मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कसले बेचेर कतार पुर्‍याएछ नेपालको श्रीपेच

    कतारको दोहामा केही हप्ताअगाडि इस्लामिक कला संग्रहालय अर्थात् म्युजियम अफ इस्लामिक आर्ट (एमआइए) मा मोतिको प्रदर्शनी अर्थात् (पर्लस एक्जिबिसन) शुरु भयो।

    मोति त के हेर्नु र, मलाई चासो नेपालको श्रीपेचमा थियो।

    नेपालका कुनै राणा प्रधानमन्त्रीले (नाम नखुलाइएको) बेलायतमा बेचेको रहेछ त्यो श्रीपेच।

    एक दिन समय मिलाएर म प्रदर्शनीमा छिरेँ।

    विभिन्न कालखण्डका र पृथ्वीका विभिन्न सभ्यतामा विभिन्न ढाँचा, रंग एवं आकार दिइएका बहुमूल्य मोति तथा अन्य प्रस्तरकला अवलोकनका लागि राखिएको थियो।

    पाकिस्तानको सिन्ध प्रान्त तथा इस्लामावादनजिक रहेको टेक्सिला शहरको मोहनजोदाडो र हडप्पाको प्राग सभ्यताको चिनारी दिने कलाहरुदेखि लिएर हलिउड अभिनेत्री मार्लिन मुनरोलाई उनको श्रीमानले दिएको बहुमूल्य मोतिको हार, भारतीय उपमहाद्विपको मोति, चिनियाँ मोति लगायत दर्जनौँ ऐतिहासिक र दुर्लभ संग्रह सो प्रदर्शनीमा सार्वजनिक गरिएको थियो।



    प्राचीन समयमा बहराइन र कतार मोतिको खोजिको लागि मुख्य केन्द्र रहेछन् र परापूर्व कालदेखिनै राजामहाराजाहरुको मोतिको श्रोत पनि यही रहेछ। नवौँ शताब्दीमा इराकको बसरामा बनेको चिल्लो माटोको कचौरादेखि लिएर इजिप्ट, ट्युनिसियामा तयार गरिएको शीला स्तम्भ, हस्तलिखित कुरानदेखि सोह्रौ शताब्दीमा भारतमा हातैले फारसी भाषामा लेखिएको हिन्दु धर्मग्रन्थ रामायण पनि हेर्न लायक अर्को रोचक वस्तु थियो।


    इजिप्टको ११‌‌औँ शताब्दीको शिलास्तम्भ।

    नेपालमा २००७ सालमा जहानिया राणा शासनको पतन भएर प्रजातन्त्र बहाल भएपछि कोही पनि राणा प्रधानमन्त्रीहरुले आफूले प्रयोग गरेको श्रीपेच फिर्ता गरेका थिएनन्। भारतको राजस्थानतिर विस्थापित भएका त्यही मध्येका कुनै राणाले आफ्नो शासनकालका बहुमूल्य वस्तुहरु पनि साथैमा लिएर गएको अवस्थामा त्यस मध्येबाट कुनै राणा प्रधानमन्त्रीले आफ्नो श्रीपेच बेलायतको कुनै धनाढ्य व्यक्तिलाई बेचेका रहेछन्।

    बहुमूल्य मोति जडिएको यो श्रीपेच कतारका अलफरदान भन्ने अर्का धनाढ्य व्यक्तिले किनेर कतार ल्याइपुर्‍याएका रहेछन्। संग्रहालयमा राखिएको उक्त श्रीपेच कुन राणा प्रधानमन्त्रीले बेचेका रहेछन् भन्ने जानकारी कसैसित छैन। संग्रहालयमा श्रीपेचसँगै राखिएको ट्यागमा यति मात्र लेखिएको थियो-

    Headdress of Royal member Of Rana Dynesty in Nepal. The hard leather cap, covered with pearls is boarded with emerald drops. A Diamond studded Ornament at the front is a reminder of the ties of members of the Rana Dynasty with Rajsthan where the family originated The plum is made of the Tail feathers of the Greater Bird-of-Paradise Around 1880.

    सबै देशको प्रस्तरकला तथा सभ्यता झल्काउने बहुमूल्य वस्तुहरुको फोटो बिना रोकतोक खिच्न पाइन्थ्यो। तर प्रदर्शनीमा राखिएको मोति र श्रीपेचलाई भने अति महत्व दिएर फोटो खिच्नलाई प्रतिबन्ध लगाइएको थियो। कतार सरकारले समेत महत्व दिएर फोटो खिच्न प्रतिबन्ध लगाएको हाम्रो देशको यति बहुमूल्य राष्ट्रिय सम्पत्ति (श्रीपेच) बेच्ने धूर्त राणा प्रधानमन्त्री को होलान् त?

    श्रीपेच यही हो। फोटोः Qassim Rahmatullah-

    No related posts.

    79 comments to कसले बेचेर कतार पुर्‍याएछ नेपालको श्रीपेच

    • krishna gopal khatiwda

      राज्यक्रान्तिका बेला इरानबाट देश छाडेर इजिप्ट, मोरक्को, बहमास र अन्य मुलुकमा बास खोज्दै हिँडेका पूर्वराजा मोहम्मद रेजा शाह पहल्वीले भनेका रहेछन्- ‘जतिबेला म इरानमा थिएँ, त्यसबेला मैले आफ्नो देशलाई बुझ्न सकिन । अहिले मैले मेरो देश राम्ररी बुझेको छु । तर म इरानमा छैन ।’ आशा गरौं, हामीले यो हदको पराकाष्ठा व्यहोर्नु नपरोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • hem

      कुनै कुरा नबेचीए सम्म त्यसको कुनै मूल्य हुन्न.
      अब बल्ल बुझ्दैछन हाम्रा लाल बुझक्कड हरुले कुनै पनि एतिहासिक बस्तुको मूल्य.
      बुद्धिको बिर्को सबैको यसरि खुल्ला रहोस…जय नेपाल..

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • बिष्णु

      देशको अस्मितमाथि पटक पटक वालात्कार गर्ने हरुलाई देश चलाऊन पठाय पछि यो नियती त भोग्नै पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anoj

      what difference will it make to say that Gautam Buddha was born in nepal or india. Person “God” like Gautam buddha is a citizen of the world. I am glad that though Gautam buddha was born in nepal, people from rest of the world claim that he was born in their respective country. We should be proud of Buddha and his achievement. Like wise Krishna was not only born in India, He was born for world. Jesus was not only born in Betheleham, he was born for the world. Their achievement dictates the world and not their citizen. When Buddha was born, there was no Nepal nor India. Therefore we should promote Gautam Buddha’s teachings more rather than to claim something like his birth country. Nobody argues that Gautam buddha was born in present place Lumbini.
      One thing is for sure, We nepalese people should be shame that we are not respecting Gautam Buddha as we should be. If we were to respect him, than we would prefer peace over war. Love over betray. Look at our country now, we should be shame.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • Powan

      श्रीपेच जो सुकैले लैजवोस, बुद्ध नेपालमा जन्मिएको होइन भनेर जो सुकैले भनोस, सत्य जहिले पनि सत्य हुन्छा/ बुद्ध उत्तर प्रदेश मा जन्मिएको हो भन्नु, घाम पश्चिम बाट उदाउछा भन्नु जतिकै हो/ तेस्ता कपटी मानिसहरूको कुरा सुनेर कहिले पनि रिसाउनु हुँदैन/ एदी हामीले तिनीहरूलाई बुद्धकै जस्तो व्यवहार गरेर देखैदियो भने बुद्ध नेपालकै हुन्छन/

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • देशको ढुकुटी बेच्दै सम्पति जोदेकापो रहेछन त य रानाहरुले ए गाठे !

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • खबर दर नाइके नेता हरु
      अर्को श्रीपेच बेचौला है

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • खबर दार नाइके नेता हरलाई
      नेताजीलाई मेरो आग्रहउहिले उहिले भारतीय सेनामा भर्ती गरेजस्तै समानुपातिकको नाममा सांसदहरूलाई भर्ती गरी संसद्भवनलाई नै खुलामञ्च बनायौ !! ऐतिहासिक संविधानसभाको निर्वाचन गरी अन्ततः जनताबाट तिरस्कारहरू नै मन्त्री र प्रधानमन्त्री भयौ धन्य छ नेताहरू !! नेपाल र नेपालीलाई अनि सिङ्गै विश्वलाई एउटा अदभुत चमत्कार देखायौ आफूले भनेजस्तो भए सिङ्गै पृथ्वी जितेजस्तो गछर्ाै आफूले भनेजस्तो नभए सर्वस्व लुटिएजस्तो गछर्ाै न देशको चिन्ता न जनताको चिन्ता धन्य छ बिन्दास नेताहरू !! कहिले नयाँ दुलहा-दुलही जस्तै चाटाचाट गछर्ाै कहिले सौता-सौता र जार-जार जस्तै काटाकाट गछौ सीमापारिका राक्षसहरूले नेपाल चेलीहरू बलात्कार गर्दा मुख नखोल्ने ए ! साधु नेता हो नेपाली भूमि मिच्दा हल्ला मात्र हो भनेर जनता ढाँट्न खोज्ने ए ! सुजाताहरू हो अब त अति भएन र ? गरिमामय संविधानसभालाई तिमीहरूको रंगमञ्च नबनाई देऊ यो नाङ्गो नाच नाच्न पनि छादि देउ //बिन्ती छ नेताजी तिमीहरूजस्तो नेता राजनीतिबाट टाढिदेऊ !!
      फेरी पनि येस्तई येस्तई अर्को कोहि निस्केला श्रीपेच देखि मुर्ति बेच्ने

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

      • Bhimsen Limbu

        हैन हौ सेरबहादुर कार्कीज्यू
        आज अलि अलि जाँडपानी त लाउनुभएको छैन ? लहरै चारवटा कमेन्ट पठाउनु भएछ । एकजना मेरा काकाको याद दिलाउनुभयो । जाँडले मातेर बर्बराए पनि कुरा समसामयिक हुन्थे, विषय गम्भीर हुन्थे, सुनेर मजा लिइन्थ्यो । के गर्नु र ?
        त्यस्तै तपाइँका खबरदारीहरु पनि सान्दर्भिक छन् ।
        अझ निम्न वाक्य त घतलाग्दो बनेको छ-
        # ” कहिले नयाँ दुलहा-दुलही जस्तै चाटाचाट गछर्ाै कहिले सौता-सौता र जार-जार जस्तै काटाकाट गछौ “

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • किन चाहियो नि त्यो हलुन्गे को बुढो श्री पेच ? लैजाओ – लैजाओ हामी लाई चाइदैन| बेला मौका पारेर हाम्रो खोला हरु मा पुल लगाई दिनु |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 12

    • Anup

      मलाई लाग्छ यो बेचिएको श्रीपेच त हजारौमा केवल एक उदहारण हो!!अब शाह बंग्शी राजा को श्रीपेच अहिले नेपाल को संग्रालय मा छ अब कुन दिन त्यो पनि ब्रिटिश संग्रालय मा पुग्ला!!येस्तई हो भने त एक दिन हाम्रो देशलै पनि अमेरिकन संग्रालयमा एकदेश को नेपाल भनेर राख्न बेर छैन!!!अब विश्व का सबै नेपाली एक हुने बेला भैसक्यो!!!जय नेपाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

      • prativa

        अनुप जी, तपाई को कुरा त सहि हो, तर गफ दिने त धेरै छन् सुरुवात चै कसले गर्ने,

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • raj

      हो यार एस्ता बेक्तिले त पैसाको जोसमा आपनै श्रीमती पनि बेच्न के बेर .

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Ashok

      EVERYONE WHO LOVES NEPAL AND SUPPORTS THE TRUTH PLEASE SEARCH FOR THE BIRTHPLACE OF BUDDHA IN GOOGLE MAPS.
      YOU’LL SURPRISINGLY SEE ITS LISTED AS UTTAR PRADESH, INDIA AND NOT LUMBINI, NEPAL. THIS IS A BIG MISTSKE. LET’S MAKE GOOGLE KNOW ABOUT IT. REPORT THIS TO GOOGLE AND PLZ DO THE BEST YOU CAN.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

      • prativa

        अशोक जी म तपाई संग सहमत छु.

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • iku

      कहिले काही यि र एस्ता बस्तुहरु बेचिनु पर्ने हुन्छ , त्यो नबेचिएको भए आज नत बेच्नेले मनग्ये पैसा पाउथे , नत संकलकले किन्न पाउथे , नत सङ्राहलयमा पुग्थियो, नत संसारका दर्शकहरुले हेर्न पाउथे न माइ संसारमा यो कुरा पढ्न र हेर्न पाइन्थियो, नत तेत्रा कमेन्टहरुमा वादवीवाद हुनथियो नत मैले नै कमेन्ट गर्न पाउथिए । लेखकलाई धन्यवाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • तथ्यमा आधारित राम्रो लेखका लागि धन्नेबाद | तर फोटो खिच्न मनाही भए श्रीपेचको फोटो कसरि खिच्नु भयो ?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • Rabi Roshi

        तिलकजी,
        कतारबाट प्रकाशित हुने अंग्रेजी राष्ट्रिय दैनिक पत्रिका द पेनिन्सुलाको क्यामेरामेनले खिचेको हो । खिच्नलाई प्रतिबन्ध भएपनि संग्रहालयमा राख्नुअघि पत्रकारहरुलाई खिच्नु मनाही थिएन । श्रीपेच संग नै सम्बन्धित लेख भएको कारणले गर्दा फोटो राख्नु मनासिव ठानेर राखेको हुँ । हामीले खिच्न नपाउने भएर क्यामेरामेन कासिम रमातुल्लाबाट लिएको हो ।
        धन्यवाद ।

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • shristi shah

      जुन राणा ले बेचेको भए पनि होस् मलाई तेत्ति ठुलो कुरो जस्तो लागेन जाबो श्रीपेच बेचेको कुरो के गर्नु ह्या खोला नाला,नदि जंगल,गर्दै गर्दै देश को तुक्क्रा तुक्क्रा बेचेर सक्न आटिसके.देश को अस्मिता जनताको स्वाभिमान सबै बिकिसकेको अवस्थामा त्यो श्रीपेच को कुरा धेरै सानो कुरा हो……………………

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • santos

      पवन जी श्रीपेच फ्यालेको haina …राजाको शआसन po फयालेको त…श्रीपेच त हाम्रो मयूसेम मा हुनु पर्ने कतार पो पुगेछ र?कुन चै राडा को काम हो कुनी?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • देस बेच्ने, खोला बेच्ने, श्रीपेज बेच्ने सबै यी छेत्री बाहुन हुन् खै के भन्ने बोल्यो भने जातियता को कुरा गर्यो भन्छ जेसुकै गर.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 7

    • pawan raj

      तेई श्रीपेच लै सबै मिलेर फाल्योउ अब फेरी क को मोहो हो यस्तो ?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • jiwan

      मेरो एउटा प्रश्न ? यदि तपाई संग यो श्रीपेच भएको भए तपाई के गर्नु हुन्थ्यो ?घरमा सजाएर राख्नु हुन्थ्यो यो मेरो बाजे को पाला को भनेर अथवा लगेर कोसैलाई बेच्नु हुन्थ्यो ?कृपया मा संग्राहलय मा दान दिनेछु चैं नभन्नु होला

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • munich

      तपाई हरु को प्रजात्रन्त्रबादी लोकत्रन्त्रबादी नेता हरु ले हाम्रो रगत बेचेको कुरा पनि लेखौना.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • jiwan lohani

      अनि बेच्नु को पनि हद हुन्छ नि, तर अब के नै बाँकि छ र नेताले देश बेचे ,दलालीले केटि बेच्छन भारतमा लगेर,अनि त्यस्तो बेचिने क्रम धेरै नै जारी छ त्यसैले यो पनि कुनै नौलो कुरा मलाई लाग्दैन है, अझै हेर्न बाँकि छ देशमा के के हुने हो !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • किन चाहियो नि त्यो हलुन्गे को बुढो श्री पेच ? लैजाओ – लैजाओ हामी लाई चाइदैन| बेला मौका पारेर हाम्रो खोला हरु मा पुल लगाई दिनु |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • पुष्प

      नेपाली जनताको पसिनाले बनेको बाहेक त्यो श्रीपेचमात्र होइन, एउटा कालो इतिहास हो, बेचिएकै राम्रो ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 37

      • Saban

        आज एउटा कालो इतिहास हो भनेर श्रीपेच बेचियो. सतिले सरापेको बनेर देश बेचिन लग्यो नेपालको इतिहास जस्तोसुकै भए पनि त्यो हाम्रो यानिकी नेपालीको हो.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 0

      • बिराज

        कुनै बेला रानाहरुको जमाना थियो, उनीहरुकै जय जयकार हुन्थ्यो, समयले कोल्टो फेर्यो त्यो काल अब कालो इतिहासमा परिणत भयो, कुनै बेला राजाहरुको जमाना थियो, उनीहरुकै जय जयकार हुन्थ्यो, समयले कोल्टो फेर्यो त्यो काल पनि अब कालो इतिहासमा परिणत भयो, कुनै बेला स्टालिनको पनि जय जयकार हुन्थ्यो, उनि माथि औला उठाउन र उनको बिरुद्ध बोल्न सम्म कसैले सक्दैन थिए, समयले कोल्टे फेर्यो अहिले उनीमाथि पनि तानाशाह, लाखौ मानिसहरुको हत्याराको आरोप लाग्दै छ, उनको समयलाई पनि हत्या र आतंकको कालो इतिहासको रुपमा हेरिदैछ, अहिले देशमा माओबादीको बोलबाला छ, माओबादीको जय जयकार हुदै छ, तर कुनै चिज यो संसारमा अजम्बरी छैन, एक दिन पृथ्बीको त अन्त हुन्छ भने अरुको के कुरा ? त्यस्तै भोलि समयले फेरी कोल्टे फेर्ला अनि माओबादीमाथि पनि दशौ हजारको हत्या गरेको दोष लाग्ला र यो समयलाई पनि कालो इतिहासको रुपमा हेरिएला, अनि त्यसबेला एउटा कालो इतिहास भनेर माओबादीले गरेका सबै चिजको नाम निशान मेटाई देलान, अनि त्यो पनि ठिक भन्नेलाइ के भन्ने ? महामुर्ख र संकीर्ण विचारधारी ? चाहे राम्रो होस् वा नराम्रो इतिहास भनेको इतिहास हो, राम्रो इतिहासले राम्रो पाठ पढाएर सहि मार्ग दर्शन गर्छ, नराम्रो इतिहासले नराम्रो मार्गमा जानबाट रोक्छ | त्यसकारण नराम्रो इतिहासको नामो निशान नै मेट्ने सोचाई राख्नेहरु चाँही एकांकी र छोटो सोचाई राख्ने खाले मुर्खहरु हुन् |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 5

        • पुष्प

          तपाईंको यो कुरामा चाहिँ असमर्थ हुन सकिनँ है । सबनजीले पनि राम्रै कुरा गर्नुभो । धन्यवाद ।

          मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

          • बिराज

            पहिलो पटक आफ्नो सिद्धान्त र कुरा काट्दा सहमति जनाएकोमा धन्यवाद | यदि सहिलाइ सही र गलतलाई गलत भन्नु हुन्छ भने तपाइले जुनसुकै सिद्धान्तताई माने पनि तपाइको कुरालाइ कसले काट्ला र ?

            मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

          • तेज प्रसाद अधिकारी

            पुस्पा जी को येही बानि मन पर्छ / आवेशमा अथवा भुलबस गलत शब्द र ब्याख्या हुनु सामान्य हो / कसैले गल्ति औल्याई दिन्छ भने सहर्स स्विकार्नु असल मानिसको गुण हो / येही ब्लगमा प्रतिक्रिया गरिरहने धेरैले पुष्प जी बाट योकुरा सिके हुन्छ /अनि बल्ल यो ब्लग मर्यादित र सभ्य हुने थियो कि……..

            मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

      • kesu

        दुषित मनसाय पुष्प जी को प्रिथिविनारायण शाह लाइ साम्राज्यबादी देख्ने आँखा .राजा को मुर्ति फोर्ने दिमाख,अनि माओ को जस्तो कठोर मन,
        नत्र निर्जीव श्रीपेच माथि एस्तो सोचाई किन?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 4

    • Lal Prasad Adhikari

      नेपालीले बेचेको बहुमुल्य श्रीपेच त देखियो अब फेरी भारतले नेपाल बाट किनेको पशुपति को गजुर भनेर देख्न नपरोस नि अन्त कतै तेस्तो दिन नआयोस कामना गरौ है .
      लाल प्रसाद अधिकारी
      चितवन हाल कतार

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

      • Saban

        पशिपति मात्र होइन नेताहरुले त देश नै बेच्न लगिनी. नेपाल को map भविष्यमा भारत को मुसियम मा होला आइले विचार नगरे. “कुछ साला पहेले बच्चो नेपाल था” भन्दै प्रदर्शनीमा आउन बेर छैन .

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • Cesar

      दुखः लागो फोटो हेरेर |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • samsanzv

      wow thanks to the photographer
      just think about the present condition of the nation.Today our country is in trouble.NO politicians think about it.They are just busy in corruption and becoming rich in short course of time.Today politicians are going to give(sell) our country to the foreigner for their own satisfaction and fulfillments without thinking about the whole nation and the nepalese.My frens these all politicians are selfish and think only for themselves and for their own development and satisfaction.This is only the past example, just watch the present nepal u can see more complications.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Shi

      स्वास्नी छोरी दिल्ली कलकत्ता लगेर बेच्नेहरुले श्रीपेच बेचे त कुन ठुलो कुरा गरे?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

      • madan_bajracharya

        shi जी
        सहि भन्नु भयो/ श्री पेच बेचियो त् के ठुलो भयो र/ कसैको निजि सम्पति भए बेच्नु न बेच्नु कुराको कुनै माने राख्दैन/ सरकारी सम्पति हो भने सरकारले पहल गरि फर्काउन सक्ने अन्तारास्त्रिये कानुन छ/ कति फर्कायिएको पनि छ/ तेसरिनै त्यो श्री पेच पनि फर्काउन सकिन्छ/

        अहिलेकाले त् देसै बेच्दैछन/ नदि नाला आदि देसको श्री पेच नै हुन्/ खै कुन ठुलो नदि अब हाम्रो छ? सबै त् बिचियेकै हो/ अब बचेको बचाउन सके पनि ठुलो कुरा भई सके/

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 8

    • Hilman, Myagdi

      मित्र हरु,

      यहाँ देशै बेच्न लागी सके धमिरा हरुले भने पुरातात्विक वस्तुहरुको महत्तव न बुझने हरुले देश र जनताको सम्पत्ती श्ररीपेच बेची खानु कुन ठुलो कुरो भयो र! “अच्छिउ खाए बच्छिउ खाए झुसे बारुलो जाबो”

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • साथी हो धन्न गौरब गरौ श्री पेछ मात्र बेचेचन कसो देसै बेचेनन राना सासन मुर्दा बाद !मुर्दा बाद! मुर्दा बाद!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • narayan

      कतार को कुन ठाउँ मा भय को त इस्लामिक कला संग्रहालय त्यो ठाउँ को नाम भन्दिनु भय मा म पनि हेर्न जानी थीय दोहा को कुन ठाउँ मा होला लेखक जीउ ????

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

      • दोहाको सुकनाजदा नजिकको अरबी राउण्डअवाउट बाट सिधै १५ मिनेट समुन्द्री किनारा तर्फ जानुभयोभने लस्करै ठडिएको खजुरको रुखहरुले घेरेको सामुन्द्रिक किनाराको खैरो घर देख्नुहुनेछ । त्यही नै इस्लामिक संग्रहालय हो । सोमवार जानुभयो भने निशुल्क हेर्न पाउनुहुनेछ ।

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

        • नारायण

          THANKS FOR LOCATION .

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rambhakta

      राजा हरु नि मुर्ख नै हुन् | कति नै राम्रो भनेर घोडाको पुच्छर टाउकोमा राख्छन |

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 11

    • i shor thapa

      नेपाली हरु सधैं किन ध्रै पहिला का कुराहरुमा अल्झिने गर्छन्। किनकी ति कुरा त १९ अथवा २० अोउ सतब्दी का कुरा हुन जुन बेला हामी नेपालीहर्‍ु अशिक्षित थियौ तर अहिले एती बुज्ने छम र त नेता हरुले प्रतेक बर्ष नदी नाला र् सिमाना हरु दिन दाई बेचिरहेका छन त्यो कुरा नगरेर अब ति पुराना कुरा जुन अब आशाम्बव छ बरु बर्तमान म नेताह्रुलाई खबर्दार गरेर र सिमनको बिरुद्द भरत सँग आफ्नो अधिकारको लागी लड्ने प्रयास गाह्रोउन । एतिहस् को कुरा लाई सम्जेर आफ्नो भुमी बेच्नेहारु लाई कारबाही गर्ने तिर लागोउन .
      इशोर थापा belgium

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • Drishya

      पैसा चाही कति पर्यो होला? थोरै मोरैमा त पक्कै बेचेनन्

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 8

    • नेपाली श्रीपेच बेलायतमा लगेर पैसा को निम्ति बेच्नु नेपाली र नेपाल आमाको अपमान हो| यसलाई पुरुसार्थ ठान्नु मुर्ख्याई हो|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 6

    • बिनोद ढकाल

      यहाँ ताल परे हाम्रा नेता तथा मन्त्रि , प्रधानमन्त्रि देशै बेच्न तयार हुन्छन भने श्रीपेचको के कुरा | जे भए पनि हाम्रो देश का बहुमुल्य चिज हरु खरिद बिक्रि हुदै विभिन्न देशका संग्रालय मा पुग्नु हामी नेपाली को लागि दुखको कुरा हो अर्को अर्थ मा हेर्ने हो भने हामीले सुरक्षा दिन नसकेका हाम्रा बहुमुल्य चिज उनि हरुले त कमसेकम सुरक्षित ढङ्ग ले राखेका छन् |

      बिनोद ढकाल , बार्सिलोना

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

    • मोतिलाल राना मगर

      देशै बेचिएको अवस्थामा श्रीपेच बेचिनुले कुनै महत्त्व राख्दैन ।

      परापुर्वकालका कुरा के गर्ने, आज पनि यस्ता बिषालु सर्पहरु हाम्रो समाजमा बिद्यमान छन् र यी कामहरुलाई निरन्तरता दिईरहेका छन्। टनकपुर बेचे, हरेक सीमामा अतिक्रमण, नागरिकहरु आफ्नै घरमा सुरक्षित छैनन्, फेरि पनि कुर्सीमोही लाचार सरकार चुपचाप हेरिरहेको छ।

      देशको अस्तित्व बेच्न मात्र बाँकी छ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 4

    • Luna

      श्रीपेच टाउकोमा लगाएर हिड्न नमिल्ने !
      राखून कति दिन सम्म राखून !
      नेपाल मा छदा जनतालाई रैती बनाएर कजाएर खाए जस्तो भएन होला भारत् मा !
      रहदा बस्दा आर्थिक अभाब भो होला अनि बेचिदिए .
      हुन त श्री पेच राज्यको सम्पत्ति हो , त्यसमा जनताको पसिना भिजेको हुन्छा
      तर पनि उखान छ नि ‘ आफू मोरे जो सुकै होस् राजा ! ‘
      आफू नै नेपाल बाट निकालिनु पर्ने स्थिति आए पछी आफूले लिएर आएको श्री पेच
      को के माया जसले न खान मद्दत गर्छा न त केहि पाउन नै – - –
      धन्न फुटाएर स – साना गरगहना बनाएनछन् ! जस्ताको तस्तै सिन्ग्गो बेचिदिएछन् ,
      र आज उस बेलाको श्रीपेच कस्तो हुदो रहेछ , देख्न पायो .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 5

      • dekhsikebasunthure

        लुना जी , निक्कै हराउनु भएथियो . तर तपाई कुन चै लुना पर्नु बह्यो क्यारे ! जे होस् तपाइलाई यहाँ पाउदा खुशी लाग्छ . Small and capital letter को झगडा हुन्थियो ………..त्यसैले

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

    • kaamal

      उ जमानामा बेलायत जान पैसा नपाएर श्रीपेच नै बेचेर बेलायत गएछ कुन मोरो …..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 8

      • dekhsikebasunthure

        कसम ! हो र भन्या ……. !

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • bhusan

      नेपाल मा शालिक तोड्ने पुराना कुरा भत्काउने पुरानो सबै नराम्रो ठान्ने हरुका लागि त्यस्तो कुराको के नै महत्व हुन्छ र नया नेपाल मा नया श्रीपेच प्रचण्ड को बाबुराम को गिरिजा को माकुनेको राखे भैहाल्यो नि अब खै क भनौ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 6

    • Bhimsen Limbu

      अति सुन्दर र कलात्मक श्रीपेच रहेछ तर यो श्रीपेच धारण गर्ने शासकहरुको दिमाग चाहिँ अति फोहरी र कुरुप भएकोले यसरी अन्तत: आफ्‍नै शिर बेच्दै हिँड्‍नुपर्ने अवस्था आएको थियो, आउँछ, आइरहन्छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 120 Thumb down 15

      • सार्थक, दोहा-कतार

        ठीक भन्नु भयो भीमसेन जी, आफ्नो शिरको श्रीपेच बेच्नेको जस्तो घिनलाग्दो दिमाग र सोच अरु कसको होला? श्रीपेच बेच्ने शासकहरुले मौका परे देश पनि बेच्न बेर लाउदैनन है होस् गरौं । किन कि यिनिहरुको दिमागमा पनि त्यही राणाहरूकै जहानिया शासनको भूत सवार छ । त्यसमा पनि गिरिजाको आशिर्वाद पात्र माकुने, गिरिजा कुपुत्री सुजाता, कुलङगार हत्यारा विजय गच्छेदार जस्ताले त देशको डाडु-पन्यौं हातमा लिएर आफ्नो हात जगन्नाथ गर्दैछन । लाग्छ नेपाल यिनिहरुकै पेवा, दाईजो, बिर्ता आदि इत्यादी हो ।

        जे भए पनि आफ्नो देशमा त यो बहूमूल्य सम्पत्ति हेर्न पाइएन नै अब यही भए पनि एक दिन जानु पर्ला हेर्न ।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 30 Thumb down 17

        • Bhimsen Limbu

          सार्थक मित्र !
          तपाइँले एकजना नेताको नाम कि त लिन चाहनु भएन, कि त छुटाउनुभयो । तपाइँका भनाइहरुमा पूर्ण समर्थन जनाउँदै यिनको नाम पनि थप्न हिच्किचाउन हुँदैन भन्छु म चाहिँ । उनी हुन– प्रचण्ड ।

          केही समयअघि कुनै पत्रिकाअनुसार यिनले एक बाबाको खुट्टामा ढोगे । जोखाना हेराए । मैले पत्याइन । तर, फेरि एक दैनिक पत्रिकाअनुसार भर्खरै पूर्वतिरको एक धार्मिक कार्यक्रममा गइ एक भैँसीलाइ ढोगे । शनिको दशाबाट मुक्त रहन त्यसो गरिएको बताइएको छ ।

          जीवन–मरणको सवाल बनाएर अङ्गालेको मालेमावाद(मार्क्सवाद लेनिनवाद माओवाद)को मूल्य र मान्यतविपरीत यिनको व्यवहारबाट के बुझ्ने ? व्यक्तिगत रुपमा जे गरुन् तर, यिनी त नेता हुन् । यिनी नेताबाट हामीले के सिक्ने ? सिद्धान्त एकातिर जीवनशैली अर्कातिर गर्ने ? बोली एकातिर व्यवहार अर्कातिर गर्ने ? कि के ? किन यस्तो नौटंकी प्रदर्शन ?

          यिनको व्यवहारले देखाउँछ, लाखौँ जनता र पार्टीको शक्तिमा यिनलाइ भर छैन । मालेमावादमा यिनलाइ भरोसा रहेन । तसर्थ यिनी कुनै अज्ञात र अदृश्य शक्तिको पछि लागेका हुन् भन्न सकिन्छ । अनि फेरि इश्वर, धर्म र अध्यात्ममा कति भरोसा गर्ने ? तन्त्रमन्त्र र टुनामुनामा कति विश्वास गर्ने ?

          रणबहादुर शाहले के मात्र गरेनन् क्षयरोग लागेका आफ्‍नी प्यारी पत्निलाइ बचाउन ? तर, बचेनन, कुनै इश्वर बचाउन आएनन् । पूर्व राजा ज्ञानेन्द्रले कुर्सी बचाउन र नानाथरी दशाग्रह पन्छाउन के मात्र गरेनन, कुन मन्दिरमा धाएनन् तर, जनताको शक्तिसामु सत्ताच्यूत हुन कर लाग्यो । श्रीपेच त्याग्न कर लाग्यो ।

          मार्क्स, लेनिन, स्टालिन, माओ त्सेतुङ, फिडेल क्यास्ट्रो आदिले अध्यात्म एवं इश्वरीय शक्तिमा विश्वास गरेको पाइँदैन त । तर, यी प्रचण्ड चाहिँ किन बहुलाउन थालेका ? यिनको अस्थिर चित्त, चञ्चले मन र बेठेगान बोली, अदुरदर्शी सोचहरुबाट अनुमान लगाउन सकिन्छ कि यिनले पनि “ताक परे तिवारी नत्र गोतामे” गर्नेछन् । कुनै तान्त्रिक बाबा तथा पशुलाइ ढोग्नसक्ने व्यक्तिको शिर आफूभन्दा धेरै शक्तिशाली व्यक्ति तथा कुनै सँस्था र शक्तिस्रोतको सामू निश्चितरुपमा निहुरिन्छ, झुक्छ, मुन्टिन्छ, फरकै पर्दैन । त्यस्ता नेताको के भर र कति भरोसा गर्ने ?

          कुनैबेला प्रचण्ड एवं माओवादीको विरोध र आलोचनामा कुनै पनि गतिविधि गर्दा वा बोल्दा पनि डराउनुपर्ने आतंकपूर्ण स्थिति थियो । उनका समर्थक तथा कार्यकर्ताले कहीँ पनि मार्ने वा हत्या गर्नेसम्मको परिणाम भोग्नपर्ने हुन्थ्यो । तर अब भने स्थिति धेरै बद्‍लिएको छ । भन्न सकिन्न अब, आफैँले जन्माएका, हुर्काएका बढाएका वा उत्पादन गरेका तिनै कार्यकर्ताले नै यिनको “श्रीपेच” पनि उडाइदिन बेर छैन ।

          एकजना बटालियन कमाण्डर समेत चार हजार बढी मालेमावाद (मार्क्सवाद लेनिनवाद माओवाद)प्रति समर्पित युवायुवतीहरुलाइ शिविरबाट धपाएर यिनले ठूलो धोखा दिए । उनीहरुमाथि घोर अन्याय गरे ।

          माओवादी क्रमश: तीब्र गतिमा नयाँ एमाले भइरहेको दृश्य देखिँदैछ । कार्यकर्ता दुब्लाएका र नेताहरु दिनानुदिन मोटाइरहेका दृश्यहरु देखिँदैछन् ।

          मनमस्तिष्कमा झिरले रोपेसरी दुखिरहने यी र यस्ता कुराहरु कति गुम्साएर राख्नु भनेर यहाँ सेयर गरेँ । देखेको र लागेको अनि जानेबुझेको कुरा भन्न केको टनटन ?

          (माफ गर्नुहोला मित्र, मचाहिँ मार्क्सवादप्रति आस्था र माओवादीप्रति केही झुकाव राख्ने भएकोले यति विश्लेषण गरेर राखेँ । तपाइँको आस्था जे जता भए पनि…)

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 85 Thumb down 7

          • kesu

            भिम जी,
            बहुत सटिक कुरो गर्नु भो माओबादी लेनिनबादी हुनु त तपाई जस्तो/ नेपाल का माओबादी को बिरोध मैले यसै गरेको छैन यिनीहरु को ताल ताक परे तिवारी नत्र गोतामे भयको हुनाले मात्र बिरोध गरेको हो, अनि माओबादी को बिरोध गर्दा कसैले सम्झनु भयाछा गिरिजा र अर्को नेपाली कम्युनिस्ट माकुने को समर्थन गरे जस्तो.
            ठिक लाइ ठिक बेठीक लाइ बेठिक भन्नु नै महानता हो विचार र सिन्दंत त आफ्नो आफ्नो चाडै छ नि होइन र.
            जेहोस यो तपाई को माथि को विचार लाइ मेरो सलाम छ.

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 6

          • Nik

            प्रिय भीमसेन लिम्बु, संसारमा मानिस जन्मिदा नाङ्गो जन्मिन्छ अनि मर्दा पनि नाङ्गोनै मर्छ|यसको बीच, मानिस, बालक, तन्नेरी, अधबैंसे अनि बृद्ध भएर खासैमा भन्ने हो भने त्यै मृत्युलै कुरेर बस्छ|चेतनशील प्राणी भएको कारणले यो बलाबस्था देखि बृद्ध अवस्था सम्म हामी रिस,राग, द्वेस, मेलमिलाप, सद्भाव, अनि कर्म राख्छौं|त्यसैकारणले हो तपाई पनि अनि मा पनि ऐले यो बाद र त्यो बाद भन्दै यो मेरो सन्सार ब्लग मा आ-आफ्नो बिचार पोख्छौँयो पनि यदि हामि बिचार गरेर हेर्यौं भने अध्यात्म नै हो|अनि त्यो अध्यात्म भित्र आ-आफ्नो लगाव हुन्छनै हुन्छ|कुनै सिद्धान्तको प्रादुर्भाव जस्तो सुकै असल जगमा निर्मित भए पनि र अब्शेस जति सुकै लालायित देखिए पनि यसक किरणहरु खराब हुन्छन, जस्तै सुर्य हामीलाई नभई हुन्न, यसका किरणहरु सेतो र “आहा” देखिए पनि यसभित्र अनेक किरण छन् जुन हामीलाई खराब मात्रै होइन ज्यानै पनि लिने खालका छन्| त्यसै भित्र गुम्सेको हुन्छ हाम्रो राजनैतिक परिपाटी पनि| यस्तो कुराहरुको प्रयोग गर्ने जुन हाम्रो तौर तरिका छ यसलाई स्वतन्त्रता भन्न मा हिच्किचाउनु हुन्न|अँ त्यो स्वतन्त्रताको प्रयोग तपाइंले गर्नु भा हो|यसमा “माफी”माग्नु पर्ने कुनै गल्ति तपाइले गर्नु भएको छैन,मेरो बिचारमा|त्यसकारण, माओ-बादी चाहे जे जस्तो सुकै भावना बाट प्रेरित भएर उजागर गरेको भएता पनि यसका किरणहरु अफलदाई र कुकृत्यले भरिपुर्ण छ|यसले गर्ने हरेक क्रिया कलापमा हाम्रो देशको छिन्न भिन्न र लथालिंगको जग बसेको छ|यो एउटा धर्मभिरु संगठन जस्तै एक व्यक्तिको वरिपरी घुम्ने संयन्त्रमा परिणत भएको आतंककारी संगठन हो|यसको बिरोध गर्नु गल्ति मान्नु हुन्न|तपाइले दिनुभएको राष्ट्रहरुको नेता गण र हाम्रो देशमा भएका नेताहरुको त्लन गर्नु नै दिउँसोको सूर्यलाई हत्केला देखयेअ ल मा तिमीलाई छेक्न सक्छु bhanya jastainai हो| माओ – बादी पनि त्यै dyangka mula bhanda मा पनि umranu bhanda agaadinai kuhi sakeka group of people hun, यसमा dui mat chaina. आफ्नो prajaatantrik adhkaar को प्रयोग गर्नु bho, baru khusi hunuhos “FREE” hunubhayeko मा, मेरो badhaai chha.

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 8

          • पुष्प

            भीमसेनजी,

            एउटा सार्वजनिक व्यक्तित्व, जसप्रति बहुमत नेपाली जनताले विश्वास गरेका छन् कि यिनले केही गर्लान्, यस्ता व्यक्तिले आफ्नो सिद्धान्तविपरीत भैंसी पूजातिर लाग्नु आलोचनायोग्य नै छ ।

            तर जनसेनालाई सेनामा समायोजन गर्न भएको सहमतिअनुरुप विभिन्न दृष्टिकोणबाट ‘अयोग्य’ जनसेनाको बहिर्गमनलाई धोकाको संज्ञा दिनु दुर्भाग्यपूर्ण छ । हुनपनि शान्तिप्रक्रियामा आइसकेपछि जनसेनामा भर्ना भएकाहरूलाई ‘योग्य’ जनसेना भन्न मिल्छ । के ३ वर्ष शिविरमा बिताएकाहरूलाई वर्षौं जंगलमा जनयुद्धलाई साकार पार्न सफलहरूको कोटीमा राख्न मिल्छ । यस्ता अनेक कारणहरू छन्, जसलाई जनसेनाको ‘अयोग्यता’ पुष्टि गर्ने आधार मान्न सकिन्छ । शान्ति प्रक्रियाको मर्मअनुकुल राजनीतिक सहमति कार्यान्वयन गर्दै यस्ता प्रक्रिया हुनुलाई गलतरूपमा व्याख्या गरिनुहुन्न । तर यसो भन्दैमा उनीहरू साँच्चिकै अयोग्य हुन् भन्नचाहिँ मिल्दैन । विभिन्न दृष्टिकोणले ‘अयोग्य’ ठहरिए पनि देशका लागि केही गर्छु भनेर आफ्नो जीवनको अमूल्य समय बिताएका छन् । उनीहरूको देशप्रतिको जुन लगाव र सदिच्छा छ, त्यसलाई कायम राख्नै सबैभन्दा पहिले माओवादी नै अघि बढ्नुपर्छ । हुन त उनीहरूलाई माओवादीले आफ्नो अन्य भातृ संगठनमा संलग्न गराउने कुरा उठिरहेको छ ।

            माओवादी नेताको कुरा गर्ने हो भने जंगलको बास र खानपिनमा लापरवाही अनि डाँडाकाँडाको हिँडाइजस्ता दैनिकी र अहिलेको दैनिकीमा धेरै फरक छ । त्यसैले सरकारमा जाँदा नेता मोटाए, गाला राता भए भन्नुचाहिँ उचित होइन है भीमसेनजी ।

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 14

            • Bhimsen Limbu

              पुष्पजी !
              मैले माओवादी नेताहरुमा पनि विलासिता बढ्‍दैगएको, आफूलाइ सर्वहाराकरण होइन पूँजिवादीकरण गर्दै लगेको कुरामा इङि्‍गत गर्न खोजेको हुँ । राता चिल्ला गालालगायतका शारीरिक परिवर्तनलाइ होइन । केही केन्द्रीय सदस्यहरुले त सामुहिक रुपमा आफ्‍ना त्यसप्रकारले आदत बिग्रँदै गएका नेताहरुलाइ सचेत गराउनका लागि समूह नै बनाउन लागेका खबर पनि आएका छन् ।
              अर्का कुरो, अयोग्य घोषित गर्दै अन्धकार भविष्यतिर धपाइएका लडाकुहरुसँग दसौँ वर्ष युद्ध लडेका अघिल्ला लडाकुहरुसँग तुलना गर्न मिल्दैन भन्ने तपाइँको कुरा ठीकै हो । तर, प्रश्न उठ्‍छ कि उनीहरुलाइ केका लागि भर्ना गरिएको थियो त शिविरमा ? भर्ना हुन आव्हान गरी गरी शिविरमा बोलाइएको थियो । शिविरमा भर्ना हुन आउँदा नै फौजी तालिमका लागि कति योग्य र कति अयोग्य भन्ने थाहा हुँदैन र ? त्यतिखेरै अयोग्य भनेर घर पठाउन सकिन्नथ्यो र ? तीन वर्षसम्म चाहिँ के आधारमा राखिए तिनीहरुलाइ ? के अयोग्यताकै प्रमाणपत्र थमाउनका लागि त्यतिका वर्ष पर्खाइएका हुन् तिनीहरुलाइ ?
              साथै थप कुरो, यदि युद्ध नै लड्‍नु अब थिएन भने उनीहरुलाइ भर्ना किन गरियो ?

              जे भो सकियो, यसबारे धेरै बहस गर्नुको खासै अर्थ अब छैन । मिडियाको कुरा पत्याउने होभने उनीहरुमध्ये धेरैजसोको अब माओवादी पार्टीदेखि मोहभङ्ग भएको छ । पार्टीलाइ आफ्‍नो जीवन र भविष्य सुम्पेर रहँदै बस्दै गरेका उनीहरुको अबको अगाडिको बाटो र भविष्य कस्तो होला ?
              यही पक्षलाइ मैले माओवादी नेतृत्वको अदुर्दशी सोच भनेको हुँ । त्यसरी अयोग्य भन्दै अपमानित गर्दै पठाउनुभन्दा कुनै उचित प्रबन्धसहित पार्टीकै मातहतमा राख्न सक्नु पर्थ्यो ।

              मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

              • पुष्प

                भीमसेनजी,

                कुनै पनि वाद कसैको ‘बाउ’को पेवा होइन । जुन वादले राम्रो बाटो देखाउँछ, त्यसलाई अँगाल्नु राम्रो हो । पूँजीवादमा पनि धेरै कुराहरू राम्रा छन्, हामी अहिले एकार्कासँग यसरी छलफल गर्न पाउनु पूँजीवादकै एउटा अंश भन्छु म त । त्यसैले माओवादीलाई पूँजीवादले छोयो भनेर न्यास्रो मान्नुपर्दैन । हुन त बाबुरामले खुलारूपले नै पूँजीवादको वकालत गर्दैआइरहेका छन् । त्यसैले मूल कुरो नियतको हो; वाद त एउटा साधनमात्र हो ।

                माओवादी चढ्ने चिल्ला गाडीका बारेमा कुरा गर्नु जायज छ, तर राताचिल्ला गालाको कुराचाहिँ मलाई ठीक लागेन ।

                ‘अयोग्य’ जनसेनाको कुरा तपाईं अझै पनि झुक्किनुभए जस्तो लाग्यो । उनीहरू शारीरिक, मानसिक वा अन्यरूपले अयोग्य ठहरिएका होइनन्; सहमतिमा उल्लेल भएबमोजिक ‘अयोग्य’ ठहरिएका हुन् । जस्तै, शान्ति प्रक्रियामा आइसकेपछि भर्ना भएकाहरू ।

                पत्रकारको खोल ओढेका पर्चाकारको के कुरा गर्नु भीमसेनजी । होलान् दुइचारजना, जो यो प्रक्रियाबाट असन्तुष्ट भएका हुन्; तर ‘धेरैजसो’ भन्नुचाहिँ चित्त बुझेन । उनीहरूले पार्टीलाइ होइन देशका लागि आफ्‍नो जीवन र भविष्य सुम्पेर माओवादीमा प्रवेश गरेका हुन्, यस्ता व्यक्तित्वहरू यो प्रक्रियाले मोहभंग भए भन्नु पत्याउने कुरा होइन ।

                जे होस्, उनीहरूको भविष्यको जिम्मा पहिलो जिम्मेवार माओवादी भएकोले उनीहरूलाई माओवादीले सम्हाल्नैपर्छ । माओवादीले आफ्ना वर्गीय संगठनमा उनीहरूलाई ल्याउने कुरा स्वागतयोग्य छ ।

                मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

                • Bhimsen Limbu

                  त्यसो भए त पुष्पजी
                  तपाइँको पछिल्लो कमेन्टको पहिलो प्याराग्राफ अनुसार त माओवादीलाइ अबदेखि माओवादी भन्न छाड्‍नु पर्ने भयो नि । माओपछिका चिनिया नेता “देङ सियाओपिङवादी” भन्नुपर्ने भयो । उनले पनि “बिरालो कालो होस् कि सेतो होस् मुसा मारे भयो नि” भन्ने सिद्धान्तलाइ अङ्गालेका थिए ।

                  तै बरु, अब वी. पी. को “प्रजातान्त्रिक समाजवाद” वा मदन भण्डारीको “बहुदलीय जनवाद” अङ्‍गाल्दा हुनेरहेछ …
                  मेरो बुझाइमा शब्द मात्र फरक हो सार उही हो …

                  ” माओवादीलाई पूँजीवादले छोयो भनेर न्यास्रो मान्नुपर्दैन । हुन त बाबुरामले खुलारूपले नै पूँजीवादको वकालत गर्दैआइरहेका छन् । त्यसैले मूल कुरो नियतको हो; वाद त एउटा साधनमात्र हो ।”

                  तपाइँका यसखाले तर्कहरुलाइ के भन्ने? विचारमा विचलन, संशोधन वा पलायन भन्न सकिन्छ कि जस्तो लाग्यो । ठ्‍याक्कै संशोधनवादी गन्ध आएको जस्तो बुझियो ।

                  हैन, यस्तैलाइ एकाइसौँ शताब्दीको मार्क्सवाद भनिन्छ भनेचाहिँ पर्खेर हेर्नै पर्ला ।

                  मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

                  • पुष्प

                    भीमसेनजी,

                    व्यक्तिगतरूपमा म कुनै ‘वादी’ हुन रुचाउँदैन । देशको शासकीय सत्ता भड्खालोमा जाकिएको र सार्वभौमिकतामा खतरा आइपरेका बेला माओवादीले उठाएको जोडदार मुद्दाका कारण म माओवादी समर्थकको कित्ता उभिन पुगेको हुँ ।

                    कुनै वादको पुच्छर समातेरै बस्नुपर्छ भन्ने छैन । अर्थात्, समाजवाद राम्रो भन्दैमा पूँजीवादका राम्रा पक्षहरूलाई लातै मार्नुपर्छ भन्ने छैन । पूँजीवादको बखान गरेर नथाक्ने अमेरिका र यूरोपले समेत समाजवादका सिद्धान्तलाई अँगालेका छन् । साम्यवादको किताबलाई रद्दीको टोकरीमा फालेको दावी गर्नेहरूले भएभरका राम्रा सिद्धान्तका पानाहरू आफूसँग राखेर खोलमात्र फालेका हुन् ।

                    र अर्को कुरा, कुनै पनि वादको सार्थकता समय र परिस्थितिले किटान गर्छ । माओकालमा चीनमा माओवाद नै उत्तम थियो तर सूचना, प्रविधिको अहिलेको युगमा माओवादकै रटान रटेको भए चीन आजको चीन हुनेथिएन । देङ समयको माग पूरा गर्नमात्र आएका हुन्, माओ त चीनका लागि आदर्श व्यक्ति हुन् । नेपालमा पनि माओवादीको उपस्थितिले सार्थकता पाएको थियो र अझै पनि देखिन्छ । तर युगसुहाउँदो परिष्कृतिकरण नेपाली माओवादीमा पनि आवश्यक छ ।

                    त्यसैले यस्ता कुरालाई विचारको परिष्कृतिकरण भन्न सकिन्छ विचलन, संशोधन वा पलायन होइन ।

                    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

                    • Bhimsen Limbu

                      पुष्पजी !
                      तपाइँका दुइ वाक्य मन पर्‍यो -
                      # …” व्यक्तिगतरूपमा म कुनै ‘वादी’ हुन रुचाउँदैन ।”

                      (मलाइ पनि किनभने ” वाद” ले दास बनाउँछ । यसलाइ व्याख्या गर्दा लामो हुन्छ यतिमै सीमित राख्न चाहन्छु । म उन्मुक्त जीवन चाहन्छु ।)

                      # …”यस्ता कुरालाई विचारको परिष्कृतिकरण भन्न सकिन्छ विचलन, संशोधन वा पलायन होइन । ”
                      (यस वाक्यले मलाइ नै परिष्कृत हुन उत्प्रेरित गरायो ।)

                      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

        • सार्थक, दोहा-कतार

          भिमसेन जी, मैले त वर्तमान सत्ताधारीहरुको मात्रै कुरा गरेको हो । प्रचन्डकै कुरा गर्ने हो भने त उनी यस्ता व्यक्ती हुन जो राजनीतिक आकाशमा साह्रै चाडै उत्थान भयो अनी पतन त्यो भन्दा पनि चाडै भयो । कम्मुनिष्ट सिद्धान्तको सबैभन्दा चर्को भाषण गर्ने मान्छे उसैमा सबैभन्दा चाडै यो सिद्धान्तबाट व्यबहारिक विचलन आयो । वर्गयुद्ध र द्वन्दात्मक भौतिकबादलाई धराताल मानेर शुरु गरेको जनयुद्ध (म माओवादी युद्ध मात्र भन्न रुचाउछु)लाई नेपाली नेपाली बिचमा जातियताको बिज रोपेर कम्मुनिष्ट सिद्धान्तकै उपाहास गरे । “वर्गिय समाजमा वर्गिय प्रेम मात्रै चोखो र न्यानो हुन्छ” भनी कम्मुनिष्टले गाउने गीतलाई मिथ्या सावित मात्र गरेनन “अब मानिसको अन्तरराष्ट्रिय जात हुनेछ” भनेर कम्मुनिष्टहरुले आफ्ना जुनसुकै कार्यक्रम गाउने गीत त उनी र उनको पार्टीलाई कहिल्यै थाहा नभए झैं गरे । अब यस्ता बहुरूपी प्रचन्ड र नेकपा (ढुल्मुले) का महा ढुल्मुले माकुने बीच के नै पो भिन्नता रह्यो र ?

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

          • Bhimsen Limbu

            सार्थक मित्र !
            तपाइँका विचार सही लाग्यो । तर, “जातीयताको बीज रोपेको “भन्ने विश्लेषणसँग शतप्रतिशत सहमत हुन चाहिँ सकिन । यसबारेमा पहिला पनि बहस चलिसकेको छ । यसै ब्लगमा “क्षेत्रीहरुको पनि सेना” विषयक सामग्रीमा निकै गरमागरम बहस भएका छन् । एकपटक त्यता पनि नजर लाउँदा उचित होला कि ।

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 4

      • dekhsikebasunthure

        हो नि नत्र त …. यो देश पनि कुनै नेताको भासन को सिंगापुर हुदैनथियो होला , न कि झिन्गापुर.

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 8

    • INDRA SHAHI/ Sydney

      राणा ले त हो नि देस बिगारेको…… एती राम्रो चीज पनि बेचीदिने……थुक्क भिकारी

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 68 Thumb down 29

      • Okhaldunge

        श्री पेच मात्र कहाँ हुनु र महेशपुर,सुस्त,देराहदुन,दार्जलिंग,टिस्टा,किल्ला कांगडा,
        पिथौरागड,अल्मोडा,नैनीताल,बद्रि,आयोध्यय,कारगिला,आदि सब बेचेर ग्वालिएर मा राज गरेर बसेका छन् ति गद्दार राणाहरु,इतिहांश पढ्ने गर्नु पर्यो!ज्ञाने,माने,पाने,काने सब एकै ड्यांगक मुला हुन्!पुस्तकालयमा गएर नेपालको राजनैतिक दर्पण पढ्नु होला!क कसले कुन कुन मिति र समयमा के के बोले भन्ने कुरो प्रष्ट थाहा पाउनु हुनेछ!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 19

        • Himalee

          हा हा हा ओखाल्धुंगेले सारै हसायो /

          कुन पुस्तकालयको कुनचाहि इतिहासको किताब हो त्येस्तो ?

          पक्कै पनि गाईजात्रा बिशेसांक हुनु पर्छ त्यो किताब चाही /

          ओखाल्दुंगे किन बांगो बांगो कुरो गर्छ भनेको त त्येस्तो त्येस्तो किताब पढ्दो रहेछ र पो बल्ल बुझे/

          जय नेपाल
          हिमाली

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 18

          • Okhaldunge

            यदि गाइ जात्रे किताव र पढनै नहुने भएको भए पुस्तकालयमा किन पो राखिन्थ्यो होला र,गाइजात्रे सिद्दान्त अपनाएर हिड्नेहरुको लागि त गाइजात्रे नै भने भयो,चित्त नबुझे इतिहांश पढ्नु र इतिहांश भित्र नअटेका कतिपय कुराहरु नेपालको राजनीतिक दर्पणमा लेखेका छन् खोजेर पढ्नु,श्रावणमा आँखा फुटेको गोरुले जहिले नि हरियो देख्छ भने झैं नहुनु र नगर्नु,बश यति,

            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 10

            • Himalee

              हा हा हा
              ओखाल्दुंगे जी

              राणा शासनको सुरुवात गर्ने जंगे जन्मिनु भन्दा अगाडी नेपाल र इस्ट इन्डिया कम्पनि को युद्द भएर नेपालले भुमि गुमाएको हो / भीमसेन थापाको पालाको कुरो त्यो /

              मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

        • बिराज

          ओखल्दुंगेजी, सबै कुरा त मलाइ पनि थाहा छैन तर “देराहदुन, दार्जलिंग, टिस्टा, किल्ला कांगडा, अल्मोडा, नैनीताल, बद्रि, आयोध्यय, कारगिला आदि राणाहरुले बेच्यो” भनेको चाँही तपाइको ओब्बर गफै भयो है | रानाहरुले नराम्रो काम गरे त्यो सहि छ तर नेपालले राणाकाल भन्दा पहिले नै अंग्रेजहरुसंगको लडाइमा हारेर गुमाएको भूभागलाइ पनि बेच्यो भन्नु अति नै भएन र ? बरु रानाहरुले अंग्रेजलाई भारतमा बिद्रोह हुदा बिद्रोह दबाउन मदत गरे वापत अहिलेको नेपालको पश्चिमी तराई फिर्ता पो दिएको हो | बेचेर खाएको त मैले कतै सुनेन र पढेंन, यस्तो आधारहीन तर्कलाई पनि मनग्य हरियो दिनेहरु पनि कस्ता होलान ?

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • डा. ह्नुछेरत्न

        येस्ता श्री पेच धारी हरु हिजो आफुलाई ठुलो देशभक्त भन्थे, नेपालि लाइ दास बनाउन पाउन्जेल नेपाल बसे,जब उनीहरुको सत्ता गयो (राणाहरु ) भारत् पलायन भए |
        उनीहरु अब आफुलाई सायद नेपालि भन्न पनि रुचाउन्न , नेपाल को कुनै भासा भन्दा अंग्रेजी बोल्नु सान ठान्छन उनीहरु ले नेपाल को सबैकुरा बिकाउ ठान्छन |
        २००७ साल पछी अरु नेपालि हरुमा पनि राणा प्रबृत्ति सरेको छ , देस मा भ्रास्ताचार गरे,कमाए , अनि आफ्नो ब्यापार लाइ भारत्,अमेरिका ,युरोप तिर बिस्तार र लगानी गरे |यतिन्जेल सम्म आफ्नो भासा ,जात्रा,भेस सबै बिर्सिसक्यो |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

    • Nabaraj

      Hidden due to low comment rating. Click here to see.

      मन नपराइएको प्रतिक्रिया। तपाईँलाई नि? Thumb up 56 Thumb down 273

      • Pawan

        साथी चाही साउनमा आँखा फुटेको गोरु जस्तो सबै काम पारस र ज्ञानेंद्र गरेका हुन् भन्नु हुन्छ माथि सिधै भनिएको छ नि “राजस्थानतिर विस्थापित भएका त्यही मध्येका कुनै राणाले आफ्नो शासनकालका बहुमूल्य वस्तुहरु पनि साथैमा लिएर गएको अवस्थामा त्यस मध्येबाट कुनै राणा प्रधानमन्त्रीले आफ्नो श्रीपेच बेलायतको कुनै धनाढ्य व्यक्तिलाई बेचेका रहेछन्” . कमसेकम जनता भएर बसेका लाई नचाहिने लान्छना त नलाऊ ठुलो सोचौ.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 247 Thumb down 14

      • mahesh

        श्रीपेच भएको ले श्रीपेच बेच्यो, श्रीपेच नभएको नया राजा र तेसले जबरजस्ती कानून मिचेर उभ्याएको बुख्याचा ले देश बेच्दैछ.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 13

    eXTReMe Tracker