
हैन के विधि बढ्या हो हतियारको मोह! आज छ घण्टा सिंहदरबार घेरेर बसन्तपुरमा आमसभा गर्न गएको कमल थापाको पार्टी राप्रपा नेपालका नेताहरुले खुल्लमखुल्ला हतियार उठाउने धम्की दिए। सुरुमा युवा नेता राजेन्द्र लिङदेनले देशका लागि हामी हतियार उठाउँछौँ भनेर कुर्लिए। त्यसलगत्तै बोल्ने सभासद कुन्ति शाहीले पनि हामी महिलाले पनि हतियार बोक्नेछौँ भनी बन्दूककै महिमा गाए। कांग्रेसले पनि सात सालको आन्दोलनमा हतियार उठाएपछि भएको चुनावमा ठूलो दल भएको थियो, माओवादीले पनि अस्तिको चुनावमा हतियार उठाएरै ठूलो दल भएको थियो। त्यही इतिहास हेरेर हो कि राप्रपा नेपाललाई पनि हतियार उठाएर ठूलो दल हुने रहर जागेको।

आज पहिलो पटक कमल थापाको भाषण प्रत्यक्ष सुनियो। बसन्तपुरको जुन ठाउँमा बसेर म उनको भाषण सुन्दै थिएँ, चार वर्षअघि पनि त्यस्तै सभा हुने गर्थ्यो। यस पटक दायाँतर्फ कुमारीघरमुनिको डबलीमा कमल थापा कुर्लिरहेका थिए। त्यतिबेला बायाँतर्फ महादेवपार्वती मन्दिरमुनिको डबलीमा नागरिक समाजको कार्यक्रम हुने गर्थ्यो। एक पटक त त्यहाँ कार्यक्रम गर्न नदिन टियर ग्यास हानेर कुमारी मन्दिरमा कुमारीलाई समेत असर परेको खबर आएको थियो। डबली उही, मन्दिर उही। अनि सुन्ने यो मोरो पनि उही। त्यसलाई टिपेर राख्ने ब्लग पनि उही। पढ्ने पाठक पनि उही। भाषण गर्ने पात्र फेरिएका छन्। भाषण गर्ने विषय फेरिएका छन्। उतिबेला गणतन्त्रको कुरा- होला र त्यस्तो भन्ने थियो। अहिले राजतन्त्रको कुरा- होला र यस्तो भन्ने छ। छोटो समयमा नाटकीय परिवर्तनको साक्षी थिएँ म। अनि कमल थापा पनि आफ्नो एक घण्टाभन्दा लामो भाषणमा गिज्याउँदै थिए- प्रतिगमनकारी भनिने हाम्रो दलले संविधान छिटो बनाऊ भनेर दबाब दिन अग्रपंक्तिमा उभिनु परेको छ। यो कस्तो विडम्बना!
कमल थापा हिजोको बन्दले निकै हौसिएका झैँ लागे। बन्द सफल पारेकोमा काठमाडौँवासीलाई धन्यवाद मात्र दिएनन्, उनले उठाएका मागहरुको पक्षमा मौन अभिमत जाहेर गरेको दावी समेत गरे। अब यस्तो भन्ने हो भने त काठमाडौँवासीले कहिले संघीय राज्यको पक्षमा बन्द गरेर अभिमत जाहेर गर्छन् त कहिले जनमोर्चाको बन्द गरेर संघीयताविरोधी अभिमत जाहेर गर्छन्। माओवादीको बन्द सफल पारेर पूरै काठमाडौँ माओवादीको पक्षमा अभिमत जाहेर गर्छ त कहिले राप्रपा नेपालको पक्षमा।

उतिबेलाको जनमतः वैशाख १२, २०६३ मा निस्किएको विजय जुलुसले खोजेको मस्ट वान्टेड अपराधी- कमल थापा।
थापा त्रिशंकु संसद कालमा कहिले एउटा सरकारको समर्थनमा र कहिले अर्को सरकारको समर्थनमा गरी सरकार ढाल्ने कुरामा सक्रिय भएकोले उनको नाममा मुसा प्रवृत्ति भन्ने फुर्को समेत लोकेन्द्रबहादुर चन्दले जोडिदिएका थिए। तर अहिले जस्तो राजतन्त्रको पक्षमा दह्रो गरी अडान राख्ने एक मात्र नेताका रुपमा शक्तिशाली उनी कहिल्यै भएनन्। तथापि आजको उनको भाषण सुन्दा कहिले प्रचण्डको रुप देखिन्थ्यो त कहिले साक्षात विष्णुका अवतार भनी उनका वादीहरुले पुज्ने ज्ञानेन्द्रको।
सरकार स्थापना कालदेखि नै हरेक क्षेत्रमा असफल, शान्ति सुरक्षामा पूर्ण रुपमा असफल, नेपालको इतिहास मै सबैभन्दा भ्रष्ट सरकार, शान्ति प्रक्रिया र संविधान निर्माणमा सिन्को पनि भाँच्न नसकेको निकम्मा सरकारको संज्ञा दिँदै माधव नेपाल सरकारको अन्त्यको दिनगन्ती सुरु भयो भन्ने भाषण सुन्दा सरकारका आलोचक प्रचण्डले बोले जस्तो लाग्थ्यो।
अनि दाइ मार्यो भन्ने आरोप लगायो, विदेशी बैँकमा पैसा राख्यो भन्ने आरोप लगायो भन्दै ज्ञानेन्द्रको बचाउ गरिरहँदा नारायणहिटी छाड्नुअघि ज्ञानेन्द्रले गरेको अन्तिम पत्रकार सम्मेलनमा उनले बोलेका वाक्य हुबहु बोले झैँ लाग्यो। तर ज्ञानेन्द्रले नभनेको अर्को कुरा पनि उनले भने, अहिले सरकारमा हुनेहरुले गर न त हत्याकाण्डको छानबिन, गर न त विदेशी बैँकमा कहाँ पैसा राखेको छ छानबिन। प्रचण्डको सरकारले त छानबिन गर्छु पनि भनेका थिए। तर सुरसार कसेनन्। माधव नेपालको सरकारले त यसबारे केही पनि बोलेकै छैन।

आफ्नो गृहमन्त्री कालमा शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप हुँदा घाइते भएकाहरुलाई अस्पताल लान एम्बुलेन्सलाई समेत कर्फ्यु पास नदिने थापाले सिंहदरबार घेराउमा हस्तक्षेप गरेको रिस पोख्दै माधव नेपालको सरकारलाई उनका चार सभासदले दिँदै आएको समर्थनमाथि पुनर्विचार गर्ने चेतावनी दिए। समर्थन फिर्ता लिन्छौँ चाहिँ भनी हालेनन्।
उनको मुख्य दाउ चाहिँ यो सरकारले जेठ १४ मा संविधान जारी गर्दैन, त्यसपछि संविधान सभा स्वतः भंग हुन्छ अनि ताजा जनादेश लिन फेरि संविधान सभाको निर्वाचन गर्नुपर्छ भन्ने नै रह्यो।
अर्ति भनेको कमल थापाको पार्टीको पनि लिनुपर्छ। जनआन्दोलनका संवाहक शक्तिहरु सत्ता र स्वार्थकेन्द्रित नभएर संविधान निर्माणमा केन्द्रित होऊ, यो अर्तिलाई मान्ने हो भने सबको कल्याण हुने थियो।
No related posts.











ल बधाई छ यो दिन पनि देखियो
मन परे हरियो, नपरे रातो
2
0
अब प्रतिक्रान्तिकारीहरु एकजुट हुदैछन, हिजोका राजाका दलालहरु सत्तामा पनी छन, शिशु गणतंत्रलाइ चारैतिरबाट खतरा छ,क्रन्तिकारी हरु एकजुट बनौ, सबै खाले षड़यंत्रको भंडाफॉर गरौ
मन परे हरियो, नपरे रातो
5
5
नेपाल मा मान्छे मार्ने, हुलदंगा गर्ने, जनता lai जति sakchha दुक्ख दिने, एस्त कुरा भनेको नया नेपाल को संस्कार हो, नया नेपाल जन्मेको नै येही संस्कार ले गर्दा हो, तेसैले यो नेपाली हरुको जन्म सिद्ध adhikaar हो.
येहा भासन को खेति हुन्छा, नेताहरुको पेसा नै हो त्यो, सोझा जनता लै आस्वासन दिने, दिउँसो नै सपना बाँड्ने, अनि तेही जनता लै पछाडी बाट लात हान्ने.
येस्तई छ येहा को चलन.
मन परे हरियो, नपरे रातो
1
4
नेपालका नेताहरुले देश बिकाश होइन बिनाश चै पक्कै गर्ने छन् किनकि यिनीहरुले दश पुस्ते कमाई गरिसकेका छन्, संक्रमणकालको फाइदा उठाउन पल्केका छन्.
मन परे हरियो, नपरे रातो
2
1
के गर्नु नेपालको हालत देखेर त दिक्क lagchh हैन जून देशा सानो छ तेहा नै dherai राजनीति किन अनि dherai पार्टी किन ? aba बन्ने सबिधानमा त २ या ३ भन्दा बड़ी पार्टी banaauna न paaune भन्ने बनाउनु parchha र जून नेताले वा जनताले देशको बारेमा नराम्रो sochachha तेस्लाई सीदा फासी दिनु parchha देश बनाउन लाइ कान्ति हैन नियम र अनुसासन chahinchha तर नेपाली जनता हरु ले नि बुझनु पर्यो नि aba त र अरु देशलाइ हेर्नु पर्यो नि उनीहरु कहा कहा पूगी सके हाम्रो नेपालमा भने राजनीति अनि घर घरमा नेता बन्नलाई thikka छ. aba त हामीले नै बुझनु पर्यो नि त हो नेपाली जनता हरु हो aba पहिलेको जस्तो भेडा बनेर बहादुर banidaina .
मन परे हरियो, नपरे रातो
3
0
म, नत कमल थापाको समर्थक हो न त राजा को समर्थक नै हो , न त उनि हरु को बिरोधि नै हो . म त केवल देसको राम्रो गर्ने लाइ लै नै समर्थन गर्ने हो . तेसैले आज कमल थापाको पालो मा भन्दा पनि १० गुना देस र जनता लाई खत्तम पार्ने पार्टी हरु भन्दा पुरानो पार्टी नै ठिक भन्ने बेला आउला जस्तो छ. हेर्दै जाम २-४ साल पछि के हुन्छ ! सबै भन्दा सक्ति साली समय हो , समय नै बलवान छ / सज्जन र बदमास को हो भन्ने कुरो पनि समय ले नै देखाउछ /
मन परे हरियो, नपरे रातो
5
0
ल है… देरै-देरै बधाई छ हाम्रा नेता लाई !…..जनता भेडा हुन् र जता तिर जा भन् छ तेताई तिरा जान्छ | भेडे जनता लाई जे भने पनि हुन् छ | तोड-फोड गर्नु परे मा याद गर्नुस मा तुरुन्तै हाजिर हुन्छु | भेडा जनता जिन्दावाद ! जिन्दावाद ! जिन्दावाद !….
मन परे हरियो, नपरे रातो
2
0
हृदय जी; कमल थापाको स्वभाव पनि त निकोलाई चौचेस्कु संग मिल्छ्नी/
मन परे हरियो, नपरे रातो
0
3
बाच्न पर्छ देखिन्छ भन्थे साचै रहेछ. हेरौं त हाम्रा पार्टी हरु ले गरेको कुकर्म को प्रतिफल…………कमल थापा हरु मरेको राजतन्त्र लै ब्युझाउँन खोज्दै छन्……अनि हतियार उठाउने धाक दिदैछन……………
मन परे हरियो, नपरे रातो
1
2
सबै पार्टी र नेता हरुको हैसियत र चुरीफुरी छार्लाय्ग संग नेपाली सोजा जनताले धेख्याछन सबै पार्टी मा यक दुइ जना नेता कार्यकर्ता छन् तर उनीहरु को सुन्दैनन् माओ बादी आफु ले खाने को खाडलमा आफै पर्दछ देशमा गिरियाउद्ध निस्छित छ सबै कुरा हेर्दा कमल थापा को कुरा ठिकै लाग्छ
मन परे हरियो, नपरे रातो
1
0
गाइ बाधने मान्छे र टाई लगाउने मान्छे मा कतिको फरक हुन्छ?? हो यो येस्तई हो अनि भै नै रहनेछ…..गणेशमान ले किन तेसो भनेको होला भन्ने कुरा ..जुगु जुग देखि चल्दै आएको परम्परा ले बतौचा….”नेपाली जनता भनेको भेडा हो”…..एदी कसै ले कुनै फरक देख्छ भने हुन्छ….प्रचण्ड ले सिमाना मा उनका कार्यकर्ता लगेर उफारे …भारत को चर्को सके सम्म को बिरोध गरे ..के त हामी ले गुमेको भूभाग फिर्ता पयौता??….यो सस्तो लोकप्रियता हो…अनि नेपाल को राज्नितिनी मा जुगु जुग देखि चल्दै आएको कुरा हो…..अब तेसरी नै अहिले आएर ….माइलो राजा को मतियार ..कुख्यात फटाहा मान्छे कमले पनि आफ्ना मान्छे तेसरी नै उफार्चा…जसरि प्रचण्ड उफर्चन ..उसको हैसियेत के हो …त्यो संग उसलाई तेती धेरै मतलब पनि देखिन्दैना…अनि उसका पछि पनि छन् मान्छे…बन्द गरिदिन्चन..मौन समर्थन गर्छन…यो त हाम्रो नेपाली को परम्परा नै भैसकोनी….नेपाली राजनीति मा यो कुरा चली नै रहनेछ/ अनि यो कुरा लै ३ ओटा कुरा ले प्रताक्च्ये रुपमा प्रभाव पारिनै रहनेछ……………
१. नेपाली राजनीति मा भारत को प्रत्येक्चा वा अप्रत्यकच्ये हस्त छेप….
२. नेपाली पोलिटिकल लीडेर हरु मा चेतना को कमि…गुणस्तरीय नेता को अभाव ..अनि राम्रो नेता लै पाखा लगाउने प्रवृति…( ए मा ले मा सीपी मैनाली र नेपाली कांग्रेस मा कृष्ण प्रसाद भट्टराई तेसका उदाहरन हरु हुन्)……पार्टी भित्र नेता हरुमा धेरै ठुलो असमानता (माओबादीमा गाइ बाध्ने प्रचण्ड अनि टाई लगाउने बाबुराम एसका उदाहरण हुन्)
३. नेपाली जनतामा चेतना स्तर को अभाव …चेतना स्तर को धेरै ठुलो असमानता…जुन नेता ले जे भनो तेस्को पछि लाग्ने प्रवृति…थोरै जनता को चेतना स्तर राम्रो भएको…अनि धेरै जनता को चेतना स्तर….एकदम नाजुक…(थोरै मान्छे प्रचण्ड नै मोराल दबाब दिन चाहन्थे…..उनि हरु लै लाग्थियो सिमाना मा गएर उफ्रिदा खेरि हामीले हाम्रो गुमेको वु-वाग फिर्ता पाउदैनौ …..एसका लागु हामीले कुटनीतिक पहल गर्नु पर्चा…….धेरै मान्छे jasko चेतना स्तर एकदम kam thiyo उनि हरु प्रचण्ड ka पछि lage..अनि प्रचण्ड ले सस्तो लोकप्रियता पनि kamaye…)
4. kanun chaina muluk मा….भएको kanun पनि मान्छे ले mandaina…किन yesto हुन्छ?? किन मान्छे chada cha?? daro kanun banayera teslai लगाउने अनि kanun को palana garne kam किन hudaina?? kanun niskriye vayeko abastha ….
jaba सम्म yesta basic कुरा हरु नेपाल मा rahi rahanchan..taba सम्म yesta नेता हरुko नेपाल मा janma vainai रहनेछ…
मन परे हरियो, नपरे रातो
11
6
“गाइ बाध्ने प्रचण्ड अनि टाई लगाउने बाबुराम”, सहि विश्लेषण.
मन परे हरियो, नपरे रातो
11
6
चोर नेता हरु जस्ले हतियार उठाए पनि नेपाली जनता लाइृ नै सुईकाउने त हो नी ।
सक्छ भने बिचार उठाउन, नेपाली जनता जगँली जन्तु हो र ?
मन परे हरियो, नपरे रातो
7
0
यो गरिब देश मा अब ठुलै गृह युद्ध हुने भयो कति को ज्यान जाने भो अकल मा / जुन कंगाल तै तेही चंढाल भने को यहि हो / रोजगार सोजगार छैन जनता लाई लाटा बनायो पछि लगायो / यो देश लाई अब यी नेता हरु ले कहाँ पुर्याउने होला / हे भगवान दया गर यो देश लाई बचाऊ
मन परे हरियो, नपरे रातो
7
0
ओहो नेपालको राजनिती । कुन दिन मेरो घरको कुकुरको छाउर ले खुलामञ्चमा लाखौ नेपाली जनताको विचमा नेता बनेर राजनितीक अर्ति उपदेश र भाषण दिएमा अचम्म नमान्नुहोस साथी हो किन भने नेपालको राजनितकीको कुनै भर विस्वास छैन जति बेला जो पनि नेता बन्न सक्छ, उदाहरणको रुपमा एउटा एनजीओ खोलेर बसेको उपेन्द्र यादव ले फोरम बाट नेपालको शक्तीसाली नेता बनेर देखाई दिए, माओवादी को भागौडा लक्ष्यमण थारु, थारु कल्याणकारी बाट नेता बने ।
नेपाल मा जो पनि नेता हिजो नेपाली जनता को अगाडी लुकेर हिडनु पर्ने कमल थापा ले अजा सिहदरवार अगाडी भाषण ठोक्दै छ ।
यही हो नेपाल
बिचरा हामी नेपाली जनता हरु
मन परे हरियो, नपरे रातो
2
2
साथीहरु हो, आखिर किन हतियारको कुरामात्र नेपालमा दाजु भाइमा किन मारामार् गरेर कसलाई के फाइदा हुन्छ र आखिर नेपाललाई कंगाल बनाउने त्यहिँ केही नेता हरुलाई पोसाउनु मात्र त होनी होइन र ?
मन परे हरियो, नपरे रातो
2
1
कमल थापाहरूले हतियार उठाउने ल्याकत उनीहरू सत्तामा हुँदा मात्र राख्छन् । उनीहरूका यस्ता बकम्फुसे धम्कीको कुनै तुक छैन ।
बेबीकिङको सपना देख्ने गिरीजा र दाम चढाउने लिकुनेहरूको नियत उही ज्ञानेन्द्रलाई नारायणहिटीमा बास गराउने देखिन्छ । आखिर आफ्नो औकातमा उत्रिरहेका छन् लोकतन्त्रको खोल ओढेका भारतपरस्तहरू । हिजोको बन्दमा उनीहरूको ‘समर्थन’को समाचारले पनि यो कुरा पुष्टि हुन्छ । अहिले यो खेल राजतन्त्र ब्यूँताउने नभई जनताले दुत्कारेका ज्ञानेन्द्रलाई ब्यूँताउने हो । जसको माष्टरमाइण्ड उही भारत नै हो, ताकि नेपाली जनताको मन सबैसँग वाक्क होस् र उनीहरूको नेपाललाई अर्को सिक्किम बनाउने सपना साकार हुन सजिलो होस् ।
अर्ती बरु ‘र्घर्ती’को मान्नु, तर कमल थापा जस्ता बिग्रेका ‘खत्री’को होइन । माफ गर्नुहोला यहाँ घर्ती भनेर कसैलाई होच्याउन खोजेको होइन । संविधान समयमा बन्नु त राम्रै हो, तर कथंकदाचित बनि नहाले पनि पहाडै खस्नेवाला छैन । धैर्यको फल मीठो हुन्छ । चेतना भया ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
43
हाम्रा नेताहरुले भारतको ग्राण्ड डिजाइन बुझेर पनि बुझ्पुचाएका छन् सत्ता को लागि ——
फलाम को अछ्यर मा लेखिने छ यी नेताहरुको नाम इतिहास मा —–
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
12
पुष्प जी हतियार उठाएर अरुको हत्या गरि सत्तामा आएकालाई सधै तेस्को आतंकले पछ्याउँछ, यो हतियार र हत्त्याको राजनीति माओबादीले ल्याएको हो तेसैले उसलाई सधै यसले तर्साई रहन्छ , २१ औं सताब्दिमा हतियारको राजनीति गरेर कुनै पनि देशको फलिफाप भएको पनि छैन र हुने वाला पनि छैन . यसले हतियार र द्वेष को राजनीतिले सधैं राष्ट्र र जनताको अगति मात्रै हुन्छ
मन परे हरियो, नपरे रातो
13
2
म कमल थापा को सबै भन्दा ठुलो बिरोधि थिए ,Now I support,not as any political parties but as a honest and faithful person.If you see many leaders like gachhadar,mahoto and all madhise netas,they have changed many parties even they dont know which was their roots.and also our leaders they flow towards power and self benefits.But Kamal thapa is only the honest and loyal man who stills supports king and hope there every thing will be fine,though he will be treated badly.The thing I say is the thing our country is lacking is Loyalty for country.what will we do if prachanda madhav nepal ,sujata and giraja and all sells nepal to india and go to sweden or n some secure place,no one can say this cant happen.Now non of the king family do the same mistake.King cant do because their ancestors have been living here.I am not taking favor of king but just want to say we lack loyalty,we need some people and leader like kamal thapa in sence of loyalty,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
6
सबै जना काँशी गए मुसाका चल्ला दरबारमा !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
8
मुसाका पनि चल्ला हुन्छन र भन्या? कुखुराको चै बच्चा?
मन परे हरियो, नपरे रातो
4
2
देवेन्द्र जी
हुल्याह मुल्याह छुल्याह र घुस्या देसको मन्त्रि प्रधान मन्त्रि हुन्छ र नचुनेको पनि जन प्रतिनिधि बन्ने देशमा मुसाको चल्ला र कुखुराको बच्चा नहोला भन्न सकिन्न कि!!
मन परे हरियो, नपरे रातो
4
2
कमल थापा “धोबीको कुकुर घरको न घाटको”! तेसैले, राष्ट्र नाजुक स्थितीमा नजिकिएको बेलामा यही हो मौका भनेर नवारण देखिको बल लाएर कुर्लदै छ! लाखौ को संख्यामा जनता सडकमा उत्रिदा त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु मुस्किल भै रहेको छ! जाबो ८ ९ हजार सडकमा उतारेर केही लछारपाटो लाग्दैन! कमल थापाले राजतन्त्र फर्काउने र हिन्दु अधिराज्य घोषणा माग्नु भनेको दिनमै सपना देख्नु हो! ठिक छ थापा जी तपाइँ को प्रभुको शाशन कालममा नपाइए पनी, लोकतान्त्रिक गणतन्त्र मा सपना देख्नु पाउनु सबैलाई हक छ ! तपाइको कल्याण होस् !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
23
Wow! this is the politics of New Nepal
मन परे हरियो, नपरे रातो
3
3
हतियार जसले पनि उठाएकै छन् चाहे लुट्न होश चाहे हत्या गर्न होश अबत हरेक नेपालीले आफ्नै सुरक्षाको लागि भएपनि हतियार बोक्नु पर्ने स्थिति आउन लागिसक्यो यसमा के भन्नु हुन्छ सालोक्य महोदय जी
मन परे हरियो, नपरे रातो
9
3
यो कमल थापाले हिजो बि बि सी मा कस्तो लाज पचाएर बोल्दै थियो , त्यो ज्ञाने को मन्त्रि भाको बेला तेस्ले कति नेपाली लाई स्वर्ग लोग अनि कति लाई आस्पताल को सय्यामा पुराएको थियो अहिले चाई तेस्ले नेपाल बन्द गर्दा सरकार ले दमन गर्यो रे ..
अब सबै यी सत्ता धारी नेता हरु गोरु भएपछि यो जस्तो को दिन त आउने नै भयो .. यो पिडि को नेता हरु नमरदा सम्म केहि हुने छैन … सायद आजै २०-३० वर्ष लाग्छ होला .. अनि केहि होला कि ..
शान्ति
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
17
बिदुर जी
कमल थापाले आफ्नो कुरा राखे/ तर आफ्नो पाला के गरेको भुले/ मलाई यहि प्रसंग मा शेर बहादुर ग्रिह मन्त्रि हुँदा खेरि उसका प्रहरीले नया सडक गेटमा गूँद पाक भण्डारको पेटीमा सुतेर बसेको एउटा निरह बालकलाई लुकेर गोलि हानेको घटना याद आयो/ तेती बेला ७ जना केटाहरु सरकार बिरुद्ध नारा लगाउंदै पुलिश आए पछी टेबहाल भाग्दै गरेको थियो/ तेती बेला एउटा गाडीको पछाडी लुक्दै टिन जना प्रहरि हरु आए/ ती सरकार बिरुद्ध नारा लगाउने हरु भागि सकेको थियो/ तापनि प्रहरीले लग भाग २० गजको दुरी बात त्यो सुतिरहेको बालक लाई गोलि हानि मारे/ त्यो बच्चालाई बचाउन सकियेलाकी भनेर तन्नामा बेरेर अस्पताल लगियो तर…/ बेलुका शेर बहादुरले रेडियो मा बोले देसको सम्पति तोड्न फोड्न आएकोलाई कार्य वाहि गरेको भनेर/ त्याहाँ तोड फोद केहि भएको थिएन/ मात्र बच्चालाई अस्पताल लाग्न गाडी मिलाउन अलि ढिला भएकोमा बच्चा बोक्ने हरुले एउटा ढुंगा मलाई समेत हानेको थियो/ तर उनीहरुको आक्रोश जायेज थियो/
बिदुर जी सबै उस्तै हुन्/ कोहि गतिला छैनन्/ राजा बात प्रजातन्त्र दियिसके पछिकाले तेस्ता निर्दोष हरु उहिले राजाले भन्दा धेरै मारेको छ/ राजाले राज गद्दी सजिलै त्यागे भन्नु पर्छ/ यिनीहरुले .कुर्सीमा टिक्न बस्न जन हत्या भन्दा जघन्य रास्ट्र मारा काम समेत गरे/
टिन करोड जनता को देसमा टिन जना गतिला नेता नपाउनु हाम्रो सोच र छनोटको कम्जोरिनै हो मान्नु पर्ने भयो/ चोर ले चोरे भन्नु को केहि मतलव छैन/ चोर लाई हुल्न दिने हामीनै हौँ/ दोष हाम्रै हो बिदुर जी/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
8
मदन जी
तपाई को बिश्लेषण प्रति म सहमत छू तर तपाई येती धेरै निराशा हुन भयन हामी क्रांतिकारी त eutaa झिलको ले मात्र पनी सामंत्बाद र साम्राज्य्बाद को दरवार लाइ ध्वस्त बनाउछ भनेर बिस्वाश गर्दछौ. छन मदन जी, नेपाल माँ पनी असल नेता हेर्नुस त,
* अबसर
पाएर पनी एक पैसा भ्रस्तचार नगर्ने, जनता लाइ चुनाब माँ दिएको आश्वासन मंत्री हुदा पनी पूरा गर्न खोजने, आम जनता जस्तो छन तेहि स्तर माँ आफु लाइ ढालने, देश लाइ अगाडी बढाउन महत्वकांक्षी योजना ल्याउने र तेस्लाई पूरा गर्न गधा ले झै खटने, अत्यंत बिलासी जीवन बिताउने अबसर हुदा पनी तेस्लाई तिलांजलि दिएर देश जनता को निम्ति खुकुरी को धार माँ हिड़ने, अत्यंत साधारण जीवन शैली माँ जिउने, आस्था को धरोहर को रूप माँ रहेका आदरणीय कामरेड बाबुराम भट्टराई जस्ता नेता पनी छन. र हाम्रो पुस्ता उनी जस्तो नेता पाएको माँ अत्यंत गौरवान्दित छ.
* जस्तो सुकै प्रतिकूल अबस्था माँ पनी बिचलित नभई देश र जनता को निम्ति सोचने, एउटा चुनाव को निम्ति मात्र होइन आउदो २०-३० बर्ष को निम्ति देश को खाका कोरने बी पि जस्ता नेता पनी थिए.(यो आर्के कुरा हो की गिरिजा जस्तो पदलोलुप,सुजाता,खुमे गोविंदे, बले चिरंजीवी जस्तो घुस का भाकारी हरु आफु लाइ बिकाउन उन लाइ ट्रेड मार्क को रूप माँ प्रयोग गरेर उनलाई बदनाम गर्दै छन)
* सरल जीवन जिउने, देश को निम्ति केही गरु भन्ने मदन भंडारी जस्ता नेता पनी थिए(यो अफसोच को कुरा हो कै नाम भजाएर आज वड़ा अध्यक्ष हुन नसुहाउने युद्द पिपासु बिद्या भंडारी खडके ओली लो मझेरी
माँ भद्दा
नाचेर आज उनको नाम नै बदनाम गरेकी छ).
* आफु प्रधान मंत्री हुदा पनी नातेदार लाइ सत्ता को नजिक धिम्किन नदीने, इमान्दारिता को प्रतिमूर्ति मनमोहन अधिकारी जस्ता नेता पनी.
यी मध्य डॉ बाबुराम बाहेक अरु ता भौतिक रूप माँ छैनन. अहिले बाबुराम हरु लाइ बिजय गच्छेदार हरु जस्ता घुस का भाकारी ले बिस्थापन गरेको अबस्था हो. यो भनेको सूर्य लाइ ग्रहण लागेको बेला जस्तो हो, जून क्षदिक हुनेछ तेस्कारण सुदूर भविष्य प्रति बिसस्थ हुदै निराश होइन , जन बिद्रोह को बाटो माँ लागू.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
11
महेश जी
मेरो प्रतिक्रियामा नैरास्यता झल्केको होयिन झल्काएको हो/ नैरास्यता हाम्रो बाटो को काँडा हुन्/ त्यो देखाएको/
तपाईं ले २०/३० बर्षको निमित देश को खाका कोर्ने बि पी जस्ता नेता पनि थिए भन्नु भयो/ बि पी ले एउटा प्रधान मन्त्रि ले गर्ने पर्ने कार्य बाहेक अतिरिक्त बिशेष काम हरु के के गरेको थिए र ती सब काम हरुको मुल्यांकन उसले गरेको गण्डकी सम्झौता र उसैको समर्थन मा भएको १९५०को सन्धि बात देस लाई कति नाफा नोक्सान भए भनि तुलना गरि बि पी महान नै थिए भनि बुझाई दिन अनुरोध गर्दछु/
बाबुराम को बारेमा किटान गर्न अझै कुर्नु पर्छ/ यौटा योग्यता भएको नेता हुन् त्यो म मान्छु महेश जी/ तर देस को लागि उ उदाहरण बन्न सक्छ भन्ने कुरामा उसले पनि धेरै गर्नु अझै बाकीनै छ/ यी कुराहरु भन्दा तपाईं फेरी म तपाईंको सह यात्री भएकोमा संखा नगर्नुष/ के गर्ने एउटा उखान छ नि अगुल्टोले हानिएको बिजुली चम्कँदा तर्सिन्छ भनेर/
मन परे हरियो, नपरे रातो
6
4
राणाहरु जति जनता दवाउने कुनै तानाशाही थिएनन्/ तिनीहरुले जनता कसरि दवाये?तेतिबेलाको प्रत्यक राना नै राजनैतिक पार्टी जस्तै थिए सबै राजा जतिकै/ सबैको दर्बार सिंह दर्बार जतिकै/ सबैको राणाहरुको आआफ्नै आठ प्रहरी नाम दिएका सेनाहरु/ उनीहरुले नै समात्ने उनीहरुलेनै मुद्दा हेर्ने फैसला गर्ने/ जनता बस रैती नै त् थिए/ टाउको झुकाई मारी मारी बाच्न परे/ तेतिबेला यी राणाहरुको बिरोध गर्ने रास्त्रिये प्रजापरिषद पार्टीको कुनै सेना थिएँन/ उसका सेना भनेको उसका अदम्य साहस भएका सहिद बन्न हिम्मत भएका कार्येकर्ता थिए/ उनीहरु सिधै रानाको सिपाहीं आठ प्रहरी सिट भिडे/ नेपाल बन्द उपत्यका बन्द गरेनन/
तर बिडम्बना, जुन पार्टीले राना हटाउन ज्यान दिएर लडे त्यो पार्टीले प्रजातन्त्रको उपलब्धिको जस पाएन, सिधान्त को कुरा थिए मान्यताको कुरा थिए/ आन्दोलन को थालनी गरेको परिबर्तनको लागि ज्यान दिएको पार्टीको अग्रतामा २००७ प्रजातन्त्र आयो भनिएन/ उहिले भारत बात धपायिएको शाह खलक को द्रब्य शाह ले लिग लिगमा बीच बात कुदेर अग्रता पाई राजा बनेको नाटक फेरी दोहरिए/ नेपालमा परिबर्तन हुन् लागे अब आफ्नो मान्छे ले शासन चलाउन दिनु पर्छ भनि भारतमा गठन गरिएको कांग्रेसले प्रजापरिषद्को त्याग को पगरी लगाए/ सबै कुरा कांग्रेस ले गरेको भनिए/
तर धातेको कुरा काटे पनि मिल्दैन भन्छ/ बाघको छाला ओध्दैमा श्याल बाघ हुने सक्दैन/ कुरा तेस्तै भए/ तेतिबेला देखि आज सम्म कांग्रेसी हरु २००७ सालको आन्दोलन को नेत्रित्वो गरेको भन्दै आएको छ/ सहि हो र यो कुरा?
राना बिरुद्ध को आन्दोलन त् भारतमा कांग्रेस पार्टीको गठन हुनु भन्दा धेरै पहिलानै प्रजापरिषदले सुरु गरि सकेको थियो/ २००७ साल मा राना बिरुद्ध को आन्दोलन समाप्त भएको थियो त् कांग्रेस ले २००७ सालको आन्दोलन को नेत्रित्वो गरेको भनेर कुन आन्दोलन को कुरा गरेको? २००८ मा १९५०को सन्धि गराउने, कोशी गण्डकी सम्झौता गराउने आन्दोलन?
जे होस्, देसमा प्रजातन्त्र ल्यायियो/ तर देस चलाउने कांग्रेस नै प्रमुख पार्टी थिए/ उनीहरु आफुलाई प्रजातान्त्रिक पार्टी भन्थे/ जनता प्रजातन्त्र चाहन्थे/ तेसैले २०१५ सालमा कांग्रेस लाई २/३ भोट दिए/ तेत्रो मत पाएको पार्टीको सरकारले चाहेको भए उहिले राजतन्त्र फाल्न सक्थे/ देसमा सुशासन चलाउन सक्थे/ तर सकेन/ महेन्द्र लाई मोका दिए/ कसले दिए त्यो मौका? कांग्रेस भित्रको पद लोलुप नेताहरुले दिए/ मात्रिका बि पी को साता लोलुपताले दिए/ मात्रिका प्रधान मन्त्रि हुँदा पार्टी सभा पति र प्रधान मन्त्रि दुवै नपाउने भन्ने बिस्व्स्वोर ले आफु प्रधान मन्त्रि हुँदा दुवै पद छोडेनन्/ बि पी र मातृकाको कलह २०१७ सालको दुर्घटनाको कारण बने/
महेन्द्रले बि पीलाई जेलमा कोचे/ बि पिले त्याहाँ उसको बिचार लाई कलम ले कोरे त्यो किताब को नाम हो जेल जर्नल/ तेस्मा उसले लेखे कांग्रेस पार्टीको पनि उसको हुकुममा चल्ने राज्य जतिकै शक्तिशाली सेना हुनु पर्ने/ किन? पार्टीको सेना राज्य सेना सिट भिड्न भिडाउन? उसले चाहेको त् तेही थियो/ उहिले भएँ तर अहिले भई रहेछ/ सबै बि पी को चेला बनेछ/ सबैले नेपालको कानुन नियेम संबिधान पढें मात्र तेही जेल जर्नल पढेको रहेछ/ सबै राक्नैतिक दलहरु आज आफ्नो आफ्नो सेना बनाउंदै छ/ कसैको त् झन्डै राज्य जतिकै शक्ति साली सेना अझै छ/ अब तेस्तै सेना अरु बने कति चोटी रास्ट्र संघ गुहार्नु पर्ने हो थाह छैन/
राजनैतिक दलहरु जब जनताको साथ् पाउन्दैनन तव तेस्का शक्तिशाली नेता हरु आफ्नै सेना राख्नु पर्ने बिबसता जाहेर गर्छन/ त्यो उनीहरुको बिअबस्ता पनि हो तानासाही प्रनितिको परिचय पनि हो/ नभए राजनैतिक पार्टीको सेना भनेको समस्त जनता हो/ सहि कुरा गरेको भए गर्ने भए जनताको साथ् पाई हाल्ने थियो तेसरी आफ्नो सेना राख्नु पर्ने भन्नु पर्ने अबस्था नै आउने थिएन/
तर अहिले हाम्रो देस यो अबस्था बात पनि तल गिरेको छ गिराएको छ/ दलहरुको उद्दण्ड कार्येकर्ता को भरमा मनपरी गर्न नसके पछी बिदेसी समेत गुहारेको छ/ अब यिनीहरुलाई राजनैतिक दल भन्नु मुर्खता हुने छ/ नेपाली जनताले जनता नै सबै ठोक मान्ने कुनै राजनैतिक दल्ने पाएनन्/ यो सतिले सरापेको ले हो बा नेपाली जनतामा केहि जानेको सुनेको व्यक्तिहरुमा भएको अहम बाद ले हो, यो कुरा बुझ्दैमा बुझाउदैमा बती निभिहालने त् होयिन आखिर भयानक लोड सेदिंग बिचार र बिबेकमा पनि भएकै छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
8
ओहो नेपालको राजनिती । कुन दिन मेरो घरको कुकुरको छाउर ले खुलामञ्चमा लाखौ नेपाली जनताको विचमा नेता बनेर राजनितीक अर्ति उपदेश र भाषण दिएमा अचम्म नमान्नुहोस साथी हो किन भने नेपालको राजनितकीको कुनै भर विस्वास छैन जति बेला जो पनि नेता बन्न सक्छ, उदाहरणको रुपमा एउटा एनजीओ खोलेर बसेको उपेन्द्र यादव ले फोरम बाट नेपालको शक्तीसाली नेता बनेर देखाई दिए, माओवादी को भागौडा लक्ष्यमण थारु, थारु कल्याणकारी बाट नेता बने ।
नेपाल मा जो पनि नेता हिजो नेपाली जनता को अगाडी लुकेर हिडनु पर्ने कमल थापा ले अजा सिहदरवार अगाडी भाषण ठोक्दै छ ।
यही हो नेपाल
बिचरा हामी नेपाली जनता हरु
मन परे हरियो, नपरे रातो
3
13
हाहाहा बिचरा कमल थापा …अब यसलाई पनि एउटा कुर्सि देउन त…तैपनि उसको कामबाट भू पु महाराज ज्ञाने लाइ नागार्जुनमा आरामको सास फेर्न सजिलो भयो होला…तथास्तु कमले…उपत्यका बन्द जनताको समर्थनले होइन जनताले त आफ्नो सवारी साधन वित्थामा तिम्रो कार्यकर्ता बाट निशुल्क तोडफोड गरिबक्सिन्छ कि बनेर नचलाएको … तैपनि ठिकै छ दुइ करोड पचास लाख नेपालि को अधिकार एकजना तानासाह्को खल्तीमा हाल्ने यहाको झुन इच्छा छ त्यो पुरा होश,,,श्री पशुपतिनाथले यहाको र ग्यान बहादुरको शक्तिलाइ अझ मजबूत गरोस…जय नागार्जुन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
2
27
कमल थापा यदि जे बोल्छ त्यहिँ गर्छ भने भविस्यमा उनले बिगतमा आफ्नो जीवनमा लागेको कालो दाग हटाएर जनताको बिचमा सम्मानित जीवन बाँच्न सकिएला ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
चोर ले चोर्न पाएँन भनेर बन्द गर्ने , नेताले जनता लाई जुक्याउँन पाएँन भनेर बन्द गर्ने , माग्ने ले माग्न पाएँन भनेर बन्द गर्ने , गुन्डा ले दिन दहाडै गोलि हान्न पाएँन भनेर बन्द गर्ने , पाकेटमार ले चोर्न पाएँन भनेर बन्द गर्ने , अरु के के हो ………………… ३६५ दिन नै बन्द बन्दै गर्ने , नया नेपाल , माधब नेपाल /
बिकाश भएको हो , होइन र ? कहिँ नभएको जात्रा नेपाल मा , कहिँ नभएको नेताहरु नेपालमा भएको जस्तो / वाहियात पार्टी को वाहियात नेता हरु , जुन पार्टी भए पनि , नेपाल बन्द गर्ने अधिकार कसले दियो ..?
मन परे हरियो, नपरे रातो
6
4
हरे कति सुन्नु यो राजनीति को कुरा .. यो चोर हरु चाहे बन्दुक उठाउन चाहे तोप देश को लागि की गर्न जन्मेका होइनन… नेपाली राजनीतिक पार्टी हरु त चोर हरु को जमात मात्र हो..
हैन कति एई राजनीति को गफ्फ सुन्ने गरोस जसलाई जे जे गर्न मान लाग्छ गरोस आखिर प्रिथिवी को पनि एकदिन त कान तत्ला नि अनि संहार हुने छ अनि सब ले चाल पौचन..
बरु येसो नया खबर राख्नोस न.. क्रिकेट मा नेपाल ले एकदम राम्रो गर्य छ रे .. तेस्को फोटो हरु बरु स्कोर update haru rakhnos na teso gare kaso hola..
nepal ko rajniti le ta maan bhari sakyooo…. ;==)
मन परे हरियो, नपरे रातो
13
2
नेपालमा बन्द त जसले गरेनि सफल हुनेनै भयोनि किनभने तोडफोड भएमा न कसैले क्षतिपूर्ति दिने नत सुरक्षानै दिनसक्ने अनि किन नगरुन त बन्द!
बन्द सफल भयो भन्दैमा मक्ख नपरे हुन्छ राजावादी हरुले “उइले का दिन खुइले” अब त जनता पछाडी कुनै हालतमा फर्कन चाहदैनन् , दुइ चार जना भाडाका टट्टू ल्याएर जुलुस निकाल्दैमा सामन्ती व्यवस्था टिकाउन सकिन्छ भन्ने सपना देख्ने हरु देखि दया लाग्छ | जहाँ सम्म बन्दूकको कुरा छ, जो पायो त्यैले जथा भावी बन्दूक उठाउदैमा सफल भइन्छ बन्नु हास्यास्पद छ, जन-विद्रोहको लागी उचित कारणहरु पनि हुनु पर्छ बन्दूकले सफल हुने भए जता ततै डाँकु हरुको राज हुनु पर्ने हो |
नेपाल लाइ हिन्दु राष्ट्र बनाउन नेपाली लाइ भन्दा भारतीय लाइ चासो बढेको चाहीं रहस्यमयी छ | मलाइ लाग्छ, यो नेपालमा हुनलागेको सामाजिक र राजनैतिक परिवर्तनले सीमावर्ती भारतमा प्रभाव पर्न सक्ने भएकोले उनीहरु नेपालमा सामन्तवाद टिकाउन चाहन्छन तराइमा मेची देखि महाकाली एउटैं प्रदेश बनाउन पर्ने कारण पनि भारतीय स्वार्थ स्पस्ट देखिन्छ, तराइ भारत संग जोडिएकोले त्यहाँ सामन्तवाद अन्त भारतलाई कदापी सह्य हुँदैन किनभने उत्तर भारतमा थिचोमिचोमा परेका गरीब जनता जागेमा भारतमा सत्ता मा हालीमुहाली गर्ने सामन्ती हरुको आच्छु-आच्छु पर्छ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
33
देवराज जी
भन्न दिनुसन/ राजनतिक दलहरुले जब जनताको साथ् पाउन्दैनन तव उनीहरु आफ्नो सेना राख्नु पर्छ भन्न थाल्छ/ राजनैतिक मुलधारमा आउन चाहे, आफ्नो भएको सेना पनि बिघटन बा बिसर्जन गर्न मान्छन/ तर जनताले तिरस्कार गरेको दलहरु उद्दण्ड कार्येकर्ता र आफ्नै सेना को भरमा कुर्सि शासन गर्ने कुरा गर्छन/ तर त्यो भन्दा पनि पतित पार्टीहरुले बिदेसिको भरमा सासन कब्जा गर्छन/ कमल थापा को पार्टी जनताले तिरस्कार गरिएको पार्टी हो, तेसैले आफ्नो सेना राखेर भए पनि कुर्सि खोजे/ अब अरुले त् भारतको भरमा सासन चलाई रहेछ/ यिनीहरु कमल थापा भन्दा पनि पतित छन्/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
17
यथार्त लेख्नु भो मदन जी तपाइले .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
12
ठिक भन्नु भो मदन जी,
यी नेता हरु ले नेपाल लाई सोमालिया बने छाड्ने भए
मन परे हरियो, नपरे रातो
4
4
अर्को जनताको अपराधिमत्र हो / एउटा अपराधी संग खुसि नभएकाले पनि अर्को अपराधीलाइ कसरि समर्थन गर्नु र ? जे होस् नेपाल मा राजनीतिक अपराधीहरु अझै बोलावाल छ भन्ने कुरा को प्रमाण हुन् आजकल का सबैजसो समाचार हरु /
मन परे हरियो, नपरे रातो
4
4
प्रचण्डले देशलाई लथालिङ्ग बनाएर,आफु भैसी पूजा गर्न थाले पछी,कमल थापाले हतियार उठाएर क्रान्तिकारी बन्ने नै भए. कुन क्रान्तिकारी,कुन दमनकारी, कुन प्रतिक्रान्तिकारी चिन्ने गाह्रो भो बा!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
14
यी काम चोर नेताहरुको के नै काम छ र खाली धम्कि दिने, बिगार्ने , राष्ट्रको सम्पत्ति आफ्नो गोजी मा राख्ने त हो नि यी जोब्बरले भरेको दिमागले कहिले राष्ट्र को उन्नात्ति तर्फा सोच्ने हो बोल्न त सबै लै आउछ देस को लागि हतियार उठाउने रे देस की कुर्सि हो यो त सबै लै तह नै भएको कुरा हो नि ……. हाम्रा नेता हरु को कहिले बुद्धि बढ्ने हो र राष्ट्र को उन्नात्ति तर्फा लाग्ने हो खोइ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
3
देश मा मुख्य मुख्य फेरबदल गर्दा जनमत संग्र मा जानु उचित हुन्छ जस्तो लाग्छ मलाई त!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
62
14
kiswor जी
नेपालको कुनै पनि पार्टी कुनै पनि बिशयेमा जनमत लिन तयार छैनन्/ यिनीहरु जनमत होयिन दिल्लिमत मान्ने जमात मात्रै हुन्/ नेपालमा चुनाव पनि एउटा नाटक भई गए/ जनताले चुनावमा जिताए पनि हराए पनि केहि नहुने/ दिल्लेले जे चाहे तेही हुने/ हामि नेपाली जनता परतन्त्र नेपालको स्वोतन्त्र नागरिक भई गए/ जनता लाई मात्र उनीहरुले आव्हान गरेको बन्द हड्ताल सफल बनाउने प्राणि बनाएको छ यिनीहरुको प्रजातन्त्र लोकतन्त्रमा/
सिंह दरवार भरि, संबिधान सभा भरि नचुनेको तर थोपरिएको ले भरेको छ/ अरु त् अरु संबिधान सभा जस्तो थाहुन्मा जनताले चुनेको शभासाद हरु अल्पमतमा पारेको छ/ जव ६०१ जनाको संबिधान सभा बनाउने भनि सके पछी मात्र २४० जना चुनिने अरु बाकि तिनीहरुले समानुपातिक नियुक्ति गर्ने ब्यबस्था मिलाएको बात नै यिनीहरु जनमत संबिधान बनाउन समेत जनमत नमान्ने भएको स्पस्ट हुन्छ/ आज संबिधान सभामा जनताले चुनेको सभासदहरु मात्र तासको जोकर जस्तै बनाएको छ/ जनताले चुनेको सभासदहरुले नचाहेर पनि केहि हुँदैन तर उनीहरुको दलले पिल्ले हरुले जे चाहे तेही बमिजिमको संबिधान बन्ने छ/
चुनावको यिनीहरुको कोठे सहमतिले आज भएको अन्तरिम संबिधान समेत पंगु बनेको छ/ उनीहरुलाई दण्ड हुने अप्ठ्यारो हुने भए भएको कानुन र अदालत को निर्णय समेत लत्याउने गरिएको छ/ परमानन्द यस्तै गरेर उप्रास्त्र्पतिमा ल्याएको हो/
आज मत्रिको मुखले थुकेको थुक देस को कानुन बनेको छ/ न्यायालाये निर्धो/ प्रहरी अपांग/ ऋषि धमला लगाएत अदालतले भेर्स र अपराधि भनि किटेर सजाए गर्ने आदेश पाएका गोबिन्दे चिरन्जीवी बब्बन जस्ता ले सिंह दर्बार मा राज गर्दै गरे बात यी कुरा पुस्टि हुन्छ/
प्रधान मन्त्रि त् देसको मालिक नै भई गए/ उसले चाहे देस्नै दान दिन सक्ने भई गए/ अधिकार नभएको गिरिजाले टनकपुर दिएको र अहिले लिकुने ले भारतले सिमा मिचेको पनि मिचेको छैन भनि मिचेको भूमिमा भारतको अधिकार माने बात यो कुरा प्रमाणित भए/
यो लोक तन्त्र हो? हो भने पनि कस्तो लोकतन्त्र हो भनि सुजाताले अस्ति भनि हालेनी सबै उसको बाउले टिका लगाई नियुक्त गरेका हुन् भनि/ यो लोकतन्त्र होयिन सुजाताको बाउको टिके तन्त्र हो/ याहाँ येस्तालाई बर्जित नगरिए सम्म जनमत बर्जित छ मित्र/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
17
हतियार को मोह ले गर्दा देश झन् झन् जर्जर भैसकेको छ,हुन त वाई-श्यल हरु ले अघोषित रुप मा हतियार लियर हिडेकै छन् अनि सोझा साझा लाइ मारेकै छन् अनि सोझा नेपाली जनता हतियार को डर ले गर्दा वाई-श्याल ले जे भन्यो तेही मान्न परिरहेकै छ, अनि तेही सिकेर अब कमल थापा ले पनि हतियार को कुरो गर्दै छन्.
समय मा संबिधान बनाउन र महत्वपुर्ण कुरा मा जनमत संग्रह भन्नु चाही सकारात्मक कुरो चाही हो.
अनि अर्को कुरो जनता मरेका कथित् माओबादी का सेना लाइ नेपाली सेना मा मर्ज गरियो भने अरु हजारौ युवा कमल थापा को हतियार धारी समूह मा भर्ना नहोलान भन्न सकिन्न, किनकि आफुसंग हतियार हुने बेला सम्म जनता लुटेरा खान पौने, अनि सरकार संग सम्झौता भय पछि सरकारी सेना मा भर्ति हुन पाउने दुवै हात मा लड्डु.
जय नेपाल.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
29
kesu ji ठिक र सारेनै चित बुज्दो कुरा भन्नु भो/ बास्तबमा माउ यी तीन ठुला पार्टी हरु जुगाको लडाहीमा लागेका ले कमल थापा हरुले टाउको उठाउन पाएका हुन्/ प्रचण्ड ,माकुने र गिरिजा हरुले कमल थापा बात सिकुन./अर्ति भनेको घर्ति को पनि सुन्नु पर्छ/ हुनत गर्जने बादल ले पानी पार्न सक्दैन भन्छन/ तेस्तै कमल थापा हरु कुर्लनु भनेको हुत्ति त्याउले आकास थाम्छु भनेको जस्तो हो/ तर पनि बेलैमा यी तीन
पार्टी हरुले संबिधान बनाउने कुरामा जूती हालूं/ चेतना भया /
मन परे हरियो, नपरे रातो
3
13
हिजो ज्ञानेंद्र को पाला माँ प्रतिगामी हरु भने पनी ती जन अस्वीकृत भनेर प्रमाणित नाभैसकेका ले शासन चलाएका थिए. तर आज भ्रस्त, दलाल, भनेर जनता ले दुत्कारेका हरु जन अस्वीकृत को छाप निधार माँ लगाएर शासन माँ बसेका छन र त जनता वाक्क दिक्क भएका छन. त काम नलाग्ने भनेर जनता ले तिरस्कार गरेका राजनितिक को खोटो मोहोर हरु नै सत्ता माँ देखेर यो गणतंत्र राजतंत्र भन्दा पनी खराव भन्ने जून आधार भूमि बनेको छ त्यों बनाउने काम कांग्रेस एमाले लगायत का भारतीय दलाल ले गरेका हुन.
अर्को स्वघोषित बिद्द्वान ले भनेका छन की माओबादी को सेना नेपाली सेना माँ मर्ज गरे हजारौ युवा हतियार लिएर कमल थापा को पार्टी माँ जानछान रे? कस्तो बिना मौसम को जोक हो यो? हतियार उठान ता बलिदानी भावना चाहिन्छ. संकट परे दुलो भीतर पसने र खान पाए मुख बाउदै आउने कांग्रेस एमाले र कमल थापा को कार्यकर्ता ले के हतियार उठौने हो?
बरु स्वघोषित बिद्द्वान मित्र, ती जन सेना लाइ सेना माँ मर्ज नगरे जन्युद्द को राप माँ खारिएर आएका ति इस्पातिला मान्छे मात्रिका को पार्टी माँ जानछान र राज्य लाइ सम्हालन धौ धौ पर्ला, सबै लाइ चेतना भाया.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
11
बिहार र हाम्रै महेन्द्र राजमार्गमा हातहतियारको उत्पादन तथा विक्री बृदी सहज भा छ रे । खोजिनिती गरे दुई चार हजारमै हतियार पाईन्छ रे । कमल थापाले जमानामा कति कमाको होला अनि बेरोजगार युवाहरुलाई हतियार र पैसा दिएर व्रेनवास गर्न के गार्हो होला र नभनुन उनले हामी हतियार उठाउछौ भनेर ।
सत्य पचाउन गार्हो हुन्छ तर पनि भन्नै पर्छ हिजो सय रुपयाँमा राजाको जुलुसमा जानेहरु चार बर्षमा केही लछारपाटो नलागे पछी कमल थापाको जुलुसमा पुगेछन ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
43
53
तेही त भन्या देवराज जी,
पहिले राजाको जुलुस मा १०० मा जानेहरु आजकल माओबादी को जुलुस मा प्रसस्त भेतिन्चन, अब कुमार फुदुंग, सुर्य सेन जस्ता कमल थापा भन्दा पनि राजाको ठुला भरौटे मान्छेहरु त्यो पार्टी बाट सभासद बन्न, सदस्य बन्न सक्छन भने अब कमल थापा पनि त क्रान्तिकारी बन्न सकिहाल्छ नि? के ठुलो कुरा भयो र अब क्रान्तिकारी बन्न?जनता मार्न जान्नु पर्यो, लुट्न जान्नु पर्यो, पिट्न जान्नु पर्यो, तेस्पछी त पछी आएर २लाख को पलंग मा सुते नि भो, भारत जादा नेपालको टोपी खोलेर खल्तीमा हालेर हिन्दी मा भासन दियेनी भयो, अनि अरुलाई गालि गर्न मात्र जाने भैहाल्यो नि……. कमल थापाले राजतन्त्र फर्काउने र हजुर हरुले नेपाली जनता मार्न छोड्ने भनेको एकै हो, अब भाडा कै ल्याए पनि आउदा रहेछन मान्छे त कमल थापा को पछि, तपाईहरुको आन्दोलन मा पनि तेही केहि लुटेरा श्याल बाहेक अरु नेपाली जनता कोहि नआए पछि ३ ३ पटक अन्तिम जनआन्दोलन भन्दै थकाई मार्दै फेरी ४ पटक मा आन्तिम आन्दोलन भन्न थाल्नु भएको छ, जनता को साथ भएता देवराज जी, ज्ञानेन्द्र जस्तो मान्छे त जानु पर्छ भने माकुने लै के ठुलो कुरा होर, तर के गर्नु हुन्छ आजकल नेपाली जनता अलि डराउन छोड्न लागे जस्तो छ, श्याल कराउदा पनि जनता श्याल को पछाडी दौडिन छोडे जस्तो छ……… के गर्नु हुन्छ अब कमल थापालाई पनि गुहारेकै हो क्यारे हजुरको क्रान्तिकारी नेता प्रचण्ड ले सरकार छोड्नु पर्दा, कमल थापाले मौका हेरेर कुरा गर्न छोड्नुस भनेर लोप्पा खुवाए पछी चुप लगेर फर्किनु भयो क्यारे…. अब ताक परेको भए कमल थापा पनि हजुर को नजरमा राष्ट्रबादी क्रान्तिकारी हुन्थे, अब के गर्नु हुन्छ जनता लाइ गाली गर्न छोडेर पिट्न छोडेको भए राम्रो हुन्थ्यो, जनता आज कमल थापा को पछाडी जान्ठेनन, हजुर हरुले अघोसित रुपमा मान्छेलाई बाध्य बनाउदै हुनुहुन्छ अनि कमल थापा ले बन्द गर्दा पनि काठमाडौँ बन्द हुन्छ, हजुरको जय होस्
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
68
37
खै टिका जी, तपाइको विरोध पनि खालि विरोधका लागि विरोधै हो जस्तो लाग्यो है मलाइ त, माओवादीले मान्छे मात्रै मारेको देख्नु हुदोरहेछ, देशमा हुन लागि रहेको राजनैतिक र सामाजिक परिवर्तनको लागि उसले गरेको त्याग र बलिदान देखिदैन, अनि परिवर्तन लाइ रोक्न खोज्ने हरुको चलखेल र चौतर्फी आक्रमण तपाईलाई देखिदो रहेनछ | तपाइको सोचाईको स्तर “२लाख को पलंग” को कुरा बाट प्रष्ट हुन्छ त्यो पलंग गिरिजाले मगाएको कुरा आइसकेको हो | तपाइकै भनाइ मानेर त्यै २ लाखे पलंगमा सुत्न टाउकाको मोल तोकिनेगरी ज्यानको बाजी लगाई युद्ध गरेर आएको हो भने प्रधान मन्त्रीको कुर्सि किन छोड्थे होलान त नागरिक सरकारको नियन्त्रणमा देशको सेना हुनुपर्छ भन्ने सैद्धान्तिक अडानको लागि? यो एउटा बच्चाले पनि बुझ्ने कुरा हो |
३- ३ पटक अन्तिम जनआन्दोलन भन्दै थकाई मार्दै फेरी ४ पटक मा आन्तिम आन्दोलन भन्न थाल्नु को कारण त तपाइँ जस्तै बुझक्कड धेरै भएर त होला नि
“कमल थापालाई पनि गुहारेकै हो क्यारे हजुरको क्रान्तिकारी नेता प्रचण्ड ले सरकार छोड्नु पर्दा……” यसमा मेरो भनाइ के हो भने आफ्नो निजी स्वार्थ र फाइदाको लागि नभएर असल राजनैतिक उद्देश्य पूर्तिको लागि हो भने जसलाई गुरारे पनि हुन्छ नि के भो र ? मैले प्रचण्ड बत्तिस गुणले भरिएका नेता भनेको छैन उनका पनि कमी कमजोरी छन् मैले अनुभव गरेको उनको सबै भन्दा ठुलो गल्ति चाहीं चीन भ्रमण बाट फर्किंदा “मेरो पहिलो अफिसिअल भ्रमण भारतकै हुनेछ यो त ओलम्पिक खेलको लागि मात्रै हो ” भन्ने अभिव्यक्ति हो त्यो आवश्यक थिएन नेपाल स्वाधीन देश हो नभए जुनसुकै मूल्य चुकाएर बनाउनु पर्छ |
मन परे हरियो, नपरे रातो
9
4
देवराज जी,
तेही हो श्याल को पछाडी आफ्नो कुखुरा नहेरी दौडिने भनेको, मेरो प्रिय दुइ चस्मा धारी साथी, कृपा गरेर आफ्नो पार्टी को कुरा त अलिकति बुझ्नु भए हुन्थ्यो नि, पलंग त साथी प्रचण्ड ले चिन भ्रमण जादा किनेको हो साथी कुनै गिरिजाले मगाएको होइन, अब तेती पनि थाहा छैन भने एक पटक आफ्नो पिता समान प्रचण्ड जी लाइ सोध्नु ल, अब प्रचण्ड ले लगाउने ५००० पौण्ड को रोलेक्स घडी पनि गिरिजा ले मगाएको भन्नु होला नि, कुरा हेर्दा त त्यो पनि भन्न बेर लगाउनु होला जस्तो छ, हजुर लै ज्ञात रहोस गिरिजा ले मगाएको गाडी को कुरामा हो पलंग को कुरामा होइन, अल्प ज्ञान सबै भन्दा खतरनाक हुन्छ देवराज जी, के गर्नु हुन्छ प्रकास दाहाल अब हजुर को सहोदर दाजु के कुरामा, ले पनि जम्मा ३००००० लाख को क्यामेरा त्यो पनि जनताको कर बाट उठेको पैसा के, उही सरकारी पैसा बाटै किन्नु भाको हो नि, थाहा पाई राख्नु, अनि रह्यो कमल थापालाई देश को लागि गुहारेको कुरा, तेसो भए अब कपडा खोलेर नांगै हिड्न सुरु गर्नु भए हुन्छ, हो हो सुद लाइ पनि देश कै लागि गुहारेको हो, अब ज्ञानेन्द्र लाइ पनि गुहरौ, वा साथी तेसो भए अब किन कमल थापा को बिरोध गरेर बस्नु हुन्छ, सिधै भन्नु न सुद लाइ पनि तेसैले गुहारेको हो, देश को लागि प्रधानमन्त्री बनैदिनु भन्दै हिड्नु हुन्छ त हजुर को प्रचण्ड जी त, होइन बार्ता गर्न कहिले जाने हो तानी भारत?
मन परे हरियो, नपरे रातो
1
5
ओहो टिका जी, मलाइ प्रकास दाहालको सहोदर दाजु भन्ने अनि उनिहरुको निजी जीवनका हरेक जानकारी चाहीं तपाइले राख्ने तपाइँ चाहीं सौतेनी भाइ पर्नुभो कि?
मन परे हरियो, नपरे रातो
2
2
मेरा दुइ चस्मा धारी साथी देवराज जी,
अब हजुरको कुरा गराई देख्दा त् प्रचण्ड हजुरको साख्ये पिता समान जस्तै कुरा गर्नु
हुन्छ, तेही भएर प्रकाश लाइ सहोदर दाजु भनेको नि!! यसलाई गलत नाबुज्नु होला, पलंग को कुरामा फेरी थाहा नै नपाउनु भाको? कि उही मलाई भने जस्तै हो बिरोध को लागि बिरोध गरेको? अब साथी बिरोध को लागि बिरोध भनेर के लाइ भनिन्छ भन्ने पनि बुज्नु भएको रहेनछ, मैले भनेको कुरा त एथार्थ हो पलंग को, रोलेक्स घडी को, क्यामेरा को, र मैले बिरोध गर्नु को मुख्य कारण सायद हजुरले बुझेर पनि बुझ पचाउनु भयो, मैले एदी आफुले तेस्तो सुख सुबिधा चाहिने भए आज सम्म पनि हजुर हरुले गाउका गरिब किसान, मास्टर, अर्थात् हजुर को नजर मा सामन्ती (किनकि तिनीहरु काम गरेर दुइ छाक पेट भर्चन,)को कुल सम्पति पनि हजुरका पिता समान प्रचण्ड ले लगाउने घडी को मूल्य जति पनि छैन, अब तेस्ता सामन्ती लाइ त हजुर हरुले मार्नुहुन्छा सामन्ती भन्दै, मैले तेस्तो काम गर्न बन्द गर्नु मात्र भन्न खोजेको हो….. हुनत फेरी भन्नु होला त्यो त गर्न पाउनु परिहाल्यो नि हाम्रो पार्टी ले, नत्र त कसरि देश को नाम मा लुटेरा हरुको साथ पाइन्छा त भनेर? अब सायद हजुर पनि अस्ति कैलाली मा जंगल मा छाप्रो बनाउदै हुनुहुन्थ्यो होला क्यारे, कस्तो बोर लखेटी हाल्यो नि है, दुख नमन्नुस साथी हजुर को घर छेउ छाउ मा काम गरेरा खाने मान्छे छैनन् र उनीहरुकै कब्जा गरे भैहाल्यो नि, किन बेकार मा जंगल जंगल जाने…..
मन परे हरियो, नपरे रातो
0
0
हेर्नुस विस्मृति जी कुनै पनि पार्टीको आन्दोलन कर्ताहरु स्थाई छैनन् किन कमल थापालाई मात्र दोष दिने, पहिले पनि त एकथाल भातको पछी लागेर कांग्रेस, एमाले अनि माओबादीमा लागेकैहो नेपाली हरु…..हामी नेपाली जनता एक थाल भात को भतुवा भएको भएरनै देश को यस्तो हालत भएको को………..अनि झन् इंडिया ले मासु भात नै खान दिएपछि त गणतन्त्र, लोकतन्त्र त आउने नै भोनी……… भोलि खान बस्न दिन्छु भन्छ इंडिया ले अनि परिवार नै लैजा भन्छ अनि सानो टुक्रा बास-छाप्रो बनाइदिन्छु भन्छ इंडिया ले अनि देश अनि लैजा भन्छ नेपालीले…….यो नेपालीहरुको बतासे चरित्रनै होनी…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
12
देशमा अराजकताको परिपाटी बसे पछी यस्तै हो | जब सम्म सबैले एक अर्काको मूल्य र मान्यताको सम्मान गर्न सिक्दैनन तब सम्म यस्ता बिद्रोही तत्व र विचारहरु एक पछी अर्को जन्मिदै जानेछन्, एउटा माओबादी पछी अर्को माओबादीको जन्म यो देशमा भै नै रहनेछ | माओबादीले बोल्न नसक्नेलाई बोल्ने, अधिकार माग्न नसक्नेलाई माग्ने, लड्न नसक्नेलाई लड्ने त बनायो तर बिना गहन सोचविचार यस्तो खतरनाक परिपाटीको जग बसाल्यो कि यदि उसले भोलि पूर्ण सत्ता कब्जा नै गरे पनि उसैलाई पनि निल्नु न ओकेल्नु हुनेछ | अब जातीयतामा आधारित संघियताले देशलाई कहाँ पुर्याउने हो थाहा छैन | यसको जस वा अपजसको सम्पूर्ण जिम्मेबारी माओबादीलाइ जानेछ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
78
18
हतियार कसले के को उदेश्य ले उठौछ भन्नु ले टेस्को सान्दर्भिकता जनौछ.माओबादी ले सामंत्बाद को अन्त्य को निम्ति उठएको हो हतियार भने कमल थापा ले उठौने भनेको हतियार तेहि मृत्यु भैसकेको सामंत्बाद को नाइके को पुनर्स्थापन गर्न को निम्ति हो, येस्कारण यी दुई हतियार को आकास र पातळ को बिच फरक छ. येदी कोही माओबादी ले उठएको हतियार, कांग्रेस ले ७ साल,१८ साल र ३१ साल माँ उठएको हतियार,सुवास चन्द्र बोश ले उठएको हतियार र बिन लादेन ले उठएको हतियार, बीरप्पन ले उठएको हतियार तथा कमल थापा ले उठौने भनेको हतियार को बिच समानता देख्दछ भने तेस्लाई आखा तथा दिमाग को उपचार गर भन्न बाहेक अरु कही गर्न सकिदें.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
35
54
कमल थापाको झन्डा त ठ्याक्कै रोमानिया को झन्डा संग पो मिल्दो रहेछ बा!
http://en.wikipedia.org/wiki/Rumania
यसको रहस्य चाहि के होला कुन्नि ?
नाई नाई एउटा कुरो नि |
मन परे हरियो, नपरे रातो
11
1
महेशजी, जसले जुन उद्देश्यले हतियार उठाए पनि आखिर उठ्न त हतियार नै उठ्यो नि, कलम उठेको त होइन होला, यसबाट दुख पाउने त देश र जनताले न हुन् | यस्तो प्रबिती र परिपाटीलाई ठिक हो भन्नेलाई पनि तपाइले भने झैँ दिमाग र आखाको उपचार गर भन्नु पर्छ होला |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
31
21
बीर जी
हतियार भन्ने बितिक्कै किन तर्सनु भएको? अमेरिका को हतियार कुवेती को लागी बलिराहेको दियो भन्दा पनी उज्यालो हो, त्यों हतियार ले जे जती स्वोतान्त्रता (सद्दाम हुसेन को पंजा बाट)दियो,उनी हरुलाई तेती स्वतन्त्रता करोडौ newyork times निकालने कलम ले दिने थिएन. हतियार हुन्थें भने आज सबै इज्राएली को हलाल भैसक्थ्यो .येदी महाभारत पढ्नु भएको छ भने, कृष्ण ले भनेका छन, “एडी सबै बिकल्प बंद छ भने न्याय को निम्ति क्षेत्रीय ले युद्द गर्नु पर्दछ”. उनले भनेको युद्द अबश्य हतियार लिएर गर्ने हो, कोटिहोम लगाएर अबव्श्य होइन. तेस्कारण हतियार लाइ निरिपेक्ष रूप ले बुझनू पर्दछ. हतियार कसले के काम को निम्ति उठौछ त्यों प्रमुख कुरा हो किन भने हतियार आफै चलने चीज ता होइन, तेस्कारण चलाउने को नियत माँ भर पर्ने कुरा हो. माओबादी ले उठएको हतियार सामंत्बाद लाइ परास्त गर्न हो. भने कमले ले उठौने भनेको हतियार तेहि सामंत्बाद लाइ पुनर्स्थापना गर्न हो, एडी ति दुबई हतियार लाइ एकै मान्नुहुन्छ भने तपाई को शीघ्र स्वास्थ लाभ को कामना गर्दछु.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
15
महेशजी, हतियार सबैलाई बरदान नै हुन्छ भन्न सकिन्न, यो त सबै बाटोहरु बन्द भै सके पछी प्रयोग हुने अन्तिम अश्त्र हो | होइन भने त्यही हतियारले मुक्ति दिएको भनिएका इराक, अफगानिस्तानको हालत देख्नु भएको छैन र ? नेपाल अहिले त्यो अबस्थामा पुगी सकेको जस्तो त लाग्दैन | कि आफु चाही आनन्दसित लन्डनमा बसेर टन्न पाउण्ड कमाउदै बस्ने नेपालमा चाही यदुबंशीहरु एकापसमा मारकाट गरेर सखाप भए जस्तै सखाप हुन् भन्न चाहनु हुन्छ र ? अन्तमा मेरो स्वास्थ्य लाभको कामना गर्नु भएकोमा धन्यवाद, यसबाट नै तपाई कस्तो खाले मानसिकता भएको मानिस हुनु हुदो रहेछ भन्ने प्रस्ट हुन्छ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
13
बीरजी, आफु चाँही बडो कट्टर कम्युनिस्ट सिद्धान्तबादी बनेर सामन्तबाद, साम्राज्यबाद, राजतन्त्रको घोर बिरोध गर्छन, तर त्यही सामन्तबाद, साम्राज्यबाद र राजतन्त्रको दुर्गन्ध आउने देशमा बसेर तपाइले भने झैँ टन्न पाउण्ड कमाएर ILR को लागि लाइन लागेर बसेकाछन् अनि नेपालमा चाँही हतियार उठाएर लडाउने कुरा गर्छन यस्ताहरुलाई स्वार्थी, अवसरबादी, बहुरुपिया नभनेर के भन्ने ? यस्ताहरुले आफ्नै दिमाग ठिक छ कि छैन भनेर मानसिक अस्पतालतिर एक पटक जचाउन जानु पर्ने, अझ अरुलाई दिमाग र आँखा जचाउन जाऊ भनेर सल्लाह दिन्छन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
11
बिराजजी जवाफ त गतिलै दिनु भयो तर जवाफमा नुन खुर्सानी चाही अलिक चर्कै हुने गरि हाल्नु भयो कि ?
मन परे हरियो, नपरे रातो
6
1
अहिले भने बीर जी ले कुरा पक्दिनु भयो. अफगानिस्तान माँ र इराक माँ शांति हुन नदीने खाले हतियार को बिरोध गरौ, मुक्ति युद्द को लागी उठेका बन्दुक को होइन. फेरी हेर्नुस ता यी दुई खाले बन्दुक को फरक? मैले स्वास्थ्य लाभ को कामना गरेको बिशेष गरेर तपाई लाइ , कमेन्ट माँ अलिकती sense of humor होस भनेर हो, तेस्लाई अन्यथा नलिनु होला. छैन बिर जी लन्डन मा पाउण्ड को छेलो खेलो, अब जन बिद्रोह को लागि सक्रिय भाग लिन चाडै नै नेपाल आउदैछु.
मन परे हरियो, नपरे रातो
4
5
बिर जी
नेपालि राजनीतिक मोहरा हरु को कहा बाट संचालित छ ,बुझ्न बडो कठिन छ | जो पार्टी पनि राजनीतिको नाम मा मजाले पहिले मान्छे मार्छन ,अनि सजिलै जिम्बेबारी लिन्छन |न कुनै कारबाही न सोध खोज |
सबै अपराध पूर्ण काम जनताको मुक्ति को लागि गरेको अरे ,सबै हतियार जनताको लागि उठेको अरे , यहा आपराधिक राजनीति गर्ने हरु कति धन्याध्य भैसके |
कोइ कोइ अझै सुगाले जस्तो पुरानै नारामा गित गाइरहेछन् बा | यिनीहरु कहिले ब्युझाने हुन् ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
7
तीस बर्षसम्म हुकुमी शासन अन्तर्गत देश लुटने कमल थापाहरुलाई जनमत संग्रह र संबिधान निर्माण जस्ता कुराहरुमा बोल्ने अधिकार छैन | तिनीहरुले कम्तिमा पनि दश वर्ष प्रयाश्चित गर्नुपर्छ | समयमा संबिधान बन्न सकेन भने संबिधानसभाको दुइ तिहाइले म्याद बढाउन जति पनि सक्छ , किनभने अहिलेको संबिधान सभा आन्दोलनको म्यान्डेट प्राप्त र निर्वाचनबाट आएको देशको सर्वोच्च निकाय हो | यसभन्दा माथि कुनै भूपति नभएको कुरा कमल थापाहरुलाई याद दिलाउनु चाहान्छु |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
27