मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बन्दलाई एक वर्ष बन्द गर्ने रे

    एउटा राम्रो, सकारात्मक खबर आएको छ- सन् २०११ वर्षभर बन्द, हड्ताल, चक्काजाम सहनुपर्ने छैन। एक महिनामा नै अनेक दिन बन्दको मार सहनुपर्ने हाम्रो जस्तो देशमा योभन्दा सुखद खबर के हुनसक्छ र! बन्द, हड्ताल नगर्ने भनी १६ वटा दलले लिखित प्रतिवद्धतामा हस्ताक्षरसमेत गरिसकेका छन्। हस्ताक्षर गर्ने पार्टीहरुमा ठूला तीन दल माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले छन्। त्यसैगरी मधेशी जनअधिकार फोरम, राष्ट्रिय जनशक्ति पार्टी, नेपाल सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेपाः राष्ट्रिय पार्टी, चुरे भावर, सदभावना (आनन्दीदेवी), नेपाल समाजवादी प्रजातान्त्रिक पार्टी, नेकपा संयुक्त र परिवार दलले पनि बन्द गर्दिनँ भनी हस्ताक्षर गरिसकेका छन्।

    सन् २०११ लाई पर्यटन वर्षका रुपमा मनाउने र १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आजदेखि औपचारिक शुभारम्भ गरिएको अभियानका क्रममा यस्तो प्रतिवद्धता आएको हो।

    तर, भर्खरै उपत्यका बन्द गरेको कमल थापाको राप्रपा नेपाल र संघीयताविरोधी अभियानका क्रममा बन्द गराउँदै हिँडेको चित्रबहादुर केसीको जनमोर्चाले अहिलेसम्म बन्द गर्दिनँ भनेर प्रतिवद्धता व्यक्त गरेको छैन। त्यसैले यो बीचमा पनि बन्द नहोला भनेर ढुक्क चाहिँ हुन सकिन्न है।

    फेरि हामीले गर्‍या हैन, जनताले आफै गर्‍या भनेर यी वा माथिका कुनै पनि दलले भन्यो भने त्योभन्दा दुर्भाग्य अरु हुने छैन। जे होस्, सकारात्मक समाचारलाई सकारात्मक रुपमा लिऔँ। वर्षभरी बन्द, हड्ताल, चक्काजाम नहुने आशा निराशामा परिणत नहोस्।

    No related posts.

    58 comments to बन्दलाई एक वर्ष बन्द गर्ने रे

    • Khatri

      एस्तो पनि हुन्छ र नेपाल मा ??होइन होला?? म त छक्कै परे नि ?? ल ल विदेश म बसे पनि खुसि को कुरो सुन्न पाइयो!! तर यो बाचा माओबादी ले नै तोद्चा होला है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sonu_55@hotmail.com

      यो त सबै भन्दा राम्रो समाचार हो तर यसमा शंखा लग्छा यसो गरेमा नेतालाई बधाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Avas Chintak

      सबै भन्दा खुशी को समाचार सुनेको यही हो |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Avas Chintak

      नेपालको सबै भन्दा असल समाचार सुनेको चै ठयाक्कै यहि नै हो लामो कल पछि | धेरै खुशी लग्यो | बदाई छ नेपाल |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay raut

      बंद र हड़ताल नहुने भय सबै भन्दा फाइदा प्रधान मन्त्रि माधव कुमार नेपाल लाई हुने भो जो बन्द र हड्ताल नगरी केहि सुनु हुन्न र वहा को कुर्सि नहल्लिने भो जति घुस खाए पनि जसले जे गरेपनि हुने भो दुई तु बाट हारेर पनि प्रधान मन्त्रि हुने कस्तो lucky हगी जय होश देश बनाउछु भनेहरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम्रो सुरुवात तर एस्लाई ब्यबहारमा चै कति को लागु गर्छा त्यो भर पर्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • dharma [macau]

      योत धेरै राम्रो कुरा हो है साथियो .सानो -तिनो ब्यबसाय गरेर आ -आफ्नो बालबच्चा संग खुसियाली जीवन जिउन हामी सबैको यहि कामना हो कि त्येस्तो बन्द हड्ताल कहिल्लै नहोस . सबै पार्टीको बिश्वास लिन सकिन्छ तर नक्कली कम्युनिष्ट एमालेको भने भन्न सकिदैन किनकि त्ये बिदेसी प्रभुको इसारामा चल्ने नौटंकी पार्टी हो .जेहोस आस़ा गरौ सथिहो अर्को वर्ष बन्द हड्ताल नहोस

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अब २०११ मा बन्द नभएत फेरी बन्द गर्ने बानी हट्लानी नेताहरुको ???????????? हैनर???????????? हामी नेपालीको जयहोस /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramkrishna

      अरु सबैको बिश्वास गर्न सकिन्छ तर माओबादीको वाई स्याल को चाही विश्वास गर्न सकिन्न….एदी माओबादीले बन्द गरेन भने अरुले चाही पक्का गर्दैनन् तेस्मा मो पनि सहमत छु….हेरौ के हुन्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Abhisekh

      नेपालको नेताहरु को बुद्धि कहिले आउने हो ? भन्दिय मात्र पनि भैहाल्छ नि “अब बंद कहिले नगर्ने भनेर ” तेत्ति पनि भन्न नसक्ने लाई कसरि विश्वास गर्ने??? आफु सत्ता बाहिर गय पछि बन्द गर्न को लागी एक वर्ष को समय राख्ने गधा हरु!!!!
      जनता लाई सुख दिन नसक्ने गधाहरु दुक्ख दिने पनि तिमीहरुलाई नहुनुपर्ने हो!!
      अब बन्द को नाटक को खेल तुरन्त बन्द गर नत्र कोत्पर्ब र भण्डारखाल पर्ब जस्तो
      पर्ब को निमंत्रना मा तिमि हरु को उपस्तिथी अनिबार्य हुन पनि सक्छ!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यस्तो प्रतिबद्धता लागु भय त जनता खुसि नै हुन्थे तर हाम्रो पार्टी हरुको प्रतिबद्धतामा शंकै छ
      कानुन तोड्ने बनि गाको छैन क्यारे कानुन बनाउदै उल्लङ्घन गर्दै गर्छन के भरोशा र ढुक्क हुने ठाउँ छैन I

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • मुखले मात्र त के के गर्ने भन्छन यो नेता हरु.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Niran

      धेरै पछि कुनै राम्रो समाचार सुन्न पाए सारै खुसि लाग्यो !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • bibekanand pandey

      असम्भभ भन्ने केहि छैन भनिन्छ ,तर पनि नेपाल का कुशासकहरु को हामीलाई पटक्कै विश्वास नभएको हुनाले यो सम्भव पनि छ जस्तो लागेको छैन मलाई .जेहोस कुरा मात्रै भए पनि सकारात्मक समाचार सुन्न पाइएकोमा खुसि छु

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • समय को खेल मा फसेर दुर्भाग्य अनुभूति गरेका हामी हेपाली हरुलाइ यो समाचार पनि निकै ठुलो प्राप्ति हो जस्तो लग्यो……..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Deepak K

      पार्टीले पो न गर्ने त! भात्री संगठनले त गरि हल्छां नि! पार्टी भन्दा भात्री संगठन बलिया छन् अनि त कसरि हुन्छ बन्द एक बर्षका लागि बन्द?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Deepak K

      एमाले, काँग्रेस, माओबादीले बन्द न गरे पनि युथ फोर्स, तरुण दल, वाईसिअल लगायत भात्री संगठनले त बन्द गर्ने होलान नि! अनि यी पार्टीले हामीले होइन बन्द गरेको भन्लान लाज नपचाई.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • डा. ह्नुछेरत्न

      घोडाले घास खान्न भनेको जस्तो कुराभयो| बन्द गर्ने पनि उनीहरु ,खोल्ने पनि उनीहरु ,बाहुनबाद |
      हामि तमासा हेर्ने ,बस्ने |
      डा. ह्नुछेरत्न

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

      • madan bajracharya

        न्हुछ्य जी
        यिनीहरुले आशन जमाउन र दछिना पाउन पाउनु पर्छ प्रेत पनि जजमान हुन्छ/ मन्त्र पाठ गर्ने जति मन्त्रि भएको छ/ कहिले बन्द भत्भ्त्याउन्छ कहिले ओम शान्ति भन्छ/ तर सबै आफ्नै लागि मात्र भन्छ/ तपस्या गर्न पशुपति हिमालको देस नेपालमा आई बसे/ तर यिनीहरु त् पशुपतिले नपत्याएको पुरोहित हुन् तेसैले यिनीहरु घरि घरि काशी जान्छन/ नेपाल लाई मन्दिरको देश भन्छन/ तर यिनीहरुको मन्दिर त् दिल्लीको संसद भवन मात्रै हो र त्याहाँको दरवान यी पुरोहित हरुको पनि पुरोहित, अनि भित्रको त यिनीहरुको प्रभु भई गए/ येस्ताको के कुरा गर्ने/

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

        • Nik

          यसमा माओ-बादी हरु पर्छन कि पर्दैनन् नि मदन जी?

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

        • madan bajracharya

          एता बन्द नगर्ने सहमति उता सुर्खेत बन्द भए/ अब जमिमलाई मारे जस्तै गरि अर्को मिडिया ब्यक्तित्वो श्री अरुण सिन्हानियालाई जनकपुरमा प्रहरीकै अगाडी गोलि हानि मारेर मोटर साईकल बात भागि गए/ अब जनकपुर यी दलहरुले बन्द नगरे पनि जनता र पत्रकारले बन्द गर्ने बिबसता भई गए/ बन्द को अर्थ बिरोध हो/ जब प्रहरीले जनताको सुरक्छ्या गर्न सक्दैन घर दैलो पसल बाटो खुल्न पनि कसरि सक्छ?

          बन्द नगर्ने सहमति गर्ने दलहरुले आफुले आफुलायिनै नंग्याएको छ/ बन्द गर्ने बा नगर्ने यिनीहरुको मात्रै अधिकारको कुरा होयिन/ आज सम्म यी दलहरुले आफनी स्वार्थको निमित जनताको नाम लिंदै उनीहरुको जनताको घर दैलो बाटो पसल स्कुल उद्द्योग बन्द दलहरुले मात्रै गर्दै आएको थियो/ जनता आजिज आई सके/ अब जनताको पनि पालो आउन सक्छ/ यी दलहरुलाई घर बात पनि निस्कन नदिन सक्छ/ नीहरुको भेला सक्छ/ जनताले उनीहरुलाई पनि बालुवाटार सिंह दर्बार मा बन्द गर्न सक्छन/ यो कुरा बुझेर “चोर चोर मौसेरा भाई” बनि जनताले उनीहरुलाई बन्द गर्न नसकुन भनि यो सहमति गरेको स्पस्ट छ/

          आज देसमा सबै भन्दा पहिला प्रहरी उठ्नु पर्यो/ यिनीहरुले उनीहरुलाई अपराधि पक्रन नदिने पक्रिए पनि छोड्न लगाउनेलाई नै पहिला बन्द गर्नु पर्यो/ आज कर तिर्ने ब्यब्शायी हरु उठ्नु पर्यो कर तिरेको रकम ले जनतालाई झाडा पखाला लागेर मर्न लागेको बेला १० रुपैया नपर्ने “जिबन जल नकिन्ने तर हवाई आम्बुलेंश र लिमोजिन चढ्न दिने मन्त्रीको स्वास्निहरुलाई लाखौँ लाख उपचार गर्न भनि दिएर रास्ट्रको कोष रित्याउने’ लाई बन्द गर्नु पर्यो/ आज जिल्लामा कुन जाति बस्न पाउने कुन जाति बस्न नपाउने भन्ने हरु सिंह दर्बार मा हाम्रो माझ किन भनि उनीहरुलाई बन्द गर्नु पर्यो/

          आज राज तन्त्र प्रति असन्तुस्ट भएको जनतालाई साथ् लिएर एक राजाको राजतन्त्र हटाएर हजार राजाको लुट तन्त्र चलाउनेहरुलाई बन्द गर्नु पर्यो/ प्रजातन्त्र अपर्याप्त भयो लोक तन्त्र हुनु पर्छ भनि टिके प्रधान मन्त्रि टिके उप प्रधान मन्त्रि टिके मन्त्रि लादेर तानाशाही सरकार चलाउने अनि टिके सभासदहरुले संबिधान सभामा चुनेको सभासदहरुलाई अल्पमतमा पार्ने हरुलाई बन्द गर्नु पर्यो/ यो बन्द जनताले गर्न सक्छन/ यस्तो बन्द भएमा यी दलहरुको भुँडी सक्छन/ यस्तो बन्दमा यी दलहरुले सहमति गर्दैमा बन्देज लाग्न सक्दैन/ बन्देज लगाए त्यो बन्देज्लायिनै बन्द गर्नु पर्छ/

          लोक तन्त्र मा प्रहरी पंगु हुन्छ भने न्याय गर्ने न्यायेलाये अपांग गरिन्छ भने देस को नागरिकहरु लाई यो राज्यमा बस्न नपाईने भनि बन्देज लगाईन्छ भने, नुन तेल लिन सजिलो बनाउन भनि खुला गरिएको सिमा बात बन्दुक बोकेका अपराधीले हाम्रो घर दैलो मा आएर हामीलाई मार्छ भने यो लोक तन्त्रको नारा बक्ने देस द्रोही जान द्रोही लोक द्रोही नेताहरुको मुख्नै बन्द गर्नु पर्यो/

          यिनीहरुले आफुले बन्द नगर्ने भनेर गरेको सहमति ले उनीहरुको कुकृत्यको बिरोध मा जनताले उनीहरुलाई बन्द गर्ने अधिकार मा बन्देज लाग्न सक्छ?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RaJ

      हाहा कस्तो रमाइलो जोक ,
      नेपाली जनताहरु अझ पने तेयो नेता को कुरो सुन्ने ?
      बेगत मा तेने हरु ले के के बोले को यक पटक सम्झाम साथी हो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • NARAYAN

      मलाई त बिस्वाश नै लागेको छै न बन्द न होला भनेर र यो चै पशीम बाट घाम उदाय जस्तो छ नि ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Durga Adhikari

      साथीहरुहो यी बेबकुफहरुको कुरामा केहि पनि विश्वास गर्न सकिदैन नत्र भने यिनीहरुले नै दुइ वर्ष भित्र संबिधान बनौछु भनेर हामीसंग भोट लियर सत्तामा गयका हैनन् र? आज हेर्नुस त यिनीहरुले जनतालाई झुलायाको, यहि हो यिनीहरुले जनतालाई दियको नया नेपाल? यिनीहरुले हडताल गर्दिन भन्नु र कुकुरले फोहर खान्न भन्नु यकै हो जस्तो लाग्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nana

      बन्द लाई बन्द गर्ने बन्द कर्ता को बन्द पर्तिको अभियान स्वागत योग्य छ. तर एक वर्ष मात्र किन र सधै लाई यो बन्द बन्द गरौ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • पुष्प

      समाचार त सकारात्मक हो । तर मलाई किन-किन मनमनै हाँसो पो उठिरहेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

      • Luna

        पुष्प जी !
        त्यस्तो के कुरा सोच्नु भयो र मन मनै हास्नु भो ?
        यस्तो सिरियस कुरामा त्यस्तो के छ र हास्नु भो ?

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • ram prashad

      बन्द न गरेर येनिहरु को खान हज़म होला त,१ वर्ष बन्द नभए त सबै नेता हरु न्य्स्रेयेरा मर्चन.१ वर्ष को लागि ब्रेअक गर्नु को सत्ता अब सन्धी को लागि बन्द गर्दैनम भन्न सक्दैनन् फटाहा हरुले.सबै पार्टी त सरकार मा पुगिसकेको छ अनि एकदिन को बन्द ले के हुन्छ देश लै कति घाटा हुन्छ ठ छैन ति चोर हरुलाई.यी सबै पार्टी लै बहिस्कार गरेर नया खाले संरचना बनाउनु पर्ने हो,खै सुतेका जनता लै कसले तताउने हो,मा राजनीति मा केही वर्ष पछि औंचु अनि सबै लै तह लौन्चु.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lekharam sapkota

      यसो गरे त निकै राम्रो नि ! तर मलाई भने शंका छ !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Sasang Lama NY

      बन्दको बेला भएको धनजनको क्षति पूर्ति बन्द आब्वाहनकर्ता राजनीतिक पार्टीले बेहोर्नु पर्ने दह्रो कानुन बनाउने र अटेरी गरि नतिरे निर्वाचनताका त्यस्ता पार्टीलाई क्षतिपूर्ति नतिरुन्जेल निर्वाचन आयोगमा पार्टी दर्ता हुन नपाउने व्यवस्था गर्ने र बन्द गरेर जनजीवन बिथोल्ने तत्वका विरुद्व नागरिक समाजले मुद्दा हाल्ने | बन्दलाई बन्द गर्न बन्दकर्ताहरुलाई गरिआएको समर्थनलाई बन्द गर्नु पर्दछ |

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • shuvash aryal

      बल्ल भने आनन्दको सास फेर्न पाइने भैयो जस्तो छ | अबका दिनमा पनि यस्तै शुभ समाचार सुन्न पाईयोश |यो सकारात्मक समाचार नेपाल विकासको निम्ति सुनौलो अवसर, अभियान बनोस | शान्ति होस् यहि छ कामना …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Arun Kandel

      राम्रो राम्रो अति राम्रो !! ल ल हेर्दै जाउँ के के हुन्छ ! यिनीहरुको कुरा पत्याउनै गारो !!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • सुबोध भट्टराई

      माओबादीले बन्द नगर्ने तर वाई. शी. एल ले बन्द चाँही गर्ने, होईन?

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • himendra

      ………पर्यटन व्यवसायलाई प्रभावित बनाउने बन्द हड्ताललगायतका कार्यहरु नगर्ने प्रतिबद्धता जनाएका छन्……………(कान्तिपुर)

      भनेपछि, ५-तारे होटेल, टुरिस्ट बस, विमानस्थल, हरु बन्द नहुने भयो……

      त्यसबाहेक का, स्कुल, कलेज, अस्पताल, सार्बजनिक सबारी, किराना पसलहरु, अफिस हरु, संबिधान सभा, लगायतका चाही बन्द गर्न पाउने….होइन त ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Jillabashi Baburam

      राम्रो खबर!
      हेरौं, ढाँटको निम्तो – खाई पत्याउँदो!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

      • Sasang Lama NY

        जिल्लाबासी ! यस्तो उखान टुक्का त सुनेकै थिइन | पश्चिमतिर प्रयोग हुन्छ कि ? पूर्वतिर कहिल्यै सुनिएन |

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • द्रोण

      येसो हलानी
      १)कांग्रेस ले बन्द न गर्ने —तरुण दल ले चै गर्ने
      २) एमाले ले बन्द न गर्ने—युथ फोर्स ले गर्ने
      ३)मावोबादी ले न गर्ने –बाइ सी यल ले गर्ने

      यो खोल्ने बन्द गर्ने काम पालेको हो | नेताहरु त् दिल्लीको चाकडीमा , सुद को चाकडीमा जानुपर्यो |तेसैले यो विकेन्द्रीकरण गरेको हो |

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • Pranay

      खुशी लाग्यो । अब कार्यान्वायन पक्ष्य हेरौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • jeevan

      यसरी नै देश बिकासका हरेक कुरामा हाम्रा नेताहरु सहमत भए हाम्रो देश अमेरिका, जापान जस्तो हुन कति वर्ष पो लाग्छ र?यो भने राम्रो निर्णय भएछ . यस्तो निर्णय लाइ जनताले स्वागत गर्नेछन .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • Rohini

      यसरी नै देश बिकासका हरेक कुरामा हाम्रा नेताहरु सहमत भए हाम्रो देश अमेरिका, जापान जस्तो हुन कति वर्ष पो लाग्छ र? खाचो छ त दृढ विश्वास र प्रतिबद्दताको /

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • Dev From Doha

      यो भने राम्रो निर्णय भएछ . यस्तो निर्णय लाइ जनताले स्वागत गर्नेछन .

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • अति राम्रो खबर ,, यति भय पनि देश बिकाश हुन निकही सहयोग हुन्छ । अब सबै कुरामा यसरि नै मिल्दै जानु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • kesu

      राम्रो सुरुवात कागत मा सहि गर्ने तर कर्याँवोयाना नगर्ने हाम्रा नेता को बनि छ तैपनि आसबादी बनौ.
      बिगत १०/१२ वर्ष को इतिहास हेर्ने हो भने आधा जसो समय बन्द मा बित्यो होला.
      उदाहर्ण को लागि १ दिन बन्द हुँदा: मानौ २ करोड ८० लाख मा ४० लाख ले काम गर्लान.हिसाब गर्दा, दिन को NRS २५०(average) ले हिसाब गर्दा नि
      4000000×250= 1000000000/- एक अरब,
      उधोग हरु को उत्पादन को छुटै हिसाब.
      कम्तिमा पनि २ देखि ३ अरब प्रतिदिन घाटा होला (यो हिसाब उदाहर्ण को लागि मात्र हो है )
      नेता हरु को दिमाख मा केहि गुदी छ भने त एस्तो काम कहिले पनि नगर्नु पर्ने नि तर के गर्ने तेही नेपाल बन्द, कल्कर्रखाना बन्द, यातायात बन्द गर्ने हरु आज महान क्रान्तिकारी बनेर सबैभन्दा ठुलो दल बनेको छन् नेपाल को नियति नै येस्तई रहेछ.
      जय नेपाल.

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 3

      • Bhimsen Limbu

        हाइ केसुजी ! होली पर्वको शुभ कामना । साथै सबैमा सुख, समृद्धि र प्रगतिको शुभकामना । अनि केसुजी होली त पक्कै खेल्नुहुन्छ होला, साथीहरुसँग मिलेर । तपाइँबाट हरदम घिनाइएका महान‍ क्रान्तिकारीहरु त त्यता पनि रहेछन् । उनीहरुलाइ चाहिँ दल्न पाए कस्तो रङ्ग दल्नु हुन्छ होला ? अन्तर्मनको उत्कट चाह खोल्न मिल्ला ?

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

        • Pradhan

          नमस्कार लिम्बुजी

          हो यहाँ ति नेपाली क्रान्तिकारी हरु टन्न छन्, तर आजकल ऊनी हरु क्रान्तिकारी होइन महान पूंजी पति भएका छन् | तपाई हामि बाट लुटेर लागेको धन को प्रयोग गरेर|

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • krishna (Maryland, USA)

      कुरा एकदम सकारात्मक हो / यी दल हरुले राष्ट्रिय सवाल हरुमा यसरि नै एक पछि अर्को गर्दै सहमति कायम गर्दै र सो को इमान्दारी पूर्वक पालना गर्दै जाने हो भने त नयाँ नेपाल कसो नबन्ला हौ ? तर यिनेर्का भात्री संगठन ले त सहमति गर्या हैनन् / बन्द नहोला भन्न सकिन्न / तै एक बर्ष थामियो भने त्यस पछि यिनीहरुले बन्द गर्न बिर्सन्थे कि त ? एक पल्ट हासौं कि ? हा हा हा हा हा /

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

    • magardilip

      यो भन्दा राम्रो समाचार के हुन सक्छ र ……………बल्ल नेताहरुको घैटो मा घाम लागेछ नेपाल मा अब केहि हुन्छ कि ??

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 8

    • kailash shrestha

      एक महिना टिक्यो भने पनि धेरै राम्रो

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 8

      • Luna

        ” नेपाल बन्द गर्न नपाउने ” निर्णय लाइ सफल बनाउन सकियला ?
        के ले – कुन तत्व ले बाधक बनाउने छ यो सकारात्मक कार्यलाई सफल हुन् नदिन ?
        ” बन्द ” किन हुन्छ ? उत्तर यहि हो ” माग ” पूरा गराउनको लागि ” बन्द – हड्ताल ” कार्यक्रम हुन्छ .
        के अबका दिनमा बिभिन्न पार्टी – कर्माचारी आदिले ” माग ” राख्नु पर्ने दिन औदैना र ?
        औछ नै , पक्का आउछ , समस्या उस्तै नै हो , मुलुक हाक्ने मान्छे उही नै हुन् – -
        त्यसो हो भने यस्तो परिस्थिति मा के गर्ने त ? माग राख्नु पर्ने स्थिति मा के गर्ने त ?
        मुलुक र सर्ब साधारण लाइ हानि – नोक्सानी नपुग्ने गरि , बाताबरण – भौतिक बस्तुलाई छेती नपुग्ने गरि ” माग – आन्दोलन ” आदिका उपाय हरु अपनाइनु पर्छा .
        त्यसको लागि इमान्दारी पूर्बक ब्यापक छलफल – गृहकार्य हुनु पर्छा जिम्मेबार बर्ग बाट
        .
        कामना गरौ सर्बसाधारण ले त्राण पाउन बन्द को मार् बाट .
        बन्द बाट हुने आर्थिक मार् बाट मुलुकले त्राण पाओस .
        जिर्ण नेपाल आमाको मुहार फेरिने दिन आओस !

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

        • madan bajracharya

          लुना जी
          एसको आशय के हो त्यो बुझ्नुस न पहिला/ कुन परिस्थितिमा यो निर्णय गरे किन गरे कुरा भित्र पहाड लुकाएको छ/ बन्द गर्ने उनीहरुनै हुन्/ जनताले बन्द को आव्हान गरेको कहिले छैन/ उनीहरुको यो सहमति भित्र के कुरा लुकाएको छ त्यो बुझे यो सहमति गरेकै समय यो भंग भईसकेको अनुमान गरे हुन्छ/ पर्यटक भित्राउन परयेटन गर्न सकिने बाताबरण मात्र बन्द नभएर हुने होयिन/ देसमा जनता बाच्न मुस्किल भई रहेको छ लोड सेदिंग को त्यो महामारी छ/ बैदेशिक पर्येतन भन्दा पहिला आन्तरिक पर्येतन गर्न सकिने अबस्था बनाउनु पर्ने/ तराईमा अरु नेपाली बिस्थापित गर्ने काम निरन्तर भईनै रहेको छ/ तराई बात भागायियेका पहाडी भनेको नेपालीहरु खल्तीमा सुको नभएको पर्यटक बन्दै जिल्ला जिल्ला भौंतारिरहेको छ/ देश भित्र देश बाशी बिस्थापित भएको ब्यबस्थित नगर्ने ले २० लाख परयेतक भित्राउन भनि बन्द नगर्ने भनेको त्…….., अब अहिले सम्म बन्द गरि आउनेहरुको बिरोधमा जनताले बन्द गर्न नाथालुन भनेको मात्रै हो/

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

        • Raj Kapoor Jung Thapa,USA

          सकिन्छ लुना जी ,
          यी नेताहरु सबैलाइ एकैपटक माथि पुर्याउन एदी शकियो भने नेपाल पनि सधैको लागि बन्दमुक्त गराउन सकिन्छहोला शयाद.
          जय देश

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • kailash shrestha

      हेरौ
      बन्द तोड्न चै को चाडो हुदो रहेछ.
      सबै लै थाहा छ कि यौ सम्भव छैन भनेर

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 25

      • तेज प्रसाद अधिकारी

        असम्भब भन्ने कुरा के नै छ र मित्र ?? सर्त येत्ति हो कि त्यो साचो मन ले गरिनु पर्दछ / साचो मन ले यी सबै दल मिलेर व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय स्वार्थ को निम्ति मरिमेट्ने हो भने समुन्नत र शान्त नया नेपाल कत्ति टाढाको कुरा हो र ??

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 7

        • shreesh thapa

          बन्दलाई बन्द गर्न प्रयास धेरै राम्रो हो तेज जी असम्भब भन्ने केहि हुदैन भन्नुभएको छ तर असम्भबलाई चरितार्थ बनाई छाड्छन यी देशको आन्द्रा भुडी लुछी लुछी खान पल्केका नेताबादी हरुले….हेर्दै जानुस यो मेरो ठोकुवा हो आशा गरौ यस्तो नहोस ……….

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 11

        • Sasang Lama NY

          तेजजीको कुरोमाथि मैले पनि ल्याप्चे लगाएँ है | निर्बिकल्प भनिएको पंचायती व्यवस्था अन्त्य भयो, एकताको प्रतीक भनिएको राजतन्त्र गुल्टियो भनेपछि जनजीवन नै बिथोल्ने बन्दको पनि अन्त्य भएरै छाडछ| जनता मात्र होइन स्वयम बन्दकर्ताहरु नै यो कामदेखि वाक्क दिक्क भएका छन् | कमल थापा धरीले बन्द गरेपछि बन्दले पराकाष्ठ नाघेन त ?

          मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

      • Raj Kapoor Jung Thapa,

        नेपाली राजनैतिक क्षेत्रको नेताहरु सबैको एकै चिहान बनाउन पाए त नेपाल सधै को लागि बन्दमुक्त शायद हुन्थ्यो कि ???
        लाज पनि नभएका कुकुरहरु के के न गरेको जस्तो एक वर्ष बन्द मुक्त रे, खुब गर्ने भए सन्सार मै कशैले नगरेको काम गर्ने भए…!!
        जय देश

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

      • madan bajracharya

        कैलाश जी
        बन्द त् तोडिसके नि/ अहिले हेर्नुस त् यो बन्द नगर्ने सहमति गरेकै दिनमा कति जिल्लामा बन्द गरेका छन् यिनीहरुले/ बन्द गर्नु नपर्ने गर्न प्रहरी प्रशासन र न्यायिक निकाएले अपराधीलाई सजाए दिन्छन भनि जनता लाई बिस्वाश दिन सक्नु पर्छ/ बन्द यी दलहरुले मात्रै गर्ने त् होयिन/ बन्द को अर्थ बिरोध हो/ यो कसैले पनि गर्न सक्छन/ बन्द नगर्ने भनि यी दलहरुले गरेको सहमति त् चोर को खुट्टा काट भन्दा खुट्टा उचाल्ने जमातको सहमति मात्रै हो/ बन्द गर्ने अधिकार यिनीहरुले मात्रै पाएको त् होयिन/ न्याय नपाए म तपाईं सबैले बन्द बा बिरोध गर्न सकिन्छ/ अहिले भर्खरै जनकपुरमा प्रहरीकै अगाडी अरुण सिन्हानिया जस्तो प्रतिष्ठित मिडिया ब्यक्तिवोको हत्या गरि भागे/ प्रहरीले पछ्यायानन तिनीहरुलाई/ पहिला भाग्न दिए/ अब खोज्दै छन्/ कसरि खोज्छन प्रहरीले सिमा पारि जान सक्दैनन्/ अब के गर्ने बन्द बा बिरोध गर्न नपाउने? एस्तो दुस्कर्म लाई नियेंत्रण गर्न नसकेकोमा जनताले केहि त् गर्ने पर्छ? त्यो जनकपुर बन्द पनि हुन् सक्छ, छक्का जाम पनि हुन् सक्छ, घेराउ पनि हुन् सक्छ र चरमसीमामा जनताले कानुन पनि आफ्नो हातमा लिन सक्छ/ के गर्ने त् प्रहरी सबल हुने सकेन देसमा/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • बन्द त २०११ भ्रमण वर्षमा पो नगर्ने भनेको त। खबर लेख्दा प्रष्ट नभएको हो कि बुझाइमा गल्ती भएको ?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker