अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सेनाका श्रीमतिहरुको संघले अहिले काठमाडौँको जंगी अड्डाबाहिरको सानो टुँडिखेलमा मेलाको आयोजना गरिरहेको छ। पहिले यो संघको नाम सैनिक अधिकृत श्रीमति संघ थियो। अर्थात् सेनाका माथिल्लो दर्जाका अधिकृतहरुकी श्रीमतिहरु मात्र त्यो संस्थामा रहन्थे। लोकतन्त्रको स्थापनापछि सेनालाई लोकतान्त्रिकरण गर्ने भन्दै केही कदम चालिए जसमा यो संघको नामबाट अधिकृत हटाएर सैनिक श्रीमति संघमात्र राखियो। रक्षा संवाददाता भोजराज भाटसँग त्यो मेला हेर्न गएको थिएँ। सेनाको अलग संसार रहेछ त्यहाँ। केही फोटो हेर्नुस्-

यो सेनाको रेन्जर बटालियनको स्टल हो। यहाँ ब्याग, ज्याकेट, चश्मा आदि विभिन्न सामान बेच्नलाई राखिएको छ।


सेनाले प्रयोग गर्ने विभिन्न सामान त्यहाँ बेच्न राखिएको छ।

विभिन्न पृतना, गणका सामान, रमाइला खेलहरु त्यहाँ राखिएको छ।

दर्शक पनि सैनिकहरु, उनीहरुको परिवार, नजिकका नातेदारहरु नै बढी देखिन्थे।

रत्न पुस्तक भण्डारको स्टलसमेत रहेछ त्यहाँ। त्यसैगरी बैंक, सोलार कम्पनीका स्टल पनि थिए।

मोर्टारमा बल छिराउनु पर्ने खेल।

द्वन्द्वकालमा घाइते भएका सैनिकहरु।

दिनको दुई पटक मेलामा कुकुर प्रदर्शनी पनि हुने रहेछ।

के रहेछ यो कुकुर प्रदर्शनी भनेको त तालिमप्राप्त सेनाका कुकुरहरुको कला देखाउने कार्यक्रम रहेछ।

सिठीको तालमा सैनिक र कुकुरले एक साथ कवाज खेल्ने रहेछन्।

सैनिकको अनुशासनमा बसेका देखिन्थे कुकुरहरु पनि।

सेना र कुकुरको स्यालुट एक साथ।


कुकुर प्रदर्शनीका दर्शकहरु।
मेलामा घोडा चढ्न पनि पाइने रहेछ। हामीले पनि चढ्यौँ घोडा। जीवनमा पहिलो पटक घोडा चढेर कुदाउँदाको अनुभव अर्को ब्लगमा-

Related posts:











नेपाली सेना नेपाल को गौरब हो ,,,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
6
गौरब लाग्ने खालको काम पनि त गर्नु पर्यो नि….
मन परे हरियो, नपरे रातोः
4
9
सेना भनेको जुनसुकै देशमा पनि यस्तै हो त्यहाको नियम कडा हुन्छ धेरै साथीहरुको भनाइमा सेनामा लोकतान्त्रिकरण भनेको के हो मैले बुझ्न सकिन
के अब नेपालको लोकतन्त्र सेनामा पनि आउने हो त ? अब सेनाले पनि नियम पालना गर्नु छाडेर क्रान्ति हुन् त ? कहिले कुन गण बन्द कहिले कुन ..कहीं नभएको जात्रा हाडीगाउमा नियम पालना र अनुसासन मा बस्न नसक्नेले सेनामा जागिर खाने नै होइन नि ..सेनामा सानोले ठुलोलाई मान गर्नै पर्दछ हुकुम मान्नै पर्छ यहि नै अनुसाशन हो मलाई लाग्छ हामी नेपाली सबै सेना जस्तै अनुसासित भएर कुरो भन्दा काम धेरै गर्ने बनि बसाल्नु पर्छ …जै नेपाल
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
0
लोकतान्त्रिकरण भनेको बन्द हड्ताल हैन नि मित्र , लोकतन्त्र को नाम मा बदमासी गरेको कुरा लियर तपाई लोकतन्त्र कै खिल्ली नउडाउनु होला | हाकिम सब हरुको घर मा उनीहरुको श्रीमती को फरिया धुन लगाउछन् बिचार सिपाही हरुलाई (विकास निर्माण तर्फका सैनिक हरुलाई ) त्यो त राम्रो भयन नि हैन |
मन परे हरियो, नपरे रातोः
1
4
जेहोश केहि मतलब छैन ………….अरुको कुरा काटेर बस्नु बाहेक अरूके काम छर नेपाली जनताको ……………………
मन परे हरियो, नपरे रातोः
3
3
मैले पनि सबै साथीभाई हरु को कोमेंट्स पढे खुसि लाग्यो तर मैले यौटा बुज्न नसक्ये को कुरा चै बहिनि भनौ या दिदि श्रीस्ती शाह को कुरा ले त मर्यादा नाघे को झैँ लाग्यो…आफु पनि नेपाली सेना मा आबद्द हुनुहुन्छ र शोयम नेपाली सेना लै नै खुला रुप मा जथाभावी,नचाहिने आरोप लाउदै हुनुहुन्छ,…सायद वहा ले जुन थाल मा खानुहुन्छ तै थाल मा चुठ्नु हुन्छ जस्तो लाग्यो….बधाई छ तपाई लाई इस्नातक गरे र पनि सेना को तल्लो दर्जा मा जागिर खानु भा को रैछ…तपाई को हाकिम हारु औठा छाप पनि भन्नु भयो,कुन चै दर्जा मा औठा छाप लाई नेपाली सेना मा भर्ति गर्ने गरे को छ?र आर्को कुरा तपाई ले इश्नातक पढेर सेना मा जागिर खाए को मा खेद छ भने….तपाई अर्को जागिर तिर पनि जना सक्नुहुन्छ नि हैन र?…हैन भने तपाई ले धेरै फुर्ति नहान्नुस….आज भोलि सबै ले सेना लाई बुजी सके का छन् र तपाई जत्ति कै पढे लेखे क़ा पनि छन् …सायद हामी आम जनता ले नेपाली सेना लाई वुजे अनुसार तपाई त सेना को अनुसासन भन्दा बाहिर नै हुनुहुदो रहेय्छ…..तपाई लाई मन् पर्दैन भने येसरी जे मन मा आयो त्यो नबोल्नुस,तपाई जस्तो नेता मन् परि बोल्ने भएर देश डुब्यो,अब तपाई जस्तो मन् परि बोल्ने मान्छे ले गर्दा पबित्र सस्था पनि डुब्छ……
मन परे हरियो, नपरे रातोः
8
2
म पनि पूर्वनेपाली सेना भयको नाताले भन्नपर्दा शाह बहिनीले भनेको कुरा १६ आना ठिक छ है साथीहरुहो, धन्यवाद .
मन परे हरियो, नपरे रातोः
3
4
हाम्रो सेना,हाम्रो गौरव, हाम्रो परिचय/ सेना झन्डा बचाउन बन्दुक बोक्छन/
सेनाले देस र देस बासि अनि मात्र दुस्मन चिन्छन/ आदेस मा सुत्छ उठ्छ/
सेनाले सम्मान गर्न सलाम गर्छ अनि दुस्मन को छातीमा गोलि ठोक्छ/
सेनाले सोच्दैनन् आदेशको पालना गर्छन/ सेना अनुशासनको नमुना बन्छन/
हामि को हुन्? बिस्वोले नचिनेको बेला यहि सेनाले नेपालीलाई चिनाएको हो/
सेनाले कहिले गल्ति गर्दैनन्/ त्यो त् एक पवित्र संस्था हो/ तेस्को मान गरूँ/
सैनिक सेनाको एक जवान हो, तिमि म जस्तै हुन्/ कसैले गलत गरे पनि होला/
ऐना अगाढी उभिएर आफैलाई सोधुँ त् कति गलत काम आफुले गरेको छ भनि/
युद्ध भूमिमा एक्लै तिमि हाम्रो लागि गुमनाम मर्ने सेना कति जना थिए त्यो सम्झुं/
देसको लागि चुपचाप मरिदिने सेनाको पवित्र मुहारमा राजनीतिको हिलो नछ्यापुं/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
5
केहि छुटेकि,
उपल्लो दर्जा शेना
निरङ्कुश ताका अकुत भ्रष्टचार,
बाहिर देख्दा अति शिष्टचार
निम्न स्तरको शेनाहरु
उपल्लो दर्जा शेनाको घरमा नोकर
माथिल्लो दर्जा मोटिने
तल्लो दर्जा छोटिने र घोटिने
मोटिएको शैनिक अधिकृत महिला संघ भंग
राणा र शाहहरुकै सुसज्जित छ अंग प्रत्यंग
मिठो मिठो खाना र सुबिधा
तल्लो स्तरको जहिले नि दुबिधा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
17
सालोक्य जी, त्यो माइतीघर बाट भद्रकाली जाने बाटो जुन सेना ले जबर्जस्ति लियको छ तेस्को बारेमा पनि केहि लेखिदिनु पर्यो.धन्यवाद
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
21
पहिलो कुरा: -
यो ”सैनिक श्रीमती संघ” को अवसरमा सजाईएका पोशाक र सामग्रीहरु यहाँ फोटोमा निक्कै आकर्षित देखिन्छन् तर के गर्ने दुख्खको कुरो यी आकर्षित पोशाक र बुटहरु केवल माथिका अधिकृतहरुले मात्र पहिरेर हिड्छन् तलका सिपाहीहरु चाही थोत्रो र फाटेको पोशाकमा डुटी गरिरहेका हुन्छन्…/
दोस्रो कुरा:-
अब त यो सेना नेपाली सेना भै सकेको अवस्था मा पनि यहाँको एक फोटो हेर्दा त्यहिँ निरङ्कुश ज्ञानेको पालाको शाहीसेना जस्तो देखिन्छ…किनकि त्यहाँ अझै पनि ”राजदल गण” भनी सेनाको गण लाई नमंकित गरिएको छ…/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
23
जे होस् रमाइलो रहेछ हाम्रा देस भक्त सैनिक जवानलाई सुभकामना छ! सधै यसरीनै कुकुर तालिम हेर्न खेल हेर्न पैयोस नेपाली जनताको बेहालत र कुकुर को जस्तो जिन्दगि चै हेर्न नापैयोस………..
मन परे हरियो, नपरे रातोः
13
1
के काम पाउ , कनिका बुक्याउ ….अरु के काम भो र ?? मेला सकिए पछी अधिकृतको घरमा झाडु मार्न जानेहोला फेरी……
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
15
हेर यो तेज प्रकाश भन्ने को दिमाग
मन परे हरियो, नपरे रातोः
2
5
थापा भाइ,
कुरो नबुझी प्याच्च नबोल न / मेरो कुरा नबुझेको भए मैले भन्न खोजेको कुरा र सृष्टि शाह जी ले भन्न खोजेको कुरा को भाव यौटै हो/ अल्छी नलागे एकचोटी पढ्ने कि….
मन परे हरियो, नपरे रातोः
3
3
मोर्टारमा बल छिराउने खेल चै सारै राम्रो लाग्यो/ देशमा दिर्घकालिन शान्ति छाए एस्तो हतियारहरुको प्रयोग नै गर्नु पर्दैन थियो अनि येसरीनै खेलको लागि प्रयोग हुन्थियो होला/ हथियार चलाएर मान्छे मर्नु भन्दा त खेलकै रुपमा प्रयोग गर्नु राम्रो/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
1
यसरि सेनाहरुले प्रदर्शनी राखेको त राम्रै हो र देश का आम जनताले पनि थाहा पाउछन कि सेना हरुमा पनि आम जनता हरुको जस्तै आफ्नो दुनिया हुँदो रहेछ भन्ने यो एउटा राम्रो मार्ग को थालनी हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
3
सेना अब जनता को हुनु परो!!!!ठुला ठुला पोस्ट का सेना पनि गरिब जनता का छोरा छोरी जेस्तो हुनु पारो !!!! बिग पोस्ट भनुन ति सेना हरु अब र सबै नेपाली सेना हरु अब नेपाली आमा का सेना हरु हुन सिक्नु पारो !!!!नेपाली आमा का सेना हरु भनको माओबादी को सेना होइन कि !!!! बन्दुक को दब्दबाब !!!!नेपाली मात्री भुमि लाई फाइदा हुने सेना हनु परो!!!!सबै बन्दुक हरु बिशायर !!!!!! नेपाली रास्टिया सेना गठन गर्नु परो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
17
हाम्रा नेताहरुले पनि kukur को जस्तो अनुसासन पालन गरे कति राम्रो huntho होल्ला हैन र ????????????????????????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
142
9
शिवजी
यस्तो भनेर किन विचरा कुकुरहरुको मानहानी गर्नुहुन्छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
4
हा हा हा हा हा | बास्तव मै कुकुर को मान हानी हुन्छ |
मन परे हरियो, नपरे रातोः
8
2
कुकुर को सम्मान बडी गर्नु पर्छ नेपाल मा हाम्रो नेता को भन्दा , बफादार त हुन्छन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
49
4
हजुरको कुरा ठिक हो टिका जी
मन परे हरियो, नपरे रातोः
2
0
सेनालाई कुकुर भनेर भन्नु चाँही अलिक ठिक नहोला | यिनीहरु पनि हाम्रो समाज, देश र संरचनाको एउटा अभिन्न हुन् | यिनीहरुले कुनै बेला क्रुर कार्य गरे होलान तर एउटा सैनिकले कहिल्यै आफुखुसी त्यस्तो काम गर्दैन, उसलाई त्यस्तो प्रकारको काम गर्न निर्देसित गरिएको हुन्छ, त्यसकारण कुकुर सुकुर जे भन्नु छ तिनीहरुलाई संचालन गर्ने र निर्देशन दिने टाउकेहरुलाई भन्दा न्यायोचित होला, बिचरा यी झुसेमुसे सिपाहीहरु त भोलि माओबादीको हातमा सत्ता आयो भने माओबादीकै हुकुम मान्ने हुन्, कांग्रेसको हातमा सत्ता गयो भने कांग्रेस कै हुकुम मान्ने हुन् | त्यसकारण यी तल्ला स्तरका सिपाहीहरुलाई कुकुरको दर्जा दिनु साह्रै निच सोचाई जस्तो देखिन्छ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
23
उ बढी बुझ्यो एउटाले फेरी!
मन परे हरियो, नपरे रातोः
11
1
धन्यवाद निरोजजी | मलाइ थाहा थियो मेरो यो कमेन्टले मनग्य रातो र थुप्रै आलोचना पाउने छ भनेर | कुरो के भयो भने अलिक हतारमा थिए त्यसकारण हेडलाइन समाचार मात्रै पढेर सिधै कमेन्टहरुमा क्लिक गरेको त सबैले खाली कुकुर नै कुकुर लेखेका रहेछन | साह्रै चित्त बुझेन हतार हतार भए पनि मनमा लागेको आफ्नो विचार पोखी हाले | किनकि हाम्रो समाज (बिशेष गरेर अहिलेको क्रान्तिकारी विचार अनुसार) सेनाका मानिसहरुलाई कुकुर, भाडाका टट्टू, दरबारका नोक्कर आदि आदि भनेर घृणाको दृष्टिले हेर्ने गरिन्छ, झट्ट कमेन्टहरु पद्धाखेरि त्यस्तै भनेको जस्तो लागेर मनमा लागेको कुरा भनि हाले, तर पछी फर्केर आएर हेर्दा पो थाहा भयो कि त्यहाँ त फोटोमा कुकुरहरु पनि रहेछन र तिनीहरुलाई इंगित गरेर कमेन्ट गरिएको रहेछ | त्यसकारण तपाइले भने जस्तो बढी बुझेको चाही होइन कि उल्टो बुझेछु, त्यसकारण म बाट भएको भुललाइ सहर्ष स्वीकार्दै सम्पूर्ण पाठकबृन्दहरुलाई मेरो कमेन्टलाइ माथिको कमेन्टसंग जोडेर नहेरीदिनु होला भन्ने अनुरोध गर्दछु |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
2
बिराज जी
भुल स्विकार्नु बात तपाईंको भावनाको पवित्रता दर्सायो/ धन्यबाद/ मैले केहि लेख्न लागेको थिएँ तर साएद भुल बस लेखिएको जस्तो लगेकोले मनले दिएँन र लेखिन/
मन परे हरियो, नपरे रातोः
9
1
धन्यवाद मदनजी, मेरो गल्तिलाइ बुझी दिनु भएकोमा
मन परे हरियो, नपरे रातोः
1
0
सलाम छ बिर सैनिकहरुलाई /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
76
11
Ha ha ha Bir sainik “brave soilder” which war has won in history by nepalese army. Even cannot win war with PLA soldier, Please don’t compare nepalese army with GURKHA SOLDIER, A GURKHA SOLDIER of British are well trained and professional also brave heart…………………
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
58
दुनिया मा कुकुर सबै भन्दा बफादारी प्राणी नै कुकुर हो होइन र हाम्रा नेता हरु कुकुर जति बफादारी हुने भय त नेपाल सोर्ग( HAVEN) हुनी थयो नि त होइन र ?? मित्र हरु !!!!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
103
6
नारायण जी,
स्वर्ग वा HEAVEN चाइ थाह थियो, यो सोर्ग र HAVEN भनेको के होला ?
तपाइँले जनबादी शिक्षामा पढ्नु भा पो हो कि ?
मन परे हरियो, नपरे रातोः
7
1
kantiprabha जी,
सोर्ग भने को हाम्रो संस्क्रीत सब्द हो ! संस्क्रीत मा स्वर्ग लाई सोर्ग भन्छ बाकी रयो HAVEN भने को चाई english सब्द हो यसलाई place of safety, भन्छ न भय सब्द कोष हेर्न्नु ल!!!!!
मन परे हरियो, नपरे रातोः
3
2
संस्कृत त थाह थियो यो संस्क्रित भनेको के हो ?
मन परे हरियो, नपरे रातोः
1
3
सैनिक अधिकृत श्रीमति संघको नाम परिवर्तन गरेर सैनिक श्रीमति संघ बनाएकोमा सम्बन्धित निकायलाई धन्यवाद छ । लोकतन्त्र आए पछी आजसम्म संघमा समाबेस हुन नपाएका सैनिक श्रीमतीहरुलाई बधाई , साथै सालोक्य ( के होला सालोक्य भनेको )जीलाई पनि धेरै धेरै धन्यवाद ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
9
देखावटी र भनावती अर्थात देखाउने र भन्ने मा जति लोक तन्त्र आएपनि सेनामा ब्येबहार मा लोक तन्त्र कहिले आउन सक्दैन सेनाको जागिर खानु भनेको १०४ बर्से राणा साशनको बेला के हुन्त्यो भनेर इतिहास मा पढेको कुरा भोग्न जानु हो यो मेरो अनुभव हो.तेसैले त्यो अधिकृत श्रीमती संघ बाट सैनिक श्रीमती संघ लिखित मा मात्त्र हो तल्ला दर्जा का सैनिक का श्रीमती जतिनै प्रतिभावान भए नि उनीहरुले कहिले ठाउ पाउने हैनन्……….सरकार को तलब भत्ता खाने दुनियाका छोरालाइ अर्दलिको रुप मा अधिकृत को घर मा १,२ हो र ४ ,५ अझै बगैचाको काम गर्न सम्म लाने प्रभिती हटे मात्त्र सेनामा साचै लोकतन्त्र आएको हो भन्न सकिन्छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
31
सृष्टी जी , तपाई को विचार मलाई यकदम ठिक लाग्यो म पूर्ण सहमत छु
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
10
यो मेरो बिचार हैन अजय जी यो नेपाली सेना को येथार्थ हो जुन मैले पनि भोगेको कुरा हो.रुक्मांगत आर्मी चिफ हुने बित्तिकै ब्यारेक मा एउटा परिपत्त्र आयो तल्लो दर्जालाई अधिकृत दर्जाले त भन्न नपाउने तिमि भन्नु पर्ने भनि अनि हरेक हप्ता को एक पल्ट अधिकृत ले तल्लो दर्जाको भान्सा मा खानु पर्ने भनि तर त्यो परिपत्र पढेर सुनाउने अधिकृत ले पदिसकने बित्तिकै भने भाइहरु मैले त भन्दा नरिसाउ किन कि मा नजिक सम्झने लाई त भन्ने गर्छु भनेर के भनोस बिचरा मेरो बानी सिपाहीलाई हेपेर त भन्ने बानी छ भन्नु भएन????अनि हप्ताको एक पल्ट जवान को भान्सा मा अधिकृत ले खाने दिन मा चाई खाने जातिलाई अधिकृत कै मेस बाट ल्याएर जवान को भान्सा मा बसेर खान्थ्ये हा हा हा एस्तो छ सेनाको लोक तन्त्र.अनि नेपाली जनताको रगत पसिनाको कमाइको पैसा सरकार मार्फत तलब खाएर अधिकृत को स्वास्नी को परिया धुन लैजान्छन घर घर पिछ्ये २,४ जना सिपाही देस को सिमा सुरक्छ्या,जनताको सेवा भन्नु त उखान नै हो……………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
6
बास्तबमा नेपाल आर्मी संस्था त धेरै राम्रो हो तर तेह भित्र भयका ठुला ताउकेहरुले तल्लो तहका बेक्तिहरुलाई गरिने बेबहार चै धेरै नराम्रो छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
12
हो नेपाली सेना एउटा राम्रो सस्था हो र एसका नियेम कानुन ज्यादै कडा र अनुसासित छ तर त्यो सबै तल्लो तह हरु र जसको आफ्नो मान्छे जर्नेल कर्नेल को पावर मा छैन तेस्लाई मात्त्र लागु हुन्छ.नेपाली सेनाको त उखान पनि काम गर्ने तल्लो दर्जा खाने उपल्लो दर्जा रे……….के गर्नु सरकारले आर्मी पुलिश मा बाहेक अन्त रोजगारी दिन सक्दैन स्नातक पढेर सिपाइमा जागिर खायो औठा छापे सिनिएर हरुको हेपाई खान नसकेर………………….कति सहनु?????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
8
मलाइ यी सैनिकहरुको अनुशासन चाहिँ मन पर्छ । तर, जङ्गली पहिरनले ढाकिएको मानवस्वरुपभित्रको “हिंस्रक जङ्गली पशुप्रवृत्ति” पटक्कै मन पर्दैन ।
फगत मान्छे मार्नकैलागि भनेर खडा गरिएका यी सैनिक (हत्याराहरुको दस्ता) लाइ दुर्भाग्यवश पाल्नुपरिरहेको छ देशले । म कसरी बिर्सन सक्छु होला ? आफ्नै नेपाली दाजुभाइ दिदीबैनीको “हत्या र बलात्कार” …को कलङ्क जो निधारमा बोकेर हिँड्छन् यी सैनिक ।
म कसरी गर्व गर्न सक्छु, वैरीले साँधसीमाना मिच्दा पनि मौन बस्ने यी सैनिकप्रति ? के कहिल्यै लोकतान्त्रिक हुन सक्लान् यी सैनिक ?
भो… मलाइ सैनिक र हतियार विनाको शान्तिपूर्ण, स्वतन्त्र र उन्मुक्त देश चाहिन्छ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
39
65
let me tell you one thing brother, don’t blame the soldiers who have fought the wars with extreme dedication to the country and its people. There are people within who committed some unforgivable crime but should not blame the whole institution on the basis of that.
Secondly, your idea of how you can feel proud of the army that doesnot even care about border encroachment by India, ask yourself who controls the army. Is there any body who can go against indian encroachment??? Can politicians stand together to challenge India’s biased diplomacy towards nepal. India has repeatedly said that it wants to review the 1950 treaty, are there mo…..fu…….politicians ready to take a step???????
When you go to your neighbors to deal with your family affair, it’s usual for your neighbor to take advantage of it. Get these politicians on track, everything will be fine. Don’t blame the Police or the Army because they don’t operate on their own. Politicians play with these institution.
There can not be a single country without an army and ammunitions because of the freaking ethnic hypocrites who try to divide out the country in the name of ethnicity. The only institution that dares to stand against fragmentation of the country is Nepal Army. So, your logic lacks any sensible connection.
Sabaile Nepali bhayera sochnuparchha and we should bring the politicians on a right track. Not to mention that Army needs to improve its image, act transparently and work for the people. But We need Army and army needs us.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
59
17
Santa, USA जी !
मलाइ तपाइँका निम्न वाक्यहरु मन पर्यो–
# There are people within who committed some unforgivable crime but should not blame the whole institution on the basis of that.
# India has repeatedly said that it wants to review the 1950 treaty, are there mo…..fu…….politicians ready to take a step???????
# Sabaile Nepali bhayera sochnuparchha and we should bring the politicians on a right track. Not to mention that Army needs to improve its image, act transparently and work for the people.
जोसिलो सुझावका लागि धन्यवाद ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
9
नेपाल को सन्दर्भ मा एकचोटी सबै सेना,ससस्त्र समुह ,नेताहरु,राजनीतिक संयन्त्र ,बिधायक हरु को भेलाबाट सेनाको पुनर्नाबिकरण ,कटौती (रास्त्र्लाई अनाबस्यक भार बाट जोगाउन )गर्दै क्रमश समाबेसिकरण र निश्चित संख्या मा पुग्नु जरुरि भैसक्यो |
नत्र यो सेना कहिले मा कु ने को दादागिरी,कहिले बिद्या को दादागिरी,कहिले देउबा को दादागिरी ,कहिले रामबरण को दादागिरी र यदि आकाश खसेर मावोबादी सत्तामापुगे भने उनकै पनि दादागिरी को लागि मात्र प्रयोग हुन्छ | उनीहरु तेही संस्कार मा हुर्के ,त्यहिँ बढे तेसैले दिगोरूप मा त्यो जादैन ,तस्ले परेकोबेलामा समाधान दिन सक्दैन ,उल्टो टांग उत्तानो पारेर लम्पसार पारिदिन्छ |
अझै छिटो भन्दा छिटो नबिकरण न हुने हो भने समयेई मा संबिधान न बन्दा फेरी ‘र’ को निर्देसन मा ”नेपालि एजेन्ट ले(रामबरण बा जो कोइ ) ‘तेंई सेनाको प्रयोग ले एकचोटी नेपालि को जिन्दगि कस्टकर बनाइनेछ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
36
बाहिरका लाई बेच्न त के प्रयोग गर्न पनि मनाही छ क्यारे । सेनाले व्यक्तिगतरूपमा पोशाकहरू र अन्य बन्दोबस्तीका सामान किन्नुपर्छ र ? खै कुरा बुझिएन ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
14
“सैन्य बिलासिताको” नीम्ति होला नी पुष्प जी । ड्युटीको पिडा त छदै छ, कहिले काहीको छ्यास्स मनोरन्जनको बाटो हुनसक्छ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
13
हो पुष्पा जी सैनीक ले पनि किन्नु पर्छ सैनीक लाई सरकार ले एउटा नीस्चीत मात्र मा बन्दोबस्तीका सामान दिन्छ अनि तो समय भन्दा पहीले नै किन्न परे मा आफै ले किन्नु पर्छ ,,,,,,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
5
के गोला बारुद, बम, बन्दुक राख्नु त बेच्न ?
मन परे हरियो, नपरे रातोः
10
4
कुकुरहरुको अनुशासन लाइ हेर्दा नेपाली नेताहरु कुकुर जति मात्रै अनुशासित भैदिए पनि देशले मुहार फेर्ने थियो जस्तो लाग्ने/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
5
क्या मिठो जवाफ दिनुभयो तुलसीजी.. नेपालमा भेडा गोरु बाख्रा भैसीका सबै औतारहरु मन्त्रि हुन्छन !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
9
तुलसी जी
अनुशाशित छन् नि आफुलाई टिका लगाएर आसिर्बाद दिएर समर्थन दिएर कुर्सीमा बसालिदेनेहरु प्रति/ जसले ख्वायो जसले पाल्यो तेस्को भक्त हुने कुकुरको स्वोभाव हो/
मेरै घरमा जन्मेको कुकुर अरुले लगेर पालेको थियो र त्यो घरमा जाँदा मलायिनै भुक्दै तोक्न आयो/ तेस्तै मैले मेरो साथीकहाँ पालि राखेको कुकुर पाल्न घरमा ल्याएको थिएँ/ त्यो त् खान दिए सम्म हामि कहाँ अरु बेला भागेर उही पुरानो मालिक कहाँ जाने गर्थे/ बाँधेर राखे भुकेर सुत्ने नदिने भए/ फर्काएर लाग्न साथीले नसक्ने घरमा राख्न हामीले नसक्ने भए पछी थानकोट तिर बाटोमा फालेर आएँ/
हाम्रो देशको नेताहरु अहिले तेस्तै त् भई रएको छ/ यिनिहरु कुकुर पनि नभनु “कुत्ता” भनु कि/ किन भने यिनीहरुलाई पाल्नेले कुकुर लाई कुत्ता भन्छन नेपाली भाषामा मात्रै कुकुर भन्छन/
तुलसी जी हामीलाई मानव नेता चाहिएको थियो/ कुत्ता नेता पाईयो पाईयो/
मन परे हरियो, नपरे रातोः
4
0
धेरै राम्रो अनि शुभकामना सम्पूर्ण नेपाली सेनालाई र हाम्रा देशका सिमानाहरू जशरी मिचिदै गएका समाचारहरु सुनिन्छ ,,,आशा छ अबका दिनमा सेनाले जशरी भएपनि सिमाना मिच्न नदिनुहोला ,,,, आउदै गरेको हाम्रो २०६७ सालको सम्पूर्ण देशविदेशमा हुने हामी नेपालीहरुमा ,,शुभकामना,,
धन्यवाद दीपक ,इलाम हाल कुवैत /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3