मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    किन दिइन् सुजाताले दागबत्ती?

    पितालाई दागबत्ती दिँदै सुजाता। फोटोः नविन बराल


    पिता गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीरलाई छोरी सुजाता कोइरालाले दागबत्ती दिए। कोइरालाका एक छोरा पनि थिए-सुरेश कोइराला। उनी गिरिजा कै श्रीमतिबाट जन्मिएका छोरा हुन्। तर गिरिजा उनका पिता भने हैनन्। तर गिरिजालाई पिता सरह नै मानेको उनी बताउँछन्। त्यसो भए किन दागबत्ती सुजाताले दिइन् त? कारण खुलाएका छन् सुरेशले आइतबार प्रकाशित ‘नेपाल’ मा। के भनेका छन् त उनले? प्रमुख अंश हेर्न भित्र आउनुस्-

    निधन हुनु अघिल्लो दिन चैत ६ गते दिउँसोको समय मिलाएर अफिसबाट मन्डिखाटार पुगेको थिएँ। बहिनी सुजाता निवासमा रहिनछिन्। उनका छोराछोरीहरु पनि छैनन् भनेपछि सेनाले छिर्न दिएन। त्यत्तिकै फर्किएँ। फेरि साँझ ५ बजे गएँ। त्यही बेला डाक्टरले उपलब्ध गराएको करिब डेढ मिनेटमा भेट भयो। त्यो भेटमा उहाँले के छ कसो छ भनी सोध्नुभयो। मैले ठीक छ सानोबुबा भनेँ। के थाहा, बाबुछोराबीचको अन्तिम संवाद त्यही होला भनेर।

    छोरा सुरेश र बुहारी भानुका साथ कोइराला। फोटो सौजन्यः नेपाल



    चैत ७ गते बिहानै हामी श्रीमान्/श्रीमती दुवै जना मन्डिखाटार गयौँ। तर भेट्न पाएनौँ। उहाँलाई व्यथाले च्यापिसकेको रहेछ। दुई घन्टा बस्यौँ। सुजाताले डाक्टरहरुले रोकेका छन् भनिन्। त्यसो भन्दाभन्दै हेर्न जाने कुरा पनि भएन। उहाँको निधन हुँदा म मन्डिखाटार मै थिएँ।

    गिरिजाबाबु र आमाको विवाह हुँदा म पढाइ मै थिएँ। विवाहको प्रसंगमा केही थाहा पाइनँ। आमालाई सानोबुबा अति माया गर्नुहुन्थ्यो। आमाको निधन हुँदा उहाँ रुनुभएको थियो। लोग्ने मान्छे हतपति रुँदैन। आमाको निधनपछि उहाँलाई विवाहको प्रस्ताव धेरै आए तर उहाँले मान्नुभएन। त्यहीँबाट थाहा हुन्छ कति माया गर्नुहुन्थ्यो भनेर।

    ०४८ सालमा बुबा प्रधानमन्त्री भएपछि म दुई तीन महिनामा एकचोटी भेट्न जान्थेँ। म डिस्टर्ब गर्न जान्नथेँ। किनभने उहाँ राजनीतिक मान्छे। मेरो पेसा राजनीति परेन। बिहान बेलुका जाँदा राजनीतिक मान्छेको भीड, दिनभर थाकिसकेको मान्छेलाई राती ८ बजे भेट्न जाने कुरा पनि आउँदैन। महाराजगन्ज आएको बेला भेट भए भइहाल्यो। के छ कस्तो छ भनेर सोध्नुहुन्थ्यो। म बाहिर भइरहेका कुराहरु सुनाउँथेँ।

    आमाको पहिलो विवाहबारे मलाई केही थाहा भएन। मैले थाहा पाएदेखि नै गिरिजाबाबुलाई नै बुबा भनेँ। को के हो खोजी नै गरिनँ। यताबाटै माया पाएँ, यतै सबैथोक भयो। बुबाले आफ्नो सम्पतिको आधा अंश दिनुभयो मलाई। अभाव कहिल्यै महसूस भएन। सबै अधिकार मैले पाएपछि किन अन्त खोज्ने? त्यो कुरा कहिल्यै दिमागमा आएन। सानोबुबाको जेठो सन्तानका रुपमा मैले सँधै आफ्नो कर्तव्य निर्वाह गर्न पाएँ। सानोबुबाको शव उठाउँदा एक साइडमा महेन्द्र मरासिनी, एक साइडमा म र एक साइडमा हर्ष थिए।

    बुबाको शव रंगशालामा राखिएका बेला बहिनी सुजाताले दादा हजुरले आमालाई दागबत्ती दिनुभयो, म बुबालाई दिन्छु भनी। मैले विचार गरेँ, बहिनीको इच्छा पूरा गरिदिउँ। उनले दागबत्ती दिइन्, सँगै म पनि उभिएको थिएँ।

    बुबा बिरामी भएको समयमा भेट्न जान्थेँ। उहाँ थोरै मान्छे मात्र भेट्नु हुन्थ्यो। थोरै समयमात्र भेट्नु हुन्थ्यो। ती मान्छे र समयमा हामी पर्दैनथ्यौँ। प्राथमिकतामा देश चलाउने मान्छेहरु पर्थे। हामी त जनता भयौँ।

    बुबा प्रधानमन्त्री बन्दा पनि मैले लो प्रोफाइल नै रोजेँ। मान्छे आउँथे मकहाँ तर मैले कहिल्यै हाइ प्रोफाइल रोजिनँ। हाइप्रोफाइल देखाएर बसेको भए आज मसँग पनि महल हुन्थ्यो। जसरी महल बनाएर बसेका छन् त्यस्तै हुन्थेँ म पनि। तर मलाई अहिले कै अवस्थामा सन्तोष छ।

    No related posts.

    46 comments to किन दिइन् सुजाताले दागबत्ती?

    • हृषिकेश अधिकारी

      दागबत्ती दिन त सुजाताले मै गर्छु भनिन ठिकै छ धेरै छोरा हरु हुँदा त एउटी ले दिने हो. तर क्रिया बस्न त पक्कै रोकिनन होला. किनकी धेरै जना पनि एकै चोटी किरिया बस्न मिल्छ. हैन र?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 4

    • Ram Kumar Bimali

      जन्मले गिरिजाकै सन्तान नभए पनि कर्मले गिरिजाले सन्तानका रुपमा स्वीकार गरेर आफ्नो आधा सम्पति समेत दिइ सकेको भए पछि उनी गिरिजाका छोरा अवस्य हुन । गिरिजाको वैभवपूर्ण जीवनको फाइदा लिनमा आफ्नै इच्छाको कारण तम्सेनन होला, त्यो राम्रो पक्ष नै हो र आजको जमानामा त्यस्तो पात्र पनि रहेछन भन्नु पर्‍यो । तर गिरिजाको स्वर्गारोहण पछिका समयमा भने उनले आवश्यक निकटता देखाएनछन् । चाहेर /नचाहेर वा त्यो निकटता विविध कारणले प्राप्त गर्न नसकेर के हो त्यसको उत्तर उनी आफैसंग होला तर दागवत्तीको र क्रियाकाजको मामलामा सुजताको राजनीतिक महत्वकांक्षा धेर थोर मिसिएको छ । सुरेश कोइरालाले पनि आज आएर यति मुख खोल्नु भन्दा त म आफै वुबाको काज क्रिया गर्छु भनेर अघि बढेको भए परिवारले कहिल्यै नचिनेको रामशरण नेपाललाई आफ्ना ती सम्मानित बाबुको क्रिया गर्ने खेताला खेज्नु पर्ने थिएन । परिवारसंग कुनै नाता र निकटता समेत नभएका क्रिया कर्मका पेशेवर रामशरण नेपालले गिरिजाबाबुबको क्रिया गर्न हुने तर गिरिजाले छोराकै रुपमा स्वीकारेर सवै कर्म गरी दिएका सुरेश आफै क्रियाको लागि अघि नर्सर्नुमा चाहि के ले काम गरेको छ ? यी सुरेशले काजक्रियाको काम आफै गरेर ‘आफ्नै छोरा नभए क्रियाका लागि खेताला खोज्नु पर्नेछ’ भन्ने सन्देशलाई गलत गराउन र प्रकारान्तरले वनेका छोराले पनि छोराको काम गर्न सक्छन भन्ने सन्देश दिन सक्ने थिए । त्यो गरेनन् त्यसैले अब यिनको यो खाले प्रकाशनको कुनै अर्थ छैन ।
      सुजताले दागवत्ती दिएको कुरालाई निकै ठूलो क्रान्तिको रुपमा हेरियो, उनी भन्दा अरु चेलीवेटीले कैयो अघि नै यस्तो काम गरी सकेका छन अझ क्रिया नै पनि छोरीले गरी सकेका छन । दागवात्ती दिनु मात्र होइन सुजताले आफै क्रिया नै गरेर देखाएको भए अनि चाहि उनले केहि थालनी गरेको हुने थियो । अब हिङ्ग हालेको टालोले कति दिन काम गर्ने हो समयले वताउला ।। rkbimali@hotmail.com

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 5

    • तेज प्रसाद अधिकारी

      राम्रो मान्छे त राजनीतिमा कहाँ आउछ र ? चोर फटाहा हरु मात्र राजनीति गर्ने हुनाले त देशको यो हालत भएको नि….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 6

    • samyok

      धन्य छ सुरेश कोइराला जी ! तिमीलाई सबैले सदैब महान ठान्नेछ तर त्यो सुजातालाई भने कसैले पनि ए कठई पनि भन्ने छैन् . सुरेश तिमि सधै यसरीनै बाची रहनु है .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 5

    • सुरेश !!! धेरै राम्रो सोच छ दै तपाइको जस्तो हुनुहुन्छ तेस्तै भएर सुखी अनि खुसि को जीवन जिउनु होला, राजनीतिमा न पसेकै बेस|

      जे भए पनि ओरिजिनल सन्तान ले नै दागबत्ती दिएको राम्रो| येस्मा क को बहस|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 6

    • krishna

      हतेरिका सुजाताले दाजुलाई खल्लाकै खादी रहिछिन | दाजु ,सुरेशजी अलि धरैनै नरम लग्यो |
      सुरेशजी सक्नु हुन्न होला नत्र बहिनी लाई फकार जर्मनी पठाई दिए, बुवाको आफ्नु राजनीतिक जीवनको अन्तिम गल्ति सुदर हुने थियो |एती गरिदिय बुवाको आत्माले सान्ति पौथियो अनि देशलाई पनि ठुलो गुण लग्नेथियो |हजुरकि बहिनि नराम्री भन्न खोजेको होइन अलि अल्लाछिनी मान्छन नेपालीहरु अज्ज धरै चैन सुनसरी क जनता |
      फेरी एक पल्ट बिन्ति बंगलादेशनै पठाई दिये एक दुइ मैना भुल्लिन्थिनकि |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 8

    • krishna pd nirala

      गिरिजा बाचुन्जेल यी शुरेश भन्ने छोरा कहाँ थिए मरे पछी किन देखा परेका हुन् राजनीतिमा आउँन त होइन ?
      छोरि त पहिला देखि नै देखा परेकी थिइन् त कसो

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 50

      • Mahesh Chhetri

        नथाहापाएको कुरा थाहा छैन भने भैहाल्यो नि!! सुरेशको बिषयमा पत्रपत्रीकामा धेरै अगाडि नै कुराहरु आईसकेको हुन र उनी राजनैतिक व्यक्ती पनि होइनन धन्यवाद !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 2

    • bibek

      धन्य छ सुरेश जी लाई छोरा भनेको तपाई जस्तो हुनु पर्छ सबै नेपाली छोरा हरु यस्तै हुन् नेपाली कुकुर गधा नेता हरुले पनि पाठ सिकुन तपाई जस्ता लाई भन्छन रबन को कुल मा बिभिसन यदि सबै नेता र हामी नेपाली यस्तै निस्वार्थ हुने हो भने हाम्रो नेपाल समृद्ध नेपाल हुनेछ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 2

    • gopalgs

      कुजाताले किन दाग बत्ति दि इन् ? लाटो लाइ सोधे हुन्छ तेस्ले पनि भन्छ !
      जुवारी लाल को छोरि इन्दिरा गान्धी हुन परेन?
      नभए जर्मन सग पोइल गएर जोस्ट भैसके को मान्छे कोइराला भएर गेडा लाउडा काण्ड गर्दै पैसा थुपारेर किन हिड्न पर्थ्यो
      बुद्धि र नैतिकता को आधार मा कुकुर को पुच्छर जति पनि नभएको महिलाको नाउ मा कलङ्क
      अहिले राजा प्रचण्ड ले गिरिजाको गेडा समातेर झुन्डिएको बेला भएर वाई सी याल हरु पनि केहि बोलेका छैनन् आफ्ना मालिक झैँ गिरिजा भक्ति मै लागेका छन्

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 6

    • bhawani koirala(damak)हाल कतार

      कुरा केहि होइन हौ यो सुजाता ले पितृ प्रेम देखौना खोजेकी हो नत्र दाइ भनेर सुरेस लाइ मानेकै छैन कहिलेइ पनि यो ठोकुवा को साथ भन्न सकिन्छ.//छेउ छाउ औलास नि भनेर पहिलेई ठेकाना लगाई सकेकी थि यो नकाचारी देश जनता घाती आइमाइले
      यस्ता को काल सारै ढिलो आउछ क गर्नु.. बाउले देश लाइ कंगाल बनायो अब छोरीले क गर्ने हो // हनुमाने हरुलाई चित्त नबुझे नाबुझोस/// जय नेपाल//

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 19

    • Jillabashi Baburam

      दुई भाईनाले संगै दिए भै हाल्थ्यो नि; हैन र?
      उपप्रधान मन्त्री तीनवटा सम्मले एकै चोटी अठ्ठ्याउन हुने; दाग बत्ति चाहिं एउटाले मात्रै!
      कि त्यो एउटा मात्रै बस्ने कुर्ची को कल्पनाले धंगधंगी पार्या हो? अर्थात, जात्रा पशुपतिको, ब्यापार सिद्राको!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 13

    • Shiva

      कमेन्ट लेख्ने मित्र हरुलाई देख्दा पनि दया लाग्छ बा ! सुरेश गिरिजाको छोरा होइन, सुष्माको मात्र हो नि, सुजाता त असली छोरी हो नि गिरिजाकी , अनि किन दिन्छे उसले सुरेश लाई देखा पर्न / देश नै दाउमा राख्न सक्ने सुजाता लाई यस्ता नाथे कुरामा ल्यायर तुलना गर्ने तपाईं हामी नै उस्तो…रिसानी माफ भया //
      शिव

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 87 Thumb down 7

    • maxim

      के गर्ने गिरिजा को भन्दा पनि पहेले एस को नै दागबत्ती
      दिन पाए हुन्त्यो देस ले र जनात ले सान्ति पाउने थियो यो कुकुर्नी को काल कहिले आउने होला त्यो दिन नेपाली जनता को खुसि को दिन हुने थियो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 77 Thumb down 16

    • sushil

      सुरेश u the great.तर त्यो पाठ बहिनि सुजातालाई पनि सिकाऊनुस् ल /तपाईलाई ईश्वोर ले धिर्य धारणा गर्ने शक्ति देवोस/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 6

    • khem

      कसले राखिदिएको नाम होला यति राम्रो “सुजाता”.खास हुनु पर्ने त “कुजात”रहेछ नि.लासमा पनि राजनीती गर्ने यी कुजात बाट देशले के आशा गर्ने?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 94 Thumb down 25

    • Dharma Raj

      सुजाताले सुरेश दाइ संगै मिलेर दागबत्ती दिंदा के बित्दो थियो र? कुन नियममा छ कि आमाको एउटाले दिए बाबुको अर्कोले दागबत्ती दिने? दागबत्ती छोरी छोरा दुवैले दिए ठीक हुन्छ| दागबत्ती दिन पनि पलितिक्स गर्ने हो मेडियामा फोटो खिचाउन्लाई? यसमा सुजाताको नियत ठीक देखिंदैन भने सुरेशको सरलता र महानता देखिन्छ|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 74 Thumb down 10

    • स्वतन्त्र राई

      दागबत्ति दिनको लागि के को यत्रो हल्ली खल्ली आखिर मरिसके पछी जोसुकैले दागबत्ति दिए पनि के नै फरक पर्छ र ???

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 98 Thumb down 39

    • neerose

      बुझियो र देखियो सुरेश सर्वथा स्वोच्छ,निस्वार्थ,सरल र आम नागरिक हुन्(हुनत भित्रि कुरा हामीले सहजै थाहा पौने कुरो भयान क्यारे)जतिसम्म उसको कुरा सुनियो र ब्याबहार कार्य देखियो त्यहासम्म चाहि यौटा निस्वार्थ असल मान्छे हो भन्न कुनै कठिनाइ छैन! यसमा उसको आफ्नै पिताको गुणको निर्देशनको अबस्यपानी ठुलै भूमिका छ!
      सुजाता संग पनि पैतालिस साल अघिसम्म आमाको गुणले निर्देशित थिइ,ठिकै थियो हामीलाई र देशलाई तर पैतालिस साल पश्चात एक्कासि आफ्नो बायोलोजिकल पिताको गुणको आक्रमण मा परि आदेषित र निर्देशित हुन् पुगिन तेसपछी देशको सत्यानाश!
      आन्तरिक रुपमा जे जस्तो भयपनी यहा सुरेशको निस्वार्थ पाना र निर्दोषता स्पस्ट झल्कन्छ!
      बधाई छ सुरेश लाइ जसले अबशर पायर पनि कोइराला परिवार को दुर्गन्ध आफ्नो जीवन बितुल्याउन दियन.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 94 Thumb down 8

    • mahesh

      म सुरेश बाट अति नै प्रभावित भए. यो सुरेश को असली बुबा को gene सुरेश मा सरेको ले एस्तो भएको हुन् पर्छ. एदी गिरिजा को gene भएको भए त उनि पनि सुजाता जस्तै लोभी, पापी र भ्रस्टचारी हुने थिए.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 120 Thumb down 12

      • पुष्प

        साँच्चै । कुरो बुझ्दा त प्रभावित हुने खालको रहेछ सुरेशजीको व्यक्तित्व । आफ्नो बुबाको नाउँ भजाउँदै राजनीति गर्न नपुगेर लाशमाथि पनि राजनीति गरिछन् सुजाता ।

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 9

    • मलाई अति खुसि लाग्यो सुरेश जी तपाई को बिचार अनि सोच देखेर लाग्छ मलाई यो सबै सोच अनि सम्पति मै मात्र न दगुर्ने मानिस कमै हुन्छन ह्पोला यो दुनिया मा साएद तपाई ले चाहे को भए सुजाता पुगे को ठाउमा तपाई को पनि एस्तान पुग्ने थियो धन्य बाद छ तपाई जस्तो क पुत्र लाई
      शेर बहादुर कार्की हाल कुबेत

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 2

    • ram prashad

      सुजाता ले सम्पति ओ आस मा छैन पक्कै गरेकी हैनन् त्यो पक्का हो,किन भने उनले अब एक वा दुइ पल्ट फेरी रक्त छन्द को तस्कर गरि भनिन फेरी बाबु को सम्पति भन्दा दोब्बर कमैहल्चिन नि,अनि अहिले पोस्ट मा पनि त छिन् उनि पैसा ले त पक्कै हैन होला

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 34

    • छोरो भनेको सुरेश जस्तो हुनु पर्दछ. / कस्तो साधारण मानिस / गिरिजा को नाम /चाकडी गरेर कति ले महल , करौदो कमाए तर सुरेश एकदमै साधारण जिबन बिताएको देखिन्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 194 Thumb down 4

    • saurav sunar

      सुरेश कोइरालाको विचार राम्रो लाग्यो, ठिकै छ छोरीले पनि बाबुआमाको चितामाथि आगो दिन सक्छन भन्ने कुरा उदाहरण बन्यो- यसलाई सकारात्मक नै मान्नुपर्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 158 Thumb down 7

    • prakash

      suresh बाबु म खुशी छु तपाई को यो महान काम देखेर जिबन मा तेस्तो कति सम्सिया haru आए होलान तर अन्तिम पल्ट पनि आएको समसिया लाई तपाई ले गरेको यो गुण जनता ले बुझ्नु हुने छ ( तपाई लाई सोध्नु सुजाताले दादा हजुरले आमालाई दागबत्ती दिनुभयो, म बुबालाई दिन्छु भनी। ) यो महन्त देखि मा खुशी छु !!! तपाई को जुन विचार ले तपाई एअक गिर्जा बाबु भन्दा माथि पुग्ने मौका भगवान ले दिनु hunechha jay nepal

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 93 Thumb down 5

    • गिरिजा प्रसादले नागरिकता बनाइ दिदैमा सुरेश कसरि कोइराला भए ? यो त धर्मपुत्र पुत्री जस्तै भएन र ? गिरिजाकी श्रीमती सुस्मा हुदैमा सुरेश गिरिजाको छोरो हुदैन र सुस्मा गिरिजाको श्रीमती हुदैमा सुरेशमा कोइराला परिवारको पहिले देखिको कुनै रगतको नाता हुदैन | तर सुजाता र सुरेशमा चाही आधा आधा रगतको नाता हो तापनि यी दुइको स्वभाब मा फरक हुनुमा सुरेशको असली पिताको गुण हुनुपर्छ किनभने दुबैको आमा त एकै हो त्यसैले सुजाता र सुरेश मा आ -आफ्ना पिताजी हरुको गुण सरेको हुनुपर्छ |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 66 Thumb down 82

      • द्रोण

        सागर जी
        जन्मदै निधारमा कोइराला ,सर्मा,चौलागाई ,गुरागाई,बजगाई ,हुमा गाइ ,गनगाई ,
        चापागाइ ,बस्याल,छत्याल , भुर्तेल ,जमरकट्टेल लेखेर आएको हुन् क्यार ,मान्दिने त् हो नि ? मावोबादीको नेताले कोइराला लाइ त् बेस्सरी माने , कोइराला मरे पछी यो कांग्रेस को हैन कतै मावोबादीको पो नेता हो कि भन्ने भान हुन्थ्यो !
        उनीहरु नै भन्दै थिए गिरिजा येस्ता ,उस्ता |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 71 Thumb down 11

    • madan bajracharya

      नेपालको कानुन अनुशर दाग बती दिने पैत्रिक सम्पति पाउने सुनिन्छ/ अब सुजाताले दागबती दिनेमा कुनै स्वार्थ नलुकायेकी होलिन भन्न सुजाताको आज सम्म को प्रबिती हेर्दा बिस्वाश लाग्दैन/ तर जे होस् एउटा कुरा प्रमाणित भयो कि सुरेश कोयिरालाको बायिलोजिकल बुबा गिरिजा नभएको हुनाले सुरेश कोयिराला लोभ लालच बात मुक्त भईकन सुजाता भन्दा फरक देखिए/ सुशील कोयिरालाको थाहुमा सुरेश कोयिराला भए कमसे कम अहिले मेसिन रिडेबल पासपोर्टको ठेक्का को सम्झौता सुद सिट गरिन्न थियो कि/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 18

      • prakash tuladhar

        महिला अधिकार को लागि डलर कमाउनेहरु खुशी भए होलान

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prijam shahi

      कस्तो राम्रो विचार रहेछ .सुरेश कोइराला को विचार राम्रो लाग्यो .नेपाली राजनीति को
      नजिक रहेर पनि सुरेश को आत्मा सम्मान निक्कै बलियो रहेछ.किन भने नेपाली राजनीति मा सबै जना मौका को खोजि मा हुन्चन .सुरेश कोइराला अनि सुजाता कोइराला मा आकास पाताल को फरक रहेछ .गिरिजा प्रसाद कोइराला को मन पनि निक्कै राम्रो लाग्यो .हामी आम जनता को नजर बाट हेर्दा .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 3

      • bhagya

        विचार राम्रो नगरेर के गर्ने नि बहिनि भानौदाले भुत्रो देखाई दीय पछि.

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Aakash Regmi, Kirtipur

      आखिर मा पनि जनता नै परे भन्नु को मतलब के होला ?उनले भन्दा जे भने नि यो बाक्य बाट कुरा बुझ्दा उनि पक्कै मन दुखाएका छन्

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 92 Thumb down 3

    • Bishow Shrestha

      सुरेश जी तपाई को भावना को कदर गर्दछु , के सुजाता लै केहि सल्लाह दिनी हुन्छ ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 1

    • जे भएनी जस्तो भएनी मान्छे मरेपछि सबैले राम्रो नै भन्छ नराम्रो कैले भन्दैन तैपनि गिरिजा को छोराको कुरा सुनेर खुसि लग्यो अरु नेता हरुमा नि एस्तो सोचाइ आए अलि देश अगी बध्त्यो कि ? जय हो है सुरेश जी हजुरको

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 2

    • सुरेश भाई , तपाई एउटा सच्चा पुत्र हो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 4

    • samir

      सुरेश बाबु बहिनि सुजाता लाई पनि आफु जस्तै हुन सिकाउ…..तेसो गरे यो देश र जनता को धेरै भलो हुने थियो…….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 73 Thumb down 7

    • Mohan

      सुजाता ले बाबु को लास मा पनि कपट गरिछन दाग बत्ति दिनलाई . लास बोकेको गाडी बाट हात
      हल्लौदा नै संका लागेको थियो मलाई . लास माथि पनि राजनीति धिकार होस् .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 13

    • सुरेश जी धन्यवाद.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 6

    • kiran

      सुरेशजी को जीवन शैली देख्दा वहा गिरिजा प्रसाद कोइराला को छोरा जस्तो लाग्दैन थियो. वहाको व्यवहारले गम्भीर बनायो .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 2

    • sasang Lama

      घुमाइ फिराइकन सुरेशजीले जे जस्तो भने पनि आखिर उनले चित्त दुखाएकै देखियो| सहोदर छोरो जस्तोले त भेट्न नपाउने भनेपछि गिरिजाको वरिपरी माफियाले कस्तो संजाल खडा गरेको रहेछ त !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 61 Thumb down 29

    • tulsi

      सुजातामा पनि सुरेशको जस्तो त्यागी स्वभाव र बुध्धी हुनुपर्यो/ लोभ;क्रोध;इर्स्या र धन सम्पति मोह बिना पनि सुखी र खुसि जिन्दगि बिताउन सकिन्छ भन्ने चेतना आउनु पर्यो/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 79 Thumb down 5

      • सार्थक, दोहा-कतार

        तुलसी जी, सुजाता जस्ती आइमाईबाट सुरेशको जस्तो त्यागको आशा गर्नु भनेको ढुंगा टुसाउछ भनि आश गरि बस्नु जत्तिकै हो | यो असम्भव कुराको व्यर्थै आश नगरेकै राम्रो |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

    • buddhi lal tamang

      सुरेश एक सरल र असल मान्छे जस्तो लग्यो| समाजमा सबै मान्छे स्वार्थी र मतलबी हुँदैन भन्ने यो एउटा राम्रो उद्धाहरण हो| सबै मान्छे यस्तै हुने हो भने देशमा शान्ति बिकाश र अमनचयन सबै हुने थियो|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 82 Thumb down 4

      • junu rana

        कस्तो राम्रो विचार रहेछ .सुरेश कोइराला को विचार राम्रो लाग्यो .नेपाली राजनीति को
        नजिक रहेर पनि सुरेश को आत्मा सम्मान निक्कै बलियो रहेछ.किन भने नेपाली राजनीति मा सबै जना मौका को खोजि मा हुन्चन .सुरेश कोइराला अनि सुजाता कोइराला मा आकास पाताल को फरक रहेछ .गिरिजा प्रसाद कोइराला को मन पनि निक्कै राम्रो लाग्यो .हामी आम जनता को नजर बाट हेर्दा .

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 3

    • dilip

      छोरो भनेको सुरेश जस्तो हुनु पर्दछ. / कस्तो साधारण मानिस / गिरिजा को नाम /चाकडी गरेर कति ले महल , करौदो कमाए तर सुरेश एकदमै साधारण जिबन बिताएको देखिन्छ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 125 Thumb down 4

    eXTReMe Tracker