भर्खरै क्यानाडाको भेन्कुवरमा सकिएको शीतकालीन ओलम्पिकमा नेपाली झण्डा बोकेर राष्ट्रको प्रतिनिधित्व गरेका थिए खेलाडी दाछिरी शेर्पाले। तर तपाईँलाई थाहा छ, त्यो यात्रा कसरी संभव भयो? दाछिरीको स्कीसँगको सम्बन्ध अनौठो पाराको छ। उनी अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी भएकाले क्वालिफाइङ खेल खेल्नु नपर्ने र एनओसीलाई स्कीमा कोही न कोही लानै पर्ने बाध्यता। एनओसीका एक टाउकेले सोधे ‘भाइ जापानमा हुने एसियन गेममा स्की खेल्ने हो’। सोलुको पाखामा हुर्केका दाछिरीले चिप्लिने त होला नि भनेर हुन्छ भनिदिएछन्। पछि कुरा बुझ्दा त त्यति सजिलो रहेनछ। तैपनि ६ दिनमा १२ घण्टा तालिम लिएर खेलेछन् उनले क्रस कन्ट्री स्की।
खेलाडी एक तर सहभागी १५। सरकारी खर्चमा पदाधिकारीहरुका श्रीमती, आउरे-बाउरे-धुपौरे र नक्कली पत्रकारहरु सहित १५ जनाको टोली सरकारी खर्चमा ओलम्पिकको रमझम हेर्न आएका थिए। भेन्कुवरको बजारमा जीवनराम श्रेष्ठ एक्लैले करिव ८००० अमेरिकी डलर चोखो कमाए भन्ने हल्ला चलेको छ।
सन २०१० को २१ औँ शीतकालीन ओलम्पिकको तयारीमा भेन्कुवर तातिरहेको थियो। एकातिर एकाधिकारी पूँजीपतिहरु मैत्रिपूर्ण खेललाई आफ्ना उत्पादनहरुको प्रचारको साधन बनाइरहेका थिए। अनि क्यानाडेली सत्ता लुटको संसारलाई दरिलो बनाउन एकाधिकारी पूँजिपतिहरुलाई सघाउन तल्लीन थियो। अर्कोतिर क्यानाडेली नागरिकहरु मोन्ट्रियललाई १९७६ को शीतकालीन ओलम्पिकको ऋण तिर्न ३३ वर्ष लागेको र १९८८ को क्यालगरी गृष्मकालीन ओलम्पिकले पनि गरिखाने जनतालाई केही नदिएको वास्तविकतालाई भुल्न तयार थिएनन्। भेन्कुवरका प्रगतिशील नागरिकहरुलाई भोपाल ग्यास काण्डको अपराधी युनियन कार्वाइडको उत्तराधिकारी डाओ केमिकल्स यस ओलम्पिकका धेरै प्रवर्द्वक मध्ये एक भएको पटक्कै मन परेको थिएन। श्रमजीवीहरु र सुकुम्वासीहरुको अधिकारको पक्ष र पवित्र खेलको एकाधिकार पूँजीवादी दोहनविरुद्ध तीब्र विरोध जारी थियो। यस विरोधका नाइकेहरु मध्ये एक हाम्रै नेपाली अवि शर्मा हुनुहुन्थ्यो। तर, समग्र नेपाली समुदायको आँखा भने ओलम्पिकमा भाग लिने नेपाली टिममाथि केन्द्रित थिए।

भ्रष्ट नेपाली ओलम्पिक कमिटी र यसका पदाधिकारीहरुले अल्पाइन स्कीका दर्विला खेलाडी श्याम ढकाल र उनीसँगै ओलम्पिकको लागि भनेरै तालिमप्राप्त उनका दुई साथीहरुलाई गरेको ब्यवहार हामीलाई जानकारी भइसकेको थियो। नलिएको पैसाको भर्पाइ दिनु भन्दा आफ्नो ओलम्पिक सपनालाई नै तिलान्जली दिनु श्रेयस्कर ठान्ने श्याम ढकाल, उनका साथीहरु र उनका प्रशिक्षकको बहादुरीको कदर नगरी रहन सकिंदैन। श्याम ढकाल प्रकरणका मुख्य खलनायक जीवनराम श्रेष्ठले एक दिन नेपाली खेलप्रेमीहरुको न्यायिक कठघरामा उभिनै पर्ने हुन्छ। [यो प्रकरण सम्बन्धी विस्तृत विवरण यहाँ उपलब्ध छ] यस प्रकरणले दु:खी भ्यानकुवरवासी नेपाली नेपाली ओलम्पिक टोलीको कला बिनाको प्रहसन हेर्दाहेर्दै पनि यस ओलम्पिकमा भाग लिएर नेपाललाई चिनाउने एक मात्र क्रस कन्ट्री स्की खेलाडी दाछिरी शेर्पालाई अभिनन्दन नगरी रहन सकेनौं।

६ वर्षको उमेरदेखि १५ वर्षको उमेरसम्म बौद्ध गुम्बामा बसेर धर्म अध्ययन गरेका दाछिरी शेर्पा अझै पनि बुद्ध धर्मको अभ्यास गर्छन्। सोलुखुम्बु जिल्लाको टाक्सिन्दु गाउँमा १९६९ मा जन्मेका दाछिरी बाबुको मृत्युपछि बाबुको काज-क्रिया र परिवारको भरण-पोषणको जिम्मेवारी वहन गर्न गुम्बाबाट बाहिर निक्लिएका थिए। पर्यटकहरुको सहयोगीको रुपमा कामगर्ने दाछिरी, धावन र स्कीमा रम्नु पूर्व कराते खेल्ने गर्दथे। उनका दाजुको प्रेरणाको कारणले सुरु भएको उनको धावन करियर स्की हुँदै ओलम्पिकसम्म पुगेको छ।
कुरा के थियो भने, सन १९९२ मा फ्रान्सका मिशेल र स्विट्जरल्याण्डका जिल्वेयर मिलेरा नेपालमा अन्तर्राष्ट्रिय सुपर म्याराथन (महा-दौड) आयोजना गरेको कुरा दाछिरीका दाजुले थाहा पाए। यो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिन्छ। यो महा-दौडमा काठमाडौँको कालिकास्थानबाट धुन्चे – गोसाइँकुण्ड – मेलम्ची हुँदै काठमाडौँसम्म कुद्नु पर्दथ्यो। भाइको क्षमताको राम्रो जानकारी भएका दाजुले दाछिरीलाई पनि त्यो दौडमा सहभागी हुन प्रेरित गरे। १९९४ को महा-दौडको बीचैमा बिरामी परेर पूरा गर्न नसकेका दाछिरी १९९५ भने तेश्रो भए।
यसरी लामो दूरीका अब्वल दर्जाका धावकहरु मध्ये एक बनेका दाछिरी २००२ मा अन्तर्राष्ट्रिय स्तरको अर्को दौडमा सामेल भए। अन्नपूर्ण आधार शिविरदेखि सगरमाथा आधार शिविरसम्म दौडनु पर्ने यो प्रतियोगितामा चार हजार मिटर उकालो चढेर र तीन हजार सात सय मिटर ओरालो झरेर एक हजार किलोमिटरको दूरी पूरा गरिन्छ। विश्व स्तरका ४७ जना धावकहरुले भाग लिएको र २२ जनाले पूरा गरेको यो दौडमा दाछिरी प्रथम भए। उनले १०८ घन्टामा दौड पूरा गरे। सन् २००७ मा काठमाडौँको बौद्धदेखि डोल्पाको फोक्सुन्डो तालसम्मको दौडमा पनि दाछिरी प्रथम भए। हाललाई स्विट्जरल्यान्डमा बसोबास गर्ने, तर मातृभूमिको गौरवप्रति सचेत यी धावक युरोपमा नेपाली झण्डा बोकेर लामो दूरीको धावन प्रतियोगितामा भाग लिन कहिल्यै चुक्दैनन।
दाछिरीको स्कीसँगको सम्बन्ध भने अनौठो पाराको छ। २००२ को दौडमा प्रथम भएपछि उनलाई नेपाल ओलम्पिक कमिटीले सम्पर्क गरेछ। कुरा के परेछ भने, उनी अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी भएकाले क्वालिफाइङ खेल खेल्नु नपर्ने र एनओसीलाई स्कीमा कोही न कोही लानै पर्ने बाध्यता। एनओसीका एक टाउकेले सोधे ‘भाइ जापानमा हुने एसियन गेममा स्की खेल्ने हो’। सोलुको पाखामा हुर्केका दाछिरीले चिप्लिने त होला नि भनेर हुन्छ भनिदिएछन्। पछि कुरा बुझ्दा त त्यति सजिलो रहेनछ। तैपनि ६ दिनमा १२ घण्टा तालिम लिएर खेलेछन् उनले क्रस कन्ट्री स्की।
इटालीको टोरिनोमा खेलिएको बीसौं गृष्मकालीन ओलम्पिकमा पनि क्रस कन्ट्री स्कीमा नेपालको प्रतिनिधित्व गर्न एनओसीका रवि राजकर्णिकारले दाछिरीलाई भनेका रहेछन्। तर, लामो समयसम्म कसैले सम्पर्क नगरेकाले दाछिरीले एनओसीले बिर्सिसक्यो होला भन्ने ठानेका रहेछन्। पछि खेलमा जाने बेलैमा सम्पर्क गरेर सोधिएछ ‘तयारी पूरा भयो?’। आफ्नै बलबुतामा जे जति तयार थिए त्यसैको आधारमा उनले नेपाली झण्डा बोके टोरिनोमान पनि। खर्च कम गर्न स्विट्जरल्यान्डको आफू बस्ने ठाउँबाट टोरिनोसम्म उनी आफै गाडी चलाएर गएका थिए।
यद्यपि उनलाई उनको खेल स्थलमा जाने, खाने र बस्ने खर्चसमेत एनओसीले पूरा दिएको छैन, निर्माणकर्मीको रुपमा स्विट्जरल्याण्डमा काम गर्ने दाछिरीसँग एनओसीप्रति कुनै गुनासो छैन। उनलाई अभ्यास गर्ने र खेल्ने सामाग्रीको लागि मात्र कमसेकम ३००० देखि ५००० सम्म युरो लाग्छ। प्रशिक्षणको खर्च अलग्गै छ। अन्य तयारीको कुरा त परै छोडौं। र, यो सबै खर्च आफैंले जुटाउनु पर्दछ। मलाई आफैलाई सोध्न मन लाग्छ, के आफ्नो धन खर्चेर देशको झन्डा बोक्न पाउने अवसर खोज्न र उपयोग गर्न हामी नेपालीहरु दाछिरी शेर्पा जत्तिकै तत्पर छौं?
सेताम्मे हिउँले १२ महिना ढाकिने पाखाहरुको धनी नेपालमा स्की लगायत गृष्मकालीन खेलको प्रवर्धन नहुनु दाछिरी लज्जाजनक बिडम्वना ठान्दछन्। यसर्थ दाछिरीले अत्यन्तै नाप-तौल गरेर भने ‘म सन २०११ मा नेपालमी स्की तालिम केन्द्र खोल्ने तयारीमा छु’। आशा गरौं, दाछिरीको यो योजना सफल होस र नेपाल गृष्मकालीन खेलकुदको दक्षिण एसियाली केन्द्र बनोस्।
बौद्ध धर्मको अभ्यासकर्ता दाछिरी, काम र वचनले कसैलाई नबिझाउन सँधै सतर्क रहन्छन्। तर पनि उनले एक जना सहभागी खेलाडीको लागि ११ जना मानिसको टोली थप चार जना ‘पत्रकार’को दलबलसहित नेपालबाट सरकारी खर्चमा आएको कारण बुझ्न सकेका छैनन्। त्यो खर्च बच्न सकेको भए अरु खेलाडीहरु लाभान्वित हुन सक्ने उनको तर्क छ।
दाछिरीलाई एनओसीले पर्याप्त सम्मान र सहयोग नगरे पनि भेन्कुवरमा बस्ने नेपालीहरुले भने उनको अभिनन्दन गरेका छन। सन २०१० को फेव्रुअरी २८ तारिखका दिन भेन्कुवरस्थित क्याफे काठमाडौँमा भएको अभिनन्दन समारोहमा नेपाली सांस्कृतिक समाज बृटिस कोलम्बियाका अध्यक्ष रत्न राई, हिमालयन सकर क्लवका संस्थापक क्याप्टेन काल्देन शेर्पा र PNEFA का अध्यक्ष अवि शर्माले दाछिरीको सम्मानमा मन्तब्य ब्यक्त गर्नुभएको थियो। सो अभिनन्दनको आयोजना हिमालयन सकर क्लवले गरेको हो।
दाछिरीले दैनिक खर्च समेत पुग्ने जति नपाउनु, नेपालकै लागि भनेर तालिम लिएका श्याम ढकाल, उत्तम रायमाझी र सुबास खत्रीहरुलाई भ्रष्टाचारको माखे साङलोमा फसाईनु तर सरकारी खर्चमा पदाधिकारीहरुका श्रीमती, आउरे-बाउरे-धुपौरे र नक्कली पत्रकारहरु सहित १५ जनाको टोली सरकारी खर्चमा ओलम्पिकको रमझम हेर्न आउनुले नेपाल खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपाल स्की एसोसिएसनको दयनीय स्थिति देखाउँछ। भेन्कुवरको बजारमा जीवनराम श्रेष्ठ एक्लैले करिव ८००० अमेरिकी डलर चोखो कमाए भन्ने हल्ला चलेको छ। नेपालमा प्राय यस्ता हल्लाहरु सत्य सावित हुने चलनलाई स्वीकार्ने हो भने आरु पदाधिकारीहरुले कति कमाए होलान भन्ने अनुमान लगाउन सकिन्छ। बिडम्बनाको कुरा यो छ कि, खेलाडी आफैं चाही स्कीमा उपयोग हुने सामानहरु उत्पादन गर्ने ‘रोशिग्निले’ भन्ने कम्पनीले आर्थिक सहयोग नगरेको भए भेनकुवर आउन सक्ने थिएनन। धन्न हामीले खेलाडी बिनाको नेपाली टोली आएको समचार पढ्न परेन। कहिले सम्म भोग्ने हो नेपालले नेपालको नाममा अन्तर्राष्ट्रीय ओलम्पिक कमिटीले दिएको रकम र नेपाली करदाताले तिरेको करको यो ब्रह्मलुट? प्रश्न अनुत्तरित छ।
(यो ब्लग दाछिरी शेर्पासंगको कुराकानी, अवि शर्माले उपलव्ध गराउनुभएको कुराकानी र यहाँ उपलब्ध सामाग्रीको आधारमा तयार पारिएको हो।)


Related posts:












Had the opportunity to be a volunteer during this event. I completely disagree with this author, not in the aspect that NOC is corrupt but that he has termed this as an unsuccessful (or likely to be) event. Second, his greed for capitalistic society brought him to this country. Also, as far as I have learned from my sources in Toronto, he is a refugee claimant (malai maoist le maryo/saran deu catagory – but fake one).
Also, being a Nepali, it was 100% known that I was going to be paired up with Nepali NOC to be their Olympic Assistant (every country’s Olympic Committe VIP gets a Personal Assistant assigned with a vehicle as Vancouver is not a familiar town for them). I am a Nepali but it was very embarrassing for me when I rejected the idea of providing any support to NOC members to the VANOC management. I knew all along that Nepal’s participation was rather for one’s personal monetary benefit and personal gain rather then country’s boosting the nation’s image.
This is what was said to the player from Ghana during interview by one of the CTV anchor, ‘you became third last but you did beat the two nations with almost the most amount of snow in the world i. e. Mongolia and Nepal”. Now I don’t know about Mongolia, but yes, considering the mountains of Nepal and if there were enough resources for our athletes, we would be strong contenders for many medals during winter olympics. Sad to say that this all is beyond imagination.
मन परे हरियो, नपरे रातोः
0
0
Dachiri Sherpa should be congratulated for his great effort at Vancouver.
But not the Nepal Olympic Committee or the IOC.
Mr. Sherpa got there through his own efforts and time and expenses.
The Nepal Olympic Committee got participation only because of the efforts of Richard Morley and the Nepal Ski Team that who created the infrastructure that led to participation. No one in the NOC understands anything about skiing – their interest is only money and their own business connections.
People should check out Shyam Dakhal/Nepal Ski Team/Richard Morley on google – and read the full story about the Nepal Olympic Committee. There are dozens of articles and web pages on the corruption and filth that lies within the Nepal Olympic Committee and Jeevan Ram Shrestha.
But Dachiri Sherpa is a very nice man who should get respect for his efforts.
मन परे हरियो, नपरे रातोः
3
2
Well said Daijhi. Unfortunately, IOC is run and dominated by Corporate greed and NOC lives off IOC crumbs. Both are absolutely corrupt. Examples are abound to back this up.
Dachhiri is a Nepali pride, a hero. I heard he was publicly honoured by the Nepali community there in Vancouver ( thank you Nepalese). I hope he gets recognized more. He surely deserves such recognitions.
मन परे हरियो, नपरे रातोः
4
1
no, there was no such public honour. there no any program in his honor. i live in vancouver.
मन परे हरियो, नपरे रातोः
1
0
जेडेड ज्यू,
म पनि भ्यानक्ययुवरमै बस्छु। २८ फेब्रुवरीमा हिमालयन सकर क्लवले दाछिरीको अभिन्नदन गर्नु भन्दा पहिले नै तपाई नेपाली आऊरे-बाऊरे-धुपौरेसंग नेपाल जानुभईसकेको हुनु पर्दछ। नत्र यो कमेन्टको कुनै अर्थ लाग्दैन। हिमालयन सकर क्लवले अभिनन्दन गर्दा म पनि ऊपस्थित थिएं। अरु केही भन्नु छ?
मन परे हरियो, नपरे रातोः
1
0
Daijhi is Richard Morley. Richard Morley is Daijhi.
So, Daijhi giving credit to Morley for the Olympian’s participation is nothing but self praise.
No Olympian, anywhere in the world, can participate in the Olympics without the approval of their country’s Olympic committee and IOC’s final approval. That is the minimum requirement.
So, trashing IOC and NOC is untenable. There may be corruption, but to single out names based on heresy is irresponsible and sensational.
मन परे हरियो, नपरे रातोः
0
2
Its nice to have a news about our ski athlete Mr. Dachhiri Sherpa who had successfully participated in Turin Winter Olympic and Vancouver Winter Olympic Games . I would like to draw a kind attention to the Mr. Sharma and writer of the above mention news that Nepal Government has not contribute any penny for the Nepalese Participation in Winter Olympic Games. The main credit goes to the IOC and Nepal Olympic Committee for the Nepalese participation in the games.
I would like to kindly request to writer that first please find out the truth and then publish the article. Please do not go for the gossip which has not any proof and request not to publish these kind of article which any affect to our nations’ pride.
Hope later on the writer won’t publish these kind of rubbish without any proof.
मन परे हरियो, नपरे रातोः
5
10
सुजन लाल श्रेष्ठ ज्यु,
“truth” हजुरलाई था रछ, केहि हाम्लाई पनि बताउनु न त:
१. भाग लिन तैयार श्याम ढकाललाइ लास्टमा किन जान दि इएन?
२. १ खेलाडी संग म्याक्षिमम् ३ जना सम्म मात्र अफिसिअल भाग लिन पाउने नियम छ भन्ने बुझियो| हजुरहरुको चै कसोरी ११ जनको सवारी चल्यो नि भ्यांकुभारमा? त्यो पनि श्रीमती सहित!?
३. एक मात्र नेपालका सहभागी खेलाडी दाछिरी शेर्पाको भ्याँकुभार्मा आते जाते खाते खर्च चै कसले बेहोर्यो नि?
४. हजुरहरुको आगे पिछे लागेर “पत्रकारहरु” पनि भ्रमणमा गएका थिए रे ( इन्टरन्यासनल मिडिया सेन्टर को वेबसाइट अनुसार), रिपोर्टिंग त पुरै नाडा रह्यो नि| किन होला कुन्नि?
अहिलेलाई यति नै, इमान्दारीपूर्ण तथ्य सत्य बताउनु भए यो मनुवा आगे सोची सम्म कै ओलिम्पिक मा जान न सके पनि लण्डनमा त पक्कै हजुर हरुको स्वागत गर्ने थिए|
मन परे हरियो, नपरे रातोः
7
1
सुजन लाल श्रेष्ठ ज्यु,
“Truth” हजुरलाई था राचा, हाम्लाई पनि केहि सेयर गर्नु न त:
१. भाग लिन तैयार श्याम ढकाललाई लास्टमा किन जान दि इएन?
२. १ खेलाडी संग अधिकतम ३ जना अफिसिअल मात्र सहभागी हुन पाउने नियम भएको बुझियो| हजुरहरुको चै कसोरी ११ जना सम्म को सवारी चल्यो नि भ्यानकुभर मा? त्यो पनि श्रीमती सहित?|
३. नेपाली एक मात्र सहभागी खेलाडी दाछिरी शेर्पा ज्यु को सम्पूर्ण खर्च कसले बेहोर्यो नि?
४. हजुरहरुको सवारी साथ “पत्रकारहरु” पनि थिए रे ( इन्टरन्यासनल मिडिया सेन्टर को वेब साइट अनुसार), खोइ त रिपोर्टिंग त पुरै नाडा रह्यो नि| किन होला?
अहिले यत्ति नै, इमान्दारी पुर्वक जवाफ पाउ, आगे सोची सम्म नै नभए पनि लण्डनको ओलिम्पिक मा स्वागत गर्ने थिएँ|
मन परे हरियो, नपरे रातोः
3
1
wherever put in news that too much. not only jeevan ram shrestha sound like he had a personal issue with jeevan. it is clear that was plan but how many nepales paticipant in the olympic who were they? they should know or find out
मन परे हरियो, नपरे रातोः
2
7
दाछिरीको ओलम्पिक यात्राको भित्री रहस्य पढेर धेरै खुसिमात्र लागेन बढो गर्भ लाग्यो अनि मलाई मात्र होइन हामिसबैको खुसि को कुरा हो/ राष्ट्रिय बिभुति दाछिरी लाइ सलाम..
दिनेश स्वाभिमान
मलेशिया
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
1
ठिक तुलसी जी ले भन्नु भा जस्तै यौटा खेलाडीको नाममा ३० जना अरु धुपौरे जना दिनु बन्द गर्नु पर्छ साथै खेलाडी छनौट गर्दा पनि क्वालिटी भएको छायामा नपरेका खेलाडीहरुलाई चुन्नु पर्छ…नाताबाद र कृपाबाद को अन्त्य नभए सम्म खेल छेत्रको मात्र होइन सम्पूर्ण छेत्र कै विकास असम्भब छ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
2
नेपालको जीवन मरण, त्यो दिन त्यति लामो कुर्नु पर्ने देखिंदैन,जीवनलाई मात्र के दोष दिने त्यस्ता जीवन नेपालमा कति छन् कति ति सवलाई पशुपति आर्य घाटमा एकै चोटी नपुर्याए सम्म नया नेपालको आशा गर्नु”आकास को फल आँखा तरी मर” भने जस्तै हो!प्रजातन्त्र आयो लोकतन्त्र आयो आखिर त्यो
हात्ती आयो,हात्ती आयो फुस्स भने जस्तो भएको छ!सिर्फ पुरानो सिरकमा नया खोल हालेको मात्र हो!बाहिर हेर्दा नया देखिने भित्र चाहिं उही फाटेको सिरक,
व्यवस्था परिवर्तन भयो भनेर किन फुरुक्क हुनु आखिर काम गर्ने हरु तिनै निरङ्कुश शाही शासक कै समयकाहरुको हाली मुहाली छ! जव सम्म यो अरिंगालको गोला तोडिनदैन तव सम्म जति भुके पनि केहि हुनेवाला छैन !
मन परे हरियो, नपरे रातोः
11
3
नेपाल मा थुप्रो प्रतिभा हरु छन् जसलाई येस्तई जीबने जस्ता ले कुल्ची माथि आउन दिंदैनन| नेपाल को येही दश ले गर्दा केहि राम्रो आशा गर्न सकिन्दैन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
मैले भेन्कुवरको बजारमा सुनेको कुरो यो हो — एक जना नेपाली ओलम्पिक खेलाडीले पैसा नपाएकोले वेंकुवरमा पुगेर पनि आफुले खेल्नुपर्ने “क्रस कन्ट्री ski” प्रतियोगिता मा नै भाग लिएनन् |
मैले सुनेको कुरा र भानु पौडेलज्युले लेख्नु भएको कुरा मेल खाएन | पौडेलजी को लेखले जीवन राम श्रेष्ठ ज्यु को चरित्र हत्या भएको प्रस्ट छ | लेखले दुइ व्यक्तिको भनाइको आधारमा कुनै प्रमाण बिना कुनै व्यक्ति बिशेषको चरित्र हत्या गरेको छ |
मानिलिउ जीवन राम श्रेष्ठले लेखमा भनिए जस्तै दछिरी शेर्पा लाइ पैसा नै नदीइ भरपाई गराउन खोजेकै पनि हुन सक्छा |
तर अब प्रश्न उठ्छ — त्यो पैसा नपायो भन्दै मा खेलाडीले ओलम्पिक जस्तो विश्वकै प्रतियोगिता मा भाग लिन बाट किन पछी हट्यो?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
35
श्री कृष्ण कुंवर ज्यू,
टीप्पणी गर्दा राम्ररी बुझेर गरे राम्रो होला। यो लेखको आशय कसैको पनि चरित्र हत्या गर्ने भन्दापनि सत्य तथ्य बाहिर निकाल्ने जस्तो लाग्यो। तपाई खेलाडीले पैसा नपाएर स्की खेलेनन रे भन्ने हल्लाको पछी किन लाग्नु हुन्छ? दाछिरी क्रस कन्ट्री स्कीमा ९१ औं भएका हुन क्यारे।
http://www.bild.de/BILD/news/bild-english/sport-news/vancouver-olympics-2010/02/16/cross-country-at-the-olympics/last-place-but-still-celebrating.html
मा गए उनले स्की खेलेको र नखेलेको थाह भईहाल्छ नि। त्यसै पनि खेलाडीले पैसा नपाउने अनि पदाधिकारीहरुले चैं अकुत कमाउने परम्परालाई तपाईं सही ठान्नुहुन्छ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
हल्ला को पछी त माथिको आर्टिकल को लेखक लग्नु भो. दुइ जना आउरे बाउरे को भनेको आधार मा लेखिएको लेख हो यो.
भाग नलिएको खेलाडी ढकाल को कुरा गर्य हो मैले.
मन परे हरियो, नपरे रातोः
0
0
यो कृष्ण कुँवर जिवनेलाइ घुस ख्वाएर तेलले त्या भ्यान्कुभर्मा ल्याएर छोडेको तेही धुपौरे “पत्रकार” पो परो कि क्याहो? जगतलाई था भाको कुरो हो आइओसी कति भ्रष्ट छ – कोकाकोला र म्याकडोनाल्ड जस्ता प्रोफिट का लोभी लम्पट बहुरास्त्रिया कम्पनि हरुले खेलको नाममा खुलेयाम ब्यापारको विस्तार गर्ने माध्यम भएको छ भन्ने| तेसैको जुठो पुरोमा रमाउने एनओसीको भ्रष्ट अफिसिअलको चरित्र हत्या भो रे अझ| होइन, हाम्रा तिरका कुँवर ता भद्र खालका छन्, यो क्रिश्ने चै काँको नकचरो परेछ होउ!
मन परे हरियो, नपरे रातोः
9
2
लुटा धन फुपु को श्राद्ध !! हे भगवान कस्तो रहेछ नेपाल र नेपाली को भाग्य !! कति अभागी रहेछम हामि सोझा साझा नेपाली !! सगरमाथा को देश NEPAL भनेर पबित्र नामले चिनीएको थियो सन्सार भरि ! सन्सारकै सोझा,सामाजिक,भाइचारा भएका बहुसंस्कृति,बहुभाषिक र विविन्न जात जाति अनि भेष भूसा भएका मानिसहरुको को बासस्थान भनेर चिनिएको देश ..!!
अहिले आएर के कुरा गर्नु आफ्नै देश NEPAL र सोझा साझा जनताहरुको दुर्गति भएको !अहिले आएर क कुरा गर्नु आफ्नै पबित्र सगरमाथा को शिर झुकेको ! अहिले आएर के कुरा गर्नु आफ्नै नेपाली दाजुभाई उग्र अपराधिक,असामाजिक र एकलकाट्टे भएको ! अहिले आएर के कुरा गर्नु छेद बिछेद भएको आफ्नै धर्म र संस्कृतिको अनि भेषभुसा त कुनचरी को नाम लगभग हुनैलागीशकेको को ! अहिले आएर के कुरा गर्नु भाइले भाई मारेको ,लुटेको ,अपरहण र हत्या गरेको, बलात्कार गरेको,आगजनी र बिधोंस गरेको ! अहिले आएर के कुरा गर्नु गिदीको ठाउँमा बिस्टी भरिएका, अलछिना , देशद्रोही, भ्रस्टाचारी र अदुर्दर्सी आफ्नै नेताहरुका र आफ्नै प्रहरीहरुका !!
कहिले खोल्छौ तिम्रा आखाहरू हे भगवान पशुपतिनाथ अनि कहिले पाउने मुक्ति हामिअसाहारा हरुले ??
जय देश,
मन परे हरियो, नपरे रातोः
12
1
नेपालमा खेलाडीको नाम्म्मा जन्ती जाने चलनको अन्त्य नभएसम्म खेलकुदको बिकाश हुन असम्भव छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
1
जीवन राम खेलमा अति सिपालु कुद मा जिरो रहेछ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
2
जीवन राम जस्ता लोभी पापी खेलकुद मा रहेसम्म नेपालमा कहिले पनि खेलकुदको को बिकाश हुन सकदैन/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
3
जीवन राम = जीवन रावण
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
6
हैन कति लामो लेख हो ? अलिक छोटकरी मा लेख्नु पर्ने नि | आधा पढे पछि त तल तिरको पढ्नै मन लागेन |
तर पनि strawharis जी वेक्ती हत्या गरेर समस्या समाधान हुने हैन, परविर्ति सुधार गर्नु पर्छ | एउटा काले लाई मारेर अर्को काले जन्मिदैन भन्ने छ र ? तपाई पनि उग्र क्रान्ति कारीको भाषा प्रयोग नगर्नुस्न |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
40
के कुरो गर्नु भएको बिकाश जी ले पनि , कमेन्ट त यो लेख भन्दा लामो हुने ठाउँ हो यो, अनि लेख नै यत्तिको त ………ठिक्कै हो नि /
मन परे हरियो, नपरे रातोः
8
4
दछिरी लाई खेलाडी बनाएर विदेश भ्रमण पनि हुने अलि कति बिटो पनि बटुलिने. Idea त गज्जब कै लगाएको हो जीवन राम ले. येत्ति गृह कार्य पहिले नै इमान्दारी पुर्वक गरिएको भए सायद केहि हुने थियो कि? तर नेपाल आमा ले अझै कति कुर्नुपर्ने होला कुन्नि.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
4
नाम भने जीवनराम काम भने खेलाडी को जीवन हराम लगेहात देश को सम्पत्ति पनि ज्वाम. वा रे नेपालका पदाधिकारीहरु.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
5
देशलाई चिनाउने खेकदिहरुलाई चोर खेलकुद परिसद ले गर्दा नै देश बाहिरनु बाद्येता छ देशमा बसेर सेवा गंरना धोको पुरा हुन्न, कदर छैन केहि, आफनो भुडी भर्ने दाहुमा नै हुन्छन सदा, कहिले आँखा खुल्ला खै ??
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1
Respect Dachhiri Sherpa Ji…I would like to share one article published in German newspaper (Bild Zeitung)
http://www.bild.de/BILD/news/bild-english/sport-news/vancouver-olympics-2010/02/16/cross-country-at-the-olympics/last-place-but-still-celebrating.html
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
नेपाल सबै कुरा मा खतरा हो ,जम्बो जम्बो टोलि लिएर नगए मा जित नै हुदैन कि कसो साथी हरु ????????
मन परे हरियो, नपरे रातोः
12
3
नया नेपालको भाबी प्रधानमन्त्री, जीवनराम श्रेष्ट | नाम अहिलेबाट नै थहापाईराखौ साथी हो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
6
सार्है राम्रो लाग्यो दाछिरी सेर्पा को माहानता देखेर.जब ओलम्पिक को ओपनिंग सेर्मोनी हुदै थियो र त्येसको मा यहा स्विस मा बसी प्रतक्ष प्रसारण हेर्दै थिय अनि विभिन्न देस का झन्डा बोकेर खेलाडी को मार्च पास सुरु भयो तब अति नै दुख लाग्यो किन भने मैले त्यहा नेपाल का नेपालि खेलाडी हरु को प्रतिनिधित्व को अपेक्षा र आसा नै गरेको थियन(यो स्वाभाविक नै थियो,किन भने अहिले सम्म नेपाल मा स्की खेलियो वा हिउ मा खेल्ने कुनै पनि खेल को बारेमा मैले सुनेको थियन)तर अचानक नेपालि झन्डा बोकेर दाछिरी सेर्पा प्रकट भय तब मेरो छाती फुलेर सगरमाथा जस्तो भयो र अति नै खुसि लाग्यो,जे होस कोहि नेपालि ले त नेपाल को झन्डा बोकेर मार्च पास गर्यो नै बिश्वो सामु फेरी नेपाल लाइ चिनायो.
अहिले आयर यो लेख पढेर अलि दुख लाग्यो,नेपालि स्की खेलाडी लाइ कुनै पनि अवसर र बाताबरण बनाउन नसक्नु नेपाल सरकार को लाचारी पन हो.
अनि दाछिरी सेर्पा स्विस मा कहा बस्ने रहेछन थाहा पाउन पाय हुने थियो,मा यहा बासल सहर मा बिगत ७ वर्ष देखि बसोबास गर्दै छु तर उहा संग भेट्ने बा उहा को बारेमा सुन्ने मौका कैले पाइएन.
जे भय पनि दाछिरी लाइ धन्यबाद.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
4
यस्तो कमेन्टमा पनि रातोमा टिक लगाउने पक्कै पनि जीवनराम (जिबनरावण) नै होला /
हिमाली
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
7
उद्घाटन समारोह मा बिश्वको एक मात्र त्रिकोण झन्डा भएको देश नेपाल भनेको सुन्दा मलाइ त गर्ब लागेको थियो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
1
हिमाली जी ! तपाई ले १०१% ठिक्क भन्नु भो | रातो मा टिक लगाउने जीवनराम नै हो | अझै चाल त हेर उसको …… हरियो को बराबर मा छ | आफुई टिक लगायो होला जीवनराम ले |
मन परे हरियो, नपरे रातोः
4
0
ओहो … VACOUVER मा Olympic को उद्घाटन समारोह हेर कति गौरवान्वित भएका थेऊँ हामि…नेपालो झन्डा फ़हराउन्दै मार्च गरिरहेका खेलाडी देखेर | तर नेपाली खेल पोलिटिक्स र तेस भित्र गन्हाएका कुराहरु सुन्दा निकै मर्माहित तुलाय्यो मलाई |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
1
चोर हरु सब नेपालका कुर्सि मा बस्नी पाजी हरु…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
1
यो जीवनराम भन्ने मान्छे पनि साह्रैको भ्रष्टाचारी रहेछ । भ्रष्टाचारीमात्र भए त ठीकै हो, योग्य खेलाडीहरूलाई पाखा लगाएर नेपाली खेलकूदलाई माथि उठ्न नदिनुमा पनि यिनको महत्वपूर्ण ‘योगदान’ छ । पटप-पटक खेलाडीहरूले यसको विरोध गर्दै राजीनामा माग गरे पनि यिनको हालीमुहाली अझै सकिसकेको रहेनछ । हुन त जीवनराम प्रतिनिधिमात्र न हुन्; हामी नेपाली र नेपालको विडम्बना ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
8
जय नेपाल, ल्हास्सो !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
यी जीवन(ह)राम भन्ने व्यक्ति लिमाकुनेकै धर्मराएको कुर्सी थाम्नतिर नलागेर किन खेलाडीका अवसरहरुमा हसुर्ने गरेका ? खेल क्षेत्रमा भ्रष्टाचार भएपछि सक्षम र स्वाभिमानी खेलाडीहरुले अवसर गुमाउने र चाकडी चापलुसी गर्ने, पाउ मोल्ने असक्षमहरुले मौका पाउने हुन्छ । असल र इमान्दार खेलाडीमा निराशा र पलायनता बढ्छ । तर, खेलमा राजनीति भन्ने हैजा पसेपछि यस्तै हुन्छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3
जिबने !तलाई धिक्कार छ ,पाजी !घुस्याहा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
5
जिबन रामले बुद्धि पुरायेछ नया नेपालमा |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
5
जीवन हराम नै रहेछा मोरो त, कुम्ल्यायछा सरकारी पैसो तेस्लाई हैजा ले लय नि हुन्थ्यो नि बरु.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
5
जिबन राम भन्ने मान्छे त हराम पो रहेछ त | लुट्नु पनि कति लुट्नु हो!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
7