
नेपाल र अमेरिकाबीच आज टियुको ग्राउन्डमा क्रिकेट भएको थियो- आईसीसी वर्ल्ड कप डिभिजन ५ अन्तर्गत लिग चरणको अन्तिम खेल। अमेरिकालाई नेपालले अरु कुनै कुरामा जित्न नसक्ला, तर क्रिकेटमा त पक्कै जित्छ भन्ने उत्साहका साथ चन्द्र सूर्य फहराएर ठूलो संख्यामा नेपाली दर्शकहरु त्यहाँ पुगेका थिए। तर नेपालले अमेरिकालाई जित्न सकेन। सुरुका चार वटै खेलमा जिते पनि यो खेलमा नेपालले आशा गरे अनुरुप प्रदर्शन गर्न सकेन। नेपालको पराजय निश्चित भएपछि मैदानमा पुगेका दर्शकहरुले निराशामा ढुंगा र बोतल खेलाडीमाथि प्रहार गरे। खेल केही समय रोकियो समेत। खेललाई खेल भावनाका रुपमा नलिई निराशामा ढुंगामुढा गर्ने दर्शकहरु जति खराब थिए, त्यति नै खराब थियो म्याचको लाइभ टेलिकास्ट गरिरहेको एनटिभी २ का उद्घोषकहरु, जसले बारम्बार नेपाल डिभिजन ४ मा प्रवेश गर्न असफल भएको बताइरहेका थिए। त्यति मात्र हो र, अब “भोलि फाइनल खेल सिंगापुर र अमेरिकाबीच हुनेछ, त्यसको प्रत्यक्ष प्रसारण यही टिभीमा भोलि बिहान ८५० देखि गर्नेछौँ हेर्न नभुल्नु होला” भन्दै थिए। वास्तवमा त्यो साँचो थिएन।
क्रिकेटका जटिल नियमहरु बारे ज्ञान नभए पनि क्रिकइन्फो डट कममा रनरेट हेर्दा नेपालको रन औसत बढी नै देखिएको थियो सिंगापुरभन्दा। त्यो हुँदाहुँदै पनि कसरी नेपाल फाइनलबाट बाहिरियो, बुझ्नै गाह्रो। होला, त्यस्तै केही अर्कै नियम। नत्र एनटिभी जस्तो क्रिकेट कमेन्टेटरहरुले झुठो बताउलान् र जस्तो लाग्थ्यो।
चारै खेल जितेर लिगको अन्तिम खेलमा पराजय भोग्दैमा प्रतियोगिताबाटै बाहिरिने कस्तो दुर्भाग्य सहनु परेको हो नेपालले जस्तो लागिरहेको थियो। मलाई मात्र हैन, त्यो प्रत्यक्ष प्रसारण हेर्ने सबैलाई त्यस्तै लागेको हुनुपर्छ।
-प्रतियोगिता अवधि कै फेभरेट टिम नेपाल फाइनलमा प्रवेश गर्न सकेन
-नेपाली क्रिकेटका लागि एक दुःखद दिन
-फाइनलका लागि ढोका खुलिसकेको अवस्थामा पनि नेपाल ढोकाभित्र प्रवेश गर्न सकेन
यस्तै भनिरहेका थिए उद्घोषकहरु। तर पछि पो थाहा भयो देश भर र स्याटेलाइटमार्फत् विदेशमा पनि प्रत्यक्ष प्रसारण हेरिरहेका लाखौँ दर्शकलाई एनटिभी २ ले झुठो समाचार सम्प्रेषण गरेको रहेछ। वास्तवमा नेपाल रनरेटमा सिंगापुरभन्दा अगाडि नै रहेछ। अमेरिका, सिंगापुर र हाम्रो देश तीनै टिमले पाँच खेल खेलेकोमा चार जित र एक हार व्यहोरेर ८ अंक पाएको थियो। अमेरिकाको रनरेट +१.३७१ नेपालको +१.३५१ र सिंगापुरको +१.३४७ थियो। त्यतिबेला आइसीसीले यसको आधिकारिक घोषणा गर्न बाँकी थियो। तर एनटिभी २ ले किन र कुन आधारमा नेपाल बाहिरियो भनेर भनेको होला? अचम्मै छ। नेपाल फाइनल प्रवेश गर्छ कि गर्दैन त्यसबारे आइसीसीको निर्णय कुर्न बाँकी छ भनेको भए पो हुन्थ्यो त। एनटिभी २ ले त सीधै नेपाल बाहिरियो भनेको छ। यसो भन्न पाइन्छ र भन्या? अब भोलि उसले क्षमा माग्नु पर्दैन ?
तीतो सत्य के पनि हो भने यदि दर्शकहरुले ढुंगामुढा नगरेको भए नेपालको रनरेट औसत सिंगापुरभन्दा कम हुनसक्ने संभावना थियो। यही संभावनाको विषयलाई लिएर सिंगापुरले प्रोटेस्ट गरेको थियो आईसीसीमा। यसका कारण अलि ढिलो गरी आइसीसीले निर्णय दियो- अमेरिका र नेपाल फाइनलमा पुग्ने भनेर। बसन्त रेग्मीको ३२ औँ ओभरमा अमेरिकी खेलाडी सुशीलकुमारले लगातार तीन छक्का प्रहार गरेपछि दर्शकले पानीका बोतल मैदानमा फ्याँकेका थिए। दर्शक कै कारण खेल रोकियो। खेल पुनः सुरु हुँदा डकवर्थ लुइस नियम अनुसार अमेरिकालाई नयाँ लक्ष्य दिइयो ४७ ओभरमा १५७ रनको। नत्र ५० ओभरमा १६३ रनको लक्ष्य थियो। नयाँ लक्ष्य उसले ७५ बलको खेल बाँकी छँदै प्राप्त गर्यो। ७७ बलको खेल बाँकी छँदै अमेरिकाले त्यसो गरेको भए नेपालको ठाउँमा सिंगापुर फाइनलमा पुग्थ्यो। चार खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि एउटा मात्र खेल गुमाउँदा बाहिरिनुपर्ने स्थितिलाई दर्शकको ढुंगामुढा कै बलमा विवादास्पद रुपमा फाइनलमा पुग्दै नेपाल डिभिजन ४ मा बढुवा त भयो, तर छवि भने धुमिलियो। झन् धुमिलियो लाइभ टेलिकास्ट गर्ने नेपालको सरकारी राष्ट्रिय मिडियाको छवि पनि।
No related posts.









…….soon after it was said that Nepal were disqualified …..Television cannot be blamed for this……………It is clearly written in article above that the ICC gave decision about Nepal’s qualification late after the match…..
मन परे हरियो, नपरे रातो
0
0
आब नेपाल मा पैसा को खेल
हुदैछ पत्रकार पनि पैसा मा डुब्दै छन
मन परे हरियो, नपरे रातो
1
0
खै के भन्नु ???? हामी नेपाली हरु स्वभावैले जंगली जस्ता छौ, हामी संग हार स्वीकार गर्ने छेमता पनि छैन. हामी हरु पछाडी पर्नु को मुक्ख्य कुरा पनि यहि हो. आफ्नो बिजेत आफैले के गर्नु, अलिकति सभ्य बन्नु पर्ने हो कि अब त ??????????
मन परे हरियो, नपरे रातो
0
0
The commentators made a well educated guess. Even Tony Greig and Gavaskar would have said so.,..USA needed to reach the target by 38 overs to be ahead of Nepal and singapore in net runrate,..that would decrease Nepal’s runrate by +1.25-1.3, keep in mind that Singapore were already in +1.347..It was so obvious that Nepal was out of game. At 32 overs,..they needed only 13 runs with well enough 36 balls (to make it to 38 overs).., I did calculations from the cricinfo point table box. I won’t blame the commentators..,..Please try to do some research before making any conclusion..
मन परे हरियो, नपरे रातो
0
0
First of all, guessing is not applicable when it comes to cricket. we have seen enough matches to know that in cricket, guessing is would be the last thing that one would do, especially when you are airing live from national telivision. How on earth can anyone speak on live TV such confidently, shame on them…..
They could have said “the most probables teams to play the final are USA and Singapore and we will be broadcasting the final live on this TV right here..” Instead,while ICC was not sure of the winner, our commentators took a step forward and declared the winner on LIVE TV…It is not only mistake, but also huge blow to the criket sentiment of Nepali Cricket lovers.
So, forget Tony Greig and Sunil Gavaskar. I dont think its fair to compare the giants of commentators with our amazingly unprofessional and unbelievely reckless commentator
मन परे हरियो, नपरे रातो
1
1
हामी नेपाली हरु यसमा ठुलो गर्व गर्छौ की नेपाली क्रिकेट टिम ले विजयको खुड्किला अगाडी बढाउदै छ हामी सबै को चाहना र साथ सदैब हुनेछ साहस को यो यात्रा कहिले टुंगिने छैन शुभकामना नेपाली क्रिकेट टिमलाई………अनि के भाको त्यो सरकारी च्यानल को मान्छे
हुन्छ्नी
मन परे हरियो, नपरे रातो
0
0
हामी नेपाली हरु यसमा ठुलो गर्व गर्छौ की नेपाली क्रिकेट टिम ले विजयको खुड्किला अगाडी बढाउदै छ हामी सबै को चाहना र साथ सदैब हुनेछ साहस को यो यात्रा कहिले टुंगिने छैन शुभकामना नेपाली क्रिकेट टिमलाई………
मन परे हरियो, नपरे रातो
1
0
नेपाल को ढुंगा मुढा हान्ने संस्कृतिले नेपाल लै अहिले चाही फाइदा पुगेकै हो/ यसै गरि पिचको बिचैमा टायर बालेर नेपालीलै वोर्ल्ड कपमा नै पनि पुर्याउन बेर छैन/ अब डिविजन ४ मा इटाली मा पनि नेपाली हरुलाई टायर सहित लानु पर्ने भएको छ/
मन परे हरियो, नपरे रातो
1
1
Can any body upload some videos of the game in youtube!! It would be nice!
मन परे हरियो, नपरे रातो
1
0
this is nepal and it’s normal
मन परे हरियो, नपरे रातो
0
3
नेपाललाई फाइनलमा पुर्याउने काम उपद्रो मच्च्याउने दर्शकले गरे .दर्शकले उपद्रो नगरेको भए खेलमा डकवर्थ लेबिस नियम लागु हुने थिएन.दर्शक को उपद्रो नेपालको लागि सानको कुरा भयो ,साच्ची मैदान मा दर्शक ले ढुंगा मुढा नगरेको भए नेपाली टिम डिभिजन ४ मा अनि फाइनल मा प्रवेश गर्न पाउदैन थियो रे ,धन्यवाद त दिने पर्योम जस्ता मुर्ख दर्शक लाई,
मन परे हरियो, नपरे रातो
0
2
नेपाली टिम ले चलाखी गरेचन./ डुंगा मुदा गर्न लगाए पछी ओवर घट्यो र नेपाल को रण रेट बढ्यो./ येहा माकुने प्रबिती देखियो किनकि हारेर पनि जितियो / हावा , हुरी बतास एता ठिकै हो तर डुंगा मुदा गरेर फिनल मा जानु अल्ली बियेजेती हू../ जे होस् नेपाली तिम्लाई बधाई छ २०१५ साल को विषव कप को लागि..
एक कुरो भुझ्ना सकिन मैले के भने नेपाल ले ४ म्याच जित्यो , सिंगापुर लाइ पनि जित्यो अनि अमेरिका सित मात्र हर्दा कसरि सिन्गपूरे फिनल मा जन्चन../ अलि खेल को नियम नमिले जस्तो लाग्यो./ माकुने प्रधान मन्त्रि भय जसओ लग्यो..
डुंगा मुदा गर्नु पनि ठिकै हो नेपाल ले किनकि चारवटी टिम लाइ जित्दा पनि कसरि नेपाल तेस्रो हुन्छ हो../ संसार मा कहिँ नभएको नियम…..
मन परे हरियो, नपरे रातो
0
2
ल है फैनालमा अमेरिकालाई चिरिप्प पारेर झिरिप्प हुने हो.फेरी दर्शकले माफती पाए भन्दैमा ढुंगा मुढ़ा गर्ने होइन नि त्यहा भन्दै छु म.अनि NTV ले पनि तातो छारो जे पायो तेहि बोलने होइन.प्वाक्क मुख्वा हान्नु जस्तो.
मन परे हरियो, नपरे रातो
7
1
I think the commentators made a well educated guess. While the game was on during 25-26 overs, it looked like the game could be over in 33-34 over. USA needed to get the target within 38 overs in order to maintain their net runrate ahead of Singapore and Nepal. This would also decrease Nepal’s net runrate near to +1.29 ( Singapore already with +1.347). I did the calculation myself from the cricinfo score table, Singapore and USA looked very comfortable in top 2 position. There was no way that the game would last 38 overs,..i.e. 13 runs to win…they still have 36 balls..( at 32 over)…, Tony Greig or Sunil Gavaskar would have said the same..
मन परे हरियो, नपरे रातो
2
1
@Crickermania,
First of all, guessing is not applicable when it comes to cricket. we have seen enough matches to know that in cricket, guessing is would be the last thing that one would do, especially when you are airing live from national telivision. How on earth can anyone speak on live TV such confidently, shame on them…..
They could have said “the most probables teams to play the final are USA and Singapore and we will be broadcasting the final live on this TV right here..” Instead,while ICC was not sure of the winner, our commentators took a step forward and declared the winner on LIVE TV…It is not only mistake, but also huge blow to the criket sentiment of Nepali Cricket lovers.
So, forget Tony Greig and Sunil Gavaskar. I dont think its fair to compare the giants of commentators with our amazingly unprofessional and unbelievely reckless commentators.
मन परे हरियो, नपरे रातो
2
0
यो आफै मा खुसि को कुरा हो सम्पूर्ण नेपाली को लागि आउने फिनल गमे को लागि नेपाली क्रिकेट टिम लै शुभकामना दिन चाहन्छु.
मन परे हरियो, नपरे रातो
1
0
नेपालि मिडिया ले सहि समाचार प्रबाह गर्न तिर जोड दिनु पर्छ |नत्र त् इन्डियन च्यानल र नेपालि मा के फरक रह्यो र ?
मन परे हरियो, नपरे रातो
4
0
Integrity, and modesty is infinitely more valuable than outcome/result(Nepal being the owner or in any other position). We should respect the ability of any teams no matter where they are from. Its time we Nepali should be shameful over our misbehavior and culminate some good moral and ethical values. This definitely helps us become good people, even more get respect from other nations.
Shame on you all who tried to disrupt the cricket game with the intention that Nepal would won’t win it.
मन परे हरियो, नपरे रातो
2
0
Can we watch the final on line? If so, which site?
मन परे हरियो, नपरे रातो
1
0
I guess we are so used to with these kind of disgraceful act ..I don’t know as if we have learned it as if this is only way to show our frustration… look at everywhere.. I mean there are ways to show our frustraion.. we can express it through blog like my sansar..commnet on news that is published on web sites..share with friends… Why we are so ugly… is this what we learned from our school??? I feel so ashamed with these kind of act… we always want everything by violence…If this is best way then why we fail..why we fail after so many bandhs, so many strike.. Lets learn to enjoy the game and lets learn to support our players in no matter if they win and lose coz we love our team and no doubt they are the best for us..we all know we have some flaws in batting…but we can improve..I am always with my team and will cheer them when they win..and will support to perform better in coming matches even if they lost…go nepal…
मन परे हरियो, नपरे रातो
2
1
Does anybody know under what circumstances Nepal will qualify for World Cup 2015, none of the newswriters has explained it properly. Each time, I go through the news and get disappointed.
Please help
मन परे हरियो, नपरे रातो
3
0
The way to World Cup 2015 is still long and tough. Now, Nepal will be playing against the teams that are in Division 4, later this year. Top two countries would be promoted to division 3. Games on division 3 would also be later this year, after division 4 matches. Two countries who top division 3 would be able to promoted to Division 2. Top four team in division 2 would be promoted to World Cup qualifier; or a team could get in division 1 and be in the qualifier. Then top four teams (out of teams in division 1, 4 top teams in division 2 and top two teams in division 3) would be qualified for the World Cup Cricket 2015. For more information you can got to: http://www.cricinfo.com/wcl/content/story/450113.html and look at the division on top, right below the banner. Hope this helps you!
Ramesh, Berea, KY, USA
मन परे हरियो, नपरे रातो
8
0
Thanks Ramesh ji
मन परे हरियो, नपरे रातो
2
1
Your’re welcome. For more details, you can go to ICC link: http://static.icc-cricket.yahoo.net/ugc/documents/DOC_FC76BBA747D008D3444576F57AF29483_1265193424118_436.pdf
Ramesh, Berea, KY, USA
मन परे हरियो, नपरे रातो
0
0
तिन महिने उद्घोषकको क्लास लिएको तियो होला नि बिचरा ले /// स्टुडियोमा भएको भए स्क्रिप्ट हुन्थ्यो, गल्ति भए फेरी रि-ट्येक हुन्थ्यो,///अनि त
प्रतक्ष्य प्रशारण गरेको रहेछ के बोल्ने- के नबोल्ने भयो होला ////
मन परे हरियो, नपरे रातो
5
5
राजनैतिक नियुक्तिको ज्वलन्त उदाहरण ! चुनाबमा मत गन्ने हरुलाई उदघोसक बनाएपछि एस्तै हुन्छ ! दुइ दुइ ठाउँ बाट हारेका प्रधान मन्त्रि र अन्य मन्त्रीको चाकडी बाट जागिर पाएकोले के थाहा खेल र चुनाब फरक चिज हो !, चुनाब मा हारेपछि हारियो, तर खेलमा एउटा खेल हार्दैमा सकिदैन अरु प्राबिधिक मापदण्ड पनि हुन्छन भन्ने कुरा !
बधाई छ नेपाली खेलाडीलाई शुभ कामना छ स्वर्णिम भबिस्यको लागि !!
मन परे हरियो, नपरे रातो
4
9
ल बधाई छ साथी हरु, खस् गरि क्रिकेट प्रेमी साथी हरुलाई ,
अमेरिकासँग आजको खेलमा ५ विकेटले पराजित भए पनि राम्रो रनरेटको आधारमा नेपाल डिभिजन ४ मा प्रवेश गर्न सफल भएको छ। +१.३७१ रनरेट भएको अमेरिका पहिलो भएको छ भने भने नेपालको +१.३५१ रहेको छ। सिंगापुरको रनरेट +१.३४७ मात्र छ। परिणाम बारे सिंगापुरले निवेदन दिएपछि केही ढिला गरी आइसीसीले नेपाल डिभिजन ४ मा पुगेको निर्णय दिएको हो।
मन परे हरियो, नपरे रातो
3
1
लौ है, नेपाल फाइनलमा पुगेछ ! बधाई हामीसबैलाइ! अनि धन्यबाद सालोक्यजी र धेरै पाठकहरुलाइ जो अझै पनि नेपाल नै फाइनलमा पुग्छ भन्ने अध्यायनमा आधारित तथ्य दिदैहुनुहुन्थ्यो.
मन परे हरियो, नपरे रातो
1
4
के गर्ने नेपाली मिडियाको गलती भन्दा पनि सम्बंधित विसयमा ज्ञान नाभयका पत्रकारको कारन एस्तो भाको हो अब मिडिया ले पनि राम्रो खेल को पत्रकारलाई निउक्ति गर्नु पर्छ
मन परे हरियो, नपरे रातो
5
4
नेपाल का मेडिया को के कुरा गर्ने.
सम्पूर्ण खेलाडी, कोच र खेल प्रेमी लाइ बधाई, अब फाइनल मा नेपाल ले अमेरिका संग बदला लिनु पर्छा.
नेपाली दर्शक को खेलभावना बिरोधि क्रियाकलाप ले सबै लाइ लज्जित बनायो.
जय नेपाल.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
5
टेलिभिजन जस्तो सम्बेदनशील मिडिया ले एस्तो गैरजिम्मेबरी र भ्रमपूर्ण समाचार प्रसारण गर्छ भने अरु मिडिया ( जस्तै पत्रिकाहरु ) को के हालत होला नेपालमा ? महाभारत पुराणमा कति पर्ब हुन्छ भन्ने थाहा नहुनेले पुरेत्याई गरेपछि ” इदम पनि स्वाहा उदम पनि स्वाहा अहम पनि स्वाहा ” भनेर श्लोक पढ्यो भनेर अचम्भित हुनुपर्ने छैन /
मन परे हरियो, नपरे रातो
7
4
नेपाली दर्शक हरुले विश्व मै ” असभ्य दर्शक ” को प्रतिस्पर्धामा उपाधि सुरक्षित गरेकोमा बधाई पनि त दिनै पर्योनी……
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
13
नेपाल को मेडिया हरु येस्तई त हो नि.. चाहे नेपाल को बेईज़त होस् उनि हरु ले समाचार बिकौनु परेको छ… :=)
मन परे हरियो, नपरे रातो
7
9
बधाई छ सम्पूर्ण नेपालि क्रिकेट खेलाडी हरु लाइ. पत्रकारको नाममा झुटो समाचार दियर जनतालाई भड्काउने यस्ता पत्रकार हरु लाइ कारबाही गरेर पत्रकारिताको बिस्वासनियता लाइ अझै माथि न उठायामा पत्रकारितामा कसैको विश्वास हुने छैन . सबै लै चेतना भया. सुखद समाचार को लागि माइ संसार लाइ पनि धेरै धेरै धन्यबाद .
मन परे हरियो, नपरे रातो
4
9
समाचार अलि प्रस्ट नभए झैँ लग्यो/
मन परे हरियो, नपरे रातो
2
14
सायद उनीहरु लाई पनि नियम थाहा ६इन होला क गर्नु हैन र
नभए किन एस्तो हुन्थ्यो र धेरै पछि खुसि खबर सुन्न मिल्यो,धन्यवाद नेपाली टोलि लाई ,सुभकामना आर्को खेल को लागि
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
यदि नेपाली दर्सकले ढुंगामुडा नगरेको भए नेट रनरेट मा नेपाल पछाडी पर्न पनि सक्दथ्यो किन कि क्रिकेटमा अन्तिम बल्ल नाफाले सम्म कुनै भर हुदैन | सायद एक ओवरमा ३ छक्का खानु नै ठुलो नोक्सान हुन सक्दढ़यो | नेपाल चौथो चरणमा प्रवेश गरेपनि खेलभावना मा हामी नेपाली दर्शक हारे सरह छौ | यो ढु:ख लाग्दो कुरा हो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
5
एकदम ठिक भन्नु भो……ढुंगामुडा नगरेको भए नेपालले ३८.५ भन्दा अघि हारेको भए नेपाल ओउट हुन्थ्यो………ढुंगामुडा गरेपछी खेललाई ४६ ओवरमा राखियो र लक्ष्य १५७. त्यो लक्ष्य लाई ३३.५ मा पुरा गर्दा मात्र नेपाल पुगेको हो| एनटिभी २ का उद्घोषकहरुले पहिलाकै ३८.५ लाई गणना गरे होलान| तिनीहरुले खेल ४६ ओवरमा छोताएको खयाल गरेनन|
मन परे हरियो, नपरे रातो
7
7
नेपाल क्रिकेट संघ लाई खुल्लापत्र
१) आज को खेल हेरेपछी mail नगरी बस्नै सकिन/जब टस नै हामीले जितेका थियौ भने पहिला हामीले बोलिंग गर्नु पर्ने होइन र!जब आजको खेल हुनुभन्दा पहिले नै div 4 मा जान को लागी net run rate नै important हुन्छ भन्ने कुरा थाहा हुदा हुदै पहिले batting गर्नु के मुर्खता होइन र !यदी पहिला अमेरिका लाई गर्न लगाएको भए हामी न त येती धेरै रन रेट ले पछाडी पर्थेउ न त div 4 मा खेल्ने हाम्रो सपना नै लगभग चकनाचुर हुन्थ्यो/
२) आजको खेल हेरेपछि अमेरिका लाई पहिले batting गराएको भए नेपाल batting गर्न मैदान मा उत्रदा कति रन बनायो भने div 4 मा बढुवा पाउने हो त्यो पनि स्पस्ट हुने थिएन र !
3) दर्शक हरुको ढुंगा मुढा को सहारा मा हामी ले बढुवा त पायेउ तर यसले पार्ने अन्तरास्ट्रिय समुदाय मा पार्ने दिर्घकालिन प्रभाव को बारेमा सोच्नु जरुरी छैन र ! आजको खेल हेरेपछि अमेरिका लाई पहिले batting गराएको भए नेपाल batting गर्न मैदान मा उत्रदा कति रन बनायो भने div 4 मा बढुवा पाउने हो त्यो पनि स्पस्ट हुने थिएन र ! यो भन्दा पहिले पनि किर्तिपुर को मैदान मा ढुंगा मुढा भएका घटना हुदाहुदै किन पुख्ता सुरक्षा प्रदान गर्न सकिएन ?के यो CAN को लापरबाही होइन र ! अर्को अर्थ मा भन्दा असफलता होइन र !यो कारण ले गरेर चन ले भबिष्य मा आयोजना गर्ने प्रतियोगिता र हामी क्रिकेट प्रेमी नेपाली जनता नेपाली टिम को खेल हेर्न पाउने अधिकार बाट बन्चित हुने अवस्था नआओस/
४)राम्रो प्रदर्शन गर्न नसक्ने batsmanहरु लाई किन बारम्बार मौका दिइदै छ /उनीहरुको ठाउमा किन कुनै युवा खेलाडी लाई मौका दिएर भोलि को लागि तैयार गर्ने बारेमा सोचिदैन?दिपेन्द्र चौधरी लाई किन प्रत्येक गेम मा खेलाइन्छ?जबकी उनले नेपाली क्रिकेट प्रेमी जनता लाई हरेक पल्ट निराश पार्ने र टिम लाई सुरुवात मै दबाब मा पार्ने कम मात्र गरिराको छन्/आशा छ भोलि को फाइनलमा कोहि नया खेलाडी ले दिपेन्द्र को ठाउँ मा खेल्छन ,आखिर हाम्रो लक्ष्य भनेको नै डिवीजन ४ मा प्रवेश पाउनु नै त थियो /होइन र !
५)यो पाली पनि हात्ती आयो हात्ती आयो फुस्स हुन लागेको थियो ,यो अवस्था आउन नदिन को लागि batsman र तिब्र गतिका bowlers हरुमा बिशेष जोड दिनुपर्यो /किनकि प्रत्येक प्रतियोगिता नेपाल को स्पिन पिच मा पनि हुदैन र घरेलु दर्शक को साथ पनि /त्येसैले सकेसम्म मित्रराष्ट्र हरुमा ट्रेनिंगको व्यवस्था गर्नु पर्यो /साचो कुरा तितो हुन्छ तर यही टिम ले २०१५ को World Cup खेल्ने कुरा त जोक जस्तो लाग्छ /
६)टिवी का कमेन्टेटरहरुले पनि पक्का भएपछि मात्र उदघोसन गर्नुपर्यो /
७)नेपाली खेल प्रेमी जनता हरुलाई पनि धैर्येता गर्नु हुनु अनुरोध छ /हार र जित भनेको खेल को एक भाग हो /यसलाई आत्मसात गर्न सिकौ ,किनकि सबैभन्दा महत्वपुर्ण भनेको खेल भाबना नै हो /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
125
8
खुसि को खबर,
नेट रन रेट को आधारमा नेपाल डिविजन ४ मा पुगेको छ, अब सनिबार फेरी नेपाल र अमेरिका बीच फाइनल खेल हुनेछ, नेपाल लाइ सुभकामना अबको खेल मा जितको लागि !!! अमेरिका पहिलो र नेपाल दोस्रो हुदै फाइनल मा प्रवेश गरेको छ, सबै साथीलाई सनिबार नेपाल को समर्थन मा सम्येमता को साथ् प्रस्तुत भैदिनु हुन आग्रह गर्दछु!! अमेरिका बाट खेल्ने अधिकांस खेलाडी भारतीय र पाकिस्तानी हरु छन् , तर हामी हाम्रो बल्बुत्ता मा खेल्ने छौ !!! जे भएपनि हाम्रो खेलाडी ले आफुले सकेको गरेका छन्, उनीहरुलाई उत्साह थप्ने काम गरौ सबै मिलेर, १००% जित हुने भए त प्रतिस्प्रधा भन्ने कुरा नै हुदैन थियो होला नि!! आशा गरौ आज को हार को बदला सनिबार नेपाल ले लिनेछ!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
2
सन्तोष जी जापानमा बसेर खेल कसरि हेर्नु भयो हँ सिकाउनुस न हामीलाइ पनि हेर्न मन छ के।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
20
इन्टरनेट बाट नेपाली च्यानेल हरुको प्याकेज किन्नु पाइन्छ नि महिनाको २२०० येन जति पर्छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
5
म त क्रिकेट बुझ्दा पनि बुझ्दिन र हेर्दा पनि हेर्दिन. तर ब्लगको शिर्षक पढ्दा सम्बन्धित निकाएले ठुलै बदमासी गरे जस्तो लाग्यो र केहि कुराहरु पढें. जे होस् संतोष्जीको भनाइ अनुसार खेलमा पनि राजनीति घुसे जस्तो छ. हाम्रा नेताहरु धन्य छन्. अब सप्ताह र धान्य पर्वमा मात्र राजनीति मिसाउन बाँकि छ जस्तो छ.
मन परे हरियो, नपरे रातो
8
8
मदन बज्रचार्य र द्रोणजी,
तपाई दुबै जनाको कुरो वास्तबमा एक दमै जाहेज १००% प्रतिसत ठिक हो | यस सम्बन्धी मेरो पूर्ण समर्थन छ र नेपाल आमाका सच्चा पुत्रहरूले यस सम्बन्धी एक भएर अ-आफ्नो स्तरबाट पूर्ण समर्थन गर्नु पर्दछ | मित्रहरु,मैले पहिला पनि धेरै चोटी यो एक मधेस,एक प्रादेस अनि नेपाली राजनितीकमा यि बाहुन/क्षेत्रीहरू र भारतीय बिस्तारबातको सडयन्त्रकारी नितीहरुका बारेमा भण्डाफोर गरि लेखिएको थियो | मेरो भनाई,नेपालका बाहुन/क्षेत्री वर्गहरुलाई मन नपराएर होइन | मात्रै यिनिहरुका देश प्रति र त्यहाँका मुलबासी/आदिबासी र दलित समुदायहरू माथी लादीएका नराम्र निति/ब्यबहार र सडयन्त्रहरुको बिरोध हामी एक भएर जे-जस्तो मूल्य चुकाउनु परे पनि पछि पर्न हुदैन नेपाल आमा र हामी मुलबासीहरुका स्वतंत्रता र मौलिक हक अधिकारका लागी |
मित्रहरु, हाल नेपालमा बाहुन/ क्षेत्रीहरुका हरेक कृया कलाप हेर्दै जानुहोस तिनीहरूले के गर्न खोजेका र चाहेका छन | यि सब स्पस्ट रूपले बुझ्न सकिन्छ | अर्थात हामी मंगोल मूलवासी/आदिबासी, दलित सोसित पिडीत बर्गाहरूले बुझ्न अत्यन्त जरुरी छ| मेरो सल्लाह र सुझाव बाहुन/क्षेत्रीहरुको भाषण/सडयन्त्र, ब्यक्तिगत स्वार्थ(लोभ) मा नलागी दिन हुन मंगोल मूलवासी/आदिवासी,दलित,सोसित,पिडीत बर्गहरुलाई अनुरोध गर्दछु | यदि हामी मूलवासी/आदिवासी,दलीत आदि बर्गहरूले बेलैमा होस नपुर्यएमा देश र नेपालीहरुको भविष्य सोमालिया,प्यलेसटाईन, ईराक भन्दा पनि दय अवस्थामा पुग्ने निश्चित छ |
नेपालमा जातीय आधारमा गण राज्यहरु बनाएमा जातीय लडाई/झगड़ा हुने वा टुक्रीएर जाने भनी सर्व साधाहरणहरु माझ डर/त्रास फैलाई बाहुन/क्षेत्रीहरू सडयन्त्रहारुका एक भई लागी परेका छन | तर म ग्यारेन्टीका साथ भन्न सक्छु ( १) बाहुन/ क्षेत्रीहरू रगत (भ्रस्ट,दमन,शोषण,अन्न्या, अतिचार आदि) चुस्न पल्केकाले मुलवासीलाई स्वतंत्रता र उनीहरूका मौलिक हक अधिकार दिन चहान्न | त्यस कारण जातीय आधारमा गण राज्यको बिरुद्ध बाहुन/क्षेत्रीहरू लागी परेका छन(२) मधेस भागलाई एक मधेस एक प्रादेस बनाएको खण्डमा त्यो भविष्यमा भारतको प्रान्त हुने निश्चित छ | कारण, अत्याधिक मात्रामा २०/२५ लाख भारतियहरुलाई सडयन्त्र पुर्बक योजना तय गरि नेपाली नागरिगताको प्रमाण पत्र दिईनु | यदि नेपालको मधेश भाग भारतमा बिलीन (भारतीय प्रान्त) गराउन नसकेमा पनि त्यो मधेस भाग भारत तथा अरु मुलुकहरुका लागी राजनिती/सडयन्त्र गर्ने वा नेपालमा भाँड मैलो फैलाउने थलोको रुपमा स्वदेसी/बिदेसी दलालहरूले प्रयोग गरिने निश्चित छ |जस्तै= हाम्रा छिमेकी राष्ट्रहरुका लागी स्वदेशी वा बिदेसीहरुले गर्ने भाँड मैलोको थलो, भारतको लागी कश्मीर, चाईनाको लागी तिब्बत/ताईवानलाई लिन सकिन्छ | त्यसैले एक मधेस एक प्रदेस कुनै हालतमा बनाउन दिईनु हुँदैन |यसले देशलाई कुमार्ग दिसा तिर लैजाने निश्चित छ | (३) मधेस प्रदेस बाहेक, अरु गण राज्यहरु जातीय आधारमा बनाईएमा टुक्रीएर जाने वा ति गण राज्यका जनताहरूले अल्प मतमा परेकाहरुलाई कुनै हालतमा दमन,शोषण, अन्य,अतिचार आदि बिगतका बाहुन/क्षेत्रीहरू बर्गहरुले जस्तो गरिने छैन र गर्नु पनि भएन | अल्प मतमा परेकाहरुलाई अप्ठ्यारोमा पार्ने वा पर्छ भन्नु बाहुन/ क्षेत्रीहरुका माहा सडयन्त्रकारी नितीहरू मात्रै हुन | यदि बाहुन/क्षेत्रीहरूले बिगतका दिनहरुमा यि अल्प मतमा परेकाहरुको वा मंगोलबासीहरुलाई निस्पकक्ष रुपमा कार्य निती/ब्यबहार गरिएको भए जातीय आधारमा गण राज्यहरुको माग पनि हुने थिएन र नेपाल र नेपालीहरु यो दय निय अवस्थामा पनि आई पुग्ने थिएन | हो कि होइन सच्चा नेपाली आमाका पुत्रहरू ?????????????????????????
मन परे हरियो, नपरे रातो
4
5
मित्र खेल मा राजनीति को कुरा कहाबाट आयो खाली बाहुन लाई गाली गरेर आफ्नो समय बर्बाद नगर………..
मन परे हरियो, नपरे रातो
2
0
टेलिभिजनका मै जान्ने खेल पत्रकारहरुलाई कारबाही गर ।
मन परे हरियो, नपरे रातो
4
3
नेपालका मिडिया/पत्रकार आदिको यस्तै झुट्टा रिपोर्ट,राजनिती करण, घुस खोरी, निस्पक्छ्य रहित नभएकै कारण अरु संसारका मिडिया वा जो सुकैले बिस्वास नगरेका हुन | यि कमी कमजोरीहरु नै नेपालका मिडियाका ठुला गल्तिहरू हुन | अरु संसारका मिडियाहरुलाई हेर्नुस र बुझ्नुहोस | तिनिहरू स्वतन्त्ररूपले संसारका जुन सुकै कुना कन्दरामा जान कसैले रोक तोक गरिदैन वा जान्छ्न | तर हाम्रो देश नेपालका मिडियालाई हेर्ने हो भने, हाम्रै नेपालका नेताहरूले भन्दै आएका असल छिमेकी राष्ट्र भारतका एक साधाहरण कर्मचारीले झापड लगाएका थिए भनी हामीले सुन्दै आएका छौं | किन यस्तो हुन गयो ? (१) भारतीयहरुको दमन, शोषण,अन्य अतिचार,नेपाल माथी भारतीय राजनितीकरणharu आदिले गर्दा | (२) नेपालका मिडियाहरुलाई सजिलै स्वदेशी वा बिदेशी दलाल/राजनितीकरण वा पैसामा बिग्ने कारणले गर्दा जहाँ पायो त्यही बिदेशिहरूले नेपाली मिडियाहरुलाई प्रबेस नदिएको हो |
मन परे हरियो, नपरे रातो
1
0