बिहान सबेरै पत्रिका हेर्दा जमिम शाहको हत्या सम्बन्धी समाचारमा आँखा गयो। ‘कान्तिपुर’ले जमिम शाहका हत्यारासँग सम्पर्कमा रहेका पूर्व डीएसपी जगदीश चन्दलाई पक्राउ गर्नुअघि नै भागेर भारत पुगिसकेको खबर छाप्यो। भागेको त के भन्नु र, भगाइयो भन्नु पर्यो। पुलिसले नै सूचना दिएर भगाएका रहेछन्। दूधको साक्षी बिरालो! पुलिसले पुलिसलाई ‘तँलाई पक्रँदैछौँ है, भाग’ भनेर भनेपछि को भाग्दैन। अझ ‘नागरिक’ र ‘रिपब्लिका’ले त ती पूर्व डीएसपी मात्र हैन, अहिले काम गरिरहेका ३ जना डीएसपी पनि मतियार भएको खुलासा गर्दै प्रहरीले हत्यारा भनेर भनेका बब्बु उर्फ दीपक शाहीले मोबाइलबाट गरेको सम्पर्कहरुको ‘कल विवरण’समेत छापेको छ। त्यो हेर्दा तीन डिएसपी अर्जुन चन्द, गणेश चन्द र सुरेन्द्रबहादुर सिंह पनि हत्यारासँग सम्पर्कमा रहेको प्रष्ट हुन्छ। हत्याराले हत्याको योजना पनि पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रराज राईको घरमा बनाएको थियो।
यो सब घटनाक्रम हेर्दा जमिम शाहको हत्या पछाडि ठूलै षड्यन्त्र भएको बुझिन्छ। राष्ट्रिय अपराधीहरुसँग त प्रहरीका केही भ्रष्ट अधिकारीहरु मिलेको कुरा लुकेको थिएन। तर अन्तर्राष्ट्रिय अपराधीहरुसँग मिलेर समेत पूर्व र बहालवाला प्रहरी अधिकारीहरु हत्याको योजना बनाउँदा रहेछन् भने सुरक्षा खोज्न हामी कहाँ जाने ?

बब्बु उर्फ दीपक शाही। यही भारतीय नागरिकले नेपालका प्रहरी लगायत ज्ञात अज्ञात ठूलाठालुहरुसँग मिलेर हत्याको योजना बनाएका रहेछन्।

प्रहरी हिरासतमा रहेका सई प्रकाश क्षेत्री। उनलाई दीपक शाहीसँग सम्पर्क गरेको अभियोग छ। त्यसरी नै सम्पर्क गरेका अरु तीन डीएसपी भने चोखै छन्। उनैले लिखित बयानका क्रममा आफ्नोभन्दा बढी पूर्वडीएसपी जगदीश चन्दको संलग्नता रहेको बयान दिएका रहेछन्। त्यो बयान फेर्न माथिल्लो तहबाट दिएको दबाब असफल भएछ। अनि समातिने नै भयो भन्ने सूचना पाएपछि हिजो बिहानै चन्द भागेका रहेछन्।
अहिलेसम्म प्रहरीले सई प्रकाश क्षेत्रीलाई मात्रै पक्राउ गरेको छ। त्यो पनि के नमिलेर पक्रेको हो कुन्नि। मुख्य योजनाकार र अपराधीलाई त प्रहरीले नै संरक्षण गरेर भगाएको अब त घाम जस्तै छर्लङ भइसकेको छ नि।
यो हप्ता भारतीय नागरिक पम्पाटीलाई लक्षित गरी लाजिम्पाट मै गोली हान्दा प्रहरीले तुरुन्तै सक्रियता देखाएको थियो। गोली हान्नेहरु कालो पल्सर बाइकमा आएको भन्ने सूचनाका आधारमा सबै कालो पल्सर चढ्नेलाई प्रहरीले छानबिन गरेको थियो। एक जना साथी भोलिपल्ट भन्दै थिए- हिजो ४ ठाउँमा चेकिङमा परियो। जमिम शाहको हत्या हुँदा त एक ठाउँमा पनि चेकिङ गरेको थिएन। त्यतिबेला अर्का साथीले भनेका थिए- त्यत्रो हत्या हुँदा पनि एक ठाउँमा चेकिङ थिएन यार, मलाई त प्रहरी नै मिलेको जस्तो लाग्यो। नभन्दै अहिले आएका तथ्य हेर्दा प्रहरी मिलेको रहेछ भन्ने देखिसकियो।
प्रहरी मिलेका भन्ने त प्रष्ट भयो तर जति नाम आएका छन् त्यति मात्र मिलेका पक्कै हैनन्। पर्दा पछाडि अझै ठूलै अनुहार यसमा संलग्न हुनसक्छ। जुन दिन हिन्दीमा शपथ लिएर पद निस्क्रिय भएका उपराष्ट्रपति राष्ट्रपति भवनमा पुनः नेपाली भाषामा शपथ लिन बाध्य भएका थिए, जति बेला जनपद, सशस्त्र र गुप्तचर तीनै सुरक्षा निकायका प्रमुखहरुलाई लिएर गृहमन्त्री चीन घुम्दै थिए, त्यही बेला प्रमाण बिना भारतले दाउद इब्राहिमको मतियारको आरोप लगाइएका जमिम शाहलाई लाजिम्पाटको बीच सडकमा ढालियो।
छानबिन समितिहरु टन्नै बनेका छन्। तर कुनैले पनि हत्याको रहस्य खोतल्न सक्दैनन् त्यसमा विश्वस्त भए हुन्छ। अब राजनीतिकरण हुन्छ। आफ्ना मान्छे बचाउने क्रम सुरु हुन्छ। केहीलाई बलिको बोका बनाइन्छ। मुख्य अपराधी अनि त्यसका ठूलाठालु मतियारहरु चोखै रहन्छन्। स-साना सहयोगीहरु पक्रेर काम देखाउनका लागि काम हुन्छ। जस्तै प्रहरीले अपराधीलाई सिमकार्ड बेचेको र मोटरसाइकल बेचेको आरोपमा रोशन पाण्डे र दिलीप थापालाई पक्रेको छ। अपराधीलाई भगाउने मोटरसाइकल चालक लक्ष्मण धमलालाई पनि प्रहरीले पक्रेको छ।
आशा गरौँ, अहिले मिडियाले जसरी यो घटनाबारे खुलासा गरेको छ, त्यसको दबाबमा ठूला मतियार पनि कानुनको दायरामा आउने छन्। नभए त प्रहरी नै त्यस्तो, ए हरि हरि ! बाँच्ने कसरी ? हे भगवान मलाई सुरक्षाकर्मीबाट बचाऊ, अपराधीबाट त म आफै बच्न सक्छु (मलाई मित्रबाट बचाऊ, शत्रुबाट त म आफै बच्न सक्छु भन्ने भनाईको रिमिक्स) गर्ने दिन आउनेछ।
Related posts:












एस्तो कुराले हामी इन्डियन नेपाली हो भन्ने कुरा छर्लंग परि हाल्छ नि किन हामीले कमेन्ट गरेर केहि हुने वाला छैन किन भने तेत्रो मेडिया को मान्छे अब त्यो सानोतिनो केस हैन थोरै थोरै सानोतिनो स्मुग्लिंग पनि हैन तेस्तोलाई त बचाएर हाम्रो अगाडी खुलेआम हिन्छ अनि तेस्तो मान्छे बचाउने मान्छे त देसको उच्चा दर्जामा छ अनि हामी मुलासाग जस्तो जनता ले कको क्यर्क्यर भ्यागुत्ता जस्तो जत्ति उफ्रे पनि कानला मुनिको मुनिनै त हो
मन परे हरियो, नपरे रातोः
0
0
कहिले घैंटो मा घाम लाग्ने होला यि नेताहरुका! यसरि बचाउनु आफ्नै खुट्टो मा बन्चरो हान्नु सरह हुनु पर्ने हो, तर कसले समाउने यि नेताहरुको हातमा बन्चरो? अन्यायको पनि सिमा हुन्छ नि! अलिकति घुस खान्छौ त खाउ, १~२ नातेदारलाई जागिर दिन्छौ देउ, तर अपराधी – त्यो पनि ज्यानमारा – लाइ यसरि बचाउनु त नेता मात्रै होइन एउटा मानवजातिको conscience ले पनि नदिनु पर्ने कुरा हो नि! लाग्छ यी नेता भनाउदाहरु अब मनुष्य नै रहेनन्!
एउटा प्रश्न: google transliteration प्रयोग गर्दा पूर्णविराम चाहिँ कसरि लेख्ने हो क्यारे?
मन परे हरियो, नपरे रातोः
0
1
जनताको सुरक्षा गर्ने जिम्मेवार निकायमा यस्ता कुतत्व भएपछि जनताले सुरक्षा पाउने कसरी ।
मन परे हरियो, नपरे रातोः
2
1
ये हजुर सरकार नै फोहर छन् त् तिनका कर्मचारी कसरि राम्रा हुन सक्छ ?
मन परे हरियो, नपरे रातोः
1
2
मैले त जमिम साहको हत्त्यको बेला नै भनि सकेको छु कि अब प्रहरी प्रशासन बिघटन गर्नु पर्छ राष्ट्रको जनताको सुरक्ष्य गर्लान एक रत्ति पनि विश्वास रहेन अब
मन परे हरियो, नपरे रातोः
2
1
हैन हामी सबै निकम्मा जस्तै माई संसार मा पढ्ने रिसाउने अनि कमेन्ट गरेर दङ्ग पर्ने कि अब की गर्ने.देश मा काँग्रेस लै न मन परे उसले उचाल्चा जनता भनेको मांग कुरा पुराउंछ माओ तेस्तै,हैन सांचिकै जनता लै न मन परेको कुरा कसले उठाउने,कांग्रेस को पार्टी छ माओ को छ,मदिसे को छ नेपाली जनता को छैन्,नेपाली ले भन्ने थाम छैन.यो देश मा हूल देखे मात्र काम हुन्छ.खै नेपाली को हूल .
मन परे हरियो, नपरे रातोः
0
0
जो अगुवा उही बाटो हगुवा भनेको यही हो |
मन परे हरियो, नपरे रातोः
1
1
Good Job my sansar, its seem like little but you did lot and fallow up. I guess in Nepal certain person have guts and open the mask of such blood suckers and I guess that’s you too. So fallow up and open the mask of these ………. bloody smuggler and inhuman person.
Yours little work will help to save lot more innocent Nepali, whom these sucker culprit police who live from our tax money, but instead of policing they trade for the law in rupee.
I appreciate yours gut try to open you can do that and like me all Nepali friends are with you and we may save lot of innocent Nepali risk of cheating and getting suffer from these type poisionious monkey …………..
मन परे हरियो, नपरे रातोः
2
0
हैन यी सब घटना हरु यो गृहमन्त्री भनाउदो हरुवा डबल हरुवाको गोठालो आफु अन्तर्गतका सबै सुरक्षा प्रमुख लाइ अघि पछी लाएर भारत गएर फर्किएपछि किन भयो ? चिन पनि गयो भन्ने कुरामा यो त छिमेकी समान देखाउन को लागि मात्र जस्तो लाग्यो | गृहमन्त्रीले सुरक्षा प्रमुख सहित गएर कुरो मिलाएको त हैन नत्र यति धेरै पुलिस अफिसर हरु किन संलग्न देखिन्थे र अर्को किन भगाइन्थ्यो? कस्तो नाटक बिदेसमा रहेको कैदी ले हत्या गराएको अरे | पानीमरुवा हो? फेरी अपराध प्रमाणित नभैकन पक्रन नमिल्ने अरे हेरत तर्क | नेपालको कानुनमा अदालतले दोसी प्रमाणित गरेपछि मात्रै पुलिसले पक्रने हो कि कसो ? कि पुलिस अपराधि हुँदा चै यस्तो नियम हो ? हे गतिछाडा हरु कानुन तिमीहरुको हातमा छ , मस्ती गर ,लुट जनतालाई | तिमीहरुलाई १५ बर्सभंदा बडी हामि जनताले हेरेकै छ नि| तिमीहरुलाई नबुझेको कहा हो र !
मन परे हरियो, नपरे रातोः
2
1
ए साथी हो भदै मा आखा फुटेको गोरु ले सधै हरियो देख्छ भंथे साच्चि नै रहेछ … सरकार लाइ कठपुतली त भन्नु भयो हिजो मिर्जा बेग को हत्या हुदा त देश म कठपुतली सरकार थिएन होला नि देश मा ? यो देश बिग्रेको नै नालायक दल का नालायक नेता अनि ती नेता हरु को अंध समर्थन गर्ने तपाइ हामी जस्ता नागरीक भएर हो. तपाइ हामीजस्ता नेपाली जो आफ्नो योग्यता भन्दा चाकडी र चाप्लुसी मा बिश्वास राख्छौ अनि कर्मचारी तंत्र लाइ भर्ती केंद्र बनाउन नेता हरु लाइ उत्प्रेरीत गर्छौ अनि आज तिनै नेता को जमात सरकार मा जादा उनीहरु लाइ नै गाली गर्छौ ? किन साथी ? तपाइ लाइ एमाले मन नपर्ला आज त्यस्को नेतृत्व मा सरकार छ, भोली अर्को कुनै दल को सरकार बंला कांग्रेस समर्थक साथी हरु लाइ मन नपर्ला त्यो पनि कठपुतली सरकार होला? कहिले सम्म यो आलोचना गर्नुहुंछ ? एउटा स्वतंंत्र देश को आम नागरिक लाइ बिदेशी हत्यारा ले दिन दहाडै बिच बजार मा गोलि हांछ तपाइ हामी सबै एक मात भएर त्यस्को बिरोध गर्ने कि, यो सर्कार कठपुतली अनि त्यो सरकार जुनकिरी भनेर बस्ने ? कमसे कम राष्ट्रीयता को सवाल मा त त त र म म गर्न छोडौ ???
मन परे हरियो, नपरे रातोः
6
0
Parixit Gyawali ज्यु
कुरो ठिक गर्नु भो, तपाई ले पनि देश को माया गरेर नेपाल मै फर्किय देश ले तपाई जस्तो मान्छे पाउने थियो,NZ मा कति बस्नु हुन्छा? उता B*C मा तपाई को आबस्यकता परेको छ छिट्टै फर्कनु होस् भो.
अरु भेट मा कुरा गरौला है त.
मन परे हरियो, नपरे रातोः
4
2
परक्षित् जी/
तल तपाईं लाई नेपाल फर्कनुस भेटेर कुरा गरुँला भन्ने त् लन्डनमा छ है/ अहिले तपाईंले बडो सही तरिकाले ‘एउटा स्वोतन्त्र देसको आम नागरिक लाई बिदेसि हत्याराले दिन दहाडै गोलि हानि मार्ने…..” भन्नु हुँदा “ठिक भन्नु भयो” भन्नेले त् अस्ति त्यो मारिने आम नागरिक लाई “डन” भन्दै “डन लाई डनले मारे” भनेर धेरै थाहुँमा लेखेको थिए/
अब तपाईं सोच्नुश है भारत बिरोधि भएको ले भारतीय हत्याराले नेपालमा आएर नेपाली मारियो तर लन्डन मा बसेर त्यो मारिने आम नेपाली लाई “डन” भन्नेले आफु लन्डन मा बसेर तपाईं लाई नेपाल जानुस भन्दै छ/
मन परे हरियो, नपरे रातोः
3
1
हाम्रा ग्रीहमन्त्रिज्युले के हेरी बसिराख्या,सबै पैसा बिदेशम ट्रान्सफर गरि भाग्ने योजना छ कि क्याहो ?भाग बैरे भाग तिम्रो पनि पोल खोलि सक्यो / एक छिन भय पनि लुक बैरे लुक, पछी जनताले बिर्सी हालछनी /
मन परे हरियो, नपरे रातोः
0
0
अब सबै जनता मिलेर नेता हरु लाई मार्न सुरु गर्नु पर्छ यो देश मा त चोर नेताहरु लाई त कसैले नमार्ने के अचम्म हो
मन परे हरियो, नपरे रातोः
6
0
घरवाला पनि समस्यामा पर्यो विचरा ज्ञानेन्द्र राज राई दाई
मन परे हरियो, नपरे रातोः
2
0
यस उमेश जी / दुस्मन संग आफै बच्न सकिन्छ किन कि म पनि दुस्मन संग लड्न कहिले डराउ दिन किन किन कि आमने सामने भएपछि दुस्मन पनि एक गोलि ले ढल्छ हामी पनि एक गोलि ले ढल्छ . तर आफ्नै साथी दुस्मन भएमा बच्न धेरै गार्हो हुन्छ . हो उमेश जी तपाइको कुरा १००प्रतिसत सहि हो / पुलिश नाथे ले आजको २१००सौ सताब्दी को दुनिया सम्म आउदा के नै गरेको छ र ??? पुलिश आर्मीलाइ त हिजो पनि विश्वास गरेको थिएन र आज पनि गर्दिन . परिबर्तन भए भोलि गर्छु होला . तर अब बाच्न को लागि हामि पनि पेस्तोल बोक्छु अबस्य बोक्छु . हिजो परिवार को लागि मेहनत गरेर पैसा कमाउथे तर आज आफ्नो सुरख्छा लागि कमाउछु. अनि दुस्मन संग लड्न गोलि चलाउन सिक्छु . चेतना भया एक गोलि ले सबै चल्छ यसमा म बिस्वाश गर्छु . अस्तु
मन परे हरियो, नपरे रातोः
2
0
साथी हो, केहि समय पछि धेरै नेपाली ले राजा आउ देस बचाऊ, राजा आउ जनता बचाऊ भन्न बेर छैन……..
मन परे हरियो, नपरे रातोः
5
1
प्रिय सालोक्य जी,
तपाइंको लेखको अन्त्य तिरको भनाइ अति नै रोचक अनि मार्मिक छ, धन्यवाद.
मन परे हरियो, नपरे रातोः
1
0
जनता ले साचो कुरा थाहा पुन को लागि पत्रकार को सहायो चाहिन्छ यदि पत्रकार हरु मा देश प्रेम छ भने जनता लाई साचो समाचार दिएर नेता हरु लाई कारवाही गर्न मा सहयोग गर्न सक्छन . तर जनता पत्रकार प्रसासन नेता सबै उस्तै को लाई देश को चिन्ता एक दुइ जना ले सोचेर हुने होइन तर एक एक मिलेर धेरै बन्छ. आज त जो देश को लागि सहिद भए तिनी हरु ले के सोचे र सहिद भए?? तर अब नेता हरु लाई राजा बनाउन कोहि पनि सहिद हुने छैन// आफ्नै माल मा खोट भए पछि अरु लाई के दोष दिने.
मन परे हरियो, नपरे रातोः
1
0
देशma यस्तै घुस्याहा , फटाहा , अनि गुन्डाहरु को महाजाल मा फसेको छ / अबको दिनपछि यस्तै हरु को ईतिहास बन्लाजस्तो छ किनकि देशमा राम्रो मान्छे बस्न नसक्ने भैसक्यो सरकार पुलिस सबै स्वार्थमा डुबिसकेको छ पढेलेखेको अनि राम्रो मान्छेहरु विदेश पलायन हुदै गयको छ अब नयानेपाल मा बोल्न राम्रो कुरा भन्न भय त्रास छ अब क गर्ने माओबादी क गर्छु भन्थ्यो त्यो पनि त्यस्तै अब कसलाई क भानु हे प्रभु………………..
मन परे हरियो, नपरे रातोः
2
0
माथि हरि जी ले भन्नु भएको सत्य हो . अनसरी र जमिम लाइ फसाउन भारत ले धेरै पहिले देखि नकली भारतीय नोट र लागु औषध तयार गरि अहिले जमिम शाह घटना को प्रहरी तर्फ का अनुसन्धान अधिकृत रहेका नायब महा निरीक्षक राजेन्द्र सिंह भण्डारी लाइ दिएको थियो . अन्सारी लाइ तह लगाउन सफल भए पनि तल्लो तह का केहि अधिकृत ले भण्डारी को आदेश नमाने पछी राजदुताबास ले भारत बाट सार्प सुटर लेराएर प्रहरी कै सहयोग मा यो घटना घटाएको छ . निस्पक्ष तरिकाले २०४४ साल तिर को जस्तो दरबार को आदेश मा अपराधि ( लागु औषध , माफिया , भ्रस्टाचारी ) लाइ अनुसन्धान को दायरा मा ल्याउने ठुलो पहिरो नेपाल को राजनीति र प्रसासन मा जान सक्छ तर गर्ने कसले ? यो सरकार त भारत को रखौटी भन्दा पनि गए गुज्रेको छ . राम राम भन्नु भन्दा अब नेपाल र नेपालि को हित मा केहि हुने छैन . देश सिक्किमे करण हुँदै छ . एक वा २ बर्ष भित्रमा .
मन परे हरियो, नपरे रातोः
5
0
हिजो बीबीसीमा माकुनेको कुकुर रघु पन्त निक्कै भुक्तै थियो त…. कठपुतली सरकार बनेको देखि नेपालको सुरक्छ्या छेत्रमा व्यापक सुधार भएको छ…हिजै मात्र माकुने र गृह मन्त्रि भनौदा भिम रावलको लामो बार्ता भएको छ …अनि मकुनेले कडा निर्देशन दिएको छ भनेर…./ तर आजको पत्र पत्रिका हरुको भनाइलाई पढ्दा त झनै विभिन्न छेत्रका मान्छे लाई मार्ने धम्कि आइरहेको खबर पाइयो…./ के यहि हो त मकुनेले निर्देशन दिएको….?
सायद यो कठपुतली सरकारलाई टिकाई राख्न्न को लागि मकुनेले सुरु देखि नै यसरी निर्देशन दिएको अनि बिदेशी प्रबुहरुलाई पूजा गर्दै आइरहेको खुलासा हुन आएको छ -वर्तमान परिपेक्छ्मा….////
मन परे हरियो, नपरे रातोः
13
4
मिर्जा दिलसा बेग, जमिम शाह आदी काश्मिरी पृथकता बादी पक्ष्यधर डन भएका ले भारत पक्ष्यधर डन छोटा राजन समूह ले मारेको हो
नेपाल काश्मिरी पृथकताबादी कट्टरपन्थी मुसलमान को अखाडा हुदै गइ रहेको छ र त्यसका लाइ नेपालि हरु प्रयोग हुन थालेका छन्
मन परे हरियो, नपरे रातोः
7
6
खाटी कुरो के हो भने नेपाल अहिले पाकिस्तान का कट्टरपन्थी मुसलमान, जो काश्मिर मा आतंग्क गर्छन, तिनीहरु र भारत को बिचा मा फसेको छ,
दाउद इब्राहिम पाकिस्तान को माफिया हो, मुसलमान भएकाले आतंग्कबादी पनि हो, उसका मानिस नेपाल मा मन्त्रि, ब्यापारी, उद्धोगपति र होटल ब्यबसायी छन्, तिनीहरुले भारतमा जाली नोट र अबैध बम तथा हतियार सप्लाई गरि काश्मिर मा आतंक मच्चाई आएकाले भारतले माफिया डन लगाएर तिनीहरु लाइ मार्न लगाएको हो
मार्ने र मर्ने दुवै डन हुन्, फरक यत्ति हो कि यौटा हिन्दु समर्थक डन हुन् भने आर्को पाकिस्तानी मुसलमान समर्थक डन हुन्, कट्टरपन्थी आतंकबादी हुन्
अब भनौ नेपालि समर्थन पाकिस्तानी डन लाइ छ कि इन्डियन डन लाइ छ?
मुसलमान पृथकताबादी लाइ छ कि इन्डिया लाइ छ?
सबै ले यो कुरा बुझौ
मन परे हरियो, नपरे रातोः
6
10
ऋषी धमल जस्ता देश मा पैसा को लागी चन्दा अशुली गर्ने हरु लाई त अदालत बाट छुट न भय पछी मंत्री परिसद बाट धरौटी छुट गर्नी माकुने सरकार हो यस्ता समलींगी हरु त सरकार मा छन् अनि त प्रहरी हरु किन नमीलुन त डन हरु संग नेता हरु पत्रकार संग प्रहरी चै POST WANTED संग मीलेको कुरा सफा छ ,,,,
मन परे हरियो, नपरे रातोः
9
0
मैले मेरो देश बाट सधैं राम्रो कुरा सुन्न पाउ, श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन…जय नेपाल
मन परे हरियो, नपरे रातोः
2
1
भारत्
एक ठुलो प्रजातान्त्रिक मुलुक भएकोले येसरी अपराधि हरु सग सह कार्य नगर्ला ,किन्तु नेपालि मा आफ्नो सेना भित्राउने सपना लाइ साकार पार्न
यहा हत्या ,अराजकता र अनिती को ताण्डब नृत्य गराउन उ पछी पर्ने छैन |
एकातिर सरकारी प्रतिनिधि हरु आफुले नियुक्त गरेको ,अर्कोतिर आफै डम्फु बजाउने ,
आफै गित गाउने गर्न पाइरहेको उनीहरुलाई अनि कुनै नेपालि नेता चीन गयो कि जरो आउछ |
फेरी हाम्रो देसको सर्बहारा नेताज्यू हरुलाई नै धेरै तिर्थ टन गर्ने बानि परेको छ |आफुलाई लाल कम्निस्ट बताउछन ,बेस्कन भारत् को बिरोध मा खोक्छान , भरे उनै फेरी चोरबाटो बाट ”हिन्दी नेपालि भाइ भाइ ” गर्न पुग्छन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
9
दर.
मन परे हरियो, नपरे रातोः
0
0
Dr. Nucheratna jiu तपाहिले ठीक कुरा लेख्नु भो/ बास्तबमा भारत् आफ्नो सेना नेपाल मा छिराएर देसभक्त को हत्या गराउने उसको रणनिती पनि हुन् सक्छ/
इतिहास साक्छी छ पश्चिम मा सेना पठाएर भिम दत्तको टाउको काटेको नेपालि ले भुलेका छैन्/ के गर्ने हाम्रा आफ्नै नेता हरु दुई जिब्रे कुरा गर्छन / अनि भारतले न्हेप्नुत ??हाम्रा ठुला नेता हरु नेपाली टोपी लाउदा रास्ट्र्बादी हुन्छन र टोपी फुकाले पछी बिदेसभक्त बन्छन/ नेपालको यो दुर्भाग्य हो एस्तो नेता पाउनु/बस:
मन परे हरियो, नपरे रातोः
0
0
ठुलो मुला अगाडी उखेलिंचा…अनि सानो मुला बिस्तारै उखेलिंचा…..हाम्रो मुलुक फटाहा गुन्डा तेर्रोइस्त लुटेरा अपहरण करी हरुको वार गर्ने स्थान भो………………राम्रो कुरा होइन….
मन परे हरियो, नपरे रातोः
4
4
सतिले सराप दियको desha हो / आफ्नो सुराच्या आफै गर्नुनै बुध्हिमानी हुने छ /आफ्नो थैली सम्हालेर राख्नु अरुलाई दोष नदिनु. / धन्यवाद /
मन परे हरियो, नपरे रातोः
2
3
एकाध प्रहरी गलत हुँदैमा प्रहरी प्रशासनमाथि नै औंला ठड्याउनु गलत हो । तर के गर्नु त्यही एकाध प्रहरीकै कारण समग्र सुरक्षा संयन्त्रको बद्नाम भइरहेको छ ।
यो काण्डमा अझै ठूला-ठालुहरूको संलग्नताको समाचार आए आश्चर्य मान्नुपर्नेछैन । धमलाकाण्डलाई आधार बनाउने हो भने जमीम हत्याकाण्ड पनि सुरक्षा निकायप्रति नेपाली जनताको विश्वास गिराउने खेल हुन सक्छ । हरुवाहरू सत्तामा, जितुवाहरू सडकमा, पैसाका लागि बम पड्काउनेहरू पुरस्कृत हुनु, काम गरेर खानेहरू सजायँको भागीदार हुनुजस्ता कुराले नेपाली जनतामा वितृष्णा उत्पन्न गर्ने खेल भइरहेको त छैन ! त्यसैले पर्दापछाडिका पात्रहरूलाई पनि हामीले चिन्न सक्नुपर्छ । तिनीहरूको विरोध गरौं, तर संयम भएर ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
13
पुष्प जी
“एकाध प्रहरी गलत हुँदैमा प्रहरी प्रशासनमाथि नै औंला ठड्याउनु गलत हो” मेरो पनि यही बाक्य थियो पछिल्लो पटक अब त देखिन् थाल्यो ठुलो झ्यांग अलि डराउनु पर्ने देखियो.”तिनीहरूको विरोध गरौं, तर संयम भएर ।” कुरा एकदम सहि.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
3
केशुजी,
तपाईंले अर्कै बुझ्नुभएछ । मैले अघिल्लो प्रतिक्रियामा भनेका कुराहरूले देशलाई असफल भयो भन्ने ठान्नुहुँदैन भन्ने आशय हो । संयम अपनाउनुको अर्थ मैले अपराधीहरूसँग डराउनुपर्छ भनेको होइन । अपराधीहरूसँग त जति डरायो अपराध त्यति नै झाँगिदै जान्छ । त्यसैले यस्ता अपराधीहरूसँग डराउनुहुँदैन; डटेरै लड्नुपर्छ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
10
केशुजी,
लड्न त मन थियो नि तर अब एक्लै लड्न सकिदैन क्यारे ,यत्रो ठुलो प्रहरी प्रसासन अनि अन्य अपराधी संग |
को संग लड्ने ? बर्दी वाला अपराधी संग ? कि बर्दी बाहिरका अपराधी संग ? बर्दी बाहिरको अपराधी संग त लड्न सकियला तर सुरक्षा को जिम्मा लियर बसेर यी बर्दी वाला अपराधी संग लड्न कसरि सक्नु हामी जस्ता सर्ब साधारण जनताले | पर्दा मा हिरोले गरे जस्तो गर्न त मन छ नि तर वास्तविक जीवन अलि फरक हुदो रहेछ |
मन परे हरियो, नपरे रातोः
10
3
मुली त एक आध नै हुन्छ होइन र सबै को हात मा चाबी हुन्छ ??
राजा फाले पछि को नया नेपाल एउटा ले धेरै खायो भनेर १०००० राजा बनाए पछि येस्तई हुन्छ.
जुन दिन नेपाली जनता ले हामी नेपाली हो पार्टी का सदस्य होइन भन्छन सबै ठिक हुन्छ
मन परे हरियो, नपरे रातोः
7
1
अंकितजी,
मुली भनेको टाउको हो । अब टाउको नै खराब र उपचार असम्भव भएपछि के गर्नु ? टाउको काटेर फाल्नुभएन । मिल्ने भए भगवान गणेशको जस्तै कुनै जनावरकै टाउकोले काम चलाउन हुन्थ्यो, तर हामी महादेव परेनौं । त्यसैले धेरै ‘राजा’ भनाउँदाहरूका बीचबाट एउटा असल मुली खोज्नुपरेको छ । खोज्नुस् अंकितजी; यसको विकल्प छैन ।
मन परे हरियो, नपरे रातोः
8
5
पुष्प जी,
मुली भनेको टाउको हो कि मुला को श्रीमती? अलि गार्हो भो मलाई छुट्यौना.
(रमाइलो मात्र.)
मन परे हरियो, नपरे रातोः
4
0
पुष्प जी
बिरोध गरौ तर सयमित भएर/ घत लाग्दो छ/ सयमित भन्ने सब्द बडो जटिल माने राख्ने सब्द हुन् पुष्प जी/ सरकारको बारेमा पहिला पत्रकारले लेख्छन बोल्छन/ यो सुन्नु पर्छ सरकारले/ गल्ति सुधार्नु पर्छ/ तर सुध्रिन्दै सुध्रिएन र अस्ति लिकुनेले करिना बेगमको मामिलामा “अब यो अबस्थामा म केहि गर्ने सक्दैन भनेर” पिडितलाई न्याय दिने काम बात भागेमा “सयेमित” देखिने प्रस्तुति कस्तो होला?
एक जमिम मारिये पछी लगतै अरुण जी मारिए अरु तेस्तै प्रतिष्ठित नागरिक हरुलाई मार्ने प्रयत्न पनि गरिए धम्कि पनि दिएको छ/ तर सरकार अझै चुप छन्/ तर अस्ति आफ्नो लागि भने दिन भरि सडक बन्द गरि राखे/
तेस्तै सिमा मिचिएकोमा त् यो सरकार सुदको लाएमा नै गित गाए/ सिमा मिचिएको मा बिरोध को आवाज यसै माई संसारमा गुन्जिए पछी, एक जना भारतियेले यसै माई संसारमा लेखे प्रमाण दिनुस उसैले सिमा मिचेको कुरा समाधान गर्ने ग्यारेन्टी दिन्छु भनेर/ यसै क्रम मा उसले यो पनि भने कि हाम्रो विदेश मन्त्रि सुजाताले सिमा मिचेको छैन भनि सके पनि भने/ एस बात यो पनि बुझिन्छ कि अहिले माई सन्सार मात्र हाम्रो मा सिमित छैन नेपालले प्रमाण दिन सके सिमा मुद्दा सुल्झाउने ग्यारेन्टी दिन सक्ने भारत सरकारको ठुलै निकाए ले समेत माई सन्सार अनुगमन गर्दै छ/ तर त्यो व्यक्तिले अंग्रेजीमा लेख्नु भएको प्रतिक्रियामा सुजाताले सिमा मिचेको छैन भनि सके नि भनेको अर्थ नेपालीले अब सिमा मिचेको कुरा को बिरोध गर्ने भनेको केसुले “भुकेको” हो भने जस्तै भनेको हो/
आज हामीलाई यो अबस्था सम्म पुराउने यो निकम्मा र बिदेसी प्रभु बाद मा मात्रै टिकेको सरकार लाई बिरोध गरिंदा कस्तो सब्द सम्म प्रयोग गरे सयमित हुने हो जानकारी पाउन अनुरोध छ/
अब प्रहरी संयेंत्र्को यति ठुलो पदाधिकारी समेत यस हत्या काण्डमा संलग्न हुनु र तिनीहरु तेसरी भाग्न सक्ने बनाउने कुराले तपाईं ले भने जस्तै त्यो भन्दा ठुलो पदाधिकारी हरु संलग्न भएको हुन् सक्ने भन्दा भएकै हुनु पर्छ जस्तो लागे मलाई/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
9
मुली त एक आध नै हुन्छ होइन र सबै को हात मा चाबी हुन्छ ??
राजा फाले पछि को नया नेपाल एउटा ले धेरै खायो भनेर १०००० राजा बनाए पछि येस्तई हुन्छ.
जुन दिन नेपाली जनता ले हामी नेपाली हो पार्टी का सदस्य होइन भन्छन सबै ठिक हुन्छ
मन परे हरियो, नपरे रातोः
2
0
प्रहरी ले नराम्रो काम गर्यो रे के नया कम भो र खै,अख्तियार ,पुलिश ,नेता हरु ले राम्रो कम गरे कशुर वाला लै संयो भने भने त बादी आउने गरि पनि पर्छा .
मन परे हरियो, नपरे रातोः
6
0
सुरक्षा संयन्त्रमा पुनर्संरचनाको आबस्यकता२०४६ साल देखि खड्किएको हो अब ढिलो गर्न हुदैन
मन परे हरियो, नपरे रातोः
9
2
नेपाल को पुलिस “वर्दीवाला गुण्डा”! आफ्नो सुरछा को निमित्त हथियार अनिवार्य भयो नेपाली नागरिक लाई नेपालमा! विदेशी प्रभूको ईच्छा र निगाहामा चोर बाटो प्रधान मन्त्री हुन पुगेको मा कु ने, र गृह मन्त्री भिम रावल जती उफ्रे पनी केही लछार्ने वाला छैन! वर्दीवाला गुण्डाहरु त अपराधी संग मिले मिले, मा कु ने र रावल को पनी अपराधी हरु सग सांठ गांठ भए जस्तो छ!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
4
कुनै पनि सानो तिनो अपराधीले प्रहरी संयन्त्रको येति ठुलो पदाधिकारीहरुलाई प्रयोग गर्न सक्दैन/ जमिम हत्या काण्ड भन्दा गम्भीर कुरा जमिम्लाई भारत बिरोधि भएको ले हत्या गरेको भनाई हो/ भारतको बिरोध गरे भनि अपराधीले हत्या गर्दैनन्, गरे भारतले नै गर्छ/ तर नेपालमा आएर भारतीय प्रहरीले यसरि इन् काउन्तर शैलेमा बाबर्दी मा प्रहरी आएर गर्न सक्दैन/ गुण्डा र भ्रस्ट हरु लगाउन चाहि नसकिने होयिन/
जमिम मात्रै किन अरुण सिन्घानियाको हत्या पनि लगभग उस्तै कारण देखाएर गरेको छ र जनकपुर तुदेको सम्पादक लाई पनि उस्तै कारण जतायेर एक हप्तामै मार्ने भनि धम्कि दिएको छ/ नेपाल बिखन्डन गर्न खोज्ने आतंक बादी समुहले अरुण को हत्या गराएको हो पनि भनि सके/ ती नेपाल बिखन्डन गर्न खोज्ने हतियार बोकेका अपराद्धि हरु राजनैतिक झन्डा बोकेर भारतको बिहारमा प्रशाये पाई रहेको छ/ जय कृष्ण गोयेत जस्ता लाई हतियार र प्रशाये लालु यादव आदिले दिई राखेको कुरा इन्तेर्नेत्मा सविस्तार उल्लेख गरिएको छ/
नेपाल बिरोधि हरुले भारतमा बसेर नेपालमा आतंक मच्चाई रहेको भारतलाई थाह नभएको होयिन थाह छ, तर भारत सरकार ले नेपालको सरकारले तिनीहरु सिट सहमति गरुन भनि चाहन्छ/ सहमति गराउन तिनीहरुको कुकृति लाई लुकाउनु पर्ने हुन्छ/ तर हाम्रा पत्रकारहरुले उनीहरुको कुक्रितिहरुको बारेमा लेख्दै गए/ उनीहरु पत्रकारहरु सिट रुस्ट भए/ अनि हत्या गरे/ अरुण सिन्घानिया को हत्या र उहाँकै पत्रिकाको सम्पादक लाई हत्या गर्ने भनि यिनै कारणहरु बताएको छ ती आतंककारिहरुले/
देसको सरकार त् भारतको कस्ती कुक्रितिको बिरोध गर्न नसक्ने भई गए/ तर देस त् नागरिकहरुको हो/ नागरिक हरुलाई भारतको हैकम वादको बारेमा जानकारी दिने पत्रकार र मिडिया संयन्त्र हो/ आज देशमा बिगतको चुनाव को नतिजा हेरे पनि के कुरा देखाउंछ भने जुन नेता र पार्टीले भारतको हैकम बाद को बिरोध गरे त्यो नेता र पार्टीले भारत मुखी हौँ भन्ने पार्टी र नेता ले भन्दा भोट बढी पाउँदै गए/ किन? भोट दिने जनता भारतको गलत राजनीतिको बिरोधि भएको बा हुन् सकेको यिनै पत्रकार र मिडियाले जनतालाई जागरुक बनायेकोलेनै हो/ तेसैले भारतले टिका लगाएर ठड्याएको यो भारत परस्त सरकार र उसका मन्त्रीहरु जस्तो भ्रस्ट प्रहरी हरु समेत पत्रकार र मिडिया संयन्त्र लाई त्रस्तित बनाउन सकेको हो/ यत्रो संबेदंशील कुरामा कार्येबाही सम्भंदी गोपनियेता राख्न नसक्नु कमजोरी भन्दा सन्देह जनक छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
12
मदन जी यो त हामीले सुरुदेखि नै भनेको कुरो हो होइन र ? तर येहा यो कसू भन्ने व्यक्तिले जिब्रो सर्प ले काचुली फेरे झैँ फेर्दो रहेछ….. हेर्नुस त महासयेका कोमेंट्सहरु,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
12
राज जी,
भिम रावल पनि त परे पक्का मार्क्सबादी र लेनिनबादी अनि नेपाली कम्युनिस्ट तेसै ले मार्क्स र लेनिन को दर्शन लाइ नेपाली रुपन्तर्ण गर्दै सोहि अनुसार काम गर्दै छन् नि.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
24
केसुजी, तपाईं “बाद र दर्शन”को कुरामा किन अल्झिनु हुन्छ?!..मानिसलाई उसको नैतिकता र ब्याबहारबाट हेरिनु पर्छ|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
4
कुरो त केसु जी को पनि ठीकै हो तर यिनी हरु नाम मात्र का मार्क्सवादी लेनिनवादी परे मार्क्सवाद,लेनिनवाद पोलेर खाइसकेका, त्यो कुन चराको नाम हो बिर्सी सकेका होलान, सके कहिल्यै पढेका पनि छैनन् होला |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
7
होइन यो मार्क्सबाद लेनिनबाद र माओबाद भनेको नै मान्छे मर्न पर्छा यदि आफुलाई फाइदा हुँदैन भने बन्ने होइन र भनेको
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
16
देव राज जी
कुनै पनि बाद सिधान्त्त त् खराब हुनै सक्दैन/ लेखिएको त् सबै राम्रै हुन्छ/ अब त्यो खराब हुने भनेको खराब सोच र खराब नियेत भएको नेत्रित्वो को कारण हुन्छ/ यो कुरा प्रमाणित गर्न विदेश को ईतिहाश हेर्ने पर्दैन नेपालमै प्रयोग गर्दै गरेको ‘के’ ‘के’ बाद र के के तन्त्र हेरे पुग्छ/
बहुदल उत्कृस्ट प्रजातान्त्रिक ब्यबस्था हो भनि भनिन्छ/ तर खै त् नेपालमा बहुदल प्रजातान्त्री ब्यबस्था हो भनि नेपालमा प्रमाणित भएको? जनमत लाई हरुवा र भरुवा ले समेत लत्ययिएको छ/
कुर्सीमा बस्न नपाए एक दलले अर्को दल लाई “….चोर देश छोड” भनि हाल्छन/ फेरी चोर भनेकै सिट सम्झौता गरि कुर्सिको भाग बन्दा गर्छन/ उदाहरण चाहिन्छ भने अहिले भएको दलहरुमा सबै भन्दा एक्लिएको नीति लिएको दल कमल थापाको दल हो/ उसैसित पनि कुर्सि मा बस्न पाउन सहमतिको लागि सम्झौता गरे/ यति मात्रै हो र अरुण सिन्घानिया लाई मार्न लगाउने राजन मुक्ति को समुह सिट पनि समर्थनको लागि बार्ता यिनीहरुले गरेकै हो/
निष्ठा पुर्बक जनताको निमित जान प्रतिनिधिलेनै देश चलाउन पाउने कुनै पनि बाद राम्रै हुन्छ तर टिके मन्त्रि र बिदेसिको हुक्के नेताहरुले कुर्सि बाद लागेर देस चलाए प्रहरी समेत अपराधि भगाउन मजबुर हुन् जान्छन/
देवराज जी “कुर्सि-बाद” मात्रै संसारमा सबै भन्दा “निस्क्रिस्ट-बाद” हो/
मन परे हरियो, नपरे रातोः
8
3
ठीक भन्नु भयो मदन जी ले मेरो भनाइ पनि त्यस्तै हो |
मन परे हरियो, नपरे रातोः
2
3
कसू जी
आहा कस्तो ….राम्रो उलफत्यांग तर्क/ त्यो जमिम हत्या कंड गर्न गराउने दि एस पी त् मार्क्स बादी लेनिन बादी ग्रिह मन्त्रीको प्रहरी प्रशासनमा घुस्ने त् तपाईं को कांग्रेसी समाज बादी पो हो/ उहिले कसैको घर भाद्नु परे तेरो घरमा कांग्रेस पसुन भनि कोसने गर्थे/ अब उता प्रहरी प्रशासनमा तेस्तै घर भाड्ने कांग्रेसी पसे/
यता घरि मार्क्स बाद लेनिन बाद लाई दोष दिने घरि भिम रावल लाई दोष दिंदै यो जमिम हत्या काण्डमा मतियारी गर्ने कांग्रेसी हो भन्ने कुरा लुकाउन खोज्ने कसू जी तपाईं त् बडो…../
खुमे ग्रीह मन्त्रि हुँदा कति जना भ्रस्टहरुलाई प्रहरीमा पैसा ठुत्त्दै प्रहरीमा जागिर खुवाए भनि रहनु आबस्यक छैन/ भ्रस्ट दि बि लामा लाई एक नम्बरको महान काग्रेसिको महान समाज बादी नेता गिरिजा लाई जेल बात मुक्त गरे/ अब यो कुरा पनि कांग्रेसी समाज्बादिहरुले मार्क्स बाद र लेनिन बढको दर्शन अनुशारै गरेको होलानी हगी केसु जी? महान विचारक हुनु हुन्छ तपाईं/
मन परे हरियो, नपरे रातोः
2
4
मदन जी,
प्रथम त त्यो DSP कांग्रेसी भनेर कसरि भन्नु भो तपाई ज्योतिष हो कि?
मैले कांगेस सबै राम्रा छभनेर कता लेखेको देख्नु भो?
कम्युनिस्ट नराम्रो माओ बादी डाँका भन्दा तपाइको मन पोलेर आफै सोच्नु भो कि एसले कांग्रेस राम्रो भन्यो भनेर मैले त कतै लेखेको छैन तेस्तो त.
तपाई लाइ लाज छैन जमिम हत्या मा कंगेसी (पार्टी गत) सम्लान्ग्न छन् भन्न्दा,?
मैले कमेन्ट मा स्पष्ट लेखेको छु खुमे, गोबिन्दे,बिजय…. सबैले बिगारे भन्ने कुरा कि त्यो देख्नु भयान मेरो माथि को कमेन्ट मा ५ पटक दोर्यायर पदनुहोस अनि बुझ्नु होला.
मन परे हरियो, नपरे रातोः
3
4
केसु जी,
कांग्रेसको खस्किने समाचार र बिचार माई संसारमा आयो कि केसुजी मथिंगल खुस्कि हाल्छ/ अनि यात माई संसार बात् गाएब हुनु हुन्छ नभए अहिले भर्खर आफैले के लेखे भनि भुलेर अरु लाई कसरि थाह पायौ, ज्योतिष होउ क्या भनि
सोध्छन/ कस्तो स्मरण शक्ति ह्रास भएको केसुको साएद उमेर बा कुनै रोगको कारणले हुनु पर्छ/ छिटै उपचार गर्नुस/ निको हुन्छ/ पिर नलिनुस/
अब त्यो भाग्ने दि एस पी कांग्रेसी भएको, ने बि संघ को नेता भएको देउपा ग्रिह मन्त्रि हुँदा देउपाको बिशेष सहयोगी भएको तर नकली सर्टिफिकेट भएकोले जागिर खुस्किएको थियो भनेर मार्च/ ५ तारिख को दिनको १२ बजेर ३५ मिनेट जाँदा देव राज जोसी कैलालीले माथि प्रतिक्रिया लेखे/ अनि केसुजी आफैले देव राज जी लाई समोधन गर्दै कांग्रेसमा राम्रा भन्दा धेरै नराम्रा हरु छन् भनि तेही दिन ३ बजेर १० मिनेट जाँदा लेख्नु भयो/ अब मलाई त्यो भू पु दि एस पी कांग्रेस थिए भनि कसरि थाह पायो पो भन्छ/ खतम छ केसु जी तपाईंको स्मरण शक्ति त्/
अब कांग्रेसी को घुश खोरिको बारेमा लेख्दा हामि जनताले साँच्चै नै लाज मान्नु पर्ने पक्कै हो/ तेस्ता घुस्याह गिरिजा सुजाता खुमे गोबिन्दे आदि अझै जनताको माझमा रहन सक्नु लाजै मर्नु बराबर हो/ यो कुरा चाहिं ठिक भन्नु भयो केसु जी ले/ कहिले काहीं त् फेरी च्वांक लेख्नु हुन्छ तर धेरै जसो …../
मन परे हरियो, नपरे रातोः
3
2
अहिले चन्दहरु को दिन छ पुलिस भित्र / सुदुरपश्चिमेलीहरु काले काले मिलेर खाउ भाले /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
10
भक्तपुरे जी
समुर्ण सुदुर पस्चिमेलि लाई दोष नदिनुस/ एउतै परिबार र एउतै दलमा कुनै नराम्रा हुन्छन कुनै राम्रा/ एमालेमा मदन भण्डारी जस्ता राम्रा पनि छन् लिकुने र ओलीजस्ता भारत परास्त कुर्सि चिप्कुवा जस्ता पनि छन्/ कांग्रेस मा गणेशमान जस्ता सर्मान्य भनिएको पनि छन् गिरिजा सुजाता खुमे चिरन्जीवी र गोबिन्दे जस्ता कुजात हरु पनि छन्/ खराब लाई मात्र खराब भनु मित्र/ दल र परिबार र जिल्ला आदि पवित्र सब्दहरु हुन्/ प्रहरीमा पनि काम गर्न दिए ज्यानको बलिदान दिने प्रहरीहरु धेरैनै छन् तर यस्ता नकली सर्तिफिकेते नकली कांग्रेसी र अन्य कुनै कुनै छन्/ यिनीहरुको बिरोध गरूँ यिनीहरुलाई प्रशय दिनेको बिरोध गरूँ/
मन परे हरियो, नपरे रातोः
5
3
मदन जी सबै लाई सबै कुरा थाहा हुदैन,यो भिम रावल भन्ने मान्छे चाहिँ जति सम्म महिले थाहा पाय अनुसार यो बाख्रा को खोल ओडेर बसेको ब्वोसो हो,यो नेपाल को लागि खतरनाक virus हो यस्ता लाई चाडै निर्मुल गर्न सकेन भने देश को लागि ठुलो दुर्भग्य हुने छ.सामान्य भाषामा भन्नु पर्दा चाहिँ यो ठुलो तस्कर हो,कुरा बुझ्नु भयो होला नि ?
मन परे हरियो, नपरे रातोः
6
3
प्रकृति जी/
भिम रावल जावो मात्र निमित हुन्/ सम्पूर्ण सरकारी निकायेनै भ्रस्ट हरुले प्रभावित छन्/ भिम रावोल जस्तै सुजाता कुजाता आदि को बिकल्पनै नभएको त् होयिन तर सताको नेत्रित्वो र संरचना नै विकृत भए पछी विकृतहरुनै मन्त्रि प्रधान मन्त्रि आदि हुने भए/ अब जनताले दिएको मत कै आधार मान्ने हो भने जनताले यसरि हरुवा भरुवाको अनैतिक गठबन्धन को सरकार बनुन भनि चाहेको त् थिएनन्/ एसमा मावोबादीले कटुवालको मामिलामा जस्तै आदर्श फलाके पनि साता बात भाग्नु जनतालाई धोका दिएकै सरह हो/ आज जस्तो सरकार बनेको छ र भिमे सुजाता जस्ताले वोगटर बसेको पद भन्दा कटुवाल धेरै होचो कुर्सीमा बसेको बसेको थिये/ मावोबादिले जनताले दोएको जिम्मेवारि को मान राख्दै सरकार चलाईने रहनु पर्ने थियो/ सरकारमा रही रहेको भए सडक अबरोध गरेर साता खोज्दै तेही गिरिजा लाई बोक्दै उच्च खुच्च संयन्त्र आदिको चक्करमा फस्नै पर्ने थिएँन/ मावोबादी भागे अरुले लुते मारे/
मन परे हरियो, नपरे रातोः
4
2
यो दण्डहिनता को नमूना हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
भिम रावल र प्रहरी प्रसाशन को लापरबाही र कमजोरी को नमुना हो यो. जनता को सुरक्ष्य मा खतियका हरु को यो कुगति ले गर्दा देश र जनता को दुर्दशा मात्र हुने भो .हुन त नेपाल प्रहरी मा धेरै जसो ज्याक र स्याक बाट भर्ति हुने धेरै छन् अनि कहिले खुमे,कहिले गोबिन्दे कहिले पुर्ने,कहिले रावल,कहिले बामे अनि कहिले गच्छे का मतियार हरु ले सजियाको हुनाले पनि येस्तो भयको हो.
भिम रावल पनि त परे पक्का मार्क्सबादी र लेनिनबादी अनि नेपाली कम्युनिस्ट तेसै ले मार्क्स र लेनिन को दर्शन लाइ नेपाली रुपन्तर्ण गर्दै सोहि अनुसार काम गर्दै छन् नि.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
17
केसु जी ले मार्क्सवाद र लेनिन वाद को कुरा उठाइहाल्नु भए पछि तपाइँ लाइ यो जानकारी गराउँ कि ती भाग्ने डी.एस.पी. त कांग्रेसवादी परे, पहिले महेन्द्रनगर क्याम्पस पढ्दा ने वि संग नेता पछि देउवा गृह मंत्री हुँदा उनका विशेष सहयोगी थिए पछि नक्कली सर्टिफिकेटले गर्दा जागिर फुस्किएछ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
5
देबराज जी,
कांग्रेस मा राम्रा मात्र छन् मैले बह्नेकै छैन,कांग्रेस मा राम्रा भन्दा नराम्रा धेरै छन्, मैले त भिम रावल को पो पुरो गरेको नि.
मन परे हरियो, नपरे रातोः
2
2
भीम रावलको कुरामा त म तपाईं संग सत् प्रतिशत सहमत छु, त्यो मान्छे १ नम्बरको भ्रष्ट र राष्ट्रको लागि खतरनाक मान्छे हो |
मन परे हरियो, नपरे रातोः
2
1
केसु जी/
मार्क्स बाद लेनिन बाद राम्रो छन् छैन त्यो कुरा भारत बिरोधि भएको भनि हत्या गरिएको घटना सिट सम्भंद छैन/ अहिलेको सरकार पनि मार्क्स बाद र लेनिन वादको सिधान्त्मा गठन भएकै होयिन/
फेरी यो भारत विरोधीको आरोपमा हत्या गरिएको जमिमको हत्यामा अब केसु ले भने जस्तै कुनै बाद लाईनै दोष दिने पर्ने भए त्यो आतंक कारिहरु सिट मतियारी गरेको पुर्ब दि एस पी व्यक्ति पनि त् कांग्रेसी भएको ले कांग्रेसी समाजबादी परेनि/ तैपनि कसले यो घटना को लागि कांग्रेसी समाज बादलाई आरोप दियिरहेको छैन/
आतंककारीको मात्र आतंक बादी हुन्/ तर जमिम हत्या भारत बिरोधि भएको ले हत्या गरेको भनिएको ले यो कुरा आतंक बाद भन्दा खतरनाक विदेशबाद ले उत्प्रेरित अपराध हो/ अहिलेको सम्पूर्ण गठबन्धन नै विदेश बादी हरुको गत बन्धन हो/ तेसैले एक्लो भिम रावल दोषी छैनन् सम्पूर्ण गठबन्धनको सरकार जमिम हत्या कंड र अरुण हत्या काण्डको लागि दोषी छन्/
यस्तो गलत प्रहरीहरुलाई प्रशये र प्रोत्शाहन र प्रहरीमा नोकरी दिलाउंदै आएको कांग्रेस सरकारले नै हो/ मरिच मान ले समेत भ्रस्ट भनि थुनेको पुर्ब प्रहरी दि बि लामा जस्तालाई कांग्रेसी सरकारले नै मुक्त गरिएको हो/ आतंक कारी सिट मतियारी गरेकोरिशी धमला लाई मुक्ति गराउन गिरिजाले के मात्रै गरे गराएनन्/ अब भन्नुस मार्क्स बाद लेनिन बाद ले प्रहरी तन्त्र पंगु बनाएकी तपाईंको गिरिजा बाद विदेश बादले?
मार्क्स बाद र लेनिन बाद को दर्शन अनुशार जमिम हत्याकाण्ड गराएको हो भनि गरिएको तर्क उलफत्यांग कुरा हो तपाईंको/
मन परे हरियो, नपरे रातोः
3
3
त्यो त प्रस्टै छ नि बिना प्रहरी प्रशासन र ठुलो पदमा बस्ने को सहयोग बिना दिन-दहाडै काठमाडौँको , लाजिम्पाट जस्तो टाउन बाट हतियार सहित कसरि भाग्न सक्छ???? लहरा तान्दा पहरा आए जसतई राम्रो संग छानबिन गर्यो भने अरु ठुलो पदमा बस्नेहरुको नाम पनि हामीले थाहा पौन्छौ ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
Very bad news. No one is safe in Nepal. Specialy big political parties are responsible to come these days.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
होइन , कसरि चाही सुध्रिने हो ह: हाम्रो देश ? सति ले सरापेको देश भनेको यस्तै यस्तै हुने भएर होला है ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
3
दीपक जी
अस्ति अरुण मारिए पछी प्रहरीले बडो फुर्ति गरेर सबै थाहूँ मा नाका बन्दि गरिसके अपराधि भाग्न सक्दैन भनेको थियो त् कुरा त् उल्टो भएछ/ प्रहरीले आफनी संलग्न ता मा अपराधि भगाउन पो नाका बन्दि गरेको रहेछ/ अस्ति अन्सारीलाई भारतीय दुताबाश पुराउने बयान दिलाउने प्रहरी त् अझै देसमा छन्/ तेस्ता को बारेमा के गरे सरकारले अझै प्रकाशमा आएको छैन/ हत्या गर्ने लगाउने राजन मुक्ति भन्ने सिट सरकारको समर्थन पाउन बार्ता गरिएकै हो/ अब हत्या जस्तो गरेको हो भने पछी त्यो समुह लाई सरकारले तुरन्तै रेड कर्नर वारेन्ट जारि गर्नु पर्ने/ भारत सरकार सिट उनीहरुलाई नेपालमा बुझाउन पत्र लेखिनु पर्ने हो/ खै तेस्तो केहि गरेको जस्तो त् सुन्न मा आएको छैन/ यो हाम्रो सरकार हो बा षड्यन्त्रकारीको जमात हो?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
8
अब नेपाली जनता को लागी खटेका प्रहरी हरु नै यस्तो काममा भय पछी हामी जनता ले पनि प्रचण्ड ले भने जस्तो नेपाली जनता को हात मा पनि बन्दुक हुनु पर्छ ,,,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
32
तपाइँ को कुनै उच्च प्रहरी सीत सम्पर्क छ भने सोध्नुस यो प्रकरण मा सब भन्दा नजिक को सहयोगी राजेन्द्र सिंग भण्डारी हुन् उनि नै यो घटना को समिति को प्रमुख छन अनि के को पक्राउ ? यो घटना मा सिधै भारतीय को हात छ . जेल मा कसले को सीत के कुरा गर्दछ थाहा हुन्न ? यो देखाउन मात्र बब्लु सिंग भनिएको हो जेल मा बसेको मान्छे लाइ आरोप लागाउनु भारतीय र नेपालि सुरक्षा कर्मी को निकम्मापन हो काम एउटा ले तमाम गर्यो दोस एउटा को टाउको मा जो पहिले नै जेल मा छ . दुताबास ले भण्डारी लगायत मन्त्रि र सैयौ ससद लाइ किनेको छ . जमिम भन्दा पहिले अन्सारी मर्ने थियो जेल मा भएर बाचेका हुन् जमिम लाइ जेल हाल्ने बहाना नेपाल प्रहरी उपलब्ध गर्न न सक्दा दुताबास र प्रहरी को उच्च तह कै मिलोमतो मा हत्या भयो र हत्यारा कसलाई देखाउने भन्ने पूर्व योजमा अनुसार नै जेल मा भएको मान्छे लाइ देखिएको हो जो सत्य होइन . सत्य के हो राजेन्द्र सिंह भण्डारी लाइ थाहा छ कसले सक्छ उनलाई जेल मा हालेर सोधपुछ गर्न ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
141
1
कुरो मा दम छ है हरि जी को.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
5
केसु जी/
होयिन कति छेपारोले रंग बदले जस्तो रंग बदल्दै प्रतिक्रिया लेख्नु हुन्छ/ अस्ति चाहि तेही जमिमलाई तपाईं डन हुन् अनि डन लाई डन ले मारे भन्दै हुनु हुन्थ्यो/ अहिले फेरी हरि जी ले जमिम हत्याकाण्डमा भारतको हाट छ …..दुताबाशले भण्डारी लगाएत मन्त्रि र सयौं सांसदहरुलाई किनेको छ……..जमिम लाई जेल हान्ने बहाना प्रहरीलाई नमिल्दा दुताबास र प्रहरीको उच्च तहको मिलोमतोमा हत्या भयो” भनि हरि जी ले लेख्नु हुँदा तपाईं केसुजी ले दस कोल्टे फर्केर दस रंग बदलेर हरिजी लाई ” ..कुरामा दम छ है हरिजी को” भन्नु भयो नि/ येसो हो भने अस्ति तपाईं ले जमिम डन हुन् र त्यो डन लाई अर्को डन ले मारे भनेकोमा के कस्तो “दम’ छ भन्नुस न/
मन परे हरियो, नपरे रातोः
5
3
सालोक्य जी
प्रहरी मात्रै होइन, जनता बात जन अनुमोदित हुन नपर्ने कठपुतली सरकार का मंत्री हरु नै मिलेका छन अपराधी संग. हुन त सरकार माँ रहेका अपराधी सरकार माँ नरहेका अपराधी संग मिल्नु अनौठो कुरा होइन. हेर्नुस न सुन्तली धामी लाइ बलात्कार गर्ने प्रहरी लाइ कारबाही त गर्न खोजिएको थियो नि, त्यों कारबाही गर्न खोजने DIG लाइ कसो गरियो? तेस्तो मनोवल को प्रहरी ले कारबाही गर्न कसरी सक्दछ? जब सम्पूर्ण सरकार नै राकेश सूद को हुक्के बैठाके ले भरिएको छ भने त्यों अंतर्गत को पुलिस प्रशासन को के कुरा भयो र? अझ झुक्किएर एक छोटी बाहेक कहिले चुनाव नजितने र एमाले को २०५१ को तुलानात्मक लोकप्रिय सरकार माँ पनी भ्रस्त भनेर चिनिएको एक नैतिकहिन् ,भ्रस्त को हात माँ गृह मंत्रालय छ भने त्यों अंतर्गत को पुलिश प्रशासन को के हालत हुन्थियो, एस्तो नभए? रंगे हात पक्राऊ परेको धमाला को मुद्दा फिरता लिएर कसरी सुजाता मार्कोस को साथ माँ लगाएर सरकारी पाहुना बनाइयो भने त्यहा अपराध नाबढ़े कहा बढ्दछ ? यो कठपुतली सरकार को कारण ले गर्दा देश असफल राज्य हून तीर गैराहेको छ. बिधि को शासन(जनमत) को बलात्कार गर्नु नै सबै भन्दा पहिलो कदम हो एस दिशा माँ. तेस्कारण यो अरु कही होइन, सरकार माँ रहेका अपराधी र सरकार बाहिर रहेको अपराधी को गठबंधन मात्र हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
93
21
भुत्राको कठपुतली हो त्यहि एमालेको समर्थनमा सत्ता साझेदारी गर्दा कठपुतली नहुने अहीले सत्ता बाहिर बस्नु पर्दा कठपुतली सबैले चिनेका छन माओबादिका नरभक्षी अनुहारहरु |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
27
47
हजुर लाइ पनि चिनियो सर, तपाइँ चुप लाग्दा नै बेस होला जस्तो लग्यो / माओबादी र एमालेको गठबन्दन जनमत अनुरुप थियो / अहिलेको सरकार कसको इसारामा नाचेको छ यहालाई जानकारी नभएको पक्कै होइन होला / येस्ता हरुवा हरुको जमात जो शान्ति सुरक्ष्या लथालिंग परेर दिन दहाडै भ्रष्टाचार गर्दै सुदको तलुवा चाट्नमै ब्यस्त छन् तेस्तालाई कठपुतली न भनेर के भन्ने ???
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
5
तेज जी
कठपुतली सरकार माँ धेरै जसो भ्रस्त र अपराधी नै छन.
यो भीमे ता काण्ड कांडा ले भरिएको छ
१) एमाले को तुलनात्मक लोकप्रिय ५१ साल को सरकार माँ पनी यो भ्रस्तचार माँ मुछिएको थियो. येस्लाई एमाले भीत्र को खुमे गोविंदे भने फरक पर्देन.
२) गठबंधन सरकार को पर्यटन मंत्री हूदा चाइना साउथ वेस्ट airlines भाड़ा माँ लिदा कमिसन करोडौ को खाने येही डाका हो.
३) एमाले को नेपाल गंज महादिबेशन माँ (शहीद) जीवराज आश्रित को पत्नी माया ग्यावली लाइ गोली हान भन्ने येही डाका हो र तेस्पछि एस्ले बंदूके भन्ने उपनाम पनी पाएको थियो.
४)सरकार माँ जान पाईन भनेर एमाले को केन्द्रीय सदस्य को सफाथ नखाई अर्को क्षेत्रीय पार्टी खोल्छु भन्ने अबसरबादी डाका येही हो र गृह मंत्री पाउने भएपछि मंत्री हुन भन्दा अघिल्लो दिन मात्र सफाथ खाने येही हो.
६)सुन्तली धामी बलात्कार काण्ड माँ अपराधी को मुद्दा फ़िर्ता लिएर “अपराधी लाइ अदालत ले छाडेको” भनेर ढाट्ने येही गधा हो. कारबाही गर्न खोजने DIG पार्वती थापा लाइ सरुवा गर्ने बलात्कारी को मतियार येही हो.
७) गृह मंत्रालय माँ हजारौ गाडी हुदा पनी आफ्नो लागी एक करोड़ दश लाख को गाडी झिकने एहो हो.
८)अछाम बात आएर काठमांडू माँ अथाह सम्पति जोड़ने येही हो. येसको घत्तेकुलो को घर here थाहा हुन्छ.
९. कैलाली को सुकुम्बासी माथी गोली हानेर ७ जना को ज्यां लाइन येही हो र भीमे तेरो नाम जनता को बही खाता माँ चदीसकेको छ.
एक छोटी ५१ साल माँ त्यों पनी कांग्रेस को बागी उमेदवार भएको बेला बाहेक कहिले चुनाव नजितने यो डाका अति भ्रस्त हो. चुनाब माँ जनता ले थुके पनी राकेश सूद को तलुवा चाटेर आएको यो सरकार को अरु अपराधी मंत्री मध्य यो अपराधी ले गृह मंत्रालय समालेको छ भने के हुन्थ्यो त शान्ति सुरक्षा को यो हालत नभए? तेस्कारण कठपुतली सरकार को छिटो भन्दा छिटो पतन हुनु नै नेपाली को लागी राम्रो हो.
मन परे हरियो, नपरे रातोः
12
1
महेशजी, तपाईले दिनु भएको तथ्यहरु कति प्रतिशत सत्य छन् त्यो त मलाइ थाहा छैन, किनकि कति कुरा आरोपित पनि हुन्छन, तर जहाँ सम्म लाग्छ तपाइले प्रस्तुत गर्नु भएका तथ्यहरु धेरै चाही सत्य नै हुनु पर्छ | तपाईको यो प्रस्तुति धेरै रोचक लाग्यो र भण्डाफोर गर्नु भएकोमा धन्यवाद | यसरि सबै भ्रस्ताचारिहरुको भण्डाफोर गर्नु भयो भने अझै राम्रो होला | साथै माओबादीको पनि गर्न नछाड्नु होला है, हुनत माओबादी नेताहरु यस्तो काण्डमा त्यति मुछिएका छैनन् (नाता गोतालाइ हेरेको बाहेक), सायद त्यति मौका नपायर पनि हुन् सक्छ, त्यो भविष्यले बताउने कुरा हो, तर वाई सी एल को चाहि हैन र छैन भन्न मिल्दैन है फेरी |
मन परे हरियो, नपरे रातोः
4
1
महेश जी,
कुरा बुझ्दै जादा, नामै तोकेर भन्नु पर्दा यी सबै घटनामा गृह मन्त्रि भिम रावल कै संलग्नता भएको भान हुन्छ / होइन भने पत्रकार हरुलाई दिएको झुठो बयान ले के साबित गर्न खोजेको त्यो भ्रस्ट ले ???? यो समाचार पढ्नु , आफै बुझ्नुहुन्छ /
http://www.nagariknews.com/news-highlights/139-highlights/10995-2010-03-05-03-37-50.html
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
2
कृष्ण जी
माओबादी संग एमाले मिल्दा कठपुतली भायें अहिले भयो भन्ने कुरा माँ बाबुराम भट्टराई ले भनेका थिए की ” आलू लाइ घिउ संग मिसाए त्यों राम्रो खान योग्य बंदछ भने तेहि आलू लाइ गोबर संग मिसाए त्यों फोहोर हुन्छ” अब त तपाई को घैता माँ घाम लाग्यो की? नत्र केपी ओली, बिद्या भंडारी(ओली)लाइ सोध्नुस.
मन परे हरियो, नपरे रातोः
4
1
अरु भन्दा पनि मलाइ यो गृहमन्त्री देखेर उदेक लागिसक्यो, सीधै आपराधिक मनोवृत्ति भएको मानिस सहेछ यो, होइन भने प्रहरी संगठन भित्रै अपराध लाइ प्रोत्साहन दिएर के गर्न खोजेको यसले प्रहरीको मनोबल बढाउन? प्रहरीको प्रतीष्ठा बढाउन? गृह मन्त्रीको विचार प्रहरीलाई भ्रष्ट बनाउने अनि मिलेर अकूत कमाउने दाउ त होइन? बुझी नसक्नु भएको छ, यसको असली रुप त सुन्तली धामी प्रकरणमा देखिइसकेको हो |
पुलिस अफिसर भनेको समाजमा भएका अपराधी र गलत तत्व लाइ कानूनको दायरामा ल्याउने र समाज लाइ स्वच्छ पार्ने औजार जस्तो हुने भएकोले केटा केटी हरुको लागी एउटा आदर्ष (Icon ) पनि हुने गर्दछ, ठुलो भएर म पनि यस्तो पुलिस इन्स्पेक्टर बन्छु भन्दछन बाल बालिका हरु त्यसैले फिल्ममा समेत नायक बनाइएको हुन्छ पुलिस अफिसर लाइ, अब नेपालका बाल बालिकाको मानो विज्ञान के हुने होला? हाम्रा लाला बाला लाइ Icon को खडेरी पर्ने त होइन?
त्यसैले गृह मन्त्रि ले तुरन्त राजिनामा दिनु पर्छ र प्रहरी प्रमुख लाइ समेत हटाउनु पर्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
5
तेज प्रशाद जी र देव राज जी
यता पत्रकार बन्धुहरुले देसको नागरिकरुको रक्छ्या गर्न नसक्ने ले सरकारमा बसिरहनु उपयुक्त छैन भनि लिकुने र भिमे को राजिनामा माग्दैछन/ उता प्रधान मन्त्रि ले मेरो के दोष यो त् प्रहरी तन्त्र नै निकम्मा भएको र प्रहरिनै अपराधि सिट मिले भन्दै प्रहरीको आलोचना गरे/ अर्को तिर मैलेत बिशेष सुरक्छ्या ब्यबस्था मिलाउन खोजेकोमा सरकार र दलहरुको सहयोग नपाएको भन्दै बिलौना गर्दै राजिनामा नगर्ने भने/
आहा कस्तो गठबन्धन को सरकार/ लिकुनेलाई लाज छैन प्रहरीलाई दोष दिन/ देसको प्रधान मन्त्रीले यसरि आफ्नै सरकारको अंग लाई निकम्मा भन्नु भनेको उसैको निकम्मा पन हो/ फेरी यता प्रहरीलाई लिकुने ले दोष दिनु र उता आफ्नो ब्यबस्थामा सहयोग नपाएको भनेर भिमेले भने बात यो त् सिधै लिकुने र भिमेको वाक युद्ध पो सुरु भए छ/
लिकुनेले कुरा घुमाएर “भिमे निकम्मा कुर्सि छोड भने”, भिमे ले मलाई सहयोग नगर्ने “लिकुने नालाएक कुर्सि छोड” भन्ने अशाये जनायिनै सके/ पत्रकार र जनताले तिमीहरुको सरकार नै नालाएक कुर्सि छोड” भन्दै छन्/ येस्ता नालायेकहरु एक आपस मा तोक्दै चिथार्दै एक अर्कालाई घुस्सा मार्दै गुत्मुतियेर घथाबन्धन्को सरकार चलाई रहेको छ/
जनताले लात मारेर विदेश-बाद लाद्न लगाएर कुर्सिको भागबन्डामा अरुण जी को हत्या गर्ने राजन मुक्ति जस्तो, र यी पहाडी हरुलाई तराई बात लखेट्नु पर्छ भन्ने जय कृष्ण गोयेत जस्तो सिट पनि सहमति खोज्दै कुर्सीमा चिपकी रहन खोज्नेको राज देसमा चल्दैछ/
साएद अस्ति यस्तै घटनाहरु होलान देशमा भनि जानेरै जनताले सरकारको बिरोध गर्लान, बन्द गर्लान भनि बन्द गर्न नपाउने नियेम त् बनाएको होयिन?
मन परे हरियो, नपरे रातोः
3
3