्तई बिकृति को चरम सिमा पुगे पछी देश मा जनताले आफै परिबर्तन ल्याउछान ! आझै पनि आफ्नो छोरालाई सरकारी जागिर लगाउन पारो भने आफैले फटाहा भनेका नेताको चाकरी गर्ने जनताको भिड छ नै ! भर्खर मेरा आफ्ना मान्छे नेपाल प्रहरीको असई पद मा भर्ति हुन गका रैछन ३ लाख मागेको छ रे खै कसले हो ? लौ न पैसा पठाइदिनु पारो भन्दै थिए ! कसले मागेको होला त्यो पैसा कोहि साथीभाइलाई बुझ्न अप्ठेरो पर्दैन होला नि? यो त सानो नमुना हो पैला पैला मा येसरी घुस खान पल्केका हरु भेटिन्छन . एस्तो प्रबृत्ति हटाउन हामी नै उठ्ने हैन र आब ? धन्यबाद !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • binit

      ऋषि धमला काण्ड मा पनि पुलिश ले राम्रै अनुशन्धान गरेकै थियो नि हैन त !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 4

    • Sagar Sharma

      “..सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले सञ्चार उद्यमी जमिम साहको हत्या आन्तरिक द्वन्द्वका कारण नभइ अन्तराष्ट्रिय द्वन्द्वका कारण भएको दोहोर्‍याएका छन् ।…” कान्तिपुर . अरु न्युजमा भारत् र पाकिस्तान को द्वन्दले गर्दा भनि स्पस्ट भनिएको छ / मुस्लिम भएकाले भनेर भारत् ले गरेको भन्ने कुरा सरकारका प्रबक्ता नै भन्छन भने अरु के कुरा लुक्यो त अब ? गृहमन्त्री सबै सुरक्षा प्रमुख लिएर भारत् गइ फर्केपछि फेरी चीन गएको समय पारि तुरुन्तै भएको हत्यामा अब गृह मन्त्रि पनि किन नमुछिने? कुरो स्पस्ट छ / फेरी यता पुलिस नै अपराधीको संरक्षक !वा! क्या गजबको तालमेल / मान्नै पर्छ गृहमन्त्रीको दिमाखलाई /निज मृतक अपराधि थियो भने किन समातेर कारबाही गरेनौ ? के संकै संकाको भरमा अब कति नेपालीलाई बलि चदाउछौ ? बधाई मन्त्रि ज्यु आफ्नो नागरिकको हत्या गराएर बिदेसी खुशी पारेकोमा / यदि होइन भने खुरुक्क राजिनामा देउ / जनतासंग माफी मांग/ हिम्मत छ? नत्र आजिबन बिदेसी दलाल को पगरी तिम्रै सिरमा / हिरामोतिको श्रीपेच छोड्न त बरु सजिलो नै देखियो तर याद राख कपुत बिदेसी दलालको पगरी (श्रीपेच) मिल्काउन सजिलो छैन / आगे तिम्रै इच्छा / रोजाई तिम्रै/

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • mahesh

      टेलिफोन बार्तालापमा उनको स्वर नै हैन रहेछ भनेर एक महिना पछी रिपोर्ट आउने त होला नी फेरी, अनि उनि छुटे पछी अदालत बाट एउटी मुद्दा चलेको कि सबै छुट्नु पर्छ कि सबैलाइ मुद्दा लाग्छ भन्छन अनि मन्त्रिहरुको बिसेस आकस्मिक बैठकबाट सबै रिहा…….. हे भगवान येस्पली तेस्तो नहोश…. सद्बुद्धि प्रधान गर……

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Luna

      ‘ नेपाल प्रति लागु हुने भारतीय हेपाहा नीति ‘ बिरुद्द जमेर जो कोहिले बिरोध गर्छ
      त्यसको सर्बनाश हुन्छ भनेर तर्सौनको लागी नै संचार उधमी जमिम शाह को हत्या
      भयो . यो प्रस्ट हुदा हुदै पनि नेपाल प्रहरी ले कारण प्रस्ट बताउन सकेन – - – -

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

    • neerose

      घटनाको छानाबिलाई जस्तै तत्परता र तादरुकता अनि क्षमता सुरक्षा प्रत्याभूत गर्न पनि देखायको भय सायद कसैको ज्यान अनाहक मा जाने थियन भने अगाडी को कार्य पछिल्लो जस्तो दुखद र पिधादायी पनि हुने थियन होला !

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

    • neerose

      यतिसम्मको क्षमता त रहेछ र दक्षता देखायाकै मान्नु पर्छा नेपाल प्रहरी लाइ! यो छानबिन कार्य जत्तिकै दक्षता घटना हुने बित्तिकै हत्यारा र मतियार फल्लो गर्ने अनि पक्रने कार्यमा पनि देखायको भय त अझै राम्रो हुने थियो!
      अनि अर्को कुरा,
      हामिकहाको चलन घटना भयपछी क्षमता र चुस्ती देखाउने छ! घटना हुने नदिने तर्फ यस्तो सचेतना सायदै गरिन्छा! यस्तो कि मानौ!
      हाम्रो सुरक्षा पद्दति को तयारि: चोरलाई पहिला चोर्न दिने,हत्यारालाई हत्या गर्न दिने अनि मात्र तेस्लाई अठ्याउनु पर्छ! नचोरुम्जेल या हत्या नगरुन्जेल मानौ तिनीहरुलाई प्रोत्शाहन गरिन्छ र कुरिन्छ कि कहिले अपराध गर्ला र समातुम्ला भनेर!
      मलाइ लाग्छ,
      हाम्रो सुरक्षा संयन्त्रलाई तन्दुरुस्त राख्नु पर्ने का साथै तागजिलो र अलि ब्याबस्थित अनि नया पद्दति र ब्याबस्थाको जरुरि छ!
      काथामान्दौको त्यो पनि लैनचौर जस्तो बिशेस स्थानमा यस्तो किशिमको अपराधी नहुनु पर्ने हो तथापि भयमा पनि तत्कालै कारबाही भयर अपराधि उम्कने नपर्ने हो! अब यति भय पछिको अनुसन्धानले यो र त्यो देखियो भन्ने कुरा ले केहि महत्वो राख्ला भन्ने मलाइ लाग्दैन!
      तै पनि यति दुख गरि गरेको कार्यलाई बधाई र धन्यबाद त दिनुनै राम्रो. तेसैले
      धन्यबाद प्रहरी र बधाई नेपाल प्रहरी!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

    • Aashish

      नेपालका प्रहरी प्रशासन नै हत्यारा र डाका हुन्…..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 16

    • Mohan

      अति राम्रो प्रगति नेपाली प्रहरी को . अपराधी ले कडा भन्दा कडा सजाए पाउनु पर्छ .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

    • Nabaraj

      नेपालका प्रहरीको के विश्वास…..? पन्चे काल देखिनै भ्रस्टहरुको पछि लागिरहे कै दिखिन्छ……

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 7

    • kopila,bidesh

      हाम्रा नेपाल का पुलिस ले पनि एस्तो प्रबिधि बाट पनि दोषी तथा हत्यारा पत्ता लगुना सक्ने भैसक्ये, मुरी मुरी धन्य बाद छ, अब को एस सरकारले कानुनी विद हरु ले नियम पास गरि अपराधी हरुलाई मेत्र्यु दण्ड तथा फाशी को कानुन बनाए राम्रो हुन्छ, नत्र नेपाल मा डराएर बच्नु पर्ने, अशान्ति भएर देश मा रहने हुन्छ,यो सरकारले यो कमेन्ट लाई ध्यान दिय जनताले सान्ति को साश फेर्ने पाउने हुने छ

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • MIn

      Next mission is to find them (whole chain of command) either alive or dead. We don’t want to see these criminals committing another crime.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • Cesar

      छन् नेपाल प्रहरीमा पनि राष्ट्र प्रेमी | राम्रो |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 7

    • Tilak USA

      अनुसन्धान सकरात्मक छ ….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 10

    • madan bajracharya

      यी सब हत्यामा प्रयोग गरिएका बस्तु र व्यक्तिको विवरण भए/ मूल कुरा कसले जमिम हत्या गर्न यिनीहरुलाई प्रयोग गरे भन्ने कुरा पट्टा लागे मात्र नेपालीहरु सुर्छित हुन् सक्ने हो/ यो गर्न सरकारले सम्भंदित व्यक्तिहरुलाई खोज तलाश गर्न भारतका अधिकारीहरु भारतमा अपराध गर्ने नेपाली लाई खोज्न नेपाल आए जस्तै हाम्रा अधिकारीहरु पनि भारत जान सक्ने हुनु पर्यो/ तेती गर्ने हिम्मत गर्ला लिकुनेको सरकारले?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 8

      • raj

        मदन जी मलाइ त यो सबै मुख्य हत्यारालाई बचाउने चाल हो जस्तो लागिरहेछ | यो हत्या मा संलग्न व्यक्तिहरु हामी धेरैले सोचे भन्दा धेरै माथि छन जस्तो लाग्छ | येहा निकै ठुलो रकम र राजनीतिको खेल लुकेको छ छ भन्न मलाइ कुनै संकोच छैन | अब केहि समयमा यो सबै साम सुम भएर जानेछ, किनकि हत्या मा संलग्नहरुलेनै जनता को आँखा मा छारो हाल्न यो सबै नाटक गरिरहेका छन |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 10

        • madan bajracharya

          राज जी
          यो काण्डमा हत्या गर्ने व्यक्ति मात्र मात्र प्रयोग गरिएका हतियार मंत्री हुन्/ हत्या कसले किन गर्न लगाए भन्ने कुरा धेरै गम्भीर छन्/ सबै भन्दा पहिलात त् नेपाल भित्र एउटा नेपाली मारेको कारण भारत बिरोधि भएको कारणले भनिए/ गुण्डाले भारत बिरोधि भएर मार्दैनन त्यो त् बिरोध गरिएको सरकार का एजेन्ट हरुले पो मार्छन/ अब भारतको सरकारले गुण्डालाई भारत बिरोधि मार्न प्रयोग गरेको भए भिन्नै कुरा भए/

          नेपालमा भारतले सिमा मिचिएकोमा चर्को बिरोध नेता तथा जनस्तर बात पनि भई आएको छ/ प्रचान्द्र्ले भारत को बिरोध गरेको लगतै उसको ज्यानलाई पनि खतरा भएको भन्दै छ/ यहि बेला जमिम लाई भारत बिरोधि भएर मारिएको भनिए/ जमिम लाई भारतले प्रमाणित गर्न नसकेको आरोप लगाएकोमा जमिम भारत को बिरोधि हुनु स्वोभाबिक कुरा हो/ तर त्यो मात्र एउटा सानो माछ हो/ सानो माछा मारेर ठुलो माछा तर्साउन पो खोजेको हो कि? घटना क्रम ले त् यहि देखाउनुछ/ मात्र गुण्डाले नेपालको तेत्रो अधिकृत हरु समेत लाई जमिम हत्या काण्डमा लगाउन सक्नुले यो हत्या काण्ड मा गम्भीर आशंका उत्पन्न गराएको छ/

          राज जी मलाई लाग्छ कि तह सम्म अनुसन्धान नगरायिकन यो घटना यिनै साना प्रयोग गरिएको हतियार सरह का ब्यक्तिहरुमै तुहिन्छ/ तापनि व्यक्ति मुस्लिम समुदाएको प्रभाव शालि परिवारको सदस्य भएको ले केहि कुरा लुकाउन खोजिए पनि कसैले पोल खोलि देलाकी/

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • bahadur

      येस्ता घटना हरु नेपाल मा अरु हुन सक्छन..? डन हरु ले राज्य गर्न सक्छन..अब डन , माफिया हरु पुलिस भित्र पनि , भूपू पुलिश को महानिरिचक सम्म पुगी सकेचन….

      अब हाम्रो देश डन हरु ले चलाउचन हेर्दै जानुस../ यी डन हरु ले एक एक गरि.. नेपाल मा पकड भादौदै जान्चन / चक्रे मिलन , भुन्टे , पुन्टे लै हाम्रा नेता हरु ले नै पाले का छन्…. यिनैले आखिरी यी नेता लाइ नै खान्चन / सर्पलाई पालेर आखिर मा त मालिक लाइ खान्छ नित ? होइनारा ….? अब काठमाडौँ मा बिहारी सस्कृति को बिकाश हुन सक्छ……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 4

    • क गर्ने हौ सर नेपाल को एस्थिति यस्तै नै रहेको छ कसैले कसैलाई चिनिदैन तेस्तै रहेको छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 2 Thumb down 17

    • गोरख

      अब अर्को हप्ता मा हत्यारा नै पक्दिना सकोस नेपाल प्रहरी लाई सफलता को कामाना

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 8

    • kesu

      नेपाल प्रहरी ले हत्यारा पक्रिन सफल होस्.
      सोहीदिन नाका कब्जा नगरेर अपराधी उम्कन सफल हुँदा प्रहरी को नालायकी पन देखिन्छा, अब यसबाट शिक्षा लियर गल्ति दोहर्याउनु हुन्न.नेपाल लाइ डोन हरु को आश्रय स्थल हुन बाट जोगाउनु पर्दछा.
      अपराधी नेपाली र भारतीय पृष्ट भुमि का देखियका छन्, साथै नाम अनुसार हिन्दु/बौद्ध तथा मुस्लिम दुवै समूह का पनि देखिन्छा, तेसै ले यो बिसुद्द डोन भर्सेज डोन काण्ड हो,यो मामला मा नेपाली जनता र सरकार, भारतीय जनता र सरकार, पाकिस्तानी जनता र सरकार लाइ मुछ्नु भनेको खोटो विचार हो.
      जय नेपाल.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 27

    • गोरख

      चाहे को खण्ड मा नेपाल प्रहरी ले हत्यारालाइ सजिलै पक्दिना सक्छ आस गरौ अब को नया समाचार मा हत्यारा पक्दियेरा कैदखाना मा होस् .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 7

    • थुइक्क्का नेपालको को प्रहरी प्रसासन र नेपाल सरकार मुख्य योजनाकार को तस्बिर चै नेपाल प्रहरी ले सार्बजनिक नगरेको रैछा यहाँ हेर्नुस साथी हो .
      चांडो भन्दा चाडो हत्यारा पत्त लागैर कडा भन्दा कडा कारबाही गरोस.

      http://i49.tinypic.com/o50zms.jpg

      सोनाम दि नेपाली बाबु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 15

    • Bibash

      अपराधीहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्छ। स्वोर्गिय आत्माले शान्ति पाओस।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 53 Thumb down 7

    • sandy

      The Proof are too good from the Police department.,Again the police is involved in the crime.
      The damn killers should be soon catched and hanged.
      Our law should be changed=Murder for Murder

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 8

    • Rabindra

      नाम सुन्दा शंका लागेको थियो
      फोटो हेर्दा प्रष्टै भयो
      यी सई क्षेत्री त अमेरिकन एम्बेसीको सुरक्षामा खटिने लियाजो अफिसर हैनन् र
      अमेरिकी दूतावासको सुरक्षामा खटिने प्रहरी नै इन्डियन डनसँग मिलेर हत्या गर्ने ? रामरामराम
      बिन लादेनसित भेटेको भए त पैसाका लागि के गर्दैन थिए होलान् र यिनले ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 155 Thumb down 12

      • sunil shrestha(belgium, gent)

        साथि दाई भाई येसता नेता प्रधानमन्त्रि, उप्रास्त्रपती, उपप्रधन्मत्री,मन्त्री र सांसदहरु भएको देशमा जनताको मात्र हत्या गर्छ , यो नेताहरुलाई ठोक्नु पर्छ , अनि मात्र जनता ले सुख संग बस्न पाउछ, नत्र यो रावण र कन्सहरुले राम्रो मान्छे लै मथिऔनदिदैन र देशलाई माथि पनि जानुदिदैना, अब हामीहरुले पार्टी हेरेर भोट दिने होइन ,जो ले समाजलाई राम्रो गरेकोछ , उनिहरलाई मात्र देश को नेता बन्ने हामीले अधिकार दिनुपर्छ , आफ्नो मान्छे भनेर दरिद्रहरुलाई नेता र सांसद नबनाऊ र नाचेपू ,येसता मान्छे नेता भयो भने इन्हारुले एकदिन हामीलाई र तपाइँ हरुलाई मर्नेछ ,अनि केहि गरि खातेपते नेता आयो भने इनिहरुले हाम्रो चेलीबेटी को इजात लुट्ने र दाइभाईलाई मर्ने काम मात्र गर्ने छ र गर्छ / कांग्रेश , एमाले, माओबादी र अरु चमेचे पार्टीहरु सबै मुर्दाबाद / साले कोइ देश भक्ति पार्टी छ भने, जमिम र जमिम जस्ता जति पनि नेपाली दाई भाई मारियो उनीहरुको आत्मालाई न्नाये दे / हामी पनि तिमीहरु जस्तो मान्छे हो, बलि को बोका होइन / डन अरु कोही होइन , येही हाम्रो देशको नेताहरु अन्दर वोर्ल्ड का डन हुन/ खबरदार नेताहरु !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 4

      • shreesh thapa

        प्रहरीले यति धेरै प्रमाण हरु जुटाई सकेको रहेछ अझै अगाडी बढ्न यसबारे जानकारी भएका सम्पूर्ण जानकारकहरुले प्रहरी समक्ष जानकारी गरि हत्याराको कठालो सम्म प्रहरीको हात पुर्याउन सहयोग गरिदिनुहोला धन्यवाद …….

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 1

    eXTReMe Tracker