अमेरिकामा काम गर्न थालेको झन्डै ६ वर्ष पुगेछ। सुरुमा इण्डियन रेस्टुराँमा काम सुरु गरेदेखि उतारचढाव र उकाली ओराली हुँदै न्यू ब्रीड नामक कम्पनीसम्म आइपुग्दा मैले धेरै हण्डर, ठक्कर र धोका खाइसकेको छु। अमेरिका गएर ५ वर्षमा काठमाडौंमा घरघडेरी, चितवनमा भव्य आलिसान महल र ब्यवसाय गर्न मनग्य पैसोको जोहो गरी धनको ठूलो कुटिरो पारेर शानसित नेपाल फर्कने कल्पनाले पनि हावा खाइसकेको छ। अमेरिकाको चिट्ठा पर्यो भनेर दंग पर्ने दाजुभाइ र इस्टमित्र मात्र होइन, गाउँले र छिमेकीहरुको चित्त बुझाउन नसकेर उनीहरुबाट झन्डै-झन्डै टाढा पनि भइसकिएको छ। “अम्रिका गएपछि मान्छे स्वार्थी हुँदो रैछ, पैसो भए सबै हुँदो रैछ, दाजुभाइ इस्टमित्र नचाहिने रैछ” भन्ने वाणीहरु सुन्न पनि अभ्यस्त भैसकिएको छ।
दिनभरको जोताइ, पट्यारलाग्दो जिन्दगीदेखि वाक्क लागेर निकै स्वर्गै पुगिन्छ भन्ठानेर हाम्फालेको अम्रिकादेखि वितृष्णा जागेको पनि थुप्रै वर्ष भैसक्यो। श्रीमती नेपालमा, छोराछोरी नेपालमा, बुवा आमा नेपालमा, इस्टमित्र नेपालमा छोडेर सुरुमा उमंग साथ बिदेश छिर्दाको आनन्दले पनि उहिल्यै विश्राम लिइसक्यो। तर जति बस्यो उति फस्यो हुँदै जाँदैछ। फर्किन्छु भन्यो फर्किनै मिल्दैन। कसरी फर्कने, न नेपालमा प्रसस्त जोडियो न आफूसँग पैसा छ। ठूलो तारे होटेलको कुरै छोडौ, सडक छेउको सेकुवा पसलमा बसेर सेकुवा ढुक्कसँग खान सक्ने हैसियत अझै बनेको छैन। पत्याउनुस् नपत्याउनुस्।
होइन कुरो यसले के गर्न खोजेको हो ? तपाईंलाई बुझ्न मुस्किल भयो होला। ल सुन्नुस्। कुरो फेब्रुअरी २३, २०१० को। नेपालबाट फर्केपछि शुक्रबार, शनिबार र आइतबार तीन दिन काम गरेर ४ दिन काम न काजसँग घरमै थन्किएर बसेको थिएँ। २ महिना हुन थाले पछि र क्रेडिट कार्ड एवं घरको खर्च त्यो ३ दिन काम गर्ने र ४ दिन हल्लेर नपुग्ने भएपछि ओभरटाइम गर्ने निधो गरे। ३ दिनमा ३६ घण्टा अब बाँकी २ दिन २० घण्टा ओभर टाइम हान्नु परो भने मनमनै योजना बनाए। ५ दिनमा ५६ घण्टा हुने भयो। ४० घण्टाभन्दा बढी १६ घण्टाको डेढीको डरले पाइने भएकोले लग्भग हप्तामा ६४ घण्टाको हिसाब हुने भयो। ६४ घण्टाको प्रति घण्टा ९ को डरले हिसाब गर्दा $५७६ र ट्याक्स घटाउँदा ४५० जति हप्ताको गोजीमा आउने भयो। महिना भरिमा घरमै आफै पकाएर खाँदा, थोत्रो गाडी चडेर हिँड्दा, बाहिर जानु परे कसैको गाडीमा बसेर हिँडेर, जन्मदिनको पार्टी लगायत गिफ्ट लैजानु पर्ने ठाउँमा फुर्सदै छैन भनेर पन्छिएर अनि घरमा सन्नी डि नामक नमिठो जुस पिएर बस्दा पनि $८०० चुना लाग्ने भयो। $१८०० मा $८०० खर्च भए पछि $१००० र त्यसलाई बढी बनाउन नेपाली रुपैयाँमा लैजाँदा लगभग अहिलेको बैंकको रेट अनुसार ७३००० चानचुन हुने भयो। मन्मनै नेपाली मास्टरी गर्दाको कुरो याद आयो। महिना भरी चक र डस्टरको धुलो खाएर वर्षमा ६०००० रुपैयाँ बुझ्ने यो बबुरोलाई महिनामै ७३००० ? मन्मनै दंग परे। ओभरटाइम हान्ने निधो गरे।
सोमबार दिन त्यसै बित्यो। मंगलवार ओभरटाइम थियो। रातभर कामको बारेमा सोची रहे। रकम बढी देखियोस भनेर त्यो हजार डलर लाई बर्सदिन र अझै ५ बर्षको हिसाब गरे। $६०००० भयो। मज्जाले निद्रा लाग्यो। कल्पना गर्दा गर्दै मज्जाले निदाएछु। सपनामा मज्जाले काम गरेको, म्यानेजरले गुड जब भनेर पिठ थम्थमाएको देखे। धेरै अमेरिकी लाई जस्तै मलाई पनि अल्पनिद्राको रोगले बिहानै ब्युझिए। काम काज केही छैन बिहानै ब्युझेर के गर्नु। बाहिर टेक्सास भए पनि मुटु काम्ने जाडो छ। कोठा भित्र के गरेर बस्ने। कृष्ण जेठान पनि बिहानै काममा गैसके। ओल्तिर पल्तिर पनि मिल्ने साथीहरु कोही छैनन्, भए पनि जाडोमा कहाँ जानु। घरमै थेच्चिएर बसे। इन्टरनेटमा कान्तिपुर, माइसन्सार र अन्य लोकप्रिय अन्लाइन पत्रीका र ब्लग हेर्दै बसे। साँढे तीन बजे बाट सुरु हुने काममा जान खड्गजी २ बजेनै टुप्लुक्क आइपुग्नु भयो। दिउसो लन्च ब्रेक (बेलुकी भए पनि अंमेरिकामा कामको बीचको टिफिन टाइमलाई लन्च भन्ने चलन छ) मा खाना नमिठो खाले चाउचाउ पकायर रेडी राखे। एउटा अमिलो स्याउ र रस नभको सुन्तला पनि पोको पारे तर जाने बेलामा गफको सुरमा त्यो पनि भुसुक्कै बिर्सेछु।
साँढे तीन बजे ओभर्टाइम सुरु भयो। सदाझै बिग्रे पछी ग्राहकले फर्काएर मर्मतलो लागि पठाउने कम्पनीको काम भएकोले हाम्रो काम फोन चेक गर्ने थियो।। विकएण्ड(हप्ताको अन्तिम दिनहरु)को काम भएकोले काम मा त्यती प्रेसर थिएन तर यहाँ अली फरक छ भन्ने सुने। सुपर्भाइजर कडा छ भन्ने पनि कानमा आइपुग्यो। घण्टाको ३० वटा फोन गर्नै पर्छ भन्ने पनि गाइगुइ सुने। ओभरटाइम भएकोले कहाँ काम गर्ने निधो थिएन। बिल्डिङको भित्तामा मजस्तै ओभर्टाइम वालाहरु संगै उभिएर बसे। येत्तिकैमा एउटा मोटो गोरे आयो। उसको ओजन करिब ११० केजी थियो होला। राम्ररी कपाल नकाटेको त्यो मोटे देखेर सुरुमै मेरो मन्मा सङ्का उत्पन्न भयो। उसले पालो पालो सबैलाई काम गर्ने ठाउँ देखायो। मलाई पनि रिसाए जस्तो गरेर स्टेसन देखाइदियो। त्यो मान्छे सित किन हो किन मेरो रिस उठ्यो तर पनि काम हो खुरुखुरु गरि हाल्छु केको डर भन्ने सोच्दै ४०/५० वटा जति बिभिन्न मोडेल्का फोनहरुका ब्याट्री, तिनका चार्जर, हेडसेट लिएर आफ्नो स्टेसनमा राखेर ओभर्टाइम सुरु गरे। सुरु त गरे तर मन्मा डर लागि रह्यो। संगै काम गर्ने मान्छे कस्ता छन्, सुपर्भाइजर कस्तो होला कौतुहलताले जिउ र मन गरुङो भैरह्यो। ३ घण्टा बिते पछी टेन्सन सुरु भयो। त्यो मोटे हाम्रो पछि आउँदै उभिदै फोनको नम्बर हेर्न थाल्यो। ब्ल्याकबेरी फोनको कस्मेटिक र फङ्सन टेस्ट गर्न अली धेरै समय लाग्छ। दुर्भाग्यबस मलाई त्यहि ब्ल्याक्बेरी फोन नै पर्यो। कम्प्युटरको स्क्रीनमा हेर्दै तेरो यही हो नम्बर अहीले सम्म भन्दै मेरो दिमाग चाट्यो त्यो मोटेले। मलाई रिस उठ्यो तर म केही गर्न सकिन। शायद अरुको पनि नम्बर त्यति राम्रो थिएन क्यारे, सबैलाई मीटिङ भनेर बोलायो। कम्प्युटरमा क्याल्कुलेटर खोल्यो र घण्टाको २५ वटाको दरले किन बनाउन नसकेको भनेर झपार्यो। यदि यो नम्बर बनाउन सकिन्न भने काममा नै आउनु पर्दैन भनेर उर्दी जारी गर्यो।
मलाई दिनभर खुस रिस उठीरह्यो। त्यो मोटे एता उता गर्दा पनि नेपालिमा मज्जाले गाली गरे। अनी फोन चेक गर्दै नेपालको झल्झली सम्झना आयो। मास्टरी गर्ने बेलामा अल्छी लाग्यो भने क्लास वर्क दिएर कुर्चिमा निदाएको याद आयो। पढाउन जागर लागेन भने आज टेस्ट लिन्छु भनेर विद्यार्थीलाई टेन्सन दिएको पनि सम्झन पुगे। घरमा घास काट्न जा भनेर बुवाले भन्दा किताब समातेर पढेको जस्तो गरि ठगेको कुरा पनि मनमा ताजा भएर आए। घास काट्न जादा घास काट्न अल्छी लागेर लामो लामो घास डोकोमा ठाडो पारेर भरिए जस्तो बनाएर ल्याएका कुराहरु पनि सिनेमाको पर्दामा झै मन्मस्तिस्कमा आइरहे। आफु जन्मेको देशमा त्यसरी सजिलोसँग जिन्दगी काटेको तर स्वर्ग भनिने यो कुइरेको देशमा भने सधैं हैरान, मन्मनै सरापे। ती पहाड, तराइको सम्मो फाट अनी गगनचुम्बी हिमालहरुमा यस्तै मिहिनेती हातहरु पर्ने हो भने कस्तो हुदो हो त्यो भन्ने लाग्यो। आफ्नो देशमा यो गर्न हुन्छ र यो गर्न हुन्न भनि हात समातेर बस्ने तर बिदेशमा जस्तो काम पनि गर्न तयार हुने हाम्रो खराब बानी देखि धिक्कार लागेर आयो। कल्पनाको सागरमा डुब्दा डुब्दै घण्टाको ३० वटा गर्नु पर्ने फोन जम्मा २२ वटा भयो तर त्यो मान्छे अन्तिममा आएन। फेरी किच्किच गर्यो भने टीसर्टले हानेर हिडुला जस्तो भएको थियो तर त्यस्तो केही भएन। १० घण्टाको सिफ्ट सकियो। भेडा बाख्रा झै मान्छेहरु रातको २ बजे बाहिर निस्के र आफ्ना गाडी तर्फ लागे। हामी पनि गन्तब्य तर्फ लाग्यौ।
No related posts.









Be happy with what you have and where you are in life, but don’t be satisfied with it. If you continually try to better your life with hard work and dedication, you will definitely succeed
मन परे हरियो, नपरे रातो
2
0
ठिक कुरा गर्नु भयो अमेरिका को कथा सजिलो छैन डलर कमौना अनि दलाइ को पनि आश अनि परिवारको पनि आश गरेर हुदैनी
मन परे हरियो, नपरे रातो
3
1
साथी हो,,
जो साथी लाई बस्न गारो भएको छ , तपाई कम्ति मा पनि १० वर्ष दुख सुख गरेर बस्नुस / अमेरिका र नेपाल गर्नुस , वर्ष को कम्तिमा $ ४५०० कमाउनुस , अनि तपाई ६२ वर्ष पुगेपछि ७० % बा ६५ वर्ष पुगेपछि १०० % सोसिअल सेकुरिटी पाउनु हुन्छ, एदी तपाई संग ग्रीन कार्ड ( हरियो पत्ता) छ भने /
मन परे हरियो, नपरे रातो
1
2
धन्यबाद छ देनेश लाई यो बिदेशीयका नेपालीहरु को मन मा मुर्ति जसरी बसेको सत्य हो
मन परे हरियो, नपरे रातो
2
0
Dear
Most important is education. So please all Nepalese who are having legal status please take advantage of legal status and start taking classes in any medical related subjects. You are eligible to loan so do not afraid of taking loan for study purposes. This will help you to earn better and reduce your hardships. Please do not stick with Indian or Pakistani or Nepalese groceries or restaurant job. This is sincere advice to all Nepali. Thanks. Good luck.
मन परे हरियो, नपरे रातो
7
0
@writer in nepal too you cannot eat food without working.Hardwork is required for better life.Sleeping in class and cheating your dad are something that proves that we nepalese are lazy.thats y our country is one of the poorest country in the world.Had you and many people like you have realised those things while cheating your work in nepal than our country would have been heaven too.besides right now nepal is more pathetic than USA.At least you get paid there for working but here you dont get paid enough.
मन परे हरियो, नपरे रातो
7
0
नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छा बाबु को अनुहार भनेको नै अमेरिका र ग्रीनकार्ड हो . न छोडेर नेपाल जान सकिन्छ न यहाँ संतुस्ठी संग बस्न सकिन्छा
मन परे हरियो, नपरे रातो
7
2
लेख मन पर्यो ।
हरेक नेपाली ले कम्तिमा १ बर्ष विदेशमा बस्नै पर्छ नभए नेपालका युवालार्इ जतिनै भनेपनि पत्याउदैनन् । अाफूगएर मस्ति गर्यो अहिले हामीलार्इ सुनाउछ मात्र भन्छन् । अाफु नमरी स्वर्ग या नर्क देखिन्न ।
म पनि विदेशमा नै छु । २ बर्ष हुनै लाग्यो अब यहाँको सीप नेपालमा प्रयोग गर्ने सकारात्मक सोच जागेको छ ।
सुनेको यो भनार्इ अहिले महसुस गर्दैछु ।
“Better to reign in hell than serve in heaven”
-John Milton
मन परे हरियो, नपरे रातो
13
2
सारै चित्त बुझ्यो हजुर क गर्नु येस्तई रहे६ यहाको चलन मलाई पनि तेस्तै लाग्थ्यो मिसन मा औडा १ दिन अमेरिका को ट्रान्जिट पर्दा दुइ दिन बितौदै मलाई नेपाल को धुलो वन्द ठुलो अर्को माटो छैन भन्ने लागिसकेको थियो . म अब कहिले अमेरिका आउने सपना देख्दिन मेरो नेपाल मेरो देस मेरो घमण्ड …………………………..
मन परे हरियो, नपरे रातो
6
8
लेखनाथ जी ,हैन जत्ति विदेश एस्तो उस्तो भने पनि तपाईं फेरी तेही फर्किनु भयो त, किन? तेहा बसेर पनि तपाइको सडक पेटिको पसलमा बसेर चिया खान सक्ने हैसियीत बनाउन सक्नु भएन ६ वर्ष सम्म भने किन तेहा नोक्कर बनेर बसेको अझै? तपाई जस्ता मान्छेको लाचारी पनले गर्दा नेपाल बदनाम भएको छ बाहिरी मुलुकमा, धिक्कार छ तपाइलाई/
मन परे हरियो, नपरे रातो
14
2
फेरी लक्ष्मी प्रसाद देवकोटाको ” मुना मदन ” को याद आयो यो लेखा पढेर ……..
मन परे हरियो, नपरे रातो
12
2
लेखनाथ सर नमस्कार.
लेख राम्रो छ,जीवन्त छ| अमेरिकाको जीवन यस्तै छ| हामी त घर न घाट पो हुने भयोउ कि के हो !
मन परे हरियो, नपरे रातो
6
5
साथी, तपाईंको मात्र हैन सबै को येस्तई छ अमेरिका मा…. किन आफ्नो बेथा सबै लै भनेर संसार हसाउनु हुन्छ…!! It’s life.. u gotta struggle to live in it man, or u’ll be left behind!! Good Luck!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
6
आफु लाइ भाग्यमानी ठान्नु होला, कम्तिमा तपाइलाई overtime त मिल्दै छ. आफुले काम नपाएर कत्रो आपत् परि रहेको छ. जे होस् तपाईको लेख बाट हामि नेपालीले कसरि बिदेसमा बस्नु पर्दो रहेछ भन्ने कुरा सिक्नु पर्दछ.
अब आफै रोज्नु होला आफ्ना अन्तिम दिनहरु कंहा बिताउने भनेर.
मन परे हरियो, नपरे रातो
15
2
“अमेरिका किन आयौ त राम?”
एक प्रश्नको अनेक उत्तर
राम खोज्दै छ अहिले
कहिले भन्छ,”पढ्न आएँ यार”
त भन्छ कहिले,
“नेपालमै पनि त नपढेको होइन
सायद कमाउनै आएँ होला यार।”
अमेरिका छिरेको ३ वर्षपछि
राम घोरिँदै छ
जवाफका लागि
किन आइएछ त अमेरिका?
बहाना धेरै छन्
तर उत्तर धेरै कम
“कोरोना एक्स्ट्रा” को चुस्की लाउँदै
राम भन्छ,
“साथी, म त यही खान आएँ जस्तो छ
नेपालमा एउटै कार्ल्सबर्ग कति खानु ?”
लोड-शेडिङ देखि
नेपाल बन्दसम्म
साम्प्रदायिक दंगादेखी
दलिय हड्तालसम्म
उ सूची बनाउँदै छ
र,सङसंगै
भर्खर किनेको नयाँ गाडी
र पाएको क्रेडिट कार्डको खुशी
एकसाथ मनाउँदै पनि छ।
“नेपाल कहिले जान्छौ त राम?”
राम रिस पोख्दै भन्छ,
“साथी, अब त किन जाने??
दिन-दहाडै मान्छे मार्छन्
यहीँ टन्न कमाएँ,
अब मोज गर्ने नि यार”
तीनटा कोरोना पछि
रामका,
टलपलाएका आँखा
केही बोल्न खोज्छन्
मैले सोध्न नपाउँदै
राम भक्कानो फुटाउँदै भन्छ,
“साथी,मैले आत्मपहिचान गुमाएँ
कृपया मद्घत गर।
कृपया मद्घत गर।।”
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
5
धेरै पछी रामलाई भेटे
बिदेसिएको राम नेपाल फर्कियेछा
निकै जोश र उत्साह सहित स्वदेस फिरेछ/
अचम्म लाग्यो,
पहिला बिदेस भनेपछि ज्यानै हाल्ने
“अमेरिका” को नाम मात्र मा जात फाल्ने ,
मेरो साथि लै के भयो?
कतै देउता त लागेन ?
या पिचास ले त छामेना
सोचे सम्झाउनुपर्यो
आखिर मित्रता को कुरो न थियो /
विदेश बाट कहिले कसो पैसा पनि पथौथ्यो
म कड्किए ,
तिम्रो त मति फुस्किएछ
दिमाग गोबरे भएछ
अमेरिका छिरेपछि पनि कोहि नेपाल फर्कंछा ?
चामल को भाग छोडी मुर्ख मात्र पिठो तर्फ जान्छ ?
के गर्छोउ यहाँ ?
लहरे खोलामा बर्सेने बाढी aaucha
देउराली डाडा मा बरसनि पैरो khasdacha
बन्द र आन्दोलन त यहाँ को चलन भैसक्यो
चोरि , हत्या र लुटपाट राति मा मात्र हुने बेला गैसक्यो
मेरो कुरा सुनेर उ अझै उत्साही देखियो
र भन्यो —
बाडी आउने लहरे खोला बाट बिजुली निकाल्छु
देउराली डाडा मा ब्रिछा रोपन गर्छु
अब मा मेरो देश आफै बनाउँछु
पिठो लै मेहनत गरि स्वादिस्ट रोटि बनाउँछु
______________________________
Jai Nepal
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
2
विदेश जानु भनेको बिहेको कुरा जस्तै हो,नगए पनि पछुताउने गैहाले पनि पछुताउने ,येही हो ,बास्तबिकता.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
विदेश जानु भनेको बिहे गर्नु जस्तै हो, यो गए पछी पनि पछुताउने नगए पनि पछुताउने , यो हध्येता हो;
मन परे हरियो, नपरे रातो
10
2
I found USA is the place of lot of oppertunities and options.Most of the people have habit to spend time in gossip and doing nothing.If you are really hard working and want to do some thing you can do a lot. You have to tap the oppertunities.Work is life and USA system teach to work and be independed. Thats why the country developed a lot and everyone has dreaming to come here!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
5
Swastika ji,
what kinds of oppertunities did you find in USA more than in Nepal as a socialy,culturally ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
16
Here is more opportunities for study ( I mean each and everything in detail what we want to be) , carrier, making money,life( what ever you want you can spend life by your choice),friendships and relation ( you have lot of choices to be friendship and relation. If you don’t want to continue your relation and friendship you can break that and no one interfere it. So many choices and options
मन परे हरियो, नपरे रातो
1
0
Yes lot of opportunities of study, carrier, life what ever you want you can do.Socially and culturally Nepal is very reach .I’m hundred percent is agree with you,but due lack of good vision and right policy and weak decision makers most of the people are suffering and they are seeking the opportunities for abroad.
मन परे हरियो, नपरे रातो
1
0
” अमेरिकाको चिट्ठा पर्यो भनेर दंग पर्ने दाजुभाइ र इस्टमित्र मात्र होइन, गाउँले र छिमेकीहरुको चित्त बुझाउन नसकेर उनीहरुबाट झन्डै-झन्डै टाढा पनि भइसकिएको छ। “अम्रिका गएपछि मान्छे स्वार्थी हुँदो रैछ, पैसो भए सबै हुँदो रैछ, दाजुभाइ इस्टमित्र नचाहिने रैछ” भन्ने वाणीहरु सुन्न पनि अभ्यस्त भैसकिएको छ। ”…………..
हाम्रो बास्तबिकता लेख मार्फत प्रस्तुत गर्ने आट को लागि मुरी मुरी धन्यवाद I
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
4
प्रतिभा!! को भाबना को कदर गर्नुपर्नेहो तर अफसोस..
मन परे हरियो, नपरे रातो
1
6
बिदेशिनु बाध्यता हो, रहर काँहा होर !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
लेख समय संदर्विक छ पश्चिमी राष्ट्र हरु मा येही दश छ के गर्नु नेपाल मा भए हप्ता मा दस घण्टा कम गर्न पौदैना फेरी के गरि परिवार पाल्नु?
मन परे हरियो, नपरे रातो
7
2
अमेरिकाको काम र हामी नेपालीको वास्तविकता…….यो लेखमा जस्ताको तस्तै देख्न सकिन्छ….!!! विदेशमा काम गर्नु पर्ने यो कैयौं नेपाली को बाध्यता पनि हो, रहरले सबै विदेशमा बसेका छैनन् / ……. देश बनाउने जिम्मा पाएका राजनीतिक ठेकेदारहरुले देशमा जीविकोपार्जनको उचित बातावरण बनाउन प्रयास गरेको खै??? पार्टी र राजनीतिक आस्था अनुरुप कुनै पनि तथ्यलाई तेही चस्मा ले हेरेर देशभक्ति र खोक्रो आदर्शका कुरागर्न सजिलो हुन्छ तर तथ्यभित्रको वास्तविकतालाई अलिकति पनि बुझ्न प्रयास गर्ने हो भने थाहा हुन्छ कि देशलाई अहिले राजनीतिक ठेकेदारहरुले कति तल खाडल भित्र पुरयाईसकेका छन्…… / ……लामो सामन्ती र राजकीय निरंकुसताको समाप्तिसंगै के अब हामी फेरी कुनै राजनीतिकपार्टीको अर्को नयाँ निरंकुसता मा जबर्जस्ति प्रवेश गराईन लागिएका त छैनौ !!!!!! आजभोलिको परिदृश्यले यहि देखाउदैछ हाम्रो नेपालमा……..
मन परे हरियो, नपरे रातो
10
1
लेख राम्रो छ तर येही मौकामा लेखकजीले आफु अमेरिका मा गतिलै काम गर्दछु भन्ने संदेश दिनु भएको छर्लंग छ. तर तेस्तो काम मा पनि ओवर टाइम हुन्छ र भन्या?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
13
मा पनि तापाएको कुरामा मपनि सहमत छु के गर्ने तपाइको र मरो समस्या यौटै रहिछा जेगरे पनि आफ्नु देसमा नै काम गर्नु पर्ने रहिछ मा पनि तपाई नै भयको ठाउँ मा पनि छु के गर्ने यो देसमा आयर दलदल मा फसियो यस्तै हो .
मन परे हरियो, नपरे रातो
5
4
लेखनाथ जी तपाई को यो लेख को लागि धेरै धेरै धन्यवाद, जे भएपनि यो हाम्रो बास्तबिकता लेख मार्फत प्रस्तुत गर्ने आट को लागि मुरी मुरी धन्यवाद दिन चाहन्छु तेस्को लागि तपाई योग्य हुनुहुन्छ फेरी फेरी पनि प्रेरणा दाएक लेख को अपेक्छा
गर्दछु
मलाई पनि के लागेको थियो भने हामी कस्तो द्वैद चरित्र लिएर बस्न बाध्य छौँ अथवा बाचेको छौं जे देखेको हो त्यो सत्य होइन जे सत्य हो त्यो देखिंदैन यो नेपाल र यता अमेरिका को बिचको खाली को कुरा गरेको
हाम्रो अपेक्छा, समाज, परिवार को अपेक्छा यता को बास्तबिकता केहि कुनै तालमेल नै मिल्दैन मिलाउन सकिएन सकिन्दैन यता त हामी सबै दास दासी बाट आफ्नो नया जन्म सुरु गर्ने हो गर्नु पर्ने भयो यो धेरै छेत्र को कुरा गरेको हो, सामाजिक
रुप को दास, आर्थिक रुप को दास, रोजगारको दास, नया प्रबिधि को दास, सिक्छा को दास, यो परिबेस बाट निस्कने बाटो खोज्दा खोज्दै दल दल बाट बाहिर निस्कने नसक्ने रहेछ
यो जानकारी लेख मार्फत सुसुचित गराउने काम हामी सबै को हो,
जस्तो कि अहिले तपाईले गर्नु भयो तेस्तै जिरे खोर्सानी मार्फत मुन्द्रेले गरेको छ, सबै ले आफ्नो आफ्नो ठाउ बाट गर्नु पर्यो अनि मात्र हामीले देस को लागि केहि गर्न सकिन्छ कि ?
कुमार सिंह डाँगी
समर्विल
मन परे हरियो, नपरे रातो
5
1
लेख राम्रो र संधर्बिक छ, हालत मेरो पनि तेस्ताये छ के गर्नी यो खैरे को देस मा आयको १४ वर्ष भएछा, १४ वर्ष मा राम पनि बनबास बाट फेर्के थिए आफ्नो खै फेर्केनी अबस्ता छ जस्तो छैन. उता नेपाल जाऊ भनि केहि छैन आफ्नो साथी हरु सब डाक्टर इन्जिनीर ठुलो ठुलो पोस्ट मा गै सके आफु गएर फेरी के गर्नी तेस माथि छोरा छोरि येहो को समाज मा हुर्के बडो दोधर मा फसियो !!!!!
मन परे हरियो, नपरे रातो
9
0
मलाई यो लेख अहिलेको समय संदर्विक लग्यो अनि जति पनि युरोप देशलाई आफ्नो गन्तब्य बनायर गयका विद्यार्थी छन् ति सबै जनाको मनको छाललाई यस लेखले समेट्न सफल भयको छ बस्तावाब्मा नै ज तपाई सोच्नु हुन६ त्यो बिदेसमा पाउनु हुन्न त्यस पश्चात तपाई मा अवस्य नै नैरस्यताले डेरा जमाउने छ . स्वबभिक नै हो …………………………at last where ever u r n wat u doing feel better on your path n try to findout ur destination being completely happy.
मन परे हरियो, नपरे रातो
1
1
यस्तै हो लेखनाथ जी,
टाढाको पहाड हेर्नेलाई त रमाइलो र सुन्दर लाग्ला तर चढ्नेलाई मात्रै थाहा छ त्यहाँको उकाली ओराली कती बिकट छ भनेर ।
भोग्नेलाई मात्रै थाहा छ त्यहाँ जिन्दगी कती कष्टकर छ भनेर ।
टाढाको ढोलको मीठो आवाज सुनेर मात्रै मोहित हुनेहरुलाई के थाहा, त्यसको नजिक जांदा सुनिने कर्कस र झर्कोलाग्दो आवाजको पीडा ।
यो ठीक यस्तै छ औसत नेपालीहरुको बिदेशिनुको पीडा पनि ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
1
यो लेख चाही मलाई पनि साह्रै घत लाग्यो है !
म पनि सात वर्ष पहिले तेही भनेर जापान हान्निएको
तर हालत खराब !
तर नेपालको परिस्थि र त्यहाको नाजुक अबस्था देख्दा लाग्छ
जापान त स्वर्ग हो ! कमसे कम यहाँ काम पाउन बस्न र केहि गर्न कसैको
चाकरी गर्ने अनि पाउ मोल्ने त गर्न पर्दैन ! बिधार्थी हुँदा त साह्रै दु:ख कष्ट गरियो !
अहिले त्यत्ति कष्ट नभए पनि, यहि काम देशमा गरेको भए देशमा पनि त उपलब्धी हासिल गर्न सकिन्थ्यो होला जस्तो लाग्छ ! अहिले तुरुन्त जापान जस्तो नभए पनि त हाम्रा सन्ततिहरुले जापान अमेरिका जस्तो नेपाल देख्न पाउने छन् जस्तो लाग्छ !
देशको स्थिति राम्रो भएमा अबस्य पनि आफ्नो माटोमा पसिना बगाउने चाहना छ !
त्यसैले जति सक्दो चाडो देशमा शान्ति आओस र बिकाश होस् भन्ने चाहना छ !
मन परे हरियो, नपरे रातो
8
3
चौटा खान आकी बुडी झोल मा डुबेर मरि!! नेपाल का अलि कति पढेलेखेका हरु +२ सकिन नपाउदै ठुलो सपना देखेर बिदेस जान्छन, बिदेस मा न त पैसा न त पढाई !!तर नेपाल मा नै बसेर पनि क नै छ र , को हि को हि ले राम्रै गरेका छ तेही पनि , तर सबै नेपाली नेपाल फर्केर तेस्तो बन्द र हड्ताल को वातावरणमा !. साथी हो जहाँ गए पनि दुख गर्नै पर्ने रहेछ .
मन परे हरियो, नपरे रातो
6
1
हे मित्र हरु येस्तई हो जीवन तेसैले भन्छन नि नेपाल गए कपाल संगै बर्मा गए कर्म संगै भनेर यो बुडा बुडिको उखान पनि किन झुटो हुन्थ्यो र????म पनि तपाइजस्तै अमेरिकाको भिषा लागे पछी येत्ति खुसि भाको थए र????? नेपाल को बिमंस्थाल्मै सबै दुख छोडेर खुसि मात्त्र म संग ७४७ थाई येअर्लाइन्स को जहाज बाट अमेरिका पुग्छ भनेको त अहिले आधा दिमाग लिएर हिद्दनु परेको छ.नेपाल मा १८ वर्ष पुग्ने बित्तिकै ८ कछा पद्नेले खाने जागिर आइ ये प्रथम बर्समा अध्येंन गर्दा खान गइयो नपढेका सिनिएर भनौदा हरुको हेपाई खान धेरै गारो भएर सबै ठोक छोडेर हिडे तर आफ्नो भाग्येको भाग मा परेको दुख चाहि जा गए पनि पछी पछी लाग्ने रैछ
मन परे हरियो, नपरे रातो
6
4
नेपाली धेरैका तेस्ता अनुभब छन्। किन चेतेका छैनन् विदेशमा बसेका नेपाली युवाहरुले । नेपालमा अरुलाई अर्ति उपदेश दिने आफु उदारण बनेर काम नर्गने पनि धेरै छन् । उदारणको लागि नेतालाई दिन सकिन्छ । यदि नेता नैतिक, चरित्रवान,ईमानदार र कर्तव्यनिष्ट भै दिने हो भने लेखनाथले गरेको अनुभव धेरै नेपाली युवाले गर्नु पर्ने थिएन । तेसैले म सबै बिदेशमा गऐका र रहेका युवालाई नेपाल फर्कन र नेपालमा नै संघर्ष गर्न बिन्रम अनुरोध गर्दछु ।
मन परे हरियो, नपरे रातो
2
5
धन्यबाद छ साथी हरुलाई, लेख मा त यथार्थता र रोचकता छंदैछ कमेन्टस मा पनि उस्तै / तर विदेश जानु ठिक होइन भन्ने कुरामा म सहमत छैन बिदेशिनु को मतलब पलायननै हुने त होइन नि / नया ठाउँ, नया रहनसहन, नया भाषा, नया अनुभव, नया विचार को सिर्जना गराउनु र तपाई लाइ नेपाल को बारेमा बोध गराउनु पनि ठुलो उपलब्धि नै त हो नि.. होइन र? मेरो पनि मन दुख्छ नेपाल जाँदा… य..य..य …मलेशिया बाट पो रैछ भनेर मनिष हरु ले मुण्टो बटार्दा…… बडो दुख: लग्दोरैछ….. हुँदा हुदै एकजना कुमारी संग परिचय भयो र मित्रता पनि बढ्यो २/४ दिन पछि मैले म मलेशिया मा काम गर्छु भनें उनीलाई पनि… बिजुली चम्कियो धर्ति हल्लियो त्यो दिनदेखि उनीले मसंगको सम्पर्कनै बन्द गरिन….म बडो दुखित र गम्भीर भएँ .. के खाडी मुलुक मा गयको मानिस को सम्मान कम हुने हो? या खाडी मुलुक मा काम गर्ने हरुले पढे लेखेका हुँदैनन्? प्रस्न गम्भीर होईन तर मलाई भयो … होइन यस्तो केहि पनि होइन “मानिसहरु को भ्रम मात्र हो” तर अमेरिका जाँदा पनि मलेशिया को भन्दा धेरै खुसि र धेरै पैसा त हुँदैन रहेछ भन्ने पनि प्रस्ट नै भयको स्थिति हो / विदेश गएपछि सोचाइ फराकिलो हुन्छ, स्वदेश मै केहि गरेपनि हुन्छ भन्ने ज्ञान आउछ र समय को महत्व बुझिन्छ / “यो पनि ठुलो उपलब्धि मान्नु पर्छ” र पछि नेपालचै फर्कनु पर्छ है साथीहरु | धन्यवाद
दिनेश (स्वाभिमान)
मलेशिया बाट
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
3
सुर्य जी मेरो पनि त्यस्तै हालत छ के मलाई पनि टिकेट काटेर पठाई दिनु हुन्छ? तपाई त बडो दिलदार मान्छे हुनुहुदो रहेछ त टिकेट नै काटी दिने.
मन परे हरियो, नपरे रातो
6
8
कलि जी, बिसयको गम्विर्यतालाई बुज्नु पर्छ/ ६ बर्ष देखि अमेरिका मा बसेको मान्छे ले किन बिलौना गाउने/ त्यों बिलौना भन्दा त नेपाल फर्कनु बेश हो नि! नेपाल फर्कने रहर हुदा हात उठाउनु परो र भन्नु परो की मलाई नेपाल फरकाई देऊ ! अनि तेसपछि आउछ टिकट को कुरा/ टिकेट म आफुले किन्ने कुरा मैले लेखेको छैन, हामीले किन्ने कुरा हो जसमा तपाई पनि पर्न सक्नु हुन्छ/ तपाई कहा हुनु हुन्छ? यदि तपाई भाडा नै नभएर स्वदेश फर्किन सक्नु भा को छैन भने सहयोगी हात हरु धेरै तिर बाट बढन सक्छन/ भन्नु पर्यो/
मन परे हरियो, नपरे रातो
11
6
बिसयको गम्भीरतालाई मैले नबुझेको जस्तो त लागेन. के ६ वर्ष बिदेशमा बसियो भन्दैमा बिलौना गर्ने नपाउने हो र? तपाई बिदेशमा रमायर बस्नु भाको होला यसको मतलब मेरो बिचारमा यो हैन कि विदेश मा बिलौना गर्ने मान्छे देश नै फर्केर जानुपर्छ .
मन परे हरियो, नपरे रातो
0
8
लेखनाथ जी ,
यौ नै अमेरिका को जीवन हो , मा पनि चितवन बाट हो मेरो पनि यस्ती कहानी छ .
तर क गर्नु , हजुर चितवन लअकु को होइन र . कता हुनु हुन्छ त आज वोली ,
राज कंडेल
हाल अमेरिका अरिजोना
४८० ३१० ९००६
मन परे हरियो, नपरे रातो
0
1
साथी को स्टोरी पढे पछी मलाई पनि येना हेरे जस्तो लाग्यो तर मनको बह कसैलाई नकाहा जस्तो आफूत ४० घण्टा मात्र कम गर्छु ल भनुस त कसरि गुजारा टार्ने,
मन परे हरियो, नपरे रातो
0
6
दुख पायो मंगले आफ्नै ढंगले …………
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
16
लेखकले अमेरिककोम वास्तविक जिन्दगीलाई उजागर गरेका छन्/
मन परे हरियो, नपरे रातो
8
9
सुनेको अमेरिका जति सुखमय ;आकर्षक;र आनन्ददायी छ देखेको अमेरिका त्येस्तो छैन /
मन परे हरियो, नपरे रातो
6
9
well presented reality, thanx for sharing with us. But when you think other side of coin, dont you think that you have gotten change to know how tough the world is? And i say this is a challange in your life, once you complete it, it becomes experience, which later turnes to your ability.
मन परे हरियो, नपरे रातो
7
1
लेखनाथ जी, लेख दमदार छ, यस्ता आत्मा बृति छापामा थुप्रै देख्न पाइन्छ/ कोरा देश भक्ति र माटो प्रेम का कुरा पढेर हाम्रा आखा ठट्टाइ सके/ तपाई आजै किन नेपाल को टिकेट काटेर फर्कनु हुन्ना? तपाई जस्ता पैसा को लागि आत्मा बेचेर बिदेशमा बसने ली यस्तो लेख सुहौदैन/ भाडा को अभाब हो भने भन्नुस हामी तापैलाई टिकेट को ब्यबस्था गर्न तयार छौ/ नत्र यस्ता लेख ले खासई महत्व रख्दैनन/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
33
कतै तपाई ट्राभल एजेन्सी मा त काम गर्नु हुन्न ? टिकेट काट्ने व्यवस्था गर्छु भन्नु हुन्छ. म पनि नेपाल जौ भनेर नी……………..
मन परे हरियो, नपरे रातो
0
9
धेरै राम्रो लाग्यो तपाइको लेख/ रष नभएको सुन्तला र अमिलो सयाऊ पोको पारे भन्दा मेरो आँखा बाट आशु आयो /बास्तबिकता लेखेको मा धेरै धन्यवाद छ / एस्तै हालत छ अमेरिका मा आएका नेपाली हरु को / डलर कमाउने सुर मा जिन्दगि नै बिती सकेको हुन्छ / धन्य छ अमेरिका /
मन परे हरियो, नपरे रातो
8
8
लेख एकदम सान्दर्भिक छ | हुन त नेपालमा हुदा विदेश बाट जाने साथी भाई /इस्ट मित्र को तडक भडक देखेर सपना नबुन्ने को नै हुन्छ र अझै बिशेष गरि युवा पुस्ता भनौ मा पनि ति मध्येकै एक हुँ तर विदेशको जिन्दगि कहाँ सोचे जस्तो रहेछ र साथी तपाइले काम त पाउनु भयको रहेछ यहाँ मा त खान बस्न नै समस्या छ हजुर नेपाल जाऊ कुन मुख लियर जाऊ साहुको ऋण तिर्नु बाकी नै छ नजाऊ बाच्न गार्हो भैसक्यो यस्तै हो हजुर ……..जिन्दगानी दर्पण छाया..
मन परे हरियो, नपरे रातो
6
4
आशिस तपाई को कुरा मा म पनि सहमत लेखक साथी को लेख त मन पर्यो तर नेपाल म धेरै अल्छी रहेछन मेहनत जहाँ गयापानी गर्नु पर्छ आफ्नो देश को आफ्नो नियम कानुन हुन्छ काम सानो ठुलो कहिल्य हुदैन गर्न सक्नु पर्छ म पनि अमेरिका म छु सानो काम गर्छु खुसि छु अरुले घोडा चढेको देखेर धुरी चदनु आफैमा भरपर्छ सबै त नभनु धेरै नेपाली अल्छी र फाट्आ छन् आजको नेपाल मा नेता मन्त्रि भने हिजो पनि आज पनि जेहोस काल्पनिक लेख पदनमा रमाइलो छ तर कसै मा यथार्थ पनि हुनसक्छ जय देश
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
8
Bibekji,
I agree with you 110%. My experience living in America(since 1975) so far has been very positive. I was happy in Nepal and I am happy here too. I have met as well as build friendship with so many Nepali brothers and sisters and most of them are living successful lives(medical doctors, nurses, engineers, college professors, social workers, psychologists, and so on) here. Life related strssors are unavoidable no matter where we live but learning to solve problems makes things better for all of us. So, please do not think we all are suffering here miserably just by hearing the experience of a few people.
मन परे हरियो, नपरे रातो
11
3
त्यो त तपाइको कमेन्ट ले नै देखाई हाल्यो नि . २ / ४ जना तपाई जस्तो (तर तपाई को योग्यता र पद बारे थाह भएन) पद मा पुगेको छ होला, तपाइले आफु जस्तै मान्छे हरु संग सङ्गत गर्नु भएछ . दाया बाया तिर खोज्नुस यो लेख को जस्ता पत्र हरु थुप्रो पाउनु हुनेछ . बुझ्ने मान्छे हुनुहुन्छ, बढी के लेखौ ?
मन परे हरियो, नपरे रातो
2
12
I was a student here one time and I the life for me was extremely hard for a few years. I took classes during the day time and worked in a plastic factory during the nights. Once I graduated from college, I found a job that I liked very much and received further promotions after the completion of graduate program. No, I do not associate only with the successful nepali people here but I do know them(over 200 hundreds of them not just 2/4 jana). We have many Nepali students(I am close to all of them) currently taking calsses in our local colleges/universities and they are working just as hard as I used to do one time in my life. I have learned to look left, right, foward, and backward but still seeing vast majority of Nepali people doing real well despite the hardship that they have to go through when they start their lives here. But, for some reasons you seems not interested to hear about their progress. I sure don’t know very many Nepali people who are coming here just to work but if they are, then they should consider taking some trainings in a local trade schools in order to avoid working in a frustrating-dead end jobs for ever.
मन परे हरियो, नपरे रातो
12
0
I would like to corrct my typo and it should be read as over 2 hundreds but not ” over 200 hundreds”. Sorry for the mistake.
मन परे हरियो, नपरे रातो
2
1
मैले यो लेखलाई नितान्त तपाईको आफ्नो गथासोको रुपमा लिएको छु। तपाईले नेपालमा आफुले ठगेको कुरा गर्नु भएको छ युसएमा तपाईको यही बानीको कारणले दु:ख पाएको बताउनुभएको छ। त्यो ठीक हैन। विदेशमा काममा बढी जोड दिन्छन् त्यो राम्रो पनि हो नेपाली हरु पनि कर्मबादी बनुन् ताकी बाहिर आएर दु:ख पाउन नपरोस्, कर्मलेनै मनिसलाई महान् बनाउँछ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
16
lekhnath ji. very very realistic article very very, person who is able to do something in nepal,he doesn,t like the foreign life.
मन परे हरियो, नपरे रातो
0
9
लेखक साथी अल्छि रैछा नेपाल मा जस्ती ठग्न आको होला दुख पायो हा हा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
28
असिस , लेखक अल्छी हैन , काम को स्ट्रेस तिमीले भोगेको छैनौ जस्तो छ, १ घण्टा मा ३० वटा मोबाइल चेक गर्नु चानचुने काम हैन, लेखक ले त्यहिँ स्ट्रेस लै ब्यक्त गरेका हुन् … तिमि चै किन हासेको नि हा हा हा हा गरेर?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
10
राम्रो र प्राक्टिकल लेख लाग्यो | कहीं कहीं ठेट सब्द हरुको प्रयोगले हासो पनि उठायो | येस्तई त हो अमेरिकाको जिन्दगि | DV परेर घर जग्गा बेचेर अम्रिका धाउने नेपाली साथीहरुलाई सुनाउनै पर्ने लेख लेखेकोमा धन्यवाद !
मन परे हरियो, नपरे रातो
11
2
कथा सान्धर्भिक नै छ / सबै डि भी पर्ने हरुको स्थिति तेस्तो नहुन सक्छ तर अहिले प्राय जसो को स्थिति त्यस्तैनेपाल का सम्पूर्ण हाकिम साहेब हरुलाई एक चोटी अमेरिका मा त्रेनिंग (नेपाल फर्कनु पर्ने सर्त मा) चै दिने व्यवस्था मिलायो भने त देश को बिकाश मा केहि सहयोग मिल्थ्यो कि? बिशेष गरेर यहाको sweeping and cleaning ) गर्नु पर्ने काम भएको ठाउमा/ अनि काम दार हरुलाई हेप्ने प्रवृति हरु कम हुने थ्यो होला/ अनि विदेश पलायन हुने को संख्यामा न्युन रुपमा भय पनि कम हुने थ्यो कि?
मन परे हरियो, नपरे रातो
4
2
I think the article is more about people who come to US for “study” and end up working. Well, I have to tell you that if you had studies hard here your situation had been completely different. I have been here for almost 4 years now and I have full-scholarships to go to college here. Yes, I do have pressure from my family and relatives to earn and send money but I am solely focusing on my studies. Do not have the misconception that I come from a financially secure family. I do NOT. My father is a farmer in a remote village in western Nepal.
I feel like if you are here for studies then just focus on that. Earning money will follow you soon after you graduate.
Moreover, despite everyone’s opposition I am returning Nepal after May 2010. So, there is no excuse for anyone to not return to Nepal. You know what, one can change the course of a nation.
God Bless you All!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
13
thats good sundar ji….. You are 100% correct..one sole Nepali person cant represent the whole Nepali who are staying in State..
मन परे हरियो, नपरे रातो
9
3
लण्डन आएको पनि तीनबर्ष पुरा भएछ…. संघर्श र चुनौतिले भरिएको यि तीनबर्ष, समुन्नत भबिश्यको आसामा रुमलिएको यि तीनबर्ष, आमाको काख सङ्गीको साथ् अनी सन्तानको ललाटबाट टाडीएको यि तीनबर्ष, दसैंको टिका तिहारको मक्खमली अनी फागुको रङ बिहिन यि तीनबर्ष, ताजै रहनेछ स्मृतिको पानामा आसु लुकाइ हास्न अनी बिरानो देशमा एक्लै बाँच्न सिकेको यितीन बर्ष, अजै पनि कहाँ सकिएको छ र संघर्स, थाहा छैन यो दलदलमा अजै कती बित्त्ने हो यस्ता तीन बर्ष .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3
सबैतिर तस्तै हो हजुर कहिँ गएपनि सुकचैना ……\\
दिपेन टोक्यो जापान
मन परे हरियो, नपरे रातो
6
1
हाम्रो मान्यता नै खराब छ . पहिलो कुरा: नपुगेर देश छोडेर हिंडे पछी अब धेरै कमाउने लोभ गरे पछी केहि न केहि त सहनै पर्यो नि अनि आफ्नो देश ,आफ्नो ठाउ जस्तो कहाँ हुन्छा परदेश ?
हामि नेपाल होउन्जेल विदेश विदेश भन्छौ अनि विदेश पुगे पछी फेरी नेपाल सम्झेर रुन्छौ . बिडम्बना के हो भने नेपालमा सम्पूर्ण कुराको मूल्य यति आकासिएर गयो कि एक वर्ष भित्रैमा कुनै पनि चिज १० गुणाले बढेको छ अनि विदेश मा कमैने पिस जहाँ को तहीं अझ यो आर्थिक मन्धि ले गर्दा त १० वर्ष अगाडी भन्दा अहिले कम कमै हुन्छा ..
यो सबै नेपालको महंगी ले हामीलाई सन्तुलन गर्न गार्हो बनाएको हो.
बिध्यर्थिको हकमा नेपालमा पढाई सकेर विदेश जाँदा सरकारले हिसाब लिनु पर्छा मापदण्ड तोकेर यात उ फर्केर आएर केहि समय देश को सेवा गर्नु पर्यो नत्र बिदेशमा कमाएको केहि रकम नेपाल सरकारलाई पठाउनु पर्यो सरकारी दस्तुर / त्यो रकम कुनै मन्त्रीले आफ्नो विदेश भ्रमण मा उपयोग गर्न नपाउन…देश राम्रो भए सबैलाई राम्रै हुन्थ्यो हामि नेपाली अलिक अल्छी नै छौ जहाँ गएपनि नकारात्मक कुरा हरु मात्रै लिएर हिद्छौँ अनि कहिले होला हाम्रो राम्रो //अब नेपालमा बल्ल बल्ल गरेर बर्सको ६०००० कमाउने ले विदेश मा केहि दुख गरेको भरमा ७३ ००० बचौना सकिन्छा भने त्यो त सपना नै भयो नि अझै दुख गर्ने हो भने त १-१५० ००० जस्ता ले पनि कमाउछान तर नेपाल मा त्यो दुख गर्ने हरुका लागि जीभन भरि को कमै हो ठग हरुका लागि एकै घण्टा पनि होइन अनि दुख गर्न क लागि आफु र आफ्नो भबिस्य अनि सन्ततिलाई पापको भारि नाबोकई मर्ने चाहना लिएर परदेश लागेपछि यति हुँदा चित्त बुझाउनु पर्यो नि …कम से कम नेपालमा जस्तो पाइलै पिछे ठगि र दहन अनि दुर्दशा देख्दै त हिड्नु पर्दैन नि
मन परे हरियो, नपरे रातो
7
3
गौतमजी,
प्राय विदेशिने नेपालि जिबनको यथार्थता प्रकाश पारिदिनुभेकोमा धन्यबाद ! आफ्नो भूमिमा गरिखाने ठाउ,गरेर पुग्ने स्थिति नहुनु,श्रमलाई हेला गरिनु ,योग्यता र अबसर भन्दा नाताबाद र घुस मुखी परिपाटी हुनु जस्ता प्रबिती र विदेश गए स्वोर्ग नै पाइन्छ भन्ने चिन्तनले आज हामि घर न घाटका भएका छौ र तपाइले भने जस्तै यस्तो ठाउमा फसेका छौकी छोड्न पनि नसक्ने पाउन पनि नसक्ने परिस्थिति बीच बाचिरहेछौ \
मानिसलाई सबै भन्दा ठुलो बाच्न पुग्ने ठाउ,बाताबरण साथै आफ्नो भुमि,धर्म,रिति,परिबार,आफन्त,छिमेकी,साथीभाई र आफु जस्तै मानिस चाहिने रहेछ \ कौवा कौवाकै बथानमा,बकुल्ला बकुल्लाकै बथानमा रम्छ भने जस्तै मानिसमा पनि यो कुरा लागु हुने रहेछ \आफ्नो पन जो माथि भने जस्तै कुरामा कति तडपिन्छ भन्ने कुरा विदेशिनेलाइ या बिदेशीय पछी थाहा हुने रहेछ \ भो अब अति भो यस्तो स्थिती बन्नुमा जति राजनैतिक ब्यबस्था,शाशक,प्रशाशक,नेता,कार्यकर्ता,समर्थकको हात छ आम नेपालि जनताको निरिह र सहने बानि पनि प्रमुख छ \ जतिसुकै सम्पति होस्,दिनहु मिस्ठान खाउ आखिर दुखमा सबै रुन्छन , एक दिन मर्छन र सारा सम्पति छोडेर जान्छन भने किन आम मानिस बिना भेदभाब एक अर्कालाई माया,सम्मान र सहयोग बीच बाच्ने बाताबरण नबनाउने ? हरेक बिचार मानिसको लागि हो भने बिचारको नाममा किन काटमार गर्ने ? हरेक कुरा सिस्टममा चल्नु पर्यो ! आखिर जात,धर्म,पेशा,रिति,भेष मानिसले नै मानिसको लागि बनाएको हो भने किन यसको लागि मानिस मानिस बीच काटमार गर्ने ? सदभाब र सम्मान बीच मानबता फुल्छ हैन र ? राज्य सबैकोलागी समान र नागरिक राज्यको सहयोगी बन्ने स्थिति बनाउ ताकी कुनै पनि नेपालि बाध्यता र अनाबस्यक चाहना लिएर बिदेशिन नपरोस ! आखिर मानिसले गरे के हुन्न !
मन परे हरियो, नपरे रातो
12
4
नजादा सम्म विदेश गयर के के नै होला जस्तो लग६ हामी लाइ आय पछि न यता न उता जिन्दगानी बर्बाद हुने रहेछ मेरो मात्र होला जस्तो लाग्छ सोच्दा तर पिडा सबै को तेस्तै हो.. अब केहि समय मा नेपाल नै फर्किनु पर्ला केहि न केहि त होला नि हाम्रो नेपालमै पनि ….
मन परे हरियो, नपरे रातो
1
7
नजादा सम्म विदेश गयर के के नै होला जस्तो लग६ हामी लाइ आय पछि न यता न उता जिन्दगानी बर्बाद हुने रहेछ मेरो मात्र होला जस्तो लाग्छ सोच्दा तर पिडा सबै को तेस्तै हो.. अब केहि समय मा नेपाल नै फर्किनु पर्ला keh
मन परे हरियो, नपरे रातो
5
6
राम्रो लेख छ तर पैसा कमाउने धुन मा आफ्नो जिन्दगि लै भुल्न हुदैन | गुलियो र रश भएको सुन्तला श्यु खानुस र स्वस्थ रहनुस | पैसा पोको परेर केहि हुने वाला छैन | हरेक दिन राम्रो संग बच्नुस |
मन परे हरियो, नपरे रातो
10
1
Article interesting लागेर पढ्न त पढे. तर तपाईं ले भन्न खोजेको कुरो चै बुझिएन. म पनि गएको ३ बर्ष देखि यतै छु. मलाई तपाईंलाई जस्तो केहि अनुभब छैन. बेला बेला मा मानिषहरु किन यस्तो busy हुन्छन भनेर उराठ चै लाग्छ. तर सारीरिक परिश्रम नेपाल मा भन्दा धेरै कुम हुने गरेको छ र आम्दानी पनि निकै नै ज्यादा. Life’s more comfortable here. Uninterrupted electricity and water, Climate control houses and vehicles, security and freedom to life. त्यो भन्दा अरु के चाहनु हुन्छ तपाईं. तपाईं धेरै पैसा बचाउन खोज्नु हुन्छ जस्तो छ. आनन्द को जीन्दगी बाच्न खोज्नुस पहिले.
And you said, you came here with DV and its been six years. What’s your family doing in Nepal? If you wanna be with them, why don’t you invite them over.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
34
पुजन जी तपाइले भन्न खोजेको त यस्तो लाग्छ की तपाई एश्वोर को बरदान हो जस्तो ?? यो लेख एना हेर जस्तो छ तपाई ले के बुझ्नु भय न त ?? तपाई कमेन्ट त यस्तो छ किन सबै जना प्रधान मनत्री हुदैनन किन मानछे हरु को हात को औला हरु बराबर छैनन् ? भनेको हो ? तपाई एक जना लाई अमेरिका राम्रो भयो भने र सबै जना लाई तपाई को जस्तो हुन्छ त ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
12
पुजन जोशीजी,
तपाइँको कुरामा म चाँहि सहमत भइन है । म पनि तपाइँ जस्तै विगत ३ वर्षदेखि यहीँ अमेरिकामै छु । हुनसक्छ, तपाइँ जस्तो १, २ जनाले मनग्ये कमाउनु भयो होला। तर अधिकांश नेपालीको अवस्था माथि लेखनाथजीले भनेजस्तै छ । वास्तवमा यहाँ रहेका आम नेपालीको अवस्थालाइ लेखनाथजीले आफ्नो कथा मार्फत सहि चित्रण गर्नुभएको छ।
अनि तपाइँले एउटा शब्द यहाँ सेक्युरिटि छ भन्नु भयो नि ! मैले चाँहि यहाँ पनि सेक्युरिटि देखेको छुइन । २ महिनाजति त भयो होला नि डंगोलजीको हत्या भएको । प्रायः ग्यास स्टेशनमा काम गरिरहेका नेपालीसाथीहरूको हत्या भैरहेको छ यहाँ । अनि कहाँको सेक्युरिटि छ यहाँ ? कमजोर नेपाली मजदूरहरूलाइ भारतीय, पाकिस्तानी आदी साहुहरूले सधैं चुसिरहेका छन् यहाँ । कसरी यहाँ सेक्युरिटि छ ?
अनि लेखनाथ जी त भाग्यमानि हुनुहुँदो रहेछ घन्टाको ९ डलर, हप्ताको ४० घन्टाभन्दा माथि हुँदा डेडा आेभरटाइम । तर यहाँ अधिकांश मानिसहरू न्यूनतम भन्दा कम ज्यालामा हप्ताको ६०, ७० घन्टा काम गरिरहेका छन् । सिधा भन्नु पर्दा अमेरिकामा पनि अध्यधिक श्रम श्रोषण छ, खासगरी भारतीय, पाकिस्तानी, नेपालीहरूले संचालन गरेका साना व्यवसायहरूमा ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
5
मलाई पुजन जी को कुरा ठिक लग्यो एकदम .क दुख देख्नुभायेचा हाम्रो लेखनाथ जी ले . माथि भानुभाको छ कि १००० दल्लर महिना को बच्छ. खान बस्न त्यति खर्च हुदैन यहाँ .कैले कहिँ त्यी दारुपानी मा रमाइलो हो .नत्र यहाँ पैसा त तान्ने बच्छ .त्यी हो कि घर परिवार र देश को माया भने कुरा छुट्टै हो .माया लाग्छ देश भन्ने कुरा को सप्पोर्ट गर्छु .पैसा कमौना सकिएन भने कुरा त सप्पोर्ट गर्दिन मैले .संतोष गर्न सिक्नुपर्छ दाजुभाई हो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
17
कुजन जी विदेश उनि हरु लाई राम्रो हुदो रैछ जो नेपाल मा नफ़र्के पनि केहि हुदैन . जसले आमा बाबु त्ताग्यको छ जसलाई परिवार चहैदेना बस विबहा गर्यो आफ्नो श्री-मति लियो घर परिवार लै पिठ दखौना सख्छा र उसलाई कसै को मतलब छैन च्याहे बाबु आमा ले खायुंन या नाखायुंन च्याहे बाचुन या मरुन
येस्ता बय्क्ति लाई रैछ विदेश
मन परे हरियो, नपरे रातो
0
9
चाहे युरोप होस् वा अमेरिका वा अन्य कुनै देश । रहन सहन हेर्दा कत्ति न सुखी जस्तो देखिए पनि भित्र भित्र मन जलिरहेको हुदो रहेछ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
3
हामी सबै ले बुझ्नु पर्ने धेरै मध्ये एउटा कुरा: काठमाडौँ को एयरपोर्ट बाट उड्ने बित्तिकै “अबको २ wa ४ बर्ष भित्र मा त म मालामाल हुनेछु” भन्ने यो फोस्रो सपना किन देख्छौ हामी? अमेरिका पनि कुनै देवलोक त होइन जहाँ पुग्ने बित्तिकै नराम्रो को न पनि नहुने | राम्रो नारार्मो सुख दुख जहाँ पनि जुन देशमा पनि हुन्छ धेरै र थोरै को मात्र फरक हो अनि अमेरिका पुगे पछी त मेरो त सुख को दिन सुरु हुनेछा र म सजिलै संग मालामाल हुनेछु त्यो पनि नेपाल मा काम गरेको जस्तै तरिका ले काम गरेर भन्ने किन सोच्छौ हामी? हामी सबैले अरु को देश मा पुगेर आफ्नो जिउ लै मारी मारी हप्ता को ५० /६० घण्टा काम गर्न देखायको जस्तो जागर आफ्नै देश मा देखाउन सकेको भय देश आज शायद यस्तो स्थिति मा पुग्दैन थियो कि? कर्ण शाक्यजी ले आफ्नो किताबम भन्नु भयको कुरा ठिक देखिन आउछ यहाँ |
हामी सबै ले यदि देश छोड्नु नै छ भने छोड्नु आगाडी योजना गर्दा बडो गहिराइ का साथ् विचार पुर्याउनु पर्ने कुरा हरु हुन् यी सबै |
मन परे हरियो, नपरे रातो
11
5
नराम्रो भोगाईको राम्रो प्रस्तुति|
मन परे हरियो, नपरे रातो
6
4
बिदेस जानु धन कमाउने कुण्ठाले,बिदेस जानु पढ्न ,बिदेस जानु छिमेकी को मेख मार्न मात्र न भै कति लाइ बिदेस जानु बाध्यता पनि हुन्छ | बढेको छोरा मान्छे देश मा केहि गर्न न सकेपछी विदेश गए केहि मिल्छ कि सोच्नु स्वाभाविक हो | विदेश गएपछि सोचाइ फराकिलो हुन्छ ,स्वदेश मै केहि गरेपनि हुन्छ भन्ने ज्ञान आउछ त्यहिँ पनि ठुलो उपलब्धि मान्नु पर्छ |
मन्त्रि भएका हरु,खेलाडी हरु त् विदेश जान भनेपछि जात फाल्छ ,आम नागरिक मा त्यो भाबना आउनु जायज छ | फेरी युरोप,अमेरिका,अस्ट्रेलिया आदि देश सकिन्छ भने जिन्दगि मा एकचोटी जानैपर्ने ठाउ हुन् |
परमेश्वर ले सबैलाई उत्तिकै क्षेम्यता प्रदान गरेका हुन्नन् , एकाद सफल हुन्छन ,कोइ स्वदेस मै सफल हुन्छ ,कोइ बिदेस मा गएपछि सफल हुन्छ ,कोइ फेरी स्वदेश फर्ने पछी सफल हुन्छ , कोइ सधै असफल हुन्छ ,यो चक्र चलिरहन्छ |
घुम्न छोड्न हुदैन ,घुम्दा घुम्दै ”कुकुर ले पनि एक दिन घ्यु को पोको भेततौछ”
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
6
सार्थक कमेन्ट को लागि धन्यवाद
मन परे हरियो, नपरे रातो
3
7
डा ह्नुछे रत्न जी, तपाइको कुरा त ठिकै हो तर लास्ट को लाइन ” घुम्दा घुम्दै कुकुरले पनि घ्यु को पोको भेताउछा ” चै अलि मिलेन कि? कुकुरलाई घ्यु पच्दैन , कि कसो?
मन परे हरियो, नपरे रातो
7
2
U should have joined school or gained some technical training and certificates and u would be making 3 times more than what u make. Hagey pachi dailo dekhera kahan hunchhhaaaa. Belai ma buddhi puraunu parthyo… I am happy and I am in US and I am here only for 3and half year..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
55
अमेरिका न त स्वर्ग न त नर्क!! साथीहरु मेरो पनि क्लास र कम्पनी मा गरेर ८/१० जना साथीहरु अमेरिकन छन तर तिनीहरु मध्ये ५ जना भन्छन कि पढाई सकेर अमेरिका अर्थात् आफ्नो घर तिर जानु भन्दा मलेशिया नै बस्छु या अरु देश तिर जान्छु… किन होलात? पछिल्लो अर्थतन्त्र को समस्याले त झन् कत्ति को जागिर गयको छ भने कत्तिका छोरा छोरि ले महँगो भयर भनेजस्तो पढ्न पायको छैन र अरु देश मा गयर पढेको स्थिति पनि कैयौ छन् /
मन परे हरियो, नपरे रातो
2
1
लेखनाथ जीउ तपाई को लेखको भाब मार्मिक छ तपाई लाई मेरो पूर्ण सोप्पोर्ट छ तपाई त अमेरिका जानु भय को रयछ तपाई जस्ता टीचेर १५/२० हजार रुपिया कमाउन खाडी का मुलुक मा जान्छन तपाई गया पनि ओवर टाइम त पाउनु भय,, को छ अनि रयो अमेरिका गय र चितवन मा घर र काठमाडौँ मा महल बनाउनी कुरा यो त नोकरी गरेर र इमान्दारी र ओवर टाइम ले बनाउन गारो नै हुन्छ!!! तपाई को जस्तै सपना देख्दा देख्दै मेरो पनि गल्फ मा १० वर्ष भै सकेको छ मेरो पनि तस्तै छ हाल चाल ,, जसले दलाल गिरि गरे तिनी हरु ले चै आफ्नो सपना पुरा गिरि सके म समाज देखि आफ्नो भबिष्य र इस्ठ मित्र ले छी छी भन्छन भन्दा भन्दै आफ्नो भाग्य मा जति छ तेती लिने बानी नै बसी सक्यो र ताती मा नै सन्तुस्ट छु ,,,,,,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
2
अत्यन्त यथार्थ लेख्नु भो लेखनाथ जी यता बेलायतको पनि हालत त्यहि हो |दलदलमा फसियो के गर्ने ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
5
१ , स – साना कार्य – ब्यबसाय लाइ हेयको दृस्टीकोण ले हेर्ने अनि त्यै किसिमका
काम चै विदेश मा आएर गर्न सहज लाग्ने (( हाम्रो दोस अर्थात हाम्रो सामाजिक
सिस्टम – प्रणाली मा खोट — ))
२- , योग्यता – छेमता – परिश्रम अनुसारको पारिश्रमिक ( फल ) प्राप्त नहुने ( एकाधले
पाएको उचित पारिश्रमिक लाइ अपवादको रुपमा राखौ , समग्रमा हेर्दा नेपालीहरु
परिश्रम अनुसारको पारिश्रामिक बाट बन्चित छन् ))
यो चै राज्य प्रणालीको कमजोरी .
व्यक्ति हुदै मुलुकको आर्थिक उन्नति हुन यी यस्ता सम्बेदनशील कुरामा आमूल
परिबर्तन ल्याउन सक्नु पर्छा .
यसको लागि राज्यको सरकार गम्भीर पहल गर्न सक्ने खुबी भएको हुनु पर्छा .
यसो भया नेपालि हरु विदेश पलायन हुनु पर्ने बाध्यता हुदैन .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
14
चौटा खान गएकी बुडी झोल मा डुबेर मरि……. नेपाल मा झोल मा डुबेर मर्न पनि गार्हो भै सकेको छ तर येह कम से कम सबै खाले झोल मा डुब्न त ………….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
35
जब नेपालमा चौटा खान त झोल त के एउटा पानि पनि खान नपाए पछि विदेश जानु परेनत | कम्तिमा चौटा खान नपाए पनि झोल खाएर त बाच्न सकिन्छ | फेरी नेपालमा कत्रो जनसक्ति को अबाव भएको हो र | कत्रा पदने ले त जागिर नपाएर बिजोग छ | कम्ति मा हामीले विदेश आएर हाम्ले नेपालमा गर्ने काम आरुलाई गर्ने मौका त दियेका छौ |
लेखनाथ गौतम को लेख चाही राम्रो छ है |
प्रकाश पौड्याल
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
4
बिदेशी जीवन को एक कटु सत्य हो, लेख निकै राम्रो छ अनि प्रकाश जी मैले पनि त्यहिँ नै भने को हो कि कम से कम विदेश मा त्यो पनि समय र परिस्थि अनुसार को सबै खाले झोल मा डुब्नु त पाइन्छ | काठमाडौँ मा मेलम्चीको पानीमा डुबौला भनेको कहिलै पाइएन के गर्ने | फेरी पनि गौतम जी लाइ यथार्थ प्रस्तुत गरेकोमा धरै धन्यवाद|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
मित्र गौतम जी
हामी नेपाली अल्छी नेपाली आफ्नो देसमा केहि गर्न नहुने बिदेस आयपछी मात्रै थाहा हुदो रहेछ काम के रहेछ र कति दुख गर्नु पर्ने रहेछ ,जे होस राम्रो लेखको लागि धन्यबाद
लाल प्रसाद अधिकारी
चितवन हाल कतार
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
4
लेखा रमाइलो अनि सान्दर्भिक छ.नेपाल मा सरकारी काम कहिले जाला घाम भन्ने पारा मा काम हुन्छा भने विदेश मा जति खट्यो तेती दाम.
तर नेपाल बाट Brain Drain किन भयको छ भन्ने मूल कुरो हो.सरसर्ती हिसाब गर्दा १ जना इन्जिनियर उत्पादन गर्न ( Overseer 3 yrs+BE 4Yrs) पूर्ण छात्रवृति मा पढेको बिधार्थी लाइ सरकार ले ७ वर्षा मा लगभग ५ देखि ६ लाख को लगानी गरेको हुन्छ, अनि इन्जिनियर भैसकेपछि उ विदेश पलायन हुँदा देश लाइ कति नोक्सान साम त गयो गयो उसबाट देश ले केहि पनि नपाउने पनि भो.
यो सब निरसबाद को उपज हो देश को अवस्था ले सबैको मानसिकता बिदेसिने मात्र छ.
** देश मा दक्ष्य जनसक्ति को खाचो छ तर बस्न सक्ने अवस्था र ठाउँ छैन , चन्दा आतंक, ज्यान को खतरा,लापरबाही प्रशाशन तन्त्र, राजनीतिक खिचातानी र नाताबाद कृपाबाद,अरु के के के के…
एउटा अमिलो स्याउ र रस नभको सुन्तला पनि पोको पारे —रोचक छ तपाइँ को लेख्ने तरिका,तपाइको पैसा कमाउने सपना साकार होस् परिश्रम गरेर.
जय होस्.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
189
11
Kesu jee, तपाइको प्रतिक्रियामा भएको पलायन शब्द कसैको रहर भए पनि धेरैको बाध्यता नै हुन्छ. जब बिषय ज्ञान शुन्य भएको हाकिम तपाईलाई केहि गर्न नदिएर तपाइको प्रतिभा र शोध माथि प्रतिबन्ध लगाउंदै अनुशासन को दण्ड तेर्स्यौन्छ त्यस्तो अबस्थामा सारा आदर्श र देशभक्ति बिलिन हुन्छा अन्तत पलायन कै विजय हुन्छ….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
70
8
हेम जी,
मैले पनि त बाध्यात्मक पलायन नै भनेको त छु नि (रहर भने जस्तो त लाग्दैन) जे होस् तपाई को र मेरो कमेन्ट को अर्थ एउटी होला जस्तो लाग्छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
7
अत्यन्त यथार्थ लेख्नु भो लेखनाथ जी यता ग्रीसमा तेही हालत हो न फस्नु पर्ने फसियो के गर्ने ? कार्ड पाइस भन्छन सबै ठुलो देख्छन आफुलाई कहिले कहिँ कार्ड सार्ड चेतेर आफ्नै माटो तिर लागु जस्तो लाग्छ !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
4
रमेश जी,
ढिलो नगर्नुस फर्किनलाई, तपाई को जस्तो परिश्रमी हात हरुको खाचो छ अहिले देश लाई | हामी हामी मिलेर खेही गरौ देश आफै बन्छ | जय देश नेता जति सबै को सद्बुद्धि फिरोस |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
10
ए हो है ??? तेस्तो दुख हुन्छ बिदेशमा !!!! म त नजाने विदेश सिदेश, अहिले सम्म नेपाल मै गर्जो टरी रहेको छ / किन जानु पर्यो विदेश ???हुन त लेखंत जसरि पनि भोग्नु पर्छ भन्छन / लेखंत नै रहेछ भने त के नै गर्न सकिन्छ र ? सके सम्म त न जाने / बरु बिदेशमा रहेर कृषि, बिद्धुतीय, निर्माण एबम आधुनिक प्रबिधि मा अनुभब भएका मित्रहरु आउनुहोस नेपाल मै केहि गरौ / विदेशको आधुनिक कृषि प्रणाली नेपाल मा सफल प्रयोग गर्न सकियो भने डलरको वर्षा नेपाल मै हुन्छ नि / तपाई हरुको ज्ञान र अनुभब हाम्रो जागर र मेहनत लाइ नेपाल मै सहि प्रयोग गरौ त न हुने के नै छ र ? विदेश मा जस्तो एकै चोटी धेरै धनको ओइरो न लाग्ला तर त्यो डलरको ओइरो भन्दा नेपाली स्वाभिमान र नेपाली आफ्नो पन आफन्तको माया धेरै अमुल्य हुन्छ / हाम्रो शिप र श्रम येही माटो मा लगाऊ त …..
हिरा मोति र सुन फल्नेछ येही नेपाली माटोमा,
नेपाली मन र माया पाइन्छ नेपाली बाटो मा,
स्वाभिमानी सिर ठाडो हुन्छ अपमानको साटो मा,
हाम्रो जिबन सफल हुन्छ सत्यको यो पाटोमा,
जय देश,जय मातृभूमि
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
8
लाग्नुस् न के ले छेकेको छ तपाइलाई | म अस्ट्रेलिया बाट नेपाल फर्केको त ४ वर्ष भैसक्यो येतैनै धेरै कम देख्छु ?
मन परे हरियो, नपरे रातो
0
1
ओभर टाइम
**************
अमुर्त महत्त्वाक्ष्याहरु बोकेर ,
पैचो हावामा सास फेरिरहेको ,
नाफानोक्सान मा बाच्न बाध्य,
मातृ पितृ युक्त टुहुराहरु ,
पश्चिमा आकाश च्यातेर हेर त् ,
सुर्य अस्ताइसक्यो,
तिम्रो हिस्साको यो जिन्दगि
ओभर टाइम मा आइसक्यो |
फुल फुलिरहेकै छ ,
रंग तिमीले भर्नु पर्दैन,
घाम ले आफै तातो दिन्छ
स्विच तिमीले थिच्नु पर्दैन |
पिउन को लागि सागर काफी भएन,
बोतल मा पानि भरेउ,
उफ्रन घर आगन काफी भएन ,
चन्द्रमा तिर सरेउ ,
अँधेरो मा सियो खोज्दैछौ,
उपद्रो किन गर्छौ,
खल्ती मा फुल ट्याम हराएर ,
ओबर ट्याम किन गर्छौ ??
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
4
dear द्रोण जी !
कविताको भाब मार्मिक छ – - -
मन परे हरियो, नपरे रातो
2
0
अमेरिकामा आएर जुन मानिसले कमाउन सक्दैन, त्यस व्यक्तिले संसारको कुनै कुनामा पनि कमाउन सक्दैन | नेपालमा जस्तो लप्पन छप्पन, जालझेल, छक्क पन्जा बिदेशमा धेरैदिन टिक्न सक्दैन| बिदेशमा कि त दिमागी बल देखाउनु पर्यो, कि त पाखुरी बजाउनु पर्यो | मैले देखेको अमेरिका लेखनाथजीले देखेको भन्दा सर्वथा भिन्न छ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
7
अचेल माइसंसारमा कमेन्ट editing हुँदो रहेछ, अपशब्द लेखिएर गरिएका कमेन्टहरुलाइ त झन posting नै गरिनु हुन्न |
मन परे हरियो, नपरे रातो
3
1
एकदम ठिक भन्नुभयो.
LIFE IS VERY SIMPLE: “Struggle to exist and survival of the fittest”.
म एता आएको साढे ३ बर्ष मा देखिएको; “Work is Work-ship” सम्झंदै जुन उदेश्य ले DV परेको /students-visa/etc मा आएर कुरा कम्ति गरेर कोशिश/HARD-WORK गरेको छ ऊ सफल भएको छ बाकी ” नाच्नु न जान्ने आन्गनै टेडो” भन्दै हल्ला गरेर बसिरा छन् …
-’You’ are here to compete with so many others to survive.
-’You’ need to struggle with your best qualities.
Sasang ji ले ठिक लेख्नुभएको छ, “कि त दिमागी बल देखाउनु पर्यो, कि त पाखुरी बजाउनु पर्यो”.
‘Optimist’ and ‘Smart Hard-workers’ succeed ANYWHERE.
Good-luck.
मन परे हरियो, नपरे रातो
15
2
its complicated issue. some may enjoy and other may not so there is no absolute right for any thing. one may say its sad being here while other might enjoy, its there feeling let them enjoy however they want. iam also in us but never liked it so heading back soon.. i can do more in nepal.
मन परे हरियो, नपरे रातो
0
5
सशांक जी संसारको कुनै कुना मा रे ? तपैले त अमेरिकाको न्युयोर्कमा बसेर संसारभर आफ्नै क्षेमता र पाखुरी बजारेर कमाउने सक्दैनन् भन्ने सोच राक्नु तपाई को भ्रम . अमेरिका नै त तपाइको हैन होला बदोमज़ाले बिज्ञापन गर्नु भयो त अमेरिका को बिरोध गर्ने पार्टी को मान्छे लै आज कसरि अमेरिका को गुनगान गाउदै हुनुहुन६ आखिर तपाई पनि अबसरबादी नै हुनु भयो हैन ?
मन परे हरियो, नपरे रातो
4
3