विगतमा द्वन्द्वका बेला विदेशमा शरण माग्नेहरुको लर्को लागेको हुन्थ्यो नै अहिले शान्ति कालमा पनि ‘शरणार्थी’ आवेदन दिने नेपालीहरुको संख्या विश्वका विभिन्न मुलुकमा घटेको छैन, बरु कुनै कुनै देशमा त झनै बढेको छ। गत वर्षको तथ्यांक अनुसार अमेरिकामा शरणार्थीका लागि आवेदन गर्ने मुलुकहरुको सूचिमा नेपाल टप टेन (आठौं स्थानमा) परेको छ। जापानमा सातौं, पोल्याण्डमा आठौं स्थानमा पर्छन् नेपाली शरणार्थीहरुको संख्या।
सन् २००९ को मध्यसम्म ६ महिनामा अमेरिकामा शरणार्थीका लागि आवेदन गर्ने नेपालीहरुको संख्या २ सय ५९ पुगेको छ। त्यस्तै स्क्यान्डेभियन मुलुकमा ७१ जना, जापानमा १० जना र हङकङमा १ सय ५२ जना नेपालीले शरणार्थीका लागि आवेदन दिएको देखिन्छ। आखिर किन बढिरहेका छन् संसारभरि नेपाली शरणार्थी?

बाह्र वर्षे द्वन्द्वका क्रममा विदेश लाग्ने नेपाली नागरिकहरुको बढोत्तरीसँगै विदेशमा शरणार्थी आवेदन गर्ने नेपालीहरुको संख्या पनि ह्वात्तै बढेको थियो। तर, देशमा माओवादी पार्टी शान्ति प्रक्रियामा आएर शान्तितर्फ देश उन्मुख भइरहँदा पनि विभिन्न देशमा शरणार्थी आवेदन गर्ने (असाइलम गर्ने) नेपालीहरुको संख्या घट्नुको साटो झनै बढेको छ। कुनै देशमा त शरणार्थी आवेदन गर्नेहरुमध्ये नेपाल उच्च दशौं स्थानमा समेत परेको छ।
गत अक्टोबर महिनामा प्रकाशित शरणार्थीसम्वन्धी संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (युएनएचसीआर) को शरणार्थीसम्बन्धी रिर्पोट ‘असाइलम लेभल एण्ड ट्रेण्ड इन इन्डष्ट्रिलाइज्ड कन्ट्री फष्ट हाल्फ २००९’ अनुसार सन् २००९ मा अमेरिकामा शरणार्थीका लागि आवेदन गर्ने टप टेन राष्ट्रहरुमध्ये नेपाल आठौं स्थानमा पर्दछ। त्यसैगरी जापानमा आवेदन गर्नेहरुमा नेपाल सातौँ राष्ट्रका रुपमा रहेको छ भने पोल्याण्डमा शरणार्थीका लागि आवेदन गर्नेहरुमध्ये नेपालीहरु आठौं स्थानमा छन्।
अमेरिकामा आठौं स्थान
सन् २००९ मा अमेरिकामा शरणार्थीका लागि आवेदन गर्ने मुलुकहरु मध्ये नेपाल टप आठौं स्थानमा परेको छ। सन् २००९ को मध्यसम्ममा उत्तर अमेरिका (अमेरिका र क्यानडा)मा शरणार्थी आवेदन गर्ने नेपालीहरुको संख्या ५ सय ४१ छ। जबकि सोही अवधिमा सन् २००८ मा उक्त संख्या ३ सय ९७ मात्रै थियो।
अमेरिकामा सबैभन्दा बढी चिनियाँहरुले शरणार्थीका लागि आवेदन दिएका छन्। अमेरिकामा शरणार्थीका लागि आवेदन गर्ने प्रमुख दश राष्ट्रहरुमध्ये चीन पहिलो स्थानमा छ। तिब्बती समस्याको सामना गरिरहेको चीनबाट मात्रै २ हजार ९ सय २ जनाले शरणार्थीका लागि अमेरिकामा आवेदन गरेका छन्। त्यसैगरी अमेरिकामा शरणार्थीका रुपमा आवेदन गर्ने टप १० राष्ट्रमध्ये मेक्सिको (५ सय ७१), एल साल्भाडोर (५ सय ६९), हैटी (४ सय ४८), ग्वाटेमाला (४ सय ६), रसिया फेडेरेसन (३ सय २८) इथियोपिया (३ सय १३), नेपाल (२ सय ५९), भारत (२ सय ५), होण्डुरस (१ सय ९५) रहेका छन्।
हङकङमा पनि नेपाली शरणार्थी
शरणार्थीहरुलाई आफ्नो देशमा बास नदिने हङकङमा समेत नेपालीहरु शरणार्थीका लागि आवेदन भरेको तथ्यांकहरुले देखाएको छ। नेपालीलाई भिसा दिन पाँच वर्ष अघि रोक्का गरेको हङकङमा त्यहाँको सरकारले त्यहाँ विद्यार्थी र काम गर्ने भिसा नवीकरण गर्न गएको वर्ष रोकिदिए पछि त्यहाँ शरणार्थी आवेदन गर्ने नेपालीहरुको संख्या बढेको हो।
सन् २००८/२००९ मा मात्रै त्यो संख्या १ सय ५२ पुगेको छ। युएनएचसीआरका अनुसार, सन् २००५ मा हङकङमा १५ सय नेपालीले शरणार्थीका लागि आवेदन दिएका थिए। २००८ मा मधेस आन्दोलनका कारण खतरा भएको जनाई शरणार्थी आवेदन दिनेहरुको संख्या १ सय थियो।
हङकङ सरकारसित शरणार्थी मान्यता दिने नीति छैन। तर, त्यहाँको युएनएचसीआरको कार्यालयले उनीहरुको कागजपत्र जाँच पडताल गर्न लाग्ने एक महिनाको अवधिभर त्यहाँ बस्न र १० देखि ३५ हजार नेपाली रकम बराबरको सहायता उपलब्ध गराउँछ। यदि उनीहरुले वास्तविक शरण खोजेको देखिएमा अर्को मुलुक अर्थात् नर्वेमा लगेर उनीहरुलाई पुर्नवाससमेत गराइन्छ।
जापानमा सातौं, पोल्याण्डमा आठौं
नेपाल शरणार्थी आवेदन गर्ने राष्ट्रहरुको अग्रिणी सूचिमा पर्दछ। सन् २००९ मा ७१ जना नेपालीले स्केण्डिनेभिएन मुलुकहरुमा शरणार्थी आवेदन दिएका थिए। उक्त मुलुकहरुमा २००७ मा ७८ र २००८ मा २ सय ३७ जना नेपालीहरुले शरणार्थीका लागि आवेदन दिएका थिए। त्यस्तै गरी अष्टे्रलिया र न्यूजिल्याण्ड जापान र कोरियामा जम्मा गरि ३२ जना नेपालीले शरणार्थी आवेदन दिएको कुरा प्रतिवेदनमा देखाइएको छ।
जापानमा शरणार्थी आवेदन दिने मुलुकहरुमा नेपाल सातौं स्थानमा परेको छ। त्यहाँ सन् २००९ मा १० जनाले शरणार्थी आवेदन दिएका छन् भने पोल्याण्डमा शरणार्थी आवेदन दिने मुलुकहरुमा नेपाल आठौं स्थानमा परेको छ। सोही वर्ष पोल्याण्डमा ९ जनाले शरणार्थीका लागि आवेदन दिएका थिए।
शरणार्थी भित्र्याउनेमा अमेरिका अगाडि
चौवालीस विकसित राष्ट्रहरुमध्ये संयुक्त राज्य अमेरिका सबैभन्दा बढी शरणार्थीहरुलाई संरक्षण दिने राष्ट्र भएको छ। सन् २००९ को पहिलो छ महिनाको अवधिमा क्यानडा र अमेरिकामा गरी जम्मा ४२ हजार ४ सयले शरणार्थी आवेदन दिएका छन्। अमेरिकामा मात्रै २३ हजार ७ सयले शरणार्थी आवेदन हालेका छन्। त्यस्तै गरी बढी शरणार्थी लिने अन्य राष्ट्रहरुमा फ्रान्स दोस्रो (१९ हजार ४ सय ), क्यानडा तेस्रो (१८ हजार ७ सय) र संयुक्त अधिराज्य चौथो (१७ हजार ७ सय) र जर्मनी पाचौं (१२ हजार ) स्थानमा पर्दछन्।
शरणार्थी परिचयपत्र खोज्ने देशहरु
विश्वभरिमा शरणार्थीको आवेदन दिने सबैभन्दा बढी द्वन्द्वमा फसेका देशका नागरिकहरु पर्दछन्। सन् २००९ को पहिलो ६ महिनासम्ममा विश्वका विभिन्न देशमा शरण खोज्ने मानिसहरु मध्ये सबै भन्दा बढी इराकको थियो। इराकी १३ हजार २ सय जनाले विभिन्न देशमा शरणार्थीको आवेदन भरेका थिए। त्यसपछि क्रमशः अफगानिस्तान (१२ हजार), सोमालिया (११ हजार), चीन (९ हजार ३ सय), साइवेरिया (९ हजार २ सय) र रसिया (८ हजार ५ सय) छन्। त्यसैगरी नाइजेरिया (७ हजार ७ सय ), मेक्सिको (६ हजार ६ सय), जिम्बावे (६ हजार ६ सय), पाकिस्तान (६ हजार २ सय ), श्रीलंका (५ हजार २ सय), इरान (४ हजार २ सय), बंगलादेश (३ हजार ८ सय) र भारत (२ हजार २ सय ७) आवेदक रहेका छन्।
विश्वभरि बढ्दैछन् ‘शरणार्थी’
नेपालमात्रै नभएर विश्वका विभिन्न अल्प विकसित राष्ट्रबाट विकसित देशमा शरणार्थीका लागि आवेदन गर्ने प्रचलन बढ्दो छ। विश्वका ४४ विकसित औद्योगिक राष्ट्रहरुमा सन् २००९ को दोश्रो चौमासिक अर्थात ६ महिनाको अवधिसम्ममा शरणार्थीका रुपमा आवेदन दिनेहरुको संख्या १ लाख ८५ हजार ५ सय ५० पुगेको थियो। जुन संख्या गतवर्षको सोही अवधिको भन्दा १३ प्रतिशतले बढी हो। उक्त बढोत्तरी स्केडिनेभियन राष्ट्रहरुमा उल्लेख्यरुपमा बढेको देखिएको छ। जसअनुसार डेनमार्कमा ७१ प्रतिशत, फिनल्याण्डमा १६० प्रतिशत र नर्वेमा ५१ प्रतिशतले बढेको पाइएको छ भने स्वीडेनमा भने १७ प्रतिशतले घटेको छ।
किन बढ्दैछन् नेपाली शरणार्थी?
विदेशमा शरणार्थी बनेर बसिरहेका अधिकांश त्यस्ता नेपालीहरु वास्तविक पीडित हुन् वा नामधारी ‘शरणार्थी’ हुन् भन्ने कुरा छुट्याउने कुनै संयन्त्र छैन। शरण दिने मुलुकले पनि यसमा विचार गरेको छैन र मातृदेश नेपालले पनि यसमा मतलब राख्ने गरेको पाइन्न। नेपालमा रहेका भूटानी शरणार्थीहरुलाई अमेरिका र क्यानडाले विदेश लैजान थालेपछि भूटानी शरणार्थी बनेर केही नेपालीहरुसमेत अमेरिका छिरेको अनुमान गरिँदै आएको छ। नेपालबाट शरणार्थीसम्बन्धी फर्जी डकुमेन्टका आधारमा विदेश छिर्ने काम भइरहेकोबारे यूएनएचसीआर पनि आशंकित बन्दै सम्वन्धित पक्षको ध्यान आकृष्ट गराएको छ। यसबारेमा यूएनएचसीआरको एउटा रिपोर्टमा अर्न्तराष्ट्रिय संरक्षण आवश्यक भएर शरणार्थी आवेदन भरेका नेपालीहरुका लागि व्यक्तिगत तवरबाटै छानविन गरिनु पर्ने उल्लेख गरिएको छ। त्यसैगरी नेपालको अवस्थामा धेरै सुधार भइसकेकाले पहिलेको जस्तो जवरजस्ती अपहरण, बाध्यकारी जनसेनामा भर्ति, वा घरपकड नभएकाले धेरैजसो आवेदकहरु वास्तविक नहुन सक्ने यूएनएचसीआरको रिपोर्टले संकेत गरेको छ। (यसबारे यूएनएचसीआरको भनाइ बक्समा दिइएको छ )
शरणार्थी आवेदन गर्ने देशको संख्याको आधारमा विश्वमा नेपालको मानवअधिकार र नागरिक स्वतन्त्रताको स्थितीको पनि मुल्यांकन गरिन्छ। यसर्थ शरणार्थीका रुपमा फर्जी कागजात बनाई विदेशिनेहरुका बारेमा सम्बन्धित राष्ट्रले समयमै उचित ध्यान दिन आवश्यक छ।
शरणार्थीबारे युएनएचसीआरको वक्तव्य
नेपालमा शान्तिवार्ता भएपछि जुलाई २००७ मा नेपाली शरणार्थी आवेदकहरुको लागि शरणार्थी सम्वन्धी संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोग(युएनएचसीआर)ले एउटा वक्तव्य जारी गरेको थियो। त्यस वक्तव्यमा निम्न कुराहरु उल्लेख छन् –
अर्न्तराष्ट्रिय संरक्षण आवश्यक भएर शरणार्थी आवेदन भरेका नेपालीहरुका लागि व्यक्तिगत तवरबाट मात्रै छानविन गरिनु पर्नेछ।
नेपालको अवस्थामा धेरै सुधार भइसकेकाले पहिलेको जस्तो जवरजस्ती अपहरण, बाध्यकारी जनसेनामा भर्ति, वा घरपकड नभएकाले धेरैजसो आवेदकहरु वास्तविक नहुन सक्ने तर अझैपनि माओवादीहरुले विरोधीहरुलाई केही केही स्थानमा धरपकड जारी राखेको, विशेष गरी धनी र जमिन्दारहरुलाई दुख दिइरहेकाले अर्न्तराष्ट्रिय संरक्षण आवश्यक हुनसक्ने।
सन् २००६ देखि तराई क्षेत्रको अवस्था बिग्रिएको, तर शहरी भागमा भने अवस्था निकै राम्रो भएको।
Related posts:












नेपाली ले आफ्नो देश बेचेर खाने चलन आउन थाल्यो . नेताले मात्र नभएर साधारण जनताले पनि येही बाटो रोज्न थाल्यो .येही हो नेपाली को समस्या.
मन परे हरियो, नपरे रातोः
1
0
जहाँ बिकाश गर्नु भनेको आपाराद मनिन्छा , गाडी ,घर बनायो भने सामन्त गनिन्छा | पुलिस को बलात्कार हुदा पनि कारबाही हुदैन , सिमा सर्दा कहिल्यै मन धुक्दैना , उद्योग मा नाराबाजी गर्नु , बसी बसी खान दे भन्नु , नेता को गफ्फ सुन्नु नेपाली को बानी हो| I want to know which countries are taking nepali as refugees. If they can taken tibetian rufegees why not us. We should be given first priority for refugee before tibetian. Lots of westen countries Like US,Canada ,EU nations are taking these tibetian people but rejects our application. Government must enforce these countries to give special previlage to interested nepali people who want to migrate to these countries.
मन परे हरियो, नपरे रातोः
7
5
मैन कुरा देशमा बिकाश भएन , गिरिजा माकुने, प्रचण्ड खाली कुर्ची को स्वार्थ मा लागे अनि नेपालीहरु खान बस्नको लागि सजिलो बाटो खोजे
मन परे हरियो, नपरे रातोः
6
2
उत्तमबाबु श्रेष्ठ जीको संसार भर नेपाली शरणार्थी बढेको बढ्यै भन्ने लेख त मन पर्यो तर कुन देशमा कति शरणर्थी भन्ने बारेमा यहाँ नर्बेमा पनि UDI को रेकर्ड अनुसार २००० देखि २००९ सम्ममा नेपाली शरणार्थीको रेकर्ड निम्न अनुसार छ !
२०००-२००१-२००२-२००३-२००४-२००५-२००६-२००७-२००८-२००९
२६, ९७, ६४, ४५, ९१, १०४, ६०, ४६, १४४, १०४
छ भन्ने कुरा UDI को रेकर्डले जनायको छ !
प्रेम बुढाथोकी /नर्बे
मन परे हरियो, नपरे रातोः
6
1
देसको कारणले मात्र होइन
व्यक्तिगत स्वार्थ को लागि देसको
नाम बेचेर बिदेसमा रहेका नेपालीहरुलाई
अब्थायारो पार्नखोजिरहेका छन्
साला कुकुरहरुले
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
44
धेरै जसो नक्कली नै थिए र छन्!
सक्कलीहरुको कुरा गर्ने हो भने, हिजो भन्दा आज धेरै हुनु स्वाभाविक हो ! किनकि हिजो आतंककारी हरु जंगलमा थिए, रात विरात गाउपस्थे र बिहानै फर्कन्थे ! तर आज सहरमा नै डेरा डण्डा जमाएर बसेका छन् !
या त सिने-कलाकारहरु जस्तै त्वं सरणम….गर्नु पर्यो,
या बिरेन्द्र साह जस्तै मारिनु पर्यो, होइन भने सरणार्थी बन्नु भन्दा अरु के नै उपाय छ र ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
7
अमेरिका जानै गारो अनि फेरी १७ लाख खर्च हुने रे भिसा पनि मरि गए पाउने होइन,२ चोटी रिजेक्ट भयो,नत्र के गर्नु आफ्नो देश मा गरि खान दिएनन्…….एस्तो नेपालको जीवन भन्दा त सरनार्थी नै बेश हुदो हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
18
सरणार्थी लिनु कुनै पनि नेपाली को रहर होइन बाध्यता हो
आफ्नै देश मा गरि खाने साधारण स्थिति भएको भए सरणार्थी बन्नु कसको सपना हुदो हो ….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
57
12
अमेरिका मा साच्व शरंगार्थी यक दम कम छ सबै नेपालमा पौच हुनेहरु मात्र हुन् नेपाल मा सच्चो सिधा लै कसले भिसा दिन्छा उसको पावर नै हुदैन उसको कुरा कसले सुन्छा माओ बादी अमेरिका को आतंक बादी अनि उनि हरुलाई किन भिसा यो सबै राजनीति खेल हो नेपाली ठग हरुलाई कसरि हुन्छ कमौना परेको छ सच्चो सरंगार्थी लाई त बिचार न नेपाल मा न विदेश मा नेपाल माया धेरै छ तर नेपाली राजनीति सबै लाई लत न पहिला केहि गरे न अहिले जनता को नाम मा देश नै खाय देश को नै बेज्यत गर गद्धार हरुले जय मेरो देश
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
2
सबभन्दा हास उठ्दो त् अमेरिकालाई पुजीबादी भनेर गाली गर्ने कम्युनिष्ट का नेता र कार्यकर्ता लै नै अमेरिका मा सरनाथी भनेर apply गरेको देख्दा पो लाग्छ. फेरी अमेरिका पनि तेस्ता लाई सरनार्थी प्रमाणपत्र दीदो रहेछ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
5
उत्तम जी, तथ्यको आधारमा लेख लेख्नु भएको छ, जुन धेरै राम्रो छ / हो, बिगतमा द्वन्द वा युध्दको कारणले सरनार्थी बढेका थिए अहिले तेस्तो कुनै अवस्था छैन नेपाल मा शान्ति आएको छ…. तर खै द्वन्द पछि त्यसबाट पिडित नेपाली जनताहरुलाई अहिलेसम्मपनि कम्तिमा शान्ति, अमनचयन र स्वरोजगारको अवस्थामा बाच्ने वाताबरण न त सरकारले बनाउन सकेको छ न त ठुला भनिने राजनीतिक पार्टीहरुले त्यसकोलागि साच्चिकै पहल नै गरेक छन् / सहर मा बस्नुस वा गाउँमा सर्बसाधारण जनताले के पाएका छन्….??? तेही हैन, …. जातिय राज्य को नाममा दसौं पुस्तादेखिको भाइचारा सम्बन्धलाइ तोडेर एक अर्कामा को ठुलो जात भन्ने नया कलह… सबै नेपाली को साझा फुलबारी भनिने नेपाल को आँगन अब बिभाजीत भै रहेको छ यो तेरो कि मेरो भनेर…..अनि यताको र उताको भनेर…. त्यतिले नपुगे एक अर्का को खुट्टा भाँच्ने अनि क्रान्ति को उद्देस्य सफल भयो भन्ने…! यस्ता थुप्रै असहिस्नु व्यवहार अहिले हामी नेपाली दाजुभाईहरुबीचमानै यी देश बनाउने जिम्मा पाएका भनिएका राजनीतिक पार्टी र तेसका ठेकेदारहरुले हामीबीच रोपेका छन् / पहिले त देशभित्र सत्ता प्राप्तिको लागि कथित् महान जनयुद्द/झगडा थियो तर अहिले त घरघरमा, बारीका कान्ला कान्ला अनि खेतका आलीआलीमाथि हामी आफु आफुमा तेरो कि मेरो भनेर विवाद गर्नुपर्ने अनि पाखुरा खैंचिनुपर्ने स्थिति निम्त्याइएको छ / हामी भारतलाइ दोष दिन्छौं सिमा मिच्यो भनेर, अमेरिकालाई भन्छौं आन्तरिक मामलामा हस्तछेप गरिस भनेर तर हामी नेपाली नेपालीबिचमा यस किसिम को विभाजित अवस्था बनाउदै छौ अनि अरु मुलुकले हस्तछेप गर्दैन त …! एउटा बच्चाले पनि बुझ्ने यो कुरा हाम्रो सरकार अनि राजनीतिक पार्टीहरुले अझै नबुझेको जस्तो कतिन्जेल सम्म गर्ने हुन्…???? नेपाली जनतालाइ भेडा कतिन्जेल सम्म बनाउने हुन् यिनले…??? नेपाली जनताकोलागि न उद्योग, न ब्यबसाय, न कुनै वृत्ति बिकाश को अवसर बनाउन अघि सरेका छन् यी राजनीतिक ठेकेदारहरु…. / एक जना बालक जन्मेर युवा भै देह त्याग गर्ने अबस्थासम्मपनि आफ्नो देशमा दुखजिलो गरेर आफुलाई खानलाउन र परिवार पाल्न सक्दैन भने आफ्नो देशको सिमाना काटेर र सात समुद्र तरेर उचित अवसर खोज्न जानु उसको दोष हैन…..! मान्छे भएर पाउनुपर्ने एउटा पनि अधिकार आफ्नो देशमा बसेर पाउननसकेपछि विदेश पलायन हुनु उसको बाध्यता अनि विवसता हो… कम्तिमा विदेशमा सरनार्थी भएरपनि मान्छे हुनुको सम्मानसहितको आधारभूत अधिकार अनुरुप आफ्नो पसिनाको मूल्य त पाउँछ नि उसले……! तेसैले…… सक्ने र हुनेखाने सम्मकामात्र नेपाली दाजुभाईहरु अहिलेसम्म सरनार्थी को रुपमा संसारमा रहेका छन्, अब भन्न सकिन्न………. देशमा अझै यहि अवस्था अर्हने हो भने केहि बर्षमा गाउँ क गाउँनै सरनार्थी भै विदेश पलायन हुने अवस्था नआउला भनेर……! देशका बुद्धिजीबीहरुले राजधानी मा बसेर समस्त नेपालको अवस्था चित्रण गर्ने परिपाटी हटाउन र थोत्रो भाषणले जनता झुक्याउने दाउ र प्रपन्च पार्टीका कथित् नेताहरुले बेलैमा त्याग्ननसकेमा देश संसारकै प्रथम दर्जा को असफल राष्ट्रमा नपुग्ला भन्न सकिन्न..! तै पनि अझै आशाका किरणहरु बाकी नै छन्…..हेरौं…अझै सुदिन फिर्छ कि …..???!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
1
उत्तम बाबु जी,
यो लेख लै अंग्रेजी मा पनि प्रकाशित गरिदिन सक्नुहुन्छा?झुट तरिकाले नेपाल अनि नेपाली को बेइज्जत गरेर हरिया कागज लीनेहरुलाई टह लागाउनु पर्छा/ na
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
17
मैले यो ब्लग मा धेरै अगाडी देखि हाम्रो देशको अधोगतिको कारण एउटी चिज लै दिदै आएको हो,छु अनि भबिष्यमा दिदैं पनि रहन्छु,त्यो हो माओ-बादी|माओ-बादीको कारण हाम्रो देश ऐले संसारको अल्प बिकसित देश हरु मध्ये पनि पर्दैन, हामि त अविकसित मा नै पर्छु|यसको मूल कारण अरु केहि नभएर यो पाट्टी ले “सर्बहारा”को नाम मा चलाएको आतंक,लूटामार अनि बन्दूकी कल्चर चलाएर यो करिब करिब देशको बिकाशको नाम मा सिन्को पनि भाँचिएको छैन|त्यसमा पनि रेमिट्यान्सको आसले देशैले पनि आफ्नो नागरिकलाई विदेश धकेली रहेकै छ|बास्तबमा भन्ने हो भने हामीले यो माओ-बादिलाई बढ्न दिएको नै हाम्रो माथि आघात गरेको हो नै हो|यस बिषयमा यो मेरो संसारका रेगुलर कमेन्टेटरहरु ले बिरोध गर्ने नै छन्|माओ-बादीको यो आतंक लाइ सहि हो भन्ने नै छन्, तर ध्रिबा सत्य कुरो के हो भने संसारका अरु मुलुकहरु बिकाश गरि रहेको बेलामा हामि यो नरभछी माओ-बादीको लै लै मा लागेको युबक युवतीहरु संग लादै झगडा गर्दै, बिनाश्तिरा लागि रहेका थियौं|यसको फल ऐले हामी सबैले भोगी रहेका छौं, तर तिनका ति माओ – चेलाहरु दिन प्रति दिन चिल्ला, भरिला र सुकुमार हुँदै छन्|कसिले यो पनि फेरी भन्ने नै छ अस्ति सम्म त्यस्तो भएता पनि ऐले काठमाडौँ मा राजनीति गर्न परेको ले त्यस्तो भुँडीवाल देखिएका हुन् अरु केहि होइन| अनि यो पनि भन्ने छन्, भैंसी त उनले देशका अरु गरिब जनताले सर्बहारा को पन जीवित राख्ने हिसाबले बलि चढाएका मात्र हुन्|अनि यो पनि भन्ने छन्, अब त्यस्ता डेढ लाखे पलंग, लाखे नाडी घडी, देशलाई जातीयता र भाषिक रुपमा बिखन्डन कुराहरु छोडौं र उनलाई(माओ-बादी) सत्ता, राष्ट्र अनि हाम्रो मौलिकता नै जिम्मा लगाएर बस्दा सबैको कल्याण हुन्छ|देश ले बिकाशको फड्को मात्रै होइन पोल जम्पनै गर्नेछ र हामि स्वीट्जरल्याण्ड त के भो र अमेरिकानै भयिदिने सर्ब शक्तिमान देशमा पुग्ने छौ| दिल्लीको साउथ ब्लक त के कुरो भो र पटना गएर RAW लै भेटेर अर्को सम्झौता “पटना सन्धि” गर्ने नै छौं जसले नेपालको लोड शेडिंगको कुरो त परे जान्छा, रेल गाडिने आउँछ|सेनाको संख्या गत्नामा मितव्ययिताको गन्ध आउछ, आदि इत्यादी यै बालग मा आउने नै छ|मलाई पूर्ण विश्वास छ|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
17
झुटा विवरण दि सरनार्थी बनि
पर्देसिको तलुवा
चत्नेहर
जन्म दिने आमा र मत्रिवुमिका कुलंगार कुकुरहरु हुन् मर्ने बेलामा पानी होइन तिनको मुखमा परदेशीले थुक अनि पिसाब देवोश परमेश्वर .यी कुत्ताहरुले दश र देशको प्रगति वन्द बदनाम डेका छन् आफ्नो मात्री वुमिको.
मन परे हरियो, नपरे रातोः
3
3
नेपालमा गणतन्त्रता त आयो तर नेपाली नेता हरु बाहेक कुनै नेपाली लाइ नडराई बिना त्राश सास फेर्ने स्वोतान्त्रता चै आएन अनि किन न जानु अर्को देश मा जब आफ्नै देश क रक्षक हरु भक्चक भए पछि.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
1
“शरणार्थी” को माने “घर न खेत” को भएर पाटीमा समेत बास बस्न नसक्ने भई छिमेको गुहार्न जानेहरु लाई जनाउँछ/ यसरि आफ्नै देशमा शरणार्थी बन्न बिबश भएको नागरिकहरुलाई लिने हो भने नेपाल को नामको ८ औं स्थानमा होयिन प्रथम मा पर्ने छ/नेपालको राजनीतिले नेपाललाई उल्टो बात प्रथम स्थान तिर घचेट्दै ठेल्दै पुर्यौन्दै छ/
अब शरणार्थीको नाम मा बिदेसी भिसा खोज्ने हरु राजनैतिक शरनार्थिहरु हुन्/ यस्ता राजनैतिक शरणार्थीहरुमा अधिकांस त् हाम्रो राजनेताहरु जस्तै छन् हुन्/ लाखौँ लाख खर्च गरेर शरणार्थी भिसा पाउन खोज्नेहरु र देसको कानुनले लखेटेर विदेशको शरणार्थी भिसा खोजे पाएका हरु को बारेमा धेरै लेख्न सकिन्छ तर …….. छिटो आफनी श्राद्ध गराउन कसले चाहन्छ होला र?
मन परे हरियो, नपरे रातोः
4
12
धन्य छ युएनएचसीआरको बक्तब्येलाई के हो त्यो माओबादीले केहि ठाउमा धरपकड रे अनि तराइमा स्थिति अलि बिग्रेको रे अनि सहर मा देरै राम्रो रे……….के हो तेस्तो बक्ताब्ये??नेपाल मा कति प्रतिसत जनता सहर मा बसोबास गर्छन त्यो चाइ किन उलेख छैन???करिब ३ करोड जनता मा कति जनता सहर मा???सहर मा पनि असन मा दिउसै चुरी देखाएर लुटेकै छन्,दिउसै गोलि हानी हत्या गरेकै छन्,के शान्ति सुरक्छ्या छ र देश मा???आफुले दुख गरेर जुटाएको एक गास पनि लामो सास लिएर खान नपाउने स्थिति छ,नेताका भरौटे भए मात्त्र बाच्न सकिन्छ नत्र उही हो कहिले कसको कारबाही कहिले कसको………..साच्चै भन्ने हो भने मन्त्रि र सभासद हरु बाहेक अरु सबै नेपाली जनता केहि न केहि दुख पिडा बाट पिडित छन् अनि बन्नु परेन सरनार्थी??कम से कम दुख गरे पनि आनन्दले बस्ने बातावरण भए कसलाई अरुको देश मा दोस्रो दर्जाको नागरिक भएर बाच्ने रहर हुन्छ???विदेश मा सुति सुति खान लै सरनार्थी भएका हैनन् हया पनि नेपाल मा भन्दा १०० गुना दुख हुन्छ काम गर्न अरुको भाषा,अरुको भेष अंगालेर तर ययूतई कुरा आफु इमान्दारी रहे सम्म आफ्नो रगत पसिना को फल मा कसैको आखा लाग्दैन
मन परे हरियो, नपरे रातोः
15
2
सबै देशमा तयेही कहानी माउबादीले दुख दियो सारनाथ माग्यो / सरनाथी भत्ता खायो बस्यो /सबै नेपाली बाहिर /माउबादी गुण्ड चोर डाका हत्यारा आतंकबादी मात्र नेपाल मा बस्ने /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
9
नेपालको प्रमुख शरणार्थी समस्याको कारण नै देशको बिग्रदो राजनीतिक स्थिती र गरिबी नै मानिन्छ !
मन परे हरियो, नपरे रातोः
9
2
अमेरिकामा नेपाल बाट आउने सक्कली भन्दा नक्कली शरणार्थी को संख्या दस गुणाले बढी छ, तर म सरणार्थी बन्नेहरुलाई कुनै दोष दिन चाहन्न किनकि यो उनीहरुको रहर ले भन्दा बाध्यताले निम्त्याएको कडी हो| यदि कानुनी तरिका बाट जीन्दगी सहज हुन्छ, परिवाले सुख पाउछन, छोरा छोरि कि पढाई राम्रो हुन्छ भने त्यो सजिलो बाटो किन नअपनाउने ? जसको कुनै कानुनि कागजात हुदैन तिनीहरु लुकी लुकी कति दिन बस्न सक्छन र त्यसरी बस्दा संधै डिपोट हुने डर र त्रास अनि आफ्नै देशबाट आएका ग्रीन कार्ड भएकाहरुले उनीहरुमाथि होचायेर गर्ने व्यवहार आदि आदि बाट पनि त्यो वर्ग शरणार्थी को छाता मा ओत लिन बाध्य छन| म त भन्छु, कानुन लाइ नामिचीकन हुन्छ भने गर, गरेर खाउ| छान बिन गर्ने, दिने नदिने अमेरिका को हात को कुरा हो, हामीले हाम्रै दाजुभाई को खुट्टा तान्नु राम्रो कुरा होइन जस्तो लाग्छ | कसो साथी हो ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
117
9
शरणार्थी बनाउनी नै नेपालमा पटक पटक बदलीदो सरकार को कारण हो तपाई को विचार मा के होला मीत्र हरु ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
5
नेपालको राजनैतिक स्थितिलाई हेर्ने हो भने शरणार्थी हुनुपर्ने कुनै कारण छैन अब .
लोकतन्त्र आएको छ मुलुकमा , कठपुतली नै भए पनि मुलुकमा सरकार छ .
” क ” पार्टी का ले ” ख ” पार्टी का लाइ टार्गेट नै गरे पनि ” ख ” पार्टी बाट उसले
राजनैतिक आधार ( सुरछ्या ) पाएकै हुन्छा . राजनीतिक रुपमा शरणार्थी हुनुपर्ने स्थिति को अन्त्य भएको छ लोकतन्त्र आगमन संगै .
तर ,
आर्थिक कारण ले भने विदेश मा शरणार्थी बन्न पुगेका छन् नेपालीहरु दिन दुइ गुना
रात चार गुना ले – -
यसरि नेपालीहरु विदेश मा शरणार्थी बन्न पुग्नु मा तिनको भन्दा बढी नेपाल राज्य ( सरकार ) को कमजोरी देखिन् आउछ .
मुलुकमा सरकार ९-१० महिना मै परिबर्तन भैरहंछा ,
यो सरकार लाइ दोस दिएँ कि त्यो सरकार लाइ दोस दिने कि ! त्यो भन्दा अघि को
सरकार लाइ दोस दिने कि !
समग्रमा भन्नु पर्दा राजनैतिक ठेक्का लिनु भएका हाम्रा नेताहरु नै दोसी हुनुहुन्छ !
जुट्न जान्या होइन ! एकले अर्काको खुट्टा तानेर फुट्न मात्रै जान्ने हाम्रा नेताहरुको
नालायाकिपना ले गर्दा मुलुकको उन्नति मा अबरोध भयो ! मुलुक अबनती को दलदल
मा धसिदै गो ! नागरिकहरु निसास्सिए – - –
निस्सासिएकाहरुले मार्ग खोजे – - – अरु उपाय हात लागेन ! यै शरणार्थी बन्ने मार्ग
अपनाउन बाध्य भए – -
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
23
नारायण जी,
बिदेशमा देखिएको नेपाली शरणार्थीहरु अधिकांस नक्कली सरनार्थी नै हुन्, वास्तविक सरणार्थीहरु त अमेरिका / युरोप / अस्ट्रेलिया पुग्न सक्ने स्थितिमा नै छैनन् / नेपालीहरु सरणार्थी हुनुमा नेपालको राजनैतिक तथा आर्थिक अवस्थाको पनि केहि देन होला तर हालमा देखिएको सरनार्थिहरु चाही बिदेशमा पैसो कमाउनु र बसोबास गर्नु गलत तरिकाले आएको मात्र हुन्/ जे होस् मैले देखेको सरणार्थी हरुमा १००% नै दलाललाई लाखौ लाख रकम दिएर आएको देखेको छु/ र यो कुरो बिदेशीहरुलाई राम्ररी थाहा छ त्येसैले सहि सरनार्थिले कोपभाजनमा परेका छन् साथै त्यहाँ कानुनी रुपले बसोबास गर्ने नेपालीहरुले पनि त्येसको मूल्य चुकाउनु परि रहेको छ/
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातोः
6
3
राजजी
एकदम १६ आना सहि कुरा हो तपाइको | बस्ताबमा त्यस्तो समस्या केहि न केहि नभए देशबाट बाहिरिनु नै पर्ने थिएन नि| सच्चाईको सरनार्थी कुल सरनार्थीको .१ % पनि हुदैन | तर बद्यता बिबसता अनि अरु घटना क्रमले सरनार्थी हुन बाद्य बनाएको छ नेपालीहरुलाई | यदि नेपाल पनि बिकसित हुने हो भने देशमा सान्ति सुरक्ष्य हुने हो भने को आउछ र अर्का को देश मा ? कैले कसैले सुनेको छ र अमेरिकी नागरिकले सरनार्थी आबेदन दिएको?
मन परे हरियो, नपरे रातोः
9
4
राज जी
परिस्थिति ले बिबस जसरि तिनीहरु बिबश भएको छ तेसरिनै तपाईं को कुरा १००मा १०० ठिक छ भन्नु परेको छ/ बिदेशमा नेपाली राजनैतिक शरणार्थी बढ्दै गएको ले नेपालको छबी बिग्रंदै गएको छ/ बिर गोर्खाली अरनिकोले कमाएको नाम धुमिल हुँदै गएको छ/ तैपनि हामीले ठिक भन्नु परेको छ/
यहि यसरि तपाईं हामीले बिबस भएर ठिक भन्नु परेकोमा मलाई एउटा घटना याद आयो/ कुरो सन् २००१ तिर को हो क्यारे साल मिति ठिक याद भएँन/ तर घटना मैले नै देखेको हो/ जर्मन सरकार बात कल्चर भ्रमण गर्न नेपाललाई निमन्त्रण गरेको थियो/
लग भाग ५० जना कांग्रेस सिट आबद्ध व्यक्तिहरु र ने बि संघ को सदस्यहरु को नाम लिस्ट बोकेर शा ने बा नि मा नविन्द्र राज जोसी जी पाल्नु भयो र जर्मन जाने आउने निशुल्क टिकट माग्नु भयो/ तेती बेला शा ने बा नि मा मार्केटिंग निर्देशक मोहन खनाल थिए/ निगममा तेती बेला निशुल्क टिकट दिन नपाउने नियेम लागु गरिएको थियो/ उनीहरुले यो नियेम छल्ने बडो अच्चम्मको चोर बाटो निकाले/ सबैले निशुल्क टिकट नपाउने कहिले शुल्क तिर्ने पर्ने भनि/ निशुल्क पाउने टिकट जति तुरन्तै लिई हाले तर शुल्क तिरेर लिने भनेको सायद अहिले सम्म पनि लिएको छैन नै होला/
तिनीहरु जर्मन पुगे/ ती जर्मन पुगेका नविन्द्र र अरु कांग्रेसीहरु जर्मन घुम्दै थिए/ एक दिन उनीहरु बस स्टपमा बस कुर्दै थिए म तिनीहरुको पछाडी थिएँ/ उनीहरु जर्मन बात नेपाल नफर्किने अहिले तेही बस बात कतै लुक्न जाने कुरा गर्दै थिए/ अब त्याहाँ केहि बोल्नु त् ठिक भएँन/ निगम को कार्यालाये पुगे/
सिजन भएकोले पैसा अग्रिम तिरेकाले जहाजको सिटहरु सबै भरि सकेको थियो/ ती निशुल्क टिकट बोकेर आएका धरतीका बोझको निमित सिट मिलाउन सकिरहेको थिएँन र तेस्मा नविन्द्र राज जोशी कुर्लंदै उफ्रन्दै थिए/ मलाई सारै झोंक चल्यो र नविन्द्र राज जोसी लाई तपाईंका ठिटाहरु त् जर्मन बाट भाग्ने भनेर बस चढेर गई सकेनि भनि दिए/ नविन्द्र राज जोसीको उतार थियो ” के बिग्रो त् अलिकति पैसा कमाई फर्कन्छन”/
अब नबिन्द्रले ठिक भने गलत भने के भने जे भने उसैले भने/ उ जाने मानेको कांग्रेसी नेता थिए र छन् पनि/ धेरै जाने सुनेको आदर्श बादी नेतामा पर्छ नविन्द्र/ तर उहाँको भनाई र नेपाल बात बिदेशमा राजनैतिक शरणार्थी माग्ने हरु लाई तेस्तै ले बढावा दिएको हो/ तिनीहरु जस्ताले नै नेपाल लाई उल्टो बात घचेट्दै ठेल्दै नेपाल लाई बिस्वोमा ८औं अनि ७तौन् अनि ६थौन् गरि प्रथम स्थानमा पुराउदै छन्/
“घटना सत्य हुन् फरक परे कानुन बमोजिम बेहोर्न तयार छुन” नविन्द्र राज जोसीले मलाई चिन्नु हुन्छ/
मन परे हरियो, नपरे रातोः
11
6
बास्तबिक शरणार्थी भए ठ ठिकै हो, तर झुट तरिकाले बेकार मा माओबादी अथवा कसैलाई दोष लगाएर ग्रीन कार्ड लिनु कानुनि तरिका हो र साथि?
मन परे हरियो, नपरे रातोः
8
5
देशको हालत कस्तो छ? नेता र तिनका भरौटेहरुले देश लाई खाइ सके. बिदेशिनु बाध्येता हो. देश मा रोजगारी छैन. भएको भए मन्त्रि ले बिना बिभागिए र पुरुष ले महिला मन्त्रि खान पर्ने थिएन, प्रचण्ड जी को १२ बर्से युद्दले त झन् सबैलाई खेदी हाल्यो अनि अर्को मुलुक अमेरिका, जापान, युरोप जहाँ गए पनि बस्न पर्यो तेस्को लागि सरनार्थी हुनै पर्यो. शरणार्थी बढेको होइन कति थोरै देखिएको, यो आँकडा भन्दा त १०० गुना बडी छन् शरणार्थी. अब गिरिजा, माकुने, प्रचण्ड सबै लाई बिहार तिर पठाए हुन्छा शरणार्थी हुन लाई.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
4
हामि जन्म-जातै खैरे-बैरे का हरिया डलर र सेता छाला मा स्वोर्ग देख्छौं| देश घर पनि भद्रगोल छ, शान्ति, अमन-चैन छैन, जातीय सद्भाव दिन प्रति दिन खल्बलिदो छ, देशमै शरणार्थी हुन सक्ने अबस्था पनि छैन| देश मै बसेर काम गर्ने महावीर पुन जस्ता देशभक्त कर्म योगी हरुलाई Magsaysay अवार्ड्स नमिले सम्म हामि चिन्दैनौ बरु नालायक भन्छौं| अनि यस्तो प्रतिकुल मौसम मा विदेश मा शरण पर्ने विकल्प लाइ कसरि म अस्वाभाविक देखुँ खै?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
4
अमेरिका माँ चाही मैले थाहा पयेका धेरै सरनार्थिहरू भने फर्जी सरनार्थी छन. के गर्नु अरुले गरेर खाको रिस गर्नु भएन.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
28
25
सहि कुरो हो| सच्चाई समस्या परेको हो भने मात्र आबेदन दिन पर्छ नत्र देश को नै बहिज्जत गर्न हुदैन|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
47
संतोष जी तपाई सक्कली पर्यो क्या
हाहाहा
मन परे हरियो, नपरे रातोः
11
2
माओवादीहरुको मान्छे ले नै माओबादी ले दुक्ख दियो भनेर शरणार्थी को लागि आवादन दिए पछी संख्या त अबस्ये बढ्ने भयो. तर त्यो माथिको युएनएचसीआरको रिपोर्ट सत्य छैन किनभने Mongolian जाति को मान्छे हरु धेरै ले Tibetan भनेर Saran लिन्छन, यो USAको California र न्यु York मा देखेको कुरा हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
5
लेख अती सानदबिक छ किन की नेपाल जस्तो देश बाट शरणार्थी न भय कहाँ बाट हुन्छन त उत्तमबाबु जी?? नेपाल को राजनीत , लाई हेर्नुस न एउटा सरकारी कर्मचारी नयूकती गर्न को लागी कति हान थाप छ,,,, महीनौ भयो आझै सरकारी कार्यलय मा पदाधिकारी नियुक्त हुन सकेको छैन यो माधब कुमार नेपाल को समलंगी सरकार ले देश मा रएका उधमी हरु लाई सकाफ पार्दा पनि हात मा दही जामाएर बसेको छ अनि त शरणार्थी न भय के हुनी त ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
6