नोवल निरौला / फ्रान्स
आज हामी सूचना प्रविधिको युगमा वाँचिरहेका छौ। जीवन निर्वाह गर्न Internet एक निर्विकल्प र अत्यावस्यक कुरा हुन थालेको छ। Internet को वढ्दो पहूँच र सहज वेव टेक्नोलोजीलेगर्दा टिभि र रेडियो जस्ता एक सुरमा सूचना प्रवाहगर्ने पुराना Media हरुको प्रयोग भन्दा छलफल गर्न मिल्ने Social Media हरु जस्तै Blog, Wiki, Social Networking Sites हरुको प्रयोग निक्कै वढ्दो छ। यिनिहरुको प्रयोगले संसारको एक कुनामा रहेर अर्को कुनाको खवर थाहापाउन अव कत्तिपनि वेर लाग्दैन। छरिएका आफन्त, साथीभाई र ईस्टमित्रको खवरलिन र आफ्नो खवरदिन, समाचार पढ्न, सुविधा खोज्न यसको प्रयोग हुन थालेको छ। के व्यापार, के व्यावसाय, के पढाई, के लेखाई, के खेलकुद, के राजनिति, के खानपिन सवैकुरामा Internet, Email र Social Media नभई नहुने दिन आउन थालेका छन्। धेरै जस्तो Internet प्रयोगकर्ताहरुले प्रयोग गर्ने Email हरुमा Yahoo!, Hotmail, Gmail र Social Media हरुमा Blogger, WordPress, Facebook, MySpace र Twitter प्रमूख हुन् भन्दा फरक नपर्ला। अझ मोवाईल फोनवाट पनि यिनीहरुको प्रयोग गर्न मिल्ने भएपछि जीवन निकै रमाईलो वन्ने गरेको छ। जस्तो आजको दुनियाँमा ‘कपन’मा हुँदै गरेको विहेको मण्डपवाट मोवाइल फोन र फेसवुक या अन्य कुनै मेडियाको प्रयोग गरी ‘कोपनहेगन’मा भएका साथीहरुलाई दुलाहा दुलहीको फोटो तुरुन्तै हेर्नपाउँदा नौलो लाग्दैन।
जीवनमा प्रेम हुन्छ, विछोड हुन्छ; प्रेरणा दिनेकाम हुन्छ, खुट्टा तान्ने काम हुन्छ; पदोन्नतिहुन्छ, अवनति हुन्छ आदि आदि। यस्ता उचित र अनुचित सवैकामको लागि पनि Email र Social Media को प्रयोग हुने गर्दछ। चोर, डाका, फटाहा देखि भद्र, भलाद्मी, सज्जन सवैले यिनै माध्यमहरुको प्रयोग गरिरहेका हुन्छन्। हामी आफ्नो व्यक्तिगत र अत्यन्त गोप्यकुराहरु पनि यिनैमाध्यमहरुमार्फत आदनप्रदान गरिरहेका हुन्छौ, यिनै माध्यमहरुमा राखिरहेका हुन्छौ। यस्ता अनलाईन सूचनाहरु Text, Photo, Audio, Video, Chat र लेख रचनाको रुपमा रहेका हुनसक्छन्। अनि जीवन न हो मृत्यु निस्चित प्राय: छ। तर भौतिक जीवन वितेपनि अनलाईन सूचनाहरु भने वाँचिरहन्छन्। जस्तो मृतकको Email र Social Media का Account हरु र त्यसमा रहेका सूचनाहरु रहिरहन्छन्। Blog को सूचना सवैले देख्न मिल्ने भएकोले मृत्युपछि पनि केहि फरक नपर्ला। तर Email र Social Media मा कैयन गोप्य सूचनाहरु रहेका हुन्छन्। मर्नेदिन थाहा हुँदो हो त आफ्ना व्यक्तिगत सूचनामा कसलाई पहुँच दिने र कसलाई नदिने भन्ने पहिल्यै तय गर्न सकिन्थ्यो। यहाँ चासोको विषय के भने व्यक्तिको मृत्यु पछि उसको ईमेल र Social Media का Account र त्यसमा रहेका गोप्य तथा सार्वजनिक सूचनाहरु के हुन्छन् होला ? मरेपछि मर्नेको ईमेल अरु कसैले हेर्न पाउछ कि ? धन सम्पत्ती जसरी यी पनि परिवारका सदस्यहरुलाई जान्छ कि? आदि।
हरेक कम्पनी वा सेवा प्रदायकका आफ्नै निति-नियमहरु हुन्छन्। मृत्यु परन्त रहिरहने यस्ता अनलाइन सूचनाहरुमा रहने अधिकार र पहुँच सेवा प्रदायकका मृतकसम्वन्धि निति-नियममा भर पर्दछन्। माथि उल्लेखित प्रमूख ईमेल र Social Media हरुका सेवा प्रदायकले कस्ता नितिहरुको व्यवस्था गरेको होला भन्ने कौतुहलता मेट्नलाई गरेको अध्यायनवाट थाहापाएको कुरा यहाँ प्रस्तुत गरिएको छ। त्यो भन्दा अगाडि एक परिभाषा थाहापाउनु जरुरी छ। यो लेखमा “Next-of-Kin” भन्नाले “मृतकको सवैभन्दा नजिकको नाता पर्ने व्यक्ति” भनेर वुझिनुपर्दछ।
Googleका धेरै Service हरु छन् जस्तै Gmail, Blogger र Buzz। Googleको जुनसुकै Service भएपनि Next-of-Kin ले नभनुन्जेलसम्म मृतकको Googleमा रहेका सूचनाहरु रहिरहन्छन । जस्तो यदि मृतक व्लगर रहेछ भने उसको व्लग Next-of-Kin ले हटाईदिन अनुरोध नगरुन्जेल रहिरहन्छ। अनुरोध गरेको खण्डमा Google ले मृतकको Google Account प्रयोग गर्ने अधिकार Next-of-Kin प्रदान गर्दछ। सो अनुरोध गर्दा पठाउनु पर्ने कुराहरु : अनुरोधकर्ताको नाम, Next-of-Kin भएको प्रमाण, अनुरोधकर्ता र मृतक व्यक्तिको ईमेल, मृतक व्यक्तिसँग गरिएको कुनै एक पुरा ईमेल (Full Headerसहित), मृत्यु भएको प्रमाण, र मृतक कम उमेर (१८ वर्ष भन्दा कम) को भएमा, मृतकको जन्मदर्ताको प्रमाणपत्र। यि प्रमाणहरु पुर्याईएको खण्डमा Googleले ३० दिन भित्र मृतकको Account प्रयोग गर्ने अधिकारको व्यवस्था मिलाईदिन्छ ।
मृतक व्यक्तिको Hotmail Account मा रहेका ईमेलहरु लिन मिल्छ। यसको लागि Next-of-Kin ले आफू सो व्यक्ति भएको प्रमाण र मृत्यु दर्ता गरेको प्रमाण देखाउनु पर्दछ। याद गर्नु पर्ने कुरा के भने, यदि २७० दिनसम्म कुनै Hotmail Account चलाइएन भने त्यो Email Account आफैं हट्दछ। त्यसैले मृतकको Account वाट उसको ईमेल लिनु छ भने उक्त अवधि भित्र Hotmail मा सम्पर्क गरिसक्नु पर्दछ। मृतक व्यक्तिको पुरा विवरण र अनुरोध कर्ताको प्रमाणहरुको आधारमा Hotmail ले मृतक व्यक्तिको ईमेल CD मार्फत अनुरोधकर्ताकहाँ पठाईदिन्छ।
Yahoo! को नियम सवैभन्दा कडा देखिन्छ। कडा यस अर्थमा कि कुनै पनि Yahoo! प्रयोगकर्ताको ईमेल उ आँफै वाहेक अरुले हेर्न पाउँदैनन्। तर मृतकको Next-of-Kin बाट मृतकको Account वन्द गरिदिनु भनेर अनुरोध आएमा Yahoo! ले वन्द गरिदिन्छ। तर कुनैपनि ईमेल हेर्न भने पाईदैन।
मृतक सम्वन्धिका नियमहरुमा Facebook निकै अगाडि मानिन्छ। Google जस्तो Facebook ले Next-of-Kin लाई समेत Account प्रयोग गर्न दिने सुविधा दिंदैन। कुनै व्यक्तिको मृत्यु भएको खण्डमा उसको Account लाई Memorial Account वनाउन सकिन्छ। Memorial Account यस्तो Account हो जहाँ मृतकका केही सूचनाहरु जस्तो सम्पर्क ठेगाना, Status अपडेट आदि संवेदनसिल कुराहरु हटाईएको हुन्छ। यसको लागि Facebook ले दिएको एक विशेष Form भर्नु पर्दछ र यो कामका लागि परिवारको सदस्य हुन जरुरी पर्दैन। यसको राम्रो पक्ष के भने मृतकको Next-of-Kin, Internet को प्रयोग नगर्ने व्यक्ति भएपनि साथीभाई मार्फत उक्त काम गर्न सकिन्छ। मृतकको Memorial page उसका वनिसकेका साथीहरुले मात्र हेर्न पाउछन् र मृतकसँग विताएका सम्झनाका क्षणहरु लेख्न सक्छन्।
MySpaceसँग पनि मृतक व्यक्तिको Profile सँग सम्वन्धित नियमहरु छन्। यसले कुनैपनि निष्क्रिय प्रयोगकर्ताको Profile हटाउँदैन। मृतकको परिवारले मृतकको कुनै पनि सूचना अध्यावधि गर्न र हटाउन सक्दैनन्। तर मृतकको परिवारले हटाईदिन भनेको खण्डमा MySpace ले पुरै Account वा Profile का केहीकुरा हटाईदिन सक्छ। यसको लागि मृत्युको प्रमाण र MySpace Id सहित ईमेल गर्नुपर्ने हुन्छ।
Arstechnica.com ले जनाए अनुसार मृतक व्यक्तिको Account को जानकारीवारे Twitter को अझसम्मपनि कुनै प्रकाशित नियम छैन।
माथि उल्लेखित नितिनियमहरुको आधारमा भन्नुपर्दा आफ्नो मृत्यु पस्चात अरु कसैले पनि आफ्नो ईमेलहरु हेर्न नपाओस भन्ने चाहना राख्नेहरुले Yahoo! ईमेलको प्रयोग गर्नु उपर्युक्त देखिन्छ।
लाग्नसक्छ मरेपछि हुने कुरा के सोच्नु ! तर हैन यो जमानामा मृत्यु हुनुअघि नै सोच्नु जरुरी छ। कतिपय व्यक्तिहरुलाई आफ्ना ईमेल र सूचनाहरु मृत्यु परन्त पनि आफन्त र छोराछोरी लगायत अरुकसैले थाहा नपाईदिउन भन्ने हुनसक्छ। जस्तो कि मृतक एक चर्चित तर गैरकानुनी काममा पनि सम्लग्न व्यक्ति परेछ भने गैरकानुनी कुराहरु गोप्य नै रहिरहोस भन्ने चाहना होला। नत्र जीवनभरी कमाएको ख्यातीको क्षणभरमै क्षति हुन सक्छ। गैरकानुनी काम नै नभएपनि गोप्य प्रेम प्रसङ्गका कुराहरु होलान्। अर्कोतर्फ जिउने व्यक्तिहरुलाई पनि मृतकको ईमेल र सूचनाहरुले भविष्यमा असर गर्ने हुनसक्छ। जस्तो कि मृतकले कसैलाई सापटी दिएको रकम उसको परिवारलाई थाहा नदिंदै वितेको हुनसक्छ। यस्ता कैयन कुराहरु ईमेलमा हुने सम्भावना रहन्छ।
सारासंमा, सूचनाप्रविधिको युग नै किन नहोस मृत्यु अकाट्य छ – न त रोकेर रोकिन्छ, न त टारेर टारिन्छ नै। आफ्नो मृत्युसँगै आफ्ना अनलाईन सूचनाहरुको मृत्यु भने हुँदैन। मर्नेदिन थाहा भए त आफ्ना कुन ईमेल तथा सूचना कस्लाई हेर्न दिने र कस्लाई नदिने भनेर पहिल्यै तयारी गर्न सकिन्थ्यो। अनिस्चित जीवनको कुनै पनि दिन मरिने उत्तिकै सम्भावना रहनेहुनाले आफूसँग सम्वन्धित ईमेल र सूचनाहरुप्रति हरेक व्यक्ति आज देखि नै सजग रहिरहनु आवस्यक छ। जीवित व्यक्तिहरुले पनि वितिसकेका आफन्त र साथीभाइहरुको ईमेल र सूचनाको पहुँच, त्यसमा रहने हकअधिकार, हुनसक्ने उपयोग र दुरुपयोगवारे समयमै थाहापाईराख्नु र सचेत भईरहनु जरुरी छ।
स्रोत :
क) Arstechnica.com
ख) News.com.au
No related posts.









interesting …..its useful artical..
मन परे हरियो, नपरे रातो
4
0
Thanks for the article,
But we must be aware that although yahoo seems tougher, it would be better not to relay on all these mail provider, as it become clear with this case of Shi Tao, journalist in china being jailed for 10 years when, yahoo provided mail information to the government of china illegally.
Therefore, we must be conscious each and every time.
For further information u can visit this link
http://news.bbc.co.uk/2/hi/4221538.stm
मन परे हरियो, नपरे रातो
3
1
Interesting article.
मन परे हरियो, नपरे रातो
8
1
रमाइलो र निक्कै शान्दर्विक लग्यो.
मन परे हरियो, नपरे रातो
5
0
सारैनै रोचक लेख लेख्नु भयो तेस्को लागि धन्यवाद , मलाई पनि येस कुरामा कौतुहलता थियो तर मैले यो सूचना खोज्ने कोसिस गरिन , तपाइले खोजेर राखिदिएको मा धन्यबाद !
मन परे हरियो, नपरे रातो
10
0
केहि फरक छ तपाइको लेख .. राम्रो छ
मन परे हरियो, नपरे रातो
9
0
जानकारीको लागि धन्यबाद /
लेखक ज्यु र पाठक बर्गमा पनि यो अपिल छ कि एस्तै जानकारीमुलक र ज्ञानबर्द्धक खुराक हरु बेला बेला मा ब्लग र सोसियल नेटवर्क को साइटमा प्रस्तुत गर्दा धेरै लाइ उपयोगी हुन सक्छ / जिन्दगि को के भरोसा छ र ? मरी जानु छ / जानेको कुरा Share गर्दा नै राम्रो होला जस्तो लाग्दछ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
तपाई ले ठिक भन्नु भयो Knowledge multiply by sharing.
मन परे हरियो, नपरे रातो
2
1
धेरै राम्रो आर्टिकल लाग्यो!
मन परे हरियो, नपरे रातो
11
0
जानकारीको लागि धन्यबाद. youtube मा अर्काले गरेका uploaded video र नराम्रा comments कसरि हटाउन सकिन्छ होला ?
मन परे हरियो, नपरे रातो
9
0
you can remove bad video and bad comment. You just repot the youtube and they will work on it.
मन परे हरियो, नपरे रातो
0
0
its a great interesting information..thanks alot
मन परे हरियो, नपरे रातो
14
1
समय सापेक्ष कुरा को जानकारी गराउनु भो यसको लागि धन्यबाद!!!
वास्तब मा बिदेसीए पछी यो इन्टर नेट जीवनसाथी बनेको छ!!
मन परे हरियो, नपरे रातो
12
0
यो कौतुहोलता मलाई पनि पहिले देखि नै थियो | जब जब म इमेल अथवा कुनै पनि नेटवोर्किंग साईटमा जान्थे, तब तब मलाई यो कुराले झस्काउथ्यो मेरो पश्चात मेरो सुचनाहरु के हुने हुन्, भन्ने बारेमा | मृत्यु पश्चात पनि सुचनामा बाचन चाहन्थे | जानकारीको उपलव्ध गराउने वन्धुलाई धेरै धेरै साधुवाद |
मन परे हरियो, नपरे रातो
9
1
very nice artical .
मन परे हरियो, नपरे रातो
0
2
नोबल, उपयोगी लेख को लागि धन्यबाद, अरु पनि यस्तै लेखहरु पढ्न पाइन्छ भन्ने आशा छ |
मन परे हरियो, नपरे रातो
8
2
कुरा त ठिकै हो…
मन परे हरियो, नपरे रातो
3
1
Thanks a lots for great information.
मन परे हरियो, नपरे रातो
5
1
आफु मरे पछी डुमै राजा ! भनौं कि नभनौ ?
मन परे हरियो, नपरे रातो
5
12
Thank you Nobal jee for interesting and good information. Keep it up!
Soma Rana
Germany
मन परे हरियो, नपरे रातो
5
5
thnks for ur information. Great practice
मन परे हरियो, नपरे रातो
0
9
उपयोगी लेख
मन परे हरियो, नपरे रातो
12
2
thanks for good information. keep on doing so
मन परे हरियो, नपरे रातो
8
5
धन्येबाद ………. धेरै समय देखि को कौतुहलता मेटाउनु भएको मा एसको बारेमा पैला पनि खोज्ने सोच बनाएको त हो तर इन्टरनेट अगाडी बसेपछि मिर्तु पछि को कुरा खोज्नै भुलीने रैछ ………..
मन परे हरियो, नपरे रातो
14
3
Interesting article. I like it.
मन परे हरियो, नपरे रातो
7
2
नैालो तर सान्दर्भिक लेख । वास्तवमा मानिसका यी इलेक्ट्रोनिक्स अकाउन्टमा महत्वपूर्ण सूचनाहरू हुन्छन् जसको उसको नजिकका आफन्तहरूको लागि अति आवश्यक हुन सक्छन् । त्यसैले नजिककाहरूले ती जानकारी प्रयोग गर्न पाउने व्यवस्था उचित हो ।
अझ, कतिपय अवस्थामा कुनै मानिसको कागजी रूपको नजिकको मानिससम्म आफ्ना सूचनाहरू नपुगुन् भन्ने चाहना पनि हुन सक्छ । अनि ती सूचनाको अधिकार कागजी रूपमा नजिकका व्यक्तिलाइ नभएर अन्य कुनै मानिसलाइ दिने इच्छा पनि हुन सक्छ । त्यसैले यस्ता एकाउन्ट खोल्दा र खोलेपछि पनि सम्पादन गर्न सक्ने गरी इच्छाएको व्यक्ति next of kin छान्ने व्यवस्था हुनु जरूरी देखिन्छ ।
सायद, भविश्यमा यस्ता सेवा प्रदायकहरूले यसतर्फ पनि विचार पुर्याउने छन् !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2