-हरिप्रसाद भण्डारी-
धेरैले यसै भन्थे। एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू। थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर। कहिले भीरको बाटो, कहिले जङ्गलको बास। यात्रा कहाँ हुन्छ र सुगम ! चितुवा र ब्वाँसाको झम्टाइ, तीखा ढुङ्गा र काँडाको घोचाइ।
भोकप्यासका कुरा त सामान्य हुन्छन् यात्रामा। बाटो सजिलो थिएन, आस्था बलियो थियो। आस्था र विश्वासका भर्याङ चढ्दै, आशा र भरोसाका जङ्घार तर्दै अघि बढ्दै थिए यात्रीहरू। एउटा ज्योति धिपधिप बलिरहेको थियो, पारि क्षितिजमा।
‘आऊ।’ हाँसेर बोलाउँथ्यो।
‘आऊ।’ अलि वरसम्म लिन आउँथ्यो।
र, कहिल्यै नथाक्न र सधैँ विजयी हुन हौसला दिन्थ्यो।
ऊसँग चहराइरहेका घाउमा लगाउने मलहम थियो। रोगीको रोग निको पार्ने ओखती थियो। र, मूल कुरो त मान्छे मान्छे भएर बाँच्न के चाहिन्छ, त्यो वस्तु थियो।
पहिले त्यहाँ पुगेकाहरूले सुखले जीवन बिताएका थिए। उनीहरू पनि ओर डिलमा आएर छिटो छिटो हिँड्न हुटिङ गर्थे।
“त्यो बाटो गाह्रो छ, नजाऊ। कठिन यात्रा, प्राण जान सक्छ। जीउ गल्न सक्छ। र भएको जेथा पनि गुम्न सक्छ।” एकथरी भाँड्न खोज्थे।
“हिँड्नुपर्छ, हिँड्नुपर्छ, साहस बोकी हिँड्नुपर्छ। एक स्वर, एक लय र एकै लस्कर भएर अघि बढ्नुपर्छ। थाक्नु मृत्यु हो, ज्युँदै मर्न नखोजौँ, हिडौँ जीवनयात्रामा कत्ति हार नखाई।” अघि जानेहरूले हौसला दिन्थे।
“चिसो भएर सुनिनुभन्दा आगो भएर बल्नु ठीक, बाँचेर सधैँ मर्नुभन्दा एकैचोटि मर्नु ठीक। हामी मरे पनि अर्को पुस्ता जन्मन्छ र हामी हिँडेको बाटो पहिल्याएर अघि बढ्छ।”
बाटामा यस्तै कुरा हुन्थे।
+ + + + + यात्राका क्रममा, बाटाका बीचमा, एउटा आकृति थियो, डरलाग्दो आकृति ! काँचै खाउँलाजस्तो गरी बाटो छेकिरहेको थियो। भोका ब्वाँसाहरू उसका वरिपरि नाचिरहेका हुन्थे दाह्रा देखाएर। छुच्चा गिद्धहरू आकाशमा उडिरहेका हुन्थे नङ्ग्रा उजाएर। र, हिंस्रक चितुवाहरू बाटो छेकिरहेका हुन्थे, काँचै खाउँलाजस्तो गरेर। ती दुष्टहरूले कैयौँ निर्दोष यात्रुलाई जिउँदै मारे, टुक्रा पारे र आफ्नो आहारा बनाए।
“भागौँ, मर्नुहुन्न।” एकाथरी डराउँथे।
“नडराई अघि बढौँ, पछि नहटौँ।” अर्काथरी साहस भर्थे।
रात गाढा हुँदै गइरहेको थियो। आकृति झन्झन् डरलाग्दो देखियो।
“भूत–प्रेत हुन सक्छ।” एकथरी डराए।
“भूत होइन देवता हो।” अर्काथरीले आदर गरे।
“यस्ता भूत–प्रेत खतरा हुन्छन्। तर्साउँछन् र ज्युँदै निल्न सक्छन्। हाम्रा बाबाले भन्नुभएको यस्तासँग निहुँ खोज्नुहुँदैन।” कोही यसो भन्थे।
यसैगरी विभिन्नथरी कुरा छचल्किँदै थिए बाटाभरि।
त्यसले धेरै समयसम्म अघि बढ्न दिएन। बाटोमा अवरोध खडा गर्यो। यात्रुमा भ्रम छर्यो। तर पनि यात्रा रोकिएन। सबै यात्रु सजग भए। हातेमालो गर्दैगर्दै अगाडि बढ्दै गए। यात्रुको लहर उर्लँदै गयो।
“पछि हट्ने होइन, अघि बढ्नुपर्छ।” सबैका मुखबाट सामूहिक आवाज आयो।
लौरा टेक्ने लौरा टेक्दै, भारी बोक्ने भारी बोक्दै, हलो जोत्ने हलो बोक्दै अनि चर्का चर्का नारा बोल्दै, ठूलाठूला राँका पोल्दै र अवरोधका पर्खाल तोड्दै यात्रीहरू अघि बढ्दै रहे। यात्रीहरू कत्ति नडराई नजिकै आएको देखेपछि आकृति अत्तालियो र बाटो छोडिदियो। यात्रीहरू झन् खुसी भए र आफ्नो लक्ष्यलाई पछ्याउँदै अगाडि बढिरहे।
पारी क्षितिजमा आशाको दीप उज्यालो छर्दै यात्रुहरूलाई बोलाइरहेको थियो।
[तपाईँ पनि कथा, लघुकथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् story@mysansar.com मा]
Related posts:












बास्तबमै, जति सुन्दर उदेश्य त्यति नै कठिन हुनसक्छ यात्रा. उठौ, हामी पनि यी यात्री हरुका हौशला बुलन्द गरौ, होस्टेमा- हैसे गरौ. धन्यवाद कथाकारलाई.
११
मन परे हरियो, नपरे रातोः
1
0
हरि प्रशाद भण्डारी को कठिन यात्राको कथा निकै राम्रो छ यो कथा ,कथा नभै बास्तबिक घटना हो जस्तो लाग्छ ,मलाइ निकै ठुलो काम गर्ने बेला हाम्रो मनमा निकै अन्तरदोंद हुन्छ साहश र कायरको ,बिर र काथर को भिड को मनो भावनाहरु राम्रो तरिकाले प्रोस्तुत गर्नु भयको छ कथा राम्रो छ
मन परे हरियो, नपरे रातोः
2
1
पारी क्षितिजमा आशाको दीप उज्यालो छर्दै यात्रुहरूलाई बोलाइरहेको थियो……………..!!! राम्रो कथा………..
मन परे हरियो, नपरे रातोः
3
2
लघु कथा
**************
”ये त्यो बार भित्र छिर्यो ,समा ,समा ” भिड को अगी भागिरहेको पकेट मार् लाइ लक्षित गर्दै कोइ करायो |पकेट मार् भिड छिचोल्दै जसो तसो मन्चमा पुग्यो |
एकैछिन सबैको नजर बाट हरायो,फेरी अनायास देखा पर्यो |
लुगा उस्तै, अनुहार लग बग उस्तै तैपनि मन्चमा नेताहरुसगै कुर्सीमा बसिरहेको
उसलाई हम्मेसी कसैले पकेट मार् भन्ने आट गरेन|
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
कार्यक्रम क्रमश समापन तिर जादैथ्यो,अन्त मा उद्घोषक ले भूमिका बाद्दै भने ,अब बोल्ने पालो छ , ”सडक बादी सर्बहारा नेताको ”|
उ मंच मा उभियो,माइक हात मा लियो ,भाग्दा भाग्दै सुकेको मुख ,खक खक गर्दै थुक निल्यो र आफुलाई भर्खर लाखाटने भिड लाइ नियाल्यो |
”यो के का लागि हल्ला खल्ला , तपाइहरुले खोजेको के ? देशलाई लुटेर स्वित्जर्ल्यांड मा पैसा लुकाउने हरुलाई पक्डन सक्नु हुन्छ ? सक्नु हुन्छ ,बालुवाटार मा बस्ने ,सिंह दर्बार मा बस्ने चोर हरुलाई पक्डन ??”
सबै ले ट र र तालि बजाए | उसले अगाडी गिलास मा राखेको पानि एकै घुट्को मा सिध्यायो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
यो लेख राम्रो छ र मेरो जीवन कहानी संग पनि मिल्छ
मन परे हरियो, नपरे रातोः
1
2
भयंकर कठिन यात्रा पार गरेर ” लोकतान्त्रिक ” आगन मा पदार्परण त भो ,
अब अहिले आएर यहि आगन मा ‘भूचाल’ गैरहेको छ – - –
राज्य सरकार ‘भत्केको घर’ जस्तो बन्दै छ – - –
राज्य प्रशासन अपराधिक गतिविधिमा जेलिएको छ – - –
आर्थिक रुपमा दह्रा व्यक्तिहरु सरकार संग ‘ निजि रुपमा एक सुरछा कर्मी ‘ को माग गर्न पुगेका छन् , यसको मतलब हुने खाने ले हतियार को बन्दोबस्त गर्न पाउनु पर्छा
भन्ने हो सुरछ्या को खातिर .
नेपाल हुने खाने ले भरिएको मुलुक होइन , यहाँ हुने खाने भन्दा आज खाएर भोलि को लागि जोहो गर्न संघर्स गर्ने हरु को संख्या अत्यधिक मात्रामा छ , तिनको सुरछ्या
तिनले आफै ले कसरि गर्ने ? !
जिउ धन कै सुरछ्या को ग्यारेन्टी हुन् नसक्ने अबस्थामा तिनले गर्ने प्रगति को आश
कसरि पो गर्नु ! कति मात्रामा गर्नु !
भयङ्कर कठिन यात्रा मार्फत प्राप्त आगन मा शान्तिको फूल उमारेर बिकास को सुगन्ध छर्ने दिन ल्याउन फेरी पनि अर्को कठिन यात्रा तय गर्नु पर्ने अबस्था आउदै छ —-
मन परे हरियो, नपरे रातोः
6
8
लुना जी ले माथिको कथालाई अलिकति भए पनि पूर्णता दिने कोसिस गर्नु भएको मा धन्यबाद /
मन परे हरियो, नपरे रातोः
0
0
आफ्नो उदेश्य प्राप्तिको लागि साहश;हिम्मत र अथक प्रयाश जरुरि छ/
मन परे हरियो, नपरे रातोः
1
1
मानिसले अनबरत प्रयाश गर्यो भने एकदिन गन्तब्य स्थानमा पुग्न सफल हुन्छ भन्ने संदेश दिन खोजेको छ कथाले/
मन परे हरियो, नपरे रातोः
0
1
कथा सार्है मार्मिक र हृदयी स्पर्शी छ| जनयुद्ध र जन आन्दोलन द्वारा देशको २४० बर्षे शाही सत्ताको अन्त भएको कुरा सत्य हो| कसैले यसलाई नजर अन्दाज गर्न सकिन्न| अहिलेको अबस्थामा पनि दलहरु बीच सहमति र सहकार्यको राजनीति कायम गर्दै अगाडी जाने हो भने देशमा केहि न केहि राम्रो हुने थियो|
मन परे हरियो, नपरे रातोः
0
2
साथी हो यो कथा त हाम्रा राजनिती नेता हरु संग मिल्दो रय छ नि हाम्रो इतीहास लाई हेरौ त ????
मन परे हरियो, नपरे रातोः
3
3
मित्र नारायण जी,
यो कथा हाम्रै कथा हो र यसमा डरलाग्दो आकृति ले राजतन्त्र को संकेत गरेको छ / तर लेखक जी ले अहिलेको यो लथालिंग र भताभुंग तरल राजनैतिक अवस्थाको पनि हल्का चित्रण गरिदिएको भए अझ सुनमा सुगन्ध हुने थियो कि…
मन परे हरियो, नपरे रातोः
2
3
मेरो पनि त्यही हो भनाइ ,,, मिस्टर तेज प्रसाद जी ,,,,,
मन परे हरियो, नपरे रातोः
3
3
राम्रो कथा
अप्ठाय्रो र बाधा पंछ्याउन साहस गर्ने नै आफ्नो लक्ष माँ पुग्न सक्दछ. जीवन शर्मा को गीत ले भने झै
”
पहिरो ले रोके पनी
पहरा ले छेके पनी
सागर भेट्न जादैछ नदी, नदी संगे तिमी जाऊ
पानी माँ खेलने माछी तिमी पौड़ी खेल्दै जाऊ”
मन परे हरियो, नपरे रातोः
7
2
कस्तो आशा लाग्दो कथा ! नेपालको जस्तो…….
मार्मिक छ कथा ! यथार्थ जस्तो…….
कठिन छ यात्रा ! नहिदी नहुने……
टाढा छ लक्ष्य ! नपुगी नहुने…….
मन परे हरियो, नपरे रातोः
4
3