Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

२९ दिनमा ७२ पटक बन्द


माघ महिनामा २९ दिन थिए। तर यी २९ दिनमा देशभर ७२ पटक बन्द हड्ताल भए। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने माघ महिनामा एक दिनमा २ पटकभन्दा बढी बन्द/हड्ताल भयो। दिनमा एक पटकभन्दा बढी चक्काजाम भयो। यसबाट पनि प्रष्ट हुन्छ-बन्द हड्ताल हाम्रा जीवनमा अभिन्न अंग भइसकेका छन्। बन्द हड्तालले दिने पीडालाई पचाउन सक्षम भइसकेको छ हाम्रो समाज। आउँदो वर्ष अर्थात् सन् २०११ मा भने बन्द हड्ताल नगर्ने भनी प्रमुख राजनीतिक दल लगायत अरु स-साना दललहरुले लिखित प्रतिवद्धता जनाएका छन्। तर त्यो अघि नौ महिनामा कति पटक बन्द, हड्ताल सहनुपर्ने हो हामीले ?

प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनामा मात्र ७२ बन्द हडताल, ९२ धर्ना, ३७ तालाबन्दी, ४८ चक्काजाम र १९२ पटक विरोध जुलुस प्रदर्शन भएको छ।

सो कार्यालयद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा दिइएको जानकारीअनुसार कर्तव्यज्यान, आत्महत्या, अपहरण, हातहतियार तथा खरखजाना, डाका, लागुऔषध, जबर्जस्ती करणी, सवारी दुर्घटनासमेत एकहजार १६८ आपराधिक घटनाका मुद्दा दायर भएका रहेछन्।

त्यसैगरी माघ महिनामा सवारी दुर्घटनामा परी १५७ जनाको मृत्यु हुनाका साथै २९४ जना घाइते भएछन्। सवारी दुर्घटनाका कारणमध्ये चालकको लापरवाहीबाट सबैभन्दा बढी १९० दुर्घटना भएको रहेछ। दुर्घटनाको दोस्रो ठूलो कारण तीव्र गति रहेछ। तीव्र गतिबाट १२५ वटा दुर्घटना भएका थिए। तीव्र गति पनि चालक कै कारण हुने हो। त्यसैगरी चालक कै गल्ती देखिने अर्को कारण ओभरटेकबाट ६५ दुर्घटना भएको रहेछ। यात्रुको गल्तीबाट ८९ दुर्घटना भएको रहेछ। यो सब तथ्यांक प्रहरीको हो।

माघ महिनामा २० वटा अपहरणका घटना भएकामा १९ जनालाई अपहरणमुक्त गरिएको पनि दावी प्रहरीको छ। ।

त्यसैगरी माघ महिनामा हतियारसम्बन्धी ४१ वटा मुद्दा दर्ता भएकामा सातवटा पेस्तोल, १३ वटा भरुवा, २४ कटुवासहित ८४ जना अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ।

त्यस्तै साउनदेखि माघ महिनासम्म ५५५ वटा घरेलु हिंसासम्बन्धी घटना भएको प्रहरीले जनाएको छ।

Related posts:

  1. सहर्ष जानकारीः बन्द ! बन्द !! बन्द !!!
  2. अब बन्द गर्न बन्द
  3. बन्द अनि फेरि बन्द, कति बन्द ?
  4. १२ सिटका लागि २९ जनाको मृत्यु ?
  5. लेबनानमा ७२ नेपालीको मृत्यु ?

47 comments to २९ दिनमा ७२ पटक बन्द

  • prabin

    हजुरको पोइन्ट अक्दुम मुनाशिब छ/ मा क भन्न चाहन्छु भने हामीले यो नेत्ताहरुलाई एकएक पोइन्ट निकाल्नु पर्चा उदाहरण को लागि रिशिधमाला उ क न्वांचा त्यो टरेको केटि नेत्ता तेस्त नेत्ता हरु अनि ऋषि धमला जस्ता पाजिलाई बचाउने नेत्ता उ आफै लै त्यो केस मा हाल्नु पर्छ अब ज्ञानेन्द्र जस्तोलाई त जरोंई उखेलेउ वने एस्त पज़िलाई कको बक्की राख्ने हो अनि फेरी प्रचण्ड जस्तो नामर्द केके नै गर्छु भनेर सोजा जनतालाई झुक्कयेरा फसाएर पार्टी बनायो लास्टमा माविस्ट को सिदान्त नै थाहा नारैचा खईता माओ को सिद्दान्त थाहा भैको भए सत्तामा पुगेर पनि केहि गर्न सकेन अखिरमा पानीले रुझेको स्याल जस्तै केहि नगरी कानै झर्यो त ओइलेको मूलाको पात जस्तै अब रिशिधमलाकै कुरा गरुन तेस्तो स्मुग्लेर हेर अब खुले आम मनै हु वनेर स्टिल पनि कामेराकै अगाडी आउन आतूर छ सालालाई

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Santosh Acharya

    सारै हासो लग्यो यस्तो समाचार सुन्दा, नेपाल को हालको
    परीस्स्थीति हेर्दा सारै माया लगेर औंचा आफ्नो देसको तर देसका नेता हरुको चाला माला देख्दा सारै रिस पनि उठेर औंछा, आइले नेपाल मा हेर्ने हो भने सबै यूबाहरु बिदेसिरहेका छन् किन कि नेपाल को परीस्स्थी र नेपालको येही बन्द र हड्ताल को कारणले गर्दा कुनै आबसर हरु पाइरहेका चिन्न तेसैले हामीले हाम्रो देश सुधार्ने हो भने पैला यो बन्द र हड्ताल लै जारी देखि उखेलेर फाल्नु पर्दछ तेस्को लागि देश विदेश मा रहेर सबै यूबा हरु एकजुट हुनु आबसेक छ .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पुष्प

    कमल थापाजस्ताले त बन्द गर्ने मेसो मिलेको देशमा बन्दको गिन्ती के गराइ भो र ! बन्दहरूबाटै राजनीतिक परिवर्तन सम्भव भएको हाम्रो देशमा अब यो बन्दको औचित्य साँच्चिकै समाप्त भइसकेको छ । आजसम्म जसरी बन्द सफल हुँदै आएको थियो, अब विस्तारै असफल भए आश्चर्य नमाने हुन्छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 7

    • बालिकालाई गाडीले ठक्कर दिदा ड्राइभरलाई बस भित्र थुनेर जलाउन खोज्छन , प्रहरीसँग पुरै गाउने भिडन्तमा ओर्लन सक्छन । त्यस्तै बालिकालाई जिस्काएको भरमा सुकुम्बासी बस्ती जलाउछन् । त्यस्तो जुझारुपन “बन्दकर्ता” को बिरुद्धमा प्रयोग भए नेपालमा फेरी बन्द गर्ने हिम्मत कसैले गर्दैन थियो । तर के गर्ने अनावश्यक काममा प्रहरीको आँखा फुटाउने किसिमको भिडन्त निम्त्याउछन । जब त्यहि जोश र जुझारुपन राष्ट्रलाई आवश्यक्ता पर्छ, कुम्भकर्ण सुते झै सुतिदिन्छन ।

      मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 0

      • madan_bajracharya

        सुशील जी

        मैले दुयिता घटना देखेको छुन/ गाडी चालकले लापरबाही सिट ठक्कर दिएर सामान्य घाईते मात्रै भएको मेरो परिबार सिट निकट सम्भंद भएका दुई जनालाई चालकले गाडी फर्काएर नमरुन्जेल पटक पटक किचायेर मारेको थिए/ तेती बेला गाडीले किचेर मरे मात्र १७ हजार तिरे पुग्ने तर घाईते भए उपचार गर्न धेरै खर्च बेहोर्नु पर्ने बात बच्न चालकले यसरि धेरै मारेको छ/

        तेस्ता चालक लाई जलाएर मार्न खोज्नु तेस्तो प्रबितिको बिरोध गरेको हो/ कानुन अपांग भए पछी यस्तो घटना हुन् जान्छ/ राम्रो कानुन नै नबनाउने बा बनाउन नदिने भए पछी के गर्ने खै/ गाडीले किचेर मान्छे मरेमा मात्र १७ हज्जार जरिबाना, गाई मरेमा आजिबन काराबाश, भैंसी मारेमा ४५हजर् जरिबाना/ यो कस्तो कानुन? अब १७ हजार बात ५०हजार् जरिबाना गर्ने भनेको मा हड्ताल गरे चक्का जाम गरे/ सरकारलाई जरिबाना बढाउँनै दिएंन/ यो कस्तो प्रबिती? अनि जनता आक्रोसित हुने नै भए सुशील जी/

        मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1

    • madan_bajracharya

      पुष्प जी
      बन्दको कारण जनताले भोकै मर्नु पर्ने अबस्था आउने भएकोले अब बनिने संविधानमै बन्द र बिरोध गर्ने एउटा एउटा निश्चित थाहूँको ब्यबस्था गरेर सरकारले त्याहा उठेको आवाज सुन्ने पर्ने गर्नु पर्ने जस्तो लाग्यो/ तपाईं लाई कस्तो लाग्यो र तपाईं सिट अहिलेको बन्द र बिरोध गर्न गरिने अराजक कार्येक्रम को बिकल्पमा दिन सकिने अरु कुनै सुझाव छ भने लेख्ने अनुरोध गर्छु/

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 2

      • पुष्प

        मदनजी,

        बन्दको महिमा समाप्त भइसकेकोले अब बन्द बन्द गरिनु नै उत्तम हुन्छ । तर बन्द विरोधको एउटा शैली भएकोले संविधानमै बन्दको निश्चित तरिका वा सीमा तोकिनुपर्छ । तर निश्चित ठाउँ ? मेरो विचारमा त जसका विरुद्ध विरोध गरिने हो उसको घर, कार्यालयको ढोका उपयुक्त स्थान हुनसक्छ । प्रधानमन्त्रीको विरोध गर्नुपर्ने भए उसको निवास र कार्यालय नै बन्द गर्न पाउनुपर्ने नियम बनाउन सहमति होला ? कमसे कम सत्तामा रजाइँ गर्न पल्केकाहरू कदापि सहमत हुनेछैनन् ।

        मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 2

        • madan_bajracharya

          पुष्प जी
          धन्यबाद/ हो प्रधान मन्त्रि बात गल्ति भएको छ भने उसले कानुनन गल्ति सुधार्न मानेन भने अरुको घर बाटो पसल किन बन्द गर्ने तेसैलाई कार्यलाये मात्रै किन घरमै पस्न बन्द गर्नु पर्छ/

          मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

          • मदन जी ,
            मेरो भनाइको तात्पर्य नेपालका चालक दुधले धोएका छन् भन्न खोजेको होइन । केवल एउटा प्रश्न मात्र हो की ” फलानाको छोरीलाई ठक्कर दियो रे भन्दा गोरु बेचेको साईनोको नाताले प्रहरी चुट्न आउन सक्ने त्यो जोश रातो दिन ‘नेपाल बन्द’ गर्दा भबिष्यमा आफ्नै छोरी भोक भोकै साउदीको साहुकोमा यौन शोषणमा जानुपर्ने दिन आउछ भनेर किन सोच्न नसकिएको ? बालिकालाई गाडी किच्दा जसरी पुरै गाउ एक जुट हुन्छन त्यसरी नै नेपाल बन्द आह्वान गर्नेको बिरुद्ध एक जुट हुन किन नसकिएको ? देशको नीम्ति चुईक्क बोल्न नसक्ने प्रब्रितीलाई तपाईं राम्रो भन्नुहुन्छ ??? मेरो प्रश्न त्यती मात्र हो, चालक असल छन् भन्न खोजेको होईन । उसले एउटा गल्ती गरेपछी पुरै गाउ नै मिलेर गर्ने अर्को गल्तीलाई माफ गर्न मिल्दैन । हुन त खलासीसँगको २ रुपैया भाडा बिबादमा २२ लाखको माइक्रो जलाउने महान चेतनशिल विद्यार्थी भएको हाम्रो देशमा १७ हजारको एउटी बालिकाको निउमा अर्को फ्रीको चालक जलाउदा के नै भयो र ?

            मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

            • madan_bajracharya

              सुशील जी
              तपाईंको भनाई ठिक छन्/ मैले उदाहरण दिएको मात्र नेपालमा कानुन नै पंगु भएकोले अपराध गर्ने हरु बढेको हो जनाउन हो/ भएको कानुन यात पंगु छन् यात पालना गराउने निकाएले नै पहिला भंग गर्छंत त् अनि कसैले कानुन नमान्ने भई गए/
              सरकार र नेतानै जव कानुन तोड्न थाल्छन र कानुन तोड्ने लाई अंगाल्दै हिद्छां भने अराजक स्थिति र अराजक मानसिकता हाबी हुने भई हाल्यो/ तपाईंले जनाउन खोज्नु भएको यहि हो येस्मा १०० प्रतिशत सहमत छुँ/

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bhaskar,VA

    बन्द नगरौ भन्ने गतिलो कुराको सुरुवात अहिले देखि नै गर्न किन नभएको यी नेताहरुलाई/ नौ महिना पछि चै बन्द नगरौ रे/

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • mahesh

    यी त भए तथ्यांक, सुधारको लागि के गर्दैछ त प्रहरी प्रसासन ??

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

    • तेज प्रसाद अधिकारी

      सुधार गर्ने रे ? मजाक नगर्नु न महेश जी / अब यिनीहरु अर्को तथ्यांक को तालिका मिलाउन ब्यस्त भैसके / यिनीहरुले गर्ने येत्ति हो / अपराधी भन्दा यिनीहरु निरिह छन् नेपाल मा किनकि हरेक अपराधी लाइ राजनैतिक संरक्षण छ / समाते पनि छोड्नु पर्ने बाध्यता छ / प्रशासन भन्दा अपराधीको पहुच र तागत ठुलो हुनाले पनि यिनीहरु अपराधी संग मिलेमतो गरेको हुनुपर्दछ / कर्मठ र इमान्दार पनि प्रशासनमा नभएका होइनन तर यौटा कुहिएको आलुले पुरै बोरा बिगार्छ भन्छन तर यहाँ त आधा भन्दा बढी आलु कुहिएको जस्तो छ / यी कुहिएका आलुलाई मल्खातोमा नपुरेसंम येसरी नै गनाइ रहने छ / बोरा बिगारी रहने छ /

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • लौ बधाई छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • द्रोण

    मदन जी

    नेपालीको खानामा प्रोटिन कम हुन्छ |धेरै लाइ राम्ररि मासुखान दसैँ पर्खनु पर्छ |
    तेसैले जुन अफिसमा मा पनि दिउसो १२ बजेतिर जादा कर्मचारी हरु उघीरहेका हुन्छन |
    एस्तो लाग्छ कामले थाकेर सुत्न न पुगेको , हप्ता दिन मा एक दिन को बिदा ले न पुगेको जस्तो |तेसैले प्राय कर्मचारी ,शिक्षक हरु सबैले अतिरिक्त बिदा खोजिरहेको हुन्छ |

    तेसैले धेरै पदीय व्यक्तिको भित्रि चाहना बन्द र हड्ताल हुन्छ |
    नेपालि हरुले बास्तव मा क्यालोरी पुराएर खान तिर ध्यान दिनुपर्छ |
    कसैले लाइ क्यालोरी कम (दिउसै उघने ) कसैलाई क्यालोरी ज्यादा (तोड फोड गर्ने )
    यो एउटा पक्ष को कुरा मात्र गरेको,सबै कारक यहि नै चै हैन |

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

    • madan_bajracharya

      द्रोण जी

      तपाईं ले भन्नु भएको भन्दा मलाई त् उल्टो लाग्यो है/ तपाईं ले प्रोटिन नपुगेर काम गर्ने जाँगर नभएर बन्द हड्ताल भए भन्नु भयो मलाई त् कुर्सि पाए कि लुटेर थुतेर खान पल्केकाहरुले जस्तै बाकि नेता हरुले पनि कुर्सि पाउन बन्द हड्ताल गर्दै गरेको जस्तो लागे/ रत्न पार्क बागबजार घन्टाघर चोक मुनि कुर्लंदै मलाई कुर्सि दे दे दे भन्दै बन्द हड्ताल गरेको सबै तेस्तै त् हो/

      तर अब तेस्तो बन्द गर्दै सबै बन्द गर्ने नेताहरु आपसी गठबन्धन गरेर सबैलाई भाग पुग्ने गरि कुर्सि मिलाए/ भू पु प्रधान मन्त्रीले आजिबन घर गाडी बती पानि नोकर चाकर पाउने बनाए/ नेता र तिनीहरुका कानुनि रखैलले समेत भई परि आउँदा लाखुं पाउने बनाए/ अब यिनीहरुलाई कुनै बन्द हड्ताल गर्नु छैन तर यिनीहरुले यसरि रास्ट्र लुतेकोले जनताले यिनीहरु लाई यिनीहरुले खाई पाई आएको बन्द गरि देला भनेर डराएर अब देखि बन्द गर्न नपाईने भयो भनेको हो कि जस्तो लाग्यो द्रोण जी/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • Kiran

    बन्द भनेकै नेताहरुको बिजिनेस हो । अरु सबै बिजिनेस बन्द भए पनि यो बन्द हडतालको बिजिनेस चैँ बन्द हुँदैन । खै कुरा बुझेको ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Radheshyam Bogati

    हामीले नेताहरुलाई मार्ने भन्दा पनि गर्न जरुरी कुरा के हो भने
    पहिला सबै नेपाली दाजुभाई दिदीबहिनीहरु एक जुट भएर
    आ-आफ्नो काम आँफै गर्न सिकौ । नेताहरुलाई रतिभर पनि
    साथ नदिऊ । जे गर्दा पनि भन्सुन चाकरी र अरुको भर पर्ने
    बानी आजै देखी छोडौ र यो पखन्डी नेताहरुको सरकार होइन
    जनताको सरकार बनाऊ ।

    नयाँ नेपाल यी चोर नेताहरुले बनाउने होइन । हामी नेपाली
    जनताले बनाउने हो। त्यसैले म त भन्छु बन्द हड्ताल र
    आग्जनी गर्ने भन्दा देश निर्माण गर्ने तिर लाग्ने होकी ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

    • MILAN

      बन्द हड्तालल र स्वार्थी नेताले गर्दा नै आजको यो यक्कैसौ सताब्दिमा पनि नेपाल विश्वको तुलनामा पछाडि छ। बिकास हुन सकिरहेको छैन। म राधेश्याम बोगटी जीको कुरामा पूर्ण सहमत छु। हामी नेपाली जनताको बुझाईको कमीले गर्दा नै नेताहरुले आफ्नो दल गत स्वार्थ पूरा गर्नका लागि हामिनेपाल्ली जनतालाई प्रयोग गरि रहेका छन्। भोली हामी नेपाली जनता सचेत भयर यी चोर नेताहरुलाई साथ नदियको अवस्थामा पनि नेपाल बन्द गर्न छोद्लान जस्तो छैन। किन भने एउटा पार्टीको २००/२५० जना केन्द्रिय सदस्य छन। यदि यिनी हरु मात्र रोडमा आयर तयार जलाई दियो भने पनी नेपाल बन्द भाई हाल्छ। माओवादीको दस वर्षे कथित जना आन्दोलनका बेलामा के नेपाली जनता रोड्मा तयार बालेर बस्थेत? बस्दैन थिएए तर पनि सारा दुनियाँ समसान हुन्थ्यो। गाउ घरमा त माओवादीको प्रभाव हुन्थ्यो त्यसैले बन्द हुन्थ्यो तर अती सुरक्षित मानिने राजधानी जिल्ला सदरमुकाम समेत पूर्ण बन्द हुन्थ्यो।
      अरको कुरा सम्पुर्ण नेपलिहरुमा यक न यक पर्तिमा आस्था नभयको मान्छे नै कोही छैनहोला। कोही पूर्ण कालिन सदस्य होलान् कोही साधारण सदस्य होलान, कोही पार्टी प्रति आस्थावान होलान।। तपाइ हामी बिपरित पार्टीकोले बन्द गर्दा बिरोध गर्छु तर आफ्नो पक्षकाले बन्द हड्ताल गर्दा सबभन्दा पहीले तपाइ हामी नै अगाडि गयर तोड फोड्मा सहिक हुन्छु यही कमजोरी छ हामिमा।
      महेश जी लेख्नु हुन्छ माओवादी सरकारमा भयको बेलामा नेपलमा बन्द गर्ने परिपाटी नै बन्द गरौ भनेर माओवादीको प्रष्तावलाई कङ्रेसले स्विकारेन र आन्दोलन गर्ने जनताको अधिकार हो भन्यो। आज कङ्रेस सत्तामा छ माओवादी पर्तीपक्षमा छ। आज माओवादी नै देशमा सब भन्दा बढी बन्द हड्ताल गर्ने पार्टी होला। साँच्चै माओवादी जनताको हित चाहने पार्टी हो भने बिधानमा नबनेकै काम गरेर देखाई दिनु पर्थ्यो। कुनै पनि माग पूरा गर्नका लागि बन्द हद्ताल छोडेर अरको उपाए अपनाउनु पर्थ्यो। आखिर बन्द हद्तालले के नै फाईदा भयको छ र्? आफ्ना माग पूरा गराउनकालागी अपनायको बाटो बाट नत सफलता नै प्राप्त भयको छ नत देशलाई नै फाईदा भयको छ। खाने मुखलाई जुङ्गाले छेक्दैन भने जस्तै राम्रो कामको लागि कुनै संबिधान र कानुनको जरुरत पर्दैन। राम्रो कामका लागि जनताले पनि साथ दिनेछन।

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

      • Bhimsen

        मिलनजी !
        आफ्‍नो कमेन्टलाइ निक्कै लामो बनाउनुभएछ, तपाइँले निम्न सारभूत वाक्यमात्र राख्दा पनि हुने थिएछ, बाँकी त बोक्रे कुरा जस्तो लाग्यो, गुदी कुरा चाहिँ यही हो भन्छु म पनि …
        ” तपाइ हामी बिपरित पार्टीकोले बन्द गर्दा बिरोध गर्छु तर आफ्नो पक्षकाले बन्द हड्ताल गर्दा सबभन्दा पहीले तपाइ हामी नै अगाडि गयर तोड फोड्मा सहिक हुन्छु यही कमजोरी छ हामिमा।”

        मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • Bhimsen Limbu

    कि त गैरजिम्मेवार, बेइमान र भ्रष्ट नेताहरुको सास–बास बन्द गरिदिएपछि मात्र बन्द कम हुनेछ कि त साँच्चिकै स्वच्छ, सफा मनले जिम्मेवारीपूर्वक नेपाल र नेपालीको हितमा नेताहरुको पहलमा सार्थक संविधान बनेपछि चाहिँ बन्दको क्रम केही घट्‍ला । तर, बन्द एउटा सँस्कार जस्तै बनेको साँचो हो र विरोध र प्रतिरोध त समाज र राजनीति रहञ्जेल भइरहन्छन् नै । विरोधको लागि बन्द नै नगरेर अरु नै विकल्प अपनाए उचित हुन्छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 2

    • madan_bajracharya

      लिम्बुजी
      सोचुं साथि हामी सबैले के बन्दको बिकल्प कुनै छैन भनि? प्रजातन्त्रमा उहिले पंचायेत्मा जस्तो बन्द गर्नु हड्ताल गर्नु अपराध हो त् भन्नै सकिंदैन/ अब गलत नीति र कार्येको बिरोध प्रदर्शन गरिंदा कसरि बिरोध प्रदर्शन गरे जनतालाई अप्ठ्यारो नपर्ने गरि सरकारलाई बिरोध र मागमा ध्यान दिने पर्ने हुन्छ, एस्तो कुनै त् तरिका होलानी लिम्बु जी/

      नभए यी बन्द हरुले जनतात बाच्ने नसक्ने भई गए/ अब यिनीहरुले बन्द एक बर्स नगर्ने भनेको कुरा पनि नाटकी मात्र हो/ त्यो भनेकै दिन कति थाहूँ मा यिनीहरुले नै बन्द गरि सके/ अस्ति अब एक बर्स बन्द नगर्ने भनि भानिन्दा पुष्प जी ले हास्न मन लाग्यो भनेको झल् झल् याद आई रहेको छ/ उहाँको व्यंग सटिक थिए/

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 4

  • madan_bajracharya

    यो सदर्व मा हामीले धेरै कुरा लेख्नु जरुरिनै छैन/ सबै कुर्सिको लागि लुछ्चा चुँदी गर्नेहरुनै हुन्/ बहुदल लाई सान्दर्विक बन्न नदिएको यिनै बहुलाहरुले नै हो/ तेसैले होला उहिले पन्चे जस्तो तानाशाहीले समेत यिनीहरु त् खतम छन् भनेर बन्द गरेर राखेको/

    यिनीहरु मात्र कुर्सि बादी हुन्/ जनतालाई मात्र भोट को निमित प्रयोग गर्ने, भोट ठुती सके पछी लुट्नु लुट्ने/ बहुदल चाहिने तर एक दल ले अर्को दल लाई चोर भन्दै गर्ने/ यिनीहरुको सरकार चलेको बेला कुर्सि वोगट्नेले मात्रै प्रजातन्त्र देखे जनताले त् घर दैलो थुनेर बस्नु पर्ने/

    सबैलाई कुर्सि मात्रै चाहिने/ तर के कुर्सिमा बस्ने पनि भोट लिएर बस्ने हो र भने/ जनताले चुनेको लाई थाग्नामा सुताएर जनताले हराएका हरु सबै एक हुल बाँधी कसैको हाट बात बात टिका लगाएर कुर्सीमा बसेका हुन् सबै/ यो मैले भनेको होयिन/ देसको उप प्रधान मन्त्रि सुजाताले अस्ति भनेको “….सबै मेरो बाउले टिका लगाएर मन्त्रि नेता बनाएको त् हो नि अनि के मलाई मात्र मेरो बाउले टिका लगाएर उप प्रधान मन्त्रि बन्न नपाउने?/

    वाह वाह टिके मन्त्रि र टिके नेताले चलाएको सरकार अनि कुर्सीमा बस्न नपाएकोले लोक लाई बन्द गरेर चलाएको लोक तन्त्र/ नमुना बनि गए हाम्रो नेपाल त्/

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 4

    • kesu

      मदन जी :
      यो बन्द गर्ने र हडताल गर्ने पार्टी र उसका जनबर्गीय संगठन हरु कुन पार्टी का होलान अनुमान गर्नु भयकै होला,अनि बाँकि पनि उसै बाट फुटेका टुक्रे संगठन हरु ले नै गरेका छन् त्यो पार्टी र तेसका जनबर्गीय संगठन सोझै देश द्रोही भन्न मिल्छा कि मिल्दैन होला?

      मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 3

      • madan_bajracharya

        केसु जी/
        खुसि लाग्यो अहिले तपाईंको सभ्य भाषामा लेखेको प्रतिक्रिया पढ्न पाएर/ तपाईं को प्रतिक्रियामा जवाफ लेख्नु भन्दा पहिला तपाईं प्रति हाम्रो गुनासो पनि सुन्नुस/ हामि गलत काम गर्ने नेताहरुलाई गालि गर्छौं/ कांग्रेसी नेताहरुको नाम बादी लिनु परेको देसमा सबै भन्दा बढी सरकार चलाउने र सबै भन्दा बढी बिकृति फैलाउने कान्ग्रेसिहरुनै बढी भएकोले हो/ अन्यथा कुनै पनि बहुदल बादीले बैधानिकता पाएको कांग्रेस पार्टी बा कुनै दलको बिरोधि हुनै सक्दैन/

        बहुदल बादी हरुमा गलत काम गर्ने कुनै पनि दलको नेताहरुको बिरोधि गर्ने पर्ने प्रजातान्त्रिक जिम्मेवारी छन्/ केसु जी म आफुलाई बहुदल बादी मान्छुं र तेही अनुशार प्रतिक्रिया लेख्छुं/ तेस्तै अरु साथि हरुले लेख्नु हुन्छ/ तपाईं अनि सबैलाई वाई श्याल र श्याल प्रचंद्र्को पुच्छरको रौँ आदि भन्नु हुन्छ/ तपाईं लाई लाग्छ तपाईं लाई कसैले केहि भन्ने सक्दैनन् भनि? धेरै भन्न सक्छ? श्याल कुकुर्नै नभनिकन त्यो भन्दा मुटु बिझ्ने सब्द हरु तपाईं माथि पनि खान्यायिन सक्छ/ तेस्ता सब्दहरु सबै सिट छन्/

        केसु जी मावोबादी हौँ भन्ने साथीहरुलाई पनि राम्रो मावोबादी हुनुस भनि प्रेरणा दिनुष गालि नगर्नुस/ तपाईं खिज्याउनु हुन्छ गालि गर्नु हुन्छ भने तपाईं सिट जति सब्दहरु छन् त्यो भन्दा कम सब्द कसै सिट छैन/

        मलाई तपाईं सिट तपाईं ले मलाई के भने कुरामा केहि गुनासो छैन/ तर तपाईं ले मारिएको जमिम लाई डन भनेको र एउटा नेपाली भारतीय गुण्डाले नेपाल भित्रै आएर मार्दा “एउटा डन लाई अर्को डनले मारे” भनि असम्बेदंशील प्रतिक्रिया दिनु भएको ठिक लागेंन/ तेस्तै तपाईं ले अस्ति लन्डन समाज ले सिमा मिच्न बन्द गर भनेको आवाज लाई भुकेको भनेको पटक्कै ठिक लागेंन/ तेस्मा संसोधन गर्न अनुरोध गर्दछुं/

        कांग्रेसी बन्नुश तर राम्रो कांग्रेसी बन्नुश/ मेरो कांग्रेसी मित्रहरु धेरै छन्/ तर सबै भन्दा बढी प्रभावित म श्री बिजय माली जी बाट भएको छुन/ नाम सुनेकै हुनु पर्छ/ उहाँ गिरिजा लबीको हुनु हुन्छ/ जमिम कै बुबाको टोल छिमेकी पनि हुनु हुन्छ/ काठमान्दौं को १७ वडा छत्रपाटीमा गजवको निशुल्क चिकित्शालाये चलाउनु हुन्छ/ दिनहुँ २०० भन्दा बढीलाई निशुल्क उपचार सेवा दिन लगाउनु हुन्छ/ मेरो मिल्ने साथि हो/ तर चुनावमा म उहाँ लाई भोट दिन्न/ सिधान्त त् मिल्दैन भन्छु/ उहाँ मलाई सिधान्त्मा अडिग रहन प्रेरणा दिनु हुन्छ; श्याल आदि भन्दैन!!! सोच्नुस केसुजी/

        अब जवाफ तपाईंको प्रतिक्रियामा/ हेर्नुश केसुजी यो बन्दको संस्कार नै गलत हो/ सबै भन्दा बिडम्बना सरकार चलाई सकेको दल ले जनतालाई मर्का पर्ने गरि बन्द गर्नु अतिनै जान बिरोधि कार्य हो/ अब तपयिन ले कुरा घुमाएर बन्द हरु धेरै मावोबादी जस्तै बाम पन्थिहरुले गरे भनेको हो/ सहि पनि छ गलत पनि छ तपाईं को कुरा/ येस्मा खोतल्न थाले बन्द ककसले गरे किन गरे भन्ने कुरामा महाभारत भन्दा ठुलो ग्रन्थ बन्छ/ तेता तिर लाग्नु भन्दा बन्द गर्नु पर्ने बाध्यताको सहि बिकल्प के हो तेतातिर सबै साथीहरुले सोच्नु पर्ने भई सके/ प्रजातन्त्रमा बिरोध नगर्नु त् भन्ने भएन तर कसरि सरकारको बिरोध गरिंदा जनताले पनि झन्झट भोग्नु नपर्ने र सरकारले पनि सुन्ने पर्ने हुन्छ तेस्तो उपाए के छ तपाईं ले पनि सोच्नुष लेख्नुस/ ठुलै देन हुनेछ तपाईंको/

        अन्तमा तपाईं लाई मित्रवत लेख्न दिनु भएकोमा धन्यबाद/ येस्तै गर्ने गरुँ/ म तपाईं सिट हराएक रुपमा हाट मिलाउन तयार छुँ/

        मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 7

        • mahesh

          केसू जी
          तपाई ६५ साल को शिवरात्री माँ भांग खैर भर्खरै बिझिनु भएको जस्तो लाग्यो. नात्र प्रचंड सरकार माँ हुडा उनले (आफु लाइ सजिलो होस भनेर भए पनी) अब बंद हड़ताल बंद लाइ प्रतिबन्ध गरु भन्दा “बंद गर्न पाउनु जनता को नैसर्गिक अधिकार हो तेस्लाई प्रतिबन्ध लगाउने हुन्न भन्ने कांग्रेस नै होइन?” अनी सबै दोष अरु पार्टी लाइ? ५१ साल को एमाले को तुलनात्मक लोकप्रिय सरकार बिरुद्द बिना मुदद कांग्रेस ले नेबिसंघ को कुण्डले मंडले लगाएर कटी छोटी बंद गरेको थियो तपाई लाइ थाहा छैन र? बिना पुर्बाग्रह भन्ने हो भने बंद सरकार बाहिर रहेको ले गर्ने हो र कांग्रेस अधिकांस सरकार माँ भएको ले एस्ले बंद गरेको नादेखिएको हो.नत्र भने देश लाइ रशातल माँ पुर्याउने सबै भन्दा जिम्मेवार पार्टी कांग्रेस नै बंद को दर्हो समर्थक हो.

          मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 7

          • kesu

            महेश जी,
            माओ बादी ले आफु बाहेक अरु सबै लाइ भांग खाय जस्तो देखछान तपाई को केहि दोष छैन आफ्नो दर्शन अनुसार देख्नु भो ठिकै छ.

            मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 2

            • mahesh

              केसू जी
              मैले, प्रचंड ले बंद लाइ प्रतिबन्ध लगाऊ भन्दा कांग्रेस ले जनता को नैसर्गिक अधिकार भनेर बिरोध गरेको कुरा तपाई ले थाहा नापाउनु भएको ले भने को हो. स सानो निंद्रा त छुतदाछ , तर तपाई ले येती ठुलो हंगामा थाहा नापाउनु भएको ले गहिरो निंद्रा माँ हुनु हदों रहेछ भन्ने बुझियो, अब यो गहिरो निंद्रा को कारण भांग नभए के होला त? की पशुपति माँ स्वदेशी पुजारी राख्यो भनेर ” स्वदेशी पुजारी चाहिदेन , इंडियन को मन दूखाउन पाइदें” भन्दै चाकरी शिरोमणि रामचंद्र पौडेल को नेतृत्व माँ भएको भारतीय दास हरु को जुलुस माँ सहभागी हुदै पशुपति तीर गएको बेला माँ भारतीय जोगी बात पाएको भांग उडाउनु भयो र गहिरो निंद्रा माँ पर्नु भयो? भनेर मात्रै हो.

              मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 4

        • Bhimsen

          धन्यवाद मदनजी !
          तपाइँका यस्ता उत्कृष्ट कमेन्टहरु यसरी नै पढिरहन पाउँ । निरन्तरको खेदो (माफ पाउँ योभन्दा उपयुक्त शब्द पनि प्रयोग गर्न सकिन्छ) पछि उचित मौकामा भेटेर केसुजीलाइ अन्तरमनमा साँचेर राख्नुभएको एक अनमोल उपहार (अमूल्य सुझाव) प्रदान गर्नुभएको छ । आफ्‍ना तफबाट वहाँमात्र होइन, कसैप्रति पनि दुराग्रह (इगो), रिसइबी, अनावश्यक विरोध, कुतर्क जस्ता केही पनि मनोविकारहरु नभएको स्पष्टोक्ति पनि दिनुभएको छ । म पनि उक्त स्पष्ट र सफा तपाइँका विचारहरुले थप प्रभावित भएको छु । “बैगुणीलाइ गुणले मार्नु पर्छ” भन्ने उखानको पनि कता कता याद आइरहेको छ ।
          तर, केसुजीलाइ खल्लो लाग्यो क्या हो ? कमसेकम अमूल्य सुझावका लागि ” धन्यवाद” को एक शब्द त खर्च गर्दा के नै बित्ला र ? भन्ने खसखस पनि लागेको छ । फेरि यहाँनेर यसो भनिरहँदा वीरजीले तपाइँहरुलाइ भिडाउन जुधाउन खोजेको बुझ्‍नु होला कि भन्ने आशंका पनि लाग्दैछ ।

          मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

          • बीर

            भीमसेनजी, मलाई के बहुला कुकुरले टोकेको होला र राम्रो कुरालाइ पनि जुधाउन खोज्यो भन्ने ? मलाई थाहा छ तपाई र मदन दाई कम्युनिस्ट समर्थक भएता पनि अरु जस्तो मेरो गोरुको १२रै टक्का कुरा गर्नु हुन्न | यहाँ म तपाईलाई एउटा के सुझाव दिन्छु भने तपाइले र मदन दाइले केशुजीलाइ माओबादीको खोइरो खन्यो भनेर सुझाव त दिनु भयो तर माओबादीका तर्फबाट अरुको खोइरो खन्नेलाई चाँही दिन भुल्नु भयो जस्तो छ, किनकि यहाँ त्यस्ता साथीहरु पनि थुप्रै छन्, को को हुन् भनेर सायद भन्न नपर्ला किनकि त्यति पनि नचिन्ने तपाईहरु त्यति सारो बुद्धु हुनु हुन्न | कि आफ्नो पट्टिकालाई खोइरो खनेको मात्रै देख्ने तर आफ्ना पट्टिकाले अरुको खोइरो खनेको चाँही नदेख्ने खाले दृष्टि छ तपाईहरुको ? यो चाही अलिक फेएर भएन है, किनकि मैले त दुवै तर्फबाट उस्तै हिसाबले खोइरो खनाखन भएको देख्छु |

            मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 2

            • Bhimsen

              धन्यवाद वीरजीलाइ ।
              मदनजी कम्युनिष्ट समर्थक होजस्तो मलाइ त लागेको छैन । वहाँ स्वतन्त्र हुनुहुन्छ जस्तो लाग्छ । किनभने वहाँका कमेन्टहरु कम्युनिष्टनिकट न रहेर स्वतन्त्र र निष्पक्ष रहेको जस्तो मलाइ लाग्दछ, यसबारे मेरो दृष्टिभ्रम भइरहेको पनि हुनसक्छ । तर केसुजीलगायत तपाइँहरुको हेराइमा वहाँ कम्युनिष्टनिकट भएको आधारहरु होलान् ।

              तपाइँले भन्नुभएजस्तो ” …माओबादीका तर्फबाट अरुको खोइरो खन्नेलाई चाँही (सुझाव) दिन भुल्नु भयो जस्तो छ, ..” भन्नुभएको छ । यो टिप्पणी शतप्रतिशत सत्य चाहिँ होइन । उदाहरणका लागि, एकपटक एक कमेन्टमा गगने मित्रले केसुजीका कमेन्टमाथि कमेन्ट गर्ने क्रममा खाते शब्द प्रयोग गर्नुभएको थियो । त्यतिखेर मैले खाते चाहिँ नभन्नुपर्ने भनेर टिप्पणी गरिदिएको थिएँ । पछिबाट गगने मित्रले गल्ती स्वीकार्नु पनि भएको थियो ।

              प्रस्तुत गरिएका सामग्री तथा अभिमतहरुको प्रकृति, आशय हेरी बुझी आवश्यक लागेमा टिकाटिप्पणी गरिने हो अनावश्यक लागेमा किन गर्ने र ?

              म स्पष्ट गरौँ कि चाहे जसको होस् म देखेसम्म र सकेसम्म कुनै पनि खाले कुनै पनि नाम र शिर्षकका गलत प्रवृत्तिका विरुद्ध उभिने कोशिश गर्छु । तर, दुइ विपरीत दिशातिर जाने डुङ्गाहरुमा एकैसाथ उभेर यात्रा गर्छु भन्नु चाहिँ अवैज्ञानिक हुन जान्छ । मतलब बुझ्नु भो होला … सँगै जान सकिने स्थिति भएसम्म मात्र सँगै जाने हो, रहने हो …

              तपाइँको निम्न वाक्यमा जोडदार सहमती छ, र म पनि त्यस्तै देख्छु, पाउँछु…
              …” दुवै तर्फबाट उस्तै हिसाबले खोइरो खनाखन भएको देख्छु |”

              मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

              • madan_bajracharya

                लिम्बु जी र बिर जी
                हामि सबै मित्र बन्न सक्ने हौँ / बिर जी ले मलाई बाम पन्थी बिचारको देख्नु भयो त्यो पनि ठिकै हो/ म टोल जिल्ला देशमा अधिकांश कांग्रेसीहरुको प्रबिती देखेर बामपन्थी साथीहरुको सन्निकट रहियो/ एउटा घटना सुनाउन्छुं किन प्रजातान्त्रिक धारको व्यक्तिहरु कांग्रेसीको प्रबिती देखि वाक्क लागेर बामपन्थी सिट सन्निकट हुन् गई रहेछ भनेर/

                कुरा २०४६साल् को जन्दोलन ताकाकै हो/ सबै बामपन्थिहरु ले गणेशमान को नेत्रित्वोमा समाहित भएर कांग्रेस लाई समर्थन गरिरहेकै थियो/ तेती बेला कांग्रेस हरु अलिकति राजनैतिक परिपकोता भएको भए आज साएद अधिकांस बामपन्थीमा लागेकाहरु कांग्रेसी बन्ने थियो होला/ तर कांग्रेसी हरु अहमि भएको ले अरु दल लाई दल नै नमान्ने भए पछी कुरा त् उल्टो भए/

                तेती बेला बिस्नुमतिको किनारमा काठमान्डू को प्युखा र प्याफल टोलको दुई जनालाई सेनाले गोलि हानेर मारेको लाश अलपत्र परेको थियो/ कर्फ्यु लागेको थियो/ मेरो घर नजिकैको होटलमा बसेका १८ जना अस्ट्रेलियेंन पर्येतकहरु साथ् लिएर लाश घेरेर बसियो तस्बिरहरु लियियो/ सहिद भएका हरुको लासको अन्तिम संस्कार गर्न टोलको सबै दलको सक्रिय कार्येकर्ता र साथि हरु भेला गरे/ लाशहरु एउतै चितामा सम्मानका साथ् पार्टीको झन्डाले बेरेर अन्तिम संस्कार गर्ने भने/ अब लाश उठाउन स्तेचरको जरुरि भयो/ झण्डाको जरुरि भयो/ झन्डा मात्र कांग्रेस को उपलब्ध थिए/ तर ति मारिएका हरु न कांग्रेस न बामपन्थी तिनीहरु मात्र प्रजातन्त्रको लडाई लड्ने सिपाहीं थिए/ स्टेचर लिन म एउटा क्लब को अध्यछ्य को घर गए/ त्यो मित्र खाती पन्चे थिए तर मेरो बाल मित्र पनि थिए/ मलाई तेती बेला तेस्ले ती मारिएका सहिद हरुलाई देश द्रोही हुन् र तिनीहरुलाई यसरि सामुहिक सम्मान दिएर डाह संस्कार गर्न लागेको मा मलाई समेत पुलिश लगाउने कुरा गरे/ म तेस्लाई गालि गरेर फर्के/ तर लाश को छेउ फेरी जान सकिएन/

                साथीहरुले ती दुवै जनालाई सम्मानका साथ् संस्कार गरे/ पछी आन्दोलन सकिए/ बहुदल बादी जिते/ बिजाये जुलुश निक्लिए/ त्यो बिजय जुलुशमा त्यो व्यक्ति पनि अबिर र फुल्मारा लगाएर यो जित कसको ….. भन्दै थिए/ त्यो त् कांग्रेस बनि सकेको रहेछ/ अब तेस्तो कांग्रेसी भएको थाहूँ मा म जस्तो बस्न सक्ने नै भएँन/ बामपन्थिहरु को सन्निकट भई गए तर बिल्ला भिरेर दलको बोका बनेन/

                जनता बन्दा मालिक भईन्छ दल सिट आबद्ध भए नेताहरुले कार्येकर्तालाई बोका बनाउँछ यो कुरा धेरै चोटी प्रमाणित भएको तितो सत्य हो/ बोका बनेर सांसद मन्त्रि भएको थुप्रै साथीहरु छन्/ म बहुदल बादी भएर पनि, कांग्रेस बिरोधि भएर पनि बाम पन्थी सिट अलि सन्निकट भएर पनि अराजनैतिक भई बसें/ यसैले मेरो प्रतिक्रियाहरु एस्तो हुन् गएको हो/

                ती दुई जना सहिद हरुको तस्बिर को अल्बम बनाएर अस्ट्रेलिया बात मलाई पठाए/ त्यो अल्बम मैले ती सहिद हरुको घर घर सम्म पुराए तर मैले आफ्नो परिचय दिएँन/ प्युखा र प्याफल मा ती सहिदहरुको सालिग़ बनेको छ; जो कोहिले देख्न सक्छ र उनीहरुको परिबार सिट माथि उल्लेख गरेको कुरा बुझ्न सक्नु हुन्छ/

                मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

        • sasang Lama

          मदनजी ! तपाइंले केशुलाई पारी भित्तामै पुग्नेगरी भन्नुभयो | इतिहास साछी छ, बन्दको शुरुवात गर्ने एमाले हो, कांग्रेससंग त बन्द गर्ने ह्याउ नै छैन, कार्यकर्ता परिचालन गर्ने क्षमता नै छैन, एक दुइ चोटी सत्याग्रहहरु गरि टोपलेका थिए | माओवादीले पनि अहम बिषयमा बाहेक झारपाते कुराहरुमा बन्द गर्ने परिपाटीलाई बन्दै गर्नु पर्दछ | नेपाली राजनीतिक पार्टीका प्रतिबिम्बहरु हेर्न म तपाईंहरुलाई ५२ सालतिर एकचोटी फर्काउन चाहान्छु | धनकुट्टाको हिले बजारमा आम निर्वाचनको ठुलो चहल पहल थियो| त्यो सानो बजारको सिरानमा राप्रपा, बिचमा कांग्रेस र पुच्छारमा एमाले कार्यकर्त्ताहरुले आफ्ना चुनावी प्रचार प्रसार गर्दै थिए | कांग्रेसी र राप्रपेलीहरु होटेल होटेलमा गएर भात मागेर त्यही भात दल्दै आफ्ना पाम्फ्लेटहरु भित्तामा टाँस्दै थिए भने एमालेको फूर्ती हेर्न लायकको थियो – एकजनाले मैदाले बनाएको माड बोकेको हुन्थ्यो,अर्कोले पाम्फ्लेट भुइंमा बिछ्याउन्थ्यो र तेश्रोले भित्ता रंग्गाउने रोलर बाल्टिनमा डुबाएर स्वार स्वार पाम्फ्लेटमा दल्थ्यो र चौथोले घरको भित्तामा छयाप्प टाँस्थ्यो | कार्यकर्ताको लगनशिलताले गर्दा बजारै सुर्यमय भएको थियो| राप्रपाहरू “कान्छीलाई घुमाउने काठमान्दु शहर….” गीत बजाएर नाच्दै थिए, कांग्रेसीहरु “ओले ओले, ओले ओले … भन्ने हिन्दी गीतमा नाच्दै थिएभने एमालेहरु ” सुन दाज्यु , सुन भाइ ; भोट दिन जाँदाखेरी सम्झिनुस है सूर्यलाई …” जस्ता जनगीतहरु गएर हातमा सुर्य, कुममा सुर्य र शीरमा सुर्य बोकेका खोकु छिन्तांगका किशोरी राईनीहरुले छमछमि नाचेको दृश्यमा एमाले मज्जाले प्रतिबिम्बित भएको थियो| त्यतिबेला एमालेले जनताको बोलीमा लोली मिलाएको थियो, जनतासंग एकाकार भएको थियो| अहिले एमाले स्खलित भएर “मेरा भारत महान” भन्न समेत बाँकी राखेन | वर्तमान अवस्थामा माओवादीसंग एमालेको ५२ साले जोश जाँगर देखिन्छ | कालान्तरमा माओवादी पनि फेरिने त होइन? एमालेको नयाँ संस्करण बन्ने त होइन ? सम्पूर्ण नेपालीलाई यहि चिन्ता छ |

          मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

          • madan_bajracharya

            ससांग जी
            उहिले एउटा ढोंगी सत्याग्रहमा बम पड्काएर मेरो सन्निकट छिमेकीको जवान छोरी अन्नपूर्ण होटलमा मारिएको कहिले पनि भुल्न नसकिने गरि मुटुमै छाप लागेको छ/ कांग्रेससि हरु मात्र कुर्सि चाहन्छन कुर्सि पाए पछी जनता लाई भन्दा भारत लाई खुसि गर्न चाहन्छन/ अरु पार्टीको बन्द प्रायेस सरकार को नीतिको बिरोधमा हुन्छ भने कांग्रेस को बन्द कुर्सि पाउन कुर्सि बचाउन हुन्छ/ कांग्रेससि हरु कुर्सि पाए पन्चे पनि बन्न तयार हुन्छन राजाबादी पनि हुन्छन र कुर्सि दिने कुरा गरे कसै सिट पनि मिलन सक्छन यो कुरा उहिले देझी अहिले सम्म प्रमाणित भएको कुरा हो/

            बन्द को बिकल्प के छ? बिरोध गर्न पाउनु प्रजातन्त्रको मोलिक गुण हो/ बिरोध त् गरुन तर जनतालाई झन्झट नहुने गरि सरकारले पनि सुन्नै पर्ने गरि गरुन/ एसको लागि अब बन्ने समिधान मै बिरोध जनाउने एउटा बिशिस्ट थाहूँ को ब्यबस्था गरि त्याहाँ पत्रकार र सरकारको उपस्थिति हुने पर्ने ब्यबस्था मिलाउनु पर्ने हो कि जस्तो लाग्छ/ बन्द को कारण भोकले कोहि मर्नु पर्ने कुरा अतिनै भयो/

            मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • Gyanendra Niraula

    Like third party software, I do have a solution for all these bands if you all agree:
    1. If you are an government or private sector employee, you should work more hours (overtime) per day to register your protest. That will certainly help to earn more even if you are going to protest for something that you think is not in your favor.
    2. If you are an daily worker, then you should also follow the same rule but should not stop working as that will ultimately help you to earn more and to compel your employer to listen you for your demand.
    3. If you are businessman, then first of all, you should pay the exact tax, VAT to say what is your demand and for what you are protesting. As everyone know that you are not paying tax properly even after collecting the VAT and other taxes after selling the goods to the consumer. That will certainly help the government to raise fund to develop the infrastructure of the country.
    4. If you are a teacher, then you are the best one to protest if you are thinking of. Just instruct the students of your school to bring the food for them and you will teach them extra time after the completion of the regular time. That will certainly raise a loud voice even in the higher level to listen you.
    5. If you are a farmer, just do your regular work at your place. That will help you to grow more foods at your farm. And, one more thing, if you grow a bit more, you can sell in the market to those people who do not have much more money to purchase a high-priced food.
    .6 If you are unemployed, I do have a humble request you to stay at home instead of coming outside as “खाली दिमागमा सैतानले सजिलै राज गर्न सक्छ/”

    I hope all these therapies/theories will certainly help to decrease all these jams, bands, and spend a good lifestyle.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • shristi shah

    हे भगवान देश को दुर्दशा सुन्दा त मुटुले सास फेर्न पनि छोडी दिन्छ कि जस्तो लाग्छ.एस्तो तरिकाले चल्ने देश मा बाच्नु भन्दा त ढुंगे युग मै जन्मेको भए बेश……….हैन आखिर यी बन्द हड्ताल गर्ने पनि त जनता नै हुन् नि कुनै पार्टी को सिद्दान्त बोकेका हैन र????आखिर उनीहरु लाइ चाहि बाच्नु पर्दैन कि कसो साथी हरु???उनीहरुलाई चाइ जीवन गुजारा गर्ने पिर हुदैन कि कसो???तेसैले ९९% नेपालि बिदेशियेपछी नेपाल फर्कन चाहदैनन् पैसाको लागि मात्त्र मान्छे विदेश पलाएन हुने हैन रैछन भन्ने मलाई पनि बल्ल थाहा हुदै छ.विदेश मा हुने नियेम,कानुन,र अनुशासनले मान्छे लाइ आफ्नो देश,आफ्नो माटो,आफ्नो परिवार लाइ भुल्न बाद्द्ये बनाइ रहेको अवस्थामा एस्तो समाचारले त झन् बिचलित पारिदिन्छ

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • भत्केको घरको जता फर्क्यो उतै दैलो ……..

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • kuber tamang(NORWAY)

    आजको युगमा आइपुग्दा पनि हामी यस्तो समाचार छाप्न र पड्नु लज्जास्पद हो भन्ने थाहा हुदा हुदै बाध्य छौ छाप्न अनि पडन किन कि हाम्रो दुर्भाग्य यहिनै सत्य हो ! जब सम्म देशमा कम्तिमा पनि ५० % जनता शिक्षित हुँदैनन् तब सम्म बन्द अनि हडतालको बेफाइदा व्यक्ति देखि राष्ट्र सम्म कति हुन्छा भन्ने कुरामा अनाभिग्यनै रहन्छा, तेसैले जति सक्दो चाडो नेपालको शैक्षिक पद्दतिको दिगो विकास गरुन ! एक जना मुर्ख नेताको पछाडी राजनीतिको परिभाषा नबुझी मह-मुर्ख बनेर हो हो मा लागेका हाम्रा दाजुभाइको बुद्दिको बिर्को सिघ्र खुलोस !
    एक दिन माई संसारमै नेपालको बारेमा आशा लाग्दो शुभ-समाचार पड़ना पाउने इच्छा सबै पाठकका मनमा छ भन्ने कुरामा दुइ मत नहोला !
    जय देश
    जय नेपाल

    कुबेर (नर्वे )

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • नारायण

    एक महिना मा ३० दिन हुन्छ तर बन्द,हड्ताल, धर्ना ,ताला बन्दी,चक्का जाम आदी आदी गरि टोटल ७२ दिन बन्द हड्ताल, धर्ना ,ताला बन्दी,चक्का जाम आदी आदी त अब कुरा आयो मानी लिनुहोश की १०००००० ( दश लाख ) रुपिया लगानी गर्छा कसैले भने तो लगानी कर्ता ले १ मैना को बैंकिंग ब्ज दर १३% ले बैंक लाई तिर्नु पर्छ भने एक दिन मा नै २.४ पटक कारोबार हुदैन अनि तो लगानी कर्ता ले सीदै एक दिन मा नै ३६१.११ रुपिया बैंक को मात्रै ब्यजा लागनी भयो अनि बाकी बिजुली, कर्मचारी तलब रूम रेंट आदी आदी सबै मीलाउदा त त्यो लगानी कर्ता त ४/५ महीना मा त आत्मा हत्या गर्छ किन के लगानी गरि सके पशी इन्कम न भय पशी क गर्नी त ????

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 0

  • MAHARJAN bimal

    प्रहरी संग तथ्यांक चाही रहेछ खुसि लग्यो, अरु खुसि लाग्ने थियो एदी प्रहरीले यो सारा समस्या समाधान गर्न सकेको भए | आशा गर्दछु, प्रहरीमा राजनीतिकरण, घुसखोरीको अन्तेय भै नया घाम उदाउने छ जसले सारा नेपाली जनतालाई आराम को सास फेर्ने दिन दिने छ |

    जय नेपाल, जय नेपाली !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • bahadur

    ग्रीनिज बुक मा नेपाल ले बन्द हड्ताल नाम लेखाउन को लागि सबैले पहल गर्नु पर्ने बेला अयेज्जस्तो छ../

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 3

    • तेज प्रसाद अधिकारी

      प्रहरी ले संकलन गरेको तथ्यांक मा केहि कुरा छुटे जस्तो लग्यो जस्तै..

      (१) प्रहरीको मिलेमतोमा कत्ति व्यक्तिको हत्या भयो?
      (२) प्रशासनमा भ्रस्टाचार गर्ने को को हुन् र कहाँ कहाँ भयो?
      (३) खुल्ला सिमाना बाट हुने तस्करी मा तस्कर हरुले कुन कुन प्रहरी चेक पोस्ट कुन कुन पद का प्रहरी अधिकृत हरुलाई ” लाइन ” मिलाइएको छ?

      अरु पनि छन् तथ्यांक छुटेको तर यिनी हरु नछुट्नु पर्ने छुटेको हुनाले जानकारी गराएको मात्र हु /
      धन्यबाद

      मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 5

      • Bhimsen Limbu

        तेजजी !
        तपाइँको सचेतनापूर्ण नजर वा ध्यान त्यतातिर गएछ । यो बढो सकारात्मक छ र आवश्यक पनि छ । तपाइँको विश्लेषक नजरले देखिएका यी विषय पनि नसमेटिए उपरोक्त तथ्याङ्‍क अधुरो रहनेछ । एक उदाहरण जस्तै, सहकर्मी प्रहरीहरुबाटै बलात्कृत सुन्तली धामीको मुद्दा पनि उक्त तथ्याङ्‍कमा समेटिएको छ कि छैन ? आदि र यस्ता अरु पनि छन् ।

        मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 4

    • krishna shrestha

      बन्द हड्ताल गर्नेहरु गैर सामाजिक तत्व हुन |जनताको स्वतन्त्र पुर्वक हिडडुल गर्ने आफ्नो काम गर्ने ब्यापार ब्याबसाय गर्ने अधिकार खोस्नेलाइ कानुनि दायरामा ल्याई गैर सामाजिक( Anti social )घोषणा गर्नु पर्छ |बन्द हड्ताल गर्ने पार्टी संगठनलाई चुनावमा उठ्न दिनै हुदैन |बन्द र हडताल कहिल्यै जनताको पक्षमा हुदैन |नागरिकहरुको स्वतन्त्रता भनेको को प्रधानमन्त्री बन्छ को पुलिस चिफ बन्छ को प्रधानसेनपती बन्छ भन्ने होईन त्यो नेताहरुको स्वार्थको कुरा हो |खेती किसानी गर्ने जनतालाई ,आफ्नो जिवन निर्वाह गर्न कतै रोजगारी गर्नेहरुलाई ,जिबीकोपार्जनकैलागी बन्दब्यपार गर्नेहरुलाई जो सुकै प्रम बनोस पुलिस चिफ बनोस आर्मी चिफ बनोस सरोकारको बिषय होईन |उनीहरुको सरोकार स्वतन्त्रपुर्वक आफ्नो काममा दैनिक जीवनमा खट्न पाउनु हो |यही नै जनताको सर्बोच्चता हो |बन्द हडताल नेताका स्वार्थ पुर्ती गर्ने फुर्ती लगाउने माध्यम हुन |जनताको जीवनमा अबरोध गर्ने काम गैर सामाजिक काम हुन |Stop Anti Social बन्द हड्ताल !!!!!

      मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 0

    • Luna

      बादर चरित्रका नेताहरुले जनतालाई ” नरिबल ” बनाए – - -

      मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 0

      • पुष्प

        नेता’हरू’ ? ज्ञानेन्द्रवादीहरूको हड्डी हाँस्यो होला लुनाजी ।

        मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 4

      • तेज प्रसाद अधिकारी

        लुना जी,
        नरिवल त देश लाइ बनाए यी बाँदर नेता ले , जनता त्यो नरिवल भित्रको पानि…

        मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes