नेपाली पत्रकारिताको इतिहासमा विरलै देखिने एउटा घटना आज भएको छ। आज नेपालबाट निस्कने सबै ठूलो आकारका राष्ट्रिय दैनिकमा १३ सम्पादकहरुको एउटै आवाज छापिएको छ। खै कहाँ छ सरकार? सरकारको उपस्थिति हामीले त देखेनौँ- त्यो आवाजको सार यही हो।
विदेशमा भए यसरी प्रेसले एकै स्वरमा सरकारको उपस्थितिमा नै प्रश्न उठाएको भए ठूलै हलचल हुन्थ्यो होला। नैतिकताको प्रश्न पनि हो, सरकार स्पष्टीकरण दिन बाध्य हुन्थ्यो होला। तर नेपालमा ? नेपालमा कसैलाई वास्तै देखिएन। यदि नैतिकता भन्ने चिज कहीँ बाँकी छ भने प्रधानमन्त्री यसप्रति गम्भीर हुनुपर्ने हो।
केही महिनाअघिका घटना क्रममात्रै हेरौँ न। सुरुमा जमिम शाह मारिए। त्यसबारे समाचार लेखे भनेर कान्तिपुर र हिमालयन टाइम्स अनि नयाँ पत्रिकाका पत्रकारलाई धम्की आयो। अस्ति भर्खर फेरि जनकपुरमा अर्का सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या भयो। हिजो मात्रै एक भारतीय नागरिकलाई गोली हानी हत्या गर्ने प्रयास भयो। हिजै सिंघानियाको पत्रिकाका सम्पादकलाई पनि एक साताभित्र मारिदिन्छु भन्ने धम्की आयो।
निरन्तर यसरी सुरक्षा व्यवस्था खस्कँदै गएको र सञ्चारकर्मीमाथि भइरहेको आक्रमणको विरोधमा यसरी सारा सम्पादकहरु एक ठाउँमा उभिएका हुन्। उनीहरुको संयुक्त आवाजले धम्क्याउँदैमा हामी तिमीहरुबाट डराउँदैनौँ भन्ने चुनौति अपराधीहरुलाई दिएको छ।
२५ दलको सरकारलाई यति चर्को भाषामा सबै सम्पादकहरुले आलोचना यसअघि गरेका थिएनन्। आफ्ना आग्रह, पूर्वाग्रहलाई पछाडि राखेर एक स्वरमा उनीहरुले सरकारको पूर्ण अनुपस्थिति देखिएको, सरकारको संवेदनहीन निस्क्रियता र जवाफदेहीताको पूर्ण अभावको आलोचना गरेका छन्।
के छापिएको छ त आजका पत्रिकाहरुमा?
हिंसाले डग्दैन कलम
जनकपुर टुडे सञ्चारगृहका अध्यक्ष अरुणकुमार सिंघानियाको हत्याप्रति हामी सम्पादकहरु गहिरो आक्रोश र रोष प्रकट गर्दै त्यसको घोर निन्दा गर्दछौँ। यो हत्याले एकातिर समाजमा कायरता र आपराधिकताको विभत्स रुप देखाउँछ भने अर्कोतिर सरकारको पूर्ण अनुपस्थितिको।यो घटना स्पेसटाइम नेटवर्कका प्रबन्ध निर्देशक जमीम शाहको हत्याको एक महिना बित्न नपाउँदै त्यतिकै विभत्स रुपमा घटेको छ। सिंघानियाको हत्या लगत्तै जनकपुर टुडेका सम्पादक बृजकुमार यादव र जमिम हत्या प्रकरणमा गिरफ्तार भएका एक मात्र प्रहरी अधिकृतको बयान छापेको निहुँमा नयाँ पत्रिकाका सञ्चारकर्मी मनोज घर्तिमगरलाई पनि अपराधीहरुले हत्याको धम्की दिएका छन्।
यसअघि यस्तै धम्की कान्तिपुर पब्लिकेशन र द हिमालयन टाइम्सका सञ्चारकर्मीहरुलाई पनि दिइएको छ। बढ्दो असुरक्षामा संचार जगत आफ्नो धर्मबाट डग्ने छ भन्ने अपराधीहरुको कुत्सित मनसायलाई सरकारको संवेदनहीन निस्कृयता र जवाफदेहिताको पूर्ण अभावले सघाएको छ भने राजनीतिका नाममा मौलाउँदै गएको आपराधिकताले स्वतन्त्र प्रेस र नागरिक सुरक्षा लगायत लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई समेत तारो बनाएको छ।
अपराधीलाई गिरफ्तार गरी कानूनको दायरामा ल्याउनु सरकारले अविलम्ब प्रयत्न गर्नुपर्छ भन्ने हामी जोडदार माग गर्दछौँ। साथै जुनसुकै अवस्थामा पनि जनताको अधिकारको विरासत र धरोहरका रुपमा स्थापित प्रेस स्वतन्त्रतालाई धम्कीका आडमा समर्पण नगर्ने हामी प्रण गर्दछौ।
अखिलेश उपाध्याय, द काठमाण्डौ पोष्ट
अजयभद्र खनाल, द हिमालयन टाइम्स
अमित ढकाल, रिपब्लिका
किरण नेपाल, हिमाल खबर पत्रिका
कृष्णज्वाला देवकोटा, नयाँ पत्रिका
जीवेन्द्र सिंखडा, अन्नपूर्ण पोष्ट
नारायण वाग्ले, नागरिक
पुष्करलाल श्रेष्ठ, नेपाल समाचारपत्र
प्रतीक प्रधान, कारोबार
प्रशान्त अर्याल, नेपाल
सुधीर शर्मा, कान्तिपुर
युवराज घिमिरे, राजधानी
रवि थापा, नेपाली टाइम्स
No related posts.









अरे, यो सरकार लंगडो, अन्धो, अपाङ्ग छ कि क हो ? आज देश मा यत्रो घटना भैसक्यो अझै पनि सरकार लाटो जस्तै चुप लागेर बसेको छ ,अपाङ्ग जस्तै हातखुट्टा नचलाइकन बसेको छ,अन्धो झैँ केहि पनि नदेखेको झैँ गरिरहेको छl यो सरकार कस्तो सरकार हो आज सम्म पनि नभएको कतिपाए अनैतिक कार्य हरु भैसकेका छन्l पत्रकारिता जस्तो देशको अभिन्न अङ्ग(सायद तेस्रो अङ्ग )लै यस्तो ठाडै चुनौती दिदा पनि आज देशमा सरकार मौन बसेको छl आज देशमा सरकार को अनुपस्थिति सबै ले महसुस गरेका छन्l त्यसैले त सबै(पत्रकार र सर नेपाली जनता) भन्दैछन् ,खोइ सरकार ?
मन परे हरियो, नपरे रातो
0
0
हो नि योत अति नै भो नि. तर के गर्ने छक्का सरकार छ नेपाल मा जसलाई कुर्सि मात्र प्यारो छ र कुर्सि बाहेक केही पनि दख्दैन्न. येश बिरोध मा मेरो पनि पूर्ण समर्थन छ.
जय नेपाल
मन परे हरियो, नपरे रातो
1
0
सर्बसाधारणको हत्यालाई पनि एकजुट भएर बिरोधको आबाज उठाउने गरौ न |
अरुलाई खाने बाघले मलाई पनि खान सक्छ भने सोचौ |
मन परे हरियो, नपरे रातो
3
0
दिल्लीमा
दिल्लीमा
दिल्लीमा.
दिल्लीमा..
दिल्लीमा…
दिल्लीमा….
दिल्लीमा…..
दिल्लीमा……
दिल्लीमा…….
दिल्लीमा……..
दिल्लीमा……..
दिल्लीमा……….
मन परे हरियो, नपरे रातो
1
0
मलाई त बिधान श्रेष्ठ को गीत याद आयो “देख्नु पर्यो कहिँ नभाको जात्र हडिगाउमा”…
मन परे हरियो, नपरे रातो
0
0
नया नेपाल
सबै दलहरुको स्वार्थि बिचार
देश भरि चल्यो है हाहाकार
मन्त्रि पदमा पैसाकै कारोबार
जनताहरु भए सबै बेरोज्गार
बिदेशिको गरेरै जयजयकार
हारेकालाई प्र.म. को पुरस्कर
जातियतामा फेरियो देशको अनुहार
खै त कता छ नेपाली सरकार
मन परे हरियो, नपरे रातो
2
0
बाल्मिकीले नबुझेको रामायण
एक दिन नारद म्रित्युलोक पुगी गया
लोकको गरु हित् भनि।
प्रथम भेट नेपाली नेतासँग हुन गया
तर्शिए छन नारद मुनि।।
जनताहरु भेडा बनिकन बसि गया
नेताहरु गोठाला बनि।
नेपालको हित कहिल्यै नहुनि भया
फर्किए छन नारद पनि।।
भारतको हैकम नेपालीमा चली गया
सहे सैबैले चुपै बनि।
पशुपतिमाथि पनि राजनिती हुन गया
रोए है शिव पनि।।
मन परे हरियो, नपरे रातो
11
0
सम्पादक हरुले,
मा कु ने को भीमकाय हरुवाहरुको जत्त्था लाई पनी खोई सरकार भनेर प्रश्न गर्ने? यो त केवल गरीब जनताको रगत र पसिना बाट जम्मा भएको सरकारी ढिकुटीमा लूट मचाउने भ्रष्ट हरुको जत्त्था मात्र हो (हालईको राहदानी काण्ड लाई हेरौ)! अरु मुलुक मा जस्तो दिन दाहदै मान्छे मार्ने घटना भएको भए मुलुकको कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्री मा कु ने ले न भए पनी गृहमन्त्री ले राजिनामा दियी सक्ने थियो! र प्रहरीका टाउके हरु अवकाश र छानबिन को दायरामा हुने थिए!
कुनै पनी सरकार ले व्याक्ती व्याक्ती लाई व्याक्तिगत सुरछ्छा दिनु असम्भव हो! तर यतिका घटना हरू हुदा पनी घटनाको पुर्वा जानकारी राखने खुफिया संयन्त्र लाई आफ्नो नाता गोता, भाई भारदार लाई जागीर खाने ठाउ थलो नबनाई, चुस्त र सफुरता राखेर भविष्यमा हुन सक्ने घटना मा नजर राख्न सक्नु पर्ने हो! जसले गर्दा सके सम्म घटना घट्न नदिने र घटी हालेमा यस्ता आतंककारी लाई पक्रन सजिलो होस्!
यसका अतिरिक्त घटना भई सके पछी सरकार र सुरछ्छा संयन्त्रले विलम्ब नगरी घटनाको तुरुन्त छानबिन गर्नु पर्ने हो! तर यहाँ त् ठिक उल्टो, गृह प्रशाशन को जिम्मा लिएर बसेका गृहमन्त्री गैर जिम्मेवार हुने! राष्ट्रको कार्यकारी अधिकार लिएर बसेको प्रधानमन्त्री मा कु ने ले लाचारीपना देखाउने! नागरीक सुर्छ्छा प्रती जिम्मेवार, प्रहरी का उच्च पदाधिकारी हरुले नै घटना प्रती वेवास्ता गरे पछी, हामी नागरिक ले “काहाँ छ सरकार” हैन “मा कु ने को हरुवा मण्डली कुर्सी छोड” भन्नु पर्ने बेला आयो! सबै लाई चेतना भए!
मन परे हरियो, नपरे रातो
6
3
जनताले असक्च्याम भनेर चुनावमा नै नाजिताको मान्छे प्रधान्मंर्ती भाको छ. चुनाव बाहेक कैले बाहिर जान नपाको बिचारो मोरो..प्रधान्मंर्ती हुदा देश को पैसामा विदेश घुम्दै फुर्षद छैन के सोच्छ नैतिकता…. “नैतिकता भन्यो भने जग्गाको कित्ता सुन्छा” …. कुनबेला छिमेकीले ल तेरो भाग्य यतिनै हो आब मन्त्रि नि भैहलिस जा आर्कोलाई दे भन्ला भन्नि डार …..जय हो माकुने जय हो. आमा को बलात्कार गर्नी छोरो जय हो…… येस्तापो त नेपाल आमाका सपुत त….
मन परे हरियो, नपरे रातो
2
3
हेलो गोलि ठोक्ने साथीहरु हो,
नमस्कार !!
तपैहरुले सर्ब साधारण जनताहरु लाई गोली ठोक्ने अनि धम्कि दिने होइन, कृपया अब देखि हाम्रा यि भ्रष्ट मन्त्रि र नेताहरु भनौंदा लाई गोली ठोक्न बिनम्र अनुरोध गर्दछु…/ एक दुइ जना मन्त्रि र नेताहरुले गोली खाए पछि बल्ल अरुको बुद्धि आउथ्यो कि…? धन्यबात !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
अपराधी हरुको मनोबल त यही सरकार को कमजोरी ले गर्दा बढेको छ . यो सरकार ले न नैतिकताको आधारमा राजीनामा दिन्छ न त अपराधी हरु नै पक्राऊ पर्नेछन . किन की यो सरकार माँ नैतीकै नभएका मान्छे हरु को हो .
मन परे हरियो, नपरे रातो
6
0
नेपाल मा अहिले को पनि कुनै सरकार हो र यो त घुष खानी र अपराध गर्नी मुख्य थलो हो ? जनता ले सरकार मा गय र पनि केही गर्न सक्दैनन भनेर बहिस्कार गरे का हरु त सरकार मा छन् तिनी हरु को सरकार छ भन्नु र बिना सरकार को नेपाल भन्नु एकै हो !!!!!!!!!
मन परे हरियो, नपरे रातो
7
2
खोइ कहाँ छ नेपाल सरकार? म पनि प्रश्न राखु! नेपाल सरकार परेको बेलामा जनताको सुविधा को लागि कहिले पनि आउदैन, केहि गर्दैन ! सोझो औला ले घीउ निस्किदैन, अब त एक एक गरि सबै भ्रस्त्रचार मन्त्रिहरुलाई गोलि हान्नु पर्छ ! अनि, माओबादी के चुपलगेर बसिरा होला.. बन्दुक उठाउने अनि हान्ने नी ति हत्याराहरुलाइ ! नेपाल सरकारले केहि गर्दैन, समातेकोलाइ त छोडदिन्छ, अब तिमीहरु ले बाहेक अरु कसले ठिक पर्ला त त्यो अपराधीहरुलाई …. केहि गर हो साथीहरु हो… नेपाल झन् झन् बिग्रिदै छ ! दिक्क लाग्छ न्युज सुन्दा ….
मन परे हरियो, नपरे रातो
10
2
नमस्कार
जीवनजी ले माथि कमेन्ट मा मुख्य कुरा छुटाउनु भयो यो माधब नेपाल हरुवाको सरकारले पुलिस ले सबुद प्रमाण सहित पेश गरेको अडियो टेप हरुवा नकचरो प्रधानमन्त्री ले कुर्सी को लागि धमलाको डाका सफाई दियको
म त बारम्बार भने गर्छु यो प्रधानमन्त्री भन्दा नगरपालिकाको सडक सफागर्ने स्वाभिमानी ,सक्तिसाली र इमान्दार हुनुहुन्छ
यस्ता हरुवा प्रधानमन्त्री बनाउने अरु नेताहरु सुन लोकतन्त्र मा हरुवा भय पछि
गौतम बुद्ध पनि बाटो लाग्नुपर्छ
त्यो हो लोकतन्त्र को आचरण अब को देश मा शान्ति खोजने कानुन खोज्नु भनेको यस्ता डाका नेता को अन्त हुनु हो
धन्यवाद
मन परे हरियो, नपरे रातो
11
3
धन्यबाद रोशनजी,
निर्लज्जताको अर्को महत्वपूर्ण बिशेषता लाइ उजागर गर्नु भएको मा /
मन परे हरियो, नपरे रातो
7
1
खै कहाँ छ सरकार ??
मन परे हरियो, नपरे रातो
5
1
As we all know that in our nation nothing works under the law. Its big people mouth is the law for us. But things are getting worse and worse now so MAKUNE has got only few months still to be remain in the post. He is very bad person wants to collect cheap popularities doing silly things we people know who is good and working on to bring changes in people life. Bhim rawal is another monster in our nation. He talks a lot but in action does nothing. Go to hell bhim rawal shame on you.
I fully support voices of editors of various news papers and appreciate them being united now to fight against dead governance we been having for sometime under the leadership of looser PM Makune.
मन परे हरियो, नपरे रातो
2
2
नेपालका नेपालीहरुले मेनेजमेन्ट गर्न नजान्नाले यो दिन आएको हो , हाम्रो देश नेपालमा तानाशाही ब्यबस्था १ दशकको लागि भएपनी चहिएको छ ।
तानाशाही तर एउटा पार्टी बिशेषको नभई तानाशाही नेपाल तर राष्ट्रको लागि भन्ने बुझ्नु होला साथीहरु । नत्र यो चालाले कतिन्जेल बच्ने ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
5
पत्रकार ले यो प्रश्न शोधन धेरै ढिला गरे |
नेपाल मा सरकार नभाको त जुग भैसक्यो | सरकार को नाम मा धमिरा हरु छन् जसले देशलाई दिनानु दिन खोक्रो बनाई रहेका थिय, छन् |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
3
नैतिकताको ‘न’ मात्रै पनि भएको भए माधब नेपालको सरकारनै गठन हुने थिएन/
बर्तमान सरकारमा देखिएका केहि प्रतिनिधि मुलक नैतिकहिनताका उदाहराणहरु:
१) चुनाबमा दुइ/दुइ ठाउमा हारेको व्यक्तिको प्रधानमन्त्रित्वमा सरकार गठन
२) लगभग ४०% मन्त्रिहरु चुनाबमा जनताले धुलो पिटाएर हराएकाहरु
३) संख्याको कुरा गर्दा इतिहासमै वदनाम दोश्रो ठुलो मन्त्रिमण्डल
४) मन्त्रिले सी डी ओ लाइ थप्पड, त्यो पनि राम्रो गाडी नपठाएको निउमा, हिर्काउदा त्यस्ता अनुशाशनहिन मन्त्रि लाइ स्पस्टिकरण पनि सोध्न नसक्ने बरु सी डी ओ लाइनै ‘जगेडा’ मा सरुवा गर्ने
५) केटाकेटीको जस्तो ब्यबहार देखाउने गाडीको शिसा फुटाउने मन्त्रिलाइ एक शब्द भन्ने नसक्ने, उल्टो काधमा राखेर हिड्ने
६) प्रधानमन्त्री र सरकारको निर्णयलाइ/भनाइलाई लात हान्ने रक्षा मन्त्रिलाइ केहि भन्न र नसक्ने, गाडा अगाडी गोरु पछाडी को अवस्था
७) सुन्तली धामी को बलात्कारीलाइ कारबाही गर्नु को सट्टामा पिडितलाई नजरबन्द गर्ने बरु पिडितको पक्ष्य लिएको भनि डी आइ जी लाइ ‘कारबाही’ स्वरूप सरुवा गर्ने
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
62
4
पबित्र नेपाल मा गनाउने सरकार !! लाज न भए पछि जे गरे पनि हुने रहेछ .कान मा तेल हालेर बसे पछि कसले के नै गर्न सक्ने !! सबै पार्टी उस्तै भए पछि उसले उसलाई दोस लगायो उसले उसलाई दोस लगायो , झगडा गर्यो बस्यो . बिचार जनता गोलि खान बाध्य छन् .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
4
छ हो साथी तर आफु पनि निसाना मा परिने हो कि .
मन परे हरियो, नपरे रातो
3
4
नैतिकता भएका भए ता सरकार मा जाने नैतिक धरातल नै थिएअन नि कठपुतली सरकार का बहुसख्यक मंत्री हरु लाइ. यो सरकार भनेको भ्रस्तचार र अनैतिक लाचार हरू को जमघट हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
10
सरकार कहाँ छ ? दिल्लीमा छ नी ! काठमादौमा खोजेर कहाँ पाइन्छ सम्पादकज्युहरु हौ ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
15
कतिपय सम्पादकहरूसमेत दिल्लीकै देखेँ है मैले त ।
उनीहरूले समेत यस्तो प्रश्न गरेको पढ्दा हाँसो उठ्यो है मलाई त ।।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
10
पुष्प जी
नहास्नुस/ आफ्नो संलगनता नदेखाउन धुर्त हरु आफनै को पनि बलि चढाउँन पछी पर्दैनन्/ अरुणलाई मार्ने राजन मुक्ति को आतंककारी समुह भारतको बिहारमा प्रशय पाईरहेको छ/ चाहेको भए भारतले तुरन्तै तिनीहरुलाई समात्न सकिने हो/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
10
मदन जी,
माओबादी ले १० वर्षा काँहा प्रशय र सरण पायक थिया नि?माओबादी र राजन मुक्ति /कोब्रा/तराई जनात्रन्त्रिक सबै एउटी दयांग क मुला हुन होइन र?
जय नेपाल.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
13
Wise men talk because they have something to say; fools talk because they have to say something. Am I right Kesu Ji ?
मन परे हरियो, नपरे रातो
2
8
केशुजी,
माओवादीले भारतमा शरण पाएका होइनन्, त्यहाँ पनि लुकेरै बसेका हुन् । कतिपय ठूला नेताहरूले समेत त्यहाँको जेलको हावा खाएका हुन् । एकजना मधेशी(?)ले त बकाइदा भारतका तात्कालीन राष्ट्रपति र प्रमलाई चिठी लेखेर भारतको सहयोग मागेका हुन् र मधेशी(?) नेताहरूलाई पनि सहयोग माग्न आह्वान गरेका हुन् । शायद तराईका प्राय:जसो सशस्त्र भारतको त्यही सहयोगको एउटा अंश हो ।
मन परे हरियो, नपरे रातो
8
6
केसुजीमा बौद्धिक दिवालियापन कति साह्रो ? चोकोफन चुस्दै लण्डनमा बस्नु हुन्छ कि क्या हौ ? नेपालका त्यस्ता कुन नेता होलान् जो राजनैतिक कामले भारत नगएका होलान् ? कुन त्यस्तो देश होला जहाँ क्रान्तिताका त्यहाँका नेताहरु अप्ठ्यारो स्थितिमा छिमेकी र मित्र राष्ट्रहरुकहाँ शरण लिन वा भूमिगत रहन नपरेको होला ? केसुजी, तपाइँको घरमा आगो लाग्दा छिमेकीलाइ सहयोग माग्नु पर्दैन ? माइसंसारका कमेन्ट पढेर पनि धेरै ज्ञानी हुनुपर्ने ?
मन परे हरियो, नपरे रातो
5
6
कसू जी
राजन मुक्ति अरुण सिन्घानिया जस्तो प्रतिष्ठित नेपाली नागरिकहरुको हत्या गर्ने तपाईं देसको सिमा मिचेकोमा बिरोध गर्ने लन्डन को नेपाली समाज लाई “भुक्ने” भनेर चरित्र हत्या गर्ने/ नियेत मिल्छ तपाईंको तिनीहरु सिट/ तपाईं को आफ्नै नाम तिनीहरुको द्यांग मा किन छुटाउनु भएको नि?
यसै माई संसारमा तपाईंले तपाईंको पुर्खा बर्मा बात आएको भनेर लेख्नु भएको थियो / कतै नेपाली बोल्ने भारतियेनै परेन तपाईं? नभए मावोबादीको बिरोध गर्नु त् ल ठिकै होला तर नेपाली नागरिक हरु मारिंदा देसको सिमा मिचिंदा नेपाली भएको भए अलि संबेदन शिल हुन् नसके पनि सहानु भुटी राखेर दुई सब्द त् लेख्ने थियो/
शायेद अब यत्रो पत्रकार तथा सम्पादकहरु लाई पनि अस्ति लन्डनको नेपाली समाज लाई जस्तो “भुक्ने” भन्न नसकेर दिमागनै खल्बलिएको जस्तो छ/ उपचार गरौनुष/ सिघ्र स्वास्थ लाभ को कामना गर्छु/
मन परे हरियो, नपरे रातो
5
10
हा हा हा …घत पर्यो । मदनजीले दह्रो सल्लाह दिनुभयो केसुजीलाइ । विशेषखालको रतन्धो पो भनौँ कि कुनै मेन्टल डिप्रेसन पो हो कि के हो ? आफू चिकित्साशास्त्री परिएन, तथापि सामान्य जाकारी भएअनुसार कुनै मनोवैज्ञानिक वा मनोचिकित्सकलाइ वहाँले एकपटक भेटेर आवश्यक परामर्श लिन जरुरी देखिन्छ । वहाँले वा कसैले पनि विरोध र वैरभाव जोसुकैसँग राखून् हामीलाइ के मतलब र ? तर, मानिसमा पशुप्रवृत्ति वा मस्तिष्कमा विकार भएको देखिनु बडो दु:खको कुरा हो । त्यसकारण मित्रका नाताले यति चाहिँ हाम्रो संयुक्त सल्लाह छ है ।
मन परे हरियो, नपरे रातो
4
9
मदन मान उर्फा माओबादी को पुच्छर को रौ ज्यु,
(जस्ता लाइ तेस्तै उत्तर)
तपाइलाई माओबादी भुत लागेको छ बरु जानुहोस चाइना मा उपचार गर्न लाइ.
**माओबादी लाइ गाली गर्दा तपाइको मुटु दुख्ने किन? एसको पनि उपचार गर्नुस.
**माओबादी ले भारत मा बसेर नेपाली को छाती मा गोलि हानेको मन परें तपाइँ कसरि रस्त्रबदी?
**नेपाल एकीकरण गर्ने प्रिथिनारायण लाइ गाली गर्ने तिम्रो माओबादी अनि तेसै को पुच्छर को रौ तपाई कसरि रस्त्रबदी?
**नेपाल का नेता होइन माओ,चौचेस्कु.गोन्जालो,पूजा गर्ने तिमि कसरि रस्त्रबदी?
ल उपचार को लागि बैंक लुटेको सम्पति चाडै छ क्यारे छिट्टै चाइना गया हुन्छा.
मन परे हरियो, नपरे रातो
7
2
मदन मान
माथि पुष्प जी को प्रतिउतर र तपाई को प्रतिउतर मा तुलना गर्नुस
पुष्प जी को प्रतिउतर को सम्मान गर्छु तर तपाइलाई यो माथि को जवाफ .
मैले बेक्तिगत कुरा मा कहिले लेखिन तर अहिले जस्ता लाइ तेस्तै मात्र.
मन परे हरियो, नपरे रातो
8
3
केसु जी
के गर्ने तपाईं ले केहि लेख्नु भयो जवाफ त् दिने पर्यो/ खोक्दा हाछ्युं गर्दा पनि मावोबादि मावोबादी भनि झस्कनु हुन्छ/ माई संसारमा गिरिजालाई सबैले किन गालि गर्छ भन्दै कुर्लंदै प्रतिक्रिया लेख्न थाल्नु भएको केसुजीले/
तपाईं को पुर्खा बर्मा बस्ने तपाईं लन्डन मा/ मावोबादी भनेको कस्तो हो त्यो त् थाह छ? कि तस्बिर देखेरै तर्सेको हो? उता देसको सबै नेता पार्टीहरु मावोबादी लाई सरकारमा सामेल हुन् याचना गर्दै छ, यता लण्डनमा बसेर केसु उकुश मुकुश भएको छ/
केसु जी, अहिले सबै मित्रहरु देसको प्रतिष्ठित नागरिक अरुण सिन्घानियाको क्रुरतम हत्या गरिएकोमा सहानुभूति दर्साउन्दै छन् र हत्यारा लाई कार्येबाही गराउन
आवाज उठाउँदै छन्/ तपाईं मावोबादी मावोबादी भन्दै प्रलाप गर्दै हुनु हुन्छ/ होसमा त् हुनु हुन्छ? कतै बिहानको दवाई लिन भुल्नु भयो कि?
मन परे हरियो, नपरे रातो
3
8
मदन मान जि ,
मैले गिरिजा र माकुने को समर्थन गरेको कता देख्नु भो?
मैले त माओवादी को बिरोध मात्र गरेको छु कसैको समर्थन गरेको छैन , कि मओ कि बिरोध गर्दा तपाईं लाइ गिरिजा र मकुने को
समर्थन गरे जस्तो लाग्यो?
तपाईं ले चै मओ को समर्थन अनि अरु सबैको बिरोध गर्नु
हुन्छ किनकी तपाईं को दिमाख मा माओ को भुत छ ।
भुत फल्ने उपचार गरिहल्नुस् बरु समय मा नै ।
मन परे हरियो, नपरे रातो
7
2
केसू जी/
फेरी पनि भुत को कुरा/ केसू जी भुत सुट भनेको मात्र बहम हो भ्रम हो/
मलायि छ नि केसू तपाईंको कुरा सुनु सुनु लाग्छ, रमाईलो हुन्छ/
घरि घरि कोल्टे फर्कनु हुन्छ प्रतिक्रिया हरुमा/ तपाईं कुनै पनि लय मा मिठो गाउनु हुने गाएक जस्तै हुनु हुन्छ/ बिस्नुमतिको किनारमा हिले माछा समात्न बल्छी थापेर बस्ने हरु जस्तै कहिले मावोबादीको आलोचना गर्ने मोका पाउला भनेर माई सन्सार ढुकेर बस्नु हुन्छ/ अरु बेला गाएब/
केसू जी सुनी हालूंन तपाईंको बिचारमा गिरिजा पतित हो बा होयिन / अनि म तपाईं ले सोध्नु भएको प्रश्न को जवाफ दिउँला/ मावोबादीको आलोचना गर्नु ठिक हो/ गर्दै गर्नुष मावोबादी हरु गलत बाटोमा लाग्न सक्दैनन् अनि/ फेरी अर्को कुरा छ नि त्यो तपाईं ले लण्डनमा नेपाली हरुले देसको सिमा मिच्न बन्द गर भनेको लाई “भुकेको’ भन्नु भयो नि, तेस्मा कुनै संसोधन गर्न चाहनु हुन्छ कि?
मन परे हरियो, नपरे रातो
3
7
माकुने (लिकुने?) को निर्लज्जताको पराकाष्टानै भन्नु पर्ला यसलाई राजनीतिमा नैतिकताको यस्तो खडेरी कहिल्यै नपरोस !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
11
नैतिकता कुन किताब को पानाहरुमा छ यो निकम्बा लाज सरम घिन नभएको सरकारलाई के थाहा ? रगत उम्लेर आउछ के गर्ने ! अब त सबै एकजुट भएर पहिला यो गृह मन्त्रीलाई टुडिखेलमा लाएर जुइदै आगो लगाएर जलाउनु पर्ने हो ! तर खै कोहि छ येसो गर्ने तागत भएको ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
57
12
१३ सम्पादकले सोधे – खै कहाँ छ सरकार ??
शिंहदर्बार बाट जवाब आयो – दिल्लीमा…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
84
14
तेज जी
अति सटिक कुरा राख्नु भयो/ धन्यबाद/ नेपाली सरकार नेपाली जनताको माझमा कहिले पनि भएनन्/ सिमा मा सरकार छैन/अकाल लागेको महामारी लागेको थाहूँ मा सरकार छैन/ सरकार यिनै आतंककारीहरुको गठबन्धन भित्र मात्रै छ/ सरकार यिनीहरुको आफनी लागि मात्रै छ/ जनता र देस को लागि सरकार कहिले बनेन/ चुनाव पछी जनतालाई लाई होयिन दिल्लीलाई धन्यबाद दिन जाने सरकार लाई अरु के भन्ने खै/
अहिले अरुण जी मारिएको थाहूँ वोरी परि ससस्त्र प्रहरीहरु थिए/ केहि गरेनन तिनीहरुले/ अब भागि पछी खोज्ने कुरा गर्दै छन्/ अरुण लाई मार्ने राजन मुक्ति समुह सरकार सिट सम्पर्क र बार्ता गरिरहेको समुह नै हो/ येस्ता आतंकारी समुहहरु सबै बिहारमा बसेर नेपालमा आतंक मचाई रहेको छ/ सरकार ले राजनीति र आतंक लागि एकै तराजुमा तौलेर साता टिकाउन यस्तैको सहमति खोजे बात यिनीहरु ले अरुण लाई मार्न सकेको हो/ सरकारले जनता सिट सम्झौता गर्न कहिले चाहेनन्/ साएद जनताले नाबानाएको सरकार भएर हो कि?
मन परे हरियो, नपरे रातो
7
8
यो सवाल जवाफ चाही दामी लाग्यो, very good sense of humour
मन परे हरियो, नपरे रातो
1
0
एकातिर कृष्ण पहाडीहरुको धर्ना चलिरहेको छ, अब पत्रकारहरुको आन्दोलन देखियो, यसैगरी सम्पूर्ण वर्ग, तह, तप्काका जनता स्वत:स्फुर्त एकपटक पुन: जुरुक्क जुर्मुराए राम्रो हुन्थ्यो, तै बरु तेस्रो जनआन्दोलन भए वेस हुनेथियो जसले हालका निरीह, कठपुतली र नालायक छोटेमोटे राजा-रजौटाहरु सबैलाइ बढारेर दिल्लीमा पुर्याइदिए हुन्थ्यो ।
खाना नरुच्ने, वाक्वाकी लाग्ने, सम्झिँदै टाउको दुख्ने र अहिल्यै मारिदिउँ कि हर एक कुर्सीवाला मन्त्रीलाइ जस्तो झ्वाँक मात्र चल्ने, फोहोरै फोहोरले भरिएको हालको विषम परिस्थिति अबिलम्ब परिवर्तन होस् ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
9
के गर्नु नेपाल का जति पत्र पत्रिकाले जति आवाज निकाले पनि यो सरकार टिकन र टिकाउन मात्र लागिपरेको छ येस्तई हो भने एकदिन एस्तो धम्की यो सरकारवाला हरुलाई पनि आउलानी हेरौ न..लाछी सरकार के गरोस त जे भारतले भन्छ त्यही गर्छ ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
4
पत्रकार मात्र होइन सारा नेपाली जनता एक ढिक्का हुनु जरुरि छ अब सरकार चुप लागेर बस्नु भन्दा केहि कार्यक्रमहरु अगाडी बढाउने कि जसले सम्पूर्ण नेपालीहरुको छाती गर्बले फुल्न सकोस ……..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
7
मेरो पनि पूर्ण समर्थन छ, पत्रकारिता त्यो चिज हो जसले अन्ध लाइ पनि उज्यालो दिन्छ, सहि पत्र कारिता गर्दा आइपर्ने जस्तोसुकै बाधा हरुको अगाडी पनि हजुर हरुको कलम चलिरहोस, र आफ्नो कर्तब्य बाट पछी नहाट्नोस…. येही मेरो सुभकामना….. आतंक सरकारको होस् या बिद्रोही को… हजुरहरुको कलम ले एकदिन बिजय प्राप्त गर्नेछ ति आतंक माथि…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
5
पत्रकारिता भनेको देशको एउटा अभिन्न अंग र पबित्र पेसा हो जुन देश,जनता, र बस्ताबिकताको लागि बिना सर्त लडाई लड्ने नैतिक हतियार पनी हो तर मैले त यहाँ धेरै पत्रकार साथीहरुलाई अलि फरक नैतिकतामा अडेको देखे त्यो के भने आफ्नो पेसागत हक का लागि र पेसामा असर पर्ने कुनै पनी कार्य भएको खण्ड मा भने सबै एक हुने तर जब राष्ट्रियताको सवाल आउछ तब पार्टीगत लालच मा परेर धुपौरे पत्रकारिता गर्ने | के यो पत्रकार र पत्रकारिताको नैतिकता हो ? छातीमा हात राखेर जवाफ दिनुहोला | होइन भने संधै देश र जनताको लागि पनी यसै गरि लडनुहोला कुनै स्वार्थ मा नफसीकन| मैले यो सबै पत्रकार लाइ भन्न खोजिरहेको छैन मात्र…मात्र … ९०% लाइ भनेको|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
15
कृपया माथिको कमेन्ट संग जोडेर पढनु होला|
यदि सम्पूर्ण पत्रकार सत्यको लागि यसरीनै लड्नु भयो भने यो सरकार एक महिना पनि टिक्न सक्दैन मा ग्यारेन्टी गर्छु किनभने कलम को तागत लाइ छेक्ने आजसम्म अर्को कुनै नैतिक हतियार बनेको छैन|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
12