मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माओवादीको झगडा

    सिरहामा आफ्ना नेताको गोली हानी हत्या भएको विरोधमा माओवादीको मजदुर संगठनले हिजो देशभर दुई घण्टा चक्काजाम गर्‍यो। यसै क्रममा एकान्तकुनामा चक्काजाम गर्न आएका माओवादीहरु आ-आफै झगडा पो गर्न थाले। माइसंसारका पाठक माधव थापाले झगडालाई आफ्नो क्यामेरामा कैद गरेका छन्। अलि टाढैबाट खिचेको हुनाले ध्यान दिएर हेर्नुहोला। बायाँपट्टी पहेँलो टिसर्ट लगाएका व्यक्तिले कुटेको र भिडियोको २५-२६ सेकेन्डमा उनलाई भूँइमा पछारिने गरी अर्कोले लडाएको देखिन्छ। भिडियो हेर्न भित्र आउनुस्।

    सिरहामा आफ्ना नेताको गोली हानी हत्या भएको विरोधमा माओवादीको मजदुर संगठनले हिजो देशभर दुई घण्टा चक्काजाम गर्‍यो। यसै क्रममा एकान्तकुनामा चक्काजाम गर्न आएका माओवादीहरु आ-आफै झगडा पो गर्न थाले। माइसंसारका पाठक माधव थापाले झगडालाई आफ्नो क्यामेरामा कैद गरेका छन्। अलि टाढैबाट खिचेको हुनाले ध्यान दिएर हेर्नुहोला। बायाँपट्टी पहेँलो टिसर्ट लगाएका व्यक्तिले कुटेको र भिडियोको २५-२६ सेकेन्डमा उनलाई भूँइमा पछारिने गरी अर्कोले लडाएको देखिन्छ।

    भिडियो हेर्नुस्-


    No related posts.

    99 comments to माओवादीको झगडा

    • इनी हरुको त लड्ने बनी नै हो नी त/ यो त हुनी पर्ने हो र हुन्छ.अब्ब त जनता ल पने बुजेसका छन् इनी हरुबाट नेपालको लागि की हुदैन

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • तेज प्रसाद अधिकारी

      माधब थापा जी हजुरको कलेजो लाइ ‘ ठण्डा ‘ भो होला है अब त /

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 7

    • shishir sharma

      यो त सामान्य भयो नि त उनिहरुको लागी

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • hari karki.

      माओबादी को बन्दमा म पनि सिरह को चुहरवा भन्ने ठाउमा म पनि त्यहिँ थिए.त्यहाँ को बाताबरण देखादा lagthyo कि फेरी युध काल फर्कियो जस्तो यस्तै हो भने के सान्ति होला र deshma´………………………..

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • Nipun Tamrakar

      माओबादी कार्यकर्ता को आफ्नो भित्रि झगडाको हामीलाई के मतलब?? मोटरसाइकल चालकलाई ढुंगाले हानेको चै रिस उठ्दो कुरा हो.
      माओबादी समर्थक हरु लाइ प्रस्न … तपाईहरु गुन्डागर्दीलाई नै समर्थन गर्ने हो त ? यदी कसैले तपाइहरुको विचार र बन्दलाइ समर्थन गर्दैन भने उसलाइ ठोक्ने नै हो त ??

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • Nik

      गलत, साथि| मेरो सन्सार ले यस्तै गरे यसको पपुल्यारिटी सबै खेमा भित्र अटाउने र अझ धेर यसका फन हुन्छन, बन्छन अनि अझै चम्कन्छ|एउटी मात्रको मुख पत्र बन्न खोजे त्यसको भबिष्य अन्धकार हुन्छ, जस्तै माओ-बादिमा लाग्नेहरुको छ|

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • लागेको बानी हतपत जादैन नानी

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    • गगने

      जे होस् माधब थापाले हामि सबैलाई बिचित्रको सचित्र मनोरंजन गरायो, धन्यबाद!
      यस्ताकुराहरु वाई सी यल मा मात्र होइन जताततै छन् पाइन्छन, र के कति कारण ले यसलाई माओबादीको झगडा भनेर शिर्शाकरण गरियो कुन्नि सो त माइ सन्सार लाइ नै थाहा होला तर हेर्दा यो झगडा तेस्तो समाचार बन्नु पर्ने कुनै कुरा पाइन्दैन, यहा सम्मकी झगडा कोस कोस को के को लागि किन भयो भन्ने कुरा पनि थाहा पाइयन, केटि जिस्कायाको निउमा भयको होकी?, खैर जेहोस राम्रो चाहि पक्कै होइन!
      समाज,सार्बजनिक स्थान,सार्बजनिक कार्यक्रममा र सार्बजनिक समुह पार्टीको यस्ता उपद्रो र नाकाम हरु सार्बजनिक रुपले उदांगो बनाउनु पर्छ हामि सबैले यसकोलागि माधब थापा धन्यबादको पात्र हुनुहुन्छ यदि उहाले यसो नगर्दो हो त आज हामीले थाहा पाउने कुरै थियन र यहा जुहारी खेल्न बिचार मन्थन गर्नु पनि पाइदैनथ्यो होइनर?, तेसैले नकारात्मक होना सकारात्मक सोचौ, माधब थापाले जे गरे राम्रो गरे: धन्यबाद !
      अब जहासम्म कुराछ (केहि साथीहरुको माधब थापाको बोलि अनि प्रस्तुति माथि, बिबिसी मा दिन्छु भन्ने उदघोस माथि),
      मलाइ के लाग्छ र म के भन्छु भने,
      एउटा फोटो र भिडियो त सोझ्यायर खिच्न नजान्नेले कसरि बिबिसी मा दिदों हो यो फुटेज, अनि कुन आधारमा यो फुटेज बीबीसीमा दिन लायक को देख्यो होला? (यसबाट यो बुझिन्छ कि उहालाई बिबिसी भन्ने सब्दसम्म थाहा रयछ तर बारेमा चाहि कुन्नि भन्नु पर्ला)
      उहाको तेतिबेला को त्यो बोलि र शब्दले मैले चाहि बुझें कि, संगै कोहि थियो होला जसलाई अप्रत्यक्ष फुर्ति दिदै हुनुहुन्छ थापाजी, त्यो संगै छेउको कसैलाई सुनायाको धमास भन्दा बढी मलाइ चाहि केहि लाग्दैन!
      जे होस,
      माओबादीको झगडा भन्ने सिर्सक, विडियो फुटेज, प्रस्तुति, भिडियो खिचाई तरिका अनि थापाजीको धमास (खिचेर बीबीसीलाई दिन्छु सालाहरुको… अनि, भन्ने) चाहि एकदम मिलेको छ!
      मजा आयो!
      धन्यबाद र आग्रह छ फेरी फेरी पनि यस्तै कुरा पाउनुभयो भने हामीलाई पनि जानकारी र मनोरंजन गराउनुहोला: दुख नमान्नु होला !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 16

    • RISHIRAM

      माइ संसार मा कमेन्ट लेख्ने मदन,पुष्प,लुना,बोरते,देवराज,महेस,aasish-switzerland, आदि हरु लाइ एकै ठाउँ मा जम्मा गर्ने हो भने पनि त्यो भन्दा मारामार हुनेछा पक्का.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 25 Thumb down 12

      • Rabin Sharma OLI, Evry France,

        झगडा गर्नु आफ्नो साथि चिनेर वा नचिनेर अथवा कसैलाई हातपात गर्नु सारै लज्जास्पद कुरा हो , तर आफुलाई सारै ठुलो मान्छे सम्झिने , ठुलै पत्रकार सम्झने
        माधव जी यहाको बोलि कस्तो नि??? ” यिनार्को त पख्न म BBC लाई दिन्छु नि , सालाहरु …. ,,
        BBC , CNN, TF1, DURDARSHAN, AAj TAAK सबैलाई दिदा तपाइको मान इज्जत
        बढ्ला ,दिनुस तर अलि कति सभ्य भाषा बोल्न सिक्नुस, इज्जत गर्न सिक्नुस, तपाईमा पत्रकारिता भन्दा नेपाल पुलिस बढी झलिक्न्छा,
        धन्यवाद!!!

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 12

      • पुष्प

        हो है ! झन् ‘तपाईंहरू’ र ‘हामीहरू’ एकै ठाउँङ्गा जम्मा भए त काटाकाटै पो हुने होला है । :)

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 8

        • kesu

          पुष्प जी चित्त बज्यो ऋषिराम अनि तपाइँ दुवै जना को कुरो.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 13

          • पुष्प

            तपाईंचाहिँ ताली बजाउने पर्नुभो कि कसो केशुजी ? ;)

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 13

            • kesu

              पुष्प जी,
              ताली मात्र होइन गाली पनि बजाउने थिय. माओबादी का चेला संग कुस्ती खेल्ने आट त छैन किनकि तिनीहरु दिमाख होइन (दिमाख त हुनु नि पर्यो नि) मुडकी को प्रयोग गर्छन.

              मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 8

    • ram prashad

      ओह नेत्र जिउ मानसिक बिमारी को औसधि को डोज आज पुरा त लिनु भो…हाहाहा राम्रो विकास को कम कसले त माओबादीले कमल थापा न आइ हुन्न

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 4

      • Bhimsen Limbu

        माइसंसारका पाठक भनी उल्लेखित मित्र माधव थापा आलाकाँचा पत्रकारिता गर्दैर’छन् । अल्पबुद्धि भयङकरम् भनेजस्तै भई नहालोस् यिनलाई । बीबीसीमा न्यूज सम्प्रेषण गर्न दिँदा सायद पैसा पाइँदो हो अथवा न्यूज बिक्री हुँदो हो । कम्युनिष्टहरुको कमजोर पक्षलाई पूँजीवादीहरुको हातमा बेच्ने धन्दाका बारे पनि यिनलाई सुझेको रहेछ भन्ने पनि बुझन गाह्रो भएन । वाइसीएलहरु बीचको सामान्य झगडा हामी नेपालीहरुको सामान्य बानीभित्र पर्छ । यस्ता सानातिना चीजलाई ठूलै इस्यु बनाएर अर्को शब्दमा तिललाई पहाड बनाएर प्रस्तुत गर्नु एकखाले मानिसहरुको पेशा हुँदै आएको छ । यी माधव मित्रले आफ्नै नेपालीको बेइज्जत हुनेगरी सामान्य झगडाको विषयलाई विश्वव्यापि नबनाउन् भन्ने सल्लाह दिन चाहन्छु । यसखाले कुबुद्धि कसरी फुर्दो रहेछ ? अचम्म पनि लाग्छ । कि के यी माधवका बाबुआमा तिनै बीबीसी हो त ? कि यिनको बोस हो ? किन बीबीसीलाई दिन्छु भन्ने फुर्ति गरेका ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 16

    • सबै कुरा त बुझियो तर “यिनीहरुको त पख न म बीबीसीमा दिन्छु…….साला ।” यसको अर्थ अली बुझिन ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Dinesh

      अरे माओबादी हो देखी है आफ्नो चरित्र ? कमेन्ट गर्ने माओबादी क समर्थक हो यो भै पत्रकार होइन बुझेउ ? तिमि हरु को साथी हरु को चरित्र को बर्णन गरेको हो

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 15

    • kundan

      भाई फुटे गवार लुटे भनेको येही नै हो

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 9

    • gautam rijal

      यहाँ को झगडा त ध्यान दिएर हेर्दा यिनी हरुको बानी अझै सुध्रेको छैन भन्ने प्रस्ट हुन्छ . तर भिडियो सिधा नभएर छड्के खुलेर अलि राम्रोसंग हेर्न मिलेन . लडाई झगडा त यिनको पार्टी को एउटा नियम नै हो नि.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 25

    • surya Prakash Tiwari

      यो भिडियोग्राफर ले अलि अस्लिल शब्द प्रयोग गर्दो रहेछ अलि मुख सम्हालेर बोल्ने बानी गर्नुपर्यो ल भाई! पत्रकार भएपछी अलि मर्यादित बन्ने हो कि?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 8

    • udhav

      यो भीडिओ जसले खेचे पनि भीडिओ भएको अस्लिल शब्द MYSANSAR लागि पनि अस्लिल लागेनछ ……….. जय होस् mysansar को

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 4

    • bini

      मओबादी र सबै नेता भुस्या कुकुर हुन् , तेस्मा कुनै शंखा छैन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 31

    • देवराज जोशी, कैलाली

      भीड भन्ने कुरानै त्यस्तैहो जहाँ कसैको कसै माथि नियन्त्रण हुँदैन, त्यस्तो भीडमा कहिले काँही झैँ-झगडा हुनु सामान्य कुरा हो तर यहाँ भने माओवादीको खेदो खन्ने सामग्री खोजी खोजी पस्किए जस्तो पो देखियो |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 62 Thumb down 91

      • P4R££N1T4~

        ए होर ? त्यसो पो भए छ |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 21

      • DINESH BK

        लुटेको पैसा बाड्ने कुरा नमिलेर होला,अब दुइटा लुटेरा हरुको बिचमा अरु के कुरामा झगडा हुन्छर

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 72 Thumb down 30

    • khem

      माधव थापा जोगिएर हिद्नु है ? यी जंगलिका के भरोसा ? को हो माधव भन्ने भन्दै भरे भोली आउन सक्छन.उनिहरुका मन नपरेका प्रधान मंत्री पनि माधव,तपाई पनि माधव दुइटै माधवलाई ठोकेर साधक बनाउलान नि.यो माधव भन्ने शव्द पनि कस्तो ?माओवादी भन्ने त फितिक्कै मन नपराउने. प्वाक्क मुख्वा हानू जस्तो.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 68 Thumb down 34

      • प्रतिक्रियामा त जति सक्नुहुन्छ त्यति मुक्का मुक्की हाने पनि हुन्छ तर सिधै रुझेको बिरालो जस्तो होला हैन र खेम जी !

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 5

      • प्रफुल्ल

        खेम ज्यू / यि भिडियो खिच्ने ‘साला’ माधवलाई नगोदे अरु कसलाई गोद्ने ? तिललाई पहाड बनाएर खान पल्केका ‘हरामजादा’हरुकै कोटीमा परे यी माधव थापा / हेर्नुस उसको बोलीले नै थाहा पाइन्छ यिनी कुन कोटीको जन्तु रहेछन् भनेर / जुन सुकै विचार बोके पनि अरुलाई गिराउने प्रयोजनका खातिर यस्ता वाहियात सामग्री पस्केर माइ संसारले प्रकाशित गरेर आफ्नो स्तर घटाएको छ / छ्या लाजै मर्दो /

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 45 Thumb down 41

    • Himalee

      युद्द चाही युद्द नै हो तर कुन चाही युद्द हो थाहा पाउनु सकिएन

      बनयुद्द ?
      जनयुद्द ?
      धनयुद्द ?

      जुझारु पार्टीको झुझारू चाला भनेको यहि होला /

      हिमाली

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 9

    • andhakar

      हुने बिरुवा को चिल्लो पात !!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 3

    • basant

      घरमा २ दाजु-भाई को बिचमा त झगडा हुन्छा यिनीहरु त लाखौ को संख्या मा छन्, / तर नेपाली पत्रकार हरु मावोबादी को पछाडी हात धोएर परेका छन् , यसले उनीहरुलाई फाइदा नै भएको छ.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 30 Thumb down 62

    • Aringal

      होइन कति दिन प्रयोग हुने हो हामीहरु अरुबाट? कति दिन चल्ने हो अरुको दिमाग बाट? धिक्कार छ हामीलाई/ एक दिन पछुताउनु पर्ने छ अबश्य/ जिन्दगीको सबैभन्दा महत्वपुर्ण समयको सहि सदुपयोग के यहि हुन सक्छ? माओबादीका नेताहरुको पनि चमत्कारिक परिबर्तन भैसक्यो/ सबैका महल ठडिइ सके/ हाम्रो स्थिति दिन प्रतिदिन नाजुक हुदै छ/ कहिले बुझ्ने हो हामीले यो कुरो? साथीहरु म बिन्ति गर्छु एक चोटी ठण्डा दिमागले सोच्नुहोस/
      हे प्रचण्ड,
      ठुलो पार्टीको नेता हुनुहुन्छ/ सरकार त चलाउन सक्नु भएन (म त सबै दोष तपाईलाई नै दिन्छु किन भने हामीले त भोट दिएर जिताउने हो जिताएर पठाएको हो;षड्यन्त्रकारीको षड्यन्त्रलाई चिर्ने; तपाइकै शब्दमा देशी बिदेशी प्रतिक्रियाबादीसित लड्ने र तिनका गतिविधिलाई पर्दाफास गर्ने हैसियतमा पुर्याएकै हो/ ब्यबस्थापन गर्न नसकेर हाम्रा सारा आशा माथि तुषारापात गर्दै सरकारबाट बाहिरिनु भो, हारेकासित पनि हार्नु भो/ अब जतिसुकै अरुलाइ दोष दिए पनि आफ्नै मनले त धिक्कारेकै होला/ केही समयको लागि हामीले त पत्याईदिउला तपाइले सरकार छोडेर ठुलो त्यागको उदाहरण बन्नु भो भनेर/ तर इतिहासले पत्याउला र?) सरकारबाहिर भए पनि हैसियत तपाइकै ठुलो छ/ मेरो अनुरोध अब नेपाल बन्दलाइ संस्थागत गर्नु पर्यो/ अब बन्ने संबिधानमा स्पष्ट लेखिनु पर्यो – “नेपाल बन्द” नेपालको पहिचान अनि नेपालीको आधारभूत अधिकार भनेर/ अनि कानुन बनाएर स्पष्ट ब्यबस्था गर्नु पर्यो कस्तो अबस्थामा कति दिन नेपाल बन्द गर्ने; कति दिन आमहड्ताल गर्ने; कति घण्टा चक्काजाम गर्ने भनेर/ अनि कस्तो गल्ति गर्नेलाइ कुन हैसियतको पार्टीले कुन हद सम्मको भौतिक कारबाही गर्ने भनेर/ होइन भने हामीले माओबादीबाट आशा गरेको त कांग्रेस एमाले ले बिगारेको देशको पद्धति सुधार्ला भन्ने हो/ एउटा माओबादीको नेताको हत्या भएछ, दुख लाग्यो/ आफै भन्नुस अब अपराधीले अपराध गर्यो भनेर कार्यकर्ताहरुलाई सडकमा उतारेर चक्काजाम गरेर त्यसको समाधान खोज्ने कुरा जायज हो कि होइन? हामीले सुन्न चाहेका छौँ – वाई सी यल ले बन्द खुलाए, न्याय खोज्न सडक बन्द गर्ने परिपाटीको अन्त्य गरे, वाई सी यलको जना चेतना मुलक अभियानले गर्दा २०११ मा नेपालमा कुनै पनि दिन बन्द भएन, वाई सी यल ले बेरोजगार युवाहरुलाई स्वरोजगार सम्बन्धी स्थानीय स्तरमा उपयोगी तालिम दिई व्यवसायमा लाग्न हौस्याए पछि बिकट गाउका युवाहरुको आर्थिक स्थितिमा ब्यापक सुधार, विदेश जाने युवाहरुको संख्या घट्यो/ के यो सम्भब बनाउनु हुन्छ प्रचण्ड ज्यू?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 9

      • madan bajracharya

        अरिंगाल जी

        खिल त् तगडा रहेछ/ खुब चिल्नु भएछ/ कन्यौदै कन्यौदै हैरान नै हुन्छ होला/ सरकार छोड्नु को कारण जे भने पनि त्यो पनि जनमतले दिएको दायित्वो बात भागेकै मान्छु/

        सडक झगडा को खिल्ली सडक बाट उठायिन्छ नै/ तर अस्ति सुजाता ले जस्तो राम चन्द्रे आदिलाई चोरनी औंला देखाउंदै पाखुरी सुर्क्यौन्दै कुतुंला जस्तै उफ्रेर चिच्याई चिच्याई सबैत उसको बाउले टिका लगाएर नेता मन्त्रि बनाएको त् होनी अनि उनि मात्रै उनको बाउको हाट बात टिका लगाएर उप प्रधान मन्त्रि बन्न नपाउने भनि केंद्रिये समितिमा चाहिं झगडा नगरियुंन/

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 14

        • Aringal

          मदन जी,
          तपाईंका कमेन्टहरु प्राय: पढ्छु/ यति धेरै बहस हुन्छ यो माइ संसारमा, खुशी लाग्छ/ तर हामीहरु कि त कसैको हरदम बिरोध मात्र गरेर अनि कि त कसैको हरदम अन्ध समर्थन मात्र गरेर कमेन्टहरु गरेका हुन्छौं/ निकै कम मात्रले सन्तुलित र निष्पक्ष कमेन्ट गरेको पाइन्छ/ प्रश्न गर्छु आफैसित- किन हामी कुरा बुझ्नेहरु पनि “म जन्मेकै कुनै निश्चित पार्टीको सदाबहार बिरोधि वा समर्थक हुनको लागि हो, त्यसर्थ मैले फलानो पार्टीले गरेको जस्तो सुकै क्रियाकलापको समर्थन र बचाव गर्नु पर्छ अनि अरुहरुले गरेको जस्तो सुकै क्रियाकलापको बिरोध मात्र गर्नु पर्छ” भने जस्तो गरि तर्क बितर्क गर्छौं? पर्दा भित्र हुने धेरै कुराहरु हामी कहिल्यै थाहा पाउदैनौं/ सबै जसो पार्टीहरु पर्दाभित्रकै योजना मुताबिक चलेका छन्/ तिनका असली रुप के हुन् हामीले बुझ्न सक्दैनौं/ मेरो अनुरोध सबैमा- हामीहरु Neutral Position मा रहेर राम्रो जो सुकैले गरोस त्यसलाई समर्थन गरौँ नराम्रो जो सुकैले गरोस त्यसको सबैले बिरोध गरौँ/ हामीहरु अन्ध भक्त हुनाले नै कुनै पनि पार्टीमा जनताले चाहेका नेताहरु अगाडी आउन सकेका छैनन्/ उदाहरणको लागि माओबादी पार्टी भित्र होस् वा बाहिर बौद्धिक जमात चाहन्छ बाबुराम भट्टराइले नेतृत्व गरुन/ तर किन यो सम्भब हुन सक्दैन? कांग्रेसमा नरहरिहरु र एमालेका प्रदिप ज्ञवालीहरु किन पछाडि? कतै हामीहरुले पनि यस्ता प्रश्नको जवाफ खोज्ने हो कि? हामी सधै नेताबाट निर्देशित हुनु भन्दा पनि अब कहिले काँही नेताहरुलाई पनि यस्ता कुराहरुमा निर्देशन दिने हो कि? तपाइको विचार जान्न चाहन्छु/

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

          • madan_bajracharya

            aringaljee /
            प्रतिक्रयामा गरिएको बिरोध भित्र समर्थन र समर्थन भित्र बिरोध लुकेको हुन्छ/ तेस अर्थमा हेर्ने हो भने कुनैले सान्दर्विक रुपमा कुनै दल बा नेताको समर्थन बा बिरोध गर्दै गरेको हुन्छ त् कुनै समर्थन/ तर कुनैले प्रायोजित बिचार व्यक्त गरि रहेको हुन्छ/ येस्मा को कहाँ पर्छ भन्ने कुरा स्वोतन्त्र पाठकले गर्ने हो त्यो उनीहरुकै हातमा छोडी दिउँ/

            अरिंगाल जी मेरो बिचार जान्न चाहनु भएको ले म सिधै भन्छु/ म कांग्रेसको स्थापना भएको कारण र स्थापना भए देखि उसले गरेको रास्ट्रघाटहरु हेरेर पढेर कांग्रेस बिरोधि मै गनियुंन भनि चाहन्छु/

            भारत सिट हाम्रो मित्रता र सम्भंद पाँच शिलको सिधान्त्को आधारमा हुनु पर्छ र घैटो जत्रो नेपाल ले सागर जत्रो भारत सिट खुला सिमाना राख्नु हुन्न भन्ने धारणा राख्छु/ भारत सिट सामाजिक र सांस्कृतिक सम्भंद अगाध छ तर रास्ट्रको परिचय राजनैतिक सह अस्तित्वोमा मात्रै जीवित रहन्छ भन्ने धारणा राख्छु/

            राजतन्त्र प्रति रास्ट्र जगेर्ना गरि राखेकोमा श्रद्धा छ तर यो युगमा राज तन्त्र लायो लोकतन्त्रले प्रतिस्थापना गर्नु पर्छ भन्ने ठान्छु/ उहिले हिन्दु मुस्लिम को विभेद रचेर भारत टुक्रा गरेको राजनीति नेपालमा लाद्दै पहाडी मधेसी भन्नेहरुको बिरोध गर्छु/ अब बाकि रह्यो मावोबादी/ उसको रास्ट्र्बादी माग को समर्थन गर्छु तर नेपालमा मावोबादनै लाद्नु पर्छ अनि मात्रै बिकाश हुन्छ भन्ने कुरा मान्दिन/ जनताले जसलाई बहुमत दिन्छ तेसैको सरकार बनुन र चलुन भनि चाहन्छु/ साँच्चैको लोकतन्त्र पाएमा गलत गरे अर्को चुनावमा फाल्ने कुरा हाम्रै अधिकार को कुरा त् हुन नि/ तर गठबन्धनको संस्कार हाबी भएमा नकली लोकतन्त्र पाउने कुरा बुझुन भनि चाहन्छु/ अब साथीहरुले जे अर्थ लागौं चाहन्छ लगाउन/ मेरो आपति छैन/

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • bibek

      सबै बादी चोर हरु उस्तै हुन् सबै तछाड म छाड देश को माया गर्ने त आज कमै छन् कम गर्नको अल्छिले जोगी बनेको जस्तै हो नेपाल को माओ बादी कोहि पदनका अल्छिले कोहि चोरी केश ले कोहि बलात्कारी केश ले नेता भनौदा सब गफाडी अलिअलि त राम्रा होलान दश बारवर्ष को पनि माओ बादी सेना लडाकु रे सब काम garnaka अल्छी हुन् सर्ब साधारण लाई ठगेर खाने बानी भाग नमिलेर झगडा गरेका

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • भिडियो खराब नियत ले खिचियाको हो भन्ने कुरा प्रस्ट छ,यो कुरा को पुस्टि भिडियो खिच्ने को बोलि बाट प्रस्ट हुन्छ,”साला हरु”भन्ने देखि लियर भिडियो लाइ बिबिसी सम्म पुर्याउने भाषा त्येस मा प्रयोग भयको छ,अनि फेरी यो भिडियो मा साथि साथि लडेको हो,वा आफै मा झगडा गरेको हो भन्ने पुस्टि हुदैन,किन भने एक त भिडियो टाढा बाट खिचिनु अनि अर्को भिडियो ग्राफर र उ संगै भयको मान्छे ले मात्र”आफु आफु मा झगडा गरेको रे”भनि”रे” मा जानु,त्यहा भयका सर्बसाधारण तथा सम्बन्धित व्यक्ति को भनाइ यस मा समाबेस नगराउनु,लगायत का तथ्य हरु लाइ हेर्दा यी भिदियो खिच्ने साथि(खोइ के पत्रकार भन्नु र येस्ता लाइ)को कुचेष्टा के हो प्रस्ट हुन्छ.
      आशिस
      स्विस

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 64 Thumb down 100

      • Harke

        आशिष जी,
        यो भिडियो नखिचिएको भए हामीले हेर्न पाउदैनथियौ तर पनि स्थानीयले त सडकमै देखे नि ! ति देख्नेको पनि नियत खराब हो त ?

        सार्वजनिक स्थानमा देखिएको दृश्य समेटिएको भिडियो खिच्नेको नियत कसरि खराब हुन सक्छ ?

        भिडियो खिच्ने पाठक हुन (कुनै पत्रकार होइनन), भनेर माथिनै लेखिएको छ !

        एउटा कुरा पक्का हो, यो भिडियो खिच्ने माओबादी चाइ नहुनु पर्छ, तेसैले तपाइले यिनको नियत खराब देख्नु भो ! (तेती हो !)

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 21

        • borte

          साला हरु यिनीहरु को विडियो BBC मा दिन्छु भनेर साला माधब थापा ले फुर्ति किन देखाएको? राम्रै नियतले खिचेको होला तपाईहरु जस्तो लाई , हामी पनि माइसंसार को नियमित पाठक हो हामि पनि हेरौ न त साला माधब थापाले BBC मा दिएको /

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 29 Thumb down 47

          • madan bajracharya

            borte जी
            “साला” भन्नु भएर गालि गर्नु भएको हो बा नाता जोड्नु भएको हो अलि कति स्पस्ट गरि दिनुस न है/

            आफैले आफुलाई मानानिये सम्मानिये पद भिरायेकाहरु लुट्दै पिट्दै लात हान्दै गाला चद्काउन्दै गालि गलौज गर्दै झैँ झगडा गर्दै गरेको हेर्दै आएको हामि सबैले देख्दै आएको हो/

            मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

      • Himalee

        “विडियो खिच्नेको नियत खराब ?!?!”
        मान्छेलाई सडकमा डंगरंग लड़ाउनेको नियत चाही राम्रो?

        हिमाली

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 10

      • bini

        आशिष जी ,तपाई पनि उस्तै माओबादी हो कि क्या हो , जादै पिर पर्यो जस्तै छ नि ,

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 10

        • yes i am.

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 13

          • Nik

            त्यसकारणले माओ – बादी = खाओ-बादी| भन्नु परेको aashis from Switzerland. Do you understand?

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 7

          • Nik

            त्यसमाथि पनि “शरणार्थी” पर्नु भो कि त, माओ-बादी पिडित|

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

    • खै के माओबादी लड्या भन्नु? जो लडे नि नेपाली नै हुन्. कुर्सि मा बस्ने देखि लिएर सडकमा हिन्ने सबै लड्न मात्र चाहन्छन. कैले होला र शान्ति त ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 85 Thumb down 1

      • mahesh

        माई संसार स्तरहिन् हुदैछ भन्ने प्रमाण. जुलुस माँ आएका मान्छे, ती माओबादी का साधारण कार्यकर्ता वा शुभचिंतक हुन सक्छन, तिनी हरू को अत्यंत साधारण झगड़ा लाइ माओबादी का ठूला नेता हरू को निर्णायक लड़ाई वा माओबादी नेतृत्व को बिच भयंकर मारामार भए झै प्रस्तुत गरिएको छ. अर्को तीर माओबादी लाइ जनमत माँ, समर्पण माँ कुनै कुरा माँ पनी दश भाग को एक भाग पनी आउन नसक्ने तर माओबादी को इर्ष्या ले ज्वारो निकालने हरू लाइ माओबादी फुटेर सिद्दिएको कल्पना गर्न कति हतारो भएको होला.माओबादी बिनास को कामना गर्ने हरू हो, यो तिमी हरू को दिवा सपना भन्दा कही होइन. सोम शर्मा को सपना देखने हक़ सबैलाई छ. ……….. को सराप ले डिंगा के मर्त्यो होला र?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 29 Thumb down 26

        • Nik

          तपाईका लागि त हुने नै भो नि|

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 8

    • ram prashad

      हुन त माओबादी को नारा नै थियो ,सबै लै हेर्नु भो अब हाम्लाई हेर्नु भन्ने, देखि हालियो .अरु को नाटक मा त कमेडी पनि हुन्थ्यो माओ मा त मात्र एक्शन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 15

      • Sisir

        राम प्रसाद जी,

        अहिले सम्म कै सबै भन्दा सटिक र मिठो कमेन्ट तपाई कै लग्यो. एकदमै उत्क्रिस्थ . र पूर्ण बंग्यात्मक

        म त एती मात्र भन्छु ” जस्तो गुरु उस्तै चेला ” वा ” हुने बिरुवा को चिल्लो पात “

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

    • खै के यिनीहरुले गर्दा हाम्रो भविष्य पनि अन्धकार नै हुने हो त?? चिन्ता र भय थपिदिने काम माओबादी ले अग्र रुप मा जनाउदै छ . राजतन्त्र ढालेर फेरी जगाउने काम पनि माओवादीले नै गर्छा कि त!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 11

    • bhagirath

      इर्स्य र द्वेस सकिने हो कैले?
      सभ्यताको होस् छोदम्ना साथि
      यो वादी र मन्ता अनि पत्रकार…
      मान्छेहरु भनि गर्व गर्ने कैले?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    • Netra

      ताजा खबर! ताजा खबर !

      प्रचण्ड र बाबुराम बीच झगडा | माओबादीको अधक्षमा बाबुराम निर्बाचित | माओबादीको पुनसंरचना | YCL विघटित | माओबादी सेनालाई गैर सैनिकमा रुपान्तरण र बाटोघाटो पुल बनाउने जिम्मा | हतियार सबै जलाइयो | माओबादी अब हतियार छोडी देश बनाउन लाग्ने | प्रचण्डको सबै निर्णय उल्टाइयो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 83 Thumb down 21

      • Nabaraj

        हाहाहा….साथीले त दिउसै सपना पो देख्न थाल्नु भो छ……// यस्तो काल्पनिक संसारको सपना देख्नु हास्यास्पद कुरा हो….//

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 11

      • Bhimsen Limbu

        हा हा हा हा मलाई पनि हाँसो लाग्यो । ताजा खबरका हकर मित्र नेत्रजी ।

        माओवादी सेनाले बाटोघाटो पनि खन्दै आएका हुन् ठीकै छ । तपाइँको विचारजस्तै, उनीहरुले त हतियार फाले रे लौ मानौँ तर, नेपाली सेना र शसस्त्र प्रहरीलगायतका ज्यानमाराहरुसँग भएका हातहतियारहरु चाहिँ के गर्ने नि ? नेपाली छोरीचेलीलाई बलात्कार गर्दै गोली ठोक्दै बसून् त ? भारतीय एसएसबीका फौजले सीमा मिचेको बेला ती नेपाली सेना र प्रहरीले चाहिँ रमिता मात्रै हेर्दै बसून् त ? सपना पनि निर्रथक सपनाको के अर्थ ? सपनै देख्नेभए जोन अफ केनेडीले जस्तै वा मार्टिन लुथरले जस्तै र्सार्थक सपना देख्नुभए पक्कै पूरा हुन्थ्यो कि ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 14

      • neerose

        पागलको भाबिस्यबानी जस्तो छ!

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • एस्तो तरिकाले देश बनला …. देश झन् झन् खालदोमा खस्दै छ| नेताहरु आफनो पेट भर्दै ठिक्क छ | यो नेताहरु भनौदो साब लै खाल्डो मा झर्नु परियो कसो साथि हरु ………

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 2

    • krishnahari baral chitwan

      अब एक दुइ दिनमा parchanda र baburam को पनि यस्तै झगडा हेर्न paune छन् नेपाली जनताले किन कि भित्र भित्र को PM हुने होड सुरु भएको छ कसले एस vedio मा जस्तै मुक्का हानेर ढलाउने हो हेर्दै जाऊ …………….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 11

    • parasar

      यी वाइ-स्यालहरु (माओ-बादीहरु ) पनि ” रानो बिनाका मौरी ” जस्तै हुनेछन अबका केही महिनाहरुमा !!!!!
      मौरीहरु रानो नभएमा आ-आपसमा झगडा गरेर मर्छन तर यी वाइ-स्यालहरु चाहि आँ-आफैलाई रानो सम्झी कुटा-कुट गरि मर्छन ! यी मौरी र वाइ-स्यालहरु को कार्य प्रकृति झन्डै झन्डै उस्तै छ , मौरी दिलो ज्यान दिएर आफ्नो बम्स-जातको बिकास – र ब्रिद्दिमा चौबिसै लागि पर्छन वाइ-स्यालहरु / माओ-बादीहरु चाँही माओ इतरका हरुको बम्श नाश गरि श्री-सम्पत्तीहरु लुटेर आफ्नै र रानोको समेत भरण-पोशण गर्छन् !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 13

    • होइन मित्र माधब भन्ने साथि चाही को पर्नु भयो कुन्नि??तपाई को पनि बोलि सुन्दा त ब्याक्तिगत रिसीइबी भए लास्तो लाग्यो!अनि मित्रहरु पत्रकार हरु तेतिकाई कुटिएको छैन!कुनै ठाउमा सायद यी माधब जी कै जस्तो बोलीले गर्दा!सालाहरु!!!!साच्चिकै तपाइँ पत्रकारीता गर्नु हुन्छ भने स्वच्छ र निस्पक्ष्य तरिकाले रीपोटिंग गर्नु होला त कि जसको असर सम्बन्धित समक्ष्य पुगोस!!अनि बिना कारण झगडा भएको मात्रै पोस्ट गर्नु भएछ!केहि त कारण थियो होला सायद!सबै खुलाएर राख्नु भएको भए राम्रो हुने थियो कि!!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 35 Thumb down 24

    • बिराज

      मान्छे पुग्यो जुनमा,
      माओबादी आफ्नै धुनमा,
      टाउकोमा रातो पट्टि बढ्ने नेपालमा अब फेशन नै भयो,
      सानो तिनो कुर्म चक्काजाम र हड्ताल चलन नै भयो,
      लड कमरेड हो लड,
      आखिर तिमीहरु लडेर मार्न र मर्नलाई नै जन्मेका त हौ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 11

    • nirmal

      के हो माधब जी धम्की त निकै तागतिलो छ नि??? अनि कसलाई भन्नु भएको नि साला भनेर… भेनाजु पर्नु भयो कि के हो र ????

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 20

    • yogi

      हामी “बहादुर” नेपाली, धोतीले तेसै भनेको होइन, भिड हेर्नुस् त, नेपाल र नेपाली को मति अनि गति, कहिले बुद्दी फेरेर देश निर्माण को काम लाग्ने होला हामी नेपाली, अब त नेपाली भन्न पनि लाजै भो बा………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 4

    • dipak ilam/ kuwait

      लुना जी करेक्ट लेख्नुभयो यो पत्रकार माधव थापा को गल्ति छ त्यसैले बेलाबेलामा पत्रकारमाथि कारबाई हुन्छ …दीपक कुवैत

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 16

    • suresh bhattarai

      यी चोर हरु यसरि नै मर्नु पर्चा अनि मात्र देश र जनताले शान्ति पाउछन .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 6

    • Sheetal

      धेरै दिन पछि My Sansar मा राम्रो खबर पढ्न पाइयो | यिनीहरु आफु -आफु मा लडेर नासिद्धिये सम्म नेपालमा शान्ति आउन्न |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 20

      • पुष्प

        शीतलजी,

        ल मानिलिउँ माओवादी आफू-आफूल लड्ला र सिद्धिएला रे ! तर के यत्तिले शान्ति आउला ? अनि शान्ति भनेको चाहिँ के रहेछ कुन्नि ! कि उही लाउडा खाने, धमिजा पचाउने, अनि हाम्रो स्रोत साधन अरुलाई सुम्पेर शान्ति आउँछ हो ? अनि शान्ति ल्याउनेहरू माकुने, सुजता, ओली, खुमे, चिरे, उपेन्द्र होलान् है ! कि माइला दाइले ल्याउँछन् ? नारायणहिटीमा शान्ति ल्याएजस्तै ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 49 Thumb down 40

        • Harke

          पुष्प जी, नमस्ते (धेरै पछी) !

          भबिस्य त कसलाई थाह हुन्छ र ? तर जब नेपालमा माओबादी दल थिएन, तेतिबेला शान्ति भने थियो !
          लाउडा, धमिजा जस्ता दुर्घटना सुशासन को अभाव मा घटेका हुन ! त्यो बेला सुशाशन थिएन, माओबादीको ९ महिने कालमा पनि थिएन र अहिले पनि छैन !

          बिश्वका धेरै देशमा सुशासन बिना पनि शान्ति देखिएको छ तर “शान्ति बिना सुशासन सम्भव छैन !”

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 40 Thumb down 30

          • देवराज जोशी, कैलाली

            शान्ति त पंचायतकालमा थियो र सायद राणाकालमा झन् धेरै शान्ति, मुर्दा शान्ति!!

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 34 Thumb down 26

            • Harke

              देबराज जी, समुन्नती हुन शान्ति हुनै पर्छ !
              पंचायत वा राणाकालमा मुर्दा-शान्ति थियो ,
              माओबादी कालमा मुर्दाहरुको शान्ति !
              रामहरी मरे …शान्त भए, बिरेन्द्र, डेकेन्द्र मरे शान्त भए ! १५००० नेपालि मरे शान्त भए ! बस तेती !!

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 12

              • देवराज जोशी, कैलाली

                Harke जी, समुन्नती हुन शान्ति हुन पर्छ भन्नेमा मेरो पूर्ण समर्थन छ, तर शान्ति को लागि भेदभाव र शोषण रहित समाज, आर्थिक र सामाजिक सुरक्षा अनि न्याय ,हुन जरूरी छ त्यो स्थापित गर्न केही समय अशान्ति बाट गुज्रिनु पर्ने हुन्छ यो व्यावहारिक सत्य हो यो कुरा तपाइले विश्व इतिहास पढ्नु भयो भने छर्लंग हुन्छा तर क्रान्तिको दौरमा यदाकदा केही निर्दोस ले ज्यान गुमाउनु निश्चयनै दुखदायी कुरा हो |

                मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

            • बिराज

              देवराजजी, अन्ध रुपले माओबादीको समर्थन नगर्नुस | त्यो बेलाको मानिसको चेतनाको स्तर र अहिलेको मानिसको चेतनाको स्तरमा धेरै फरक छ | जस्तो कि तपाई हामी अहिले जति चेतनशील छौ तपाई हाम्रा बाजेहरु थिएनन | राणाकालबाट अलिक चेतनशील भएर पंचायत काल आयो, पंचायत कालबाट अझै चेतनशिल भएर प्रजातन्त्र आयो, त्यो भन्दा पनि चेतनशील भएर अहिले गणतन्त्र आयो | हामीले खाली शान्ति खोजेको तपैले भनेको “मुर्दा शान्ति” खोजेको होइन | शान्ति कै नाममा कसैको एकाधिपत्य पनि हामी चाहन्नौ जस्तो कि तपाई र तपाईका माओबादीले चाही रहेका छन् | हामी स्वतन्त्र आकाशमुनि खुला सास फेर्न चाहन्छौ न कि माओबादीले दिन्छु भनेको मुक्तिको नारा भित्रको अघोसित नजरबन्दी र बन्द कोठा भित्रको जीवन | माओबादीले बास्तबमा के चाहेका छन् भन्ने कुरा घाम जस्तै छर्लंग छ र सबैले बुझेका पनि छन् तर यसरि बुझ्दा बुझ्दै पनि तपाई जस्ता शिक्षित व्यक्तिहरु जानी जानी अघोसित बन्धन भित्र पस्न जान खोज्नु अचम्मकै कुरा हो | नेपाललाइ सम्बृद र शान्तिपूर्ण बनाउन हामी बन्धन भित्रै पस्नु पर्छ भन्ने केहि छैन, राम्रो नीति नियम भए स्वतन्त्र नीति र शासनबाट पनि नेपालको उन्नति गर्न सकिन्छ | तपाईलाई जतिकै शान्ति दिए पनि कैद भित्रको जिबन कहिल्यै सुखी र संतोष जनक हुदैन, होइन भने त जेल जस्तो शान्ति र सुरक्षा अरु कहाँ होला ? साथै जेल भित्र बस्नेहरु संसारका सबै भन्दा सुखी र खुशी हुनु पर्ने हो, तर यस्तो किन हुदैन त ? त्यसकारण कम्युनिज्म भनेको अघोसित जेल हो, जुन हेर्दाखेरि राम्रो भएता पनि भोड़ा चाँही कसैलाई राम्रो लाग्दैन |

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 13

              • Bhimsen Limbu

                अरुबेला पनि कहिलेकहीँ सोध्ने गरेको कुरा यहाँ विराजजीलाई राख्न चाहन्छु । ल, मानोँ कि कम्युनिज्म जेल हो रे । तेसोभए स्वतन्त्रता चाहिँ के हो ? त्यही पूँजीवाद र साम्राज्यवाद, जसको नेतृत्व हालको दुनियाँमा अमेरिका, युरोपलगायतका राष्ट्रहरुले गरिरहेका छन् तपाइँको विचारमा त्यही हो त ? संसारका धेरैजसो देशमा आफ्नो खुनी (अमेरिकी) सेना राखेर आफूअनुकुलको कठपुतली सरकार बनाइरहेको र बनाउन चाहने अमेरिकी साम्राज्यवादी नीति चाहिँ स्वतन्त्रताको अनुपम नमुना हो त ? इराक र अफगानिस्तानमा हृयाकुला मिचाइ गर्दै युद्ध थोपर्ने अमेरिका जस्ता पूँजीवादी राष्ट्रहरुको हेपाहा र शोषणमूलक प्रवृत्ति के तपाइँलाई ठीकै लागेको हो त ? कि के हो त कम्युनिज्मको विकल्प ? स्पष्ट पारिदिनुभए आभारी हुनेथिएँ ।

                गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 17

                • बिराज

                  भीमसेनजी, हुन त आ-आफ्नो बुझाईको कुरा हो साथै म कुनै विज्ञ र बिशेषज्ञ पनि होइन तर पनि मेरो साधारण बुझाईमा म के कुरा देख्दछु भने अमेरिकाले संसारमा हैकमबाद चलाएको छ त्यसलाई म नकार्दैन अनि त्यो उसको बैदेसिक नीति हो | तर उसले बिदेशी राष्ट्रहरु प्रति जस्तो सुकै नीति अपनाएता पनि उसका जनतालाई त पूर्ण स्वतन्त्रता दिएकै छ नि, उसले उत्तर कोरिया, क्युबा, चीनमा जस्तो हामीले भनेको मान्ने भए मन नत्र जेलको चिसो खुवाई दिन्छु त भनेको छैन नि, सायद यो कुरालाई त तपाइले नकार्नु हुन्न होला | अब अमेरिका त बलियो थियो र पो हैकम चलायो, तर नेपालले कस माथि हैकम चलाउने हैसियत राख्छ त ? त्यसकारण नेपालमा प्रोपर डेमोक्रेसी आयो भने नेपालको शासन डेनमार्क, हल्याण्ड, बेल्जियम, जर्मनी, स्विस आदि जस्तो हुन् सक्दैन त ? अब तपाइँ आफै विचार गर्नुस कि तपाई यी माथि भनेका जस्तो पूर्ण प्रजातन्त्र शासन भएको देशमा बस्न रुचाउनु हुन्छ कि उत्तर कोरिया, क्युबा, चीन जस्तो कम्युनिज्म शासन भएको देशमा बस्न रुचाउनु हुन्छ ? विचार र इच्छा तपाइको म त स्वतन्त्र पुर्बक बाच्न चाहन्छु |

                  गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 10

                  • Bhimsen Limbu

                    तपाइँको जवाफी प्रतिक्रियामा दुइटा पक्षमाथि मात्र टिप्पणी राख्न चाहन्छु
                    ती हुन्- १. अमेरकाको विदेश नीति जस्तोभएपनि आफ्ना देशका जनतालाई स्वतन्त्रता र प्रजातन्त्र दिएकै छ र २. अमेरिका बलियो भएर पो हैकम चलायो नेपालले कसमाथि हैकम चलाउने ?
                    पहिलो तर्कका बारे यति भन्न सकिन्छ- नरभक्षी बाघकोओडार (बाघको बासस्थान) वरिपरि वा छेउछाउमा उसका बच्चा (डमरु)हरुलाई खेल्नेकुद्ने स्वतन्त्रता रहेको हुन्छ । बाघले बाहिरतिर अरु जन्तुको शिकार गर्छ र आफ्नो इलाकामा स्वतन्त्रपूवक बाँचेको हुन्छ ।
                    अमेरिकाले आफ्नो स्वार्थअनुकुल हुनेगरी कुनै पनि देशमा युद्ध थोपर्छ र हतियार बिक्री गर्छ । यो तपाइँ हामीले देखिरहेकै दृश्य हो । हतियार नबेची उसको अर्थतन्त्र धान्न धौधौ पर्छ भन्ने बताइन्छ । अब उसको प्रजातन्त्र र स्वतन्त्रता अडिनुमा वा त्यो देश बलियो र समृद्ध हुनुमा अन्य देशका लाखौँ मानिसहरुको आँसु र रगत पिइएको छ भन्ने यथार्थ पनि बिर्सनु हुन्न ।
                    दोस्रो तर्कका बारे यसोभनौँ- मेरो बुझाइमा यो हुकुमी शासन व्यवस्थाकै अन्त्य हुनु पर्छ भन्ने हो । मानिसले मानिसमाथि हुकुम किन चलाउने ? त्यस्तै एक देशले अर्को देशमाथि हैकम किन लाद्न खोज्ने ? स्वतन्त्र र उन्मुक्त जीवन बाँच्न पाउँ । कोही पनि कसैसित डराएर, झुकेर बाँच्न नपरोस्, हिंसामुक्त, भयरहित र शान्तिपूण वातावरण सिर्जना होस् भन्ने हो । यो तपाइँ हामी सबैको सामान्य चाहना न हो । त्यति ठूलो त होइन । तर राजनैतिक रुपमा यी कुरा प्राप्त गर्ने सम्बन्धमा चाहिँ मतमतान्तर हुँदै आएका छन् ।
                    तपाइँले नाम लिनुभएका केही विकसित राष्ट्रहरुको दाँजोसम्म मात्र नेपाल देश पुग्नसके पनि धेरै ठूलो कुरा हुनेछ । जस्तोः चीन, क्युबा, उत्तर कोरिया, स्वीजर्ल्याण्ड, डेनमार्क, बेल्जियम आदि । तर, तपाइँले भन्नुभएजस्तै ती कम्युनिष्ट मुलुकहरुमा जेलजस्तो उकुसमुकुस वातावरण छ भन्ने लाग्दैन । ती मुलुकहरुमा पुगेर फर्किने नेपालीहरुले त्यस्तो खबर ल्याएको पाइँदैन ।
                    म पनि कुनै ठूलो चिन्तक, दार्शनिक, नेतासेता केही होइन, माइसंसारको सामान्य कमेन्टर + पाठक मात्र हुँ । यसो फुसदका बेला बहस र अन्तरक्रियामा सहभागी भएको हुँ । यसमा सहभागी हुँदा ज्ञानबुद्धि बढ्ने र सूचनाहरु आदानप्रदान हुने भएकोले मजा लाग्छ ।

                    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 13

                    • Nik

                      भीमसेन लिम्बु जी, तपाइँहरु (बिराज र तपाइँ) को बाद बिबादमा मलाइ पनि केहि कुरो बोल्न मन लागेको ले लेख्दै छु| १. तपाइले नरभक्षी बाघकोओडार (बाघको बासस्थान) वरिपरि वा छेउछाउमा उसका बच्चा (डमरु)हरुलाई खेल्नेकुद्ने स्वतन्त्रता रहेको हुन्छ । बाघले बाहिरतिर अरु जन्तुको शिकार गर्छ र आफ्नो इलाकामा स्वतन्त्रपूवक बाँचेको हुन्छ । भनेर लेख्नु भएको कुरा लाइ लिने नै हो भने त्यो काम त जसले पनि गर्ने नै हो|कम्युनिष्ट देशहरुले पनि गर्ने त्यै नै हो| जसरि चीनले आफ्नो हतियार र समर्थनको लागि सुडान जस्तो देशलै सहयोग गर्छ त्यसरी नै अमेरिका जस्ता शक्तिसाली देशले गर्ने नै कुरो हो| अनि बिराज जी ले भन्न खोज्नु भएको पनि त्यै नै हो, यदि नेपाल पनि केहि र कुनै चीजमा सम्पन्न हुँदो हो त हाम्रो देश फुटबल खेल्ने मैदान जस्तो राजनैतिक होडबाजी र बाहिरको प्रेसर बाट बच्ने थियो|रह्यो प्रजातान्त्रिक हक, अधिकार अनि त्यसको प्रयोजन कहाँ कति सम्म गरिन्छ भन्ने बिबाद बारे, तपाई आफै अध्यन गर्नु भएको बामपन्थी बिचार को मान्छे हुनुहुन्छ,मैले यहाँ भनि रहनु पर्दैन|बरु बाघ को छात्र छाया ठिक यदि मानिस भएर बाँच्न पैन्छा भने, कुक्कुर भएर बाँच्न बेठिक यदि सिर्फ “गाँस, बास र कपास”को नारा हो भने|एक छाक खाना त कुक्कुर ले पनि खान पाउछ, तर मानबिय स्वतन्त्रता भनेको बहुमुल्य हुन्छा|

                      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 12

              • देवराज जोशी, कैलाली

                माओवादीको अन्धो समर्थन गरेको होइन विराज जी, तपाइको बुझाइको स्वतन्त्रता र मेरो बुझेको स्वतन्त्रता मा फरक परेको मात्र हो | झाडा पखालाले हजारौको ज्यान जाने परिस्थितिलाई कसरी स्वतन्त्रता भन्नु खै? बीमार परिवारजनको इलाज गराउन नसक्दा सपरिवार आत्महत्या गर्नु परेको पनि पत्र पत्रिकामा देख्नु परेको छ के यही हो स्वतन्त्रता? तपाइले भन्नु भएको राजनैतिक स्वतन्त्रता हो क्यारे जहाँ जनताले हराएका, गन्हाएका हरुले स्वतन्त्र रूपले तपाईं माथि सासनको नाममा मनपरी तन्त्र चलाउछन | त्यसकारण जबसम्म आर्थिक सामाजिक रूपले स्वतन्त्र हुदैन अरु स्वतन्त्रताको ढोंग गर्नु बेकार छ त्यो तबमात्र सम्भव छ जब ऊच नीचको भेदभाव हटाएर सबैलाई कानून लाग्ने व्यवस्था होस्, राष्ट्रको श्रोत साधनको उपयोग यसका जनताको जीवनस्तर माथि उठाउन प्रयोग होस्, त्यसको लागि सही अर्थको लोकतन्त्र चाहिन्छ र त्यो सामन्तवाद र सैन्यवादको पक्षपोषण गरेर होइन जनताको सासन व्यवस्था स्थापित गरेर मात्र सम्भव छ, माओवादीले पनि परम्परागत कम्युनिज्म नभएर बहुदल, आवधिक निर्वाचन र प्रेस-स्वतन्त्रता सहितकै व्यवस्था स्वीकारेको छ तपाईं लाइ थाहै होला!

                मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 7

                • बिराज

                  देवराजजी, तपाईले औल्याउनु भएको नेपालको समस्याहरु माओबादीको बाउ खाओबादी आए पनि प्रचण्डले १० बर्षमा स्विजरल्याण्ड बनाउछु भने जस्तै कुनै जादूको छडीले छोए जस्तै छु मन्तर गरि तुरुन्तै समाधान हुने होइन | साथै यी समस्याहरुबाट मुक्ति पाउनका लागि कम्युनिज्म नै अंगाल्नु पर्छ भन्ने केहि छैन, केवल नेताहरुले सहि नियतले देशलाई मार्गदर्शन दिई अगाडी बढाउनु पर्दछ | तपाइले माओबादीले बहुदललाइ स्वीकारेको कुरा गर्नु भयो, यदि यो कुरा माओबादीले इमान्दारी पुर्बक सदा पालना गर्ने हो भने यसमा मेरो पनि कुनै विवाद छैन र माओबादिलाई नै समर्थन गर्थे तर माओबादीका विभिन्न कुरा, व्यवहार, बेला बेलामा दिने बक्तब्य, भिडियो काण्डहरुले माओबादीको असली नियतमा सदा शंका उठाउने यथ्यस्थ प्रमाण पुर्याउदछ र यदि माओबादीले पूर्ण सत्ता कब्जा गरि दुइ तिहाई बहुमत ल्याई सबै संविधानलाई उसले चाहेको जस्तै संसोधन गर्न पायो भने त्यो असली अनुहार देख्न धेरै दिन कुर्नु नपर्ला |

                  गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 10

      • Nabaraj

        यिनीहरु सिद्धि सक्दा त हाम्री ”सितल” पनि सकी सकेकी हुनेछिन्…. त्यसैले शान्ति छाओस नेपालमा…..शुभकामना!!!

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Arjun

      माओबादीमा बुद्धि भएको को नै छ र … सबै लाइ प्रचण्ड ले ब्रैन्वाश गरेको छ … नेपाल मा रोजगार नभए पछी जता लुट्न पाइन्छ युवा तेताई तिर..माओबादीले देश लाइ नराम्रो संग पछाडी धकाल्दै छ र हामी गरिब Nepali अब बिश्वो कै १ नुम्बर मा आउन समय लागनी छैन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 13

      • बिराज

        साथी, यदि तपाइले उत्तर कोरियामा आफुखुशी रेडियो, टेलिभिजन सम्म हेर्न नपाउने (विश्व कप फूटबल जस्तो कुरामा सेन्सर हुन्छ), चीनमा गूगल, गो ड्याडी जस्ता साइटमा आफुखुसी खोज र दर्ता गर्न नपाउने, सरकारी अनुमति बिना विदेश घुम्न नपाउनेलाई तपाइले स्वतन्त्रताको संज्ञा दिनु हुन्छ भने मेरो भन्नु केहि छैन | अमेरिकाको प्रसंग तपाइले कुरा निकाल्दा खेरि आयको मात्रै हो, त्यसको नीतिको मैले समर्थन गरेको चाही होइन | यदि नेपालमा पूर्ण प्रजातन्त्र लागु हुने हो भने हामी पनि अन्य देशका जनता सरह पूर्ण जन अधिकार सहित स्वतन्त्रता पुर्बक बाच्न पाउने छौ भनेको मात्रै हो तर यो अझै पनि टाडा कै कुरो हो जस्तो लाग्छ मलाइ र यदि माओबादीले पूर्ण सत्ता कब्जा गरि दुइ तिहाई बहुमत ल्याई सबै संविधानलाई उसले चाहेको जस्तै संसोधन गर्न पायो भने त झन् यो कुरा आकाशको तारो जस्तै हो |

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

        • बिराज

          माफ गर्नु होला यो प्रतिक्रिया भीमसेनजीलाई हो |

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

        • Bhimsen Limbu

          विराजी यहाँनेर तपाइँको र मेरो बहसले निकै लामो रुप लेला जस्तो भयो । समय थोरै छ, काम धेरै । कमेन्ट र्सट एण्ड स्वीट हुनसके राम्रो हुन्छ होला । म यतिमात्र टिप्पणी राख्न चाहन्छु, लाखौँ पनि होइन, करोडौँको संख्यामा महिलापुरुष, बालबालिका, वृद्धवृद्धाहरु नाङ्गिएर इन्टरनेटमा बसेका छन् । नग्नता र सेक्स हाम्रो धर्म हो भन्ने उदघोष गर्दै नग्नतालाई व्यापार बनाइरहेका छन् । इच्छा मिले जोसँग पनि, जहिले र जहाँ पनि, यौन स्वतन्त्रताको प्रवृत्ति बढिरहेको छ । यस्तो जङ्गली स्वतन्त्रतालाई जो कि रोक्न र नियन्त्रण गर्न असम्भव देखिन्छ । ती केही मुलुकहरुले सानो प्रयास चाहिँ गरेका हुन् । विराजजी, हामीले चाहेको वैयक्तिक स्वतन्त्रता, प्रजातन्त्र, मानवअधिकार जस्ता कुरा यस्तै हो त ? के तपाइँलाई ठीकै लाग्छ त ? यस्ता विषयहरुमा कस्तो धारणा बनाउने ?

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

          • बिराज

            भीमसेनजी, मैले सुनेको र पढेको अनुसार चीनले ब्लक गरेका गूगलका साइटहरु राजनीतिक खोजतलास र बहस गर्ने ब्लगहरुलाई हो, गूगलले यसको बिरोध गर्दै आएको छ, साथै गो ड्याडीले डट सीएन जस्ता वेब साइटलाइ दर्ता गर्न बहिस्कार गरेको पनि यस्तै कारणले हो भनेर समाचारमा बि बि सी, सी एन एन, अल जाजिराहरुले दिएका थिए | एउटा राजनीतिक कुरामा छलफल र बहस समेत गर्न पाइदैन भने त्यसलाई के स्वतन्त्रता भन्ने ? अरु बिषयको त झन् कुरै नगरौ |

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • Luna

      ‘ माबोबादिको झगडा ‘ भनेर पोस्ट चै भयो , तर के कारणले झगडा भएको हो त्यो
      कारण को खुलस्त गरिएको छैन !
      झगडा त्यसै हुदैन , कुनै शब्द बिबादका कारण नै हुन्छा . त्यहा नचिनेकै भर मा उनीहरु बीच मा झगडा भएको होइन , कुनै कारण ले गर्दा नै झगडा भएको हुनु पर्छा .
      झगडा गर्नु राम्रो होइन तर झगडा मानबिय स्बभाब भित्रै पर्छा . झगडा माबोबादिले
      मात्रै होइन सबै बादीले गर्छा , खालि झगडाको स्वरूप मात्रै फरक हो .
      यहा भिडियो खिच्ने माधब थापा जी ले मुख छाड्नु भएको छ !
      ” यिनीहरु को त म पख न ! बि बि सी लाइ नै दिन्छु , सालाहरु ! — ”
      माबोबादिका कार्यकर्ताले यो सुनेका भए सायद माधब जी सगं पनि झगडा गर्ने थिए या माधब जी को क्यामेरा संग – - अब यस्तो किसिमको झगडा लाइ कुन रुपको
      झगडा मान्ने ???!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 60 Thumb down 69

      • kesu

        लुना जी
        माओबादी लाइ झगडा गर्न,मान्छे मार्न,कुट्न,पिट्न पनि कुनै कारण चाहिन्छा र भन्या?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 30

      • Sushil Pradhan

        ठिक भन्नु भयो लुनाजी म सहमत छु | भिडियो हेर्दा साधारण कुरामा भएको झगडा देखिन्छ | नेपाली पत्रकार हरु कति सस्ता हुँदा रहेछन भन्न अरु प्रमाण पर्दैन |

        तर हात हाली हाल्नु हुन्न थियो | अरु पार्टीको झगडा भएको भए मुखले भनाभन मात्र हुन्थ्यो होला , यिनी हरु त माओबादी परे ….|

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 31 Thumb down 22

        • भिडियो पत्रकारले हैन, तपाईँ जस्तै पाठकले खिचेको हो

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 11

      • पुष्प

        यस्ता ‘झिनामसीना’ विवाद र झगडा त सहोदर दाजुभाइमै पनि हुन्छ । ‘सालाहरू’ ! यो शब्दले नै यस सामग्रीको नियत प्रष्ट हुन्छ लुनाजी । धेरै टाउको दुखाउनुपर्दैन यस्ता कुरामा । ‘भाइफुटे, गवाँर लुटे’ भन्ने हाम्रा ‘छिमेकी’को भनाइ छ नि !

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 39 Thumb down 43

    • P4R££N1T4~

      बाँदरले आफ्नो घर पनि बनाउदैन,अरुको घर पनि भात्काउछ भनेको सुनेको थिए तर यहाँ त त्यो भन्दा पनि नाजुक स्थिति देखियो हाम्रा महान कमरेडहरुको | नया चमत्कार सहितको नया रणनीति होला, यो फेरी ……| शायद यहि नै होला हामी जनताले कल्पना गरेको हाम्रो नया नेपाल |

      अन्तमा, क्या हो यस्तो ? सम्पादन नै नगरी फुटेज राखी दिने ? त्यही माथि ठाडै “बिबिसी लाई दिन्छु पखन ” रे हाहाहा……………बित्यास पार्ला है, होस् गर्नुहोस् | अनिकालमा बिऊ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु भन्थे हाम्रा बुढा पाकाले |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 13

      • RISHIRAM

        बादर भन्दा नि गयगुज्रेका जन्तु हुन् माओबादीहरु.
        यिनीहरु को श्रमिक संगठन मा मारामार छ नि २ गुट को,आफ्नै पार्टी बाट बिरोध भयो भने त मार्न तयार हुन्छन भने अरु पार्टी का ले बिरोध गरे के बाँकि राख्लन.
        के माओबादी का करेकर्ता जति लाइ सरकार ले सुरक्ष्य दिनु पर्छा र ? भातेहरु आफ्नै वाइसियल ले गर्ला नि रक्षा,बन्दुक को बदला बन्दुक रगत को बदला रगत हुन्दैछा अब बिस्तारै प्रचंडे को पनि पालो औछा.होस् गर माओ जन्तु हरु.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 14

    • Krishna Dev Pal

      राम्रो काम गर्दै छे तिमीहरुले . यस्तै गर्दै गर. बधाई छ हामी सबै नेपाली लाई.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 2

    • शरद

      दूध धेरै उम्लिए पोखिन्छ | कमरेड अलि ठिक्क मात्र उम्लिउ है फेरी भाड़ो नै रित्तिएला आर्को चुनाब हुने बेला सम्म | अनि खोत्तर खाएर लोत्तर भएर बस्नु पर्ला अहिले कांग्रेस ए मा ले झैँ | बेलैमा होस् पुर्याउ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 68 Thumb down 15

      • Deepak

        दिमाग रित्तो छ, देश फोहोरले भरियको छ । देश यस्तै जनताहरुले भरियको छ र त नेताहरुलाई मनपरितन्त्र छ । गर्नु केहि होईन, बिश्व कहाँबाट कहाँ पुगिसक्यो, नेपाल अझैपनी यस्तै भुस्याहा कुकुरहरुको झुन्डले भरियको छ अनि, यिनिहरुले झगाडा नगरेर कस्ले गरोस त ?

        दिपक अधिकारि
        जर्मनी

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 3

    • माओबादी ले आफ्नै पार्टीका मान्छेलाइ पनि छिन्न छाडे अब त साताको दाउपेचले नेताहरुमा त झगडा छ अब जाबा कार्यकर्ता कुना खेतका मूला हुन र ???? लडन , झगडा गर्न …………… गर्न त माओबादीको प्रमुख सिदान्त हो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 12

      • द्रोण

        तपाइको ”टाइगर ” त् हरायो नि ?आजकाल पाल्पाली मात्रै ?

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

    • sajan

      hahaha really funny
      i too had fight with few maoist at kumari mandir kopundole
      it was unexpected bhand, i asked why? then they all came to me and started yelling, one was about to hit me, thanx to one of local maoist carde who knows me, he stoped them
      tini haroo lai kina bhanda gareko bhanera shodna ni na hune? soon these people will have to beg for every thing. the day is near
      THINGS THAT RISE EARLY FALLS EARLY

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 9

    • Cesar

      नया नेपाल बनाउने कर्मठ युवाहरु |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 8

    eXTReMe Tracker